गुट फ्युजनतर्फ वामदेवको ‘मुभ’, शक्ति संघर्ष चर्किने संकेत

एभरेष्ट टिप्पणी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता वामदेव गौतम काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट निर्वाचन लड्ने कुराले अहिले बजार तातेको छ । कतिपयले वामदेवको यो कदमको आलोचना गरेका छन भने नेपाल कम्युनिष्ट पार्टीभित्र भने नयाँ ढंगको शक्ति संघर्ष चर्किने आशंका पनि कतिपयले गरेका छन् ।

 

ओली पनि सहमत ?  

वामदेवको अहिलेको ‘मुभ’ले एउटा लामो समय पार गरेको छ । बदिर्याबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा भूमिकाविहिन बनेका वामदेवको आवश्यकता सरकार र सदनमा धेरैले रोजे पनि । यही बीचमा वामदेवले सांसद बन्न खोजेको कुरा सार्वजनिक भयो ।

 

शुरुमा डोल्पाबाट निर्वाचन लड्ने कसरत अघि बढ्यो । डोल्पाका सांसद धनबहादुर बुढाले आफूले वामदेवका लागि निर्वाचन क्षेत्र खाली गर्ने बताए । तर पार्टीभित्रकै एकथरिको दबाब थेग्न नसकेर उनले राजिनामा दिन सकेनन् । यो दबाब के थियो भन्ने कुरा सार्वजनिक भएन् । आशंका के मात्रै भयो भने वामदेव सांसद बन्ने कुरा अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहले रुचाएका थिएनन् ।

 

पूर्वएमाले समूहभित्रका चार जना मुख्य हस्तीहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचको घोषित अघोषित शक्ति संघर्ष हेर्दा वामदेवको यो कदम सामान्य सांसद बन्ने चाहना मात्रै भएको निश्कर्ष निकाल्न सकिन्न ।

 

ओली समर्थकहरुले सार्वजनिकरुपमा नै वामदेव सांसद हुने कुराको बिरोध गरे । डोल्पाबाट शुरुमा सीट खालि दिने भनेपछि पछि गएर सांसद बुढा आफ्नै कुराबाट पछि हटनुका पछाडि यही ओली समूहको दबाब रहेको समेत धेरैले टिप्पणी गरे ।

तर श्रोत भन्छ, औपचारिक बैठकहरुमा यो विषयले प्रवेश पाएपछि अध्यक्ष ओलीले भने बिरोध गरेका थिएनन् । “ठीकै छ, कोहीले आफू छोड्न चाहन्छ र अर्कोले चुनाव लड्न चाहन्छ भने त्यसमा मेरो असहमति हुन्न ।” बैठकमा उनको यस्तै आसय रहेको श्रोत बताउँछ ।

 

त्यसो हो भने वामदेवको मुभलाई ‘ओलीको प्रतिस्थापन’सँग जोडेर गरिएको टिप्पणी र चर्चाहरु गलत हुन त ? केही अन्य तथ्यहरुले भने यस्तो निश्कर्षमा पुग्न दिँदैनन् । खासगरी नेकपाभित्र पूर्वएमाले समूहभित्रका चार जना मुख्य हस्तीहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीचको घोषित अघोषित शक्ति संघर्ष हेर्दा वामदेवको यो कदम सामान्य सांसद बन्ने चाहना मात्रै भएको निश्कर्ष निकाल्न सकिन्न ।

 

सशंकित माधव नेपाल समूह

वामदेव सांसद बन्दा अध्यक्ष ओलीलाई समस्या पर्छ या पर्दैन ? यो प्रश्न पनि केहीले उठाएका छन् । सोझोरुपमा ‘क्याल्कुलेटिभ पोलिटिक्स’ को भाषा बोल्नेहरुको तर्क छ– वामदेव सांसद बन्छन्, यता सरकार परिवर्तनको हल्ला छ, अनि वामदेव मन्त्री बन्छन्, उस्तै परे प्रधानमन्त्री बन्छन् । त्यो कुराले ओलीलाई संकट पर्छ । त्यसैले धनबहादुर बुढालाई पनि दबाब दिएर फिर्ता गराइयो ।

 

तर यसको प्रतिवाद गर्नेहरुले भने ओली पक्षका केही नेता र कार्यकर्ताले वामदेवको सांसद बन्ने यो ‘मुभ’को आलोचना गरेपनि यसले ओलीलाई नै फाइदा पुग्ने विश्लेषण समेत गरेको पाइन्छ ।

 

वामदेवको आफ्नो बेग्लै व्यक्तित्व भएपनि उनले ओली धारलाई समर्थन गर्दैनन् । त्यसले उनको बलियो उपस्थिति आफैले नैतिकरुपमा समर्थन गर्ने नेपाल धारभित्रै बेग्लै उपधारको निर्माणमा सहायक बन्ने भएको कारण नेपाल समूहको ‘पोलिटिकल बार्गेनिङ पावर’मा यसले असर पार्ने छ ।

 

सामाजिक सञ्जाल र अन्यत्र चलेका चर्चाहरुलाई आधार मान्ने हो भने अहिले वामदेव सांसद बन्दा यसले नेकपाभित्र बलियो र वैचारिकरुपमा संगठित माधव नेपाल समूह नै कमजोर बन्छ । वामदेव गौतमले गुटकै कुरा नगरेपनि वैचारिकरुपमा कतिपय एजेण्डागत हिसाबले माधव नेपाल नजिक देखिन्छन् । यसो हुँदा शक्ति संघर्षमा वामदेवको शक्तिशाली उपस्थिति माधव नेपाल र समूहका लागि असहज हुने उनीहरुको टिप्पणी देखिन्छ ।

 

 

तर यो त्यतिबेला सम्म मात्रै सत्य हुन्छ जतिखेर वामदेव सांसद मात्रै या मन्त्रीसम्म बन्छन् । तर प्रधानमन्त्री नै बन्ने उनको लक्ष्य हो भन्ने निश्कर्षमा पुग्दा भने फेरी यो ओली र नेपाल दुबैका लागि असहज अवस्था हुने मान्न सकिन्छ । किनभने वामदेव अगाडि आउनु नै पनि दुबै समूहका लागि समस्याको विषय बन्न सक्छ । तर बढी घाटा माधव नेपाल पक्षलाई नै हुन्छ । किनभने ओली र नेपाल समूह नै अहिले स्पष्ट कित्ताकाट भएका दुई मुख्य धार हुन नेकपाभित्र ।

 

 

र, वामदेवको आफ्नो बेग्लै व्यक्तित्व भएपनि उनले ओली धारलाई समर्थन गर्दैनन् । त्यसले उनको बलियो उपस्थिति आफैले नैतिकरुपमा समर्थन गर्ने नेपाल धारभित्रै बेग्लै उपधारको निर्माणमा सहायक बन्ने भएको कारण नेपाल समूहको ‘पोलिटिकल बार्गेनिङ पावर’मा यसले असर पार्ने छ भन्न सकिन्छ ।

 

त्यसअर्थमा हेर्दा वामदेवको अहिलेको मुभ शक्ति संघर्षमा आफ्नो स्थान सुरक्षित राख्न हो भन्ने सोझो एकल निश्कर्षमा पुग्न सकिन्छ । उनले शक्ति खोजेका छन्, उनी गतिशील हुन चाहन्छन् । सदन या सरकारमा उपस्थिति चाहन्छन् भन्ने कुरा स्पष्ट देखिन्छ ।

 

तर, उनको यो मुभ ओली या माधव नेपाल कसका विरुद्ध परिलक्षित छ भन्ने कुरा निर्वाचनको परिणाम र त्यसअघि हुने अभ्यासले नै स्पष्ट देखाउने छ । निर्वाचन जित्न सिँगो पार्टी र सबै समूहको सहयोग आवश्यक छ । उनले एउटा या अर्को समूहले निर्वाचनमा खुलेर समर्थन र सहयोग नगर्ने अवस्थामा चुनाव जित्न सक्दैनन् । त्यसो भएकोले ओली समूह र नेपाल समूहले उनको पक्षमा कसरी निर्वाचनमा परिचालन गर्छन र सहयोग गर्छन भन्ने कुराबाट वामदेवको उपस्थितिलाई दुबै समूहले कसरी लिएका छन भन्ने कुरा पुष्टि हुन्छ ।

 

फडके किनाराका साक्षी प्रचण्ड

पूर्व नेकपा एमालेभित्रको शक्ति संघर्ष नयाँ भने होइन । यी चार जना नेताबीच विगत लामो समयदेखि नै आरोप, प्रत्यारोप, आलोचना र अभ्यासको राजनीति हुँदै आएको छ । तर अहिले पूर्व नेकपा एमाले मात्रै छैन । त्यहाँ जोडिएको छ पूर्व माओवादी केन्द्र ।

 

गुटको अभ्यास चलेपनि संगठितरुपमा नै गुटहरुबीच कित्ताकाट नभएको पूर्व माओवादी केन्द्रसँगको एकताले पूर्व नेकपा एमालेभित्रका यी समूहहरु समेत प्रभावित नहुने कुरा भएन । महाधिवेशन नहुँदा सम्म दुबै पूर्व पार्टीका गुटहरुबीच फ्युजन हुने या एकले अर्कालाई समर्थन गर्ने अवस्था नभएपनि अहिलेको शक्ति संघर्षमा अध्यक्ष प्रचण्डको भूमिकालाई भने धेरैले अर्थपूर्णरुपमा हेरेका छन् ।

 

प्रचण्डका लागि वामदेव गौतम नजिकका पात्र हुन । जनयुद्दकालदेखि नै वामदेवको सफ्ट कर्नर प्रचण्ड र पूर्व माओवादी केन्द्रसँग रहँदै आयो । यद्यपी नेपाली कांँग्रेससँगको गठबन्धन सरकार बनेपछि भने राजनीतिक एजेण्डाका हिसाबले प्रचण्ड र वामदेवबीचको दूरी बढेको थियो । वामदेवले कतिपय अवस्थामा प्रचण्ड र पूर्व माओवादी केन्द्रको आलोचना समेत गरे । तर यी आलोचनाहरु एजेण्डागत थिए र यसको असर पार्टी एकीकरणको प्रक्रिया र त्यसपछि भने परेको देखिन्न ।

 

पार्टी एकतापछि राष्ट्रिय राजनीतिमा प्रचण्ड र केपी ओली नै मुख्यरुपमा क्रियाशील रहेका छन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुको भूमिका निर्णायक रहन सकेको छैन । सचिवालयको गठन भएपछि उनीहरु पनि शक्ति प्रक्रियामा देखिए पनि निर्णायक भूमिका अहिले पनि दुबै अध्यक्षको छ ।

 

यो अवस्थामा अहिले वामदेव सांसद बन्ने कुरामा प्रचण्ड मौन देखिन्छन् । व्यक्तिगतरुपमा वामदेवलाई उनले भरपर्दो नेता मान्न सक्ने भएपनि पार्टीको निर्णय बिना उनले वामदेव या अन्य नेताको मुभमेन्टलाई समर्थन गर्ने देखिँदैन ।

 

वामदेव सांसद बन्ने कुरामा समेत पार्टीमा छलफल हुँदा ओली र प्रचण्डको फरक मत देखिन्न । कसैले म छोड्छु तिमी लड भन्छ र अर्कोले हुन्छ तिमीले छोड्यौ म लड्छु भन्छ भने त्यो व्यक्तिगत निर्णयलाई पार्टीले सम्मान गर्नुपर्ने मत दुबै अध्यक्षको देखिन्छ ।

 

अध्यक्षका नाताले सरकारलाई लोकप्रिय बनाउन अर्का अध्यक्षलाई रचनात्मक सहयोग गर्ने र पार्टीभित्रका सबै तप्कालाई मिलाएर नेकपालाई साँच्चिकै कम्युनिष्ट पार्टी बनाउने चुनौती उनी सामु छ । त्यसैले उनी फडके किनाराका साक्षी बन्दै निर्णायक सारथी बन्ने अवस्थामा छन् ।

 

सक्रिय संसदीय राजनीतिमा वामदेव आउनुले प्रचण्डलाई पार्टी र अन्य राजनीतिक क्षेत्रमा सहयोग नै पुर्याएपनि यसबाट उनको पोजिसनमा भने कुनै फरक पर्ने देखिँदैन । किनभने प्रचण्डका लागि अहिलेको चुनौती भनेको नयाँ पार्टीलाई एक ढिक्का पार्ने, सबै पक्षलाई सन्तुलनमा ल्याउने, गुटहरु भत्काउने र महाधिवेशनसम्म जाँदा एउटा दृढ संघर्षमुखी कार्यदिशा सहितको बलियो पार्टी बनाउने रहेको छ ।

 

यो चुनौती पार गर्न उनलाई सक्रिय नेताहरुको खाँचो छ तर गुट या शक्ति संघर्षमा लाग्नु भन्दा पनि सन्तुलनको रणनीति अपनाउँदै गुटहरुको समाप्तीतर्फ पार्टीलाई लैजानु छ । अध्यक्षका नाताले सरकारलाई लोकप्रिय बनाउन अर्का अध्यक्षलाई रचनात्मक सहयोग गर्ने र पार्टीभित्रका सबै तप्कालाई मिलाएर नेकपालाई साँच्चिकै कम्युनिष्ट पार्टी बनाउने चुनौती उनी सामु छ । त्यसैले उनी फडके किनाराका साक्षी बन्दै निर्णायक सारथी बन्ने अवस्थामा छन् ।

 

जे होस्, वामदेवको अहिलेको कदमले एकजना सक्रिय राजनीतिज्ञलाई संसदीय प्रक्रियामा उभ्याउने छ । उनी पराजित भएपनि अहिले उनको उपस्थितिले सदन र सरकारका काम कारवाहीमा समेत सकारात्मक योगदान खेल्न सक्ने आशा गर्न सकिन्छ । यद्यपी नेकपा भित्र गुटहरुको अस्तित्वको सवालमा भने शक्ति संघर्ष चर्किने र गुट फ्युजनको नयाँ चरणमा पार्टी पुग्ने आँकलन समेत गर्न सकिन्छ ।

मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला मोदीज्यू !

संजिव कार्की/ आदरणीय महामहिम प्रधानमन्त्री मोदीज्यू, अभिवादन । जतिबेला हामी प्राकृतिक प्रकोप र दैवी विपत्तिले मर्माहत बनेका थियौं, घरबारविहीन श्रीसम्पतिबिहीन अनि आफ्ना प्रियजन र आफन्तजनबिहीन भएर थिलथिलो परेका थियौं । शोक, पिडा, भय र आतंकले मर्नु र बाँच्नुको दोसाँधमा परेको बेला अमानवीय नाकाबन्दी थोपरेर दुखेको घाउमा मलमपट्टीको सट्टा नुनुचुक छरेर कति मजा लिनु भयो हगि ! एउटा असल छिमेकीको गुण लाउनु भएको थियो जो आज तपाईको अभिनन्दन गर्ने कुरा सुन्दा सम्झन मन लागेको छ । मोदीजी ! कोशीको पवित्र जल छोएर, लुम्बिनीको माटो समाएर, पशुपतिको चन्दन लगाएर, जानकीको कसम खाएर भन्नुस् मैले गल्ती गरेँ माफ पाउँ । यति भनेर यो तीर्थाटन पुरा गर्नुस् अनि ब्यबहार र प्रतिबद्धता पनि त्यस्तै गर्नुस् ।   आर्थिक रुपमा जर्जर थियौं, शोक र पीडाले शरीर क्लान्त थियो, धर्मराउँदा धर्मराउँदै उठ्ने पिडा भुल्ने तरखरमा थियौं । मानसिक रुपमा निकै शिथिलता छाएको थियो तर पनि अलि अलि होश सम्हाल्दै यथास्थितिमा फर्कने यत्न हुदै थियो । बिग्रे भत्केका संरचना जस्तापाताको सहाराले टहरामा रुपान्तरण हुँदैथियो । दैनिक जनजीवन असामान्य स्थितिबाट सामान्य हुन के खोजेको थियो, पार्टीहरु मिलेर संविधान आफैले लेखेको, आफ्नै बुताले लेखेको घोषणा गर्नमात्र के सकेका थिए, हाम्रो सीमाभित्र केही सय मान्छे धर्नामात्र के बसेका थिए, त्यही बहाना र उनीहरुलाई देखाएर तपार्इले अघोषित नाकाबन्दीको उपहार दिनु भयो । सब मानवता भुलेर नाकाबन्दीको नाइके बन्नु भयो । नाकाबन्दीमा त सबैकुराको बन्दी हुन्छ । सबै आयात निर्यात रोकिन्छ बरु । अत्यावश्यक बस्तु सेवाको निकासी पैठारी युद्धको समेत नियम र सिमा हो तर तेल, ग्यास, अक्सिजन र अत्यावश्यक बस्तुको ढुवानी बन्द गरेर छिटै कुहिने साग सब्जी, फलफुल तरकारी पठाएर हाम्रा लागि सहानुभूतिको व्यापार समेत गर्नुभयो । नाकाबन्दी त गर्नुभयो तर अचम्मको नाकाबन्दी अनुभव र अनुभूति गराउनु भयो । अब मेरो देशले गर्ने अभिनन्दनको बेला तपाइले गर्नु भएको यो सुकृती झल्झली सम्झदै छु, सम्झाउदै छु ।  यदि तपाईले कुनै प्रयाश्चित र क्षमा याचना बिना सरकारले अभिनन्दन गर्छ, दिन्छ भने त्यो नेपाली आमाको रगत पसिना आशु क्रन्दन चित्कार र रोदनले भरिएको श्राप हुनेछ । अस्पताल जान नपाएर कति आफन्त बिते, बच्चा पाउन नसकेर कति सुत्केरी आमा बिते, सुन्दर संसार हेर्न आएका बच्चाले तपार्इको अमानवीय नाकाबन्दीले त्यो अधिकार पाउन सकेनन्, नजन्मदै मरे कति, जन्मेर पनि मरे । यो नाकाबन्दीको बेला कति छोराछोरी आफ्ना बाबुआमाको अन्तिम अवस्थाको मुख हेर्न समेत पाएनन् । यो कसको कारण भयो ? तपार्इलाई एउटा नागरिकको रुपमा नागरिक अभिनन्दन गर्दा म बिर्सु कसरी ? के तपाईको मानवता आवरणमा मात्र हो ? मानवता देखिने अनि सहजानुभुति गरिने हुनुपर्छ होइन र ? तपाईको मानवीय संवेदना मरेको दिन, क्षण र पल सम्झेर सारा नेपालीको मन रोएको छ । एउटा शक्तिशाली विशाल छिमेकीले सानो बिपन्न र निर्मम प्राकृतिक प्रकोप भूकम्पले मर्माहत बनेको राष्ट्रिय संकटमा परेको छिमेकीलाई गर्ने ब्यबहार के त्यस्तै हो ? पीडाले आक्रान्त, भयले त्रसित भएर घाइते भएर लडेको बेला मलमपट्टीको जरुरी भएर पानी–पानी भनिरहेको बेला मुखमा पिसाब फेरिदिनु भयो, के तपाईको धर्म तपाईले बोकेको दर्शन र राजनीतिले सिकाएको नैतिकता यही हो ? हामी भौगोलिक रुपमा साना छौं, आर्थिक अभाव र विपन्न छौ तर मनले मानवताले अनि सेवा र धर्मले विशाल हृदयका छौं, तपाई झैँ दरिद्र र कंगाल छैनौं । मोदी महोदय, आज म नेपाल भारतको विशाल भीमकाय र दुरुह राजनीतिक आरोह अवरोह अनि हाम्रा समस्या र अप्ठ्यारोको पोको फुकाउन चाहन्न, मात्र मानवीय समवेदना, संवेदनशीलता र मानवोचित विषय र सामाजिक पक्षमा तपाईले गर्नु भएको ताण्डवनृत्यको बारेमा थोरै सम्झाउन चाहन्छु । के भौगोलिक आधारमा सानो हुनु नै हाम्रो तपाईसंगको मित्रताको लागि अयोग्यता हो ? मानवीय सम्बन्ध के आकारले निर्धारण गर्छ ? हात्तीलाई चोट लाग्दा दुख्ने कमिलालाई चोट लाग्दा नदुख्ने हुन्छ र ? हामीलाई पनि थाहा छ नाकाबन्दीको कारक र कारण नेपाली नागरिकताधारी हाम्रा सिमा भित्रका स्वार्थहरू पनि हुन्, छन् । तर तिनको सानो स्वार्थ देखाएर तपाईले जुन विवेकहीन ब्यबहार गर्नुभयो त्यो नितान्त खेदजनक छ । विश्व राजनीतिक रंगशालामा समेत त्यसको शायद कसैले समर्थन गरेनन्, गर्दैनन् जुन तपाईले गर्नु भयो । एउटा दुखद सपना र हो र भुल्न बिर्सनलाई ? चहरार्इरहेको घाऊ र दुखेको दिल लिएर कसरी तपाईको अभिनन्दन गरौं ? हाम्रो पनि आत्मा छ, मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला र यो संसारमा ? विशाल छिमेकी भएर एउटा सानो मित्र राष्ट्रलाई रिझाउन सक्नुहुन्न, बरु मानवीयताको खिल्ली उडाएर अनैतिक र असभ्य अक्षम्य ब्यबहार गर्नुभयो । महाशक्ति राष्ट्रको नेता बन्ने मनसुवा भएको देशले आफ्ना छिमेकीप्रति गर्ने ब्यबहार के यस्तै हो ? तपार्इको ऋषि मनमा कसरी एकाएक राक्षषी भुत सवार हुन पुग्यो ? हाम्रो आँशु, पिडा, रोदन र चित्कार किन प्रिय ठान्नु भयो ? कुन आध्यात्मिक दर्शन र चिन्तनले तपाईलाई यो आन्यायको लागि उक्सायो ? यी यावत हाम्रा प्रश्नको जवाफ दिएर तपाई आउनु भएको भए हुन्थ्यो । हाम्रो यो समयको पुस्ता तपाई प्रति यति रुष्ट र नकारात्मक छ जसको चित्त अब तपार्इको चिप्लो घसेको बोलीले होइन, ब्यवहारले बुझाउन आवश्यक छ । अब भन्नुस्, तपार्इको भ्रमण कुन कारणले हाम्रोलागि हर्ष र पर्वको रुपमा बुझ्ने ? ‘अतिथि देवो भव’ अर्थात् पाहुना देवता हुन्, देवतासरह हुन् । हामी नेपाली अतिथिलाई देवतुल्य सम्झन्छौ, देवताको स्थान दिन्छौं जुन हाम्रो संस्कार हो, मौलिकता हो । संस्कृति हो, निरन्तरता हो । आफु भोको भएर पनि अतिथितिलाई मिठो मसिनो खुवाउनु, अतिथितिको यथोचित सम्मान, मर्यादा र देखभाल हाम्रो कर्तब्य हो । हामीलाई हाम्रा पूर्वजले दिएको, छोडेर गएको, मौलिक संस्कारगत पुँजी हो । पाहुनाको असम्मान, अमर्यादा र अपमान किमार्थ हाम्रो लागि स्वीकार्य हुन्न, गर्दैनौं । अपसंस्कृति र अपचलन हाम्रो अभिष्ट होइन, हुन दिँदैनौं तर मोदीजी, तपार्इलाई कुन मन लिएर, कुन खुशी–उमंग र उल्लास बोकेर सम्मान गरौं, श्रद्धा र आदर गरौं ? तपाईको सम्मानले केही दुर्जनहरु खुशी होलान् तर सज्जन र असलमनको हृदय त कुढिन्छ नै । सुन्दरता र कुरूपताको परिभाषा एकै हुन सक्दैन । बैगुनीलाई गुनले मार्नु भन्छन् तर त्यो कहालीलाग्दो अत्याचार, त्रासदीपूर्ण स्थितिलाई कसरी आजको भोलि भुल्ने विस्मृतिको गर्तमा धकेल्ने ? एउटा दुखद सपना र हो र भुल्न बिर्सनलाई ? चहरार्इरहेको घाऊ र दुखेको दिल लिएर कसरी तपाईको अभिनन्दन गरौं ? हाम्रो पनि आत्मा छ, मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला र यो संसारमा ? प्रधानमन्त्री मोदीज्यू, तपाई अहिले औपचारिक नेपालको राजकीय भ्रमणमा होइन केवल तीर्थाटन गरेर प्रायाश्चित गर्न आएको सम्झनुस् । तपाईको नागरिक अभिनन्दन केवल सरकारी औपचारिकता मात्र हो नागरिक अभिनन्दन होइन, सरकारी अभिनन्दन हो नागरिक भन्न मिल्दैन । नागरिक अभिनन्दनको लागि त जनता तयार हुनुपर्‍यो नि । यदि तपाईले कुनै प्रयाश्चित र क्षमा याचना बिना सरकारले अभिनन्दन गर्छ, दिन्छ भने त्यो नेपाली आमाको रगत पसिना आशु क्रन्दन चित्कार र रोदनले भरिएको श्राप हुनेछ । जुन श्रापले तपार्इको राजनीति धर्म दर्शन र आध्यात्मिक पाखण्डको सधै सधै सत्यानाश गर्नेछ । महामहिम मोदीज्यू, तपाईलाई विनम्रतापुर्वक अन्त्यमा एउटा सुझाव दिन्छु जुन तपाई हामी दुवैको हितमा छ । सधै तपाईसँग तपार्इको सामर्थ्यसँग जोरी खोज्नु हाम्रो रहर होइन, छैन तर हामी हाम्रो स्वाभिमान प्राण जत्तिकै प्यारो सम्झन्छौं । यो भ्रमण विशुद्ध धार्मिक उद्देश्य र नेपाली जनतासँग आफ्नो कुकर्मप्रति खेद र प्रायाश्चितत गर्न आएको भनेर सम्झनुस् । नेपाली भूमिमा पाइला राख्ने बित्तिकै भन्नुस् म तपाईको दुखेको दिलमा मलम लगाउँछु, जे गरे त्यो मेरो गम्भीर भुल थियो, अब उप्रान्त त्यस्तो भुलेर पनि हुनेछैन, गर्नेछैन, दोहोर्‍याउने छैन । मोदीजी ! कोशीको पवित्र जल छोएर, लुम्बिनीको माटो समाएर, पशुपतिको चन्दन लगाएर, जानकीको कसम खाएर भन्नुस् मैले गल्ती गरेँ माफ पाउँ । यति भनेर यो तीर्थाटन पुरा गर्नुस् अनि ब्यबहार र प्रतिबद्धता पनि त्यस्तै गर्नुस् । सबैभन्दा पहिले मनको कालो पखालेर जानुस्, नेपाली जनतामा भएको घृणा मेट्ने बचन बोलेर जानुस् र अर्को पटक असल छिमेकी भएर आउनुस् । नेपाली जनताले तपार्इको सब नाजायज भुल बिर्सेर भब्य सभ्य नागरिक अभिनन्दन गर्नेछन् । नेपालीहरु क्षमाशील र दिलका बडा धनी छ्न् । धन्दा नमान्नुस्, हतार नगर्नुस् तपाई अहिले नागरिक अभिनन्दन होइन नागरिक क्षमा याचनापत्र बोकेर आउनुस् । -इमेजखबरबाट

अधिकारको नाममा हुने विभेद बन्द गरौं

उत्तम बिक/ नेपाल बहुजातिय बहुभाषिक राष्ट्र हो । यहाँ हरेक जातजातीका मानिसहरु बासोबास गर्दछन । हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम लगायत अन्य धर्म मान्ने मानिसहरुको बसोबास रहेता पनि झण्डै साठी प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दुधर्म मान्ने गरेको पाईन्छ । नेपाल गणतन्त्रको स्थापना हुनुभन्दा पहिला हिन्दु राज्य थियो तर गणतन्त्रको स्थापना संगै नेपाल संघिय गणतन्त्र हुँदै धर्मनिरपेक्ष राष्ट्र घोषना भएको पनि झन्डै एक दशक भईसकेको छ । तत्कालिन नेकपा माओबादीको दश बर्षे जनयुद्ध बिभिन्न खाले जनआन्दोलन, मधेस अन्दोलन लगायतको बलमा सयौ बर्ष देखिको सामन्ति राजतन्त्रको अन्त्य गर्दै देश गणतन्त्रमय बनेको हो । गणतन्त्रको स्थापना संगै देशमा दुईपटक सम्म संबिधान सभाको निर्वाचन भए । त्यसपछि देशले नयाँ संबिधान पाएको थियो । सबै जातजाती भाषा धर्म संस्कृतिलाई समान हुन भनेर नयाँ संबिधानमा नागरिकका हरेक अधिकारहरुलाई समेटेर घोषणा गरिएको छ । उक्त संबिधानको आडमा टेकेर अधिकारको नाममा केहि ब्यक्तीहरु बाट गलत प्रचारप्रसार हुँदा अहिले सामाजिक संजालहरुमा बिधिन्न जातजाती, भाषाभाषि, धर्म, समुदाय बिच निकै बिबादस्पद बिषयहरु उठने गरेका छन् । यस्तै बिबादस्पद कुराहरु मध्ये केहि समय पहिला सामाजिक सञ्जालमा गाई काटेर खान पाउनु पर्ने केहि ब्यक्तीहरुको अभिब्यक्ती देख्दा यस्तो लाग्थ्यो हामी कतै गलत बाटो तिर त लागी रहेका छैनौं ? हो गाईको मासु खान नहुने भन्ने छैन खानेले खान सक्छन तर मासु खाने बाहानामा गाईलाई काट्नै पर्ने कुरा भने नेपाली समाजमा तत्काल असम्भब देखिन्छ । गाईको बारेमा बिबिध टिका टिप्पनीहरु उठिरहदा गाई केहो र किन काट्न मिल्दैन भनेका हुन त त्यो बुभm्न जरुरी हुन्छ । गाईको मासु खान केहि समुदायलाई छुट भएपनि गाई राष्ट्रिय जनावर र हिन्दुधर्मावलम्बीहरुले पुजा गर्ने जनावर भएको कारण गाईलाई काट्न नेपालको कानुनले प्रतिबन्ध लगाएको छ । उत्तम बिक/ सबै जातजाती धर्म समुदाय समान हुन सबैलाई समान ब्यबहार गरिनु पर्छ भनर नेपालको कानुनमा घोषणा गरिएता पनि कानुनले प्रतिबन्ध लगाएको कुरामा मान्छेले अटेर गर्छ भने कानुनी उपचार हुन्छ र हुनुपर्छ । कानुनलाई हातमा लिएर अटेर गर्दै गाई काटेको आरोपमा हेटौडाका केहि ब्यक्तीहरुलाई गाई काटेको अपराधमा जेल चलान गरेको कुरालाई लिएर ३ नम्बर प्रदेशको उपसभामुख राधिका तामाडले उनिहरुलाई रिहाई गर्नू पर्ने कुरा गृहमन्त्री समक्ष राखेको बिषय त्यतिबेला सामाजिक संजालमा भाईरल बनेको थियो । उक्त कुरालाई लिएर देश बिदेशमा रहेका नेपालीहरु बिच तछाड मछाड भनाभन समेत चलेको थियो । एकले अर्कालाई होच्याउने गाली गलौज गर्ने देखि लिएर बर्षाै देखिको मित्रतामा पनि फाटो आउने सम्मको बिबाद बढ्यो यो राम्रो पक्ष थिएन र हैन पनि । समाजमा रहेको बिकृती बिसंगती हटाएर समुन्नत नेपाल निर्माण गर्ने नयाँ सोचका साथ अगाडी बढेको हाम्रो समाजमा यस्तो कुरा उठाएर गलत प्रचार गर्दा देश बिकासको सट्टा बिनास तिर जानेमा दुईमत छैन । हाम्रो देश यसै पनि अन्य देशको दाजोमा बिकासोन्मुख देश गरिब देश भनेर चिनिनु परेको छ भने यस्ता सानोतिने कुरामा नै अल्झिने हो भने झन के होला ? यतातिर नेपाली जनता र सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । गाई काटेर खादैमा सदियौ देखीको समस्या समधान हुन्छ भनेर सोच्नु गलत हो । परम्परा देखि चलि आएको हिन्दु अतिबादको अहंकारलाई समाप्त पार्ने सोचको साथ जनजाती समुदायका केही टाठाबाटा भनौदाहरुले समाजमा मिलेर बसेको समुदायलाई अतिरन्जित ढंगले उग्र बनाउने र बिखण्डन तिर देश र समुदायलाई धकेलेर स्वार्थ पुर्तिको लागी सोच्नु राष्ट्रको हित बिपरित छ । कुनैपनि समस्याको समधान बिरोध गर्दैमा सम्भब हुने हैन । समस्या समधानको लागी पहिला त्यस्को मुख्य बिन्दु पत्ता लगाउन जरुरी देखिन्छ । गाईलाई काटेर खादैमा समस्या समधान हुने हैन । समस्या समधानको लागी सताब्दीयौं देखि जरा गाडेर बसेको अन्धबिश्वास कुरीति कुसस्कारको अन्त्य हुनुपर्छ । छिमेकी राष्ट्र भारतमा पनि धेरै हिन्दुहरु छन त्यहाँ गाई गोरुलाई काटेर खान्छन किन ? किनकी भारतमा गाई राष्टिय जनावर छैन त्यसैले गाई काटेर खानुलाई साधारण मानिन्छ । तर नेपालमा गाई हिन्दुधर्मको प्रतिक मात्र नभएर नेपालको राष्टिय जनावर पनि भएको हँुदा गाईलाई काटेर खानु पर्छ भन्नु र राष्टलाई बन्दागी राखेर बिखण्डन तिर धकेल्न पाउनु पर्छ भन्नु एकै हो । स्वतन्त्रताको नममा समाजलाई कोही कसैले बिखण्डन तिर लग्नु हुँदैन । सबै कुराहरुको समस्या संगै समधानहरु पनि हुने गर्छन तसर्थ समस्या समधानको बाटो तर्फ सबै अग्रसर हुनु आजको आवस्यक्ता हो । जातिय तथा धर्मिक रुपमा कुनै पनि समुदायले अन्य समुदायमा आँच आउने खालको ब्यबहार गरिनु हुँदैन । बिगतमा जात, धर्म, रितिरीवाजको आधारमा बिबिध खाले अमानबिय क्रियाकलाप भएका थिए तर अहिले देशमा आमुल परिबर्तनहरु शुरु भएका छन । बिगतमा के भए के भएनन त्यता तिर समय खेरा फाल्नु भन्दा भाबी दिनहरुमा देशलाई कसरी अग्रसरको बाटो तर्फ अगाडी बढाउन सकिन्छ त्यतातिर सबैको ध्यानकर्षन हुन जरुरी छ । तसर्थ समाजमा रहेका सबै जातजाती, समुदायमा भाईचारा सम्बन्ध सुदृढ गरौं । अफु र अफ्नो समुदाय जस्तै सबै एकै हुन सबैको हक अधिकार बराबर छन भन्ने मनन गरौं । एक आपसमा भनाभन र सत्रुताको ब्यबहार आजैबाट बन्द गरौं । जातजाति, भाषा, धर्म, संस्कृति भन्दा एक कदम अगाडी बढेर मानव र मानबियताको परिचय दिउ । एसियाका महामानव गौतम बुद्ध जस्ता शान्तिको अग्रदुत पैदा भएको देशबाट बिश्वभर शान्तिको सन्देश फैलाउन लागी परौं सम्पुर्ण नेपालीहरुमा शुभकामना ।

पत्रकारिता प्रचारकारिता नबनोस

सम्झना पौडेल/ हेलो दाइ नमस्कार । नमस्कार सम्झना बैनि के छ खबर ? ठिक्छ तपाइको ? मेरो पनि ठिक छ, कता हुनुहुन्छ ? म अफिसमा छु ,अनि तपाइ ? खुब मज्जा छ है ? किन र दाई ? के हुनु अफिस गयो समाचार पढ्यो बस्यो ,निकै सजिलो छ नि हैनर ? वाइयाद ! नाम नखुलाउ एकजना चलेकै पत्रिकामा काम गर्ने पत्रकारसँगको कुराकानि हो, उहाँले बोल्ने काम भनेर समाचार वाचन गर्ने अनि रेडियोमा काम गर्नेहरुलाई चिया पसलमा गएर फलाकेको जस्तो सोच्नु भएछ । अनि बोल्नेको काम मात्र बोल्ने रे त्यसभन्दा अगाडि लेख्ने चाहिँ को त रु नलेखिकन हामिले के पढ्ने हो र रु आफुलाई खुबै बरिष्ठ ठान्ने यस्ता ब्यतिहरुमा उहाँ मात्रै भने पक्केपनि हैन । सम्झना पौडेल अहिले संञ्चार जगतमा कहलिएका छापा माध्यम र बिधुतिय माध्यमबीच तिब्र प्रतिश्प्रधा भैरहेको छ । छापामा गर्ने ले रेडियो टेलिभिजन र अनलाईनमा काम गर्ने पत्रकारलाई नगन्ने, रेडियोमा काम गर्ने संञ्चारकर्मीले छापाको लाई नगन्ने परिपार्टि आजभोलि मार्केटमा छ । सरकारले पनि राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्नु पर्दछ । समय सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो हो यो मेरो दावा हो । प्रधानमन्त्री सम्म राम्ररी उच्चारण गर्न नआउनेहरु टिभिको सिक्रनमा आफुनो थुतुनो बेचेर खाइरहेका छन् । थोपडा देखाएकै भरमा मै हु भने भावना उनीहरुमा छ । तर विचराहरुलाई मालिकले सोसिरहेको पत्तै हुन्न बिषेष गरी केही बाहेक अधिकांस थुतुनो देखाउनका लागि महिला पत्रकारहरुको तलब बिना काम गरिरहेछन् । अवस्था देख्दा दुख लाग्छ टिभिमा साडिमा र ब्लाउजमा सजिनेहरुको कोठामा फोहोरमैलो र दुर्धन्ध फैलिरहेको देखेको छु , यति सम्मकि जहाँ खानको लागि चामलको गेडो तरकारी ओइरिने तेल सम्म नहुदाँ कसरी रेस्टुरामा मटन मम खाएको होला देख्दा पनि लाज लाग्छ । फेरी टिभिमा समाचार वाचन गर्नेले केवल वाचन मात्रै गर्ने हो यति सम्मकि इडिटरले म फलानोको नमस्कार समेत लेखेर पठाउन विचराहरु कहिले अगिल्लो बुलेटिनको साथिको नाम स्क्रिनमा रहेछ भने म फलानोको नमस्कार भनेर अर्काको नाम सम्म भन्न बेर छैन ,मैले यो केही संख्यामा रहेका त्यस्ता पत्रकारलाई भनेको हुँ ताकि नेपाल टेलिभिजनको अनिता बिन्दु , न्युज ट्वान्टि फोरको रवि लामिछाने , एभि न्युजको गौतम रेग्मि लगाएत दर्जनौं प्रचुर सम्भावना र ट्यालेन्ट भएकालाई भने पक्कै भनेको हैन है । टिभिको तुलनामा रेडियोमा काम गर्नेका अल्लि कम होला अह हैन उनिहरुको पनि आफ्नै फ्यानहरु छन् । ओहो दाई,आँहा दिदि तपाइको रेगुलर फ्यान म । ओ माइगट तपाइको आवाजत कुनै शब्द छैन बयान गर्नलाई । तपाइको समाचार आउदा त म खान थालेको छु भनेपनि उठेर बस्छु ,अनि सकिएकि खान्छु । उसोत आजभोलि छापा माध्यमकालाई यो भ्रम छ कि हामि जति राम्रो समाचार कसैले दिन सक्दैन । हामि जति गहिराहिमा रेडियो अनलाई पुग्नै सक्दैन । विश्वसनिय र भरपर्दो समाचारका स्रोतहरु भनेका हामि मात्रै हौं । हामि नबिराई गल्ति नगरी समाचार बेच्छौ हामि लामालामा समाचारहरु पाठक माझ पस्कन्छौं । तपाइको जस्तो भ्वाइसत कसैको छैन मेरो भ्वाइस क्वीन हो हजुर भन्नेहरु पनि नभएका र नभेटिएका भने पक्कै होइनन् । त्यसो रेडियोमा साहितिक कार्यक्रमहरुको झन फ्यानहरु निकै क्रेजि हुन्छन । यति सम्मकि उनीहरु मर्न पनि पछि पर्दैनन् । टिभिको तुलनामा रेडियोमा आवाज मात्र जान्छ यस्मा फेस जस्तो भएपनि हुन्छ थुतुनो बिकाउ नहुने भएकाले यस्मा कम गर्नेहरु ट्यालेन्टनै हुनैपर्छ । फेरी टिभिमा जस्तो धेरै सामानहरु नचाहिने हुदाँ खासै खर्च हुन्न त्यसैले पनि रेडियो हाउसहरुले राम्रै तलब दिन्छ जुन एक संञ्चारकर्मीलाई आफ्नो गुजार चलाउन पुग्छ । उसोत आजभोलि छापा माध्यमकालाई यो भ्रम छ कि हामि जति राम्रो समाचार कसैले दिन सक्दैन । हामि जति गहिराहिमा रेडियो अनलाई पुग्नै सक्दैन । विश्वसनिय र भरपर्दो समाचारका स्रोतहरु भनेका हामि मात्रै हौं । हामि नबिराई गल्ति नगरी समाचार बेच्छौ हामि लामालामा समाचारहरु पाठक माझ पस्कन्छौं । अन्तमा प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता । नेपाल सरकारले छापा माध्यमलाई मात्र प्राथमिता दिदां विद्युतीय सञ्चार माध्यम पछाडी परेको रेडियोकर्मीहरुले बताएका छन् । धेरै सञ्चारमाध्यमहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको र बजार सांघुरो भएकाले सरकारी सहयोगको आवश्यकता रहेको छ । गैर नाफामूलक उद्धेश्यले सञ्चालित सामुदायिक प्रसारणलाई परिभाषित गरी उदेश्य स्थायित्व र विषयबस्तुका आधारमा बर्गिकरण गरी मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने भनिएको हुँदा यसको अविलम्ब कार्यान्वयन हुनैपर्छ । सरकारले पनि राजस्व असुली गर्ने योजना मात्र नबनाई समग्र रेडियोको विकासमा लाग्नु पर्दछ । समय सापेक्ष उपर्युक्त सञ्चार माध्यम भनेको रेडियो हो यो मेरो दावा हो । बिद्युतीय र छापा माध्यम दुबैलाई संविधानले समान हैसियत प्रदान गरेको भएपनि ब्यवहारमा बिद्युतीय सञ्चार माध्यमले छापा माध्यमले भन्दा अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्यो सरकार । छापा माध्यम र बिद्युतीय सञ्चार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनमा ठूलो बिभेद रहेको छ । यसको लागि लोककल्याणकारी विज्ञापन समानुपातिक तवरबाट बितरण गर्नु आजको आवश्यकता हो । राष्ट्रिय आम सञ्चार नीति २०७३ ले रेडियो फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका रुपमा बाँडफाँड गरेको अवस्थामा गैर नाफामूलक उद्धेश्यले सञ्चालित सामुदायिक प्रसारणलाई परिभाषित गरी उदेश्य स्थायित्व र विषयबस्तुका आधारमा बर्गिकरण गरी मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने भनिएको हुँदा यसको अविलम्ब कार्यान्वयन हुनैपर्छ ।

विश्व पूँजीवादलाई घुँडा टेकाउने पहिलो आन्दोलन

विश्व श्रमिक वर्गको इतिहासमा १ मे १८८६ लाई महत्वपूर्ण दिन मानिन्छ । यसदिन दिनानुदिन शक्तिशाली हुँदै गइरहेको पूँजीवाद विरुद्ध अमेरिकाको शिकागो शहरमा ठुलो संख्यामा मजदूरहरू सडकमा उत्रिए र उनीहरूले प्रत्येक दिन कामको सीमा ८ घण्टामा सीमित राख्नुपर्ने माग गर्दै निर्णायक संघर्षस्वरूप प्रदर्शनमा उत्रिए । हुन त यो कुनै नयाँ माग थिएन । लामो समयदेखि मजदूर संगठनहरू कामको सीमा आठ घण्टामा सीमित राख्न माग गरिराखेका थिए तर उनीहरूको माग सम्बोधन भने हुन सकेको थिएन । तर तत्कालीन समयमा वामपन्थी आन्दोलनको केन्द्र रहेको शिकागो सहरमा भएको यस प्रदर्शनले भने ऐतिहासिक स्वरूप लियो । मजदुरहरूको दयनीय अवस्था कुनै समय मजदुरहरू १६, १८ या २० घण्टा काममा जोतिने गर्थे तर यसका लागि उनीहरूलाई कुनै पनि प्रकर्कोई अतिरिक्त सुविधा दिइन्नथ्यो । अमेरिकामा फ्याक्ट्री प्रणाली सुरु भएपछि सर्वप्रथम १८०६ मा फिलाडेल्फिया राज्यमा आन्दोलन भयो । यो आन्दोलन जुत्ता सिउनेहरूले गरेका थिए ।  अमेरिकी सरकारले उनीहरूको नाममा मुद्दा दायर गर्यो र सुनुवाईको क्रममा उनीहरूलाई १९-२० घण्टासम्म काम गराइएको तथ्य खुल्न आयो । १८२७ मा संसारको पहिलो ट्रेड युनियनब मानिने ‘म्यकानिक्स युनियन अफ फिलाडेल्फिया’ले काम गर्नु पर्ने समय १० घण्टामा सीमित गर्न आन्दोलन गर्यो ।  त्यसपछि अनेक युनियनहरू जन्मिए र सबैले कम घण्टा र राम्रो तलबको माग गर्दै समय समयमा आन्दोलन गरे । कसरी जन्म्यो ८ घण्टाको नारा सबैभन्दा पहिले अस्ट्रेलियाको पूर्वाधार उद्योगका श्रमिकहरूले  ‘घण्टा कम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन’को नारा लगाए ।  उनीहरूको माग १८५६ मा नै पुरा गरियो ।  अमेरिकामा भने यो आवाज सबैभन्दा पहिले १८६६ मा ‘नेशनल लेबर यूनियन’को गठनपछि सुनियो । यो माग चर्किंदै गएपछि त्यहाँको संसदले १८६८ मा यसबारे कानुन समेत पारित गर्यो तर त्यो लागू हुन भने सकेन । यही माग राखेर ट्रेड युनियनहरूले संघर्ष चर्काउँदै लगे । १८७७ मा एकपल्ट देशव्यापी हड्ताल पनि भयो । र त्यसै वर्ष ‘द अमेरिकन फेडरेशन अफ लेबर’  नामक ट्रेड यूनियनले ‘नाइट्स ऑफ लेबर’ नामक अर्को ट्रेड यूनियनसँग मिलेर यो माग पुरा नहोउन्जेल संघर्ष जारी राख्ने निर्णय गर्यो । ७अक्टोबर १८८४ मा  ‘द अमेरिकन फेडरेशन ऑफ लेबर’ले १ मे १८८६ देखि ‘काम गर्ने समय ८ घण्टामा सीमित राख्ने मागक साथ हड्तालमा उत्रिने फैसला गर्यो । उसले सबै मजदुर संगठनलाई यस आन्दोलनमा भाग लिन अपिल गर्यो र फलस्वरूप शिकागो शहरमा हजारौंको संख्यामा मजदूरहरू जम्मा भए । प्रख्यात लेखक एवम् प्रकाशक अलेक्जेन्डर ट्रेक्टनबर्गले आफ्नो पुस्तक ‘द हिस्ट्री अफ् मे डे’मा लेखेका छन्- “उसो त अमेरिकामा तलब बढाउनु पर्ने माग नै सुरुवाती दिनहरूका हड्तालहरूको प्रचलित माग थियो । तर जब श्रमिकहरूले आफ्ना मागहरूलाई सुत्रवद्ध गर्न थाले उनीहरूले काम गर्नुपर्ने घण्टा घटाउने र संगठित हुन पाउनु पर्ने अधिकारलाई नै केन्द्रमा राखे । श्रमिकहरू माथि शोषण बढ्दै जाँदा उनीहरूलाई अमानवीय रूपमा लादिएका लामा कार्यदिनहरू बढी पट्यारलाग्दा लाग्न थाले र कम गर्नु पर्ने घण्टाहरू सीमित राख्नु पर्ने माग झन् झन् शसक्त हुन थाल्यो । त्यस बेला एउटा श्रमिकलाई दिनमा १४, १६ या १८ घण्टा काम गराउनु सामान्य मानिन्थ्यो ।” यस्ता हड्तालहरू सामान्यतयाः भइराख्थे तर यसपालिको हड्ताल धेरै सशक्त थियो । पुरै शिकागो सहरमा कम काज ठप्प थियो र मिल तथा कारखानाहरूमा तल झुण्ड्याइएको थियो । सुरुमा फ्याक्ट्री मालिकहरूले प्रहरीको सहयोगमा दाङ गर्न चाहे तर यस पटकको आन्दोलनमा मजदूरहरू चट्टानी प्रतिबद्धता लिएर मैदानमा उत्रिएका थिए त्यसैले उनीहरुले सशक्त तवरले मालिक र प्रहरी दमनको प्रतिकार गरे । दमन बढ्दै गएपछि आन्दोलनले हिंस्रक रुप लियो र ३ र ४ मेका दिन प्रहरीको गोली लागेर ठुलो सङ्ख्यामा मजदूरहरू हताहत भए । यस घट्नालाई ‘हे मार्केट काण्ड’ पनि भनिन्छ । मे ३ मा शिकागोस्थित ‘मेककर्मिक रीपर वर्क्स’ कम्पनीका मजदूरहरू अन्दोलनमा थिए । प्रहरीले गोली चलायो र ७ जनाक्पो मृत्यु भयो । त्यसको अर्को दिन अर्थात् ४ मेमा हे मार्केटमा मजदुरहरूले विरोध सभा आयोजना गरे, कार्यक्रम सक्किनै लागेको बेला कसैले भीडमा बम फालिदियो । यो बम विष्फोट भएर ४ मजदुर र ७ प्रहरीको ज्यान गयो । यसै घट्नालाई प्रतीकात्मक रूपमा मे महिनाको पहिलो दिन ‘मे दिवस’ या अन्तर्राष्ट्रिय श्रमिक दिवस’ भन्ने गरिन्छ । यो अमेरिकी इतिहासकै असामान्य घट्ना थियो । ययस घट्नापछि अमेर्रिकी समाजले नयाँ मोड लियो । वास्तवमा यो नै समाजवाद र पूँजीवादबीचको पहिलो सबैभन्दा ठुलो ऐतिहासिक भिडन्त थियो । अमेरिकी उद्योग र घरेलु बजार विकासका दृष्टिले १८८० देखि १८९० सम्मको दशकलाई महत्वपूर्ण कालखण्ड मान्न सकिन्छ । अत्यधिक आर्थिक सक्रियता देखिएको यस दशकको बीचमा १८८४-८५ मा एक वर्ष आर्थिक मन्दी समेत देखियो । मन्दीको समयमा बढेको बेरोजगारी र जनताले पाएको कष्टले कामको समय सीमित घण्टामा झार्नुपर्ने आन्दोलनलाई गति दियो । यसपछि नै बेरोजगारीको समस्या समाधान गर्न समेत प्रत्येक श्रमिकले सीमित घण्टा मात्र कम गर्नुपर्ने अवधारणाको विकास हुँदै गएको हो । यो आन्दोलन कार्लमार्क्सको प्रसिद्ध पुस्तक पूँजी प्रकाशित भएको दुई दशकपछि जुर्मुराएको थियो । तर मार्क्स भने आफ्नो विचारको यस महत्वपूर्ण सफलताको प्रत्यक्षीकरण गर्न जीवित थिएनन् । समाज र साहित्यमा यस अन्दोलनको प्रभाव विश्व साहित्यमा उन्नाइसौं र बीसौं शताब्दीलाई स्वर्णयुग नै मानिन्छ । संयोगले यो कालखण्डले एकातिर त औद्योगिक क्रान्तिले स्थापित गरेका नयाँ आयामहरूसँग साक्षात्कार गर्न थालेको थियो भने अर्को तिर पूँजीवाद र साम्यवाद एउटा महत्वपूर्ण टकरावको बाटोमा अगाडी बढ्दै थिए । यी दुई परस्पर विरोधी विचारधाराहरू बीचको संघर्षको परिणामस्वरूप त्यस समय उत्कृष्ट साहित्यको सिर्जना सम्भव हुन गयो । प्रसिद्ध रुसी उपन्यासकार म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ले त रुसको सोर्मोभो प्रान्तमा १ मे १९०२ मा भएको श्रमिक आन्दोलनलाई नै पृष्ठभूमि बनेको थियो । उता अमेरिकामा पनि श्रमिक वर्ग र दासहरूको अवस्थामा साहित्य लेखिने क्रम सुरु भयो । सन् १९०६ मा प्रकाशित अप्टन सिंक्लेयरको उपन्यास ‘द जंगल’लाई उदाहरणको रूपमा लिन सकिन्छ । उनले यसमा शिकागोका पशुवधशालाहरूमा र मासु प्याक गर्ने फ्याक्ट्रीहरूमा काम गर्ने मजदुरहरूको नारकीय जीवनको चित्रण गरिएको थियो । यस उपन्यासले ठुलो संख्यामा श्रमिकहरूलाई ट्रेड युनियन आन्दोलन र समाजवादी आन्दोलनमा भाग लिन उत्प्रेरित गरेको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रूजवेल्टले समेत ‘द जंगल’मा उठाइएको मुद्दा सही हो भनेर मान्न वाध्य भएका थिए । यो उपन्यास पढेपछि उनले यसले गरेको समाजवादको वकालतप्रति आफू असहमत रहेपनि मासु उद्योगमा कार्यरत श्रमिकहरूको दयनीय अवस्थाबारे सोच्न बाध्य भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि नै रुजवेल्टले एउटा जाँच समिति गठन गर्दै ‘प्योर फुड एक्ट’ र मीट इन्सपेक्सन एक्ट’ नामले दुई महत्वपूर्ण कानुन समेत पारित गराएका थिए । त्यस्तै १९०८ मा ज्याक लण्डनले लेखेको उपन्यास ‘द आइरन हील’मा एउटा फासीवादी सरकार द्वारा जनताको दमन र दलाल मजदूर संगठनहरूको निकृष्ट भूमिका चित्रण गरिएको थियो । अन्य आन्दोलनहरूमा प्रभाव महात्मा गान्धीले आफ्नो आत्मकथा ‘माइ एक्स्पेरिमेंट विथ ट्रुथ’मा चंपारण र खेडा सत्याग्रहको बीचमा अहमदाबादमा एउटा मजदुर हड्तालको अगुवाई गरेका थिए । उनले यसमा श्रमिकहरूको कम तलबलाई मुख्य मुद्दा बनाएका थिए । दुई हप्तासम्म पनि मिल मालिकहरूले माग पुरा गर्न सहमत नभएपछि गान्धी उपवासमा बसेका थिए । तीन दिनको भोक हड्तालपछि मिलमालिक पक्ष मध्यस्थताका निम्ति राजी भएको थियो र श्रमिकहरूको तलब ३५ प्रतिशत सम्म बढाइएको थियो । नेपालको पहिलो मजदुर आन्दोलन राणा शासनमै भएको थियो । वि. सं. २००३ मा विराटनगरस्थित रघुपति जुट मिल्समा भएको हड्ताल नै नेपालको पहिलो मजदुर अन्दोलन हो । आन्दोलनको विश्वव्यापी असर सन् १८८६ मै ‘हे मार्केट काण्ड’ भएपनि संयुक्त राज्य अमेरिकामा १९८९ देखि ८ घण्टे श्रमदिनको नीति लागू भयो तर पुरै अमेरिकाभरि यो व्यवस्था लागू हुन भने १९३७ सम्म पर्खिनु पऱ्यो । तर अस्ट्रेलियामा भने सन् १८५३ देखि नै यस्तो नीति लागू थियो । रुसले सन् १९१७ को क्रान्तिपछि यो नियम लागू गर्यो भने हाल ५२ देशमा यो व्यवस्था रहेको छ । वर्तमानमा फ्रान्समा साप्ताहिक औसत ३५ घण्टा कम गर्नु पर्छ भने दक्षिण कोरियामा सर्वाधिक ११२ घण्टा काम गर्नु पर्ने हुन्छ । ‘हे मार्केट काण्ड’को ३ वर्ष पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गऱ्यो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाइंदै आएको छ ।    

एकताका नाममा माओवादी सिध्याउने भारतीय षडयन्त्र र एमाले प्रवृत्ति

गोकर्ण भट्ट, समाचार टिप्पणी । नयाँ वर्षको आगमनसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले चारवटा महत्वपूर्ण कुरा अघि सारे । पार्टी एकताका लागि गत असोजदेखि निरन्तर क्रियाशील प्रचण्डको यो वर्षको शुरुआतमा देखिएको अभिव्यक्ति स्वभाविक भने थिएन । यसअघि एकताका बारेमा सबै कुरा सकारात्मक भन्दै आएका प्रचण्डले एभरेष्टदैनिकडटकमसँगको अन्तर्वार्तामा पहिलोपटक एकताका बारेमा आशंकायुक्त खुलासा गरेर यी कुरा अघि सारेका थिए । प्रचण्डले एकता इतिहासको अनिवार्यता र जनताको अभिमत भएपनि एकता प्रक्रियाले नेपाली समाजलाई एक खुडकिला माथि लैजान नसक्ने अवस्थामा, परिवर्तनका एजेण्डा संस्थागत नहुने अवस्थामा जबर्जस्ती एकता गर्नैपर्छ भन्ने छैन भन्ने कुरा सार्वजनिक गरे । ‘एकता अवश्य हुन्छ र हुनुपर्छ तर…’ भन्ने उनको भनाईको सार थियो । यो तर.. भित्र एउटा डरलाग्दो आशंका व्याप्त भएको उनका पछिल्ला अभिव्यक्तिहरुले पुष्टि गर्यो । यो आशंका थियो– कतै एकताले प्रतिगमनको या यथास्थितिवादको या संसदवादको सेवा नगरोस् । कतै यो एकता माओवादी आन्दोलनका उपलब्धि, बलिदान, संघर्ष र परिवर्तनका एजेण्डालाई भुत्ते बनाउने नहोस् । त्यसैले प्रचण्डले एकता र परिवर्तन, एकता र समृद्धि, एकता र बलिदान, एकता र संघर्ष, एकता र सम्मानलाई परिपूरकका रुपमा लिनुपर्ने बताउँदै अप्रैल ९ का दिन आयोजना गरिएको लेनिन जयन्तीमा समानताका आधारमा एकता हुनुपर्ने धारणा अघि सारे । प्रचण्डको भनाईको सार माथि भनेजस्तै यो एकताले अग्रगामी कदमको गोरेटो कोरोस् भन्ने देखिन्छ । यो अग्रगामी गोरेटोका लागि अहिले एमालेले समात्दै आएको बहुदलीय जनवादको परित्यागसँगै नयाँ परिवर्तनमुखी राजनीतिक कार्यदिशा र माओवादी आन्दोलनको स्वामित्व नयाँ पार्टीले लिनुपर्ने उनको भनाईको आशय देखिन्छ । यदि संसदवादकै गोलचक्करमा फस्ने हो, यदि समाजवादी क्रान्तिको कार्यदिशा निर्माण नगर्ने हो, हिजो संसदवादमा रुमल्लिएको एमाले र कांग्रेसलाई समेत सामन्तवादी राजतन्त्रकाविरुद्ध समावेशी संघीय गणतन्त्रसम्म ल्याइपुर्याएको माओवादीका एजेण्डा र संघर्षले स्थान नपाउने हो भने एकताको अर्थ छैन भन्ने स्पष्ट सन्देश प्रचण्डले यो बीचमा बिभिन्न कार्यक्रममा दिएको देखिन्छ । नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् । र, हिजो मात्रै प्रचण्डले रौतहट पुगेर एकता प्रक्रिया र समग्र यो परिवर्तनको प्रक्रियालाई ध्वस्त पार्न देशी विदेशी षडयन्त्रकारीहरु सक्रिय भएको खुलासा गरे । यसको अर्थ उनले बिस्तृतमा भनेनन् तर यो उनको पछिल्लो आशंका हो । र, यो षडयन्त्रभित्र एकता भाँड्ने षडयन्त्र मात्र छैन बरु परिवर्तनको नेतृत्वदायी भूमिकामा रहेको माओवादी आन्दोलन र राजनीतिक रुपमा उसले उठान गरेका एजेण्डाहरुको अन्त्य पनि हो भन्ने कुरा प्रचण्डको अभिव्यक्तिबाट स्पष्ट झल्किन्छ । प्रचण्डको भनाईबाट स्पष्ट छ, नेपाल समाजवादी क्रान्तिमा अघि बढ्दा त्यसबाट देश र विदेशमा झस्किनेहरु असंख्य छन् । उनीहरु शक्तिशाली छन् । उनीहरुले एकताको खोलभित्र र एकता भाँडेर (जसरी हुन्छ त्यसरी) माओवादी आन्दोलनको विलय या समापन गराउन खोजेका छन् । नेपालमा वामपन्थीहरुको बलियो सरकार, उनीहरुबीच बलियो कम्युनिष्ट केन्द्र र त्यो कम्युनिष्ट केन्द्रले समाजवादी क्रान्तिको बाटो समात्दा सबैभन्दा बढी असर पर्ने दुईवटा शक्तिकेन्द्रहरु छन् । पहिलो, नक्सलवादसँग गम्भीर ढंगले आधा शताब्दीदेखि लडिरहेको भारत र अर्को विश्वभरी साम्यवादको भूतले पहिलो र दोश्रो विश्वयुद्धदेखि अहिलेसम्म झस्किदै आएको विश्व पूँजिवादी खेमा । भारतका लागि नेपालका वामपन्थीहरु मिल्दा समस्या छैन । पश्चिम बंगाल या केरला जस्तो माकपा या भाकपाको स्थिर सरकार नेपालमा बने पनि भारतलाई समस्या छैन । तर भारतको टाउको दुखाईको विषय फेरि पनि प्रचण्ड हुन । माओवादीले अहिले पनि जनवादी क्रान्तिको एउटा मुख्य कार्यभारका रुपमा रहेको नवउपनिवेशवाद/विस्तारवादबाट मुक्तिको जिम्मेवारी पुरा नभएको बताउँदै आएको छ । त्यसैले प्रचण्ड प्रभावी हुने एकता भारतलाई पच्य हुँदैन । उसका लागि प्रचण्ड मर्दन भएको, प्रचण्डको प्रभाव नरहेको, माओवादीको प्रभाव नरहेको र संसदवादी गोलचक्करमा फँस्ने पार्टी ठीक छ । त्यसैले भारतीय संस्थापन भित्रको एएटा पक्षले यो एकतालाई क्रान्तिकारी दिशामा जान दिँदैन । नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो । कतै प्रचण्डले यसतर्फ संकेत गरेका हुन ? विदेशी षडयन्त्रकारीहरुविरुद्ध अन्तिम संघर्ष भन्नुको अर्थ कतै न कतै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने कार्यनीति नै हो । र, बहुदलीय जनवादबाट एक बित्ता माथि उठेर समाजवादी क्रान्तिको कार्यदिशा निर्माण गर्ने हो भने अन्तरविरोध हल गर्ने सवालमा पहिलो संघर्ष यही विदेशी षडयन्त्रकारी या प्रतिक्रियावादी या विस्तारवादी हुने छन् । यसको अर्थ हो, भारतले भविष्यमा नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुले आफ्नो विस्तारवादविरुद्ध संघर्ष गरेको देख्न चाहन्न । उसलाई समर्पणवादी कम्युनिष्ट चाहिएको छ । अर्कोतर्फ यदि नेपाल समाजवादी बाटोमा अघि बढे यसले भारतभित्र सामाजिक न्यायका पक्षमा चलेको कैयन् आन्दोलनहरुले उर्जा पाउने निश्चित छ । यो उर्जाको आगो नक्सलवादीहरुसम्म पनि पुग्ने हुन्छ । नक्सलवादीहरुले नेपालको माओवादी केन्द्रलाई संशोधनवादी भनेपनि भारतका लागि माओवादी केन्द्र अहिले पनि चीनसँग नजिक सम्बन्ध भएको माओवादी पार्टी नै हो । त्यसमा पनि प्रचण्डको व्यक्तित्व र भूमिकाको आँकलन गर्न त्यति सहज नहुने भएकोले पनि कतै यो एकताले नेपालमा बलियो क्रान्तिकारी कम्युनिष्ट केन्द्र त बन्ने हैन ? भन्ने आशंकाका कारण पनि भारतको एउटा पक्षले क्रान्तिकारी ‘फ्लेभर’मा एकता हुन दिने छैन । उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ । अर्कोतर्फ विश्व पूँजिवाद, यसको धुरी रहेको अमेरिका, बिभिन्नि वित्तिय संस्थाहरुलगायत पँुजिवादको प्रभावकेन्द्रमा रहेका शक्तिहरुले समेत यो एकतालाई माओवादी केन्द्र भनौं या आन्दोलनको विघटनको अर्थमा सहयोग गर्ने देखिन्छ । यदि यसले क्रान्तिकारी परिवर्तन या चरित्र ग्रहण गर्न खोजेको अवस्थामा एकता हुन नदिन उनीहरुले भरमग्दूर प्रयास गर्ने छन् । कतै प्रचण्डले यो पक्षविरुद्ध संघर्ष गर्नुपर्ने भनेका त होइनन् । जे जसरी प्रचण्डले अभिव्यक्ति दिएपनि उनका अभिव्यक्तिहरुले उनीभित्र माओवादी आन्दोलनको वैचारिक आयाम समाप्त हुने चिन्ता सबैभन्दा बेसी देखिन्छ । चालिसको दशकदेखि माओवादी आन्दोलनको वैचारिक धारको नेतृत्व गर्दै आएका प्रचण्डले शान्ति सम्झौतामा एकहदसम्मको वान स्टेप ब्याक हटेको भएपनि, त्यसपछि संगठनात्मक र वैचारिक क्षेत्रमा कैयन क्षणमा सम्झौता गर्नु परेको भएपनि समग्रमा उनको एजेण्डाले राज्यको पुनःसंरचना गर्न सफल भएको तथ्यलाई नकार्न मिल्दैन । त्यसैले आफैले नेतृत्व गरेको आन्दोलन, त्यसको उपलब्धिलाई यथास्थितिमा लगेर थन्क्याउनु पर्ने चिन्ता उनीभित्र देखिन्छ । र, यो सँगै जोडिन्छ उनको नेतृत्व । एभरेष्टदैनिकडटकममा प्रचण्डले भनेका छन्– मेरो स्वभावले मलाई पहिलो नेतृत्वबाहेक अरु हुन दिँदैन । म छँदासम्म मेरो नेतृत्व नै प्रधान हुन्छ । नेतृत्व भनेको व्यक्ति र विचारको सम्मिश्रण हो । प्रचण्डले व्यक्ति र विचारको सम्मिश्रणले नै प्रधानता पाउने दृढता व्यक्त गरेको अवस्थामा कार्यदिशा आफ्नो नहुने र त्यसको नेतृत्व पनि आफूले गर्न नसक्ने अवस्था सिर्जना हुने हो भने एकता के का लागि भन्ने चिन्ता उनीभित्र पलाउनु स्वभाविकै हो । इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ । यता नेकपा एमालेका लागि भने एकताको कुनै रणनीतिक महत्व देखिँदैन । एमालेभित्रका एकथरि इमान्दार र नेपाली समाजलाई अग्रगमनतर्फ लैजानुपर्छ, कम्युनिष्टहरुले आफ्नो आदर्श र लक्ष्य पछ्याउनु पर्छ भनेर विचार राख्ने तप्का बाहेक उनीहरुले एकतालाई तत्कालिन चुनाव जित्ने रणनीतिकारुपमा मात्रै उपयोग गरेको देखिन्छ । अन्यथा, एकताको स्पिरिटले समाजवादी क्रान्तितर्फ अघि बढ्ने स्पिरिट देखाउँथ्यो भने एमाले बहुदलीय जनवादमा मात्रै ‘स्टिक’ हुने थिएन । किनभने बहुदलीय जनवाद एउटा संक्रमणकालिन राजनीतिक कार्यक्रम हो भन्ने कुरा एमालेभित्रका नेताहरुले नबुझेका होइनन् । त्यसैगरि उनीहरुले संख्याको र चुनावमा पाएको भोटको दम्भ देखाउँदैनथे होलान् । इतिहास साक्षी छ, कुनै बेला मालेको तुलनामा दश प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको माक्र्सवादीसँग एकता गर्दा बराबरी र समानताको सिद्दान्त अपनाउने यिनै एमाले नेताहरु हुन । त्यसैले एमालेका लागि यो एकता आफ्नो प्रभाव, आफ्नो वर्चश्व बलियो बनाउने रणनीति देखिएको छ । अन्यथा, समाजवादी क्रान्तिको आधार तयार गर्ने संक्रमणकालिन कार्यदिशा निर्माण गर्न उनीहरुले आनाकानी गर्नुपर्ने थिएन । एकताबाट पछाडि हट्ने छूट र सम्भावना दुबै पार्टीसँग छैन । उनीहरु निकै अगाडि पुगिसकेका छन । तर यदि प्रचण्डको आशंका र एमालेको वर्तमान प्रवृत्ति कायमै रहेको अवस्थामा पार्टी एकता भयो भने यसले के साँच्चिकै जुन बाटोमा छलाङ मार्नका लागि एकता गर्न खोजिएको हो, त्यो प्राप्त होला र ? के यी आशंका र प्रवृत्ति अन्त्य नगरी एकता गर्दा देश स्थिरताको नाममा थप अराजकतातर्फ अगाडि नबढ्ला र ? तर प्रचण्डकै भाषामा दुबै पार्टी पुल भत्काएर अघि बढिसकेको अवस्थामा माओवादी नेता मणि थापा र वाइसिएल इन्चार्ज दीपशीखाकै शब्दमा, तलसम्म बहस गरौं, परिपक्व र क्रान्तिकारी स्पिरिटकासाथ विचार, संगठन र कार्यशैली निर्माण गरौं । कम्तिमा एकताका लागि हतारो नगरौं ।

इतिहास, पुष्पलालको शालिक ढाल्नेले पढुन्

चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दुध भल्भली उमाल्न पुग्ने दाउराको भारी ल्याउनुपर्छ, अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यु समाएर अगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ। अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र भट्याएर आफ्नै दुर्दशा ननिम्त्याउँदा सैको भलो हुन्छ । कुरो के हो भने, विपरीत ध्रुर्व र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समुहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ। उनीहरु सधैं सकारात्मक चीजहरुको नकारात्मक व्याख्या सहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुर्ख्यौली हैकम कायम गर्न चाहान्छ्न् । हिजो भारतीय दादागिरीलाई अजंगको देखेर बिहान बेलुकी दिल्लीमा सिटामोल खान कुँद्ने उक्त समूह र उसका नाइँकेहरु, उसैलाई गाली गलौज गरेरै राष्ट्रवादको खोल ओढे, आज फेरि समाजलाई भ्रमित पार्दै उसैको सेवामा हाजिर भएर पुरानै लुटको स्वर्गमा फर्किन चेष्टा गर्दैछन् । सम्भवतः हामी आम सर्वसाधारणको चिन्ता ‘देश बनाउने भाँती नभएकाहरुले नबिगारुन् पनि’ भन्ने हो । बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठाने जस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् , निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौं । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी , जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं । उमेश बञ्जाडे फलतः आज त्यसैको दुर्दशा व्यहोरिरहेका छौँ र अझै लामो समयसम्म व्यहोर्नुपर्ने निश्चित छ। सत्ता बाहिरहँदा दैनिक देश विकासको खाका कोर्नेहरु देश हाँक्ने ठाउँमा पुगेपछि अर्कैको अनुदानमा लठ्ठिएका छन् । हुन त अर्कैको फर्मानमा सास फेर्दै अरूले बनाइदिने सिद्धान्त बोक्नेहरूसँग आफूले बनाउने भन्ने एजेन्डा कहाँ हुन्छ र ? तर, पनि समृद्ध देश निर्माणको खाका र योजना बाँड्ने ठाउँमा पुग्न मरिहत्ते गर्दै सत्ता हड्प्नेहरु गुलेली खेलाउने केटाकेटीले ल्याएको व्यवस्थामा रमाएर आज फेरि उनैप्रति छुद्रता व्यक्त गर्दैछन् । पंक्तिकार ती आफैलाई उत्कृष्ट राष्ट्र सेवकको दुहायी दिने मनुवाहरुलाई आग्रह गर्दछ, ‘महोदय, यदि ती माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्‍याल चुहाउँदै विलौना गर्न, के हिम्मत छ ? बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास, जसले सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन भण्डारी हत्याकाण्डको विषय, सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हैसियत ? सोच सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ। अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न खासै शोभा पनि दिँँदैन । देशमा यसपटक आफैलाई भस्मै वामपन्थी भन्नेहरुको गठबन्धन सहित बहुमतीय सरकार छ। विगतमा धेरैपटक सरकारमा गएका वाम पार्टी र उनका प्रतिनिधिहरुले बहुमत नभएरै काम गर्न नसकेको गुनासो व्यक्त गर्ने गर्थे । सरकार गठन पूर्व सुशासन र समृद्धिको प्रवचन दिएर नेता एवं वर्तमान सरकारका मन्त्रीहरु निकै जंगिएका थिए । परन्तु त्यो जोश पनि विगत जस्तै अन्ततः आश्वासनको चिहानमै गएर खाँदिएको छ। गाउँ गाउँमा प्रतिस्पर्धात्मक बन्दै गएको बलात्कार, उच्छृृङ्खलता, भ्रस्टाचार, तस्करी, सुशासन हिनता एवं देश बनाउने मन्त्रीहरुको समाचार बनाएर चर्चाको चुलिमा पुग्ने ‘बरिलै मोह’ले जनता आजित बन्दै गएका छन् । सारांशमा जति सुनपानीले चोख्याउन खोजेपनि नेपालमा चोखो कर्मचारी, नेता, जनप्रतिनिधि, प्रहरी, सेना आदि पाउन असम्भव नै देखियो– टनका टन सुनको तस्करीले स्पष्ट बतायो । देश बनाउने भन्ने कुरा भाषणमै सीमित भो, दुर्भाग्य । फेरि पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीले १०–१५ जना मान्छे बटुलेर उखान भट्याउने र लोक हँसाउने बाहेकका उपती लाउने छाँट देखिएन । जसरी नेपाल खाल्डोको प्रथम परिचयले सुशोभित काठमाडौंले अझैसम्म आफू बाहिरको भुगोललाई टेरपुच्छर लगाउँदैन, दुरुस्त उस्तै सोचबाट ग्रसित एमाले अध्यक्ष ओलीले पनि आफ्नु कित्ता बाहिरका विचार, उदेश्य र व्यक्तिहरुलाई सधैं निषेध गर्ने अति खतरनाक व्यबहारलाई जहिल्यै अख्तियार गरेको देखिन्छ । पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुईल्याउने कुरामा ओलि विगतदेखि नै जब्बर बनेको पाइन्छ । कहिले आफैलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने बहुमुखी ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिदै लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समिक्षा गरुन् । एकातिर चुनौतीको चाङ लगाउन सिपालु र अर्कोतिर कुम्लो बोकेर सुइँकुच्चा ठोक्न पनि उत्तिकै पोख्त ओलि प्रवृत्ति पहाड उठाउन नसक्ने परन्तु अवसरहरु सवै आफ्नै पोल्टामा पार्न सेतोलाई कालो बनायर वा गलतलाई पनि सहि दाबी गर्दै सदैव देशले पाँउदै गरेका झिनो निकासहरुमा समेत अवरोध उत्पन्न गर्नेमै समय व्यतित गर्दैछन् । फेरि पनि माओवादी केटाकेटीलाई आफ्नो उखानेश्वर ज्ञानको वर्णन गर्न हतारिएका ओलिीलाई विनम्रताका साथ आग्रह गरिन्छ, ‘इतिहास माओवादी केटाकेटीलाई होईन– सत्ता गुमेको वियोगान्त पिडामा रन्थनिदै पुष्पलालको सालिक भत्काउने आफ्नै सुसारेहरुलाई पढाउन्।’ उमेश बन्जाडे लमही दाङ, हालः क्वालालम्पुर, मलेसिया

‘नायक’ प्रचण्डलाई ‘खलनायक’ बनाएर कसरी हुन्छ एकता ?

रामदीप आचार्य/ पार्टी एकताबारे कम्युनिष्टहरूको उद्देश्य मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेदको अन्त्य गर्नु नै कम्युनिष्टहरूको वास्तविक उद्देश्य हो । गौतम बुद्धदेखि रोबर्ट ओवेनसम्मले मान्छेका दुःखका बारेमा गहन सोच, विचार, खोज र अनुसन्धान गरे । आफ्ना निकटतम् साथी फ्रेडरिक एङ्गेल्सको सहयोगमा कार्ल माक्र्सले पहिलो पटक वैज्ञानिक खोज अनुसन्धानको तथ्यको आधारमा एउटा सिद्धान्तको आविष्कार गरे जसलाई साम्यवाद भनिन्छ । आजसम्म ज्ञात तथ्यका आधारमा हाम्रो ब्रह्माण्डमा भएका अरबौं तारा र ग्रहहरूमध्ये पृथ्वी मात्रै हो, जहाँ जीवको अस्त्वि रहेको छ । यो अनुपम ग्रहमा रहेका जीवमध्ये मान्छे नै त्यस्तो सर्वश्रेष्ठ प्राणी हो जसले हाम्रो उत्पत्ति र अन्त्यबारे, हाम्रो वरपरको संसारबारे सोच्ने र जान्ने हैसियत राख्दछ । यो एकपछि अर्को गुणात्मक विकासको चरणमा रहेको छ । यो अनौठो ग्रहमा अवस्थित सर्वश्रेष्ठ प्राणीले नितान्त आफ्नो बारेमा मात्रै सोच्ने हो या सिङ्गो मानव जातिको बारेमा सोच्ने हो, आजको मुख्य सवाल हो । जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन ।  आजभन्दा छब्बीस सय वर्ष पहिले बुद्धले दुःख छ, दुःखको कारण छ र दुःखको निवारण छ भन्ने सरल तथ्य सार्वजनिक गरे । कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादको जगमा आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मका रूपरेखा प्रस्तुत गरे । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे नै हो भन्ने माक्र्सको संश्लेशण हो । प्रकृतिसँगको सङ्घर्षमा मान्छेले श्रेष्ठता हासिल गर्दै गइरहेको छ । यद्यपि आज पर्यावरणीय समस्या विकराल रूपमा पनि रहेको छ । जीवको अस्तित्व रहेको एक मात्रै ग्रहमा रहेको प्राकृतिक साधन स्रोतमाथि मुठ्ठीभर मान्छेहरूको हालीमुहाली चल्ने र अरबौं मान्छेहरू तन्नम पल्टिने जुन स्थिति छ, यसको अन्त्य हुनु पर्छ । माक्र्सवाद यही हो । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे हो भन्नुको तात्पर्य हो कि मान्छेको शोषण मान्छेले गर्छ अतिरिक्त मूल्यका रूपमा र अरू रूपमा । यो वर्गीय शोषण हो । अरू रूपका शोषण भनेको जातीय उत्पीडन, लैङ्गिक उत्पीडन, सांस्कृतिक उत्पीडन, राष्ट्रिय उत्पीडनहरू हो । माक्र्सवादले एक रूपको मात्रै शोषणको अन्त्यको कुरा उठाएको होइन बरु सबै रूपको शोषणको अन्त्यको अन्त्यको कुरा उठाएको हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो । सयौं वर्षदेखि शासन सत्तामाथि हालीमुहाली गरेर बसेको वर्गको लागि जति अप्रिय लागे पनि नेपाली जनयुद्धले शोषणका सबै रूपहरूमाथि धावा बोलेर एउटा स्वर्णिम इतिहास निर्माण गरेको हो । जतिबेला पेरिसका मजदुरहरूले विद्रोहको झण्डा उठाएका थिए माक्र्सले परिस्थिति अनुकूल नभएकाले त्यस्तो मूर्खता नगर्न भने जब मजदुरहरूले विद्रोह गरि नै हाले तब माक्र्सले अरू सबै काम थाँती राखेर विद्रोहलाई सहयोग गर्न भने । पछि माक्र्सले पेरिसका कम्युनार्डहरूको वीरतालाई उच्च सम्मान गर्दै यो सामाजिक क्रान्तिको प्रभात ठहर्ने छ भने । भलै त्यो एकहत्तर दिन मात्रै टिकेको थियो । के विद्रोहको क्रममा पेरिसका मजदुरहरूले कुनै पनि गल्ती गरेका थिएनन् होला ? किन माक्र्सले पेरिस कम्युनको शिक्षा भनेर लेखे ? उद्देश्य सही छ र कर्म पनि सही छ भने एक दुईवटा समस्याको आधारमा नेपाली जनयुद्धको मूल्याङ्कन हुन सक्दैन । इतिहासप्रतिको सही दृष्टिकोणको सवाल भनेको भविष्यप्रतिको दृष्टिकोणको सवाल पनि हो । केही मान्छेहरूले कमा र फुलिस्टपको आधारमा कम्युनिष्टहरू फुट्छन् भनेजस्तो सस्तो सवाल होइन । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ? राजामहाराजाहरूले होइन जनताका छोराछोरीहरूले राष्ट्रिपतिदेखि शासन सत्ताका अङ्गमा निर्वाचित हुने गणतान्त्रिक प्रणाली, राज्यबाट सबैखाले धर्मलाई अलग गर्ने धर्म निरपेक्षता, जातीय उत्पीडनको अन्त्यको लागि समावेशी र समानुपातिक प्रतिनिधित्व आदि सवालहरू सामान्य सवाल होइनन् । एउटा तथाकथित उपल्लो जातिको मान्छेको लागि छुवाछूतको अन्त्य एउटा सामान्य सुधार हो भने स्वयम् दलितका लागि सयौं वर्षदेखिको उत्पीडनबाट मुक्तहुने क्रान्ति हो । भलै उत्पीडका वर्गीय रूपहरू बाँकी नै रहेका किन नहोऊन् । तसर्थ, नेपाली जनयुद्धलाई जनआन्दोलन, जनक्रान्ति, सुधार, परिवर्तन आदिआदि शब्दको खेलमा अल्झेर विश्लेषण गरिनु हँुदैन । जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन । अहिलेको सबै परिवर्तनको स्वामित्व लिने तर जनयुद्धको स्वामित्व नलिने कोही सही कम्युनिष्ट दृष्टिकोण होइन । हामी कम्युनिष्टहरू स्पार्टाकसदेखि यताका सबैखाले न्यायपूर्ण विद्रोहका पक्षपाति हौं । हामै्र धर्तीमा भएको विद्रोहको स्वामित्व किन नलिने ? नेपाली जनताको बीचमा यति ठूलो मात्रामा सेना गठन गरेर महिला, दलित, मधेसी, थारु, जनजाति, किसान, मजदुर अरू साराका सारा सामेल भएर गरेको विद्रोह नेपाली इतिहासको विरलै घटना हो । बरु यो कसरी सम्भव भएको थियो, त्योबाट सिक्न जरुरी छ । नेपाली जनयुद्ध आँधी हो, उथलपुथल हो, विद्रोह हो । यसलाई त्यसरी नै परिभाषित गरिनु पर्छ । साम्यवादको बाटोमा अगाडि बढ्ने सङ्कल्प बोकेको थियो, यसको उद्देश्य त्यही हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो । नेतृत्वको सवाल कार्ल माक्र्सले इतिहासमा नेतृत्व आवश्यकता र आकस्मिकताको मेलका रूपमा पैदा हुन्छ भने । समकालीन नेपाली इतिहासले त्यस्तै नेताको रूपमा प्रचण्डलाई पैदा गरेको हो । प्रचण्ड सामान्य व्यक्ति हुन् । एउटा किसान परिवारमा जन्मेका, दैविक शक्तिबाट आएका होइनन् । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ? अन्त्यमा, आजको नेपाली कम्युनिष्टहरू खासगरी माओवादी केन्द्र र एमाले बीचको एकता जनताले अनुमोदन गरेको ऐतिहासिक एकता हो । यो आजको युगको माग र आवाज पनि हो । हामी सबैको साझा सङ्कल्प र प्रतिबद्धता पनि हो तर तिर्खा लाग्न बित्तिकै नालीकै पानी त कहाँ पिउन सकिन्छ र ? माओवादी र एमाले फरक फरक पृष्ठभूमि, स्कुलिङ र धाराबाट आएको दुनियाँ सामु जगजाहेर छ । सम्मानजनक एकता हुनै पर्छ । एउटा अर्कोमा विलिन होइन । समाजमा अन्यायका विरुद्ध विद्रोह गर्ने पार्टीमा अन्याय सहने कुरा कल्पना पनि गर्न सकिँदैन । तसर्थ, एकतामा एकले अर्काको संवेदनशीलतालाई गहिरो गरी आत्मासात् गरिनुपर्छ । अहिले झ्यापझुप गरिहालौं भोलि देखा जायेगा भन्ने अर्थमा पार्टी एकता गरिनु हँुदैन । त्यो दिगो हुनु पर्छ र औचित्यपूर्ण पनि । हामी दुई चार वर्षको लागि एकता गर्दै छैनौं शताब्दियौंका लागि गर्दैछौं । हाम्रो जग बलियो हुनै पर्छ । सबै लागौं जग बलियो बनाउन । घर त बलियो तेसै होला नि । भविष्य हाम्रै हो । लेखक माओवादी केन्द्रका युवा नेता हुन् । लेखकको नीजिविचार

सीरिया आक्रमणले शीतयुद्धको खतरा, राष्ट्रसंघ, चीन, रूस र इरानद्वारा अमेरिकाको कडा आलोचना

सीरियामा करिव एक दशकदृखि युद्ध र अशान्ती जारी छ, तर पछिल्ला आक्रमणले विश्वलाई र्न विभाजित गर्दै नयाँ द्वन्द्वको संकेत गरिरहेको छ । चीन, रुस र इरानले अमेरिकाकारण सिरियामा नयाँ द्वन्द्व सुरु भएको भन्दै चर्को आलोचना गरेका छन् । फ्रान्स, बेलायत लगायतका देशले भने सिरिया अकाक्रमणको समर्थन गरिरहेका छन् । अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको प्रतिक्रिया दिएको छ । रूसी राष्ट्रपति भ्यादिमीर पुनिनले एक सार्वभौमिक राज्यको विरुद्ध आक्रामक गर्नु कुनैपनि कोणबाट क्षम्य नहुने बताए । उनले भने अमेरिकाले गरेको हवाई आकमणले सीरियाको दृढता बढाएको मात्र छैन । नयाँ द्वन्द्व र आतंकवादलाई प्रश्रय समेत दिएको छ । डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले पनि अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको बताएका छन् । अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे । अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले पनि निन्दा गरेको छ । चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा भएको आक्रमणको आलोचना गरेको हो । सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सबै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ” इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन् । “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनी भने । आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताएको उनको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । अमेरिककाे अहम् तर अमेरिका कुनै प्रकारका आलोचना सुन्न तयार भैरहेको छैन् । उल्टै अमेरिका सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा भएको भन्दै खुसी मनाईरहेको छ । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथीको आक्रमण सफल भएको भन्दै सेनाको शक्तिको लागि फ्रान्स र युनाइटेड ब्रान्डलाई धन्यवाददिए , उनले भने राम्रो परिणाम आउन त सकेन तर मिशन पूरा भयो । अमेरिकी रक्षा मन्त्रालयले पनि सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको भनेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताए । “हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने । हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उनले भनेका छन् । शीतयुद्धको सुरुवात संयुक्त राष्ट्रसंघले भने शीतयुद्धको सुरुवात भएको टिप्पणी गर्दै खतरनाक परिस्थिति निम्तिएकाले संयम रहन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले नयाँखाले युद्धबारे सबै सचेत हुनुपर्ने बताएका हुन् । सीरियामा रासायनिक हतियारको आक्रमण भएपछि रूस र अमेरिकाले त्यस्का लागि एक अर्काको आलोचना गरेका थिए । अमेरिकाले रासायनिक आक्रमणको प्रत्युत्तर स्वरूप मिसाइल आक्रमण गरेको दावी गरेको छ नयाँ प्रयासहरू यहिबिचमा अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌लाई मनाउन नयाँ प्रयासहरू पनि थालिएको छ । यी तीन देशहरूले सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए। यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए। उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा राष्ट्रपति बशर अल असदको सरकार पनि सामेल हुन आह्वान गरिएको छ। राष्ट्रसङ्घ सुरक्षा परिषद राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक पनि बस्यो । उनीहरूले सोमबारबाट वार्ता सुरु हुने आशा व्यक्त पनि गरेका छन्। रुसले त्यस्तो जाँचबुझविरुद्ध भिटो अर्थात् विशेष अधिकार प्रयोग गरेको छ। यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियालाई रासायनिक अस्त्रहरूको प्रयोग फेरि नगर्न चेतावनी दिँदै थप हवाई हमलाको चेतावनी दिएकी छन्। अमेरिका, ब्रिटेन र फ्रान्सले गरेको हमलाबारे रुसले गरेको निन्दालाई समर्थन गर्न राष्ट्रसंघको बैठक विफल भएको छ। जम्मा दुई देशहरूले मात्रै त्यसको पक्षमा मत दिए। गत साता सिरियाको डुमा क्षेत्रमा भएको भनिएको रासायनिक अस्त्र हमलाको प्रतिक्रियामा गरिएको हमलालाई रुसी राजदूत भसिलि नबेन्जियाले गुण्डागर्दी भनेका छन्। सन् २०१४ यता सिरियाको आधाभन्दा बढी भू-भाग ‘इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया’ (आइएसआइएस) को नियन्त्रणमा छ । युद्धका कारण ३ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ भन ३० लाखले शराणार्थी जीवन बाँचिरहेका छन् । अनुगमनकर्ताहरुका अनुासर करिब ६३ लाख सर्वसाधारण आन्तरिक रुपमा विस्थापित छन् । युद्धभन्दा अगाडिको जनसंख्यालाई हालको सँग तुलना गर्ने हो भने आधाभन्दा बढी सिरियन नागरिक या त मारिए या देश छाड्न बाध्य बनाइएका छन् । युद्धबाट प्रभावित भएका परिवारहरूले नजिकको देशमा शरणार्थी बनेर बाँच्ने साहारा खोजिरहेका छन् । संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्ट हेर्ने हो भने सिरियामा तत्काल राहतका लागि लगभग ५ बिलियन डलर आवश्यक पर्छ । तर राहत र उद्दारको कामलाई थाति राखेर अमेरिका र रसिया अनि सिरियाभित्रकै धेरै लडाकु समूहहरू एकआपसमा लडिरहेका छन् ।  

अवसर र चुनौतिका बीच कम्युनिष्ट एकता

एसपी गौतम कुनैबेला नेपालमा एउटै कम्युनिष्ट पार्टी थियो । १० वैशाख २००६ मा भारतको कोलकातामा ‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापना भई अनेकौ टुटफुट र एकताबाट आजको दिनसम्म आइपुगेको छ । नेपाली कम्युनिष्ट आन्दोलन अहिले निर्णायक मोडमा छ । दुईवटा ठूला कम्यूनिष्ट पार्टी एमाले र माले एकताको गृहकार्य अन्तिम चरणमा पुगेको समाचारहरु आइरहँदा अब बन्ने नयाँ कम्युनिष्ट पार्टीको सिद्धान्त, नेतृत्व कसरी अगाडी बढ्छ भन्ने कौतुहलता सर्वत्र छ । एकताको लागि मात्र कि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने हो ? एकताले श्रमजीवी वर्ग र अन्य वर्गलाई कसरी सम्बोधन गर्छ ? एकता सिद्धान्तमा वा नेतृत्वको लहडमा ? यावत प्रश्नहरु उब्जिरहेको छन् । विगतका समयमा एकताको अभ्यास अन्य घटक र समूहहरुले पनि जारी नराखेका होइनन् । धेरै एकताहरु धेरै दिन टिकेन । यसबीचमा थुप्रै समूह एकिकृत विलय र सहमति भए र टुक्रिन पनि । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अभियानलाई विगतकै एकता–टुटफुटको नियती नव्योहोर्ने आधारहरु व्यापक छलफल गर्न वाञ्छनीय छ । १. वैचारिक एकतापछि मात्रै संगठनात्मक एकता पार्टी एकताका लागि सैद्धान्तिक एकताको आधार के हो ? जगबिनाको घर कसरी सम्भव हुन्छ ? वैचारिक एकताको मिलन विन्दु के ? यी यावत प्रश्नहरु स्वभाविक र महत्वपूर्ण छन् । अहिले माओवादी केन्द्र र एमालेभित्र अनेकौं समस्याहरुका चाङहरु छन् । एमालेभित्र समाजको विश्लेषणको सवालमा मतभेद छन् । महाधिवेशनले जतताको बहुदलीय जनवादलाई सिद्धान्तका रुपमा स्वीकारे पनि त्यो वर्तमान परिप्रेक्ष्यमा कार्यक्रममात्र भएको साथै परिमार्जन गर्नुपर्ने तर्क राख्ने नेता तथा कार्यकर्ताको ठुलो पंक्ति पनि छ । यसलाई २१ औं शताब्दिको समयानुकूल परिमार्जन गरेर लैजानुपर्छ भन्नेहरुलाई जवज हुबहु कायम राख्नुपर्छ भन्नेहरुले काउण्टर दिईरहेकै छन् । उता माओवादी केन्द्रभित्र ‘माओवाद’ वा विचारधारा के हो ? भन्ने बहस टुङगिएको छैन । तत्कालीन एकता केन्द्र (प्रकाश समूह) सँग एकता गर्दा नै बहसमा छिनोफानो गर्ने उल्लेख गरिए पति सत्ताको रापले वैचारिक पक्षमा सिन्को भाँचिएको छैन । माओ विचारधारा र माओवादको वकालत गर्ने समूहको कमी छैन । १५ वर्ष अघि च्यापिएको प्रचण्डपथ ब्युँताउनुपर्छ भन्नेको संख्या पनि कमी छैन । वैचारिक तथा सैद्धान्तिकरुपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, प्रधान शत्रु किराँत वर्गीय आन्दोलनको अवस्था र अवको दिशालाई पकड्ने सवालमा थुप्रै समस्याहरु छन् । माओवादीले महान जनयुद्ध भन्दै गरेको १० वर्षे सशस्त्र संघर्ष र त्यस क्रममा मारिएका शहिदहरुको विषयमा दुई पार्टी दुई किनारामा छन् । एमालेले जनयुद्ध बाहेक अर्को शब्द छोड्दा जनयुद्ध शब्द सुन्न नै चाहँदैन भने माओवादीले जनयुद्धबाहेक अर्को शब्द छोड्दा जनयुद्धबाट उठान माओवादी पंक्तिको परिचय नै गुम्ने अवस्था आउने भएकोले जनयुद्धबाहेक अर्को शब्द प्रयोग गर्न चाहँदैन । यस्ता थुप्रै विषयहरु छन् वैचारिक भिन्नताका । विचारको एकता नभई संगठानात्मक एकताले नेताहरुको व्यवस्थापन त क्षणिकरुपमा होला तर कम्यूनिष्ट आन्दोलनलाई गति दिन नसक्ने निश्चित प्राय छ । एकताको आधार सिद्धान्त नै हुनसक्छ अरु त प्राविधिक कुराहरु हुन् । एकताको सर्वोपरी सिद्धान्त विचार केवल केन्द्रमा रहने नेतृत्वले मात्रै निक्र्यौल गर्नेभन्दा पनि केन्द्रदेखि गाउँ तहसम्म वैचारिक बहस नचलाई गरिएको एकताले नेतृत्व पंक्तिलाई सन्तुष्टि बनाउन सक्छ । त्यो केवल प्राविधिक एकता हुनसक्छ । चुनावमा तालमेलको नाममा भजाइएको एकताको नाराले क्षणिकरुपमा त फाइदा पुर्याउला त्यसको दिर्घकालीन फाइदा हुन सक्दैन । वैचारिक एकताले मात्रै संगठनात्मक एकतालाई टेवा पुर्याउन सक्ने भएकोले वैचारिकरुपमा कार्यदिशा, पथप्रदर्शक सिद्धान्त र २१ औं शताब्दीमा हामी रहँदै गर्दा समाजवादको मोडलमा एकरुपता आवश्यक हो । कम्तीमा पनि एकतालाई दिनमात्र तोकेर एकताभन्दा पनि सबै तहमा व्यापक छलफल, गृहकार्य र मुर्तरुप पछिमात्र एकता गर्दा विगतका नियतीलाई नदोहोर्याउने परिपक्क आधार हुनसक्छ । अर्कोतर्फ दुवै पार्टीमा विद्यमान संगठानात्मक संरचनाहरु अस्तव्यस्त हुन् जो कामकाजीरुपमा जान सकिरहेका छैनन् । ती संरचनाहरुलाई एकता महाधिवेशनसम्म लैजान वैचारिक राजनैतिक कार्यदिशाले मात्र तय गर्न सक्छ । केवल नेतृत्वहरुको व्यवस्थापन विचार, सिद्धान्त र आन्दोलनको प्रकृतिले निर्देश गर्दछ । नेपाली श्रमजीवी जनताको परिवर्तन ल्याउनको निम्ति नयाँ बन्ने पार्टीको संगठनात्मक ढाँचामा पनि भरिवर्तन हुन जरुरी छ । जसले गर्दा सबै नेता कार्यकर्ताले यथेस्ट भुमिका प्राप्त हुनुपर्ने हुन्छ । पार्टी संगठन चलायमान हुने तथा पार्टी संगठन पंतिका अधिकतम कार्य चुस्तता ल्याउन महाअधिवेशन मर्फत एउटा समाजवादी कार्यक्रम कसरी ल्याउने ? वर्तमान अवस्थामा मजबुतरुपमा बनेको वामपन्थी सरकारको मोर्चा कसरी प्रभावकारी बनाउने नीति तथा कार्यक्रमहरुमार्फत मन्त्रीपरिषदबाट कसरी समाजवाद प्रतिबिम्बित गराउने विचारिन पक्षलाई सम्वोधन गर्न आवश्यक छ । साँच्चै कम्यूनिष्ट आएर अन्तर आयो है नेपाली समाजमा नेपाली श्रमजीवी जनताको जिन्दगीमा अन्तर देखा पर्यो भन्ने कुराले पनि भावि नयाँ वन्ने पार्टीको दिशा र दशालाई मजबुत बनाउन टेवा पुर्याउन सक्छ । तसर्थ केन्द्रदेखि गाउँ तहसम्म व्यवस्थित संगठन बलियो हतियार सावित वनाउन नयाँ पार्टीको चुनौति र अवसर हुन सक्छ । २. पूँजीवादको जगमा रहँदा समाजवादको मोडल के ? वतमान नेपाली समाजमा चर्चा रहँदै आएको समाजवाद शब्द प्रयोग त भएको छ तर समाजवादको मोडल के हुने कुनै गृहकार्य भएको छैन । नेपाली समाजमा जनवादी क्रान्तिका कतिपय कार्यभारहरु पहिले नै पूरा भएका हुन् तर वर्गसंघर्षको दृष्टिकोणले नेपाली समाजमा अझै श्रमजीवी तथा तल्लो वर्गको धरातलमा काफी अन्तर आउन नसकेको सत्य हो । त्यसैले जनवादी क्रान्तिका वाकी कार्यभारहरु सामाजवादी कार्यक्रमहरुसँग कसरी जोडेर लैजाने ? माओवादी केन्द्रको २१ औं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद प्रचुर शिक्षा लिएर आगामी समाजवादको मोडल तथा कार्यक्रमहरु तय गर्न आवश्यक छ । जवज र २१ औं शताब्दीको जनवादले यहाँसम्म ल्याएता पनि समाजवादको निम्ती अर्कै समाजवादले मोडल ल्याउनुपर्छ नै । समाजवादको मोडल कस्तो भन्ने शास्त्रीय बहसमात्रै भन्दा पनि नेपालको धरातलमा रहेर वहस गरिनु उपयुक्त हुन्छ । विश्व परिवेशलाई नियाल्दा सबै समाज एकै ठाउमा छैनन् । नेपालको सन्दर्भमा कुरा गर्दा भर्खरै सामन्तवादी युगबाट पूँजीवादी युगमा प्रवेश गरेर समाजवादको गोरेटो तय गर्न जग बसाल्दै छौं। पूँजीवाद एेतिहासिकरुपले पुरानो भइसकेकोले हाम्रो गन्तव्य समाजवाद नै हुन्छ । त्यसैले भोलिको निम्ती समाजवादको मोटामोटी खाका नयाँ बन्ने पार्टीले निर्माण गर्नुपर्छ । नेपालको सापेक्षतामा औद्योगिक र उत्पादनशील पूँजी तथा पूँजीवादको विकास गर्ने साथै त्यसलाई शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता जस्ता क्षेत्रमा जनताका अधिकारहरुलाई ग्यारेण्टी गरेर समाजवादसँग जोडेर लैजाने खालको मोडल अपनाउन उपयुक्त हुनसक्छ । यस अर्थमा पूँजीवादको विकल्प समाजवाद हो । त्यसका निम्ति हिजोका चीन, भियतनाम, रुस, क्युवा जस्ता देशका मोडेल र अभ्यासवाट सिक्नुपर्छ । तर त्यसैको पुनरावृत्ति नेपालको सन्दर्भमा हुन सक्दैन, त्योभन्दा अगाडि बढ्न सक्ने खालको समाजवादको मोडलको परिकल्पना आजको आवश्यकता हो । एकता समाजवादी क्रान्तिको आधार बन्न सकेमा विगतका टुटफुटका अनेकौं श्रृंखलाहरुमा पूर्णविराम लाग्ने छ भने नेपाल समाजवाद उन्मुख परिवेशमा फड्को मार्ने छ । विगतका नियतिहरुलाई नदोहोर्याउन दुई पार्टीबीचको एकताको गृहकार्य, वैचारिक, सांगठनिक एकता र योजनाले तय गर्ने छ । एकतालाई मजवुत वनाउन सवै तेतृत्ववर्ग र सरोकारवालाहरुको अझ भूमिका आवश्यक छ। दुई पार्टीको एकताले नेपालमा छरिएर रहेका कम्यूनिष्टहरुलाई एकत्रित गर्ला ? वामपन्थीको मजबुत एकताले प्रजातान्त्रिक शक्तिहरुलाई रक्षात्मक बनाउन सक्ला ? यो सवालहरुको पटाक्ष एकतापछिको नयाँ पार्टीको गठन पश्चात नै हुनेछ । कामना गरौं यो एकताले विश्वमा रहेका श्रमजीवी तथा प्रगतिशील पार्टीहरुलाई शिक्षामात्रै होइन नेपाललाई नमुनाको रुपमा विकास गर्नेछ ।  

रुनुहोस् मदन दाइ, पीडाको पोखरी सुक्ने गरी…

मदनकृष्ण दाइ रुनुभयो । यशोदा भाउजूको मृत्युमा उहाँ भक्कानो छोडेर रोएको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भयो । उक्त तस्बिरमा विभिन्न खालका प्रतिक्रिया आए । धेरैले भने— हँसाउने मान्छे पनि रुँदा रहेछन् । हो, हँसाउने मानिसहरू नै रुन्छन् । किनभने उनीहरूलाई थाहा हुन्छ, हाँसो र आँसुको मूल्य । आँसुले पीडा कम गर्छ । मन हलुका हुन्छ । मरेर जानेप्रति प्रेमभाव बढ्छ । मनको भारी हलुका हुन्छ । आँसु विशेष परिस्थितिमा मात्र खस्छ । सानातिना घटनामा आँसु झर्दैन । त्यसैले मदन दाइको आँसुले त्यस्तै विशेष अर्थ राखेको छ । रुनु शारीरिक एवं मानसिक स्वास्थ्यका लागि लाभदायक छ । दमित भावनालाई फाल्न अत्यन्तै जरुरी छ । विभिन्न खालका मानसिक तनाव रिलिज नगर्दा मनसँगै शरीरमा पनि विकार जम्मा हुन पुग्छ । ती विकारले सिंगो शरीर र जीवनलाई नै सिकार बनाउँछ । त्यसैले रोदन बलिया मानिसहरूको सेल्फ मेडिकेसन हो । बलिया मानिस मात्र रुन सक्छन् । कमजोर मानिस त चाहेर पनि रुन सक्दैनन् । बालबालिकाहरूले के भन्लान्, दौंतरीले कसो भन्लान्, गाउँलेहरूले खिसी गर्ने हुन् कि समाजले ट्युरी गर्ने हो कि भनेर कमजोर मानिस रुन सक्दैनन् । बलिया मानिस मात्र खुलेर हाँस्न सक्छन्, सार्वजनिक रूपमा रुन सक्छन् । मदन दाइको आँसुको बहुआयामिक अर्थ छ । उहाँको आँसु पत्नीप्रेमको नदी हो । आगामी एक्लो जीवनको खहरे हो । विछोडको पोखरी हो । मृत्यु बोधको खोल्सो हो । मुटुमाथि ढुङ्गा राखी बाँच्नुपर्ने बाध्यताको महासागर हो । त्यसैले रुनुहोस् मदन दाइ, दिल खोलेर रुनुहोस् । विगतका सम्पूर्ण पीडा पोखेर खोला बनाइदिनुहोस् । आगतका त्रासहरू मेटाएर खोल्सामा बगाइदिनुहोस् । वर्तमानका दु:खहरू पोखेर रोदनको पोखरी सुख्खा बनाइदिनुहोस् । आँसुको मुहान सुकाएपछि मात्र सत्यबोधको उर्वर भूमि तयार हुन्छ । यो घडीमा म यशोदा भाउजूलाई पनि सम्झन चाहन्छु । यशोदा भाउजू, तपाईं भौतिक रूपमा हामीबीच रहनु भएन † प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त मदन दाइसहित सपरिवारमा समवेदना † अस्तित्वमा समाहित भाउजूको आत्माले शान्ति प्राप्त गरोस् । हाम्री गुरुपत्नी हुनुको नाताले मात्र होइन, एउटा उत्प्रेरक नारीका नाताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं । तपाईंको ऊर्जा स्वरूप चेतना जहाँ भए पनि आनन्दमा रहोस् । तपाईं मदनकृष्णकी राधा मात्र हुनुहुन्नथ्यो, आदर्श परिवारकी आमा पनि हुनुहुन्थ्यो । – तपाईंले अन्ध विश्वासले जकडिएको तत्कालीन नेपाली समाजमा पनि अन्तरजातीय वैवाहिक जीवनलाई सहज र सफल बनाउनुभयो । – तपाईं आफूले घर–परिवारको जिम्मा लिएर देशलाई मदनकृष्ण श्रेष्ठजस्ता महान् व्यक्ति दिनुभयो । – क्यान्सरजस्तो ज्यानमारा रोगसँग लामो समयसम्म लडेर यही रोगसँग जुधिरहेकाहरूलाई बाँच्न प्रयास गर्ने उत्प्रेरणा दिइरहनुभयो । अन्त्यमा, मदन दाइ, तपाईं आफैँ रोगसँग लडिरहनुभएको छ । त्यसमाथि पत्नीवियोगको पीडा थपिँदा तपाईं र तपाईंको परिवार कस्तो अवस्थाबाट गुज्रिरहेको छ, हामी अनुभव गर्न सक्छौं, तर मृत्यु जीवनको अन्त्य होइन, अर्को महाजीवनको सुरुवात हो ! यो तत्वलाई बोध गरेर आफूलाई बलियो बनाउनुहोला । हामी सधैं तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं । तपाईंको सक्रियता, निरन्तरता एवं आत्मविश्वास नै यशोदा भाउजूको आत्मालाई शान्ति प्रदान गर्ने सही उपाय हो । सबैको मंगल होस्, सधैंको मंगल होस् । ॐ शान्ति ! शान्ति ! शान्ति ! साप्ताहिकबाट

