मार्क्सले भारतबारे किन र के लेखे ?
फकरुल अलाम
गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ। अलिगढका विख्यात इतिहासकार प्राध्यापक इरफान हबिबको लामो भूमिका भएकाले पनि मलाई त्यो पुस्तकले तान्यो। पाना पल्टाउ“दै गर्दा मेरो दिमागमा इडवार्ड सेइडको पुस्तक ‘ओरियन्टालिज्म’ मा रहेको एउटा प्रसंग खेलिरहेको थियो। सेइडले पुस्तकमा मार्क्समा ‘पूर्वीयतावादी’(ओरियन्टालिस्ट) दृष्टिकोण रहेको दाबी गरेका छन्। मैले उक्त पुस्तक सन् १९८० मा पहिलोपटक पढेको थिए“। त्यसले ममा गहिरो प्रभाव पारेको थियो। मार्क्सले भारतबारे लेखेका लेख र भारतसम्बन्धी उनको बुझाइ केलाएर सेइडले मार्क्सबारे गरेको दाबी कति सही हो वा होइन भनी बुझ्ने विचार गरें।
मार्क्सले भारतबारे किन, कसरी र के लेखे ?
प्राध्यापक हुसेनले लेखेको भूमिकामा मार्क्सले सन् १८५३ देखि ‘द न्यु योर्क डेली त्रिब्युन’ मा भारतबारे लेख्न थालेको कुरा उल्लेख गरिएको छ। मार्क्सका लेखहरू सामान्यतया भारतको इतिहासस“ग जोडिएका छैनन्। न त उनलाई अंग्रेजी भाषामा लेख्ने लेखककै रूपमा मात्र हेर्न मिल्छ। तथापि उनले हरेक वर्ष पाठक बढ्दै गएको अंग्रेजी भाषामा भारतीय उपमहाद्विपबारे लेखका थिए। हुसेनका अनुसार मार्क्सका लागि त्रिब्युनमा ती लेख लेख्न उति रुचि भने लागेको थिएन। त्रिब्युनका लागि ती लेख लेख्नुपर्दा उनी आफ्ना अरू महŒवपूर्ण काममा ध्यान दिन सक्दैनथे। जस्तै, उनी त्यही समयमा क्रनड्रिसा (१८५७) र अर्थराजनीतिक आलोचनामा योगदान (१८५६) नामका कृति लेख्दै थिए। त्यतिबेला मार्क्सको आर्थिक अवस्था निकै गएगुज्रेको थियो। भारत र अरू समसामयिक घटनाक्रमबारे ‘त्रिब्युन’मा लेखेबापत प्राप्त हुने पैसा र एंगेल्सले पठाउने सहयोगबाहेक परिवारको खर्च धान्न मार्क्सस“ग अरू कुनै आर्थिक स्रोत थिएन। अर्को शब्दमा, उनले भारतबारे जति लेख लेखे ती सबै लेख्नैपर्ने (जीविकाका लागि) भएर लेखे।
‘भारतबारे कार्ल माक्र्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा माक्र्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यसले मलाई चकित तुल्यायो।
‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित ५९ लेख सन् १८५० को दशकमा भारतीय उपमहाद्विपमा भइरहेका घटना र तिनका गम्भीर प्रभावबारे गहिरो जानकारी भएको मानिसले नै लेखेको प्रस्ट बुझिन्छ। पु“जीवाद र ऐतिहासिक परिवर्तनबारे मार्क्सका विचार निर्माणका निम्ति भारतका ती घटनाक्रम कच्चा पदार्थसरह थिए। विशेषतः भारतमा बेलायती शासनले पु-याएको हानि र त्यसले भारतीय उपमहाद्विपका जनताबीच भित्रभित्रै सल्काएको असन्तोषको आगोप्रति मार्क्सको विशेष चासो थियो। भित्रभित्रै सल्किरहेको त्यो असन्तोषको आगोले सन् १८५७ मा विस्फोटको रूप धारण ग¥यो। त्यस वर्ष भारतमा भएको सैनिक विद्रोहबारे जानकारी लिन र तिनका कारण तथा प्रभाव विश्लेषण गर्न मार्क्सले निकै जा“गर चलाएका थिए। त्यतिबेला अंग्रेजहरूले मच्चाएको हत्याकाण्डको पनि मार्क्सले विश्लेषण गरेका थिए।
