लक्ष्यको ४१.९१ प्रतिशत उठ्यो राजस्व

काठमाडौं । सरकार यो वर्ष निर्धारण गरेको राजस्व संकलनको ४१.९१ प्रतिशत संकलन गर्न सफल भएको छ ।

null

चालु आ.ब.मा १४ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले आजको मिति सम्म ६ खर्व १७ अर्ब ११ करोड रुपैंया संकलन गरी सकेको छ । आर्थिक संकटको हल्ला चलाइएको यस अवधिमा संकलन भएको राजस्वको अवस्था हेर्दा समग्र अवस्था राम्रो रहेको मान्न सकिने आर्थिक मामलाका जानकार बताउछन् । महालेखा कार्यालयको अनुसार आज मात्रै २ अर्व राजस्व संकलन भएको छ । 

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकाे प्रस्ताव  पेश, हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल गरियोस् भन्ने प्रस्ताव छलफलका लागि प्रस्ताव पेश गरिरहेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा उनले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । बैठक प्रतिनिधिसभा हलमा अहिले चलिरहेको छ । संसदमा आगामी वर्ष बजेट निर्माणका क्रममा दिइने प्राथमिकताका विषय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेस गरिएको छ ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्दै उनले उत्पादन वृद्धिलाई प्राथमिकता दिइने, योजना सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजनमा लगानी केन्द्रीत गरिने , कर चवावट नियन्त्रण गरिने लगायतका विषय समेटेका छन् ।  साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेमा सबै माननीयको सहयोग र साथको अपेक्षा समेत अर्थमन्त्री महतले गरेका छन् । 

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ। परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो। गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो। आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्।  वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।  यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

सहकारीका नाममा लुट्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राजविराज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गरिने बताएका छन् । सप्तरीको खड्ग नगरपालिकामा शनिबार प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन र भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सहकारीबाट बचतकर्ताहरू पीडित भएको बताउँदै गृहमन्त्री श्रेष्ठले सबै सहकारी भत्कियो वा बिग्रियो भन्ने भाष्य रहेको उनले बताए ।सबै सहकारी उस्तै नभएको उनको भनाई थियो ।  ‘तीनथरी सहकारीहरू छन्, एउटा अहिले पनि राम्ररी चलिरहेका छन् । दोस्रो, सहकारी अहिले अर्थतन्त्रमा देखापरेको समस्याका कारण सबै बचतकर्ताको एकै चोटि बचत फिर्ता लिन जाँदा समस्या पैदा भएको छ । त्यो मुलभूत रुपमा बिग्रेको होइन तिनलाई बनाउन सकिन्छ, त्यो सहकारी चलाउन सकिन्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘तेस्रो, सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी संचालन गर्ने संचालकहरूले जनतालाई लुटेका छन्, ठगेका छन्, तिनीहरूलाई कारबाही गरिन्छ । तिनका सम्पत्ति बिक्री गरेर बचतकर्तालाई फिर्ता गरिन्छ । सहकारीलाई तीनथरी समूहमा छुट्याएर काम अगाडि बढाउने छौं ।’ अहिले सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको पनि गृहमन्त्रीले जानकारी दिए । त्यो समितिले समस्याग्रस्त सहकारी निक्र्यौल गर्ने र समस्याग्रस्त सहकारीको अचल सम्पति बिक्री गरेर त्यसको समानुपातिक ढंगले बचतकर्तालाई वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए । सहकारी विभागले उजुरीहरूको प्रारम्भिक छानबिन गरी छिटोभन्दा छिटो सीआईबी वा प्रहरी कार्यालयमा पठाउने र त्यँहा छिटो अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइएको श्रेष्ठले जानकारी दिए । त्यस्तै, मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको उनले बताए । मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको भन्दै श्रेष्ठले यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने पनि बताए ।  गृहमन्त्री श्रेष्ठले भने, ‘मिटरब्याज पीडतको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको छ । कुनै भ्रम कसैले पाल्नुपर्दैन, कसैले भ्रमात्मक प्रचार पनि गर्नुहुँदैन ।’ मिटरब्याज पीडितहरूलाई न्याय दिने प्रक्रिया जारी रहेको पनि गृहमन्त्री श्रेष्ठको भनाइ थियो । ‘मिटरब्याज पीडितलाई न्याय दिन आयोग गठन गर्‍यौं, कानुन ल्यायौं, प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सहजीकरण समिति बनायौं । आयोगलाई २६ हजार उजुरी प्राप्त भएकोमा साढे पाँच हजार पीडितहरूलाई स्वेच्छिक मेलमिलापको तरिकाबाट न्याय दिइसकिएको छ,’ उनले भने ुपाँचहजार वा ५० हजार ऋण दिने र ५० लाखको तमसुक गराइदिने, अनि घरजग्गा सबै रजिष्ट्रेसन पास गराई लिने जस्ता अन्यायपूर्ण परिघटनाहरू देखापरेका थिए । घरबार बिहीन सबैलाई अहिले न्याय दिने प्रक्रिया चलाएका छौं ।’ आयोग विघटन भइसकेपछि सबै प्राप्त भएका उजुरीको फैसला हुन बाँकी रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले ७७ वटै जिल्ला प्रहरीमा मन्त्रिपरिषबाट निर्णय गरी पठाइसकिएको जानकारी दिए । ‘सकेसम्म मिलेर आउन भन्छ, सकेसम्म मेलमिलापद्वारा नै पीडितलाई न्याय दिने गरी समस्या समाधान गर्छ । यदि पीडितले न्याय पाएनन् भने आवश्यक परे थप अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालयले अदालतमा अभियोजनको प्रक्रिया अघि बढाउँछ । तर पीडितलाई हामी न्याय दिलाइ छाड्छौं,’ उनले भने । ऋणदताले साच्चै ऋण दिएको छ भने त्यो ऋण फिर्ता गर्नुपर्दैन भन्ने सरकारको दृष्टीकोण नरहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने सरकारको दृष्टिकोण छैन, ऋण पनि तिर्नुपर्छ तर न्यायोचित ढंगले १० प्रतिशतको दरले ब्याज बुझाउने गरी तिरेको छैन भने तिराउने काम पनि सरकारको हो ।’

सरकारको ध्यान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नमा छ : प्रधानमन्त्री प्रचण्ड

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणलाई सरकारले ध्यान दिएको बताएका छन् ।   धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । उनले सरकारले बुढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाउन लागेको जानकारी दिए । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताए ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन् । “मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।” मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व छ भने । उनले भने, “मधेस, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारको लागि लडेको नाताले एक एकता कायम गर्न मेरो जिम्मेवारी छ ।” चालीस वर्ष अगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैलाई, वस्तीपुरलगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे। सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए। उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताए। प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेकोे छ । यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ । 

भ्रष्टाचारीलाई कारवाही भए अर्थतन्त्र सहि दिशामा जान्छ : मन्त्री किराँती

सुनसरी । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारीलाई कारवाही भए अर्थतन्त्र सहि दिशामा जाने बताएका छन् ।   धरान एक्स्पो २०८० को उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले भ्रष्टाचारीहरुलाई कारवाही भएमा मुलुकमा सुशासन कायम हुने र कमजोर बनेको अर्थतन्त्र सहि दिशामा आउने दाबी गरे ।  वर्तमान गठबन्धनले पूर्णकार्यकालसम्म सरकार सञ्चालन गर्ने बताउँदै मन्त्री किराँतीले २०८४ को निर्वाचनमा समेत तालमेल गरिने बताए । मन्त्री किराँतीले निर्वाचनमा कुनैपनी दलले बहुमत ल्याउने अवस्था नभएकोले वर्तमान गठबन्धन कायमै रहने बताए ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८० साल फागुन १० गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ शून्य पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २४ करोड मात्रै

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।   आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब, गत वर्ष भन्दा १.७७ प्रतिशतले कम

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो ।  गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १.७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । मुलुकको व्यापार २९ वटा देशसँग नाफामा छ भने १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । विभागको तथ्यांकअनुसार भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँले घाटामा छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल फागुन ९ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।  आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो।  सो दिन ३ अर्ब ७७ करोड  मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो। ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे। १३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

सवा अर्ब लगानीमा औषधि उद्योगको स्थापना

काठमाडौं, ८ फागुन । गैरआवासीय नेपालीको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीबाट सवा अर्ब लगानीमा सञ्चालन गरिएको औषधि उद्योगको उत्पादन स्थल चितवनमा रहेको छ । काठमाडौंमा गरिएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्योगको औपचारिक शुभारम्भ गरेका छन् । नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताए ।  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।

कर्णाली उत्सवमा देश जान्याका कुरा !

सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक तीन हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ । कर्णालीका ७० प्रतिशतभन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगायतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरिका जानेहरूको तथ्यांक राज्यसँग छैन । खुला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो । उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारीलाई वक्ताका रूपमा बोलाइएका  थिए । रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार अधिकारीले बताए । तर, अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाइ छ । “वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो,” सत्रमा बोल्दै अधिकारीले भने “यसका सकारात्मक र नकारात्मक लक्षहरू छन् । दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।” अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । “हाम्रो युवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा युवा छन्, गल्फ कन्ट्रिमा युवा छन्” उनले भने, “देशमा युवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ युथ नेपालले उपभोग गर्न पाएको छैन ।” उनले वैदेशिक रोजगारले बसाइँसराइमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने बताए । “बसाइँसराइका कारण गाउँका विद्यालयहरू रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरू खाली भएका छन्,” उनले भने, “माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिक पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन ।” अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह बताउँछन् । “अहिले पनि ठूलो संख्यामा युवाहरू बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरू खाडी मुलुकमा गइरहेका छन्,” उनले भने, “विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर, उनीहरूलाई  कसरी नेपालमा राख्ने प्रश्न हो ।” वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । “वैदेशिक रोजगारबाट फर्किएकाहरू कहाँ छन् ? उनीहरूले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनीहरूको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौँ ?” उनी राज्यलाई प्रश्न गर्छन् । वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगीएको उनले बताए । “राज्यले एजेन्टलाई चिन्दैन । तर, एजेन्टविना कुनै पनि युवा विदेश जाँदैनन्” उनले भने, “हुम्लाको एउटा युवा साउदी पुग्दासम्म लाखौँ रुपैयाँ खर्च गर्छ । राज्यले उनीहरूको व्यवस्थापन नै गर्न सकेको छैन ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । “आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरू अमेरिका गइरहेका छन् । उनीहरू म्यानपावर कम्पनीमार्फत गएका छैनन् । उनीहरू दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ” उनले भने । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरू मौलाएको अध्यक्ष भण्डारीले बताए । “सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ । उनीहरूको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगायतका विषयमा शुल्क लाग्ने गरेको छ,” उनले भने, “मिटरव्याजी ऋण गरेर विदेशिएका उनीहरू त्यस्कै पासोमा पर्ने गरेका छन् ।’ युवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ”वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन  । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिनु नराम्रो हैन । तर विदेशिने बाटो नराम्रो भयो,“ उनले भने ।  सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरूले दुःख पाउने गरेको ढकाल बताउँछन् । “देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,” उनले भने, “श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति नलिँदा समस्या भएको छ ।”

सेयर बजार नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । साताको पहिलो दिन सेयर बजार १.३१ प्रतिशतले घटेर २०३४.८२ अंकमा पुगेको हो । आज कुल ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल २१ कम्पनीको सेयर मूल्य बढ्यो भने कुल२२५ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबै उपसमुह घट्यो । त्यसमध्य सबैभन्दा बढी नीर्जिवन बिमा २०६.३९ अंकले घट्यो । जिवन बिमा १३९.४७ र विकास बैंक ६९.३१ अंकले घट्यो । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य ८.२२ प्रतिशतले बढ्यो । कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स, एनआइसी एसिया बैंक अघि रहे । हिमालयन रि इन्स्योरेन्सको ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनआइसी एसिया बैंकको १३ करोड ६५ लाख रुपैयाँ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सांसदहरूको माग अनुसार नै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनः अर्थमन्त्री

काठमाडौं,  ६ फागुन । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सांसदहरूको मागलाई नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने गरी संशोधन गरिएको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री महतले जेठ १५ गते सरकारले पेश गर्ने बजेटको प्राथमकिता र सिद्धान्तको विषयमा सांसदहरुले छलफल गर्ने समय प्राप्त नभएको गुनासो सम्बोधन गर्नको लागि ऐन संशोधन गरिएको बताए। बजेट पेश हुनुभन्दा सात दिनअघि मात्रै बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल हुने पद्धतीलाई तीन महिनाअघि नै छलफल गर्ने व्यवस्था गरिएको उनको भनाइ छ। सांसदहरुले संसदमा पेश हुने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा एक महिनासम्म अब छलफल गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए। ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश मुख्य कारण बजेटको विषयमा छलफल गर्नको लागि यथेष्ट समय आवश्यक माग भएको छ। उक्त विषयमा छलफल गर्दा बजेटमा सांसदहरुको मागका विषयमा छलफल गर्न समय नपुगेको भन्ने गुनासो आएकाले बजेटको प्राथमिता र सिद्धान्तका विषयमा छलफल गर्दा जेठ १५ गते बजेट संसदमा प्रस्तुत गछौं,’ उनले भने, ‘त्योभन्दा सात दिन अघि मात्रै छलफल हुने गरेको थियो। त्यस्तो हुँदा बजेटका विषयमा प्रस्तावहरु अगाडि नै बन्ने भएकाले सांसदहरुको सुझाव नसमेट्न सक्ने व्यापक गुनासालाई मध्येनजर राखेर उक्त ऐनमा ३ महिना अघि नै जेठ १५ गते हुने बजेट पेश हुनुभन्दा अगाडि नै बजेटको सिद्धान्त र प्राथमिकताका विषय प्रश्तुत हुने र छलफल गर्न एक महिना समय दिने त्यसमा आएका सुझावलाई समेटेर नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गर्न सजिलोको लागि ल्याएको हो। सांसदहरुले यो विषयमा आपत्ति गर्नुपर्ने कुनै कारण छैन।’ उनले बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा संसदमा छलफल गर्न सांसदहरुलाई प्राप्त समय व्यवस्था गर्ने ऐन ल्याउँदा विरोध गर्नु राम्रो नभएको बताए। उक्त विधेयक अस्वीकृतको लागि सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भई उक्त विधेयक संसदबाट पारित भएको छ।