सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता
२७ मंसिर, २०७४
काठमाडौँ, मंसिर २७ । काठमाडौँ र भक्तपुरका विभिन्न छ वटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल र पाथीभरा तथा भक्तपुरको मनोहरामा गत वैशाखदेखि खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि एवं पूर्वाधार निर्माण गरेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । देशका विभिन्न भेगबाट आई अव्यवस्थित रुपमा बसोबास गर्दै आएका समुदायमा खानेपानी र सरसफाइसम्बन्धी आधारभूत जानकारी र पूर्वाधारको अभावमा अनेक रोगब्याधी, वातावरणीय प्रदूषणको समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गर्नु परेको मिनर्जीकी कार्यक्रम संयोजक स्वस्ती जोशीले बताउनुभयो। उहाँका अनुसार ती बस्तीमा खानेपानी शुद्धीकरणका लागि फिल्टर जडान, नमूना शौचालय निर्माण, बायोग्यास प्लाण्ट जडान तथा जनचेतनासम्बधी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । अन्तरक्रियामा सहभागी वक्ताले राजधानीमा रहेका सुकुम्वासी तथा सो वासी बस्तीमा खानेपानी र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेकाले यसमा सरकारी र गैरसरकारी संस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
पोखरेललाई प्रतिस्पर्धी भण्डारीले दिए बधाई
२७ मंसिर, २०७४
पुस २१ गतेदेखि टेलिचलचित्र ‘पंगा’ सञ्चालनमा आउने
२७ मंसिर, २०७४
बीना मगर प्रदेश नं ७ की एक्ली महिला सांसद्
२७ मंसिर, २०७४
काँग्रेसका लागि सच्चिने अन्तिम मौका : महामन्त्री
२७ मंसिर, २०७४
रिमासँग डिभोर्सपछि रोबर्टले वर्षासँग लगनगाँठो कसे
२७ मंसिर, २०७४
पुन धौलागिरिमा निर्वाचित एक्ली महिला
२७ मंसिर, २०७४
दश छात्रछात्राहरु बिना दाइजो विवाह गर्ने अठोट
२७ मंसिर, २०७४
सुनसरी ३ बाट विजयकुमार विजयी
२७ मंसिर, २०७४
म्याग्दीमा ५० शैय्याको अस्पताल निर्माण शुरु
२७ मंसिर, २०७४
बसले किच्दा नाबालकको मृत्यु
२७ मंसिर, २०७४
आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता
२७ मंसिर, २०७४
रुखको कथा
२७ मंसिर, २०७४
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२७ मंसिर, २०७४
रेशम चौधरीलाई तत्काल पक्राउ गृहको निर्देशन
२७ मंसिर, २०७४
यी हुन् १६५ मध्ये निर्वाचित हुने ६७ नयाँ अनुहार
२७ मंसिर, २०७४