ठेकेदारमाथि छुरा प्रहार गर्ने गुण्डा लाजिम्पाटबाट पक्राउ

काठमाडौं, जेठ ३१ । ठमेल, लाजिम्पाट र दरबारमार्गलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी आएका टोलेगुण्डा सुदीप गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

गत जेठ ११ गते दोलखाका ३२ वर्षीय ठेकेदार टासी शेर्पामाथि ठमेल ग्वार्कोपाखामा छुरा प्रहार गरेको आरोपमा गुरुङलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३ वर्षीय गुरुङ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग बस्दै आएका थिए ।

गुरुङ पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले गुरुङमाथि ज्यान मार्ने उद्योग र चोरीसहित १३ पटक मुद्दा चलेको र पटक–पटक पक्राउ परेको जानकारी दिए ।

धनगढी उप–महानगरले वैशाख २६ गतेबाट वडा भेला संचालन गर्ने

धनगढी, वैशाख २० । धनगढी उप–महानगरपालिकाले आगामि आर्थिक २०६७–०७७ वर्षको योजना छनौटका लागि वैशाख २६ गतेबाट वडा भेला संचालन गर्ने भएको छ । योजना छनौट प्रकृयालाई बढी सहभागितामूलक बनाउन र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जिक)लाई अवलम्वन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको नगर प्रमुख नृपबहादुर वडले बताए । वडा भेलाको प्रभावकारिता बुझ्न अनुगमन गरिने छ नगरप्रमुख वडले भने, हामीले कुनैपनि योजना छनौट जनताको आवश्यकता र अर्थपूर्ण सहभागितामा हुनुपर्छ भनेको छौं । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार २०७६ साल बैशाख २६ गते वडा नं १, २, ३, ४ र ५ मा वडा भेला, वैशाख २७ गते वडा नं ६, ७, ८, ९ र १० मा वडा भेला संचालन हुने छ । त्यसैगरी वडा नं ११, १२, १३, १६ र १७ मा वैशाख २८ गते र १४, १५, १८ र १९ मा वैशाख २९ गते वडा भेला संचालन गरिने भएको छ ।

आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)

गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटो’ गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन्। कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई सांगीतिक रुप दिइएको छ । गीतलाई जि द्दज्ञ डिजिटलको अफिसियल यु(ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले ‘हेरन कान्छी’लाई राम्रो प्रतिकृया दिएका छन् ।

आइम्याक्स प्रोडक्सनले नेपालमा ल्यायो ‘बिग बोस’

काठमाण्डौ, बैशाख ०३ । नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ । आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल प्रसारण हुन थालेको हो । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । सोमबार होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटी शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुने बताइए पनि कुन च्यानलबाट प्रसारण हुने भन्नेबारे जानकारी दिइएको छैन । देशअनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ ।बिग बोसभित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाउँदै विभिन्न काम पूरा गर्दै बिग बोसको ट्रफी जित्नेछन् ।

उपचारको क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त

धनगढी, चैत ८ । उपचारको क्रममा महिलाको मृत्यु भएपछि सेती अञ्चल अस्पताल धनगढी तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अञ्चल अस्पताल घेरा हालेका छन् । सेती अञ्चल अस्पतालमा प्रसुती गराएकी धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएको थियो । ४ चैतमा अस्पतालमा भर्ना भएकी रेखाको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो । उनलाई प्रसुतीपछि दुई दिनसम्म अस्पताल राखिएको थियो । प्रसुती व्यथा लागेर सामान्य अवस्थामा अस्पताल भर्ना गरिएकोमा चिकित्सकले उपचारमा लापरबाही गरेको कारण मृत्यु भएको रेखाका श्रीमान जय थापाले बताए । अस्पतालका अनुसार शल्यक्रियापछि उनको पेट सुनिने समस्या देखिएको थियो । आफन्तका अनुसार रेखालाई जण्डीस भएको भन्दै डाक्टरले बुधबार जण्डिसको उपचार गरेका थिए । तर पेट सुनिने समस्या यथावत रहेपछि अञ्चल अस्पतालले बिहीबार उनलाई उपचारको लागि अन्यत्र लैजान सुझाव दिएको थियो । रेखाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा बाटौमै मृत्यु भएको जयले बताए । उपचारमा लापरबाही गर्ने चिकित्सक र नर्सलाई कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव बुझेका छैनन् । दोषीलाई कारबाही गर्ने प्रतिवद्धता भएमात्र शव उठाउने उनीहरुको माग छ । नयाँपत्रिकादैनिकबाट

५४ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ५ । शिक्षक सेवा आयोगले मंगलबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ५४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– कपिलबस्तुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

थप्पड काण्डदेखि गालीकाण्डसम्म: यी हुन् आइपिएलको इतिहासका चर्चित काण्ड

इण्डियन प्रीमियर लीग (आइपिएल) सुरु भएको धेरै भएको छैन । लामो समयदेखि भारतमा क्लब स्तरीय प्रिमियर लीगको परिकल्पना गरिएको भएपनि यसले मूर्त रुप लिएको भने २००८ देखि मात्र हो । सन् २००७ मा भएको पहिलो टी-ट्वेन्टी विश्वकप भारतले जितेपछि बिसिसिआइले आइपिएल सुरु गर्ने निर्णय गरेको थियो । हाल यो विश्वकै सबै भन्दा बढी दर्शक भएको क्रिकेट लीग हो । सन् २००४ मा यो विश्वकै चौथो सबैभन्दा बढी दर्शक तान्ने खेल प्रतियोगिता भएको थियो । ठुलो लोकप्रियता, थुप्रो पैसा र विश्वभरिका स्टार क्रिकेटरहरूको सहभागिता हुने आइपिएल र विवादहरूको सम्बन्ध भने पुरानै हो । ‘स्पट फिक्सिङ’ लगायत कैयन काण्डहरूले आइपिएललाई विश्वको प्रतिष्ठित क्रिकेट लिग हुनुभन्दा बढी चर्चा दिलाएको छ । यस्ता काण्डै-काण्डले आइपिएल अझ लोकप्रिय भएको छ भन्नुपर्दा अतिशयोक्ति नहोला । यहाँ केही आइपिएल काण्डहरूबारे चर्चा गरिएको छ । १. कावेरी जल विवाद काण्ड हुन त कावेरी जल विवाद दुई दक्षिण भारतीय राज्य तमिलनाडु र कर्नाटकबीच कावेरी नदीको पानी बाँडफाँडलाई लिएर सन् १८९२ र १९२४ मा नै सुरु भएको हो । तत्कालीन समयका मद्रास प्रेसिडेन्सी र मैसुर राज्यबीच कावेरी नदीको पानी बाँड्ने विषयमा भएको उक्त समस्याले हालसम्म पनि भारतीय राजनीतिलाई हल्लाइराखेको हुन्छ । तर सन् २०१८ मा भने यसको असर क्रिकेटमा समेत देखा पर्न गयो । गत वर्ष कावेरी नदीको पानी बाँड्ने कुरालाई लिएर भारतको सर्वोच्च न्यायालयले तमिलनाडुको पानी घटाउन आदेश दिएपछि त्यसले राजनैतिक रूपो लियो र पार्टीहरू प्रदर्शनमा उत्रिए । त्यस समय आइपिएल चलिराखेको थियो । १० अप्रिल २०१८ मा चेन्नईमा खेलिएको खेल निकै तनावपूर अवस्थामा खेलियो । उक्त खेलको सुरक्षाका लागि ठुलो संख्यामा केन्द्रिय पुलिस रिजर्भ फोर्स (सीआरपीएफ) का जवानहरूलाई तैनाथ गरिएको थियो । कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच भएको उक्त खेलमा प्रदर्शनकारीहरू बलपूर्वक स्टेडियमभित्र पसेका थिए र उनीहरूले मैदानमा जुत्ता फालेका थिए । तीमध्ये एउटा जुत्ता दक्षिण अफ्रीकाका कप्तान फाफ डुप्लेसीलाई लाग्न गएको थियो । उनी यस घटनाले निकै क्षुब्ध पनि भएका थिए । त्यसपछि व्यवस्थापनले चेन्नईका लागि निर्धारित सबै खेल पुणे स्थानान्तरित गर्नुपरेको थियो । लगातार दुई सिजन आइपिएलमा अनुपस्थित रहेको चेन्नईले यस वर्षको आइपिएलको उपाधि समेत जित्न सफल भएको थियो । २. पानी संकट काण्ड आइपिएलको नवौं शृंखलामा मुम्बई उच्च अदालतले आइपिएल व्यवस्थापनलाई महाराष्ट्रभित्र निर्धारित १३ खेलहरू प्रदेशबाहिर संचालन गर्ने आदेश दिएको थियो । यसको कारण थियो महाराष्ट्रमा देखिएको गम्भीर पानी संकट । आइपिएलका खेलहरू राज्यमा साचालित हुँदा ओइरिने दर्शक र प्रशंसकहरूका कारण समेत उक्त संकट झनै जटिल हुने भनेर अदालतले यस्तो आदेश दिएको थियो । ३. थप्पड काण्ड आइपिएलको पहिलो सिजनमा भारतीय क्रिकेटरद्वय एस श्रीसंत र हरभजन सिंहबीच भएको विवाद पनि आइपिएलको इतिहासको चर्चित घटनाक्रम मानिन्छ । मुम्बई इन्डियनन्सका स्पिनर हरभजनले किंग्स इलेभेन पन्जाबका फास्ट बलर श्रीसंतलाई सामान्य विवादको क्रममा मैदानमै थप्पड हिर्काएका थिए । ४. म्याच फिक्सिङ सन् २०१३ खेलाडीहरूले म्याच फिक्सिङ गरेको भन्दै चेन्नई र राजस्थान रोयल्स टीमहरूमाथि प्रतिबन्ध लागेको थियो। यसका साथै दिल्ली प्रहरीले यसै सिलसिलामा राजस्थान रोयल्सका तीन खेलाडी एस श्रीसंत, अजीत चण्डीला र अंकित चव्हानलाई पक्राउ समेत गरेको थियो । ५. गालीकाण्ड सन् २०११ मा राजस्थान रोयल्सका कप्तान शेन वार्नले रोयल च्यालेन्जर्स ब्याङलोरसँग खेल हारेको झोंकमा राजस्थान क्रिकेट एसोसिएशनका अध्यक्ष संजय दीक्षितलाई खुलेआम गाली दिएका थिए । त्यसपछि संजयले शेन वार्नविरुद्ध प्रहरीमा रिपोर्ट समेत गरेका थिए । ६. शाहरुख काण्ड आइपिएल सिजन-१२ मा कोलकाता नाइटराइडर्सले फाइनल म्याच जितेपछि शाहरुख खानले सुरक्षा गर्दसँग गरेको दुर्व्यवहार पनि निकै चर्चित भएको थियो । त्यस घटनापछि कोलकाताका मालिक समेत रहेका शाहरुखलाई चार वर्षका लागि वानखेडे स्टेडियममा आउँ नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । ७. लोभीपापी काण्ड चेन्नई सुपरकिङ्ग्सका स्टार अलराउण्डर रविन्द्र जडेजालाई आइपिएलको तेस्रो सिजनमा बढी लोभ गरेका कारण प्रतिबन्धको सामना गर्नुपरेको थियो । खासमा अक्सनको समय यिनलाई राजस्थान रोयल्सले किनेको थियो तर उनले पछि मुम्बई इण्डियन्ससँग नयाँ अनुबन्ध गर्ने कोसिस गरेपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो । ८. ललित मोदी काण्ड भारतमा आइपिएलको आधारशीला नै पूर्व अध्यक्ष ललित मोदीले राखेका थिए । उनकै अध्यक्षतामा पहिलोपटक सन् २०१८ मा आइपिएल सुरु भएको थियो । पछि ललित मोदीको नाम ‘मनि लन्ड्रिङ’, म्याच फिक्सिङ र आर्थिक हिनामिनामा जोडिएपछि यसले आइपिएललाई पनि विवादित बनाएको थियो । ९. नाइट क्लब काण्ड सन् २०१२ मा आइपिएलमा पुणे वारियर्सका दुई खेलाडी राहुल शर्मा र वेन पार्नेललाई मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरूलाई प्रहरीले एउटा नाइट क्लबमा आयोजना गरिएको रेभ पार्टीमा समातेको थियो । आइपिएलको नियम अनुसार खेल अवधिभरि खेलाडीहरूलाई यस्ता ठाउँमा जानबाट प्रतिबन्ध लगाएको छ । १०. शाहरुख काण्ड-२ वरिष्ठ खेलाडी सौरभ गांगुलीलाई शाहरुख खानले पहिलो तीन सिजनमा कोलकाता नाइट राइडर्सको कप्तान बनाएका थिए । तर चौथो सिजनका लागि भएको अक्सनमा सौरवलाई केकेआरले नकिनेपछि कोलकातामा शाहरुख खानविरुद्ध नाराबाजी साथै प्रदर्शन समेत भएको थियो । सौरव त्यसपटक पुणे वारियर्सका कप्तान बने तर कोलकाताकास सबैभन्दा लोकप्रिय खेलाडी समेत रहेका बङ्गाल टाइगर भनेर चिनिने सौरवका प्रशंसकहरूले भने शाहरुख खानको सातो लिए ।

पत्रकार श्रेष्ठको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाडौं, चैत ४ । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वसभापति वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । “ शनिबार दिउँसो ८६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको दुःखद् खबरले महासङ्घ स्तब्ध भएको छ”, महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वसभापति श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा उनको बाटोमै निधन भएको थियो । काठमाडौं महानगरपालिका ताहाचल निवासी पूर्वसभापति श्रेष्ठ राष्ट्रिय समाचार समितिका संस्थापक सदस्यसमेत थिए । उनले ‘मदरल्याण्ड’ अङ्ग्रेजी दैनिकको सम्पादनसमेत गरेक थियो । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एकजना मूर्धन्य व्यक्तित्व र महासङ्घले अभिभावक गुमाएको विज्ञप्तिमा उल्लेख छ छ । महासङ्घले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । स्वर्गीय श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् । फोनिजद्वारा दुःख व्यक्त नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । फोनिजका महासचिव मनोज घर्तीमगरले एक विज्ञप्ति जारी गरी दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । “उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले अपुरणीय क्षति व्यहोरेको छ, आदिवासी जनजाति पत्रकारहरुले एकजना अभिभावक गुमाएका छन्”, विज्ञप्तिमा भनिएको छ । रासस

देशभरका चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, माघ १८ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् । नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो । संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ ।

कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन

काठमाडौं, माघ ७ । पुराना कलाकार गणेश न्यौपाने ‘मुनाल’ को निधन भएको छ। उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। उनका अनुसार न्यौपानेलाई सुगर र प्रेसरको समस्या थियो। न्यौपानेले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी र कुश्मा शाखाको समुद्घाटन

काठमाडौं, पुस २४ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्यअनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रवद्र्धन गर्नेक्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरे । सो अवसरमा बोल्दै डा.अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराए । कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियोसहित)

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् । सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्रकुमार पुराजुलीले निर्माण गरेका हुन् । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् । निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए । हेर्नुहोस् भिडियो-

