एभरेष्ट दैनिक

उपेन्द्र यादवले अध्यक्षको दावी गरेपछि भाँडियो नयाँ शक्तिसँग एकता

काठमाडौं – एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ । स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिबकरिब सहमति जुटिसकेको थियो । तर अध्यक्षको बिषयमा भने सहमति जुट्न सकेन । स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए । नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए ।