अनौठो नाम, लोकप्रिय काम, कुराकानी फेसबुके “दारी ग्याङ”को

काठमाडौं । फेसबुकमा थरिथरिका समूह र पेजहरु भेटिन्छन् । कतिपय समूहहरु आफ्नो समुदाय, व्यवसाय, शिक्षा या अन्य यस्तै विशेषताका आधारमा गठन भएका पनि छन् । तर नेपालमा यस्तो समूह छ, जुन सुन्दै अचम्म लाग्छ । त्यसो त यो समूहले आफूलाई ‘ग्याङ’ भन्न रुचाउँछ । समूहको नाम हो– दारी ग्याङ ।

पुराना तस्वीरहरुमाथिको अनुसन्धानका सिलसिलामा संस्कृतिविद् सत्यमोहन जोशीकहाँ साथी लिएर पुगे जगदीश भण्डारी । संयोगले त्यहाँ दुईजना अरु पत्रकार पनि रहेछन् । सबै दारी पालेका । सत्यमोहनलाई लाग्यो, यिनीहरु एउटै हुन । जिस्किँदै भनेछन्– दारी ग्याङ त हैन तपाईहरु ?

यो शब्दले छोयो भण्डारी र उनका साथीहरुलाई । अनि उनीहरुले आफ्नो समूहको नामै जुराए– दारी ग्याङ । “साथीभाईबीच समूहमा कुराकानी त्यसअघि नि भइरहन्थ्यो” भण्डारी भन्छन्, ‘कार्यक्रमदेखि अन्य कुराबारे यही समूहमा छलफल हुन्थ्यो तर पछि नामै जुराइयो ।”

२०७२ सालको फागुन ७ मा देशभरी प्रजातन्त्र दिवसको उल्लास छाईंरहँदा फेसबुक कम्पनीले नयाँ समूहका लागि अनुरोध पायो । फेसबुकमा नेपाली भाषा बुझेर समूह ‘एप्रुभल’ गर्ने भए एकपल्ट मुसुक्क मुस्कुराउँथे होलान् जुकरबर्ग र उनको सम्बन्धित विभागका कर्मचारीहरु ।

यही फागुन ७ मा समूहले आफ्नो वार्षिकोत्सव मनायो । नाम नै फरक, कसैले नसोचेको, झन समूहको परिचयमा पनि अलि फरक पहिचानको कुरा लेखिएको । “‘दारी ग्याङ’मा यहाँहरुलाई स्वागत छ !यो ग्रुप सबै दारी पाल्न मन पराउनेहरुका लागी हो !”

“समूह सबैका लागि खुला छ” भण्डारी भन्छन्, “तर हामीले समूहलाई मर्यादित होस् भनेर अरुचिकर र असान्दर्भिक पोष्ट गर्नेहरुलाई भने राख्दैनौं ।”

शुरुका दिनमा दारी पाल्नका लागि शुरु गरिएपनि समूहको नाम र कामले यति चर्चा पायो कि दारी नपाल्नेहरुको पनि ओइरो लाग्यो समूहमा । “हामीले शुरुमा त दारी पाल्नेहरुको मात्रै समूह होला, दारीसँग जोडिएका जानकारीमूलक कुरा राखौंला सोचेको, तर लोकप्रियता यति बढ्यो कि हाम्रो ट्रयाक नै चेन्ज भयो” भण्डारीले भने, “बिस्तारै साथीहरु पनि फरक फरक पृष्ठभूमिका थपिनुभयो, हामी पनि सामाजिक क्षेत्रमा बढी सक्रिय भयौं ।”

समूहको लोकप्रियताको अनुमान यसका सदस्यहरुबाट लगाउन सकिन्छ । शूरुमा एक आधा दर्जनबाट शुरु भएको समूहमा अहिले ९५ हजार भन्दा बढी सदस्य रहेका छन् र यी थपिने क्रममा छन् । “समूह सबैका लागि खुला छ” भण्डारी भन्छन्, “तर हामीले समूहलाई मर्यादित होस् भनेर अरुचिकर र असान्दर्भिक पोष्ट गर्नेहरुलाई भने राख्दैनौं ।”

९५ हजार सदस्य, सबैले पोष्ट गर्न मिल्ने । त्यति सजिलो छैन यो समूह चलाउन । त्यसैले पनि होला, अहिले समूहमा राजधानी र राजधानीबाहिर गरेर १६ जना त एड्मिन नै छन् । उनीहरुले ग्याङको वालमा पोष्ट हुने सामग्री केलाउनेदेखि नयाँ सदस्यहरु थप्ने या नथप्नेबारे निर्णय गर्छन् । पूर्वाञ्चल, राजधानी, बुटवल, पोखरा, हेटौंडामा उनीहरुका एड्मिन छन् । “जिल्लामा पनि साथीहरु छन् सहयोग गर्ने । सकेसम्म व्यवस्थित गु्रप होस् र यसले समाजका लागि केही गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।” भण्डारीले बताए ।

राजधानीबाट समूहका एड्मिनहरु अनिल पुरी, दिनेश तिवारी, जगदीश भण्डारी, मनोज मालाकार, मुकेश घिमिरे, रुपक न्यौपाने, रोमन केसी, अभिषेक राजसिंह थापा र दिपेश सिग्देल रहेका छन् ।

भण्डारीका अनुसार, शूरुमा रमाइलोका लागि समूहका गतिविधि चलेपनि बिस्तारै सामाजिक क्षेत्रमा सक्रिय हुन थाल्यो । समूहले राजधानी र बाहिरका बिभिन्न स्थानमा सामाजिक सेवाका क्षेत्रमा काम शुरु गरेको उनले बताए । “देश र समाजका लागि केही गरौं भन्ने भावना सानैदेखि थियो, समूहले झन उत्साह थप्यो । त्यसपछि सकेको काम समूहको नामबाट गरौं न त भन्ने लागेर समूह सामाजिक क्षेत्रमा सक्रिय भएको छ ।” उनले भने ।

पाल्पाको दमकडामा रहेको ज्योती गुमाएका (ब्लाइन्ड)हरुको विद्यालयका लागि दारी ग्याङले ८० हजार बराबरको सामग्री जुटाउन सफल भयो । समूहले उक्त स्कूलमा सोलार गिजर, वायरलेस रेडियो, चश्मालगायतका सामग्री वितरण गर्यो । यो रकम ग्याङकै सदस्यहरुले जमा गरेका थिए । “हामीले कार्यक्रम गर्दा ग्याङकै साथीहरुबाट सहयोग माग्छौं, विदेशमा रहेका साथीहरुले पनि सहयोग गर्नुहुन्छ” भण्डारीले बताए ।

धुर्मस सुन्तलीले बस्ती निर्माण गर्न थालेपछि ग्याङका सदस्यहरुले श्रमदान गरे बस्तीमा पुगेर । “यसले हामीभित्र झनै उत्साह थप्यो” भण्डारी भन्छन, “पछि हेटौडा, इटहरी, पोखरा, बुटवल, काठमाडौंलगायतका स्थानमा पनि बिभिन्न कल्याणकारी काम गर्न थालियो ।”

ग्याङले इटहरीमा हरेक महिना एउटा कार्यक्रम गर्ने र त्यसबाट उठेको रकम आर्थिकरुपमा विपन्नहरुलाई सहयोग गर्ने गरेको छ । त्यसैगरी बाल दिवसका अवसरमा बुटवलमा अनाथ बालबालिकालाई सहयोग, पोखरामा तीन चरणमा विद्यालयमा सेतोपाटी वितरण, हेटौंडामा अनाथ आश्रमलाई सहयोग गर्ने काम गरेको भण्डारीले बताए । ‘इटहरीमा पानीपुरी’ भन्ने अभियान अन्तर्गत उनीहरुले पानीपुरी बेचेरै ६० हजार कमाए । यसबाट १५ हजार लागत खर्च काटेर बाँकी रकम तीनजना बिरामीलाई हस्तान्तरण गरे उनीहरुले ।

गत फागुन ७ गते वार्षिकोत्सवको अवसर पारेर ग्याङले राजधानीका सडकमा मास्क वितरण गर्यो । “त्यो सांकेतिक कार्यक्रम थियो । “राजधानी प्रदुषित त है भन्ने एउटा सन्देश र अर्को मास्क लगाऔं भन्ने जनचेतना” भण्डारीले भने, “हामीले १७ सय मास्क वितरण गर्यौं त्यो बेला”

समूहका पोष्टहरु दारीसँग सम्बन्धित मात्रै हुँदैनन् । त्यहाँ रमाईला चुटकिलादेखि व्यंगहरु पनि देखिन्छन् । कतिपयले दारी पार्टी खोलौं भन्छन्, केहीले भने दारी ग्याङको ब्लड ग्रुपको एप बनाउने समेत पोष्ट गरेका छन् ।

समूहले भविष्यमा सामाजिक कार्यमा आफूलाई झनै समर्पित गर्ने भण्डारी बताउँछन् । “त्यसो त हामी सबै आफ्नो काममा व्यस्त छौं तर पनि समाजका लागि केही गर्न सकिने देखियो ।” भण्डारीले भने, “सानो नै किन नहोस्, समाजप्रतिको उत्तरदायित्वको बोध गराउँछ यस्ता कामले”

समूहमा महिलाहरुलाई भने प्रवेश गर्न नपाईने भन्ने नियम छ । त्यसो किन नि ? भन्दा भण्डारी भन्छन्– हामीले दारी ग्याङको पेज पनि बनाएका छौं, त्यहाँ भने सबै लिङ्गलाई प्रवेश खुला छ । महिलाहरुको दारी नहुने भएकोले शुरुमा दारी हुने पुरुषका लागि मात्रै भनियो । तर महिलाहरु पनि हाम्रो अभियानमा उत्तिकै सहयोगी छन् ।” उनले भने ।

“दारी ग्याङको लोकप्रियता चुलिएसँगै सामाजिक सक्रियता झनै बढोस् ।” हार्दिक शुभकामना ।

टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं, फागुन ७ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवस आज ६७ औं वर्ष भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहलाई सम्बोधन गरेका छन् । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधीसहरुले शान्तिका प्रतीक परेवा एकसाथ उडाएका थिए । bidhya vandari prajatantra diwas 2 prajatantra diwas prajatanta diwas prachanda-prajatantra diwas ६७ औं प्रजातन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताए । एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्याउने मुल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए। नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे। तस्वीरहरु : रासस

यस्ता छन् विश्वचर्चित यौन घटनाहरु : चर्चदेखि प्रहरी भ्यानभित्र सेक्ससम्म

यौनसम्बन्धमा मानिसहरुले पागलपनको सीमासम्म पुग्ने कतिपय घटनाहरु बेलाबखत सार्वजनिक हुन्छन् । त्यसो त यौनावेग शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । तर संसारमा कतिपय मानिसहरुले आफूलाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु चर्चामा आउने गर्दछन् । कतिपयले नयाँ नयाँ प्रयोगका नाममा पनि बिभिन्न किसिमका अनौठा सेक्स अभ्यासहरु गर्ने गर्दछन् । पढ्नुस् यस्तै रोचक यौन घटनाहरु अदालतमै कृत्रिम योनी सन् २००६ मा अमेरिकाको ओक्लोहामा सहरको एउटा अदालतमा एउटा मुद्दामा सुनवाइ चलिरहेको थियो । न्यायाधीश डोनाल्ड थम्प्सन एउटा मुद्दाको सुनवाइ गरिरहेका थिए । तर, न्यायाधीशको अग्लो टेबलपछाडि न्यायाधीश थप्सन त कृत्रिम योनी प्रयोग गरेर मैथुन गरिरहेका पो रहेछन् । प्रत्यक्षदर्शीका अनुसार एउटा हत्यासम्बन्धी मुद्दाको एउटा सुनवाइ सायद असाध्यै निरस भएर हो वा अथवा असाध्यै कामुक भएर, न्यायाधीश त चालू भइहालेछन् । यस्तो लज्जाजनक हर्कतका कारण डोनाल्डको जागिर चट भयो र चार वर्ष जेलमा जाकिए । घर पुग्ने धैर्य पनि भएन इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले । यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्‍यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एकजना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे । घन्टाघरको बाल्कोनीमा अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घन्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर रातमा गरिने कार्यका लागि । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घन्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घन्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे । प्रहरी भ्यानको बोनेटमा एउटा डच जोडीले त हदै गर्‍यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो । आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए । दरबारको बगैँचामै अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यसवेला पर्यटकहरू उक्त दरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए । उमेरले तीसको पूर्वाद्र्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो । सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् । बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् । उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन्, उनी बेहोसै भइन् । जहाजको ककपिटमा सयौँ मिटरमाथि आकाशमा भएको यौनसम्बन्धको पहिलो रेकर्ड सन् १९१६ मा भएको थियो, जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए । अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्‍याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो । चर्चमा प्रार्थना भइरहेका वेला इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्‍यो । त्यहाँ त एक जोडी समागममा पो व्यस्त रहेछन् । यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो । क्रेनमाथि बसेर अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र राति र गोप्य तरिकाले गर्नुपर्ने यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो । एटिएम बुथभित्र स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’ समुद्री किनारमा बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबारे बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको पर्वाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे । तीव्र गतिको मोटरवेमा नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए । कार पार्किङमा सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन् । एजेन्सी आवरण तस्वीरः १३ वर्षीय बालकसँग यौनसम्बन्ध राख्न खोजेको आरोपमा विश्वभरी चर्चित अमेरिकी युवती अलेक्ज्यान्ड्रीया भेरा

