एभरेष्ट दैनिक

दोलखामा प्रहरीको गोली लागि एक मतदाताको मृत्यु, अन्य चार घाइते

काठमाडौं, बैशाख ३१ । मतदान शुरु भएलगत्तै तनावग्रस्त बनेको दोलखामा प्रहरीको गोली लागि जना मतदाताको मृत्य भएको छ । दोलखाको मेलङ गाउँपालिका १ स्थित पओटीस्थित सत्यवर माविमा प्रहरीको गोली चलाउँदा मतदाता दिनेश भुजेलको मृत्यु भएको छ भने घटनामा अन्य चार जना गम्भिर घाइते भएको प्रहरीले बताएको छ । गम्भीर चार घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको जनाएको छ । आज चुनाव सुरु भएदेखि नै दोलखाका विभिन्न स्थानमा झडप भएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको प्रहरीले जनाएकाे छ । दाेलखामा हवार्इ फाइर तथा बुथ कब्जा हुने क्रम बढ्दाे छ । सत्यवर मावि पनि एक्कसी मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीको गोली लागी उनको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।