अभ्यासबाटै सिकाउनुस व्याकरण, केही विशेष सन्दर्भसहित

अभ्यासबाटै सिकाउनुस व्याकरण, केही विशेष सन्दर्भसहित

काठमाडौं । प्रयोगात्मक नेपाली शब्दकोश’ का सम्पादक बद्रीविशाल भट्टराईले ँनेपाली बृहत् शब्दकोशको कोशवैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका छन् ।

ँनेपाली भाषामा भाषासम्बन्धी आन्दोलनहरू’ उनको अर्को पुस्तक हो । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका प्राध्यापक भट्टराईका भाषा र व्याकरणसम्बन्धी लेखहरू प्रशस्त देख्न पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ँनेपाली बृहत् शब्दकोश’ को पछिल्लो परिमार्जित संस्करणमा समेत उनको संलग्नता छ ।

नयाँ पुस्ता जब कुनै पनि नेपाली शब्दको हिज्जे वा नियम जानें भन्ने निश्चयमा पुग्छ, त्यति बेला त्यो फेरि परिवर्तन भइसकेको हुन्छ । खालि पद योग, पद वियोग र वर्णविन्यासमै केन्द्रित हुने हाम्रा कोशकार र वैयाकरणको प्रवृत्तिले नेपाली भाषालाई कता लैजाला ?
नेपाली भाषालाई शुद्ध, मानक र एकरूपताका दृष्टिले व्यवस्थित गर्न चाहिने आधारभूत कुरा भनेकै वर्णविन्यास, पद योग र पद वियोग हुन् । यद्यपि यी व्याकरण अन्तर्गत पर्ने कुरा होइनन् । एकरूपताका हिसाबले धेरैको अपेक्षा त्यसमा रहेको हुनाले त्यतातर्फ ध्यान गएको हो । वर्ण विन्यास शब्द भण्डारसँग सम्बन्धित कुरा हो । नेपाली भाषाको शब्द भण्डार तत्सम, तद्भव, आगन्तुक तीन मूलका शब्दले बनेको छ । तत्सम शब्द भनेको संस्कृत हो । संस्कृत शब्द संस्कृतकै नियममा व्यवस्थित छन् । तद्भव र आगन्तुक शब्दमा चाहिँ बढी अन्योल खडा भएको हो । एक थरीको मत आगन्तुक शब्दलाई आगन्तुक नियममै व्यवस्थित गर्नुपर्छ, शिकार, शहर, महशूसलाई यथावत् रहनदिऔं भन्ने छ । वास्तवमा आगन्तुक शब्द एउटै स्रोतबाट आएका छैनन् । भूमण्डलीकरण र संसारको तीव्रतम विकासले शब्द यति आइराखेका हुन्छन्, ती कहाँबाट आए भन्ने पत्तो पाउने अवस्थै रहेन । त्यसैले नेपाली वर्ण विन्यास अन्तर्गत तत्समलाई संस्कृत तथा तद्भव र आगन्तुकलाई नेपाली नियमबाट व्यवस्थित गर्न थालिएको हो । नेपाली नियममा खास गरी केही वर्णहरू नेपाली उच्चार्य वर्णमालामा पाइँदैनन् । जस्तो- ऋणको ऋ र रिसाउनुको रि मा उच्चारणको भिन्नता केही छ रु पहिले संस्कृतमा थियो होला, नेपालीमा छैन । अर्को कुरो, गोरुसिङे ञ सिङ्गो प्रयोग भएको कुनै शब्द पाएका छौं रु संस्कृतमा पनि त्यो आधा -ञ्) मात्रै छ । त्यसको उच्चारण के हो त रु आधा प्रयोग हुनेबित्तिकै त्यसको उच्चारण न् हुन्छ । लेख्दा अञ्चल लेखिए पनि त्यसको उच्चारणमा न् नै आउँछ । त्यसै गरी, ण पनि आधा प्रयोग हुँदा त्यसको उच्चारण न् नै हुन्छ । कण्ठ, दण्ड आदि सबै शब्दमा न् कै उच्चारण हुन्छ । हामीले तत्सम शब्दका लागि त ती वर्णहरू प्रयोग गर्न सक्छौं, आगन्तुक र तद्भवका लागि गर्न सक्तैनौं । गुन्टा, गुन्डा लेख्ता न् को ठाउँमा ण् किन लेख्ने, जबकि त्यसको उच्चारण न् नै छ ?
आगन्तुक शब्दलाई नेपालीकरण गर्ने निहुँमा वर्ण परिवर्तन गर्नु महेन्द्रीय राष्ट्रवादको उपज हो भनिन्छ नि रु तत्कालीन राजाले नेपाली भाषालाई हिन्दीबाट पृथक् देखाउन हिज्जे परिवर्तन गर्न प्रेरित गरेका थिए रे ।
महेन्द्रीय राष्ट्रवाद भन्नेभन्दा पनि हाम्रो उच्चारणमा ध्यान दिनपुर्छ । शहरको उच्चारण हामीले त्यही अनुसार गर्छौं र ? शहर उच्चारण गर्दा र साग उच्चारण गर्दा, सोच्नु उच्चारण गर्दा र शब्द उच्चारण गर्दा श वा समा भेद सुनिन्छ ? तत्समै शब्दको उच्चारणमा पनि हामी भेद गर्दैनौं । शब्द, षट्कोण र संसारमा हामी एउटै स उच्चारण गर्छौं । उच्चारण व्यवस्थाका आधारमा वास्तवमा हाम्रो एउटै स छ । मोटो श, पेट चिरेको ष र पातलो स गरी सका तीन भेद संस्कृतका हुन् । दक्षिण एसियाभरि संस्कृत एकनास चलेको हुनाले त्यसलाई नचलाइदिऔं भनेर यथावत् राखिएको मात्र हो । आगन्तुकका लागि छुट्टाछुट्टै स राख्नुपर्ने कुनै आवश्यकता छैन । त्यसमा कसैको राष्ट्रवाद भन्ने कुरै छैन । श, ष र स लाई कसैले छुट्टाछुट्टै उच्चारण गरेर देखाउन सक्छ भने त्यति खेर सोच्ने कुरा हो । नत्र संस्कृतमै पनि उच्चारण गर्न नसकिएको कुरालाई हामीले अनुसरण गरिरहनुपर्छ भन्ने छैन ।
पद योग र पद वियोगबारे चाहिँ ?

नेपाली भाषाको एउटा प्रमुख समस्या भनेको वर्ण विन्यास पनि हो । तत्समलाई चलाउनु हुन्न । तद्भव र आगन्तुकलाई नेपाली नियममा व्यवस्थित गरिदिनुपर्छ । पद योग र पद वियोग सम्बन्धमा चाहिं कति वटा शब्दसम्मलाई जोड्ने र कति वटालाई छुट्याउने भन्नेमा बडो अलमल छ । हाम्रा चर्चित लेखकले एउटा शब्द लेखेका छन् ः क्षत्रियधर्मधुरन्धरप्राचीनआर्यमर्यादापालक । तिनले विप्रलम्भशृङ्गाररस पनि एउटै डिकोमा लेखेका छन् । कसैकसैले धेरै शब्दलाई योजक चिह्न –) का माध्यमले जोडेर पनि लेख्ने गरेका छन् । समस्त शब्द भएका कारण जोडिनुपर्छ भन्ने यस्ता प्रयोगकर्ताको मान्यता हुन्छ । तर लामालामा शब्दको प्रयोगले नेपाली भाषालाई कति जटिल बनाइरहेको छ, यसबाट हामीले आँखा चिम्लिनु हुँदैन । अर्कातिर समस्त शब्द नै भए पनि सञ्चार गृह, समाचार पत्र, पर्यटन मन्त्री जसरी अलग-अलग लेखिएको पनि व्यवहारमा देखिइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त समस्त शब्द हो नि, यी चार शब्दलाई एउटै डिकोमा लेख्नु हो भने के होला !
