कालो बैशाख–१२
१२ बैशाख, २०७४
धुम्मिएको मौसम, बैशाखमापनि जाडो । ३ दिनदेखिको पखालालाई विश्राम लगाउनलाई अरुचिकासाथ रियल जुषको साहरामा ओछ्यानको कुनामा भर्खरै उठेर दुइचुस्की के लगाएको थिएँ, एक्कासी भूमि हल्लिन थाल्यो । घरभरी आमा समूह । महिलाको बीचमा बच्चा च्यापेर कम्पन रोकिन्छ भनेर अधिक पीडाको साथमा पिल्लर नभएको ३ तला घरको सबैभन्दा मुनिको कोठाको चिच्कार थामिनसक्नु थियो । करिब ४३ सेकेण्डमा निस्कन सफल भइयो । लुगा राम्रोसँग नलगाएको, खाली खुट्टा, गोजीमा २०० रुपैयाँ ! स—परिवार सुरक्षित अवतरण गर्न सफल । एकैछिनमा धरहरा, लगातार ज्यान, संरचना ध्वस्तका खबरहरु देशभरबाट आइरह्ये । काठमाडौँमा खाली ठाऊँ कहाँ भेटिन्छ र ! केहीपर खाली जमिनको शरण लिन पुग्यौँ । वरपरका मानिसहरुपनि त्यहि ठाउँमा भेला भएका थिए । चिच्चाहटका आवाजले पुरै स्थान गुन्जेको थियो । मानिसका अनुहारमा त्यतिविघ्न चित्कार र मलिनता कहिल्यै देखेको थिइन मैले । परिवारको अवस्थाको बारेमा स्थानीय र बाह्य कुराकानीमा व्यस्त थिए मानिसहरु । त्यतिकैमा श्रीधरजीको फोन आयो । ‘हेल्लो रुद्रजी, म डराएर भने हजुर सञ्चै ? ठिक छु । तपाइँ ? उही हो मैले भने । अैलेसम्म ६ वटा भूकम्प आइसक्यो जोगिएर बस्नुस् भन्ने शब्दबाट बिट मारियो । त्यहि कालो दिनले ८ हजार ७ सय ९२ जनाको ज्यान लियो । २२ हजार ३ सय ११ जनालाई घाइते बनायो । यसरी नै २ हजार ६ सय ५६ सरकारी घरहरू पूर्णरुपमा ध्वस्त भएभने ३ हजार ६ सय २२ घरमा आंशिक क्षति पु¥यायो । यस्तै निजी ५ लाख ८८ हजार ७४ घरहरू पूर्णतया भत्किए । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको यो शक्तिशाली भूकम्प साथै लगातारको पराकम्पनहरूले करिब ७ लाख थप गरिबहरू थपिदियो, जसलाई चाहेरैपनि नेपालीले बिर्सन सकिँदैन । पराकम्पनको क्रम रोकिएको छैन, सालाखाला ३ हजार भन्दा बढी पराकम्पन गएको भूगर्भ विभागले जानकारी दिएको छ । त्यसमध्ये ४ रेक्टरभन्दा माथिका ४ सय ८० झट्काहरु रहेको विभागको तथ्याँक छ । समय बित्यो, सरकार गए अनि आए त्यसरी नै पूनर्निर्माण प्राधिकरणका सिइयो पनि परिवर्तित हुँदै गए । थाङ्थिलो भएको देशका संरचनामा २ वर्ष बित्दापनि पूनर्निर्माणका प्याकेजहरूलाई पूर्णरुप दिन सकिएन । किलादेखि त्रिपालसम्म राजनीति मात्र गर्न सक्यौँ । विपत्लाई निजी अवसरको गलत अभ्यास गर्नपनि पछि परेनौँ । यहिकारण पीडितले न समयमा राहत पाए त न त्यसभन्दा माथिको अपरिहार्य अनुदान नै पाए । झरी, जाडो र गर्मी प्वाल परेको त्रिपालमै बिताउनुपरेको छ, जसलाई सम्झँदापनि आँशु आउँछ । २ वर्ष भयो यो रोकिएको छैन । पूनर्निर्माण प्राधिकरण खोलियो तर समयमै काम गर्न सकेनन् । दाताले उल्लेख्य रकम दिए, खर्चगर्न भागबण्डा चुचुरो बन्यो । यस्तो अवस्थामा हामी सबै निकम्मा भएका छौँ । सबैको दोश छ, यो पूनर्निर्माणमा कुनैपनि व्यवहारिकता प्रस्तुत गर्न सकेनौँ । भूकम्प पीडितलाई टिनको छानो हालेको घरपनि यो समयमा निर्माण गर्न सकेनौँ । आएको रकम र दाताराष्ट्रको सहयोग ठाउँमा लैजान दिइएको भए त्यहिसमयमै सबैको घर भैसक्थ्यो । बरु धुर्मुस सुन्तलीले धेरै घर बनाए, सरकारले सकेन । सँधै बजेटको अभाव देखायो, निरन्तर छ । धिक्कार छ हामी सबैलाई, बगेको आँशुमा थोरै हाँसो र आशा प्रदान गर्न सकेनौँ । पीडा भूलेर खाली राजनीति र चुनाव भन्दै हिँडेका छौँ । चुनाव अपरिहार्य भएपनि राहतको यो २ वर्षमा सबैलाई खुसी पारेर जानसक्ने कुरालाई नेतागणले विर्षेको कारण सबै पीडितको मुहारमा हाँसो आउन सकेको छैन । पीडालाई शान्त पारेर १४ जिल्लाका भूकम्पपीडित कसरी भोट हाल्न जान सक्छन् ? कसैसँग उत्तर छैन । त्यो दिनलाई सँम्झदापनि डर लाग्छ । हामी सम्झीरहने छौँ, त्यो कालो बैशाख १२ र अहिलेसम्मको कालो शासनलाई ।
‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’
१२ बैशाख, २०७४
डीआईजी नवराज सिलवाल सर्वोच्च नपुग्दै छुटे
११ बैशाख, २०७४
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
११ बैशाख, २०७४
नयाँ शक्तिबाट प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस
११ बैशाख, २०७४
शुल्क वृद्धिविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा
११ बैशाख, २०७४
‘पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलायौ’
११ बैशाख, २०७४
लौ हात उठाएर विरोध गरौं
११ बैशाख, २०७४
दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक
११ बैशाख, २०७४
प्रहरीद्वारा माओवादीका पाँच कार्यकर्ता पक्राउ
११ बैशाख, २०७४
कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो
११ बैशाख, २०७४