एभरेष्ट दैनिक

नुवाकोट महोत्सवमा गोरु जुधाइ

नुवाकोट, माघ २० । नुवाकोटमा माघेसङ्क्रान्तिका दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने प्रतियोगिता संचालन गरिन्छ । तर हाल पनि नुवाकोट महोत्सवमा गोरुजुधार्इ प्रतियोगिताको आयोजना गरिएको छ । बटारमा नुवाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको चौथो महोत्सवको सातौंँ दिन आज दर्शकले गोरु जुधाइ हेरेर मनोरञ्जन लिएका छन् । तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ । तारुका र वेत्रावतीका एक एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगितामा विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई रु. पाँच–पाँच हजार प्रदान गरिएको सङ्घका महासचिव दीपक कायस्थले जानकारी दिएका छन् ।