हाम्रामा चाहिं समस्त शब्द छोटै हुने रहेछ भने जोडिदिइहाल्ने, लामो हुने रहेछ भने चाहिं आँखालाई अमिल्दो हुन्छ भनेर नजोड्ने चलन पनि देखिइरहेको छ नि ?

शब्दलाई छुट्याउँदा वा जोड्दा अर्थमा फरक पर्दैन भने त्यस्तो अवस्थामा हामीले किन जोडिरहने रु नेपाल सरकार भनेको नेपालको सरकार हो । अर्थात्, समस्त शब्द । यी दुई शब्द नजोड्दा के बिग्रेको छ र रु अर्थमा फरक पर्दैन भने समस्त शब्दलाई नै अलग-अलग लेख्ने हाम्रो लेखन प्रवृत्ति छ । त्यसैले यसमा छुट्टै व्यवस्था के गर्न खोजिएको छ भने दुई(तीन लिपि चिह्नसम्ममा लेखिएका समस्त शब्दलाई जोड्ने गर्नुपर्छ । तीभन्दा बढीलाई चाहिँ छुट्याउने व्यवस्था गरिएको छ । तर पूर्वापर शब्द जोडिँदा विकार आउँछ भने जोड्नुपर्छ । जस्तो ः राजाको दरबार राजदरबार भयो । राजाका ठाउँमा राज भयो अर्थात् विकार आयो । विकार आउँदैन भने ती घटकलाई अलग्गै छोडिदिनुपर्छ । यसो गर्दा लेख्नपढ्न सजिलो हुन्छ । शब्दको सत्ता स्वतन्त्र हुन्छ । अलग(अलग लेखिनु यिनको विशेषता हुन्छ ।
नामयोगीलाई के गर्ने ?
नेपालीमा नामयोगी तीन किसिमका छन् ः दुइटा लिपि चिह्न आउने (जस्तो ः सँग, तर्फ, माथि, तल, वारि, पारि।।।०, तीनटा लिपि चिह्न आउने -जस्तो ः समेत, बाहेक, बापत, मार्फत।।।) र चारोटा लिपि चिह्न आउने (जस्तो ः अनुसार, बमोजिम, मुताबिक।।।० । दुईदुई लिपि चिह्नका नामयोगी जोड्ने (जस्तो ः हामीसँग) र बाँकीलाई अलग्गै लेख्ने
(जस्तो ः हामी बाहेक, देहाय बमोजिम) ।
नियम लामा, छोटा सबैतिर एकनास हुनुपर्ने होइन र ?
हो, तर माथिल्लो तहमा हामीले गर्ने बौद्धिक विलासलाई साना केटाकेटीको पठनपाठनमा लैजाँदा असजिलो हुन्छ । अर्को कुरा, दुई लिपि चिह्नसम्मका नामयोगी किन जोड्नुपर्छ भन्दा हामीले विभक्ति (को, का, की, लाई, देखि, बाट।।।) लाई जोडेरै लेख्ने गरेका छौं । विभक्तिको अधिकतम संरचना दुई लिपि चिह्नको हुन्छ । विभक्ति हामी जोड्छौं भने दुई लिपि चिह्नसम्मका नामयोगी पनि जोड्नुपर्छ । किनकि, नामयोगी पनि विभक्ति जस्तै हुन् । तेस्रो कुरा, लगायत, बमोजिम जस्ता नामयोगी आगन्तुक शब्द हुन् । त्यसैले तिनलाई अलग लेख्ने व्यवस्था गरिएको हो । सरलताका लागि पनि यसो गरिएको हो । र, यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पनि स्वीकार गरेको छ । यो कुनै समस्या होइन । हामीले अहिलेसम्म भाषा नियमबाट सिकायौं । तर भाषा अभ्यासबाट सिकाउँदै लैजानुपर्छ । प्राथमिक तहदेखि नै सुरु गर्नुपर्छ । हाम्रो भन्दा बढी समस्या केटाकेटीहरूकै हो । उनीहरूलाई सिकाउँदै सँग, तिर जोड्न, समेत, बाहेक, लगायत, मुताबिक अलग लेख्न लगाउनु पर्छ । नियम त शिक्षकले मात्र बुझ्नुपर्छ, केटाकेटीका दिमागमा छिर्दैनन् ।
