एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल
कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो ।
काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।
माल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी, रुविनाको कीर्तिमानी शतक
काठमाडौं । रुविना क्षेत्रीको ऐतिहासिक शतकप्रेरित नेपालले एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २१४ रनको फराकिलो जित निकालेको छ । मंगलबार मलेसियाको बांगीमा पूर्वकप्तान समेत रहेकी रुविनाले शतक बनाएपछि नेपालले २२७ रनको योगफल तयार गरेको थियो । नेपाली महिला टिमबाट कुनै पनि ब्याटरले शतक बनाएको यो पहिलो पटक हो । दोस्रो इनिङमा नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउनेक्रममा माल्दिभ्सले १३।५ ओभरमा सबै विकेट गुमाएर १३ रनमात्र बनाउन सक्यो । माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अस्मिना कर्माचार्यले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी अस्मिनाले सात रनमात्र खर्चिइन् । अलराउन्डर प्रदर्शन गरेकी रुविनाले ३।५ ओभर बलिङ गर्दा दुई रन खर्चिएर तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी पुजा महतोले पनि दुई रन खर्चिएर तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।
संघीय संसद्को तेस्रो अधिवेसन सुरु हुँदै
काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन सोमबार (आज)देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् । यो अधिवेसनको संचालनका लागि सरकार र संसद दुवैले सम्पूर्ण तयारी गरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले अब चल्ने अधिवेसनमा सरकारले विजनेस दिएन भन्ने यसअघिको जस्तो नहोस् भन्ने विषयमा सरकारका विभिन्न अंगलाई निर्देशन समेत दिइसकेका छन् ।
जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिआरआईले दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिन्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताएको बताएका छन् । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए । उनले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताए । उनले नेपाल(चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए ।
राज्यको नीति र संविधान विपरीत जागिर खान गलत बाटो नजाऔँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शिखर सम्मेलन सम्पन्न गरी उनी स्वदेश फिर्तीको क्रममा आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे । युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उनले बताए । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको उनले बताए । परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए ।
देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए । उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए । ‘‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौं । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नैपर्छ र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘यो सङ्कल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढङ्गले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे । उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘‘विकासको प्रक्रियालाई नयाँ तीव्रतासहित अहिले सुशासन प्रभावकारी बनाउने र अत्यन्तै सक्रिय अर्थतन्त्र बनाउने हो । उत्पादन, रोजगारी बढाउने र व्यापारघाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौँ । अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाई लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए ।
मुखमा टेप टासेर निषेधित क्षेत्र पुगेका डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा
काठमाडौं । डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पनि केसीसहित उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । आज पुनस् निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेप्से आठ अंकले घट्यो, कारोबार कति ?
काठमाडौं । नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ । आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । सात उपसमूहको समूहगत सूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको सूचक ६३.९२ र व्यापार सहूहको सूचक १३.१० अंक बढेको छ । सोमबार दुईवटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ ।
नेपाल सुपर लिग : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । चिसो बढेको भन्दै आजबाट ५ बजेदेखि खेल सुरु हुन लागेको हो । यसअघि साढे ५ बजेबाट खेल सुरु हुन्थ्यो । काठमाडौंले आज तेस्रो खेल खेल्दा झापा दोस्रो खेलका लागि मैदान उत्रिनेछ । काठमाडौंले यसअघि पहिलो खेलमा इलामलाई पराजित गरेको थियो । चितवनसँग बराबरी खेलेको थियो । झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो । काठमाडौंको चार अंक छ । झापा अंकविहीन छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् । एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।
हमासको दाबी – तीन बन्दीको मृत्यु भइसक्यो
काठमाडौं । हमासले तीन बन्दीको ज्यान गएको बताएको छ । आज एक वक्तव्यमार्फत हमासले इजरायली बम आक्रमणमा परेर उनीहरूको ज्यान गएको बताएको हो । हमासको सशस्त्र समूह कसाम ब्रिगेड्सले वक्तव्य जारी गरे १० महिने इजरायली शिशु क्फिर बिबस, उनको चार वर्षीय दाइ एरिल र उनीहरूकी आमा शिरीको ज्यान गएको बताएको हो । गाजामा इजरायलले गरेको बम हमालामा उनीहरू मारिएको हमासको दाबी छ । क्फिरको परिवारले पनि आफूहरूले इजरायली सेनाबाट उनको मृत्यु भएको जानबारी पाएको बताएको छ । तर, आफूहरू आधिकारिक पुष्टिको पर्खाइमा रहेको उनीहरूको भनाइ छ । तर, कतिपयले हमासले इजरायलमाथि दबाब बढाउन चाल चालेको हुन सक्ने बताएका छन् ।
माओवादी केन्द्रका नेता बर्तौलामाथि सांघातिक हमला
काठमाडौं ।अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता जनक बर्तौलामाथि सांघातिक आक्रमण भएको छ । आज अपरान्ह ३ बजेको समयमा मध्यवानेश्वरमा अपरिचित व्यक्तिले पछाडिबाट रड प्रहार गरेको प्रहरीले जनाएको छ । टाउँकोमा रड प्रहारबाट घाइते भएका बर्तौलाको नर्भिक अस्पताल थापाथलिमा उपचार भैरहेको छ । उनको स्वास्थ्य खतरामुक्त रहेको छ । रड प्रहार गर्नेको प्रहरीले खोजीकार्य तिब्र पारेको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले रड प्रहारबाट घाइते बर्तौलालाई भेटी शिघ्रस्वाथ्यलाभको कामना गरेका छन् । उनले अपराधिलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकि नराखिने दृढता समेत व्यक्त गरेका छन् ।
सरकारले सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड
घोडाघोडी । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताएका छन् । सोमबार गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको भावनालाई सम्मान गर्दै सुदूरपश्चिममलाई विशेष प्राथमिकतामा राख्दै आएको बताए । उनले गेटा अस्पताललाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणमा सहमति, महाकालीमा पुल अनुदानमा बनाउने, राजमार्ग निर्माण लगायतका आयोजनामा सरकारले गम्भीर चासोका साथ काम गरेको बताए । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले सुविधासम्पन्न भवन निर्माणसँगै त्यस्तै खालको सेवासुविधा जनतालाई दिनुपर्ने बताए । उनले भने “जसरी सुविधा सम्पन्न भवन बनेको छ त्यसैगरी जनताले सेवासुविधा पाउनुपर्छ ।” यसैगरी, प्रधानमन्त्री प्रचण्डले आजै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको छ । नेपाल सरकार योजना आयोगको चालु आर्थिक वर्षमा एक करोड पचास लाख अनुदान सहयोगमा उक्त भवन निर्माण हुने भएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया अगाडि बढेको बताए । दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ सालमा सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको बताउनुहुँदै तेस्रो पटक आफू प्रधानमन्त्री भएपछि कार्यान्वयन प्रक्रियामा रहेको बताए । उनले चालु आर्थिक वर्षमा छ वटा क्याम्पसका लागि नौ करोड विनियोजित रकममध्ये प्रत्येक क्याम्पसलाई डेढ करोड रकम विनियोजन गरिएको जनाउँदै दरबन्दीका विषयमा समेत आवश्यक निर्णय गरिसकेको बताए । २०७३ सालमा मन्त्रिपरिषदबाट निर्णय भएता पनि ढिलासुस्तीका कारण अन्यौलता परेको भन्नुहुँदै शीघ्र निर्णयका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । कार्यक्रममा घोडाघोडी नगरपालिकाको विकासका सन्दर्भमा नगर प्रमुख खडकबहादुर रावतले ज्ञापन पत्र बुझाए । विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको संरक्षण र पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई काम थालेको आफूलाई अवगत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताए। प्रधानमन्त्री प्रचण्डले बिहान लम्कीमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्णबहादुर बडूवाल (महेश)को श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले इजरायल आक्रमणमा ज्यान गुमाएका घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने लगायत १० जना मृतकको परिवारलाई समवेदना व्यक्त गर्दै यथाशीघ्र मृतकको लास ल्याउन सरकार गम्भीर भएर लागेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको पहलमा पाँच जनाको शव प्राप्त भएको र बाँकी पाँच जनाको समेत प्राप्त गर्ने प्रक्रियामा लागेको बताए । उनले मृतकको खोजी कार्यलाई सरकारले तीव्रता दिएको प्रष्ट पारे । समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाएका हुन् ।
वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार वर्तमान सरकार देशमा आशाको नयाँ रक्तसञ्चार भर्न क्रियाशील रहेको बताएका छन् । सिजन मिडिया प्रालिद्वारा आयोजित ‘एसियन प्रोफेशनल अचिभ्मेन्ट अवार्ड २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने -‘सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ ।’ खेलकुद, साहित्य कला र सामाजिक क्षेत्रका माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिने बताउँदै उनले सिजन मिडिया प्रा.लिले यस क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेर राष्ट्रिय एकताका महत्वपूर्ण योगदान पुर्याएको बताए । प्रधानमन्त्रीले भने -‘मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ ।’ कार्यक्रममा डा.भगवान कोइराला, निर शाह, डा. राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गरीएको थियो । यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ सबैभन्दा पहिला सिजन मिडिया प्रालिले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘‘एसियन प्रोफेसनल अभिच्मेन्ट अवार्ड २०२३’’ बाट सम्मानित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक बधाइसहित निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । सिजन मिडियाले व्यवसायिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान एवं अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यस्ता कार्यक्रमहरूले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्प्रेरणा पैदा गर्न, देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक स्वार्थ र हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु । यस अवसरमा मिडियाले विगत ४ वर्षदेखि दुबई, मलेसिया र नेपालमा आयोजना गरेको अवार्ड आगामी दिनमा समेत थप उचाइका साथ निरन्तरता पाउनेछ भन्ने विश्वास लिएको छु । सिजन मिडियाको तर्फबाट डा.भगवान कोइरालालाई सम्मान वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा सूचिकृत गर्दै चुनौतीपूर्ण परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन, देशमा आशाको नयाँ रक्तसञ्चार भर्न, राजनीतिक स्थायित्व र सुशासन कायम गर्न निरन्तर क्रियाशील छ । मैले पटकपटक भन्दै आएको छु– खेलकुद, साहित्य कला र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयामहरू हुन्, यिनीहरूको माध्यमबाट सिंगो देशलाई एकतावद्ध गर्न सकिन्छ । सामाजिक जीवनमा सक्रिय रहने व्यक्तित्वहरूले आफ्नो व्यावसायिक जीवनमा मात्र नभएर राष्ट्रको एकता, समृद्धि र बहुआयमिक विकासमा समेत महत्वपूर्ण योगदान गर्दछन् । तसर्थ, देश र जनताको हित एवं सामाजिक जीवनका विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको सकारात्मक योगदानलाई प्रोत्साहन र आम नागरिकसम्म सम्प्रेषण गरेर मात्र देशमा आशा र विश्वासको नयाँ वातावरण सिर्जना गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट छ । नेपाल सरकारले समेत सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने संस्था, प्रवृत्ति र व्यक्तित्वहरूलाई प्रोत्साहित गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ । यस कार्यक्रममा विभिन्न विधामा देश विदेशमा ख्याती कमाउनुभएका महानुभावहरू सम्मानित हुनुभएको छ । डा. सिजन मिडियाको तर्फबाट कलाकार निर शाहलाई सम्मान भगवान कोइराला, निर शाह, डा। राजेन्द्र केसी, सन्तोष शाह, किरणकुमार श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र कुमार शर्मा लगायतका व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा मैले पनि गौरवको महशुस गरेको छ । उहाँहरू लगायत आज सम्मानित हुनुहुने समस्त महानुभावहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै सामाजिक र व्यावसायिक जीवनमा थप योगदान र प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दछु । अन्त्यमा १५ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित पत्रिका ‘‘यस नेपाली’’को पूर्ण सफलताको कामना गर्दै फेरि एकपटक हार्दिक बधाइ ज्ञापनका साथ विदा हुन्छु, धन्यवाद ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।