गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म अन्तरिम आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन्

अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाकिएको छ ।

 

 

 

८० हजारले अवलोकन गरे मोरङ व्यापार संघ एक्स्पो

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो करिब ८० हजारजनाले अवलोकन गरेका छन् । शिथिल बनेको आर्थिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघले जनाएको छ । संघका अध्यक्ष नवीन रिजालले पाँच दिनको अवधिमा ८० हजारजनाले एक्स्पो अवलोकन गरेको बताए । पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्स्पो उद्घाटन गरेका थिए । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी कुल २५० स्टल राखिएको छ । औद्योगिक, कृषि तथा व्यापारिक क्षेत्र र सरकारी निकायका स्टल समेत रहेको अध्यक्ष रिजालले बताए । उनले भने, “बजार, व्यवसाय, औद्योगिक, कृषि, सेवा सबै क्षेत्र सुस्त छन् । यसलाई केही चलायमान गराउन प्रयास गरेका हौँ ।”

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १२ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यो हो आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ११ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेका थिए । निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन् । वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश) खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश),ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो । बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहमा गिरावट आएको छ । आज एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजा १७६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर छ । ११ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।

नेप्स बढ्ने क्रममा निरन्तरता, ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । मंलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ। यो करिब ५ महिना यताकै उच्च हो। यस अघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा रहेको थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।यस दिन ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन अन्य ५ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७।२६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यर दिन ३७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको साढे २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से २७ दशमलव ७५ अङ्कले वृद्धि, कारोबार कति ?

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्यूचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह पाँच दशमलव ५५ र लगानी समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ ।ल्बदष् िद्ययहक्ष्ःभ् दयह ११ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रू २५ करोड १२ लाख ९० हजार सात सय ४६ बराबरको १७ लाख ८० हजार छ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस २ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ शून्य पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १ गते) आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २९ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर

उकालो लाग्यो नेप्से, ६ अंकले बढेर बन्द

काठमाडौं। साताको शेयर कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार नेप्से उकालो लागेको छ । अघिल्लो कारोबारको दिन २ अंकले बढेको शेयर बजार आज ६ अंकले बढेको छ । आज ६ दशमलव ५५ अंकले बढेको शेयर बजार १९९४ दशमलव ६० विन्दुमा पुगेको छ । बिहीबार ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ०६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७६ दशमलव ३६ विन्दुमा पुगेको छ ।

शेयर बजारमा २ अंकले बढ्यो, कारोबार रकममा भने केही गिरावट

काठमाडौं । साताको शेयर कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा केही अंकले बढेको छ । अघिल्लो कारोबारको दिन दोहोरो अंक ३६ ले बढेको शेयर बजार आज जम्मा २ अंकले बढेको छ । आज २ दशमलव ६० अंकले बढेको शेयर बजार १९८८ दशमलव ०४ विन्दुमा पुगेको छ । बुधबार २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ० दशमलव ९३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७५ दशमलव ३० विन्दुमा पुगेको छ ।ल्बदष् िद्ययह

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २७ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सेयर बजार : साढे एक घण्टामा अढाई अर्बको कारोबार

काठमाडौं । बजार खुलेको साढे एक घण्टामा दुई अर्ब ५३ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार सोमबार १२ः३० बजेसम्म उक्त कारोबार भएको हो । नेप्से परिसूचक भने २४.७३ अंकले घटेको छ । ६७८ लाख ६६ हजार ३६९ कित्ता खरिद–बिक्री भएको छ । उक्त अवधिसम्म ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १८४ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल ९बालाजु०को सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा तेस्रो सर्किट ब्रेक, ६ प्रतिशत बढेपछि आजलाई शेयर कारोबार बन्द

काठमाडौं । नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आइतबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो। आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।