भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो

काठमाडौँ, जेठ ३१ । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि विदेशिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ ।

‘श्रमबाट जापान जानुपर्ने वर्ग यता (शिक्षा मन्त्रालय)बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्छ, यताबाट सीपविहीन भएर गएका छन्,’ शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख महेश्वर शर्माले भने । भाषा अध्ययन गरेपछि स्नातक तह अध्ययन गर्न जानेका लागि भने एनओसी नरोकेको उनले स्पष्ट पारे ।

यसअघि भाषा अध्ययन तथा विद्यालय तहका लागि समेत एनओसी दिने गरेको थियो । तर, बुधबारदेखि मन्त्रालयले रोकेपछि अब भाषापछि कस्तो कार्यक्रम अध्ययन गर्ने भन्ने यकिन गरेर मात्रै एनओसी दिने नियम बनाएको छ ।

बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव महेश्वर शर्मा र कानुनी सल्लाहकारसँग समेत छलफल गरेका थिए । शाखा प्रमुख शर्माले उच्च शिक्षाका लागि मात्र एनओसी दिने व्यवस्था भएकाले त्यसको कार्यान्वयन गरेको बताए ।

गत साउनदेखि चैत मसान्तसम्म विदेश अध्ययनका लागि ४९ हजार पाँच सय ५६ विद्यार्थीले एनओसी लिएका छन् । सबैभन्दा बढी अस्ट्रेलिया र दोस्रोमा जापानका लागि यस्तो अनुमति लिएको शर्माले बताए । नयाँपत्रिकादैनिकबाट

त्रिभुवन विमानस्थल धावनमार्ग मर्मत कार्य २० प्रतिशत सकियो

काठमाडौं, वैशाख २९ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत काममा हालसम्म २० प्रतिशत प्रगति भएको छ । गत चैत १८ देखि सुरु भएको मर्मतको काम २० प्रतिशत सम्पन्न भएको नागरिक उड्ययन प्राधिकरणको अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् । तीन महिनाको लागि रातको १० बजेदेखि बिहानको ८ बजेसम्म विमानस्थल बन्द गरी काम भइरहेको छ। विमानस्थलका अनुसार एक रातमा १ सय २० मिटर धावनमार्ग कालोपत्रे हुँदै आएको छ । श्रेष्ठले मौसमले साथ दिए तोकिएको समयमा नै निर्माण सम्पन्न हुने जानकारी दिए । उनले भने, ‘हालसम्म १२ सय मिटर धावनमार्ग कालोपत्रे भइसकेको छ। कामको गतिअनुसार तोकिएको समयमा नै धावनमार्ग मर्मतको काम सकिन्छ ।’ विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लम्बाइ र ४६ मिटर चौडाइको छ । धावनमार्गको काम पूरा भएपछि मात्रै ट्याक्सी वेको काम सुरु गरिने पनि उनले जानकारी दिए । गत चैत १८ देखि वैशाख २ गतेसम्म धावनमार्गमा रनवे सेन्टरलाइन लाइटको डक्ट जडान गरिएको थियो। लाइट जडान सकिएपछि वैशाख ३ देखि पुरानो पिच उक्काएर नयाँ राख्न सुरु गरिएको थियो । विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिँदै आएको एक हजार रुपैयाँ संकलनबाट मर्मतको काम अघि बढाइएको हो । चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको ठेक्का जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको हो । विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी दैनिक चार सयभन्दा बढी उडान हुँदै आएको छ । आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन् । त्यस्तै तीन नेपाली कम्पनीसहित अन्तर्राष्ट्रिय उडानमा ३१ विमान कम्पनीले उडान भर्दै आएका छन् । विमानस्थलमा ट्विनटर, एटीआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ । साथै विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ। नेपालखबरबाट

३ समाजसेवीले दिए २१ सुकुमबासी दलित परिवारलाई निःशुल्क जग्गा

काठमाडौं बैशाख १३ । महावै गाउँपालिका–२ ओदाका तीन समाजसेवीले भूमिहीन २१ दलित परिवारलाई ४१ सय वर्गमिटर जग्गा निःशुल्क पास गरिदिएका छन् । मनबहादुर सिंह, हर्कबहादुर सिंह र कर्णबहादुर सिंहले पुस्तौँदेखि अर्काको जग्गामा बस्दै आएका दमाईं थरका स्थानीय २१ दलित परिवारलाई जग्गा पास गरिदिएका हुन् । कर्णबहादुर कालिकोटका सामाजिक अभियन्ता हुन् । दलित बस्तीमा चर्पी बनाउन आग्रह गर्दा उनीहरूले जग्गा नभएको बताएपछि कर्णबहादुरले जग्गा दिलाउन पहल गरेका थिए । कर्णबहादुरको पहलमा आफूहरूले जग्गा पाएको भद्रे दमाईंले बताए । ‘हामीसँग चर्पी बनाउनसमेत जग्गा थिएन,’ उनले भने, ‘कर्णबहादुर सिंह त हाम्रा लागि भगवान् हुन् ।’ मनबहादुर र हर्कबहादुर उनका काका हुन् । जग्गा पास गर्दा लागेको मालपोत रसिद, जग्गाको कर र नामसारीको रकम पनि उनीहरूले नै तिरिदिएका छन् । जग्गा पास गर्ने क्रममा जिल्ला मालपोतमा लागेको रकम पनि दलित परिवारलाई तिर्न नलगाएको मनबहादुर सिंहले बताए । हर्कबहादुरले २० परिवारको नाममा जग्गा गइसकेको र एक परिवारका लागि पास प्रक्रिया शुक्रबार ९आज० टुंगिने उनले बताए । प्रतिपरिवार करिब दुई सय वर्गमिटरका दरले जग्गा पाएका छन् । उनीहरूले जिल्ला मोलपोत कार्यालयमा जग्गा पासपछि लालपुर्जा देखाएर सामूहिक तस्बिर पनि खिचाए । यो समाचार नयाँ पत्रिकाबाट साभार गएिको हो ।

दुईदिन देशभर सबै बालबालिकाहरुलाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउँदै

काठमाडौं, वैशाख ६ । २०७६ नेपाल सरकारले शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ । कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

निर्दयी डाक्टरः घर र गाडी नपाउँदा श्रीमतीको हत्या

वीरगन्ज, चैत १७ । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’ सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो ।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको हत्या गरेको उनले उल्लेख गरे । श्रीमानकाे कुटाइबाट गम्भीर घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार छापिएको छ ।

अमेरिकाको रकल्याण्ड काउन्टीमा दादूराको महामारी, १५३ जना बिरामी फेला

काठमाडौं, चैत १३ । अमेरिकाको न्यूयोर्कस्थित रकल्याण्ड काउन्टीमा दादूराको महामारी फैलिएको छ । पछिल्लो पटक दादूराका १ सय ५३ बिरामी फेला परेपछि रकल्याण्ड काउन्टीमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । खोप नलगाएका बालबालिकालाई सो काउन्टीका सार्वजनिक स्थलमा जान ३० दिनका लागि प्रतिबन्ध लगाइएको बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धको उल्लंघन भए ५ सय डलर जरिवाना र ६ महिनासम्मको जेलसजाय हुनसक्ने जनाइएको छ । वासिङ्गटन, क्यालिफोर्निया, टेक्सास र ईलिनोइसमा समेत ठूलो संख्यामा दादूराका बिरामी फेला परेका छन् । सैद्धान्तिक तथा धार्मिक कारण देखाएर तथा अटिजम हुनसक्ने अफवाह फैलिएका कारण अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्यामा कमी आउदा दादूराको प्रकोप बढेको हुनसक्ने अधिकारीहरु बताउँछन् । एजेन्सी

दुई महिनाभित्रमै मलेसिया रोजगारी सुचारु

काठमाडौं, चैत ११ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा कायम रहेको सिन्डिकेटको अन्त्य भएको छ। चार महिनाअघि दुई देशबीच भएको श्रम समझदारीअनुसार मलेसियाले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड नेपाललाई पठाएसँगै बायोमेट्रिक तथा माइग्राम्सका नाममा कायम रहेको सिन्डिकेट अन्त्य भएको छ । स्वास्थ्य परीक्षण मापदण्ड प्राप्त भएसँगै गत १२ कात्तिकमा दुई देशबीच भएको श्रम समझदारीअनुरुप अबरुद्ध मलेसियाको रोजगारी सुचारु हुने देखिएको छ। नियमति प्रक्रियाबाट कामदार मलेसिया जान अझै २ महिना कुर्नुपर्ने हुन सक्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।

जान्नुहोस्, यी हुन् मधुमेहका लक्षण

काठमाडौं । हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा वढ्छ । अनि समस्या देखिन्छ । जसलाई चिनी रोग अर्थात् मधुमेह भनिन्छ । प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ । मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्छ । तौल घट्ने, पिसाव धेरै लाग्ने, धकान महसुस र कमजोरी हुने हुन्छ। मधुमेहका बिरामीमा खाने शैलीले धेरै नै प्रभाव पार्छ । त्यसैले खानामा विशेष ध्यान पुर्याउनुपर्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

आइपीएलः वार्नरको शानदार कम ब्याक, कोलकाताविरुद्ध अर्धशतक

काठमाडौं, चैत १० । बल टेम्परिङका कारण गत इन्डियन प्रिमियर लिग (आइपीएल) गुमाएका अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले शानदार ‘कम ब्याक’ गरेका छन् । सनराइजर्स हैदराबादमा आवद्ध उनले १२औं संस्करणको पहिलो खेलमै कोलकाता नाइट राइडर्सविरुद्ध अर्धशतक प्रहार गर्न सफल भए । वार्नरले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५० रन पूरा गर्दा ८ चौका र एक छक्का प्रहार गरे । आज हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नियमित कप्तान केन विलियम्सन घाइते भएका कारण आज हैदरावादको कप्तान जिम्मेवारी भुवनेश्वर कुमारले पाएका छन् । सनराइजर्समा दिनेश कार्तिक कप्तान छन् । अहिलेसम्म आइपीएलमा कोलकाताले २ र हैदरावादले एक पटक उपाधि जित्न सफल भएका छन् । आजको खेलमा को-कोले पाए मौका? हेर्नुस्– कोलकाताः दिनेश कार्तिक (कप्तान), क्रिस लिन, सुनील नारायण्, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्गूयन र प्रसिद्ध कृष्णा । हैदराबादः भुवनेश्वर कुमार (कप्तान), डेविड वार्नर, जोनी बेयरस्टो, मनीष पाण्डे, दीपक हूडा, शकिब अल हसन, विजय शंकर, यूसुफ पठान, राशिद खान, सिद्धार्थ कौल र संदीप शर्मा । यो वर्षको आइपीएलको पहिलो खेलमा गत संस्करणको विजेता चेन्नई सुपर किंग्सले रोयल च्यानेन्जर्स बैंग्लोरलाई हरायो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले विराट कोहली नेतृत्वको बैंग्लोरलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण दस्तुर २० अर्ब तोक्यो 

काठमाडौं, चैत ५ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ। प्राधिकरणको आइतबारको बोर्ड बैठकले नेपाल टेलिकमले दोस्रो र तेस्रोपटकको नवीकरण दस्तुर २० अर्बका दरले बुझाउनुपर्ने निर्णय गरेको हो। नेपाल टेलिकमको नवीकरण दस्तुरसहितको निवेदनमा छलफल गरी यस्तो निर्णय गरिएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालले बताए। ‘नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ’, खनालले भने, ‘नेपाल टेलिकमले माघ २५ गतेभित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणका लागि निवेदन दिएको थियो। त्यसैका अधारमा छलफल गर्दै बोर्डले २० अर्ब रुपैयाँ नै उठाउने निर्णय लिएको हो।’ मोबाइल सेवाको दोस्रोपटक देखिको अनुमतिपत्र नवीकरण दस्तुरका विषयमा दूरसञ्चार ऐन, २०५३ तथा दूरसञ्चार नियमावली, २०५४ मा स्पष्ट व्यवस्था नहुँदा नवीकरण दस्तुर कति लिन भन्ने विषयमा अन्योल थियो। दोस्रोपटक देखिकै अनुमतिपत्र नवीकरण दस्तुर अन्योलमा रहेको अवस्थामा टेलिकमको तेस्रोपटकको नवीकरण गर्ने म्याद पनि सकिने अवस्था छ। टेलिकमको तेस्रोपटकको नवीकरण गर्ने म्याद वैशाखमा सकिँदै छ । दूरसञ्चार नियमावली अनुसार नवीकरणका लागि म्याद सकिनु तीन महिनाअघि नै नवीकरण दस्तुरसहित प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था छ । सोही नियमका आधारमा टेलिकमले एक महिना अघिमात्रै १८ करोड ९० लाख बुझाएर नवीकरणका लागि निवेदन दिएको थियो। उनले भने, महालेखा परीक्षकले पनि दोस्रो नवीकरण दस्तुर नेपाल टेलिकमले २० अर्ब नबुझाए त्यसलाई बेरुजुको रूपमा राख्ने प्रतिवेदन तयार पारेको छ। दोस्रो किस्ताबापत नै २० अर्ब रुपैयाँ असुल गर्दै टेलिकमबाट तिरिसकेको रकमलाई समायोजन गर्नुपर्ने उल्लेख छ। त्यसैले प्राधिकरणले हाललाई यो निर्णय गरेको प्राधिकरणका एक सदस्यले बताएका छन्। ‘यो हालका लागि गरिएको निर्णय हो’, उक्त बोर्ड सदस्यले भने, ‘पछि मन्त्रालयले आवश्यक परे अर्को निर्णय गर्न सक्नेछ।’ हाललाई यो दस्तुर तोकिए पनि दूरसञ्चार नियमावली परिमार्जनको तयारीमा छ। टेलिकमले दोस्रो र तेस्रोपटकको नवीकरण दस्तुर २० अर्बका दरले बुझाउनुपर्ने भएको छ। २०५६ वैशाखबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको टेलिकमले पहिलोपटक २०६६ मा नवीकरण गरेको थियो। सुरुमा टेलिकमलाई मोबाइल सेवाको नवीकरण शुल्क कति लिने, अनुमति दिँदा कति दस्तुर लिने भन्ने निर्णय भएको थिएन। पछि सरकारले मोबाइल सेवाको अनुमतिका लागि लिलाम बढाबढ गर्दा तत्कालीन स्पाइस नेपाल ९हाल एनसेल० प्रालिले सबैभन्दा बढी रकम कबोलेको थियो । उसले अनुमतिपत्रबापत २१ करोड र १० वर्षमा पहिलोपटक नवीकरण गर्दा २० अर्ब बुझाउने भयो। बोलकबोलमा आएको सबैभन्दा बढी रकमलाई नै आधार मानेर टेलिकमलाई पनि नवीकरण शुल्क तोकिएको थियो। मोबाइल सेवाको अनुमति सुरुमा १० वर्ष हुने र त्यसलाई हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । टेलिकमको दोस्रोपटक नवीकरण २०७१ वैशाख भएको थियो। त्यसबेला पनि टेलिकमले १८ करोड ९० लाख बुझाएर अनुमति नवीकरण गरेको थियो। कानुनमा नवीकरणको शुल्क निर्धारण नभएका कारण टेलिकमले दोस्रोपटकको नवीकरण दस्तुर पनि टेलिकमले पूरा तिरेको छैन। त्यसैले टेलिकमले पहिलो शुल्कलाई नै आधार मानेर नवीकरण शुल्क तिर्दै आएको हो। प्राधिकरण बोर्डको आइतबारको निर्णयसँगै टेलिकमले दोस्रोपटकको नवीकरणको बाँकी दस्तुर पनि तिर्नुपर्ने भएको छ। उनले भने, ‘अन्य कम्पनीले पनि २० अर्ब तिर्नुपर्ने भएको छ। एनसेलको पनि आउँदो भदौमा नवीकरणको सयम सकिँदै छ। प्राधिकरणले गरेको निर्णय जानकारी नभएको टेलिकमका प्रमुख कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

जब पूर्व प्रेमीकाले नै अश्लिल तस्बिर पठाइन्…..

काठमाडौं, फागुन २५ । गएको महिना अर्को घटना महाशाखामा आयो। कीर्तिपुरमा डेरा बस्ने २२ बर्से युवक पूर्वप्रेमिकाबाट पीडित थिए। एक युवतीसँग फेसबुकमै उनको चिनजान भयो। युवती राजधानीको एउटा एजुकेसन कन्सल्टेन्सीमा काम गर्थिन्। दुवै कहिले गोदावरी त कहिले थानकोट पार्क घुम्न गए। उनको डेरामा शारीरिक सम्पर्क पनि भयो। दुवैले सहमतिमै यौन क्रियाकलापका फोटो खिचेका थिए। युवकले अर्कैसँग विवाह गरे। त्यसको एक सातापछि प्रेमिकाले उनीसहित पत्नीको फेसबुकमा पहिलेका नग्न तस्बिर पठाइन्। दम्पती प्रहरीमा पुगे। प्रहरीले ती युवतीलाई पक्राउ गर्‍यो। उनको एउट मात्र गुनासो थियो। बिहेपछि पनि युवकले उनलाई बिहे गर्छु भन्दै डाँकर बारम्बार यौन सम्पर्क राखेपछि तस्बिर पठाएको बताइन्। गोपनीयताका लागि मुद्दामामिला नगर्ने बताएपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर छाड्यो। यस्तै, राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो। युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका तस्बिर पठाए। दैनिकजसो म्यासेन्जरमा उत्छृंखल फोटो आउन थालेपछि पतिसहित उनले प्रहरी गुहारे। प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गर्‍यो। उनी प्रहरीसँग भन्दै थिए, ‘मलाई छाडेर अर्कैसँग बिहे गरेपछि रिस थाम्न नसकेर फोटो पठाएको हुँ।’ प्रहरीले ती युवकलाई विद्युतीय अपराधमा मुद्दा दर्ता गर्न परिसर पठाएको छ। सीआईबी र महाशाखामा यस वर्ष माघसम्म परेका उजुरीमध्ये फेसबुकका २५३, यूट्युबका १९, अनलाइन वेबपेजका १०, इमोका ९, इन्स्टाग्रामका १० र ट्विटरका ३ छन्। महाशाखामा परेका उजुरीमध्ये यी दुई घटना फेसबुक दुरूपयोगका प्रतिनिधि मात्र हुन्। कलेज ड्रेसमै दैनिक ७–१० युवायुवती फेसबुक दुरूपयोगका उजुरी गर्न महाशाखा पुग्छन्। महाशाखामा दर्ता भएकामध्ये अधिकांश उजुरीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा संलग्न छन्। फेसबुक र म्यासेन्जरमार्फत नग्न र अर्धनग्न तस्बिर साटासाट गर्ने, उत्छृंखल सन्देश पठाउने घटना पछिल्ला दिन बढेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ, माघ २७ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आइतबार बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एसआर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनार्इ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो । प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो । रासस

भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै

पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’ भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’ सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् । पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् । घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस

महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ

महेन्द्रनगर, पुष २६ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदीमा पहिलाे पटक साहसिक जलयात्रा ‘र्‍याफ्टिङ’ गराएको छ । भीमदत्त नगरपालिका ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्याफ्टिङ्ग गरिएको हो । गत आर्थिक वर्षमा नदीमा र्याफ्टिङ्ग सञ्चालनका लागि स्थलगत अध्ययन गरिएको थियो । महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा र्याफ्टिङ्ग परीक्षण गरिएको छ । महाकाली नदीमा पहिलो पटक परीक्षण गरिएको हो । भारतीय पक्षले नदीमा र्याफ्टिङ्ग सञ्चालन गर्दै आए पनि नेपालले हालसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन् । भीमदत्त नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा र्‍याफ्टिङ गराएको छ । नेकपाका सुदूरपश्चिम अध्यक्ष एवम् पूर्ण उद्योग मन्त्री कर्ण बहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाही सहित सहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका छन् । उनीहरु सहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, कार्यपालिका सदस्य गीता ओली, वडा अध्यक्षहरु परमानन्द जोशी, लाल बहादुर शाही, पत्रकारहरुले मुसेट्टीबाट खल्लासम्म र्‍याफ्टिङ गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नेपाली सेनाका मेजर विदुर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक विनोद श्रेष्ठ जलायात्रामा सहभागी भए । ‘महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौ, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका छौ’ नगर प्रमुख विष्टले भने, ‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौ ।’ महाकाली नदीमा साहसित्र जलयात्रा सञ्चालनका लागि मुसेट्टीसम्म सहज पहुँच मार्ग र नीति नियम बनाएर निरन्तरता दिइने बताए । ‘आज सफल परीक्षण गरिएको छ, आगामी दिनमा निरन्तरता दिने गरी कार्यक्रम बनाउँछौ’ उनले भने । कैलालीको कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि.ले नदीमा तीन बोटमा पूर्व मन्त्री थापा सहितका सहभागीलाई चढाएर साहसित्र जलयात्रा गराएको छ । महाकाली किनारमा पूर्व उद्योग मन्त्री थापा सहित सहभागी सबैले गोलो घेरा बनाएर महाकाली नदीको बहुउपयोग गरी समृद्ध भीमदत्त बनाउने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै र्याफ्टिङ्ग सुरु गरिएको हो । पूर्व मन्त्री थापा, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल र भीनपाका मेयर विष्टको नेतृत्वमा छुट्टाछुट्टै बोटमा यात्रा गरिएको छ । नेकपाका प्रदेश अध्यक्ष एवम् पूर्व मन्त्री थापाले भीमदत्त नगरपालिकाले सुरु गरेको साहसित्र जलयात्रा नगर र देश विकासका लागि महत्वपूर्ण हुने भएकाले प्रशंसा व्यक्त गरे । ‘साहसिक जलयात्रा महत्वपूर्ण खेल हो, यो पनि समृद्धिको आधार हो, त्यसैले समृद्धिका आधार पहिल्याउने र त्यसमा जाने हो’ उनले भने,‘नगर र देश विकासका लागि गरिएको यो यात्राको उच्च प्रशंसा गर्दछु ।’ राजनीतिक संक्रमणकाल सकिएको उल्लेख गर्दै उनले अनावश्यक विवाद गरी विकासलाई अवरोध गर्न नहुनेमा जोड दिए । ‘अहिले अनावश्यक विवादमा अल्झिने समय होइन, जल, नदी, वनको उपयोग गरी विकास समृद्धि ल्याउने हो, संसारका विकसित देशहरु तिनै स्रोतको प्रयोगले भएका हुन्’ उनले भने,‘त्यसैले हामी पनि सबै सम्भावना प्रयोग गरी विकसित हुन हो ।’ महाकाली नदीमा गरिएको साहसित्र जलायत्रा नयाँ कामको सुरुवात गरिएको उल्लेख गर्दै उनले भीमदत्तको समृद्धिमा सहयोग पुग्ने बताए । सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री रावलले महाकाली नदीमा साहसिक जलयात्राले भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए । ‘हिजोसम्म महाकाली नदीको ढुङ्गा, बालुवा मात्रै प्रयोग गरियो, त्यसको बहुउपयोग सिद्धान्त अनुसार आज र्याफ्टिङ्गको परीक्षण गरिएको छ, यो नयाँ काम हो’ उनले भने, ‘यसबाट भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ, त्यसले पर्यटन प्रवद्र्धन हुन्छ, स्थानीको जीवन स्तरमा सुधार आउँछ ।’ सकारात्मक सोचका साथ अघि बढे समृद्ध आउने उल्लेख गर्दै मन्त्री रावलले साहसिक जलयात्रालाई पर्यटनका रुपमा विकास गर्न प्रदेश सरकार सहयोग गर्ने बताए । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै भीमदत्तको समिद्धिमा सबैको सहयोग पाउने आशा व्यक्त गरिन् । साहकि जलयात्रामा सहभागीहरुलाई मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयमा स्थानीयले फूलमाला र टिका लगाएर स्वागत गरे । नदी किनारमा र्याफ्टिङ्ग हेर्न खल्ला, टुँडिखेल र ब्रह्मदेबका स्थानीय नदी किनार पुगे । मुसेट्टीका स्थानीय विर बहादुर चन्दले महाकाली नदीमा गरिएको र्याफ्टिङ्ग परीक्षणले खुसी लागेको बताए । ‘निकै खुसी लागेको छ, गाउँको विकास हुन्छ, अब रोजगार पाइन्छ, आलु तरकारी बेचिन्छ’ उनले भने,‘मूला तरकारी बेचेर पनि गुजारा चलाउन सकिने आशा आयो ।’नदीमा र्याफ्टिङ्ग परीक्षणका लागि मुसेट्टीसम्म सडक निर्माण गरिएको छ । साहसित्र जलयात्रामा नेकपा नेता नर बहादुर विश्वकर्मा, नन्दलाल चटौत, कर्ण बहादुर चन्द, काँग्रेसका नेता केशव सिह नायक, भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, ५ का अध्यक्ष मदन बहादुर चन्द, भीनपाका इन्जिनियर हिमालय सिह ऐर, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् ।

एक करोड पचास लाख ठगी गर्ने पक्राउ

काठमाडौं, पुस २६ । महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडा लगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।

सन्दीपले क्यामरुन डेलपर्टलाई रन आउट गरे

काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले फिल्डीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ओभरमा विकेट लिन नसके पनि अफिप होसेनले गरेको बलिङमा क्यामरुन डेलपर्टलाई रन आउट गरे । आज सन्दीपको टोली सिल्हेट सिक्सर्सले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ ।