कांग्रेसबाट लोकतन्त्रलार्इ बचाऔं

नेपाली राजनीतिमा परिस्थिति अनुरुप एकले अर्कालाई नङ्ग्याउने र होच्याउने कुनै नौलोकुरो रहेन। अझ चुनावको समयमा त झन यो विषय उत्कर्ष मै पुग्ने गदर्छ। आफूले गरेका हरेक कुकृत्यबाट पन्छिन स्वयंलाई देशकै वरिष्ठ ठान्नेहरुपनि हदैसम्म तुच्छ भाषाको सनही बजाउन पछि पर्दैनन् । पैतलादेखि टुप्पिसम्मका अंगहरु सिरिङ्ग गर्ने घोषणा पत्र भट्याएर जनता फकाउन लालयित राजनैतिक दलहरुले विगतमा घोषणा पत्रमा लेखेका कति लाईन अक्षर पूरा गरे यतिबेला योसंग कसैलाई कुनै महत्त्व र चासो छैन ।

उमेश बञ्जाडे

तर राजनैतिक ध्रुवीकरणले गर्दा विगतका निर्वाचन भन्दा आउँदो निर्वाचन अल्लि रोचक र थप चासोको विषय बनेको भने पक्कै हो । दुई ध्रुबमा विभाजित वर्तमान नेपाली राजनीतिले एउटा आशलाग्दो पाटो देखाएको छ। त्यस्का बाबजुद सधैं बटारिएरै हिंड्ने दुई ठुला कम्युनिस्ट पार्टी कुम जोडाईले निरंतरता पाएमा देशको अन्योल ग्रस्त राजनीतिले फड्क मार्न सक्छ र निकासको मार्ग प्रशस्त गर्ने आशा पलाएको छ । र केही समय धैर्यताको आवश्यकता छ । यो वाम गठबन्धनले निरन्तरता पाएमा नेपालका ठुलाठुला मै हुँ भन्ने फटाह राजनीतिज्ञहरूलाई, ‘पानी पित्त छदाउन’ सक्नेछ। वाम गठबंधन यदि राष्ट्रकै हितमा केन्द्रित रहने हो भने सत्ता र भत्ताका लोभीपापी शासकहरुलाई पौरख देखाएरै पाहा झैँ पछार्न सक्नेछ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माग राख्दा टाउकाको मूल्य तोक्ने र जनताको छातीमा संगिन रोप्नेकै नेतृत्वमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएर नयाँ संविधान कार्यान्वयन हुनै लाग्नु पनि राज्यबाट उपेक्षित आम नेपाली र कम्युनिस्टहरुकै लागि गौरवान्वित विषय हो ।

४७ सालकै संविधान गजब छ भन्नेको हातबाटै नयाँ संविधान घोषणा गराउनु, सिंहदरबारको अधिकार कुनै हालतमा स्थानीय स्तरमा पुग्न हुँदैन भन्नेसँग कुम जोडेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माग राख्दा टाउकाको मूल्य तोक्ने र जनताको छातीमा संगिन रोप्नेकै नेतृत्वमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएर नयाँ संविधान कार्यान्वयन हुनै लाग्नु पनि राज्यबाट उपेक्षित आम नेपाली र कम्युनिस्टहरुकै लागि गौरवान्वित विषय हो ।

तर अहिलेको वाम गठबन्धन केबल एकदुई दिनको रमझम मात्रै भयो भने लामो संर्घषबाट प्राप्त भएका उपलब्धिमाथि निर्लज्ज पटकपटक मण्डारिने तुवाँलोले सखाप पारेर म कम्युनिस्ट हुँ भन्नेहरु भित्तामा पुग्ने निश्चित छ ।

नयाँ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता एवं समानुपातिक समावेशीता जस्ता विशेष मुद्दाहरुको माग राख्दा जनताका छातीमा संगिन घोच्ने र निधारमा गोली ठोक्ने उही नेपाली काङ्ग्रेस र उसैका रखैलहरुले आज कम्युनिस्ट एकताले लोकतन्त्र खतरामा छ भन्नू हाँस्यासपद मात्र नभएर एउटा् भद्दा मजाक पनि हो।

मुख्यत काठमाडौं को खाल्डोलाई मात्र नेपाल ठान्दै गगनचुम्बी महलमा पलेटी कसेर सिङ्गो नेपालमै हैकम चलाएका हुकुमी तानाशाहीहरु कम्युनिष्ट एकताबाट अल्लि बढिनै त्रसित एवं भयभित बनेका देखिन्छन । उनीहरु आतंकित हुनुपनि आम उत्पीडित समुदाय विजयी हुनु हो । सधैं ‘फुटाउ र राज गर’ को जाल बिछ्याएर राष्ट्रिय धुकुटीमा आहाल बस्नेहरु फगतमा सन्किएर कम्युनिस्ट एकताले अधिनायकवाद थोपर्छ भन्दै फुटेको थाल ठटाईरहेका छन् ।

वामपन्थी मेल वा कम्युनिष्टहरुको एकताले दुनियाँमा कतैपनि अराजकता र अधिनायकवाद लादेको छैन र होईन पनि । बरु समाजवादसँगै विकास र निकासका ढोकाहरु खुलेका छन् । वर्षौंसम्म अर्कैको पराधिनतामा कुँजियका मुलुकहरुले अपत्यरिलो रुपमा उन्नति गरेकाछन। आफ्नो बर्चस्व गुम्ने त्रासले चुक घोप्टे अनुहार लगाउँदै अरुलाई सराप्नेहरुले नैतिकता भए गाली गलौजको साटो विगतमा आफूले गरेका जनमुखी कार्यहरु देखाउँदा वा गरिएका गल्तिहरुको प्रायश्चीत गर्दा भविष्य उज्यालो देखिन्छ ।अन्यथा न आफूले गरि पुर्याउने न त अर्कैले गरेको देखिसहने प्रवृत्तिले राम्रो होइन । कसैलाई दबाउँछु भन्ने सोच्नु आफ्नै समाधिस्थल निर्माण गर्नु सरह नै हो।

हेक्का रहोस् यो त ‘कयौं सेता कमिजहरु रक्तमुच्छेल भएर प्राप्त गरेको एउटा स्वर्णीम व्यवस्था हो’ त्यसैले यो लोकतन्त्रका जन्मदाताहरुसँग न तर्सिउ, बरु यसलाई सिध्याउन गर्भमै पटकपटक घाँटी निमोठ्नेहरु बाट लोकतन्त्र बचाउँ।

नयाँ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता एवं समानुपातिक समावेशीता जस्ता विशेष मुद्दाहरुको माग राख्दा जनताका छातीमा संगिन घोच्ने र निधारमा गोली ठोक्ने उही नेपाली काङ्ग्रेस र उसैका रखैलहरुले आज कम्युनिस्ट एकताले लोकतन्त्र खतरामा छ भन्नू हाँस्यासपद मात्र नभएर एउटा् भद्दा मजाक पनि हो। वर्षौंसम्म सत्ताको डाडु पन्ह्यु समाउँदै आफ्ना सन्तानलाई राज्यको ढुकुटीबाट महँगा विदेशी यविश्वविद्यालयमा पढ्न पठाएर पचास लाख बढी देशका युवा जनशक्तिलाई खाँडीको बालुवामा रन्थनाउने नेपाली कांग्रेसले अब पनि अवसर दिनुस, समृद्धि ल्याउँछु भन्नू मसान घाटमा सल्काएको मान्छे फर्किएर घरमै आउँछ भन्ठान्नु झैँ हो । लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थाका जन्मदाताहरुको मेल देख्दा यहि परिबर्तित व्यवस्थाको घाँटी पटकपटक थिच्ने काङ्ग्रेसले लोकतन्त्र खतरामा परेको टिप्पणी गर्नुभन्दा आफ्नो लुटिखाने भविष्य धरासायी उन्मुख रहेको कहिले बुझ्नु ?

नेपाली गणतन्त्र, ‘पिपलको फेँदिमा तिन फन्को लगाउँदै अर्घ वा फुल चढाएर प्राप्त ग्रह शान्तिको प्रसाद होईन।

लोकतान्त्रिक गणतन्त्रलाई अरुबाट त्यति खतरा छैन जति नेपाली काङ्ग्रेस बाट छ। तिमिले सजिलै उच्चारण गर्ने यो ‘लोकतन्त्र’ कोशी बेचेर वा बिराटनगरको जुटमिल बेचेर आएको होईन । नत बाँसबारी छालाजुत्ता कारखाना बेचेर नै नयाँ संविधान आएको हो। विद्यमान अवस्थाको नेपाली गणतन्त्र, ‘पिपलको फेँदिमा तिन फन्को लगाउँदै अर्घ वा फुल चढाएर प्राप्त ग्रह शान्तिको प्रसाद होईन।’ हेक्का रहोस् यो त ‘कयौं सेता कमिजहरु रक्तमुच्छेल भएर प्राप्त गरेको एउटा स्वर्णीम व्यवस्था हो’ त्यसैले यो लोकतन्त्रका जन्मदाताहरुसँग न तर्सिउ, बरु यसलाई सिध्याउन गर्भमै पटकपटक घाँटी निमोठ्नेहरु बाट लोकतन्त्र बचाउँ। (दाङ स्याथी घर भएका बञ्जाडे वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन ।)

तालमेल सार्थक बनाउन धुम्बराही र पेरिसडाँडाको जवाफले पुग्दैन

निश्चय पनि दशौँँ दिशातर्फ फैलिएका विभिन्न तान्द्राहरुको तागत खासै रहदैँन तर ति तान्द्राहरुलाई मिलान गरि एक शक्तिशाली लठ्ठा बनाउन पक्कै सकिन्छ । अनि मज्जाले आफूले चाहेअनुसार प्रयोग गर्न पनि सकिन्छ । तर सवाल के छ भने तान्द्राहरुको कुशल मिलान/समायोजन हुन जरुरी हुन्छ । सवाल यो हुँदैन कि कुन तान्द्रा कुन लेखमा हुर्किएको, कुन ख¥यानमा हुर्किएको, कति घामपानी खाएको भन्ने । किनकी मुल कुरा लठ्ठा बनाउनु हो । कुनै पनि तान्द्राको हिसाब कम वा बेसी हुनै सक्दैन । लठ्ठामा सबै तान्द्राहरुको भुमिका एउटै हुन्छ । यहाँ कुनै कारणबस तान्द्राहरु मिलाउने क्रममा लठ्ठा निर्माताहरुले कुनै पनि तान्द्राहरुको भुमिकामा कमजोरी देख्नु वा मिलान वा समायोनमा चुक्नु कमजोरी गरियो वा नियतबस गरियो भने गम्भिर प्रकारको दुर्घटना हुन सक्छ । जसले पिङको रसलिला लिने मनुवाहरुको निमर्म जीवन लिला नै समाप्त हुन सक्छ । अशोक थापा आजभन्दा झण्डै ७० बर्ष पहिला माक्र्सवादी दर्शन शास्त्रबाट उत्प्रेरीत भई खासगरी सोभियत संघ, चिन र भारतमा संचालन भएका कम्युनिष्ट आन्दोलनहरुको प्रभावमा नेपालमा पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको कुरा सर्ववितिदै छ । त्यत्तिबेला कम्युनिष्ट पार्टीका सँस्थापकहरुले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र नै जारी गरेका छन् । थुप्रै पटक नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने उदेश्य राखेको पाइन्छ । तर खासमा कुनै पनि पार्टीले नेपालमा समाजवादको कुरा त परै जाओस् कम्युनिष्ट जनवादी व्यवस्थाको अनुभुति राष्ट्र र जनतालाई दिन सकिएन । जसको उदाहरण करिब ७० बर्षको कम्युनिष्ट आन्दोलनले देखाएको छ । हाल खासगरी माओवादी र एमालेको दृष्टिमा सामन्ती ब्यवस्था अन्त्य भई पुँजीवादी समाजवाद तर्फ निष्कर्ष निकालेको अवस्था छ । यसो गर्दा दुवै पार्टीको लक्ष्य र उद्देश्य समाान देखिन्छ । बाम तालमेल हुनुको कारण यहि होला । यसभित्र कुनै छलछाम र षड्यन्त्र छैन भने सम्भवत अवको बाटो मालेमाको उच्च प्रयोगसहित नेपाल र नेपाली चरित्र सुहाउदो समाजवाद स्थापनाको लागि गठबन्धन हुन जरुरी छदैँ छ । तर, नेपालमा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको यो करिब ७० बर्षको यात्रा टुट, फुट र गुटको इतिहास नै बन्न पुग्यो । यो चरणमा धेरैचोटी धेरै नेताहरुलाई पुष्पलालदेखि केशरजङ्ग रायमाझीहरु, मदन भण्डारी, मोहन बैद्य, प्रचण्ड आदि नेताहरुले थुप्रै चोटि गद्धार, सीआइडि, आतंकवादी, भारतवादी, युरोपवादी, चीनबादी, नश्लवादी, दक्षिण पन्थी, लम्पसारवादी, भाले न पोथी वादी, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रवादी लगायत सयौँ हामीले हामीलाई लगाएका निमर्म आरोपहरुले हामीलाई आज गिज्याइरहेका छन् । मलाई लाग्छ कि तत्कालिन अवस्थामा लगाइएका आरोपहरु आ–आफुले नेतृत्व गरेका पार्टी, समुह वा गुटले लिएको लाइनलाई सत्य सावित गर्न प्रयोग गरिएका तमाम खालका हतकण्डाहरु हुन भन्ने लाग्छ । चाहे त्यो गुलेली खेलाउन नजान्ने माओवादीहरुलाई सखाप पार्न सरकारको आडमा गाउँ बस्ति सहरका गल्ली गल्लीमा खोजी खोजी एमालेका नेता कार्यकर्ताले सुराकी गरेर माओवादी नेता कार्यकर्तालाई हत्या गरिएको पिडा होस्, चाहे माओवादीको सुराकी गर्यो भन्ने आरोपमा माओवादीले रुकुमका यदु गौतम लगायत एमाले कार्यकर्ता सफाया गरेको विगतको इतिहास होस् । गठबन्धनमा सामेल नेता कार्यक्रता भोटरलार्ई समेत माथि उल्लोखित पिडाले पोलिरहेको छ । घोचिरहेको छ । यो वर्तमान सत्य नै हो । खासगरि शान्ति प्रक्रिाया स्थापना पछि एमाले माओवादीले एक अर्कालाई गरेका वैमानिहरु खासगरि कटवाल, पशुपति, राष्ट्रपति प्रकरणमा बेहोरेका निकै पेचिला पिडाहरु माधव नेपालको नेतृत्वमा रहेको सरकारले गरेका प्रतिगमनकाारी कदम र पछिल्लो स्थानिय निर्वाचन २०७४ रेणु जिताऔँ देखि देवी हराऔँ लगायत माओवादीले एमालेमाथि एमालेले माओवादीमाथी गरेको ब्यवहारको पिडाका भुतहरुले प्रचण्ड, केपी ओली, माधव नेपाल, बादल हरुलाई दिउसैँ झसङ्ग, झसङ्ग झस्काईरहेका छन् । हामी कार्यक्रताहरुको त कुरै छोडौँ । विभिन्न निर्वाचनको समयमा गाउँ घर शहर बजार र कुनै ब्यक्तिहरु खाली छैन् । कोहि चोखो छैन कि माओवादीले एमाले कार्यकर्ताहरुलाई र एमालले माओवादी कार्यकर्तालाई दिएका साना साना तर निकै पेचिला दर्दनाक पिडाहरुले एक अर्कालाई पिरोलि नै रह्यो । यहाँसम्म कि आज काका भतिजाा बिच, सासु बुहारी बिचमा बोली बाराबार छ । कहाँबाट कस्ले कसलाई के भनेर सिध्याउने उद्धेश्यले घाट थापेर बसिरहेको अर्को सत्य कुरा हो । अब बाम तालमेलको उद्देश्यलाई सभ्य रुपमा सफल र सार्थक बनाउन हामिले माथि उल्लेखित कुराहरुको जवाफ धुम्बराहि, पेरिसडाँडा, बालकोट वा लाजिम्पाटको कोठामा दिएर पुग्दैन । तसर्थ जवाफ विद्युतिय गतिमा छिटो भन्दा छिटो जवाफ तिन करोड नेपाली जनतालाई चित्त बुझ्नेगरि दिन नसकिएतापनि दसौँ लाख दुवै पार्टीमा रहेका पार्टी सदस्य र मतदातालाई दिनैपर्छ । यदि विषयवस्तुको गहिराईमा नपुगी बिच बाटोमै भजन किर्तन गाउने हो भने यो तालमेल भजन किर्तनमै सिमित रहनेछ । माथी चर्चा गरिसकिएको छ कि गाउँ गाउँ बस्ति बस्तिमा कुँडएका, थिचिएका तथा भाँचिएका करोडौ भावनाहरुलाई सहि समयमा मिलान गर्न र भावनात्मक सम्बन्धमा सबैलाई सबै प्रकारका आत्मसम्मान हुने विधि खोजि गरिएन भने यो बाम तालमेल एक दुःखद परिकल्पना हुन सक्दछ । यो विषयमा गठबन्धन भित्र रहेका सबै पार्टीका नेता कार्यक्रताहरुले गम्भिरतापुर्वक लिनैपर्छ । मन बचन कर्म सहि समयमा सहि ढङले मिलाउन सकिएन भने यसको फाइदा तेस्रो पक्षले लिने गठबन्धनका लागि निकै तितो सत्य हो । बाम गठबन्धनको उदेश्य पुरा गर्न: १. एकैमञ्चबाट संयुक्त सम्बोधन गरौँ । २. एउटै टिम बनाएर चुनावी प्रचारमा जाऔँ । ३. एउटै संयुक्त चुनाव परिचालन कमिटी बनाउने ४. एकअर्कालाई संयुक्त रुपमा भोट मागौँ । ५. विगतका कमि कमजोरीहरुको सकारात्मक ढङ्गले पुनरमूल्याङकन गरौँ । ६. एक अर्कामा रहेको असल सँस्कृतिलाई अनुशरण गरौँ, गलत आचरण र सँस्कृतिको आलोचना गरौँ । ७. कला क्षमता र लगनशिलताको सम्मान गरौँ । ८. २००६ सालदेखि अहिलेसम्मको आन्दोलनमा प्रयोग भएका वर्ग संघर्षका विधि प्रक्रियाहरुलाई वर्ग संघर्षका कडिका रुपमा दिने र मुलत जनवाद, समाजवाद हुँदै साम्यवाद सम्म पुग्न प्रयोग गरिएका प्रतिनिधि संघर्षहरुको कडिको रुपमा लिनुपर्छ । अन्त्यमा समृद्ध राष्ट्र, समाजवादी राष्ट्र, स्वास्थ्य, शिक्षा, रोजगारीले सम्पन्न भएको राष्ट्र निर्माण गर्न इतिहासले नेपाली कम्युनिष्टहरुलाई दिएको यो सुनौलो मौका हो । यसमा कोहि नचुकौँ । कोहि नझुकौँ । (लेखक थापा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य हुन ।)

बाबुराम भट्टराईका धेरै गल्तीले नारायणकाजीलार्इ जिताउँदैछ !

अखण्ड श्रेष्ठ/ प्रतिनिधि सभाको निर्बाचनका लागि बामगठबन्धन बाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश” र नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा उत्रिए सगै गोरखामा यतिबेला सवैको ध्यान केन्द्रित भएको छ । क्षेत्र नम्बर २ का जनता कसलाई भोट दिने कसलाई नदिने भन्नेमा अन्यौलमा परेका छन् । एकातिर पटक–पटक अबसर लिएर गोरखाका लागि थोरै भए पनि बिकास निर्माणमा थालनी गरेका डा. भट्टराई उमेद्वार बनेका छन् भने अर्को तिर तिनै भट्टराईले सधै गोर्खा प्रबेश गर्न सारा बाहुबलको प्रयोग गर्ने गरेका श्रेष्ठ यति बेला उनी संगै चुनावी मैदानमा उत्रिएका छन् । यसपटकको निर्वाचनमा जिताएर पठाएपछि मात्र गोरखाको बिकासका लागि श्रेष्ठले गरे या गरेनन् भन्ने अधिकार हामी संग हुनेछ । मत हालेर बिजयी गराए पछि मात्र श्रेष्ठको अग्नि परिक्षा गोर्खाली जनता लिन पाउनेछन् । यी दुई प्रतिस्पर्धी बिचको चुनाबी भिडन्तले सायद देशभरका अन्य निर्वाचन केन्द्र ओझेलमा पर्ने पक्का जस्तै भएको छ । गोरखा क्षेत्र नम्बर २ का जनता यतिबेला कुन उम्मेदवार गतिलो हो भन्नेमा अहिले दुबिधामा परेका छन् । नारायणकाजी श्रेष्ठ गोर्खाली जनताको लागी काम गर्न अबसर नपाएका नेता हुन् । उनले गोर्खाली जनताको लागि राम्रो काम गर्ने अबसर त पाएनन नै तर उपप्रधान तथा परराष्टमन्त्री हुदाको जिम्मेवारी हेर्दा उनि नेपालका अहिलेसम्मका परराष्ट्रमन्त्रीहरु मध्ये अब्बल पराराष्ट्र मन्त्रीका रुपमा चिनिन्छन् । श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुदा दुई छिमेकी मुलुक संगको शक्ति सन्तुलन र परराष्ट्र नितिलाई बलियो बनाउन पहल गरेको बिश्लेषकहरुको तर्क छ । द्धन्दबाट भर्खरै शान्ति प्र्रक्रियामा आएको तत्कालनि नेपाल कम्युनिष्ट पार्टी माआबोदीले सत्ता सम्हालेपछि असन्तुष्ठ केही अन्तराष्ट्रिय समुदायलाई नेपालको शान्ति प्रक्रियाकै धारमा ल्याउन त्यति सजिलो थिएन तर पनि श्रेष्ठले त्यसलाई सरल र कुटनैतिक ढंगबाट जिम्मेवारी बहन गरे । देशको अन्तरास्ट्रिय कुटनैतिक सम्बन्ध सुधार्न तिर श्रेष्ठ लागे भने गोरखाको बिकास निर्माण र योजना तर्जुमाका लागि गोर्खाली जनताले नै जितायर पठायका भट्टराई (तत्कालिन आफ्नै पार्टी भित्रका नेता) राजनितिको केन्द्रमा थिए । त्यसकारण गोर्खाको बिकास जसले गरेपनी एउटै पार्टीको लिडर हो भन्ने भ्रममा श्रेष्ठ परे । तर जब भट्टराईले चुनाब जिते उनी गोर्खाली जनताको बिकासको अपेक्षालाई लात हानेर आफ्नो ब्यत्तिगत बिकास र स्वार्थ खोज्दै हिंड्न् थाले ।  भट्टराईको त्यस्ता धेरै गल्ती गरेका छन जुन अहिले गोेर्खाली जनताले चोहर पनि माफी दिने ठाँउ छैन । फलत बि.स २०७० को निर्बाचन पछि गोरखा क्षेत्र नम्बर १ जनताले आफैलाई धिकार्ने बाहेक अरु बिकल्प रहेन । भट्टराईको आत्माकेन्द्रित जडसुत्रबादमा गोर्खाली जनता फस्न पुगे । त्यस लगतै नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले आफू सासद नभए पनि पुर्ब प्रधानमन्त्रीको हैसियतमा गोरखाको बिकासमा भुमिका खेल्ने ओठे अभिव्यक्ति दिदै हिडें । तर नयाँ शक्तिमा लागे पछि भट्टराईले गोर्खाका लागि बिकासमा सिन्को सम्म पनि भाचेनन बरु उल्टो बिकासका काममा कसरी जनतालाई दिग्भ्रमित पार्न सकिन्छ भन्ने तिर लागे । हुदा हुदा आफुलाई सबैभन्दा विकास प्रेमी नेता दाबी गर्ने भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा दोहोरो चरित्र देखाएर आयोजना निर्माणमा अबरोध खडा गरे । भट्टराईले एकातिर मुअब्जा वृद्धिको नाममा आफ्ना समर्थकलाई उचालेर आन्दोलन गर्न लगाए भने अर्को तिर आफु केन्द्रमा बसेर आयोजना बन्नु पर्छ भन्दै हिडे । भट्टराईको यहि दोहोरो चरित्रका कारण आज बुढिगण्डकी क्षेत्रका जनताले समयमा मुअब्जा बुझ्न पाएका छैनन् बरु उल्टै मुअब्जा बितरण गर्नुहुँदैन भनेर आन्दोलन गर्ने सरोकार समिति समेत अहिले मुअब्जा छिटो दे भन्दै आन्दोलनमा होमिनु परेको छ । आयोजना बन्ने नबन्ने आन्योलता त छदैछ । अनि बिकास निर्माणको काममा समेत राजनिती गर्ने नेता कसरी बिकास प्रेमी हुन सक्छ ? त्यति मात्र होइन उनी प्रधानमन्त्री हुदा “ देशलाई उनकै भाषामा मैले देशलाई जुवा खेले” भारत संग बिप्पा सम्झौता गरे जसको मुख्य उदेश्य नेपालमा बिदेशी लगानी भित्राउनु हो भने तर अहिले आयोजना निर्माणको ठेक्का चीनिया कम्पनीलाइ दिदा उनकै चर्को बिरोध किन ? के भारत बाहेकको देशको लगानी ल्याउनै नहुनी हो भने भट्टराईको भारत संगको सम्बन्ध के हो? अनि यिनले आफुलाई बिकास प्रेमी म हो भन्दा अब गोर्खाली जनताले कसरी पत्याउने ? हामी गोर्खालीले बौद्धिक र भिजन भएका गोरखाको नेता भएका हिसाबले भट्टराईलाई बिस्वास गर्दा उनले सासद पदबाट राजिनामा दिएर गोर्खाली जनताले रगत र पसिना संग साटेर जिताएको मतको अपमान गरे । के यिनले कहिलै जनता संग सोधँे या आफ्ना शुभ चिन्तक सग ? के भारत बाहेकको देशको लगानी ल्याउनै नहुनी हो भने भट्टराईको भारत संगको सम्बन्ध के हो? अनि यिनले आफुलाई बिकास प्रेमी म हो भन्दा अब गोर्खाली जनताले कसरी पत्याउने ? आखिर कसको इसारामा यिनले गोर्खाली जनताको रगत र पसिना संग साटिएकोे मतको अपमान गर्ने दुस्साहस गरे ? यो गौण प्रश्न बनेको छ । भट्टराईको त्यस्ता धेरै गल्ती गरेका छन जुन अहिले गोेर्खाली जनताले चोहर पनि माफी दिने ठाँउ छैन । बि.स २०५२ सालमा थालनी गरेको जनयुद्धमा गोर्खाली आमाका दर्जनौ छोराछोरीले प्राणको आहुती दिदै गर्दा यिनले भन्थे “ कम्युनिष्टले मात्र सर्वहारा वर्गको रक्षा गर्न सक्छ, सर्वहारा बर्गको राज्यसत्ता प्राप्तीका लागि यो हाम्रो लडाई हो त्यसैले बर्गदुस्मनलाई परास्त गर्न रगतको बलिदान दिन परे पनि हामी पछि पर्नुहुन्न ।” तर तिनै भट्टराई आज फेरीएका छन् र भन्छन “कम्युनिष्टहरुले सिन्द्धान्त माक्सबाद लेनिनबाद र माओबाद पुरानो भयो त्यसलाई समय सापेक्ष छैन ।” यदि त्यसो हो भने किन यिनै भट्टराईले हजारौ नेपाल आमाका छोराछोरीलाई बलिदानी दिन लगाए ? त्यसैले भट्टराईको झुटको खेतीलाई अब कसैले कदापी स्विकार गर्न सक्ने छैनन् । अब फेरि तिनै भट्टराईलाई काँध हामी कसरी थाप्न सक्छौ ? अर्को तिर श्रेष्ठले पनि गोरखाका लागि त्यस्तै कुनै महत्वपूर्ण काम त गरेका छैनन् नै तर यिनलाई भट्टराईलाई जस्तो काम गरेनन् भन्न हामि गोरखाली संग नैतिकबल छैन । किनकी यस अघिको २ पटकको निर्बाचनमा हामीले उनलाई मत हाल्न पाएनौ । दोस्रो संबिधान सभाको निर्वाचनमा त उनलाई पार्टीले कमजोर संगठन जहाँ थियो त्यही चुनाव लड्न पठायो त्यो पनि उनले भट्टराईको जिताउनका लागि सहर्ष स्विकार गरे । बलियो लालकिल्लामा पार्टीले भट्टराईलाई अबसर दियो । याद रहोस भट्टराईको बौद्धिकता र पिएचडीका आधारमा चुनाव जित्थे भने रुपन्देहीबाट किन पराजय भोग्नु प¥यो ? अर्को कुरा यिनै भट्टराईलाई सबिधान सभामा पार्टीले आबश्यक ठानेर २०७० को निर्वाचनमा २-२ ठाँउबाट चुनाव लडाएकै हो । तर यिनले त्यही पार्टीमाथी गद्धारी गरे । पार्टीलाई मात्र होइन जिताएर पठाउने हामी जनता माथी पनि सांसद पदबाट राजिनामा दिएर हामीलाई गद्दारी गरे । हामीले २÷२ पटक जिताएर पठाएकाले हामीलाई धोका दिएको पक्कै हो । यस कारण भट्टराईलाई अब न त कार्यकर्ताले नत जनताले कसैले बिश्वास गर्ने कुनै ठाउँ छैन । तर्सथ अबको प्रतिनिधि सभाको निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ का जनताले श्रेष्ठलाई रोज्नु उत्तम हुन्छ । श्रेष्ठ सच्चा, इमान्दार र कतव्र्यनिष्ठ नेता हुन् । यसपटकको निर्वाचनमा जिताएर पठाएपछि मात्र गोरखाको बिकासका लागि श्रेष्ठले गरे या गरेनन् भन्ने अधिकार हामी संग हुनेछ । मत हालेर बिजयी गराए पछि मात्र श्रेष्ठको अग्नि परिक्षा गोर्खाली जनता लिन पाउनेछन् र राम्रो गरे राम्रो र नराम्रो गरे नराम्रो भन्न पाउने छन् । याे पनि पढाैँ बाबुराम पोइल जान थालेको भन्दै गोर्खामा व्यापक असन्तुष्टि, जित्ने सम्भावना घट्दै मोही माग्ने ढुंग्रो लुकाउने !, विचरा बाबुराम ! गनगने अवसरवादी बाबुरामः आफूलाई भए ठीक, नभए सबै बेठीक १५ सीट नपाएपछि बाबुरामद्वारा बाम गठबन्धनबाट बाहिरीने धम्की  

सिनेमामा सेन्सरसिप

सेन्सर’ यो शब्दलाई स्रष्टाहरू मन पराउँदैनन् । सेन्सर भनेको प्रतिगमन, निषेध र छल हो । राज्यको आधिकारिकता जोगाउने नाममा व्यक्तिको अस्मितामाथि आक्रमण गर्ने हतियारका रूपमा लिइन्छ सेन्सरसिपलाई । पहिले यो व्यापक थियो । २०४६ को पहिलो राष्ट्रिय जनआन्दोलनपछि सेन्सर शिथिल भयो । त्यो आन्दोलनको प्रभाव थियो । जनआन्दोलनपछि बनेका कानुनले केही स्थूल कार्य गरे । छापाखाना जफत नगरिने, पत्रपत्रिकामा सेन्सरसिप नलगाइने, पत्रपत्रिकाको दर्ता खारेज नगरिने जस्ता प्रबन्धले स्थूल रूपमा स्वतन्त्रता प्रत्याभूत भयो, तर यसले सेन्सरको व्यवस्थालाई सदाकालका लागि खारेज गरेन । त्यसो गर्नु राज्यका लागि सम्भव पनि थिएन होला । राज्यका बारेमा चर्चा गर्दा नियन्त्रण राज्यको अमोघ अस्त्र हो भन्ने कुरा बिर्सिनु हुँदैन ।नेपालमा दुई ठूला जनआन्दोलन र अन्य कतिपय आन्दोलनका प्रत्युत नियन्त्रणको लगाम जारी छ । अहिले सेन्सर सिनेमामा छ । हिमाल एसोसिएसन्सका वसन्त थापा पन्ध्रौं किम्फको तयारीमा छन् । थापा भन्छन् स् ‘धेरै परिवर्तन भए पनि व्यवहारमा केही ‘अपरिवर्तनीय’ विषय राखेको हुन्छ राज्यले । सेन्सरसिप त्यही अपरिवर्तनीय विषय भएको छ नेपालमा । सत्तामा जो पुगे यसलाई कसैले परिवर्तन गरेनन् ।’ हो, वस्तु र विम्बमा थुप्रै परिवर्तन भए पनि मानिसका नैसर्गिक हक–अधिकारलाई कुण्ठित गर्ने शैलीमा परिवर्तन आएको छैन । विडम्बना कि जो अधिकारको प्रवक्ता हुन्छ ऊ नै नियन्त्रणको पक्षमा देखिन्छ । सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ? ७० वर्षको आधुनिक जीवनमा नेपालीले थुप्रै अपमानजनक निषेधहरू खेपेका छन् । छापिएका पत्रिका प्रेस वा बजारबाट उठाइएका छन् । लेखक, सम्पादकहरू थुनिएका छन्, तैपनि नेपाली बौद्धिक समाजमा विचलन आएको छैन । लामो संघर्षपछि आएको अहिलेको संविधान पनि बत्तीस लक्षणले युक्त छैन । थापा भन्छन्– ‘यो संविधानले पनि सिनेमाको गर्धनमा सेन्सरसिपको फाँसी झुन्ड्याएको छ । त्यो किन झुन्ड्याइएको हो कसैलाई थाहा छैन । अहिलेको समयमा सिनेमा सर्वव्यापी छ । टेलिभिजन सिनेमा हो । युट्युब सिनेमा हो । मानिसहरूको हातहातमा रहेका स्मार्टफोनहरू सिनेमा हुन् । छायाँ र छविको यो सर्वव्यापकतामा सेन्सरसिपको कुनै अर्थ छैन, तर सेन्सरसिप छ । हाम्रा सिनेमा निर्माता, निर्देशक, अभिनेत्री एवं अभिनेताहरूले यसको पीडा भोग्दैछन् । सरकारले सेन्सरबोर्ड गठन गर्छ । बोर्डका अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्छ । तिनीहरूलाई भत्ता दिन्छ । तिनीहरूलाई नै ३ करोड नेपालीको चेतनामाथि निगरानी राख्न लगाइन्छ । के राज्यले यसो गर्नु हुन्छ ?’ नेपालका सत्ता सञ्चालकहरू द्विविधामा छन् । देशको दायाँबायाँ दुवैतिरका समाजमा व्यापक सेन्सरसिप छ । उत्तरतिरको कुरै नगरौं, त्यहाँको राजनीतिक व्यवस्थाले सेन्सरसिपलाई आफ्नो अभिन्न अंग नै बनाएको छ । दक्षिणतिरको राजनीतिक व्यवस्था सेन्सरसिपका विरुद्ध भए पनि सरकारहरू त्यसका विरुद्ध छैनन् । त्यसैलाई नेपालका नेता तथा सरकार सञ्चालकहरूले उदाहरण बनाएका छन् स् सेन्सरसिप नचाहिने भए भारतजस्तो त्यत्रो लोकतान्त्रिक देशले खारेज गरिहाल्थ्यो नि † देशमा सेन्सरसिप छ तर सिनेमा निर्देशक, निर्माता, लेखक, अभिनेत्री, अभिनेता कसैले पनि यसका विरुद्ध जिउँदो आवाज उठाएका छैनन् । नेपाली चलचित्र निर्माताहरू अधिकारीहरूको आधिकारिकताप्रति आवश्यकताभन्दा वढी नै नतमस्तक छन् । वसन्त थापाका लागि किम्फको आयोजना व्यक्तिगत हिसाबले पनि आनन्ददायी हुन्छ । थापा सिनेमामा भन्दा पनि सिनेमा उत्सवको व्यवस्थापनमा रमाउँछन् । चुनावका कारण यो वर्ष किम्फको उद्घाटन हुने दिन सरेको छ दिसेम्बर १४ मा । वसन्तका लागि किम्फको आयोजना जति आनन्ददायक हुन्छ त्यत्तिकै कष्टकारी पनि । नियमको अधीनमा गयो भने किम्फमा देखाइने सबै चलचित्रको सेन्सर अनिवार्य हुन्छ । यति धेरै र यति विविध सिनेमा हेरेर त्यसको सेन्सर गर्नु मानवीय हिसाबले पनि सजिलो छैन । उदार लोकतन्त्रको फाइदा यही हो कि सञ्चार मन्त्रालयका अधिकारीहरूले किम्फ आयोजकहरूलाई नै विश्वासका आधारमा सिनेमा सेन्सर गर्ने अधिकार प्रत्यायोजन गरेका छन् । अलिकति भए पनि राहत प्राप्त भएको छ यसबाट । साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ । साहित्य, सिनेमा एवं कलाका क्षेत्रमा कार्यरत साथीहरूले सेन्सरसिपका बारे छलफल कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ । यस्तो छलफल कार्यक्रमको आयोजना नियमित रूपले गरिनुपर्छ । सेन्सरले दुख दिन थालेपछि मात्र त्यसमा ध्यान दिने वा चनाखो हुने हो भने परिस्थिति प्रतिकूल हुन सक्छ । भारतमा भारतीय जनता पार्टीले सरकार बनाएपछि सेन्सरको आतंक बढ्न थाल्यो । पहलाज निहलानी सेन्सर बोर्डको अध्यक्ष भएपछि उनले ‘संस्कारी’ सिनेमाको पक्षमा नारा लगाए । त्यसका विरुद्ध सिनेमाकर्मीहरू एकजुट भए । अन्ततस् भारतको केन्द्रीय सरकारले बाध्य भएर निहलानीलाई खारेज गर्‍यो । उनको ठाउँमा प्रसून जोशी आए । भारतमा सेन्सर बोर्डको आवश्यकताका बारेमा पनि प्रश्न उठ्न थालेको छ । नेपालको सिनेमा उद्योग सानो भए पनि सेन्सरका इस्युहरू जटिल बन्न थालेका छन् अर्थात् अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू चनाखो हुने बेला भैसकेको छ । साप्ताहिकबाट

लाेकेन्द्र बिष्टलाई खुला पत्र- ‘तपाई भागेर जाने स्वर्गद्वारी कतै छैन’

आदरणीय कमरेड लोकेन्द्र बिस्ट ज्यु, सम्मानजनक बधाई साथ नमस्कार छ। सर्वप्रथम पार्टीबाट बिदाई लिनु भो तर जनयुद्धको दोषि हुनुबाट तपाईं लाई बिदाई लिनु तपाई संग पुर्णतया हक छैन । किनकि तपाईं पनि जनयुद्धमा पुर्ण सहभागी हुनु हुन्थ्यो १७ हजार सहिद योद्धाहरू , शारीरिक छेतविछेद भएका अपांग योद्धाहरू अनि बेपत्ता योद्धाहरू र नागरिक हरुको अर्धकालिन यात्रा टुङ्ग्याएर तपाई पन्छिनु हुदैछ । तर पन्छिएर जानू कुन नैतिकताको राजनैति गर्नु भएको थियो ? के तपाईंको यो फैसलामा जनयुद्धको इतिहास ले सहजै माफी देलान् त ? तपाईंको यो फैसलाले कुन मौसम को वहार आउने छन् ? र सहजै निर्णय गर्नु भो ! अहिलेसम्मको राजनीतिक परिवर्तित अवस्थामा बाटो विसर्जन गर्नु खोज्नु हुदैछ तर तपाई ले विसर्जन गर्ने अधिकार जनयुद्ध को परिभाषा दिएर पार्टी त्याग्नु पाउनु सक्नु हुन्छ र ?  कदापि तपाईं संग अधिकार छैन नत्र ती सहिद योद्धाहरू , अपांग र बेपत्ता भएका योद्धाहरूको मुहाजा अथवा रगतको हिसाबकिताब दिनु होस होइन कागजमा पेन्सनले कोरिएका अक्षर हो भनेर मेटाउने प्रयास नगर्न आग्रह गर्दछौं । तपाईंलाई स्मरण होस हिजो मैले भाडा कुट्टी खेलेका थियौं दुई चारवटा खेलौना फुटेका थिए ,साथी रूने भो भनेर बजार बाट किनेर ल्याइदिन्छु भनी बचपनाई नगर्नु नै उचित होला तर खेलौना को खेल होइन हजारौं मान्छेको बलिदान हो झिनो कुरामा मनमटाव गरेर जनताको सामु दुधले नुहाएर पवित्र गौमाता बन्ने निधो नगर्नु पनि आग्रह गर्दछौ । तपाईं लाई यो पनि आधिकारिक निर्णय लिने हक छैन जो तपाईले सोचे जस्तो समाजमा चोखिने आधारभुत हैसियतले सोभनीयबाट बाहिर नै हुनुहुन्छ । आफ्नो पितृ सम्पत्तिमा हकदार अथवा अङ्स भण्डा मा त तलमाथि धेरै थोरै अर्थात अनुचित हुन्छन् भने यो त मुलुकको सान्दर्भिक विषय हो यसमा तपाईं जस्तो जिम्मेवार नेतृत्व तहका पात्रले पार्टी लाई मात्रै होइन ३ करोड जनसाधारण जनता लाई निमुखा बनाउनु हुदैछ । तपाईं ले अध्यक्ष प्रचण्ड ज्युलाई कठोर दोष लगाउनु भयो त्यो तपाईंको गलत महफिल हो २६ वटा असहमति दस्तावेज सञ्चारमाध्यम मा पेश गर्दै उर्दी गर्नु भो त्यो तपाई लाई एक क्रान्तिकारी युगपुरूषको चरित्र हत्या गर्ने सुपारी कुन दलालले दियो ? र तपाई संग असली प्रमाण छन् र ? आफ्नो सफाइ मा पार्टी परित्याग गरि कुनै ब्यक्ति को चरित्र हत्या गर्ने तपाई लाई कुन शक्ति ले परिचालित गरायो त्यो पनि भोलिका दिन दुध का दुध पानी का पानी हुने छन् । तपाईले दुध को साचि बिरालो लाई राख्नु हुदैछ हुन सक्छ तपाईंको दुध नै शुद्ध हो कि भन्ने प्रमाण हुन सकिन्न । तपाईं यो जनयुद्धको हिसाब किताब बाट कहाँ भाग्नु सक्नु हुन्छ र ?  भागेर कुन सिद्ध अक्षरमा सावित हुनु सक्नु हुन्छ र ? तपाईं ले जनयुद्धको एजेन्डालाई पन्छाएर ऋशिमुनि हुनु लज्जास्पद अर्धनग्न हुनु हो । तपाईं संग भाग्ने कुनै स्वर्गद्वारी छैन । तपाई १७ हजार सहिद योद्धाहरूको कठघरामा बन्दक हुनुहुन्छ । जनयुद्धको एजेन्डा , सहिद योद्धहरू, अपांग र बेपत्ता भएको नागरिक तथा योद्धाहरूलाई कुन शैली कुन नैतिकताले जवाफ दिँदै बन्नुहुन्छ र दिनुहुन्छ ? अरू आउने सन्देशमा अवगत गराउने छु । लाल सलाम जिन्दावाद । – यादव सुवेदी

नदीको भंगालोमा अलपत्र बाबुरामको सुरक्षित अवतरण

दशैंको रमझमबीच एमाले र माओवादी केन्द्र एकीकरण र चुनावी गठबन्धनले नेपालको राजनीतिमा भूँइचालो ल्याइरहेको बेला नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई यतैकतै ओझेलमा थिए । यो राजनीतिक भूँइचालोमा उनको कुनै नाम जोडिएको थिएन । एमाले र माओवादीको पार्टी एकीकरण र चुनावी गठबन्धन औपचारिक घोषणा गर्ने दिनपनि अन्तिममा नयाँ शक्ति अर्थात् बाबुराम जोडिन पुगे । राजनीतिमा कहिलकाहिँ नहिड्ने बाटो पनि हिड्नु पर्छ भनेजस्तै गत मंगलबार राष्ट्रिय सभागृहको हलमा ओली, प्रचण्डको छेउमा भट्टराई उभिन पुगे । छोटो गृहकार्यपछि एमाले–माओवादी गठबन्धनमा सहभागी भएपछि धेरैले प्रश्न गरे, के बाबुरामको राजनीतिक पुनरोदय भएको हो रु समय शक्तिशाली छ, निकट भविष्यमा त्यसको पर्दा खुल्ने छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त्यतिबेला केही निराश भए, जतिबेला स्थानीय तहको निर्वाचनमा उनको पार्टीले आशा गरेको क्षेत्रमा समेत हार खायो । गोरखाको पालुङटार नगरपालिकामा समेत हार खाएपछि भट्टराई केही चिन्तित् देखिए । आफूले अघि सारेको वैकल्पिक राजनीतिक धारका पक्षमा जनमत नदेखिएपछि अझ बढी चिन्तित् बनेका हुन् । समकालीन अन्य नेताभन्दा बढी चिन्तन्, मनन् र अध्ययनमा व्यस्त रहने भट्टराई स्थानीय निर्वाचनपछि निकै आत्मविश्लेषणमा लागेको हुनुपर्छ, आफूले अघि सारेको राजनीतिक धारले काम गर्छ कि गर्दैन रु यो प्रश्नले उनलाई निकै पिरोलेको हुनुपर्छ । माओवादीले २०५२ मा युद्ध सुरु गर्नेबेला त्यसको डिजाइनरमध्ये एक थिए, बाबुराम । त्यतिबेलै विद्यावारिधि गरेका अब्बल अर्किटेक्ट भट्टराईलाई पछ्याएर सयौ कार्यकर्ता ‘मार्न र मर्न’ हिडेका थिए, कार्यकर्ता । माओवादी युद्धका मुख्यगरी दुई रोल मोडल नेता थिए, प्रचण्ड र बाबुराम । सार्वजनिक रुपमा बाबुरामको छवि लोकप्रिय थियो भने पार्टीभित्र प्रचण्डको । नेता तथा कार्यकर्ता प्रचण्ड र बाबुरामको व्यक्तित्व देखेर ओइरिएका थिए । त्यसपछि अन्य नेताको भूमिका थियो । भट्टराईलाई धेरैले भन्छन्, ‘उनी नेताभन्दा डिजाइनर अर्थात् योजनाकार बढी हुन् ।’ माओवादी पार्टीमा रहदा उनले धेरै योजना डिजाइन गरे, प्रचण्डले उनको डिजाइनलाई अनुमोदन गरेपछि कार्यान्वयन अघि बढ्थ्यो । राजनीतिक रुपमा प्रचण्ड र भट्टराई सफल खेलाडी हुन् । त्यसैले त उनीहरु युद्धकालमा, ‘रुदारुदै हाँस्न र हाँस्दाहास्दै रुन सक्ने नेता भएका थिए ।’ कुनै बेला बाबुरामबिना माओवादी पार्टी कसरी अघि बढ्ला रु भन्ने प्रश्न उठ्थ्यो । स्वयं भट्टराईलाई पनि आफूबिना माओवादी कमजोर हुनेछ भन्ने लागेको थियो । बाबुराम अलग भएपछि त्यसको असर माओवादीमा कमै देखियो । युद्धकालको २०६० तिर प्रचण्ड र बाबुरामबीच गंभीर मतभेद भएको थियो । शान्ति प्रक्रियाम आइसकेपछि दुई नेताबीच करिब १० वर्ष मतभेद रह्यो । मतभेदबीच माओवादी पहिलो संविधानसभामा पहिलो र दोस्रो संविधानसभामा तेस्रो भयो । दुई पटक सरकारको नेतृत्व गरे पालैपालो । युद्धकालमा गुमाएको शक्ति आर्जन गर्न प्रचण्ड र भट्टराई शान्तिकालमा सफल भए । मुलुकमा गणतन्त्र स्थापना र संविधान जारी गर्ने बेलासम्म दुबै नेता मतभेदबीच एक ठाउँमा रहे, राम्रै गरे । संविधान जारी गरेकोमा दुबै नेतालाई जस जान्छ । त्यसपछि प्रचण्ड र बाबुरामको बाटो फाट्यो । संगै नारिएर माओवादी हाँकेका नेता आ–आफ्नो बाटो लागे । बाबुरामलाई लाग्यो, ‘देशको असल पार्टी बनाउँछु र माओवादीलगायत अन्यलाई चुनौती दिन्छु ।’ सन् २०१६ जुन १६ मा औपचारिक रुपमा नयाँ शक्ति पार्टी गठन गरी उनले अभियानको थालनी गरे । माओवादीको एउटा समूह र अन्य व्यक्तिहरुलाई समेटेर आर्थिक समृद्धिको मूल नारासहित गठन भएको पार्टी स्थानीय निर्वाचनमा गएर नराम्ररी ठोकियो । यदि उक्त पार्टीबाट बाबुरामलाई हटाउने हो भने निर्वाचन परिणामबाट पहिचान हुन नसक्ने अवस्थामा पुग्यो, जुन बाबुरामका लागि निकै तीतो यथार्थ हुन पुग्यो । एक हिसाबले माओवादीमा ‘रजगज’ गरेका उनलाई आफै पार्टी हाँक्दा कति गाह्रो हुँदोरहेछ भन्ने कुरा सायद यतिबेला बोध भएको हुनुपर्छ । आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीको निर्वाचन र पार्टी एकीकरण गठबन्धनमा उनी रहरले होइन, बाध्यताले सामेल हुन पुग्यो । यतिसम्म कि नयाँ शक्ति गठन गर्ने बेला दाहिने हातको रुपमा रहेका नेता देबेन्द्र पौडेलले ‘नयाँ शक्तिले गरिखाँदैन’ भन्दै करिब एक महिना अघि माउ पार्टी माओवादीमा फर्किए । ‘बाबुरामजीलाई हामीले ध्रुवीकरणका लागि त्यतिबेलै सम्झाएका थियौं, मान्नुभएन । अहिले सम्झनु भयो, राम्रो भयो’ नेता पौडेलले भने । कुनै बेला बाबुरामले एमालेलाई भनेका थिए, ‘एमालको लिङ्ग पहिचान भएको छैन ।’ उनले एमालेले आफूलाई कम्युनिस्ट दाबी गरेपनि त्यो नभएको भन्दै कटाक्ष गरेका थिए । भट्टराईको यो भनाइ निकै चर्चित भएको थियो– एमाले कुन लिङ्ग भएको पार्टी हो रु समयले यसरी कोल्टो फेर्‍यो कि अब आउने निर्वाचनमा बाबुराम त्यही एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उठ्दैछन् । एमाले र माओवादीको सहयोगमा उनले निर्वाचन जित्ने छन् । निर्वाचित भइसकेपछि उनी एमालेको ह्वीप अनुसार चल्ने अवस्था आाउने छ । यो संसदीय सामान्य परम्परा हो । उनले यो राजनीतिको यो काँचो ‘तीते करेला’ चपाउनु पर्ने छ । सामाजिक संजालहरुमा एमाले, माओवादीको ‘गठबन्धन’ मा बाबुरामलाई ‘बम्पर’ पर्‍यो भनेर टिप्पणी भइरहेको छ । टिप्पणी जे भए पनि नेपाली राजनीतिक परिदृश्यमा फेरि बाबुराम उदाएका छन् । उनले नयाँ शक्तिलाई पुनस् मूलधारमा समाहित गराएका छन् । विद्वान नेताको रुपमा चिनिएका उनको पछिल्लो चाललाई धेरैले वुद्धिमानी कदम भनेका छन् । माओवादीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिएका बाबुरामका लागि वामपन्थी ‘गठबन्धन’ मा सहभागी हुन रहर होइन, बाध्यता आइपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको सदासयताले बाबुरामलाई सहज अवतरण हुन सजिलो बनाइदियो । तर, उनका लागि आगामी दिन सकशपूर्ण हुनेछन् । माओवादीमा सँधै प्रतिपक्ष जस्तो रहेका उनका लागि एमाले–माओवादीभित्र अटाउने बाध्यताले सायद पिरोलिरहने छ । बाबुरामले भन्दै आएकफ वैकल्पिक राजनीतिक शक्तिको पाटो के हुनेरु प्रश्न उठ्न थालेको छ । उनले हाल बाटो बदलेको दाबी गरे पनि अन्ततस् ठूलो नदीमा साना खोला हराएजस्तो नयाँ शक्ति हुने छ । उनको वैकल्पिक राजनीतिक शक्तिको अवधारण जत अलपत्र परेपनि एमाले–माओवादीको गठबन्धनमा उनले पहिलो लाइन सीट भने पाइरहने छन् । कान्तिपुरबाट

माओवादी केन्द्र -एमाले विश्वास पनि ६० र ४० कै ?

डेभिड ढकाल ‘भुइँमान्छे’/ राजनीतिक वृत्त यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच पार्टी एकता वा चुनावी तालमेल भन्ने बिषयले तातिएको छ । एमालेका नेता माधवकुमार नेपालले माओवादी सँग ६०/४० को चुनावी तालमेल प्रस्ताव पेश गरे लगत्तै माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ले एमालेसँग पार्टी एकता नै गरेर जान सक्ने धारणा पेश गरेपछि यो बिषय सतहमा छताछुल्ल भएको हो । अझै माओवादी केन्द्रको सचिवालय बैठकले पनि पार्टी एकताको ढोका खुल्ला गरेपछि सामाजिक सञ्जालमा यसको पक्ष र बिपक्षमा विभिन्न मतहरु देखा पर्न थालेका छन् । चुनावी तालमेल होस् या पार्टी एकता, माओवादी कार्यकर्ता एमालेमा बिलिन हुन सक्दैनन् । सक्छन् एमालेलाई मालेमावाद भित्र छिराउनु । डेभिड ढकाल हुन त माओवादी र एमाले बीच पार्टी एकता तथा चुनावी तालमेलको बहस नौलो भने होइन । महान जनयुद्धबाट माओवादी शान्ति प्रक्रियामा प्रवेश गरे लगत्तै माओवादीले चुनावको निम्ति एमाले सँग ४०/६० गरेर जान प्रस्ताव गरेको थियो । त्यतिबेला आफूलाई शक्तिशाली ठानेको एमालेले त्यो प्रस्तावलाई अस्वीकार मात्रै गरेन, माओवादीको खिल्ली समेत उडाएको थियो । त्यसैगरी संविधान निर्माण पश्चात् केपी ओलीको सरकार निर्माण लगत्तै एकताको चर्चा चलेको थियो । एकता र ध्रुवीकरण को चर्चा बारम्बार चले पनि निष्कर्षमा भने पुग्न सकेको थिएन । संविधान निर्माण पश्चात् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले नयाँ संविधान कार्यान्वयनमा सिन्को समेत नभाचे पछि माओवादी केन्द्रले बाध्य भएर एमालेलाई थापिरहेको काध झिकिदिएको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ता बीच वाक युद्ध नै चलेको थियो । माओवादी केन्द्रलाई लम्पसारवादी को संज्ञा दिएर माओवादी विरुद्ध भ्रमको खेति गरेको एमालेले, ‘प्रचण्ड’ को नेतृत्वमा सरकार रहुन्जेल, माओवादी केन्द्रको बिरुद्धमा ठुलो भ्रम छरेको थियो । मुख्यतः एनजीओ,आइएनजीओबाट पालित पोषित एमालेलाई अझ भनै तिनका कार्यकर्तालाई जनता कसरी झुक्काउने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने कुराको उच्च तहको ज्ञान छ । यसैका कारण कतिपय माओवादी कार्यकर्ता र एमालेका कार्यकर्ता बीच पानी बाराबारको स्थिति समेत पैदा भएको थियो, छ । के यस्तो परिस्थितिमा एकता होला ? या तालमेल होला ? या दुवै नहोला ? त्यो भने हेर्न बाकी छ । मुख्यतः एनजीओ,आइएनजीओबाट पालित पोषित एमालेलाई अझ भनै तिनका कार्यकर्तालाई जनता कसरी झुक्काउने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने कुराको उच्च तहको ज्ञान छ । प्रचण्ड नेतृत्वको सरकार रहदा झुटहरुलाई सत्य झै बनाउदै जनतामा भ्रम फैलाउन खप्पिस बनेको एमालेलाई माओवादीका सोझा इमानदार कार्यकर्ताले मुकाविला गर्न सक्लान कि नसक्लान ? बेलैमा नेतृत्व पंक्तिलाई हेक्का रहोस् । एमालेहरुलाई जसरी पनि चुनावमा पहिलो हुनुपर्ने छ त्यहीँ रणनीति अनुसार यतिबेला माओवादीसँग तालमेलको प्रस्ताव ल्याएको बुझ्न गाह्रो नहोला ? सधैं माओवादी विरुद्ध बोलिरहने केपी ओली, प्रधानमन्त्रीको कुर्सीमा बसेपछि माओवादीको विरुद्धमा एक शब्द नओकलेको तपाईं हामी सबैलाई थाहा छ । अहिले पनि केपी ओली माओवादी विरुद्ध मौन रहनुले ‘दाल में कुछ काला है’ भन्नू गलत नहोला !  स्थानीय निकायको निर्वाचनमा पनि काङ्ग्रेससँग तालमेल गरेर अघि बढेको कतिपय ठाउँमा राम्रोसँग मत पाएपछि, माओवादी–काङ्ग्रेस गठबन्धन टुटाउन एमालेले यो अश्त्र फ्याकेको हुन पनि सक्छ ।  यतिबेला चर्चा चुनावी तालमेल को पनि छ ? तालमेल कै कुरा गर्ने हो भने पहिले विभिन्न दल तथा माओवादीले एमालेसँग गरिएको तालमेल कति प्रभावकारी भए अध्ययनको जरुरि रहला १ तत्कालीन संविधानसभा दुईको निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा करिव चार हजार सक्रिय सदस्य रहेको नेकपा एमालेका उम्मेदवारले जम्मा २२ सय मत प्राप्त गरेका थिए । आफ्नै उम्मेदवारलाई भोट नहाल्ने एमालेका कार्यकर्ताले भोलि माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मतदान गर्लान् भन्नू मुर्खता सिवाय केही नहोला ! झुट, भ्रम र छलछाममा खप्पिस एमालेले माओवादीसँग तालमेल र एकताको चर्चा चलाउनु माओवादी सिद्दाउने रणनीतिको रुपमा पनि लिन नसकिने भने होइन १ यतिबेला माओवादी केन्द्रले काङ्ग्रेससँग मिलेर सरकार चलाइरहेको तथा भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि काङ्ग्रेससँग तालमेल गरेर अघि बढेको कतिपय ठाउँमा राम्रोसँग मत पाएपछि, माओवादी–काङ्ग्रेस गठबन्धन टुटाउन एमालेले यो अश्त्र फ्याकेको हुन पनि सक्छ । चुनावी मुखमा तालमेल र सुर्य चिह्नको चर्चाले गर्दा पार्टी एकता विना नै थुप्रै माओवादीको भोट एमालेलाई जाने खतरा पनि पैदा भएको छ । आफ्नै उम्मेदवारलाई भोट नहाल्ने एमालेका कार्यकर्ताले भोलि माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मतदान गर्लान् भन्नू मुर्खता सिवाय केही नहोला ! पार्टी एकता नै भयो भने, एमालेले यतिबेला प्रचण्डलाई अध्यक्ष बनाउन राजी नै होला, त्यसपश्चात तत्काल महाधिवेशन गरेर माओवादी पन्छाउने रणनीति एमालेको नहोला भन्न सकिन्न । चुनावी तालमेल होस् या पार्टी एकता, माओवादी कार्यकर्ता एमालेमा बिलिन हुन सक्दैनन् । सक्छन् एमालेलाई मालेमावाद भित्र छिराउनु । चुनाव चिह्न पनि गोलाकार भित्रको हसिया हथौडा नै राख्नु, पार्टीको नाम नेकपा माओवादी राखेर अघि बढ्नु, होइन भने नेतृत्व पंक्तिको भजन गाउदै, एमालेकरण हुन हामी जस्ता युवालाई उपयुक्त हुदैन र गर्दैनौ पनि ।

प्रचण्ड र केपी प्रेम सम्बन्धमा !

विकाश गायक यति बेला नेपाली राजनैतिक वृतलाई बाम ध्रुविकरण अझ भनौ, बाम एकताको चर्को बहसले च्वात्तै पोलेको छ। वर्तमान नेपालका दुई ठुला कम्युनिष्ट शक्ति एमाले र माओवादीबीचको यो ध्रुबिकरण बिल्कुल स्वाभाभिक छ किनकी चुनावी रणनीति भनेको जोसँग मिल्दा बढी भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ उसैसँग मिल्ने नै हो, चुनाबमा प्रधान कुरा नतिजा नै हुन्छ ।  हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने  दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाब भन्दा धेरै अघि सम्म बढ्नेमा शंका छ।  अन्य सबै कुरा सहायक नै हुन्छ । गएको स्थानीय चुनावले के देखाउछँ भने जुन ठाउँमा माओवादी र एमाले मिलेर चुनाव लडे ति ठाँउ प्राय जितेका छन्। हिजोसम्म एक अर्काको उछितो काट्दै हिँडेका यि दल आज अङ्गालोमा कसिएका छन् र यिनका नेताहरु केपी अाेली र प्रचण्ड स्वार्थ सहितको प्रेम सम्बन्धमा छन् । विकाश गायक हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने यि दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाव भन्दा धेरै अघि सम्म बढ्नेमा आम कम्युनिष्ट शुभेच्छुकलाई भन्दा यिनीहरुलाई नै बढी शंका छ। हिजो एक अर्कालाई टाउकाको मुल्य तोक्दै सिध्याउन हिडेका शेरबहादुर र प्रचण्ड मिल्न सक्छन् भने प्रचण्ड र केपी मिल्नु धेरै आश्चर्यको बिषय रहेन, भएन। अहिलेको यो ध्रुविकरणबाट अन्य साना दल बाहेक एमाले र माओबादीले ६० र ४० प्रतिशत सिट सुरक्षित गर्न खोजेका हुन्, त्यो भन्दा अरु खासै ठुलै त्याग यिनीहरुले गरिहाल्ने देखिदैन, किनकी सबैलाई ठाम चाहिएको बेला भन्ने चाँही ‘बाम–बाम’ हो, नत्र त मै खाम, मै लाम नै हो । कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो आम कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। जहाँसम्म पार्टी एकताको सवाल छ, टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो, त्यसैले पहिला मानसिक र भावानात्मक रुपमा एकता गराउन यो एकताको बिषयलाई अलि चाहिने भन्दा चर्को रुपमा उठाइएको हो। खासै मन नपरे पनि पेपर म्यारिज गरेर अष्ट्रेलिया छिर्ने अनि उता पुगेपछी डिभोर्स गरेर आफुले मन पराएकी केटी वा केटासँग बिहे गरेर घरजम गर्ने आम नेपाली युवाहरुको अहिलेको परिवेशलाई चुनाबसम्म ध्रुबिकरणलाई जसो–तसोसँगै लाने, ६० र ४० पाएपछि पनि मनपरेसँगै बस्ने, नपरे आ–आफ्नो बाटो छँदैछसँग तुलाना गर्न सकिन्छ । यी सबै हुँदा हुँदै पनि मिल्नु जत्तिको आहा १ नमिल्नुमा चाँही छैन, हुँदैन। फेरी पनि बृहत रुपान्तरण सहितको कम्युनिष्ट एकतालाई आजको आवश्यकताको रुपमा नर्कान भने सकिन्न। अन्त्यमा, यता बाम ध्रुबिकरण सँग–सँगै उता कांग्रेस लगायत अन्य लोकतन्त्रीक घटकको ध्रुबिकरणले आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ । यि सबै ध्रुविकरण राष्ट्रको हितको लागी हुनसके वास्तवमै यिनीहरुको औचित्य सिद्ध हुनेछ । 

यसकारण चल्यो एकताको बहस, यी हुन बस्तुगत आधार

वर्ष दिनअघि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो । इतिहास र घटनाक्रमले असम्भवजस्ता देखिएका विषयलाई पनि सम्भव बनाई दिन्छ ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाललगायत बामपन्थी एवं अग्रगामी शक्तिबीच पार्टी एकता हुने भएपछि राजनीतिक बजार तातेको छ । यस लेखमा पार्टी एकता र चुनावी तालमेलबारे भएका प्रयास र गरिएका आधारभूत सहमतिबारे संक्षिप्तमा केही कुरा उल्लेख गरिनेछ । एमाले र माओवादीबीच एकताको चर्चा नयाँ पक्कै होइन, ०६४ सालमा सम्पन्न माओवादीको कामीडाँडा बैठकले नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने सर्तमा बृहत् बामपन्थी एकताको प्रस्ताव पारित गरेको थियो । साथै, जनयुद्ध, जनआन्दोलन, वार्ता र कूटनीतिलाई नेपाली क्रान्तिको नयाँ कार्यदिशाका रुपमा संश्लेषण गरेको थियो । तर, तत्कालीन एमाले नेतृत्व त्यसमा सहमत नहुँदा माओवादी प्रस्तावले सार्थकता पाउन सकेन । आज चलेको एकीकरणको बहसलाई त्यसैको राजनीतिक निरन्तरता मान्न सकिन्छ । दुई पार्टीबीच एकताको बहस धेरैका लागि अप्रत्यासित लाग्नु स्वाभाविक नै छ । कांग्रेस(माओवादी गठबन्धन कायम रहेको, स्थानीय तहका तीनै चरणका चुनावमा तुलनात्मक रुपमा कांग्रेस र माओवादीबीच तालमेल रहेको, एमाले र माओवादीका नेताहरु बीचमा मात्रै नभएर समर्थनसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको पृष्ठभूमिमा एकाएक एकताको प्रयास अप्रत्यासित लाग्नुलाई अन्यथा मान्न सकिन्न । तर, विचार, राजनीति, कार्यदिशा, संगठन र नेतृत्वसहित एकताको आधार र प्रयास हेर्दा बृहत् बाम एकताको प्रयत्नलाई अस्वाभाविक मान्नुपर्ने परिस्थिति देखिँदैन । बाहिर बहसको प्रारम्भ मात्र जस्तो देखिए पनि एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस र तयारी उत्कर्षमा छ । ठूलै राजनीतिक उथलपुथल र प्रतिकूल परिस्थितिको सिर्जना भएन भने अब एकता लगभग निश्चितप्रायः देखिन्छ । यहाँ कुन आधारमा एकता हुँदैछ भन्ने विषयलाई संक्षिप्तमा चर्चा गरिएको छ । एमाले, माओवादी केन्द्र, नयाँशक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस उत्कर्षमा । कम्युनिस्टहरुको ध्येय साम्यवादी आदर्शको प्राप्ति नै हो, त्यसका लागि नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादको लक्ष्य हासिल गर्नु अहिलेको मिसन हो । यसमा एमाले, माओवादी केन्द्रलगायत एकताका लागि तयार भएका शक्ति सहमत देखिन्छन् । माओवादी एमालेको एकताको वैचारिक सर्त शान्तिपूर्ण संक्रमणमार्फत् समाजवादमा जाने कुरामा सहमति भएको छ । एमालेले समाजवादको आर्थिक(सामाजिक स्वरुपमा सहमति जनाउने, माओवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा समाजवादमा पुग्ने सर्तमा सहमति जनाउने दुई पार्टीबीच एकताको प्रस्तावमा उल्लेख छ । शान्तिपूर्ण संक्रमणबाट समाजवादमा पुग्ने सैद्धान्तिक सहमति नेपालका सन्दर्भमा बिल्कूलै नयाँ अभ्यास हो । समाजवादको आधार तयार पार्दै जाँदा प्रतिक्रियावादी वर्ग झडपमा आए के गर्ने भन्ने प्रश्न पक्कै उठ्छ । तर, बृहत् बामपन्थी एकतामार्फत् नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित हुँदा सत्ता र राजकीय अवयवहरुमा दुईतिहाई पुग्ने र त्यसकै आधारमा समाजवादमा जान सकिनेमा एमाले(माओवादीका शीर्ष नेताहरु एकमत देखिएका छन् । तर, यो नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीहरुका लागि गुरुत्वपूर्ण बहसको विषय हो । यसअघि माओवादी केन्द्र २१औं शताब्दीको जनवाद र एमाले जनताको बहुदलीय जनवादको कार्यक्रमका आधारमा राजनीतिक प्रतिस्पर्धाको मान्यता राख्थे । रुपमा २१औं शताब्दीको जनवाद र बहुदलीय जनवाद एउटै देखिए पनि प्रतिस्पर्धामा सहभागी हुने शक्तिहरुको विषयमा दुई पार्टीबीच मतभेद थियो । माओवादी सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई मात्रै राजनीतिक प्रतिस्पर्धामा सहभागी गराउने मान्यतामा थियो भने एमाले खुल्ला प्रतिस्पर्धामा । संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भइसकेर संविधान बनिसकेकाले माओवादी एमालेलाई सामन्तवाद, साम्राज्यवाद विरोधी शक्ति नै ठान्छ ।   अर्को कुरा, सत्तामा दुईतिहाई बहुमतमार्फत् शान्तिपूर्ण संक्रमणकै कारणमा समाजवादमा जाने विषयमा एमाले(माओवादी सहमत देखिएकाले राजनीतिक प्रतिस्पर्धा खुल्ला नै हुन्छ भन्नेमा सायद अब भ्रम नहोला । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । झट्ट हेर्दा अहिलेको एकता एमाले, माओवादी, फोरम र नयाँ शक्तिलगायतको एकता देखिन्छ । तर, यसभित्र नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने सपना र योजना अन्तरनिहित छ । नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा साथ दिनेसँग चुनावपछि तत्काल एकता गर्ने र मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी मैनाली, नारायणमान बिजुक्छे, मोहनबिक्रम सिंहलगायत नेताहरुको नेतृत्वमा रहेका कम्युनिस्ट धाराहरुलाई पनि क्रमशः एकताको प्रक्रियामा लैजाने तयारी छ । सबैलाई तत्काल एकताको प्रक्रियामा ल्याउन सम्भव होला, नहोला । तर, मुख्य कम्युनिस्ट घटकहरु बीचको एकता निश्चितजस्तै देखिएको छ । यसले नेपालको मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ अवधारणा र बहसको सिर्जना गर्ने निश्चित छ । नेत्र विक्रम चन्द ‘विप्लव’लगायत समूह नेपालमा आमूल परिवर्तन चाहन्छन् । तर, नेपालको राजनीतिक धरातल र अनुभवले तत्काल त्यो सम्भव देखिँदैन । ०६६ सालमा माओवादीले गरेको ६ दिने आम हड्ताल र त्यसबाट प्राप्त असफलता त्यसको पछिल्लो प्रमाण हो । तसर्थ, विप्लव समूह पनि एक चरणको राजनीतिक क्रान्तिको असफलतापछि छिटै एउटै कम्युनिस्ट केन्द्रमा आउने सम्भावना कमजोर देखिँदैन । यो सम्भावनालाई पनि एमाले(माओवादीका नेताहरु नजिकबाट नियालिरहेका छन् । माओवादी र एमालेबीच भएको अलिखित सहमतिले १र२ दिनमै लिखित सहमतिको रुप धारण गर्नेछ । राजनीतिक दृष्टिले हेर्दा नेपालीहरु राजनीतिक स्थिरता र नेपालमा बाम एकता चाहन्छन् । अहिलेको एकता अभियान त्यसैको मूर्तरुप हो । तत्काल एमाले(माओवादी ६०(४० प्रतिशतका आधारमा संघीय र प्रादेशिक चुनावमा सहभागी हुने, संघीय निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने र त्यसैका आधारमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालमा जाने दुई पार्टीबीच सहमति छ । यसले नेपाली राजनीतिमा ००७ सालयता विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । माओवादी र एमालेबीच सूर्य चिन्ह लिएर चुनाव लड्ने, चुनावी तालमेल गर्ने, चुनावपछि पार्टी एकता गर्ने, पार्टी एकताको सम्पूर्ण कुरा चुनावअघि नै टुंगो लगाउने र चुनावपछि एकताको घोषणा गर्ने, दुवै पार्टीको अधिवेशनबाट एकताको प्रस्ताव पारित गर्ने र एकता महाधिवेशन गर्ने, चुनावपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्ष बन्ने समझदारी छ । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा जाँदा प्रचण्डलाई अघि सार्ने दुई दलबीच समझदारी छ । चुनावी तालमेल र पार्टी एकताबारे एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र फोरमका नेताहरुबीच धेरै चरणका छलफल भएका छन् । एकताको प्रारम्भिक दस्तावेजसमेत लगभग तयार भइसकेको छ, त्यसलाई अन्तिम रुप दिएर १/२ दिनमै त्यसको घोषणा हुने सम्भावना छ । चुनावअघि एकता संयोजन समिति बनाएर जानसमेत नेताहरु सहमत देखिएका छन् । संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, नयाँशक्तिका संयोजक डा। बाबुराम भट्टराई रहने सहमति छ । चुनावी तालमेलबारे समझदारीमा पुगे पनि पार्टी एकताका बारेमा संघीय समाजवादी फोरम आन्तरिक छलफलमा छ । संघीय फोरमले आधिकारिक निर्णय गरेपछि उपेन्द्र यादव र अशोक राई पनि संयोजन समितिमा रहनेछन् । संयोजन समितिको हाइकमान्डमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड रहनेछन् । यसरी चुनावी तालमेल, पार्टी एकता, संविधान संशोधन, निर्वाचनपछिको राजनीतिक ध्रुवीकरण र जिम्मेवारीलगायत विषयमा एकताका पक्षधर शक्तिहरु लिखित सहमतिको नजिकै पुगेका छन् । अहिले कांग्रेस र माओवादीको गठबन्धन सरकार छ । संघीय र प्रादेशिक चुनावको मिति घोषणा भइसकेको छ । यस्तो अवस्थामा कांग्रेस र माओवादी गठबन्धनमा समस्या आउने सम्भावना पनि छ । तर, यो एकता अभियान कसैका विरुद्ध परिलक्षित छैन । बरु, नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने बामपन्थीहरुको दशकौं लामो सपना, देशको राजनीतिक स्थिरता र समृद्धिको सपनाद्वारा निर्देशित छ । तसर्थ, यसबाट कांग्रेसलगायत शक्तिहरु तरंगित हुनुपर्ने अवस्था छैन । निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा तोकिएकै समयमा संघीय र प्रादेशिक निर्वाचन हुनुपर्छ । त्यसका लागि विभिन्न विकल्प छन् । वर्तमान सरकारले नै चुनाव गर्ने, सर्वदलीय चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने । यी विकल्पमा एमाले(माओवादी असहमत देखिँदैनन् । तर, जुनसुकै मोडेलमा गए पनि अब चुनाव रोकिन्न र रोकिनु हुँदैन । माओवादी वृत्तमा एमालेप्रति चरम अविश्वास देखिन्छ । राजनीतिक समीकरणमा पटक(पटक धोका पाएको पीडा कार्यकर्ताले विभिन्न ढंगले अभिव्यक्त गर्दैछन् । तर, अहिलेको बहस चुनावी तालमेल र सत्ता गठबन्धनको बहस मात्रै होइन, पार्टी एकताको बहस हो, नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस पनि । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत् नेपालमा राजनीतिक स्थिरता र समृद्धिको बाटोमा जाने बहस हो । समग्रमा नेपालको भाग्य र भविष्य निर्धारण गर्ने बहस हो । यही कोणबाट समग्र विषयको टुंगो लाग्दैछ । १र२ दिनमा चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकताका समग्र विषयमा लिखित सम्झौता हुनेछ, यससँगै राजनीतिक वृत्तमा देखिएको तरंगले पनि ठोस रुप धारण गर्नेछ ।

तामाङ समुदायको चेतना र वर्तमान राजनीतिक अवस्था

तामाङ युवाहरूले चाहे भने कुनै सिंगो समुदाय हैन राष्ट्रनै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण भर्खरै सम्पन्न नेपाल आइडलमा पोखरेली युवा बुद्ध लामाको शानदार जितले पुष्टि गरेकोछ । बुद्ध लामाको नेपाल आइडलमा भएको शानदार जितबाट अब तामाङहरूले खुशीयाली मनाउने भन्दा बढी नयाँ पाठ सिक्ने समय आएको छ । निशान भट्टराई र प्रताप दासको भन्दा झण्डै करोड बढी मतको अन्तरले जित्नु चानचुने कुरा होइन । बुद्ध लामा प्रति सम्पूर्ण मंगोल समुदाय वा गैरआर्यनहरू किन लागे भन्ने विषयमा तामाङहरूले सोच्नु जरूरी देखिन्छ । लक्ष्मण तामाङ निशान भट्टराईको एप बन्दा सम्म बुद्धको नामको एप तयार नगरिनुले वा निशानकी आमालाई कतार लगिनुले बाहुनवादले आदिवासी समुदाय माथि विगतमा पनि ठाडै जातीय शोषण गर्थ्यो र अहिले पनि गरिरहको छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैको परिणाम स्वरूप तामाङ समुदायको सचेत युवाहरूले आजको दिनमा आफू र तामाङ समुदाय माथि भएको शोषणको भण्डाफोर गरिरहेका छन् । कमिलाको पखेटा आएपछि काल आउँछ भनेझैँ यसै समयमा बाहुनवाद बढी हावी हुन थालेको छ । आदिवासी समुदाय माथि विभिन्न तरिकाले अपमान गर्न थालेका छन् । परिणामस्वरूप तामाङ समुदायका युवाहरू झनै एक हुन थाल्यो र करोडौंको मत अन्तरले नेपाल आइडलमा बुद्ध लामालाई शानदार विजय गराउन सफल भयो । मैले सुनेको छु रसुवा जिल्लामा १५ प्रतिसत बाहुनरछेत्री, ८२ प्रतिसत तामाङ र केहि मात्रामा नेवारी समुदायको पनि बसोबास रहेको छ । रसुवा जिल्लामा २०७४ साल मंसिर १० गते हुने संघीय अर्थात् प्रतिनिधि सभाको निम्ति एउटा र प्रदेश सभाको निम्ति दुईवटा चुनावी क्षेत्र निर्धारण गरिएको छ । १५ प्रतिसत बाहुन/छेत्री भएको ठाउँमा संघीय अर्थात् प्रतिनिधि सभामा नेपाली काँग्रेस र एमाले दुवै पार्टीले बाहुन र छेत्रीलाई नै उम्मेदवार उठाइदै छ यो शोषण हो । सोझो अर्थमा भन्दा ८२ प्रतिसत तामाङहरूको लागि ठाडै अपमान गरिनु हो । रसुवावासी आमा, आपा, ज्योज्यो आले, नाना आङा जसरी हामी तामाङ समुदायले एक भएर बुद्ध लामालाई नेपाल आइडलमा जिताउन सफल भयौँ २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा बाहुन/छेत्रीलाई हैन तामाङ समुदायको उमेद्वारलाई नै भोट दिएर जिताउनु पर्छ । तामाङको मर्म तामाङले बुझ्छ बाहुन/छेत्रीले हैन । रसुवा जिल्लाको हामी तामाङ समुदायलाई यो १५ प्रतिसत बाहुनरछेत्रीले भोट बैंक मात्र बनाएको छ । यसको जवाफमा तपाईंहरूले २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा रसुवाबाट उठ्ने युवा पुस्ता तामाङ तामाङ समुदायको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर एक हुनुहोस् । रसुवावासी तामाङ समुदायको एकता देखेर अन्य जिल्लाका तामाङहरूलाई पनि एक हुन प्रेरणा मिलोस् कामना १ । तामाङ समुदायको एकताको नाममा नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र कथित नयाँ शक्ति पार्टीको उम्मेदवारहरूलाई भोट दिएर हामी तामाङ समुदायको युवाले गल्ति गर्नु हुँदैन । नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी ९केन्द्र० र कथित नयाँ शक्ति पार्टीको टाउके नेताहरू सबै बाहुनहरु भएकोले यी पार्टीको तामाङ उम्मेदवारहरूलाई भोट दिनु भनेको फेरी पनि बाहुन उम्मेदवारलाई नै भोट दिनु हुनेछ । २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा हामीले तामाङ युवाहरूले विगतमा गरेको गल्ति दोहोर्‍याउनु हुदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र शैक्षिक लगायत विविध कोणबाट तामाङ समुदायलाई पछि पार्ने काम विगत देखि वर्तमान समय सम्म बाहुनहरूले गरिरहेका छन् । यसको बिरोधमा तामाङ समुदायका युवाहरूले पटक-पटक बाहुनवादको विरुद्ध विद्रोह गरिरहेका छन् । यसले तामाङ समुदाय आफ्नो जाति, धर्म, संस्कार, रीति र परम्पराको रक्षाको निम्ति कसैदेखि डग्दैन र डराउँदैन भन्ने देखाउँछ । यहि चेतना तामाङ समुदायको सवै युवा पुस्तामा आउने हो भने तामाङ समुदायले आफ्नो अस्तित्व कायम गर्न धेरै समय कुर्नु पर्दैन । हेर्नुस् हाम्रै अनुहारका चीन, जापान, उत्तर वा दक्षिण कोरिया कति अगाडि पुगेका छन् । नेपाल देश र हामी तामाङ समुदाय पनि त्यो अवस्थामा पुग्न सक्दैनौ भन्ने होइन समग्र तामाङ एक भयो भने हामी प्रगतिको मार्गमा अगाडि बढ्न सक्छौ भन्ने लाग्छ । बुद्ध लामालाई आज यति फरक मतले विजय गराउन सफल तामाङ समुदाय नेपाली राजनीतिमा पनि एक भएर फरक मत देखाइदिनु पर्छ । ८२ प्रतिसत तामाङ समुदाय बसोबास गरेको ठाउँ रसुवामा किन राम्रो विकास हुन सकेनरु भन्ने प्रश्नमा बाहुनवादले आजको दिन सम्म रसुवाको तामाङ समुदाय माथि गर्ने गरेको सोषण, दमन, अन्याय, अत्याचार र हाली मुहालीले गर्दा हो भन्ने लाग्छ । शिक्षा र राजनीतिको मूलधारबाट तामाङ समुदायलाई निकालियो अनि सदियौं सम्म ढोके, पाले र पिपा मात्र बनाए राखियो । आज पनि त्यसको असर देखिदै छ । लेखक अमृत योञ्जन तामाङको एक लेख पढेको थिएँ “शिक्षामा तामाङहरू ५८औँ स्थानमा” भनेर । यति तल तामाङहरू खस्नुको प्रमुख कारण सामन्ती राज्य सत्ताले तामाङ समुदायलाई मासिन्या जातको सूचिमा राख्यो । शिक्षा लिन र पढ्नमा बञ्चित गरायो । आज पनि ताम्सालिङ क्षेत्रमा भोटेको छोरा पढेर के गर्छस् रु भन्ने बाहुनहरू थुप्रै देखेको, सुनेको छु । हामी तामाङहरूलाई पढ्न हुन्न भन्ने मानसिक दवाव बाहुनहरूबाट प्रशस्त भएको देखिन्छ र पाइन्छ । यसको मुख्य कारण भनेको तामाङहरु शिक्षित भए भने बाहुनले शोषण गर्ने बाटो बन्द हुन्छ भनेर तामाङ समुदायको बालबालिका हरूलाई आज पनि पढ्नबाट रोक्न विभिन्न बहाना अपनाउने गरेको पाइन्छ । यही मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट नेपाल लोकतान्त्रिक फोरमको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङले पनि प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनु हुने भएकाले युवा, जुझारू, सचेत र संघर्षशील नेता श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुन अनुरोध गर्दछु । वर्षौ देखि यी बाहुनहरूलाई मतदान गरियो तर व्यथा उस्तै रह्यो । अब हामी तामाङ समुदायले आफ्नै तामाङ प्रतिनिधिलाई चुन्ने प्रयास गरौँ । तामाङ समुदायको एकता राजनीतिमा पनि देखाऔँ । बाली बिग्रे एक वर्ष राजनीति बिग्रे १०० वर्ष भनेझैं यो पटकको संघीय निर्वाचनमा रसुवा जिल्लबाट प्रतिनिधि सभा सदस्यमा आफ्नै समुदायको उम्मेदवार श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिह्नमा अमूल्य मत प्रदान गरि विजय गराउनुहुन हार्दिक अनुरोध गर्दै तामाङ एकताको कामना गर्दछु । रसुवामा कृष्णबहादुर तामाङ नै किन ? सामन्ती राज्य सत्ताले हामी तामाङ समुदायलाई पुस्तौपुस्ता देखि ९बिक्रम सम्बत १७९९ को नुवाकोट हमलादेखि आजसम्म दासको रूपमा राखेको छ । पृथ्वीनारायण शाहाको पहिलो पराजय तामाङबाट नै भएको कारण सम्पूर्ण तामाङहरूलाई कहिल्यै उठ्न नसक्ने गरि मानसिक बन्चरोले प्रहार गरेको छ । त्यसको बाबजुत पनि तामाङ समुदाय समय समयमा होसमा आउने र सामन्ती राज्य सत्ता माथि हवाला दिदै आएको छ । त्यस्तै व्यक्ति मध्यको एक हुन् श्री कृष्ण बहादुर तामाङ । आफ्नो समुदाय माथि भएको अन्यायको विरूद्ध निडर भएर लड्न सक्ने तत्कालीन १० वर्षे जनयुद्धको समयमा स्पष्ट विचार र दृष्टिकोण व्यक्त गरेकै कारण कठोर सजाय र जेल जीवन बिताएका प्रखर र स्पष्टवादी नेता हुन् कृष्ण बहादुर तामाङ । २०७४ मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उनको उमेद्वारी हुनै पर्ने देखिन्छ । रसुवामा ८२ प्रतिसत तामाङहरुलाई १५ प्रतिसत बाहुनरछेत्रीहरूले लामोसमय देखि सोषण गरि रहेकोछ । शिक्षा प्रेमी, जाति प्रेमी र पूर्खाहरूको सम्मानमा कुनै कसर नराख्ने सामन्ती राज्य सत्तासँग कहिल्यै नझुक्ने भएका करण पनि तामाङ समुदायको बाहुल्य भएको रसुवामा उनको उमेद्वारी अपरिहार्य देखिन्छ । कृष्ण बहादुर तामाङ ८२ प्रतिसत तामाङहरूलाई अध्याँरोबाट उज्यालो मार्ग प्रदान गर्न सफल हुनेछ भन्ने विगतका सामन्ती राज्य सत्ता माथिको विद्रोहले पनि बताउँछ । कहिल्यै पनि सामन्ती राज्य सत्ताको विचार मुनि झुक्न नजान्ने कृष्ण बहादुर तामाङ आफ्नो जातीय समुदाय माथि सामन्ती राज्य सत्ताले गर्ने गरेको सोषण, दमन, अन्याय र अत्याचारको बिरोधमा डटेर लागि पर्ने व्यक्तिको रूपमा चिनिन्छ । आफ्नो पूर्खाहरूको योगदानलाई अत्यन्त सत्कार गर्ने कृष्ण बहादुर तामाङ समय समयमा सामन्ती राज्य सत्ताको आँखाको तारो समेत बन्नु भएको छ । आफ्नो व्यक्तिगत स्वार्थ नचाहने कृष्ण बहादुर तामाङ आफ्नो जाति र समुदायकै लागि राज्य सत्ताको नजरमा सधैँ तारो बनिरहनु परेको छ । जसले गर्दा २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनुहुने नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि जुझारू र सङ्घर्षशील तामाङ नेतृत्वको चयन गरौँ । किन कृष्णबहादुर तामाङ नै ? आज सम्म ८२ प्रतिसत तामाङ समुदाय भएको स्थानमा केवल १५ प्रतिसत बाहुनर छेत्रीहरूले तामाङ समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आई रहेको छ । अब हामी तामाङ समुदायले यस्ता भोट बैंक बन्ने भन्दा पनि तामाङ आदिवासी समुदायको मौलिक हक र पहिचानका निम्ती पनि तामाङ समुदायकै नेतृत्व चयन गर्नु पर्ने हुन्छ । तामाङ समुदायको नलेखिएको इतिहास लेखाउन पनि हामी तामाङ समुदायले श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नु पर्ने देखिन्छ । तामाङ समुदायको रक्षा, तामाङ समुदायको इतिहासको खोजी गर्न र विश्वभर छरिएर बस्नु भएका तामाङ समुदायलाई एकीकृत गर्नका निम्ति श्री कृष्ण बहादुर तामाङको अमूल्य योगदान रहेकाले पनि २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा उनको भूमिका तामाङ समुदायको लागि सुनौलो अवसरको रूपमा उदाएको छ । त्यसैले रसुवावासी तामाङ समुदाय अब हामीले हाम्रो सुनौलो अवसरलाई कीटको रूपमा प्रयोग नगरौँ । यो अवसर यसपाली गुम्यो भने ५ वर्षको लागि गुम्ने देखिन्छ । समय हुँदै आफू र आफ्नो समुदायलाई अगाडि बढाउँदै नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि तामाङ समुदायको अस्तित्व रक्षक श्री कृष्ण बहादुर तामाङलाई विजय गरौ । आरदरणीय रसुवाबासी आमा, आपा, ज्योज्यो, आले, नाना आङा हामी २०७४ साल मंसिर १० गते हुने निर्वाचनमा तामाङ समुदायको उमेद्वार भएकोले नेपाल लोकतान्त्रिक फोरम पार्टीको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमुल्य मत दिएर प्रतिनिधि सभा सदस्यमा विजय गरौं । हामी तामाङ समुदायलाई लामो समय देखि शोषण गरेर हाम्रो उर्वर भूमि काठमाडौं हडपेर आज हामी तामाङ समुदायलाई अनकण्टार ठाउँमा पुर्‍याएको छ । यसको बदलामा हामी तामाङ समुदाय फेरि चुनावी र राजनीतिक धारमा एक हुन जरूरी छ । व्यक्तिगत रूपमा बुद्ध लामाले जितेको कुरामा जति खुशी छु त्यो भन्दा बढी तामाङ र सम्पूर्ण मंगोलहरू एक भएकोमा त्यति खुशी छु । तामाङ एकता र मंगोलहरूको एकता देख्दा खुशीको आँशु झरेको छ । वास्तावमा अब तामाङहरू राजनीतिक रूपले यसरी नै एक हुन जरूरी छ । सबै तामाङहरू एक भई राजनीति गर्नु पर्ने आवश्यक्ता खड्किएको छ । तामाङ समुदायको हितको निम्ति काम गर्ने तामाङलाई मतदान गर्नुहोस् र राज्य सत्ताको मूलधारमा पुर्‍याउनुहोस् । हाम्रो पूर्खाको पीडा बाहुनरछेत्रीहरूले बुझ्दैनन् त्यसैले पनि हामी तामाङले तामाङ समुदायको उमेद्वारलाई नै मतदान गर्न जरूरी छ । सम्पूर्ण तामाङ आमा आपा, ज्योज्यो आले र नाना आङाहरूलाई मेरो अनुरोध १।फुटेर हैन जुटेर ठूलो उपलब्धि हुने पाठ नेपाल आइडलले सिकाएको छ । त्यस्तै अब गीत सङ्गीतमा मात्र होइन रानजीतिमा पनि एक हुनु वा सबै तामाङ समुदाय जुट्नु अपरिहार्य देखेको छु् । उत्पीडन तामाङ समुदाय र वर्गको हितको लागि नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्णबहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिनु भएर विजय गराउनु हुन समग्र रसुवावासी तामाङ समुदायमा हार्दिक अपिल गर्दछु । थुजेछे १ १। (यी लेखकका निजी विचार हुन)

यसकारण कांग्रेस–माओवादी गठबन्धन प्राकृतिक

विगतमा हामीले जनयुद्ध गर्दा प्रतिध्रुवबाट सुरु गरेका थियौँ । सामन्ती राजतन्त्रकालसँगै संसद्वादी शक्तिविरुद्ध लडाइँ छेडेका थियौँ । तर, पछि माओवादी १२ बुँदे हुँदै शान्तिप्रक्रियामा आयो । माओवादी शान्तिप्रक्रियामा आएपछि परिवर्तनका एजेन्डालाई कार्यान्वयन गर्नुपर्ने मुख्य चुनौती थियो । जुन दलले शान्तिप्रक्रियाको थालनी गरेको थियो, त्यही शक्तिसँग सहकार्य गरेर मात्र परिवर्तनका एजेन्डालाई संस्थागत गर्न सक्ने देखियो । शान्तिप्रक्रिया पनि सजिलै पूरा गर्न सक्ने देखियो । ठुल्ठूला राजनीतिक परिवर्तन भएका थिए । ती राजनीतिक संक्रमणकालको अन्त्यका लागि स्थानीय निर्वाचन सम्पन्न भएको छ । एक हदसम्म संविधान कार्यान्वयनमा पनि गएको छ । आगामी संघ र प्रदेशको निर्वाचन गर्न मिति पनि तोकिएका छन् । ती निर्वाचन पूरा भएपछि संविधान पूर्ण कार्यन्वयनमा जान्छ । तीनवटै तहको निर्वाचन पूरा भएपछि राजनीतिक संक्रमणकाल पनि अन्त्य हुन्छ । संविधान कार्यान्वयन गर्न मात्र नभई राजनीति संक्रमणकाल अन्त्य गर्न पनि कांग्रेससँग सहकार्य जरुरी थियो । अरू दलसँग सहकार्य गरेर संक्रमणकाल व्यवस्थापन गर्न गाह्रो थियो । माओवादी र कांग्रेस गठबन्धनले मात्र राजनीतिक संक्रमण व्यवस्थापन गर्न सक्ने देखिन्छ । कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् । पम्फा भुषाल तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । यो गठबन्धन प्राकृतिक भएकै कारण एक वर्षभन्दा लामो समयसम्म यसले निरन्तरता पाउँदै छ । अहिलेका सबैभन्दा महत्वपूर्ण काम पनि यही गठबन्धनले सम्पन्न गर्दै छ । यस गठबन्धनले संविधान कार्यन्वयनमा संविधानसँग असहमत भएको पक्षलाई पनि सहमतिमा ल्याउने काम गरेको छ । अझै पनि द्वन्द्वकालीन मुद्दालगायत शान्तिप्रक्रियाका केही काम गर्न बाँकी छन् । ती काम पनि यही कांग्रेस–माओवादी गठबन्धनले नै पूरा गर्नेछ । शान्तिप्रक्रियाको थालनी पनि कांग्रेस–माओवादीले गरेका थिए । संक्रमणकालको अन्त्य पनि तिनै दुई दलले गर्ने अवस्था देखिएको छ । कतिपयले माओवादी–कांग्रेस गठबन्धनलाई अप्राकृतिक पनि भन्ने गर्छन् । तर, यो गठबन्धन एकदमै प्राकृतिक स्वरूपको छ । प्राकृतिक भएकै कारण यसले एक वर्षभन्दा लामो समयसम्म निरन्तरता पाउँदै छ । गठबन्धनबाट राष्ट्रलाई फाइदा कांग्रेस–माओवादी गठबन्धनले व्यक्तिगत रूपमा धेरै फाइदा भयो भन्ने गरिन्छ । तर, यथार्थमा व्यक्तिगत होइन, राष्ट्रलाई चाहिँ धेरै फाइदा पुगेको छ । संविधान जारी गर्दा केही दलले असहमति राखेर आन्दोलन गरे । गठबन्धनले नै ती शक्तिका लागि संविधान स्वीकार्य बनाएको छ । राजनीतिक क्रान्तिपछि राज्यको पुनः संरचना भएको छ । राज्यको पुनः संरचना भई देशले दिशा समाएको छ । कांग्रेसस“गकै गठबन्धनमा हुँदा माओवादीलाई पनि धेरै फाइदा भयो । अध्यक्ष प्रचण्डको सरकार हु“दा आर्थिक वृद्धि सात प्रतिशत पुग्यो । देशमा १५–१६ घन्टासम्म हुने लोडसेडिङ अन्त्य भयो । देशका राष्ट्रिय गौरवका आयोजना एकदमै धिमा गतिमा बढेका थिए । ती आयोजनालाई समयमै पूरा गरे बोनस दिने प्रचण्ड सरकारले घोषणा ग¥यो । विकास निर्माणलाई समयमै पूरा गर्न माओवादी सरकारले घचघच्याउने काम ग¥यो । एमाले अध्यक्ष केपी ओली र एमाले पार्टीले फास्ट ट्र्याक भारतीयलाई दिने भए भन्दै डंका पिटेका थिए । त्यो फास्ट ट्र्याक चार वर्षमा पूरा गर्ने गरी नेपाली सेनालाई दिने निर्णय भयो । नाकाबन्दीको समयमा भारत र चीनसितको सम्बन्ध चिसिएको थियो । तर, दुई छिमेकी देशसितको सम्बन्धलाई सन्तुलनमा राख्न माओवादीले महत्वपूर्ण भूमिका खेल्यो । वामपन्थको नाममा एमालेबाट एकदमै धोकाधडी र बेइमानी भयो । सहमतिको पालना नगरी माओवादीलाई एकदमै हेप्ने काम भयो ।  यस्ता व्यवहार देखाउने दलसँग कसरी सहकार्यका लागि गठबन्धन गर्न सकिन्छ ? प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन स्थानीय तहको निर्वाचन माओवादी–कांग्रेस गठबन्धनले गरायो । सोही गठबन्धनले नै संघ र प्रदेशको निर्वाचन पनि गराउँछ । यो गठबन्धनबाट माओवादी तलमाथि हुँदैन । हामीले यो गठबन्धनलाई इमानदारीपूर्वक सहयोग गरेका छौँ । कांग्रेसबाट पनि इमानदारीपूर्वक सहयोग हुने अपेक्षा छ । संघ र प्रदेशको निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्र रूपमा लड्ने हुन सक्छ । केही निर्वाचन क्षेत्रमा भने दुई दलको सहमतिमा तालमेल हुन पनि सक्छ । तालमेलका लागि कांग्रेस–माओवादीका शीर्ष नेताले मात्र तालमेल गरेर हुँदैन । दुवै दलका तल्लो तहका कार्यकर्ताले सहयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा खासखास ठाउँमा तालमेल हुन सक्छ । माओवादीले तालमेलका विषयमा पहिल्यै निर्णय गरिसकेको छ । परिवर्तनकारी शक्तिसँग मात्र तालमेल गर्ने भनेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा धेरै ठाउँमा तालमेल भयो । तर, पहिलो र दोस्रोभन्दा तेस्रो चरण स्थनीय तहको निर्वाचनमा उति राम्रो तालमेल हुन सकेन । एमालेसँगको गठबन्धनमा धोकाधडी अहिले मात्र होइन, माओवादी शान्तिप्रक्रियामा आउनेबित्तिकै वामपन्थीबीच तालमेल र धु्रवीकरणको पक्षमा थियौ“ हामी । अहिले पनि माओवादी वामपन्थी धु्रवीकरण र तालमेलकै पक्षमा छ । तर, नाममा मात्र वामपन्थी दलस“ग तालमेल र गठबन्धन गर्न असाध्यै गाह्रो हुने रहेछ । वामपन्थीको नाममा असाध्यै संकीर्ण हुने, वामपन्थी सहकार्यका नाममा सहकर्मी दललाई निषेध गर्ने काम भयो । वामपन्थको नाममा एमालेबाट एकदमै धोकाधडी र बेइमानी भयो । सहमतिको पालना नगरी माओवादीलाई एकदमै हेप्ने काम भयो । माओवादीविरुद्ध केही वकिल न्यायाधीशलाई उचालेर फसाउने काम गर्न थालियो । यस्ता व्यवहार देखाउने दलसँग कसरी सहकार्यका लागि गठबन्धन गर्न सकिन्छ ? विकास र आर्थिक समृद्धिको नेतृत्व माओवादीबाट अहिलेका सबै परिवर्तनका एजेन्डा माओवादीका हुन् । माओवादीकै बलमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता समावेशितालगायत मुद्दा आए । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको मुख्य जिम्मेवारी पनि माओवादीकै हो । हामीले जनयुद्ध गरेर ल्याएका उपलब्धि हामीले नै कार्यान्वयन गर्नुपर्छ । यसैबाट मुलुकलाई आर्थिक विकास र समृद्धितिर लग्नुपर्नेछ । देशलाई समृद्ध बनाउ“दै समाजवादको बाटोतर्फ लग्नुपर्ने छ । तत्काल राजनीतिक रूपमा हेर्दा अहिलेको संविधान कार्यान्वयन गर्नु नै मुख्य दायित्व हो । त्यसपछि समाजवादको आधार तयार गर्ने हो । तर, देशको अहिलेको आवश्यकता विकास निर्माण र आर्थिक समृद्धि नै हो । नेपाल प्रकृतिक स्रोतसाधनले धनी छ । देश विविधताले भरिपूर्ण छ । देशलाई पर्यटन क्षेत्रबाट मात्र पनि समृद्ध बनाउन सकिने देखिन्छ । नेपाल एउटा कृषिप्रधान देश हो । तर, विदेशबाट अर्बौंको चामललगायत अन्य खाद्यान्न आयात भइरहेको छ । यो आयातलाई कम गरी खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने छ । बाटोघाटो, रेललगायत विकास निर्माणको द्रुत विकास गर्नुपर्ने छ । देशमा धेरै युवा विदेश पलायन भइरहेका छन् । उनीहरूका लागि देशमै रोजगारी सिर्जना गर्नु जरुरी छ । राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाउने तयारी गरेका छौँ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा कम्तीमा पाँच वर्ष ढुक्कसँग काम गर्न सकिन्छ । अहिलेका परिवर्तनका एजेन्डाको नेतृत्व माओवादीले ग¥यो । राजनीतिक एजेन्डालाई सहयोग पुग्ने गरी आर्थिक समृद्धिको नेतृत्व पनि माओवादीले नै गर्नुपर्छ । कांग्रेस, एमालेजस्ता परम्परागत संसद्वादी दलबाट आर्थिक समृद्धिको नेतृत्व सम्भव छैन । आर्थिक विकास र समृद्धिको नेतृत्व माओवादीले मात्र गर्न सक्छ । आर्थिक विकास पनि क्रान्तिकारी ढंगले गुर्नपर्छ । देशलाई १०–१५ वर्षमै एउटा स्तरमा पु¥याउनुपर्ने छ । अरूले भनेजस्तो ४०–५० वर्ष लगाई देशलाई समृद्ध बनाउने होइन । आगामी १०–१५ वर्षभित्रै मुलुकलाई समृद्ध बनाउनुपर्ने छ । छिमेकी देश भारत र चीनले आर्थिक रूपमा द्रुत विकास गरिरहेका छन् । ती छिमेकी देशबाट नेपालले फाइदा लिन सक्नुपर्छ, तब मात्र नेपाल आर्थिक रूपमा समृद्ध हुन्छ । भद्रगोल माओवादी यसरी समालिन्छ निश्चित रूपमा माओवादी विभाजित हुँदा एजेन्डाहरू कमजोर भए । अन्ततः राष्ट्र नै कमजोर हुने अवस्था आयो । राष्ट्र नै कमजोर हुने अवस्था आएपछि त्यसको वस्तुनिष्ठ मूल्यांकन गरी केन्द्रीकरण सुरु भयो । अहिले धु्रवीकरण र एकता थालेका छौँ । माओवादी मात्र नभई सच्चा वामपन्थीबीच पनि धु्रवीकरण र एकता हुन थालेको छ । यस्तो हुँदा संगठन थोरै भद्दा जस्तो देखिएको छ । संगठनलाई चुस्तदुरुस्त बनाउन गत पुस महिनामै महाधिवेशन गर्ने भनेका थियौँ । अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गरेर गएपछि त्यो हुन सकेन । लगत्तै स्थानीय तहको निर्वाचन आयो । फेरि संघ र प्रदेशको निर्वाचन आइसक्यो । त्यसैले अहिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ । निर्वाचनपछि हामी महाधिवेशनको तयारीमा लाग्छौँ । एक वर्षभित्र महाधिवेशन गरी विचारको समृद्धीकरण गर्नुका साथै संगठनलाई चुस्त–दुरुस्त बनाउँछौँ । हामी अहिले शान्तिप्रक्रियाको अन्तिम चरणमा छौँ । आगामी निर्वाचनमा माओवादी विकास र समृद्धिको एजेन्डा बनाएर अगाडि बढ्नेछ । राजनीतिक रूपमा हामीले ठुल्ठूला उपलब्धि हासिल गरौँ । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको कमजोर उपस्थिति हुँदा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सम्झौता गर्नुपर्यो । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक हुनुपर्छ । राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा उठाउने तयारी गरेका छौँ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएमा कम्तीमा पाँच वर्ष ढुक्कसँग काम गर्न सकिन्छ । यस्तो खालको राजीतिक स्थिरताले मात्र आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ । जनताबाट प्रत्यक्ष कार्यकारी प्रणाली भएमा हिमाल, पहाड, तराई सबै भूगोलका जनताले भोट दिन पाउँछन् । महिला, पुरुष, दलित, जनतजाति, मुस्लिम सबैले एकैपटक अधिकार प्रयोग गर्न पाउँछन् । सबै क्षेत्र, वर्ग, जातजातिले कार्यकारी चयनको निर्वाचनमा प्रत्यक्ष सहभागिता गर्न पाउँछन् । अहिलेको निर्वाचन प्रणालीले पैसा हुने ठकेदारहरू जनप्रतिनिधि बन्ने वातावरण भयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा जनउत्तरदायी प्रतिनिधि आउने सम्भावना रहन्छ । -नयाँ पत्रिकाबाट (भुसाल माओवादी केन्द्रकी प्रवक्ता हुन्)

एउटा खसीको आत्मकथाः दशैँमा पशुबली निरुत्साहित गर्नुपर्छ

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ,’ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’ माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिउँदो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन मःम, चिकेन कटलेट ।’ हामी खसी–बोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिर्यानी, मटन कवाफ भनेर । अनि, जिउँदोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि । मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला । कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु । हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे । म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’ त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्‍यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साहुनीले पछाडिका खुट्टा च्याप्प समाती। त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्‍यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ । साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’ जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनी–तरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ । आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो । म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्‍यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि । बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दशैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ । गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले । खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो । साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए । केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो । बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दार्इ मलाई हेरेर ‘बाई बाई’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँ–याँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन । झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र‘ । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् । हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी ! एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ । साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु । पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा । हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दो रहेछ । म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एकदिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो । मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइ–देखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघार चोटी त पहिल्यै मरिसकेँ । दशैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तोः पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दुःख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान । मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो‘ म्याँऽऽऽ !

प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?

भीष्म थापा टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले( कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न । यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो( कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा । तर बिडम्बना, प्रदेश नं। ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५र ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे । कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो । यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि । माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ । तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् । यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो । को–को पसे मधेस ? तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे । मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो । राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैजाने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन । पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै । एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं। २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए । माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिक रुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् । नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे । तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ? पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु । पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ? अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ( कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन । त्यसैले प्रश्न स्वभाविक रुपमा शीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ? पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ । तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ? हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ– कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन । संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ । माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ । आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ । तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ । अनलाइनखबरबाट साभार

डा बाबुराम भट्टराईलाई नयाँ शक्ति पुर्व अभियान्ताको खुल्लापत्र

  भदौ २९ । आदरणीय नेता बाबुराम, हामीले गर्ने आलोचनालार्इ गाली नसम्झनुहोला, हामीले जति गाली गरेपनि तपाईको कुभलो चिताएर गरेको पक्कै होइन, हामीलार्इ जति तपार्इको माया अहिले अवसर खोज्दै तपाइको गुणगान गाउने हरेक राम्रा या नराम्रा काम गर्ने उक्साउने र आफूलार्इ तपार्इको खास मान्छे भन्न रुचाउनेहरुलार्इ पक्कै छैन । छिमेकीले गर्ने मायाभन्दा आमाको कुटार्इमा बढी माया हुन्छ भन्ने बुझ्नुहोला । अनि सचेत ती सँग रहनुस् जसले तपाईले विष ल्याएर यो अमृत हो भन्दा नि तपार्इलार्इ उक्साउन होहो भन्दै ताली पिट्छन । तपार्इ जहाँ जुन अवस्था र जुन बाटोमा हिडेपनि तपार्इको राजनीतिक इतिहास माओवादी आन्दोलन दश वर्षे महान जनयुद्ध हजारौको बलिदानी त्याग र तपस्यासँग नै जोडिएको छ । जुन कुरा तपाईं देखावटी रुपमा नस्वीकारे पनि अन्तर आत्माले स्विकार गर्न बाध्य बनाउँछ । तपाँइ संघीयता गणतन्त्र धर्म निरपेक्षता, संविधानसभाबाट संविधान जस्ता परिवर्तनको संवाहकमध्ये एक हुनुहुन्छ, हिजो तपार्इहरुकै उत्प्रेरणामा आफ्नो सारा खुशी र ब्यक्तिगत स्वार्थलाइ त्यागेर तपाइहरुकै अभियान (जनयुद्ध) मा लामबद्ध भई सहादत प्राप्त गर्ने अमर शहिदहरुको आत्माले तपार्इहरु टुटेको फुटेको स्विकार गर्न सक्दैनन, हिजो त्यही अभियानमा लामबद्ध भई सेनाको गोली लागि घाइते भएकाहरुको चाहना पनि तपाइहरुको बाटो फरक होस् भन्ने पक्कै छैन । त्यसैले प्रिय नेता ज्यू एकपल्ट गम्भीर भएर सोच्नुस त ? फुटेर वैद्यले के गर्न सके ? बिप्लवले के गरे ? अनि नयाँ शक्तिले अहिलेसम्म के गर्यो ? फाइदा के त फुटेर ? त्यसैले आउनुस् ध्रुवीकरण अभियानमा जोडिनुस् आफ्नै पुरानै इतिहाससँग सकेसँगै अघि बढौला नसकेसँगै पछि हटौला । संविधान निर्माण लगत्तै माओवादी केन्द्रसँग सम्बन्धबिच्छेद गरेर तपाईं बाहिरिनुभयो । त्यतिबेला तपार्इले माओवादी केन्द्रमाथि केही आरोप सहितको टिप्पणीहरु गर्नुभएको थियो । पार्टीबाट बाहिरिएपछि तपार्इले ती आरोपहरुलार्इ प्रमाणित गर्न सक्नुभयो कि भएन समीक्षा गर्नुस् । तपार्इले प्रतिपादन गरेको ५ स मध्ये कुन स को अर्थलाइ व्यवहारिकरुपमा पालना गरेको छ ? अर्थात नयाँ शक्ति पार्टीभित्र नै त्यसको व्यवहारिक प्रयोग हुन र गराई तपार्इको कमजोरी हो कि होइन आत्म समीक्षा गर्नुपर्छ कि ? हिजो तपार्इले माओवादी पार्टी छाडेकै दिन अर्थात २०७२ असोज ९ गते नै आफू आबद्ध रहेको जनप्रगतिशील मञ्च छाडेर तपार्इको समर्थनमा लागेको व्यक्ति हु म । म त्यसै तपाइको पछि लागेको थिइन ? मैले आफू आबद्ध संगठन छाडेको थिइन । थिए त केबल तपार्इले देखाएको सपनाको पछि लागेको थिए । आर्थिक विकास समृद्धि, बेरोजगारी अन्त्य, समतामुलक समाज निर्माण सुशासन जस्ता सपनाहरु देखाएको थियो । त्यसैले पछि लागेका थियौ म र म जस्ता हजारौ ब्यक्ति हरु । तपाईले एक्लै पार्टी छाडेर निस्कदाँ पनि तपाइप्रतिको आशा भरोसाले तपार्र्इले पछि लाग्नेहरु धेरै थिए । अरुको त कुरै छाडौ तपार्इसँगै ३७ बर्ष राजनीतिक सहयात्री भएर हिँडेका देबेन्द्र पौडेल क.सुनिलले तपाइसँगको साथ कुनै लहडमा छाडेका होलान् ? कुनै लोभ र प्रलोभनमा परेर तपाईसँगको यात्रामा पुर्णविराम लगाएका होलान ? कदापी होइनन् । तपाँइ प्रधानमन्त्री हुँदा तपाँइको आर्थिक सल्लाहकार बनेर तपार्इको कामबाट प्रभावित भएर तपाँइसँगै नयाँ शक्ति बनाउन हिडेका रामेश्वर खनाल के त्यसै हिडेका होलान त ? अरुले साथ छाडेर हिड्दा त्यसलाइ अनेक आरोप लगाएर गाली गरेर त्यसको खोइरो खन्न भन्दा बरु किन दिनानुदिन मप्रतिको बिस्वास धेरैमा गुमिरहेको भनेर सोच्ने हो कि ? डाक्टर साब माओवादीभित्र रहँदा तपार्इलार्इ काम गर्ने अवसर दिइएन अरुको अन्डरमा रहँदा आफु अनुकूल आफ्नो योजना मुताबिक काम गर्नै नपाउनु भएकै होला भन्ने हामीलार्इ पनि लागेको थियो । त्यसैले अब त तपार्इबाट केही हुन्छ तपार्इको नेतृत्वले केही गर्न सक्छ तपाइसँग जनताको जीवनस्तर उकास्न सक्ने क्षमता छ भन्ने आशाले नै हामी तपाइको पछि लागेका हौ । तर करिब १८ महिना सम्म हेर्दा ति आशा सबै निराशामा परिणत भयो । आखिर आफ्नो शुभचिन्तक त्यो अवस्थामा पुग्ने परिस्थिती कसरी निर्मान भयो गम्भिर भएर सोच्ने हो कि ? आजकल त तपार्इलार्इ आफैले सिकाएको मार्क्सबाद, लेनिनबाद, माओबाद मिथ्या लाग्न थालेका छन है ? हिजोका सहयात्रीहरु सबैभन्दा नजिकका शत्रु जस्ता लाग्छन है ? त्यसैले त होला घरी घरी खाओबादी भन्दै हिड्नुहुन्छ, अनि इतिहास सस्कृती रीतिरिवाज परम्पराको खिल्ली उडाउँदै टोपी दिवसलार्इ अनेक ब्यङ्ग्य गर्नुहुन्छ । के हामीले तपाइबाट गरेको अपेक्षा त्यही थियो त ? अन्त्यमा हामी तपाँइको शुभचिन्तक हौ, शत्रु हैनौ, जबसम्म तपार्इबाट केही आशा थियो केही गर्नुहुन्छ भन्ने थियो तबसम्म तपाइको पछि लागेकै हो । तर जब आशा टुट्यो तबसँगै बस्न सकिएन । जता भएपनि तपार्इको भलो नै चिताउँछौ तपाईं जस्तो ब्यक्तिको क्षमता ओइलिएर गएको भन्दा फस्टाएको नै देख्ने हाम्रो पनि रहर छ । तपाईं प्राबिधिक र वौद्धिकरुपमा पनि दक्ष हुदाँहुदै पनि उचित र नेतृत्वदायी राजनीतिक भुमिकामा सक्षम हुनुहुदो रहेनछ भन्ने तपाईं आफैले प्रमाणित गरिदिनुभयो । नेतृत्वको आलोचना गर्न जति सहज हुन्छ नेतृत्व गर्न त्यो भन्दा हजार गुणा कठिन हुन्छ भन्ने कुरा अब त राम्रोसँग बुझ्नुभो कि ? नवराज सिंखडा ‘जिज्ञासु’ पुर्व अभियान्ता नयाँ शक्ति, कतार

के हाे माअाेवाद ? काे हाे माअाेवादी र काे हाेईन माअाेवादी !

पुष्कर खड्का/ पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ । तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो । त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो । तर परिस्थिति सहज थिएन । चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए ।  उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय । यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन । तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो । महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो । विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन । पुष्कर खड्का लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो । लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने । सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो । यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो । जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन । आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तो छ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन । यथार्थमा ति मध्य सबै माओवादी होईनन । भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन । जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन । एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ । महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान गर्यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ । तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ । भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन । बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ । हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन । हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ । माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो । जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो । तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो । जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो । अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् । महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो । तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन । बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी ।

मधेसले आफ्नो मताधिकारको कदर गर्नुपर्छ

उमेश बन्जाडे/ अस्ति भर्खरै आएको बाढिले चुर्लुम्म डुबाएको मधेस यतिबेला गास, बास र कपासको चरम अभावका कारण आहात बनेको छ। केही वर्षअघि पहाडमा भुइँचालो जाँदा हर सम्भव जुटाएर सहयोगको कुनै कसर बाँकी नछोडेको मधेसले, आज उस्तै दयालु मनहरुको व्यग्र प्रतीक्षा गरिरहेको छ। आज मात्र होईन प्रायः वर्षेनि यस्तोखाले प्रकोपहरुले खुसिहरु लुटेर स्तब्ध बनाउने मधेसको माटो र मनहरु यतिबेला फेरिपनी बाढिबाट निथ्रुक्क भिजेर ओसिएका छन् । आंशिक रुपमा सरकार तथा केही ब्यक्ति र समूहले राहत वितरण गरेतापनी वर्षौंलगाएर जोडेको सम्पत्ति एवं घरपरिवार बगाएको घाउमा सामान्य मल्हम मात्र लगाएर खाटो बस्न सक्ने अवस्था देखिन्न।  हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। उमेश बन्जाडे अहिले विशेषत यतिबेलै मधेस अर्थात दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आगामी साताहुुुने स्थानीयतह चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने एवं आफू मधेस र मधेसिका समस्या सँग नजिक रहेको भान गराउन होड नै सुरु भएको छ । हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। आफ्नै देशका नागरिकले अधिकार माग्दा बिहारिको संज्ञादिँदै छातिमा गोलि ठोकेर ूकुहिएको आँप झार्योू भन्दै कुर्लिनेहरु पनि मधेस र मधेसिको अभिभावकका रुपमा चित्रित गर्दै मधेस झरेका छ्न । सत्ता प्राप्तिको कल्पनामा चुर्लुम्म डुबि मधेस र पहाडका बिचमा नकारात्मक भावनाहरू सिर्जना गराएर देशलाई लामो समय राजनीतिक अस्थिताको परिबन्धन ले बाँध्ने पश्चागामीहरु आज मधेस हुँदै देशका समग्र समस्याहरुको समाधान गोजिमै बोकेर अहिल्यै परिपुर्ति गर्छन् झैँ अभिनय गरि, चुनावी नतिजा आफ्नो पोल्टामा पार्न कन्दनी कँसेरै लागि परेकाछन। यता त्यही प्रवृतिले सात्तामा टाँसिएर अस्तव्यस्त बनाएको देश र हाम्रो भावनालाई एकीकृत गर्न, आफ्नै देशमा पनि पराइ झैँ लाग्नेगरी मौलाएको कुगन्धको अन्त्य गर्न हरबखत आफुले हारेरै भएपनी अपन्त्वको शुगन्ध छर्न प्रयत्न गरिरहने अर्को शक्ति पनि आफ्ना बिचार र एजेन्डा प्रष्ट्याउँदै मधेस झरेको छ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। जबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। अब ती सबै विभाजित मनहरूलाई एकीकृत गर्दै नेपाल र नेपाली भई सहर्ष बाँच्न पाउने वातावरण बनाउँदै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्ने राजनीतिक नेतृत्वलाई आफ्नो अभिभावक चयन गर्ने वा विभिन्न परिवर्तनहरूलाई प्रदूषित गर्दै आफ्ना स(साना स्वार्थहरू पूरा गर्दै, आपसमा लड्दै भिड्दै आरोप प्रत्याआरोप लगाउँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्ने अथवा अधिकार माग्दा बिहार जाउ भन्ने कुनियतीका महासेठहरुलाई चुलीमा पुर्याउने त्यो उहीँ मधेस र मधेसी जनताको स्वैच्छिक स्वतन्त्रताको विषय हो। शासन व्यवस्थाका अन्तिम र निर्णायक जनता नै हुन् भन्नेकुरो यहीँनेर लागू हुनेछ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। ूजबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। विगत देखिनै चुनाव जित्नको लागि अनेकौं हत्कण्डा अपनाउने र जितिसके पश्चात् सामाजिक बिकासको संकल्पलाई आफ्नो लुटिखाने मन्त्रको रुपमा प्रयोग गर्नेहरुले फेरिपनी स्थानीय चुनावमा मासुको थुप्रो र रक्सीको खोलो बगाउँदै छन। एक चोक्टा मासु र एक घुट्को रक्सीमा पल भरको लागि रमाउँदा भविष्यमा पश्चातापले आफ्नै पुर्पुरो ठोकेर रुनुनपोरोस । आफ्नो अमुल्य मतको सदुपयोग गरौं ( हरेक सचेत मतदाता हरुलाई हार्दिक अपील हो यो। आफ्नै राष्ट्र भित्रको एउटा सम्प्रदायको नागरिकलाई कहिले बिहारी कहिले कुहिएको आँप कहिले कालो भन्दै अर्को सम्प्रदायको नागरिकलाई उत्तेजित बनाएर आफ्नो निहित स्वार्थ परिपुर्ती गर्न खोज्ने पाखाण्ड राष्ट्रवाद मात्र नभएर ठूलो अपराध पनि हो। यसको सजाय मधेसी जनताले यहि स्थानीय तहको निर्वाचन बाट दिने गतिलो अवसर पनि हो, यो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, हामी देख्दै छौँ( एसअघि चुनाव जित्नकै लागी जनसेवाका अनेकौं अक्षरले भरिएका कागजी एजेन्डाहरु देखाएर नौटंकी गर्दै निकास र बिकाशका ढ्वाङ फुक्नेहरु, जब चुनाब जिते महानगर, नगर र गाउँपालीका को करोडौं र अरबौं बजेट देखेर, अब कसरी लुटौं भन्ने ध्याउन्न मा लागेका छन् । फेरिपनि एकछाक खाना, केही चोक्टा मासु र केही गिलास रक्सीसँग आफ्नो अमुल्य मत साट्नु र देख्दा देख्दै उही उहीँ प्रवृतिलाई भनेको आफ्ना सन्ततिका लागि ठूलो अपराधगरि चोरलाई चौतारी सुम्पिएझैँ हो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, यस अघि सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित केही ठुला निकायका जनप्रतिनिधिहरुको व्यबहार बाट समेत सहजै अड्कल काट्न सकिन्छ। त्यसैले आफ्नो मत र मताधिकारको कदर गर्नुस। सोँचेर मतदान गर्नुस् ( ताकि फेरि पाँच वर्षसम्म पछुताउन नपरोस। आफुले गरेको मतदानलाई सम्झिएर हिन्ताबोध र आफैले ग्लानी गर्ने दिन नआवस। त्यसो हुन नदिनको लागि अग्रगमन र राष्ट्रिय एकताको पक्षधर अभिभावक लाई मतदान गरेर आफ्नो मताधिकारको सम्मान र कदर गर्नुस् । ( लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया)