ऊर्जामन्त्री शर्माले भने–‘राष्ट्रवादको नाराभित्र राष्ट्रघाति काम भइरहेको छ’
काठमाडौं, पुस २५। ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गरेका छन् ।
अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नाराभित्र आन्तरिक राष्ट्रियता विथोल्न लागि परेको बताएका हुन् ।
उनले भने– “कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन” मन्त्री शर्माले भन्नुभयो “ मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन ।”
संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उनले मधेशी समुदायलाई अधिकारविहीन अवस्थामा राखेर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्क गरे । विपक्षीको आन्दोलले निर्वाचनको तालिका पर धकेल्ने काम गरेको मन्त्री शर्माले बताए ।
अर्को एक प्रसंगमा उनले इन्जिनीयरिङका विद्यार्थीहरुलाई वर्षमा एक पटक ३ महिने अभियान लिएर गाँउ टोलहरुमा प्रयोगात्मक शिक्षा लिने कार्यक्रम बनाउन सुझाव दिए । जनतासँग जोडिएको प्रयोगात्मक शिक्षाले मात्र स्वरोजगारयोग्य जनशक्ति उत्पादन गर्ने भन्दै मन्त्री शर्माले गाँउ जाने अभियानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
छोरीलाई विष खुवाएर आमाले गरिन आत्महत्या, एक छोरीको ज्यान गयो
सर्लाही, पुस १९ । सर्लाहीमा एक महिलाले तीन छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी छिन । तीन छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी पिपरिया–३ कि ३० वर्षकी गुन्द्रु देवीको ज्यान गएको छ । भने विष खुवाइएकी एक छोरीको पवनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । गुन्द्रु र चन्दाकुमारीको उपचारका लागि जिल्ला मलंगवा लैजाने क्रममा ज्यान गएको स्थानीयले जानकारी दिएका छन् । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षकी छोरी पूजाकुमारी र तीन वर्षकी छोरी राधाकुमारी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा गरिबीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
आजपनि पनि बढ्यो नेप्से
काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पनि बढेको छ । अंग्रेजी नयाँ वर्षको सुरुको दिन नेप्से २२ दशमलब ५५ अंकले बढेको हो । नेप्से बढेपछि सेयर लगानीकर्ताहरु हर्षित बनेका छन् । २२.३४ अङ्कले बढेर परिसूचक १४६५.७२ अङ्कमा पुगेको छ । यो दिन समग्रमा बजार १.५५ प्रतिशतले बढेको छ । १३४ कम्पनीको १३ लाख सात हजार ६५ कित्ता सेयर ५७ करोड ३३ लाख ५० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजार बसेपनि सेयर कित्ता र कारोाबर भएका कम्पनीको आधारलाई हेर्ने हो भने कारोबार रकम बढन सकेको छैन । आइतबार वित्त र उत्पादन तथा प्रशोधन बाहेकका समूहको परिसूचकमा सुधार भएको छ । होटेल समूहको परिसूचक ३५.६४, वाणिज्य बैङ्क समूह २९।३४, बिमा समूहको २७।६७, जलविद्यूत समूहको २६.१ र अन्य समूहको परिसू्चक ७।५२ अङ्कले उकालो लागेका छन् । आइतबार टेलिकमको नौ करोड ४२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८५ लाख, एभरेस्ट बैंककको दुई करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
झण्डै सत्तरी करोड शिक्षण अस्पताललाई सहयोग
काठमाडौँ, पुस १३ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले सहमति गरेको छ । उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरेका छन् । यसैगरी जाइकाले जापानको आव २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ । सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेको छ । सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा संख्यात्मक र गुणात्मक सुधार हुने बताए । राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा संख्यात्मक र गुणस्तर वृद्धि हुने बताएका छन् । अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेश गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुगेका छन् ।
परीक्षाफल प्रकाशित
काठमाडौं, पुष १३ । व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाको परिक्षाफल प्रकाशित भएको छ । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७३ जेठमा लिएको चार वर्षे स्नातक बिबिएसको तेस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशित गरेको हो । जम्मा २८०१८ जना सहभागी परीक्षार्थीमध्ये ७६७० जना उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ । यसको नतिजा edusanjal.com, educationsanar.com, र tu.ntc.net.np मा हेर्न सकिन्छ ।
गाई हत्याको बिरोधमा बन्द गराउँदै हिँडेका १५ जना पक्राऊ, दाङको जनजीवन प्रभावित
दाङ पुष १२ । कैलालीको गोदावरीमा अर्धमृत अवस्थामा गाई फालिएकोमा बन्दको आयोजना गर्ने बिभिन्न संघसंस्थाका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाइहरुको सामूहिक हत्या गरिएको भन्दै दाङका बिभिन्न हिन्दुवादी संगठनहरुले बन्दको आव्हान गरेका हुन । बन्दका कारण दाङमा यातायात, शैक्षिक संस्था, उद्योग, व्यापार व्यवसायच लेका छैनन् । पूर्व पश्चिम राजमार्गमा समेत गाडीहरु चलेका छैनन् भने लामो दूरीका गाडीहरु प्रहरीको सुरक्षा घेरामा पठाइएका छन् । प्रहरीले बन्द गराउँदै हिँडेकाहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको छ । सोमबार बेलुका बन्दको आव्हान गरिरहेका ६ जना र मंगलबार बिहान ९ जनालाई नियन्त्रणमा लिएको हो ।
बजारमा ‘लाईंदैन माया पिरती’
काठमाडौँ – गायक कृष्ण काफ्लेले नयाँ एल्बम बजारमा पस्केका छन् । ‘लाइदैँन माया पिरती’ बोलको नयाँ लोक पप गीतमा शब्द विक्रम सुन्दासको रहेको छ भने संगित पुरुषोत्तम न्यौपानेको रहेका म्युजिकक भिडियोमा अशिष्मा नकर्मि र गायक काफ्ले आफैले अभिनय गरेका छन । भिडियोको डाइरेक्सन बिशाल भण्डारीले गरेका छन । चलचित्र लभ यु बाबाबाट मेरो मुटुको टुक्रा तिमी, चलचित्र बृन्दाबनको तिमी ताला म हुँ चाबी, चलचित्र छक्का पञ्जाबाट देखन चम्पा, किश्मत २ बाट तिम्रो पिक्चर हिट उनका सफल गीतहरु हुन् । १५० भन्दा बढी गीतहरुमा उनले आफ्नो आवाज दिइसकेका गायक काफ्ले अहिले सांगितीक कार्यक्रममा निकै नै व्यस्त छन । उनी भन्छन् ‘हरेक कुराको समय आउनु पर्दो रहेछ र अहिले मेरो समय आएको अनुभुत गरिरहेको छु ।’
संघीयताको बिरोध गणतन्त्र सिध्याएर राजा ल्याउने षडयन्त्र – प्रचण्ड
घोराही, पौष ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता खारेज भएर गणतन्त्र जोगिन नसक्ने बताउनु भएको छ । माओवादी केन्द्रको पाँच नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी—समानुपातिक र सामाजिक न्यायजस्ता मुद्धा जनयुद्धका मुद्दा हुन्, माओवादीका मुद्दा हुन् । एकथरी मान्छेहरु संघीयतामा जानु गल्ती भयो भन्दैछन् । संघीयता उल्टियो भने यो मात्रै उल्टिने छैन, यसको सम्बन्ध परिवर्तनका मुद्धाहरुसँग छ । संघीयता उल्टियो भने गणतन्त्र उल्टिन्छ, समावेशिता उल्टिन्छ, धर्मनिरपेक्षता पनि उल्टिन्छ । संघीयता उल्टिएर अरु मुद्दा जीवित रहन्छन् भन्ने कसैले सोचेको छ भने त्यो भयानक भूल हो ।’ संघीयता उल्टाएर माओवादी जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘आफूलाई कम्युनिष्ट र प्रगतिशील भन्नेहरुलाई पनि अहिलेको संविधान मन परेको छैन । बन्द कोठाभित्र बरु राजा नै ठीक थिए भन्नेसम्मका छलफल चल्न थालेका छन् । परिवर्तनका मुद्दा उल्टाएर जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने सपना देखिँदैछ । तर, कसैले चाहँदैमा परिवर्तन उल्टिँदैन, सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ, कसैले चाहँदैमा संविधान खारेज हुँदैन ।’ प्रशिक्षण कार्यक्रममा राष्ट्रवादका नाममा पहाड र मधेशलाई मिल्न नदिने षड्यन्त्र भएको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘कुरा त राष्ट्रवादको गरिएको छ । तर, त्यसभित्र पहाड र मधेशलाई मिल्न नदिने र देशलाई साम्प्रादायिक द्धन्द्ध र भड्खालोमा हाल्ने गम्भीर षड्यन्त्र लुकेको छ । कसैलाई धकेलेर राष्ट्रियता जोगिदैन, झन् कमजोर हुन्छ । सरकार हिमाल, पहाड र तराईलाई मिलाएर बलियो राष्ट्रिय एकता कायम गर्न चाहन्छ । त्यसैका लागि संविधान संशोधनको प्रस्ताव गरिएको हो ।’ सरकार प्याकेजमै सहमतिको पक्षमा रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘संसदमा संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचन सम्बन्धि विद्येयक दर्ता भएका छन् । सरकार प्याकेजमै सहमति खोजेर निर्वाचनमा जान चाहन्छ । प्रतिपक्षी साथीहरुले प्याकेजमा सहमति वा संसदीय विधिमध्ये एउटा रोज्नुपर्छ । संसदीय प्रक्रियामा विश्वास गर्ने दलले संसद अवरुद्ध गरेर निर्वाचन रोक्नु शोभनीय हुँँदैन ।’ प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रष्ेठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन लगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको बिकल्प नभएको भन्दै त्यसका लागि जनतामा जान नेता कार्यकर्तालााई आग्रह गर्नुभयो ।