पद योग र वियोग जस्तै अन्योल ह्रस्व(दीर्घमा देखिइरहेको छ । आमाबुवाले लेख्दै आएका बूढाबूढी छोराछोरीका पालामा बुढाबुढी भइरहेका छन् ।
अव्यय (पनि, माथि।।।) लाई ह्रस्व नै चलाउनुपर्छ । नामहरूमा अन्तिमको पुलिङ्गी शब्द भए ह्रस्व (पति, दाजु।।।), स्त्रीलिङ्गी भए दीर्घ (पत्नी, दिदी, फुपू।।।) लेखिरहेकै छौं । नयाँ व्यवस्थाले तत्सम शब्दलाई चलाएकै छैन, तद्भव र आगन्तुक शब्दका सुरु र बीचका ह्रस्वलाई दीर्घ गर्नुपर्छ (जस्तो ः बुढा, बिच, सिधा।।।)।
शिरविन्दु, चन्द्रविन्दुलाई कसरी सम्बोधन गर्ने ?
शिरविन्दु भन्नेबित्तिकै ङ, न र म को कुरा आयो । तद्भव र आगन्तुक शब्दका लागि उच्चारण अनुसार ङ, न र म को प्रयोग गर्नुपर्छ । कतैकतै सवर्गीय पञ्चम वर्ण पनि लाग्छन् । तत्सम शब्दमा चाहिँ पछिल्लो वर्ण य, र, ल, व, श, ष, स, ह भए शिरविन्दु नै प्रयोग गर्नुपर्छ । पाणिनीय व्याकरणले निर्दिष्ट गरेको कुरा हो यो । यद्यपि वैकल्पिक रूपमा अरू वर्णमा पनि शिरविन्दु लाउन सकिन्छ भनिएको छ ।
सङ्क्षिप्त रूप कसरी लेख्ने ?
यसमा एक्रोनिम र एब्रिभिएसन दुई थरी भेद हुन्छन् । थोप्लोथोप्लो (जस्तो ः गा।वि।स। राखिदिऔं भने त्यो सङ्क्षिप्त रूप भयो । थोप्लो नराखीकन एउटै डिकोमुनि लेखिदिऔं भने (जस्तो ः गाविस) त्यो अंशाक्षरी भयो । अंशाक्षरी शब्दलाई हामीले कोशमा राख्न खोजिरहेका छौं । एउटै डिकोमुनि लेखिए अगाडि र बीचमा ह्रस्व तथा अन्त्यमा दीर्घ गर्ने (जस्तो ः युएनडिपी), थोप्लो दिएर लेखिए ती एकाक्षरी हुन्छन् र तिनलाई सबैतिर दीर्घ नै लेख्ने (जस्तो ः यू।एन।डी।पी।)। नेपाल प्रज्ञा प्रतिष्ठानले केही समयअघि गरेको भाषा सङ्गोष्ठीमा पनि यो कुरा उठेको थियो । बुझ्नुपर्ने कुरा के हो भने सरलतातिर जाने सिलसिलामा यस्ता केही परिवर्तन हुने गर्छन् । अङ्ग्रेजीकै कुरा गरौं न, अमेरिकी एक खालको छ, बेलायती अर्को खालको । भाषालाई अद्यावधिक गर्दै पनि गर्नुपर्छ ।
तर अङ्ग्रेजी भाषामा उच्चारणमा नआउने वर्ण पनि यथावत् राखिएका छन् । पलषभ, पलभभ जस्ता शब्दमा प को काम नभए पनि शब्द परम्परालाई सम्मान गर्दै उनीहरूले त्यसलाई हटाएका छैनन् ।
बेलायत, अमेरिका जस्ता मुलुकमा भाषा सिकाउने प्रशस्त माध्यमहरूको विकास भएको छ । सामग्रीहरू पनि प्रशस्त मात्रामा छन् । तिनीहरूको र हाम्रो अवस्था एकनासको छैन । हाम्रामा तद्भव नियम ह्रस्व भनेर पढाइराखिएको छ । यो कुरा आजको होइन, वि.सं. १९६९ मा चन्द्रिका व्याकरण प्रकाशित भएदेखि यस्तै चल्दै आइरहेको छ । अर्को तद्भव नियम चाहिँ क्षतिपूर्ति दीर्घी भवन, त्यसपछि सङ्ख्या तद्भव अर्को नियम, शिष्ट प्रचलन तद्भव भनेर अझ अर्को नियम । एउटा तद्भवका लागि तीन-चार वटा थुम्का राखेर सिकारुलाई कति अलमल्याउनु ?
