बाढी पीडितका लागि नेपाली जन प्रगतिशील मंच मलेसियाको सहयोग
सुसान आचार्य
नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग सङठन नेपाली जन प्रगतिशील मन्च मलेसिया ले बाढी पीडितका लागि राहत स्वरूप पहिलो चरणमा १लाख १ हजार १ सय ११ रुपैयाँ नेपाल पठायको छ ।
मन्च मार्फत पार्टीको बिदेश बिभाग सचिबको नाममा सहयोग रकम पठायको जानकारी मंच मलेसियाका सचिब रुपक काफ्लेले दियका छन ।
लामो समय देखि मजदुर हक हित र अधिकारका लागि लड्दै आयको मन्चले विभिन्न समयमा देखा पर्न प्राकृति बिपत्ति र रास्ट्रिय बिपत्तिमा समेत हातेमालो गर्दै पटक पटक सहयोग गर्दै आएको बताउदै मन्चले भैपरी आउने समस्यामा सधै सहयोगको हात अघि बढाउने बतायका छन ।
मन्चका केन्द्रिय सल्लाहकार राजु ढुंगाना ९प्रनिल० को सम्योजकत्वमा सुरु गरियको राहत सङकलन अभियानले थोरै भयनी पीडित लाइ राहत महसुस गराउन सकियोस भन्ने उदेश्यले मन्चका सबै पदाधिकारी लागी परेको जानकारी काफ्लेले दियका छन ।
यता राहत रकम बुझ्दै माओवादी केन्द्रका बिदेश बिभाग सचिब युवराज चौलागाईंले रोजगारीका लागी बिदेशी भुमिमा पुगेर समेत पार्टी सङठनमा आबद्ध रहदै आपतकालीन अबस्थामा पीडितलार्इ गरेको सहयोग अतुलनीय रहेको बताउदै सहयोग गर्न सबैलाई धन्यवाद समेत दिइएका छन ।
एनआरएनए युकेको संयोजकमा लालबहादुरको उम्मेदवारी
युके, भदौ १८ । आगामी सेप्टेम्बर ९ तारिखमा हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा सक्रिय गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार शुरु गरेका छन । गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मिडिया सेक्रेटरीसमेत छन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु परिचित छन । ‘अहिलेका युवाले के चाहन्छन् र युवाले लिने अबको बाटो कस्तो हुनुपर्छ भन्ने मैले नजिकबाट बुझेको छु,’ गुरुङले भने, ‘मैले रहरले भन्दा पनि बेलायतमा रहेका युवालाई संगठित गर्न र युवाको मनोभावना अनुसार काम गर्न उम्मेदवारी दिएको हुँ ।’ गुरुङले बेलायती नेपालीका समस्यालाई नजिकबाट नियालेकाले ती समस्याका समाधान खोज्न र संस्थालाई सही मार्गमा हिडाउन आफुले युवाको नेतृत्व गर्न चाहेको बताए । बिगतमा एनआरएनमा रहेर काम गरेको अनुभव आफुसँग नभए पनि एनआरएनलाई नजिकबाट नियालेको र अन्य विभिन्न संस्थामा काम गरेको अनुभव भएकाले बेलायती नेपालीले माया गर्ने विश्वास उनको छ । युवामुखी योजना र काम गर्ने दृढ संकल्पका साथ प्रवासी बेलायती युवा र नेपाली समुदायमाझ विभिन्न महत्वपूर्ण ल्याउने उनले बताए ।
धनुषामा संघीय समाजवादी फोरमको पाँच तहका उम्मेदवार घाेषणा
जनकपुर, भदौ १५ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तेस्रो चरणको लागि संघीय समाजवादी फोरमले धनुषामा पाँच तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । १८ स्थनीय तह मध्ये पाँच स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । धनुषाधाम नगरपालिकामा मेयरमा ज्ञानकुमार यादव र उपमेयरमा बन्दना कर्ण, गणेशमान चारनाथ नगरपालिकाको मेयरमा रामबाबु यादव र उपमेयरमा निशा मोक्तान छन् । यस्तै मिथिला नगरपालिकाको मेयरमा भोला महतो र उपमेयरमा मनमाया लामा, नगराइन नगरपालिकाको मेयरमा मन्सुर राइन र उपमेयरमा रञ्जिता देवी पासवान छन् । हंशपुर नगरपालिकाको मेयरमा रामनारायण कापडी र उपमेयरमा शिवकुमारी मुखियालाई उम्मेदवार बनाएको संघीय समाजवादी फोरम प्रदेश नं. २ का सचिव शेषनारायण यादवले जानकारी दिएका छन् । धनुषाका बाँकी १३ वटा स्थानीय तहमा भदौ १७ गतेसम्म उम्मेदवारको टुंगो लागि सक्ने उनले जानकारी दिएका छन् ।
राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए
कपिलवस्तु, भाद्र ७ । व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेको र तटस्थ बसेको भन्दै राजपा नेपाल कपिलवस्तुका नेता–कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिकको झन्डा जलाएका छन् । मंगलबार नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुलगेटमा रहेको प्रशासनचोकमा भेला भएका राजपा नेता–कार्यकर्ताले ‘मधेसविरोधी’ भएको आरोप लगाउँदै तीन पार्टीको झन्डा जलाएका हुन् । राजपाका नेता–कार्यकर्ताले एमाले र राप्रपाविरुद्ध चर्को नाराबाजी गरेका थिए । राजनीतिक दलको झन्डा जलाउन नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरेपछि राजपाका नेता–कार्यकर्ताले स्थानीय प्रशासन र प्रहरीविरुद्धसमेत नाराबाजी गरे । घटनापछि प्रहरीले राजपाका स्थानीय दुई नेतालाई नियन्त्रणमा लिएको छ ।
भरतपुर १९ मा २ हजार मत गनियाे, अब ८ सय गन्न बाँकी, मतान्तर ४१७
काठमाडौं, साउन २१ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को अब ८ सय मत गन्न बाँकी छ । २ हजार ८ सय ६० मत खसेकोमा २ हजार ७ गणनागणना हुँदाकाे पछिल्लो मतपरिणाम २००७ गणना मतान्तर:४१७ , देवी :४१६६९ रेनु :४१२५२ उप पर्बती :४५१४० दिव्य :३८३३८ वडा नेका :१०१६ एमाले :७७९
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना
काठमाडौँ, साउन १९ । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् । नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ । बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो । नेपाली १० कलाकारको समूह तथा अमितकुमार मेहताको नेतृत्वमा काठमाडौँ आइपुगेको भारत बनारसका ११ कलाकारले संयुक्तरुपमा बुधबार पशुपतिको मृगस्थलीमा कला सिर्जना गरेका थिए ।
विशाल माओवादी बनाउ
रमेश विश्वकर्मा भर्खरै मात्र देशमा पहिलो र दोश्रो चरणको स्थानिय निर्वाचन सम्पन्न भएकाे छ र परिणाम आउने क्रम जारी छ । अव मुख्यत देशको राजनिति तेश्रो चरणको स्थानिय चुनाव सँगै संघ र केन्द्रको चुनावको तयारीमा जुट्दैछ । स्थानिय निर्वाचनमा कुन पाटीले जित्यो कस्लै हार्यो भन्दा पनि जनताको सहभागिता उत्साहजनक रुपमा रह्यो नेपालको द्धवन्द व्यावस्थापनका सवालमा यो संघिय गणतन्त्रीक नेपालको उच्चतम राजनैतिक उपलव्धि हो, अहिलेको प्राथमिकता प्राप्त उपलव्धिलाई स्विकारर्दै समाजकौ विकासशिल भविष्य निर्माण गर्दै स्थानिय र ग्रामिण जिवनकौ भविष्य कौर्ने चुनौती हाम्रो अगाडी आएको छ । कुन पाटीले कहाँ जित्यो कुन व्यात्तिले कहाँ जित्यो भन्दा पनि अव जनताको चाहान अनुसार स्थानिय तहमा विकासले गति लिन सक्छ कि सक्दैन यो विषयले समाज र राजनितिमा प्रधानताका साथ प्रवेश पाउनु पर्छ जनतालै अति छोटो समयमा स्थानिय सरकारलाई साच्चै जनताको सरकारको रुपमा महसुस गर्न पाउनु पर्छ । सिंह दरवारले संघियता मार्फत प्रदान गरेको जनताकौ अधिकार माथी जनतालै अपनत्व महसुस गर्न सक्छ कि सक्दैन्न, स्थानिय जनप्रतिनिधिहरुले आफुलाई जनताकौ अभिभावक सावित गर्न सक्छन कि सक्दैन्न असली जनप्रतिनिधिहरुको आगामि दिनका क्रियाकलापले प्रमाणित गर्दै जाला यौ जिम्मा समयलाई । स्थानिय तहको निर्वाचन सँगै देशको शान्ति प्रकृयाले वैधानिक पुर्णता पाएकौ छ, स्थानिय निर्वाचन सँगै जनताले स्थानिय सरकार मात्र होईन आफ्नै विवेकले चुनेको राजनैतिक नेतृत्व पाएको छ, भने गाउगाउमा सिंह दरवार पुगेको छ । माओवादी आन्दोलन र माओवादी पाटीको जित भने पनि हार भने पनि यहि हो । ढिलो चाडो ति विरयोद्धाहरुको योगदानको सहि मुल्यांकन र कदर हुनेछ । संघिय नेपालको ऐतहिासिक स्थानिय चुनाव परम्परावादी राजनैतिक पाटीको लागी प्रतिष्ठाको विषय बन्यो भने देशको प्रतिष्ठाको विषय बन्न सकेन बनाउन चाहेन्न । नेपालकमा ऐतिहासिक रुपमा द्धवन्द व्यावस्थापन हुदै गर्दा मिडियाहरु र नैपालको बौद्धिक जगतले यो मुद्धालाई अन्र्तराष्टियकरण गर्न सकैन्न । चुनाव सँग राजनितिक पाटीको प्रतिष्ठाको विषय जौडिनु स्वभाविक थियो तर समग्र राजनितिले देशलाई जिताउन सकैन विश्वमा नविनतम द्धवन्द व्यावस्थापनकौ विधिलाई अन्र्तराष्टिय समुदाय सँग पुर्याउन सकिएन, बरु परिवर्तनका बाहकहरुलाई पाखा लगाउनै काम गरियौ भ्रामक राजनिति पर्याप्त प्रयौग गरियो कुनै पाटीहरु आकारमा सानो ठुलो हुदै गर्दा यौ उपलव्धिलाई अन्र्तराष्टिय जगत सम्म पुर्याउन सकिएन, नैपाललाई एकाईसौ सताब्दिकौ द्धवन्द व्यावस्थापनकौ नमुना राष्ट निर्माण गर्नमा हामी र हाम्रौ राजनिति चुक्यौ । बरु जनताको कोमल भावनामा राष्टियता जस्तौ भावनात्क कुरा जोडियो, कुनै व्यात्तिको व्यात्तिगत र पारिवारिक चरित्रलाई राजनिति मुद्धा बनाईयौ, दैशको भातृत्व माथी हमला गरियो स्वघोषित राष्टवादी बने । अहिले राजनैतिक हिसाव कितावमा कस्ले जित्यो यो विषयमा फैसला गर्ने जिम्मा ईतिहासलाई छौडौ । तर पनि स्थानिय चुनावमा निकृष्ट राजनेतिक चरित्रको प्रयौग भएको छ, यस्ता बस्त्रधारी राजनितिक पाटी र स्यालहरुलाई ढिलो चाडो जनतालै पहिचान गर्नैछन । जनताको भोटलाई आधार मानैर हेर्ने हौ भने माओवादी केन्द्र तेश्रो बन्यो, कम्जोर बन्यो एमाले कांग्रेश पहिलो र दोश्रो बने तर रणनैतिक परिणामलाई आधार मान्नै हौ भने एमाले कांगे्रसले हारेकोे छ, एमाले कांग्रेशले नचाहा नचाहादै पनि देशको शान्ति प्रकृयाले पुर्णता पाएकौ छ, जनताका जनजिविका सँग जोडिएका माओवादी जनयुद्धका एजेन्डाहरु कानुनिक रुपमा स्थापित भएका छन, जनताको अभिमत द्धारा स्विकृत भएकाछन, जनता न्याय मुर्ति भई सकै पछि सार्वभौम जनताकौ फैसलालाई सर्वौ परि स्विकार गर्नु लौकतान्त्रिक दैशको राजनिति र राजनितिक सिपाहीको कर्तव्य हुन्छ, जनताकौ अभिमतलाई सम्मान गर्नै पर्छ । ऐतिहसिक स्थानिय चुनावमा लोकतान्त्रिक पाटीका अलोकतान्त्रिक चरित्रहरु प्रष्ट भए, जनताका आवश्यकतामा आधारित राजनिति नभई, व्यात्तिकौ चरित्र हत्या गर्दै विगतकौ उपलव्धिको अपमान गर्दै राष्टिय भातृत्व माथी प्रहारगर्दै चुनावकौ प्रचारको प्ररम्भ भयो । दलाल राष्टियताको झोला भित्र महान देशभक्त हरुको टाउकोलाई बौकेर बेच्ने दलाल प्रवृति राजनितिमा देखियो, गौरव पुर्ण ईतिहास र एैतिहासिक आन्दौलनका नाईकै र उसको परिवार माथी हमला गरियो हामीले विकास गर्न खौजेको यस्तो चरित्र भएको राजनितिले हामीले कल्पना गरे जस्तो स्वर्णिम राजनितिक मार्ग कौर्न सकिएला दैशकौ माटो बेच्नेहरु, नेपाल आमालाई कौडीको भाउमा बेच्नेहरु राजनितिक मसिहा बन्दै गरेको दृश्यहरु देख्दा जनता अझै भेडा भएको प्रष्ट छ, जनताले ईतिहासमा समिक्षा आफै गर्लान । दोश्रो स्थानिय चुनाव माओवादीका लागी यस अर्थमा पनि उपलव्धि मुलक बन्यौ कि तराईमा चुनाव बहिस्कार गरैको राजपा देखी पहाडको नेकपा सम्मको ऐतिहासिक स्थानिय चुनावमा सहभागि रह्यो, दशौ दलको रुपमा पुर्वमाऔवादीहरु, क्रान्तिका भक्तहरु देखि सम्वृद्धिका नाईकै सम्म माओवादीलाई हराउन र कम्जौर बन्न चोईटिएर चुनाव लडै, माओवादी कम्जोर हुदै गर्दा सवै माओवादी घटकहरु निन्द्राबाट व्युझिए जस्तै बनेका छन भने, संघय नैपालको संविधान राष्टिय सर्वस्विकार्य दस्तावैज बनैको छ । यहा सम्म आई पुग्दा माऔवादीले हारेको होईन बरु बलियौ सँग जितेको छ । ऐतिहासिक उपलव्धिको सावलमा वहस गर्दै गर्दा माऔवादी अभियानमा लागैर थाकेका, फाटेकाहरु सवै देशको ऐतिहासिक चुनावको डुंगामा सवार भए चाहे त्यो स्वतन्त्र रुपमा लडेको विप्लवको नेकपा होस वा वैद्यको क्रान्तिकारी वा बाबुरामको सम्वृद्धकारी । जे सुकै वाहानामा माओवादीलाई कम्जौर बनाए पनि पद र पैसा प्रतिष्ठाको सवालमा प्रचण्डलाई कम्जौर बनाउने रणनितिमा विक्रि भएकाहरु अहिले भोट बेच्दै हिडे सर्व साधारण जनतालाई भैडा बनाउदै हिडे । प्रचण्ड सँग प्रतिशोध साधेकाहरु आफै जनताबाट बहिष्कृत भए, यो समग्र माओवादी आन्दोलन सँग जोडिएका पक्षको चुनौती हो । हुन त बाबुराम आफै आफुलाई विद्धवान सम्झन्छन, उनका वरिपरिका दुई चार जनालै डाक्साव भन्दिदा आफुलाई निर्विकल्प नैता ठान्छन र अहिलै उनलाई पनि जनतालै खौलेर देखाई दिदा पश्चातापको रापमा डढिरहेका होलान, हैर्दै जाउ बाबुरामलै नयाँ शक्तिाई नै नया माओवादी शक्ति केन्द्र हो भन्ने दिन टाढा छैन । प्राप्त उपलव्धिहरु आफ्नै मुद्धा हुन अरु सवै साक्षि मात्र हुन भन्ने बाबुरामको अहमतालाई जनतालै ठिगान लगाए । डा.भट्टराईकौ धरातल राजनितिको गहिरो भाषमा कहिले नभेटाउने गरि हराई सकैको छ, राजनितिकरुपमा बाबुरामको पहिचान शुन्यतामा हराउने दृश्यहरु छर्लंग छ । साहित्यमा क्रान्ति देख्ने, दस्तावेजमा क्रान्ति देख्ने वैद्यले जनयुद्धको स्वाद सम्म लिन पाएन्न, सायद उनि सँग बाकी रहेको उर्जाकौ क्रान्ति अलाप थियो, जस्ले गर्दा उनि क्रान्ति भन्दा कहिल्यै थाकेन्न । वैद्यले जनयुद्धलाई आफु जेल हुदाकौ उपलव्धिहरु ठानेर गल्ति गरे, उनले प्राप्त भएको उपलव्धिको सम्मान गर्न सकैन्न, जेल बाट निस्किएर राजनितिक दस्तावेज लेख्ने वितिकै क्रान्तिको ज्वालादेख्ने वैद्यको क्रान्तिलाई पारालाईशिस हुदा आजभोली उहाकौ माक्र्शवादी दर्शन र क्रान्ति प्रतिकौ मौह भंग भएको होला । उहि वैद्यलाई गुरु मानैर वैद्यक्रान्तिमा लेपन लगाएर स्पात क्रान्तिका नायक बन्न खोजेका विप्लवलाई थवान वासिलैनै स्थानिय तहको निर्वाचनमा अस्विकृत गरि दिदा क्रान्ति लहड होईन क्रान्ति बुद्धि र विवैककौ संयोजन भएको नेतृत्व रहैछ भन्नै पाठ सिकाएको होला । माओवादी आन्दोलनले हारेको ईतिहास छैन र हार्दैन पनि, न कसैले हराउन सक्छ, अहिले माओवादीका मुद्धाहरु बलियो बन्दै जादा स्वयम माओवादी कम्जोर बनेको छ, कम्जोर एमाले कांग्रेसका कारणले होईन स्वयम माऔवादीकै कारणले भएको छ माओवादी अभियान प्रचण्ड बाबुराम, विप्लव वैद्यका कारण कम्जोर बनेको छ । सवै कुण्ठा,अहमता, रिस र घमण्ड तोडौ छुटेका हाम्रा हातहरु फेरी कहिल्यै नछुट्ने गरि मिलाउ, फाटेका मनहरुमा मलम लगाउ, आउ फेरी हामी जितौ । साच्चै तिमिले जन्माएका मुद्धाहरुमा कसैले राजगरि दिदा तिमी भित्रको माक्र्स, लैलिन र माओको छापले सराप्दैन ? राजनैतिक रुपमा राजनैतिक कमैया बन्दा तिम्रो राजनैकि स्वाभिमान बेच्न लाज लागेन ? हामी सवै माओवादीहरुलाई थाहा छ, हामी सवैको मन कुण्ठित भएको छ, माओवाद कुण्ठित भएर बाच्ने दर्शन हौईन, कुण्ठालै हामी सवै हार्नेछौ, हामी आफै सिद्धिनेछौ । हामी एकता सहितको क्रान्ति गरौ एकता सहितको देशको आर्थिक सम्वृद्धि गरौ, यहि त हो जन विद्रोह, विद्रोह पनि मिलेर गरौ । एकता सहितको माओवादी, विशाल माओवादी, बलियो माओवादी लिएर जनतामा जाउ संघ र प्रदेशको चुनावमा दलालका नाईकैहरुलाई पछारौ, सामन्त र षडयन्त्रको राजनितिलाई निश्तैज गर्दै फैरी एक चोटी माओवादी पाटीलाई विजयकौ माला लगाऔ । नया पुराना र क्रान्तिकारी जे भए पनि हामी सवै माओवादी हौ, हाम्रो एउटै लक्ष्य र सपनालाई साकार गर्न एउटै मालामा उनिन तयार हौ । हैन भने न विप्लवको एकिकृत क्रान्तिको सपना पुरा हुनेछ, न बाबुरामको सम्वृद्धिको सपना, न वैद्यको विद्रोहको कल्पना त्यसैले आउ फेरी माओवादी अभियानमा जुटौ, विदेशियका योद्धाहरु जुटौ कुण्ठा बोकेका प्रबुद्धहरु जुटौ फाटेका मनहरु जुटौ फेरी एकचोटी नेपाली राजनितिमा एकताको क्रमभंगताको चमत्कारीक छलांग मारौ । हामी सवैको सपना सँगै देशको विकास गरौ राष्टियताको रक्षा गरौ । एक विशाल फेरी विशाल स्पात झै जनताको माओवादी बनाउ, जनताका आवश्यकता र उपलव्धिको रक्षा गर्ने दायित्व पनि माऔवादी कै हो, ईतिहासलै सुम्पेको जिम्मेवारीलाई विशाल हृदयले स्विकारौ जनताको सेवामा लागौ ।
परीक्षाफल प्रकाशित
काठमाडौँ, ६ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । रासस
‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’
जापान, वैशाख २३ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ । एसियाली विकास बैक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण सुनाउनुभयो । भूकम्पपछिको पुनःनिर्माणले गति लिएको र त्यससम्बन्धी सबै काम समयमा नै पूरा हुने जानकारी दिँदै मन्त्री महराले नेपालको सामाजिक एवम् आर्थिक विकासमा एडिबीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । एसिया–प्रशान्त क्षेत्रको द्रुत आर्थिक विकासका लागि एडिबीले थप सहायता गर्नुपर्नेमा जोड दिँदै उहाँले दिगो समावेशी आर्थिक विकासमा एडिबीले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताउनुभयो । एसिया– प्रशान्त क्षेत्रका विकासका आवश्यकता पूरा गर्न लगानी बढाउनुपर्ने, निजी क्षेत्रलाई पनि साथै लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रका शान्ति र समृद्धिका लागि सबैले सहकार्य गर्नुपर्छ भन्नुभयो । बैंकको दीर्घकालीन रणनीतिमा क्षमता अभिवृद्धि, संस्थागत विकास, जलवायु परिवर्तनका असरहरुको सामना गर्ने सुदृढ संयन्त्र स्थापनाजस्ता विषय समावेश हुनु अपरिहार्य भएको भन्दै उहाँले ती क्षेत्रमा पनि एडिबीको लगानी बढ्नुपर्ने नेपालको चाहना व्यक्त गर्नुभयो । नेपाल अहिले संविधान कार्यान्वयनको चरणमा रहेको र त्यसक्रममा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा रहेको जानकारी दिँदै मन्त्री महराले स्थानीय तह निर्वाचनपछि केन्द्रका सबै अधिकार स्थानीय तहमा प्रत्यायोजन हुने बताउनुभयो । “स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि आर्थिक विकासका आधार अझ सुदृढ हुनेछन्,” स्थानीय निर्वाचनपछि आर्थिक उन्नयनका गतिविधि बढ्ने र समृद्धितर्फको नेपालको यात्रा प्रारम्भ हुने महराको भनाइ थियो । नेपाल एडिबीको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै सक्रिय नेपाल सञ्चालक समितिको गभर्नर पनि हो । बैंकको ६७ सदस्य देशका सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, विश्वका विभिन्न देशका अर्थशास्त्री, बहुपक्षीय अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायतका करिब छ हजार प्रतिनिधिको सहभागितामा रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका युवराज नारुहितोले समृद्ध एसिया निर्माणमा सबै एसियालीले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । पचास वर्षअघिको एसिया–प्रशान्त क्षेत्रको गरिबी धेरै हदसम्म घटेको भएपनि यस क्षेत्रमा अझैै गरिबी विद्यमान रहेको उहाँले बताउनुभयो । गरिबी अन्त्यका लागि विश्वका विभिन्न भागबाट बैठमा भागलिन एकत्रित भएका विद्वत् वर्गको बौद्धिकता सामुहिक रुपमा उपयोग हुनुपर्नेमा युवराज नारुहितोले जोड दिनुभयो । एसिया–प्रशान्त क्षेत्रमा अझै पनि तीस करोडभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकाले भौतिक पूर्वाधार निर्माण, ऊर्जा आपूर्ति सञ्जाल विस्तार र यातायात क्षेत्रको विकासबाट नै समृद्धि हासिल हुने उहाँले बताउनुभयो । जापानका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री तारो आसोले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकास, यस क्षेत्रका आर्थिक उन्नयनका चुनौती, पूर्वाधार विकासमा लगानी वृद्धि, प्राकृति विपत्ति व्यवस्थापनलगायत सुदृढ अर्थतन्त्रका निम्ति बैंकले अझ सचेततापूर्वक काम गर्नुपर्ने बताउनुभयो । दिगो आर्थिक विकास हासिल गर्न पूर्वाधार निर्माण अपरिहार्य भएको बताउँदै उहाँले विकासका परियोजनामा अत्याधुनिक प्रविधि प्रयोग गर्न जापानले एडिबीलाई चार करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो । उच्चस्तरीय प्रविधि कोष स्थापनाका लागि बैंकलाई जापानले उक्त रकम प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । उक्त रकम आगामी दुई वर्षभित्र एडिबीलाई उपलब्ध गराइने जानकारी दिँदै बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री आसोले हाल बैंकको ‘रणनीति २०३०’ तयार भइरहेको जानकारी दिनुभयो । एसिया–प्रशान्त क्षेत्रको विकासका लागि बैंकसँग निकट सम्पर्कमा रहेर जापानले काम गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक विपत्तिका बेला पनि नष्ट नहुने गुणस्तरीय पूर्वाधार निर्माण र त्यसमा लगानी वृद्धि एसिया प्रशान्त क्षेत्रका लागि अत्यावश्यक भएको उहाँको कथन थियो । बैंकका अध्यक्ष तोकेहिको नाकाओले बितेका ५० वर्षमा एडिबीले एसिया– प्रशान्त क्षेत्रको विकासका लागि ज्ञान, वित्त, उपयुक्त नीति, मैत्री तथा क्षेत्रीय सहयोग प्रवद्र्धन गरेको बताउनुभयो । बैंकले एसिया– प्रशान्त क्षेत्रको उज्ज्वल भविष्यका लागि रणनीति २०३० तयार पारेको र त्यसले एसियाको आर्थिक वृद्धि, गरिबी जलवायु परिवर्तन, सहरीकरण, बढ्दो असमानताजस्ता विकासका चुनौतीलाई सम्बोधन गर्ने बताउनुभयो । उक्त रणनीतिलाई सबै सदस्य देश र दातृ निकायसँगको छलफलपछि अन्तिम रुप दिइने जानकारी दिँदै नाकाओले बैंकले एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा, यातायात, सञ्चारलगायत अत्याधुनिक प्रविधियुक्त पूर्वाधार निर्माण गर्न वार्षिक एक खर्ब ७० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताउनुभयो । सन् २०३० सम्मको उक्त रणनीति कार्यान्वयन गर्न उक्त रकमको आवश्यकता उहाँले औँल्याउनुभएको हो । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रलाई उक्त रणनीतिले उच्च प्राथमिकता दिएको, औलो, क्षयरोग र एचआइभीजस्ता सङ्क्रामक रोगविरुद्ध लड्ने रणनीतिका योजना नाकाओले सुनाउनुभयो । सामाजिक एवम् आर्थिक विकासका लागि लैङ्गिक समानता सुनिश्चित गर्नु अपरिहार्य भएको भन्दै उहाँले महिला र किशोरीलाई उच्च शिक्षा, स्वास्थ्य, नीति तथा निर्णायक तहमा पु¥याउने, व्यावसायिक एवम् प्राविधिक शिक्षा विकास, प्राविधिक र सीप विकास तालिम, निजी क्षेत्रका स्रोत र साधनको परिचालनलाई उक्त रणनीतिले केन्द्रमा राखेको जानकारी दिनुभयो । साना तथा मझौला उद्योगमा स्थानयि बैंकबाट पुँजी प्रवाह गरी अधिकभन्दा अधिक जनतालाई व्यवसायी बनाउने रणनीतिको लक्ष्य रहेको अध्यक्ष नाकाओले बताउनुभयो ।
भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता
भक्तपुर, वैशाख २० । भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता स्थानीय तहको निर्वाचनका नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले व्यक्त गरेका छन् । आज भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुर ठिमी नगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुनुभएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताउनुभयो । मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पताललाई सुविधासम्पन्न एव्म यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताउँदै उनले मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, यहाँका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पहुँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको धारणा व्यक्त गरे । यता रफतसञ्चार क्लबमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकिरण एवम् उत्पादनको जिल्लाको रुपमा विकास गर्ने, राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविद्यताको संरक्षण एवम् प्रर्वद्धनमा आफ्नो महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे । कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पु¥याउने, स्वास्थ्य संस्थाको विकास र विस्तार गरी यसलाई गाउँगाउँमा पहुँच पु¥याउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाए । उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उनले बताए । भक्तपुर नगरपालिकामा काँग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
संसदको अवरोध खुलाउन प्रमुख दलका शिर्ष नेतृत्वमा छलफल
काठमाडौं, बैसाख १३ । ब्यवस्थापिका संसदलाई आफ्नो कार्यसुचीमा अघि बढ्न दिनेबारे प्रमुख दलका शिर्ष नेताहरुबिच छलफल हुँदैछ । सरकारले मधेसी मोर्चाको माग संवोधन गर्ने नाममा मधेसमा स्थानीय तहको संङख्या बढाउन लागेको भन्दै प्रमुख प्रतिपक्षि एमालेले संसद अवरुद्ध गर्न थालेपछि सरकारले सहमतीका लागि वार्तामा बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, प्रमुख प्रतिपक्षि एमालेका शिर्ष नेताहरु सहभागी हुनेछन् । हिजो मंगलवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको पाँच दलको बैठकमा दाहालले निर्वाचनमा मधेसी मोर्चाको समेत सहभागितका लागि संविधान संशोधन अनिवार्य भएकाले संसदको कारवाही नरोक्न एमालेलाई आग्रह गरेका थिए । एमालेले भने मोर्चाको माग संवोधन गर्न बजेट भन्दा पछि दोश्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै विरोध गरेको छ । ब्यवस्थापिका संसदको बैठक आज वुधवार बिहान ११ बजे बस्दैछ ।
कुमार र कुमारीले अलदार क्लबमा धमाका मच्चाउने
भोला थापा क्षेत्री, दोहा । तनहुँ समाज कतारले आयोजन गरेको बनोभोज तथा सागितिक कार्यक्रममा लोक दोहोरी गायिका कुमारी थापा र गायक रित कुमारले बेजोड प्रस्तुती गर्ने भएका छन । कतारको दोहा शहर देखी करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा हुने उक्त कार्यक्रमा आफ्नो प्रस्तुती पस्कन नेपाल देखी लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आईरहेकी तनहुँ बन्दीपुरकी गायिका कुमारी थापा कतार आउने भएकी छिन भने कतारमा रहेर लोक दोहोरी क्षेत्रमा गहिरो छाप छोड्दै आईरहेका लोक दोहोरी गायक रित कुमारले उनलाई साथ दिने भएका छन । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको सकृय साझा संस्था तनहँु सेवा समाज कतारले गत २१ अप्रेल शुक्रबारका दिन संस्थाको भेलाले उक्त कार्यक्रमको पुर्ण तयारी भएको कार्यक्रम संयोजक केश मगरले बताएका छन । मगरले विगतका दिन भन्दा तनहुँ सेवा समाजले छुट्टै मनोरञ्जन तरिकाले गर्ने कार्यक्रमको हाल सम्मा करिब चार सय टिकट बिक्रिवितरण भईसकेको बताएका छन । पहिलो पल्ट आफ्नो प्रस्तुती पस्कन कतार आउदै गरेकी गायिक कुमारीले आफ्नो प्रस्तुतीले तनहुँ बासी तथा गैह्र तनहुँ बासीलाई भरपुर मनोरञ्जन दिने बताएकी छन । यता कतारको माहोलमा चर्चा चुम्न सफल लोक दोहोरी गायक श्रेष्ठले आफ्नै जिल्लाबासी कार्यक्रममा र नेपालबाट निम्ताएकी जिल्ला बासी अतिथी कलाकार कुमारी संग आफ्नो प्रस्तुती पस्कन पाउदा खुसी तुल्याएको बताएका छन । आगमी २८ अप्रिल शुक्रबार का दिन गर्न लागेको उक्त कार्यक्रममा कतारमा आबद्ध सकृय सागिंतिक संघ सस्थाका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने भएको छ । जसमा डान्सर जीना मगर , भगवती बस्याल, हाँस्या कलाकार सुरज विसी,लोक दोहोरी गायक÷गायिक बलविक्रम थापा र कमला गुरुङ, आधुनिक गायक विजय रानापाली साथै कलाकार सोम थापा,कृष्ण विसी, शुभराज खत्री, र आधुनिक गायक टंक राज विक लगायतले उक्त कार्यक्रमा आफ्नो धमाकेदार प्रस्तुती पस्कने भएका छन । दोहाबाट करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा विहान १० बजेदेखी हुने कार्यक्रमका लागी संस्थाले तरबार गेट,अलात्तिया,साहानिया,दुखान,अल्खोर,उम्साईड लगायत विभिन्न ठाउँबाट यातायातको पनि सुविधा रहेको यातायात व्यावस्थापक तोयानाथ पौडेलले जानकारी दिएका छन ।
जनयुद्धकालीन मुद्दालार्इ खारेजी गर्न माग
काठमाडौँ, वैशाख २ । नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी गठित दुईवटा आयोगमार्फत मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गरेका छन् । हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद् बालकृष्ण ढुङ्गेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसलासमेत गरी सातदिने पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति व्यक्त गर्दै बृहत् शान्ति सम्झौताअनुसार मुद्दाहरु तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय राजदूत सिंहपुरीले
काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए । प्रधानमन्त्री दाहालसँग नवनियुक्त राजदूत पुरीको यो पहिलो भेट हो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे । राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए । जिम्मेवारी सम्हालेलगत्तै राजदूत पुरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।
परीक्षाअघि नै बजारभरि प्रश्नपत्र
दाङ, चैत १५ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आएको देखिएको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षकनै अनभिज्ञ छन् । तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रुपमा लिनुभएको छ । उहाँले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताउनुभयो । “प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उहाँले बताउनुभयो । तर उहाँको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ । साथै, उहाँले एसइइ परीक्षामा पनि यदि कुनै केन्द्रमा प्रश्नपत्र आउट भएको भए सोही विद्यालयका विषयगत शिक्षकले प्रश्नपत्र बनाएर परीक्षा लिनसक्ने पनि शिक्षा नियमावलीमा उल्लेख भएको बताउनुभयो । एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परिक्षा सुरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रवधान भएपनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् । त्यसैगरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् । चुहावट भएका विज्ञान, गणितलगायतका प्रश्नपत्र बजारमा देखिएका छन् । रासस
रेल र सडक विस्तारमा चिनियाँ राष्ट्रपति सीको उत्साहजनक रेस्पोन्सः प्रधानमन्त्री
काठमाडौं, चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताएका छन् । भेटवार्तालगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताएका छन् । पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भने, ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गर्नुभएको छ ।’ प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताएका छन् । प्रचण्डका अनुसार राष्ट्रपति सीले भने, ‘व्यक्तिगत रूपमा नै मैले नेपालसँग रेल र रोड विस्तारमा रुचि राखेको छु । सीमापार विशेष आर्थिक क्षेत्र र सीमापार विद्युत् प्रसारण लाइनमार्फत पनि दुई देशबीच आर्थिक साझेदारी वृद्धि हुन्छ भन्ने मलाई लाग्छ ।’ राष्ट्रपति सीको अवधारणाले नेपालको विकासमा क्रान्तिकारी प्रभाव पर्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘मेरो पनि विश्वास र विश्लेषण यही हो कि यो अवधारणाले नेपालको अर्थतन्त्रको विकास र चीन–नेपाल सम्बन्ध थप सुदृढ गर्न क्रान्तिकारी प्रभाव पार्नेछ,’ प्रचण्डले भने । राष्ट्रपति सीको वान बेल्ट वान रोड प्रस्तावमा आफूले नेपालका तर्फबाट औपचारिक स्वागत गरेको पनि प्रचण्डको भनाइ थियो । प्रचण्डले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । अघिल्लो सरकारका पालामा भएका सबै सम्झौता कार्यान्वयनमा नेपालको प्रतिबद्धता दोहो¥याउँदै प्रचण्डले पारवहन तथा यातायात सम्झौताको प्रोटोकल, ओबिओआरमा नेपालको प्रवेशलगायतका विषयमा नेपाल चीनसँग हस्ताक्षर गर्न तयार रहेको बताएका थिए । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि ९० लाख युयान (१३ करोड ५० लाख नेपाली रुपैयाँ) दिने घोषणासमेत गरेको छ । नेपाल भ्रमणमा आउँछु : सी प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणाको स्मरण गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र कूटनीतिक च्यानलमार्फत समय तय गरिने जवाफ दिएका थिए । त्रिदेशीय साझेदारीमा जोड प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक अवस्थितिले विगतमा समस्या रहे पनि अब चीन र भारतजस्ता विशाल छिमेकीका कारण अवसर रहेको बताए । उनले एसियाका भीमकाय देश भारत र चीनको बीचमा नेपालले पुलको काम गर्ने पनि बताएका थिए । ‘हामी चीन र भारतको बीचमा छौँ, दुवै तीव्र आर्थिक गतिका अर्थतन्त्र छन्, त्यहाँ विशाल बजार छ,’ भेटमा प्रधानमन्त्रीको भनाइ थियो, ‘एसियाका दुई भीमकाय देशहरूबीचको हाम्रो भूराजनीतिक अवस्थिति पहिला समस्या थियो, अहिले सम्भावनामा परिणत भएको छ । त्रिदेशीय साझेदारीमार्फत नेपाल, भारत र चीनबीचको पुल बन्न सक्छ ।’ ‘छलफल सोचेभन्दा उपलब्धिमूलक’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँगको भेट महत्वपूर्ण र उपलब्धिमूलक रहेको बताएका छन् । यसखालको उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको पनि उनको प्रतिक्रिया छ । ‘प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताउनुभयो,’ उनको निजी सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन भएको पनि सचिवालयले जनाएको छ । राष्ट्रपति आफैँले नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्नेजस्ता विषय चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ । तातोपानी नाका खोल्न चीन सकारात्मक राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले यसबारे छलफल गर्दै टुंगोमा पुग्न सकिने बताएका थिए । प्रचण्डले एक चीन–नीतिमा प्रतिबद्धता जनाएका थिए भने राष्ट्रपति सीले नेपालको अखण्डता र स्वतन्त्रतामा पूर्ण सम्मान व्यक्त गरेका थिए । भेटवार्तामा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङ, परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख गणेश ढकाललगायत उच्च अधिकारी सहभागी थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।