एनसेलको फेसबुक फ्रि अफर
काठमाडौं, फागुन ३ । एनसेलमा मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट अब सित्तैमा फेसबुक चलाउन पाइने भएको छ । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् । फेसबुक फ्रि अफर यहि बुधबारबाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ । ‘फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । जस्तै ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्नेछ’ एनसेलले जनाएको छ ।
चार घन्टासम्म प्रहरी मुख्यालयमा अन्योल, आइजिपी नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ
काठमाडौं – सोमबार दिउसो साढे तीन बजे प्रहरी महानिरीक्षक अर्यालको बिदाईको कार्यक्रम राखिएको थियो । तर,त्यो कार्यक्रम साँझ साढे ६ बजे मात्र सुरु भयो । कसलाई निमित्त दिने भन्ने विवादमा बिदाई कार्यक्रम ढिला सुरु भएको हो । अध्यारो हुँदासम्म अर्याल सरकारको निर्णयको पखाईमा थिए । तर, चार साँझसम्म पनि निर्णय नभएपछि उनले मुख्यालय छाडेका थिए । अर्यालसहित सोमबारदेखि अवकाश पाएका एआईजीहरु डा.पोखरेलले नै फुलमाला लगाएर बिदाई गरेका थिए । सरकारले आइतबार जय बहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको थियो । तर, आइतबार नै सर्वाेच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरीम आदेश जारी गरेपछि प्रहरीमा कमाण्डको समस्या उत्पन्न भएको हो । प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमा ८ फागुनमा सुनुवाइ हुने भएको छ । बहसपछि मन्त्रिपरिषद्को निर्णयविरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ । सर्वोच्चले डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरकालीन आदेश दिएको छ । आइतबार डिआइजी नवराज सिलवालले हालेको रिटमा सोमबार सर्वोच्चले सरकारका नाममा अन्तरकालीन आदेश जारी गरेको हो । मन्त्रिपरिषद् बैठकले आइतबार चन्दलाई आइजिपी बनाउने निर्णय गरेलगत्तै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई आइजिपी बनाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । प्रहरी नियमावली ०७१ को नियम ४१ विपरीत बढुवा गरिएको भन्दैै रिट दायर भएको थियो ।
अफगान प्रहरीद्वारा २१० किलो विस्फोटनका पदार्थ कब्जा
अफगानिस्तान, फागुन १ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान प्रहरीले जारी राखेको कारबाहीको क्रममा २१० किलो विस्फोटक पदार्थ कब्जा गरेको प्रान्तीय प्रहरी प्रमुखले आइतबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरमा बाहिरी इलाकामा भएको यस कारबाहीको क्रममा २१० किलोभन्दा बढी विस्फोटक पदार्थ अफगान प्रहरीले बरामद गरेको हो । यस कारबाहीको क्रममा एक आतङ्ककारी पक्राउसमेत परेका छन् । बाघलान र तखार प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा गत दुई महिनायता अफगान सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भीषण झडप जारी रहेको छ ।
अस्पतालमा पानीको अभाव
सल्यान, माघ २९ । जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ । २४ सै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो । अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा रावलले बताउनुभयो । ‘अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन’, डा रावलले भन्नुभयो। शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा.रावलले जिकिर गर्नुभयो । ‘अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापरबाहीले पनि भएको छ । बिरामीले शौचालयमा प्याड समेत फाल्ने गरेकाले फोहोर देखिएको हो’ डा रावलले भन्नुभयो । अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ ।
‘राजनीति गर्ने शिक्षक जिम्मेवारीबाट मुक्त हुनुपर्छ’–शिक्षामन्त्री पौडेल
दमक, मङ्सिर २५ । शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ । झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब विद्यालयमा काम नभएको उल्लेख गर्दै राजनीति गर्ने शिक्षकले काम छाड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति गर्ने हो भने शिक्षकको जिम्मेवारीबाट मुक्त हुनुपर्छ ।” मन्त्री पौडेलले कुनै दलको कार्यकारी पदमा नबसी भातृ सङ्गठनमा बस्न भने पाइने सुझाव दिनुभयो । मन्त्री पौड्यालले नेपालको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालको शिक्षालाई आठौँ संशोधनले प्राविधिक र व्यावसायिक बनाएको छ अब शैक्षिक बेरोजगारको सङ्ख्या घट्छ ।” शिक्षामन्त्री पौडेलले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिकामैत्री रहेको दाबी गर्दै भन्नुभयो, “आठौँ शिक्षा ऐन बालबालिका मैत्री छ, यसको कार्यान्वयन गर्न सबैको साथ आवश्यकता छ ।” यही माघ २९ गतेसम्म चल्ने महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बालगायन, वतृत्वकला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचनार प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताउनुभयो । रासस फाइल तस्वीर
सहमतिमा करेक्सन हुनसक्छ : प्रधानमन्त्री
काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमति भएका पठाएका स्थानीय तह यताउता नहुने भन्दै यदि त्यसतो कुनै नमिलेको ठाउँ भए करेक्सन गर्न सकिने बताएका छन् । रुकुमको पुठा गाउँपालिका सरोकार समितिसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ निगाहले चल्नेवाला छैन । तर, सर्वदलीय सहमति आयोगको पनि टिओआरभित्र पर्ने भएकोले सर्वदलीय सहमति भएका तहको सन्दर्भमा करेक्सन हुनसक्छ ।’ उनले थपे, ‘मेरो पनि रुकुमको सन्दर्भमा हुनुप¥यो भन्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले धेरै थपघट गर्न नसकिने भएपनि जहाँ नमिलेको छ त्यहाँ मिलाउन सकिने बताएका छन् । यस विषयमा संविधानविद र कानुनविदसंग पनि सल्लाह लिएर जहाँ नमिलेको छ त्यहाँ मिलाउनु पर्ने उनले बताएका छन् । रुकुममा पुठा गाउँपालिका सहित १० स्थानीय तह बनाउने सर्वदलीय सहमति भएपनि जिल्लाबाट पठाएको विवरण आयोगले परिवर्तन गरी पुठा गाउँपालिकालाई हटाएको भन्दै स्थानीयले बिरोध गरेका छन् । रन्मामैकोट, हुकाम र जाङ्ग ८ र ९ मिलाएर पुठा गाविस नभएमा गाउँपालिकामा जनताले दुःख पाउने सरोकार समितिका संयोजक केशरमान रोकायाले बताए ।
मोर्चा–कांग्रेसको सहमति, संशोधन पास गरी चुनावमा जाने
काठमाडौं माघ २३ । संविधान संशोधन विधेयक पास गरी निर्वाचनमा जाने सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस र मधेसी मोर्चाबीच सहमति भएको छ । राजधानीको वुढानिलकण्ठस्थित सभापति देउवा निवासमा सभापति देउवाले आह्वान गरेको छलफलमा मधेसी मोर्चासँग संशोधन पास गरी चुनावमा जाने सहमति भएको हो । मोर्चाले संशोधन प्रस्ताव अगाडी बढाएर निर्वाचन सम्भव भएको बताएपछि संशोधन विधेयक छिटो भन्दा छिटो पारित गरेर चुनावमा जान आग्रह गरिएको छ । छलफलमा कंग्रेसका तर्फबाट सभापति देउवा सहित महामन्त्री सशांक कोइराला नेताहरु विमलेन्द्र निधी, कृष्ण सिटौला लगायत सहभागी थिए भने मोर्चाबाट लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादव, अशोक राई, सर्वेन्द्रनाथ शुक्ला र राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए । यसअघि, सरकार र मोर्चाबीच भएको छलफलमा समेत संविधान संशोधन विधेयक अगाडी बढाएर निर्वाचनमा जाने समझदारी भएको थियो ।
दुई सन्तानकी आमा प्रियंका, भिडियो बन्यो भाइरल (यस्ताे छ भिडियाे)
माघ २३ । नेपाली चलचित्रमा स्थापित कलाकारहरुमा पनि बलिउड मोह त हुन्छ नै । धेरै नेपाली कलाकारहरु बलिउडमा ठाउँ पाउन संघर्ष गरिरहेका छन् । तर स्थापित नायिका प्रियंका कार्कीले भने सहजै भारतीय एक विज्ञापनमा खेल्ने अवसर पाएकी छिन् । हिन्दी भाषाको एक भारतिय विज्ञापनमा मोडलिङ गरेकी गरेकी नायिका प्रियंका इटो चाउचाउको विज्ञापनमा देखिएकी हुन् । उनी यस भिडियोमा दुई बच्चाकी आमा बनेकी छिन् । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । युट्युव ट्रेण्डिङमा नेपालमा पछिल्लो दुइ दिनयता नम्बर १ मा रहेको छ । विज्ञापन भारतिय टेलिभिजन तथा अन्य मिडियामा प्रसारण हुने बताइएको छ । नेपालमै सुट गरिएको विज्ञापनलार्इ आसिफ शाहले निर्देशन गरेका हुन् । यस्ताे छ भिडियाे
नेपाललाई ‘वेश्या’ भन्ने सिके राउतको पक्षमा उभिने यी कस्ता मानवाधिकारवादी ?
काठमाडौं, माघ २३ । नेपाल, नेपाली राष्ट्रियता, अखण्डता र समुदायविरुद्ध भद्दा अभिव्यक्ति दिँदै आएका सिके राउतको गिरफ्तारीविरुद्ध केही मानवाधिकारवादी देखा परेका छन् । नेपाललाई वेश्या र पहाडी महिलाहरुलाई रण्डी भन्ने शब्द प्रयोग गर्न समेत पछि नपरेका सिके राउतलाई देश टुक्र्याउने अभिव्यक्ति दिएपछि राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा गत साता प्रहरीले पक्राउ गरेको थियो । नेपाल देशको अस्तित्व र यसको संविधान नै नमान्ने राउतको गिरफ्तारी संविधानविरुद्ध भएको भन्दै केही मानवाधिकारवादीले भने आपत्ती जनाएका छन् । यसरी आपत्ती जनाउनेमा अगाडि सरेको छ नेपाल मानवाधिकार संगठन (हुरोन) । यसअघि चरण प्रसाई अध्यक्ष रहेको यो संस्थाले सिके राउतलाई तत्काल रिहा गर्न विज्ञप्ती नै जारी गरेको छ । यसअघि नेपाललाई रण्डी र पहाडी महिलालाई वेश्या भनेपछि सिके राउतको निकै आलोचना भएको थियो । सोही आरोपमा विशेष अदालतमा मुद्दा चलेपनि उनी ससम्मान रिहा भएका थिए । तराईमा बसेर अतिवादी गतिविधि चलाउँदै आएका राउतले देश टुक्र्याउने र मधेसकै जनताबीच पनि फूट फैलाउने अराजक गतिविधि चलाउन थालेपछि सरकारले ‘देशविरुद्धको संगठित अपराध’को आरोपमा उनीविरुद्ध मुद्दा चलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले ‘देश नै टुक्र्याउँछु भन्नेलाई कुनै पनि हालतमा छोड्न नमिल्ने” अभिव्यक्ति दिएका छन् । स्व। ऋषिकेश शाहले स्थापना गरेको नेपाल मानवाधिकार संगठनका हालका अध्यक्ष इन्द्रप्रसाद अर्यालले विज्ञप्ती जारी गर्दै सिके राउतलाई ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका व्यक्ति’ भनेका छन् । देश टुक्र्याउने मनशाय लिएर हिँडेको व्यक्ति कसरी मधेसको अधिकारका लागि आन्दोलन गरिरहेको भयो भन्ने विषयमा भने विज्ञप्तीमा केही उल्लेख छैन । यो संगठनमा यसअघि कपिल श्रेष्ठ, सुदीप पाठक र चरण प्रसाई अध्यक्ष भइसकेका छन् । मधेसी जनतामाथि राज्यले अन्याय गरेको कुरा ऐतिहासिक तथ्य हो, यसमा दुई मत हुन सक्दैन । त्यसैले मधेसका जनताले गाँसवास कपासका साथै आफ्नो राजनीतिक अधिकारका लागि संघर्ष समेत गर्दै आएका छन् । तर यसको अर्थ मधेसलाई नेपालबाट टुक्र्याउनु पर्छ भने नभएको अधिकांशले टिप्पणी गरेका छन् । मधेसको अधिकारको नाममा पहाडी र मधेशीबीच साम्प्रदायिकक द्वेष बढाउनु संविधानविरुद्ध हो । यो कुरा संविधानको मौलिक हकमा समेत स्पष्ट उल्लेख गर्दा गर्दै पनि सिके राउतको अभिव्यक्ति र गतिविधिलाई मधेसी जनताको अधिकारका गतिविधि देख्ने यी कस्ता मानवाधिकारवादी हुन भन्दै चर्को आलोचना समेत अहिले भइरहेको छ । File Photo
मधेशी मोर्चाका नेताहरुलाई निवासमा बोलाए देउबाले
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा अपरान्ह वस्ने बैठकमा संविधान संशोधन प्रस्ताव, निर्वाचनको तयारी र पुर्नसंरचना आयोगको प्रतिवेदन परिमार्जन लगायतका विषयमा छलफल हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् मोर्चाले संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । सरकारले भने पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदनमा परिमार्जन गर्दै मधेशी मोर्चालाई सहमतीमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको बिरोध गर्दै निर्वाचनको काम मात्र अघि बढाउनुपर्ने अडान लिँदै आएका छ । मधेसी मोर्चाले भने संविधान संशोधनलाई नै पहिलो प्राथमिकतामा राखेर अघि बढुनुपर्ने माग राखेको छ । फाइल तस्वीर
सभामुख ओनसरीद्वारा दलाई लामा सहभागी हुने कार्यक्रमको भ्रमण रोक्न १५ सांसदलाई निर्देशन
काठमाडौं, माघ २२ । सभामुख ओनसरी घर्तीमगरले दलाई लामा सहभागी हुने कार्यक्रममा नजान सांसदहरुलाई निर्देशन दिएकी छिन् । यही फेब्रुअरी ८ देखि भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन गइरहेका १५ जना महिला सांसदलाई सभामुखले उक्त निर्देशन दिएकी हुन । कार्यक्रममा तिब्बती शरणार्थी नेता दलाइ लामाको उपस्थिति हुने भएपछि भविष्यमा आउन सक्ने विवाद रोक्न निर्देशन दिइएको संसद सचिवालय श्रोतले जनाएको छ । कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेपनि अन्तिम चरणमा दलाई लामा समेत उपस्थिति हुने सूचना पाएपछि भ्रमण स्थगित गर्न निर्देशन दिनु परेको हो । उक्त कार्यक्रममा कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो ।
७ वर्षीय बालिकाको सोधिन ट्रम्पलाई– कहिले एक दिन भोको बस्नु भएको छ ?
काठमाडौं, माघ २१ । सिरियालगायतका क्षेत्रमा अमेरिकी सेनाहरु निरन्तर आक्रमण गर्दै निर्दोष जनतालाई मारिरहेको घटनामा ७ वर्षीय एक बालिकाले लेखेका प्रश्न यतिखेर चर्चामा छ । सिरियाकी सात वर्षीय बालिका बाना अलबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेख्दै सोधिन– जीवनमा कहिल्यै २४ घण्टा भोको बस्नु भएको छ ? यदि रहनुभएको छैन भने सिरियाका शरणार्थी बच्चाको बारेमा सोच्नुहोस् । ट्रम्पले यसअघि सातवटा मुस्लिम देशका नागरिकहरुको भिसामाथि प्रतिबन्ध लगाएपछि पनि बानाले प्रश्न गर्दै सोधेकी थिइन– राष्ट्रपति महोदय, के म आतंकवादी हुँ र ? शरणार्थीमाथि प्रतिबन्ध लगाउनु गलत कुरा हो । बानोको ट्विटरमा ३ लाख ६६ हजार भन्दा बढी फलोअर रहेका छन् । यसअघि पनि उनले ट्रम्पलाई मार्मिक पत्र लेखेकी थिइन । सिरियाका बच्चा तपाईका पनि बच्चा हुन । उनीहरुलाई पनि शान्तिपूवर्क बाँच्ने अधिकार छ भन्दै बानाले यी बालकहरुको भविष्यका लागि केही गर्न अनुरोध गरेकी थिइन ।
मन्त्री लेखकले भने : आयोग चुनावका लागि तयारीमा बस्नुपर्यो
काठमाडौं, माघ १९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले निर्वाचनका लागि निर्वाचन आयोग तयारीमा बस्नुपर्ने बताएका छन् । अब चाँडै नै चुनावको तयारीका लागि सरकारले आयोगलाई पत्र पठाउने जानकारी दिँदै केही दिनभित्रै आयोगलाई औपचारिकरुपमा पत्र पठाई तयार रहन आग्रह गर्ने बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री लेखकले सरकार निर्वाचनको वातावरण बनाउन लागिपरेको बताएका छन् । उनले भने, ‘कानूनी प्रवन्ध मिलाउन ऐन तथा कानूनहरु संसदबाट कतिपय पारित भैसकेका छन्, भने कतिपय पारित हुने क्रममा छन् ।’ उनले भने, ‘निर्वाचन आयोगलाई सरकारले केही दिनभित्रै औपचारिक रुपमै तयारीको आग्रह गर्छ ।’ मन्त्री लेखकले निर्वाचनको लागि सबै राजनीतिक दलहरुसँग सरकारले परामर्श गरिरहेको जानकारी दिए । संविधान कार्यान्वयनको लागि पनि निर्धारित मितिभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकता उनले औंल्याए । संविधान संशोधनमार्फत सबैलाई संविधानको स्विकार्यता बढाउनुपर्ने भएकाले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको मन्त्री लेखकले स्पष्ट पारे । मन्त्री लेखकले विधेयक संसदमा छलफल गरेर पारित गर्नुपर्ने समेत धारणा राखे ।
ओलीका पछिल्ला सबै उपद्रो ‘रातो सूर्य’ सुटिङका लागि
काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन वा अरु कुनै वहानामा गर्ने सबै उभद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सूर्य’ का लागी भएको खुलेको छ । राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभा, स्याङ्जा महोत्सब नै विथोलिने गरी भएको ढुगंमुडा र माइतिघरमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम समेत ओलीलको फिल्मका लागी बताइन्छ । पछिल्लो समय बनेका सबै कार्यक्रमहरु फिल्म निर्माणकर्ताको योजनाअनुसार भईरहेको समेत एमाले मुख्यालयमा चर्चा चल्ने गरेको छ । ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायाँकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् । केही दिन अगाडि फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर बीर बलभद्र कुँवरको शालिक अनावरण गरेको दृष्य पनि लिएको थियो । ‘रातो सूर्य’का लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरबीर पण्डित, टीका पहाडी, ध्रुब कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको मुख्य अभिनय रहनेछ ।
श्रीपञ्चमी अर्थात बसन्त पञ्चमीः बालबच्चालाई केही कोर्न सिकाऔं
काठमाडौं, माघ १९ । आज श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमीका दिन विभिन्न विद्यालय, कलेजहरु तथा मन्दिरहरुमा विद्यार्थीहरुले विद्याकी देवी सरस्वती माताको पूजाआजा गरी मनाइँदै छ । यसै दिनमा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको अक्षर चिनाउन सुरु गरिन्छ । आफ्ना बालबच्चाहरुलाई कलम वा चक समाएर लेखेमा शुभ रहने विश्वास रहेको छ । यस दिन पूजाआजा गरी पढ्न बसेमा बालबच्चाहरुको पढ्ने दिमाग तेजिलो हुन्छ भन्ने जनविश्वास रहेको छ । इभा राजवाहक