“हामी टूर गाइड हौं, यौनकर्मी होइनौं”

एजेन्सी । जुन देशमा पर्यटकको राम्रो स्वागत हुन्छ, राम्रो व्यवहार हुन्छ, त्यो देशको शीर विश्वमै ठाडो हुन्छ । तर पर्यटकलाई घुमाउने आफ्नो देशको बारेमा जानकारी दिने गाइडलाई मानिसले सोच्ने व्यवहार भने सबैको एउटै हुँदैन । झन् त्यसमा पनि महिला गाइड भएपछि पुरुषहरुको दिमागमा ‘सेक्स’ नाच्न थाल्छ । कंबोडियाको राजधानी नामपेन्हमा मोटरसाइकल, ट्याक्सी जताततै देखिएपनि मोटरसाइकलमा पर्यटकलाई राखेर घुमाउने महिलाहरु भने सडकमा निकै कम देखिन्छन् । केही महिलाहरुले पर्यटक गाइडको काम गरेपनि उनीहरुलाई भने कमैले मन पराउँछन् । रातो टिर्सट र टाइट जिन्समा सजिएका २६ वर्षकी रेनु चिया र उनका सहयोगी ‘द मोटो गर्ल’लाई टुर गाइडको रुपमा मानिसहरुले देख्दा उनीहरुको बारेमा नकारात्मक सोच बनाउने गर्छन । “हामीलाई नराम्रो दृष्टिले हेरिन्छ । त्यसो त पर्यटनमा जोडिएका महिलालाई यौन व्यपारसंँग हेरिनु यहाँको पुरानै विशेषता हो ।” रेनु भन्छिन् । । रेनुकी बहिनी २३ वर्षकी राक्सामी चियाका अनुसार, कहिलेकाहीँ पुरुषसँग बाहिर घुम्न जाँदा समेत हामीलाई सेक्सको लागि बाहिर गएको सोच्ने गरिन्छ । ‘द मोटो गर्ल टुर’को आफ्नै वेभसाइट समेत रहेको छ । यो साइटले सुन्दर र युवा महिला ड्राइभरहरुसँग राजधानी नोमपेन्ह घुम्ने अफर दिने गरेको छ । यो प्रचारलाई भने मानिसहरुले अनौठोरुपमा लिने रेनु बताउँछिन् । नोमपेन्हका सीएस ट्राभलका मालिक सिब चेंग भन्छन्, “यसमा अचम्म मान्नुपर्ने के छ र ? हामी त खुशी पो हुनुपर्ने । यो दक्षिणपुर्वी एसियाका देशमा पर्यटकहलाई महिलाहरुले कम्तीमा घुमाइ त रहेका छन् ।” मोटो ड्राइभर पुरुष पनि भएको उनले बताए । रेनुको ड्राइभर यात्रा कलेज पढ्दा रेनु बाइक चलाउँथिन् र उनले पैशा कमाउन पर्यटकलाई घुमाउने सोच राम्रो भएकोले उनले यो काम सुरु गर्न निर्णय गरिन् । उनले यो व्यपारमा भविष्य देखेरै हात हालिन् । कम्बोडियाको पर्यटन मन्त्रालयका अनुसार सन् २०१५ मा ५० लाख पर्यटक कम्बोडिया घुम्न आएका थिए । सन् २०१६ को सुरुवातमा पर्यटकलाई आफ्नो मोटरसाइकलमा बसाएर घुमाउने काम सुरक्षित भएको कुरा आफ्नो अभिभावकलाई सम्झाउन परेको थियो । हार्मको बुवा आफ्नो छोरीले यस्तो काम गर्दा पर्यटकले जतापनि छुन सक्ने कुरामा चिन्तित थिए । उनको बुझाइमा कुमारी केटीले यस्ता काम गर्न हुँदैन । आफ्नो प्रतिष्ठा कायम गर्न यी युवतीहरुले एउटा नियम बनाएका छन् । उनीहरुले पर्यटकले बाइकमा बस्दा बाइकको लगाइएको हैंडलबारमा समात्नुपर्ने नियम पालना गर्नुपर्ने बताएका छन् । जब उनीहरु रातमा बाहिर घुम्न जान्छन् उनीहरु एकसाथ धेरै युवती बस्छन् । तर धेरै विदेशी पर्यटकलाई घुमाउने कुरामा उनीहरुको परिवार र साथीभाई अझै चिन्तित छन् । पर्यटक पनि युवतीहरुको स्कुटरमा घुम्न सुरक्षित मान्छन् । उनीहरुले सुरक्षित रुपमा स्कुटर चलाउँछन् । ऑस्ट्रेलिया की ३१ वर्षीय वकील चैनल सिंक्लेयर २०१६ मा नामपेन्ह घुम्न आउँदा महिलाले चलाएकोस्कुटमो घुम्दा सुरक्षित महसुस गरेको बताइन् । उनी जस्तै एक्लै आउने पर्यटक मोटो गर्लको पछाडी बसेर शहर घुम्न रुचाउँछन् । मोटो गर्ल आफुँलाई फरक देखाउन प्रयास गर्न गर्छन् । उनीहरु कम्बोडियाको इतिहास, कला र संस्कृतिको बारेमा पर्यटकलाई भरपुर सुचना दिन्छन् । मोटो गर्लहरु स्कुटर चलाउन पनि निकै चुनौतिको रुपमा लिन्छन् । पर्यटकहरु कोही कोही त बस्न पनि नजान्ने, समात्न नजान्ने कारणले दुख पनि पाएको अनुभव सुनाउँछन् । तर आफ्नो देशको पर्यटन क्षेत्रको विकाशको लागि उनीहरुले सुरु गरेको नयाँ शैलीको कामले खुसी भएको र यसैमा रमाउने योजना भएको मोटोगर्ल बताउँछन् । विविसी हिन्दीबाट

आँखा रसाउने भिडियोः एउटा पेट, दुई टाउको, चार हातः शिवनाथ र शिवरामको यस्तो जीन्दगी

प्रकृतिले पनि के के गर्छ । कहिले कस्तो प्राणी जन्माउँछ, कहिले कस्तो । यस्तै एउटा सिर्जना छ शिवराम र शिवनाथको रुपमा । शिवनाथ र शिवरामको जीवन देख्नेहरुको आँखामा आँसु नै आउँछ । दुबैको पेट र कमर जोडिएको छ । दुईवटा खुट्टामा दुईवटा टाउको । उनीहरु एक अर्कालाई हेर्न सक्छन् तर दुबैको पेटमुनिको भाग एउटा मात्रै छ । १२ वर्ष पुगे शिवनाथ र शिवराम । सामान्य गरीब परिवारमा जन्मिए उनीहरु । अहिले स्कूल जाने गर्छन् । भारतको रायपुरमा बस्ने उनको परिवार शुरुमा निकै दुखी भएपनि अहिले यसलाई नै नियती भनेर बसेका छन् । शिवराम र शिवनाथले आफ्ना सामान्य कामहरु आफै गर्छन् । लुगा लगाउने, नुहाउने, कपाल कोर्ने, पढाई र होमवर्क गर्ने काम सँगै गर्न सक्छन् । तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । दुई भाई अहिले धेरै कुरा बुझ्ने भएका छन् । भन्छन्– “हामी छुट्टिन चाहन्नौं ।” डाक्टरहरुले अप्रेशन गरेर उनीहरुलाई अलग गर्न नखोजेका होइनन् तर प्रकृतिले जसरी जन्मायो, मर्दासम्म त्यसरी नै बाँच्ने उनीहरुको अठोटका अगाडि डाक्टरहरुको पनि केही चलेन ।  

यी हुन क्यान्सर जितेका चर्चित नेपालीहरु

क्यान्सर भन्ने बित्तिकै मान्छेको मनमा एक खालको पहिरो जान्छ । डरको पहिरो । भ्रममा बाँचेको नेपाली समाजले क्यान्सरलाई मृत्युको दाजुभाई ठान्छ । तर, समयमै उपचार गराउन सकिएमा ४० प्रतिशत क्यान्सर पूर्ण रुपमा निको हुन्छ । अझै पनि ९० प्रतिशत नेपालीहरु लाज, भय, आर्थिक र सामाजिक कारणले अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । केही चर्चित नेपाली अनुहार छन्, जसले समयमै क्यान्सरको उपचार गराए र क्यान्सरलाई जिते । यी अरुका लागि पनि हौसलाका पात्र हुन सक्छन् । क्यान्सर सबै अवस्था असाध्य रोग होइन भन्ने कुरा उदाहरण हुन सक्छन् । रामवरण यादव, पूर्व राष्ट्रपति पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्यान्सर जित्न सफल भएका छन् । उनलाई प्रोस्टेटको क्यान्सर भएको थियो । गत भदौमा भारतमा स्वास्थ्य परीक्षण गर्ने क्रममा उनलाई प्रोस्टेट क्यान्सर देखिएको थियो । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले उनलाई उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो। भारतीय अस्पतालको सुझावका आधारमा पूर्व राष्ट्रपति यादव उपचारका लागि अमेरिका गएका थिए । उनलाई ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिइएको थियो । उक्त उपचार विधि नेपालमा नभएपछि उनी अमेरिका गएका हुन् । अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरमा उपचारका लागि भर्ना भएका यादवको डा.मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वस्थ भएर डा. यादव नेपाल फर्केका हुन् । उनलाई चिकित्सकले वेला वेलामा फलोअप गर्न भने सुझाएका छन् । मनिषा कोइराला, अभिनेत्री मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो । समयमै उपचार गरेका कारण उनी क्यान्सर मुक्त भएकी छिन् । उनको पाठेघरको क्यान्सरको उपचार अमेरिकामा भएको हो । नेपालमा रहेको बेलामा क्यान्सर पुष्टि भएपछि उनी उपचारका लागि भारतको जसलोग अस्पतालमा पुगेकी थिइन् । तर, त्यहाँबाट पनि उनलाई अमेरिका जान सुझाइएको थियो । उनको अमेरिकामा उपचार भएको हो। क्यान्सर निको भएपछि कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको बताएकी थिइन् । उनले त्यतीबेला ‘म भक्कानो छोडेर रोएँ, जब मैले ‘क्यान्सर फ्री’ भन्ने शब्द सुनेँ’ भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । क्यान्सर विशेषज्ञ चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौंमा आएको समयमा उनले आफूलाई क्यान्सर सर्भाइभल भनेको मन नपर्ने बताएकी थिइन् । ‘मलाई मात्र होइन म जस्ता अरूलाई पनि क्यान्सर विजेता भनेको उपयुक्त सुनिन्छ,’ उनले त्यतिबेला भनेकी थिइन् । कर्ण शाक्य, लेखक कर्ण शाक्य पनि क्यान्सर विजेता हुन् । उनलाई झण्डै १० वर्षअघि प्रोष्टेड क्यान्सर देखिएको थियो । त्यो बेला क्यान्सर बारे प्रशस्त भ्रम थिए । त्यो समयमा क्यान्सर देखिदा कस्तो हुँदो हो । तर, उनले हिम्मत हारेनन् । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या भएपछि भारतको राजिव गान्धी अस्पतालमा उपचार गर्न पुगे । त्यहाँ भर्ना भएको तेस्रो दिन उनलाई प्रोष्टेट क्यान्सर भएको थाहा भएको  थियो  । तर, सुरुवाती चरणमै पत्ता लागेको थियो । उपचार गराए । उनले हिम्मत हारेनन् । त्यस त्यसबाट मुक्त छन् अहिले । त्यसपछि उनले लेखन यात्रा अघि बढाएका हुन् । अहिले उनका पुस्तक धेरै पढिनेमध्य पर्छन् । उनकै सोच र प्रयासमा नेपालमै क्यान्सरको उपचार गर्ने पहिलो र ठूलो अस्पताल भरतपुर अस्पताल बनेको हो । क्यान्सर भनेपछि विभेद गर्ने समाजका अघि जनचेतना जगाउन उनले गोरखापत्र र राइजिङ नेपालमा लेखे– श्रीमती र छोरी क्यान्सरबाट गुमाएको घटना, क्यान्सर भएपछि दिने दुःख र नहुने उपचारका बारेमा । आफू पनि क्यान्सर विजेता बनेका कुरा लेखिरहे । भनिरहे । उनी भन्छन्, ‘जनचेतना जगाउनका लागि सुरुवात आफैंबाट गर्नु थियो, गरें ।’ तारा पोखरेल, नर्स नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले जीवनभर अरुलाई रोग लाग्न नदिने उपाय बताइरहिन् । रोग लागेपछि थलिएका बिरामीको सेवा गरिन् । तर, उनी उनी आफैंलााई एक्कासी क्यान्सर देखियो । क्यान्सर भएपछि त जीवनै सकियो भनेर बुझ्नेहरु छन् । उनलाई भेट्न पुग्नेहरु ढोकामा पुग्ने बित्तिकै डाँको छाडेर रुन थाल्छन् । बिरामीलाई सम्झाउनुपर्ने भेट्नेहरुलाई बिरामी पोखरेलले उल्टो सम्झाउनुपर्छ, ‘क्यान्सर भयो भन्दैमा जीवन सकिने होइन । सन्चो भइसकें ।’ आफूलाई क्यान्सर भएपछि उनलाई अर्काे काममा पनि जुट्नुपर्ने महशुस भएको छ । क्यान्सरसँग जोडिएका प्रशस्त भ्रम छन् । ‘निश्चित स्टेजसम्मको क्यान्सरबाट मुक्ति पाउन सकिन्छ । शरीरका निश्चित भागका क्यान्सरलाई सदाका लागि बिदा गर्न सकिन्छ भन्ने चेतना छैन,’ उनको अनुभव छ  । उनले क्यान्सर पहिलो स्टेजमै चाल पाइन् । ‘नुहाउने क्रममा बे्रष्ट भन्दा केही माथि एउटा सानो गाँठो भेटियो । नदुख्ने गाँठो भेटिएपछि शंका लागेर जाँच गरें,’ उनले भनिन्, ‘हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा जाँच गराएँ । जाँचमा क्यान्सर देखियो ।’ क्यान्सर देखिएपछि उनले तुरुन्तै अप्रेसन गर्ने निर्णय लिइन् । बायाँ भागको ब्रेष्ट नै काटेर फालिएको छ । अहिले पुरानै जीवनशैलीमा फर्किसकेकी छिन् । भन्छिन्, ‘मेरो कार्यशैली र बोलीव्यवहार हेरेर मान्छेहरु भर्खरै क्यान्सर जितेकी मान्छे भनेर पत्याउँदैनन् ।’  आफूले क्यान्सर जितेपछि अहिले अरुलाई यस सम्बन्धमा सचेत रहन र भएपछि नआत्तिइ उपचारमा लाग्न सल्लाह दिइरहेकी हुन्छिन् । शान्ता चौधरी, पूर्व सभासद् पूर्व सभासद् शान्ता चौधरीलाई स्तन क्यान्सर भएको थियो । उनका अनुसार २८÷२९ वर्षको हुँदा उनलाई पाठेघरसम्बन्धी समस्या थियो । गनाउने सेतो पानी बग्ने हुन्थ्यो । उनी भन्छिन्, ‘त्यो समयमा डाक्टरकोमा जान लाज लाग्थ्यो । पछि जँचाएर औषधि खाएँ । त्यति नै खेर महिनावारी हुँदा स्तन पनि दुख्थ्यो । डाक्टरकोमा जँचाउँदा स्तनमा गिर्खा भेटियो ।’ त्यो समयमा डाक्टरले हर्मनको कारणले यस्तो भएको भनको उनी बताउँछिन् । भिटामिन ई खाइन् । भिटामिन ई ले उनको गिर्खा अलि कम चाहिँ भयो, तर औषधी खान छाडेपछि फेरि बढ्यो । दिल्लीमा पाठेघरको उपचार गराउन जाँदा स्तन पनि जँचाएको थिइन् । स्तनमा क्यान्सरको सानो सेल पलाएको चाल पाइन् । उनी सम्झिन्छन्, ‘त्यो समयमा मेरो हंशले ठाउँ छाडेको थियो, अब मर्ने भएँ भनेर । पछि त्यो पलाएको सेललाई पनि काटेर फालियो । अहिले म पूर्ण स्वस्थ छु ।’ उनी महिलाहरू आफ्ना भित्री रोग लाजका कारण लुकाउने बताउँछिन् । अहिले भन्न थालेकी छिन्,  ‘आफूलाई त्यस्तो कुनै रोग लागेको खण्डमा तुरुन्तै डाक्टरकोमा जाँच गराउन जानुपर्छ । रोग पालेर बस्नु हुँदैन ।’ सुजाता कोइराला, काँग्रेस नेतृ नेपाली कांग्रेसकी नेतृ एंव पूर्व उपप्रधानमन्त्री सुजाता क्यान्सर मुक्त भएकी छन् । उनको पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरको सिस्ट देखापरेको थियो । उनको दोस्रो अपरेशनमार्फत ओभरीमा देखिएको क्यान्सरको पनि सफल उपचार भएको हो । उनी उपचारका लागि कार्तिक २८ गते सिंगापुर गएकी थिइन् । पहिले ब्रेष्ट क्यान्सर देखियो। ब्रेष्ट निकालेर फालिइएको  छ । त्यो पहिलो स्टेजमै थियो त्यसैले त्यति डराउनुपर्ने थिएन । ब्रेष्ट क्यान्सर देखिएको एक महिनामै  पाठेघरमा  पनि क्यान्सर देखियो । ओभरीमा क्यान्सर देखिँदा त्यही विषयमा विशेषज्ञता पाएका र महिलाकै स्वास्थ्य हेर्ने डाक्टरले हेर्नुभयो ।  दुईटै ओभरी र युटेरसको शल्यक्रिया भयो । त्यसलाई काटेर फालियो । त्यसमा क्यान्सर पनि शुरुवाती चरणमा, ब्रेष्ट क्यान्सरको भन्दा पनि कम थियो । क्यान्सर भएपछि आफूलाई मात्रै यस्तो भइरहेको उनले ठानेको बताएकी छिन् । जब अरुका कुरा पनि सुनिन्, उनले चित्त बुझाइन् । अहिले तन्दुरुस्ती प्राप्त गर्ने प्रक्रियामै छन् । उनी क्यान्सर जित्न आफ्नो जीवनशैली बदल्नुपनै बताउँछिन् । ‘बाहिर निस्कने, मानिसहरूसँग भेट्ने, समयमा सुत्ने, समयमा खाने गर्नुपर्छ। म योगा, ध्यान पनि गर्छु । ब्रिदिङ एक्सरसाइज पनि गर्न थालेकी छु । ध्यान चाँहि भर्खरै गर्न थालेको तर असाध्यै फाइदा भइरहेको छ,’ उनको अनुभव छ । स्वास्थ्यखबरडटकममा प्रवीण ढकालको रिपोर्ट साभार गरिएको

दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, …अनि मज्जाले हाँसे प्रचण्ड !

सैन्य बर्दीमा चश्मा लगाएर ‘जनसेना’हरुको सलामी लिँदा कठोर मुद्रा देखिन्छ प्रचण्डको, तत्कालिन सशस्त्र युद्धको बेलाका उपलब्ध तस्वीरहरुमा । एउटा ‘जुनून’, एउटा संकल्पको भाव । समय फेरिन्छ, ऋुतुसँगै मौसमको रङ्ग फेरिन्छ । र, यस्तै फेरियो प्रचण्डको दिनचर्या पनि । कुनै बेला आफ्नो स्कूलिङका जनसेनाहरुको सलामी लिँदा गर्वले छाती फुलाउने प्रचण्ड अहिले ‘राज्यसत्ता’को सरकार प्रमुख भएका छन् । त्यो बेला सामन्तवादी राज्यसत्ताविरुद्ध लडिरहेका जनसेनाहरुको सलामी पाउँथे उनी, अहिले सामन्तवाद ढलेपछिको गणतन्त्रमा राज्यका सेना, प्रहरीको सलामी पाइरहेछन् उनले । सलामीको चटारो सरकार गठनपछि सामान्य औपचारिक कार्यक्रममा नजाने घोषणा गरे प्रचण्डले । र, नेपालका मन्त्री सांसदहरुको ‘पपुलर पेशा’ बनेको ‘रिबन काट्ने’ समारोहहरुमा उनी खासै देखिएनन् पनि । समय मिल्ने बित्तिकै हान्निन्छन् मोफसलबाहिर, कहिले दोधारा चाँधनी, कहिले हिल्सा, कहिले संक्रान्तिबजार, धान क्षेत्र उद्घाटनदेखि मेलम्चीको सुरुङसम्म । जिल्ला जानेक्रमसँगै उनले पाउने सलामीको भारी झन थपिन्छ । सरकार प्रमुख, जिल्ला आएको बेला सलामी अनिवार्य नियम । जहाँ गएपनि जयनेपालको मुद्रामा उभिनुपर्ने । जनयुद्धकालमा प्रचण्ड प्रचण्डलाई पनि झर्को लाग्दो हो कतिबेला त । जिल्लाका सलामीमा उनको मुद्राले त कम्तीमा यही भाव झल्काउँछ । एकदिनमा आधा दर्जनबढी कार्यक्रममा सहभागी हुनुपर्ने, हतारो, एजेण्डा र छलफल, केही नयाँ होस, राम्रो होस भन्ने तनावबीच सलामीको औपचारिकता…। हेलिकप्टरको आवाजले रन्थनिएको दिमाग लिएर खुला हावामा श्वास लिन पाइएको हुँदैन, अगाडी एक हुल बर्दीधारी सलामीका लागि तयार भएर बसेका हुन्छन् । जानै पर्यो, उभिनै पर्यो जय नेपालको मुद्रामा । कहिँ कतै त उनी सलामी दिइरहेकै बेला फर्किन्छन् सकियो होला यो औपचारिकता भनेर । पर्वतमा सहयोगीहरुले सलामी सकिएको छैन भन्दा फर्किए उनी फेरी जय नेपालको मुद्रामा उभिन । औपचारिका कार्यक्रममा गम्भीर देखिन्छन् प्रचण्ड । कार्यक्रमको भावसँगै बग्छ कहिलेकाहिँ उनको मन । कतिपय बेला चलचित्र हेर्दा प्रचण्ड, बाबुरामका आँसु झरेका तस्वीर समेत सार्वजनिक भए विगतमा । चुनवाङ्ग बैठकमा आयोजित सांस्कृतिक कार्यक्रममा त सबै रोएको घटनाले निकै चर्चा पायो । अझ गम्भीर भावमा अचानक आउने यी भावहरु कहिलेकाहिँ भने ठट्यौली या हाँस्यविषय बन्न पुग्छन् । दुर्जकुमारराई ले ‘हुन्छ’ भन्नुस भन्दा गत साता मात्रै पोखरामा यस्तै यो प्रचण्डका लागि । यता बायाँतिरगृहमन्त्री विमलेन्द्र निधि, दायाँतिर दुर्जकुमारराई , सशस्त्र प्रहरी बलको नेतृत्व । अगाडि ठूलो चौरमा दुई दर्जन बढी युवाहरु सशस्त्रको बर्दीमा सजिएर मार्च पास गरिरहेका । घरी करातेको प्रदर्शन, घरी अरु कवाज । काठमाडौंको जाडोलाई पोखराको सशस्त्रको मैदानमा चर्किएको घामले जिस्क्याइरहेको थियो । सशस्त्र प्रहरी बलका २५ जना इन्सपेक्टरहरु ५६ हप्ते लामो तालिम लिएपछि दीक्षित भइरहेका थिए । प्रचण्ड थिए मुख्य अतिथी । सरकार प्रमुखका हैसियतले उनी औपचारिकरुपमा कार्यक्रममा उपस्थिति हुनु परेको थियो । प्रमाणपत्र बाँडियो । प्रचण्डले हात मिलाएर मुस्कुराउँदै प्रमाणपत्र दिए । कवाज परेड हुँदा जयनेपालको मुद्रामा उभिनुपर्ने । फेरी उही सलामी । यसपटक त झन नयाँ इन्सपेक्टरहरु, जोश र जागँरका साथ उनीहरुले फुर्ती देखाए सलामी ठोक्न । प्रचण्डले त्यतिखेर रोल्पा रुकुमका चौरहरुमा यसैगरी जनसेनाहरुले कवाज खेलेको सम्झे कि सम्झेनन् कुन्नि । तर पोखरामा भने उनी उभिए जयनेपालको मुद्रामा लामै समय । प्रमाणपत्र बाँडेपछि एउटा परम्परा रहेछ अनुमति लिने । सय मिटर टाढा लश्करै उभिएका २५ जनाको नेतृत्व गर्दै एकजना नव इन्सपेक्टर मञ्चतिर अघि बढ्दै थिए । माइकबाट घोषणा भयो– अब नेपालका आमा यी राष्ट्रसेवकहरु देशको सेवाका लागि आफ्नो कार्यक्षेत्रमा जान सम्माननीय प्रधानमन्त्रीज्यूबाट आदेश लिन गइरहेका छन् । कलिलो उमेरका ती युवा अगाडि बढ्दै थिए । शरीर रोबोट जस्तै बनाएर । जीवनभरीको फूर्ति एकैपटक निकालेको जस्तो मुद्रा । त्यसैपनि जोस जाँगरले भरिनु स्वभाविकै थियो, पहिलोपटक प्रधानमन्त्रीका अगाडि पहिलो जागिरका लागि अनुमति लिन २५ जनाको नेतृत्व गरेर आउँदै थिए उनी । “श्रीमान, कार्यक्षेत्रमा जाने अनुमति पाउँ” उनले प्रचण्डभन्दा ३, ४ मीटर पर सलामी ठोक्दै चर्को स्वरमा भने । प्रचण्डलाई के भनुँ जस्तो भयो । ती नवयुवा भने उभिएका छन् तनक्क तन्किएर । न दायाँ, न बायाँ, उनको कपाल समेत मानौं अनुशासनमा बाँधिएको छ । आँखी भौं समेत हल्लिएको थिएन होला शायद । उनले प्रधानमन्त्री, नेपाल सरकारका कार्यकारी प्रमुखबाट अनुमति खोजेका थिए । जनसेनाका कमाण्डर भएका भए प्रचण्ड आफैले निर्देशन दिन्थे होलान्– कमरेडहरु, हाम्रो महान गौरवशाली क्रान्ति र संघर्षमा अब तपाईहरुले देश र जनताका लागि कार्यक्षेत्रमा जाने बेला आयो.. आदि, इत्यादी । तर अहिले त्यो समय घर्किसकेको थियो । प्रचण्डका तर्फबाट कुनै प्रतिक्रिया आएन । सम्भवतः उनलाई के भन्ने थाहा थिएन । तत्कालै राइले भने– ‘हुन्छ’ भन्नुस् । प्रचण्डले हात हल्लाएर मुस्कुराउँदै ‘हुन्छ, हुन्छ जानुस्’ भने । दर्शकदीर्घामा एकछिन रमाइलो । युवाले फेरी बूट बजारे र फर्किए आफ्नो लश्करतर्फ । प्रसङ्ग यही सकिएन । छूटपुट देवताकी जय कार्यक्रमको अन्तिम चरणमा होला, तालिम सफल भएकोमा ‘अदृश्य शक्ति’हरुलाई धन्यवादको जयजयकार गर्ने चलन कायमै रहेछ प्रहरीमा । प्रचण्ड मात्रै होइन, पहिलोपटक यस्तो प्रहरी दीक्षान्त समारोहमा जाने जो सुकैलाई पनि यो अन्तिम औपचारिकता अलि अनौठो र विष्मय पार्ने थियो । ‘सरस्वती माता की जय’, सामूहिकरुपमा चर्को आवाज सुनियो । “विन्ध्यवासीनी माता की जय !’ यो जयजयकारमा संख्या थपिँदै थियो । हिन्दू सामन्तवादका विरुद्ध पञ्चायतकाल, बहुदलकाल, १० वर्षे जनयुद्ध र शान्ति प्रक्रियापछि निरन्तर धर्म निरपेक्ष राज्यका पक्षमा वकालत गर्दै आए प्रचण्ड । यही संघर्षको बलमा घोषणा भएको धर्म निरपेक्ष नेपालको कार्यकारी प्रमुखका हैसियतले उनी पुगेका छन् कार्यक्रममा । र, उनको अगाडि सरकारको एउटा मुख्य अंगले औपचारिकरुपमा नारा घन्काईरहेको छ– श्री पशुपतिनाथको जय ! प्रचण्डले के सोचे, थाहा भएन । सोध्ने कुरा पनि भएन । सहभागीमध्ये पछाडिबाट कसैले भनेको सुनियो– धर्म निरपेक्ष देशमा यस्तो ? मलाई लाग्यो– हिन्दू देवताहरुको नाम उच्चारण गरेर जयजयकार गर्ने औपचारिकतामा २५ जना इन्सपेक्टरमध्ये कोही मुश्लिम या गैर हिन्दु समुदायको भएको भए..? तर प्रचण्डको, सहभागीहरुको या मेरो मनमा घुमेका प्रश्नहरु एक निमेशमैं बिलाउन पुगे । कारण थियो नयाँ देवताको जयजयकार…। याद भएसम्मका देवी देवताको नाम भट्टयाएपछि टोली नेतृत्व गरिरहेका ती युवा अन्तिममा चिच्च्याए– “छूटपूट देवता की जय! ” र, यो छूटपूट देवतासँगै चारैतर्फ हाँसोको फोहोरा छुट्यो । प्रचण्डको खित्का छुट्यो । दुर्जकुमारराई को ठूलो अनुहारमा उनको सानो आँखाले साथ दियो । हाँसो रोकिएन । दुई तीन मिनेट यसले मज्जैले प्रहसन गर्यो । सोचें– कम्तीमा प्रहरीले अब भने यो औपचारिकता अन्त्य गरे राम्रो । मनमा एउटा प्रश्न भने अझै बाँकी नै छ– साँच्चि यो छूटपूट देवताभित्र इसाई, मुस्लिम, बौद्ध, जैनहरु पर्छन् कि पर्दैनन् होला ? आवरण तस्वीरः प्रदीपराज वन्त/रासस

पर्वत पुगेर छमछमी नाचे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत पुगेछ द्धमछमी नाचेका छन् । पर्वत जिल्लाको कुष्मामा आयोजित पाँचौं पवर्त महोत्वसको उदघाटन गर्न पुगेका प्रधानमन्त्री उद्घाटन मन्तव्य सकिएपछि नाचेका हुन् । बिहिबार पोखरामा सशस्त्र प्रहरी सिन ११ जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त समारोहमा सहभागी भएर प्रधानमन्त्री पर्वत पुगेका थिए । तस्वीर : प्रदिपराज वन्त prachanda dance-parwat prachanda nach-parwat

पूरा गर्ला त सपना कर्णाली करिडोरले ?

कालीकोट, माघ १० । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ । कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको जटिलताबीच यो सडकको ट्र्याक खोलिराखिएको छ । कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहुँच पाउने छ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ । यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा स्थानीयवासीले गरेका छन् । सेनाले जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिइसकिएको र अहिले कालीकोटको राताडाँडा तथा बाजुराको कालाभिर, रुपाखोला लगायतका स्थानमा थप २० किलोमिटरको ट्र्याक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव विष्टले जानकारी दिए । चालु आव २०७३÷७४ भित्र कालीकोटअन्तर्गतको ४० किलोमिटर ट्र्याक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको छ । विसं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्याक खोल्ने जिम्मा दिएको थियो । एकसय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ । त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ । अहिले १८२ जना सैनिक जवान र ३०० स्थानीयवासीको सहभागितामा ट्र्याक खोल्ने कार्य धमाधम भइरहेको छ । सो सडकलाई खुलालु–लैफु–सिमिकोट सडक खण्डमा विभाजन गरिएको छ । सडकखण्डअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर सडक निर्माण हुनेछ । यो करिडोरको निर्माणले कर्णाली अञ्चल मात्र होइन सुदूरपश्चिमको समेत विकासमा उल्लेख्य योगदान पुग्ने बाजुराका लालबहादुर विष्टको भनाइ छ । सडक खण्डमा खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुड्डीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । सडकको चौडाइ ६ मिटर रहेको छ भने दायाँबायाँ ७ दशमलव ५। प्रतिशत क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पाइने छैन जसले भविष्यमा सडकलाई थप चौडाइ गर्न समेत सहयोग पुग्नेछ । प्रस्थान विन्दु खुलालु ७३० मिटरमा अवस्थित छ र सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा सडक पुग्नेछ । सो सडकका लागि कुल रु दुई अर्ब ८४ करोड ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा नेपाली सेनाले रु २२ करोड खर्च गरेका थिए । चालु आवका लागि रु २१ करोड विनियोजन गरिएको छ । तर विनियोजित बजेटबाट दोस्रो चौमासिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाले तेस्रो चौमासिकका लागि थप बजेटको व्यवस्था भएमा शान्तिघाट र फूगाडमा बेलिब्रिज निर्माण गर्न सकिने सेनाले जनाएको छ । गतहप्ता रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बाजुराको पिलुचौर र कालीकोटको शिलाजितभिर खण्डमा भइरहेको सडक निर्माणको स्थलगत निरीक्षण गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको र समस्या आइपरे तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले बजेटको चिन्ता नगर्न आग्रह गर्दै आवश्यक परे विनियोजित बजेटमा थप बजेट उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । जोखिमयुक्त ठाउँमा सडक खन्ने काम भइरहेकाले करिडोरको निर्माणकै क्रममा चार स्थानीयवासी र एक सैनिक जवान गरी पाँच जनाको ज्यान गइसकेको निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिबर गुरुङले जानकारी दिए । यो सडकका बीचमा खुलालु, रङ्गिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थङ्गेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटसम्मका बस्ती पर्छन् । अब खन्न बाँकी रहेका भू–बनोट कडा चट्टानयुक्त इलाका हुनाका साथै सडकको रेखाङ्कनमा रहेका बस्तीमा र सार्वजनिक स्थानमा बनेका घर, टहराका कारण थप जटिलता निम्तिएको प्रमुख सेनानी गुरुङले बताए । हिउँदमा फेरी चले पनि वर्षामा कर्णाली नदीमा फेरी नचल्ने भएकाले निर्माण सामग्री ल्याउन अप्ठेरो पर्ने गरेको छ । करिडोर निर्माणको क्रमसँगै सडक विभागले सो खण्डमा पिच गर्ने, पुल बनाउने काम पनि एक साथै अघि बढाउने सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । सरकारको सबै जिल्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल पुर्याउने लक्ष्य अनुरुप बाँकी रहेका डोल्पाको सदरमुकामलाई एक वर्षभित्र र हुम्लाको सदरमुकामलाई दुई वर्षभित्र सडक सञ्जालमा जोड्न नेपाली सेना लागिरहेको छ । हुम्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिने सबैभन्दा पछिल्लो र अन्तिम जिल्ला बन्ने निश्चित छ । नेपाली सेनाकै नेतृत्वमा डोल्पाको सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जाल विस्तारअन्तर्गत भेरी करिडोरको निर्माण भइरहेको छ । सो करिडोरको ११८ किलोमिटरमध्ये १०६ किलोमिटर सडकको काम पूरा भएको सेनाले जनाएको छ । सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको २३२ किलोमिटर कर्णाली राजमार्ग पिच बनेकामा कर्णाली करिडोरको निर्माण सम्पन्नसँगै बाँकी रहेको बाजुरा, कालिकोट र हुम्लासमेत सो सडकमा जोडिनेछ । सो सडक खण्डको निर्माण सम्पन्न भएपछि उत्तरी नाका हुम्लाको हिल्साबाट ५३० किलोमिटर दक्षिण बाँकेको जमुनाह सडक सम्पर्क बन्नेछ ।

पम्फा भुसालको रोजाईः जीवन शर्मादेखि दीपाश्री, योगेश भट्टराईदेखि शक्ति गौचनसम्म

वर्षमान पुन अनन्त मलाई आफ्नै पार्टीका वर्षमान पुन अनन्त मन पर्छ । उहाँमा नेतृत्व क्षमता र राजनीतिक कला छ । छोटो समयमा नै परिपक्व ढंगले विषयवस्तुको गम्भीरता अध्ययन गरेर रायसुझाब दिने तथा निर्णय दिन सक्ने हुनुहुन्छ । युद्धकालमा सैन्यक्षेत्रमा पनि उहाँ असाध्यै राम्रो हुनुहुन्थ्यो । छोटो समयमा पार्टी राजनीतिको सबै पाटो र पक्षलाई बुझ्नुभएको छ । व्यावहारिक हिसाबले समायोजन गर्न सक्ने खुबी उहाँमा छ । पार्टी लाइन र लिडरसिपले खोजेको कुरालाई नै जस्टिफाइ गर्ने उहाँको अर्को विशेषता छ । हितमान शाक्य हितमानजी कुनै पनि विषयवस्तुको गहिराइमा पुग्न मन पराउनुहुन्छ । हरेक विषयको सांगोपांगो, पक्षपाटामा लामो बहस गरेर निष्कर्षमा पुग्न उहाँकोे बानी छ । कतिपय मानिसको बानी पहिले निष्कर्ष दिने र लजिक प्रस्तुत गर्ने हुन्छ, तर हितमानजीमा पहिले लजिक प्रस्तुत गर्ने अनि मात्र निष्कर्ष दिने बानी छ । योगेश भट्टराई विद्यार्थीकालमा योगेशजी मभन्दा जुनियर हुनुहुन्थ्यो । युनिभर्सिटीमा हामी सँगसँगै भए पनि राजनीति, उमेरका हिसाबले पनि उहाँ जुनियर हो । अर्कै पार्टीको भए पनि उहाँको विषयवस्तुको तिखोपना, कडा प्रस्तुति मलाई मन पर्छ । सबैलाई मिलाउन सक्ने, आदर–सम्मान गर्ने बानी छ उहाँको । साथै आफ्नो कुरामा उहाँ दृढ रहनुहुन्छजस्तो लाग्छ । गगन थापा गगन थापा कांग्रेसभित्र पनि नयाँ विचार बोकेका युवा नेता हुन् । राजनीतिक अजेन्डामा उनले आफ्नो पार्टीभन्दा अग्रगामी सोच प्रस्तुत गर्छन् । संवैधानिक राजामै अडिएको नेपाली कांग्रेसको लाइनभन्दा बाहिर रहेर उनी गणतन्त्रको पक्षमा उभिए । पछिल्लो समय राजनीति कति गर्ने रु कति समय गर्ने भन्ने ब्रोडकास्ट गरेका छन् । उनले लिडरसिपबारे बाँचुन्जेल नेतृत्वपंक्तिमै रहनुपर्छ भन्ने परम्परावादी सोचलाई नकारेका छन् । मुलुकको निम्ति केही गरौँ भन्ने नयाँ सोच उनमा रहेकाले मलाई मन पर्ने व्यक्तिमा उनी पनि पर्छन् । शक्ति गौचन क्रिकेटर शक्ति गौचन मलाई मन पर्छ । क्रिकेट नेपालको लागि नयाँ खेल हो । तर, पनि उनले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । म त्यतिधेरै क्रिकेटप्रेमी त होइन । तर, पनि उनले यस्तो गरे, यति विकेट लिए भन्ने सुन्दा, पढ्दा आनन्द आउँछ । नेपाली क्रिकेटमा उनी पनि एक उत्कृष्ट क्रिकेटर हुन् भन्ने मेरो बुझाइ छ । दीपाश्री निरौला हास्यकलाकार दीपाश्री निरौला मलाई मन पर्ने एक कलाकार हुन् । ‘तितोसत्य’ अहिले त बन्द भएको छ, तर पहिले म त्यो टेलिसिरियल असाध्यै हेर्ने गर्थें । तितो सत्यमा दीपाको प्रस्तुति मन पथ्र्यो । अहिले त उनी कलाकार हुँदै निर्देशकसमेत भइन् । उनको अभिनय कला पनि गज्जबको छ । उनको अभिनयकलामा कुनै कृत्रिमता देख्दिनँ म । गौरी मल्ल गौरी मल्लको कलात्मक प्रस्तुति मलाई मन पर्ने पाटो हो । आउन त कलाकारितामा धेरै मानिस आएका छन् । तर, गौरी मल्लले नेपाली चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा छुट्टै स्थान बनाएकी छिन् । आजभोलि त उनी टिभीमा ‘आमा’ कार्यक्रममार्फत पनि देखिन्छिन् । उनको ‘सिंहदरबार’ टेलिशृंखला पनि आएको थियो क्यारे, केही समयअघि । गौरीजीले पनि अभिनयमार्फत धेरै दर्शक–श्रोताको जस्तै मेरो पनि मन जितेकी छन् । उनका सिनेमाले अनि अभिनयले पनि समाज परिवर्तन तथा महिला हकहित तथा सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याएको मैले महसुस गरेको छु । मणि थापा राजनीतिक हिसाबले पनि उहाँ प्रखर मान्छे । त्यसमाथि उहाँ गीतकार । उहाँको गीतमा सामाजिक यथार्थ पाइन्छ । साथै, परिवर्तनको सन्देश दिने उहाँका गीतहरू छन् । सामाजिक यथार्थता त धेरैले प्रस्तुत गर्लान् रोई–कराई गरेर । तर, उहाँका गीतहरू कालजयी लाग्छ । आहुति आहुतिले सामाजिक यथार्थपरक समस्यालाई राख्नुहुन्छ । परिवर्तनको सन्देश दिनुहुन्छ । दलित मुभमेन्ट हुँदै उहाँले आफूलाई कुशल साहित्यकार र राजनीतिज्ञका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका लेखरचना पनि मलाई मन पर्छ । जीवन शर्मा जनकलाकार जीवन शर्माको कुशल व्यक्तित्वसँगै उहाँका कालजयी र जनप्रिय गीत उत्तिकै मन लोभ्याउने खालका छन् । परिवर्तनका लागि आममानिसलाई प्रेरित गर्ने, अन्याय, उत्पीडनमा परेका जनतालाई अधिकार खोज्न जागरुक गराउने सन्देश उहाँका गीतहरूमा पाइन्छ । उहाँको स्वरमा मिठासता त छँदै छ । उहाँको बोलीचाली र व्यक्तित्व पनि सादा जीवन उच्च विचारको छ । उहाँले गीतमार्फत मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नयाँ पत्रिका दैनिकबाट

डोनाल्ड ट्रम्पः सुन्दरी प्रतियोगिताका मालिक, व्यापारका बादशाहदेखि अमेरिकी रास्ट्रपतिसम्म (जीवनी)

माघ ८ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका चर्चित र रँगिलो मिजासका अर्बपति थिए । एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन् । आप्रवासीको मुद्दा र अस्वाभाविक चुनाव प्रचारप्रसारको शैलीका कारण मात्रै होइन उनको आफ्नै विवादास्पद विगतका कारण पनि उनको उम्मेद्वारीलाई शंकाभावले हेरिएको थियो । तर ७० वर्षीय व्यापारीले रिपब्लिकन पार्टीतर्फको उम्मेदवारीको प्रारम्भिक दौडमा अनुभवी राजनीतिज्ञहरुलाई हराएर सबै पूर्वानुमानहरु तोडे। त्यसपछि उनले एक कदम अगाडि बढेर डेमोक्रेटिक पार्टीकी प्रत्यासी हिलरी क्लिन्टनसँगको अहिलेसम्म देखिएको एउटा सबैभन्दा विभाजित र विवादित प्रतिस्पर्धा भएको राष्ट्रपतीय चुनाव जिते । प्रारम्भिक जीवन न्यूयोर्कका घरजग्गा कारोबारका शक्तिशाली उद्योगपति फ्रेड ट्रम्पका डोनाल्ड चौथो सन्तान हुन् । परिवार धनी भएपनि उनले आफ्नो पिताको कम्पनीमा तल्लो तहमा काम गर्नुपर्थ्यो । १३ वर्षको उमेरमा स्कूलमा खराब व्यवहार गरेका कारण उनलाई सैनिक विद्यालयमा पठाइएको थियो । उनले पेन्सिल्भानिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा पढेका थिए। जेठा दाजु फ्रेडले पाइलट बन्ने इच्छा देखाएपछि, पिताको विरासत सम्हाल्ने सम्भावित उत्तराधिकारीमध्ये डोनाल्ड अग्रपंक्तिमा आइपुगे । अत्यधिक मदिरा सेवनका कारण दाजु फ्रेड ट्रम्प जुनयरको ४३ वर्षको उमेरमै निधन भएको थियो। सो घटनाका कारण ट्रम्पले मदिरा र चुरोटबाट जीवनभर आफुलाई टाढा राखेको उनका भाइले बताएका छन् । डोनाल्ड ट्रम्पले आफ्नो पिताको कम्पनीमा काम गर्नुअघि पितासँग १० लाख डलर ऋण लिएर घरजग्गाको काम थालेको थिए । ट्रम्पले सन् १९७१ मा बुवाको कम्पनी आफ्नो मातहतमा लिएर ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिनु अघि आफ्ना पिताको न्यूयोर्कस्थित थुप्रै आवासीय परियोजनाहरुलाई व्यवस्थित गर्न मद्दत गरे । उनका पिताको सन् १९९९ मा निधन भएको थियो। ट्रम्प आफ्ना पितालाई आफ्नो प्रेरणा मान्छन् । व्यापारका बादशाह ट्रम्पले आफ्नो परिवारको ब्रुकलिन र क्विन्सस्थित आवासीय परियोजनालाई महंगो म्यानह्याटनमा फैलाए। उनले बन्द हुने अवस्थामा पुगेको कोमोडोर होटललाई ग्र्यान्ड हायात मा रुपान्तर गरेका थिए र म्यानह्याटनको मुटुमा रहेको फिफ्थ एभेन्यूमा ६८ तल्लाको चर्चित ट्रम्प टावर बनाएका थिए । उनका अन्य चर्चित सम्पत्तिहरुमा ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टरन्यासनल होटल र अरु थुप्रै छन् । मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावरहरु छन् । ट्रम्पले मनोरञ्जन व्यवसायमा पनि आफ्नो साम्राज्य बनाएका छन् । सन् १९९६ देखि सन् २०१५ सम्म उनी मिस युनिभर्स, मिस यूएसए, तथा मिस टिन यूएसए जस्ता सुन्दरी प्रतियोगिताका मालिक थिए । सन् २००३ मा उनले द एप्रेनटीस नामको रियालिटि शो कार्यक्रम एनबिसी टेलिभिजनमा चलाएका थिए, जसमा प्रतियोगीहरुले ट्रम्प संगठनमा व्यवस्थापन तहको जागिरका लागि प्रतिस्पर्धा गर्थे । उनले उक्त कार्यक्रम १४ श्रृंखलासम्म चलाएका थिए र वित्तिय विवरणमा उनलाई उक्त टेलिभिजन नेटवर्कले कार्यक्रम चलाए वापत २१ करोड डलर भन्दा धेरै तिरेको उल्लेख छ । उनले थुप्रै कितावहरु पनि लेखेका छन्। साथै उनी गलामा लगाउने टाइदेखि पानीका बोटलहरु बनाउने उद्योगसम्मका मालिक हुन् । फोर्ब्स पत्रिकाका अनुसार उनीसँग कुल ३.७ अर्ब डलर सम्पत्ति छ। तर ट्रम्प स्वयंले भने आफूसँग १० अर्ब डलर रहेको बताउँदै आएका छन् । पिता र पति ट्रम्पले तीन पटकसम्म विवाह गरेका छन् । यद्यपि उनको सबैभन्दा चर्चित श्रीमती, पहिली, इभाना जेलनिकोभा हुन्, जो एकजना खेलाडी र मोडल हुन् । उनीसँग ट्रम्पले सन् १९९० मा पारपाचुके गर्नुअघि जन्मिएका डोनल्ड जुनिएर, इभान्का र इरिक गरि तीन सन्तान भए । पारपाचुकेका क्रममा अदालतको लडाईँबारे पत्रपत्रिकाहरुमा थुप्रै खबरहरु आउने गर्थ्यो । त्यस्ता खबरहरुमा ट्रम्पले श्रीमती इभानामाथि दुर्व्यवहार गरेको आरोपहरु लगाइएको थियो, तर पछि उनले त्यस्ता आरोपहरुलाई कम महत्व दिइन् । ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे। उनीहरुले सन् १९९९ मा पारपाचुके गर्नुअघि, उनीहरुबाट टिफानी नाम गरेकी एक छोरी जन्मिएकी थिइन् । ट्रम्पको अहिलेकी श्रीमती मेलानिया नर्स हुन्, जोसँग ट्रम्पले सन् २००५ मा विवाह गरेका थिए । उनी एक मोडल हुन्, जसबाट उनीहरुको ब्यारन विलियम नामका एक छोरा छन् । पहिलो श्रीमतीबाट जन्मिएका सन्तानले अहिले ट्रम्प अर्गनाइजेसन चलाउन मद्दत गरिरहेका छन् । यद्यपि उक्त संगठनकको प्रमुख कार्यकारी उनी नै छन् । राजनीतिक उडान ट्रम्पले सन् १९८७ मै अमेरिकी राष्ट्रपतिको दौडमा उत्रने इच्छा देखएका थिए । सन् २००० मा उनले रिफर्म पार्टीको उम्मेदवारको रुपमा चुनावी दौडमा प्रवेश पनि गरेका थिए । सन् २००८ मा उनी ‘बर्थर’ आन्दोलनका एक जना मुख्य सदस्य बनेका थिए, जुन आन्दोलनले बराक ओबामा अमेरिकामै जन्मिएका हुन् कि होइनन् भन्ने प्रश्न उठाएको थियो । त्यस्ता दाबीहरु पूर्ण रुपमा गलत सावित भए। ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा आफ्ना ती दाबीहरुमा सत्यता नभएको स्वीकारेका थिए। तर उनले त्यसबारे माफी भने मागेनन्। सन् २०१५ को जुन महिनामा मात्र ट्रम्पले औपचारिक रुपमा आफू ह्वाइट हाउसको दौडमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले आफू चुनावी दौडमा उत्रने घोषणा गर्दै देशलाई फेरि महान् बनाउनका लागि कोही एकजना आवश्यक रहेको र त्यो आफूले गर्नसक्ने बताएका थिए । अमेरिकालाई फेरि महान् बनाऊ भन्ने ब्यानर अन्तर्गत उनले अमेरिकाको अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने, आप्रवासी मुसलमानहरुको प्रवेशमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने जस्ता टिप्पणी गरेका थिए । उनको चुनावी अभियानको विरोधमा व्यापक रुपमा प्रदर्शन भए पनि र रिपब्लिकन तर्फका प्रत्यासीहरु टेड क्रुज र मार्को रुबियोले कडा टक्कर दिए पनि ट्रम्पले पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वारी जितिछाडे । विजेता राष्ट्रपति राष्ट्रपति पदका लागि भएको चुनावी अभियान निकै विवादास्पद बनेको थियो । सन् २००५ ताका उनले महिलाहरुबारे व्यक्त गरेका भद्दा टिप्पणीदेखि उनकै पार्टीका सदस्यहरुले उनी ह्वाइट हाउसका लागि उचित नहुनेसम्मका प्रतिक्रियाहरु दिएका कारण उनी विवादित बनिरहे । तर उनले निरन्तर रुपमा डेमोक्रेटिक तर्फकी हिलरी क्लिन्टनले जित्ने भनी देखाइएका मत सर्वेक्षणलाई चुनौति दिएका थिए । आफ्नो जितले राजनीतिक संस्थापनलाई धक्का दिने उनले निरन्तर बताउँदै आए । मतदानको दिन नजिकिँदै गर्दा धेरै जानकार र पण्डितहरुले भन्दै आएको भन्दा विपरीत हुन गयो । उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको इमेल प्रयोगबारे संघीय जाँझ ब्यूरोको अनुसन्धानबारे पटकपटक उब्जिएको विवादले ट्रम्पको चुनावी अभियानलाई मद्दत पुर्याएको थियो । उनको शानदार जितले निम्त्याएको आश्चर्यलाई सबै अमेरिकिले विस्तारै ग्रहण गर्दै गर्दा उनका समर्थकहरुले भने उनलाई राष्ट्रपति कार्यालयमा देख्ने अवसार पाए, जहाँ उनी र राष्ट्रपति ओबामाले चुनावको दुई दिनपछि सत्ता हस्तान्तरणबारे वार्ता गरे । उनी अमेरिकाको पहिलो त्यस्ता राष्ट्रपति हुन्, जसले पहिला न कुनै निर्वाचित पद ग्रहण गरेका थिए न सेनामा नै सेवा गरेका थिए । यसको अर्थ हो, उनले सन् २०१७ को जनवरी २० मा अमेरिकाको ४५ औं राष्ट्रपति हुनु पहिला नै इतिहास बनाइसकेका छन् । बीबीसी नेपालीबाट

