एभरेष्ट दैनिक

खेलाडी भुवनप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ कात्तिक । नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका वरिष्ठ उपाध्यक्ष भुवनदेव पन्तको असामयिक निधन भएकाले उनको सम्झनामा सो संस्था एवं नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा शनिबार  एक संयुक्त श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसीले खेलाडी र खेलकुद क्षेत्रमा योगदान पुर्याएका, निरन्तर खेलकुदको विकास र संवद्र्धनमा लागिपरेका खेलाडी भुवनदेव पन्त (बबि पन्त) को खेलहरुको स्मरण गर्दै  उनले खेलकुद क्षेत्रमा पुर्याएकाे भएको योगदानबारे चर्चा गरे । भुवनदेव पन्तको यही असोज ४ गते सिंगापुरमा क्यान्सर रोगको उपचारका क्रममा निधन भएको थियो । पुराना ख्यातीप्राप्त खेलाडीहरुको सहभागिता रहेको कार्यक्रममा संघका अध्यक्ष जिएन दाइ शर्माले बबि पन्तको निधनबाट नेपालको खेलकुद क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै उनको योगदानको स्मरण गरे ।