युएईमा अलपत्र १० नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता, म्यानपावर कम्पनी कालो सुचिमा
युएई, जेठ १६। रोजगारीका युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँ स्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ।
काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाह स्थित लिडरसिप सेक्युरिटी कम्पनीमा काम गर्न आएका १० जना नेपालीलाई कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनीहरु अलपत्र परेका थिए । अलपत्र नेपाली बारे जानकारी पाएपछि युएई स्थित नेपाली दूतावासले कामदार पठाउने म्यानपावर कम्पनीका युएई एजेन्टसँग सम्पर्क गरी पीडितका समस्या बुधबारभित्र समाधान नभए कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी समेत दिएको थियो ।
म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर डिपिएस सेक्युरिटी गार्डमा मासिक १७ सय ८२ दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई युएई स्थित कम्पनीले काम गरेको दुई महिनाको तलब नै नदिएपछि उनीहरु अलपत्र परेका हुन।
यसरी अलपत्र परी नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिवराज सिंह, सिरहाका प्रवीणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बू, नवलपरासीका सुरज राजभण्डारी, सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल रहेका छन्।
एनआरएन युएईले आर्थिक सहयोग गर्यो
युएईमा १० नेपालि अलपत्र परेका खबर उज्यालो अन्लाईन बाट पाए पछी खानाको समेत समस्या रहेको उनिहरुलाइ चार घण्टामै युएईमा रहेका गायक प्रकाश पौडेलको सक्रियतामा सारजाहमा कार्यरत मन्दिप खरेल र सन्दिप सिग्देलले एक हप्ताका लागि पुग्ने खानाको व्यवस्था गरेका थिय भने ,गैर आवासीय नेपाली सघ (एनआरएनए) युएईले उनीहरुलाई आर्थिक सहयोग समेत गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्।
अलपत्र परेकाहररूलाई तत्काल उद्वारको पहल सुरु गरेको दूतावासले युएईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनीपछि कम्पनीले बुधबार पीडित लाई घर पुग्ने भाडा सहित हवाई टिकट समेत उपलब्ध गराएको नेपाली दूतावास युएईका राजदूत सागर फुयाँलले जानकारी दिएका छन्।
कम्पनीले टिकट उपलब्ध गराएपछि बुधबार नै उनीहरू स्वदेश फिर्ता भएका छन्।
कम्पनीलाई कालो सुचिमा राखियो
सम्झौता अनुसार कामदारलाई सेवा सुबिधा नदिई अलपत्र पार्ने उक्त कम्पनीलाई कालोसूचीमा राख्न नेपाल स्थित वैदेशिक रोजगार विभागलाई पत्राचार गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।
विभिन्न सन्चार माध्यममा दुई बर्ष पहिले नै दूतावासले उक्त सेक्युरिटी कम्पनीलाई कालो सुचीमा राखी सोही अनुसार वैदेशिक रोजगार विभागलाई समेत सिफारिस गरिएको भनिए पनि यस अघि उक्त कम्पनी कालोसूचीमा नरहेको राजदूत फुयाँलले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन्।
कालोसूचीमा रहेका कम्पनीले नेपालबाट कामदार ल्याउन सक्दैनन्।
“यस अघि उक्त कम्पनीलाई कामदार नदिन कुनै सिफारिस भएको पाइएन” राजदूत फुयाँल भन्छन्, “अहिले अलपत्र परेका नेपालीलाई उद्वार गरी स्वदेश पठाइएका छौं।”
राजदूत फुयाँलले आफूहरूले नेपालमा समेत पत्राचार गरिसकेको र अब उक्त कम्पनीमार्फत नेपाली कामदार नआउने जानकारी दिए।
“यसरी कामदार अलपत्र पार्ने कम्पनीमाथि दूतावासले तुरुन्तै एक्सन लिन्छ,” राजदूत फुयाँलको भनाइ छ।
किन बलियो छ यातायात सिन्डिकेट ?
