एभरेष्ट दैनिक

अक्षयको ‘हाउसफुल ४’ मा सोनाक्षीको प्रवेश

बलिउड क्षेत्रका सुपरस्टार अभिनेता अक्षय कुमारको अभिनय रहेको बलिउड चलचित्र ‘हाउसफुल–४’ मा अभिनेत्री सोनाक्षी सिन्हालाई प्रवेश गराइने भएको छ । अक्षय र सोनाक्षीको जोडीलाई फिल्म क्षेत्रमा सफल मानिएको छ । यसअघि उनीहरु अभिनित राउडी राठोर, जोकर, ओह माई गड, वान्स अपन अ टाइम इन मुम्बई दोबारा, बोस, होलिडे लगायतका फिल्मलाई दर्शकले निकै रुचाएका थिए । हाउसफुल ४ का लागि सोनाक्षीलाई प्रस्ताव गरिएको निर्देशक साजिद खानलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएको छ । एजेन्सीको सहयोगबाट