यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २६ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल माघ २५ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेप्सेमा सामान्य वृद्धि, यी ५ स्टकको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ५.२५ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक भने समान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१३ स्टकको ६५ हजार ४६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

स्याङ्जा उवासंघ निर्वाचन बिरुद्ध उजुरी

स्याङ्जा, २४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया बिरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरु मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेसनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकुल भएको भन्दै उजुरी परेको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरि निर्वाचन रद्द गरि पाउँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरि एक दर्जन बढि व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरुले हालै सम्पन्न भएको निर्वाचन प्रक्रियालाई रद्द गरि पुनः निर्वाचन गर्न माग समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तरिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताको लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पुरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको र दफा १४ अनुसार सदस्यता नविकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरि २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ । संघको विधानको परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरि पान नम्बर प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नं. प्राप्त गरेपछि संघको सदस्यताका लागि निबेदन दिने र निबेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नविकरण भएपछि मात्रै मताधिकार सहितको सदस्य हुने व्यवस्था छ । संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९/०८० को असार मासान्तमा दर्ता गरि आर्थिक वर्ष २०७८/०७९ को समेत विधान विपरित नविकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् । उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नवनिर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिबेदन दिन भन्दै पत्र काटेको छ । प्रतिबेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेश गर्न बिपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ । संघको ३७ औं साधारण सभा तथा अधिबेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ । २०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन संचालकका नाताले हालका अध्यक्ष महादेब श्रेष्ठ संघको द्धितिय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको उजुरीकर्ताको दावी छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेवार भएर निर्वाचित भएका हुन् । संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्धितिय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्र्ता मार्फत सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाईएको छ । संघको हालै सम्पन्न निर्वाचनमा ५ सय ८६ सदस्यको मतदाता नामावलीमा नाम रहेपनि ४ सय ७५ जनाले मतदानमा सहभागिता जनाएका थिए । नामावली र मतदानमा नाम उल्लेख भएका करिब २ सय सदस्य विधान विपरित संघको सदस्यता प्राप्त गरेको उजुरीकर्ता व्यवसायीको आरोप छ । निर्वाचित अध्यक्ष महादेब श्रेष्ठले भने उजुरीमा कुनै सत्यता नरहेको बताए । एभरेष्ट दैनिकसँगको कुराकानीमा उनले छानविन प्रक्रियामा सघाउने प्रतिक्रिया दिए ।

मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री डा.महत

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन् । “विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ”, उनले भने । अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताए । “बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ”, उनले भने । उनले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताए । सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो। उनले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताउ। “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ”, उनले भने। नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । उनले आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताए । उनले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको स्पष्ट पाए। उनले कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषणमा लाग्न सञ्चारमाध्यमलाई उनले आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकाङ्क पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान नसकेको बताए । फ्रेबुअरीमा हुन लागेको लगानी सम्मेलनलाई आवश्यक पर्ने ऐन, कानुन सहजीकरणका लागि निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गरे । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसङ्घ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताए। इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि इमानले भूमिका खेल्दै आएको बताए। बैंक तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उनको भनाइ थियो । रासस

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विनिमय दर

नेप्से ९.४४ अंकले बढ्यो, कति भयो कारोबार ?

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.४५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ । यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद–बिक्री भयो । १३ उपसमूहमध्ये ११ को समूहगत सूचक बढेको छ । दुईवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

अर्थमन्त्री डा महतले गरे कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण

कपिलवस्तु । अर्थमन्त्री डा।प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा.महतले भने ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’ मन्त्री डा.महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नु हुँदै मन्त्री डा. महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’ आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’ अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’ मन्त्री डा.महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन । जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’ बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिन्छ, त्यसकारण नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको मन्त्री डा.महतले स्पष्ट पारे । उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्नुहुँदै मन्त्री डा.महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ ।’

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २३ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विनिमय दर

क्याप्टेन शाक्यलाई निगमको ताकेता -‘३२ लाख रकम बुझाउनू’

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारी समेत रहेका क्याप्टेन अनिसमान शाक्यलाई संस्थामा बुझाउनुपर्ने ३२ लाख दुई हजार ८३२ रकम तत्काल बुझाउन ताकेता गरेको छ । गोरखापत्र दैनिकमा आइतबार ३५ दिने सूचना प्रकाशन गरी निगमले क्याप्टेन शाक्यको नाम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका १८ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका ४ बस्ने ३६ वर्षीय शाक्यले निगमबाट राजीनामा दिएका छन् । तर बुझाउनुपर्ने रकम बुझाएमा मात्र राजीनामा स्वीकृत गर्न सकिने निगमले जनाएको छ । ३५ दिनभित्र रकम नबुझाएमा ब्याज र हर्जानासमेत चल अचल जायजेथाबाट असुल उपर गरिलिने सूचनामा उल्लेख गरेको छ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २२ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

घट्यो नेप्से, कारोबार रकम करिब कति ?

काठमाडौं । नेप्से परिसूचक आज कारोबारको पहिलो दिन आइतबार ५.३१ अंकले घटेर २०६१।७० विन्दुमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०।९२ अंकले घटेको थियो । कारोबार रकम बिहीबारको तुलनामा करिब एक अर्ब रुपैयाँले घटेको छ । आज तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार चार अर्ब १८ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । १०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२० प्रतिशतले वृद्धि भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह छ । यो समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २१ गते आइबार तदनुसार सन् २०२४ फेब्रुअरी ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। सो अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ। तेस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थका सात सहसचिवको सरुवा, को काहाँ ?

काठमाडौं । अर्थ मन्त्रालयका सात सहसचिवहरुको सरुवा गरिएको छ । शुक्रबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका महानिर्देशकसहित सात सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् । विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नै फर्काइएर मन्त्री महतले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख भूपाल बराललाई सो जिम्मेवारी दिएका छन् । मन्त्री महतले सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिएका छन् । महेश आचार्यलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाबाट अर्थकै आर्थिक नीति विश्लेषण महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा र टंकप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागबाट भन्सार विभागमा लगिएको छ । मन्त्री महतले चार उपसचिवको पनि सरुवा गरेका छन् । स्रोतका अनुसार, उपसचिव बुद्धिप्रसाद आचार्यलाई अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व कार्यालय धरानको कामु कर अधिकृतको जिम्मेवारी दिइएको छ । प्रमोदकुमार श्रीवास्तवलाई आन्तरिक राजस्व कार्यालय पोखराबाट बागलुङ, आन्तरिक राजस्व कार्यालय डडेलधुराका कामु कर अधिकृत वासुदेव पौडेललाई अर्थ मन्त्रालयमा ल्याइएको छ । कृष्णप्रसाद मौनजालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पदस्थापन गरिएको छ ।

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर