एभरेष्ट दैनिक

३३ किलो सुन काण्डबारे छानविन गर्न सहसचिवको नेतृत्वमा समिति

काठमाडौं, चैत २६ । गृह मन्त्रालयले रहस्यमय बन्दै गएको ३३ किलो सुनकाण्डबारे छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृह सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा अपराध अनुसन्धान विभागका डीआइजी पुष्कल रेग्मीको कमान्डमा छानबिन समिति गठन गरिएको हो । गत फागुनको पहिलो साता चूडामणि उप्रेतीले चीनको केरुङ हुँदै ल्याएको ३३ किलो सुन हराउनु र गाडीका चालक सनम शाक्यको हत्या हुनुमा प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले अपराध अनुसन्धान महाशाखाका प्रमुख दिवेश लोहनीसँग बयान लिइसकेको छ । छानबिन समितिले अपराध महाशाखाका सइ बालकृष्ण सञ्जेल, डीएसपी प्रजीत केसीलगायतसँग पनि बयान लिइरहेको छ । सो घटनामा संलग्नहरुमध्ये ११ जनालाई पक्राउ गरी छानबिन थालिएको हो ।