कठोर सत्य: राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् आखिर किन बलियो छ यातायात सिन्डिकेट ? शिर्षकमा आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् । एनजिओका रूपमा दर्ता भएका संस्थाको गैरनाफामूलक, गैरव्यापारिक र गैरराजनीतिक चरित्र हुनुपर्छ । तर यातायात समितिहरूले नाफामूलक, व्यापारिक र राजनीतिक काम गरिरहेका छन् । २. देशभर दुई लाख बस, राज्यलाई शून्य कर देशभर दुई लाख बस गुड्छन्, तिनलाई नेतृत्व गर्न चार सय यातायात समिति छन्, ती सबै एनजिओका रूपमा सञ्चालित छन् । चार सयबाहेक ४० मात्र कम्पनीका रूपमा दर्ता छन् । उनीहरूले निजी सवारीधनी (कार वा मोटरसाइकल)ले जस्तै सवारी कर र सवारी परीक्षण शुल्क तिर्छन् । त्यसबाहेक रुट परमिटका रूपमा दस्तुर मात्र तिर्छन् । तर, यात्रुबाट प्राप्त रकमबाट एक रुपैयाँ पनि कर तिर्दैनन्। ३. सिन्डिकेटको दादागिरी, समय र भाडा मनपरी संसारमा सार्वजनिक यातायात भनेको सरकारको संलग्नतामा सञ्चालित हुन्छ । तर, नेपालमा यो पूर्णतः निजी र सिन्डिकेटेड समूहको कब्जामा छ । समितिका रूपमा सञ्चालित सिन्डिकेटले भाडा मनपरी गर्छन्, समय आफैँ तोक्छन्, यात्रुले न छिटो जान पाउँछन्, न ढिलो । सस्तो वा महँगोमा प्रतिस्पर्धा गर्छु भन्ने व्यवसायीलाई प्रवेश निषेध छ । ४. सिन्डिकेट तोड्ने कानुन २५ वर्षअघि नै पारित नेपालको कानुनले पनि सार्वजनिक यातायातमा सिन्डिकेटलाई निषेध गरेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ ले यातायात व्यवस्था विभागमा दर्ता नगरी सवारीधनी वा व्यवस्थापनले कुनै पनि सार्वजनिक सेवा सञ्चालन गर्न नपाउने भनिएको छ । तर, २५ वर्षसम्म पनि यो कानुन कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवसायीको मनपरी तोड्न र कानुन पालना गराउन कसैले सकेको छैन । जनतालाई भुक्तमान मन्त्रीलाई सम्मान : सडकमा जनतालाई दुःख दिने व्यवसायीबाट सिंहदरबारमा खादा पहिरिँदै यातायातमन्त्री रघुवीर महासेठ (तस्बिर : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालको फेसबुकबाट) ५. सडक सरकारको, कब्जा व्यापारीको सरकारले देशभर सडक बनाएको छ । तर, अन्तर्राष्ट्रिय प्रचलनविपरीत सार्वजनिक साधनका रूपमा निजी मात्र साधन चल्नाले सडकमा सिन्डिकेटवालाको कब्जा छ । उनीहरूको आदेशमा देशभरका सार्वजनिक साधन ठप्प हुन्छन् । सार्वजनिक यातायात सरकारको दायित्वमा आए मात्र यसको विकल्प हुनेछ । ६. सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ देशभर चार सय समिति छन् । यस्ता समितिले सवारीसाधनका मालिकसँग १२ लाखसम्म शुल्क लिएर सिन्डिकेटमा समाहित गराउँछन् । ती सबै समितिको नेतृत्व गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राजनीतिक नेतृत्वसँग सोझो पहुँच राख्दै आएको छ । जसको बदलामा दल र नेताले व्यवसायीबाट ठूलो परिमाणमा चन्दा लिने, सभा–सम्मेलनमा व्यवसायीका निःशुल्क बसको प्रयोग गर्ने र चुनावमा खर्च उठाउने गरेका छन् ।
भूकम्प पीडितहरूलाई थप १ लाख दिने निर्णय कार्यान्वयन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्प पीडितहरूलाई थप १ लाख सहयोग अनुदान दिने अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । राप्रपाले सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेको छ । राप्रपा समेत सहभागी पूर्ववर्ती सरकारको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको हो ।
‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाकाे कहानी ….
काठमाडौं । अभियुक्तः रामबहादुर मोक्तान वर्षः ३१ मुद्दा नं.: ३७० कसुरः जबरजस्तीकरणी जिल्ला अदालत, काठमाडौं अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । जबरजस्तीकरणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखेको छ । तर, ‘पीडित’ युवती नै आजभोलि हरेक दिन परिसरमा आउँछिन् र अभियुक्त मोक्तानलाई खाना खुवाएर फर्किने गरेकी छन् । यो दृश्यले प्रहरीहरुलाई आश्चर्यमा मात्र पारेको छैन, थप सोच्न बाध्य बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय लिभिङ टुगेदर, ‘प्रेम’ जस्ता अनेक नाममा सँगै बस्नेदेखि शारिरीक सम्वन्ध राख्ने गरेका जोडीहरु आपसमा झगडा भएपछि बलात्कारको उजुरी दिने र अभियुक्त पक्राउ परेपछि आफैं मिल्ने गरेका घटना थुप्रै छन् । यसले प्रहरीको समय बर्बाद पार्नुका साथै उसको अनुसन्धानमा प्रश्न त उठाएको छ नै वास्तविक बलात्कारका घटनालाई पनि ओझेलमा पार्ने खतरा बढाएको छ । ‘बिहे गर्ने भयो, जाहेरी फिर्ता लिन्छुुु’ पीडित महिलाको सुरुमा छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । तर, पीडित युवती हरेक दिन अभियुक्तलाई खाना लिएर आउँछिन् र प्रहरीसामू जाहेरी फिर्ता गर्न माग गर्छिन् । ‘मसँगै बिहे पनि गर्ने भयो, अघिल्लो श्रीमानबाट जन्मिएका दुई बच्चा पनि हेर्ने भयो’, भन्दै उनले प्रहरीसँग जाहेरी फिर्ता गरिदिन पनि आग्रह गरेको पाइएको छ । प्रहरीले भने जबरजस्तीकरणी सम्बन्धी मुद्दा भएकाले मोक्तानविरुद्धको जाहेरी फिर्ता गर्न मानेको छैन । प्रहरीका अनुसार पीडित महिलाको श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यसपछि उनको जीवनमा मोक्तान आएका रहेछन् । फिल्म डाइरेक्टर भन्दै पीडित युवतीसँग नजिकिएका उनले कहिले फिल्ममा रोल दिने त कहिले दक्षिण कोरिया पठाइदिने भन्दै प्रलोभनमा परे । हिमहिच बढ्दै गएपछि उनीहरु झण्डै २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको पाइएको छ । बलात्कारका ‘शङ्कास्पद’ घटना सामान्यता कुनै पनि महिलाले आफू बलात्कृत भएको भनेर झुटो दाबी गर्न सक्दिनन् । बलात्कार आफैंमा जघन्य अपराध हो र बलात्कृत भएपछि पनि उसले सहजै न्याय पाउँदैनन् । अहिले पनि कयौं चेली आफ्नो अस्मिता लुट्नेमाथि कारबाही होस् भनेर न्यायलय धाइहेका छन्, न्यायको पर्खाइमा छन् । कतिले त ज्यान नै गुमाएका छन् । साथै, समाजले उल्टै उनीहरुलाई राम्रो व्यवहार गर्दैन । तर, कतिपय यस्ता घटना पनि भेटिएका छन्, जसले जघन्य अपराधको विषयलाई हल्काफुल्का बनाउने गरेको छ । करिब ८ महिना अघि पनि यस्तै भएको थियो । न्यूरोड क्षेत्रमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका एक भारतीय नागरिकले आफूलाई बलात्कार गरकोे भन्दै २० वर्षीय युवतीले प्रहरीमा जाहेरी दिइन् । बलात्कारको आरोप लागेपछि भारतीय नागरिक फरार भए । तर, अनुसन्धानको क्रममा खुल्यो, युवतीले तलब नबढाएको झोँकमा बलात्कारको जाहेरी दिएकी रहिछिन् । टिकट बेच्ने काम गर्दै आएकी उनले महिनाको १२ हजार पाउने गरेकी थिइन् । उनले साहुसँग २० हजार रुपैयाँ माग गरिन् । तर, तलब नबढाएपछि उनले बलात्कारको मुद्दा हालेको प्रहरी अनुसन्धानबाट खुल्यो । ‘बलात्कार गरेको हो होइन भन्ने कुराको वैज्ञानिक परीक्षण गर्ने उपकरणको पनि अभाव छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘कस्तो अवस्थामा बलात्कार भन्ने ? छुट्टाउने स्पष्ट आधार के के हुन् ? कतिपय घटनामा युवतीलाई घाउ, चोट लागेको, भाग्नलाई गरेको संघर्ष लगायत देखिने एउटा पनि प्रमाण हुँदैन ।’ यसले जाहेरीकै भरमा तुरुन्तै अभियोग लगाउँदा निर्दोष समेत पर्न सक्ने देखिएको छ भने अनुसन्धान पुरा गरेर मात्र पक्राउ गर्दा अभियुक्त भाग्ने र बास्तविक पीडितले लामो समयसम्म न्याय नपाउने अवस्था आउन आउन सक्छ । ‘पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने किसिमका घटना पनि देखिएका छन्’, एक प्रहरी निरीक्षक भन्छन्, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाइएको घटनासम्म प्रहरी कहाँ आएका छन् ।’ अधिवक्ता टीपी शर्मा पनि यस्तो घटना हुने गरेको स्वीकार गर्छन् । ‘सुरुमा समस्या होला भनेर हेर्छौ तर, पछि अर्कै अवस्था भेटिन्छ’, उनले भने, ‘यसले महिलाले पाएको अधिकार मिसयूज मात्र भएको छैन, कुनै न कुनै रुपमा वास्तविक पीडितले पाउने न्यायमा ढिलाई पनि गरेको छ ।’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भने महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि मुद्दा चलाइने बताउँछन् । ‘केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको पनि पाइन्छ’, पोखरेल भन्छन्, ‘तर, पीडितले आफू बलात्कृत भएको भनेर उजुरी दिएपछि सरकारीवादी मुद्दा पनि हो, प्रहरीले मुद्दा चलाउँछ ।’
आम्मै ! सिन्धुपाल्चोकमा मेवा भन्दा ठूलो असिना
काठमाडौं, चैत्र १९ । मौसममा अचानक आएको बदलीले यति बेला काठमाडौ उपत्यकासहित धेरै जिल्लामा असिनासहित वर्षा भइरहेको छ । सोमबार साँझ सिन्धुपाल्चोकमा मेवा आकारको असिना परेपछि गहुँ, तरकारी, फलफूललगायत सबै प्रकारका बालीमा ठूलो क्षति पुर्याएको कृषकहरुले बताएका छन् । भित्र्याउनका लागि तयार भएको बाली नष्ट हुँदा ठूलो नोक्सानी भएको छ । सामान्यतस्ः यति बेला सबै प्रकारका फलफूलमा दाना लाग्ने समय हो । असिनासहितको पानी र हावाहुरीले गर्दा कृषकलाई ठूलो क्षति भएको बताइएको छ । तर बढ्दो गर्मीसँगै परेको पानीले नयाँ खेती लगाउनका लागि राम्रो हुनका साथै वर्षापछि राजधानीसहित देशैभर पानीको आपूर्तीमा भने केही राहत हुने भएको छ ।
गृहमन्त्री थापाले ८५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै यस्ताे भने…
काठमाडौं, चैत्र १९ । गृहममन्त्री रामबहादुर थापा ‘बादल’ ले ८५ बूँदे गृहप्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै चैत्र मसान्तभित्र सरकारले आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गर्न लागेको बताएका छन् । सोमबार गृहमन्त्रालयमा ८५ बूँदे गृहप्रशासन सुधार कार्ययोजनामा सार्वजनिक गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । गृहप्रशासनसँग सम्बिन्धत कानूनहरु तर्जुमा र परिमार्जन नभइञ्जेलका लागि केन्द्र र प्रदेशले सम्पादन गर्ने शान्ति सुरक्षा र समन्वयका कार्यहरु सम्पादन गर्न यस्तो कार्यकारी आदेश लागू गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ । संविधानअनुसार सातवटै प्रदेशमा गृहमन्त्रालय स्थापना भइसकेको छ । तर, ती मन्त्रालयको अधिकार निश्चित गर्ने कानूनको अभाव हुँदा प्रदेशको शान्ति सुरक्षाको समन्वयमा केन्द्र र प्रदेशवीच अन्योल उत्पन्न भइरहेको छ । प्रदेशअन्तरगतका जिल्लाहरुमा रहेका सिडियो र प्रदेशका गृहमन्त्रीवीच समन्वयको अभाव छ । शान्ति सुरक्षासम्बन्धी कैयौं अधिकारहरु अझैसम्म सिडियोकै हातमा छन् । त्यसैगरी प्रदेश कार्यालयमा रहेका एआइजीहरु र जिल्लाका प्रहरी प्रमुखहरुको समन्वय पनि प्रदेश सरकारसँग निश्चित हुन नसक्दा प्रदेश सरकार निरीहजस्तै बनेको गुनासो आइरहेको छ । एआइजीहरुले पनि फाजिलमा बस्नुपरेको गुनासो पोखिरहेका छन् । प्रदेश सरकारले प्रहरीको सरुवा बढुवामा समेत हस्तक्षेप गर्न खोजेको गुनासो प्रहरी प्रशासनको छ । यो अन्योलपूर्ण स्थितिमा सरकारले चाँडै कानूनहरु बनाउनुपर्नेमा त्यो गर्न नसक्दासम्म केन्द्रबाट कार्यदेश जारी हुन लागेको हो । चैत्रभित्रै सरुवा–बढुवाको मापदण्ड आवश्यक कानूनको अभावमा एकातिर केन्द्र र प्रदेश सरकारवीच सुरक्षा समन्वयको अभाव खड्किइरहेको छ भने अर्कोतर्फ उचित मापदण्डको अभावमा प्रहरीका उच्च अधिकारीहरुको बढुवा र पदस्थापन आदिमा समेत समस्या देखा पर्न लागेको छ । नयाँ प्रहरी महानिरीक्षक छान्नुपर्ने भाउँतो पनि सरकारको काँधमा आउनै लागेको छ । यसैवीच गृहमन्त्रालयले यही चैत महिनाभित्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज तथा पदस्थापनासम्बन्धी मापदण्ड तयार पार्ने जनाएको छ ।
उत्तेजना, हस्तमैथुन र यौन परिकल्पना
म २७ वर्षीय अविवाहित युवा हुँ । ममा १५ वर्षको हुँदादेखि नै हस्तमैथुनको लत बसेको छ । पहिले–पहिले एक दिनमै कैयौं पटक हस्तमैथुन गर्थे । अझै पनि हप्तामा तीन–चार पटक हस्तमैथुन गर्छु । प्राय: राति सुत्नुअघि अश्लील चलचित्रको दृश्य वा कुनै युवतीलाई सम्झेर हस्तमैथुन नगरी सुत्न सक्दिन । नेटमा बस्दा काममा भन्दा अश्लील चलचित्र हेर्न बढी उत्साहित हुन्छु । जोसुकै महिलासँग स्पर्श हुँदा लि· आफैं उत्तेजित भएर आउँछ । महिलाको पेन्टी, स्कर्ट, साडी आदि फेला पर्यो भने स्पर्शसहित हस्तमैथुन गर्छु । मैले अहिलेसम्म दुई–तीन पटक मात्र यौनसम्पर्क गरेको छु, जसमा चाँडै स्खलित भएको महसुस भएको छ । अहिले म यसले मेरो भावी यौनजीवनमा नकारात्मक असर पार्ला कि भनेर चिन्तित छु । यौन उत्तेजना, हस्तमैथुन अनि यौन परिकल्पना तपाईं हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो भनेर जानकार नै हुनुहुन्छ होला । विशेष गरेर यो यौन तनावबाट मुक्ति पाउने उत्तम उपाय हो । हस्तमैथुन गर्दा आफूलाई उत्तेजित गर्न यौन संवेदनशील अङ्ग जस्तै– लिङ्गको स्पर्श वा मर्दन गरिन्छ भने अर्कातिर यौन परिकल्पनाको सहयोग लिइन्छ । हामीलाई थाहै छ, हाम्रा इन्द्रियहरूबाट सन्देश प्राप्त गरेर मस्तिष्कले त्यसलाई अथ्र्याएपछि यौन उत्तेजना हुन्छ । इन्द्रियबाट प्राप्त गरिने सन्देश यौन उत्तेजक भए यौन उत्तेजना बढ्छ । यसमा स्पर्श, दृष्टि, श्रव्य, स्वाद अनि श्रवण सबै पर्छन् । स्पर्श यौन उत्तेजना उत्पन्न गराउने एउटा महत्वपूर्णसन्देश हो । किशोरावस्थामा स्वत: वा अति नै थोरै सन्देशले पनि लिङ्ग उत्तेजित हुने क्रम उमेर बढ्दै गएपछि कम हुँदै जान्छ, तर तपाईंको स्थितिमा अझै पनि थोरै तथा सामान्य स्पर्शले यस्तो भएको पाइएकाले तपाईंले यौन भावनाको व्यवस्थापन गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ । दृश्यको कुरा गर्दा महिलाको शरीर पुरुषलाई यौन आकर्षक लाग्न सक्छ, जसले गर्दा यौनसम्पर्क गर्न मन लाग्ने हुन्छ, तर मस्तिष्कले यौनसम्बन्धी कुरा सोच्दा मात्र पनि यौन उत्तेजना बढ्छ । यो एक किसिमले यौन परिकल्पना हो । यस्ता कल्पना व्यक्तिका आफ्ना पुराना अनुभवमा आधारित वा नितान्त कल्पनामा आधारित भएको पाइन्छ । प्राय:जसो स्थितिमा ती दुवै थरीको मिश्रण हुन्छ । हस्तमैथुन गर्ने प्रक्रियामा यौन परिकल्पनाको निकै प्रयोग हुन्छ । अल्फ्रेड किन्सेका अनुसार लगभग सबै पुरुष तथा करिब ६४ प्रतिशत महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्ने कुरा उल्लेख गरेका छन् । मानव यौनजीवनमा प्रशस्तै यौन परिकल्पना हुन्छ । यस्ता यौन परिकल्पनामा समाजमा स्वीकार्य कुरादेखि एकदमै अमान्य कुरासम्म पर्छन् । यसमा व्यक्तिअनुसार अति नै विविधता फेला पर्छ । यौन परिकल्पनाबाट व्यक्तिले प्रशस्तै आनन्द उठाए पनि यसको प्रकृति यदि फरक किसिमको भए असहज स्थिति उत्पन्न भएको पाइन्छ । कसैले फरक किसिमको यौन परिकल्पनालाई सहज रूपमा लिन सक्छन् भने कतिपय त्यसमै चिन्ता लिँदै ग्लानि भावले ग्रस्त हुन पुग्छन््, जसको नकारात्मक असर नै पर्न सक्छ, यौनजीवनमा । तपार्इंले यौन परिकल्पना गरेर आनन्द उठाए पनि केही असहजपन उत्पन्न भए जस्तो लाग्छ, तर यसलाई सही तरिकाले प्रयोग गर्न सकिए यौन परिकल्पनाले यौनलाई मानसिक तथा शारीरिक दुवै पक्षमा फाइदा पुर्याउन सक्छ । मानिस स्वभावले नै कल्पनाशील हुन्छ र उ काल्पनिक दुनियाँमा विचरण गर्न चाहन्छ, तर अर्को यथार्थ के पनि हो भने यौनसम्बन्धी संकुचित मूल्य–मान्यताका कारण अन्य कतिपय कुराको जस्तो नयाँ कुरालाई चाहेअनुरूप उपयोग गर्न भने सक्दैन । यस्ता वास्तविक जीवनमा प्रयोग गर्न नसकिने कुरालाई पनि यस्ता कल्पनाले सहयोग नै प्रदान गर्छन् । यसले एउटा सुरक्षित वातावरण प्रदान गर्छ । यसो गर्दा जति नै अमान्यजस्तो कुराको कल्पना गरे पनि कसैलाई हानि पुग्दैन । समाजमा अमान्य मानिएका सम्बन्ध, परिस्थिति वा यहाँसम्म कि गैरकानुनी मानिएका कुरामा समेत यौनसम्पर्क राखिएका वा यौन क्रियाकलापमा संलग्न भएको कल्पना गर्न सकिन्छ, कुनै व्यक्तिलाई नकारात्मक प्रभाव नपारिकनै । महिलाको भित्री पहिरनबाट यौन उत्तेजना मानवका विविध क्रियाकलापमध्ये यौन क्रियाकलाप अति नै गोप्य क्रियाकलाप हो, तर गहिरिएर हेर्ने हो भने हाम्रा धेरैजसो क्रियाकलाप यौनबाटै निर्देशित भएको पाइन्छ । यही सन्दर्भमा प्रत्येकजसो समाजले आफ्नै किसिमको मूल्य–मान्यता बनाएको