ठूलो रूपान्तरणको प्रक्रियामा छौं : माओवादी केन्द्र
१३ साउन, २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा अहिलेको परिस्थिति निकै जटिल र पेचिलो भएको नेताहरूले निष्कर्ष निकालेका छन् । तेस्रो दिन आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणको विषयमा पाँचजना नेताहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘वर्तमान परिस्थितिबारेमा समग्रमै छलफल भएको छ । परिस्थिति अहिले निकै जटिल र पेचिलो छ। जनतामा गएर वर्गसितको ठूलो रूपान्तरणको प्रक्रियामा छौँ । सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुरा सामूहिक रूपमा लिनुपर्छ । कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्छ। सामूहिक रूपमा लिनुपर्छ’, सापकोटाले भने । आजको बैठकमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,सचिवहरू गणेश साह,हितमान शाक्य र कोषाध्यक्ष श्रीराम ढकालले धारणा राखेका थिए । बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने सापकोटाले जानकारी दिए ।
गोविन्दराज जोशी भ्रष्टाचारी ठहर
१३ साउन, २०८१
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
१३ साउन, २०८१
प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ
१३ साउन, २०८१
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी
१३ साउन, २०८१
गुडिरहेको ट्रकमा आगो लाग्यो, ट्रक जलेर नष्ट
१३ साउन, २०८१
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
१३ साउन, २०८१
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार
१३ साउन, २०८१
नेकपा (माओवादी केन्द्र)पदाधिकारी बैठक बस्दै
१३ साउन, २०८१
तीन संसदीय समितिको बैठक बस्दै
१३ साउन, २०८१
प्रतिनिधिसभाको बैठक बस्दै
१३ साउन, २०८१
गोरखामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता
१३ साउन, २०८१
आजको मौसम
१३ साउन, २०८१
माओवादी केन्द्रको बैठक, शनिबार के भयो छलफल ?
१२ साउन, २०८१