हिउँदकाे सिरेटाेमा सडकमै रात काटनुपर्ने विवशता, काठमाडाैंमा १८ काे मृत्यु

काठमाडौँ — वरिष्ठ नागरिक समाजले सञ्चालन गरेको लैनचौरस्थित बृद्धाआश्रमको मूल गेटबाट एक वृद्ध महिला घरी बाहिर घरी भित्र गरिरहेकी थिइन् । हातमा पोको पारिएको नयाँ सिरक बोकेर निस्केकी उनी साँझसम्म पनि फर्केर आइनन् । आफ्नो नाम चन्द्रमाया प्रधान बताउने ती वृद्ध यसै गरी बिहीबार पनि बिहानै सिरक बोकेर निस्केकी थिइन् । राती झन्डै दस बजेतिर प्रहरीले उनलाई समातेर बृद्धआश्रममै ल्याएर छोडिदिएको थियो । मानसिक सन्तुलन गुमाएकी बेसहारा चन्द्रमायालाई बुधवार राती मात्रै महानगरीय प्रहरी परिसरले सडकबाट उठाएर आश्रममा ल्याएर जिम्मा लगाएको थियो । बढ्दो चिसोका कारण सडकमै रात बिताउनेहरूको ज्यान जाने जोखिम भएपछि प्रहरीले सडकमा आश्रितहरूलाई उठाएर बृद्धाआश्रम पठाउने अभियान नै थालेको छ । मङ्गलवार र बुधवार मात्रै प्रहरीले १५ जना ज्येष्ठ नागरिकहरूलाई सडकबाट उठाएर वृद्ध आश्रम पुर्‍यायो । प्रहरीले गोङ्गबुस्थित हिमालयन बृद्धआश्रममा ७ र लैनचौरस्थित वरिष्ठ नागरिक समाजले सञ्चालन गरेको बृद्धआश्रममा ८ जना लगेर राखेको थियो । तिनीमध्येकै एक थिइन चन्द्रमाया । चन्द्रमायालाई सडकबाट उठाएको रात काठमाडौँको सबैभन्दा न्यूनतम तापक्रम एक दशमलव २ डिग्री सेल्सियस थियो । जल तथा मौसम पुर्वाअनुमान शाखाका अनुसार मङ्गलवार यता काठमाडौँको तापक्रम दुई डिग्री भन्दा कम नै रहेको छ । प्रहरी परिसर काठमाडौँका अनुसार मुटु कँपाउने यति चिसोमा पनि काठमाडौँका मूल र सहायक सडक छेउका खुला स्थान, मन्दिर र सार्वजनिक स्थानमा दुई सयको हाराहारीमा बेसाहाराहरु रात कटाई रहेको प्रहरीको अनुमान छ । प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले त झन् पछिल्लो एक महिनामा सडकमा रात कटाउने १८ जनाको मृत्यु भएको तथ्याङ्क सुनाए । उनले अधिकांशको मृत्युको कारण बढ्दो चिसो रहेको बताउँदै भने, ‘मुटु कँपाउने चिसोमा पनि सामान्य च्यादर बा बोराभित्र घस्रेर धेरैले रात कटाई रहेको देखिन्छ ।’ प्रहरीले कालीमाटी, स्वयम्भू, संकटा मन्दिरलगायतका क्षेत्रमा खुला स्थानमा रात कटाइरहेकाहरूलाई गाडीमा राखेर वृद्ध आश्रममा लगेर छोड्न थालेको छ । सार्वजनिक स्थानमा रात कटाएका अधिकांशको अवस्था यतिसम्म दयनिय देखिन्छ कि प्रहरी पुग्दा उनीहरू कक्रक्क परेर उठ्नै नसक्ने हालतमा देखिन्थे । कतिपय भने चिसोले लगलगी कामी रहेका देखिन्थे । प्रहरीको यस्तो काममा लायन्स क्लब अफ काठमाडौँले कपडा र खाद्य सामाग्री दिएर सघाई रहेको छ । तर, यस्तो कामको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । जस्तो कि, शुक्रवार दिउँसो वरिष्ठ नागरिक समाजको बृद्धआश्रममा पुग्दा प्रहरीले राती उठाएर लगेका आधा जसो असाहयहरु आश्रममा थिएनन् । आश्रमका अध्यक्ष कृष्ण कुमार ढकालले प्रहरीले सडकबाट उठाएर ल्याएका वृद्धमध्ये चार जना बिहीबार नै भागेर गइसकेको बताए । उनले सडकबाट उठाएर ल्याइएका मध्य धेरैजसो मदिराले मत्ता भएका, एक जना मानसिक सन्तुलन गुमेकी र एक जना दमका रोगी रहेको बताए । उनले भने, ‘प्रहरीले फोहोर उठाएको शैलीमा उठायो र आश्रममा ल्याएर छोड्यो ।’ कृष्णको चिन्ता थियो, आश्रममा रहेको १५ जना आश्रितहरूको दिनचर्या नै खलबलिएला जस्तो भयो । उनले चिन्ता व्यक्त गर्दै भने, ‘मानसिक सन्तुलन गुमेकालाई कसरी राख्ने ? फ्याट्ट छतबाट हामफालिन भने के होला ? बिरामीलाई के गर्ने ? स्वास्थ्य तलमाथि भयो भने के होला ?’ कृष्णका अनुसार प्रहरीले राती सडकबाट उठाएर ल्याएकाहरूलाई छाडा आफूले अर्को दिन आएर तिनीहरूको सरसफाइ गरिदिने बाचा गरेको थियो । कोही जुम्रा परेका, कोही गन्हाईरहेका ती बेसाहराहरुलाई बृद्धआश्रमका बर्षौदेखि बसिरहेकाहरूसँग कसरी राख्ने भन्ने चिन्ता आश्रमको थियो । कृष्णले गुनासो गरे, ‘छोडेपछि प्रहरी फर्केर आएनन् । छाडेका कति जनाको अवस्था के छ प्रहरीले मतलब गरेन ।’ जनसेवाको गल्लीबाट प्रहरीले आश्रममा पुर्‍याएका थिए, ४३ वर्षका बिराज सिवाकोटीलाई शुक्रबाट भेट्दा उनी आश्रममा पारिलो घाम तापिरहेका थिए । काम पाएका बेला ज्यालादारी काम गर्ने र त्यसैको कमाइले लजमा सुत्ने बिराज कमाई नभएका दिन संकटा मन्दिर परिसरमा रात कटाउँछन् । मन्दिर परिसरमै मागेर बस्ने एक जना लामा बाजेसँग उनको पुरानो चिनजान छ । त्यही चिनाजानीको फेरो समातेर उनी लामा बाजेले ओडने कम्मलमुनि घस्रेर मन्दिरको पेटीमा रात कटाउँछन् । एक बर्षयता अधिकांश समय मन्दिर पेटीमा सुत्दै आएका बिराजलाई थाह छ, काठमाडौँमा खुला आकाशमुनि रात बिताउनुको पीडा । उनले सुस्तरी भने, ‘मुटु छेडने जाडो भन्छन् नि हो त्यस्तै हुन्छ राती १२ बजेपछि ।’ त्यति बेला के गर्नुहुन्छ त ? उनले भने, ‘घुँडा दोब्राउँछु, हात काखीमुनि च्याप्छु अनि लामाबाजेसँग लपक्क टाँसिन्छु’ बिराजले नढाटीकन सुत्नुअघि आफूले दुई गिलास लोकल रक्सी खाने गरेको सुनाए । उनले भने, ‘रक्सी खाएपछि न्यानो हुन्छ । अनि मन्दिरको पेटीमा जेनतेन निदाइन्छ ।’ आश्रममै भेटिएका पदम बहादुर नेपाली दमको रोगी हुन् । बुधवार प्रहरीले समातेर आश्रममा ल्याउँदा पनि पुरै रक्सी गन्हाईरहेका थिए । कालीमाटीमा कपडा सिलाउने काम गर्ने बताउने नेपाली आफ्नो परिवारको सदस्य कोही नभएको र सडक पेटीमै रात काट्ने बताए । उनले रातको चिसोको अनुभव सुनाए, ‘जाडो के भन्नु । कुकुर त गुडुल्किएर सुत्छ । मान्छेको के कुरा ?’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोगटीले काठमाडौँमा खुला स्थानमा सुत्ने बेसाहराहरुको संखया ठुलो रहेको बताउँदै भने ‘काठमाडौँमा बृद्धआश्रम कम छन् र भएकाहरूको पनि क्षमता थोरै छ । त्यसैले हामी अरू बृद्धआश्रमहरु खोजिरहेका छौँ ।’ प्रहरीले चिसोका कारण खुला स्थानमा रात कटाइरहेकाहरूले ज्यान नगुमाउन भनेर प्रयास गरे पनि यति प्रयास मात्रै सार्थक हुने देखिन्न । प्रहरीले सडकबाट उठाएकाहरूको परिचय खोज्ने र उनीहरूका परिवार वा आफन्तजनसँग सम्र्पक गराइदिने प्रयास गर्ने बताएको छ । तर आश्रम पुऱ्याइएकाहरु भने त्यहाँ टिक्न नखोजेको देखिन्छ । प्रवक्ता बोगटीले स्ष्पष्ट पारे जसरी भने, ‘चिसोकै कारण कसैको सस्तो मृत्यु नहोस् भनेर प्रहरीले मानवीय भूमिका खेलेको मात्रै हो ।’ – कान्तिपुर दैनिकबाट

आइजिपी खनाल भन्छन्, ‘प्रविधिको अभावमा अपराध अनुसन्धानमा समस्या’

गौर, पुष २० । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान गर्न समस्या भएको बताएका छन् । रौतहट सदरमुकाम गौरमा आज सीसी क्यामरा जडानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आधुनिक प्रविधिको अभावमा आपराधिक गतिविधिको अनुसन्धान र नियन्त्रण गर्न कठिनाइ भएको बताए । “प्रहरीलाई प्रविधियुक्त बनाइनुपर्छ,” उनले भने, “केही आचरण बिग्रेका प्रहरीका कारण सिङ्गो सङ्गठन नै बदनाम भइरहेको छ, आचरण नसुधार्नेलाई कारवाही गरिन्छ ।” गौर नगरपालिकाले विभिन्न १० स्थानमा रु ३० लाखको लागतमा सीसी क्यामरा जडान गरेको छ । प्रहरी उपरीक्षक केदार ढकालले सीसी क्यामरा जडानले बढीजसो रातको समयमा हुने आपराधिक गतिविधि न्यून गर्न सहज हुने बताए ।

रेशम भन्छन्, ‘शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ’

काठमाडौं, पौष १९ । पद तथा गोपनीयताको शपथ लिएर कैलालीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई कारागार लगिएको छ । प्रहरी टोलीले शपथ सकिएलगत्तै सिंहदरबारबाट पुनः डिल्लीबजार कारागार लगिएको हो । वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषी चौधरीमाथि कानुनी कारवाही चलिरहेका बेला सपथग्रहण गराइएको हो। अब सांसदकै हैसियतमा उनी जेल बस्नेछन्। यसैबीच, रेशमले सांसद पदको शपथ ग्रहण गर्न पाउँदा खुसी लागेको बताए । संसद् सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट शपथ लिएपछि चौधरीले खुसी व्यक्त गरेका हुन्। उनले शपथ ग्रहणपछि जेल जाने पहिलो व्यक्ति भएको समेत दाबी गरे। भने, शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ।’

बंगलादेशका क्रिकेट कप्तान सांसदमा निर्वाचित

काठमाडौं, पुष १६ । बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टिमका कप्तान मशरफे मुर्ताजा सांसदमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न आम निर्वाचनमा मुर्ताजा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट सांसदमा निर्वाचित भएका हुन् । तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल–२ निर्वाचन क्षेत्रमा २ लाख ७१ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिष्पर्धी उम्मेदवारले ७ हजार ८ सय ८३ मतमात्र पाए। डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए। उनले यसअघि नोभेम्बरमा आफूमा सधैं राजनीति गर्ने इच्छा रहेको बताएका थिए। ३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन् । चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन्। मुर्ताजाले २०१७मा टि–ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए। सांसद बन्ने मुर्ताजा बंगालदेशका दोस्रो क्रिकेट कप्तान हुन् । यसअघि नइमुर रहमान दुरजाँय सांसद बनेका थिए । बहालवाला कप्तान सांसद बन्ने मुर्ताजा पहिलो हुन्। सांसद बनेपनि उनले क्रिकेट खेल्ने बताइएको छ । २०१९ को विश्वकपपछि मात्र मुर्ताजाले सन्यास लिने बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।