पाँच कक्षामा पढ्दा एक किसिमले लेखेको शब्द सात कक्षामा पुग्दा अर्कै किसिमले लेख्नुपर्‍यो भने चाहिँ अलमल हुँदैन र ?
त्यति मात्र होइन, एउटै कक्षाका दुइटा किताबमा दुई थरी हिज्जे पनि पढाइरहनुपरेको छ । हाम्रा पाठ्यपुस्तकमै एकरूपता नभएर यस्तो भद्रगोल भएको हो । छ कक्षाभन्दा तल व्याकरणको व पनि उच्चारण गर्नु हुँदैन । वर्णविन्यास, पद योग र पद वियोग व्याकरणमा पर्दैनन् । यी व्याकरणका विषय होइनन् । व्याकरण भनेको वाक्य हो । हाम्रामा चाहिँ सबै कुरालाई मिसाइएको छ । व्याकरणको कुरा गर्ने हो भने वाक्यतर्फ जानुपर्ने हुन्छ । त्यसपछि चाहिँ व्याकरण प्रयोगात्मक ढङ्गले पढाउनुपर्छ । व्याकरण नियमबाट पढाउने नै होइन । यहाँ व्याकरण शिक्षण नियममुखी भयो । वर्णविन्यास पनि अभ्यासबाटै सिकाउनुपर्छ । अंगे्रजी पढ्नेहरूले झुक्किएर पनि गाईलाई अबध किन नलेखेका हुन् भने उनीहरूलाई सयौँ चोटि अयध लेख्न लगाएर अभ्यस्त बनाइएको हुन्छ । हाम्रोमा सङ्क्रमण कालका कारण अलिक समस्या उत्पन्न भइरहेको छ ।
नेपाली भाषा-व्याकरणमा सङ्क्रमण काल छ-छ महिनामा आइरहन्छ ।
कुनै पनि विषय सरल, सहज र वैज्ञानिक हुँदै जान्छ भने त्यसलाई स्वीकार गर्नुपर्छ । बाउआमाले पढेकै कुरा छोराछोरीले पढ्नु हो भने विकास कसरी हुन्छ र ? हामीले अभिलेखकालीन भाषा नै चलाए भइगयो नि । हामी महाकवि देवकोटाले चलाएको भाषाभन्दा पनि निकै अगाडि बढिसकेका छौँ । यो त भाषा विकसित हुँदै गएको लक्षण पनि हो । अर्को कुरा, हाम्रो देशमा बहुभाषिकता, बहुजातीयता, बहुसांस्कृतिकता छ । नेपाली सम्पर्क भाषाका रूपमा छ । यसको लेख्य रूपमा एकरूपता आवश्यक भइसकेको
छ । त्यसैले नेपाली भाषा-व्याकरणका नियम कमभन्दा कम पार्नुपर्छ, अपवादको न्यूनीकरण आवश्यक छ ।
व्याकरणका नियमबारे सम्बन्धित निकायले सिन्को नभाँच्ने, व्यक्तिगत स्तरमा चाहिँ आआपः्नै नियम लादेर पुस्तक निकालिनु कत्तिको जायज हो ?
नियामक संस्था नभएर यस्तो भइरहेको हो । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, त्रि।वि। को पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले एकीकृत रूपमा एउटै मापदण्डमा भाषा-व्याकरणका पुस्तक निकाल्नुपर्ने हो । प्रज्ञा प्रतिष्ठान धेरै वर्षसम्म नेतृत्वविहीन रहेपछि विश्वविद्यालयले २०६५ मा आपनै पहलमा बीए नेपालीको पाठयक्रम परिवर्तन गर्‍यो । त्यस बेला वर्ण विन्यास, पद योग र पद वियोग सम्बन्धमा नयाँ अवधारणाहरू आए । कतिलाई अपनाइयो, कतिबारे बहस चलिरहेको छ । प्रतिष्ठानको हालैको भाषा सङ्गोष्ठीले बीएको पाठ्यक्रमले ल्याएको अवधारणालाई ८० प्रतिशत ग्रहण गरेको छ । वर्णविन्यासमा केही परिवर्तन पनि आएका छन् । क्षतिपूर्ति दीर्घीभवन भन्ने तपाईंहरूले सुन्नुभएकै होला । संस्कृत दुग्धबाट प्राकृतमा दुद्ध भयो अनि नेपाली दूध लेखिन थाल्यो । तर यस्ता शब्द तद्भव भएकाले सबै ह्रस्व (दुध) गर्नुपर्ने कुरा उठ्यो, हामीले त्यही मान्न थालेका छौं । सङ्ख्यावाचक शब्दहरू तीन, बीस, तीस, बत्तीस, चालीस जस्ताका अगाडि र बीचका दीर्घ ईकार पनि अब ह्रस्व लेख्न थालिसक्यौं ।
एक थरी वैयाकरणहरू पत्रपत्रिका आदिमा जुन शब्द जसरी धेरै चोटि लेखिएको छ, त्यही हिज्जेलाई नै मान्यता दिनुपर्छ भनिरहेका छन् । कुरो के हो ?
यसलाई प्रिmक्वेन्सी टेस्ट भनिन्छ । कर्पस-बेस्ड डिक्सनरी प्रिmक्वेन्सी टेस्टमा आधारित भएर बनाइन्छ । कोबिल्डको अङ्ग्रेजी डिक्सनरी यसै गरी बनेको हो । नेपालमा पनि यही विधि अपनाउने भनेर मदन पुरस्कार गुठीले धेरै डकुमेन्टेसन गरेको छ । यसले राम्रै परिणाम पनि ल्याउन सक्छ । तर के हुन्छ भने त्यसमा गल्ती लेख्नेहरूको आधिक्य भयो भने गल्ती नै जान सक्छ । धेरै पल्ट दोहोरिएको गल्ती पनि सही मानिन्छ भन्ने सिद्धान्त छ । शब्दकोश निर्माताहरूले प्रिmक्वेन्सी टेस्टलाई अचेल बढी महत्त्व दिने गरेका छन् । तर जहाँ लेख्य भाषा बढी मात्रामा व्यवस्थित भएको छ, एकरूपता भएको छ, त्यस्ता देशमा यो टेस्टले बढी काम गर्छ, अन्यथा गलत परिणाम ल्याउने खालको पनि हुन सक्छ ।
नेपाली भाषा-व्याकरणमा अझै कति दर्जन वर्षपछि एकरूपता आउला ?
यो बडा गम्भीर प्रश्न हो । एकरूपता अङ्ग्रेजी भाषामै पनि आएको छैन, यद्यपि उनीहरूकहाँ पर्याप्त साधन-स्रोत छन् । हाम्रामा घराना (स्कुल) हरूले पनि फरक पारिरहेका छन् । हाम्रा संस्थाहरू दरा भए र त्यसलाई वैज्ञानिक, वस्तुनिष्ठ र अपवाद कम भएका नियमलाई व्यवस्थित गरेर लागू गर्न लागे भने धेरै हदसम्म एकरूपता आउन सक्छ । त्यसका लागि यति नै वर्ष लाग्छ भनेर तोक्न सक्ने अवस्था छैन । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।

यस वर्षको  एसइई चैत पहिलो सातादेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ ।  सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति

चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

लोकप्रिय