बिपिसीबाट २० प्रतिशत लाभांश
काठमाडौँ, ८ पुस । बुटवल पावर कं(बिपिसी)ले ३० मेगावाट क्षमताको न्यादी(लमजुङ) र ३७.६ मेगावाट क्षमताको काबेली ए(पाँचथर) जलविद्युत् निर्माण गर्ने भएको छ । निजी क्षेत्रको अग्रणी विद्युत् उत्पादन कं बिपिसीको आज यहाँ सम्पन्न २४ औँ वार्षिक साधारणसभाले कम्पनी तथा सहायक कम्पनीमार्फत ती आयोजना निर्माण सुरु गर्न लागेको जानकारी दिएको छ । कम्पनीले १०० मेगावाट क्षमताको तल्लो मनाङ र ८.५ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना समेत अगाडि बढाउने भएको छ । कम्पनीले आव ०७२÷७३ मा खुद मुनाफा रु ५७ करोड ५९ लाख गरेको छ । अघिल्लो आवको तुलनामा उक्त मुनाफा १९.९ प्रतिशतले बढी रहेको कम्पनीका अध्यक्ष पद्मज्योतिले जानकारी दिए । कम्पनीबाट १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् केन्द्र र ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत् केन्द्र सञ्चालनमा छन् । कम्पनीका ४८ हजार ५९९ ग्राहक छन् । कम्पनीले सहायक तथा सम्बद्ध कम्पनीमार्फत ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना र चार मेगावाटको खुदी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । ती आयोजना हाल सञ्चालनमा छन् । कम्पनीले सेयर धनीलाई आव ०७२÷७३ को खुद मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र खुद मुनाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय समेत गरेको छ । रासस
जाडो छल्न आगो बाल्दा छ लाख बराबरको क्षति
इनरुवा, मंसिर ३० । सुनसरीको सीमावर्ती क्षेत्र घुस्की–६ मा जाडो छल्न आगो बाल्दा सोही आगोले विकराल रुप लिएपछि छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति बालेको आगोले एक घुरबाट सल्केर स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् । हाल भने आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।
कतार जाने कामदारलाई आजदेखि नयाँ नियम, यस्ता छन् नयाँ कानुनका विशेषता !
गणेश बञ्जाडे/ कतार, मंसिर २८ । रोजगारीका लागि नेपालीको गन्तव्यका रुपमा रहेका कतारमा मंगलबारदेखि नयाँ नियम जारी भएको छ । कतार सरकारले आप्रवासी कामदारका लागि कानुन संशोधन गरेर नयाँ कानुन कायान्वयनमा ल्याएको हो । नयाँ नियममा उसको देशमा काम गर्ने कामदारलाई थप अधिकार प्रदान गर्दै सहज व्यवस्था गरिएको छ । कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो । नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि अमिरलाई पठाएको थियो । त्यसबेलै कतारको माथिल्लो निकाय अर्थात अमिरले यो नियम स्वीकृत गरेपनि डिसेम्बर १३ देखि लागु गर्ने जनाइएको थियो । कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म लाश समेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ । कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अव कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले विदा नदिए छुट्टै समिति बनाइएको छ र त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्नेछ । सेवा अवधि रोजगारदाता कहाँ काम गर्न थालेको दिनबाट गन्ति हुनेछ । कामदारले अव रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगार दातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराइरहन पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । कतारको संसोधित नयाँ कानुनका मुख्य बुँदा र विशेषता — करारपत्रमा केन्द्रित स्पोन्सरसीप — पाँच बर्षसम्म एउटै कम्पनीमा सेवा दिए एनओसी दिनुपर्ने — करार पत्र सकिएलगत्तै स्वदेश फिर्न पाइने — सक्कली करारपत्र बोकेकालाई मात्रै कतार प्रवेश गर्न दिइने — कम्पनीले कामदारलाई रोक्ने अधिकार कटौती — श्रम विवाद भएमा अस्थायी स्पोन्सर पाउने — दोश्रो देशमा भ्रमण गर्न एक्जिट पत्र नचाहिने, कतारलाई छोड्नु परेमा मात्रै एक्जिट पत्र चाहिने — राहदानी राख्ने रोजगारदाता कम्पनीलाई १० देखि २५ हजार रियाल जरिवाना — अनुमति बेगर अर्को कम्पनीमा कामदार पठाए ५० हजार रियाल जरिवाना र तीन बर्ष जेल — कम्पनीले निष्कासन गरेमा चार बर्ष कतार आउन नपाउने — श्रम मन्त्रालयबाट रोजगारपत्रमा प्रमाणीकरण गरेपछि मात्रै भिसा जारी
थप तीन हवाई रुट दिन भारत सकारात्मक
काठमाडौँ, मंसिर २८ । नेपाल आउने जहाजका लागि थप रुट दिन आनाकानी गर्दै आएको भारतल अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने संकेत गरेको छ। नेपाल र भारतबीच अर्को साता हुने बैठकमा यस्तो सुविधा प्रदान गर्न भारत सकारात्मक रेहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। आइतबारको मन्त्रिपरिषद बैठकले भारतसँग हवाई रुट तथा हवाई क्षेत्रसँग सम्बन्धित विषयमा वार्ता गर्नका लागि वार्ता टोलीसमेत पठाउने निर्णय गरेको छ । नेपाल र भातबीच २०६६ मा वार्ता भएयता स्थगित भएको थियो । हवाइ रूट खुल्न सकेमा खाडी राष्ट्रबाट नेपालमा हुने उडानको दुरी छोटीनेछ। यस्तै भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ। सात वर्षपछि हुने वार्ताका लागि भारतले नै नेपाललाई निम्तो दिएको हो। यो खबर आजको कारोबारमा छ ।
रङ्ग उद्योगमा आगलागी
मोरङ, मङ्सिर २७ । विराटनगर–९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ । उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो । प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे । आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सिसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएको छ । वारुणयन्त्र र प्रहरीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
निजामतिको उमेर बढाउँदा क्रान्तिकारी आक्रोशित, विरोधमा उत्रने चेतावनी
काठमाडौं, मंसिर २७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निजामति कर्मचारीको उमेरहद बढाउन लागेकोमा आपत्ति जनाएको छ । सोमबार पशुपति क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले निजामती सेवामा विद्यमान ५८ वर्षे उमेरहद वढाई ६० वर्ष वनाउने प्रावधान युवा विद्यार्थीलाई कुनैपनि हालतमा स्विकार्य नहुने वताए। ‘हजारौं नव युवालाई निजामती सेवामा प्रवेश रोक लगाउने षड्यन्त्र स्वरुप आएको यो प्रावधान हामी किमार्थ स्विकार्दैनौं ’ उनले भने । सरकारले निजामती सेवा ऐन संशोधन गरी उमेरहद वढाएर ६० वर्ष वनाउन लागेको छ । ‘आजको युगमा नयाँ पुस्तालाई भित्र्याउन ५८ वर्ष समेत घटाउनुपर्ने स्थिति छ । भन्दै सामन्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गर्न लागेको संशोधन विधेयक तत्काल नरोकिए आन्दोलनमा जाने चेतावनी उपाध्यक्ष तामाङले दिए।कार्यक्रममा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष द्वय गंगाराम तिमल्सिना,पञ्चा सिंह लगायतले वोलेका थिए।कार्यक्रममा चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहेको थियोे ।
स्वास्थ्यमन्त्रीले गरे सामुदायिक अस्पतालको उद्घाटन
ललितपुर, मंसिर २७ । बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराहीमा सामुदायिक अस्पतालको स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज उद्घाटन गर्नुभएको छ । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जर्नाएको छ । अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत उनको भनाइ थियो । उनले अस्पताललाई आवश्यक पर्ने नयाँ भवनको समेत शिलान्यास गरेको छ। नयाँ भवन निर्माणका लागि इमान्जुलियस लुथर्न चर्च अमेरिकाले रु एक करोड २६ लाख ७५ हजार सहयोग गरेको अस्पतालका डा कृष्णमान महर्जनले बताए । अस्पतालमा २५ श्यया क्षमता भएको उनले बताए । प्राप्त रकमले हाल अस्पताल सञ्चालनमा रहेको भवनको माथिल्लो तला थप र नयाँ एकतले भवन निर्माण हुने उनले बताए । सो अवसरमा राजनीतिक दलका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापालाईसोही स्थानमा जिल्ला अस्पताल स्थापनाका लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस बज्रवाराही नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले बताएको छ ।
चिसोले कष्टकर बन्दै जनजीवन
लहान, मंसीर २७ । मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । अत्याधिक चिसोका कारण सिराहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । यात्रु नपाई कतिपय यात्रुबाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताएका छन् । अर्कोतिर अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।