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले भारतबारे ‘त्रिब्युन’ पत्रिकामा लेखेका सामग्री ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित छन्। त्यसमा संग्रहित लेख–रचना कुनै लामा र कुनै छोटा छन् भने तिनले समेटेका विषयवस्तुका आधार पनि भिन्न–भिन्न छन्। कुनै लेख सामान्य टिपोटमा सीमित छन् भने केही सामग्री लामो र गहिराइसम्म पुगेर लेखिएका छन्। कुनै रचना तत्कालीन समयमा भइरहेका घटना वा युद्धको संक्षिप्त विवरण मात्र हुन् भने कतिपय लेखमा भारतीय उपमहाद्विपमा भइरहेका उथलपुथलको विश्लेषणात्मक टिप्पणी गर्दै तिनका प्रभावबारे निष्कर्ष निकालिएका छन्। तर जे विषयमा जसरी लेखे पनि मार्क्सले आफ्नो मूल तर्क प्रमाणित गर्न मनग्य तथ्य–तथ्यांक प्रस्तुत गर्ने गरेका छन्। भारतबाट इस्ट इन्डिया कम्पनीले संकलन गर्ने ठूलो मात्राको राजस्व होस् वा भारतीयका लागि तिनीहरूले गर्ने खर्चको चर्चा गर्दा होस् अथवा भारतीय उपमहाद्विपका जनताको हितको कुनै ख्याल नगरी सौखिन जीवनयापन गर्ने लोभी मनसायका बेलायती प्रशासकको कुरा गर्दा होस्, मार्क्स प्रशस्त तथ्यकै आधारमा निष्कर्षमा पुगेका हुन्छन्। उनले तत्कालीन भारतमा भएका विद्रोह र तिनले निम्त्याएका विपत्तिबारे विस्तृत रूपमा लेखेका छन्। बेलायत र भारतबीचको व्यापारबारे उनले प्रशस्त तथ्यांक प्रस्तुत गरेका छन्। भारत र चीनबीच हुने अफिमको व्यापारिक कारोबारबारे पनि उनले तथ्य–तथ्यांकसहित प्रस्तुत गरेका छन्। चीन र भारतबीचको अफिम कारोबारको सबभन्दा बढी फाइदा अं्ग्रेजहरूले उठाउँथे। भारतमा अफिमको खेती गरी चीनमा व्यापार बेलायतीहरूले गर्थे।
भारतमा भएको सिपाहीं विद्रोहबारेको लेखमा मार्क्सले सैनिक कोणबाट निकै राम्रो विश्लेषण गरेका छन्। सिपाहीं विद्रोहका विभिन्न चरणबारे उनले आफ्ना टिप्पणीसहित व्याख्या गरेका छन्। विद्रोह दबाउन अंग्रेजहरूले लिएका रणनीतिको उनले प्रस्ट चित्रण गरेका छन्। उनले सो लेखमा सिपाहीं विद्रोहको आर्थिक पक्षबारे जोडका साथ लखेका छन् भने तत्कालीन परिस्थितिमा प्राप्त सबै तथ्यांकका आधारमा सो विद्रोह चालु रहे अंग्रेजले भोग्नुपर्ने आर्थिक प्रभावबारे चर्चा गरेका छन्। अंग्रेज शासकका हरेक दाबीको रौँ चिरा केलाएर उनले उनीहरूको लोभ र क्रुरताको पर्दा उघारिदिएका छन्। सन् १८५३ सम्म लेखिएका लेखहरूमा मार्क्सले अंग्रेज शासनका विध्वंसकारी र हानिकारक प्रभावबारे चर्चा गरेका छन्। सो संकलनको अन्तिम लेखमा उनले सिपाहीं विद्रोहलाई दबाए पनि र भारतमा ‘शान्ति’ कायम गरे पनि भारतीय जनताको बैचेनी कायम रहेको उल्लेख गरेका छन्। इस्ट इन्डिया कम्पनीले गरेको दमनबाट वाक्कदिक्क भारतीय जनताबीच विद्रोहको मनग्य संकेत रहेको मार्क्सले लेखेका छन्।
अंग्रेजी भाषाका सिद्धहस्त लेखक
‘भारतबारे कार्ल मार्क्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा मार्क्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यस कुराले मलाई चकित तुल्यायो। उदाहरणका लागि बेलायतको अनुदार पार्टीका नेता लर्ड स्टान्लेले ‘विपरीत विचारहरूलाई एकै ठाउ“मा ल्याउने सूत्र फेला पारी’ गरेको संसदीय तिकडमलाई मार्क्सले ‘समय सम्मिलन’ को सूचक भन्ने शब्दावली प्रयोग गरेका छन्। यो शब्दावली निकै रोचक छैन त ? आज हामी बा“चिरहेको बंगलादेशको सन्दर्भमा र विशेषतः चुनावी वर्षहरूमा यो शब्दावली प्रयोग सान्दर्भिक हुने गर्दैन र ! ‘भारत’ शीर्षकमा सन् १८५३ को जुलाई १ मा लेखेको लेखमा मार्क्सले यो शब्दावली प्रयोग गरेका छन्। मार्क्सले ‘बेलायतका विभिन्न पार्टीले भारतबारे राख्ने धारणा र ती कुलीन, पैसातन्त्री र मिल मालिक(उद्योगपति)बीच भारतको प्रगतिबारे रहेको झगडाको फाइदा विचरा हिन्दू (भारतीय जनता) ले कसरी उठाउन सक्छन्’ भन्नेबारे एउटा अर्को लेख लेख्ने तयारी गरिरहेको जानकारी पाठकसमक्ष राखेर व्यंग्यपूर्वक सो लेखको अन्त्य गरेका छन्। आजको समयमा उभिएर हेर्दा अहिले समाजमा कुलीन(राजा–महाराजा) वर्ग त नहुन सक्छ तर ‘पैसातन्त्री’ र ‘मिल मालिक’ शब्दहरू आज हामी बा“चिरहेको समयका लागि पनि उत्तिकै सान्दर्भिक छैन र !
वास्तवमा यहा“ चर्चा गरेको लेख भारतबारे मार्क्सले लेखेको एउटा लामो प्रभावशाली लेख हो। सन् १८५३ को जुलाई ११ मा सो लेख ‘त्रिब्युन’मा प्रकाशन भएको थियो। यो तुलनात्मक रूपमा लामो लेख हो। ‘इस्ट इन्डिया कम्पनी–इतिहास र परिणाम’ शीर्षकको सो लेख व्यंग्यात्मक टिप्पणीले भरिपूर्ण छ। त्यसपछि लेखिएका अन्य धेरै लेख पनि व्यंग्यपूर्ण नै हुने गरेका थिए। मार्क्सले तिनमा निकै तिक्ततापूर्वक इस्ट इन्डिया कम्पनीको ‘तीखो मानवतावाद’ बारे टिप्पणी गरेका छन्। अर्कातिर उनले आफूले भन्ने गरेको ‘पाखण्डपूर्ण शान्तिकामी’ को वास्तविकता उजागर गरिदिएका छन्। त्यसो गरेर उनी वास्तवमा भारतीय जनतामाथि कसरी कम्पनीले शोषण गरिरहेको छ भन्ने देखाउन चाहन्थे। बेलायती राजनीतिका पाखण्डीको सहयोगमा कम्पनीका आत्मकेन्द्रित अधिकारीहरूले नंग्याएको बेलायतको वास्तविकता देखाउन चाहन्थे। ‘भारतको प्रश्न’ शीर्षकको लेखमा प्रखरवक्ता र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तिका रूपमा चित्रण गरिएका बेन्जामिन डिजरायलबारे मार्क्सले गरेको बुद्धिमत्तापूर्ण चरित्र चित्रण हेरौँ ः ‘कुनै समय उनी सूक्तिहरूमा छाउन सफल भए। तर अहिले उनी औपचारिक सम्मानको निरसताभित्र ती सूक्ति गाड्ने प्रयासमा लागेका छन्।’
बेलायती उपनिवेशको विरोध
मार्क्स बेलायती उपनिवेशवादका स्थायी विरोधी थिए। बेलायतीहरू ‘भारतमा लुटपाट मच्चाउने सुविधा’ चाहिरहेकामा मार्क्स विश्वस्त थिए। त्यो निष्कर्षमा पुग्न उनलाई इस्ट इन्डिया कम्पनीको कुनै नया“ घोषणापत्र आवश्यक पर्दैन्थ्यो। मार्क्सले सन् १७९० देखि भएको स्थायी बसोबासको विरोध गरेका थिए। जमिन्दारी र जोताहास“ग कर उठाउने ¥योत्वारी प्रणालीको विरोध गरेका थिए। मार्क्सले ती सबै प्रणालीलाई भारतका जनताको आर्थिक शोषण गर्ने कम्पनीका विभिन्न जालसाँझीका रूपमा व्याख्या गरेका थिए। मार्क्सको विचारमा भारतमा सरकारको नीतिको विरोध गर्ने र स्वतन्त्र व्यापारका पक्षमा वकालत गर्ने म्यान्चेस्टरका नेता जोन ब्राइटजस्ता राजनीतिज्ञहरूसमेत राम्रो मनसायका थिएनन्। उनीहरू पनि भारत ध्वस्त बनाउन सरकारजत्तिकै दोषी थिए किनभने बेलायती कपडा भारतजस्तै कब्जामा लिइएका बजारमा विस्तार गर्नुपर्छ भन्ने पक्षमा गरेको वकालतबाट पनि उनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ।
बेलायती कम्पनीको ध्वंसकारी नीतिको प्रमाणका रूपमा उनले बंगालका कपडा बुन्ने जनताको अवस्थाबारे प्रकाश पारेका थिए। बेलायती शासकहरूले बंगालका कृषि र कपडा उद्योगलाई ध्वस्त बनाइदिएका थिए। युरोपले कुनै बेला कसरी भारतीय कपडाको उल्लेख्य उपभोग गरेको थियो भन्ने चर्चास“गै मार्क्सले बेलायती उपनिवेशवादीहरूले भारतका घरेलु कपडा र घरमै कपडा बुन्ने चर्खा विस्थापन कसरी गरेका थिए भन्नेबारे लेखेका छन्। भारतकै स्थानीय कपडा उत्पादन प्रणाली ध्वस्त बनाएर बेलायती उपनिवेशवादीहरू युरोपेली बजारबाट भारतीय कपडा विस्थापन गर्न सफल भएका थिए। (फकरुल अलाम बंगलादेशका प्राज्ञ, लेखक र अनुवादकर्ता हुन्। उनी हाल इस्ट–वेस्ट युनिभर्सिटीका प्रो–भिसी छन्।)
स्रोतः मन्थ्ली रिभ्यु/ नेपाली अनुवादः नीरज लवजू
नागरिक दैनिकमा आइतबार, २२ बैशाख २०७६ प्रकाशित आलेख सान्दर्भिक देखिएकोले यहाँ साभार गरिएको छ ।
दशक यताकै घातक विपत्तिको सामना गर्दै स्पेन, मृतक संख्या ९५
स्पेन । स्पेनले दशकों यताकै सबैभन्दा भयानक बाढी विपत्तिको सामना गर्दैछ, जसमा कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ र कैयौँ हराइरहेका छन्। भयानक वर्षाले भ्यालेन्सियालगायत पूर्वी प्रान्तमा विनाश निम्त्याएको छ। मंगलबार आएको भारी वर्षाले आकस्मिक बाढी ल्याएको थियो, जसले पुल र भवनहरू बगायो र मानिसहरूलाई बाँच्नको लागि छतमा चढ्न वा रुख समात्न बाध्य बनायो। प्रधानमन्त्री पेद्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। उनीहरूले भनेका छन् कि यस्तो विकराल परिस्थितिले केही उद्धार प्रयासहरूमा कठिनाइ निम्त्याएको छ। सरकारका अनुसार अझै धेरै मानिस हराइरहेका छन्, जसले मृतक संख्या अझै बढ्नसक्छ। भ्यालेन्सियामा ९२ जनाको मृत्यु भएको छ, पश्चिममा पर्ने कास्टिला(ला(मञ्चामा दुई र माला्गामा एक जना ७१ वर्षका बेलायती नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ, जो आफ्नो घरबाट उद्धार भएपछि अस्पतालमा निधन भएको थियो। यो बाढीले स्पेनमा १९७३ यताकै सबैभन्दा ठूलो जनधनको क्षति भएको मानिएको छ, जसमा दक्षिणपूर्वी क्षेत्रमा कम्तीमा १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो। बुधबार आफ्नो राष्ट्रिय सम्बोधनमा सान्चेजले नागरिकहरूलाई सजग रहन आग्रह गरे र पूर्ण पुनःनिर्माणको प्रतिबद्धता जनाउँदै भने, ूसम्पूर्ण स्पेन तपाईंहरूसँग रोइरहेको छ।।। हामी तपाईंलाई छोड्नेछैनौं।