एभरेष्ट दैनिक

कारोबार सुरु भएको एकघण्टा नेप्से परिसूचक ०.५६ प्रतिशत घट्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचका एकघण्टाको अवधिमा शून्य दशमलव ५६ प्रतिशत घटेको छ । कारोबार भएको केही समय बढेको बजार त्यसपछि घट्न थालेको हो । बजार १ हजार २ सय ६६ मा पुगेर बाउन्स भएको छ । नेप्सेको चार्टले बढ्ने सङ्केत गरेको छ । यस समयमा ७ शदमलव २५ अङ्क घटेर १ हजार २ सय ८० दशमलव ५३ विन्दुमा पुगेको छ । कारोबार भएका ९ समूहको परिसूचकमा होटल समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ८ कम्पनीको रू। ७ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । फेरि एकघण्टाकै फरकमा नेप्से परिसूचक ०.२७ प्रतिशत घट्यो नेप्से परिसूचक कारोबार भएको दुई घण्टाको अवधिमा शून्य दशमलव २७ प्रतिशत घटेको छ । कारोबार भएदेखि बजार घट्ने र बढ्ने क्रममा रहेको छ । यस समयमा ३ दशमलव ४८ अङ्क घटेर १ हजार २ सय ८४ दशमलव ३० विन्दुमा पुगेको छ । कारोबार भएका ९ समूहको परिसूचकमा तीन समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । १ सय ३८ कम्पनीको रू। १७ करोड बराबरको शेयर कारोबार भएको छ । युनिलिभर नेपालको रू। ९६ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिक अभियान दैनिकबाट