एभरेष्ट दैनिक

क्रिकेटर मोहम्मद शमी दुर्घटनामा घाइते

नयाँदिल्ली । भारतीय क्रिकेट टिमका तीब्र गतिका बलर मोहम्मद शमी कार दुर्घटनामा घाइते भएका छन् । दुर्घटना सामीको टाउकोमा चोट लागको बताइएको छ । टाउकोमा टाँका लगाइएका भारतीय सञ्चार माध्यमले जनाएको छन् । चिकित्सकका अनुसार शमीका स्वस्थ्य अवस्था खतरा मुक्त छ । तर केही दिन आराम गर्न चिकित्सकले भनेको बातइएको छ । शमी सवार कार आयतबार बिहान एक ट्रकमा ठोकिए र दुर्घटना भएको हो । अभ्यास खेलका लागि गएको शुक्रबारदेखि देहरादूनमा थिए । शामी देहरादूनमा अभिमन्यु क्रिकेट एकाडेमीमा अभ्यास खेलका लागि पुगेका थिए । अभ्यास सकेर शमी दिल्ली फर्किरहेको समयमा उक्त उनी सवार कार दुर्घटना भएको हो ।