गठबन्धनबाट अात्तियो एमाले, चुनाव भाँड्न गोप्य रणनीति बनाउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि सरकार र प्रधानमन्त्रीको आलोचनामा जुटेको एमाले चुनावको मुखमा आइपुग्दा सत्ता गठबन्धनको भूमिकाबाट त्रसित भएको देखिन्छ ।

एमाले अन्तर्गतका बिभिन्न स्थानीय र केन्द्रीय भेला तथा बैठकहरुमा व्यक्त भएका विचार र केन्द्रीय नेताहरुका अभिव्यक्ति हेर्दा सत्तारुढ गठबन्धनले अघि सार्दै गएका कार्यक्रम र नीतिहरुका कारण चुनावमा अपेक्षित नतिजा नआउने निश्कर्षमा एमाले पुगेको हो ।

सुरुका दिनमा सरकारको आलोचना व्यापक भएपछि उत्साहित एमाले लोडसेडिङ अन्त्य लगायत अन्य क्षेत्रमा सरकारले गतिशीलता देखाएपछि अप्ठ्यारोमा परेको हो ।

श्रोत भन्छ, “सरकारको आलोचनाका लागि एकपछि अर्को भ्रमहरु छर्दै गएपनि सरकारको लोकप्रियता बढ्दै गएपछि एमालेले चुनाव सामना नगर्ने रणनीति बनाउन खोजेको छ ।” खासगरी ५ नं. प्रदेशको विवादलाई ‘क्यास’ गर्ने रणनीति समेत असफल बनेपछि एमाले थप आत्तिएको अवस्थामा पुगेको हो । “५ नं. प्रदेशको विवादलाई आन्दोलनमार्फत चर्काउन खोजेपनि त्यसले निरन्तरता नपाएपछि र सदनको गतिरोध कायमै राख्दा यसले उल्टो एमालेलाई नै असर पर्ने अवस्था आएपछि एमालेका अगाडि चुनाव असफल पार्ने बाहेक अरु विकल्प छैन” श्रोतले भन्यो, “बाहिर चुनाव हुनुपर्छ भनेर अड्डी कसेपनि एमाले चुनावको सामना गर्ने मूडमा अहिले छैन ।”

एमालेले स्थानीय चुनावमा पहाडी क्षेत्रमा आफ्नो पकड कायम राख्न सकिने आँकलन गरेपनि सबैभन्दा बढी निर्वाचन क्षेत्र भएका तराई मधेसका जिल्लाहरुमा प्रदेश र केन्द्रीय चुनावमा हुनसक्ने सम्भावित हार उसका लागि ठूलो चुनौती हो । “५ र ४ नं. प्रदेशमा पनि कांग्रेस र माओवादीको बलियो उपस्थिति छ । त्यसैले प्रदेश विभाजनको मनोविज्ञानले चुनावसम्म नथेग्ने निष्कर्शमा एमाले नेताहरु पुगेका हुन ।” श्रोतले बतायो ।

एमालेभित्रका कतिपय नेताहरुले चुनाव भएमा आफू पहिलो शक्ति हुने बताएपनि स्वयम् अध्यक्ष ओलीले नै सरकारमा दुई दल भएको अवस्थामा यो त्यति सहज नभएको स्वीकार गरेका थिए । ओली निकट नेताहरु सम्मिलित एक अनौपचारिक बैठकमा अध्यक्ष ओलीले सरकारले चुनावको मिति पर सार्दै जाँदा एमालेप्रतिको आकर्षण समेत घट्दै जाने र सरकारले ल्याएका केही कार्यक्रमले माओवादी र कांग्रेसको पक्षमा नै जनमत बन्दै गएको बताएको श्रोतले जनायो । “अध्यक्ष ओलीले मिडिया समेत एमाले पहिला जस्ता सशक्त नबनेको र सरकारको पक्षमा बढी प्रचार भइरहेकोमा असन्तुष्टि व्यक्त गरेका थिए” श्रोतले भन्यो, “हाम्रो निकट भनिएका मिडियाहरु समेत सरकारी कामको प्रचार गरेर बसेका छन्, मधेसमा संगठन परिचालन छैन, मैले मात्रै बोलेर के हुन्छ ?” ओलीले असन्तुष्टि पोखेको श्रोतले बतायो ।

सरकारले यातायात, जलविद्युत र प्रवासी नेपालीहरुका पक्षमा गरेका कामले एमालेलाई सबैभन्दा आशंकित बनाएको श्रोतले बतायो । प्रवासमा रहेका लाखौं कामदारले समेत भोट हाल्ने अवस्था आयो भने एमालेकै साथीहरुले समेत माओवादी कांग्रेसलाई भोट हाल्ने आशंका रहेको एमालेका कतिपय नेताहरुले बताएका थिए । यता राजधानी उपत्यकापछि पोखरा, चितवनलगायत देशैभरी लोडसेडिङ अन्त्य हुने, यातायातका क्षेत्रमा भएका काम र मेलम्चीको पानी र खानेपानीका क्षेत्रमा समेत काम गर्ने सरकारी घोषणा कार्यान्वयन भए यसले थप समस्या निम्त्याउने उनीहरुलाई लागेको छ ।

पछिल्लो चरणमा सरकारविरुद्ध गरिएका आलोचनाहरुले उल्टो आफूलाई नै कमजोर पारेको निष्कर्श केही एमाले नेताहरुले गरेको श्रोतले जनायो । लोकमानसिंहविरुद्धको आन्दोलन प्रत्युपादक हुनु, सदनको अवरोधले बुद्धिजीविहरुबीच एमाले आलोचित हुनुजस्ता कतिपय घटनाले एमाले झस्केको छ ।
यो अवस्थामा चुनावको घोषणा गरिए आफूलाई अप्ठ्यारो पर्ने आँकलनसहित एमालेले सदनको अवरोधलाई संशोधन विधेयकको बिरोधको नाममा थप अल्झ्याउने रणनीति लिने देखिन्छ । “निर्वाचन विधेयक या चुनावको घोषणा गर्दैमा संशोधन पारित नभएसम्म चुनाव नहुने एमालेलाई राम्रैसँग थाहा छ” श्रोतले भन्यो, “त्यसैले आफूले चुनाव चाहेको देखाउन चुनावको कुरा गर्ने र संशोधनको बिरोध जारी नै राख्ने रणनीति एमालेले लिएको छ ।” श्रोतले बतायो । अघोषितरुपमा यो चुनावलाई असफल पार्ने र सरकारलाई आलोचित बनाउने रणनीति भएको श्रोतको दावी छ ।

ओली सन्केर फर्किए, प्रचण्ड पर्खेर बसिरहे

काठमाडौं, कहिलेकाहिँ गज्जबका संयोग घटित हुँदा रहेछन् । यस्ता संयोगहरुले घटना, पात्र र प्रवृत्तिलाई उदाङ्ग गरिदिन्छन् । नेपालको राजनीतिका कैयन् यस्ता संयोगहरुको श्रृंखलामा बिहिबार एउटा घटनाले सबैको ध्यान तान्यो । स्थानीयदेखि राष्ट्रिय मिडियामा यो घटनाले चर्चा पायो । तर मिडियामा यो संयोगको एउटा पाटोको मात्रै चर्चा भयो । सिक्काको अर्को पाटो मिडियाले लेखेन या देखेन । संयोग थियो छिमेकी जिल्ला स्याङ्ग्जा र पवर्तमा आयोजित दुई कार्यक्रमको । स्याङ्ग्जामा प्रमुख अतिथी थिए पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उता पर्वतको कुश्माको कार्यक्रममा प्रमुख अतिथी थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । यो संयोग जुरायो लोडसेडिङले । उही समयमा, उही परिवेश र प्रकृतिमा । स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले भाषण गर्दै थिए, ठीक त्यही समयमा प्रचण्डले कुश्मामा पर्वत महोत्सवमा उपस्थित जनमानसलाई सम्बोधन गर्दै थिए । दुबै कार्यक्रमका आयोजकले सल्लाह गरेर दुबै प्रमुख अतिथी बोल्ने समय एउटै पक्कै पनि पारेका थिएनन् होला । तर संयोग त्यस्तै पर्यो । र, उनीहरुले सम्बोधन गरिरहेकै बेला अकस्मात माइक बन्द भयो । प्रमुख अतिथीले सम्बोधन गरिरहेको बेला अकस्मात बत्ती बन्द हुनु र तत्कालै जेनेरेटर नचल्नु आयोजकहरुका लागि समेत सुखद पक्कै थिएन । प्रचण्डले पर्वत उद्योग वाणिज्य महासंघ र स्थानीय राजनीतिक दलहरुका तर्फबाट बुझाइएको ४ बुँदे ज्ञापनपत्रका बारेमा बोलिसकेका थिए । उनले कोरला नाका खुलेपछि पर्वत व्यापारिक केन्द्र बन्ने, कालीगण्डकी करिडोरसँग पर्वतका ६ वटा जलविद्युत आयोजना जोडिने वित्तिकै विद्युत हब बन्ने र पोखरा भित्रिने पर्यटक पर्वत तान्नेगरी पर्यटनको विकास गर्ने सम्भावनाका बारेमा बोलिसकेपछि भने– अब म केही कुरा सरकार र देशको परिस्थितिको बारेमा गर्न गइरहेको छु…। वाक्य पुरा भयो र योसँगै बत्ती गयो । माइक बन्द भयो । प्रचण्ड रोकिएनन, दशौं हजार सहभागी महोत्सवलाई उनले बिना माइक नै सम्बोधन गर्न खोजे– देश अहिले जटिल… आयोजकहरुले माइक चलाउन खोजे, बत्ती गएको स्पष्ट भयो । प्रचण्ड एकछिन रोकिए । त्यसपछि आफ्नो मुख्य अतिथीको कुर्सीमा आएर बसे । यता दर्शकदीर्घा र मञ्चमा बसेकाहरुबीच कानेखुशी चल्यो– पर्वतमा त त्यसै पनि बत्ती नजाने, प्रचण्डले राजनीतिक कुरा गर्न खोज्दाखेरी अचानक बत्ती गयो, कतै नियोजित तरिकाले त बत्ती बन्द गरिएन ? कतिपयले विद्युत प्राधिकरणमा फोन हान्न मोबाइल झिके । प्रचण्ड भने यथास्थानमा बसिरहे । आयोजकहरुले जेनेरेटर चलाउन खोजे, तर तत्काल त्यो पनि चलेन । प्रचण्डले रिस देखाएनन्, अधैर्यता पनि देखाएनन् । उनी बसिरहे । दर्शकदीर्घाबाट समेत कुनै हुटिङ भएन । सौम्यता कायम थियो, धैर्यता कायम थियो पर्वतवासीको । करिब ३, ४ मिनेटपछि माइक चल्यो । प्रचण्ड रोष्टममा गए, माइक समाते । उनले बत्ती गएको विषयमा केही टिप्पणी गर्लान् भन्ने धेरैले आँकलन गरेका थिए । तर उनले यसबारेमा एक शब्द बोलेनन् । उनले सोझै भाषण शुरु गरे– मैले तपाईहरुलाई देश जटिल परिस्थितिमा रहेको कुरा गरिरहेको थिएँ…। यो प्रचण्ड उपस्थित कार्यक्रमको दृश्य थियो । …. ठीक यही समयमा उता स्याङ्जामा ओलीले भाषण गर्दा बत्ती गएपछि उनको पारो तात्यो । उनले यसलाई अनपेक्षितरुपमा लिए । आयोजकहरुले आफूलाई अपमान गरेको शैलीमा यसलाई लिए । कार्यकर्ताहरु अधैर्य भए । नेपालमा १८ घण्टासम्म पनि बत्ती जाने गथ्र्यो र नेताहरुले पनि विगतमा घाँटी सुकाएरै कार्यकर्तामाझ भाषण दिने गर्थे भन्ने कुरा बिर्से । उनीहरुलाई लाग्यो, यो षडयन्त्र हो । ओलीलाई बोल्न नदिन सरकारले गरेको षडयन्त्र । छैटौं वालिङ महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा सहभागिले नाराबाजी गर्दै ढुंगा प्रहार गरे । ‘जसको मन जस्तो छ, उसले त्यही देख्छ भन्छन’ यस्तो अवस्थालाई हामीकहाँ । षडयन्त्र थियो भने त्यो प्रचण्डका लागि पनि हुनुपथ्र्यो होला । किनभने एउटै प्रसारण लाइनको बत्ती गएको थियो । कार्यकर्ता र दर्शकले अधैर्यता देखाएपनि ओलीले धैर्यता देखाउन पथ्र्यो । तर उनले झनै आफूलाई सम्हाल्न सकेनन् । ओलीले भाषण गर्न चाहेनन् । उनी रोष्टम छोडेर निस्किए । ………… यी दुई संयोगले अहिलेको राजनीतिक प्रणालीमा देखिएका दुई भिन्न प्रवृत्ति र चरित्रको प्रतिबिम्बन गर्छ । एकातिर ओली छन् । औडाहा, दम्भी, जिद्दि र अव्यवहारिक । आफूले भनेको हुनैपर्ने, त्यो ठीक होस् या नहोस् । हरेक कुरामा षडयन्त्र देखिहाल्नुपर्ने । अतार्किक अतिवाद, अवैज्ञानिक राजनीतिक चिन्तन र व्यवहार । बुझेर पनि बुझ पचाउने र चीजलाई अनावश्यकरुपमा तरंगित गर्न खोज्ने । हुल्याहरुको जमातको भरमा । अर्कोतर्फ प्रचण्ड छन्, परिस्थितिको आँकलन गर्ने । यस्तो भएछ है, तर यस्तो यो यो कारणले भएको हुनुपर्छ भनेर परिस्थितिलाई बुझने । परिस्थिति अनुकूल छैन भन्दैमा आत्तिएर हुन्न बरु धैर्यताका साथ अघि बढ्नु पर्छ भन्ने । विषम परिस्थितिमा पनि सन्किनु हुन्न भन्ने प्रवृत्ति । यही चिन्तन र प्रवृत्तिका कारण नै होला, आफू सरकारमा गएदेखिका हरेक दिन उनले नयाँ नयाँ आलोचना झेलिरहेका छन । र, पनि अघि बढेका छन् आफ्नै गतिमा । आज एउटा आलोचना सर्वत्र फैलिन्छ, लाग्छ, प्रचण्ड अब आत्तिए । तर प्रचण्ड एककदम अघि हिँडिसकेका हुन्छन्, त्यो आलोचना त्यसै स्खलित हुन्छ । भोली अर्को आलोचना आउँछ झनै डरलाग्दो । सोचिन्छ, यो आलोचनाले त सरकार धर्मराउँछ होला, तर होइन, प्रचण्ड फेरी अर्को बल प्रहार गर्छन र अघि बढ्छन् । कम्तीमा उनले झेलका यी ४, ५ महिनामा सयबढी यस्ता आलोचनाको बाढी उनले झेले । तर उनी आफ्नै सूरमा हिँडिरहेका छन् । आलोचकहरुसँग जवाफ नै नहुने गरी । …. स्याङ्जाको वालिङमा ओलीले पर्वतको कुश्मामा प्रचण्डले देखाएको व्यवहार देखाएका भए उनकै उचाई बढ्थ्यो । राजनीति र राजनीतिमा राजनेता बन्ने गुण छूद्रतामा होइन, सन्तुलनमा हो, सौम्यतामा हो, कठीन परिस्थितिलाई समेत अनुकुलतामा बदल्ने अठोटमा हो । हिजो सडकको आन्दोलन स्थगित गरेर राजनीतिक जडतालाई १६ बुँदे सम्झौतामार्फत संविधान निर्माणसम्म पुर्याउन प्रचण्डको यही प्रवृत्तिले काम गरेको थियो । आज बनिसकेको संविधानमा हुने संशोधनलाई सदन बहिस्कार गरेर र छलफल नै गर्न नदिएर असफल पार्न ओलीको यही प्रवृत्तिले काम गरिरहेको छ । यो पनि इतिहासको संयोग हो । माक्र्सले भनेझैं पहिलो सुखद घटनाका रुपमा त दोश्रो प्रहसनका रुपमा ।

खाडीमा रहेका नेपाली भन्छन्– प्रधानमन्त्रीको घोषणाले एकदमै खुशी, कार्यान्वयन राम्रो होस्

मेघराज सापकोटा/युएई । विदेशमा रहेका नेपाली कामदारहरुको बीमालगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले गरेको घोषणाको खाडी देशमा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । विदेशमा रहेका नेपाली कामदारहरुको बीमा तथा मृत्यु भएपछि पाउने क्षतिपूर्ति रकमका बारेमा सरकारले गरेको ऐतिहासिक निर्णयले विदेशमा रहेका नेपालीहरुमा सरकारप्रति आशा जागेको उनीहरुको प्रतिक्रिया थियो । युइएमा रहेका बिभिन्न नेपाली संगठनहरुले प्रधानमन्त्री प्रचण्डको घोषणाको मुक्त कण्ठले प्रशंसा गरे । “घोषणाले ठूलो आश जगाएको छ, अबको आवश्यकता यसको सफल कार्यान्वयनको हो”, उनीहरुको भनाई थियो । कतिपय अबस्थामा शब नेपाल लैजान समेत आर्थिक ब्यबस्था नहुदा परिवारले शब पाउन ढिलो हरने, मृतकलाइ मात्रै होइन दुर्घटना वा अन्य कारणले अपांग भइ जीविकोपार्जन गर्न नसक्ने गरी फर्किनेको संख्या बढेकोले मृतकको परिवारलाई भन्दा बढी मर्का अपाङ्ग र अशक्त व्यक्तिका परिवारलाई परेको अवस्थालाई यो घोषणाले सम्बोधन गर्न खोजेको संगठनका प्रतिनिधिहरुले बताए । घोषणासंगै कार्यन्वयन पनि भयो भने फागुनबाट ५० लाख भन्दा धेरै आप्रबासी कामदारहरूले पक्कै राहत पाउने उनीहरुले टिप्पणी गरे । घोषणाका बारेमा बिभिन्न टिकाटिप्पणी उठेकोप्रति लक्षित गर्दै प्रवासी नेताहरुले यो घोषणाकलाई राजनीतिक रंग दिएर विरोध गर्नु भन्दा पहिले ती बिधवा पत्नीको पीड़ा र अनाथ, अबोध बालबालिकाको भबिस्यलाई पनि स्मरण गर्ने कि भन्दै प्रश्न समेत गरेका छन् । “एक किसिमले बैदेशिक रोजगारीमा प्रबासमा रहेका नेपालीहरु त नेपालको अन्नदाता नै हुन । यस्तो अवस्थामा उनिहरुलाई सरकारले जुन दृष्टिदकोणले हेर्ने प्रयास गरेको छ एकदम सर्हानिय छ ।” उनीहरुको भनाई छ । पढ्नुस प्रवासी नेताहरुको भनाई श्याम कंडेल अध्यक्ष प्रबासी नेपाली मँच (नेकपा एमाले) प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको बैदेशिक रोजगार बिमा रकम बढाउने योजना सर्हानिय छ । तर बिमा रकम बढाउने बहानामा बिमा शुल्क बढाउने काम चाहिँ नहोस र घोसणाको कार्यन्वयन पक्ष राम्रो होस् । मृतकका परिवारले सजिलै बिमित रकम पाउन सक्ने गरी अहिलेको झन्झटिलो नियमावली सुधार गरियोस । अहिले पनि धेरै मृतकका परिवार बिमा रकमको लागी हिड्दा हिड्दै बीमा बापतको पाउनु पर्ने रकम बराबर नै खर्च भैसक्दा पनि क्षतिपूर्ति पाउन नसकेको यथार्थतालाई मध्य नजर गरी नियमावलीमा आवस्यक सुधार गरियोस । कतिपय अबस्थामा शब नेपाल लैजान समेत आर्थिक ब्यबस्था नहुदा परिवारले शब पाउन ढिलो भएको देखिन्छ । हुनत शब नेपाल पुर्याउन ढिलो हुनुमा धेरै कारणहरु पनि छन तर अबस्था हेरी यदि रकमको अभाबमा हो भने दुताबासबाट रकम उपलब्ध गराई जति सक्दो छिट्टो परिवारलाई शब दिने ब्यबस्था गरियोस । मृतकलाइ मात्रै होइन दुर्घटना वा अन्य कारणले अपांग भइ जीविकोपार्जन गर्न नसक्ने गरी फर्किनेको संख्या बढेकोले मृतकको परिवारलाई भन्दा बढी मर्का अपाङ्ग र अशक्त व्यक्तिका परिवारलाई परेको छ । कतिपय व्यक्तिको अबस्था यस्तो छ कि अपाङ्ग व्यक्तिलाई हेरचाह गर्दा दैनिक जीवन यापन गर्न समेत धेरै समस्या परेको छ । त्यस्ता अपाङ्ग व्यक्तिको अबस्था हेरेर मृतक सरह नै क्षतिपुर्तिको ब्यबस्था गर्न सरकार सँग माग गर्दछु । बिमा रकम बढाएर बैदेशिक रोजगारीमा प्रोत्साहन गर्नु भन्दा स्वदेशमै रोजगारी सृजना गर्न तर्फ पनि सरकारको ध्यान जाओस भन्ने जोडदार माग गर्दछु । ________________________________________ राम तामाङ महासचिब अन्तरास्ट्रिय नेपाली कलाकार समाज, युएई प्रबासमा विभिन्न दुर्घटनामा कामदारको अकालमा मृत्यु हुँदा बीस लाख र थप सात लाख गरेर सत्ताईस लाख बिमा बापत पहिले भन्दा दोब्बर र बिमा अवधि पनि पहिले भन्दा १ बर्ष ज्यादा गरेर दोब्बर क्षतिपूर्ति दिने घोषणा जुन अहिलेको सरकारले गर्यो यो एकदम स्वागतयोग्य छ । यसले पक्कै पनि प्रवासमा गम्भिर दुर्घटना भएर चन्दा उठाउनुपर्ने अवस्था आएका निर्मल लामा जस्ता होस् वा जीवन राना मगर जस्ता होस् सबैको कल्याण हुनेछ । मुलुकको व्यापार घाटा दिन प्रतिदिन ओरालो लागिरहेको अवस्थामा मुलुकको अर्थ व्यवस्था धानेकै प्रबासी कामदारहरूले पठाउने विप्रेषणले गर्दा हो । विप्रेषणको सहि सदुपयोगबाट देश चल्छ भन्ने प्रष्ट उदाहरण हेर्न हामी धेरै टाढा जानै पर्दैन, पूर्वी एशियाली देश फिलिपिन्सलाई हेर्दा पुग्छ जहाँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबासी कामदार छुट्टिमा फर्कदा होस् वा जीवनमरणको दोसाँधमा घाईते भएर फर्कदा होस् वा करार अवधी सकेर फर्कदा होस्, विमान स्थलको ढोकैमा ठूलो अक्षरले लेखिएको होर्डिङ बोर्डले मृत्युको मुखबाट जोगिएर फर्किएका कामदारको हौसलामात्र बढाउँदैन देश प्रतिको अथाह मोह र जिम्मेवारी पनि बढाउँछ । होर्डिङ बोर्डमा लेखिएको शब्दः “वेलकम् होम टु द हिरोज् अफ द नेशन” अर्थात “राष्ट्रका नायकहरूलाइ हार्दिक स्वागत”। यो वाक्यले पक्कै पनि एउटा श्रमशिल प्रबासी मजदुर, विप्रेषणका सिपाहीको मन कटक्क पगाल्छ नै । यति मात्रै हैन सरकारको प्रत्यक्ष सहभागितामा कामदारको सुरक्षा, हकहित र आयआर्जनमा प्रत्यक्ष वकालत गर्दा वैदेशिक रोजगार एउटा सुन्दर गन्तब्य बन्न सक्छ भन्ने कुरा हामीले फिलिपिन्सबाट सिक्न जरूरी छ जहाँ कानूनतः कामदारको दुर्घटना, अंगभंग वा रोजगारी बिमा गर्नमा जोड दिइन्छ जुन कुरा हाम्रो हालको सरकारले घोषणा त गर्यो । घोषणासंगै कार्यन्वयन पनि भयो भने फागुनबाट ५० लाख भन्दा धेरै आप्रबासी कामदारहरूले पक्कै राहत पाउने छ । ________________________________________ भुपराज बस्याल अध्यक्ष नेपाल पत्रकार महासंघ युएई शाखा एक नेपाली आफू मात्र जिउन होइन, घर परिवारको पालन पोषण र लालनपालनको लागि बिदेशीएको हुन्छ । घरपरिवारको आशाको धरोहर बिदेशी भुमिमा बिभिन्न कारणवस मृत्यु हुदा परीवारमा आउने ठुलै भूइचालोलाई केही हद सम्म भए पनि आर्थिक हिसाबले राहत महसूस गर्ने गरी सरकारले चालेको यो क़दम अत्यंत प्रशंसनीय छ । सरकारको यो निर्णय पछी बजारमा आएका केही टिका टिप्पणीहरू पनि छन । तर यसलाई राजनीतिक रंग दिएर विरोध गर्नु भन्दा पहिले ती बिधवा पत्नीको पीड़ा र अनाथ, अबोध बालबालिकाको भबिस्यलाई पनि स्मरण गर्ने की ? वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या सामाधानमा चासोसंगै उल्लेखनीय काम गर्दै गरेको सरकारले नेपालकै एक मात्र अन्तराष्ट्रीय एयरपोर्टमा हुने गरेका बिभिन्न खाले अवैध सुन तस्करी र मानब तस्करी जस्ता जघन्य आपराधिक क्रियाकलापको बिरुद्दमा पनि तत्कालै सकारात्मक निर्णय गरी अन्त्य गर्ने बाटो तर्फ़ सरकार लाग़्ने छ भन्ने आम नेपालीको अपेक्षा पनि रहेको छ । ________________________________________ सुदिप कार्की अध्यक्ष एनआरएनए, युएई नेपाल सरकारद्वारा बैदेशिक रोजगारीमा गएकाहरुको बिमा रकम दोब्बर गर्ने घोषणा गरिएको कार्यको हामी मुक्तकण्ठले प्रशँसा गर्दछौ । घाइते र बिरामीहरुले पनि बिमा बापतको रकम पाउने घोषणाले प्रबासीहरुमा सरकार प्रती आशा पक्कै पनि पलाएको छ । बिदेशमा बसेर काम गर्दा बिभिन्न किसिमका बिमारहरुले ग्रसित हुने सम्भावना धेरै हुन्छ । बर्षौ बिदेशमा बसेर रोग लिएर फर्कनु र बिदेशमा कमाएको पैसा उपचार गर्नमै खर्चिनु पर्ने बाध्यतालाई नेपाल सरकारले सम्बोधन गरेको छ । बिदेशमा मृत्यु र घाइते भएकाहरुको उद्दारमा सरल र सहज तरिकाले छिटो उद्दार गर्नको लागि सरकारले बेग्लै सन्यन्त्र बनाओस । एअरपोर्टमा खाडी र मलेसियामा काम गर्ने कामदारहरुलाई गरिने ब्यवहारमा परिवर्तन गरी सम्मानजनक ब्यवहार गर्नको लागि अझै थप कदम चालोस । अर्को तिर भारतमा रोजगारीको लागि जाने कामदारहरुले पनि अनिबार्य बिमा गर्नु पर्ने जुन नयाँ नियम सरकारले घोषणा गरेको छ यसले अब देखी भारतमा रोजगारिको लागि जानेहरुलाई पनि बैदेशिक रोजगार अन्तर्गत राखेको छ । भारतले नेपाललाई हेर्ने दृष्टिनकोणलाई लिएर राजनैतीक बृत्तमा जुन किसिमको राजनीति गरिन्थ्यो यसलाई पनि यो घोषणाले जवाफ दिएको छ भने भारतमा रोजगारीमा जानेहरुको जीबन सुरक्षामा सरकार जिम्मेवार बनेको महशुस गरेका छौ । बर्तमान सरकार बैदेशिक रोजगारमा गएकाहरु प्रती हेर्ने दृष्टिहकोण एकदम सकारात्मक हुनले हामी एक दम खुशी छौ । एनआरएन युएई सरकारको यो घोषणालाई स्वागत गर्दछ । ________________________________________ चित्र केसी अध्यक्ष नेपाली जनसंपर्क समिती (नेपाली काङ्रेस) प्रधानमन्त्री पुष्प कमल दाहालले बैदेशिक रोजगारमा जाने नेपालीहरुको बिमाको रकम २० लाख भनेर घोषणा गर्नु भएको छ यो एक किसिमले भन्दा नराम्रो त हैन । तर हाम्रो चाहना भनेको आफ्नो देशमा फर्केर आफ्नै मातृभुमीमा रोजगारी गरौ भन्ने हो । सरकारले यो निर्णय गरेर प्रबासमा रहेका नेपालीहरुको भोट् बैंक सुरक्षित गर्न खोजेको त हैन भन्ने आशंका उब्जेको छ यस्तो अवस्था सिर्जना नहोस् । नेपाल सरकारले बैदेशिक रोजगारमा जाने प्रवासी नेपालीहरूलाई उनिहरुको अंगभंग र मृत्युलाई प्राथमिकतामा राखेर योजना बनाउने होईंन।उनिहरुलाई जति सक्दो चाडो स्वदेश फ़र्काएर रोज़गार देओस यदि सक्छ भने । होईंन भने आफ्नो पार्टी र स्वार्थको लागि प्रवासी नेपालीलाईं भोट् बैंक बनाउने कोशिष नगरौ । प्रधानमन्त्रीको आज आएको घोषणाले यही कुरा प्रति इंकित गरेको छ। प्रवासी नेपालीको प्राथमिकता र चाहना २० लाखको होईन स्वदेस फ़र्केर आफ़नो परिवार संग बस्ने र देशमा नै क़ेहि गरेर बस्ने हो । ________________________________________ हेमन्त पौड्याल अध्यक्ष नेपाली जनप्रगतिशिल मँच (माओवादी केन्द्र) नेपाल सरकारको यो कदम एकदम प्रशँसा योग्य छ । घरको एकमात्र कमाउने मुली मृत्यु़ भएमा वा घाइते भई अङभङग भएमा उसको परिवारलाई पर्ने बज्रपात जसलाई परेको छ उसलाई मात्र बढी थाहा हुन्छ बिमाको महत्व । बैदेशिक रोजगारमा गएर मृत्यु भएकाहरुको बिमा रकम दोब्बर बनाएर सरकारले राम्रो काम गरेको छ । घाइते र बिमारी भएर स्वदेश फिर्दा पनि केही रकम पाइने भो जसले गर्दा बिदेशमा कमाएको रकम उपचारमै खर्च गर्नु परेन । भारतमा रोजगारी गर्नेलाई पनि बैदेशिक रोजगारी अन्तर्गत राखेर बिमा गर्नु पर्ने काम गरेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनको झण्डै ३२ प्रतिशत रेमिटेन्सले धानेको छ । एक किसिमले बैदेशिक रोजगारीमा प्रबासमा रहेका नेपालीहरु त नेपालको अन्नदाता नै हुन । यस्तो अवस्थामा उनिहरुलाई सरकारले जुन दृष्टिाकोणले हेर्ने प्रयास गरेको छ एकदम सर्हानिय छ । सुधार गर्नु पर्ने अझै धेरै छन । संचय कोश देखी एअरपोर्टमा गरिने कर्मचारीको ब्यवहारमा सुधार ल्याओस । जे जती भएका छन, हुँदै छन एक दम ठीक र राम्रो काम भएको छ । नेपाल सरकारलाई धन्यवाद ।

पीके क्याम्पसमा हराएको बीपीको समाजवाद

‘शैक्षिकस्थल वाहुवलको प्रयोग गर्ने थलो हैन,यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भुमि हो।’ विपि कोइरालाको यो वाणीलाई काङ्ग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले आफ्नो आदर्श वाक्य नै मान्ने गरेको पाइन्छ । नेविसंघको घोषणापत्र,विधान ,प्रतिवेदन देखि लिएर हरेक प्रकाशन र साइनबोर्डमा समेत यो भनाई शिरमा राखेको देखिन्छ । तर आफुलाई विपिका चेला भन्न नहिच्किचाउने पद्मकन्या क्याम्पसमा नेविसंघका नेता कार्यकर्ताको ब्यवहार त्यसको ठिक उल्टो छ।उनीहरुले हमेसा कलेजलाई वाहुवलको क्रिडास्थल वनाइरहेका छन् । उनीहरुका हर्कत देख्दा आज पनि विपिका वास्तविक अनुयायीहरु लज्जित हुंदा हुन्। मुलुकमा गणतन्त्र आयो। लोकतन्त्र सर्वत्र छायो।घाम जुन रहेसम्म रहिरहने भनिएको वंश परम्परामा आधारित निरङ्कुशतन्त्र सदाका लागि आर्यघाटमा पुग्यो । एकात्मक शासनको अन्त्य भई मुलुक संघात्मक ब्यवस्थामा प्रवेश गर्यो।तर छात्राहरूमात्र पढ्ने नेपालको पुरानो र ऐतिहासिक पद्मकन्या क्याम्पसको गेटवाट अझै लोकतन्त्र छिर्न सकेको छैन।खासगरीकन लोकतन्त्रको दुहाई दिन कहिल्यै नथाक्ने नेविसंघको निषेधको राजनीतिले पिकेमा निकै घर गरेको छ। लामो समयदेखि स्ववियुमा आफ्नो वर्चस्व कायम गरी फरक मत र विचारलाई दमन गर्दै आएको नेविसंघका सामु क्याम्पस प्रशासन समेत लाचार कठपुतली वन्न वाध्य छ। विगत एक महिना अघिदेखि पिके क्याम्पस तनावग्रस्त रहेको विभिन्न मिडियाहरुमा समेत आइरहेको छ। तनाव यो लेख तयार गर्दा सम्म पनि जारी नै छ। आखिर के भएको हो त पिके क्याम्पसमा ? यो सवैको जिज्ञासा र कौतुहलताको विषय समेत वन्न गएको छ। अखिल(क्रान्तिकारी) पिकेका साथीहरूले पौष २५ गते कलेज अगाडिको भित्तामा आफ्ना चुनावी नारा लेखिरहेका थिए। एक्कासि नेविसंघको हिंसक जत्था आएर भित्तो लेख्ने पेन्टरलाई लखेट्ने र हाम्रा साथीहरूलाई कुटपिट गर्न थाले। धेरैलाई थाहा नहुन पनि सक्छ पिकेमा नेविसंघका सामु घुंडा नटेक्ने विद्यार्थीलाई राजनीति गर्न त के होस्टेल वस्न र कलेज पढ्न समेत गाह्रो छ। केही गरेर होस्टेल वसिहाले पनि नेविसंघका नेता कार्यकर्तावाट निरन्तर चुटाई र दुर्ब्यवहारको सामना गर्नुपर्छ। एमाले निकट अनेरास्ववियुका साथीहरूले पनि निकै ठुलो दमन खेप्दै आएका छन्। नेविसंघको मनपरितन्त्र खुरुखुरु स्विकार गरे पिके शान्त हुन्छ। तर जब उनीहरुका गलत काम कार्वाही विरुद्ध आवाज उठायो तब पिके एकाएक अशान्त वन्छ। पछिल्लो चरणमा पिकेमा आफ्ना रचनात्मक र सृजनात्मक गतिविधि मार्फत अखिल(क्रान्तिकारी) जुर्मुराउन थाल्यो । क्याम्पस प्रशासन र नेविसंघले गरेका गलत काम कार्वाहीको भण्डाफोर पनि पनि गर्न थाल्यो । यसो गर्दा क्रान्तिकारी विद्यार्थी विचमा लोकप्रिय हुन थाल्यो। लोकतन्त्रको फोस्रो रटान लाउन नथाक्ने नेविसंघलाई यो कुरा विस्तारै असैह्य हुन थाल्यो । हामीले नेविसंघको मनपरितन्त्र लुरुलुरु स्विकार गर्न इन्कार गर्यो। समस्या यहीँबाट शुरु भयो । गत मंसिरमा पिकेवाट अखिल(क्रान्तिकारी)ले विद्यार्थीलाई वनभोज लाने कार्यक्रम वनाएको थियोे । वनभोजमा विद्यार्थीको राम्रो सहभागीता हुने देखेपछि एकाएक उनीहरु तिल्मिलाउन थाले। मंसिर १७ गते वनभोजको टिकट वेच्दै गर्दा एक्कासी क्रान्तिकारी नेतृ दर्शना नेपाली माथि आक्रमण गरे।त्यसपछि छुट्याउन जांदा म माथि पनि सांघातिक आक्रमण गरे। वीर अस्पताल गई मेरो टाउकोमा पाँच टांका लगाउने स्थिति आयो । आक्रमणको अरु कुनै कारण थिएन। मात्र हाम्रो वनभोजको सफलता थियोे । गत पुस २० गते त्रिविको सिनेट वैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय सार्वजनिक गर्यो। अखिल(क्रान्तिकारी) पिकेका साथीहरूले पौष २५ गते कलेज अगाडिको भित्तामा आफ्ना चुनावी नारा लेखिरहेका थिए। एक्कासि नेविसंघको हिंसक जत्था आएर भित्तो लेख्ने पेन्टरलाई लखेट्ने र हाम्रा साथीहरूलाई कुटपिट गर्न थाले। दर्शना नेपाली र देविका मिजारमाथि इनामेल खन्याउने काम समेत पनि गरे। त्यसपछि केही समय दोहोरो भिडन्त भयो । यस्तो अन्यायपूर्ण हर्कतका विरुद्ध हामीले क्याम्पस प्रशासन र पुलिस प्रशासनलाई गुहार्यौं। तर गृहमन्त्रीको आडमा त्यहाँवाट न्यायको कुनै गुन्जयास् हुन सकेन। क्याम्पस प्रमुख त नेविसंघको रवरस्ट्याप र लाचार छांया मात्र भएकी छन्। छात्राहरु मात्र पढ्ने कलेज हाता भित्र होस्टल नियमावली विपरीत छात्रहरु प्रवेश गरि रातको समयमा आगो वालेर ‘ क्याम्प फायर ‘ गर्छन्। क्याम्पस प्रमुख मौन वस्छिन्। राजनीतिक भागवण्डामा काङ्ग्रेसको कोटावाट आएकी क्याम्पस प्रमुख घटनाको न्यायिक निरोपण गर्नुको सट्टा नेविसंघ कै वोलिमा लोलि मिलाउंदै नुनको सोझो गर्न तल्लीन छिन्। पिकेका नेविसंघका साथीहरूले कलेजका भित्ताहरुमा अहिले पनि शैक्षिक स्थल विचार र सिद्धान्तको द्वन्द्वात्मक भुमी हो भन्ने विपिको भनाई उल्लेख गरेका छन्। के यहि हो विचारको प्रतिस्पर्धा ? के यहि हो नेविसंघको लोकतन्त्र ? के यहि हो विपिको सिद्धान्त ? लोकतन्त्रको खोक्रो भाषण छाट्न कहिल्यै नथाक्नेहरुले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? अहिलेसम्म हामी धैर्यताका साथ वार्ता र छलफलवाटै समस्याको समाधान गर्न चाहिरहेका छौं । खवरदार विचार र अभिब्यक्तिको स्वतन्त्रतालाई यसरी नै वन्देज लगाउन खोजिरहे हाम्रो धैर्यताको वांध टुट्न सक्छ। अन्त्यमा महान कवि एवं सहिद कृष्ण सेन ‘इच्छुक’भन्छन्- हाम्रा आस्थाहरसमा प्रतिवन्ध लगाउंदै हाम्रा गोडाहरुमा नेल भिराउंदै तिमी भन्छौं हिड्न त हिंड तर यो वाटो नहिड हामी भने त्यहि वाटो हिडिरहन्छौं हो हामी पनि त्यहि वाटो हिडिरहन्छौं। हिडिरहन्छौं। (लेखक अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पसकी अध्यक्ष हुन्।)

यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमणको नालीबेली

प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड“ गत साता युएईको राजकीय भ्रमणमा आएका थिए । भ्रमण टोलीमा उर्जामन्त्री जनार्दन शर्मा सहित कुटनैतीक ब्यक्तित्वहरु पनि थिए । उनीहरू विश्व उर्जा समिट २०१७ मा भाग लिनको लागि युएई आएका थिए । युएई सरकारले प्रचण्डलाई उर्जा सम्बन्धी सो सम्मेलनमा प्रमुख बक्ताको रुपमा निम्त्याएको थियो । सन १९७७ मा नेपाल र युएईको कुटनैतीक सम्बन्ध कायम भए पश्चात शायद नेपालको तर्फबाट युएईको राजकीय भ्रमण पहिलो नै थियो । नेपालको लागि यो एउटा महत्वपूर्ण अवसर पनि थियो । यसकारण प्रचण्ड नै प्रमुख बक्ता ? नेपाल जलश्रोतको धनी देश हो । बैकल्पिक ईनर्जीको रुपमा अहिले जलस्रोत (हाइड्रो पावर) लाई अत्यन्त्यै महत्वपूर्ण रुपमा हेरिएको छ । पेट्रोलियम पदार्थले धानेको अरबको अर्थतन्त्र पेट्रोलको सिमिततासँगै यसको भबिष्य के हुने हो भन्ने चिन्ता अरब देशहरुमा छ । त्यसैले पनि युएई लगायत केही अरब देशहरुले पर्यटनलाई पनि उत्तिकै जोड दिएका छन । त्यसको पछिल्लो उदाहरण दुबई पनि हो जहाँ अग्ला टावर देखी लिएर विश्वका धेरै चमत्कारीक धरोहरहरु निर्माण भईरहेका छन । केही अझै हुँदै छन । अर्को तर्फ ऊनीहरु विश्व बजारमा लगानीको अवसर पनि खोज्दै छन । नेपाल जस्तो अल्प बिकासित मुलुकमा लगानीको सुरक्षाको प्रत्याभुत गर्न सकियो भने युएई जस्ता मुलुकहरुले ठुला जलबिद्दुतहरुमा लगानी गर्नेछन । जलश्रोतको धनी देश नेपाल अब यी देशहरुको लागि लगानीको सम्भावना बोकेको मुलुक हो भन्ने कुरा उनिहरुको नेपाल प्रतीको चासोले पनि स्पस्ट भईसकेको छ । यस्तो अवस्थामा उनिहरुले नेपालका प्रधानमन्त्रीलाई “की नोट स्पीकर“ का रुपमा निमन्त्रणा गर्नु स्वाभाबिक हो । हाइड्रो पावर सम्बन्धी देशको निती, नेपालमा हाइड्रो पावरमा लगानी र यसको सुरक्षा एवम सुनिस्चतता बारेमा प्रचण्डले विश्वमन्चमा बोलेर उनिहरुलाई आश्वस्त बनाउने प्रयास गरे । यसले बिदेशी लगानीलाई नेपालमा भित्र्याउन मद्दत गर्ने छ । के के गर्न भ्याए प्रधानमन्त्री प्रचण्डले युएईमा ? प्रचण्ड जनवरी १४ तारिक बेलुकी अबुधाबी एअरपोर्टमा उत्रिए । १५ तारिक बिहान ११ बजे नेपाली दुताबासले राखेको अगुवा नेपालीहरु सँगको भेटघाटमा उनी हाजिर भए । प्रचण्डलाई भेटें भने मार्छु र जेल जान्छु भन्ने देखी प्रचण्डलाई माया गर्नेहरुले पनि आफ्नो आफ्नो समस्या सुनाउन भ्याए । दुखेसो पोखे । दुताबासको अब्यवस्थित सानो कोठामा अटीनअटी भएको उक्त भेटघाटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खुशी ब्यक्त गरे र सबैलाई नकारात्मक भन्दा सकारात्मक हुन सुझाए । १५ तारिक नै बेलुकी ५ बजे दुबईमा रहेका नेपाली ब्यापारीहरुको संस्था नेपाल बिजनेस काउन्सिल युएईले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे । युएईमा कामदार मात्रै छैनन नेपाली बिजनेसम्यान पनि छन भन्ने सुन्न पाउँदा उनी खुशी देखिन्थे । भारतीय प्रधानमन्त्री गतसाल युएई आउँदा युएईका ब्यापारीहरु बिभिन्न कार्यक्रममा सँगै देखिन्थे । तर नेपाली प्रधानमन्त्री युएई आउँदा नेपाल सरकारले नेपाली ब्यापारीहरुलाई उपेक्षा गरेको देखियो । बिजनेस काउन्सिलसँगको भेटघाटको चाँजोपाँजो पनि माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मँचले नै मिलाएको थियो । अघिल्लो दिन सम्म पनि बिजनेसम्यानहरुसँग प्रधानमन्त्रीको भेटघाटलाई नेपाली दुताबासले नकारेको थियो । सोही दिन बेलुकी ६ बजे माओवादी केन्द्र निकट नेपाली जनप्रगतीशिल मँच युएईले सम्पूर्ण संघसंस्था, ब्यापारी, बुद्दिजिबी र पत्रकारहरुको लागि भेटघाट तथा रात्रीभोजको आयोजना गर्यो । कार्यक्रममा राजनैतीक दलका प्रतिनिधि, ब्यापारी र जनजाती महासंघका प्रतिनिधिहरुले प्रधानमन्त्री सामु नेपालीहरुको समस्याको बारेमा सार्वजनिक सुनुवाई गरे । प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै बिभिन्न बक्ताहरुले उठान गरेको समस्यालाई समाधानको लागि तुरुन्त प्रकृया थाल्ने प्रतिबद्दता गरे । प्रधानमन्त्री स्वयमले पनि केही गुनासो पोखे, “युएई जस्तो बिकाशित देशमा तपाईंहरु हुनुहुन्छ, केही सकारात्मक कुराहरु, टेक्नोलोजी र बिकासका कुराहरु सुनाउनु हुन्छ कि भन्ने लागेको थियो तर सबै समस्या मात्र सुनियो“ उनले भने । प्रधानमन्त्री प्रचण्डले १६ तारिक उर्जा सम्मेलनलाई सम्बोधन गरे । अन्तराष्ट्रिय समुदायसँग नेपाल उर्जामा धनी देश भएको र उर्जा क्षेत्रमा लगानी गर्नको लागि सुरक्षित पनि रहेको भन्ने सन्देश दिए । विश्वको सबैभन्दा अग्लो हिमाल रहेको देश नेपाल र सबैभन्दा अग्लो टावर रहेको देश युएई बिचमा केही ब्यापारिक साझेदारीको कुरा उठाए । अर्ग्यानिक कृषि उपजहरु युएईमा सप्लाई गरी ब्यापारको प्रबर्दन गर्न जोड दिए । उनको सम्बोधन पश्चात बिभिन्न देशका प्रतिनिधिहरुले उर्जामा लगानी गर्नको लागि बिशेष चासो समेत देखाएका छन । युएईका उपराष्ट्रपती तथा प्रधानमन्त्री महम्मद बिन रसिद अल मक्तुम सँगको भेट अझ फलदायी भएको छ । भेटमा प्रधानमन्त्रीले युएईको जेलमा फाँसीको सजाय कुरेर बसेका अमर बहादुर बमको रिहाईको बारेमा कुरा उठाए । बिभिन्न समाचारहरुमा प्रकाशित समाचारहरुका अनुसार शायद छिट्टै नै बमको रिहाई हुनेछ । प्रधानमन्त्रीले सुनतस्करलाई कारबाही गर्ने प्रतिबद्दता जनाए । भिजिट भिषाका ब्यापार गर्ने कर्मचारीलाई जाने बित्तिकै कारबाही गर्ने बताए । एअरपोर्टमा खाडीमा आउने नेपालीहरुको लागि सम्मानजनक ब्यवहार गर्न सम्बन्धित निकायमा निर्देशन दिने बताए । बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समस्याको पोको भएको बिज्ञप्ती बुझाए । र सकेसम्म ती समस्याहरुलाई सम्बोधन गर्ने प्रधानमन्त्रीले बाचा गरे । मुलत प्रधानमन्त्री ले यती नै गरे । भ्रमण कुटनीतिक रुपले सफल भएको छ । किनकी यो भ्रमण भारत र चीनको भ्रमण जस्तो माग्ने भाँडो लिएर जाने देश हैन । न त फर्केर आउँदा भाँडो भरेर आएकी कि रित्तो आए भनेर सफलता र असफलताको काहानी बुन्ने भ्रमण हो । अरबमा सबैभन्दा ठुलो पशुपतीनाथको मन्दिर बनाउन अनुरोध गरेर सबै हिन्दूहरुलाई यतै आउ भन्दा सफल हुने नत्र असफल हुने भ्रमण पनि हैन । भ्रमण सफल हुनु भनेको मागेर गोजी भरेर लिएर जानु मात्र हैन । भ्रमण सफल हुनु भनेको द्विपक्षिय सम्बन्धलाई सुमधुर बनाउनु पनि हो । त्यसो त मागेर देश चलाऊने बानी परेकाहरुलाई नमाग्दा खेरी भ्रमण सफल नहुनु स्वाभाबिक नै हो । प्रचण्डले युएईमा गएर मागेनन तर उर्जा क्षेत्रमा लगानीको लागि नेपाल प्रबल सम्भावना बोकेको मुलुक हो है भन्ने अन्तराष्ट्रिय जगतलाई बुझाए । युएईमा फोटो काण्ड उर्जा समिटमा प्रधानमन्त्रीले भाग लिदै गर्दा स्थानिय गल्फ न्युजले फेसबूकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सोही प्रत्यक्ष प्रसारणको भिडियोलाई केही ब्यक्तीहरुले फोटोसपबाट प्रधानमन्त्रीको जिउलाई बाङगो देखाई रक्सी खाएको भनी प्रचार गरे । यसरी प्रचार गर्नेमा एमाले निकट ब्यक्तीहरु धेरै थिए । यो प्रचार प्रचण्डको बिरुद्दमा मात्र थिएन देशको बिरुद्दमा घात थियो । जसले यस्तो निन्दनीय कार्य गरे तिनिहरु देशको लागि गद्दार हुन, राष्ट्रघाती हुन । बहुदलिय सँसदीय ब्यवस्थामा प्रधानमन्त्री दलबाट नै चुनिन्छ । तर प्रधानमन्त्री देशको हुन्छ न कि कुनै दलको । युएईको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बेइज्जत गर्नुलाई युएई सरकारले गम्भिर भएर हेरेको भन्ने सुन्नमा आएको छ । युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनले समेत राष्ट्रघात गर्नेहरुलाई कारबाही गर्ने सार्वजनिक घोषणा गरिसकेका छन । फोटो काण्डलाई सारमा बुझ्ने हो भने दलहरुले अब आफ्ना कार्यकर्तालाई सँस्कार पनि सिकाउनु पर्ने भएको छ । ठीक र बेठिक छुट्याउन सिकाउनु पर्ने देखिएको छ । उनिहरुमा प्रशिक्षणको अभाब देखिएको छ । सबै दलहरुले आफ्ना कार्यकर्ताहरुलाई नैतीक शिक्षा सिकाउनु पर्ने भएको छ । राजनितीमा नैतीकता भएन भने युएईमा जस्तो घटना भबिस्यमा अन्य देशमा पनि नघट्ला भन्न सकिन्न । सापकोटा पत्रकार महासंघ युएईका सचिव हुन् । 

प्रचण्डमाथि निशानाः छुद्रताको पनि सीमा हुन्छ नि साथी ?

भारतमा प्रधानमन्त्री नरेन्द मोदीका नीतिहरुका कारण किसानहरुले सामूहिक आत्महत्या गरेपछि सरकार सदन र जनतामाझ निकै आलोचित बन्यो । मोदी सरकारका कतिपय अन्य कामहरु समेत आलोचित भए । तर यो विषय ओझेलमा पर्यो । ठीक त्यही बेला ‘सर्जिकल स्ट्राइक’को तथाकथित राष्ट्रवादी प्रचार मोदी सरकारले गर्न पुग्यो । ठीक यही कुरा केही वर्ष अघि विशेष आर्थिक क्षेत्रको बिरोध गरिरहेका ३५ जना भन्दा बढी किसानहरु बंगालको नन्दीग्राममा मारिँदा तत्कालिन मनमोहन सिंहको सरकारका पालामा भएको थियो । उता नन्दीग्राममा किसान मारिएका थिए र यता सरकारले जनताको ध्यान मोड्न पाकिस्तानविरुद्धको मनोविज्ञानको तथाकथित प्रचार अघि सारेको थियो । सत्ताको राजनीतिक बेइमानीको घेराभित्र यस्ता बितण्डा र छूद्रतापूर्ण घटनाहरु आम नै हुन । अधिकांश सत्ताले जनतामा देखिने आक्रोश र विद्रोही चेतलाई दबाउन, त्यसबाट ध्यान अन्यत्र मोड्न यस्ता ‘फण्डा’हरु गरि नै रहन्छन् । तर नेपालमा भने अहिले ठीक उल्टो भइरहेको छ । सरकारले अग्रगमनको कुरा गर्दा, सरकारले जनपक्षिय कामहरुको कुरा गर्दा, सरकारले दशकौंको आन्दोलनबाट प्राप्त उपलब्धिहरु संरक्षण गर्ने कुरा गर्दा, युगौंदेखिको सामन्ती राज्यसत्ताका अवशेषहरुलाई “मात्रात्मक नै भएपनि” हल गर्न खोज्दा त्यसको बिरोधमा या त्यसले प्राप्त गर्ने लोकप्रियताबाट ध्यान मोड्न यस्ता कुतर्क, बेइमानी र छूद्रता गरिन थालेका छन् । यसको पछिल्लो उदाहरण प्रधानमन्त्री प्रचण्डको युइएको भ्रमण हो । प्रतिपक्षले सत्ताले जनविरोधी काम गरे त्यसको प्रतिरोध गर्छ । संसदीय व्यवस्थामा यो प्रतिपक्षको भूमिका र चरित्र हो । तर ‘हरेक कुराको अपवाद नेपाल’ भनेझैं यहाँ प्रतिपक्षले अग्रगमनको बिरोध गर्छ, यथास्थितिको पक्षपोषण गर्छ । आन्दोलनका उपलब्धिको रक्षाका लागि, समृद्धि र विकासका लागि चालेका कदमको बिरोध गर्छ । बिडम्बनाको कुरा, यो बिरोधको कुनै राजनीतिक चरित्र हुँदैन बरु यो आलोचनाको निकै तल्लो छूद्र स्तरमा प्रकट हुन पुग्छ । यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न । लेनिनले भनेका थिए– बिरोधीसँग सिद्धान्त, तर्क र एजेण्डा सकिएपछि उसले गालीको सहारा लिन्छ । यहाँ प्रतिपक्षले यही गाली र छूद्रताको सहारा लिएको छ । यसले गर्दा प्रतिपक्ष पुरै प्रतिक्रियावादी र यथास्थितिको पक्षपोषण गर्नेहरुको कित्तामा पुग्छ । प्रतिपक्षका लागि हिजोका राजतन्त्रवादी ‘देशको माया गर्ने’ बन्न पुग्छन् । त्यही राजतन्त्रले थिच्दै आएका र अधिकारका लागि चिच्याउने जनता देशविरोधी बन्न पुग्छन् । यो अहिलेको यथार्थ हो । प्रतिपक्षको यो मनोविज्ञानले आलोचनाको एउटा डरलाग्दो संस्कृति र मानसिकताको विकास गरेको छ । र, यो संस्कृतिको निशानामा परेका छन प्रधानमन्त्री प्रचण्ड । यो पूर्वाग्रहले प्रचण्डले जे गरेपनि आलोचना गर्छ । प्रचण्डका हरेक कामको निषेध गर्छ । यो पूर्वाग्रह र आलोचनाको छूद्र संस्कृतिले प्रचण्डको अस्तित्व स्वीकार्न चाहन्न । प्रचण्डको अस्तित्व बलियो आकारमा प्रकट हुनेबित्तिकै यो मानसिकता छटपटिन्छ र यसले कुतर्क र कुप्रचारको सहारा लिन्छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनले गरेका कामहरु त्यसमाथि देखिएका सतही आलोचनाहरुले यो कुराको पुष्टि गरेका छन । भविष्यमा उर्जासम्बन्धी विश्व सम्मेलनका क्रममा प्रचण्डले नेपालको उर्जा क्षेत्रको दीर्घकालिन विकासका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष महत्वपूर्ण अपील गरे । उनले नेपालमा उर्जा विकासको प्रचूर सम्भावना रहेको र यसले दक्षिण एशियाको उर्जामागलाई नै पुरा गर्न सक्ने भएकोले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राखे । साथै उनले जैविक उर्जालाई क मगर्दै वैकल्पिक उर्जाका माध्यमबाट उर्जा अर्थ राजनीतिको ढाँचालाई नै परिवर्तन गर्न सकिने समेत कुरा गरे । सम्मेलनका क्रममा संयुक्त अरब इमिरेट्सका उच्च पदस्थ पदाधिकारीसँग छलफल भयो । द्विपक्षिय सम्बन्ध बिस्तार र ठूलो संख्यामा युएईमा रहेका नेपालीहरुको हक र हितका बारेमा कुरा भयो । यसअर्थमा यो भ्रमण निकै महत्वपूर्ण र दीर्घकालिन महत्वको थियो । तर आलोचना गर्नेहरुका लागि यो पाच्य हुने विषय थिएन । प्रचण्डले खाडी मुलुकमा रगत र पसीना बगाइरहेका नेपालीहरुसँग भेटेर उनीहरुका समस्या सुन्नु, ती समस्याहरुलाई खाडी राज्यका प्रमुखहरुसँग गम्भीरताका साथ उठाउनु, लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि अनुरोध गर्नु आलोचनाको मानसिकता पालेकाहरुका लागि सहज थिएन । त्यसैले उनीहरुले प्रचण्डलाई बद्नाम गर्ने जुक्ति सोचे । छूद्रताको नीच सीमासम्म गए उनीहरु । एजेण्डा, मुद्दा, तर्क र सिद्धान्तको बलमा भ्रमणको आलोचना गर्न नसकेपछि उनीहरुले अत्यन्तै घटिया स्तरमा ओर्लेर एउटा भिडियोको क्लिपको स्क्रिनसट (भिडियो चलिरहेको बेला रोकेर त्यो दृश्यको तस्वीर लिने) सार्वजनिक गर्ने काम गरे । एउटा औपचारिक कार्यक्रममा प्रचण्डलाई युएइका एकजना प्रमुखले ‘यता पाल्नुहोस्’ भन्ने मुद्रामा आग्रह गरेपछि प्रचण्डले टाङ फट्टाएर पाइला चाल्दाखेरिको भिडियो दृश्यको तस्वीरलाई “अन्तर्राष्ट्रिय कार्यक्रममा रक्सीले टुन्न प्रचण्ड” भन्दै उनीहरुले प्रचार गरे । सार्वजनिक गरिएको उक्त तस्वीर र वास्तविक भिडियो हेर्दा यो छूद्रताको नीचता स्पष्ट देखिन्छ । यो पहिलोपटक भएको होइन । माथि भनिएझैं प्रचण्ड सरकारको नेतृत्वमा गएदेखि नै उनका विरुद्ध लगातार आक्रमण हुँदै आएको छ । तर्क र एजेण्डाका आधारमा गरिने आलोचना स्वभाविक हो । आलोचना हुनुपर्छ । सत्ता र सरकारलाई अन्ध समर्थन गरिनु हुन्न । तर कुतर्क गर्नु कुनै पनि अर्थमा राजनीतिक हुँदैन । प्रचण्ड सरकारले गरेका काम गलत छन् भने तर्क र तथ्यका आधारमा तिनको खण्डन आवश्यक भएपनि यहाँ राम्रा र लोकप्रिय कामहरुबाट अत्तालिएकाहरुले गालीको सहारा लिन खोजेका छन् । ब्रिक्स र बिमिस्टिेक सम्मेलनमा प्रचण्डले चीन र भारतका राष्ट्रप्रमुखहरुसँग औपचारिक र अनौपचारिक, एकल तथा संयुक्तरुपमा भेट गर्ने अवसर प्राप्त गरे । नेपालको दीर्घकालिन विकास र समृद्धिका लागि दुबै राष्ट्र प्रमुखसँग संयुक्तरुपमा भेट्नु नेपालका लागि दूरगामी महत्वको विषय हुन सक्थ्यो । अनौपचारिक भेट झनै महत्वपूर्ण मानिन्छ अन्तर्राष्ट्रिय सम्बन्धमा । तर यो भेटबाट आलोचकहरु अत्तालिए । यो भेटले प्रचण्डको छवि र उनीविरुद्ध चलाइएका कुतर्ककहरुको खण्डन गरेको थियो । चीनले प्रचण्ड सरकारलाई समर्थन नगरेको भन्ने कुप्रचारलाई यसले खारेज गरेको थियो । यो भेटको कुनै तार्किक बिरोध गर्न नसकेपछि आलोचकहरुले त्यतिखेर पनि प्रचण्डकी श्रीमती सीता दाहाललाई निशानामा पारे । राजनीतिक इमान्दारिता र संहितामा बाँच्ने देशमा भए “फस्ट लेडी” भनेर सम्मान पाउँथिन होला सीता दाहालले, तर नेपालमा उनको चरित्रमाथि समेत प्रश्न उठाउँदै नरेन्द्र मोदीको छेउमा उभिएर तस्वीर लिएको सम्म प्रचार गरियो । यो यही गालीको सहारा लिनु थियो । यो प्रचण्डप्रतिको सोझो पूर्वाग्रह मात्रै थियो । राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ? प्रचण्ड नेतृत्वको सरकारले सबै काम सही गरेको छ भन्ने होइन । हरेक अपेक्षा पुरा गरेको छ भन्ने होइन । उनका सबै मन्त्री उर्जाशील छन् भन्ने पनि होइन । तर इतिहासको कठिन मोडमा बनेको सरकारले देशलाई समृद्धितर्फ लैजान र संविधान कार्यान्वयनका लागि भूमिका खेलेको कुरा त सत्य हो । यो कुरा त अकाट्य हो । सरकारले गति लिन सकेको छैन अझै पनि, एक्ला प्रचण्ड र केही मन्त्रीहरुको बलमा यो यात्रा अघि बढेको अर्को सत्य हो । तर जस्तो अवस्था भएपनि एकातिर संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अवस्था र अर्कोतर्फ जनजीविका र समृद्धिको अपेक्षको चुनौतीका बीच सरकार बनेको हो । त्यो पनि गठबन्धन सरकार । यो धरातलीय यथार्थमा समेत सरकारले कैयन आशलाग्दा काम नगरेको होइन । केही उपलब्धिमूलक र दीर्घकालिन तथा दूरगामी महत्वका काम यो बीचमा नभएका होइनन । तर यी सबै काम, उपलब्धिलाई प्रचण्ड फोबियाको मानसिकताले गाली र कुप्रचारको भरमा आलोचना गर्न खोजिएको छ । जुन आलोचनाका नीच संस्कृति मात्रै हो । राजधानी लोडसेडिङमुक्त हुनु र नयाँ वर्षदेखि नेपाल नै लोडसेडिङमुक्त हुनु सामान्य कुरा थियो र ? के हामीले यो सोचेका थियौं र नेपालमा यस्तो पनि होला भनेर ? आलोचना त बरु जनताको आर्थिक क्षमता कमजोर भएकोले बिजुलीमा गरीबलाई सब्सिडी देउ, गरीबले कम यूनिट मूल्य तिर्नुपर्ने गर भन्नुपर्ने होइन र ? यातायातका क्षेत्रमा सिण्डिकेट तोडेर सरकारले लाइसेन्स लिनेदेखि सेवा प्रवाहलाई नै सुचारु पार्ने काम के गलत थियो र ? बरु हामीले राजधानी र राजधानीबाहिरको यातायातमा अझै यो यो सुधार आवश्यक छ भन्नुपर्ने होइन र ? विदेशमा रहेका नेपालीमा केह ीआस पलाएको छ । सरकारले उनीहरुको हकहितको रक्षाका लागि पहल गर्दै आएको छ । यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् । के यो गलत काम हो र ? बरु हामीले त मेनपावरहरुको सञ्चालनलगायतका क्षेत्रमा ठगिने क्रम अन्त्य गर्न प्रभावकारी कदम चाल्न सरकारलाई थप उत्प्रेरित गर्नुपर्ने होइन र ? कर्मचारी सुशासनको क्षेत्रमा कर्मचारीतन्त्रलाई उर्जाशील र गतिशील बन्न बारम्बार निर्देशन दिइएका छन् । हामीले यसको स्वागत गर्दै आम जनतामा सत्ताको अनुभूति दिलाउन कर्मचारी प्रशासनलाई नै पुनसंरचित गर्न माग गर्नुपर्ने होइन र ? विकास आयोजनाको काम छिटो सम्पन्नगर्न दिइएको निर्देशन, हुलाकी राजमार्ग नेपालले नै बनाउने निर्णय, कर्णालीलाई चीनसँगजोड्ने निर्णय, बिभिन्न जलविद्युत योजनाहरु समयमा नै सम्पन्न पार्ने निर्णय, मूल्यवृद्धिलाई सरकारी नियन्त्रणमा ल्याएर बजारलाई अराजक हुनबाट रोक्ने निर्णयलगायतका कैयन यस्ता कामहरु त सकारात्म होलान नि ? बिरोधका लागि जे को पनि बिरोध गर्ने कि सरकारले गरेका सकारात्मक कामको समर्थन गर्दै सत्तालाई थप उत्तरदायी बनाउन तार्किक आलोचना गर्ने ? नेपालमा एउटा फोयिबा छ प्रचण्ड विरुद्ध । त्यसैले उनी बारम्बार निशानामा परिरहन्छन् । अहिले सरकारको नेतृत्व गरेपछि यो पूर्वाग्रह झनै चुलिएको छ । उनले जे गरेपनि त्यो आलोचनात्मक भएको छ । यो आलोचनामा कुनै तथ्य हुँदैन । कसरी हुन्छ प्रचण्डको मानमर्दन गर्नेतर्फ मात्रै ध्यान गएको छ । यो गलत संस्कृति हो । यो तुच्छ संस्कृतिको निशानामा अहिले प्रचण्ड छन् भोली यही संस्कृति विकास भयो भने यसको निशानामा केपी ओली, देउबादेखि जो पनि पर्न सक्छन् । आवश्यकता स्वस्थ्य आलोचनात्मक संस्कृतिको विकास गर्नु हो । आलोचना नभई गतिशीलता हुन्न । आलोचना आवश्यक हुन्छ । तर यो आलोचना तार्किक र तथ्यमा आधारित हुनुपर्छ । यसले समाजको अग्रगमनलाई केन्द्रमा राखेको हुनुपर्छ । मनोरोगीको जस्तो पूर्वाग्रही भएर पश्चगमन र यथास्थितिलाई नै टेवा पुर्याउने आलोचनाले नेपाल र नेपालीलाई एउटा भयंकर दुर्घटनातर्फ मात्रै लैजान्छ । यसले यदुवंशीहरुले एक अर्कालाई समाप्त गरेर यदुवंशको अस्तित्व नै नामेट पारेको इतिहासतर्फ मात्रै डोर्याउँछ । सबैलाई हेक्का भए ।

ओलीलाई राष्ट्रबादी देख्नेहरुलाई दश प्रश्न

केदारनाथ नेपाल “निश्चल” . १. गणतन्त्र स्थापनाको निम्ती जनताहरुले  आफ्नो ज्यानको बाजि लगाएर तातो गोलि छातिमा थाप्दै राजतन्त्रको अन्त्य, गणतन्त्र को स्थापनाको लागि लडिरहदा नेपालमा गणतन्त्र स्थापना बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो भन्ने ओली कसरी राष्ट«बादी भए ? २. इतिहास को सबैभन्दा ठुलो राष्ट्रघात महाकाली शन्धि पास गराउन जिउ ज्यान फालेर लाग्ने ओली अहिले आएर कसरी राष्टबादी भए ? ३. कुनै समय, राष्टियताको ओन्दोलनलाई हावाको बेलुनको संङ्घ्या दिने ओली अहिले कसरी राष्ट्रवादी भए ? ४. जाजरकोट का जनताले जिवनजल खान नपाएर छट्पटिरहदा आफु हेलिकप्टर चार्टर गरेर बिदेशमा गएर उपचार गर्ने ओली कसरी राष्टबादी ? ५. भुकम्पपिडित जनताले भोकभोकै रात काटिरहदा भुकम्पपिडित जनताको लागि राहतमा आएको खाद्यान्न कुहाएर खाल्डोमा पुर्ने ओलि कसरी राष्ट्रबादी ? ६. भेषभुषा, भाषा, संस्कार र बर्ण भारतीय संग मिल्छ भन्दैमा मधेशी दाजुभाई हरुलाई बिहारी देख्ने ओली कसरी राष्ट्रवादी भए ? ७. मधेशी जनजाति महिला मुस्लिम र पिछडिएका बर्गलाई सम्मानजनक हिसाबले राज्यका हरेक निकायमा अवसर दिईनुपर्छ भन्दा त्यसको बिरोध गर्ने ओलि कसरी राष्ट्रवादी भए ? ८. कर्णाली भोकमरीमै पिल्छिरहदा बिकासका नाममा काठमाण्डौ लाई मात्र केन्द्रमा राखेर बिकासको खाका ल्याउने ओलि कसरी राष्ट्रवादी भए ? ९. सत्तामा जान जस्तो सुकै सहमति गर्ने अनि सत्ता हत्याईसकेपछी गरेका सहमति कार्यान्वयन नगर्ने ओली कसरी राष्ट्रबादी भए ? १०.मधेसका समस्यालाई लिएर मधेशी हरुले राज्यसँग अधिकार माग्दा उनिहरुलाई बिखण्डनकारीको बिल्ला भिराउने ओली कसरी राष्ट्रबादी भए ? यो लेखकको निजी बिचार हो ।    

स्ववियू चुनावमा ‘उमेर हद’को सकस !

त्रिभूवन विश्वविद्यालयले ८ वर्षपछि स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको घोषणा गरेको छ । फागुण १४ गते घोषणा गरिएको चुनावको घोषणासँगै यसपटक ‘उमेर हद’को नयाँ विवाद देखिएको छ । सबै विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको माग गर्दै आएपछि विश्वविद्यालयले मिति नै तोक्न सकेको थिएन । विद्यार्थी संगठनहरुले मिति तोक्न माग गर्नुका साथै चुनावमा उम्मेद्वार उमेर हद्को २८ वर्षे थ्रेसहोल्डको समेत कुरा उठाएका थिए । यो उमेर हदको विषयमा भने विद्यार्थी संगठनबीच एकमत बन्न सकेको थिएन । तर त्रिभुवन विश्वविद्यालयले यसपटकको निर्वाचनमा नै लागु हुने गरी चुनावमा उम्मेद्वार बन्न उमेर हद बढीमा २८ वर्ष उल्लेख गरेको छ । यसले विद्यार्थी संगठनहरुबीच नै मतभेद र विवाद सिर्जना गरेको छ । यो विवादले ‘यसपटक पनि चुनाव होला की नहोला ?’ भन्ने आशंका समेत उब्जिएको छ । उमेर हदमा फरक मत उमेर हद लागु गर्ने र नगर्ने पक्षमा बाँडिएका विद्यार्थीहरुले यसबारेमा आफ्नैखाले तर्क दिएका छन् । कतिपयले विद्यार्थी बन्न उमेरको हद नहुने र जुनसुकै उमेरकाले पनि कलेज, क्याम्पस भर्ना गर्नसक्ने भन्दै यसलाई नियन्त्रणकारी बताएका छन् । उनीहरुको मतमा उमेरको हद लोकसेवा, सैनिक, प्रहरी र अन्य वृत्तिमा लागू हुनुपर्ने देखिन्छ । तर उमेर हद नभएकै कारण विद्यार्थी यूनियनको चुनाव केही विद्यार्थी नेताको ‘वृत्ति’ जस्तै भएकोले या लागु गर्नुपर्छ भन्ने अर्काथरीको मत छ । उमेर हद लगाए मात्रै वास्तविक विद्यार्थी नेतृत्वमा आउने उनीहरुको जिकिर छ । सैद्धान्तिकरुपमा विद्यार्थी बन्न या शिक्षा आर्जन गर्न उमेरले छेक्दैन, त्यो अर्थमा पहिलो मत सही देखिन्छ । तर नेपालको सन्दर्भममा विद्यार्थी यूनियनको चुनावमा पढाईलाई भन्दा आफ्ना राजनीतिक क्यारिअरका लागि स्ववियू निर्वाचनलाई महत्व दिन खोज्ने प्रवृत्तिका कारण भर्ना मात्रै गर्ने र चुनाव कुर्ने परिपाटी अन्त्य गर्न उमेर हद तार्किक देखिन्छ । कतिपयले यो प्रवृत्ति रोक्न उमेर हद भन्दा पनि अन्य विकल्प र नीतिको खोजी गर्नुपर्ने तर्क समेत नगरेका होइनन् । विद्यार्थी संगठन नै विभाजित नेविसंघ उमेर हद लागू गर्न नहुने पक्षमा थियो । अखिल क्रान्तिकारी लागू गर्ने पक्षमा वकालत गरिरहेको थियो भने अनेरास्ववियु भने उमेर हद लागू गरेपनि नगरेपनि चुनाव हुनुपर्नेमा देखिएको थियो । यहि विवादको टुंगो लगाउन ०७२ असार २९ गते बसेको त्रिवि सभाले शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेपनि अघिल्लो मंगलबारसम्म निचोड निकाल्न सकेको थिएन । उमेर हदको विषय बारेमा त्रिवि सभाले निर्णय गर्ने बताइएको थियो । उमेरको पक्षमा होस या विपक्षमा दुबै धारिलो हतियारको चपेटामा छन् । तर, विद्यार्थी संगठनहरू आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयँले नै उम्मेद्वारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै संगठनमा उम्मेद्वारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुराहरूमा भने अगाडि नै एकमत रहेका थिए । स्ववियुको इतिहास स्ववियुको जग भनेर वि.सं. २००४ को जयतु संस्कृतम् आन्दोलनलाई बुझिन्छ । ००७ सालको राजनीतिक परिवर्तनले क्याम्पसहरूमा छात्र संघ गठन भएको थियो । पछि ०२० बाट शुरुभएको छात्र कार्य समितिलाई ०२८ सालको नयाँ राष्टिय शिक्षा योजनासंगै बन्द गरि विद्यार्थी कल्याण शाखा गठन गरिएको थियो । ०३६ को जनमतसंग्रहपछि पुनः स्ववियुको गठन गर्ने छुटसंगै ०४६ पछि त सुनिश्चित नै गर्यो । यो बीचको अवधिमा विद्यार्थी आन्दोलनले विद्यार्थी हक र शैक्षिक मुद्धालाई सँगै लिएर हिंडेको थियो । तर, समयसंगै बढ्दो बेथितिलाई आत्मसात गर्दा विद्यार्थी राजनीतिलाई ढालको रुपमा प्रयोग गरिन थालियो । गर्दा—गर्दा अहिले संगठनहरूले आफ्नो इतिहास नै बिर्सिसकेको भान हुन्छ । चुनावको चटारो, क्याम्पसमा चहलपहल स्ववियु चुनाव विद्यार्थीहरूको नैसर्र्गिक राजनीतिक अधिकार हो । यसमा उनीहरूले स्वतन्त्र निर्णय गर्न पाउनै पर्दछ भन्ने एउटा मत छ । शिक्षा क्षेत्र सक्षम बनाउन सकेमात्र सम्पूर्ण पक्षहरू सफल हुने हुनाले पनि सहि नेतृत्वको आशामा विद्यार्थी जुट्नु स्वभाविक हो । तर स्ववियु चुनाव प्रचार—प्रसार, भर्ना र नारामा ‘को भन्दा को कम’ भनेर अस्वस्थ्य प्रतिष्पर्धा हुने अवस्था हामीकहाँ छ । भर्नामा जालझेल र शैक्षिक वातावरणमा खलल् पुग्ने क्रम यसका मजबुद प्रमाणहरू हुन् । क्याम्पस वरपर विद्यार्थीहरूको व्यापक सहभागिता, सरोकारवालाहरूको बाक्लो उपस्थिति साथै संधैको भन्दा नमस्कार र सत्कारको शैलीमा वृद्धि निर्वाचनताकाका छनक हुन । अहिले नेताहरू मत बढाउन अनेक तरिकाबाट व्यस्त देखिन थालेका छन् । सबै विद्यार्थीकै आतिथ्यमा देखिन्छन्  । क्याम्पस प्रशासन पनि विद्यार्थी भर्नामा व्यस्त देखिन्छन् । भर्नाको यो मौसममा विद्यार्थीको ओर्जिनल ट्रान्सक्रिप्ट बेगर फोटोकपीमा सजग देखिंदैनन् उनीहरू । यो अवस्थालाई तत्काल रोक नलगाउने हो भने स्ववियु चुनावको नेतृत्व कहिल्यै पनि यूवा र पढ्दैगरेका विद्यार्थीहरूको हातमा जान सक्दैन । यसको साथै क्याम्पसमा बसेको र समय बिताएको भरमा टिकटमा बर्चश्व हुनुले पनि मूख्य विद्यार्थीको पहुंच न्यून हुंदै गएको स्वीकार गर्न सकिन्छ । उमेरहदले यो शुन्यतालाई मेटाउन धारिलो हतियार सावित हुने संख्याले न्याय पाएको अवस्था देखिन्छ । कस्तो हुनुपर्छ स्ववियु ? स्ववियु विशुद्ध विद्यार्थी कल्याण, हक, हितमा केन्द्रित हुनुको साटो जनभावनाको सहि प्रतिनिधित्व गर्न नसकेको, बिग्रेको शैक्षिक गुणस्तरीयता सुधार्न दिर्घकालीन प्रयत्न नगरेको, परीक्षा प्रणाली र प्रशासकिय सुधार गर्न विश्वविद्यालयलाई दवाब दिने कार्य भन्दा राजनैतिक अखडालाई विस्तारमा केन्द्रित रहेको आरोपहरू लाग्नुुले स्ववियु माथि अबका दिनमा अझ बढी चुनौतिहरू थपिएको छ । यो हुनुको पछाडी अनेक कारणहरू होलान् तर चुनाव नहुनु पहिलो कारणभित्र पर्दछ । तसर्थ, अबको मितिमा स्ववियु चुनाव निश्पक्ष र पारदर्शी हुनैपर्दछ । लुकाछिपी, जालझेल र विवादास्पद काम कारवाहीबाट टाढा रही विद्यार्थीमूखी कार्यमा नेतृत्व लिन् हुनुपर्दछ । सीमित स्वार्थको लागि क्याम्पस प्रशासनको ललीपप्मा नभूलिकन् विद्यार्थी र ऊसंग सम्वन्धित विविध पक्षहरूमा अब चाहीं निश्पक्ष लाग्नुपर्ने देखिन्छ । यसकारण पनि सफल नेतृत्व चुन्नको लागि एक दिनको विद्यार्थी भन्दा पनि मुख्य विद्यार्थीको भर्ना गर्नु जरुरी देखिन्छ । ढोंगी विद्यार्थीहरूको आगमनले प्रणाली बिग्रीएको मत छाइरहंदा भावि पिंढीले पनि त्यहि कार्यलाई निरन्तरता दिने हो भने संगठनको आवश्यकता देखिंदैन । यस कुरामा सबै संगठनहरू सचेत हुनैपर्ने देखिएको छ । भिडन्त मतमा होस् शरिरमा होइन । जसरी भएपनि व्यालेटको व्यवस्थालाई आत्मसात गरिनु पर्दछ, न की बुलेटको । चुनाव तय भयो भने शान्तिपूर्ण तरिकाले सम्पन्न गरिनैपर्दछ । अहिले विद्यार्थी हक—हितका लागि खोलिएका विद्यार्थी संगठनहरू मूख्य पार्टीका बन्द, हड्ताल, चक्काजाम आदि कार्यमा सक्रिय पारिनुले पनि स्ववियु प्रतिनिधित्वमा प्रश्न उठेको हो । दिशाबिहिन अवस्थामा परिभाषित गर्न थालिएको हो । अब यस्ता कुराहरूबाट टाढा पन्छंदै सांच्चै विद्यार्थी जनकल्याणमा जुटी बिग्रंदो शैक्षिक वातावरणलाई सुधार्ने जिम्मेवारी अहिलेको यूवाले लिन सके मात्र सच्चा स्ववियुको नामाकरण गर्न सकिन्छ । अबको चुनावबाट राजनीतिक दल तथा विद्यार्थी संगठनहरूले नयाँ तरिकाबाट स्ववियुको पहिचान र कार्यको थालनी गर्नमा सहयोग गर्नुपर्ने देखिएको छ । साथै विद्यार्थीहरूले पनि त्यस्तै संगठन र व्यक्तिलाई नेतृत्वमा साथ दिंदै सबै वर्ग र तहका विद्यार्थीहरूको पहुंचतामा वृद्धि गरी उनीहरूका मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर नेतृत्व चुन्नसक्नु जरुरी छ ।

संसदमा मतदान भए के होला ? यसरी पारित हुन्छ संशोधन प्रस्ताव

काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले मधेसी मोर्चा लगायतका असन्तुष्ट दलको माग सम्बोधन गर्नका लागि संसदमा दर्ता गराएको संशोधन प्रस्तावको भविश्य के होला भन्ने बारेमा टिका टिप्पणी हुन थालेको छ । नेपालको संविधानमा संशोधन गर्न व्यवस्थापिका संसदमा दुई तिहाई मत आवश्यक पर्ने व्यवस्था छ । हाल व्यवस्थापिका संसदमा बिभिन्न राजनीतिक दलहरुको संख्यात्मक उपस्थिति हेर्दा मुख्य दलहरु आपसमा नमिलेसम्म आवश्यक पर्ने बहुमत जुटाएर पास हुन सक्ने सम्भावना छ कि छैन भन्नेतर्फ राजनीतिक बहस केन्द्रीत भएको हो । एमालेको अडानले निम्त्याएको संकट व्यवस्थापिका संसदमा प्रधानमन्त्री प्रचण्डले मंसिर १४ गते संविधान संशोधनका लागि प्रस्ताव दर्ता गरेपछि प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्यो । यो प्रस्ताव संसदको छलफलको कार्यसूचिमा टेबल समेत हुन सकेन । निरन्तरको संवाद र सहमतिको प्रयास समेत सार्थक बन्न नसकेपछि झण्डै डेढ महिनापछि सरकारले एमालेको असहमतिका वावजूद पुस २४ गते संसदमा प्रस्ताव टेबल गराएपछि सहमतिको सम्भावना सकिएको कतिपयले टिप्पणी गरेका हुन । सहमतिको सम्भावना सकिएको र बहुमतका आधारमा संशोधन प्रस्तावको भविष्य निर्धारण गर्नुपर्ने देखिएपछि संसदका संख्यात्मक समीकरण तर्फ ध्यान गएको हो । के छ संसदको समीकरण ? व्यवस्थापिका संसदमा कूल ६ सय एक मध्ये हाल सभामुखलाई समेत जोडेर ५९५ जना सांसद रहेका छन् । यद्यपी सभामुख भने मतदान प्रक्रियामा सहभागी हुन मिल्दैन । यदि मत बराबर भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिने व्यवस्था रहेको छ । यसरी हेर्दा संविधान संशोधन विधेयक पारित गर्न हाल कायम रहेको संख्याको दुई तिहाइ अर्थात ३९८ सदस्यले पक्षमा मतदान गर्नुपर्ने हुन्छ । व्यवस्थापिका संसदमा सत्तारुढ गठबन्धनको अवस्था हेर्दा प्रमुख प्रतिप्रक्षी एमालेको विपक्षमा भूमिका रहेपनि सरकारले संशोधन विधेयको पक्षमा मत प्राप्त गर्न सक्ने अंक गणित देखिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २०७ सदस्य रहेका छन् । यसैगरी माओवादी केन्द्रका ८२ जना छन् । सरकारको पक्षमा अहिले १६ वटा दल रहेका छन् । यसरी हेर्दा संविधान संशोधनको पक्षमा मतदान गर्नेहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८२, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका ३७ (राप्रपा नेपालसँग एकीकरण भएपछि) तमलोपाका ११, सद्भावना पार्टी ५, नेकपा (संयुक्त) ३, थरुहट तराई पार्टी २, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका १, समाजवादी जनता पार्टी १, नेपाली जनता दल १, खुम्बुवान राष्ट्रिय मोर्चा १, अखण्ड नेपाल पार्टी १, दलित जनजाति पार्टी १, जनजागरण पार्टी १ र १ स्वतन्त्र सांसद सहित अन्य एक सिट भएका सांसदसहित गरेर कूल ३९५ जना संशोधनको विधेयकको पक्षमा मतदान गर्ने देखिन्छ । यद्यपी अझै सरकारलाई संविधान संशोधन दुई तिहाइले पारित गराउन तीन थप मत आवश्यक पर्दछ । जुन कुरालाई प्रधानमन्त्री प्रचण्डले राम्रैसँग बुझेका छन्, उनी युएइको भ्रमणपछि निर्णायक बहुमत पुर्याउन सक्रिय हुने स्रोतले जनाएको छ । त्यसो त विपक्षमा रहेका दलहरुभित्रैका केही सांसदहरुले समेत पक्षमा मतदान गर्ने अवस्था समेत रहेको छ । अन्तर्घातको संघारमा कमजोर विपक्षाी संशोधन प्रस्तावको विपक्षमा दोश्रो ठूलो दल नेकपा एमालेका १८२, मालेका ५, नेपाल मजदूर किसान पार्टीका ४ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । त्यस्तै परिवार दलका २, जनमुक्तिका २, नेपा राष्ट्रिय पार्टीका एक र मधेस समता पार्टीका एक सांसद सहित एमालेका २०० सांसद संशोधनको विपक्षमा रहेको एमालेले दाबी गरेको छ । तर प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा विपक्षमा रहेका केही साना दलले संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने अवस्थामा सहजै बहुमत पुग्ने देखिन्छ । यी दलहरुको ८ मत संसदमा रहेको छ । एमालेभित्र अन्तर्घातको सम्भावना समेत बलियो रहेको छ । खासगरी मधेसकेन्द्रीत सांसदहरुले संशोधनको भाषा परिमार्जन गरिएमा समर्थन गर्ने सम्भावना बलियो छ । एमालेले ह्विप लगाएको अवस्थामा के हुन्छ भन्न नसकिएपनि अहिलेसम्मको अवस्था हेर्दा एमालेभित्रका केही ५ नं. प्रदेशका र अधिकांश तराईका सांसदहरु संविधान संशोधनको पक्षमा रहेका छन् ।सभामुख ओनसरी घर्तीले बराबर मत भएमा मात्रै मतदान गर्ने व्यवस्था छ । । संसदमा ३१ दलबाट ५९५ जना सांसद छन् । साना दलहरुको भूमिका महत्वपूर्ण संशोधन प्रस्ताव दुई तिहाईले पास गराउन साना दको भूमिका महत्वपूर्ण देखिएको छ । हाल संसदमा साना दलबाट मात्रै १९ जना सांसद छन् । उनीहरु मध्ये धेरै दलले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएपनि तीनवटा दलले भने के गर्ने भन्ने सार्वजनिक गरेका छैनन् । केपी ओली सरकारको पालामा सरकारमा रहेका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक (२), नेपाल परिवार दल (२) र मधेस समता पार्टी नेपाल (१) ले संशोधन प्रस्ताव पारित गराउन निर्णायक भूमिका खेल्ने भएका छन् । अन्य साना दलले प्रचण्ड नेतृत्वको सरकार बन्दै समर्थन गरेकाले संशोधन प्रस्तावको पक्षमा रहेका छन् । सत्तापक्षभित्र पनि अन्तर्घातको सम्भावना संशोधन प्रस्तावको सत्तारुढ दलभित्रैबाट अन्तर्घात हुने सम्भावना पनि देखिएको छ । सत्तारुढ दलहरुभित्रैका केही सांसदहरु संशोधन प्रस्तावको बिरोधमा रहेका छन् । नेपाली कांग्रेसका सांसद चन्द् भण्डारी, अमरसिंह पुन र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संशोधनको पक्ष या विपक्षमा मतदान गर्नेबारेमा अनिर्णित रहेका छन् । उनीहरुले संशोधन प्रस्तावमा प्रदेश पाँच टुक्राएको भन्दै विपक्षमा मतदान गर्ने बताइसकेका छन् । यद्यपी पार्टीको ह्वीप लागेमा के गर्छन यसै भन्न सकिन्न । यस्तो छ संशोधन प्रस्तावमा आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमांकन, समानुपातिक प्रतिनिधित्वलगायत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउँदै तराई केन्द्रित मात्र प्रदेश बनाउने गरी चारवटा विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । राष्ट्रिय सभामा प्रदेश प्रदेशबाट ८–८ जनाको प्रतिनिधित्व हुने प्रावधान संशोधन गरी ‘हरेक प्रदेशबाट एकजना महिला, एकजना दलित र एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित तीनजनाका दरले एक्काइस र बाँकी ३५ जना प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा निर्वा्चित हुने गरी जम्मा ५६ जनाको प्रतिनिधित्व हुने’ व्यवस्था गरिएको छ। त्यस्तै सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृभाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने गरी धारा ६ मा संशोधनको प्रस्ताव गरिएको छ भने धारा ७ को उपधारा २ (क) थप गर्दै भनिएको छ, ‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनि निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ।’

‘अफिस ट्याम’मा गाडीको सास्ती

सडकमा दिनहुँ हजारौं सवारी । राजधानी घुम्नेका लागि रमाईलो । “आम्मै, यति गाडी” पहिलोपटक काठमाडौं आउनेको मुखबाट निस्किन्छ होला पक्कै । तर गाडीको यो तछाम छाडबीच गाडी चढ्नेहरुको पीडा सुन्ने हो भने त्यसको दुख सम्झिँदा समेत आङ जिरिङ्ग हुन्छ कतिको । पुष्पा महरा त्यसो त दिउँसोतिर खाली खाली देखिन्छन् राजधानीका कतिपय स्थानका सडकहरु । तर सवारी साधनको वास्तविक चाप र पीडाको अनुभूति कार्यालय समय शुरु हुँदा र सकिँदा देखिन्छ । कार्यालय जाँदा र फर्किँदा एकैपटक धेरै मानिस निस्किने हुँदा गाडी कुर्न र पाइहाले पनि त्यसभित्रको सास्ती कतिपयका लागि नियती बनेको छ । अवस्था कतिसम्म छ भने गाडीको भर गरेर हिँड्ने मान्छे घरबाट निस्कँदा झण्डै एक घण्टा गाडीका लागि समय छुट्टाएर हिँड्नुपर्ने अवस्था छ । यो बेला ट्राफिक प्रहरीहरुलाई पनि यातायात व्यवस्थापन गर्न हम्मे पर्छ । घण्टौंको जाम, बस बिसौनीमा तछाड मछाड, गाडीभित्र कोचाकोच । बृद्ध, महिला र बच्चाहरुको कन्तबिजोग । विहान होस या साँझको समय, गाडी पाइँदैन गन्तव्यमा जानका लागि, गाडी पाइ नै हाले ठाउँ पाइदैन चढ्नका लागि, चढी नै हाले सिट पाइँदैन बस्न । सबै यति हतारोमा हुन्छन् कि के महिला सिट, के अपांग के जेष्ठ, नागरिक सिट । जो पहिलो गयो त्यसैले पायो । बच्चाको आमालाई त झन आरक्षण सिट नै छुट्याएको हुँदैन गाडीमा । कोही दयालु भएर सिट छोडिदिए ठिकै छ अन्यथा जहाँसम्म जाने हो उभिएरै जाने । नियमले गाडीमा जति यात्रु राख्नु पर्ने हो त्यसको दोब्बर भन्दा बढी हुन्छन् । ट्राफिक प्रहरी त्यतिबेला देखे–नदेखेझैं गर्छ । अनि यात्रुहरु ट्राफिक प्रहरीलाई गाली गर्छन्, ‘त्यसलाई पैसा चाहिए मात्रै चेक गर्छ, आफूलाई यस्तो गाह्रो भएको छ, हेर मुन्टो बटारेको !’ गाडीमा ठाउँ नहुँदाका बाबजुद पनि झुण्डिएर भएपनि जान्छौं भन्दै आफै चढेका हुन्छन् यात्रुहरु पनि । गाडीवालाका लागि मानिसहरुको विवशता र बाध्यता नै पैसा कमाउने साधन बनेको हुन्छ । धक फुकाली तर्क दिन्छन् उनीहरु “अफिस समयमा मात्रै यस्तो हो, दिउँसो त गाडी खाली कुदाउनु पर्छ’ । विद्यार्थीहरुले कतिपय बेला कार्ड भएको कुरा गर्छन् । तर गाडीका सहचालकलाई लाग्छ– यसले सित्तैमा गाडी चढिरहेको छ । मन मारिमारि उसले भन्छ– ‘कार्ड देखाउनुस्’ । झगडा त सामान्य हो कार्डको विषयमा । तर झगडाले केही समाधान निस्किन्न भन्ने विद्यार्थीहरुलाई राम्रोसँग हेक्का छ । एक छिन झोंक निकाल्ने मात्रै हो । लाग्छ, गाडीवाला चाहन्छन्– गाडीमा सकभर विद्यार्थीहरु नै नचढुन् । सडक नभएर हो या गाडी नभएर हो ? यो प्रश्नको जवाफ भने कोहीसँग देखिन्न । गाडीवालाका लागि मानिसहरुको विवशता र बाध्यता नै पैसा कमाउने साधन बनेको हुन्छ । धक फुकाली तर्क दिन्छन् उनीहरु “अफिस समयमा मात्रै यस्तो हो, दिउँसो त गाडी खाली कुदाउनु पर्छ’ । मानौं मानिसहरु तछाडमछाड नगरे, कोचाकोच नगरे, भेडाजस्तो गाडीभित्र नखाँदेसम्म उनीहरुले कमाउन सक्दैनन । गाडीभित्र भेडाजस्तै खाँदिन्छन् मान्छेहरु । तर यत्तिले पनि पुग्दैन सहचालकलाई । १३ जनाको माइक्रोमा २० जना नकोची उसको मुहारमा मुस्कान छाउँदैन । ‘जाने हो’, ‘गुरुजी एकछिन रोकम त’ उसका प्रिय शब्द हुन्छन् । कोचा कोचबीच कसैले आपत्ति जनाए आम उत्तर पाइन्छ ‘भाडाको गाडी हो यस्तै हुन्छ, आफ्नै गाडीमा जानु न ।’ चुपचाप सहनुको विकल्प हुँदैन । यो बाध्यतामा रमाउँछन् गाडीवालाहरु । त्यही भएर होला, कुनै निकायले गाडी हटाउने या थप्ने कुरा गर्दा सबैभन्दा पहिला सडकमा गाडी तेस्र्याएर बिरोध गर्नेमा यिनै गाडीवालाहरु पर्छन् । क्षमताभन्दा बढी यात्रु राख्नाले कैयन दुर्घटना भई अनाहकमा ज्यान गुमाउनु परेको पनि छ । तर त्यस्ता दुर्घटना अचेल सामान्य भैसक्यो । जसरी पनि गाडी नचढी गन्तव्यमा पुग्न सकिँदैन चढौं, समस्या सबैलाई । अनि ‘ट्राफिकले कारवाही गरेन’ भन्दै गाली गरेर चित्त बुझाउनु परेको छ यहाँ । सर्वधारणलाई हरेक दिन यस्तै सास्ती झेल्नु परेको छ । यस्तै क्षमताभन्दा बढी यात्रु राख्नाले कैयन दुर्घटना भई अनाहकमा ज्यान गुमाउनु परेको पनि छ । तर त्यस्ता दुर्घटना अचेल सामान्य भैसक्यो । आज दुर्घटना हुन्छ घटनाको केही समय पनि वित्न नपाउँदै सोही ठाउँमा पुनः त्यसरी नै उच्च चापमा यात्रुहरु बोकि हिँडिरहेका हुन्छन् सवारी साधानहरु । यो नियती हो आम काठमाडौंबासीको । अझ रिङरोडबाहिर जाने यात्रुहरुको अवस्था त झनै बिजोग । रिङरोडभित्र त विकल्प हुन्छ यात्रुसँग । तर बाहिर जान ? त्यसैपनि गाडी थोरै त्यसमा झन गाडीवालाहरुको रजाई । न केही बोल्नु न केही कराउनु । चुपचाप ट्रकमा कोचिएका भैसीहरु मधेसबाट राजधानी ओसारेजस्तो नियती बोकेर जानैपर्ने बाध्यता । कहिलेकाहिँ सोध्न मन लाग्छ– सरकार, यो अवस्था कहिलेसम्म ?

नेपाल र चीनबीच भएको सैन्य अभ्यासले आत्तियो भारतीय मिडिया

पहिलो पटक हुन लागेको नेपाल–चीन संयुक्त सैनिक अभ्यासको रणनीतिक महत्वका कारण भारतीय सञ्चारमाध्यमहरू अनावश्यक विवाद उत्पन्न गराउन उद्यत भए। भारतीय अखबारहरूका अनुसार प्रतिकार–१ को नेपाल–चीन संयुक्त सैनिक अभ्यास २८ माघमा हुनेछ। नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले भने संयुक्त सैन्य अभ्यास हुने भए पनि त्यसको मिति र स्थान टुंगो लागिनसकेको जनाएका छन्। चीनका तर्फबाट पनि यस विषयमा स्पष्ट पारिएको छैन। संयुक्त सैन्य अभ्यासको नामले यो प्रतिआतंकवाद, बन्धक उद्धार र प्राकृतिक प्रकोपपछिको उद्धारसँग सम्बन्धित हुने बुझाउँछ। अर्थात्, प्रस्तावित सैनिक अभ्यास युद्ध नभई मानवीय लक्षित छ। यस्ता मानवीय प्रयासबाट नेपाल र चीनका जनता त लाभान्वित हुन्छन् नै, सँगसँगै क्षेत्रीय शान्तिमा पनि योगदान पुग्ने देखिन्छ। संयुक्त अभ्यासमा सहभागीहरूबीच विषयगत अनुभव, सीप र ज्ञान आदानप्रदान हुनु स्वाभाविकै हो। नेपालले भारत र अमेरिकासँग प्रतिआतंकवाद र प्राकृतिक प्रकोप विषयमा पटक–पटक संयुक्त सैनिक अभ्यास गरे पनि चीनसँग गरेको थिएन। यद्यपि, दुई देशका राष्ट्रिय सेनाबीच अन्य प्रकारको सहकार्य भने चलिनै रहेको छ। पछिल्लो पटक गत अक्टोबरमा रक्षामन्त्री बालकृष्ण खाँणले गरेको भ्रमणमा चीनले नेपाली सेनाको आधुनिकीकरणमा सहयोग गर्ने वचन दोहोर्‍याएको थियो। त्यसपछि हुन लागेको संयुक्त सैन्य अभ्यासले नेपाल–चीन सम्बन्धमा सैनिक आयाम पनि थप्नेछ, जसले दक्षिण एशियाली भूराजनीतिकमा रणनीतिक महत्व राख्छ। चीन र भारतबीच सन् २००६ बाट संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। पछिल्लो पटक गत अक्टोबरमा भारतीय सेनाले आफ्नै भूमि लद्दाखमा चिनियाँ सेनासँग संयुक्त अभ्यास गरेको थियो। आतंककारीहरूले काश्मिरको उरीस्थित आफ्नो एउटा क्याम्पमा गत सेप्टेम्बर १८ मा आक्रमण गरेको एक महीनामा भारतीय सैनिक टोलीले अर्को संवेदनशील क्षेत्रमा चिनियाँ सैनिक टुकडीसँग संयुक्त अभ्यास गरेको थियो। अभ्यासमा सहभागी भारत र चीनका सैनिकहरूले प्राकृतिक प्रकोपपछिको उद्धार र सहयोग कार्यबारे आ–आफ्ना अनुभव, ज्ञान र सीप आदानप्रदान गरेका थिए। त्यसअघि २०७२ असोजमा भारत र चीनका सैनिकहरूबीच चीनको कुन्मिङमा हातेमालो– २०१५ नामक संयुक्त सैनिक अभ्यास भएको थियो। भारत र चीनले सन् २०१३ को सीमा सहकार्य सम्झौतामै यस्ता सैनिक अभ्यास गर्ने प्रावधान राखेका छन्। भारतले त सन् २०१६ मा नेपाल, श्रीलंका, फ्रान्स, बेलायत, अमेरिका र रूससँग पनि संयुक्त सैनिक अभ्यास गर्‍यो। गत नोभेम्बरमा उत्तराखण्ड राज्यमा नेपाली र भारतीय सेनाबीच भएको नवौं संयुक्त सैन्य अभ्यासको नाम सूर्य किरण थियो, जुन प्राकृतिक प्रकोप र मानवीय उद्धारकै विषयमा केन्द्रित थियो। भारतले त्यसको दुई महीना अगाडि अमेरिकासँग चिनियाँ सीमाबाट एकसय किलोमीटर टाढा उत्तराखण्डमा संयुक्त सैनिक अभ्यास गरेको थियो। त्यसमा भारतका गढवाली र मद्रासी पल्टन र अमेरिकी सेनाको सेकेण्ड स्ट्राइकर ब्रिगेडका कमाण्डोहरू सहभागी थिए। समुद्र सतहदेखि करीब २५ सय मीटर अग्लो स्थानमा भएको त्यो अभ्यास युद्ध अभ्यास कोे १२आैं संस्करण थियो। भारतीय र अमेरिकी सेनाबीच यस्ता प्रकृतिका संयुक्त सैनिक अभ्यास सन् २००४ बाट हुन थालेको हो। नेपाल र चीनबीच हुन लागेको संयुक्त सैनिक अभ्यास विषयबारे भने भारतीय मिडियाहरूले चियाको कपमा तुफानु सिर्जना गरेका छन्। कतिपय भारतीय बुद्धिजीवीहरूले पनि प्रस्तावित सैनिक अभ्यासलाई भारत विरोधी भनेर कुप्रचार गरेका छन्। चिनियाँ विज्ञ भनेर चिनिने जयदेव शनाडेले भ्वाइस अफ अमेरिका मा नेपाल भारतको रणनीतिक क्षेत्र भएकोले चिनियाँहरूलाई त्यसरी त्यहाँ ल्याउन नहुनेसम्मका विचार व्यक्त गरे। सरकार नजीक भनेर चिनिएको भारतीय अखबार टाइम्स अफ इण्डिया मा पनि नेपाल–चीन संयुक्त सैनिक अभ्यास हुन नहुने आग्रह झल्किने समाचारहरू प्रकाशित भए। यस्ता विचार र समाचारहरूले नेपालका सामाजिक सञ्जालमा भने भारत विरोधी आवाज नै बढाए। त्यसरी भारतीय मिडिया र बुद्धिजीवीहरूबाट उत्पन्न तुफान ले नेपाल–चीन सैनिक अभ्यासलाई संकटमा पार्ने आशंका बढिरहेकै बेलाभारतीय सेनाका पूर्व प्रमुख समेत रहेका विदेश राज्यमन्त्री भीके सिंहले त्यसबाट भारत–नेपाल सैनिक सम्बन्धमा प्रतिकूल असर नपर्ने बताएर वातावरण सङ्ल्याए। उनले त्यसो भनेर नेपालमा बढिरहेको भारत विरोधी आक्रोशलाई पनि साम्य पारे। यसमा भारत सरकारको धारणालाई सकारात्मक बनाउन नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि महत्वपूर्ण भूमिका छ। समय सान्दर्भिक लागेर हामीले यो लेख हिमाल खबर साप्ताहिकबाट साभार गरेका हौं । सम्पादक

नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?

हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्। ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने। १ हजार अमूल्य ग्रन्थ ध्वस्त गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्। राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ? मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी। सबै व्यापारी भागाभाग यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।” भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ। भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ। विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ। भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर। अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ? द्वैध चरित्रका शासक त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि। आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए। पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ। शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन। यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ। पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन। इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के। अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको ! एकीकरण हैन, सिमाना विस्तार पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ? इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे। हार्नेको वाहवाही, जित्नेको इतिहास खोई? नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर। शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे। उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो। भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ। आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो। माइसन्सारडटकमबाट साभार Feature image: अनलाइनचौतारीडटकम

ल्याटिन अमेरिकाबाट देखियो, डरलाग्दो मानव तस्करीको विश्वव्यापी सञ्जाल

सन् २०१० को अक्टोबर महिनामा म दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटा डिसी उत्रिइएँ । समय छिटो–छिटो गएको जस्तो लाग्छ। सात वर्षअघि र आजको यसो समय तुलना गर्दा सबै चिजमा धेरै भिन्नता आयो भूगोल हिसाबले हामी नेपालीका लागि यो यात्रा निकै लामो हो। जहाँ आइपुग्दा भाषाका कारण हरेक पाइलामा ठेस लागेको अनुभूति गरियो लामै समय । बिल्कुल भिन्न परिवेश, भिन्न धर्म/संस्कृति ,समय ,समुदाय , आदि । स्थानीय समुदायसँग बोलीचाली परिचय हुँदा अधिकांशलाई नेपाल देश हो भन्ने जानकारी थिएन। जसले मनमा एक किसिमको चस्का दिइरहन्थ्यो। बुद्ध जन्मेको देश,सगरमाथाको देश भन्नेमा मलाई जति गर्व थियो । त्यो भ्रम विस्तारै दुर हुँदै गयो । गौतम बुद्ध, सगरमाथा बारे ल्याटिनहरुलाई प्रशस्तै थाहा रेहछ । उनीहरुलाई कुन देशमा पर्छ भूगोल थाहा रहेको पाइनँ । अधिकांशमा भ्रम थियो । नेपाल भनेको चीनमा हो ? या भारतमा ? भनेर प्रति प्रश्न गर्दथे। यसरी नेपालको बारेमा सामान्य जानकारी समेत नभएको देखेर अब यहीं केहि न केहि माध्यमद्वारा नेपालको नामलाई दक्षिण अमेरिकी मुलुकमा चिनाउने सोंचका साथ कोलोम्बियामा पहिलो नेपाली टिपिकल खानाको रेस्टुरेन्ट खोलें। जसको नामकरण गरियो ‘सगरमाथा रेस्टुरेन्टँ। स्लोगान थियो सगरमाथा भूमिको स्वाद। यसै बिषयमा कान्तिपुर दैनिकमा कार्यरत आर्थिक बिटमा लेख्ने पत्रकार लीलानाथ घिमिरेले कोलोम्बियामा नेपाली रेस्टुरेन्ट शिर्षकमा समाचार सम्प्रेषण गरे । त्यतिबेला पर्यटन बर्ष २०११ मनाइदैं थियो। कोलोम्बियामा पहिलो नेपाली व्यवसायी तथा त्यतिबेलामा एक मात्र नेपाली को उपस्थिति थियो । व्यवसायले अपेक्षित सफलता हात पार्न नसके पनि आफ्नो मुलुकसँग सम्बन्धित ब्यबसाय भएकाले मलाई गर्व लागेको थियो। बिबिध कारणबस यो व्यवसायले निरन्तरता पाउन सकेन । केही समयपछि व्यवसाय परिवर्तन गर्नुपर्ने बाध्यतामा परियो । समयक्रमसँगै दैनिकी बदल्नै पर्ने भयो । सन् २०११ को अन्तिम तिर ‘मानव तस्करी’ सम्बन्धि समाचार संचार माध्यममा आउन थाले। आज फलानो ठाउँमा यति जना पक्राउ परे तिनीहरु एसिया, अफ्रीकन मुलुकका नागरिक थिए आदि । यो समाचार आएदेखि मलाई त्यस सम्बन्धि जान्ने उत्सुकता जागेर आउन थाल्यो । स्वभावैले म सामाजिक कार्यमा बिशेष रुचि राख्ने भएकोले हुन सक्छ अलि बढी नै चासो राख्न थालें । क्रमसः यस किसिमका समाचार संचार माध्यममा बाक्लिंदै जान थाल्यो । नेपाली नागरिक पनि समातिएको समाचार आएपछि सम्बन्धित निकायमा सम्पर्क गर्ने निधो गरें । यहाँ नेपालीको नाममा एक्लो थिएँ । समय क्रमसँगै सम्बन्धित निकायमा सम्पर्क गरेर अबैध आप्रवासीहरुको आगमन को बारेमा प्रारम्भिक जानकारी प्राप्त गर्न थाले । यो क्रम जारी रहँदै गर्दा कोलम्वियको अध्यागमनले अबैध रुपमा प्रवेश गरेका आप्रवासी समात्ने क्रममा २ जना नेपाली महिला २ जना नेपाली पुरुष अन्य मुलुकका ९ जना समेत जम्मा १३ जनालाई पक्राउ गरेको खबर आयो । अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरु खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । २ जना महिला मध्ये १ जना पूर्वकी थिइन । अर्कीले आफ्नो असली परिचय नदिएर कहिले टिबेटन, कहिले पूर्वकै भनेर जबाफ दिएर मलाई झुक्काउन थालिन । जुन कुरा उनीहरु पहिल्यैदेखि प्रशिक्षित थिए । उनीहरुलाई राजधानी बोगोटा डिसी ल्याएई सकेको थियो। कोलोम्बियासँग नेपालको सिधा कुटनीतिक संयन्त्र स्थापित छैन । नेपाल सम्बन्धी ब्राजिल स्थित नेपाली राजदुताबासले हेर्छ । कोलम्बियाको अध्यागमनले ट्राभल डकुमेन्ट उपलब्ध गराई दिन अनुरोध गरेको बिषय नेपाली राजदुताबास ब्राजिल मार्फत जानकारी पाएँ। अध्यागमनको आग्रह बमोजिम उपलब्ध गराई दिनु पर्ने ट्राभल डकुमेन्ट के को आधारमा दिने ? दोधारमा रहेको दुताबासले बताएको थियो । नेपाली हुँ भन्ने बित्तिकै प्रमाणित नभएसम्म ट्राभल डकुमेन्ट उपलब्ध गराउन नसकिने आश्यको संदेश अध्यागमनलाई पठाएछ । ब्राजिल नेपाली राजदुताबासले सम्पर्कका लागि मेरो नाम सिफारिस गरेर पक्राउ परेका हरुसँग भेटेर पुनः सोधपुछ गर्न भनेछ । कोलम्बियन अध्यागमनले पक्राउ परेकाहरु राखिएको सेफ हाउसमा गएर सोधपुछ गर्ने काममा मेरो मद्दत लियो।औपचारिक सोधपुछको क्रममा सत्य, तथ्य बताउन चाहेनन् नेपालीहरुले । अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरु खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । २ जना महिला मध्ये १ जना पूर्वकी थिइन । अर्कीले आफ्नो असली परिचय नदिएर कहिले टिबेटन, कहिले पूर्वकै भनेर जबाफ दिएर मलाई झुक्काउन थालिन । जुन कुरा उनीहरु पहिल्यैदेखि प्रशिक्षित थिए । मैले सबै आफ्नो वास्तविकता भने पछिउ उनीहरु कसरी त्यहाँसम्म आइपुगे ? भन्ने कुरा आँशु झार्दै बताउन थाले । नेपाल देखिको यात्रा सुन्दा कल्पना गर्न नसकिने थियो । नेपालमा सामान्य व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु धन कमाउने लोभमा एकाएक ल्याटिन अमेरिका आएर समाइए । कुरै कुरामा उनीहरु भक्कानिँदै भन्न थाले– ‘बरु आफ्नै मुलुक फर्कन पाए पनि फर्कने थिएऔं । यो नर्कमा बस्न सकिन्नँ ।’ त्यहाँसम्म पुग्दाको लगानीले भने उनीहरु भन्दै थिए जसरी पनि अमेरिका त छिर्नै पर्छ । अन्य २ जना पुरुष पश्चिम नेपालतिरका थिए। कुनै राजनीतिक दलको गोपनियताका कारण नाम उल्लेख गरेको छैन । उनीहरु यहाँसम्म कसरी आइपुगे भन्ने कथा सुनाउँदा म छाँगाबाटै खसे जस्तो भएँ । एक दलका उपल्लो तहको नेताले सिफारिस दिए । त्यही सिफारिसले यो यात्रा सम्भव भएको । ती नेतासँग पार्टी कार्यालयमै अन्तिम भेटघाट गरी ठूलै रेष्टुरेन्टमा गएरखानपान सहितको फोटो समेत देखाए ‘विदाई समारोह’को । हामीले औपचारिक सोधपुछ र आवश्यक फिंगर प्रिन्ट दस्तखत नाम ठेगाना आदि फारममा भरेर अस्थायी कन्ट्री आउट पास को निम्ति मेरै रोहबरमा सिफारिस गरेर अध्यागमन विभागलाई बुझाई दिएका थियौं । अहिले उनीहरु कहाँ पुगे त्यो थाहा भएन । ‍(लेखक मैनाली, कोलम्बियाको राजधानी बोगाटामा बस्छन । कोलम्बियालाई ट्रान्जित प्वाइन्ट बनाएर मानव तस्करीहरुले कसरी अमेरिका पुर्याउँछन ? उनीसँग नालेबेली छ । लेखकले देखेको अनुभव लामै भएकाले क्रमशः दिइने छ । सम्पादक)

किन आत्तिएका छन् अध्यक्ष ओली ?

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अंग्रेजी नयाँ वर्षको दिन कुनै गोप्य स्थानमा करिब दुई घण्टा छलफल चल्यो । छलफलमा दुबै नेताबीच के कस्ता कुरा भए, त्यो पुरै सार्वजनिक भएको छैन । तर सकारात्मक भनिएपनि छलफल अन्ततः निष्कर्शविहिन नै भयो । व्यवस्थापिका संसदमा दर्ता भएका बिभिन्न प्रस्तावहरुमाथि दलहरुलाई सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले दिएको ३ दिने समयसीमको अन्तिम दिन उनीहरुबीच भेटघाट भएको थियो । त्यसको भोलीपल्ट आज बिहान सिंहदरबारमा शीर्ष दलबीच बैठक बस्यो । त्यसमा समेत सहमति हुन सकेन । किन आउँदैनन् ओली सहमतिमा ? प्रधानमन्त्री र सभामुखको बारम्बारको प्रयासपछि पनि एमाले अध्यक्ष ओली किन सहमतिमा आउन खोजिरहेका छैनन ? यो प्रश्न अहिले टड्कारोरुपमा उठेको छ । जबकि एजेण्डाका हिसाबले ओलीले असहमत हुनुपर्ने कुनै कुरा छैन । अहिले आएर पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले यो कुरामा किन बुझ पचाइरहेका छन् ? किन उनी सहमतिमा आउन खोजिरहेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले पटकपटक एमाले अध्यक्ष ओलीलाई विगतको सहमतिको स्मरण गराउँदै आएका छन् । “५ नं. प्रदेशको सीमांकन स्वयम् ओलीको हस्ताक्षरमा प्रस्तुत भएको प्रस्ताव हो” भन्ने कुरा स्थापित तथ्य समेत हो । भाषा र नागरिकताको विषयमा अन्तरिम संविधानको प्रतिकूल प्रस्ताव सरकारले पेश गरेको छैन । तथ्यगतरुपमा हेर्दा अहिलेको संशोधन प्रस्ताव एमालेको आफ्नो प्रस्ताव हो । एमालेले विगतमा सुझाव दिएको कुरा नै अहिलेको प्रस्तावमा छ । तर पनि अहिले आएर पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले यो कुरामा किन बुझ पचाइरहेका छन् ? किन उनी सहमतिमा आउन खोजिरहेका छन् । उनको अहिलेको व्यवहार हेर्दा उनले ‘सरकारलाई हलो अड्काउन’ खोेजिरहेको स्पष्ट हुन्छ । राष्ट्रिय सहमति जुट्न नसकेपछि र दोश्रो संविधानसभा समेत असफल हुने खतरा देखिएपछि तत्कालिन एमाओवादीले ३३ दलीय मोर्चाबाट अलग भएर घोषणा गरेको ३ दिने आन्दोलन फिर्ता लिएको थियो । किन आत्तिए ओली ? नैतिकवान राजनीति या एजेण्डाका आधारमा चल्ने राजनीतिमा राजनीतिज्ञहरुमा केही निष्ठा बाँकी रहन्छ । बेइमानी भन्ने शब्द त्यहाँ हुन्न । यो आधारमा हेर्दा इमान हुन्थ्यो– प्रतिपक्षले राष्ट्रिय सहमतिका लागि पहल गर्नु । इमान्दारिता हुन्थ्यो– एमालेले सदनमा आफ्ना असहमति र फरक मत राख्नुपथ्र्यो । हिजो आफैले पेश गरेको प्रस्ताव अहिले आएर चित्त नबुझेको भएपनि ‘त्यतिखेर हामीले नै यो प्रस्ताव गरेपनि अहिले हाम्रो फरक मत यस्तो छ’ भनेर जनप्रतिनिधिहरुले चुनेको संसदमा आफ्ना कुरा राख्नुपथ्र्यो । तर एमालेले यो इमान देखाएन । जति आलोचना गरेपनि सरकारका कतिपय कामहरुले विस्तारै जनतामा प्रभाव पर्न थालेपछि ओलीले आत्तिएर अन्तिम अस्त्रका रुपमा संविधान संशोधन प्रस्तावलाई सरकारविरुद्ध तेस्र्याउन खोजे । जबकि इतिहास साक्षी छ– राष्ट्रिय सहमति जुट्न नसकेपछि र दोश्रो संविधानसभा समेत असफल हुने खतरा देखिएपछि तत्कालिन एमाओवादीले ३३ दलीय मोर्चाबाट अलग भएर घोषणाच गरेको ३ दिने आन्दोलन फिर्ता लिएको थियो । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाको नेतृत्वमा संविधान निर्माणका लागि आफ्ना कतिपय असहमतिलाई फरक मतका रुपमा सदनमा राखेर संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर अहिले एमालेले यो इमान देखाएन ।यसबाट एमाले अध्यक्ष ओली वर्तमान सरकारबाट आत्तिएको स्पष्ट हुन्छ । नेकपा एमालेका अध्यक्ष ओली स्वैच्छिकरुपबाट सत्ताबाट बाहिरिएका होइनन् । उनले अन्तिम समयसम्म पनि प्रधानमन्त्री बनिरहन निकै कोशिस गरे । तर अन्ततः सदनको सामना गर्नैपर्ने अवस्था आएपछि उनले सदनमा नै राजिनामा दिए । यो पृष्ठभूमिमा सरकार बनेपछि ओली नेतृत्वमा वर्तमान सरकारका विरुद्ध ठूलो अभियान नै सञ्चालन भयो । सरकारको आलोचनामा एमाले पंक्ति दृढ भएर लाग्यो । तर जति आलोचना गरेपनि सरकारका कतिपय कामहरुले विस्तारै जनतामा प्रभाव पर्न थालेपछि ओलीले आत्तिएर अन्तिम अस्त्रका रुपमा संविधान संशोधन प्रस्तावलाई सरकारविरुद्ध तेस्र्याउन खोजे । यो कुरा अहिले आएर झन पुष्टि भएको छ । भारतीय आशीर्वादको आरोप लागेको सरकारले ‘फाष्ट ट्रयाक’ आफै बनाउने निर्णय गरेपछि अध्यक्ष ओली र पार्टी पंक्ति झन आत्तिएको हो । आफूले आलोचना गर्ने एजेण्डाहरु (अर्को शब्दमा, तुरुपका पत्ता) एकपछि अर्को गर्दै तुहिन थालेपछि उनीहरु आत्तिनु स्वभाविकै थियो । यही बीचमा सरकारले काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने अनौपचारिक घोषणा गर्यो । यसले सरकारप्रति आम जनसमुदायको जनमतमा १८० डिग्रीले फरक ल्यायो । मध्यमवर्गदेखि लेखक, कलाकारदेखि बुद्धिजीविसम्मले माओवादीको राजनीतिक विचारको बिरोध गरेपनि यी कतिपय कामहरुको स्वागत गरे । यसले ओलीलाई झनै अत्यास लाग्ने अवस्थामा पुर्यायो । उनले आत्तिएकै भाषामा भने– सरकारले के नै पो नयाँ काम गर्यो र ? यो त मैले नै देखेको सपना न हो । यति मात्रै होइन, गत हप्ता अध्यक्ष ओलीले नेपालको मिडिया प्रचण्डसँग मिलेको समेत आरोप लगाए । यो सरकारको काम र लोकप्रियताबाट उनी आत्तिएको प्रत्यक्ष प्रमाण थियो । मिडियामा सरकारका कामहरु विगतमा आलोचनात्मकरुपमा देखिएपनि राजस्व संकलनदेखि विकास निर्माण, विदेशका नेपालीका लागि राहतदेखि बिजुली, यातायातलगायतका क्षेत्रमा सरकारले चालेका र गरेका कामहरुले मिडियामा प्रशंसा पाएपछि ओली चिढिएको यसबाट देखिन्थ्यो । एमालेको यो अस्त्र उसका लागि गम्भीररुपमा प्रत्युत्पादक हुने पनि निश्चित नै छ । किनभने एमालेले आफ्नो इगोका कारण आन्दोलनका उपलब्धिहरुको बिरोध गरेर आफ्नो एजेण्डाहरु समाप्त गर्न खोजिरहेको छ । यी कतिपय घटनाबाट ओली र एमालेको नेतृत्व सरकारको लोकप्रियताबाट आत्तिएको देखिन्छ । यसका लागि उनीहरुका सामु जनताको मतलाई ‘भ्रम छरेर भएपनि क्यास गर्नुपर्ने’ बाध्यात्मक अवस्था सिर्जना गरिदियो । लोकप्रियताविरुद्ध भ्रमको अस्त्र सरकारले सदनमा संशोधन प्रस्ताव लैजानु अघि नै मैले लेखेको थिएँ– सरकारको लोकप्रियता देखेर अब एमालेले सरकारलाई अप्ठ्यारोमा पार्ने, देशका कतिपय स्थानमा साम्प्रदायिक आन्दोलनलाई बढावा दिने सम्भावना बढेको छ । यो कुरा स्पष्टरुपमा अहिले आएर देखियो । एमालेले ५ नं. प्रदेशका जनताको मनोभावलाई क्यास गर्न खोज्यो । बुझ पचाएर पनि संघीयताका विरुद्धमा र अझ धर्म निरपेक्षताका विरुद्धमा उनीहरुको अभिव्यक्ति आए । सदनमा गतिरोध कायमै रह्यो र यसलाई अन्तिम अस्त्रका रुपमा अहिले पनि एमालेले उपयोग गरि नै रहेको छ । तर एमालेको यो अस्त्र उसका लागि गम्भीररुपमा प्रत्युत्पादक हुने पनि निश्चित नै छ । किनभने एमालेले आफ्नो इगोका कारण आन्दोलनका उपलब्धिहरुको बिरोध गरेर आफ्नो एजेण्डाहरु समाप्त गर्न खोजिरहेको छ । तथाकथित राष्ट्रवादको जति कुरा गरेपनि एमालेले सरकारको बिरोधको नाममा संघीयता र धर्म निरपेक्षतामा नै हथौडा चलाउन थालेपछि एमाले समर्थक र बुद्धिजीविहरुबाट समेत यसको चर्को बिरोध शुरु भएको छ । यो पछिल्लो रणनीतिले एउटा तप्कामा उसले भ्रम छरेर जनमतलाई आफू अनुकुल पार्न तत्कालका लागि सफल भएपनि यसको परिणती भने संविधान कार्यान्वयन असफल हुने र प्रतिक्रियावादी तथा पुनरोत्थानवादीहरुको उदय हुनु नै हो । यो अवस्था पक्कै पनि एमालेका लागि सुखद हुने छैन । राजनीतिलाई एजेण्डा र इमानका आधारमा चलाउने हो भने एमालेले आत्तिनुको कुनै अर्थ छैन । हिम्मतका साथ सदनको सामना गर्नसक्नुपर्छ एमालेले । संविधान संशोधन प्रस्ताव मन नपरे सदनबाटै त्यसलाई असफल पार्ने साहस राख्नुपर्छ । संसद भनेको जनताले नै चुनेका प्रतिनिधिहरु बस्ने थलो हो । हिजो संविधान जारी गर्दा “जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानको पनि बिरोध गर्ने ?” भनेर कुर्लिने अध्यक्ष ओलीले अहिले त्यही जनताका प्रतिनिधिहरुको थलोको सामना गर्न नसक्नु उनको कायरता मात्रै हो । यसबाट संविधान कार्यान्वयन त हुन सक्दैन साथै दीर्घकालमा एमालेलाई नै गम्भीर क्षति पुग्ने निश्चित छ ।

शिक्षामन्त्रीलाई खुला पत्रः के ले रोक्यो प्रभावकारी काम गर्न ?

शिक्षा मन्त्रि ज्यु , तपाईले मन्त्रालय सम्हालेको ४ महिना बितेछ  । मन्त्रि भैसकेपछि ४२ औं दिनमा असोज २० गते तपाईले सार्वजनिक गरेको १९ बुदेँ तात्कालिन कार्ययोजना मेरो अगाडी  छ । तपाई मन्त्रि हुदैँ गर्दा पुर्ववर्ति सरकारले पेश गरि संसदबाट पारित शिक्षा एेन आठौँ संशोधन बिधेयक र खुल्ला बिश्वबिधालय एेन राष्ट्रपतिबाट प्रमाणित भई  कार्यान्वयनका लागी नियामावली निर्माण गर्न  मन्त्रालय आईपुगेको थियो । सापेक्षिक रुपमा अन्य मन्त्रीहरुलाई भन्दा अनुकुल वातावरण तपाईलाई थियो । आफ्ना खास नेता गीरिराजमणि पोख्रेलको मन्त्रालयको बिरासत,पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रि,समुहका समेत नेता भनिने नारायणकाजी श्रेष्ठ सरकार संचालन संयन्त्रका संयोजक र अर्थमन्त्रि महरा आफ्नै पार्टी नेता । त्यसबाहेक दर्जनौ नियुक्ति,बिश्वबिधालय र आयोगमा पुर्णता जस्ता चाखलाग्दा अबसर बोकेर तपाई जसरी मन्त्रालय छिर्ने कमैले मौका पाउथेँ । फेरी राष्ट्रिय राजनितिमा खास चर्चामा नरहेको पात्र भए पनि पहिले बिधार्थी आन्दोलनमा काम गरिसकेको,ईमानदार र सरल नेताका हिसाबले तपाईलाई स्नेह गर्नेहरु अलिक बढी नै आशाबादी पनि थिए । सन्तोष पनेरु यति भुमिका यसकारण बाधेँ किनभने शिक्षा मन्त्रालयको नेतृत्वका यी मध्यदिनहरुमा  तपाईको प्राप्ताङ्क उर्तिणाङ्क तिर जाने देखिएन ।   तपाईसगँ खास गरि दुई अपेक्षा थियो । पहिलो कुरा पुर्ववर्ती मन्त्रिको १८ बुदेँ प्रतिबद्धता पत्रको जगमा शिक्षा क्षेत्रको आमुल परिवर्तनको नितिगत नेतृत्व र संघिय संबिधानको मौलिक हकका रुपमा रहेको शिक्षा लाई पुर्नसंरचना गरी समाजवादउन्मुख राष्ट्रिय शिक्षा नितिका तय गर्न दिशानिर्देश गर्ने, सो का लागी आयोग निर्माण गर्ने,दोस्रो नियमावलिहरुलाई पुर्णता दिई कार्यान्वयनमा लैजाने । तर मन्त्रिज्यु १. १९ बुदेँ कार्ययोजनाको पहिलो बुदाँमा रहेको समाजवादउन्मुख राष्ट्रिय निति निर्माण गर्न एक उच्चस्तरिय आयोग १ महिना भित्र निर्माण गर्ने कार्यतालिका कता हरायो ? आयोग निर्माणको बाधक को हो ? प्रधानमन्त्रि प्रचण्ड वा सरकार संचालन संयन्त्र संयोजक नारायणकाजी श्रेष्ठ वा आन्तरिक रुपमा शिक्षामन्त्रालय हेरिरहेका पुर्व शिक्षामन्त्रि गीरिराजमणी पोख्रेल या तपाई स्वंयको असक्षमता ? २.कार्ययोजनाको दोस्रो बुदाँमा रहेको शिक्षा एेन नियामावलि कार्तिक २५ सम्ममा सम्पन्न गरिने भनिएकोमा मुस्किलले २ साता अगाडी सहमतिलाई अर्थ मन्त्रालय पठाईएको र झण्डै २६ अर्ब आवश्यक रकमको सहमति मागमा जम्मा १ अर्ब दिन अर्थ तयार रहेकाले नियमावलि भुण्रमै तुहिने खतरा रहेको छ । एेन ल्याउदाका नेतृत्वकर्ता पुर्वमन्त्रिले त अर्थमन्त्रिका नाउँमा पत्रै लेखि सरोकार ब्यक्त गरेका छन् । पत्र अर्थ मन्त्रिका नाउँमा भए पनि पेटबोलिले बर्तमान शिक्षामन्त्रिको कार्यदक्षता माथि समेत प्रश्न उठाएको छ । एकै पार्टीका प्रधानमन्त्रि र अर्थमन्त्रि हुदाँ पनि नियामावलिमा सहमति जुटाउने लबिङ गर्न नसक्नुको खास कारण के होला ? ‘अघिल्लो बर्ष पनि निर्माणको बजेट नपाएका जिल्ला र थप गरि ३१ जिल्लाका बिधालय मन्त्रालयको मुख हेरि टोलाउदै छन् ।’ ३. तेस्रो बुदाँमा रहेको अलग अलग एेनद्धारा संचालित बिश्वविधालय बीचमा समन्वय गर्न र उच्चशिक्षालाई प्रभावकारी बनाउने र उच्च शिक्षा बिधयेक संसद लगिने कुरा मन्त्रीकै कोर टिममा एकमत हुन नसके पछि यसै थन्किरहेको छ । यो बिधयेक टेबुल नहुनाको कारण के होला ? ४. बुदाँ नं ४ को भुकम्प प्रभावित क्षेत्रका बिधालय निर्माण अभियान कहाँ हरायो । शिक्षा बिभागले यस बर्ष भुकम्प प्रभावित ३१ जिल्लमा बिधालय निर्माणको कुनै कार्यक्रम राखेन । मन्त्रालयकै सह सचिवको नेतृत्वमा रहेको सि यल् पि यु ले झण्डै ४ अर्वको बजेटका साथ एन्अाए सगँ समन्वय गरि संचालन गरिने भनिएको बिधालय पुर्ननिर्माण अभियान यसै अलपत्र छ । अघिल्लो बर्ष पनि निर्माणको बजेट नपाएका जिल्ला र थप गरि ३१ जिल्लाका बिधालय मन्त्रालयको मुख हेरि टोलाउदै छन् । प्राथमिकताका साथ निर्माण कार्य नहुनुको कारण के होला ? ५. बुदाँ ५ मा रहेको ‘राष्ट्रिय चिकित्सा शिक्षा  बिधयेक’ पारित गराउन मन्त्रालयको कुनै चासो देखिदैन । बरु बिचमा सिर्जित गोविन्द के.सी अनसन र डिन बिबादले उल्टै मन्त्रीको साख घटाएको छ । ‘मन्त्रीको प्रभावकारी कदमको बाटो हेरेका कर्मचारी हिस्स परेका छन् ।’  ६. बुदाँ नम्बर ६ अनुसार ‘ शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र बिधार्थीको झोलामा रगिंन पुस्तक’ मिठै गफ बन्यो । यसै शैक्षिक सत्रको अन्तिम परिक्षाको तयारी सुरु हुदैँ गर्दा बिधार्थी हातमा पाठ्यपुस्तक पुगेको छैन । आगामि शैक्षिक सत्रमा पनि समयै पुस्तक पुर्याउन जनक शिक्षाको सक्षम नेतृत्व चयन, कार्ययोजना मन्त्रिको प्राथमिकतामा छैन् । अहिले जनक पुगेर तयारी हेर्दा यति कुरा निश्चिताका साथ भन्न सकिन्छ कि ७० प्रतिसत पुस्तक समेत समयमा तयार हुनेवाला छैन् । नयाँ मेसिन किन्ने काम र सक्षम ब्याबस्थापकिय नेतृत्व छनौट किन गर्न गाह्रो परेको होला ? ६ महिना भित्र टुङ्गो गर्ने भनिएको नेसनल क्वालिफिकेसन फेर्मवर्कको  ३ महिना बितिसक्दा पनि सिन्को नभाँचिनु को  कारण के होला ? ७. बुदाँ नम्बर १३ को प्राबिधिक शिक्षाको बिस्तारको पहिलो गासँमै ढुङ्गो मिलेको छ । पोलिटेक्निक शिक्षालय निर्माणको नितिगत निर्णय भएनि बजेट र कार्यान्वयन बारे शंकाको स्थिति छ । सिटीईभिटी कार्यकारी नेतृत्व बिहिन छ । एक महिना हुदाँ पनि सर्च कमिटीले सदस्यसचिवको नाम सिफारिस गरेको छैन् । परिषद्को बैठकमा मन्त्रीका एेजेण्डा अस्विकृत हुने स्थिति छ । मन्त्रीको प्रभावकारी कदमको बाटो हेरेका कर्मचारी हिस्स परेका छन् । परिषद्को मात्रै २७०० बढी सम्बन्धनका १० औ बर्ष देखिका निवेदन र धरौटी अलपत्र छन् । पुर्वाञ्चल, पोखरा र टियुका प्राबिधिक कार्यक्रमका सम्बन्धका लागी परेका निबेदनको चाङ पनि डर लाग्दो छ । तर यसलाई छिच्चोल्ने गरि नेतृत्व गर्न तपाईलाई कसले रोक्छ । काम गर्न नसकिने रैछ भने कारण खुलाएर बरु राजिनामा दिनुस्   आदरणिय मन्त्रीज्यु, ब्यातिगत रुपमा तपाईको गृह जिल्लाबासी र तपाईलाई श्रद्धा गर्ने पात्रको नाताले यति भने । सुनेका छौ आजकल तपाईलाई प्रोत्साहन गर्ने प्रियजनहरुको पनि साथ छैन रे तपाईलाई ! ख्याल राख्नु होला । यस्तो मिठो पक्कै होईन । तपाई सफल हुदाँ तपाईको चर्चा र हाईहाई त पक्कै होला थोरै खुशी हाम्लाई नि मिल्ला तर तपाई असफल हुदाँ बढी पिडामा हुनेछौ । नत्र मन्त्रि बनेर नाम लेख्ने अनि दुई चार जिल्ला सपत्नि घुमेर माला लाउनुमै यो महत्वपुर्ण र छोटो समय नसकियोस् । काम गर्न नसकिने रैछ भने कारण खुलाएर बरु राजिनामा दिनुस् तर अकर्मन्य मन्त्रिको धब्बा तपाईलाई नलागोस् । शुभकामना

प्रचण्ड सरकार ! २ वर्ष बढी सरकार चलाऊ तर, ‘स्थानीय तह’कै चुनाव गराऊ

रूद्रप्रसाद भट्टराई/ संविधान जारी भएपछि दलहरु चुनाव गराउन केन्द्रित छन् । तर, चुनावको घोषणा गराउन सकिरहेका छैनन् । प्रमुख तीन दलहरुबीच र मधेसी मोर्चाबीचमा चुनावको लागि पटक–पटक वार्ता भएपनि कस्तो चुनाव गराउने भन्ने निश्चित भइसकेको छैन । प्रमुख प्रतिपक्षी एमाले पूरानै संरचनाको चुनाव गराउनुपर्ने अडानमा देखिन्छ । संविधान संशोधन नगरी सिधै चुनाव जाने उसको योजना रहेको बुझिन्छ तर मधेसी मोर्चाले संविधान संशोधन नगरी कुनैपनि चुनावमा भाग नलिने र पेलेर जान खोजे प्रतिकार गर्ने योजना सार्वजनिक गरेको छ । लेखक: रूद्रप्रसाद भट्टराई सत्ता साझेदार दलहरू माओवादी र काँग्रेससँगै प्रमुख प्रतिपक्षी दल एमालेपनि निर्वाचनको लागि करिब सहमत् देखिएका छन् । निर्वाचनभित्रका पूराना र नयाँ संरचनाको सवाल—जवाफ छुट्टै मुद्धा छ तर चुनाव कसले गराउने ? भन्ने कुरामा कुरा नमिलेको जस्तो देखिन्छ । देश संघात्मक भएको छ रे तर जनताले अनुभूति गर्न पाएका छैनन् । नागरिकताको विषयले केही मत्थर देखिएपनि सीमांकन र प्रदेशको मुद्धामा आजसम्म कुरा मिलेको छैन । स्थानीय पुनसंरचनाले धेरै जिल्ला, गाउँमा विवादका स्वरहरू निश्किए । यो अवस्थामा पुरानै संरचनामा निर्वाचनमा जाने कुरा हुन सक्छ । यदि पुरानै संरचनाको चुनावमा दलहरु जान सहमत भएभने त्यसले एकातिर संघीयताको खिल्ली उडाउँछ भने अर्काेतिर चुनाव नै नहुँने र स्थानीय निकाय झनै अनिनिर्णयको बन्दी हुने खतरा देखिन्छ । विगत २० वर्षदेखि स्थानीय निकायको चुनाव भएको छैन । समस्या दुबैतिर देखिएपनि पहिलो संरचनामा निर्वाचनमा जानुलाई आम जनसमुदायले शंकाको दायरामा राखेको देखिन्छ । पुरानै संरचनामा निर्वाचनमा जाने ठूला दलहरुले निर्णय गरेभने त्यो पश्चगमनको बाटो हुन्छ । त्यसलाई संविधानको पालनामा सरकार गम्भीर नरहेको भनेर भन्न सकिन्छ मलाई लाग्छ सरकारले पश्चगमनको बाटो लिने छैन । नेपाली जनताको २००७ सालदेखिको जनताले संविधान बनाउने चाहनालाई सरकारले पूरा गर्नेछ ।  यतिका वर्षदेखि स्थानीय निकायको चुनाव नभएर ध्वस्त भएको स्थानीय संरचनालाई अब हुने चुनावले ट्रयाकमा ल्याउन सक्छ जसरी अहिले कर्मचारीको मनलाग्दीमा स्थानीय निकाय चुर्लुम्म डुबेको छ, अनियमितता बढेको छ । त्यसकारण चुनावबाट आएका जनप्रतिनिधि हुनुपर्छ भन्ने कुरामा आम मानिस सहमत छन । केहिसमय अगाडिसम्म निर्वाचनमा गइहाल्नु पर्छ भन्ने एमालेले विभिन्न बहानामा त्यहि मुद्धालाई सारेको जस्तो देखिन थालेको छ । एमाले चाहन्छ संरचना नफेरी चुनावमा जाऊ । यदि पुरानो संरचनामा चुनावमा गएको खण्डमा ०५४ कै जस्तो सिट जितिने एमालेको आँकलन छ । बीस वर्ष अघिको सिट जित्नको लागि पनि एमाललेलाई स्थानीय ‘तह’ होइन ‘निकाय’को चुनाव उपयुक्त हुने उसको बुझाई छ । तर, सबै दललाई विश्वासमा लिएर चुनावको घोषणा गर्न सरकारलाई दबाब परेको देखिन्छ । ‘खाऊँ दिनभरिको शिकार, नखाऊँ कान्छा बाबुको अनुहार’को अवस्था छ, सरकारलाई पनि । प्रचण्ड नेतृत्वको सरकारलाई जसरीपनि सबैको सहमतिमा चुनाव गराउनैपर्ने बाध्यता छ, सरकार चाहन्छ जनताको कामहरु आफू सरकारमा रहेका बेला सम्पन्न गरौं । तर, त्यति सहजै त्यो अवसर दिने मुडमा प्रमुख प्रतिपक्षी लगायतका दलहरु छैनन् । सरकार निर्माणमै ९ महिनाको अवधीमा स्थानीय निकायको निर्वाचन गराउने प्रतिवद्धतासहित प्रचण्ड सरकार बनेको हो । सरकार बनेको चार पाँच महिनामा जनताले महसुस गर्नेगरी धेरै कुरा भएका पनि छन् । तर, प्रदेश सीमांकनको झमेलाका कारण स्थानीय पुर्नसंरचनागत विवादले समाधानको बाटो अझै लिन सकेको देखिदैन । त्यसैकारण सत्तासाझेदार कांग्रेस स्थानीय तहको चुनाव गराउन प्रचण्डसँगै लागिपरेको देखिन्छ । कांग्रेससँगको सम्झौतामा ९ महिनामा सरकार छाड्ने उल्लेख गरेपनि तत्काल कांग्रेस सरकारमा जाने मुडमा देखिदैन कारण हो स्थानीय निकायको निर्वाचन गरेरै मात्र नेतृत्वमा जाने । यो अवस्थामा सरकारको आयू छैन भन्नुलाई गलत हुन्छ । स्थानीयको जिम्मा माओवादीलाइ र क्षेत्र र केन्द्रको जिम्मा काँग्रेसलाई भन्ने सहमतीलाई दुईदलले राम्ररी हेक्का राखेको प्रष्ट देखिन्छ । दुई वर्ष नै लागेपनि प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस हट्ने संभावना तत्काल देखिदैन, कांग्रेसको भित्री रणनीति कम्तीमा पाँच वर्ष बहुमतको सरकार चलाऊँ भन्ने रहेको देखिन्छ । हुन त सरकार भन्दा संरचना विवाद नै ठुलो विषय हो । संरचना नमिलाइकन कुनैपनि निर्वाचनले अर्थ राख्न सक्तैन । भूगोलको समस्यालाई समाधान नगरिकन अन्य कुराहरू निरर्थक देखिन्छ । संविधान निर्माणको बेला एक देखिएका दलहरू संविधान जारी गरेपछि मधेसी मोर्चाले गरेको आन्दोलनलाई के भन्ने ? मोर्चालाई पेलेर जाँदा राष्ट्रवादी देखिएको ठान्ने एमालेले विर्सेको कुरा के हो भने–‘कसैको अधिकार खोसेर राष्ट्रवादी भइदैन’ । ऋण र व्ययभारको जीवनलाई ओलीजीको राष्ट्रवादले कदापी पुरा गर्न सक्दैन । बुझ्नेले कुरा बुझेका छन् तर नबुझ्नेलाई ओलीजी प्यारो बनेका छन, राजा महेन्द्रसँग तुलना गर्छन । प्रचण्ड सरकारले पनि यहि अवस्थामा स्थानीय चुनाव गराउन सक्दैनन् । कायम रहेका विद्यमान समस्याको निराकरण नगरि चुनावमा जानुपनि हुन्न । १४ वर्ष वनवास बस्नेले अर्को एकवर्ष थप गर्न गाह्रो मान्दैन र हुँदैनपनि । चुनाव गर्न नसक्ने होइन, हुन्छ तर पुरानो संरचनामा भएको चुनावले वर्तमान माग सम्वोधन गर्न नसक्ने निश्चित छ । २० वर्ष अगाडिको समयमा अहिले देश छैन र फर्कनपनि सक्दैन । उसैपनि पुरानो संरचनागत् आधारले देशलाई विकास दिएन भने डुक्रिने यीनै बन्धुहरू अहिले पुरानै संरचनामा फर्कनुले यी कत्तीका लोकतान्त्रिक र संघीयताका पक्षधर रहेछन् स्पष्ट भइसकेको छ । यसकारण वैकल्पिकतामा पुरानो संरचनाको नाम लिएपनि व्यवहारिक रुपमा हामी पछाडि फर्कने माध्ययमको रुपमा स्थानीय निर्वाचनलाई ढाल बनाउनु हुँदैन । बरु सरकार लम्बिएर केही हुन्न तर संरचना पुरातन भयो भने विभिन्न वाधाहरू नजिर बनेर सताइरहनेछन् । यसकारण अबका दिनहरू झनै पीडादायी भएपनि गर्नसक्दा असम्भव छैन । नमिलेका सीमांकनलाई सबै बसेर मिलाऔँ, थप नमिले स्थानीय जनमतमा जाऔँ र समाधान निकालौँ । फलानोले यसो गर्यो त्यसलाइपनि त्यसै गर्ने हो भन्ने भावनालाई नलम्ब्याऊँ । प्रजातन्त्रको गलत् फाइदा नउठाऊँ । यसोगर्न सकेमात्र समाधान नकि बन्नेछ । वर्तमान नेतृत्वले यो जिम्मा लिन सकेनभने अर्कोले गर्दैन । पाएका उपलब्धीहरू स्वाहा बनाउने खेललाई अन्त्य गर्दै समस्यालाई थाँती नराख्दै नयाँ संरचनाको निर्वाचनमा जानु सबैभन्दा उत्तम हुने देखिन्छ । यो परिवेश निर्माण गर्नको लागि पनि सुम्पिएको काम पुरा गरुन भन्ने जनताको इच्छालाई वर्तमान सरकारले पूर्णता र विश्वासनियता बनाउनु जरुरी छ । यसको लागि बरु २ वर्ष बढी सरकार चलाऊ तर सीमांकनको मुद्धा बाँकी राखेर पुरानो संरचनामा निर्वाचनमा नजाऊ, नयाँ संरचनामा चुनाव गरेर देखाऊ । त्यसपछिमात्र जनताले भन्नेछन् प्रचण्ड सरकारले चुनाव गराउन सक्छ र सक्यो, कम्तीमा एउटा निकास दियो भनेर ।