रियल मड्रिड र बार्सिलोना बीच शीर्ष बन्ने होड (खेल तालिका सहित)

एजेन्सी । स्पेनिस ला लिगामा शनिबार ६ खेल हुँदैछन् । पहिलो खेल साँझ ५ः३० बजे रियल मड्रिडले स्पान्योलको सामना गर्दैछ ।

रियल स्पान्योललाई हराएर तीन जाड्दै अंक तालिकाको शीर्ष स्थान उक्लने दाउमा छ । समान १४ खेलमा ३१ अंक जोडेको बार्सिलोना धेरै गोल गरेको आधारमा शीर्ष स्थानमा छ भने रियल दोस्रोमा छ ।

उसोत, शनिबार राति नै हुने खेलमा रियल माल्लार्कोलाई हराएर बार्सिलोना पनि शीर्ष स्थानमा कायमै रहने दाउमा हुनेछ । माल्लार्को र स्पान्योल दुवै कमजोर प्रदर्शन गर्दै आएको छ । माल्लार्कोले १५ खेलमा ४ जितसहित सहित १४ अंक जोडेको छ भने स्यान्योल समान १५ खेलमा २ जित निकाल्दै ९ अंक जोडेको छ ।

शनिबार राति ग्रानाडा र एलाभ्स बीच ८ः४५ बजे, लेभान्टे र भ्यालेन्सिया बीच ११ः४५ बजे प्रतिश्पर्धा हुँदैछ ।

महरालाई सभामुख र सांसदबाट राजीनामा दिन नेकपाको सुझाव

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

सिरिज खेल्न नेपाली टिम सिंगापुर जाँदै, यस्तो छ खेल तालिका

काठमाडौंः सिंगापुरमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न नेपाली टोली बुधबार राति १० बजेपछि त्यसतर्फ जाँदैछ । सिंगापुरको सिरिजलगत्तै नेपाल ओमनमा हुने टी–२० सिरिजका लागि जाने तय भएको छ । नेपाल, जिम्बावे र सिंगापुरबीच त्रिकोणात्मक टी–२० सिरिज सिंगापुरमा असोज १० देखि १६ गतेसम्म हुँदैछ । नेपालले असोजमै १८ गतेदेखि २४ गतेसम्म ओमनमा हुने पाँच देश सम्मिलित टी–२० सिरिज पनि खेल्दैछ । त्यसमा ओमन र नेपालसहित हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स सहभागी हुँदै छन् । को को छन् टोलीमा ? पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल । सिंगापुर सिरिजको खेल तालिका (डबल राउन्ड रोबिन) जिम्बाबेसँग असोज १० सिंगापुरसँग असोज ११ जिम्बाबेसँग असोज १४ सिंगापुरसँग असोज १५ ओमान सिरिजको तालिका हङकङसँग असोज १९ नेदरल्यान्ड्ससँग असोज २० आयरल्यान्डसँग असोज २२ ओमानसँग असोज २३

ठाउँ–ठाउँमा अराजक गतिविधि बढेको देखियोः अध्यक्ष प्रचण्ड

सुनसरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् । थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगे अध्यक्ष प्रचण्डले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’ पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको पूर्णपाठ अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् । हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने । सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।

