नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द हुने
२५ कात्तिक, २०७४
चितवन, कात्तिक २५ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ । आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोधसमेत गरेका छन् । भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ । भोलिबाट एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो । निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । (रासस)
परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा यस्तो रिट
२५ कात्तिक, २०७४
मधेसी शीर्ष नेतालाई चुनाव जित्न कठिन
२५ कात्तिक, २०७४
अाउदाे चुनावमा १९ हजार कैदी मताधिकारबाट वञ्चित
२५ कात्तिक, २०७४
केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा २६९ अर्ब लाग्ने अनुमान
२५ कात्तिक, २०७४
‘रेलको सम्भावना छ’ – चिनियाँ टाेली
२४ कात्तिक, २०७४
नेकपाका तीन जना कार्यकर्ता पक्राउ
२४ कात्तिक, २०७४
कञ्चनपुर कांग्रेसमा पहिरो, दर्जनौ नेता माओवादीमा प्रवेश
२४ कात्तिक, २०७४
दुई तिहाई मत ल्याउने यस्तो छ वाम गठबन्धनको रणनीति
२४ कात्तिक, २०७४
५० हजार युवालाई राेजगारीकाे अवसर सृजना गर्छु : राइमाझी
२४ कात्तिक, २०७४
२० लाख घुससहित प्रमुख पक्राउ
२४ कात्तिक, २०७४
जनार्दन शर्मालार्इ लक्षित गरी बम प्रहार
२४ कात्तिक, २०७४
घरमै पुगरे जनगुनासो सुनें प्रचण्डले
२४ कात्तिक, २०७४
राजनीतिको कखरा यहीँ सिकेको हाे : प्रचण्ड
२४ कात्तिक, २०७४
प्रचण्डकाे भरतपुर-९ मा घरदैलो अभियान लाइभ भिडियाे
२४ कात्तिक, २०७४
प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु (फाेटाेफिचर)
२४ कात्तिक, २०७४
मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु
२४ कात्तिक, २०७४