यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १९ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

नेप्से परिसूचक २१.६७ अंकले घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेको छ । आज नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घटे । बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

कारोबारको तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार

काठमाडौँ । लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक १०.२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढेको बजारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ । बाँकी समूह १ प्रतिशत कमले बढ्दा बैंकिङ समूह ०.१७ प्रतिशत, फाइनान्स झिनो प्रतिशतले, माइक्रोफाइनान्स ०.३० प्रतिशतले र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

‘बन्द उद्योगहरू सञ्चालन गर्छौं’

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताए । “हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं”, प्रधानमन्त्री प्रचण्डले भने,“ अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।” कतिपय उद्योगह नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए । जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट परे । “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, उनले भने,“ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।” पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए । सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको बताए । प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा (जुगल)को अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा, उपमहासचिव तथा पुर्वमन्त्री मातृका यादव, केन्द्रीय सदस्य लिलामणि पोखरेललगायत नेताले सम्बोधन गरेका थिए । सेन्टरको २०औँ स्थापना दिवसको अवसरमा आज बिहान वीरगञ्जस्थित घण्टाघर चोकदेखि कार्यक्रमस्थल नगरसभा हलसम्म प्रभातफेरि आयोजना गरिएको थियो ।

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।” आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए। पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए । सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उनले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए । यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।” सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताए । उनले भने, “सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १५ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  

नेप्से १० अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ । यस दिन ३०६ धितोपत्रका एक करोड सात लाख ५१ हजार १६४ कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबारमा आएका १३ मध्ये चार उपसमूहको परिसूचक वृद्धि भएको छ । बाँकी उपसमूहको परिसूचक घटेको छ । हाइड्रो उपसमूहको समूहगत सूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको छ । मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ ।

नेपालमा लगानी गर्न चाहना प्रकट गर्ने धेरै छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन् । शनिबारबाट काठमाडौंमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताए । उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्‍याए । अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी बैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि बताए । मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

बिआरआईले दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताएको बताएका छन् । सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए । उनले बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताए । उनले नेपाल(चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १३ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १२ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दश अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक दश अंकले घटेको छ । बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम समेत घटेको छ । एक करोड १० लाख ४९ हजार ९४९ सेयर तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ । बजार घट्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ८० कम्पनीको सेयर मूल्य बढ्दा १४ को स्थिर छ । चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक मात्रै बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

सोमबार ३१.४९ अंकले घट्यो नेप्से परिसूचक, काराेबार कति ?

काठमाडौँ । नेप्से परिसूचक सोमबार ३१.४९ अंक घटेर बन्द भएको छ । आइतबार २५.६३ अंकले घटेको बजार आज पनि घट्दै दुई दिनमा ५७ अंक घटेको छ । समग्र बजार १.४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यसदिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ । घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०।३५ प्रतिशतले वृद्धि भएको छ ।

जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले स्थानीयको आवश्यकता पूर्ति गर्ने हिसाबमा यो नाकालाई बिस्तारै अगाडि बढाउने बताएका हुन् । आवश्यक पूर्वाधार तयार पारेर सिम्रौनगढ छोटी भन्सारलाई अझै व्यवस्थित गरिने उनले बताए । नेपाल–भारत सीमा व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारतीय पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, अनि विस्तार हुन्छ ।’ खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्त्वपूर्ण रहेको महतले बताए ।

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य : अर्थमन्त्री डा. महत

बारा । अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा.महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री डा.महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’ खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए। उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’ एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा। महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २५.६३ अंकले ओरालो लाग्दै सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ । यस दिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ । यस दिन ६४ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ ।