‘लकडाउन’का कारण चीनको सान्यामा अड्किए ८० हजार पर्यटक

बेइजिङ । कोभिड–१९ को प्रकोप रोक्न ‘लकडाउन’ घोषणा गरिएपछि चीनको हाइनान टापुको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक अड्किएका छन् ।

कोरोनाका कारण सार्वजनिक यातायात बन्द गरिएपछि उनीहरु त्यही फसेका हुन् । सहरभित्र मानिसको आवागमनमा शनिबार बिहानैदेखि रोक लगाइएको छ ।

फसेका पर्यटकले सात दिन त्यहीँ बस्नुपर्ने र छोड्नुअघि कोभिड–१९ का पाँच परीक्षणहरू पास गर्नुपर्ने अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

उपमेयर हे शिगाङले करिब ८० हजार पर्यटक सहरमा अड्किएको बताएका छन् । हाल सान्यामा रहेका सबै मानिसलाई स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेपछि हाइनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताए ।

ग्रीष्मकालीन पर्यटन सिजनको समयमा लकडाउन घोषणा गरिएको हो । सान्या चीनको एक लोकप्रिय गन्तव्य हो । यो बलौटे समुद्री तटहरू, जंगलहरू र महँगा होटेलहरूका लागि चर्चित छ ।

शनिबार मात्र सान्या छोड्ने उडानहरूमध्ये ८० प्रतिशत उडान रद्द गरिएको छ । सान्याबाट प्रस्थान गर्ने सबै रेलहरू बन्द गरिएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ ।

एमाले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।   पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

फिलिपिन्समा मेघीका कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

काठमाडौं । फिलिपिन्समा समुद्री मेघी नामक आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ । बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो । गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेणु दाहाल

चितवन । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।

चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

काठमाडौं, पुस २८ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वुद्धिदर ३.९ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ । बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आर्थिक बर्षमा नेपाल ३.९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो । कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएको प्रतिवेदनले औँल्याएको छ । महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ । सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ । सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने विश्व बैंकको अनुमान छ । यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्ने विश्व बैंकको अनुमान छ ।

जनता समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगे

पार्टीको आधिकारिता निर्धारणका लागि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । आयोगमा आधिकारिताको विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई प्रत्यक्षरुपमा नै बोलाएर हस्ताक्षर सनाखत गर्न लागेको हो । हस्ताक्षर सनाखतसँगै बहुमत सदस्य हुने पक्षले पार्टीको आधिकारिता पाउने छ । आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ। जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ। अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ।

आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान शुरु हुँदै

काेराेनाका कारण अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि सञ्चालन हुँदैछ । मन्त्रिपरिषद्‌को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् । प्राधिकरणको उडान अनुमती शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । स्विकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्‍ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । सुर्खेत, नेपालगन्‍ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति बिहीबार टुंगो लाग्ने भनिएको छ । ‘दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेका छन, बिहीबार बिहान टुंगो लाग्ने छ,’ उप–प्रबन्धक भुलले कान्तिपुरसँग भने । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ । एक निजी वायुसेवाका अधिकारीका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइने भनिएको छ । त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार, यात्रुको भीड कम गर्ने उद्देश्यले काठमाडौं बाहिरका विमानस्थलमा पनि एकैपटक दुई वा बढी वायुसेवालाई जान दिइने छैन । विमानस्थलको र्‍यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्ने छ तर जहाजमा भने वायुसेवालाई सबै सिटमा यात्रु राखेर उडान अनुमति दिइएको छ ।

मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट

काठमाडौं । सरकारले मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई महसुल छुट दिने भएको छ । अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक सो छुट दिने घोषणा गरेका हुन् ।  

ठाकुरको साथ छोडे महतोले, जसपाभित्र यादव पक्ष बहुमतमा

काठमाडौं । जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् । महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए । ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने । जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् । उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन् । जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन् । यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन् । पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए । महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिन कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन् । पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ छ । ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ । ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ । नागरिकदैनिकबाट साभार

सोमबारदेखि मुख्य सुरुङमा पानी पठाइने, सतर्क रहन आयाेजनाकाे अपील

चरीकोट, वैशाख १२ गते । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ । आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको हाे । सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्ने हुन्छ । पानी रोक्ने र छोड्ने काम गर्दा कुनै बेला एकै पटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुनसक्छ । यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहन सक्छ । यो बेलामा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा निकाल्ने, बस्तुभाउ ओसारपसार गर्नेलगायतका काम नगर्न आयाेजनाले आग्रह गरेको छ । आयोजनाको बाँध स्थलदेखि सिँगटी बजारसम्म प्रत्यक्ष र त्योभन्दा तल्लो क्षेत्रमा पनि अप्रत्यक्ष रूपमा पानी घटबढ भइरहने छ । सूचनाको उल्लङ्घन गरी कुनै प्रकारको क्षति भएमा आयोजना जवाफदेही नहुने आयोजनाद्वारा जारी सूचनामा उल्लेख छ ।

बालुवाटारमा मन्त्रीपरिषद बैठक, स्कूल बन्द र नयाँ मापदण्ड जारि गर्ने विषयमा निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रीपरिषदको बैठक बालुवाटारमा बोलाइएको छ । अहिले नौ बजेका लागि बोलाइएको बैठकका लागि मन्त्रीहरु बालुवाटार पुगेका छन् । आज बस्ने बैठकमा कोरोना नियन्त्रणका लागि यसअघि सिएमसिले दिएको सुझावमाथि सरकारले निर्णय गर्ने सम्भावना छ । खासगरी बालबालिकामा कोरोना संक्रमण बढ्दै गएका कारण स्कूल बन्द गर्ने विषयमा मन्त्रीपरिषदको छलफल हुने बताइन्छ । “भारतमा कोरोना निकै बढेकोले नेपालमा समेत सतर्कता अपाउने विषयमा आवश्यक निर्णय हुनसक्छ ।” एक मन्त्रीले भने, “पछिल्लो अवस्थाबारे छलफल गरेर उचित निर्णय होला ।” सिएमसीको बैठकले शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्न सिफारिस गर्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । यसैगरी सीमा नाकाहरुमा चेकजाँच, कोरोनाबाट बच्न नयाँ मापदण्ड जारि गर्ने जस्ता विषयमा पनि आजको बैठकले निर्णय गर्न सक्छ । आजको बैठकमा जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्न अघि सारेका मागका बारेमा समेत छलफल हुनसक्ने देखिन्छ । जसपाका नेताहरुले कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता र संविधान संशोधनका लागि सरकारले छिट्टै ठोस निर्णय गर्ने आश्वासन दिएको बताएका थिए । अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लागि आयोग नै गठन गर्ने विषयमा समेत छलफल भएको सार्वजनिक गरेका थिए ।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उहाँले भन्नुभयो । गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाउनुभयो । “शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो । नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उहाँको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाउनुभयो । आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । “आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पार्नुभयो । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताउनुभयो । “सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ”, उहाँले भन्नुभयो । परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकामा उहाँले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आपत्ति प्रकट गर्नुभयो । “परराष्ट्र नीतिबारे सबैसित गहनरूपमा छलफल गरिनु पर्छ”, नेपालले भन्नुभयो । समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताउनुभयो । उहाँले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गर्नुभयो । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकामा कार्कीले आपत्ति प्रकट गर्नुभयो । “सरकारले जारी गरेको परराष्ट्र नीति परिस्कृत र परिमार्जन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो । समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताउनुभयो । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै समतिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिनुभयो । समितिका अर्का सदस्य डा दीपकप्रकाश भट्टले परराष्ट्र नीतिबारे विस्तृतरूपमा छलफल आवश्यक भएको बताउनुभयो । “विभिन्न कालखण्डमा विभिन्न काम भए, व्यवस्था फेरिए त्यो फरक कुरा हो, कोहीलाई कुनै व्यवस्था मन प¥यो, कोहीलाई मन परेन, तर त्यसबेला अपनाइएको उचित परराष्ट्र नीति अबका दिनमा पनि अवलम्बन गरिनुपर्छ”, उहाँले भन्नुभयो । सरकारले जारी गरेपनि परराष्ट्र नीतिबारे सांसदहरु नै अनविज्ञ रहेको उहाँको भनाइ थियो । उक्त छलफलमा समितिका सदस्यहरू प्रेमलाल तुलाचन र रेनुका गुरुङलेसमेत छलफलमा भाग लिनुभएको थियो । बैठकको अध्यक्षता समितिका सभापति पवित्रा निरौला खरेलले गर्नुभएको थियो । रासस 

गएराति भेरी अस्पतालमा ३ कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उहाँको मृत्यु भएको हो । भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । -गोर्खापत्रबाट

पर्वतमा भीरबाट लडेर एक जनाको मृत्यु

पर्वत : घाँस काट्न जाने क्रममा भीरबाट लडेर पर्वतको जलजला गाउँपालिका-७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् । गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । भिरबाट लडेपछि उनी करिब २ सय मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ

बझाङ : बझाङमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बुंगल नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा किशोरीकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले ४४ वर्षीय बुवालाई पक्राउ गरेको हो । उनीमाथि शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । ‘२२ गते घटना भएको, बिहीबार जाहेरी परेको र हिजो आरोपीलाई पक्राउ गरी आज म्याद थप भएको छ। उनीमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने । पीडित बालिकाको मेडिकल रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।

सरकारपछि विप्लव समूहले पनि बनायो वार्ता टोली

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले सरकारसँग वार्ताको लागि टोली गठन गरेको छ । उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको हो । मंगलबार सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली गठन गरेको थियो । सरकारले विप्लव समूहको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । वार्ता गर्न टोली गठन गरे पनि प्रतिबन्ध फुकुवा भने अझैं गरेको छैन ।