सुन तस्करका अनेकौं काईदा, पत्यार नै नलाग्ने तस्वीरहरु

दर्जनौं सुरक्षा घेरा पार गरेर एयरपोर्टबाट सुन बाहिरिएपछि यसले ठूलो चर्चा पायो । विमानस्थलबाहेक अन्य नाकामा समेत यदाकदा सुन समातिएपछि तस्करहरुले कसरी यति ठूलो मात्रामा सून लुकाउन सक्छन् भन्ने जिज्ञासा सबैको मनमा पलाएको हुन्छ । प्रहरी प्रशासन र विमानस्थल या भन्सार कर्मचारीको मिलेमतो सुन तस्करीमा नयाँ होइन । तर तस्करहरुले समेत नयाँ नयाँ तरिका खोजेकै हुन्छन् । अपत्यारिलो तरिकाले सुन लुकाउन खप्पिस हुन्छन् उनीहरु । यहाँ हामीले यस्तै बिभिन्न घटनामा तस्करहरुले कसरी सुन लुकाएका अपत्यारिला तस्वीर राखेका छौं ।   Gold Trafficking (चप्पलकाे साेलिभत्र लुकाइएकाे सुन) smugglers Gold Trafficking (व्हिल चेयरिभत्र लुकाइएकाे सुन) (बै‌ककबाट महिलाकाे चप्पलभित्र लुकाइएकाे सुन केही समयअघि नयाँ दिल्ली विमानस्थलमा पक्राउ गरिएकाे थियाे । ) Gold Trafficking (गुद्वारभित्र समेत सुन लुकाएर ल्याएका कतिपय घटना भेटिन्छन् । ) Gold Trafficking (अाइरनभित्र पनि सुन लुकाउन छाेडदैनन तस्करहरु) Gold Trafficking (Gold Trafficking) Gold trafficking in Bra Gold Trafficking inside bag wheel Gold Trafficking inside chocklagte Gold Trafficking inside rode Gold Trafficking            

आठ जनाको हातमा संसारको आधा सम्पत्ति, गरीब झनै गरीब हुँदै

साँझ बिहान ‘के खाऔं, के लाऔं’ भन्ने समस्याले आक्रान्त छन् संसारका करोडौ जनता । गरिबहरुको अवस्था झनै दयनीय भएको छ तर यसै संसारमा औलामा गन्न सकिने केही धनीहरुको हातमा भने संसारको आधाभन्दा बढी सम्पत्ति रहेको छ । हालै मात्र सार्वजनिक भएको एक अध्ययनले संसारमा धनी र गरिबबीचको खाडल बढ्दै गएको र केही सीमित व्यक्तिहरुको हातमा मात्रै सम्पत्ति थुप्रिएको तथ्य सार्वजनिक गरेको छ । विश्व आर्थिक मञ्चको वार्षिक वैठकअघि ‘अक्सफाम’ले सार्वजनिक गरेको प्रतिवेदनमा संसारका आधा जनसंख्यासँग भएको सम्पत्तिभन्दा ८ जना धनी व्यक्तिहरुको सम्पत्ति बढी रहेको अध्ययनमा उल्लेख छ । यी धनीहरुमा ६ जना अमेरिकाका रहेको र स्पेन र मेक्सिकोका एक एक जना गरी आठ जना रहेका छन् । अक्सपामले फोब्र्सको धनी व्यक्तिहरुको सूचीका आधारमा यी आठ जना धनी व्यक्तिहरुसँग संसारका आधा जनसंख्यासँग भएको सम्पत्तिभन्दा बढी सम्पत्ति रहेको जनाएको छ । वर्ष २०१६ मा फोब्र्सको सूचिमा बिल गेट्स, अमान्सिया ओर्टेगा, वारेन बफेट, जेफ बेजोज, चाल्र्स कोच, डेभिड कोच, कार्लोस स्लिम, मार्क जुकरबर्गलगायत संसारका मुख्य धनी व्यक्तिका रुपमा गणना गरिएका थिए । “An economy for the 99 percent” शीर्षकमा अक्सफामले विश्वमा बढ्दै गएको गरिवी र असमानताको विस्तृत विवेचना गरेको हो । खास गरी पश्चिम पूँजीवाद (क्रोली क्यापिटलिजम्), राजनीतिक द्वन्द्व, धनीहरुको स्वार्थमा बन्ने विश्वनीतिहरु यसका लागि मुख्य जिम्मेवारी रहेको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा पछिल्ला वर्षहरुमा गरिवहरुको आम्दानी वर्षमा तीन डलरले बढेको छ भने धनीहरुको आम्दानी भने १८२ गुणाले बढेको छ । यसैगरी आगामी २० वर्षमा संसारका सीमित मानिसहरुसँग २.१ त्रिलियन बराबरको सम्पत्ति थुप्रिने अध्ययनले देखाएको छ । अध्ययनमा छिमेकी भारतमा मात्रै १ प्रतिशत धनीहरुले कुल सम्पत्तिको ५८ प्रतिशत ओगटेको जनाइएको छ । धनी र गरीबबीचको असमानताको सबैभन्दा ठूलो मार मजदूर, किसान र महिलाहरुले खेप्नु परेको छ । संसारमा महिलामाथि हुने हिंसा, बेचबिखन र आर्थिक क्षेत्रमा लैंगिक विभेद झनै चर्केर गएको छ । नाफाका लागि करका दायरा पूँजिपतिहरुको पक्षमा गरिनु, राष्ट्र राज्यहरुमा मजदूरविरोधी श्रम ऐन लागु हुनु, कर्पोरेट स्वार्थमा विश्वका सरकारहरुले निर्णय गर्नु र पछिल्लो चरणमा बे्रक्जिटदेखि डोनाल्ड ट्रम्पको अन्ध राष्ट्रवाद र नश्लवादले विश्वमा प्रभुत्व कायम गर्नुले स्थिति भयावह भएको अक्सफामको ठहर छ । यो अवस्थाले धनीहरुको धनसम्पत्ति बढ्दै गएको रिपोर्टमा उल्लेख छ । धनीहरुले कर छलेर राजनीतिलाई नै किन्ने गरेको रिपोर्टमा उल्लेख छ । यसका लाग उनीहरुले पनामा पेपरदेखि स्थानीय राजनीतिलाई नै किन्ने गर्दछन् । अझ कतिपय देशहरुले आफ्नो सार्वभौमसत्तालाई नै दाउमा राखेर यी धनीहरुलाई आफ्नो देशमा लगानीका लागि आमन्त्रण गर्छन् । यसले गर्दा उनीहरुले कर छल्ने, गलत तथ्यांक प्रस्तुत गर्ने र पैसा तिरेर नागरिकता समेत किन्ने गरेको रिपोर्टमा उल्लेख छ । यस्ता धनीहरुले देशहरुको राजनीतिलाई प्रभावमा पार्ने, आफ्नो हित अनुरुपका आर्थिक र वित्तिय नीतिहरु लागु गराउने, कर तिर्न नपर्ने अवस्था सिर्जना गर्ने र अधिकतम नाफाका लागि जे पनि गर्ने गरेको रिपोर्टले जनाएको छ ।

गिटी कुटेर दैनिकी चलाउँदै पूर्वमाओवादी लडाकु

बैतडी, माघ ३ । कुनै वेला देश परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएका माओवादी लडाकु अहिले गिटी कुटेर छाक टार्दै छन् भन्दा पत्याउनै गाह्रो होला । तर, बैतडीकी भगवती सार्की सुशीलाको दैनिकी यसैगरी चलिरहेको छ । सेना समायोजनाका क्रममा अयोग्य ठहरिएपछि भगवतीले बिहान बेलुकाको छाक टार्न पनि गिटी कुट्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘कमाइ गर्न खेतबारी छैन, अरू काम खोज्दा पाइएन,’ । बैतडीको सित्तड गाविस माइती भएकी सुशीला विवाहपछि बैतडीकै दशरथ चन्द नगरपालिका–१ बाडीलेकमा बस्दै आएकी छिन् । खानलगाउन समस्या भएपछि भगवतीकाका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७औँ डिभिजनमा कार्यरत भगवतीले घर फर्कने वेला एक पैसा पनि नपाएको दुखेसो गरिन् । उनले माओवादी नेताका मीठा भाषण सुनेर युद्धमा लागेको बताइन् । तर, अहिले युद्धपीडित बनेको गुनासो गरिन् । छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ । तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैैसा उनीसँग छैन । ‘समाज र देश बदल्न क्रान्तिमा हिँडियो । व्यवस्था फेरिएर गणतन्त्र आयो तर लडाकुलाई अयोग्य भनेर घर पठाए । हाम्रो अवस्थाबारे पार्टी र राज्यले ध्यानै दिएनन्,’ भगवतीले भनिन् । व्यवस्था फेरियो, तर हाम्रो दुःख फेरिएन कुनै वेला ज्यानको बाजी थापेर सुरक्षा गरेका नेताले अहिले भेट्दा पनि नचिनेझैँ गर्ने उनले बताइन् । उनले भनिन्, ‘ज्यानको बाजी थापेर हामीले नेताको सुरक्षा गर्‍यौँ, अहिले तिनै नेताले हामीलाई चिन्दैनन्, व्यवस्था फेरियो, तर हाम्रो दुःख फेरिएन ।’ उनले पैसा अभावमा चार वर्षीया छोरीलाई स्कुल पठाउन पनि नसकेको बताइन् । छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ । तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैैसा उनीसँग छैन । ब्यारेकबाट घर फर्कने वेलामा उनका सबै कागजपत्र कमान्डरले राखेको उनले बताइन् । ‘केही पाइने भए खबर गरौला भन्थे, तर अहिलेसम्म कुनै खबर आएन् ।’ उनले भनिन्, ‘बैतडी फर्केपछि पार्टी कार्यालयमा गएर बुझ्दा कसैले मतलबै गरेनन् ।’ उनले शान्ति प्रक्रियापछि नेताहरूले घरघरेडी जोडेको तर यहाँसम्म पुर्‍याउन भर्‍याङ बनेका लडाकुलाई बेवास्ता गरेको बताइन् । ‘यस्तो जीवन भोग्नु रै’छ, सहिद भएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन् । नेता मन्त्री बने, हामी अयोग्य ठहरियौँ बैतडीको सित्तड गाविसबाट पुरचौडीहाट हुँदै कैलालीको तालबन्द र बाँके, बर्दियासम्म पार्टीको काममा पुगेकी भगवती अहिले बाडीलेकको सानो घरमा कैदी जस्तै भएकी छिन् । ‘पढ्ने उमेरमा युद्धमा लागियो, के–के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नु रहेछ,’ भगवतीले भनिन् ‘युद्ध लडेर सुरक्षा घेरामा बचाएका नेता देशको मन्त्री र प्रधानमन्त्री भए । तर, उनीहरूलाई बचाउने हामी अयोग्यको ‘ट्याग’ बोकेर घर फर्कियौँ ।’ उनले घर फर्किने वेलामा लडाकुलाई राज्य र पार्टीले राम्रो शब्दसम्म दिन नसकेको बताइन् । ‘हाम्रै बलमा सत्तामा पुगेकालाई कुनै वास्ता छैन्, अरूबाट के आशा गर्ने ?’ भगवतीको यो प्रश्न बहिर्गमित जनमुक्ति सेनाका सुप्रिम कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग थियो । नयाँ पत्रिकाबाट साभार तस्वीरः मिलनप्रकाश ढुंगाल

पुननिर्माणः बने नक्सा, गरियो शिलान्यास, काम कछुवाको गतिमा

काठमाडौँ, माघ २ गते । यतिबेला १९९० साल माघ २ गते गएको महाभूकम्पको त्रासदी भोग्ने थोरै नेपाली मात्र जीवित छन् । बाँकीले त्यो त्रासदीपूर्ण दिनको इतिहास पढेका वा सुनेका मात्रै छन् । त्यही इतिहास स्मरण गराउन र नेपालीलाई भूकम्पबारे सचेत गराउन सरकारले केही वर्षदेखि हरेक वर्ष माघ २ गते भूकम्प दिवस मनाउँदै आएको छ । दिवस मनाउने काममा विशेषगरी गैरसरकारी संस्था सक्रिय देखिन्छन् र गृह मन्त्रालयले केही औपचारिक कार्यक्रम पनि गर्दै आएको छ । गतवर्षको विनाशकारी भूकम्पबाट क्षति पुगेका १४ जिल्लाका पाँच लाख ४७ हजार २२९ जनासँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको छ । यीमध्ये चार लाख ७३ हजार ५५५ जनाले पहिलो किस्ताबापतको अनुदान पाइसकेका छन् । वि.सं. २०७२ को गोरखा भूकम्पपछि तत्कालीन सरकारले यो दिन अझ विशेष बनाउने निर्णय ग¥यो तर यो दिवस ठोस काम गरेरभन्दा तामझाममा नै बित्यो । सोही दिवस पारेर राष्ट्रप्रमुखबाट शिलान्यास र उद्घाटन भएका कार्यक्रमले एक वर्षमा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेन । रोकियो रानीपोखरी पुनर्निर्माण गतवर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गर्नुभएको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ । काठमाडौँ महानगरपालिकाले निर्माणको ठेक्का दिएको कम्पनीले पुरातात्विक सम्पदा पुनर्निर्माणको मापदण्ड पूरा नगरेको भन्दै निर्माणमा रोक लगाएपछि अलपत्र परेको हो । विभिन्न विवादका कारण उक्त सम्पदा पुनः पुरातत्व विभाग आफँैले पुनर्निर्माण गर्ने निर्णय गरेको छ तर एउटा कम्पनीलाई ठेक्कामा दिएर डेढ करोड रुपियाँ खर्च भइसकेको उक्त सम्पदा पुरातत्व विभागले जिम्मा लिए पनि प्रक्रियागत ढिलासुस्ती र बजेट निकासा हुन नसक्दा निर्माणको काम अगाडि बढ्न सकेको छैन । गत बिहीबारमात्र उक्त सम्पदाको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट एक करोड रुपियाँ निकासा भएको जानकारी दिँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अब छिट्टै परम्परागत प्रविधिबाटै उक्त सम्पदाको पुनर्निर्माण थालिने बताउनुभयो । उक्त मन्दिरको जग सुरक्षित रहे नरहेको अध्ययन गरी सरोकारवाला सबैसँग छलफल गरेर मन्दिरको डिजाइनबारे निर्णय गरिने उहाँको भनाइ छ । रानीपोखरीको मन्दिरबाहेक पोखरी परिसरको निर्माणको जिम्मा महानगरपालिकाले लिएको छ तर त्यसमा पनि ठोस काम सुरु भएको छैन । बुङ्मतीमा सुस्त गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गर्नुभयो । त्यसबेला बस्तीको प्रवेशद्वारमा यूएन ह्याविट्याटले राखिदिएको बृहत् गुरुयोजनाको फ्लेक्स बोर्ड अहिले फाटिसकेको छ । बस्ती विकासको ठोस काम भने अझै भएको छैन । श्रीलङ्काली सरकारको सहयोगमा बुङ्मतीमा नै रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण भने सुरु भएको छ । मन्दिर पुनर्निर्माण गर्दा पनि ठेकेदारले हेलचेक्र्याइँ गरेको भन्दै स्थानीयवासीले विरोध जनाएपछि मन्दिरको जग पुनः सच्याइएको स्थानीय बस्तराज शाक्य बताउनुहुन्छ । आफ्नो घरको आँगनमा नै भएको मन्दिरको जग निर्माणमा नै गल्ती भएपछि स्थानीयवासीको दबाबमा सुधार गरेपछि मात्र आफू निदाउन सकेको बताउने ७६ वर्षीय शाक्यको आफ्नै घर भने कहिले बन्ने अत्तोपत्तो छैन । भूकम्पका कारण भत्किएको घरको तल्लो तलामात्र बाँकी राखेर सोही घरमा बस्दै आउनुभएका शाक्य स्थान अभावका कारण आफ्ना परिवार टोल बाहिरको अस्थायी टहरोमा बस्दै आएको बताउनुहुन्छ । सोही टोलका विष्णुप्रसाद शाक्य पनि घर कसरी बनाउने भन्ने अन्योलमा रहेको बताउनुहुन्छ । जम्मा तीन पैसा क्षेत्रफलमा रहेको घर अबको सरकारी मापदण्ड अनुसार नबन्ने भएपछि अन्योलमा परेको बताउनुहुन्छ । सरकारले सुझाएको १७ वटा डिजाइनमध्ये उहाँका लागि कुनै पनि डिजाइन उपयुक्त सावित हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभागले त्यस्ता बस्तीका लागि थप डिजाइन ल्याउने भने पनि त्यो अझैसम्म आउन सकेको छैन । मापदण्डमा अलमल ऐतिहासिक सम्पदा क्षेत्रमा आवास निर्माणको मापदण्ड कस्तो हुने भन्ने निर्णय सरकारले हालसम्म नगरेका कारण बुङ्मती मात्र होइन, साँखु, टोखा, सिद्धिपुर जस्ता पुराना बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ । अन्यत्रका लागि बनाइएको मापदण्ड पुराना र मौलिक संस्कृति बोकेका बस्तीमा लागू हुनसक्ने अवस्था नरहेको यूनएन ह्याविट्याटका प्रोग्राम म्यानेजर पीएस जोशी बताउनुहुन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने त्यस विषयमा सहरी विकास तथा भवन निर्माण विभागले अध्ययन गरिरहेको बताउँदै आएको छ । त्यस्तै आवास पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने सहुलियत ब्याजदरको ऋण लिन पनि बैङ्कले तोक्ने मापदण्ड पूरा गरेर भूकम्पपीडितले उपयोग गर्नसक्ने अवस्था छैन । त्यसका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने उहाँको भनाइ छ । बुङ्मती गुरुयोजना अन्तर्गतको सार्वजनिक स्थल मच्छिन्द्र बहाल र देपुखु क्षेत्र वरपर सुधारको काम भने भइरहेको छ । मच्छिन्द्रनाथ मन्दिरसँगै रहेको मनकामनाको मन्दिरको निर्माण कार्य भने चलिरहेको छ । कार्यविनायक नगरपालिकामा पर्ने यो बस्तीमा गोरखा भूकम्पले ९५५ घरमा पूर्ण क्षति र ३७७ घरमा आंशिक क्षति पु¥याएको प्रारम्भिक तथ्याङ्क रहे पनि विस्तृत सर्वेक्षणपछि भने ७६५ जना लाभग्राहीको सूचीमा परेका छन् । तीमध्ये शनिबारसम्ममा ३६७ जनाभन्दा बढीसँग निजी आवास निर्माणका लागि अनुदान सम्झौता भएको वडासचिव मीना महर्जनले बताउनुभयो । सोही बस्तीसँगै रहेको खोकनाका भूकम्पपीडित भने झन् ठूलो पीडामा छन् । उनीहरूको बस्तीमा अहिलेसम्म नापनक्सा नै नभएकाले कसैले पनि अनुदान सम्झौता गर्न पाएका छैनन् । कार्यविनायक नगरपालिकाका वडा नम्बर ६, ७, ८ र ९ समेटेको खोकनामा भूकम्पका कारण ७५४ घरमा पूर्ण क्षति भएको वडासचिव गङ्गालाल डङ्गोलले बताउनुभयो । धरहराका लागि ११ करोड सङ्कलन तत्कालीन प्रधानमन्त्री ओलीले नै आफ्नो एक महिनाको तलब हालेर ‘मै बनाउँछु मेरो धरहरा’ अभियान थालेको पनि एक वर्ष भएको छ । उक्त अभियानका लागि प्राधिकरणले खोलेको बैङ्क खातामा करिब ११ करोड रुपियाँ मात्रै जम्मा भएको प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति पु¥याएको धरहराको ठूटो भागलाई संरक्षण गर्दै गोश्वारा हुलाक कार्यालय, सुन्धारा टक्सार विभागको जग्गासमेत समेटेर करिब ४२ रोपनी क्षेत्रफलमा अन्डरग्राउन्ड पार्किङसहित अत्याधुनिक सुविधासम्पन्न पार्क र टावर बनाउने योजना पुरातत्वले अगाडि सारेको छ । त्यसका लागि केज एन्ड कन्सल्टेन्ट कम्पनीले प्रारम्भिक डिजाइन तयार गरेर सार्वजनिक गरेको थियो । धरहरा निर्माणका लागि नेपाल टेलिकमले सहयोग गर्ने बताउँदै आएको छ तर हालसम्म ठोस काम अगाडि बढेको छैन । पुरातत्व विभागले भने त्यसका लागि ४२ रोपनी क्षेत्रफल नै समेटेर विस्तृत ल्यान्डस्केप डिजाइन बनाउने काम भइरहेको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुनभित्र संशोधनसहितको डिजाइन स्वीकृत गर्ने र नेपाल टेलिकमसँग सम्झौताका लागि प्रक्रिया थाल्न निर्देशन दिनुभएको प्राधिकरणले जनाएको छ । गोर्खापत्र दैनिकमा राधा चालिसेको रिपोर्ट

चन्द्रागिरि डाँडामा गगनले नभेटेका आफ्ना ज्वाइँ

  काठमाडौं भ्याली, आहा…! छर्लङ्गै देखिने । यस्तो ठाउँ कहाँ होला ? यतिबेलाका पुस्तालाई सहज छ, चन्द्रागिरि । आधुनिकतासँग जोडिएको स्मार्ट हाते फोन, जहाँबाट ‘क्लिक सेल्फी’ । पछाडीको दृष्य काठमाडौं सहर । दसैंताका धेरै जसो सामाजिक सञ्जालका वालहरुमा यस्तै तस्वीरहरु सजिए । ‘दसैंमा जमरा, टिका नलगाएको र चन्द्रागिरी केबुलकार चढेको फोटो नराखिए, समाजमा गणना भइन्नँ कि भन्ने पीर भयो’, बग्रेल्ती यस्तो कमेन्ट त्यही तस्वीरहरुसँग सम्बन्धित भएर समाजिक सञ्जालमा देखिए । चन्द्रागिरि डाँडा उपत्यकाबाट देखिने नजिकको पहाड हो । जसले उपत्यकाका तीन जिल्ला छर्लङ्गै देखिन्छ । र, उपत्यका जुन ठाउँबाट अजंगको पहाड उभिएको छ, चन्द्रागिरि । चन्द्रागिरि बन्दीगृहबाट देखिन्थ्यो र, कवि कृष्ण सेन ‘इच्छुक’ले लेखेका छन्– प्रिय चन्द्रागिरि बन्दी जीवनको पीडा र विषादमय घडीमा तिम्रो आत्मीय उपस्थिति मलाई मध्यान्हको चर्को गर्मीमा डाँडाको शीतल चौतारीजस्तै भएको छ । तिम्रो एक झलक मीठो मुस्कान मरुभूमिको थकित पथिकलाई मनको तृष्ण मेटाउने मनोरम हरियाली जस्तै भएको छ । …. चन्द्रागिरिको केबुलकार दसैंताका अनौपचारिक रुपमा सञ्चालनमा आयो । त्यसपछि घुमफिरमा मजाक लिने पुस्ता त्यहाँ पुग्यो । प्रौढ, युवा, केटाकेटी, जोडी, साथीसँगी, नेता, नेतृ चन्द्रागिरिको चुचुरोमा पुगे ‘फोटो सेशन’ गरे । त्यससँगै खाद्य वस्तुमा मंहगी र सार्वजनिक जग्गा हडपेका ठूला समाचार बने । चन्द्रागिरिमा केबुलकारको चर्चा यतिले मात्रै पुगेन । उद्घाटनमा रमेका सञ्चालक, अतिथि, सञ्चारकर्मीहरु ‘चन्द्रागिरिमा केबुलकार’ उधुमै विकास भनेर व्याख्या गर्न र भाषण गर्नमा तल्लिन थिए । ती पात्रको मनमा भने बेला–बेला भक्कानो फुट्थ्यो । गत मंसिर ३० गते चन्द्रागिरिको औपचारिक उद्घाटन तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे । उद्घाटन समारोह, सररर केबुलकारमा । को–को गए, को–को डाँडामा पुगे त्यसको लामै नामावली छ । तर, त्यसमा निम्त्याएका एक पात्र थिए । जो गुमनाम बसिरहे । मुसमुस हाँसि रहने, शालिन, पातलो शरिर, ठिङ्ग चन्द्रागिरि डाँडामा उभिए । त्यहीं पात्रले यता उता हेर्यो । चियायो । अहँ चित्त बुझेन । दुनियाँका बीच केही भन्ने कुरा पनि भएन । उद्घाटनमा रमेका सञ्चालक, अतिथि, सञ्चारकर्मीहरु ‘चन्द्रागिरिमा केबुलकार’ उधुमै विकास भनेर व्याख्या गर्न र भाषण गर्नमा तल्लिन थिए । ती पात्रको मनमा भने बेला–बेला भक्कानो फुट्थ्यो । ‘हो, आखिर जिन्दगी न हो । किन दुनियाँको अगाडी ओकल्ने यी पीडाको क्षण’, मन बाँध्दै ती पात्रले बेलाबेला आँखामा पिलपिलिएका आँशु चिसोको निहुँ पारेर रुमाल झिक्दै पुछ्दै गरे । ‘मेरो परिवारको भावना जोडिएको छ चन्द्रागिरिमा । बहिनी गइनन् । म केही सञ्चालकहरुको कहरमा मन बाँधेर उक्लिएँ । जान मन थिएन । जहाँ पुग्दा मनले ज्वाइँ खोजि रह्यो । आखिरी यथार्थ सिन्दुरबिनाकी बहिनी हुन । ज्वाइँको सपना हो । उनले यो जुनीमा देख्न पाएनन् । साँच्चै भगवान छन भने ज्वाइँले आफ्नो सपना अर्को जुनीमा देख्न पाउनु हुनेछ’, चन्द्रागिरि केबलकारमा जोडिएको भावना पोखे गगन विष्टले । …. चन्द्रागिरिसँग किन जोडिन्छन यस्ता पारिवारिक भावना र पीडाका क्षण ? कथा सुरु हुन्छ गगन विष्टको । प्रेस चौतारी, नेपालका पूर्व अध्यक्ष सञ्चारकर्मी । दाइ एमालेको राजनीतिबाट शिखर चुम्दै । भाइ उनकै अनुयायीमा हिँडिरहेका । त्यो कालो दिनसँग उनको चन्द्रागिरि केबलकारसँग जोडिन्छ । दुई भाइको गाउँमा चटारो थियो बुवाको चौरासी पुजा सुरु गर्न । २०७० बैशाख १० गते घरपरिवार गाउँमा जम्मा हुने एउटा उल्लासमय दिन थियो । अचानक अकल्पनीय खबर । पाल्पामा गाडी दुर्घटना । जुन दुघर्टनाबाट गगनकी पत्नी लता, ज्वाइँ ज्ञानबहादुर र रामबहादुर, भान्जी आस्था जिसीले ज्यान गुमाउनु पर्यो । बहिनी उमा, छोरा सिद्धान्त र भान्जा आदर्श बँचे । त्यहीँ जोडिन्छ गगनका ज्वाइँ ज्ञानबहादुर र चन्द्रागिरि केबलकारको सम्बन्ध । अझै दुखद क्षण, छोराछोरी ज्वाईँमाथिको पीडा, बुवाको ६ महिनापछि निधन । ‘चन्द्रागिरिमा जसरी केबलकार चलेको छ । त्यो बेला कसले सोंचेको थियो काठमाडौंका डाँडामा केबलकार सररर भनेर ? त्यो सपना देख्ने मेरा ज्वाइँ ज्ञानबहादुर हुन’, विष्टले एभरेष्टदैनिकसँग भने । २०५६ को संसदीय चुनावमा थोरैले गर्धन छिन्नबाट बाँचे गगन । गर्धन त बच्यो, हात भने दुई टुक्रा परिदिए विरोधीले । यस्ता घट्नाबाट जीवनमा हरेस खाएनन् गगनले । उद्घाटनको बेला मनमा खेलेका कुरा गगनले फुकाउँदै भने– ‘चन्द्रागिरि डाँडामा म केबलकारबाटै उक्ले ज्वाइँ । तपाईंलाई वरीपरी खोज्ने प्रयास गरें, देखिनँ । मन बाँधेर कतै राखेका छन् कि भनेर खोज्न हजार पटक आँखा झिम्काएर हेर्दा पनि तपाईंलाई देखिनँ ।’ उसै त शालिन स्वभावका गगन । त्यसमाथि श्रीमती लता, ज्वाइँहरु, भाञ्जीको मृत्युको घट्ना चन्द्रागिरि डाँडा उक्लिँदाको क्षण सम्झेर गगन भावुक बन्दै गए । ‘ज्वाइँ राम्रो चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्थ्यो । राष्ट्र बैंकको जागिर छोडेर आफूले देखेको सपना चन्द्रागिरिमा केबुलकार सरर गराउने सबै प्रोजेक्ट तयार पार्नुभयो । आखिर देख्नु पाउनु भएन । अहिले जे जति अर्को कम्पनीको चर्चा चलिरहँदा बहिनी उमाले जम्मा ६० लाख रुपैयाँ बराबरको शेयर पाएकी छिन भन्ने सुनेको छु । जबकि त्यही प्रोजेक्ट ज्वाइँले तयार पार्दा साढे ३ अर्ब रुपैयाँ बराबरको थियो’, गगनले सुनाए । …. मृत्युलाई नजिकबाट जितेका व्यक्ति हुन गगन । २०५६ को संसदीय चुनावमा थोरैले गर्धन छिन्नबाट बाँचे गगन । गर्धन त बच्यो, हात भने दुई टुक्रा परिदिए विरोधीले । यस्ता घट्नाबाट जीवनमा हरेस खाएनन् गगनले । उनले भने– ‘म मृत्युलाई नजिकबाट हेरिसकेको मान्छे हुँ । मृत्यु सत्य हो । तर, मृत्यु मेरो परिवारमा पर्यो, जसले यस्ता सपना देखेका थिए, उनले भोग गर्न नपाउँदा जीवनको अनुभूति नै भिन्न हुँदो रहेछ ।’ मृत्युको परिभाषालाई थप प्रष्टाउँदै गगनले मलिन स्वरमा भने– “भन्छन नि ‘मृत्यु कसैको सिमलको भुवा जस्ता, कसैको अजम्बरी पहाड जस्तो’ । आखिर ज्वाइँले सिंगापुर पुगेर केबलकार चन्द्रागिरिमा उचित छ कि छैन भनेर ‘भिजिबिलिटी’ देखाएर सम्भाव्यता खोज्नु भयो । १८ घन्टा काम गरेर प्रोजेक्ट सफल पार्ने योजना बुन्नु भयो । सफल भयो प्रोजेक्ट ।” ‘अहिले मेरो ज्वाइँ हुनुहुन्न । ज्वाइँको मृत्यु सिमलको भुवा जस्तो भन्न पनि मन मान्दैन, अजम्बरीको पहाड जस्तो भनौं भने त्यही चन्द्रागिरिको पहाडले बिर्सिसकेको छ । एउटा कालिगढले लुगा सिलाई सकेपछि ऐनामा हेर्नुस् त कति चिटिक्क परेको भन्ने तर, उसले लगाउन पाउँदैन । त्यस्तै भयो मेरो ज्वाइँको सपना ।’ त्यही अनुभूति गरी प्रत्येक गोधुली साँझ चन्द्रागिरि डाँडामा डुब्न लाग्दाको घामको राता किरणमा मेरो ज्वाइँ खोजिरहन्छु,’ गगनले भने– ‘यो मेरो कसैसँग गुनासो होइन । तै पनि गहिरो पारिवारिक पीडाभित्रको अनुभूति कसलाई चिरेर देखाउँ ।’