एभरेष्ट दैनिक

बझाङमा कांग्रेस–एमालेबीच झडप, उम्मेदवार घाइते

बझाङ, असार १४ । अशक्त मतदातालाई भोट हाल्न दिने विषयमा कांग्रेस र एमालेबीच झडप भएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिकाको वडा नं. ३ पुणेतमा भएको झडपमा एकजना उम्मेदवार घाइते भएका छन् । जिल्ला प्रमुख अधिकारी केशव बहादुर थापाका अनुसार, मतदान केन्द्र बाहिर अशक्त मतदातालाई मतदान गर्न दिने या नदिने विषयमा दुबै दलका समर्थकबीच हानाहान भएको हो । अहिले स्थिति नियन्त्रणमा लिइएको र थप सुरक्षाकर्मी समेत पठाइएको थापाले बताए ।