फेरी चर्चामा ऋषभ पन्तः शास्त्रीपछि कोहलीका कोचले गरे यस्तो टिप्पणी

काठमाडौं, युवा क्रिकेटर ऋषभ पन्तको प्रदर्शनमाथि चारैतिरबाट टिप्पणी शुरु भएको छ । भारतीय क्रिकेट कोच रवि शास्त्रीको चेतावनीपछि समेत ऋषभले पुरानै गल्ती दोहोर्याएपछि अहिले उनी थप आलोचित बनेका हुन् । ऋषभसँग उत्कृष्ट क्षमता भए पनि खेलमा धैर्यता नभएको भन्दै उनको धेरैले टिप्पणी गरेका छन् । दक्षिण अफ्रिकाविरुद्धको दोश्रो खेलमा हतारमा खेल्न खोज्दा १० रन समेत नबनाई आउट भएका पन्तका बारेमा भारतीय कप्तान बिराट कोहलीका बाल्यकालका कोच राजकुमारको पछिल्लो टिप्पणी अहिले चर्चामा आएको छ । पन्तको मनपर्ने फर्मेट टी–२० भएको बताउँदै शर्माले खेल्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । समाचार एजेन्सी एएनआईलाई विशेष अन्तर्वार्ता दिँदै उनले भने, “टी–२० उनको खास फर्मेट हो । तर यसमा नै उनले प्रदर्शन गर्न सकिरहेका छैनन् । उनीसँग क्वालिटी शट छन् । प्रभावशाली खेलाडी हुन । तर सावधानी अपनाउन नसक्दा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । यसमा सुधार नल्याउने हो भने उनको खेल जीवनमा नै खतरा आउन सक्छ ।” दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाँचौ बलमा नै शर्ट फाइन लेगमा क्याच भएका थिए । यसअघि ब्याट्सम्यान कोच बिक्रम राठौडले खेलाडीहरुलाई निडर र लापरवाही क्रिकेटको अन्तर बुझ्नुपर्ने बताए । तर बिडम्बना, यही लापरवाही नै पन्तले फेरी दोहोर्याएपछि शर्माले समेत चिन्ता व्यक्त गरेका हुन । “मलाई पन्तलाई लिएर निकै चिन्ता लागिरहेको छ ।” शर्माले भने, “रवि शास्त्री र राठौडले भनेजस्तै अहिले प्रदर्शन गर्न सकेनन् भने आगामी दिनमा टिममा छनौट हुन अप्ठ्यारो पर्ने निश्ति छ ।” पछिल्लो समयमा आलोचकहरुको निशानामा पूव कप्तान महेन्द्रसिंह धोनी र ऋषभ पन्त परेका छन् । दुबै खेलाडीमाथि यो वा त्यो कोेणबाट आलोचना चुलिएको हो । प्रशसंकको निकै माया पाएका धोनीले आफूले सन्यास लिने विषयमा अहिलेसम्म केही कुरा गरेका छैनन । तर कतिपयले उनलाई सन्यासका लागि मनोवैज्ञानिक दबाब दिइरहेका छन् । यसैगरी पन्तले पनि वेष्ट इीण्डजविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनीमाथि झन ठूलो दबाब सिर्जना गरिएको छ । एक दुई वटा खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा आलोचना गर्ने र राम्रो गर्दा देवत्वकरण गर्ने प्रवृत्ति भारतीय क्रिकेटमा नौलो होइन । दक्षिण अफ्रिकाविरुद्धको तेश्रो खेलमा पनि ऋषभले राम्रो प्रदर्शन गर्न नसके भने उनको क्यारियरमा ठूलो सेटब्याक हुने निश्चित छ । प्रशसंकहरुको चाहना छ– उनले धैर्यता राखेर आफ्नो क्षमता देखाउन सकून ।

सीपीएलमा आज सन्दीप र गेलको टिम भिड्दै

काठमाडौंः क्वारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावाह्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस भिड्दै छ । यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०ः४५ देखि सुरु हुनेछ । क्रिस गेल नेतृत्वको जमैकाले सुरुवाती चारै खेलमा हार बेहोरिसकेको छ । यता सन्दीपआवद्ध बार्बाडोसले २ मध्य एकमा हार र एक खेलमा जीत हासिल गरेको छ ।आजको खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने निश्चित जस्तै छ । अघिल्लो खेलमा सेन्ट किट्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिँदै म्यान अफ द म्यान बनेका सन्दीपको स्थान पक्का छ । उनले पहिलो खेलमा गुयानाविरुद्ध १ ओभरम मात्रै बलिङ गर्ने मौका पाएका थिए ।

काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा

काठमाडौं,भदौ २५। कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न मिठाई पसलको अनुगमन गरेको छ। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र विभाग कि महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा रहेको सालीमार हस्पिटालीटी एन्ड फुडस प्रा.ली.ध्दारा संचालित गुवाफमा अनुगमन गरेको हो। अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटीएको अनुगमन टोलीले जनाएको छ ।मिति नभएका ,मिति नाघेका ,सरसफाइमा लापर्वाही गरीएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछी कृषि राज्य मन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको भन्दै उपभोक्तालाई गुणस्तरीय खाना ,मिठाई ,दुध दही खुवाउनु व्यवसायीहरुको कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिइने बताएकी छिन । मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थ तथा पेयपदार्थमा अनुगमन र नियमन गरीरहेको बताउदै मन्त्री चौधरीले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लीएर काम गर्दा राम्रो हुने सुझाव दिएकि छन। अनुगमन पछी मन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकहरुलाई निर्देशन दिएकी छिन। यस्तै विभागकि महानिर्देशक बैधले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभगमा उपस्थित हुन निर्देशन दिइन । टोलीले परिक्षणका लागि १२ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ । विष्लेषण नमुना ल्याब टेष्ट सार्वजनिक भएपछि खाद्य एेन अनुसार नभएको पाईएमा मुद्दा चलाईने विभागले जनाइएको छ ।

झापाको गौरादह नगरपालिकामा बम विष्फोट, विप्लवका कार्यकर्तामाथि आंशका

सुरुङ्गाः झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो । कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ । यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह ९विप्लव० का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

काठमाडौं । तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउँदैछन्। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ। सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौंमा रहनेछन्। राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो। सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ। ‘हामीले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वबाट भ्रमणको प्रतीक्षा गरेका छौं, चीनजस्तो घनिष्ठ मित्र र त्यहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हुनेछ’ –उनले भने। चिनियाँ राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। वाङ भ्रमण वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो। पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ। चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आएका थिए। यसपटकको उनको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता सोमबार हुनेछ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रुप लिएपछि किशोरी डिप्रेसनमा गएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

अब निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने

काठमाडौंः निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो । अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिस्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने निजामती कर्मचारीले परीक्षा उतीर्ण गरेमा त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन । हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिव खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ । राज्य व्यवस्था समितिले राजपत्रांकित प्रथम र द्धितीय श्रेणीको पदको खुला प्रतियोगिताबाट गरिने पदमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सांगठनिक संस्था वा अन्तर्राष्ट्रिय संस्थाको एक श्रेणी वा तह मुनिको अधिकृतस्तरको कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने गरी सहमति जुटाएको हो । अनलाइन खबरबाट साभार

मृगौलापीडित पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डरको मृत्यु

काठमाडौं, तत्कालिन माओवादीले स्थापना गरेको जनमुक्ति सेनाका सेक्सन कमाण्डर बिरबल बिक ‘मिलन’को निधन भएको छ । मृगौला रोगबाट पीडित मिलनको गएराती निधन भएको हो । उनी विगत ६ महिनादेखि दुबै मृगौलामा समस्या देखिएपछि उपचारमा थिए । मिलन सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ साविक माओवादी केन्द्रका वडाअध्यक्ष , शारदा निमावि क्युरेनी व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । ४० वर्षीय मिलनको निधनपछि सल्यान गृहजिल्ला भएका नेकपा नेता रमेश मल्लले लेखेका छन हामीले कमरेड मिलनलाई बचाउन सकेनौं । मिलन जस्तै हजारौं जनयोद्दाहरु शरीरभरि बम र गोलिका छर्रा बोकेर बाचिरहेका छन । तिनको उपचार, जनयोद्दाको परिवारको रेखदेख र बालबालिकाको शिक्षादिक्षामा सरकार सम्वेदनशिल बनोस, गम्भीर ध्यानाकर्षण गराउँदछु ।

रानुका बारेमा लता मंगेशकरको बयानले मच्चियो सनसनी, प्रशंसकले गरे चर्को आलोचना

मुम्बई । दिग्गज गायिका लता मंगेशकरले केही दिन अघिदेखि इन्टरनेटमा भाइरल बनेकी रानू मण्डलका बारेमा दिएको प्रतिक्रियाले यतिखेर सनसनी मच्चिएको छ । लता मंगेशकरको प्रतिक्रियामाथि रानु मण्डलका फ्यानहरुले निकै कडा टिप्पणी गरेका छन् । लताले भन्न खोजेको कुरा बिनम्र भएर पनि भन्न सकिने बताउँदै फ्यानहरुले यति महान गायिकाले यति तल्लोस्तरमा उत्रेर टिप्पणी गर्नु गलत भएको बताएका छन् । “यति ठूलो सुपरस्टार र यस्तो अविनम्र ?” अर्को प्रयोगकर्ताले लेखेका छन्, “एकजना गरिब महिला आफ्नो जीवनयापनका लागि रेल्वे स्टेशनमा गाना गाँदै थिइन । आश्चर्यजनकरुपमा उनको आवाजलाई सोसल मिडियामा मानिसहरुले नोटिस गरे र उनी स्टार बनिन । लताजीले विनम्र भएर उनको सराहना र मद्दत गर्न सक्थिन ।” एकजना युजरले भने लताको कुरामा सहमति जनाउँदै उनको शब्दलाई कठोर बताए । पश्चिम बंगालको रानाघाट रेल्वे स्टेशनमा लताद्वारा गाइएको गीत “एक प्यारका नगमा है” लाई गाएर रानु मण्डल रातारात इन्टरनेटमा छाएकी हुन । उनलाई हिमेश रेशमियाले गाउन ब्रेक पनि दिए । अहिलेसम्म उनले हिमेससँग तीनवटा गीत रेकर्ड गरेकी छिन् । के भनेकी थिइन त लताले ? लताले हालै मात्र भनेकी थिइन, “यदि मेरो नाम र कामबाट कसैको राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु । तर मलाई लाग्दैन कि कसैको कामलाई कपि गरेर लामो समयसम्म सफलता पाउन सकिएला । म, किशोर दा, रफी साब, मुकेश भैया या आशाका गीत गाएर कुनै पनि सिंगर केही समयका लागि अरुको ध्यान आफ्नोतर्फ तान्न सक्ला तर यो फेम लामो समयसम्म रहन सक्दैन ।” उनले अगाडि भनेकी छिन्, “सधै ओरिजिनल रहनुस । जुनसुकै सिंगरका एभरग्रिन गीत गाएपनि आफ्नै स्टाइलमा गाउनुस ।” लताले यसका लागि आशा भोसलेका उदाहरण पनि दिए । यदि आशा भोसलेले आफ्नो गीतको स्टाइल विकास नगरेको भए उनले कहिले पनि आफ्नो गीतको स्टाइल विकसित गर्न सक्ने थिइनँ । “ऊ मेरो छाया मात्रै बनेर रहन्थी ।” उनले भनेकी थिइन ।

भाटभटेनी सुपरमार्केटका मालिकसहित २ भूमाफियाको सम्पत्ति छानविनमा

काठमाडौं, असार १७ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्कटकका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकोे छानविनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो । नागरिक दैनिकबाट

सिन्धुलीमा यात्रुवाहक विङ्गर गाडी दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुली, असार १३ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा यात्रुबाहक विङ्गग गाडी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१.ज ५३०१ नम्बरको विङ्गर गाडी गोलन्जोर गाउपालिका ५ छब्बीस किलोमा अनियन्त्रित भर्इ दुर्घटना भएको हो । घाइते ११ मध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । अरुको खुर्कोटको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। गम्भीर घाइते कमलामाई नगरपालिका–४ का समुद्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनका ८ वर्षीय छोरा युवनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परी सिन्धुली कमलामाई नगरपालिका –३ बस्ने बर्ष २५ का नवराज बम्जन, कमलामाई नगरपालिकाको रानीखोला बस्ने ४० वर्षीया खिलमाया गुरुङ छातीमा चोट लागी गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए । गाडी चालक सिन्धुलीको कमलामाई नगरपालिका–७ गडौलीका करिब २६ वर्षीय प्रकाश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

नक्कली प्रमाणपत्र बनाउने २ जना पक्राउ

चितवन, असार ६ । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् । भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो । नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।