हुन्छ र त्यसको परिधिभित्रका क्रियाकलापलाई सामान्य अनि सभ्य मानिन्छ, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्तिहरू पनि समाजमा पाइन्छन् । यो कुरा यौनको सन्दर्भमा लागू नहुने कुरै भएन । यस्ता व्यवहारलाई प्याराफिलिया (paraphilia) भनिन्छ । सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारबाट यौन उत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो । यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोगलाई Fetishism भनिन्छ भने यस्ता व्यक्तिलाई fetishist भनिन्छ । उदाहरणका लागि यसमा जुत्ता, महिलाका भित्री पहिरन, पन्जा वा कोमल वस्त्र प्रयोग भएको पाइन्छ । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि आकर्षक हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । उनीहरू त्यस्ता वस्तु चोर्न समेत पछि पर्दैनन् । त्यसैगरी Partialism ले भने यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको शरीरको अङ्ग संलग्न भएको कुरालाई जनाउँछ । पैताला, खुट्टाको बूढी औंला तथा केश प्राय: यसमा प्रयोग गरिने अङ्ग हुन् । यस्ता व्यक्तिले आफ्नो यौन सन्तुष्टिका लागि प्राय: यसलाई हातमा लिने, शरीरमा दल्ने, चाख्ने वा सुँघ्ने काम गर्छन् । केहीलाई त ती वस्तुको तस्बिरले मात्र पनि यौन उत्तेजना प्रदान गर्न सक्छ । Underwear सँगको ] sexual fetishism लाई Underwear Fetishism भनिन्छ भने अन्य लुगा विशेषलाई Garment fetishism भनिन्छ । Fetihistहरूको यौन क्रियाकलाप विशेषत: यस्ता वस्तु वा शरीरको अङ्गको प्रयोगमा केन्द्रित भएको पाइन्छ । Fetishism नभएका व्यक्ति पनि यस्ता वस्तु वा अङ्गबाट यौन उत्तेजित भए पनि उनीहरू यसमै स्थिर हुँदैनन् । यस्ता समस्या भएका व्यक्ति यस्तो वस्तुको प्रयोग भएको स्थितिमा मात्र यौन उत्तेजित हुने र यौन चरमसुख प्राप्त गर्न सक्ने स्थितिमा हुन्छन् । उत्तेजना भैहाले पनि थोरै मात्र हुन्छ । यस्ता कुराले तपाईंको यौन तथा सामजिक जीवन नै अस्तव्यस्त बनाएको छ भने उपचारको आवश्यकता पर्छ । त्यसका लागि मनोचिकित्सकको सहयोग लिनु बुद्धिमानी हुन्छ । साप्ताहिकबाट
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाडौंको चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ । मानब बेचबिखन तथा ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्जाले पैसा कमाउने काममा लगाई दिन्छु भन्दै महिलाहरुलाई विभिन्न होटलमा लगेर यौनसम्पर्क गरेको र यौनधन्दाका लागि बेचबिखनको काम गरेको प्रहरीको दावी छ । मानव तस्करीको अभियोगमा बुर्जालाई शुक्रबार गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतबाट थुनाका लागि म्याद थप गरिएको दरबारमार्ग वृत्तका प्रहरी प्रमूख डिएसपी दानबहादुर मल्लले जानकारी दिए । शान्ति सूरक्षाका दृष्टिले चुनौतिपूर्ण मानिएको दरबारमार्गमा डिएसपी मल्ल प्रमूख बनेर आएदेखि नै चोरी डकैती, लागु औषध, यौन हिंसा लगायतका अपराधलाई नियन्त्रण गर्न विशेष अपरेशन चलाइएको छ । यसअघि नै मल्लको टोलीले पाँच केजी चरेशसहित २ युवालाई गिरफ्तार गरेको थियो ।
चलचित्र ‘बागी २’ को टिजर सार्वजनिक (हेर्नुहोस् भिडियो)
मुम्बई । टाइगर श्राफ र दिशा पटानी अभिनित नयाँ चलचित्र ‘बागी २’ को ‘एक, दो, तीन’ गीतको रिमेक सार्वजनिक भएको छ । बलिउड क्षेत्रका सुपरहिट चलचित्र ‘तेजाब’ को बहुचर्चित गीतमा माधुरी दीक्षितको नृत्य रहेको थियो । नयाँ गीतमा भने श्रीलंकाली सुन्दरी ज्याकलिन फार्नाण्डेज आर्कषकरुपमा प्रस्तुत भएकी छिन् । साजिद नाडियावालाको निर्देशन रहेको बागी २ को उक्त गीतमा अहमद खान र गनेस आचार्यको कोरियोग्राफी रहेको छ । शुक्रबार उक्त गीतको टिजर सार्वजनिक भएको थियो । गीत रिलिज भएको पौने १ घण्टामै ३ लाखभन्दा बढीले हेरिसकेका छन्। यो फिल्म मार्च ३० मा रिलिज हुँदैछ । हेर्नुहोस् भिडियो- एजेन्सीको सहयोगबाट
सुरु भयो सगरमाथा सफाई अभियान, सयौं टन फोहोर काठमाडौँ ल्याइँदै
काठमाडौँ, चैत्र ४ । पर्यटक एवं आरोहीहरूले मिल्काएको १ सय टन फोहोर हवाई जहाजमा राखेर काठमाडौँ ल्याएर पुनर्चक्रण गर्ने गरी सगरमाथा सफाइ अभियान थालिएको छ । अभियानको पहिलो दिन १ हजार २ सय किलो फोहोर लुक्लाबाट पुनर्चक्रणका लागि काठमाडौँ ल्याइएको छ । पर्वतारोहीहरूले आफुले उत्सर्जित गरेको सबैखाले फोहोर पनि फिर्ता ल्याउनु पर्ने प्रावधान छ । यति हुँदाहुँदै पनि प्रत्येक वर्ष स्थानीय गाइडहरूले सयौं किलोग्राम फोहोर थुपार्ने गरेका छन् । यस वर्षको सफाइ अभियान राजधानी ल्याएर पुनर्चक्रण गर्न मिल्ने फोहोर थुपार्ने काममा केंरित रहेको छ । निजी क्षेत्रको विमान सेवा कम्पनी यति एयरलाइन्सले फोहोर ढुवानीमा सहयोग गर्दैछ । यस्तो प्रकारको फोहोरमा विशेष गरी रित्ता बियर बोतल, क्यान, खानेकुरा प्याक गर्ने रित्ता टिनका बट्टा र काम नलाग्ने भएर छाडिएका रित्ता अक्सिजन सिलिन्डर जस्ता पर्वतारोहण र ट्रेकिंग सम्बन्धी सामग्री रहेका छन् । दशकौं देखि सेर्पा समुदायका स्थानीय गाइडहरूको सक्रियतामा चल्दै आइरहेका यस्ता सरसफाई कार्यक्रमहरूको संयोजन यसपालि सगरमाथा पप्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले गरेको छ । सेर्पाहरू अहिले पनि उच्च हिमाली क्षेत्रको फोहर संकलनमा संलग्न छन् । एसपिसिसीका अनुसार गत वर्ष १ लाख पर्यटकहरूले यस क्षेत्रमा भ्रमण गरेका थिए जसमध्ये ४० हजार आरोही र पदयात्रीहरू रहेका थिए । एसपिसिसी र स्थानीय गाइडहरूलाई भ्रमणकर्ताहरूले छोडेको औद्योगिक फोहोर बाहेक यतिका मान्छेले उत्सर्जित गरेको जैविक फोहोरले पनि समस्या पार्ने गरेको छ । सन् २०१५ मा नेपाल पर्वतारोहण संघले यस क्षेत्रमा अरोहीहरूले त्यागेको दिसापिसाब गम्भीर स्वास्थ्य चुनौति भएको चेतावनी दिएको थियो । त्यस यता एसपिसिसीले प्रमुख पर्वतीय क्याम्पहरू नजिक बोक्न मिल्ने चर्पीहरू बनाउने गरेको छ ।
उपराष्ट्रपति पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोश्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित भएका हुनु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । तर निर्वाचित भएको औपचारिक घोषणा भने आागामी ९ गते मात्रै हुन छ । उहाँले शनिवार उपराष्ट्रपतिका लागि आफनो उम्मेद्वारी दर्ता गराउनुभएको हो । एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी नेता रामनारायण विडारीको समर्थनमा उम्मेद्वारी दिनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको एकता र अखण्डतालाई आँच आउन नदिई आफनो जिम्मेवारी सही ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा उम्मेद्वारी नदिने जनाएसँगै पुन निर्विरोध हुनु भएको हो । त्यसैगरि राष्ट्रियसभाको उपाध्यक्षमा बाम गठबन्धनको तर्फबाट शशीकला दाहालले उम्मेद्वारी दर्ता गराउनुभएको छ । काँग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षमा विन्दा आलेले उम्मेद्वारी दर्ता गराउनुभएको छ। दुई जनाको उम्मेदवारी परेपछि राष्ट्रियसभा उपाध्यक्ष पदका लागि भोलि निर्वाचन हुनेछ ।
फेरि कतिले घट्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँले कारोबार भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
राप्तीमा गोही छाडिँदै
चितवन, फागुन २५ । संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । बिहीबारदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाड्न थालिएको छ । कुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार बिहीबार पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो । शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या झण्डै ३० हजार छ । गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् । खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् । पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ । विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन
प्रदेश–६ को संसद बैठक अाज, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी
सुर्खेत, फागुन १२ । प्रदेश नम्बर–६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नम्बर–६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् ।
मलेसियामा किन जेल पर्छन नेपाली ? यस्तो छ कारण
काठमाडौं, फागुन १२ । मुआरको एक फर्निचर कम्पनीमा कार्यरत सुजन श्रेष्ठ र होमबहादुर मगरबीच आफूहरु बस्दै आएको होस्टलमै सामान्य भनाबैरी भयो । झगडाले उग्र रुप लियो, अस्पतालमा उपचार गराउँदै गर्दा होमबहादुरको मृत्यु भयो। घटनालगत्तै १९ वर्षीय सुजन पक्राउ परे। २ वर्षअघि भएको उक्त घटनाबारे हालै अदालतले उनलाई २२ वर्षको जेल सजाय सुनाएको छ । उनी जेलको चिसोमा दिन कटाइरहेका छन् । सन् २००१ मा रोजगारीका लागि मलेसिया आएका तत्कालीन बर्सुचेत गाविस–१, नुवाकोटका हरिबहादुर घलेको ३ वर्षे करार सकेर घर फर्कनु केही दिनअघि चिनेजानेका नेपाली साथी गणेश तामाङसित भेट भयो । गणेशले आफू केहीबेरमा आउने बताउँदै एउटा झोला घलेको हातमा थमाए । झोला लिएर गणेशले भने अनुसारै उनी क्वालालम्पुरको एक होटलको कोठामा पुगे। नेपाली दूतावासका अनुसार कोठामा बस्दै गर्दा हरिबहादुर ८ सय ७५ ग्राम लागुपदार्थ (हिरोइन) सहित गत सन् २००३ मे ३० मा पक्राउ परे। गत २००९ नोभेम्बर २६ मा मलेसियाको उच्च अदालतले (हाइकोर्ट) ले उनीमाथि मृत्युदण्ड सजाय दिने फैसला सुनायो । हाल उनी मृत्यु कुर्दै जेलमै दिन बिताइरहेका छन् । रोजगारीका लागि मलेसिया आएकाको आ(आफ्नै कथाव्यथा छ, वर्णन गरिसाध्यै छैन । वैदेशिक रोजगारीभित्र जेलिएका त्यस्ता अनेक कथाव्यथा मध्ये सुजन र हरि दुई भिन्न प्रतिनिधिपात्र हुन् । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सग्लै फर्किएका छन भने कतिपय अपाङ्ग भएर। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन् । त्यसबाहेक मलेसियाको मजदुरीका क्रममा कतिपयले भोग्ने गरेको बेग्लै व्यथा हो, जेल सजाय । मलेसियामा महिनैपिच्छे कुनै न कुनै अभियोगमा नेपालीहरु जेल परेका खबर आउने गरेको विषय नौलो रहेन । क्वालालम्पुरस्थित नेपाली दूतावासको पछिल्लो तथ्यांक हेर्ने हो भने हाल १९६ जना नेपाली विभिन्न अभियोगमा मलेसियाका विभिन्न जेलमा सजाय भोगिरहेका छन् । ती बाहेक गतवर्ष मात्र एकहजार ४० जना नेपालीहरु जेल सजाय भुक्तान गरेर स्वदेश फर्कीएका छन् । के कारणहरु जेल पर्छन् ? जेल पर्नुका अनेकन कारण छन्। जेल पर्नेहरुमाथि बिना भिसै काम गरेको, ओभरस्टे बसेको, चोरी डकैती, अपहरणमा संलग्न रहेको, गालीगलौज तथा अभद्र व्यवहार गरेको, लागूऔषध प्रयोगरसेवन, लागूऔषध कारोबार र हत्यासम्म लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ । त्यसरी जेल पर्नेमा साथीभाईको लहैलहैमा लागेर अनैतिकरगैरकानुनी गतिविधिमा लाग्नेदेखि रोजगारदाता कम्पनीसँगको सम्झौताअनुसारको तलबसुविधा नपाएपछि कम्पनी छाडी भागेर गैरकानुनी अवस्थामा काम गर्नेसम्मका छन् । त्यतिमात्र कहाँ हो र, कतिपय सामान्य जानकारीको अभावमा समेत भूलवशः जेल पर्ने गरेका उदाहरणहरु पनि नभएका होइनन् । कतिपय गम्भीर अभियोगमा कतिपय वर्षौंदेखि जेल जीवन बिताइरहेका छन् । अधिकांश गैरकानुनी अवस्थामा काम गर्दा पक्राउ परेकाहरु पाइएको छ । -कान्तिपुर दैनिकबाट
पाक-भारतीय सेनाबीच गोली हानाहान, भारतीय सेनाका क्याप्टेन सहित ४ सैनिकको मृत्यु
काठमाडौं, माघ २३ । भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ । पाकिस्तान सेनाले राजौरीमा आइतवार राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् । यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् । यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर-मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो । यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु-कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु-कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।