कतारका नेपालीमा चुनावको उत्साह, फर्किन नसक्नेलाई विदेशबाटै भोट दिन पाउनुपर्ने माग

काठमाडौं, चैत ८ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि देश विदेश बस्ने नेपालीमा उत्साह पैदा गरेको छ । नेपालमा त चुनावका लागि को उठाउने बहस सुरु भइसकेको छ । सरकारले २० वर्ष पछि स्थानीय तहको चुनाव मिति आगामी बैशाख ३१ मा गर्ने गरी घोषणा गरेपछि प्रवासी नेपालीहरुले पनि नेपाल फर्केर चुनावमा भोट हाल्ने तयारी गरेको बताएका छन् । हाम्रा कतार संवाददाता  गणेश प्रसाद बञ्जाडेले कतार रहेका नेपालीलाई भेटेर जनमत लिएका छन्, नेपालमा चुनाव हुने भयो भोट खसाल्न जाने तयारी छ कि छैन ? सरकारले बनाएको नयाँ ७४४ स्थानीय तहले तपाईको गाउँ ठाउँलाइ कत्तिको समृद्ध बनाउला भन्ने लागेको छ ? चुनावमा कस्तो व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने विषयमा कुराकानी गरेका छन् । पढ्नुस एभरेष्टदैनिक डटकमको कतारबाट स्थलगत रिपोर्ट ।

आमिना खान, हेटौंडा

सरकार ले स्थानीय निर्वाचन गराउने घोषणा गरेको छ २० वर्ष पछिको यो स्थानीय चुनावमा आफू नेपाल जान नपाउँदा खल्लो महसुस भएको छ । र, अहिले सरकारले जुन स्थानीय चुनाव गराउदै छ त्यो अति आवश्यक छ । सरकारले तोकिएको समयमा निर्वाचन गराउनु पर्छ । विभिन्न बाधा अवरोधहरु आए पनि त्यसलाई चिर्दै चुनाव गर्नुपर्छ । हामीले आशा गरेका छाै‌ं कि यो स्थानीय चुनावले हाम्रो गाउँ ठाँउ विकसित हुन्छ ।  चुनाव भए पछी सबै भन्दा पहिला गाउँ गाउँ को कुना कप्चामा शिक्षाको व्यवस्था पुग्छ ।  हाम्रो देश कृषिप्रधान देश भएकाले गाउँ का हरेक वासिन्दा लाई कृषि सम्बन्धी उच्च तालीम र आत्मनिर्भर बनाउनपर्ने सीप मुलक तालीम दिई गाउँमै रोजगारीको व्यवस्था हुनेछ । सबै ठाउँमा यातायात, उद्योग कलकारखाना खुल्नेछ जसले गर्दा नेपाली विदेश जान नपरोस् ।

सुदर्शन भट्ट, गोर्खा

सर्व प्रथम त २० वर्षमा स्थानीय निकायको चुनाव हुन लाग्दा निकै खुशी बनाएको छ । देशले अव केही गति लिन्छ, म जस्ता विदेशमा काम गरेर परिवार चलाउने नेपालीहरूले यो आशा गर्न सकिन्छ कि अब मेरै देशमा केही हुन्छ र देशले काँचुली फेर्छ । समय,परिस्थिति र काममा व्यस्तताको कारण म चाँही चुनावमा गएर सहभागी हुन नसकेपनि ,राम्रो काम गर्न सक्ने मान्छे प्रतिनिधी छनोट गर्नु पर्छ भनेर मेरो परिवारलाई जानकारी गराइसकेको छु । जो व्यक्ति देश र समाजको लागी निरन्तर लागेर देश/समाजलाई परिवर्तन गर्न सक्छ उसलाई मतदान गर्नु होला भनि मत खसाल्न अनुरोध गरेको छु । मैले चिनेका व्यक्तिहरुलाई पनि त्यही कुरा भन्नेछु । म लामों समयदेखि विदेशमा रहेको कारण कस्तो पूनर्संरचनाले के कस्तो प्रभाव पार्दछ भन्न सक्तिन । तर, समयले देखाउने नै छ ।


बीस वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावलाइ मैले सकरात्मक रुपमा लिएको छु । सरकारको यो घोषणालाई सम्मान पनि गर्न चाहन्छु । म मेरा        व्यक्तिगत समस्याका कारण

तुल बहादुर परियार कास्की पोखरा महानगरपालिका ११

नेपाल गएर भोट खसाल्न सक्तिन । सरकारलाइ म के आग्रह गर्न चाहन्छु भने सरकारले प्रवासमा रहेका नियोग मार्फत प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चितता गरोस् र म सम्पुर्ण नेपाली जनतालाइ आग्रह गर्न चाहन्छु- हाम्रोलाइ भन्दा राम्रोलाइ भोट गर्नुहोस् र चुनावको सफलताको कामना गर्दछु । मलाई लाग्छ स्थानीय तहको पूनर्संरचना गर्दैमा देशमा कायापलट होला जस्तो लाग्दैन ।देश विकास नभएको पूनर्संरचना नभएर होइन । राम्रो भिजेनेवल नेता नहुँदा देश विकास नभएको हो । अब हुने चुनावले योग्य मानिसले जितेभने नेपालको विकास सम्भव छ ।

 

देबिका के सि गुरुङ्ग अमरभुमी ७, बाग्लुङ

 


आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । नेता जनता र जनाताले नेता छान्ने यो प्रक्रिया निरन्तर भइ नै रहनु पर्दछ । २० वर्षपछि भएपनि चुनाव हुन लागेको मा खुशी लाग्यो । म पनि सम्भव भए सम्म  चुनावमा भोट खसाल्न नेपाल जाने तयारीमा छु ।  ४ महिना भयो नेपालबाट आएको संभव भए सम्म जाने कोशिस गरीरहेको छु । बिदा नमील्नेहरुका लागि पनि यहीँबाट भोट दिन मिल्ने बनाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

अबु अलि, पुतलीबजार, स्याङ्जा

धन्यवाद यहाँको जिज्ञासाको लागि । बास्तवमा भन्नू पर्दा यो हामी सम्पूर्ण नेपालीको लागि अवसर हो यति लामो समय पछि देशमा स्थानीय तहको निर्वाचन हुँदैछ हामी युवाहरुको व्यापक सहभागिता हुनुपर्छ यो समाज गाउँ जिल्ला र समग्र देश निर्माण गर्ने आउँदो बाटो हो बिदेशमा बसेर चुनावमा प्रत्यक्ष सहभागिता जनाउन नसकिने भएकोले म चुनावमा भोट खसाल्नकै लागि नेपाल जाँदैछु । हाम्रो भन्दा राम्रो प्रतिनिधि चुनेर पठाउन सकियो भने पक्कै नि देश समृद्ध बन्छ ।

 


मुलकका स्थानीय निकायहरु दुई दशक स्थानिय निकाय प्रतिनिधि बिहिन बन्नु भनेको जिर्ण अबस्थामा रहेको घरले मालिकको पुनरागमन पाउनु सरह हो मतलब के

अमृत शाही धनगढी उपमहानगरपालिका ६

हो भने मालिक लामो समय पछि घरमा जसरी घर को सरसफाइ,रंग रोगन गरेर चम्काइन्छ अब त्यो हुन्छ भन्ने आमनागरिकले व्यग्र प्रतीक्षा गरेका छ्न । स्थानीय तहको नयाँ पुनर्संरचना बनाइको छ एकदम राम्रो छ । कसरी भने तहबाट विकासको सुरुवात जसको गाउँ जसको शहर उसैले निर्माण गरोस् किन कि आफ्नो घर गाउँ कसरी बनाउनु पर्छ त्यो बस्ती त्यो घर भित्र बस्नेलाई थाहा हुन्छ । अहिले को संरचना ले त्यो अवसर दिएको छ । आफ्नो घर आफैले बनाउँदा आफू बस्ने भएकोले पक्कै पनि राम्रो बन्छ पुर्ण आशावादी छु, रहनु पर्छ। लामो अन्तराल पछि स्थानीय तहको चुनाव हुँदैछ । आफू जाने सहभागी हुने,राम्रा प्रतिनिधि चुन्ने र हामीले विदेशमा देखेको नीति नियम पालना, विकासको पद्धति र विदेशीले गरेको मिहनेतलाई नेपालमा प्रयोग गर्ने अवसर पाइएको छ एकदम उत्साहित छु । मेरा सहकर्मी र बाध्यताबस विदेसिएर केही सिकेका जानेका बुझेका दाजुभाइ दिदीबहिनीलाई नेपाल फर्केर चुनावमा प्रत्यक्ष सहभागि हुन अनुरोध गर्दछु । म पनि नेपाल मतदान गर्न जाने कोसिस गरिरहेको छु। सरकारले ल्याएको  स्थानीय निकायको नयाँ संरचनाले देशमा केही नयाँ आयाम दिने संकेत दिएको छ । सबैले सकारात्मक रहेर सहयोग गर्नुपर्छ ।


सरकार ले बीस वर्षपछि गर्न लागेको स्थानीय तहको निर्वाचन बास्तबमा भन्ने हो भन्ने यो आफै मा अति आवश्यक र महत्त्वपूर्ण रहेको छ । म भन्छु सबै नेपालीले चुनाव मा भाग लिनु पर्छ यो हाम्रो अधिकार भित्रको कुरा हो । तर, म आफैँ भने यो चुनावमा भाग लिन सक्दिन किन कि प्रवास को भूमिमा छु । सबैले भन्ने बित्तिकै घर जान कहाँ पाउँछन् र ?

डिल्लीराम भट्टराई देबदह नगरपालिका ७, रुपन्देही

यदि नेपाल सरकारले आफ्नो देशमा नै रोजगार को अवसर सिर्जना गरिदिने भए म जस्ता लाखौ युवाले पनि आफ्नो अमूल्य भोट को प्रयोग गरि असल ब्यक्ति चुन्ने अवसर मिल्ने थियो र चुनावमा सामेल हुने वातावरण पनि बन्ने थियो । नयाँ स्थानीय तहको पुनर्संचना गर्दैमा विकास अोइरिने होइन, त्यसका लागि योग्य व्यक्ति छनौट हुनुपर्छ । हाम्रो गाउँ-ठाउँको विकासका लागि राम्रो नेतृत्व गर्ने मानिसलाई जिताउनुपर्छ । हामीले राम्रो नेतृत्व चयन नै गर्न सकेनौ भने विकास पनि हुँदैन । मलाई अाशा छ धेरै नेपालीले यसपाली आफ्नो विवेकको प्रयोग गर्नेछन् । मेरो भनेर होइन राम्रो मान्छे भनेर समर्थन र मतदान गर्नुपर्छ जस्तो मलाई लाग्छ।

 

 


अहिले सरकारले स्थानीय तहको पुनर्संरचना गरि स्थानिय तहको निर्वाचन मिति बैशाख ३१ गते गर्ने घोषणा गरेको छ । यो नेपाली जनताकोलागी खुशीको कुरा हो । २० वर्ष

मीनराज पुन त्रिपुर न पा १ दाङ

सम्म हामी नेपाली जनताहरु जनप्रतिनीधि बिहीन बन्न पुग्यौं । २० वर्ष पछि बल्ल नेपाली जनताले आफ्नो प्रतिनीधि आफैँचुन्ने अवसर पाएकाछौं यसलाई सहि सदुपयोग गर्न सक्नुपर्दछ । । त्यसैले संविधान कार्यान्वयनको लागि भएपनि स्थानीय तहको चुनावको आवश्यकता छ । नेपालबाट आफ्नो घर खर्च चलाउनको लागी विभिन्न देशमा पुगेका हामी नेपालीहरु मतदानबाट बन्चीत भएका छौं । दुर्भाय नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाइदिनुपर्छ । तर सरकारको ध्यान त्यसतर्फ जान सकेन र हामीलाइ त्यो अवसरबाट बन्चित गराइयो । विदेशमा रहेका ५० लाख भन्दाबढी नेपाली युवाले कमाएर पठाएको रेमिटयान्सले देशको अर्थतन्त्र चलेको कुरा सर्वविदितैछ । त्यसैले अहिलेको चुनावमा घरमा जान सकिएन हामी अहिले प्रविधिको युगमा भएको कारणले नेटको माध्यमबाट चुनावको प्रचार-प्रसार गर्ने गरेको छु । घरमा रहेका मेरापरिवारलाइ चुनावमा भाग लिन अनुरोध गरेको छु । मलाइ लाग्छ यो चुनाव भएपछि विकासले गति लिनेछ तर संविधान कार्यान्वयनको लागि भने धेरै जटिल देखिन्छ । हाम्रो जस्तो देशमा बहुभाषिक बहुजाती, बहुसांस्कृतिक र अर्थतन्त्रको हिसाबले पनि कमजोर भएको देशमा संघीयतालाई खारेज गरेर २५० वर्ष पुरानो सामन्ती केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गराई  स्थानीय स्वशासनसहितको विकेन्द्रीकरणमा  आधारित एकात्मक शासन प्रणालीको व्यवस्था कायम गरियो भनेमात्र नेपाली जनताले शान्ति र सुखको सास फेर्न पाउने छन ।


बिगत २० वर्ष देखि हुन नसकेको स्थानीय चुनाव आगामी बैसाखमा गराउने सरकारी घोषणाले स्वदेशदेखि परदेशमा रहने आम नेपाली जनतामा खुशी छाएको छ ।

बिष्णु खत्री अङ्किता गुल्मी, नेटा  २, हाल दोहा, कतार

यद्यपि बेरोजगारी को कारण जन्मभुमि छोडेर परदेशलाई कर्मभूमि मान्न विवस हामीजस्ता आम युवालाई चुनावमा सहभागी हुन साह्रै कठिन  अवश्य हुनेछ, संयोगवस मेरो स्वदेश फर्कने समय नजिकिदै आएकोले यस चुनाबी मैदानमा आफु पनि मतदानको लागि सहभागी हुने लक्ष्य राखेकी छु । यसैगरि नयाँ स्थानीय तहको पुनरसंरचना विकास गर्नको एउटा अाधार हो ।  हाम्रो भविष्य हाम्रै हातमा छ, अन्तरआत्माले चुनिएको व्यक्तिको साथमा छ भन्ने भनाईलाई मनन गरेर सम्पूर्ण मतदाताले हाम्रो र आफ्नो नभएर राम्रो व्यक्ति चयन गर्न सक्ने हो भने मलाई लाग्छ स्थानीय तहदेखि सम्पूर्ण देशले काँचुली फेर्ने छ ।  वर्तमान तथा भविष्यको लागि सम्पूर्ण नेपालीले सही,योग्य उम्मेदवारको छनोट गरि मतदान गरौं । धन्यबाद !

 


लोकतन्त्रमा विश्वाश गर्ने हामी सबैको लागि २० वर्षपछि  नयाँ संरचना अन्तर्गत हुन लागेको स्थानीय निकायको चुनाव स्वागतयोग्य विषय हो र जनताले आफ्नो गाउँको र नगरको विकाशको भिजन सहित कार्यन्वयन गर्न सक्ने प्रतिनिधि चुन्ने अवसर प्राप्त हुदैछ, यसमा म अहिले प्रवाशमा रहेको भएपनि मेरो गाउँ र नगरभित्र

बिकाशबादी,भिजनरी नेतृत्व चुनेर आफ्नो क्षेत्रलाइ बिकशित र सम्बृद्ध बनाउने

योगेन कार्की, इटहरी उपमहानगरपालिका-२२

योजनालाई साकार पार्न प्रयाश गर्ने जमर्को गरेको छु, बैदेशिक रोजगारीमा रहेको कारण यसपटक यो चुनावमा म आफै चाही भौतिकरुपमा उपस्थित हुन सक्ने अवस्था छैन र नया संरचना अन्तर्गत मेरो गा.बि.स. इटहरी उपमहानगरपालिकामा मर्ज भएको छ, म आशाबादी छु नया स्थानीय तहको संरचनाको माध्यमबाट मेरो गाउले बिकाशका थप मार्गहरु पहिल्याउने छ । 


 

 नेपाली जनताले पुरै २० वर्ष पछि स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अवसर पाउनु साह्रै खुशीको कुरा हो । मेरो जानकारी अनुसार प्रत्येक पाँच वर्षमा चुनाव हुन्थ्यो तर लामो सयमदेखि चुनाव हुन सकेन । शान्ति स्थापना पछि स्थानीय चुनाव भइदिएको भए सायद 

गिता निश्चल तुल्सिपुर, दाङ्ग

  आज हाम्रो देश विकासले धेरै अघि फड्को मार्ने अवस्थामा पुगेको हुन्थ्यो । स्थानीय तहमा आएको बजेट चुहावट हुदैन थियो होला तर ढिलै भएपनी सरकारको आँखा खुलेको देखेर गर्व पनि लागेको छ । अब देश मा केही हुन्छ कि भन्ने आशाको जगाएको छ । जसरी स्थानीय तहको चुनावलाइ सरकारले सफल पार्न तीव्र तयारी पारेको छ, त्यसै गरि जनताले पनि साथ दिनुपर्छ । जहाँ सम्म प्रवासबाट स्थानीय चुनावमा जाने तयारीको कुरा छ, सम्भव  भए सम्म चुनाव मा जानू पर्छ किन भने हाम्रो एक भोटको निकै महत्व हुन्छ । गाउँपालिका/ नगरपालिका चुनावमा भिजिनेवल र विकासशील मानिसलाई जिताउनुपर्छ । म प्रवासमा रहेपनि चुनावमा भोट खसाल्न जाने बिचारमा छु । तर, यहाँ आफुले सोचे जस्तो हुदैन कम्पनिले छुट्टी दिन्छ दिदैँन । हाम्रो माग भने काम विशेषले नेपाल फर्कन नपाउनेहरुलाई सरकारले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइदिए हामी सबै प्रवासी नेपाली हरुलाइ सहज हुने थियो । 

 


बिष्णुलाल श्रेष्ठ बेसिशहर नगरपालिका- २, लमजुङ

 अत्यन्तै समय सापेक्ष प्रश्न र जनचासोको विषय, हामी प्रवास लागेकाहरु २० वर्ष बाट मात्र होइन कयौं वर्ष यता आफ्नो मतदान गर्ने हक अधिकार बाट बन्चित छौं । यो सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति नभएको सर्वबिधितै छ । यद्यपि गलत राजनीतिको मार भोग्ने तपाईं हामी जनताले नै हो । यो अर्थमा हाल हुन लागेको स्थानीय तहको पुनर्संरचना स्वागत योग्य ठानेको छु । स्थानीय स्तरको चुनावमा जाने तयारी भन्दै गर्दा  मैले दुई तरिकाबाट बुझे  प्रवासी हरु मतदान दिनैका लागि नेपाल जाने वा नेपाल सरकार बाट प्रवास मा रहेकाहरुको मतलाई पनि मुल्यांकन गर्ने भन्ने कुरा आउँछ । तसर्थ एक प्रवासी को हैसियत ले प्रवास मा बसेर नै मतदान गर्ने सुविधाको वा प्रवासमा रहेकाहरुको मत को सम्बोधन गरिनु पर्छ भन्ने मेरो माग रहेको छ । म भौतिक रुपमा भन्दा बौद्धिक रुप मा स्थानिय स्तर को चुनावका लागि पुर्ण तयारी मा छु । अर्को बिषय रह्यो विकास का कुरा , हामी नेपालीहरू आफ्नो आवश्यकता परिपुर्ती लाई नै विकास भन्ने भ्रम पालिरहेका छौँ । जस्ले जनतामा सुख भोगी बनाउछ तर वास्तविक रुप मा रास्ट्र ले विकास को गति मारेको भने हुँदैन । त्यसैको फल स्वरुप आज नेपाल अविकसित रास्ट्र,गरिव देश भनेर चिनिदै छ । विकास भन्ने कुरा प्रविधि को विकास संगै जोडिएको हुन्छ अनि आफ्नै प्राकृतिक सम्पतीहरुको अधिकतम प्रयोग संग जोडिएको हुन्छ । विकासका लागि नितिगत रुपमा र भौतिक रुप मा फेरवदल गरिन जरुरी छ। नेपालको नया संविधानले स्थानिय स्तरको क्षेत्र फराकिलो बनाइएको छ पक्कै पनि हामी संग थुप्रै अमूल्य स्रोत साधनहरु छन र त्यसलाई स्थानिय स्तर बाट नै अधिकतम रुपमा प्रयोगमा ल्याउन सके विकास अवस्य पनि हुनेछ र समुन्नत नेपाल हाम्रो पालामा देखन पाईने छ।

अनौठो नाम, लोकप्रिय काम, कुराकानी फेसबुके “दारी ग्याङ”को

काठमाडौं । फेसबुकमा थरिथरिका समूह र पेजहरु भेटिन्छन् । कतिपय समूहहरु आफ्नो समुदाय, व्यवसाय, शिक्षा या अन्य यस्तै विशेषताका आधारमा गठन भएका पनि छन् । तर नेपालमा यस्तो समूह छ, जुन सुन्दै अचम्म लाग्छ । त्यसो त यो समूहले आफूलाई ‘ग्याङ’ भन्न रुचाउँछ । समूहको नाम हो– दारी ग्याङ । पुराना तस्वीरहरुमाथिको अनुसन्धानका सिलसिलामा संस्कृतिविद् सत्यमोहन जोशीकहाँ साथी लिएर पुगे जगदीश भण्डारी । संयोगले त्यहाँ दुईजना अरु पत्रकार पनि रहेछन् । सबै दारी पालेका । सत्यमोहनलाई लाग्यो, यिनीहरु एउटै हुन । जिस्किँदै भनेछन्– दारी ग्याङ त हैन तपाईहरु ? यो शब्दले छोयो भण्डारी र उनका साथीहरुलाई । अनि उनीहरुले आफ्नो समूहको नामै जुराए– दारी ग्याङ । “साथीभाईबीच समूहमा कुराकानी त्यसअघि नि भइरहन्थ्यो” भण्डारी भन्छन्, ‘कार्यक्रमदेखि अन्य कुराबारे यही समूहमा छलफल हुन्थ्यो तर पछि नामै जुराइयो ।” २०७२ सालको फागुन ७ मा देशभरी प्रजातन्त्र दिवसको उल्लास छाईंरहँदा फेसबुक कम्पनीले नयाँ समूहका लागि अनुरोध पायो । फेसबुकमा नेपाली भाषा बुझेर समूह ‘एप्रुभल’ गर्ने भए एकपल्ट मुसुक्क मुस्कुराउँथे होलान् जुकरबर्ग र उनको सम्बन्धित विभागका कर्मचारीहरु । यही फागुन ७ मा समूहले आफ्नो वार्षिकोत्सव मनायो । नाम नै फरक, कसैले नसोचेको, झन समूहको परिचयमा पनि अलि फरक पहिचानको कुरा लेखिएको । “‘दारी ग्याङ’मा यहाँहरुलाई स्वागत छ !यो ग्रुप सबै दारी पाल्न मन पराउनेहरुका लागी हो !” “समूह सबैका लागि खुला छ” भण्डारी भन्छन्, “तर हामीले समूहलाई मर्यादित होस् भनेर अरुचिकर र असान्दर्भिक पोष्ट गर्नेहरुलाई भने राख्दैनौं ।” शुरुका दिनमा दारी पाल्नका लागि शुरु गरिएपनि समूहको नाम र कामले यति चर्चा पायो कि दारी नपाल्नेहरुको पनि ओइरो लाग्यो समूहमा । “हामीले शुरुमा त दारी पाल्नेहरुको मात्रै समूह होला, दारीसँग जोडिएका जानकारीमूलक कुरा राखौंला सोचेको, तर लोकप्रियता यति बढ्यो कि हाम्रो ट्रयाक नै चेन्ज भयो” भण्डारीले भने, “बिस्तारै साथीहरु पनि फरक फरक पृष्ठभूमिका थपिनुभयो, हामी पनि सामाजिक क्षेत्रमा बढी सक्रिय भयौं ।” समूहको लोकप्रियताको अनुमान यसका सदस्यहरुबाट लगाउन सकिन्छ । शूरुमा एक आधा दर्जनबाट शुरु भएको समूहमा अहिले ९५ हजार भन्दा बढी सदस्य रहेका छन् र यी थपिने क्रममा छन् । “समूह सबैका लागि खुला छ” भण्डारी भन्छन्, “तर हामीले समूहलाई मर्यादित होस् भनेर अरुचिकर र असान्दर्भिक पोष्ट गर्नेहरुलाई भने राख्दैनौं ।” ९५ हजार सदस्य, सबैले पोष्ट गर्न मिल्ने । त्यति सजिलो छैन यो समूह चलाउन । त्यसैले पनि होला, अहिले समूहमा राजधानी र राजधानीबाहिर गरेर १६ जना त एड्मिन नै छन् । उनीहरुले ग्याङको वालमा पोष्ट हुने सामग्री केलाउनेदेखि नयाँ सदस्यहरु थप्ने या नथप्नेबारे निर्णय गर्छन् । पूर्वाञ्चल, राजधानी, बुटवल, पोखरा, हेटौंडामा उनीहरुका एड्मिन छन् । “जिल्लामा पनि साथीहरु छन् सहयोग गर्ने । सकेसम्म व्यवस्थित गु्रप होस् र यसले समाजका लागि केही गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।” भण्डारीले बताए । राजधानीबाट समूहका एड्मिनहरु अनिल पुरी, दिनेश तिवारी, जगदीश भण्डारी, मनोज मालाकार, मुकेश घिमिरे, रुपक न्यौपाने, रोमन केसी, अभिषेक राजसिंह थापा र दिपेश सिग्देल रहेका छन् । भण्डारीका अनुसार, शूरुमा रमाइलोका लागि समूहका गतिविधि चलेपनि बिस्तारै सामाजिक क्षेत्रमा सक्रिय हुन थाल्यो । समूहले राजधानी र बाहिरका बिभिन्न स्थानमा सामाजिक सेवाका क्षेत्रमा काम शुरु गरेको उनले बताए । “देश र समाजका लागि केही गरौं भन्ने भावना सानैदेखि थियो, समूहले झन उत्साह थप्यो । त्यसपछि सकेको काम समूहको नामबाट गरौं न त भन्ने लागेर समूह सामाजिक क्षेत्रमा सक्रिय भएको छ ।” उनले भने । पाल्पाको दमकडामा रहेको ज्योती गुमाएका (ब्लाइन्ड)हरुको विद्यालयका लागि दारी ग्याङले ८० हजार बराबरको सामग्री जुटाउन सफल भयो । समूहले उक्त स्कूलमा सोलार गिजर, वायरलेस रेडियो, चश्मालगायतका सामग्री वितरण गर्यो । यो रकम ग्याङकै सदस्यहरुले जमा गरेका थिए । “हामीले कार्यक्रम गर्दा ग्याङकै साथीहरुबाट सहयोग माग्छौं, विदेशमा रहेका साथीहरुले पनि सहयोग गर्नुहुन्छ” भण्डारीले बताए । धुर्मस सुन्तलीले बस्ती निर्माण गर्न थालेपछि ग्याङका सदस्यहरुले श्रमदान गरे बस्तीमा पुगेर । “यसले हामीभित्र झनै उत्साह थप्यो” भण्डारी भन्छन, “पछि हेटौडा, इटहरी, पोखरा, बुटवल, काठमाडौंलगायतका स्थानमा पनि बिभिन्न कल्याणकारी काम गर्न थालियो ।” ग्याङले इटहरीमा हरेक महिना एउटा कार्यक्रम गर्ने र त्यसबाट उठेको रकम आर्थिकरुपमा विपन्नहरुलाई सहयोग गर्ने गरेको छ । त्यसैगरी बाल दिवसका अवसरमा बुटवलमा अनाथ बालबालिकालाई सहयोग, पोखरामा तीन चरणमा विद्यालयमा सेतोपाटी वितरण, हेटौंडामा अनाथ आश्रमलाई सहयोग गर्ने काम गरेको भण्डारीले बताए । ‘इटहरीमा पानीपुरी’ भन्ने अभियान अन्तर्गत उनीहरुले पानीपुरी बेचेरै ६० हजार कमाए । यसबाट १५ हजार लागत खर्च काटेर बाँकी रकम तीनजना बिरामीलाई हस्तान्तरण गरे उनीहरुले । गत फागुन ७ गते वार्षिकोत्सवको अवसर पारेर ग्याङले राजधानीका सडकमा मास्क वितरण गर्यो । “त्यो सांकेतिक कार्यक्रम थियो । “राजधानी प्रदुषित त है भन्ने एउटा सन्देश र अर्को मास्क लगाऔं भन्ने जनचेतना” भण्डारीले भने, “हामीले १७ सय मास्क वितरण गर्यौं त्यो बेला” समूहका पोष्टहरु दारीसँग सम्बन्धित मात्रै हुँदैनन् । त्यहाँ रमाईला चुटकिलादेखि व्यंगहरु पनि देखिन्छन् । कतिपयले दारी पार्टी खोलौं भन्छन्, केहीले भने दारी ग्याङको ब्लड ग्रुपको एप बनाउने समेत पोष्ट गरेका छन् । समूहले भविष्यमा सामाजिक कार्यमा आफूलाई झनै समर्पित गर्ने भण्डारी बताउँछन् । “त्यसो त हामी सबै आफ्नो काममा व्यस्त छौं तर पनि समाजका लागि केही गर्न सकिने देखियो ।” भण्डारीले भने, “सानो नै किन नहोस्, समाजप्रतिको उत्तरदायित्वको बोध गराउँछ यस्ता कामले” समूहमा महिलाहरुलाई भने प्रवेश गर्न नपाईने भन्ने नियम छ । त्यसो किन नि ? भन्दा भण्डारी भन्छन्– हामीले दारी ग्याङको पेज पनि बनाएका छौं, त्यहाँ भने सबै लिङ्गलाई प्रवेश खुला छ । महिलाहरुको दारी नहुने भएकोले शुरुमा दारी हुने पुरुषका लागि मात्रै भनियो । तर महिलाहरु पनि हाम्रो अभियानमा उत्तिकै सहयोगी छन् ।” उनले भने । “दारी ग्याङको लोकप्रियता चुलिएसँगै सामाजिक सक्रियता झनै बढोस् ।” हार्दिक शुभकामना ।

दुः ख सहेर यहाँ पुर्याए देशलाई : देशवासीका नाममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरे, हेर्नुस सम्बोधनका दृश्यहरु

स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु । र, न्यायपूर्ण र समुन्नत नेपाल निर्माण गर्ने वीर शहिदहरुका सङ्कल्प र सपना पूरा गर्न जीवनभर निर्भिकतापूर्वक प्रतिवद्ध र कटिवद्ध रहने प्रण गर्दछु । २. लगभग बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकै पटक गर्ने ऐतिहासिक घोषणास“गै आज म आफ्ना केही धारणा राख्न देशबासीसामु उपस्थित भएको छु । संविधानबारे देशभित्र देखा परेका असन्तुष्टि, तराई मधेशमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनजातिका अधिकारसम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमाङ्कन लगायतका विषय सम्बोधन गर्न सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरेर प्रक्रिया अघि बढाइसकेको यहा“हरु सबैलाई अवगत नै छ । संविधान संशोधन तार्किक निष्कर्षमा नपुग्दै सरकारले किन स्थानीय निर्वाचनको हतारो गरेको होला ? झन्डै २० वर्षदेखि थाती रहेको निर्वाचन केही समय ढिला गर्दा के पो बिग्रने थियो ? भन्ने प्रश्न गर्न नसकिने होइन । वास्तवमा सरकार संविधान संशोधन सफल बनाएरै स्थानीय तहको निर्वाचन घोषणा गर्न प्रतिवद्ध थियो । संशोधन प्रस्तावलाई सफल बनाउन यस बीचमा प्रधानमन्त्रीका रुपमा मैले गरेका सबैथरी प्रयासस“ग राष्ट्र जानकार नै छ । तर एकातिर तीन महिना बित्दा पनि एउटा पक्षको अलोकतान्त्रिक हठका कारण संसदमा संशोधनमाथि छलफल हुन सकेन भने अर्कातिर आगामी माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नैपर्ने संवैधानिक बाध्यता, स्थानीय र प्रदेश तहको चुनाव नगरी सङ्घीय संसद गठनै हुन नसक्ने संवैधानिक प्रावधान र वर्षा लागेपछि निर्वाचन गर्न नसकिने परिस्थिति हाम्रा सामु छ । त्यसमा पनि हालै मात्र सर्वोच्च अदालतले संविधान अनुसार स्थानीय तहको निर्वाचनका लागि कुनै आनाकानी नगर्न आदेश दिएको छ । ३. समय घर्कदै जा“दा निर्वाचनका लागि संविधानले दिएको समय सीमा र हामीले अपनाएको अन्तरसम्बन्धित चुनाव प्रणाली बिथोलिने डर भयो । र, त्यसबाट संविधान र लोकतन्त्र नै गतिरोधमा पर्ने सम्भावना बढ्यो । यसकारण सरकार संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने निर्णयमा पुग्यो । असन्तुष्ट पक्षहरु पनि यो परिस्थितिको जानकार हुनुहुन्छ । त्यसैले निर्वाचनस“ग अलिकति पनि नझस्किन आग्रह गर्दै म यही सम्बोधनमार्फत् उहा“हरुलाई विश्वास दिलाउन चाहन्छु कि यो सरकार निर्वाचन स“गस“गै संविधान संशोधन पनि गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न र राष्ट्रिय एकता सुदृढ तुल्याउन हिजो जत्तिकै दृढ र प्रतिवद्ध छ । ४. मलाई थाहा छ, झन्डै २० वर्षदेखि था“ती रहेको र कसैले हिम्मत नगरेको यो निर्वाचन चुनौतीरहित छैन । तर, सरकार सबै चुनौतीको सामना गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ । झन्डै एक करोड चालीस लाख मतदाताले पैंतीस हजारभन्दा बढी प्रतिनिधि चुन्ने यो निर्वाचनलाई मैले केवल प्रतिनिधि चुनिने सामान्य निर्वाचन होइन । बरु, ‘जनताको ढोकामै विकास र जनताको ढोकामै सरकार’को युगको प्रारम्भ मानेको छु, किनकि स्थानीय सरकारलाई विश्वका धेरै संविधानले भन्दा हाम्रो संविधानले अत्यन्त धेरै अधिकार दिएको छ । आदरणीय जनसमुदाय, ५. यो निर्वाचनको प्रतिनिधित्व प्रणाली आफैं युगान्तकारी छ । अबको संरचनामा महिला प्रतिनिधित्व न्यूतनम् चालीस प्रतिशत सुनिश्चित गरिएको छ, समाजमा सबैभन्दा पछाडि परेका र अवसरबाट वञ्चित दलित महिलाका हकमा पनि बसोबास भएसम्म हरेक वडामा प्रतिनिधित्वको व्यवस्था छ । हजारौं महिला प्रतिनिधि र नेतृत्व पैदा हुने यो निर्वाचन महिला उत्थान, जागरण र सशक्तिकरणका लागि ऐतिहासिक कोसेढुङ्गा हुनेछ । अहिलेसम्म विकासका अवसरबाट बञ्चित र उपेक्षित लिङ्ग, वर्ग र समुदाय अब आफैं नेतृत्वमा पुग्नेछ र अन्ततः नागरिक र राज्यबीचको दूरी घटेर शान्तिपूर्ण र समानतामा आधारित समाज स्थापनाको बाटो खुल्नेछ । यसरी धेरै अर्थमा ऐतिहासिक यो निर्वाचन सफल पार्न मैले अन्तराष्ट्रिय समुदायको पनि साथ र समर्थनको अपेक्षा गरेको छु । ६. चुनावकै सन्दर्भमा म आज तराई–मधेशका जनता, थारु, जनजाति र अन्य असन्तुष्ट पक्षलाई पनि सिधै र विशेष सम्बोधन गर्न चाहन्छु । एकात्मक, केन्द्रीकृत र सामन्तवादी राज्यसत्ताले देशका बहुसङ्ख्यक जातजाति, भाÈाभाÈी, लि¨, वर्ण, वर्ग र Ôेत्रका जनतामाथि सदिऔंदेखि लादेको उत्पीडनविरुद्ध सबैभन्दा बढी को लड्यो ? मधेशी, महिला, आदिवासी–जनजाति, मुस्लिम, दलित र विपन्नमाथिका राजनीतिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य गर्ने निर्णायक अभियान कसले सुरु ग¥यो ? मधेशलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो ? यहा“हरु आफैं जानकार हुनुहुन्छ । चाहे पहिलो होस् वा दोस्रो, हरेक संविधान सभामा मधेश, थारु, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइ“को अग्रमोर्चामा को थियो ? पक्कै यहा“हरुलाई सम्झाई रहन पर्दैन । र, संविधान जारी गर्नैपर्ने वाध्यतात्मक अवस्थामा समेत मधेशी, आदिवासी र जनजातिका जायज बिमतिलाई दस्तावेजीकरण गर्दै आठ बु“दे असहमति कसले दर्ज ग¥यो ? यो पनि भनिरहन पर्दैन । असन्तुष्ट पक्षलाई समेट्न र संविधानको स्वीकार्यता फराकिलो पार्नकै लागि हामी सरकार परिवर्तन गर्न समेत तत्पर भयौं । अत्यन्त निम्न स्तरका लाञ्छना, घृणित आरोपहरु र निकृष्ट गालीगलौजको सामना गरेर पनि संसदमा संविधान संशोधनको प्रस्ताव टेबल ग¥र्यौं । र, त्यो प्रस्ताव पारित गराउन हर क्षण प्रयत्नरत रह्यौं र अझै छौं । एउटा कालखण्डमा प्रतिपक्षी मोर्चाको संयोजकका रुपमा मैले असन्तुष्टिहरुको नेतृत्व गरेको छु । मधेशबाटै निर्वाचित जनप्रतिनिधि भएका नाताले म अहिलेका असन्तुष्टि र गुनासालाई सबैभन्दा नजिकबाट बुझ्दछु र त्यसको समाधानका लागि देशमा सबैभन्दा बढी क्रियाशील पनि छु । ७. नया“ संविधान चाहिएकै मधेशलाई हो, जनजाति, दलित, महिला र दमित वर्गलाई हो । सम्पूर्ण देशबासी र त्यसमा पनि तराई मधेशका विवेकशील जनतालाई झन् बढी थाहा छ । यो देशको परम्परागत शासक वर्गलाई गणतन्त्र मन परेको छैन, संघीयता मन परेको छैन, धर्मनिरपेक्षता मन परेको छैन । अ“ध्यारा कोठाहरुमा अहिले पनि यी उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ । हिजो मधेशमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेशी जनताकै का“धमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ । मधेशका जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न चाहिरहेको छ । म मधेशका जनतालाई सोध्न चाहन्छु, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेशी जनता यसको हिस्सेदार बन्न सक्छन् ? म विश्वास दिलाउ“छु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पु¥याउने छ । यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ । मधेशकेन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ । जनसंख्याका अनुपातमा मधेशमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ । मधेशी जनताको विकास र मधेशी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेशी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेशी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ । ८. हामी सबैलाई थाहा छ, एकथरी तत्व मधेशको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुष्स्वप्न देखिरहेको छ । म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ । हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन । शान्ति सुरक्षामा कुनै कमि हुन दिइने छैन । निर्वाचनमा एक–एक मतको सुरक्षा गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि शतप्रतिशत प्रतिवद्ध रहन म सबै सरोकारवालालाई यसै सम्बोधनबाट फेरी निर्देश गर्दछु । ९. यो संविधानप्रति जे–जस्ता असहमति भए पनि र प्रतिपक्षमा हु“दाहु“दै पनि एउटा विशिष्ट कालखण्डमा मैले संविधान निर्माणको अग्रसरता लिएको हु“ । नेपाललाई ठूलो संवैधानिक र राजनीतिक शून्यतामा लैजाने षड्यन्त्रलाई चिर्न नया“ संविधान तत्काल जरुरी थियो । संविधान निर्माणको क्रमलाई कहिल्यै टुङ्गोमा पुग्न नदिएर लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र सङ्घीय समावेशी समानुपातिक शासन प्रणालीलाई नै उल्ट्याउने खेललाई जसरी पनि असफल पार्नु थियो । कहिल्यै संविधान नबन्ने र सधैंको संक्रमणकालले अन्ततः नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान नै समाप्त हुने सम्भावना बढेपछि केही सम्झौता गरेर भए पनि संविधान बन्ने सुनिश्चितताका लागि मैले पहलकदमी लिएकै हु“ । अब बा“की असन्तोषहरुलाई पनि व्यवस्थापन गरी आर्थिक सम्वृद्धिबाट समाजवादको आधार तयार पार्न ढिलो भइसकेको छ । स्थानीय निकायको निर्वाचनपछि त्यसले तीव्रता पाउनेछ भन्नेमा म विश्वस्त छु । आदरणीय दिदीबहिनी तथा दाजुभाइ, १०. गत बजेटमा उल्लेखित संशोधित अनुमानभन्दा गत आर्थिक वर्षमा रु. २२ अर्ब बढी राजस्व असुली भएको, नेपाल सरकारको नगद बचत अनुमानभन्दा करिब रु. एक सय ३० अर्ब बढी कायम हुन आएको र भूकम्पपछिको पुननिर्माण, सर्वसाधारणको जनजीविका र विकासका पूर्वाधार सम्वन्धी थप कार्यहरु सञ्चालन गर्न आवश्यक देखिएको सन्दर्भमा चालू आर्थिक वर्षको लागि पेश भई पारित भएको उक्त बजेटलाई पुनरावलोकन गरी पूरक बजेट ल्याउने मेरो सुरुको तयारी थियो । तर, त्यसै पनि अविश्वासले जेलिएको संसदमा यो विषयको प्रवेशले थप अविश्वास बढाउला भनेर म त्यो बाटोमा लागिन“ । त्यसैले मेरा धेरै योजना र परिकल्पनाले साकार रुप लिन पाएनन् । प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संसदमा मैले भनेको थिए“, म सस्तो प्रचारवाजीमा लाग्ने छैन, विकासको बहसलाई मनोरञ्जक बतासे सपनामा सीमित हुन दिने छैन । बरु, ठोस योजना ल्याउने छु । देशबाट लोडसेडिङ लगभग अन्त्य भएको छ र यो अन्त्यलाई मैले मुलूक अब अ“ध्यारो युगबाट उज्यालो युगमा प्रवेशको बिन्दु मानेको छु । राजधानी काठमाण्डौ, पोखरा, चितवन लगायतका शहरहरुलाई लोडसेडिङमुक्त घोषणा गरिएको छ भने आउ“दो जेठ मसान्तसम्म मुलुकभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी छ । मलाई विश्वास छ, नेपालको विकासको इतिहासलाई अब लोडसेडिङ अघि र पछिको युगमा विभाजित गरिनेछ । लोडसेडिङ अन्त्यले केवल उज्यालो थपिएको छैन, केवल औद्योगिक गतिविधि र राजस्व मात्रै बढेको छैन । लोडसेडिङ अन्त्यले निकै पछि यो देशका जनताको आफैंमाथि भरोसा बढेको छ र यो देशको विकास चामत्कारिक रुपमा सम्भव छ भन्ने स्थापित गरेको छ । यसले ‘यहा“ केही हुनेवाला छैन’ भन्ने निराशालाई चिरेर ‘गरे हुने रहेछ’ भन्ने सन्देश प्रवाहित भएको छ । राजनीतिक प्रतिवद्धता, व्यवस्थापकीय कुशलता र इमान्दारिता भयो भने परिवर्तन हामीबाटै र अहिले नै सम्भव रहेछ भन्ने सन्देश प्रवाह भएको छ । लोडसेडिङ अन्त्यलाई जनताले चमत्कार मानेका छन् तर म भन्छु, यो आफैं चमत्कार होइन, केवल चमत्कारको सुरुवात हो । राष्ट्रिय गौरवका आयोजनाहरुमा अब एकपछि अर्का चमत्कार हु“दैछन् र एकाध वर्षमै मुलुकको मुहार फेरि“दैछ भन्न पाउ“दा मलाई गर्व लागेको छ । ११. यहा“हरुलाई थाहै छ, प्रधानमन्त्रीका रुपमा म परस्पर विरोधी राजनीतिक मागहरुको दवावमा छु । तर, विकास निर्माण र तीव्र आर्थिक प्रगतिको मेरो सङ्कल्प धर्मराएको छैन । म आज सरकारका उपलब्धिको वृहत् चर्चा गर्न चाहन्न“ । तर, यत्ति भन्न चाहन्छु, हिजोका सवल र दुर्वल पक्षबाट सिकेर म सम्वृद्ध र न्यायपूर्ण नेपालको नया“ अध्यायको सुरुवातका लागि प्रयत्नशील छु । सरकारबाट केही कमजोरी भएका होलान् तर गल्ती भएका छैनन् । यो सरकार आजसम्म कुनै आर्थिक विवादमा मुछिएको छैन र मुछिने पनि छैन । १२. म प्रधानमन्त्री बन्दा नबन्दै काठमाण्डौबाट तराई÷मधेश जोड्ने फास्ट ट्रयाक सडकलाई लिएर विभिन्न आक्षेपपूर्ण गलत प्रचार भए । आज म दावीका साथ भन्न सक्छु, फास्ट ट्रयाक आयोजना नेपाल आफैले निर्माण गर्ने गरी यति तीव्र गतिमा यसअघि कहिल्यै काम भएको थिएन । फास्ट ट्रयाकको डि.पि.आर., वित्तीय व्यवस्थापन र निर्माण मोडालिटी सम्बन्धमा सिफारिस गर्न सरकारबाट गठित समितिले प्रतिवेदन दिइसकेको छ र त्यो प्रतिवेदन कार्यान्वयनमा गइसकेको छ । र, फास्ट ट्रयाकको ठूलो हिस्सालाई वर्षाअघि सञ्चालनमा ल्याउने सरकारको तयारी छ । यसै गरी विभिन्न कारणले रोकिएको तराइ मधेश क्षेत्रको आर्थिक सम्बृद्धिको महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गबारे मैले भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक विषय उठाएपछि निर्माण कार्य अत्यन्तै तीव्र गतिमा अघि बढेको छ । हुलाकी मार्गको अलाइनमेन्ट मध्य तराईका जनतालाई थप सुविधा पुग्ने गरी सुधार गरिनेछ । यो मार्गले तराई–मधेशको आर्थिक जीवनमा कायापलट ल्याउने मेरो विश्वास छ । १३. वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनी सधैं मेरो चासो र चिन्ताको प्राथमिकतामा हुनुहुन्छ । वैदेशिक रोजगारमा जानेहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्थाले श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार म्यादी जीवन वीमा विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । यसैगरीे अनिवार्य रुपमा बीमा नवीकरण गर्ने व्यवस्था गरिएको छ र पासपोर्टको शूल्क झन्डै आधा घटाउने लगायतका थुप्रै विषय कार्यान्वयन भएका छन् । विदेशी भूमिमा अलपत्र परेका सयौं दाजुभाइ दिदीबहिनीको उद्धार गरिएको छ र यो क्रमले थप तीव्रताका साथ निरन्तरता पाउनेछ । १४. भूकम्प पीडितलाई राहतका हकमा प्राधिकरणका कार्यकारी नै परिवर्तन गरेर सरकारले कुनै लापरवाही वा ढिलासुस्ती क्षम्य छैन भन्ने प्रष्ट सन्देश दिएको छ । पीडितहरुलाई अनुदानको रकम रु. ३ लाख मात्र पु¥याइएको छैन, पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा रु. १ लाख ५० हजार र तेस्रो किस्तामा रु. १ लाख पाउने गरी अनुदान वितरण कार्यविधि संशोधन गरी लागू गरिसकिएको छ । भूकम्प प्रभावित मुख्य सम्पदाहरुको पुनर्निर्माण कार्य सुरु भइसकेको छ । उपत्यका बाहिरका भूकम्प अति प्रभावित ११ जिल्लाका करिब ९१ प्रतिशत लाभग्राही पहिचान गरी तीमध्ये झण्डै ९२ प्रतिशत घरधनीस“ग अनुदान सम्झौता भइसकेको छ । तीमध्ये करिब ९९ प्रतिशतको बैंक खातामा पहिलो किस्ताको रु. ५० हजार जम्मा भएको छ । दोस्रो किस्ताबापत डेढ लाख रकम वितरण गर्न प्रभावित जिल्लाहरुमा रु. ८ अर्ब ३२ करोड निकासा गरिसकिएको छ । अति प्रभावित १४ जिल्ला बाहेकमा पनि पुननिर्माण सुरु भएको छ । १५. राष्ट्रिय गौरवका र अन्य ठूला आयोजनाहरुको म निरन्तर अनुगमनमा छु । मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी आयोजना, कुलेखानी तेस्रो आयोजना, चमेलिया जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण आयोजना र अनुगमन गरिएका अन्य आयोजनाहरुका काम द्रूत गतिमा अघि बढेका छन् । चितवनको शक्तिखोरमा अत्याधुनिक सुविधा सहितको औद्योगिक क्षेत्र स्थापना हु“दैछ । किसान आयोग गठन भएको छ र जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलटिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । खेलाडीलाई पुरस्कार र रकम घोषणा गर्ने तर उपलब्ध नगराउने परम्परा तोडेर सरकारले तत्काल पुरस्कारको परम्परा बसालेको छ । फागुन १ गतेदेखि वाथ र मुटुरोगको निःशुल्क उपचार सुरु भएको छ । अबको ६ महिनाअघि नै मेलम्चीको पानी काठमाडौं आउने छ र राजधानीबासीको दशकौं पुरानो सपना पूरा हुने छ । यी लगायत अहिले भइरहेका कामले निकै छिटो राष्ट्रलाई अघि लैजानेमा म विश्वस्त छु । १६. देशभरका भूमिहीन, सुकुम्बासी, किसान, मजदूर र श्रमिकहरु जग्गाधनी प्रमाण पूर्जा नभएकै कारण अहिलेसम्म पानी र बिजुलीको लाइन जोड्ने जस्ता आधारभूत सुविधाबाट बञ्चित थिए । यो सरकारले अब उनीहरुका लागि नागरिकता र बसोबासकै आधारमा धारा र बत्तीको मिटर जोड्ने व्यवस्था गरेको छ । सुकुम्बासी समस्याको स्थायी समाधान गर्न बसोबास आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि प्रतिवद्धता व्यक्त भएको तर कार्यान्वयन हुन नसकेको मुक्त हलियाका लागि घर मर्मतका लागि रकम निकासा गरिसकिएको छ र यसै साताबाट वितरण सुरु गरिनेछ । मुक्त कमैयाका कार्यक्रम १६ वर्षदेखि चालू छन् तर यस अघिसम्म कुनै सरकारले प्रतिवद्धता अनुरुपको रकम उपलब्ध गराएनन् । यो सरकारले अब तुरुन्तै जग्गा, काठ वा सो बराबरको रकम उपलब्ध गराउ“दै छ । १७. शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमै पु¥याउने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ भने सम्बन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । आर्थिक सहायता पाउन बा“की शहिद र बेपत्ता पारिएका परिवारका लागि सबै रकम निकासा गरी सकिएको छ । १८. सार्वभौमसत्ता जनताका हातमा भएको यो लोकतन्त्र जनताको दशकौं लामो अथक सङ्घर्ष र बलिदानले आएको हो । यसका लागि देशको तीन–तीन पुस्ताले अनन्त बलिदान गरेको छ, असैह्य यातना व्यहोरेको छ र दशकौं सङ्घर्ष गरेको छ । त्यसैले संविधान र अझ सिङ्गो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने अबको निर्वाचन केवल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन । बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो । झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ । बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराई छाड्ने मेरो यो आ“ट र विश्वासको स्रोत जनता नै हो । लोकतन्त्र कार्यान्वयनका हकमा यो एउटा ऐतिहासिक फड्को हो र यसलाई हामीले जसरी पनि सफल बनाउनु छ । मलाई विश्वास छ, निर्वाचनस“गै यो देशका राजनीतिक दलहरुबीच गाली र तालीको होइन । बरु, निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ । विकास र सरकार अब मतपेटिकाका रुपमा जनताको दैलोमा छ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु । धन्यवाद । १७ फागुन, २०७३

साउदीमा नेपालीका आँसुः काम पनि छैन, घर जान पनि पाइन्न

काठमाडौं । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्षमात्रै भएकाले म्याद थप्नका लागि भएपनि नेपाल फर्कनैपर्ने सोझो बुझाइ उनको थियो । राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आइ घर–परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उनले बनाएका थिए । साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्ष पुगेपछि घर फर्कने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन गएका साहलाई कम्पनीले नेपाल फर्कन अनुमति दिएन । कम्पनीको सहमतिको चिठीबिना साउदी अरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उनी फसे । साउदीको ‘कफला’ पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ । साउदीबाट फोनमा रासससँग साहले भने–‘आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगें ।’ उनको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् । साह साउदी जाँदा ९ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उनी टोलाउँछन् । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसिरहेकी छन् । बहराइननजिकैको वेल्डिङ वेड्स कम्पनीमा उनी वल्डिङको काम गर्छन् । त्रिपुरेश्वरको वर्ल्डवाइड इम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उनी त्यहाँ गएका थिए । आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उनले पोखे । साहमात्रै होइन, दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुई वर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुगेका थिए । उनीहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदी अरब आएको तीन वर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भने । पछिल्लो सात महिनादेखि काम नभएका कारण आफूहरु त्यसै कोठामा बस्नुपरेको उनले जानकारी दिए । घर फर्कनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् । पीडित चौधरीले भने–‘पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भइ बन्दी जीवन बिताउनु परिरहेको छ ।’ त्यहाँको प्रशासनलाई घुस खुवाएर भएपनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै उनीहरुको रकम फिर्ता दिएको थियो । बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट उनीहरु वि.सं. २०७१ सालमा साउदी गएका थिए । घर फर्कन नपाउने यस्तै समस्या मोरङका निश्चल थापामागर र सञ्जयकुमार धितालले भोग्नु परिरहेको छ । त्रिपुरेश्वरको वर्ल्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएका उनीहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उनीहरुलाई फिर्ता दिँदैन । ‘सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएको छैन । नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो तर छोडिदियो’–उनीहरुले भने । उनीहरुले साउदीस्थित दूतावासमासमेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको उनीहरुको गुनासो छ । पीडित थापामगरका भिनाजु हर्क मगरले भने–‘उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।’ साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहेका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाए । सरकारले साउदीसँग श्रम सम्झौता गर्नसके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उनको भनाइ छ । अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उनले जानकारी दिए । अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासलेसमेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ । साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् । आर्थिक संकटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो संख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनुपरेको छ ।

प्रचण्डको १ दिनः केपी ओलीसँगको अंकमालदेखि रुकुमका जनतासम्म

खलङ्गा, रुकुम रुकुम जिल्लाको खलङ्गा माओवादी जनयुद्धको मुख्य आधार इलाका । जनयुद्धका बेला रुकुमका प्रत्येक बस्ती पुगेर सर्वहारा वर्गको मुक्ति युद्धमा होमिन जनतालाई प्रशिक्षण दिँदै हिडेका प्रचण्ड शान्ति प्रक्रिया आएपछि भने त्यति धेरै रुकुम जान सकेनन् । पार्टी संगठनको व्यस्तता फेरि शान्ति पूर्ण राजनीतिमा आएपछि प्रतिस्पर्धी राजनीतिक दलहरुसँग गर्नुपर्ने प्रतिस्पर्धाले प्रचण्डले चाहेर पनि रुकुम नियमित जान सकेनन् । उनले माओवादीको मुख्य आधार इलाका विर्सेको आरोप पनि लगाइयो । ‘शान्ति प्रक्रियामा आएपछि चार पाँच पटक रुकुम आइपुग्नुभएको छ’– माओवादी केन्द्र रुकुमका जिल्ला अध्यक्षले भने । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएपछि भने रुकुममा जाने योजनामा थिए । देशकै प्रधानमन्त्री भएपछि त्यसै जिल्ला भ्रमण गर्नु उनले आवश्यक ठानेनन् । सानो तिनो कार्यक्रममा गएर रिवन नकाट्ने र सकभर उद्घाटन नगर्ने प्रधानमन्त्रीको घोषणा भएपछि महत्वपूर्ण कार्यक्रम लिएर रुकुम जाने प्रधानमन्त्रीको रहर थियो । त्यसलाई बिहिबार हुने कार्यक्रमले पूरा गरिदियो कार्यक्रम थियो प्रथम मध्यपश्चिमाञ्चल रुकुम महोत्सवको कार्यक्रममा सहभागी हुने । उक्त कार्यक्रम मध्यपश्चिमाञ्चलकै सबैभन्दा ठूलो भएको र दश दिनसम्म सञ्चालन हुन भएकाले प्रधानमन्त्री जसरी पनि उपस्थित भइदिनुपर्ने भन्ने आयोजकको आग्रहपछि प्रधानमन्त्रीले कार्यक्रममा जाने सहमति जनाए । उक्त कार्यक्रम फागुन १२ गतेदेखि सुरु हुने थियो । तर, प्रधानमन्त्री राजनीतिको यति दबाबमा थिए कि सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको थियो । चुनावको मिति घोषणा गरेकै साँझ मन्त्रीपरिषदको बैठकबाट सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाने पनि निर्णय गरेको थियो । तर, एमाले लगायतका नौ प्रतिपक्षी दलहरुले संशोधन प्रस्ताव प्रक्रियामा लगे विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री सहमतिका लागि दौडधुपमा लाग्नुपर्यो । एकातिर मधेसी मोर्चाको माग सम्बोधनको लागि अर्काे, एमाले लगायतका नौ प्रतिपक्षी दलको सहमति लिएर संशोधन प्रक्रियामा लानको लागि । सोही सहमतिका लागि फागुन ११ गते मध्य रातीसम्म प्रधानमन्त्री सहमतिको वातावरण बनाउन सक्रिय रहे । उनी लगभग सुतेनन् । विहान रुकुम जानुपर्ने बाध्यता हुँदा हुँदै पनि प्रचण्डले सहमतिको प्रयासलाई रातभर जारी राखे । फागुन १२ गते विहानैदेखि सरकारका मन्त्रीदेखि राज्यमन्त्रीलाई भेट गर्न सुरु गरे । र विहान साढे नौ बजे अर्काे भेटका लागि प्रधानमन्त्री लागे सिंहदरबार । उनी प्रधानमन्त्री कार्यालय गएका होइनन्, सभामुख ओनसरी घर्ती मगरको चेम्बरमा पुगेका हुन् । त्यहाँ उनले एमाले अध्यक्ष तथा संसदको प्रमुख प्रतिपक्षी केपी शर्मा ओलीसँग भेट गरेर सहमति बनाउने कार्यक्रम तय गरेका थिए । केहीबेर कुरेपछि एमाले अध्यक्ष ओली आइपुगे । सडकमा गाडी जाममा फसेको जानकारी गराएर सभामुख घर्ती, प्रचण्ड र ओलीबीच गोप्य वार्ता सुरु भयो । आधाघण्टा वार्ता गरेपछि हँसिलो मुहार लिएर प्रधानमन्त्री प्रचण्ड निस्किए, तर ओली निस्किएनन् । त्यसपछि प्रधानमन्त्री सिधैँ लागे त्रिभुवन विमानस्थल रुकुम जानको लागि । सवा दश बजे रुकुम जाने भनेका प्रधानमन्त्री एकैपटक सवा ११ बजे बल्ल रुकुम प्रस्थान गरे । उनी खुशी मुडमा थिए, रुकुम टेक्नासाथ उनको व्यस्तता ह्वात्तै बढ्यो । एक त हिजो जनयुद्धका सुप्रिम कमाण्डर आजका सरकारका प्रमुख प्रधानमन्त्री । राजनीतिक दलका प्रतिनिधिदेखि सरकारी निकायका प्रमुखहरुलाई निर्देशन दिनुपर्ने त थियो नै आफ्नै आधार इलाकाका जनताको स्वागतका लागि पनि उनी व्यस्त बने । पहिलो कार्यक्रम रुकुमका जनताको स्वागत थियो जिल्लाको सदरमुकाम खलङ्गाको मुसिकोट ठूलो चौरमा । भन्नलाई प्रशिक्षण कार्यक्रम भने पनि प्रधानमन्त्रीले त्यहाँ प्रशिक्षण दिएनन् बरु आफू यहाँ आएर जनतासँग भेट्न पाउँदा गौरवान्वित भएको र आफ्नो राजनीतिक व्यस्तताका सबै थकान मेटिएको बताए । जम्मा जम्मी बीस मिनेट बसेका प्रधानमन्त्रीले उपस्थित जनतालाई प्रचण्ड बदलिएको भन्ने बाहिर आएका हल्लाको खण्डन गरे । सम्बोधन गर्दै भने–‘मैले हाम्रो ‘मिसन’ विर्सेको छैन, हामीले सुरु गरेको मिसन पूरा भएको छैन हामी आफ्नो योजना सफल बनाउन उकालो र अप्ठेरो बाटो हिडिरहँदा चौतारीमा बसेका मात्रै हौं मिसन विर्स्यो भनेर नभन्नु होला ।’ प्रचण्डले उपस्थित एक हजार जति जनतालाई आफूले लक्ष्य र बाटो नर्विसिएको भनेर आश्वस्त पार्न खोजे, भने– सङ्घिय गणतन्त्र त्यही चौतारी हो । यहि चौतारिमा बसेर नयाँ तागत ल्याएर सामाजवादतिर जानुछ, तपाइहरुलाई भ्रम नहोस, तपाईं आधार इलाकाका कम्रेड हामीले हाम्रो बाटो बिर्सेका छैनौं ।’ प्रधानमन्त्री त्यसपछि हिडेरै रुकुम जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिन लागे जिल्ला विकास समितिको भवनतिर । त्यहाँ सरकारी प्रमुखहरुलाई उनले निर्धारित मितिमै चुनाव हुने भन्दै निर्वाचनलाई स्वस्थ र निष्पक्ष बनाउन निर्देशन दिए । राष्ट्रिय एकता, राजनीतिक समझदारी बनाएर काम गर्न, सुरक्षाको स्थिति मजबुत बनाई निर्वाचनको माहोल बनाउन प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री मध्यपश्चिमाञ्चल रुकुम महोत्सवको कार्यक्रममा सहभागी भए । काठमाडौंमा संविधान संशोधनको प्रस्ताव बारे के हुने चर्चा चलिरहँदा प्रचण्डले त्यहाँ भने नयाँ कुरा खोले–‘संसदमा पेश भएको संशोधन प्रस्ताव प्रक्रियामा लाने सहमति भइसक्यो म अहिले विहान प्रमुख प्रतिपक्षी एमालेसँग त्यस विधेयकलाई प्रक्रियामा अघि बढाउन सहमति गरेर यहाँ आएको छु ।’ उनले बल्ल भेद खोले कि किन उनी हिजो रातभरी बसेका थिए । ‘हिजो राती अबेला सम्म हामी सहमतीको प्रयासमा थियौ आज त्यो प्राप्त भयो,“ प्रचण्डले भने । फागुन ११ गते रातभरी एमालेका नेताहरुसँग बसेर उनले सहमति बनाएका रहेछन् । सधैँ राजनीतिक थकानमा देखिने उनी आज हर्षित देखिनुको यो अर्काे कारण थियो । यसै पनि उनी रुकुम भनेपछि खुशी नै हुन्छन्, त्यसमाथि राजनीतिक रुपमा मंसिर १४ गतेदेखि अड्किएको संशोधन विधेयक संसदबाट प्रक्रियामा लान सहमति भएको थियो । आफू प्रधानमन्त्री भएदेखि प्रमुख प्रतिपक्षी एमाले लगायतसँग वार्ता र छलफल जारी राखेर यहाँसम्म आइपुगेको प्रधानमन्त्रीले बताए । माघमा होइन मंसिरमै तीनवटै चुनाव प्रधानमन्त्रीले मङ्सिर भित्रै तिनवटै तहको चुनाव गरिसक्न सरकारले तयारी गरेको बताए । ‘हामीले माघ ७ गते भित्र तिनवटै चुनाव गरिसक्नुपर्ने भए पनि मङ्सिर भित्रै सबै चुनाव गरिसक्छौ, तर केही दल त्यसलाइ रोकेर आजसम्म प्राप्त भएको राजनीतिक उपलब्धी सकाउन लागिपरेका छन् तिनिहरुको त्यस योजना परास्त गर्न पनि सरकारले सबै चुनाव मङ्सिर भित्रै सकाउछ,’ प्रधानमन्त्रीले भने । राष्ट्रलाई एकताबद्ध सुदृढीकरण गर्न चुनाव आवश्यक रहेको उनले बताए । आफू प्रधानमन्त्री भएदेखि नेपाल र नेपालीबीचको एकता, भाइचारा र राष्ट्रियता स्थापित गराउन लागिपरेको प्रचण्डले दाबी गरे । उनले अहिले आफू शान्तिको लडाइँमा रहेको भन्दै यो मोर्चापनि जित्नैपर्ने उद्घोष गरे । ‘हामी शान्तिको लडाइँमा छौ, यो मोर्चा जित्नुछ, नेपालको राष्ट्रिय एकता कायम राख्न र सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर जनताको सत्ता जित्न आउनुस् सबै मिलेर शान्तिको युद्व जितौ,’ उनले फेरि रुकुमकै जनतासँग अपिल गरे । सम्बोधनमा पटक–पटक यही शान्तिपूर्ण बाटोबाट समाजवादतिर जान सकिने उनले बताए । ‘अबको राज्य समाजवाद उन्मुख हुने भनेर हामीले संविधान मै सो कुरा लेखिसकेका छौ ।’ रुकुमेली जनतालाई उनले भने ‘अब आर्थिक युद्ध जित्नुछ ।’ तर, आर्थिक विकासबिना समाजवादको आधार तयार नहुने भएकोले आफू प्रधानमन्त्री भएकै बेलामा आर्थिक विकासलाइ गतिदिएर आर्थिक युद्ध जित्न लागिपरेको उनले दाबी गरे ।’ १ अर्वको बिकास कार्यक्रम घोषणा प्रधानमन्त्रीले रुकुम जिल्लाको बिकास गर्नको लागि १ अरबको विकास योजना घोषणा गरे । उक्त बजेट जिल्लाको विभिन्न गाबिसमा बाटो, खानेपानी योजना निर्माणका लागि खर्च गर्न दिएको उनले बताए । जिल्ला अस्पतालको स्तरोन्नती हुने रुकुम जिल्लामा रहेको जिल्ला अस्पतालको क्षमता बढाएर ५० सैय्याको बनाउने प्रधानमन्त्रीले घोषणा गरे । हाल उक्त अस्पताल २५ सैय्याको रहेको छ । अस्पतालमा आवश्यक डाक्टर, अत्याधुनिक मेसिन थप गर्ने उनले बताए । रुकुम उज्यालो कार्यक्रम रुकुम जिल्लाको सबै गाविसमा बिजुली पुर्याउन ५७ करोड बजेट बिनियोजन गरेको घोषणा गरे उर्जामन्त्री जनार्दन शर्मासँगै पुगेका प्रधानमन्त्रीले देशै लोडसेडिङ गराउने आफ्नो योजनामा साथ दिने मन्त्रीप्रति गर्व लागेको बताए । उनले नेपाल लोडसेडिङमुक्त हुँदैछ, अब रुकुम जिल्लाभर विजुली पुर्याइने र सबै जनताले उज्यालो पाउने बताए । साथै जिल्लामा रहेको दुईवटा विमानस्थलको स्तरोन्नति गरि सुबिधा सम्पन्न बनाउने प्रतिबद्धता जनाए । रुकुममा रहेको सल्ले बिमानस्थल र चौजहारी विमानस्थल अहिले पनि चालू अवस्थामा रहेका छन । चौजहारी जाजरकोट लगायतका जिल्ला जाने रुट रहेकोले धेरै चलेपनि सल्ले विमानस्थल भने हप्तामा दुईपटकमात्रै सञ्चालनमा रहेको छ । सदरमुकाम खलङ्गामा रहेको उक्त विमानस्थलको स्तोन्नति गराएर दैनिक उडान गर्न सक्ने बनाउने प्रधानमन्त्रीले योजना रहेको बताए । विकास बजेट किन खर्च हुँदैन ? प्रधानमन्त्रीले सरकारले विनियोजन गरेको विकास बजेट खर्च नभएकोमा गम्भीर चिन्ता व्यक्त गरे । सरकारी निकायका प्रमुखहरुलाई सामुहिक निर्देशन दिनेक्रममा उनले विकास बजेट खर्च हुन नसक्नु लाजमर्दाे भएको बताए । भने–जनता विकास निर्माण नभएर समस्यामा छन तर, सरकारले विनियोजन गरेको बजेट यहाँ खर्च हुँदैन यस्तो समस्या रोक्नु पर्यो ।’ जनताले महसुस गर्ने र देख्ने गरि काम गर्नु पर्यो अब देश चुनावमा होमिइसक्यो तपाइहरु पनि भनेको समयमै चुनाव गराउन लाग्नुस् ! प्रधानमन्त्रीले निर्देशन दिदै भने । राजनीतिक गाँठो फुकाएपछि खुशी देखिएका प्रधानमन्त्री रुकुमबाट थप उर्जा र खुशी लिएर काठमाडौं फर्के । तस्वीर :लेखक

टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं, फागुन ७ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवस आज ६७ औं वर्ष भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहलाई सम्बोधन गरेका छन् । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीसहरुले शान्तिका प्रतीक परेवा एकसाथ उडाएका थिए । bidhya vandari prajatantra diwas 2 prajatantra diwas prajatanta diwas prachanda-prajatantra diwas ६७ औं प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताए । एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्याउने मुल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए। नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे। तस्वीरहरु : रासस

यस्ता छन् विश्वचर्चित यौन घटनाहरु : चर्चदेखि प्रहरी भ्यानभित्र सेक्ससम्म

यौनसम्बन्धमा मानिसहरुले पागलपनको सीमासम्म पुग्ने कतिपय घटनाहरु बेलाबखत सार्वजनिक हुन्छन् । त्यसो त यौनावेग शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । तर संसारमा कतिपय मानिसहरुले आफूलाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु चर्चामा आउने गर्दछन् । कतिपयले नयाँ नयाँ प्रयोगका नाममा पनि बिभिन्न किसिमका अनौठा सेक्स अभ्यासहरु गर्ने गर्दछन् । पढ्नुस् यस्तै रोचक यौन घटनाहरु अदालतमै कृत्रिम योनी सन् २००६ मा अमेरिकाको ओक्लोहामा सहरको एउटा अदालतमा एउटा मुद्दामा सुनवाइ चलिरहेको थियो । न्यायाधीश डोनाल्ड थम्प्सन एउटा मुद्दाको सुनवाइ गरिरहेका थिए । तर, न्यायाधीशको अग्लो टेबलपछाडि न्यायाधीश थप्सन त कृत्रिम योनी प्रयोग गरेर मैथुन गरिरहेका पो रहेछन् । प्रत्यक्षदर्शीका अनुसार एउटा हत्यासम्बन्धी मुद्दाको एउटा सुनवाइ सायद असाध्यै निरस भएर हो वा अथवा असाध्यै कामुक भएर, न्यायाधीश त चालू भइहालेछन् । यस्तो लज्जाजनक हर्कतका कारण डोनाल्डको जागिर चट भयो र चार वर्ष जेलमा जाकिए । घर पुग्ने धैर्य पनि भएन इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले । यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्‍यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एकजना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे । घन्टाघरको बाल्कोनीमा अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घन्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर रातमा गरिने कार्यका लागि । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घन्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घन्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे । प्रहरी भ्यानको बोनेटमा एउटा डच जोडीले त हदै गर्‍यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो । आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए । दरबारको बगैँचामै अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यसवेला पर्यटकहरू उक्त दरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए । उमेरले तीसको पूर्वाद्र्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो । सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् । बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् । उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन्, उनी बेहोसै भइन् । जहाजको ककपिटमा सयौँ मिटरमाथि आकाशमा भएको यौनसम्बन्धको पहिलो रेकर्ड सन् १९१६ मा भएको थियो, जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए । अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो । चर्चमा प्रार्थना भइरहेका वेला इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्‍यो । त्यहाँ त एक जोडी समागममा पो व्यस्त रहेछन् । यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो । क्रेनमाथि बसेर अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र राति र गोप्य तरिकाले गर्नुपर्ने यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो । एटिएम बुथभित्र स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’ समुद्री किनारमा बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबारे बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको पर्वाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे । तीव्र गतिको मोटरवेमा नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए । कार पार्किङमा सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन् । एजेन्सी आवरण तस्वीरः १३ वर्षीय बालकसँग यौनसम्बन्ध राख्न खोजेको आरोपमा विश्वभरी चर्चित अमेरिकी युवती अलेक्ज्यान्ड्रीया भेरा

“हामी टूर गाइड हौं, यौनकर्मी होइनौं”

एजेन्सी । जुन देशमा पर्यटकको राम्रो स्वागत हुन्छ, राम्रो व्यवहार हुन्छ, त्यो देशको शीर विश्वमै ठाडो हुन्छ । तर पर्यटकलाई घुमाउने आफ्नो देशको बारेमा जानकारी दिने गाइडलाई मानिसले सोच्ने व्यवहार भने सबैको एउटै हुँदैन । झन् त्यसमा पनि महिला गाइड भएपछि पुरुषहरुको दिमागमा ‘सेक्स’ नाच्न थाल्छ । कंबोडियाको राजधानी नामपेन्हमा मोटरसाइकल, ट्याक्सी जताततै देखिएपनि मोटरसाइकलमा पर्यटकलाई राखेर घुमाउने महिलाहरु भने सडकमा निकै कम देखिन्छन् । केही महिलाहरुले पर्यटक गाइडको काम गरेपनि उनीहरुलाई भने कमैले मन पराउँछन् । रातो टिर्सट र टाइट जिन्समा सजिएका २६ वर्षकी रेनु चिया र उनका सहयोगी ‘द मोटो गर्ल’लाई टुर गाइडको रुपमा मानिसहरुले देख्दा उनीहरुको बारेमा नकारात्मक सोच बनाउने गर्छन । “हामीलाई नराम्रो दृष्टिले हेरिन्छ । त्यसो त पर्यटनमा जोडिएका महिलालाई यौन व्यपारसंँग हेरिनु यहाँको पुरानै विशेषता हो ।” रेनु भन्छिन् । । रेनुकी बहिनी २३ वर्षकी राक्सामी चियाका अनुसार, कहिलेकाहीँ पुरुषसँग बाहिर घुम्न जाँदा समेत हामीलाई सेक्सको लागि बाहिर गएको सोच्ने गरिन्छ । ‘द मोटो गर्ल टुर’को आफ्नै वेभसाइट समेत रहेको छ । यो साइटले सुन्दर र युवा महिला ड्राइभरहरुसँग राजधानी नोमपेन्ह घुम्ने अफर दिने गरेको छ । यो प्रचारलाई भने मानिसहरुले अनौठोरुपमा लिने रेनु बताउँछिन् । नोमपेन्हका सीएस ट्राभलका मालिक सिब चेंग भन्छन्, “यसमा अचम्म मान्नुपर्ने के छ र ? हामी त खुशी पो हुनुपर्ने । यो दक्षिणपुर्वी एसियाका देशमा पर्यटकहलाई महिलाहरुले कम्तीमा घुमाइ त रहेका छन् ।” मोटो ड्राइभर पुरुष पनि भएको उनले बताए । रेनुको ड्राइभर यात्रा कलेज पढ्दा रेनु बाइक चलाउँथिन् र उनले पैशा कमाउन पर्यटकलाई घुमाउने सोच राम्रो भएकोले उनले यो काम सुरु गर्न निर्णय गरिन् । उनले यो व्यपारमा भविष्य देखेरै हात हालिन् । कम्बोडियाको पर्यटन मन्त्रालयका अनुसार सन् २०१५ मा ५० लाख पर्यटक कम्बोडिया घुम्न आएका थिए । सन् २०१६ को सुरुवातमा पर्यटकलाई आफ्नो मोटरसाइकलमा बसाएर घुमाउने काम सुरक्षित भएको कुरा आफ्नो अभिभावकलाई सम्झाउन परेको थियो । हार्मको बुवा आफ्नो छोरीले यस्तो काम गर्दा पर्यटकले जतापनि छुन सक्ने कुरामा चिन्तित थिए । उनको बुझाइमा कुमारी केटीले यस्ता काम गर्न हुँदैन । आफ्नो प्रतिष्ठा कायम गर्न यी युवतीहरुले एउटा नियम बनाएका छन् । उनीहरुले पर्यटकले बाइकमा बस्दा बाइकको लगाइएको हैंडलबारमा समात्नुपर्ने नियम पालना गर्नुपर्ने बताएका छन् । जब उनीहरु रातमा बाहिर घुम्न जान्छन् उनीहरु एकसाथ धेरै युवती बस्छन् । तर धेरै विदेशी पर्यटकलाई घुमाउने कुरामा उनीहरुको परिवार र साथीभाई अझै चिन्तित छन् । पर्यटक पनि युवतीहरुको स्कुटरमा घुम्न सुरक्षित मान्छन् । उनीहरुले सुरक्षित रुपमा स्कुटर चलाउँछन् । ऑस्ट्रेलिया की ३१ वर्षीय वकील चैनल सिंक्लेयर २०१६ मा नामपेन्ह घुम्न आउँदा महिलाले चलाएकोस्कुटमो घुम्दा सुरक्षित महसुस गरेको बताइन् । उनी जस्तै एक्लै आउने पर्यटक मोटो गर्लको पछाडी बसेर शहर घुम्न रुचाउँछन् । मोटो गर्ल आफुँलाई फरक देखाउन प्रयास गर्न गर्छन् । उनीहरु कम्बोडियाको इतिहास, कला र संस्कृतिको बारेमा पर्यटकलाई भरपुर सुचना दिन्छन् । मोटो गर्लहरु स्कुटर चलाउन पनि निकै चुनौतिको रुपमा लिन्छन् । पर्यटकहरु कोही कोही त बस्न पनि नजान्ने, समात्न नजान्ने कारणले दुख पनि पाएको अनुभव सुनाउँछन् । तर आफ्नो देशको पर्यटन क्षेत्रको विकाशको लागि उनीहरुले सुरु गरेको नयाँ शैलीको कामले खुसी भएको र यसैमा रमाउने योजना भएको मोटोगर्ल बताउँछन् । विविसी हिन्दीबाट

आँखा रसाउने भिडियोः एउटा पेट, दुई टाउको, चार हातः शिवनाथ र शिवरामको यस्तो जीन्दगी

प्रकृतिले पनि के के गर्छ । कहिले कस्तो प्राणी जन्माउँछ, कहिले कस्तो । यस्तै एउटा सिर्जना छ शिवराम र शिवनाथको रुपमा । शिवनाथ र शिवरामको जीवन देख्नेहरुको आँखामा आँसु नै आउँछ । दुबैको पेट र कमर जोडिएको छ । दुईवटा खुट्टामा दुईवटा टाउको । उनीहरु एक अर्कालाई हेर्न सक्छन् तर दुबैको पेटमुनिको भाग एउटा मात्रै छ । १२ वर्ष पुगे शिवनाथ र शिवराम । सामान्य गरीब परिवारमा जन्मिए उनीहरु । अहिले स्कूल जाने गर्छन् । भारतको रायपुरमा बस्ने उनको परिवार शुरुमा निकै दुखी भएपनि अहिले यसलाई नै नियती भनेर बसेका छन् । शिवराम र शिवनाथले आफ्ना सामान्य कामहरु आफै गर्छन् । लुगा लगाउने, नुहाउने, कपाल कोर्ने, पढाई र होमवर्क गर्ने काम सँगै गर्न सक्छन् । तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । दुई भाई अहिले धेरै कुरा बुझ्ने भएका छन् । भन्छन्– “हामी छुट्टिन चाहन्नौं ।” डाक्टरहरुले अप्रेशन गरेर उनीहरुलाई अलग गर्न नखोजेका होइनन् तर प्रकृतिले जसरी जन्मायो, मर्दासम्म त्यसरी नै बाँच्ने उनीहरुको अठोटका अगाडि डाक्टरहरुको पनि केही चलेन ।  

यी हुन क्यान्सर जितेका चर्चित नेपालीहरु

क्यान्सर भन्ने बित्तिकै मान्छेको मनमा एक खालको पहिरो जान्छ । डरको पहिरो । भ्रममा बाँचेको नेपाली समाजले क्यान्सरलाई मृत्युको दाजुभाई ठान्छ । तर, समयमै उपचार गराउन सकिएमा ४० प्रतिशत क्यान्सर पूर्ण रुपमा निको हुन्छ । अझै पनि ९० प्रतिशत नेपालीहरु लाज, भय, आर्थिक र सामाजिक कारणले अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । केही चर्चित नेपाली अनुहार छन्, जसले समयमै क्यान्सरको उपचार गराए र क्यान्सरलाई जिते । यी अरुका लागि पनि हौसलाका पात्र हुन सक्छन् । क्यान्सर सबै अवस्था असाध्य रोग होइन भन्ने कुरा उदाहरण हुन सक्छन् । रामवरण यादव, पूर्व राष्ट्रपति पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्यान्सर जित्न सफल भएका छन् । उनलाई प्रोस्टेटको क्यान्सर भएको थियो । गत भदौमा भारतमा स्वास्थ्य परीक्षण गर्ने क्रममा उनलाई प्रोस्टेट क्यान्सर देखिएको थियो । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले उनलाई उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो। भारतीय अस्पतालको सुझावका आधारमा पूर्व राष्ट्रपति यादव उपचारका लागि अमेरिका गएका थिए । उनलाई ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिइएको थियो । उक्त उपचार विधि नेपालमा नभएपछि उनी अमेरिका गएका हुन् । अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरमा उपचारका लागि भर्ना भएका यादवको डा.मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वस्थ भएर डा. यादव नेपाल फर्केका हुन् । उनलाई चिकित्सकले वेला वेलामा फलोअप गर्न भने सुझाएका छन् । मनिषा कोइराला, अभिनेत्री मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो । समयमै उपचार गरेका कारण उनी क्यान्सर मुक्त भएकी छिन् । उनको पाठेघरको क्यान्सरको उपचार अमेरिकामा भएको हो । नेपालमा रहेको बेलामा क्यान्सर पुष्टि भएपछि उनी उपचारका लागि भारतको जसलोग अस्पतालमा पुगेकी थिइन् । तर, त्यहाँबाट पनि उनलाई अमेरिका जान सुझाइएको थियो । उनको अमेरिकामा उपचार भएको हो। क्यान्सर निको भएपछि कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको बताएकी थिइन् । उनले त्यतीबेला ‘म भक्कानो छोडेर रोएँ, जब मैले ‘क्यान्सर फ्री’ भन्ने शब्द सुनेँ’ भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । क्यान्सर विशेषज्ञ चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौंमा आएको समयमा उनले आफूलाई क्यान्सर सर्भाइभल भनेको मन नपर्ने बताएकी थिइन् । ‘मलाई मात्र होइन म जस्ता अरूलाई पनि क्यान्सर विजेता भनेको उपयुक्त सुनिन्छ,’ उनले त्यतिबेला भनेकी थिइन् । कर्ण शाक्य, लेखक कर्ण शाक्य पनि क्यान्सर विजेता हुन् । उनलाई झण्डै १० वर्षअघि प्रोष्टेड क्यान्सर देखिएको थियो । त्यो बेला क्यान्सर बारे प्रशस्त भ्रम थिए । त्यो समयमा क्यान्सर देखिदा कस्तो हुँदो हो । तर, उनले हिम्मत हारेनन् । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या भएपछि भारतको राजिव गान्धी अस्पतालमा उपचार गर्न पुगे । त्यहाँ भर्ना भएको तेस्रो दिन उनलाई प्रोष्टेट क्यान्सर भएको थाहा भएको  थियो  । तर, सुरुवाती चरणमै पत्ता लागेको थियो । उपचार गराए । उनले हिम्मत हारेनन् । त्यस त्यसबाट मुक्त छन् अहिले । त्यसपछि उनले लेखन यात्रा अघि बढाएका हुन् । अहिले उनका पुस्तक धेरै पढिनेमध्य पर्छन् । उनकै सोच र प्रयासमा नेपालमै क्यान्सरको उपचार गर्ने पहिलो र ठूलो अस्पताल भरतपुर अस्पताल बनेको हो । क्यान्सर भनेपछि विभेद गर्ने समाजका अघि जनचेतना जगाउन उनले गोरखापत्र र राइजिङ नेपालमा लेखे– श्रीमती र छोरी क्यान्सरबाट गुमाएको घटना, क्यान्सर भएपछि दिने दुःख र नहुने उपचारका बारेमा । आफू पनि क्यान्सर विजेता बनेका कुरा लेखिरहे । भनिरहे । उनी भन्छन्, ‘जनचेतना जगाउनका लागि सुरुवात आफैंबाट गर्नु थियो, गरें ।’ तारा पोखरेल, नर्स नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले जीवनभर अरुलाई रोग लाग्न नदिने उपाय बताइरहिन् । रोग लागेपछि थलिएका बिरामीको सेवा गरिन् । तर, उनी उनी आफैंलााई एक्कासी क्यान्सर देखियो । क्यान्सर भएपछि त जीवनै सकियो भनेर बुझ्नेहरु छन् । उनलाई भेट्न पुग्नेहरु ढोकामा पुग्ने बित्तिकै डाँको छाडेर रुन थाल्छन् । बिरामीलाई सम्झाउनुपर्ने भेट्नेहरुलाई बिरामी पोखरेलले उल्टो सम्झाउनुपर्छ, ‘क्यान्सर भयो भन्दैमा जीवन सकिने होइन । सन्चो भइसकें ।’ आफूलाई क्यान्सर भएपछि उनलाई अर्काे काममा पनि जुट्नुपर्ने महशुस भएको छ । क्यान्सरसँग जोडिएका प्रशस्त भ्रम छन् । ‘निश्चित स्टेजसम्मको क्यान्सरबाट मुक्ति पाउन सकिन्छ । शरीरका निश्चित भागका क्यान्सरलाई सदाका लागि बिदा गर्न सकिन्छ भन्ने चेतना छैन,’ उनको अनुभव छ  । उनले क्यान्सर पहिलो स्टेजमै चाल पाइन् । ‘नुहाउने क्रममा बे्रष्ट भन्दा केही माथि एउटा सानो गाँठो भेटियो । नदुख्ने गाँठो भेटिएपछि शंका लागेर जाँच गरें,’ उनले भनिन्, ‘हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा जाँच गराएँ । जाँचमा क्यान्सर देखियो ।’ क्यान्सर देखिएपछि उनले तुरुन्तै अप्रेसन गर्ने निर्णय लिइन् । बायाँ भागको ब्रेष्ट नै काटेर फालिएको छ । अहिले पुरानै जीवनशैलीमा फर्किसकेकी छिन् । भन्छिन्, ‘मेरो कार्यशैली र बोलीव्यवहार हेरेर मान्छेहरु भर्खरै क्यान्सर जितेकी मान्छे भनेर पत्याउँदैनन् ।’  आफूले क्यान्सर जितेपछि अहिले अरुलाई यस सम्बन्धमा सचेत रहन र भएपछि नआत्तिइ उपचारमा लाग्न सल्लाह दिइरहेकी हुन्छिन् । शान्ता चौधरी, पूर्व सभासद् पूर्व सभासद् शान्ता चौधरीलाई स्तन क्यान्सर भएको थियो । उनका अनुसार २८÷२९ वर्षको हुँदा उनलाई पाठेघरसम्बन्धी समस्या थियो । गनाउने सेतो पानी बग्ने हुन्थ्यो । उनी भन्छिन्, ‘त्यो समयमा डाक्टरकोमा जान लाज लाग्थ्यो । पछि जँचाएर औषधि खाएँ । त्यति नै खेर महिनावारी हुँदा स्तन पनि दुख्थ्यो । डाक्टरकोमा जँचाउँदा स्तनमा गिर्खा भेटियो ।’ त्यो समयमा डाक्टरले हर्मनको कारणले यस्तो भएको भनको उनी बताउँछिन् । भिटामिन ई खाइन् । भिटामिन ई ले उनको गिर्खा अलि कम चाहिँ भयो, तर औषधी खान छाडेपछि फेरि बढ्यो । दिल्लीमा पाठेघरको उपचार गराउन जाँदा स्तन पनि जँचाएको थिइन् । स्तनमा क्यान्सरको सानो सेल पलाएको चाल पाइन् । उनी सम्झिन्छन्, ‘त्यो समयमा मेरो हंशले ठाउँ छाडेको थियो, अब मर्ने भएँ भनेर । पछि त्यो पलाएको सेललाई पनि काटेर फालियो । अहिले म पूर्ण स्वस्थ छु ।’ उनी महिलाहरू आफ्ना भित्री रोग लाजका कारण लुकाउने बताउँछिन् । अहिले भन्न थालेकी छिन्,  ‘आफूलाई त्यस्तो कुनै रोग लागेको खण्डमा तुरुन्तै डाक्टरकोमा जाँच गराउन जानुपर्छ । रोग पालेर बस्नु हुँदैन ।’ सुजाता कोइराला, काँग्रेस नेतृ नेपाली कांग्रेसकी नेतृ एंव पूर्व उपप्रधानमन्त्री सुजाता क्यान्सर मुक्त भएकी छन् । उनको पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरको सिस्ट देखापरेको थियो । उनको दोस्रो अपरेशनमार्फत ओभरीमा देखिएको क्यान्सरको पनि सफल उपचार भएको हो । उनी उपचारका लागि कार्तिक २८ गते सिंगापुर गएकी थिइन् । पहिले ब्रेष्ट क्यान्सर देखियो। ब्रेष्ट निकालेर फालिइएको  छ । त्यो पहिलो स्टेजमै थियो त्यसैले त्यति डराउनुपर्ने थिएन । ब्रेष्ट क्यान्सर देखिएको एक महिनामै  पाठेघरमा  पनि क्यान्सर देखियो । ओभरीमा क्यान्सर देखिँदा त्यही विषयमा विशेषज्ञता पाएका र महिलाकै स्वास्थ्य हेर्ने डाक्टरले हेर्नुभयो ।  दुईटै ओभरी र युटेरसको शल्यक्रिया भयो । त्यसलाई काटेर फालियो । त्यसमा क्यान्सर पनि शुरुवाती चरणमा, ब्रेष्ट क्यान्सरको भन्दा पनि कम थियो । क्यान्सर भएपछि आफूलाई मात्रै यस्तो भइरहेको उनले ठानेको बताएकी छिन् । जब अरुका कुरा पनि सुनिन्, उनले चित्त बुझाइन् । अहिले तन्दुरुस्ती प्राप्त गर्ने प्रक्रियामै छन् । उनी क्यान्सर जित्न आफ्नो जीवनशैली बदल्नुपनै बताउँछिन् । ‘बाहिर निस्कने, मानिसहरूसँग भेट्ने, समयमा सुत्ने, समयमा खाने गर्नुपर्छ। म योगा, ध्यान पनि गर्छु । ब्रिदिङ एक्सरसाइज पनि गर्न थालेकी छु । ध्यान चाँहि भर्खरै गर्न थालेको तर असाध्यै फाइदा भइरहेको छ,’ उनको अनुभव छ । स्वास्थ्यखबरडटकममा प्रवीण ढकालको रिपोर्ट साभार गरिएको

दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, …अनि मज्जाले हाँसे प्रचण्ड !

सैन्य बर्दीमा चश्मा लगाएर ‘जनसेना’हरुको सलामी लिँदा कठोर मुद्रा देखिन्छ प्रचण्डको, तत्कालिन सशस्त्र युद्धको बेलाका उपलब्ध तस्वीरहरुमा । एउटा ‘जुनून’, एउटा संकल्पको भाव । समय फेरिन्छ, ऋुतुसँगै मौसमको रङ्ग फेरिन्छ । र, यस्तै फेरियो प्रचण्डको दिनचर्या पनि । कुनै बेला आफ्नो स्कूलिङका जनसेनाहरुको सलामी लिँदा गर्वले छाती फुलाउने प्रचण्ड अहिले ‘राज्यसत्ता’को सरकार प्रमुख भएका छन् । त्यो बेला सामन्तवादी राज्यसत्ताविरुद्ध लडिरहेका जनसेनाहरुको सलामी पाउँथे उनी, अहिले सामन्तवाद ढलेपछिको गणतन्त्रमा राज्यका सेना, प्रहरीको सलामी पाइरहेछन् उनले । सलामीको चटारो सरकार गठनपछि सामान्य औपचारिक कार्यक्रममा नजाने घोषणा गरे प्रचण्डले । र, नेपालका मन्त्री सांसदहरुको ‘पपुलर पेशा’ बनेको ‘रिबन काट्ने’ समारोहहरुमा उनी खासै देखिएनन् पनि । समय मिल्ने बित्तिकै हान्निन्छन् मोफसलबाहिर, कहिले दोधारा चाँधनी, कहिले हिल्सा, कहिले संक्रान्तिबजार, धान क्षेत्र उद्घाटनदेखि मेलम्चीको सुरुङसम्म । जिल्ला जानेक्रमसँगै उनले पाउने सलामीको भारी झन थपिन्छ । सरकार प्रमुख, जिल्ला आएको बेला सलामी अनिवार्य नियम । जहाँ गएपनि जयनेपालको मुद्रामा उभिनुपर्ने । जनयुद्धकालमा प्रचण्ड प्रचण्डलाई पनि झर्को लाग्दो हो कतिबेला त । जिल्लाका सलामीमा उनको मुद्राले त कम्तीमा यही भाव झल्काउँछ । एकदिनमा आधा दर्जनबढी कार्यक्रममा सहभागी हुनुपर्ने, हतारो, एजेण्डा र छलफल, केही नयाँ होस, राम्रो होस भन्ने तनावबीच सलामीको औपचारिकता…। हेलिकप्टरको आवाजले रन्थनिएको दिमाग लिएर खुला हावामा श्वास लिन पाइएको हुँदैन, अगाडी एक हुल बर्दीधारी सलामीका लागि तयार भएर बसेका हुन्छन् । जानै पर्यो, उभिनै पर्यो जय नेपालको मुद्रामा । कहिँ कतै त उनी सलामी दिइरहेकै बेला फर्किन्छन् सकियो होला यो औपचारिकता भनेर । पर्वतमा सहयोगीहरुले सलामी सकिएको छैन भन्दा फर्किए उनी फेरी जय नेपालको मुद्रामा उभिन । औपचारिका कार्यक्रममा गम्भीर देखिन्छन् प्रचण्ड । कार्यक्रमको भावसँगै बग्छ कहिलेकाहिँ उनको मन । कतिपय बेला चलचित्र हेर्दा प्रचण्ड, बाबुरामका आँसु झरेका तस्वीर समेत सार्वजनिक भए विगतमा । चुनवाङ्ग बैठकमा आयोजित सांस्कृतिक कार्यक्रममा त सबै रोएको घटनाले निकै चर्चा पायो । अझ गम्भीर भावमा अचानक आउने यी भावहरु कहिलेकाहिँ भने ठट्यौली या हाँस्यविषय बन्न पुग्छन् । दुर्जकुमारराई ले ‘हुन्छ’ भन्नुस भन्दा गत साता मात्रै पोखरामा यस्तै यो प्रचण्डका लागि । यता बायाँतिरगृहमन्त्री विमलेन्द्र निधि, दायाँतिर दुर्जकुमारराई , सशस्त्र प्रहरी बलको नेतृत्व । अगाडि ठूलो चौरमा दुई दर्जन बढी युवाहरु सशस्त्रको बर्दीमा सजिएर मार्च पास गरिरहेका । घरी करातेको प्रदर्शन, घरी अरु कवाज । काठमाडौंको जाडोलाई पोखराको सशस्त्रको मैदानमा चर्किएको घामले जिस्क्याइरहेको थियो । सशस्त्र प्रहरी बलका २५ जना इन्सपेक्टरहरु ५६ हप्ते लामो तालिम लिएपछि दीक्षित भइरहेका थिए । प्रचण्ड थिए मुख्य अतिथी । सरकार प्रमुखका हैसियतले उनी औपचारिकरुपमा कार्यक्रममा उपस्थिति हुनु परेको थियो । प्रमाणपत्र बाँडियो । प्रचण्डले हात मिलाएर मुस्कुराउँदै प्रमाणपत्र दिए । कवाज परेड हुँदा जयनेपालको मुद्रामा उभिनुपर्ने । फेरी उही सलामी । यसपटक त झन नयाँ इन्सपेक्टरहरु, जोश र जागँरका साथ उनीहरुले फुर्ती देखाए सलामी ठोक्न । प्रचण्डले त्यतिखेर रोल्पा रुकुमका चौरहरुमा यसैगरी जनसेनाहरुले कवाज खेलेको सम्झे कि सम्झेनन् कुन्नि । तर पोखरामा भने उनी उभिए जयनेपालको मुद्रामा लामै समय । प्रमाणपत्र बाँडेपछि एउटा परम्परा रहेछ अनुमति लिने । सय मिटर टाढा लश्करै उभिएका २५ जनाको नेतृत्व गर्दै एकजना नव इन्सपेक्टर मञ्चतिर अघि बढ्दै थिए । माइकबाट घोषणा भयो– अब नेपालका आमा यी राष्ट्रसेवकहरु देशको सेवाका लागि आफ्नो कार्यक्षेत्रमा जान सम्माननीय प्रधानमन्त्रीज्यूबाट आदेश लिन गइरहेका छन् । कलिलो उमेरका ती युवा अगाडि बढ्दै थिए । शरीर रोबोट जस्तै बनाएर । जीवनभरीको फूर्ति एकैपटक निकालेको जस्तो मुद्रा । त्यसैपनि जोस जाँगरले भरिनु स्वभाविकै थियो, पहिलोपटक प्रधानमन्त्रीका अगाडि पहिलो जागिरका लागि अनुमति लिन २५ जनाको नेतृत्व गरेर आउँदै थिए उनी । “श्रीमान, कार्यक्षेत्रमा जाने अनुमति पाउँ” उनले प्रचण्डभन्दा ३, ४ मीटर पर सलामी ठोक्दै चर्को स्वरमा भने । प्रचण्डलाई के भनुँ जस्तो भयो । ती नवयुवा भने उभिएका छन् तनक्क तन्किएर । न दायाँ, न बायाँ, उनको कपाल समेत मानौं अनुशासनमा बाँधिएको छ । आँखी भौं समेत हल्लिएको थिएन होला शायद । उनले प्रधानमन्त्री, नेपाल सरकारका कार्यकारी प्रमुखबाट अनुमति खोजेका थिए । जनसेनाका कमाण्डर भएका भए प्रचण्ड आफैले निर्देशन दिन्थे होलान्– कमरेडहरु, हाम्रो महान गौरवशाली क्रान्ति र संघर्षमा अब तपाईहरुले देश र जनताका लागि कार्यक्षेत्रमा जाने बेला आयो.. आदि, इत्यादी । तर अहिले त्यो समय घर्किसकेको थियो । प्रचण्डका तर्फबाट कुनै प्रतिक्रिया आएन । सम्भवतः उनलाई के भन्ने थाहा थिएन । तत्कालै राइले भने– ‘हुन्छ’ भन्नुस् । प्रचण्डले हात हल्लाएर मुस्कुराउँदै ‘हुन्छ, हुन्छ जानुस्’ भने । दर्शकदीर्घामा एकछिन रमाइलो । युवाले फेरी बूट बजारे र फर्किए आफ्नो लश्करतर्फ । प्रसङ्ग यही सकिएन । छूटपुट देवताकी जय कार्यक्रमको अन्तिम चरणमा होला, तालिम सफल भएकोमा ‘अदृश्य शक्ति’हरुलाई धन्यवादको जयजयकार गर्ने चलन कायमै रहेछ प्रहरीमा । प्रचण्ड मात्रै होइन, पहिलोपटक यस्तो प्रहरी दीक्षान्त समारोहमा जाने जो सुकैलाई पनि यो अन्तिम औपचारिकता अलि अनौठो र विष्मय पार्ने थियो । ‘सरस्वती माता की जय’, सामूहिकरुपमा चर्को आवाज सुनियो । “विन्ध्यवासीनी माता की जय !’ यो जयजयकारमा संख्या थपिँदै थियो । हिन्दू सामन्तवादका विरुद्ध पञ्चायतकाल, बहुदलकाल, १० वर्षे जनयुद्ध र शान्ति प्रक्रियापछि निरन्तर धर्म निरपेक्ष राज्यका पक्षमा वकालत गर्दै आए प्रचण्ड । यही संघर्षको बलमा घोषणा भएको धर्म निरपेक्ष नेपालको कार्यकारी प्रमुखका हैसियतले उनी पुगेका छन् कार्यक्रममा । र, उनको अगाडि सरकारको एउटा मुख्य अंगले औपचारिकरुपमा नारा घन्काईरहेको छ– श्री पशुपतिनाथको जय ! प्रचण्डले के सोचे, थाहा भएन । सोध्ने कुरा पनि भएन । सहभागीमध्ये पछाडिबाट कसैले भनेको सुनियो– धर्म निरपेक्ष देशमा यस्तो ? मलाई लाग्यो– हिन्दू देवताहरुको नाम उच्चारण गरेर जयजयकार गर्ने औपचारिकतामा २५ जना इन्सपेक्टरमध्ये कोही मुश्लिम या गैर हिन्दु समुदायको भएको भए..? तर प्रचण्डको, सहभागीहरुको या मेरो मनमा घुमेका प्रश्नहरु एक निमेशमैं बिलाउन पुगे । कारण थियो नयाँ देवताको जयजयकार…। याद भएसम्मका देवी देवताको नाम भट्टयाएपछि टोली नेतृत्व गरिरहेका ती युवा अन्तिममा चिच्च्याए– “छूटपूट देवता की जय! ” र, यो छूटपूट देवतासँगै चारैतर्फ हाँसोको फोहोरा छुट्यो । प्रचण्डको खित्का छुट्यो । दुर्जकुमारराई को ठूलो अनुहारमा उनको सानो आँखाले साथ दियो । हाँसो रोकिएन । दुई तीन मिनेट यसले मज्जैले प्रहसन गर्यो । सोचें– कम्तीमा प्रहरीले अब भने यो औपचारिकता अन्त्य गरे राम्रो । मनमा एउटा प्रश्न भने अझै बाँकी नै छ– साँच्चि यो छूटपूट देवताभित्र इसाई, मुस्लिम, बौद्ध, जैनहरु पर्छन् कि पर्दैनन् होला ? आवरण तस्वीरः प्रदीपराज वन्त/रासस

पर्वत पुगेर छमछमी नाचे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत पुगेछ द्धमछमी नाचेका छन् । पर्वत जिल्लाको कुष्मामा आयोजित पाँचौं पवर्त महोत्वसको उदघाटन गर्न पुगेका प्रधानमन्त्री उद्घाटन मन्तव्य सकिएपछि नाचेका हुन् । बिहिबार पोखरामा सशस्त्र प्रहरी सिन ११ जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त समारोहमा सहभागी भएर प्रधानमन्त्री पर्वत पुगेका थिए । तस्वीर : प्रदिपराज वन्त prachanda dance-parwat prachanda nach-parwat

पूरा गर्ला त सपना कर्णाली करिडोरले ?

कालीकोट, माघ १० । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ । कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको जटिलताबीच यो सडकको ट्र्याक खोलिराखिएको छ । कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहुँच पाउने छ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ । यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा स्थानीयवासीले गरेका छन् । सेनाले जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिइसकिएको र अहिले कालीकोटको राताडाँडा तथा बाजुराको कालाभिर, रुपाखोला लगायतका स्थानमा थप २० किलोमिटरको ट्र्याक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव विष्टले जानकारी दिए । चालु आव २०७३÷७४ भित्र कालीकोटअन्तर्गतको ४० किलोमिटर ट्र्याक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको छ । विसं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्याक खोल्ने जिम्मा दिएको थियो । एकसय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ । त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ । अहिले १८२ जना सैनिक जवान र ३०० स्थानीयवासीको सहभागितामा ट्र्याक खोल्ने कार्य धमाधम भइरहेको छ । सो सडकलाई खुलालु–लैफु–सिमिकोट सडक खण्डमा विभाजन गरिएको छ । सडकखण्डअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर सडक निर्माण हुनेछ । यो करिडोरको निर्माणले कर्णाली अञ्चल मात्र होइन सुदूरपश्चिमको समेत विकासमा उल्लेख्य योगदान पुग्ने बाजुराका लालबहादुर विष्टको भनाइ छ । सडक खण्डमा खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुड्डीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । सडकको चौडाइ ६ मिटर रहेको छ भने दायाँबायाँ ७ दशमलव ५। प्रतिशत क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पाइने छैन जसले भविष्यमा सडकलाई थप चौडाइ गर्न समेत सहयोग पुग्नेछ । प्रस्थान विन्दु खुलालु ७३० मिटरमा अवस्थित छ र सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा सडक पुग्नेछ । सो सडकका लागि कुल रु दुई अर्ब ८४ करोड ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा नेपाली सेनाले रु २२ करोड खर्च गरेका थिए । चालु आवका लागि रु २१ करोड विनियोजन गरिएको छ । तर विनियोजित बजेटबाट दोस्रो चौमासिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाले तेस्रो चौमासिकका लागि थप बजेटको व्यवस्था भएमा शान्तिघाट र फूगाडमा बेलिब्रिज निर्माण गर्न सकिने सेनाले जनाएको छ । गतहप्ता रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बाजुराको पिलुचौर र कालीकोटको शिलाजितभिर खण्डमा भइरहेको सडक निर्माणको स्थलगत निरीक्षण गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको र समस्या आइपरे तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले बजेटको चिन्ता नगर्न आग्रह गर्दै आवश्यक परे विनियोजित बजेटमा थप बजेट उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । जोखिमयुक्त ठाउँमा सडक खन्ने काम भइरहेकाले करिडोरको निर्माणकै क्रममा चार स्थानीयवासी र एक सैनिक जवान गरी पाँच जनाको ज्यान गइसकेको निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिबर गुरुङले जानकारी दिए । यो सडकका बीचमा खुलालु, रङ्गिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थङ्गेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटसम्मका बस्ती पर्छन् । अब खन्न बाँकी रहेका भू–बनोट कडा चट्टानयुक्त इलाका हुनाका साथै सडकको रेखाङ्कनमा रहेका बस्तीमा र सार्वजनिक स्थानमा बनेका घर, टहराका कारण थप जटिलता निम्तिएको प्रमुख सेनानी गुरुङले बताए । हिउँदमा फेरी चले पनि वर्षामा कर्णाली नदीमा फेरी नचल्ने भएकाले निर्माण सामग्री ल्याउन अप्ठेरो पर्ने गरेको छ । करिडोर निर्माणको क्रमसँगै सडक विभागले सो खण्डमा पिच गर्ने, पुल बनाउने काम पनि एक साथै अघि बढाउने सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । सरकारको सबै जिल्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल पुर्याउने लक्ष्य अनुरुप बाँकी रहेका डोल्पाको सदरमुकामलाई एक वर्षभित्र र हुम्लाको सदरमुकामलाई दुई वर्षभित्र सडक सञ्जालमा जोड्न नेपाली सेना लागिरहेको छ । हुम्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिने सबैभन्दा पछिल्लो र अन्तिम जिल्ला बन्ने निश्चित छ । नेपाली सेनाकै नेतृत्वमा डोल्पाको सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जाल विस्तारअन्तर्गत भेरी करिडोरको निर्माण भइरहेको छ । सो करिडोरको ११८ किलोमिटरमध्ये १०६ किलोमिटर सडकको काम पूरा भएको सेनाले जनाएको छ । सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको २३२ किलोमिटर कर्णाली राजमार्ग पिच बनेकामा कर्णाली करिडोरको निर्माण सम्पन्नसँगै बाँकी रहेको बाजुरा, कालिकोट र हुम्लासमेत सो सडकमा जोडिनेछ । सो सडक खण्डको निर्माण सम्पन्न भएपछि उत्तरी नाका हुम्लाको हिल्साबाट ५३० किलोमिटर दक्षिण बाँकेको जमुनाह सडक सम्पर्क बन्नेछ ।

पम्फा भुसालको रोजाईः जीवन शर्मादेखि दीपाश्री, योगेश भट्टराईदेखि शक्ति गौचनसम्म

वर्षमान पुन अनन्त मलाई आफ्नै पार्टीका वर्षमान पुन अनन्त मन पर्छ । उहाँमा नेतृत्व क्षमता र राजनीतिक कला छ । छोटो समयमा नै परिपक्व ढंगले विषयवस्तुको गम्भीरता अध्ययन गरेर रायसुझाब दिने तथा निर्णय दिन सक्ने हुनुहुन्छ । युद्धकालमा सैन्यक्षेत्रमा पनि उहाँ असाध्यै राम्रो हुनुहुन्थ्यो । छोटो समयमा पार्टी राजनीतिको सबै पाटो र पक्षलाई बुझ्नुभएको छ । व्यावहारिक हिसाबले समायोजन गर्न सक्ने खुबी उहाँमा छ । पार्टी लाइन र लिडरसिपले खोजेको कुरालाई नै जस्टिफाइ गर्ने उहाँको अर्को विशेषता छ । हितमान शाक्य हितमानजी कुनै पनि विषयवस्तुको गहिराइमा पुग्न मन पराउनुहुन्छ । हरेक विषयको सांगोपांगो, पक्षपाटामा लामो बहस गरेर निष्कर्षमा पुग्न उहाँकोे बानी छ । कतिपय मानिसको बानी पहिले निष्कर्ष दिने र लजिक प्रस्तुत गर्ने हुन्छ, तर हितमानजीमा पहिले लजिक प्रस्तुत गर्ने अनि मात्र निष्कर्ष दिने बानी छ । योगेश भट्टराई विद्यार्थीकालमा योगेशजी मभन्दा जुनियर हुनुहुन्थ्यो । युनिभर्सिटीमा हामी सँगसँगै भए पनि राजनीति, उमेरका हिसाबले पनि उहाँ जुनियर हो । अर्कै पार्टीको भए पनि उहाँको विषयवस्तुको तिखोपना, कडा प्रस्तुति मलाई मन पर्छ । सबैलाई मिलाउन सक्ने, आदर–सम्मान गर्ने बानी छ उहाँको । साथै आफ्नो कुरामा उहाँ दृढ रहनुहुन्छजस्तो लाग्छ । गगन थापा गगन थापा कांग्रेसभित्र पनि नयाँ विचार बोकेका युवा नेता हुन् । राजनीतिक अजेन्डामा उनले आफ्नो पार्टीभन्दा अग्रगामी सोच प्रस्तुत गर्छन् । संवैधानिक राजामै अडिएको नेपाली कांग्रेसको लाइनभन्दा बाहिर रहेर उनी गणतन्त्रको पक्षमा उभिए । पछिल्लो समय राजनीति कति गर्ने रु कति समय गर्ने भन्ने ब्रोडकास्ट गरेका छन् । उनले लिडरसिपबारे बाँचुन्जेल नेतृत्वपंक्तिमै रहनुपर्छ भन्ने परम्परावादी सोचलाई नकारेका छन् । मुलुकको निम्ति केही गरौँ भन्ने नयाँ सोच उनमा रहेकाले मलाई मन पर्ने व्यक्तिमा उनी पनि पर्छन् । शक्ति गौचन क्रिकेटर शक्ति गौचन मलाई मन पर्छ । क्रिकेट नेपालको लागि नयाँ खेल हो । तर, पनि उनले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । म त्यतिधेरै क्रिकेटप्रेमी त होइन । तर, पनि उनले यस्तो गरे, यति विकेट लिए भन्ने सुन्दा, पढ्दा आनन्द आउँछ । नेपाली क्रिकेटमा उनी पनि एक उत्कृष्ट क्रिकेटर हुन् भन्ने मेरो बुझाइ छ । दीपाश्री निरौला हास्यकलाकार दीपाश्री निरौला मलाई मन पर्ने एक कलाकार हुन् । ‘तितोसत्य’ अहिले त बन्द भएको छ, तर पहिले म त्यो टेलिसिरियल असाध्यै हेर्ने गर्थें । तितो सत्यमा दीपाको प्रस्तुति मन पथ्र्यो । अहिले त उनी कलाकार हुँदै निर्देशकसमेत भइन् । उनको अभिनय कला पनि गज्जबको छ । उनको अभिनयकलामा कुनै कृत्रिमता देख्दिनँ म । गौरी मल्ल गौरी मल्लको कलात्मक प्रस्तुति मलाई मन पर्ने पाटो हो । आउन त कलाकारितामा धेरै मानिस आएका छन् । तर, गौरी मल्लले नेपाली चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा छुट्टै स्थान बनाएकी छिन् । आजभोलि त उनी टिभीमा ‘आमा’ कार्यक्रममार्फत पनि देखिन्छिन् । उनको ‘सिंहदरबार’ टेलिशृंखला पनि आएको थियो क्यारे, केही समयअघि । गौरीजीले पनि अभिनयमार्फत धेरै दर्शक–श्रोताको जस्तै मेरो पनि मन जितेकी छन् । उनका सिनेमाले अनि अभिनयले पनि समाज परिवर्तन तथा महिला हकहित तथा सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याएको मैले महसुस गरेको छु । मणि थापा राजनीतिक हिसाबले पनि उहाँ प्रखर मान्छे । त्यसमाथि उहाँ गीतकार । उहाँको गीतमा सामाजिक यथार्थ पाइन्छ । साथै, परिवर्तनको सन्देश दिने उहाँका गीतहरू छन् । सामाजिक यथार्थता त धेरैले प्रस्तुत गर्लान् रोई–कराई गरेर । तर, उहाँका गीतहरू कालजयी लाग्छ । आहुति आहुतिले सामाजिक यथार्थपरक समस्यालाई राख्नुहुन्छ । परिवर्तनको सन्देश दिनुहुन्छ । दलित मुभमेन्ट हुँदै उहाँले आफूलाई कुशल साहित्यकार र राजनीतिज्ञका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका लेखरचना पनि मलाई मन पर्छ । जीवन शर्मा जनकलाकार जीवन शर्माको कुशल व्यक्तित्वसँगै उहाँका कालजयी र जनप्रिय गीत उत्तिकै मन लोभ्याउने खालका छन् । परिवर्तनका लागि आममानिसलाई प्रेरित गर्ने, अन्याय, उत्पीडनमा परेका जनतालाई अधिकार खोज्न जागरुक गराउने सन्देश उहाँका गीतहरूमा पाइन्छ । उहाँको स्वरमा मिठासता त छँदै छ । उहाँको बोलीचाली र व्यक्तित्व पनि सादा जीवन उच्च विचारको छ । उहाँले गीतमार्फत मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नयाँ पत्रिका दैनिकबाट

डोनाल्ड ट्रम्पः सुन्दरी प्रतियोगिताका मालिक, व्यापारका बादशाहदेखि अमेरिकी रास्ट्रपतिसम्म (जीवनी)

माघ ८ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका चर्चित र रँगिलो मिजासका अर्बपति थिए । एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन् । आप्रवासीको मुद्दा र अस्वाभाविक चुनाव प्रचारप्रसारको शैलीका कारण मात्रै होइन उनको आफ्नै विवादास्पद विगतका कारण पनि उनको उम्मेद्वारीलाई शंकाभावले हेरिएको थियो । तर ७० वर्षीय व्यापारीले रिपब्लिकन पार्टीतर्फको उम्मेदवारीको प्रारम्भिक दौडमा अनुभवी राजनीतिज्ञहरुलाई हराएर सबै पूर्वानुमानहरु तोडे। त्यसपछि उनले एक कदम अगाडि बढेर डेमोक्रेटिक पार्टीकी प्रत्यासी हिलरी क्लिन्टनसँगको अहिलेसम्म देखिएको एउटा सबैभन्दा विभाजित र विवादित प्रतिस्पर्धा भएको राष्ट्रपतीय चुनाव जिते । प्रारम्भिक जीवन न्यूयोर्कका घरजग्गा कारोबारका शक्तिशाली उद्योगपति फ्रेड ट्रम्पका डोनाल्ड चौथो सन्तान हुन् । परिवार धनी भएपनि उनले आफ्नो पिताको कम्पनीमा तल्लो तहमा काम गर्नुपर्थ्यो । १३ वर्षको उमेरमा स्कूलमा खराब व्यवहार गरेका कारण उनलाई सैनिक विद्यालयमा पठाइएको थियो । उनले पेन्सिल्भानिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा पढेका थिए। जेठा दाजु फ्रेडले पाइलट बन्ने इच्छा देखाएपछि, पिताको विरासत सम्हाल्ने सम्भावित उत्तराधिकारीमध्ये डोनाल्ड अग्रपंक्तिमा आइपुगे । अत्यधिक मदिरा सेवनका कारण दाजु फ्रेड ट्रम्प जुनयरको ४३ वर्षको उमेरमै निधन भएको थियो। सो घटनाका कारण ट्रम्पले मदिरा र चुरोटबाट जीवनभर आफुलाई टाढा राखेको उनका भाइले बताएका छन् । डोनाल्ड ट्रम्पले आफ्नो पिताको कम्पनीमा काम गर्नुअघि पितासँग १० लाख डलर ऋण लिएर घरजग्गाको काम थालेको थिए । ट्रम्पले सन् १९७१ मा बुवाको कम्पनी आफ्नो मातहतमा लिएर ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिनु अघि आफ्ना पिताको न्यूयोर्कस्थित थुप्रै आवासीय परियोजनाहरुलाई व्यवस्थित गर्न मद्दत गरे । उनका पिताको सन् १९९९ मा निधन भएको थियो। ट्रम्प आफ्ना पितालाई आफ्नो प्रेरणा मान्छन् । व्यापारका बादशाह ट्रम्पले आफ्नो परिवारको ब्रुकलिन र क्विन्सस्थित आवासीय परियोजनालाई महंगो म्यानह्याटनमा फैलाए। उनले बन्द हुने अवस्थामा पुगेको कोमोडोर होटललाई ग्र्यान्ड हायात मा रुपान्तर गरेका थिए र म्यानह्याटनको मुटुमा रहेको फिफ्थ एभेन्यूमा ६८ तल्लाको चर्चित ट्रम्प टावर बनाएका थिए । उनका अन्य चर्चित सम्पत्तिहरुमा ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टरन्यासनल होटल र अरु थुप्रै छन् । मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावरहरु छन् । ट्रम्पले मनोरञ्जन व्यवसायमा पनि आफ्नो साम्राज्य बनाएका छन् । सन् १९९६ देखि सन् २०१५ सम्म उनी मिस युनिभर्स, मिस यूएसए, तथा मिस टिन यूएसए जस्ता सुन्दरी प्रतियोगिताका मालिक थिए । सन् २००३ मा उनले द एप्रेनटीस नामको रियालिटि शो कार्यक्रम एनबिसी टेलिभिजनमा चलाएका थिए, जसमा प्रतियोगीहरुले ट्रम्प संगठनमा व्यवस्थापन तहको जागिरका लागि प्रतिस्पर्धा गर्थे । उनले उक्त कार्यक्रम १४ श्रृंखलासम्म चलाएका थिए र वित्तिय विवरणमा उनलाई उक्त टेलिभिजन नेटवर्कले कार्यक्रम चलाए वापत २१ करोड डलर भन्दा धेरै तिरेको उल्लेख छ । उनले थुप्रै कितावहरु पनि लेखेका छन्। साथै उनी गलामा लगाउने टाइदेखि पानीका बोटलहरु बनाउने उद्योगसम्मका मालिक हुन् । फोर्ब्स पत्रिकाका अनुसार उनीसँग कुल ३.७ अर्ब डलर सम्पत्ति छ। तर ट्रम्प स्वयंले भने आफूसँग १० अर्ब डलर रहेको बताउँदै आएका छन् । पिता र पति ट्रम्पले तीन पटकसम्म विवाह गरेका छन् । यद्यपि उनको सबैभन्दा चर्चित श्रीमती, पहिली, इभाना जेलनिकोभा हुन्, जो एकजना खेलाडी र मोडल हुन् । उनीसँग ट्रम्पले सन् १९९० मा पारपाचुके गर्नुअघि जन्मिएका डोनल्ड जुनिएर, इभान्का र इरिक गरि तीन सन्तान भए । पारपाचुकेका क्रममा अदालतको लडाईँबारे पत्रपत्रिकाहरुमा थुप्रै खबरहरु आउने गर्थ्यो । त्यस्ता खबरहरुमा ट्रम्पले श्रीमती इभानामाथि दुर्व्यवहार गरेको आरोपहरु लगाइएको थियो, तर पछि उनले त्यस्ता आरोपहरुलाई कम महत्व दिइन् । ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे। उनीहरुले सन् १९९९ मा पारपाचुके गर्नुअघि, उनीहरुबाट टिफानी नाम गरेकी एक छोरी जन्मिएकी थिइन् । ट्रम्पको अहिलेकी श्रीमती मेलानिया नर्स हुन्, जोसँग ट्रम्पले सन् २००५ मा विवाह गरेका थिए । उनी एक मोडल हुन्, जसबाट उनीहरुको ब्यारन विलियम नामका एक छोरा छन् । पहिलो श्रीमतीबाट जन्मिएका सन्तानले अहिले ट्रम्प अर्गनाइजेसन चलाउन मद्दत गरिरहेका छन् । यद्यपि उक्त संगठनकको प्रमुख कार्यकारी उनी नै छन् । राजनीतिक उडान ट्रम्पले सन् १९८७ मै अमेरिकी राष्ट्रपतिको दौडमा उत्रने इच्छा देखएका थिए । सन् २००० मा उनले रिफर्म पार्टीको उम्मेदवारको रुपमा चुनावी दौडमा प्रवेश पनि गरेका थिए । सन् २००८ मा उनी ‘बर्थर’ आन्दोलनका एक जना मुख्य सदस्य बनेका थिए, जुन आन्दोलनले बराक ओबामा अमेरिकामै जन्मिएका हुन् कि होइनन् भन्ने प्रश्न उठाएको थियो । त्यस्ता दाबीहरु पूर्ण रुपमा गलत सावित भए। ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा आफ्ना ती दाबीहरुमा सत्यता नभएको स्वीकारेका थिए। तर उनले त्यसबारे माफी भने मागेनन्। सन् २०१५ को जुन महिनामा मात्र ट्रम्पले औपचारिक रुपमा आफू ह्वाइट हाउसको दौडमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले आफू चुनावी दौडमा उत्रने घोषणा गर्दै देशलाई फेरि महान् बनाउनका लागि कोही एकजना आवश्यक रहेको र त्यो आफूले गर्नसक्ने बताएका थिए । अमेरिकालाई फेरि महान् बनाऊ भन्ने ब्यानर अन्तर्गत उनले अमेरिकाको अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने, आप्रवासी मुसलमानहरुको प्रवेशमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने जस्ता टिप्पणी गरेका थिए । उनको चुनावी अभियानको विरोधमा व्यापक रुपमा प्रदर्शन भए पनि र रिपब्लिकन तर्फका प्रत्यासीहरु टेड क्रुज र मार्को रुबियोले कडा टक्कर दिए पनि ट्रम्पले पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वारी जितिछाडे । विजेता राष्ट्रपति राष्ट्रपति पदका लागि भएको चुनावी अभियान निकै विवादास्पद बनेको थियो । सन् २००५ ताका उनले महिलाहरुबारे व्यक्त गरेका भद्दा टिप्पणीदेखि उनकै पार्टीका सदस्यहरुले उनी ह्वाइट हाउसका लागि उचित नहुनेसम्मका प्रतिक्रियाहरु दिएका कारण उनी विवादित बनिरहे । तर उनले निरन्तर रुपमा डेमोक्रेटिक तर्फकी हिलरी क्लिन्टनले जित्ने भनी देखाइएका मत सर्वेक्षणलाई चुनौति दिएका थिए । आफ्नो जितले राजनीतिक संस्थापनलाई धक्का दिने उनले निरन्तर बताउँदै आए । मतदानको दिन नजिकिँदै गर्दा धेरै जानकार र पण्डितहरुले भन्दै आएको भन्दा विपरीत हुन गयो । उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको इमेल प्रयोगबारे संघीय जाँझ ब्यूरोको अनुसन्धानबारे पटकपटक उब्जिएको विवादले ट्रम्पको चुनावी अभियानलाई मद्दत पुर्याएको थियो । उनको शानदार जितले निम्त्याएको आश्चर्यलाई सबै अमेरिकिले विस्तारै ग्रहण गर्दै गर्दा उनका समर्थकहरुले भने उनलाई राष्ट्रपति कार्यालयमा देख्ने अवसार पाए, जहाँ उनी र राष्ट्रपति ओबामाले चुनावको दुई दिनपछि सत्ता हस्तान्तरणबारे वार्ता गरे । उनी अमेरिकाको पहिलो त्यस्ता राष्ट्रपति हुन्, जसले पहिला न कुनै निर्वाचित पद ग्रहण गरेका थिए न सेनामा नै सेवा गरेका थिए । यसको अर्थ हो, उनले सन् २०१७ को जनवरी २० मा अमेरिकाको ४५ औं राष्ट्रपति हुनु पहिला नै इतिहास बनाइसकेका छन् । बीबीसी नेपालीबाट

सुन तस्करका अनेकौं काईदा, पत्यार नै नलाग्ने तस्वीरहरु

दर्जनौं सुरक्षा घेरा पार गरेर एयरपोर्टबाट सुन बाहिरिएपछि यसले ठूलो चर्चा पायो । विमानस्थलबाहेक अन्य नाकामा समेत यदाकदा सुन समातिएपछि तस्करहरुले कसरी यति ठूलो मात्रामा सून लुकाउन सक्छन् भन्ने जिज्ञासा सबैको मनमा पलाएको हुन्छ । प्रहरी प्रशासन र विमानस्थल या भन्सार कर्मचारीको मिलेमतो सुन तस्करीमा नयाँ होइन । तर तस्करहरुले समेत नयाँ नयाँ तरिका खोजेकै हुन्छन् । अपत्यारिलो तरिकाले सुन लुकाउन खप्पिस हुन्छन् उनीहरु । यहाँ हामीले यस्तै बिभिन्न घटनामा तस्करहरुले कसरी सुन लुकाएका अपत्यारिला तस्वीर राखेका छौं ।   Gold Trafficking (चप्पलकाे साेलिभत्र लुकाइएकाे सुन) smugglers Gold Trafficking (व्हिल चेयरिभत्र लुकाइएकाे सुन) (बै‌ककबाट महिलाकाे चप्पलभित्र लुकाइएकाे सुन केही समयअघि नयाँ दिल्ली विमानस्थलमा पक्राउ गरिएकाे थियाे । ) Gold Trafficking (गुद्वारभित्र समेत सुन लुकाएर ल्याएका कतिपय घटना भेटिन्छन् । ) Gold Trafficking (अाइरनभित्र पनि सुन लुकाउन छाेडदैनन तस्करहरु) Gold Trafficking (Gold Trafficking) Gold trafficking in Bra Gold Trafficking inside bag wheel Gold Trafficking inside chocklagte Gold Trafficking inside rode Gold Trafficking