वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा मृत्यु भएका १ पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको थियो ।

मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

प्रयोशगशालाबाट शनिबार दिउँसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले गरिरहेको बेथिति र भ्रष्टाचारका विरुद्ध १० कार्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको छ । सो सभाले माओवादी केन्द्रका नेताहरुलाई उत्साहित बनाएको छ ।  खबरदारी सभापछि अब माओवादी केन्द्रको आगामी कार्यक्रम के हुन्छन् भन्ने विषयमा विभिन्न नेताहरुको प्रतिक्रिया समेटेका छौं ।  शालिकराम जमरकट्टेल जनतामा आएको उत्साहलाई संगठनमा बदल्नु आजको प्रमुख काम हो । माओवादी पार्टीको मुख्य समस्या भनेको संगठनको काममा ध्यान नदिनु हो । व्यवस्थित र बलियो संगठित जनआधार नै आन्दोलन र चुनाब जित्ने मुख्य साधन हो । जिल्ला जिल्लामा कति जनता संगठित गर्ने हो, त्यसको निर्धाारण गरौं । आठौ महाधिवेशनले पास गरेको बिचार र कार्यदिशालाई लागु गर्दै संगठन, संगठन र फेरि पनि संगठन भन्ने कुरा लाई आत्मासाथ गरौं। सूर्य सुवेदी ‘पथिक आज चार दिनको छोटो तयारीमा बागमती प्रदेश समिति र उपत्यका मा कार्यरत दुईवटा गैर भौगोलिक प्रदेश समितिको संयुक्त आयोजनामा खबरदारी सभा सम्पन्न भयो। ओलीको संसद विघटन र प्रतिगमन का विरुद्ध भएको विशाल आन्दोलन पछाडि हाम्रो पार्टी व्यवस्थित रुपमा सडकमा आएको यो पहिलो पटक हो।  आज आयोजित यो कार्यक्रम र यसमा जनता र कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति र प्रदर्शनले थुप्रै सकारात्मक सन्देश दिएको छ।  पहिलो, जनता केपी ओलीको सरकारको जन र राष्ट्र विरोधी गतिविधिबाट आजित छन् भन्ने पुष्टि गरेको छ। पछिल्लो मिनबहादुर गुरुङ प्रकरणसम्म आइपुग्दा जनता यो सरकारलाई माओवादीले लगाएको भ्रष्टाचारको आरोपसँग पूरै सहमति भएको देखिएको छ।  दोस्रो, जनता नेकपा माओवादी केन्द्रलाई केही प्रश्न र आलोचनासहित पुनः एकपटक देशको नेतृत्व गरेको हेर्न चाहिरहेका छन्। बीचको अवधिमा जनता अलि बढी दिग्भ्रमित भएको देखिन्थ्यो। कांग्रेस, एमाले र माओवादीलाई उस्तै ठान्नेसम्मको स्थिति बनेको र अरु केही विकल्प हुन सक्छ कि भन्ने परीक्षण पनि गरेको देखिन्थ्यो। तर कांग्रेस एमालेको प्रतिगामी र प्रतिक्रियावादी रवैया र अन्य नयाँ भनिएका पार्टीहरूको पनि त्यति राम्रो छवि नबनेको स्थितिमा जनता माओवादीलाई सशर्त पुनः परीक्षण गर्ने मनस्थितिमा पुग्दै गएको देखिन्छ। तेस्रो, कमरेड प्रचण्डको नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा र एक हदसम्म समृद्धिको सन्दर्भमा सकारात्मक काम गरेको महसुस गरिरहेका छन्। यो विषय कमरेड प्रचण्डले सरकारको नेतृत्व गर्दा भन्दा अहिले ओलीको काम कारबाहीबाट आजित भएपछि यसको बुझाई झन् बढेको देखिन्छ।  तेस्रो, यसबीच नेकपा माओवादी केन्द्र पनि कांग्रेस र एमाले जस्तै संसदीय आहालमा चुर्लुम्म डुबेको र यसबाट निस्कनै नसक्ने हो कि भन्ने चिन्तासहित जनताको माओवादी केन्द्रप्रति अलि बढी खबरदारी थियो । सरकारको बहिर्गमनपश्चात् पार्टीले जनताको बीचमा यसबीच गरेका वाचा कबुल र आत्मालोचनाबाट एक हदसम्म जनता आश्वस्त बन्दै गएको आजको कार्यक्रमले देखाएको छ।  चौथो, जनता र कार्यकर्ताले आन्दोलनको आवश्यकता महसुस गरे भने छोटो तयारीमै यति धेरै जुट्न सक्दो रहेछ भन्ने देखाएको छ। अझ रोचक कुरा के छ भने ६२÷६३ पछाडि सबै यस स्तरका केन्द्रीकरणको पार्टीले नै लगानी गरेर जनतालाई केन्द्रीकरण गर्दै थियो। तर यसपटक पार्टीले मञ्च झण्डा र ब्यानर मात्र लगानी गर्यो र सबै नेता कार्यकर्ता र जनता स्वस्फूर्तरुपमा आफै खर्च गरेर यो स्तरको केन्द्रीकरणमा आइपुगे । यो एउटा ठूलो उपलब्धि हो।  पाँचौं, प्रमुख वक्ताको रुपमा कमरेड प्रचण्डले जे जसरी सम्बोधन गर्नुभयो, त्यसले पार्टी नेता कार्यकर्ता र आम जनतामा अत्यन्त उत्साह बढाएको छ। हामी कांग्रेस एमालेसँग अब गठबन्धन गर्दैनौं, एक्लै चुनाव लड्छौं र त्यो भन्दा पनि महत्वपूर्ण कुरा समाजवादको लागि अर्को एउटा क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गर्ने, यसको लागि सबै देशभक्त प्रगतिशील र वामपन्थीहरूको एकतालाई अर्को स्तरमा उठाउने र यसको सुरुवात माओवादीका विभिन्न धाराहरूको बीच पार्टी एकताबाट प्रारम्भ गर्ने जुन उद्घोष गर्नुभयो, त्यो अत्यन्त सारगर्वित र अहिलेको क्रान्तिकारीहरूको पहिलो कार्यसूचीको काम हो।  छैटौं, देशलाई प्रतिगमन हुनबाटबाट रोक्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको कृडास्थलबाट बचाउँदै समाजवादको आधार तयार पार्ने र क्रमशः देशलाई समाजवादमा पुर्याउन जनताको अर्को एउटा क्रान्ति को नेतृत्व गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ। यसको लागि पार्टीले धेरै नै मेहनत गर्ने संकल्प चाहिएको छ। यसको लागि एउटा सही विचार कार्यदिशा नेतृत्वको अभूतपूर्व रूपान्तरण पार्टीभित्रको पूर्ण एकता र समाजवादका पक्षधरबीच बृहत एकता निर्माण गर्न आजको कार्यक्रमले नेतृत्वलाई आत्मविश्वास बढाएको छ।  सातौं, प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउने यसबीचमा निकै धेरै कसरतहरु गरिए र गरिरहेका छन्। उनीहरुले माओवादी क्रमश कमजोर हुँदै गयो र यसलाई अझ बढी कमजोर बनाउन यस मा फुट पार्ने अनेकौं षड्यन्त्र र कोसिसहरु गरे आजको यो कार्यक्रम पश्चात उनीहरू अझ बढी यो प्रयत्न बढाउने नै छन्। पार्टीले आफ्नो सही विचार र श्रमजीवी जनताको बीच मजबुत एकता बनाएर प्रतिक्रियावादीहरूका षड्यन्त्रहरुलाई चक्नाचुर पार्नु अझ बढी मेहनत गर्नु पर्ने देखिन्छ। घनश्याम प्रसाद रजक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान परिस्थितिमा आम नेपाली जनतालाई पार्टीमा संगठित गर्न र पार्टीभित्र शुद्धीकरणको अभियान अघि बढाउन निम्न कामहरू गर्न सक्छः जनतालाई संगठित गर्नका लागि –आधारभूत आवश्यकता र सेवामा ध्यानः शिक्षा, स्वास्थ्य, र रोजगारमा आधारित ठोस कार्यक्रमहरू सञ्चालन गर्नु, जसले जनतालाई प्रत्यक्ष लाभ दिन्छ र पार्टीलाई जनप्रिय बनाउँछ। –सीप विकास र स्वावलम्बन कार्यक्रमः युवाहरूलाई सीप तालिम, लघु उद्यमका लागि सहयोग, र आर्थिक अवसर सिर्जनामा जोड दिनुपर्छ। यसले युवाहरूलाई संगठनमा सक्रियतापूर्वक सामेल हुन प्रेरित गर्दछ। –समाज सेवामा अग्रसरताः आपतकालीन सेवा, स्वास्थ्य शिविर, र अन्य राहत कार्यक्रम मार्फत पार्टीलाई समुदायसँग जोड्नु। –जनताको मुद्धामा प्रत्यक्ष सम्बोधनः स्थानीय समस्याहरू, जस्तै महंगी, भ्रष्टाचार, र सरकारी लापरवाहीमा पार्टीको सक्रिय भूमिकाले जनविश्वास बढाउँछ। आन्तरिक सुधार र शुद्धीकरणका लागि –नेतृत्वमा पारदर्शिता र अनुशासनः निर्णय प्रक्रियामा पारदर्शिता बढाउन नेतृत्वले उदाहरण प्रस्तुत गर्नु। आर्थिक लेनदेन, पदस्थापनामा नीतिगत सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु। –पार्टी सदस्यहरूको समीक्षाः सदस्यहरूको योग्यता, अनुशासन, र समर्पणको आधारमा नियमित समीक्षा गरि पार्टीमा मात्र इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूलाई अघि बढाउनु। –संगठनात्मक संवाद र लोकतान्त्रिक अभ्यासस् निर्णयमा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्दै पार्टीभित्र स्वस्थ संवाद कायम गर्नुपर्छ। संगठनात्मक पुनर्संरचना र नेतृत्व परिवर्तनलाई पार्टीभित्र स्वीकार्ने वातावरण बनाउनु। –नेतृत्व र कार्यकर्तामा राजनीतिक शुद्धतास् माओवादी आदर्श र सिद्धान्तलाई केन्द्रमा राख्दै, व्यक्तिगत स्वार्थबाट टाढा रहन, निष्ठा कायम राख्न, र जनताको सेवामा केन्द्रित रहन सबै स्तरका सदस्यलाई प्रेरित गर्नु आवश्यक छ।  यी उपायहरूले जनताको विश्वास जित्न, संगठन विस्तार गर्न, र पार्टीलाई आन्तरिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउनेछ।  

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन ?’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएको प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर ? मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो । अध्यक्ष ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ उहाँले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सैह्य नहुने बताउनुभयो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दानपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो । आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो । ‘माओवादीले थालेको सुशासनको रेडर्क कसैले मेटाउन सक्ने छैन’ अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताउनुभयो । अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभयो । उहाँले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताउनुभयो । उहाँले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताउनुभयो । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन् ।’ उहाँले अब आफूहरुले जनता छोराछोरीलाई बन्दुक होइन, उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताउनुभयो । उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताउनुभयो । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उहाँले बताउनुभयो । ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको खण्डन अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभयो । उहाँले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’ ‘सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?’ अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गर्नुयभो । उहाँले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’ कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उहाँले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्तिको बिरोध गरेको बताउनुभयो ।

कांग्रेस-एमाले जस्ता भ्रष्ट दलहरुसँग सहकार्य गर्नु गल्ती थियो : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो । उहाँले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गर्नुभयो । यो सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताउनुभयो ।  आफूहरुले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उहाँले भन्नुभयो– ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो ।’ माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उहाँले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताउनुभयो । भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएको बताउनुभयो । अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताउनुभयो ।

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी लगायतका काण्ड कहाँ पुग्यो ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभएको छ। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।  उहाँले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’ यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उहाँले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भनने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गर्नुभयो । ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन रु’– अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भन्नुभयो– ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ तिमीहरुसँग जवाफ, धेरै अभदै भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ छ जवाफ ।’ सरकारले ७० नम्बर ल्याएकोमा प्रचार गरेकोप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर रु मैले निरन्तर भन्दै आएको छु– संसदको पहिलो।दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो ।’ पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुई तिहाईको घडण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उहाँको टिप्पणी थियो ।

लोकप्रिय