चैत ३० देखि वैशाख ३ गतेसम्म २१ औँ पुष्प मेला
२८ चैत, २०७४
काठमाडौँ । पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म यहाँ पुष्प प्रदर्शनी २०१८ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जनाएको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने छन् । घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुका लागि ज्ञान हासिल गर्न मेला उपयोगी हुने एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताउनुभयो । नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको जनाइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् । रासस
तराईका तीन जिल्लामा डेंगुको जोखिममा
२८ चैत, २०७४
चट्याङका कारण एकको मृत्यु
२८ चैत, २०७४
दुई भारतीयलाई ५०० बर्षको जेल सजाय
२८ चैत, २०७४
आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जित
२८ चैत, २०७४
पछिल्ला निर्वाचनमा चरम भ्रष्टाचार
२८ चैत, २०७४