संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा
२३ बैशाख, २०७४
काठमाडौँ, वैशाख २३ । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ । संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएका छैनन् । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक-फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जानकारी दिनुभएको छ । मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गर्नुभएको छ । नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पु¥याउनका लागि मोर्चाका उमेदवारलाई मत दिई विजयी बनाउन सबैसँग वैद्यले आग्रह गर्नृभएको छ । माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ । ९माओवादी केन्द्र०का नेता मणि थापाले तालमेलका लागि क्रान्तिकारी माओवादी इच्छा नदेखाएकाले सो विषयमा छलफल हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “हामी तामलेलका लागि तयार छौंँ, तर उहाँहरु चुनाव जित्ने भन्दा पनि विचारको रक्षा गर्छौ भन्दै हुनुहन्छ । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेपाली काँग्रेस, नेकपा९एमाले०, माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल नगर्ने पार्टी नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरु तीन कुरालाई मध्यनजरगरी निर्वाचनमा गएको जानकारी दिँदै भन्नुभयो– “पहिलो निर्वाचनमार्फत आफ्नो विचार जनतासमक्ष पुर्याउने, दोस्रो सङ्गठन विस्तार गर्ने र तेस्रो जित्ने ठाउँमा नेतृत्व लिने लक्ष्य हो ”। अहिले नीति र सिद्दान्तलाई बिर्सिएर दलहरुबीच भइरहेको चुनावी तालमेललाई आफ्नो पार्टीले राजनीतिक व्यापारका रुपमा लिएको उहाँको टिप्पणी छ ।
मेसीमाथिको प्रतिबन्ध फुकुवा
२३ बैशाख, २०७४
टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्बित
२३ बैशाख, २०७४
चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे मर्यो
२३ बैशाख, २०७४
बालबालिकाको प्रयोगबारे अनुगमन
२३ बैशाख, २०७४
करेन्ट लागेर एकको मृत्यु
२३ बैशाख, २०७४
सरकारको आयु !
२३ बैशाख, २०७४
चार दलित महिला सदस्य निर्विरोध
२३ बैशाख, २०७४
तरकारीमा परनिर्भरता घट्दै
२३ बैशाख, २०७४
किशोरी शिक्षाको प्रभावले बालिका विद्यालय जान तयार
२३ बैशाख, २०७४
तीनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण
२३ बैशाख, २०७४
विदेशी नागरिकको सहयोगमा विद्यालय निर्माण
२३ बैशाख, २०७४
पशुपति आश्रमलाई रु ५० हजार चन्दा
२३ बैशाख, २०७४
ट्रिपरको ठक्करबाट एकको मृत्यु
२३ बैशाख, २०७४
काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन
२३ बैशाख, २०७४