एमाले–माओवादी एकता र नयाँ वैचारिक धार

२१आैं शताब्दीमा सर्वहारा वर्गको क्रान्तिको विचार एवं राजनीतिक कार्यदिशाको प्रश्न मालेमावादको विचार र दर्शनको विकासको सैद्धान्तिक महŒवको प्रश्न एउटा मुख्य सवाल हो । एमाले–माओवादी वामपन्थी पार्टी एकताले नयाँ वैचारिक तथा राजनीतिक कार्यदिशाको विकासमा जोड दिएको छ । ऊ भन्छ– अहिले पनि जडसूत्रीय ढंगबाट नेपाली क्रान्तिलाई बुझ्ने दृष्टिमा कार्यदिशा निर्माण गर्नुहँुदैन । यसले दक्षिणपन्थी विर्सजनवाद वैचारिक विचलन र संशोधनवादी धारलाई विकास गर्छ । नेपाली क्रान्तिमा दक्षिणपन्थी संशोधनवादी कार्यदिशाले वामपन्थी जडसूत्रवादी दुस्साहसवादी धारको प्रतिनिधित्व गरिरहेको छ । यो मालेवादको विकासमा एउटा ठूलो अन्तर्संघर्षका रूपमा आएको छ । वामपन्थी एकताले पुरानो प्रतिक्रियावादी राज्यसत्ताको आकारमा फेरबदल आएको छ । अहिले एमाले र माओवादी केन्द्रबीचको गठजोड तथा वामपन्थी एकताको निर्माणले एउटा पुरानो वर्गविरुद्ध विशेष किसिमको उथलपुथल ल्याएको कुरा साँचो हो । वामपन्थी एकताले पुरानो प्रतिक्रियावादी राज्यसत्ताको आकारमा फेरबदल आएको छ । समाजमा राजनीतिक रूपले बुर्जुवा, पिटी बुर्जुवार सामन्त ठालु वर्गको प्रतिनिधित्व गर्दै आएको नेपाली कांग्रेसको राजनीतिक वर्चस्वलाई विस्थापित गर्न सफल भयो, यो वाम गठबन्धनले । नेपाली कांग्रेसले सम्हाल्दै आएको सामन्ती धारको राजनीतिक आर्थिक प्रतिनिधित्वलाई अहिले मात्रात्मक रूपमा वामपन्थी गठबन्धन गर्न पराजित गर्न सक्यो । यही आधारमा वाम एकताले मालेमावादको क्रान्तिकारी सर्वहारा वर्गीय धारलाई आत्मसात् गरेर क्रान्तिकारी कम्युनिस्ट धारलाई अघि बढ्नैपर्छ । अर्थात् वाम एकता विशुद्ध नेपाली क्रान्तिको परिधिभित्र रहेर यसले क्रान्तिकारी धारलाई समाउन अनिवार्य हुन्छ । तर, विप्लव माओवादीले आफूले मात्र नेपाली मालेवादलाई प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्ति हो भनिरहेको छ । उसले आफूले मालेमावादलाई क्रान्तिको आदर्श सिद्धान्त मान्दै एकीकृत क्रान्ति गर्ने भनेर थप नयाँ कार्यदिशासहित अगाडि बढेको छ । जसले क्रान्ति र प्रतिक्रान्तिको राजनीतिक अन्तर्विरोध फेरिएको अवस्थामा रहेको छ । जे भने पनि नेपाली राज्यसत्ता अहिले पनि विदेशी प्रतिक्रियावादी शक्तिको संरक्षणमा टिकेको छ । वामपन्थी सरकारले आफूलाई राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा अडिग भएर अगाडि बढेको स्पष्ट चित्र देख्न सकिँदैन । तर, त्यो अहिलेको सत्ताले मात्रात्मक रूपमा केही राष्ट्रियताको सवालमा अडान राख्न कोसिस गरेको भान देखिन्छ । तर, यो वामपन्थी सरकारले आफूलाई राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा अडिग भएर अगाडि बढेको स्पष्ट चित्र देख्न सकिँदैन । एमाले–माओवादी वामपन्थी पार्टीले पनि यही संसदीय पँुजीवादी लोकतान्त्रिक राजनीतिक व्यवस्थामा रमाउने यसको भरणपोषणमा समर्पित रहने कुरा स्पष्ट देखिएको छ । अहिले एमाले–माओवादी पार्टी एकताबारेको १३ शीर्षकमा ४२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार गरेर प्रस्तुत गरेको छ । जसमा एकीकृत पार्टीको राजनीतिक मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद भनिएको छ । अहिले पार्टीको मुख्य कार्यदिशा समाजवादको आधार निर्माण गर्ने राखिएको छ । यसको रणनीतिक लक्ष्य समाजवादी क्रान्ति रहेको छ । तर, यसको समाजवादसम्म पुग्ने बाटोमा भने शान्तिपूर्ण प्रतिस्पर्धा रहेको छ । अर्कोतर्फ समाजवादको मोडल बहुलवादी विशेषताको समाजवादको अभ्यासमा आउने भनिएको छ । तर, नेपाली समाजको अहिलेको वर्गीय चरित्रदलाल पुँजीवाद हावी भएको अवस्थाबाट गुजारिरहेको छ । एमाले–माओवादीको एकीकृत पार्टीको मुख्य कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने भनिएको छ । यसका लागि समाजवाद उन्मुख राष्ट्रिय पुँजीवादको विकास गर्दै सामाजिक न्यायसहित नयाँ राज्यको स्थापना गर्ने भनिएको छ । समाजवादको रणनीतिक लक्ष्यमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि आम रूपमा समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्ने कुरा स्वाभाविक हो । समाजवादको रणनीतिक लक्ष्यमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि आम रूपमा समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्ने कुरा स्वाभाविक हो । तर, यसले नेपाली क्रान्तिको दीर्घकालीन वर्ग संघर्षको आवश्यकतालाई आमन्त्रण गर्छ । जसले समाजवादी क्रान्ति सम्पन्न गर्न वस्तुगत आधारहरूको विकास गर्दै जान्छ । यसकारण नेपाली क्रान्तिको रणनीतिक लक्ष्य अहिले समाजवाद निर्माणको चरणसम्म होला तर दीर्घकालीन लक्ष्य साम्यवादसम्म पुग्दै राज्यको विलोपीकरणका चरण पार गर्दै अघि बढ्ने एक दूरगामी लक्ष्य राख्नु अनिवार्य हुन्छ । क्रान्तिको रणनीतिक लक्ष्य समाजवादमा मात्र सीमित हुने होइन, साम्यवादसम्म पुग्ने भन्ने हो । त्यही दूरगामी लक्ष्यबाट पार्टी एकता चालू राख्नुपर्छ । तर, समाजवादी राज्यसत्ता प्राप्त गर्ने सवालमा यसको बाटो शान्तिपूर्ण प्रतिस्पर्धा हुने भनिएको छ । यही बहुदलीय संसदीय राजनीतिक प्रतिस्पर्धाबाट समाजवादमा पुग्न सक्छौं भन्ने वैचारिक धार राखेको हुनुपर्छ । तर, यो पार्टी एकताले मालेमावादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको वर्गसंघर्षको अपराजय शक्तिलाई सही रूपमा ग्रहण गरेको देखिँदैन । शान्तिपूर्ण तरिकाले चुनावी प्रतिस्पर्धाबाट समाजवाद ल्याउँछौं भन्ने आधारमा पार्टी एकताको वैचारिक लाइन अडेको देखिन्छ । अर्थात् वामपन्थी पार्टी एकताले बल प्रयोगको सार्वभौम सिद्धान्तलाई अस्वीकार गरेको प्रतीत हुन्छ । शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्ने विचार दिएको छ । हाम्रो देशको विशिष्ट सन्दर्भमा शान्ति प्रक्रियाबाट समाजवाद सम्भव छ भन्ने सवालमा दुई पार्टी सहमत भएको देखिन्छन् । संविधानमा नै राज्य समाजवाद उन्मुख भएर जाने भनेकाले यो संविधानमा लेखेबमोजिम राज्यको सार्वभौमिकता अखण्डता तथा जनताको सार्वभौमिकताबाहेक सबै विषय आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ । संविधानमा नै राज्य समाजवाद उन्मुख भएर जाने भनेकाले यो संविधानमा लेखेबमोजिम राज्यको सार्वभौमिकता अखण्डता तथा जनताको सार्वभौमिकताबाहेक सबै विषय आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ । त्यहीबाट समाजवाद ल्याउन सक्छौं भन्ने सोचमा एमाले–माओवादी पार्टी एकताको सोचले निर्णय दिएको देखिन्छ । अब यसका लागि छुट्टै सशस्त्र क्रान्ति गर्नुपर्ने आवश्यकता पर्दैन भन्ने आधारमा वामपार्टी एकताबद्ध हुने देखिन्छ । समाजवादबारे उनीहरूको धारणा बुर्जुवा प्रजातान्त्रिक मोडेलको सामाजवाद पनि नभएको र पूर्वसोभियत संघको कम्युनिस्ट मोडेलको समाजवाद नभएको भनिएको छ तर कस्तो समाजवाद हो त भन्ने विषयमा स्पष्ट विचार दिने कोसिस गरेको देखिएको छैन । नेपाली समाजको वर्गचरित्र दलाल पुँजीवादी हावी भएको छ भनिएको छ तर यसले समाजलाई कुन आधारमा अवरोध खडा गरेको छ भन्नेबारे स्पष्ट परिभाषा दिन खोजिएको छैन । अर्कोतर्फ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भनेको छ, माओवालाई छाडेको छ । तर, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी पार्टीको माओवाद र २१आंै शताब्दीमा जनवादको वैचारिक अन्तरविरोधलाई महाधिवेशनमा विधिवत परिमार्जन र विकास गर्ने भनिएको छ । जनयुद्धले सिर्जना गरेको उत्पीडित सर्वहारा वर्गमा ल्याएको उच्च चेतना, सांस्कृतिक जागरण, जनता संगठित हुने र आन्दोलित हुने मनोभावनालाई स्वीकार गरेको छ । अहिले दुई वामपार्टीको सम्झौताले जनयुद्धको उपलब्धिलाई स्वीकार गरेको छ । विगतमा जनताको आन्दोलनको महान् पहललाई सम्मान गर्ने सवालमा पार्टी एकताबाट स्वीकार गर्दै अघि बढ्ने भनिएको छ । जसमा नेकपा माओवादीद्वारा चालू भएको १० वर्षको महान् जनयुद्धले सिर्जना गरेको उत्पीडित सर्वहारा वर्गमा ल्याएको उच्च चेतना, सांस्कृतिक जागरण, जनता संगठित हुने र आन्दोलित हुने मनोभावनालाई स्वीकार गरेको छ । त्यस्तै, जबजले ल्याएको कम्युनिस्ट पार्टीलाई जनतासम्म पुग्ने आधार र जनयुद्धले स्थापित गरेको समानुपातिक समावेशीकरणको मुद्दाले पुँजीवादी क्रान्ति पूरा गर्न सहयोग गरेको भनिएको छ । त्यस्तै यो एकताबद्ध वामपन्थी पार्टीले अन्य साना कम्युनिस्ट वामपन्थी पार्टीसँग समेत बृहत् एकताको नीति पनि लिएको देखिन्छ । उनीहरूको उग्रवामपन्थी, जडसूत्रीय, संकीर्ण आत्मकेन्द्रित चिन्तन नीति र व्यवहारको आलोचना गर्दै ती पार्टीलाई वामपन्थी एकतामा ल्याउन पहल र प्रयत्न गर्ने भनिएको छ । राजधानीदैनिकबाट

जनयुद्ध स्विकार गरिसकेको एमालेलाई बिधानमा लेख्न किँन आपत्ती !

नेकपा एमाले र माओवादी केन्द्रले विगतमा भएका सबै खाले क्रान्तीलाई स्विकार गर्दै कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै आर्थिक विकास र राजनीतिक स्थिरताको सपना देखाएर गएका निर्वाचनमा भोट मागे । जनताले पत्याए र इतिहासमै शक्तिशाली वामपन्थी सरकार पनि बनिसकेको छ । तर कम्युनिष्ट पार्टीहरुको एकता घोषणा हुन बाँकी छ । निर्वाचनमा साझा उम्मेदवार उठाएका एमाले माओवादीले त्यसपछिका सबै लाभका पदमा भागवण्डा गरे । अब एउटै पार्टी हुने भएपछि किँन भन्दै कार्यक्रताहरुमा पनि मेलको भवना चुनावमै देखिएको थियो । अहिले पनि कायम छ । ‘तपाई इतिहासलाई फेर्न सक्नु हुन्न् । तथ्यलाई सृजित गर्नु हुन्छ भने त्यो इतिहास नभै कल्पना मात्र हुन्छ’ । इतिहासका निर्माता र अगुवाको अहिले जेजस्तो भूमिका भएपनि नेपाली राज्यसत्ताको रुप, गुण र आधारभूत चरित्र नै फेर्ने जनयुद्धलाई पक्षधरताका आधारमा न्यूनीकरण, विषयान्तर वा विभत्सिकरण गर्न सकिएला तर खारेजै गर्न भने सकिँदैन् । तर पछिल्लो समय पार्टी एकता अन्तरिम विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने की नराख्ने भन्ने विषयमा किँन अनावश्यक विवाद आयो भन्ने बहस छ । चुनाव चिन्ह जस्ता प्रावधिक बिषयमा पनि एमाले आफुले भने जस्तै हुनुपर्छ भनेर किँन अडान लिइरहेको छ भन्ने प्रश्न राजनीतिक वृतमा उठेको छ । उसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि समानताका आधारमा पार्टी एकता हुने भन्दै एमालेलाई चिढाउन खोजेको चर्चा गरिन्छन् । तर उनी स्वम समानता भनेको प्रतिशत नभएर एक पार्टी अर्को पार्टीमा बिलय भयो भन्ने नहोस भन्नका निम्ति समानता आवश्यक रहेको प्रष्टीकरण दिइरहेका छन् । सोचनीय बिषय यहाँनेर छ की प्रचण्ड एमालेले जनयुद्ध स्विकार गरिसकेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । एमाले नेताहरु पनि जनयुद्धकै कारण नेपाललाई गणतन्त्र हुँदै यहाँसम्म ल्याउन सकिएको सार्वजनिक रुपमै बताईरहेका छन् तर विधानमा लेख्न हिचकिचाईरहेको छ । राजनीतिक बिवश्लेषक पुरुषोत्तम दाहाल भन्छन, “यो निक्कै पेचिलो बिषय हो । जनयुद्ध माओवादीको इतिहास हो । त्यहि १० बर्षे जनयुद्धका कारण नेपाललार्इ अहिलेको उपलब्धी हासिल गर्न सघाउ पुगेको अन्यको पनि बुझाई छ । एमालले बुझेको पनि यहि हो । यसो भनेर एमालेले जनयुद्ध ठिक थियो भनेर विधानमा लोखियो भने आफ्नो इतिहास मेटिने चिन्ताले जस्ताको तस्तै विधानमा उल्लेख गर्न खोजीरहेको छैन् । ” कुनै पनि सशस्त्र संघर्ष ३ वटा विन्दुमा पुगेर टुंगिने गरेकाे पार्इन्छ । जस्तो– त्यो दब्यो वा असफल भयो भने त्यो अपराध वा आतंकवाद ठहरिन्छ । दुवै पक्षको नाक र साख जोगाउँदै जित–जितको सम्झौतामा पुगेर टुंगियो भने त्यो सफल ठहरिन्छ । यदि त्यो सशस्त्र बलका आधारमा राज्यसत्ता कब्जा गर्यो भने त्यो तत्कालका लागि पुरै क्रान्ति ठहरिन्छ । के साच्चै एमालेले राजनीतिक बिवश्लेषक पुरुषोत्तम दाहालले भने जस्तै अाफ्नाे विगतकाे अडान सहि नै थियाे भन्ने देखाउन खाेजेकाे हाे त ? या माअाेवादी एमालेमा विलय भएकाे भन्ने देखाउन चाहन्छ । एमाले नेता तथा पार्टी एकता संयोजना समितिका सदस्य वेदुराम भुषाल याे भाषामा पुरै सहमत छैनन् तर उनी भन्छन्, एकले अर्काेकाे अस्तित्व स्विकार गरेर नै पार्टी एक हुन लागेकाे हाे । हामीले माअाेवाद बिचारलार्इ महाधिवेशनसम्म बहसमा लैजाने भनेकै छाैँ, जहासम्म उहाँहरुले गरेकाे १० बर्षे शसत्र युद्धकाे कुरा छ हामीले माअाेवादी युद्ध भनाैँ भनेका हाैँ । किन की त्याे उहाँहरुले गरेकाे युद्ध हाे नी त । यी बिषय छिट्टै टुङ्गिन्छ । यहाँ इतिहासकार इरफान हविव को भनाई सान्र्दभिक देखिन्छ । उनी भन्छन्, ‘तपाई इतिहासलाई फेर्न सक्नु हुन्न् । तथ्यलाई सृजित गर्नु हुन्छ भने त्यो इतिहास नभै कल्पना मात्र हुन्छ’ । इतिहासका निर्माता र अगुवाको अहिले जेजस्तो भूमिका भएपनि नेपाली राज्यसत्ताको रुप, गुण र आधारभूत चरित्र नै फेर्ने जनयुद्धलाई पक्षधरताका आधारमा न्यूनीकरण, विषयान्तर वा विभत्सिकरण गर्न सकिएला तर खारेजै गर्न भने सकिँदैन् । हुने, गर्ने, देखिने र बोल्नेको अन्तरविरोध अहिलेको एमाले र माओवादी पार्टी एकताको मुख्य समस्या हो । जनयुद्ध रूखको फल गणतन्त्र, संघीयता, धर्मिनरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखको इतिहासलाई बिर्सिदिने भन्ने हुँदैन । यो वा त्यो नाममा आफ्नो बर्चस्व कायम राख्न खोज्नु राजनीतिमा स्वभाविक पनि होला तर इतिहासकार इरफान हविवकाे भनार्इलार्इ अाधार मान्ने हाे भने माओवादी र एमालेसँग इतिहासको रक्षा गर्नैपर्ने बाध्यता छ । अन्यथा विगतमा कम्युनिष्ट आन्दोलन टुटफुटमा रमाएको भुल्नु हुँदैन । एमाले माओवादी एकता भनेको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने भनिरहँदा त्यसले अर्को रुप लिन पनि सक्छ । जनयुद्ध रूखको फल गणतन्त्र, संघीयता, धर्मिनरपेक्षता, समावेसी र समानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखको इतिहासलाई बिर्सिदिने भन्ने हुँदैन । यो पनि भुल्नु हुँदैन । किरण, विप्लब जनयुद्धको विरासत र झण्डा ढल्न दिँदैनौ भन्दै अभियानमै छन् । चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्न पुगेकाे छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपा समेत सहभागी भएका छन् । हुने, गर्ने, देखिने र बोल्नेको अन्तरविरोध अहिलेको एमाले र माओवादी पार्टी एकताको मुख्य समस्या हो । चारवटा वामपन्थी समूहले गठबन्धनको घोषणा गर्दै आगामी दिनमा पार्टी एकीकरणका लागि छलफल गर्दै अघि बढ्ने निर्णय समेत गरिसकेका छन् । चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी बैशाख ३ गते चार पार्टीको आयोजनामा राष्ट्रियतासम्बन्धी अन्तरक्रिया गर्ने सार्वजिक गरिएकाे छ । एकातिर ठूलो बनाउने भनिएको एकिकृत कम्युष्टि पार्टीमा जनयुद्धलाई लिएर शाब्दिक मतभेद देखिएको छ भने अर्को तिर जनयुद्धको विरासत र झण्डा ढल्न नदिने भन्दै अगाडि बढिरहेको किरण, विप्लब नेतृत्वको गठबन्धनमा जनयुद्ध नलडेका साना पार्टीहरु पनि एकतृत हुँदै गएका छन् । कुनै पनि सशस्त्र संघर्ष ३ वटा विन्दुमा पुगेर टुंगिने गरेकाे पार्इन्छ । जस्तो– त्यो दब्यो वा असफल भयो भने त्यो अपराध वा आतंकवाद ठहरिन्छ । दुवै पक्षको नाक र साख जोगाउँदै जित–जितको सम्झौतामा पुगेर टुंगियो भने त्यो सफल ठहरिन्छ । यदि त्यो सशस्त्र बलका आधारमा राज्यसत्ता कब्जा गर्यो भने त्यो तत्कालका लागि पुरै क्रान्ति ठहरिन्छ । वि.स. २०६२ मंसिरमा ७ दल र माओवादीबीच भएको १२ बुँदे समझदारी अनि जनआन्दोलनको सफलतापछि २०६२/६३ को जनआन्दोलनको जगमा सुरु भएको शान्ति प्रक्रियाका कारण जनयुद्ध पनि सफल भएको ठानियाे । भलै केहिले यसलार्इ गतल भनिरहेकै छन् । तर जनयुद्ध आत्मसमर्पण गरेर सकिएकाे त थिएन । यसलार्इ राजनीतिक दलहरुले यहि रुपमा बुझ्दा सहि ठहरिएला ।

दिल्लीमा नघोप्टियोसः शिल्ली राष्ट्रवाद

‘आँच्याई ! प्रचण्ड त पुरमपुर लम्पसार परे !’ सुम्पिए, बुझाए, भ्याए ! नेपालको अस्तित्व नै खतरामा पारे ! नेता होस् त केपी ओली जस्तो राष्ट्रवादी !’ माथि उल्लेखित यी तिखा वाणीहरु वर्ष दिनअघि केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका प्रचण्डको दिल्ली भ्रमणका सन्दर्भमा एमालेका नेता–कार्यकर्ताहरुले प्रहार गरेका थिए । सार्वजनिक स्थान, औपचारिक तथा अनौपचारिक सभा, समारोह एवं सामाजिक संजालमा निकै खुराक बनाएका थिए यो विषय । भारतविरोधी अभिव्यक्ति दिएर रातारात राष्ट्रवादको उपाधि पाएका केपी ओली दोस्रो पटक पनि प्रधानमन्त्रीको कुर्सीमा आशिन त भए, तर उनैले लम्पसारवादीको आरोप लगाएका प्रचण्डबिना त्यो शुभ साइत जुर्न सकेन । प्रधानमन्त्री बनेपश्चात् ओली केही दिनमै पहिलो विदेश भ्रमणका रुपमा दिल्ली दौडाहामा निस्कदैंछन् । हाम्रो देशमा बेलाबखतका राजनीतिक घटनाक्रमले पनि नपत्याउने नतिजा दिन्छन् । उमेश बञ्जाडे विगतमा आरोप–प्रत्यारोपलाई उत्कर्षमा पुर्याउँदै परस्पर विरोधीको तथ्यांक प्रस्तुत गरेका प्रचण्ड र ओली अहिले सँगसँगै जोडिएर समाजवादको यात्रा तय गर्ने उदघोष गरेका छन् । अझ यसैभित्रको रोचक प्रसंग के भने– ‘ओलीलाई पहिलो पटक प्रधानमन्त्रीको स्वाद चखाएका उनै प्रचण्डले बीचमा सत्ताच्युत गराए र अहिले पुनः प्रचण्डकै साथ र सहयोगमै ओली अर्को पटक प्रधानमन्त्री बनेकाछन् ।’ सायद ‘राजनीतिमा स्थायी शत्रु हुँदैन’ भन्ने युक्तिको गतिलो उदाहरण हो, यो । हिजो प्रचण्ड नेतृत्वको सरकारविरुद्ध कुर्लिएकै भरमा राष्ट्रवादको पगरी गुँथेका एमाले नेताकार्यकर्ताहरु यसबखत मौनछन् । विगतमा भारतसँग गरिएका कतिपय सन्धि–सम्झौतामा केपी ओलीको पनि प्रत्यक्ष सहभागिता रहेको तथ्यांक हेर्दा र भारत विरोधी धारण पस्किएरै राष्ट्रवादको उपाधि पाएका अध्यक्ष ओलीको हुनै आँटेको दिल्ली भ्रमणबारे आम जनमानसमा समेत कौतुहलता र आशंंकाहरु जन्मिएका छन् । आशंका यो मानेमा कि २०५१ सालको मध्यावधि निर्वाचनमार्फत सत्तासीन भएपछि एमालेले नै रद्द गरेको अरुण तेस्रोको उदघाटन यसपटकको भारत भ्रमणकै क्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै गर्दैछन् । उतिबेला अरुण तेस्रो रद्द गरिएपछि भारतसँग महाकाली सम्झौता भयो । महाकाली सन्धि केपी ओलीकै अग्रसरतामा संसदको दुई तिहार्इ मतले पारित भएको हो । यसपटक दिल्ली भ्रमणकै क्रममा अरुण तेस्रो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले आयोजनाको यही चैत २४ गते संयुक्तरूपमा शिलान्यास गर्ने भएका छन् । हिजो सत्ताबाहिर हुँदा सडकदेखि संसदसम्म निकै जंगिएर अयोग्य भन्दै विरोध जनाएका मुद्दाहरु आज सत्तामा पुगेपछि एकाएक कसरी योग्य भएर एमाले सहजै राजी भयो त ? यो विषय भने अझैसम्म गर्भाशयमै छ । तथापि एमाले आफूलाई जिम्मेवार राजनीतिक दल ठान्दछ भने विगतमा किन विरोध गरियो र अहिले के का लागि सहमति जनाइयो भनी यी सवालहरुको यथोचित जवाफ आमजनतालाई दिन जरुरी छ। हिजो ‘तोइट ! प्रचण्ड पनि कहीं नेता हुन् ? हेर्नुस् न, कुनचाहिँ भूभाग बेच्नलाई दिल्ली गए ! भारतविरुद्ध सुरुङ्ग युद्ध गर्छु भन्नेहरुले संविधान संशोधनको नाउमा बिहारीहरुलाई अधिकार बाँड्ने भए । लौन नि, देशै भस्म पारे । देशका विभिन्न भागहरु दिल्लीलाई बुझाउन कस्सिएर प्रचण्ड दिल्ली गए’ भन्ने एमाले नेता कार्यकर्ताहरुलाई आज स्वयं पार्टी अध्यक्ष ओली नै संविधान संशोधन गर्न राजी भएर मधेसवादी दललाई समेत आफू नेतृत्वको सरकारमा समेटेर प्रधानमन्त्रीकालको पहिलो विदेश भ्रमण स्वरुप दिल्लिलाई छनोट गर्नुले पनि अलिकति असहजता महसुस पक्कै गराएको छ। जसले जता जोतोस्, तपाइँ सौभाग्य मान्नुस वा दुर्भाग्य, नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको शेषपछि प्रचण्डबिनाको राजनीतिक परिवर्तन हामीले कल्पनासम्म गर्न सकेनौं । उसो त जनयुद्ध शंख घोषपछिका वर्षहरुमा प्रचण्ड उतिका ओझेल परेका व्यक्ति भने होइनन् । पछिल्लो चरणमा विभिन्न कारणले माओवादी पार्टीको आकार घटे तापनि प्रचण्ड नेपाली राजनीतिको केन्द्रमै छन् । नपत्याए चुलिएको राष्ट्रवादलाई शक्तिमा पुर्‍याउन हरेकपल्ट कथित लम्पसारवादकै सहारा चाहिनु पनि प्रचण्डलाई स्वीकार नगर्नेहरुको अघि ‘कटु’ सत्यको रुपमा उभिएको वस्तुनिस्ठ जवाफ हो। धरातलीय यथार्थमा उभिएर वा नउभिएर एमालेले संकलन गरेको राष्ट्रवाद दिल्ली भ्रमणमा जाँदैछ । बेलाबखतमा सेतोलाई कालो दाबी गरेरै भएपनि आफु सत्य रहेको सनही बजाउने हाम्रो राष्ट्रवाद दिल्लीको स्वार्थ सिद्ध पोखरिमा पुगेर निथ्रुक्क नभिजोस । फेरि यसो भन्नुको तात्पर्य नेताहरुले भारत भ्रमण गर्नु नै गलत भन्न खोजिएको चाहिँ पक्कै होइन । चीन, भारत लगायतका छिमेकी मुलुकहरुसँग सुमधुर एवं मैत्रीपूर्ण सम्बन्ध हुनैपर्छ । कुटनैतिक पहलको लागि समयसमयमा दुई देशीय भ्रमण पनि आवश्यक छ, तर यसो भन्दैमा नेताहरुका व्यक्तिगत आकांक्षा पूर्ति गर्ने होडबाजीले विगतमा गरिएझैँ नेपालको राष्ट्रिय एकता, राष्ट्रिय सम्पदा, राष्ट्रियता र सार्वभौमिकतामा आँच पुर्‍याउने सम्झौताहरु गरिनुहुँदैन भन्ने आशय मात्रै हो । विगतमा धेरै शौभाग्यहरुलाई दुर्भाग्य बनाउन उद्धत यो राष्ट्रवादवाट आशा छ, फेरि पनि क्षणिक रसापानमा चुर्लुम्म डुबेर देश र जनतालाई वर्षौं पश्चाताप थमाउने कार्य हुने छैन। समग्रमा भन्दा यति भनौं कि- कसैका दबाब र प्रभावमा पर्दै उत्तेजनामा आएर राष्ट्रवादको अँठिलो मन सर्लक्कै नपग्लियोस । देशभित्र आफ्नै चतुर्‍याइँको डम्फु बजाएर नथाक्ने शिल्ली राष्ट्रवाद दिल्लीमा पुगेपछि, नघोप्टियोस ! नबहकियोस् र नपोखियोस !! उमेश बन्जाडे लमही दाङ, हालः क्वालालम्पुर मलेसिया

खुल्ला दिसामुक्तको नाममा अनियमितता, छानविनको माग

लहान, चैत २० । खुल्ला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुल्ला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला स्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ । घरघरमा शौचालय निर्माण गराई खुल्ला दिसामुक्त बनाउने बताएपनि जिल्लाका अधिकांश स्थानीय तहमा ४० प्रतिशत घरधुरीमा शौचालय निर्माण नै नभएपनि हचुवाको भरमा धमाधम खुल्ला दिसामुक्त घोषणा गरिएको छ । अधिकांश घरमा शौचालय नबनेका स्थानीय तहलाई समेत हतारहतार खुल्ला दिसामुक्त घोषणा गरिएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा व्यापक आलोचना भइरहेको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा उत्तेजक नृत्यको प्रर्दशन, सम्मान कार्यक्रम र बेलुकी राजमार्ग क्षेत्रदेखि सदरमुकामसम्म मदिरापानमै कार्यक्रम सीमित रहन पुगेको दलीलसहित त्यसको पनि छानबिन गर्न माग गरिएको छ । सप्तरीमा पूर्ण रुपमा चर्पी निर्माण नै नभएपनि धमाधम खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरु कामै नगरी जश कमाउने दाउमा मात्र सक्रिय देखिएका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरु निर्धारित अवधिमा खुल्ला दिसामुक्त हुन नसकेपछि कागजमै भए पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर जश कमाउन सरोकारवाला निकायदेखि जनप्रतिनिधिहरु समेत सक्रिय भएको देखिएको छ । सप्तरी जिल्ला मुलुकमै सबैभन्दा बढी दलित बसोबास भएको जिल्ला हो । यहाँका अधिकांश दलित परिवार न्यून भूमिवाला र अधिकांश भूमिहीन छन् । सन् २००४ मा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनले गरेको सर्वेक्षणअनुसार सप्तरीमा करिब ३६ हजार भूमिहीन र सुकुम्बासी परिवारको बसोबास छ । खासगरी सप्तरीका अधिकांश गरीब, पिछडिएका र उच्च जोखिमयुक्त वर्गका नागरिक सरसफाइको मूल प्रवाहबाट अझै बाहिर छन् । साँझ–बिहानको छाक टार्ने चिन्तामा रहेका यी भूमिहीन दलित समुदायसँग चर्पी निर्माण गर्ने ठाउँसमेत छैन । उनीहरु प्रायः सुकुम्बासीको रुपमा सार्वजनिक स्थल र झोपडपट्टीमा बस्छन् जहाँ चर्पी निर्माणलाई कानूनी मान्यता पनि छैन । बसोबासको प्रत्याभूतिसमेत नभएका कारण थप आर्थिक भार बनेको शौचालय निर्माण उनीहरुको प्राथमिकतामा पर्न सकेको छैन । दलित बस्तीहरुमा अझै शौचालयको पहुँच पुग्न नसकेपनि कागजी मिलानबाटै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा गरिएको पाइएपछि स्थानीय बासिन्दाले समेत आपति जनाएका छन् । “अधिकांश दलित बस्तीमा शौचालय बन्न सकेको छैन,” मधेशी दलित महासंघका अध्यक्ष समेत रहनुभएका राजविराज निवासी विशेश्वर रजक भन्नुहुन्छ – “सरकारी कामका लागि सिफारिश र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, फोटो खिचेर सामाजिक सञ्जालमा हालेर अपमान गर्ने जस्ता काम गरी शौचालय निर्माणमा बाध्य पारिएका कारण कतिपय दलित बस्तीमा शौचालयको निर्माण गरिए पनि त्यसको प्रयोग व्यवस्थित ढंगबाट भएको छैन ।” फलतः यसअघिसम्म खोला किनार र बाँसघारीमा हुने फोहर अब घरमै छताछुल्ल हुने अवस्था आएको उहाँको भनाइ छ । प्रायः अधिकांश वडाका थुप्रै घरमा शौचालय नभएपनि बोदे बर्साइन नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको भन्दै खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीहरुले गुनासो गरेका थिए । राजमार्गलाई छुने रुपनी गाउँपालिकाका अधिकांशको घरमा चर्पी नभएको र भएकाहरुसमेत खुल्ला क्षेत्रमा दिशा गर्ने गरेको स्थानीयवासी नै बताउँछन । रुपनी सदरमुकाम राजविराज प्रवेश गर्ने प्रवेश मार्ग पनि हो । त्यहाँ रहेको एक मात्र र्सावजनिक शौचालयको हालत पनि बेहाल छ । तर, उक्त गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । रुपनी गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छिन्नमस्ता गाउँपालिकासमेत खुल्ला दिसामुक्त घोषणा भएको छ । त्यहाँ प्रसिद्ध शक्तिपीठ रहेको छ । तर, त्यहाँ पनि सार्वजनिक शौचालयको अभाव छ । साताको प्रत्येक शनिबार र दशैँ अवधिभर नेपाल र भारतका दर्शनार्थीको घुइँचो लाग्ने छिन्नमस्ता मन्दिरको वरपर नै दिसापिसाव गर्न दर्शनार्थीहरु बाध्य हुन्छन् । यसैगरी, राजविराज नगरपालिकालाई पनि मापदण्ड पूरा नै नगरी खुल्ला दिसामुक्त घोषणा गरिएको छ । मधेसी चेतना समाजका अध्यक्ष तेजकान्त झाले एक प्रेस विज्ञप्ति जारी गरी जिल्लामा अहिलेसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबी गर्नुभएको छ । चालीस प्रतिशत घरमा शौचालय नै निर्माण नगरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्बद्ध सबैलाई कानुनी दायरामा ल्याउन समेत विज्ञप्तिमा माग गरिएको छ । अध्यक्ष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “खुल्ला दिसामुक्त अभियानका नाममा भएका क्रियाकलाप, सम्बन्धित गैरसरकारी संस्था र अनुगमनमा संलग्न पक्षलाई पनि छानबिनको दायरामा ल्याउन जरुरी छ ।” हचुवाको भरमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सभा आयोजना गर्ने र त्यस्ता कार्यक्रममा जनप्रतिनिधिसमेत सहभागी भएर वैधानिकता दिने काम भइरहेको भन्दै समाजको विज्ञप्तिमा त्यस्ता कार्य रोक्न माग गरिएको छ । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने हतारोमा गत बुधबार मात्रै पाँच नगरपालिका र दुई गाउँपालिकालाई एकैसाथ खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएपछि आलोचना अरु चुलिएको हो । यसरी खुल्ला दिसामुक्त घोषणा अभियानको व्यापक आलोचनापछि चैत १६ गते जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई समितिले कानूनी प्रक्रिया पूरा गर्न फागुन २१ गतेका लागि घोषणा सभा सार्ने काम भएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने योजनाअनुरुप समितिले गत शुक्रवार तीनदिने सूचना प्रकाशित गरेको थियो । सूचनामा कुनै समुदायमा शौचालय निर्माण नभएको वा खुलारुपमा दिसा गर्ने गरेको भए जानकारी दिन र त्यस्तो जानकारी प्राप्त नभए जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न बाधा नपर्ने उल्लेख गरिएको छ । समितिले जारी गरेको सूचना अर्थपूर्ण भएको जानकारहरुले बताएका छन् । शौचालय निर्माण र प्रयोगमा सम्बन्धित निकाय असफल भएको भन्दै आलोचना बढेपछि भविष्यमा आउन सक्ने अप्ठ्यारा रोक्न पहिले नै कागजी प्रक्रिया मिलाउन खोजिएको स्थानीय बासिन्दाको भनाइ छ । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीका सदस्य–सचिव तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले भने कागजी प्रक्रियाका लागि कार्यक्रम नसारिएको दाबी गर्नुभएको छ । कूल एक लाख १९ हजार ६८२ घरधुरीमा शौचालय निर्माण सम्पन्न गरी चैत १६ मा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना रहेपनि कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने विषयमा टुङ्गो नलागेकाले कार्यक्रम सारिएको प्रमुख यादवको भनाइ छ । राष्ट्रिय गौरवका कार्यक्रमहरु समयमै पूरा गर्नु राम्रो पक्ष भएपनि कामै नगरी जश लिन खोज्नु गलत रहेको सप्तरीका बुद्धिजीवीहरु बताउँछन् ।

विदेशमा आत्महत्या: बाध्यताको बहाना र संयमताको कमी

शुसान आचार्य/ वैदेशिक रोजगारीका लागि बिदेशिएका नेपालीहरु पछिल्लो समय विभिन्न कारणले आत्महत्याको बाटो रोज्न थालेको प्रष्ट देखिन्छ । सुखी जीवन बिताउने मिठो सपनालाई साकार पार्ने  उदेश्य राखेर बिदेशिएका नेपालीहरु मध्य कतिपय नेपालीले सवारी दुर्घटना र रोग ब्याधिका कारण आफ्नो प्राण त्यागेका छन भने कतिपयले चाहिँ विविध कारण देखाउदै मानसिक तनाव बाट मुक्त हुन नसक्दा आफ्नो ज्यान गुमाएका छन् । शुसान आचार्य अहिले विशेषगरी खाडिका देश युएई ,साउदी अरब, कुबेत, मलेसिया लगायतका देशमा दिनहुँ जसो आत्महत्याको बाटो रोज्ने नेपाली हरुको सङ्ख्या बढेको छ । पछिल्लो तथ्यांक अनुसार खाडीका देशमा मात्रै सयौं नेपालीले आत्महत्या गरेका छन ।यसको मुख्य कारण अपरिचित सम्बन्ध र धनको मोह नै हो भन्दा फरक नपर्ला । स्वदेशमा रोजगारीको अवसर नपाउँदा आफ्नो परिवार र आफन्त बाट टाढा रहि श्रम बेच्न विवश नेपाली श्रमिक हरुले आफ्नो पर्खाइमा बसेका परिवारका सदस्य हरुको याद लाई मन मस्तिष्कमा राखेर इमानदारी पूर्वक काम गर्न हो भने मात्रै पनि यी र यस्ता घटना हरुमा पक्कै केही कमी आउने थियो । घर परिवार बाट टाढा रहि बिरानो ठाउँमा श्रम गर्दै आएका नेपाली हरुले समयमा सम्यम्ता अपनाउन नसक्दा पनि आत्महत्याको सङ्ख्या बढेको पाइएको छ। जसरी पनि धन कमाउछु भन्ने एउटा मोह र घर परिवार अनि आफन्त नै बिर्सिएर वैदेशिक भुमिमा अपरिचित सम्बन्ध गाँस्न हतारिंदा आइपर्ने अर्को चुनौती आत्महत्याको बलियो कारण बन्न पुगेको छ । कसैसँग सामन्य चिनजान भएकै भरमा शारीरिक सम्बन्ध राखिहाल्ने र आर्थिक लेनदेन गरिहाल्ने बानीले अन्त्यमा सम्बन्धबाट टाढा हुँदा या आपसी असमझदारी बढ्दा पनि मानसिक तनावका कारण धेरैले ज्यान फालेका छन् । पछिल्लो केहि महिना भित्र मात्रै युएईमा अपरिचित सम्बन्ध राख्दा दुई नेपाली महिलाले आत्महत्याको बाटो रोजेका थिए । वैदेशिक रोजगारीमा प्रवेश गर्न बितिक्कै आफ्नो विगत बिर्सने बानी पनि धेरैको लागि घातक हुने गरेको छ । आफ्नो पारिवारिक अवस्थालाई सुधार गरी जिन्दगीमा केही खुसी सङ्गाल्न आएकाहरुले पनि आफ्नो आचरणलाई सुधार गर्न नसक्दा अन्त्यमा आफ्नो प्राण नै त्याग्नुपरेको तथ्य पनि लुकाउन सकिंदैन । आफ्नो पारिवारिक अवस्थालाई सुधार गरी जिन्दगीमा केहि खुसी सङ्गाल्न आएकाहरुले पनि आफ्नो आचरणलाई सुधार गर्न नसक्दा अन्त्यमा आफ्नो प्राण नै त्याग्नुपरेको तथ्य पनि लुकाउन सकिंदैन । त्यसो त सबैलाई चेतनाको कमी भन्न पनि मिल्दैन। विदेशमा आएपछि त्यहाको नियम कानुन, रहनसहन र अवस्थाबारे ढिलो चाँडो भएपनि सबैले ज्ञान हासिल गरेकै हुन्छन । यति हुदाहुँदै पनि आफुमाथि कुनै समस्या आइपरे कानुनी परामर्श र सहयोग लिन सक्ने बाटो नै छोडेर सुसाइट नोट, भिडियो क्लिप र सामाजिक संजाल मार्फत प्रचार गरेर आत्महत्या नै गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढ्दा सबैलाई चिन्तित बनाएको छ । स्वदेशमा रोजगारीको अवसर नपाउँदा आफ्नो परिवार र आफन्त बाट टाढा रहेर श्रम बेच्न विवस नेपाली श्रमिकहरुले आफ्नो पर्खाइमा बसेका परिवारका सदस्यहरुको यादलाई मन मस्तिष्कमा राखेर इमानदारी पूर्वक काम गर्ने हो भने मात्रै पनि यी र यस्ता घटनाहरुमा पक्कै केही कमी आउने थियो । तर यहाँ त पैसाको लागि आफुलाइ नै बिर्सिएर क्षणिक खुसीका लागि रमाउनेहरुको जमात देखिएको छ।  जसले पार्ने दीर्घकालीन असर भनेको  मानसिक तनाव अनि आत्महत्याको बाटो नै बनेको छ । -लेखक :प्रेस सेन्टर नेपाल युएई शाखाका सचिव हुन  ।