सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, चुनाब सर्ने प्रपञ्च असफल

काठमाडौं, कार्तिक १ । सर्वोच्च अदालतले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र हुनुपर्ने माग गर्दै दायर भएको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

नेपाल प्यालेस्टाइनसँग पराजित

काठमाडौं, असोज ८ । एएफसी यु–१६ च्याम्पियनसीप छनोट फुटबलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ ।घरेलु मैदानमा भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो । समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले पराजित भएको हो । सशस्त्र प्रहरीको मुख्यालय हल्चोक मैदानमा भएको खेलको १० मिनेटमै बृजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर त्यसपछि नेपालले २८ औं र ७५ औं मिनेटमा गोल खायो । यसअघि नेपालले भारतसँग बराबरी खेल्दा इराकसँग हार बेहोरेको थियो भने प्यालेस्टाइनले दुवै खेल हारेको थियो । यता, इराक समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेको छ । नेपाल र प्यालेस्टाइनलाई हराएको इराकले भारतसँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा रहेको हो । १० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिने छन् ।

नयाँ नेपालकाे नयाँ बाटो !

म्याग्दीको बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरसाइकल तार्दै यात्रु । बेगखोलाको बाढीका कारण माेटारसाइकलले यात्रु नभइ यात्रुले माेटरसाइकल तान्नुपर्छ यहाँ । तस्बिर :  सन्तोष गौतम, म्याग्दी

राष्ट्रिय बाल दिबशको पूर्वसन्ध्यामा दिप प्रज्वलन

काठमाडौं, भदौ २९ । राष्ट्रिय बाल दिबश २०७४को पूर्वसन्ध्यामा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले दिप प्रज्वलन गरेको छ। काठमाडौंको सिनामंगल स्थित पार्कमा रहेको वाल स्तम्भमा बुधवार वेलुकी दीप प्रज्वलन गरिएको हो। नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य बिबिध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा गरिएको हाे । दीप प्रज्वलन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिभिन्न समयमा ज्यान गुमाउन बाध्य बालबालिकालाई श्रद्धाञ्जली दिर्इन । आउने दिनमा कुनै पनि बालबालिकालाइ अकालमा ज्यानै जानसक्ने अबस्थाको अन्त्य गर्दै यसका लागि राज्यले सोही अनुरुपको नीति बनाउने उनकाे अाश्वाशन छ । नेपालमा २०२२ सालबाट राष्ट्रिय बाल दिबश मनाउन शुरु गरिएको थियो। नेपालले गणतन्त्र स्थापना पछि भने बालअधिकार सम्बन्धी महासन्धीलाइ अनुमोदन गरेको मिती १९९० सेप्टेम्बर १४ दिनलाई राष्ट्रिय बालदिवशका रुपमा मनाउँदै आएको छ। अाज बिहिवार को बिहान ११ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा एक कार्यक्रम गरी राष्ट्रिय बालदिवश मनाइने मन्त्रालयले र बालकल्याण समितीले जनाएको छ।

उर्लाबारीमा निशानका हजारौ फ्यानहरुले भव्य स्वागत गर्दै, आज दमकको पालो

उर्लाबारी, भदौ २८ । पहिलो पटक नेपालमा आयोजना गरिएको ‘नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लाबारीका गायक निशान भट्टराईलाई गृहनगरमा भव्य स्वागत गरिएको छ। मंगलबार गृहनगर आइपुगेका निशानलाई हजारौँ समर्थकहरूले भव्य स्वागत गरेका हुन् । ‘निशान भट्टराई जिताऔँ अभियान’ ले उर्लाबारी चोकमा आयोजना गरेको स्वागत कार्यक्रममा निशानले गीत प्रस्तुत गर्दै भोट मागेका छन् । पूर्वबाट नेपाल आइडल बनाउन आह्वान गर्दै उनले आफूलाई जतिसक्दो बढी भोट गरी जिताउन अपिल गरेका छन् । गृहनगरमा आउँदा आफूले अत्यधिक माया र सम्मान पाएको बताउँदै उनले सबैलाई धन्यवाद दिए। आफूलाई नेपाल आइडल बनाउन अपिल गर्दै उनले आफ्नो खुसी उर्लाबारीवासी माझ बाँडेका थिए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले निशानलाई स्वागत गर्दै नगरवासीहरूलाई भोटका लागि आह्वान गरे । नेपाल आइडलका नाममा सामाजिक सञ्जालमा फेक आईडी बनाएर जातीय सद्भाव भड्काउने काम भइरहेको भन्दै त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्। त्यस्तै, अभियानका संयोजक चन्द्रबहादुर भट्टराई ९भरत०ले निशान प्रतिभाशाली गायक भएकाले सबै एकजुट भएर भोट गर्नुपर्नेमा जोड दिए । निशानले मंगलबारै विराटनगर, इटहरी, खोर्साने, पथरी, उर्लाबारी–३ मंगलबारे र उर्लाबारी–४ आइतबारेमा पनि हजारौँ संख्यामा समर्थक तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन् । उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए । युवापुस्तामा निशानको ‘क्रेज’ निकै देखिएको थियो । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पनि निशान पूर्वका शान भएकाले सबैले एकजुट भएर भोट गरी जिताउनुपर्ने बताएका छन् । उनले महानगरवासीहरूलाई निशानका लागि भोटको आह्वान गर्दै आफ्नोतर्फबाट पनि भोट गर्ने प्रतिबद्धता जनाएका छन्। निशानले विराटनगरमा बाढीपीडित विद्यार्थीहरूलाई शैक्षिक साम्रगीसमेत वितरण गरेका छन्। त्यस्तै, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पनि निशानलाई जिताउन आह्वान गरेका छन् । इटहरीमा निशानले हजारौँ दर्शकको सहभागितामा आफ्नो प्रस्तुति दिनुका साथै भोट मागेका थिए। दर्शकहरूको क्रेजलाई थाम्न नसकेर निशानलाई प्रहरी कार्यालय पुर्‍याइएको थियो। प्रहरीको सहयोगमा उनलाई गाडीमा हालेर उर्लाबारीतर्फ ल्याइएको थियो।

सामानै पिच्छे ठगिन्छन उपभोक्ता

अछाम, भदौ २५ । अछामका बिभिन्न बजार क्षेत्रका ब्यापारिहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाईएको छ । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, जयगढ बजार, बिनायक बजार, कमलबजार लगायतका बजारमा उपभोक्ता ब्यापक ठगिने गरेको खुलेको छ । यहाँका ब्यापारिहरुले मसला देखी मदिरा सम्म म्याद गुज्रिएको बिक्रि गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन । हालै जिल्ला प्रशासन कार्यालयले जिल्लाको साँफेबगरमा गरेको बजार अनुगमनवाट ब्यापारिहरुले महिनौं र वर्षौ अघि म्याद गुज्रिएका खाद्यबस्तु र मदिरा बिक्रिका लागि राखिएको अवस्थामा बरामद गरिएको छ । अधिकाँश ब्यापारीले मूल्यसूची नै नराखेको पाईएको छ । उपभोक्ताले किन्ने हरेक बस्तुमा ठगी भईरहेको अनुगमन समिती संयोजक तथा सहायक प्रजिअ तुलबहादुर काउचाले बताए । साँफेबगरका खुद्रा पसल देखी होलसेल पसलवाट समेत लामो समय अगि म्याद सकिएका तयारी खाद्यबस्तु बरामद गरि नष्ट गरिएको अनुगमन समितीले जनाएको छ । सहायक प्रजिअ काउचाले भने “यतिसम्म की २०६९ सालमै म्याद सकिएको (अफिसर च्वाईस नामक) मदिरा समेत बिक्रि बितरणका लागि राखिएको पाईयो ।” कतिपयले फर्म नै दर्ता नगरी मदिरा लगायत खुद्रा ब्यापार गरिरहेका उनले बताए । साँफेबगरवाट एक गाडी म्याद गुज्रिएको (अखाद्य) सामग्री बरामद गरी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनको प्राङगणमा साँफेबगरवाट जफत गरिएको अबैध र म्याद गुज्रियको ५ पेटी मदिरा सहित, खैनी, मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेञ्चुरी, सुनपापडी, चिउरा, भुजा, पापड, बिष्कुट, लोसन आदि खाद्य सामग्रि सरोकारवालाको रोहबरमा जलाएर नष्ट गरिएको छ । यस्तै ७० केजी भानु नून, ५ वटा ढक तराजु र ३ वटा सुन तौलिने डिजिटल तराजु भने मुचुल्का बनाई प्रशासनमा राखिएको छ । उक्त सामान गुणस्तर तथा नापतौलि बिभाग र साल्ट ट्रेनिङ कर्पोरेसन संग समन्वय गरि जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालयको भनाई छ । यसअघि जिल्ला सदरमुकाम मंगलसेनमा गरिएको बजार अनुगमनका क्रममा ३ गाडी म्याद गुज्रियका खाद्यपदार्थ बरामद गरि नष्ट गरिएको थियो । सबैभन्दा धेरै ठगी नापतौलबाट हुन्छ ब्यापारिहरुले सबैभन्दा बढी ढक तराजु मार्फत उपभोक्तालाई ठग्ने गरेका छन । वर्षौ पहिले देखी प्रयोग भैरहेका ढक तराजु मार्फत तौलमा कमी गरि सामान बिक्रि गर्ने गरेको अनुगमन समितीको भनाई छ । खिया लागेका प्रयोग नै गर्न नमिल्ने खालका ढक तराजु प्रयोग गरेर उपभोक्ता ठगिने गरेका छन । समितीले साँफेबगरवाट मात्रै ५ वटा ढक तराजु जफत गरेको छ भने प्रयोग गर्नै नमिल्ने ३ वटा सुन तौलिने डिजिटल काटा जफत गरेको छ । सुन तौलिन प्रयोग हुने डिजिटल काटामा ब्यावसायिहरुले बढी बदमासि गर्ने गरेको जनाईएको छ । गुणस्तर तथा नापतौल बिभागले प्रणीत नगरेका डिजिटल तराजुवाट दैनीक उपभोक्ता ठगिने गरेका हुन । नापतौलमा ठगी गर्नेमा सबैभन्दा बढी मंगलसेन र साँफेबगरका ब्यापारिहरु रहेको जनाईएको छ । सुनचादी पसल र खाद्यान्न तथा किराना पसलहरुमा यस्तो खाले बदमासि बढी हुने गरेको अनुगमनकर्ताले बताएका छन । ब्यापारिले डिजिटल काटावाट पनि केही ग्रामको तलमाथि गर्दै सुनमा समेत उपभोक्तालाई ब्यापक ठग्ने गरेको सहायक प्रजिअ काउचाले बताए । अनुदानको नून पनि पसलमा बिक्रि हुन्छ अछाममा अछामका प्राय बजार क्षेत्रमा नेपाल सरकारले अनुदानमा उपलब्ध गराँउने भानु नुन बिक्रि बितरण हुने गरेको छ । साल्ट ट्रेनिङ कर्पोरेशन मार्फत यहाँका उपभोक्ताहरुलाई प्रति केजी ९ रुपैयाँमा बितरण हुने नुन खुद्रा पसलेहरुले बिक्रिका लागि राखेको पाईएको छ । उक्त नुन केजीको २० देखी २५ रुपैयाँ सम्ममा उपभोक्ताले किन्ने गरेका छन । आयो नुन सबै उपभोक्ताको पहुंचका लागी साल्ट ट्रेनिङले सहकारी मार्फत बितरण गरेपनी सहकारीले ब्यापारिलाई बेच्ने गरेका कारण अनुदानको नुनमा पनि उपभोक्ता ठगिने गरेका हुन । बदमासि गर्ने ब्यापारिलाई मुद्धा उपभोक्ता ठगी गर्ने ब्यापारिहरुलाई गुणस्तर तथा नापतौल बिभागले मुद्धा समेत चलाएको छ । साँफेबगर र मंगलसेन बजारका १३ जना ब्यापारि उपभोक्ता ठगीको अभियोगमा बिभागवाट मुद्धा खेपिरहेका छन भने यस अगि ढक तराजुमा तलमाथि गर्ने मंगलसेनका ११ जना ब्यापारिलाई पनी कारबाही गरिसकिएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले १ जना ब्यापारि अखाद्य बस्तु बिक्रि गरेर उपभोक्ता ठगेको केसमा मेद्धा खेपीरहेका बजार अनुगमन समितीले जनाएको छ । पछिल्लो समय अछाममा बजार अनुगमनलाई कडाईका साथ अगि बढाईरहेको जिल्ला स्तरीय बजार अनुगमन समितीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने, उपभोक्तावाट ब्रह्मलुट गर्ने र हरेक बहानामा बदमासि गर्ने ब्यापारिलाई तह लगायरै छाड्ने बताएको छ । पछिल्लो २ महिनाको अवधिमा जिल्लाका मुख्य ब्यापारिक क्षेत्रमा अनुगमन गरिसकेको समितीले अव थप प्रभावकारी ढंगले अनुगमन गर्ने बताएको छ । समिति संयोजक काउचा भन्छन “दशैं तिहार भीत्र अछामका सबै क्षेत्रमा सघन रुपमा बजार अनुगमन हुन्छ र बदमासि गर्ने जो कोहीलाई पनी कानून अनुसार कारवाहि गरिनेछ ।” सदरमुकाम र मुख्य ब्यापारिक केन्द्रमै उपभोक्ता हरेक सामानमा ठगिरहदा त्यहाँवाट साना बजारमा जाने सामानवाट उपभोक्ता कति ठगिन्छन होला ? मुख्य बजारमै म्याद गुज्रियका र अखाद्य बस्तु भेटिँदा गाँउ गाँउका किराना पसलवाट नागरिकले कसरी गुणस्तरीय उपभोग्य सामान प्राप्त गर्छन होला ? यो गम्भीर बिषय भएको उनको भनाई छ । अनुगमनबाट भएको परिर्वतन प्रशासन र जिल्ला स्तिरीय बजार अनुगमन समितीले अनुगमनमा कडाई गरेपछी अहिले जिल्लाको ब्यापारिक केन्द्र जयगढमा भने केही सुधार भएको छ । उक्त बजार आउदा जाँदा समेत बाटोमै पर्ने भएकाले ब्यापारिहरुलाई सुध्रिनका लागि बेला बेलामा चेतावनि दिने गरेकोमा हाल ब्यापारिहरुले दर्ता प्रमाणपत्र, मुल्यसूचि सबैले देख्नेगरी राखेको पाईएको छ । ढक तराजुको ब्यावस्थापन तथा बजारको सरसफाईको अवस्था सुध्रिदै गएको सहायक प्रजिअ काउचाको भनाई रहेको छ । (फोटो क्याप्सन ः जिल्ला स्तरिय अनुगमन टोलिले साँफेबगर बजारवाट जफत गरेको म्याद गुज्रियको र अबैध खाद्यपदार्थ नष्ट गरिदै । तस्विर ः होम साउद )

अष्ट्रेलियन र अंग्रेजी भाषा अभ्यासका लागि सेमिनार

चितवन, २५ भदौ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । असोज तीन गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार राखेको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिएका छन् । प्रवेश निःशुल्क रहेको सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने सेमिनार प्रबन्ध निर्देशक सिंहले बताए । सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उनले बताए । कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा हजारौँको सहभागी रहने बताईएको छ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

जनता ठग्न पाउँ भन्दै व्यापारीहरु अान्दाेलनमा !

चाडपर्वका बेला सरकारी अनुगमन छापामार शैलीमा गरेको भन्दै दरवारमार्गका व्यापारीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सरकारी अनुगमनविरुद्ध सबै पसलहरु बन्द गरेका छन् । गत सोमबार आपूर्ति मन्त्री शिवकुमार मण्डलको अगुवाइमा अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरियो । २४ सयको जुत्तालाई २४ हजारमा विक्री गरिएको प्रमाण फेला पारिएको अनुगमन टोलीले जनाएको थियो । त्यस्तै अनुगमनका क्रममा एक सय रुपैयाँ मूल्य पर्ने मोजा २ हजार ४ सय र २ हजार ६ सय मूल्य पर्ने जुत्ता २६ हजार रुपैयाँसम्ममा बेचेको भेटिएको थियो । बुधबार पनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त क्षेत्रमा पुन अनुगमन गर्न थालेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् । ब्रान्डेड र महंगो सामान गरिद विक्रीका लागि निकै चर्चित उक्त ठाउँमा व्यापारीले ग्राहकसँग मनपर्दी रकम असुल गर्दै आएका थिए । कालोबजारी ऐन २०३२ अनुसार बस्तु कारोबारमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर महंगो सडरभाडा, कर्मचारी खर्चलगायत अन्य खर्च समेत पसलबाटै व्यहोर्नु पर्ने भएकाले सरकारले तोकेको २० प्रतिशत नाफाले नपुग्ने कारण देखाउँदै केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकार गरेका छन् । सम्पूर्ण खर्च, आम्दानी हेर्ने हो भने २० प्रतिशत नै नाफा रहन आउने गरेको उनीहरुको भनाई छ । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ । आफूहरुले कालोबजारी नगरेको दावी गर्दै व्यापारिहरुले २० प्रतिशत मात्रै मार्जिन राखेर दरवारमार्गमा व्यापार गर्न नसकिने चोटिलो जवाफ पनि दिए । २० प्रतिशत नाफाले नपुगेका कारण केही मूल्य वृद्धि गरिएको व्यापारिले स्वीकारका छन् । केही मूल्य वृद्धि भनेकाे पनि २३ गुणा हुन्छ त ? भन्ने अनुगमन टाेलीकाे प्रश्न छ । दरवारमार्ग क्षेत्रका व्यापारीको साझा संस्था दरवारमार्ग विकास बोर्डले उचित मूल्यमै बस्तुको कारोबार गरेको दावी गरेको हो । बोर्डका अध्यक्ष गोपाल कक्षपतीले व्यापारीले कानूनसम्मत ढंगबाट व्यापार गरिरहेको अवस्थामा सरकारले हस्तक्षेप निम्त्याएर आतंकित पारेको आरोप लगाए । चाडपर्वको समयमा उपभोक्तालाई सेलअफरका नाममा ठगी गरेको भन्दै सोमवारदेखि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरवारमार्गका नाम चलेका पसलहरु अनुगमन गरी सिल लगाएको हो । अत्यधिक महंगो मूल्य असुलेको, बिलविजक र आवश्यक कागजात पेश गर्न नसकेको लगायतका कारण देखाउँदै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पसल बन्द गराएको हो । अनुगमनका क्रममा दरवारमार्ग क्षेत्रका व्यापारीहरुले २३ गुणासम्म महंगो मूल्य लिएर उपभोक्ता ठगेको विभागले जनाएको छ । बुधबार सरकारी टोलीले अनुगमन गर्दैगर्दा दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको ग¥यो । त्यहाँ १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको अनुगमन टोलीका विभाग अधिकृत श्री अधिकारीले जानकारी दिए । दरवारमार्गका व्यापारीहरुको यस्तो मनोमानीलाई रोक्न सरकारले बुधबार पनि दुई वटा सटरमा सिल गरेको छ । अस्वाभाविक मूल्य असुल्ने नाइक, स्टोर वान, बेन्टले, पुमा, एमजीएम इन्टरनेसनल, वाच एण्ड सी, रिवक, सुलक्स, लिवाइज, लाइन्स स्टाइलमा सिलबन्दी गरिएको छ । व्यापारीहरुले भने चाडपर्वको मुखमा सरकारले यसरी छापामार शैलीमा व्यापारिहरुलाई तर्साउन अनुगमन गरेको र यो गलत भएको बताएका छन् । त्यहाँका सम्पूर्ण पसलहरु बन्द गर्दै व्यापारिहरु विरोधमा उत्रिएका छन् । सोमवारदेखि सुरु गरेको विभागको बजार अनुगमन गलत भएको भन्दै दरवारमार्गका झण्डै ८० वटा पसलहरु अहिले बन्द रहेका छन् । व्यापारिहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । सरकारी टोलीले पसलमा लगाएको सिलबन्दी फुकुवा नभएसम्म आन्दोलन जारी राख्ने व्यापारिहरुले बताएका छन् । दरवारमार्ग विकास बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा यसरी सरकारले एक्कासी अनुगमन गरी पसलहरुमा सिलबन्दी गर्नाले व्यापारिहरुको लगानी डुब्ने खतरा रहेको दाबी गरेका छन् । बोर्डले सरकारी अनुगमनको वैधतामा समेत प्रश्न उठाएको छ । अनुगमन र सिलबन्दी कानूनसम्मत नभएको विज्ञप्तीमा उल्लेख छ । उता विभागले भने कानूनसम्मत नै अनुगमन गरेको अनुगमन जारी रहने पनि जनाएको छ ।

भिरबाट लडेर महिलाको मृत्यु

बैतडी, भदौ २३ । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिनुभयो । मृतक महिलाकोे शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ । बेवारिशे शव फेला यसैबीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा बिहीबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । मृतक पुरुषको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । गहुँगोरो वर्ण भएको पुरुषको उक्त शवको सनाखत भने हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो ।

चन्द्रपुर नगरपालिकाको मेयरमा ओली र नेपालका दुई आधिकारीक उम्मेदवार

रौतहट, भदौ २१ । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका दुई नेताले पार्टीको आधिकारिक टिकट लिएर आएपछि कार्यकर्तामा अन्यौल छाएको छ । उम्मेदवारद्वय उद्दव रेग्मी र बाबुराम दाहाल दुवैले टिकट लिएर गएपछि कार्यकर्ता आक्रोशित भएका छन् । दुवैले प्रदेश नम्बर २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलको हस्ताक्षरमा पार्टीको आधिकारीक टिकट पाएका छन । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्लामा यस्तो अन्यौल भएपछि कार्यकर्ता रुष्ट भएका छन् । टिकट लिएकामध्ये दाहाल माधव नेपाल पक्षका हुन् भने रेग्मी पार्टी अध्यक्ष केपी ओली शर्मा पक्षका हुन् ।

माओवादी केन्द्रले लगायो उम्मेदवारको टुंगो, नामवलीसहित

काठमाडौं, भदौ २० । २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको चुनाबका लागि नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । तर उम्मेदवारको  टुंगोप्रदेशले लगाई सकेको भएपनि केन्द्रीय कार्यालयमा सबैको नामवली प्राप्त भई नसकेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट तय गरिएका उम्मेदवारहरुको नामवली : १. बीरगञ्ज महानगरपालिका रहबर अन्सारी मेयर २. राजबिराज नगरपालिका अनिस अन्सारी मेयर ३. हनुमान नगर नगरपालिका राहुल मण्डल मेयर हनुमान नगर नगरपालिका चित्रादेवी कामठ उपमेयर ४. कञ्चनपुर नगरपालिका बन्सी चौधरी मेयर ५. सप्तकोशी नगरपालिका ध्रुव कार्की मेयर ६. सम्भूनाथ नगरपालिका दानालाल चौधरी मेयर ७. सम्भूनाथ नगरपालिका सुमिता साह उमपेयर ८. सुरुङ्गा नगरपालिका हरिनारायण चौधरी मेयर सुरुङ्गा नगरपालिका लक्ष्मी चौधरी उपमेयर ९. खडक नगरपालिका जयप्रकाश चौधरी मेयर खडक नगरपालिका चन्द्रश्वेरी मण्डल उपमेयर १०. महादेवा नगरपालिका तारणी तिवारी मेयर महादेवा गाउँपालिका उर्मिला यादव उपाध्यक्ष ११. तिरहुत गाउँपालिका दिनेश यादव अध्यक्ष तिरहुत गाउँपालिका लालबोइन सर्दार उपाध्यक्ष १२. शोवरण गाउँपालिका बचन चौधरी अध्यक्ष १३. रुपनी गाउँपालिका मुस्तिकन रायन अध्यक्ष १४. बेलही टटेना गाउँपालिका महमद इब्राहिम मिया अध्यक्ष १५. तिलाठी कैलाली गाउँपालिका मुन्नेलाल मुखिया अध्यक्ष १६. छिन्नमस्ता गाउँपालिका जपप्रकाश यादव अध्यक्ष १७. बङ्गाहा गाउँपालिका छत्रनारायण यादव अध्यक्ष बङ्गाहा गाउँपालिका चन्डेश्वरी राम उपाध्यक्ष १८. महादेवा गाउँपालिका (ख) शिबनारायण यादव अध्यक्ष १९. चन्द्रनिगाहापुर नगरपालिका युवराज भट्टराई मेयर २०. बिन्द्रावन नगरपालिका रामप्रसाद पटेल मेयर २१. गजरा नगरपालिका पलट चौधरी मेयर २२. कठरिया नगरपालिका शियाराम कुसबाहा मेयर २३. पटुवा विजयपुर नगरपालिका सुरेन्द्र यादव मेयर २४. मौलापुर नगरपालिका रिनाकुमारी साह मेयर २५. देवाही गोनाही नगरपालिका प्रेमलाल साह मेयर २६. माधव नारायण नगरपालिका देवनारायण भगत मेयर २७. बरुवा नगरपालिका बरुण जैसवाल मेयर २८. बैदिमाई नगरपालिका त्रिभूवन साह मेयर २९. रायदेवी नगरपालिका राजेश साह कानु मेयर ३०. दूर्गा भगवती गाउँपालिका सम्भू सिंह अध्यक्ष ३१. यमुना माई गाउँपालिका श्रीप्रसाद मूखिया अध्यक्ष

रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी, भदौ १८ । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ । गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ। पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ । त्यस्तै वर्षात्मा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

भीमदत्तनगर, भदौ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिनुभयो । सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा शंका व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।” उहाँले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित माग गर्नुभयो । उहाँले आगामी दिनमा मेची महाकाली जागरण अभियान, सात वटै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको जानकारी दिनुभयो ।

न्यूर्योकमा नेपाली चलचित्रको ब्यवसायीक प्रर्दशन हुने

बाल कृष्ण भट्ट न्यूयोक । अमेरिकामा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषिहरुलाई लक्षित गरी नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शन हुने भएको छ । हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आईतवार प्रर्दशन गरिने आयोजक तथा संञ्चालक पवन योन्जनले जानकारी गराएका छन् । हप्तामा चारवटा शो रहने बताईएको उक्तप्रदर्शनमा ६५० जना दर्शक क्षमता रहेको हलमा गरिने छ । ब्यवसायिक प्रदशनी भनिएको यहाँ नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ । पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले हामीलाई जानकारी दिए ।

क्रान्तिकारीको अध्यक्षमा रन्जित २४ मतले अगाडी, हेराैँ अन्यत्र कसले कहाँ जिते

काठमाडौं,भदौ १६ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ । पछिल्लाे मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडी  छन्।  ७१७ मत गन्दा अध्यक्षमा रन्जितकाे ३४८ र अनिल शर्माकाे ३२४ मत रहेकाे छ । यस्तै उपाध्यक्षतर्फ तिलक भण्डारीकाे २२२, पुरन केसीकाे २५७, सुरेन्द् बस्नेतकाे ३२२,उद्धव भट्टरार्इकाे २४२,विजय गाैत्तमकाे १८७  मत अाएकाे छ । बुधबार राति मतदान सम्पन्न भएको थियो । नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गतेबाट काठमाडौँमा अधिवेशन भएको थियो । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुदैछ । दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले मतदान गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझसम्म मतगणना सकिने छ ।

नेपालको पूर्वाधार विकासमा भारत र चीनबीच प्रतिस्पर्धा !

काठमाडौं, भदौ ११ । नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको हो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालको विकासमा दुई छिमेकी नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । ‘चीनले भन्दा छिटो काठमाडौंमा रेल ल्याउन अब भारत लाग्छ ।’ १० वर्षभित्र उत्तर दक्षिण रेलले जोडिन्छ’, उनले भने, ‘नेपालले ओविओआरमा हस्ताक्षर गरेपछि खुलेको सम्भावनाको ढोकालाई अहिलेको भ्रमणले थप उचाइमा पुर्‍याएको छ ।’ संयुक्त प्रेस विज्ञप्तिको २२ औं नम्बरमा बुटवल(पोखरा सडकलाई एक्सप्रेस सडकु का रूपमा विकास गर्ने योजना छ । चीनको विशेष चासो रहेको पोखरालाई पछिल्लो दिनमा भारतले विशेष महत्व दिँदै आएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी १९ कात्तिक ०७३ मा पोखरा पुगेका थिए । सन् १९६२ मा भारत(चीन युद्धभन्दा पहिला तिब्बत-भारत हिमाल पार व्यापारको केन्द्र रहेको पोखरामा भारतीय सेनाको पेन्सन क्याम्प छ । कोराला नाकाको प्रवेशद्वार रहेका कारण यसअघि चीन भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले पोखरामा क्षेत्रीय विमानस्थल निर्माण, किमाथांका(खाँदबारी-धनकुटा सडकको विस्तृत परियोजना प्रतिवेदन, रसुवागढी-काठमाडौं रेलमार्ग, काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ सरकारलाई आग्रह गरेका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा विमानस्थल निर्माणको काम थालिएको छ । चीनले कोरालाबाट पोखरा, लुम्बिनी हुँदै भारतको गोरखपुरसम्मको बजारलाई ध्यानमा राखेर पोखरा लुम्बिनी रेलमार्गमा चासो दिएको हो । बुद्धधर्म मान्ने चिनियाँका लागि यो मार्ग धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । भारतले यही मार्गलाई एक्सप्रेस सडकका रूपमा विकास गर्न चाहेको हो । सरकारले चीनलाई सिगात्से केरुङ, काठमाडौंं, पोखरा लुम्बिनीसम्मको रेलमार्गका लागि प्याकेजमा राखेर निर्णय गर्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले भारतलाई मेची-महाकाली रेलमार्ग निर्माणका लागि आग्रह गरिएको बताए । उनले भने, ‘हामीले चीनलाई कोदारी राजमार्ग खुलाउने काममा सहयोग गर्न भनेका छौं । पूर्वाधार विकासका क्षेत्रमा रेलमार्ग र सुरुङमा उनीहरूले काम गर्न सक्ने गरी परियोजना बताएका छौं । परियोजना पाइनँ भन्ने अवस्था अब छैन ।’ चीनले बनाएको कोदारी राजमार्ग भूकम्पका कारण क्षति भएको छ । तातोपानी आसपासमा फ्री तिब्बतीयन गतिविधि बढेको भन्दै चीनले सन २०१२ मा केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने घोषणा गरेको थियो । सरकारले तातोपानी नाका खोलेर कोदारी राजमार्गलाई स्तरोन्नतिको कामसँगै चिनियाँलाई रेल निर्माणको काममा लगाउने सोच बनाएको छ । ‘कोदारी राजमार्गलाई भारतले समेत पारवहन मार्गका रूपमा प्रयोग गर्न मागेको हो,’ परराष्ट्रविद् श्रेष्ठले भने, ‘भारत र चीन नेपालको विकासमा सँगसँगै आउन सक्छन् । ओविओआरमा भारतको विरोध छैन । भारतको विरोध चीन-पाकिस्तान आर्थिक करिडोर मात्र हो ।’ पाकिस्तान नियन्त्रित कास्मिर हुँदै अगाडि बढ्ने उक्त करिडोरमा आफ्नो सुरक्षा संवेदनशीलता सम्बोधन नभएको गुनासो भारतले गर्दै आएको छ । प्रधानमन्त्री देउवाको भ्रमणका बेला भएको संयुक्त विज्ञप्तिमा नेपाललाई ट्रान्जिट बनाउने कुरा उल्लेख छ । विज्ञप्तिमा ३३ औं बुँदामा भनिएको छ, ‘नेपालमा ठूलो मात्रामा कार्गो लैजाने र नेपाललाई ट्रान्जिट बनाएर यातायातका साधन चल्न दिइनेछ ।’ नेपाललाई ट्रान्जिट बनाएर भारतले ठूलो मात्राको कार्गो कहाँ लैजाने भन्ने विषयमा विज्ञप्ति मौन छ । संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले भारतीय मौनताको अर्थ नेपालको बाटो भएर चीनसम्म जान देऊ भनेको बताए । ‘हामीले भारतका गाडी चीनसम्म र चीनका गाडी भारतसम्म आवतजावत गर्ने अवसर दिनुपर्छ,’ उनले भने, ‘कनेक्टिभिटीबाट उनीहरूले फाइदा उठाउँदा फाइदा भयो कि भएन भनेर हामीले हेर्ने हो ।’ नेपालको भूमिलाई ट्रान्जिटका रूपमा प्रयोग गर्न अहिले दुवै देश लालायित छन् । यसका लागि उनीहरूले नेपालको पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्ने बाटो खोज्न थालेका हुन् । -अन्नपूर्णपोष्ट दैनिकबाट