नेपालविरुद्ध हङकङको १०० रन पूरा (स्कोरसहित)

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले एक सय रन पूरा गरेको छ ।

उसले २७ ओभरमा ५ विकेट गुमाएर एक सय रन पूरा गरेको हो । सस्तैमा पाँच विकेट गुमाएको हङकङले अहिले भने सम्हालेर खेलिरहेको छ ।

हकङकले पाँचौं विकेटका रुपमा कप्तान अजिज खानलाई शून्य रनमा गुमाएको थियो । उनलाई पनि अभिनाश बोहराले आउट गरे ।

यसअघि अभिनाशले शाहिद वासिफलाई १०, नजाकत खानलाई पनि ९ रनमा आउट गरेका थिए ।

हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म हङकङले २९.२ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर १ सय ९ रन बनाएको छ ।

स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो ।

नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए ।

यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनको योगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए ।

बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए ।

हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन ।

भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (कप्तान)
कुशल भुर्तेल
शरद भेषावकर

आरिफ शेख
दीपेन्द्रसिंह ऐरी

विनोद भण्डारी
पवन सर्राफले

करण केसी
अभिनाश बोहरा

ललित नारायण राजवंशी
सुशन भारी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल हुन्छः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनका राष्ट्रपति शि जिनपिङको प्रस्तावित नेपाल भ्रमण दुई देशबीचको मित्रता थप अभिबृद्धि गर्ने गरी सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार सम्बद्ध सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले उच्चस्तरीय भ्रमणहरु कुनै सपिङ लिष्ट जस्तो हुन नहुने बरु त्यस्ता भ्रमणबाट मित्रताको बढी अपेक्षा गर्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच हालै काठमाडौंमा भएका एक समझदारी पत्र र दई पार्टीका नेताहरुबीच भएको प्रशिक्षणबाट नेकपाले नेपाललाई सि विचारधारा उन्मुख गराएको आरोप सम्बन्धी एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले त्यस्ता कुरा विचारको दरिद्रता र विचार शून्य भएको बताए । प्रधानमन्त्री ओलीले एक अर्को प्रश्नको जवाफमा स्वाधिन भएर पनि विगतमा नेपालले विश्वमञ्चमा स्वाधिनताको अभ्यासको आँट गर्न नसकिरहेको स्मरण गर्दै नेपाल अब विश्वमा देखिन र सुनिन थालेको बताए । प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रिय हितका आफ्नै नीति रहेको र नेपाल कसैको पक्षधरता नलिई स्वतन्त्र रुपमा विश्वमञ्चमा आफ्नो भूमिका निर्वाह गर्ने प्रष्ट पारे । उनले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध परिचालनमा राष्ट्रिय हित, न्यायोचित विश्व सम्बन्ध र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई ध्यानमा राखेको बताए ।

अर्थमन्त्रीको ‘चामल’ दोकान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभा (भदौ २२, २०७६) मा व्यक्त गरेको ‘पीठो बेच्नेले हैरान गरे’ गुनासो चर्चित रह्यो । समग्रमा गुनासाका दुई केस्रा थिए । पहिलो, समष्टिगत अर्थतन्त्रका सबै अवयवको योगफलबाटै नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको छ । यो वृद्धि अभूतपूर्व किन छ भने, विगतका वृद्धिदरभन्दा दिगो र भरपर्दो छ । दोस्रो, कसैले अन्तर्राष्ट्रिय वित्तीय संस्था या दातृराष्ट्रका एजेन्सीमा गएर केही भएकै छैन भनी लाएको झोसपोलमाथि आक्रोश थियो त्यसमा । ती संस्थामा सोझो सम्पर्कको हैसियत राख्ने र त्यस्तो झोसपोल गरेर सरकारलाई नै अप्ठ्यारो पार्न खोज्ने आफ्नै बिरादरीका ‘विद्वान्’ लाई दुत्कारिएको थियो सायद । सैद्धान्तिकरवैचारिक कसीमा हेर्दा, नवउदारवादी बजार अर्थतन्त्रका हिमायतीसँगै अर्थमन्त्रीको गुनासो रह्यो, जसले उनको पहिलो बजेट प्रस्तुतिलाई ‘सही ट्र्याक समातेको’ भन्दै सरकार बाहिरबाट समर्थन जनाएका थिए । दोस्रो गुनासो नवउदारीकरणका केन्द्रहरूमा सबैभन्दा ‘काबिल’ देखिने प्रतिस्पर्धाका रूपमा आएको हुन सक्छ । किनकि एउटै स्कुल र एउटै कक्षाका दुई विद्यार्थीबीच पनि गुरुलाई पाठ बुझाउने बेला प्रतिस्पर्धा नै हुन्छ । पच्चीस वर्षअघि मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनेलगत्तै राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्षले ‘यो सरकारको पालामा न बहुपक्षीय न त द्विपक्षीय सहयोग प्राप्त हुन्छ, न त कुनै बाह्य लगानी नै भित्रिन्छ’ भनेर ठोकुवा गरेका थिए । तैपनि अधिकारीको अल्पमतको सरकाररूपी पसल नौ महिना चल्यो । चामल बेच्नका लागि धान फलाउन र बेच्न पर्याप्त बहुमत थिएन । त्यसपछिको कुनै पनि सरकारले आफ्नै खेतको चामल बेचेन । र पनि आर्थिक वृद्धि भइरह्यो । वृद्धि भएको होइन भन्न अर्कोसँंग तथ्यांक विभाग छैन । तर त्यो वृद्धि आम नेपालीको जीवनस्तर उकास्न र ऐतिहासिक वर्गीय तथा सामाजिक असमानता हटाउन कति सहायक भयो ? वृद्धिको प्रतिफल अनुत्पादक दलाल पुँजीवादीहरूले कुम्ल्याए कि राष्ट्रिय पुँजीपतिले ? समष्टिमा कसको आर्थिक वृद्धि भयो ? सन् २००८र९ को बृहत् मन्दीयता धनाढ्य पुँजीवादीहरूले प्रणालीगत संकट बेहोरिरहेका छन् । आजका हाम्रा शासकले झैं हिजोका तिनका शासकले पनि आफूभित्र हुर्कंदै गरेका दलालबाट अर्थराजनीतिक संकट आइपर्ने सत्यलाई अनदेखा गरेका थिए । परिणामतः आफैभित्रबाट घोर ‘दक्षिणपन्थी पपुलिस्टहरू’ जन्मिए । खास गरी २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्पको विजयपछि कैयौं दक्षिणपन्थी पपुलिस्ट शासकहरूले विजय हासिल गरे । यति बेला पपुलिस्ट अन्धराष्ट्रवादका कारण, मिल्टन फ्रिडमेन तथा फ्रेडरिक हायक प्रतिपादित नवउदारवादी ‘अर्थराजनीतिक प्रोजेक्ट’ पूर्ण रूपमा धराशायी हुने खतरा बढ्दो छ । अन्धराष्ट्रवाद स्वाभाविक रूपमा नवफासिस्ट, नवनाजीवादतर्फ उन्मुख छ । यी अति दक्षिणपन्थी पपुलिस्टहरूले नवउदारवादको माउ उदारवादलाई समेत डुबाउने भए भन्ने निचोडमा अर्थराजनीतिक साहित्यमा पर्याप्त व्याख्या–विश्लेषण भइरहेका छन् । जोसेफ स्टिगलिज, डानी रोड्रिग, पल क्रुगम्यान, आदम जे टुज, थोमस पिकेटी, अमर्त्य सेनजस्ता अर्थराजनीतिक पण्डितहरूले संकट चरम विन्दुमा पुगेको बताएका छन् । जनवरी २०१९ को एउटा अध्ययन अनुसार, विश्वका आधा जनसंख्याको भन्दा बढ्ता पुँजीरसम्पत्ति एक दर्जनभन्दा कमधनाढ्यहरूसँग छ । नवउदारवादी पुँजीवादको लक्ष्य सीमित पुँजीपतिले नाफा कमाउनु र थुपार्नु नै हो । थोरै समयमा अत्यधिक नाफा कमाउन पुँजीपतिरबहुराष्ट्रिय निगमहरूले मजदुरको लागत (कस्ट अफ लेबर) घटाए । त्यसका लागि हायर एन्ड फायर, ज्याला कटौती, युनियन विघटन, रोजगारी कटौती गर्न रोबोट र मेसिनको अत्यधिक प्रयोग तथा विदेशी बैंकमा पुँजी निवेश गर्ने प्रवृत्तिलाई नवउदारवादी राज्यले वैधता दिए । यी क्रियाकलापका कारण आमगरिबी मात्र भित्रिएन, सँगसँगै वातावरणीय क्षति, कार्बन र टक्सिन, रासायनिक तथा अन्य प्रदूषणले खोलानाला, खेतबारी, पिउने पानी, खाद्यान्न आपूर्ति सबै प्रभावित बने । क्यान्सर, मुटु र मृगौला रोग, दमजस्ता असाध्य रोग विस्तारित हुँदै गए र तिनैलाई समेत नाफाको स्रोत बनाइयो । बृहत् नाफाको दुश्चक्रका कारण राजनीति, न्यायालय र कर्मचारीतन्त्र दलाल पुँजीपतिसँग जोडिए । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, अन्य सामाजिक सुरक्षाको निजीकरण गरियो । मानवीय मूल्यलाई लिलामीमा चढाइयो । यो गोलबन्दीले आमनागरिक नवदासदासी हुनुपर्ने वातावरण खडा गर्दै गयो । बृहत् नाफाको वकालत गर्न सत्ताकै आडमा मिथ्या–बुद्धिजीवी (स्युडो इन्टेलेक्चुअल), मिथ्या अर्थशास्त्री (स्युडो इकोनोमिस्ट) र मिथ्या पत्रकार (स्युडो जर्नलिस्ट) हरूको झुन्ड स्थापित गरियो । तिनैका कारण राज्यको बागडोर समातेका र तिनका आसेपासे सम्भ्रान्तहरूमा पुँजी वा सम्पत्तिको सञ्चिति बढ्दै गयो, समाजमा पनि सम्पत्तिको रस चुहिन्छ (ट्रिकल डाउन हुन्छ) र समग्र समाज लाभान्वित भइरहन्छ भन्ने अर्थ लाग्ने गरी तिनले कथा बुनिरहे । तर यथार्थमा बृहत् नाफा कमाउने उच्चतम महत्त्वाकांक्षाका कारण, अस्ट्रो–हंगेरियन आर्थिक इतिहासकार कार्ल पोल्यानीले उद्घोष गरेझैँ भयो— ‘पहिला माफिया–अर्थतन्त्र जन्मिन्छ, त्यसपछि माफिया–सरकारको जन्म हुन्छ ।’ ट्रम्पलगायतका राष्ट्ररसरकार प्रमुख त्यही अर्थराजनीतिका उपज हुन् । विश्वव्यापी यो प्रवृत्तिमा नेपालको अर्थराजनीति कहाँ छ ? हामी कस्तो प्रवृत्तितर्फ उन्मुख छौँ रु नवउदारवादी बजार अर्थराजनीतिको नेपाली भाष्यमा व्याख्या र कार्यक्रम प्रस्तुत गरेको नेपाली कांग्रेसलाई पन्छाएर जनताले नेकपालाई किन बहुमत दिए रु कांग्रेसले आठौँ पञ्चवर्षीय योजनामै यो प्रणाली अपनाएमा ‘असल रोजगारीसहितको बलियो र दिगो अर्थतन्त्र, मुलुकको औद्योगिकीकरण, नयाँ–नयाँ आयआर्जनका क्षेत्रको अन्वेषण, व्यापारमा वृद्धि हुने’ सपना बाँडेको थियो । उसले भनेको थियो— त्यस्तो वृद्धिले उद्यम खडा हुन्छ, उद्यमले वस्तु र सेवा उत्पादनका क्रियाकलाप गरेपछि रोजगारी वृद्धि भई सबै नेपालीलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, आर्थिक उपार्जन, शिक्षा र स्वास्थ्य पाउने उचित र स्वस्थकर वातावरण प्राप्त हुन्छ, यी सबै बन्दोबस्तीसँगै वित्तीय, सञ्चार र अन्य विविध सेवा प्राप्त गर्दै जाँदा हामी सबैको आर्थिक वृद्धि हुन्छ । बहुदलपछिको कांग्रेस सरकारले यिनै पपुलिस्ट कुरा गरेर जनताको भरोसा जितेको थियो । पछि सबै दलले धेरथोर त्यही शैली अनुसरण गर्दै आए । तर बितेका अट्ठाइस वर्षमा नेपालमा दस वर्ष गृहयुद्ध भयो । हजारौँ मारिए, लाखौँ विस्थापित भए । लाखौँलाख बसाइँ सरे, सरिरहेका छन् । झन्डै एकतिहाइ जनसंख्या वैदेशिक रोजगारीमा छ । व्यापार घाटा बढ्दो छ । उत्पादनका सबै सेक्टर ओरालो लागेका छन् । वर्षेनि ५ लाख ६० हजार युवायुवती श्रम बजारमा आउँछन्, जसमध्ये ६० हजारलाई पनि न निजी न सहकारी न त सरकारी संस्थाले नै रोजगारी दिने क्षमता राख्छन् । आयात धानिरहेको रेमिटेन्स अब घट्दो छ । वैदेशिक ऋण र ग्रान्ट नआउने हो भने पुँजी आर्जन गर्ने सेक्टरमा लगानी शून्यमा झर्छ । ऋण र ब्याजको किस्ता डलर महँगो भएकाले बढिरहेको छ । ७ प्रतिशतको वृद्धिले वस्तु तथा सेवा र रोजगारी किन बढाएन ? त्यही अनुपातमा उत्पादन क्षेत्रमा किन लगानी भएन ? यी प्रश्नको जवाफ बहुदल पुनर्बहालीका लागि भएको संघर्षताका पनि खोजिएको थियो । नेकपाको स्थायी सरकारपछि पनि आम नेपालीले राज्यको आर्थिक–सामाजिक संरचनामा परिवर्तनको पहल गरिने, बेरोजगारी, भोकमरी र दरिद्रता हटाउन भूमि व्यवस्थापन तथा वितरणमार्फत कृषिको आधुनिकीकरण गरिने, प्रगतिशील कर व्यवस्थापन, तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभमा आधारित राज्यको सहकार्यमा औद्योगिकीकरण तथा पर्यटन विकास र विस्तारको योजनाबद्ध थालनी हुने आशा गरेका थिए । शिक्षा तथा स्वास्थ्यको सरकारी ग्यारेन्टी, सस्तो र भरपर्दो सार्वजनिक यातायात, पूर्ण रोजगारीको लक्ष्य अनुरूप कामको थालनी भएपछि राष्ट्रिय बचतमा वृद्धि, पूर्वाधार निर्माण तथा आयात प्रतिस्थापनका लागि उद्यमहरूमा लगानीको कमी हुनेछैन भन्ने जनताको अपेक्षा थियो । विकास निर्माणमा अभियानमूलक सहभागिता जुटाउन तीनै तहका सरकार अग्रसर हुने आम नेपालीले सपना देखेका थिए । एकलौटी बहुमत भएकाले यो सरकारलाई कानुन निर्माणमा सहजता, उपयुक्त राष्ट्रिय–अन्तर्राष्ट्रिय वातावरण उपलब्ध थियो । तर ‘पहिलो गाँसमा ढुंगा’ भनेझैं पहिलो बजेट नै नवउदारवादको सनातनी घोडा चढेर देखा पर्‍यो । त्यो पनि उदारीकरण, भूमण्डलीकरण र निजीकरण अभियानकै गोरेटोमा दलालहरूको राइँदाइँ बढ्ने गरी १ दुईतिहाइभन्दा बढी कामदार रहेको कृषि कुपोषणग्रस्त देखिँदा, औद्योगिकीकरण र बढ्दो बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा झाँगिएको व्यापारीकरण, एकाधिकारग्रस्त वित्तीय संस्था र अनुत्पादक क्षेत्रमा तिनको विस्तारित लगानी, ध्वस्तप्रायः सार्वजनिक यातायात, कालोबजारी र महँगीजस्ता समस्याको संस्थागत समाधान गर्न कम्तीमा वैकल्पिक सुशासनको उपाय खोजिएला भनी सोच्नु अन्यथा थिएन । तर जनसरोकारलाई सम्बोधन गर्ने अर्थराजनीतिक सोच न सरकारी नीति तथा कार्यक्रममा न त बजेटमै देखियो, जबकि शंकाको सुविधा पछिसम्मै थियो । सर्वसाधारण जनता पर्खिरहेका थिए । तर जसरी पन्ध्रौं योजनाको अवतरण गराइयो र सामाजिक सुरक्षाका नाममा अपरिपक्व कार्यक्रम अगाडि सारियो, जसरी न्यूनतम रोजगार कार्यक्रम लागू गर्दा विश्वव्यापी अभियानका रूपमा देखा परेको आधारभूत आवश्यकताको अवधारणा ‘न्यूनतम रोजगारी’ को मजाक बनाइयो र आम जनताबाट करका नाममा संकलित सरकारी ढुकुटी खर्चिइयो, त्यसबाट सरकार दृष्टिकोणविहीन र योजनाविहीन नै रहेछ भन्ने छर्लङ्गियो । संविधानले संघीय शासनका लागि अपरिहार्य मानेर परिकल्पना गरेको अन्तर–प्रदेश परिषदलाई सरकारले पंगु बनायो । प्राकृतिक तथा वित्त आयोगलाई अपांग बनाउँदै जसरी फेरि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए, जसरी संवैधानिक संस्थाहरूमा आसेपासे पदासीन गराइए, त्यसले ब्रह्मलुटलाई राजमार्ग उपलब्ध गराएको छ । भूमि ऐन संशोधनमार्फत भूमिसुधार तुहाएर सरकारले आफ्नो नियत अझ प्रस्ट पारिदिएको छ । राजा महेन्द्रको भूमिसुधारको भन्दा पश्चगामी संशोधनले सरकारको ‘वामपन्थी मुखौटा’ पखालिँदा यति बेला कुरूप दक्षिणपन्थी अनुहार उदाङ्गिएको छ । पीठोका सन्दर्भमा रोजगारीको चर्चा गर्दा अर्थमन्त्रीले दक्ष जनशक्तिलाई ‘प्यान’ सँग जोडेका छन् । तर उनी आफै जोडिएको योजना, नीति तथा कार्यक्रम र उनैले प्रस्तुत गरेको बजेटमा कहाँनेर छ दक्ष जनशक्ति निर्माणको कार्यक्रम रु उनले बुझ्दा हुन्छ, संसारमा राज्यका तर्फबाट शिक्षामा औसत कुल गार्हस्थ्य उत्पादनको ६ र स्वास्थ्यमा ३ प्रतिशत खर्च हुने गरेको छ । चीन र रूसले अनवरत रूपमा कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत त्यो क्षेत्रमा लगाउने गरेका छन् । हाम्रा अर्थमन्त्रीले भने आफ्नो बजेटमा अन्तर्राष्ट्रिय मान्यताको आधा पनि छुट्याउन सकेनन् । ७८ प्रतिशत बालबालिका १२ कक्षा नपुगी ड्रपआउट हुने गरेका छन् । अनि कसरी उत्पादन हुन्छन् आवश्यक दक्ष कामदार रु अझ पनि दुईतिहाइ महिला घरैमा बच्चा जन्माउन बाध्य छन् । महँगीका कारण ५० प्रतिशत बिरामी अस्पतालको मुख नदेखी मर्न विवश छन् । अस्पताल भर्ना भएका बिरामीले अस्पतालकै छतबाट हामफाल्नु परिरहेको छ । प्रधानमन्त्रीले ‘कोही भोकै रहनेछैनन्’ भने पनि दुईतिहाइ नेपाली घरधुरीमा अहिले पनि साँझमा भात पाक्दैन र देशका आधाभन्दा बढी केटाकेटी भोकै सुत्न बाध्य छन् । यी सबै दुःखी प्राणीहरू, सीमान्तीकृत, महिला, दलित, मधेसी र आदिवासी जनजातिहरू, जानेर वा नजानेर विगतदेखि वर्तमानसम्म नेकपाकै मतदाता थिए । एकै दिन वा एकै वर्षमा सबै कुरा उलटफेर गर्न सकिन्न, संस्थाहरू बन्न सक्दैनन् र सोचेसरि फटाफट परिवर्तन हुन सक्दैन । यो सरकार क्रान्तिबाट होइन, चुनावमार्फत आएको हो र यसका सीमा छन् । यद्यपि सरकार पर्खिरहेको कुनै पनि पार्टीले ‘घोषणापत्र’ मार्फत आफ्नो अर्थराजनीतिक सोच र मूलनीति अघि सार्ने गर्छ । त्यसलाई कार्यक्रममा बदल्न संस्थागत सोच अनुरूप टिम बनाइन्छ, जसले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना निर्माण गर्छ र सरकारको सय दिनभित्र कार्यक्रम कार्यान्वयनका लागि मैदानमा उतार्छ । तर ओली सरकारको टिम र स्वयं अर्थमन्त्रीसँग आम जनतासामु ल्याउने यथार्थमा आधारित ठोस सोच, विचार, नीति तथा कार्यक्रम केही रहेनछ, न त समविचार भएका विज्ञ मित्रमण्डलीसँग सहकार्य गर्ने उत्सुकता । अन्तर–मन्त्रालय समन्वय गराई आम जनताका पक्षमा पुँजीगत खर्च गराउँदै पुँजी निर्माणमा जनसहभागिता बढाउने तत्परता उनमा फिटिक्कै रहेनछ । चार दशकयता कुनै न कुनै लाभको पदमा रहेर सबै हिसाबले ‘टेस्टेड’ भएका अर्थमन्त्रीको अनुभव, भोगाइ र गराइलाई जोड्दा निष्कर्ष निस्कन्छ— उनी र उनीसम्बद्ध सरकारसँग न व्यवस्थित दोकान छ, न त बेच्नका लागि आफ्नै ढिकीमा कुटेको चामल ! कान्तिपुर दैनिकबाट

धामीले खोस्याे प्रमाको मुस्कान

बझाङ । प्रमा बोहरा । वर्ष २४ । घर साइपाल गाउँपालिका २, धलौन । हेर्दै फरासिली । मिलनसार । रहरैरहर अनि सपनाले घेरिएकी । तर बाध्यताले थिचिएकी । पिटिएकी । क्रूर काला रातसंँग संघर्ष गरेर धन्न बाँचेकी उनी दुवै कान सुन्दिनन् । उनीसँगैका दौंतरी महिला अधिकांशले घरजम गरिसके । छोराछोरी हुर्काइसके । यो देख्दा प्रमालाई पनि विवाह गर्ने अनि केटाकेटी खेलाउने रहर जाग्छ । साथीले देउडा खेलेको, फोनमा कुरा गरेको देख्दा त्यसै गर्न रहर लाग्छ । रहरहरू मन मै जन्मिन्छन । मनमै मर्छन् । भन्छिन्, ‘भावीले यस्तै लेखेको रैछ भनेर मन बुझाउँछु ।’ देउडाका टुक्का मिलाउन खप्पिस प्रमा मनमा उकुसमुकस गितबाटै पोख्छिन् । जिन्दगीका रहरहरू देउडाबाटै बताउँछिन् । गीतबाटै चित्त बुझाउँछिन् । यसैगरी जिन्दगी गुजारेको पनि १२ वर्ष भैसकेछ । उनले भेटमा सुनाइन् । १२ वर्षअघि के भयो उनलाई ? एकदिन गाईबस्तु चराउन घर नजिकैको जंगलमा गइन् । अचानक पेट दुख्न थाल्यो । लगातार वान्ता हुन थाल्यो । सँगै गएका अरु साथीले घरसम्म बोकेर ल्याए । प्रमा अचानक बिरामी भएपछि बाआमाले घरमा धामी बोलाए । घर बाहिरैबाट काँप्दै आएका धामीले उनलाई भूत लागेको भन्दै झारफुक (मन्त्र लाउन) सुरु गरे । भूत भगाउने बहानामा कुटपिट सुरु भयो । निर्घात कुटे । बिरामीलाई कुटेर थाकेका धामीले भूत सहजै नभाग्ने भन्दै उनका परिवारलाई अर्को पटक फेरि आफ्नो दियो बाल्नु (फेरि धामी बसाल्नु) भनेर निस्किए । प्रमा कुटाइले झन थिलथिलो भइन् । अवस्था गम्भीर र चिन्ताजनक बन्दै गयो । यो देखेर आत्तिएका उनका बुवाले लगतै अर्को धामी बोलाए । अर्को धामीले पनि मरणसान्न हुने गरी पिटे । तर उनलाई सन्चो भएन । कुटाइ रातभर चल्यो । धामीहरू फेरिदै गए । उपचारका नाउमा रातभर खाएको पिटाइ र पीडा सम्झदा अहिले पनि प्रमा तर्सिन्छिन । ‘नथाकुन्जेल कुट्थे, थाकेपछि भुत बलियो रैछ एकै पटकले गएन, अर्को पटक फेरी दियो बाल्नु भन्थे’ प्रमाले त्यो कालो रातको सम्झना गर्दै भनिन, ‘१०/१२ जना धामीले पालैपालो कुटे, चिथोरे, टोके, कोहीले पन्यु रातो हुने गरी तताएर पिट्थे।’ होस हुँदासम्म कुटेको उनलाई याद छ । धेरै कुटाई खाएपछि बेहोस भइन् । त्यसपछि के गरे थाहा पाइनन् । भोलीपल्ट होस फर्कदा उनका दुबै कानले सुन्न छोडिसकेका थिए । ठुलो खोला सुसाए जस्तो लगातार आवाज आईरहेको थियो । संयोगवश उनको पेट दुख्न भने रोकिएको थियो । वान्ता रोकिएको थियो । बलिया धामीको बेहिसाब कुटाईले उनका दुबै कान फुटिसकेका रहेछन् । अघिल्लो दिन सम्म उनले कल्पना पनि गरेकी थिइनन । त्यो कालो रातले जीवन सधैका लागि अन्धकार बनाइ दिन्छ भनेर । कान सुन्न छोडेपछि उनी माथीको यातना झन चरम हुँदै गयो । दिनहुँ जसो घरमा धामी बोलाइन्थ्यो । लाटो भुत लागेको भन्दै सबै धामीले विभिन्न खाले यातना दिन्थे । झण्डै छ महिनासम्म यो क्रम चल्यो । तर उनले कान सुनिनन् । धामीबाट उपचार सम्भव नभएपछि उनका बुवा गोपाल बोहराले डाक्टरकहाँ देखाउन सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उनको उपचार भएन । सुविधा सम्पन्न अस्पताल पुर्‍याउन चिकित्सकले सल्लाह दिए । उनको आर्थिक अवस्थाले त्यो सम्भव थिएन । ‘यसको भाग्यमा यस्तै लेखेको रैछ भनेर चित्त बुझाएँ, घर फर्काएर आएँ’ प्रमाका बुवाले भने ‘अहिले यसको भविश्य सम्झेर चिन्ता लाग्छ ।’ भाग्यमाथि भरोसा उनको भाग्यमा के लेखिएको थियो ? तर धामीको यातनाले सबै मेटिदियो । उनको भागमा बाँकी रह्यो मात्र पीडा र निरासाको जीवन । उनी भाग्यलाई सराप्न थालिन् । देउडा भनेपछि हुरुक्कै हुने प्रमा गाउन पनि जान्दछिन् । आफ्नो भाग्यलाई देउडा मार्फत यसरी व्यक्त गरिन् । ‘नरोउँ भन्या मन मान्दैन, रोयाले (रोएर) पुग्दैन, भाविले बान्याको (बाँधेको) गाँठो केइ गरे फुक्दैन ।’ उनकी भाउजु नाता पर्ने विमला बोहरा भन्छिन्, ‘कान मात्र नसुन्ने हुन्, यति फरासिली र मिलनसार केटी गाउँमा कमै छन, विचरीका रहर त कति छन कति, तर के गर्नु दैवले नै ठगे पछि ? ।’ गाउँमा आफुले कोरीबाटी गरेरहिंड्दा पनि गाउँलेले गिज्याउलान भन्ने डर लाग्छ प्रमालाई । यो कुरा देउडा मै सुनाईन् । ‘उइ दिन आउँदा उई दिन झाँदा मु कसरी काटुँ, दुई बाट्याकी खिस्याउदा (गिज्याउदा) छन एकै चुल्ठो बाटु ।’ कुराकानीका क्रममा प्रमा बेलाबेला भावुक भइन् । आफ्नो भाग्य प्रति निकैनै विरक्त देखिने उनले गितबाटै भनिन ‘म छोरी अभागी जन्म्याँ दोष लाउनु कै (को) सित, भाग्यले दिनु दुःख दियो को बुझाउला चित्त ?’ भगवानले पाप गरेपनि सरकारले धर्म गर्छ र आफूलाई फेरी कान सुन्ने बनाईदिन्छ भन्ने झिनो आशा पनि उनले गितबाटै व्यक्त गरिन् । ‘पाप अर्न्या भगवान बैरी धर्म अर्न्या सर्कार, मेरा दुख बुझौलाकी पड्याको दर्कार ।’ त्यही बेलाको कुटाइका कारण अहिले पनि जीउ दुख्ने हुन्छ । भन्छिन ‘खासै सन्चो पनि हुदैन । विरामी भएर जिन्दगी जाने भयो ।’ सबैको आशा धामीमै अन्धविश्वासका कारण जीवन अन्धकारमा धकेलिएकी प्रमा साइपाल गाउँपालिकाकी एक जिवित उदाहरण मात्र हुन । सदरमुकाम चैनपुरबाट ३ देखी ५ दिनसम्मको पैदल दुरीमा रहेको जिल्लाकै विकट यस गाउँपालिकाको स्वास्थ्य सेवा र चेतनाको अवस्था अझै पनि फेरिएको छैन । स्वास्थ्य चौकीहरू छन । औषधी छैन । उपचार दिने दक्ष जनशक्ती छैन । कार्यालय सहयोगीहरूका भरमा महिनौसम्म चल्छन स्वास्थ्य संस्थाहरू । अनि जस्तोसुकै विमारको उपचारको लागि पनि धामीकै भर पर्छन यहाँका जनता । ‘धामीको भर पर्दा कति जनाको मृत्यू भैसक्यो होला । कति महिलाको धामीको कुटाईबाट गर्भपतन समेत भएको छ’ धलौनका बसन्त बोहरा भन्छन, ‘सदरमुकाममा गएर उपचार गर्न सक्ने हैसियत सबैसँग हुदैन । आपतकालिन विरामीलाई ३/४ दिन लगाएर बोकेर लैजान पनि सकिन्न । धामी नै यहाँका डाक्टर हुन ।’ यहाँका स्थानियहरू आफूलाई लागाँ देवताका सन्तानको रुपमा मान्ने गरेका छन् । त्यसैले विरामी पर्दा लाँगा कै भर गर्छन । बोहरा भन्छन, ‘देउताको भर नगरौ भने अरु विकल्प पनि त छैन ।’ साइपाल खबरबाट

श्रीमती लिन प्रधानाध्यापक काज बिदामा अमेरिका पुगे

मार्तडीः बाजुराको बडिमालिका नगरपालिका–७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय व्यवस्थापन समितिले काज बिदा दिएको हो । तर, पण्डितको बिदा अवधि सकिसक्दा पनि फर्केका छैनन् । पण्डितले विद्यालयमा कुनै जानकारी नगरी अमेरिका पुगेको खबर आएको विद्यालयका शिक्षक लालचन्द्र जैसीले बताए । उनले भने, ‘आफूलाई ८ गते देखि २२ गते सम्मका लागि निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएकाले अहिले विद्यालय प्रअविहीन भएको छ ।’ विद्यालय प्रअविहीन बनेपछि प्रशासनिक कामदेखि पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झुमा खत्रीले बताए । विद्यालय निरीक्षक रँगमल विकले शिक्षा निमावाली अनुसार विद्यालयको काम काजका लागि एक हप्ता बिदा दिने नियम रहेको बताए । नयाँ पत्रिकाबाट

किशोरी बलात्कार आरोपमा दाजुभाई पक्राउ

विराटनगरः किशोरीलाई बलात्कार गरेको आरोपमा झापाको दमकबाट दाजुभाइ पक्राउ परेका छन् । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोमबार राति ११ बजे जंगलमा लगेर युवकले बलात्कार गरेका थिए। घटनापछि गुहार माग्दै पीडितकै घर पुगेकी उनलाई ती युवकका दाजुले समेत बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। घटनाबारे पीडितका आफन्तले उजुरी गरेपछि खोजीका क्रममा दुवैलाई पक्राउ गरिएको थियो। प्रहरीले पीडक युवकहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

इरानले पुरै क्षेत्रलाई अस्थिर बनाएको नेटोको आरोप

वाशिङटन । उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले साउदी अरेबियाको तेल सञ्जालमा आक्रमण भएको घटनामा चिन्ता व्यक्त गरेको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले गम्भीर चासो लिँदै भनेका छन्,‘‘इरानले पुरै क्षेत्रलाई अस्थिर गरिरहेको छ । हामी सबै पक्षलाई यस प्रकारको आक्रमण दोस्रोपटक हुन नदिन आग्रह गर्दछौं ।’’ यो भन्दा अघि अमेरिकाले केही सेटलाइट तस्बिर सार्वजनिक गरी गएको शनिबारको आक्रमणमा इरान सामेल भएको जनाएको थियो । त्यसलाई इरानले भने खण्डन गरेको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग युद्ध नचाहेको तर अमेरिका कुनै पनि संघर्षको लागि तयार भएको समेत जनाएका छन् । उता इरानका राष्ट्रपति हसन रुहानीले टर्कीको राजधानी अंकारामा रुस र टर्कीका नेताहरुलाई भेटेका छन् । इरानी राष्ट्रपतिले साउदी अरबको तेल ठेगानामा यमनका मानिसले आत्मरक्षाका लागि ड्रोन आक्रमण गरेको जनाएका छन् । गएको शनिबारको सो आक्रमणको जिम्मेवारी हुतु विद्रोही समूहले लिएको थियो । बीबीसी नेपाली सेवाबाट

वडा सचिव र शिक्षक जुवा खालमा भेटिएपछि…

बाजुराः  बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेखबाट पाँच जना जुवाडेलाई पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार सार्वजनिक गरेको छ । गाउँको पसलमा जुवातास खेल्दै गरेको अवस्थामा बडिमालिका नगरपालिका–१ का वडा सचिव मदनबहादुर दानी, सोही नगरपालिका–१ का होटल सञ्चालक कृष्णराज उपाध्याय, त्रिवेणी नगरपालिका–९ रहेको जाल्पा माविमा अध्यापन गराउदै आएका शिक्षक कर्णबहादुर थापा, बझाङ्ग जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका हाल बाजुराको हिमाली गाउँपालिकाको विद्यालयमा अध्यायपन गराउदै आएका भीमबहादुर गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा निमित्त कार्यलय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । गाउँमा जुवातास खेलाउँदै र खेलि रहेको गोप्य सूचनाका आधारमा शुक्रबार राति जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट ४३ हजार ६ सय ६० रुपैयाँया नगद समेत बरामद गरेको ढुंगानाको बताए । पक्राउ परेका पाँच जनाको अनुसन्धान भइरहेको छ । जुवातास खेल्ने र खेलाउने कार्य गैर कानुनी भएकाले यसलाई अन्त्य गर्न प्रहरीले जुवातास बन्द गर्ने गरी जिल्लामा स्थानीय तहमा प्रहरीले सक्रियता बढाएको छ ।

चीनले आफ्ना नागरिकलाई सचेत गरायो–‘नेपाली युवतीसँग कुरा नबुझी बिहे नगर्नू’

काठमाडौं । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ। विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो। पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् । काठमाडौंस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी–च्याट’ मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपिमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङस्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छ । चिनियाँहरूले अरूको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डेट’ का आधारमा बिदाको समय नेपालमा गएर विवाह गर्नुअघि नेपालको विवाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । चीनले राम्ररी कुरा नबुझी वैवाहिक सम्बन्धको प्रक्रियामा नजान भनेको छ। स्थानीय विवाहकर्ता संस्थालाई शुल्क बुझाउनु र दुलहीको परिवारलाई पैसा तिर्नुअघि नेपाली जीवन साथीबारे राम्ररी बुझ्न, भावनात्मक दबाबमा नआउन र दुलहीसँग राम्ररी संवाद गर्न नसक्ने अवस्थामा विवाह गरेर चीन फर्कंदा शंकास्पद मानव तस्करीको प्रमाणका रूपमा लिन सकिने औंल्याइएको छ। सुझावमा भनिएको छ, ‘नेपालमा सम्बन्धित न्यायिक प्रक्रिया लामो हुने भएकाले शंकास्पद व्यक्ति प्रहरीद्वारा पक्राउ पर्ने सम्भावना हुन्छ। अन्ततः निर्दोष साबित भए पनि समय लाग्ने, सामान्य अवस्थाको हिरासतमा रहनुपर्ने, महँगो वकिल शुल्क बेहोर्नुपर्ने भएकाले यसमा संलग्नहरूको आर्थिक, मानसिक तथा शारीरिक नोक्सानी हुन सक्ने भएकाले यसबारे ध्यान दिनुपर्नेछ।’ यदि नेपालीसँग वैवाहिक सम्बन्ध स्थापित गराउने कुनै अवैध म्यारिज ब्युरो चीनमा फेला परेमा पनि विश्वास नगर्न भनिएको छ। चिनियाँ कानुनअनुसार कुनै पनि चिनियाँ संस्थालाई वैदेशिक विवाह एजेन्सी व्यवसाय गर्ने अनुमति छैन । व्यक्तिगत रूपमा कसैले पनि धोखाधडी वा आर्थिक नाफाका लागि विवाह गर्न पाउँदैन। ‘यदि चीनभित्र नेपालमा विवाह गराउने कुनै एजेन्सी भेटेमा ती संस्था अवैध हुन् भन्नेतर्फ सतर्क रहनू’ एडभाइजरीको दसौं बुँदामा उल्लेख छ। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

मंगल ग्रहमा पहिरो गयो !

काठमाडौं । मङ्गल ग्रहमा पहिरो गएको छ । हरेक वसन्त ऋतुमा मङ्गल ग्रहको उत्तरी ध्रुवमा हिमपहिरो जाने गरेको हो। सूर्यको प्रकाश परेपछि त्यहाँ हिमपहिरो जाने गरेको एक अनुसनधानले पत्ता लगाएको छ । अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले मङ्गल ग्रहमा हिमपहिरो गएको तस्बिर सार्वजनिक गरेको छ । तापक्रम बढ्न जाँदा हिउँमा पग्लिदा पहिरो गएको हो । यसको रङ्ग रातो हुन्छ । पहिरो जाँदा दृश्य निकै रङ्गिन देखिन्छ । तस्बिरहरु मङ्गल ग्रहमा प्रवेश गरेको यानले पठाएको हो । नासाले मङ्गल ग्रहमा अनुसन्धानलाई गति दिइरहेको छ । उसले यान अवतरण गराइसकेको छ भने मानवसहितको यान पठाउने तयारी गरिरहेको छ । एजेन्सी

नेपाल विश्वकै सस्ता गन्तव्यमा घोषित

काठमाडौंः सन् २०२० मा २० लाख पर्यटक भित्तयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वल्र्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा रहेको छ । प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा रहेको छ । त्यस्तै वेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । बु्रनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो । मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ ९६७० डलर० आम्दानी गरेको उल्लेख छ । सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३।६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ । पर्यटकका लागि विश्वकै सस्ता गन्तव्यमा अगाडि हुनुबाहेक बाँकी सूचकमा नेपालको अवस्था खास राम्रो छैन । पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा छ । त्यस्तै वातावरणीय दिगोपनामा १३४, बन्दरगाह पूर्वाधारमा १३१, अन्तर्राष्ट्रिय उदारपनामा १०१, सूचना प्रविधि तत्परतामा १०८, व्यावसायिक वातावरणमा ११३, स्वास्थ्य र स्वच्छतामा १०६, सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२ औँ स्थानमा रहेको छ । हवाई पूर्वाधारमा ९३, सुरक्षामा ९१, श्रम बजारमा ८३ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा र पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८ औँ स्थानमा रहेको छ । यी सबै सूचकभित्र पनि अन्य सहायक सूचकको आधारमा देशको विश्लेषण गरिएको छ । पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

आइपुगे चिनियाँ विदेशमन्त्री

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । सोमबार र मंगलबार नेपालको भ्रमणमा रहने विदेशमन्त्री वाङले यो अवधिमा बिभिन्न राजनीतिक व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणको तयारीका लागि वाङ नेपाल आएको भनिए पनि राष्ट्रपतिको भ्रमण भने हुने देखिन्न । यसअघि भारतको भ्रमणसँगै नेपालमा पनि छोटो समयका लागि शी आउने भनिएपनि भारतको भ्रमण नै तत्काल नहुने सम्भावना भएकोले नेपाल आउने सम्भावना टरेको कान्तिपुरको दावी छ । तर अक्टोबरमा तिब्बतमा हुने कार्यक्रममा शी आउने निश्चित भएकोले सोही समयमा नेपाल पनि भ्रमण गर्न सक्ने सम्भावना भने रहेको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि सेप्टेम्बर ९–१०९भदौ २३–२४० मा दिल्ली भ्रमणमा गएर भारत–चीन सीमा बैठकमा सहभागी हुने निश्चित भएपनि पछिल्लो परिस्थितिका कारण उनले भारत भ्रमण रद्द गरेका छन् । यसको साटो वाङ पाकिस्तान गएका हुन । शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री यी पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार अपरान्ह काठमाडौं आउन लागेका हुन् । यीले सोमबार बिहान ९ बजेपछि नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र स्रोतका अनुसार, सोल्टी होटलमा बस्ने विदेशमन्त्री यीसँग मन्त्रीस्तरीय संयन्त्र बैठक भने सोमबार अपरान्ह होटल याक एण्ड यति, दरबारमार्गमा बस्दैछ ।

१३ बालिकाको विद्यालय पढ्न जंगलमै वास

काठमाडौं । सुनकोसीवारि रामेछापका माझी बालिका बर्खाभर पारि जंगलछेउमा कटेरोमा बसेर सिन्धुलीको झाँगाझोलीस्थित विद्यालयमा पढ्छन् सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् । गाउँमा प्राविसम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि सुनकोसीपारि सिन्धुली जार्नैपर्ने भएकाले बालिकाहरू जंगलछेउमा कटेरो बनाएर बस्ने गरेका छन् । ६० परिवार माझी समुदाय बस्ने कोथवेका अधिकांश माझी बालक प्रावि तहबाटै अध्ययन छाड्छन् । धेरै पढेर सुन्दर भविष्य बनाउन कस्सिएका केही बालिका सिन्धुली सुनकोसी गाउँपालिका–३ झाँगाझोलीको गुटबजारस्थित श्री मावि पुग्नुपर्छ । तर, ८ र १० कक्षामा पढ्ने १३ बालिकालाई सुनकोसी किनारको जंगलछेउमा उभ्याइएको बारबन्देजविहीन कटेरोमा रात काटेर अध्ययन गर्न मुस्किल छ । कतिपयले त यही दुःखका कारण पढाइ छाडिसके । केही वर्षअघिसम्म नदी वारपार गर्न काठको डुंगा थियो । तर, थोत्रिएपछि नयाँ डुंगा बनाउन काठ नै नपाएको माझीहरू बताउँछन् । त्यसो त कोथवेबाट दुई घन्टाको दूरीमा पर्ने भिरपानी सित्खामा झोलुंगे पुल छ । तर, त्यहाँसम्म पुग्ने गोरेटो बाटो पहिरोले पुरेपछि गत वर्षदेखि अवरुद्ध छ । ‘हिउँदका वेला कोसीको पानी सङ्लो हुन्छ, ट्युबमार्फत वारपार गर्न खासै गाह्रो हुँदैन,’ कक्षा १० मा पढ्ने सुशीला माझीले भनिन्, ‘तर, वर्षात्का वेला नदीमा बाढी आउँछ । ट्युबबाट नदी तर्न सकिँदैन । त्यसैले हामी १३ जना साथी यही कटेरोमा बस्दै आएका छौँ । यहीँबाट विद्यालय आउजाउ गर्छौँ ।’ यी बालिकालाई शुक्रबार भने ट्युबमार्फत तारेर अभिभावकले घर लैजान्छन् । आइतबार बिहान फेरि कटेरोमा ल्याइदिन्छन् । यही वेला उनीहरूलाई हप्ताभर चाहिने खाद्यान्न र तरकारी पनि ल्याइदिन्छन् । बालिकाहरू कटेरोमै पकाएर खान्छन् । असारदेखि भदौसम्म यही दुःखमा उनीहरूको अध्ययन चल्छ । १० कक्षामा पढ्ने सुशीला माझी भन्छिन्–डरले रातभर निद्रा लाग्दैन बुबाआमा नदीपारि घरमा बस्नुहुन्छ । तर, कोसी सुसाएको आवाजले घरतिर कोही बोलेको सुनिँदैन । यता जंगलको छेउमा डरले रातभर हामीलाई निद्रा लाग्दैन । बीचमा को सुत्ने भन्ने विषयमा हरेक राति हामीहरूबीच विवाद नै हुन्छ । कोही पनि छेउमा सुत्न मान्दैनन् । जंगली जनावर र मान्छे दुवैको डर हुन्छ । ‘नेताहरूले आश्वासन मात्रै दिए’ तीनवटै तहको निर्वाचनका वेला नेताहरूले सुनकोसीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर, चुनावपछि कुनै पनि जनप्रतिनिधि माझी बस्ती नआएको कोथवेकी ज्ञानु माझीले बताइन् । ०३७ मा धार परिवर्तन गरी कोसी रामेछापको कोथवेतर्फ गएको थियो । त्यहीवेलादेखि उनीहरूको घर र खेतबारी वारिपारि भयो । अहिले बालिका बस्ने जंगलछेउका कटेरा उनीहरूकै बारीमा बनाइएका हुन् । केही माझीका कटेरा भए पनि बालिकाहरू एउटै कटेरोमा मिलेर बस्ने गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले माझी समुदायको सुविधाका लागि कोसीमा झोलुंगेपुल हाल्न गाउँपालिकाले पहल गर्ने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भारतीय सेनाद्वारा कश्मिरी जनतामाथि बर्बर अत्याचार !

भारत(प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसी समाचार सेवाले खुलासा गरेका छ । बिबिसीले सार्वजनिक गरेको समाचार यस्तो छ । बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए। तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो आरोपको पुष्टि गर्न सकेन। भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ। नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ। अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ।   के देखे बीबीसी संवाददाताले म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन्। मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ ( रातिराति गरिने फौजका कारबाही, कुटपिट र यातना। चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चोटपटक मलाई देखाए। एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो। दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्। ूउनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे,ू एक जनाले भने। उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रा मुखमा हिलो कोचे।ू “हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त ुपिट्नुको साटो बरु मारिदेऊु भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ।” अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ुढुङ्गा हान्नेहरूको नाम बताउनु भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हान्ने क्रम बढेको छ। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो। “मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए।” “अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ” उनले भने। ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए। बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए।

कश्मीर विवादः सेनाले यातना दिएको गाउँलेहरूको आरोप

काठमाडौं ।  भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताए। बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए। तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो आरोपको पुष्टि गर्न सकेन। आरोप अस्वीकार भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ। नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ। मोदीको प्रशंसा अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ। भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको भारतभरि स्वागत गरिएको छ र मानिसहरूले साहसी निर्णय लिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। उक्त कदमलाई मूलधारका सञ्चारमाध्यमले पनि समर्थन गरेका छन्। के देखे बीबीसी संवाददाताले सावधानस् तलका विवरण कतिपय पाठकका निम्ति विचलित पार्ने खालको हुनसक्छ म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन्। मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ – रातिराति गरिने फौजका कारबाही, कुटपिट र यातना। चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चोटपटक मलाई देखाए। एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो। दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्। उनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे, एक जनाले भने। उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रा मुखमा हिलो कोचे। हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त पिट्नुको साटो बरु मारिदेऊु भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ। अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ढुङ्गा हान्नेहरूको नाम बताउनु भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हान्ने क्रम बढेको छ। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो। मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए। अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ,  उनले भने। ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए। बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए। बिबिसी नेपाली सेवाबाट

कमजोर बन्दै मनसुनी गतिविधि

काठमाडौं, साउन ११ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताए । “मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर चलिरहने छ”, मौसमविद् अर्यालले भने । तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।