ू भ्यालेन्सियाको नजिकै रहेको चिवा भन्ने सहरमा राष्ट्रिय मौसम एजेन्सी एमेटका अनुसार, मंगलबारको भारी वर्षाले केवल आठ घण्टामा एक वर्षभरको पानी झर्यो। बुधबार बिहान स्पेनी सेना र आपतकालीन कर्मचारीहरूले उद्धारको कामलाई तीव्रता दिइरहेका थिए, जसमा मानिसहरूलाई बाल्कनी र गाडीको छतमाथिबाट सुरक्षित स्थानमा पुर्याइरहेको थियो। भ्यालेन्सियाका बाढी बाँचेकहरूले मंगलबार राति आएको बाढीको भयावह अनुभव सुनाए। अचानक आएको बाढीले सडकहरूलाई नदी बनाइदियो, जसले गर्दा धेरै चालकहरू आश्चर्यचकित भए। पाईपोर्टामा बस्ने २१ वर्षीय गिल्लेरमो सेरानो पेरेजले बताए कि पानी राजमार्गमा “सुनामी जस्तै” बग्यो, जसले गर्दा उनी र उनका आमाबुबालाई आफ्नो गाडी छोडेर पुलमा चढ्न बाध्य बनायो। अर्का एक प्रत्यक्षदर्शीले बताए कि मोटरवेका चालकहरूले पानीको बाढी आउँदै गरेको देखेर चबष्कभम चभकभचखबतष्यल मा मानव शृङ्खला बनाएर जोगिएका थिए। ूधन्न कोही चिप्लेनन्, किनभने कोही तल खसेको भए, धारले तिनीहरूलाई बगाउँथ्यो,ू ४५ वर्षीया प्याट्रिसिया रोड्रिगेजले एल पाइस पत्रिकालाई बताइन्। ला तोरेका एक बासिन्दाले बीबीसीलाई भने कि उनका केही साथीहरूले आफ्नो घर गुमाएका छन्, र मंगलबार राति उनले ूपानीमा गाडीहरू बगिरहेकोू देखे र जताततै पानीले ूकेही पर्खालहरू भत्काएकोू देखे। यसैबीच, भ्यालेन्सियाको छेउमा रहेको होर्नो डे अल्सेडो नगरपालिकाका मेयरले बीबीसी न्यूशावरलाई भने कि केही मिनेटमै पानीको सतह एक मिटरभन्दा बढीले बढ्यो। ूधारहरू यति तीव्र थिए ( र हामीले आपतकालीन सेवाहरूलाई फोन गर्यौं जसले केही व्यक्तिहरूलाई उद्धार गर्न थाले, जसको गर्दनसम्म पानी पुगेको थियो,ू कन्सुएलो टाराजोनले बताए। स्पेनमा धेरै स्थानमा राहत अधिकारीहरूले बाढीको चेतावनी समयमा जारी नगरेको आरोप पनि लागेको छ, जसले गर्दा मानिसहरू सडकबाट हट्न वा उच्च स्थानमा पुग्न सकेनन्। राष्ट्रिय विपद् राहतका लागि परिचालित नागरिक सुरक्षा एजेन्सीले स्थानीय समयअनुसार मंगलबार राति २०स्१५ बजे मात्रै चेतावनी जारी गर्यो ( तर तबसम्म चिवा र अन्य केही सहरहरू दुई घण्टासम्म बाढीग्रस्त भइसकेका थिए। भ्यालेन्सियाको क्षेत्रीय सरकारले प्राकृतिक विपद्, जस्तै बाढी र आगलागी नियन्त्रणका लागि स्थापना गरेको भ्यालेन्सिया आपतकालीन एकाइलाई हटाउने निर्णयको पनि आलोचना भइरहेको छ। बुधबार स्पेनले १,००० भन्दा बढी सेना परिचालन गरेको थियो, तर धेरै टोलीहरू बाढीले बन्द भएका सडक र बिग्रिएका संचार लाइनका कारण टाढाका स्थानमा पुग्न नसकेका छन्। युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डर लेयनले स्पेनी उद्धार टोलीलाई सहजीकरण गर्न कोपरनिकस उपग्रह प्रणाली सक्रिय गरेको बताएकी छिन्। अन्य युरोपेली छिमेकीहरूले पनि अतिरिक्त सहयोग पठाउने प्रस्ताव गरेका छन्। स्पेनकी रक्षा मन्त्री मार्गरिता रोब्लेसले बुधबार यो बाढीलाई ूअभूतपूर्व घटनाू भनेर वर्णन गरेकी छन्। बुधबार देशको मध्यपूर्वी क्षेत्रमा वर्षा कम भएको थियो, तर मौसम अधिकारीहरूले वर्षा उत्तरपूर्वमा क्याटालोनिया क्षेत्रतर्फ सर्दै गरेको चेतावनी दिएका छन्। देशका विभिन्न भागमा पनि बाढीको खतरा रहेको भन्दै मानिसहरूलाई सजग रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। धेरै कारणहरूले बाढीलाई प्रभाव पार्छन्, तर जलवायु परिवर्तनले गर्दा वायुमण्डल न्यानो भएकोले अत्यधिक वर्षा हुने सम्भावना बढेको छ। मौसमका अनुसन्धानकर्ताहरूले यस तीव्र वर्षाको सम्भावित मुख्य कारणलाई ूगोटा फ्रियाू भनिने प्राकृतिक मौसमी घटना मानिरहेका छन्। यो घटना स्पेनमा शरद र जाडोमा देखिन्छ, जब चिसो हावा भूमध्य सागरको न्यानो पानीमा झर्छ। तर वैज्ञानिकहरूका अनुसार ग्लोबल तापमानमा भएको वृद्धिले बादलमा बढी वर्षा बोकेको छ। ूप्रत्येक अंशको जीवाश्म इन्धन तताउने क्रममा वायुमण्डलले अझ बढी ओसिलाई समेट्न सक्छ, जसले भारी वर्षालाई अझ तीव्र बनाउँछ,ू इम्पेरियल कलेज लन्डनका डा। फ्राइडरिक ओट्टोले बीबीसीलाई भने। उनी अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहको नेतृत्व गर्छन् जसले यी घटनाहरूमा तापमान वृद्धिले कस्तो भूमिका खेलेको बुझ्न खोज्छन्। ूयसमा कुनै शंका छैन, यी विस्फोटक वर्षा जलवायु परिवर्तनले तीव्र बनाएको थियो।ू औद्योगिक युग सुरु भएदेखि विश्व लगभग १।१ड्ढऋ न्यानो भइसकेको छ, र विश्वभरका सरकारहरूले उत्सर्जनमा तीव्र कटौती नगरेसम्म तापक्रम अझै बढिरहनेछ। स्रोतः बिबिसी
गाजाको अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन ३५० वर्ष लाग्ने
गाजा । इजरायल र हमासबिच एक वर्षदेखि जारी युद्धले गाजाको अर्थतन्त्र लगभग ‘पूर्ण रूपमा ध्वस्त’ भएको छ । अहिले आएर संयुक्त राष्ट्रको एक प्रतिवेदनले गाजाको अर्थतन्त्र द्वन्द्वपूर्वको स्तरमा फर्कन ३५० वर्ष लाग्ने चेतावनी दिएको छ । हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै १२०० सयभन्दा बढी मानिसको हत्या गरेको थियो । जवाफमा इजरायलले हमास निर्मूल पार्ने भन्दै सुरु गरेको सैन्य अभियानअन्तर्गत उसले गाजामाथि निरन्तर बमबारी गरिरहेको छ । यसले गाजाको अर्थतन्त्र र पूर्वाधार लगभग पूर्ण ध्वस्त भएको संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास शाखा युएनसिटिएडीले तयार पारेको रिपोर्टले जनाएको छ । गत महिना संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गरिएको उक्त प्रतिवेदनअनुसार गाजामा आर्थिक गतिविधि अहिले ठप्पप्रायः छ । उसो त युद्धअघि नै त्यहाँको अर्थतन्त्र नाजुक अवस्थामा थियो । गाजामा अहिले न्यूनतम मानवीय स्वास्थ्य तथा खाद्य सेवा मात्र सुचारु छ । तथापि, पिउने पानी, इन्धन र बिजुलीको समेत चरम अभाव कायम छ । प्रतिवेदनका अनुसार गत वर्ष अक्टोबर यता गाजामा निर्माणसम्बन्धी क्षेत्रको उत्पादन ९६ प्रतिशतले, कृषि उत्पादन ९३ प्रतिशतले, औद्योगिक उत्पादन ९२ प्रतिशतले र सेवा क्षेत्र उत्पादन ७६ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा भएको क्षतिले बेरोजगारीदर अकासिएको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा गाजा क्षेत्रको बेरोजगारी ८१.७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । यदि इजरायली सैन्य अपरेसन जारी रहेमा यो दर कायम रहने वा थप खराब बन्न सक्ने सम्भावना रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । ‘गाजामा चलिरहेको तीव्र सैन्य कारबाहीले अभूतपूर्व मानवीय, वातावरणीय र सामाजिक विपत्ति निम्त्याएको छ । यसबाट गाजा विकासको मार्गबाट वर्षौँ पछाडि धकेलिदिएको छ,’ युनएनसिटिएडीको प्रतिवेदनमा भनिएको छ । गाजालाई यथास्थितिमा फर्काउन दशकौँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । ‘युद्धविराम भएपछि गाजालाई सन् २००७–२२ को वृद्धिको स्तरमा फर्काउन र यसको कुल गार्हस्थ्य उत्पादनलाई सन् २०२२ को स्तरमा पुनस्र्थापित गर्न ३५० वर्ष लाग्ने संकेत भेटिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
लेबनानामा इजरायलको हमला, कम्तीमा ६० को मृत्यु
लेबनान ।लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ कि इजरायली आक्रमणमा लेबनानको पूर्वी बेका उपत्यकामा कम्तिमा ६० जनाको मृत्यु भएको छ। बाअलबेक क्षेत्रमा १६ स्थानहरूलाई लक्षित गरेका आक्रमणमा दुई बालबालिका समेत मारिएका छन्, अधिकारीहरूले भने। मन्त्रालयले ५८ जना घाइते भएको र उद्धार प्रयासहरू अझै पनि हिजबुल्लाहको गढ रहेको उपत्यकामा जारी रहेको बतायो। इजरायली सेनाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। इजरायलले गत पाँच हप्तामा लेबनानभरि हजारौं हवाई आक्रमणहरू गरेको छ, जसले हिजबुल्लाहका कार्यकर्ता, संरचना र हतियारलाई लक्षित गरेको बताएको छ। बाअलबेकका गभर्नर बाची खोदरले यी आक्रमणहरूलाई इजरायलले गत महिनामा हिजबुल्लाहविरुद्ध संघर्ष बढाएपछि क्षेत्रमा भएका "सर्वाधिक हिंसात्मक" आक्रमण भनेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोहरूले भवनहरूमा क्षति र जङ्गलहरूमा आगो लागेको देखाएको छ, जहाँ उद्धारकर्ताहरू घाइतेहरूको खोजी गरिरहेका छन्। बुदाई सहरमा, सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोहरूमा मानिसहरूले उद्धारका लागि फसेका व्यक्तिहरूलाई निकाल्न भारी उपकरण पठाउन आग्रह गरिरहेका देखिन्छ। सोमबार बिहान, तटीय सहर टायरमा इजरायली हवाई आक्रमणमा सात जनाको मृत्यु र १७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलले सहरको केन्द्र छोड्नका लागि चेतावनी दिएको थियो। हिजबुल्लाहले सोमबार लेबनानको दक्षिणी सिमानामा इजरायली सेनासँग झडप गरेको र हाइफाको नजिकै इजरायल भित्रको एक नौसेना आधारमा रकेट प्रहार गरेको बतायो। लेबनान र इजरायलबीचको सिमावर्ती द्वन्द्व ८ अक्टोबर २०२३ मा हिजबुल्लाहले उत्तरी इजरायल वरपर र भित्र रकेट प्रहार गर्न थालेपछि सुरु भयो, जसको उद्देश्य प्यालेस्टिनीहरूको समर्थनमा थियो, त्यसको अघिल्लो दिन यसका सहयोगी हमासले दक्षिणी इजरायलमा घातक आक्रमण गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त समयमा लेबनानमा २,७०० भन्दा बढीको मृत्यु भएको र १२,४०० भन्दा बढी घाइते भएको बताएको छ। इजरायलले ३० सेप्टेम्बरमा दक्षिणी लेबनानमा नाटकीय रूपमा प्रवेश गरेर "सीमित, स्थानीयकृत, लक्षित आक्रमणहरू" मार्फत हिजबुल्लाहको हतियार र संरचना नष्ट गर्ने लक्ष्य राखेको बताएको छ। लेबनानको सरकारले यस द्वन्द्वका कारण १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको बताएको छ। स्रोतः बिबिसी विश्व सेवा
इजरायलद्वारा इरानमा हवाई आक्रमण
काठमाडौं । इजरायलले शनिबार बिहान इरानका सैन्य स्थलहरूमा लक्षित गर्दै हवाई आक्रमण गरेको छ। यो आक्रमण तेहरानले तेल अविवमा गरेको धेरै आक्रमणहरूको प्रतिक्रियामा गरिएको हो, जसले मध्यपूर्वलाई अझ गहिरो संकटमा धकेलेको छ। इरानले इजरायलमा ब्यालेस्टिक मिसाइलहरूको धेरै लहर प्रहार गरेको २६ दिनपछि इजरायलले इरानमा यी आक्रमणहरू गरेको हो। इरानको आक्रमणका कारण लाखौं इजरायलीहरू बम आश्रयस्थलमा बस्न बाध्य भए, जसले गर्दा धेरै घरहरू र हवाई अखडाहरूमा क्षति पुगेको थियो। इजरायली सेनाले यो अपरेसनलाई “इरानका सैन्य लक्षित स्थलहरूमा सटीक आक्रमण” को रूपमा वर्णन गरेको छ, यद्यपि क्षतिको थप विवरण तत्काल उपलब्ध छैन। एक विज्ञप्तिमा इजरायली सेनाले इरान र त्यसका क्षेत्रीय सहयोगीहरूले अक्टोबर ७ देखि इजरायलमाथि सातवटा मोर्चाबाट निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ, जसमा इरानी भूमिबाट गरिएको सीधा आक्रमण पनि समावेश छ। “संसारका हरेक स्वाधीन राष्ट्रको जस्तै इजरायल राज्यको पनि जवाफ दिने अधिकार र कर्तव्य छ,” विज्ञप्तिमा थपिएको छ। तेहरानका प्रत्यक्षदर्शीहरूले धेरै विस्फोटहरू सुनेको बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले सुरुमा ती विस्फोटहरूको पुष्टि गर्दै केही आवाज सहरको हवाई सुरक्षा प्रणालीका कारण आएको बतायो। समाचार संस्था एसोसिएटेड प्रेसलाई एक बासिन्दाले कम्तीमा सातवटा विस्फोटको आवाज सुनेको बताए, जसले वरपरको क्षेत्र हल्लाएको थियो; ती व्यक्तिले प्रतिशोधको डरका कारण आफ्नो नाम खुलाउन चाहेनन्। इरानी अधिकारीहरूले शनिबार बिहान देशभर सुनेका विस्फोटहरू "तेहरान र देशका विभिन्न क्षेत्रहरूमा तैनाथ हवाई रक्षा प्रणालीसँग सम्बन्धित" भएको बताएका छन्, राज्य समाचार संस्था आइआरएनएले रिपोर्ट गरेको छ। अर्ध-सरकारी तस्नीम समाचार एजेन्सीले यसअघि इरानी राजधानीको पश्चिममा धेरै विस्फोटहरू सुनिएको जानकारी दिएको थियो। स्थानीय समय अनुसार शनिबार बिहान तेहरानमा पनि धेरै विस्फोटहरू सुनेको अर्ध-सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ। यो आक्रमण अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकनको संयुक्त राज्य फर्कने समयमा भएको हो। ब्लिंकनले आफ्नो मध्यपूर्व भ्रमणका क्रममा इजरायललाई आफ्नो प्रतिक्रिया सीमित राख्न आग्रह गरेका थिए, तनावलाई अझ नबढाउन र इरानका कुनै पनि आणविक स्थललाई लक्षित नगर्न चेतावनी दिएका थिए। इजरायलको आक्रमणले १९८० को दशकमा इरानको इराकसँगको युद्धपछि पहिलो पटक कुनै विदेशी वायुसेनाले इरानमाथि आक्रमण गरेको घटना हुनेछ। आठ वर्ष लामो उक्त संघर्षको क्रममा लडाइँ प्रायः इरानको इराकसँगको सिमानामा केन्द्रित थियो।