‘मिस एसईई २०१७’ को ताज दिपीकालार्इ
काठमाडौं, जेठ २१ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहरेइकी छिन् ।
शनिबार राती अबेरसम्म ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न सफल भएकी हुन् ।
त्यस्तै प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काकरभिट्टाकी अरुणरिद्धी राई बनिन् । बिजेताले नगद ५० हजारसहित कक्षा ११–१२ अध्ययनका लागि पूर्ण छात्रवृति प्राप्त गरिन् भने फस्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगदसहित छात्रवृति हासिल गरेका ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ ।
ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापाको ग्राण्ड फिनालेको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटालाई हस्तान्तरण गरेका छन् ।
उक्त रकम एक्स्पर्ट मिस एसईई झापाका प्रतिस्पर्धीहरुले बिर्तामोडमा चटपटे, पानीपुरीलगायतका अन्य खाजाका परिकारहरु बिक्री गरेर संकलन गरिएको संस्थाकी अध्यक्ष निशा खड्काले जानकारी दिएको छ ।
साथै उक्त अवसरमा रगतमा इन्फ्याक्सन भई उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया हस्तान्तरण गरिएको छ ।
मृत मृगसहित दुई पक्राउ
पोखरा, वैशाख १६। जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । माछापुच्छे गाउँपालिकाबाट पोखरातर्प ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ ।
सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव
लुम्बिनी, वैशाख १४ । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् । भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ । मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । भारतरबाट आयात गरिने किलिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाइ गरिएपछि नेपाली सिमेन्ट उद्योग सङ्कटमा परेका हुन् । किलिङ्कर, फलाइएस, जिपसनलगायत कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतमाथी निर्भर बन्नु परेको छ । भारतको मात्रै भर परेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा विभिन्न सङ्कट बेहोर्ने गरेका छन् । अन्डर लोडिङका कारण भारतबाट विगतको तुलनामा झन्डै ६० प्रतिशत कम कच्चा पदार्थ आयात हुने गरेका कारण यहाँका उद्योगी मारमा परेका सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित अग्रवाल बताउनुहुन्छ । कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानी दर बढेको भन्दै उद्योगले पहिलाको तुलनामा आठदेखि १० प्रतिशतसम्म सिमेन्टको मूल्यमा वृद्धि गरेका छन् । “भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” अग्रवालले भन्नुभयो । भारतको सरदारनगरबाट चार हजार टन कच्चा पदार्थ नेपाल ल्याउनका लागि ८०-९० वटा ट्रक भए पुग्नेमा अहिले झन्डै १५० देखि २५० वटा ट्रक आवश्यक पर्ने भएको छ । “अन्डर लोडिङसँगै ट्रकको अभाव देखिएको छ,” उहाँले भन्नुभयो– “यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ ।” कच्चा पदार्थको अभावका कारण रुपन्देहीका केही उद्योगले उत्पादन बन्द गरेका छन् । नेपालमा थर्मलप्लान्ट उद्योग नभएका कारण फ्लाइएसका लागि भारतसँग निर्भर रहनुपरेको छ । सरदारनगरमा मात्रै रहेको र्याक प्वाइन्टलाई सरकारको पहलबाट भारतका अन्य स्थानमा पनि सार्नुपर्ने उद्योगीको माग छ । कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योगका गोदाम खाली भएका छन् । पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना ट्रकको अभावसँगै ढुवानी लागत समेत बढेको बताउनुहुन्छ । यस्तै भारतले बिएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि ट्रकको अभाव भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले बताउनुभयो । उहाँले बजारमा बिएस फोरका गाडी आइनसकेका र बिएस थ्रिका गाडी दर्तामा रोक लगाएपछि गाडीको अभाव देखिएको बताउनुभयो । बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधारणले निर्माण गर्दै गरेका घर बीचमै रोक्नुपर्ने अवस्था आएको छ ।
राजश्व छलीबारे लेखा समितिको चासो
काठमाडौ,बैशाख १४ । राजश्व छलीबारे ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले चासो देखाएको छ । संसद सचिवालय सिंहदरवारमा समितिको बैठक सुरु भएको छ । बैठकले भारत लगायतका मुलुकबाट निर्यात भैरहेका बस्तुमा ब्यापक राजश्व छली भैरहेकोमा सरकार र संवन्धित निकायको ध्यानाकर्षण गर्नेछ ।
महानगरका प्रमुख र उप–प्रमुख पदमा सिफारिस गर्न मतदान
पोखरा, वैशाख ९ । नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रकृयाबाट तीन-तीन जनाको नाम सिफारिस गरेको छ । गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ सुवेदीलाई प्राप्त मतका आधारमा सिफारिस गरिएको हो । त्यस्तै नगर उपप्रमुख पदमा पार्टीका उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारीलाई पनि मतदान प्रक्रियाबाट सिफारिस गरिएको हो । सो मतदान प्रक्रियामा पार्टीका महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गर्नुभएको थियो । यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए । सिफारिसमा परेका दाबेदारलाई जिल्लाले प्रदेशमा र प्रदेशको सिफारिसमा स्थायी कमिटीले उम्मेदवार तोक्ने जिल्ला कमिटीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
बाढीपीडितलाई रु बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा
बर्दिया, वैशाख २ । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । बाढीले तीन हजार ८५९ घर पूर्णरुपमा क्षति पु¥याएका थिए भने १३ हजार ५१७ घरमा आंशिक क्षति पु¥याएका थिए । अहिले सामान्य र आंशिक क्षति हुने आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाइ उठीबास भएर शिविरमा नै बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगरिँदा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुनसकेको छैन । अन्य शिविरमा रहेकाको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउछन् सविन्द्र शाही । बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढीपहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासदहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गत रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ । सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी रु ३२ करोड ५६ लाख २१ हजार ९०० बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताउनुभयो ।
स्थानीय चुनावमा सेनाको प्रयोग नहुने
विराटनगर, चैत २९ । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्रगतिमा भइरहेको बताएका छन् । यहाँ मंगलबार बिहान पत्रकारसँगको भेटघाटमा उनले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षणकाअन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास व्यक्त गरे। प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले आयोगले एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि बताए । पत्रकारको जिज्ञासामा उहाँलेसेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा रहने स्पष्ट गरे ।
७५ हजारले कोरिया भाषा परीक्षामा आवेदन, कृषि क्षेत्रमा मात्रै ५४ हजारले दिए आवेदन
काठमाडौं, चैत २० । दक्षिण कोरियामा रोजगारीका लागि जान यसपालि करिब ७५ हजारले भरेका छन् । मुलुकभरबाट गत ९ गते कोरिया भाषा परीक्षाका लागि बिहान १० बजेदेखि हिजो अपरान्ह ४ बजेसम्ममा करिब ७४ हजार ८ सय २५ जनाले अनलाइन मार्फत आवेदन भरेका छन् । ईपिएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार ग्लोवल बैंकमा भने ७५ हजार ९ सय २५ जनाले परीक्षा दस्तुर बुझाएका छन् । उनीहरुले गएराती १२ बजेसम्म ईपिएसको आवेदन दर्ता गर्न पाउने भएकाले आवेदकको संख्या अझ बढने उनको भनाइ छ । २०१६ मा ८ हजार कोटाका लागि ६३ हजार र २०१५ मा ५१ हजारले आवेदन दिएका थिए । कोरिया सरकारले २०१८ का लागि १० हजार भन्दा बढी कोटा नेपाललाई छुट्याएको छ । यसपालिका आवेदकमध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक छ । कुल आवेदकमध्ये ५४ हजार ७ सयले कृषि क्षेत्रमा आवेदन दिएका छन् । कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार भन्दा बढी छ । त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिनेमा २२ हजार ४ सय पुरुष छन् । ईपिएस शाखाले आवेदन दिंदा गल्ति गरेका आवेदकहरुलाई २० गतेदेखि २५ गतेसम्म विवरण सच्याउने म्याद दिएको छ ।
‘डिप्रेसन न्यूनिकरणमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ’
महेन्द्रराज सिंह काठमाडौ, चैत १८ । प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) को संयोजनमा आयोजित “मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्र्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राख्नुभएको थियो भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ (KOSHISH) का अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढीलम्बियो भने मानसिक रोगको लक्षण देखा पर्दछ । यसको एक्सरे, एमआरआईबाट मापन नहुने बताए । उनले भने, ‘नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।’ कार्यक्रमका अध्यक्षता गरेका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिक रुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाका बारेमा धारणा राख्दै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको बताएका छन् । कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु¥याईएका र उनीहरुलाई उद्धार गरिएको सम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
फुट्यो राप्रपा, लोहनीको नेतृत्वमा नयाँ राजावादी पार्टीको घोषणा
काठमाडौं, चैत १६ । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी औपचारिकरुपमा विभाजन भएको छ । नयाँ पाटीृको नेतृत्व डा.प्रकाशचन्द्र लोहनीले गरेक छन् । लोहनीको अध्यक्षतामा ७१ सदस्यीय एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० पार्टीको घोषणा गरिएको छ । पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै जाने सो पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए । केशर बहादुर विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तर समेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो । नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ भने पार्टीको चुनाव चिन्ह हलो राखिने समझदारी भएको छ ।
पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा
पाल्पा, चैत १५ । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन । सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्र प्राकृतिक रुपमा भरिपूर्ण छ । भौतिक पूर्वाधार विकास नहुँदा सहलकोट ओझेलमा परिरहेको छ । पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा र पश्चिम सहलकोटको फेँदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमाललगायत दृश्य अवलोकन गर्न सकिन्छ । यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ । सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन । स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । सुकेकोटमा रहेका गुफाका सम्बन्धमा सरोकारवाला नै बेखबर छन् । सुकेकोट क्षेत्रमा मात्रै मुख्य आठवटा र अन्य कयौँ गुफा भेटिएका छन् । सुकेकोट गाउँभन्दा तलको भागमा चमेरा गुफा रहेको छ । मगर भाषामा घिचिन ओडारका नामले पनि यो चिनिन्छ । यहाँ विभिन्न प्रजातिका चमेरा पाइने गर्छ । झन्डै पाँच सय मिटरको लम्बाइमा फैलिएको यस गुफाको मुहानबाट पसेर पुछारसम्मको भागमा निस्कन मिल्ने बनोट रहेको छ । गुफाभित्र विभिन्नखालका आकृति देख्न सकिन्छ । त्यस्तै चमेरा गुफाभन्दा केही तल घन्टी ओडार गुफा रहेको छ । एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन मिल्ने घन्टी ओडार गुफाभित्र दुई लाम्चो आकारको ढुङ्गा रहेको छ । त्यस ढुङ्गामा हिर्काउँदा घन्टीको जस्तो आवाज निस्कने हँुदा यस गुफाको नाम घन्टी गुफा रहन गएको स्थानीयवासी श्यामप्रसाद सोती बताउनुहुन्छ । यहाँ आउने जो कोहीले पनि ढुङ्गा बजाउने गरेको पाइन्छ । गुफाको लम्बाइ करिब ३० मिटर रहेको छ । गुफाभित्र ५० जनाभन्दा बढी मान्छे बस्न मिल्ने अवस्था छ । फ¥याच पहार गुफा घिचिन ओडारको आडमा रहेको छ । यसमा पनि विभिन्न आकृति देख्न सकिन्छ । सुकेकोट गाउँभन्दा तल्लो भाग पहाडले घेरिएका कारण यहाँ असङ्ख्य मात्रामा विभिन्न गुफा रहेका स्थानीयवासी बताउँछन् । यस क्षेत्रमा पुरानो लाम पहाड गुफा, नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा, ख्वाच पहाड गुफा र चितुवा मिमडाँडा गुफा रहेको सोतीले बताउनुभयो । “गुफैगुफाले भरिपूर्ण रहे पनि विकासले गति लिन नसक्दा यस्ता पर्यटकीय गुफाको महत्व बढाउन सकिएको छैन,” उहाँले भन्नुभयो । सोतीले यहाँ रहेका अधिकांश गुफाभित्र पसेर अवलोकन गरिसकेको बताउनुभयो । प्रचारप्रसार हुन नसक्दा पर्यटकको आकर्षण बढ्न नसकेको उहाँको भनाइ छ । स्थानीयस्तरबाट नै गुफालाई महत्व नदिँदा ओझेलमा परेको स्थानीय बासिन्दा तिलवीर राना बताउनुुहुन्छ । ग्रामीण सडकमा सुधार नहुनु, गुफा क्षेत्रमा भौतिक पूर्वाधार विकास नहुनु र यहाँ रहेका पर्यटकीय गुफाको विषयमा स्थानीय बासिन्दा, स्थानीय निकाय मौन रहँदा सहलकोट क्षेत्र ओझेलमा परेको हो । सहलकोटको जुरेमा पनि आठभन्दा बढी गुफा भेटिएका छन् । भौतिक पूर्वाधार विकास भएको खण्डमा यस क्षेत्रलाई गुफैगुफाको गाउँका नामले देशमै पहिचान स्थापित गराउन सकिन्छ । जसले गर्दा भविष्यमा यहाँ दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जानेछ ।
रणवीर र दीपिका एकसाथ देखिन चाहँदैनन्
चैत १४ । चलचित्र उद्योगमा प्रेम र ब्रेक अप फेसन जस्तै मानिन्छ । कहिले काँही त्यस्तै कलाकारहरुको जीवनमा आधारित भइदिन्छ फिलिमहरु पनि अनि त्यसमा काम गर्नुपर्ने हुन्छ कलाकारहरुले । त्यसको पछिल्लो उदाहरण बनेका छन्, बलिउड रणवीर सिंह र नायिका दीपिका पादुकोण । प्रेमिका दीपिका पादुकोणका बारेमा बोलेर नथाक्ने बिन्दास शैलीका रणबीर एक समारोहमा दीपिकासँग फोटो खिचाउन मानिरहेका थिएनन् । दीपिकासँग सार्वजनिक समारोहमा सँगै देखिन पनि चाहेका छैनन् उनी । दीपिका र रणवीरले फोटोमा सँगै नदेखिन ठूलै प्रयास गरिरहेको एक मनोरञ्जन अनलाइनले पनि लेख्यो । दीपिकाले भाग लिएको एचटी मोस्ट स्टाइल अवार्डमा रणवीर गएनन् भने शाहिद कपूरको पार्टीमा पनि एकअर्कालाई नभेट्ने गरी योजना बनाए । यो वास्तविक घटना नभई पद्मावती फिल्मका लागि तयारी गरिएको दृश्य थियो । निर्देशक सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको यस फिलिममा रणवीर र दीपिकालाई सँगै नदेखिन कडा निर्देशन दिएका हुन् । पद्मावतीको प्रमोसनका बेलामा सँगै देखिएपनि अहिले चाहिँ सँगै नदेखिनू भनी भन्सालीको चेतावनीलाई उनीहरुले शिरोधार्य गरेका हुन् ।
कांग्रेसको २९ सदस्यीय कार्य सम्पादन समिति बन्यो (नामावलीसहित)
ललितपुर, चैत १३ । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समितिको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २९ सदस्यीय कार्यसमितिको टुङ्गो लगाएको हो । केन्दीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समिति गठन गर्ने पस्ताव पेश गरेका थिए जसलाई बैठकले पारित गरेको छ । पार्टी सभापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन हुन्छ । जसमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था छ । साथै संसदीय दलको नेता पनि समितिको सदस्य रहन्छन् । पार्टी सभापति शेरबहादुर देउवा संयोजकत्वको कार्य सम्पादन समितिमा रामचन्द्र पौडेल, शशांक कोइराला, सितादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुनरसिंह केसी छन् । यसैगरी बलबहादुर केसी, महेश आचार्य, नरहरी आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्ला मन्सुर र मानबहादुर विक पनि कार्य सम्पादन समितिमा छन् । कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने कांग्रेस विधानको धारा २९ र ३० मा व्यवस्था गरिएको छ ।
करन र ऐश्वर्याको सम्बन्ध समाप्त
चैत १२ । चलचित्र उद्योगमा कलाकार र निर्माता÷निर्देशकबीचको सम्बन्ध खासै लामो रहँदैन भन्ने उदाहरण बनेका छन् निर्माता निर्देशक करन जोहर र अभिनेत्री ऐश्वर्या राय । बलिउडमा राम्रो दोस्ती रहेको दुईको सम्बन्ध अब करिव करिब समाप्त नै भएको वलिउड भास्करले उद्धत गरेको छ । वलिउड मिडियाले पछिल्लो पटक ऐश्वर्या र करनको सम्बन्धमा खटपट आएको छ कुरा यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै वलिउड भास्करले उनिहरुको सम्बन्ध ठिक नभएको भन्दै प्याचअप नै नहुने संकेत देखिएको लेखेको छ । पछिल्लो रिलिज फिल्म ए दिल है मुश्किलको समयदेखि यी दुईको सम्बन्ध बिग्रेको बताईएको छ । उक्त फिल्म रिलिजपछि करनले अर्को फिल्मको लागी ऐश्वर्यालाई अफर गरेको र त्यो अफर पनि ऐश्वर्याले सिधा लत्याएको बताईन्छ । त्यसो त हप्ता दिन पहिले दिवंगत भएका ऐश्वर्याको पीताको श्रद्धाञ्जली कार्यक्रममा समेत करन नपुगेको बताईएको छ ।
गोँगबुमा एक गेस्टहाउसमा आगलागी, ३० लाख बराबरको क्षति
काठमाडौँ, चैत १२ । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले दमकलको प्रयोगबाट समयमै आगो नियन्त्रणमा लिइएकाले दोस्रो तल्लाभन्दा माथि फैलिन पाएन । रासस
टिभी स्टारको ताैलिया खुस्केपछि भाइरल बन्यो भिडियो (भिडियो सहित)
चैत ८ । ब्रिटिशकी टिभी स्टारले बाँधेको तौलिया खुस्केपछि अहिले सो भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । ब्रिटिश स्टार क्लो फेरीको लावेल खुस्केपछि उनले लुकाएर राकेका सामान सडकमै छताछृुल्ल बनेकाे हाे । केही सामान बाेक्ने क्रममा उनकाे ताैलिया फुस्किएकाे याे भिडियो भाईरल बनेको हो । भिडियो यस्तो छ