एभरेष्ट दैनिक

स्वास्थ्य मन्त्रीको प्रतिवद्धता ‘महोत्तरीलाई शैक्षिक जिल्ला बनाउँछौं’

महोत्तरी, साउन २९ । स्वास्थ मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी जिल्लालाई शैक्षिक जिल्ला बनाउने उद्घोष गरेका छन् । बर्दिबास ३ पाटुमा रहेको जनजागृती उच्चमावि निरीक्षणको क्रममा आयोजित कार्यक्रममा मन्त्री पोखरेले महोत्तरी जिल्लालाई देशकै नमुना शैक्षिक जिल्ला बनाउनु पर्ने बताएका छन् । स्वास्थ मन्त्री पोखरेलले शिक्षामा महोत्तरी जिल्ला कमजोर भएकोले अब शैक्षिक जिल्ला बनाउने अभियानमा जुट्न सबैमा आग्रह गरेका छन् । मन्त्री पोखरेलले बिधालयको शैक्षिक स्तर सुधार गर्न र शैक्षिक कार्य योजना बनाएर काम गर्न सुझाव पनि दिए । उक्त विद्यालयमा निम्न आर्थिक अवस्था भएकाहरुले अध्ययन गर्ने भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनु आवस्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । गत २०७३ फागुन २२ गते बिधुत सर्ट भएर आगलागी भएपछि पुनः पुनर्निर्माण गरिएको यस विद्यालय तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा ३२ लाख अनुदान पाएपछि निर्माण गरिएको व्यवस्थापन समिति अध्यक्ष कुमार घिमिरेले जानकारी दिए ।