सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी – ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । ‘बावु राजा भएकोले छोरो पनि राजै’ हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्रै हेक्का थियो । मोहन बहादुर सिंहले धानेको विद्यालयको मूल्य मान्यता र शैक्षिक विरासतलाई सके फड्को मार्ने नसके आँच आउन नदिनु नै ८ बर्ष अघि त्यो कुर्चिमा बस्दै गरेका टेकबहादुरले मुख्य काम ठानेका थिए ।

२०६५ सालमा आफ्ना बुवा ३० बर्ष सम्म बसेको हेडमाष्टरको कुर्चिमा बस्दै गर्दा खरो उत्रन सकुँला की नसकुँला भन्ने टेकबहादुरको त्यो चुनौती गत भदौ २३ गते यता भने केही कम ठानेका छन् । गत भदौ २३, सेप्टेम्बर ८ अर्थात् ३७ सौं शिक्षा दिवस । सुदुरपश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा शिक्षा मन्त्रालयबाट पुरस्कृत हुँदै गर्दा ‘केही राम्रै गर्न सकेछु की जस्तो लागेको’ उनले बताए ।

काठमाडौंको राष्ट्रिय सभागृहमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा राष्ट्रिय झण्डा सहित रु १ लाख हातमा लिदैं गर्दा उनले आफ्ना सहकर्मी, अभिभावक र विद्यार्थीलाई सम्झेको बताए ।

शिक्षा मन्त्रालयले त ‘कर्मकाण्डि पारामै’ सही कुनै न कुनै विद्यालयलाई त्यो दिन पुरस्कृत गर्नै पर्छ । त्यहि शिलशिला अन्र्तगत ‘सौभाग्यबस’ सुदुरपश्चिमबाट यस बर्ष भगवती मावि परेको हो । भलै मन्त्रालयले विभिन्न मापदण्डका आधारमा छनौट गरेको बताउँछ । सुदुरपश्चिमाञ्चल क्षेत्र भरी रहेका अन्य विद्यालयको त कुरै छाडौं, डोटीमै रहेका ३ सय ४० विद्यालय त्यसमा पनि ८४ वटा माध्यमिक विद्यालय मध्ये भगवती नै किन उत्कृष्ट त ?

टेकबहादुर हेडसरसंग पनि यसको ठ्याक्कै उत्तर चाँही छैन ।

‘विद्यालयका सबै शिक्षक काम र जिम्मेवारीका हिसाबमा हेडसर जस्तै छन्, म पनि अरु शिक्षक जस्तै छु, हाम्रो काम विद्यार्थीलाई सिकाउने हो, त्यो काममा हामी को ठूलो को सानो भन्दैनौं’ आफ्नो विद्यालय उत्कृष्ट हुनाको अड्कल काट्दै हेडसर भन्छन्, ‘विद्यालय राम्रो हुन हेडमाष्टर मात्रै वा कुनै एक शिक्षक मात्रै राम्रो भएर हुँदैन यो त टिम वर्क हो, हेडसर खराव छ, कुरा मात्रै गर्छ काम गर्दैन भन्ने गरी गुनासो गर्ने मौका नै दिएको छैन ।’

प्रभात उच्च मावि देहमाण्डुबाट २०५७ सालमा निमावि शिक्षकका रुपमा शिक्षण पेशामा छिरेका सिंह २०६३ सालको आन्तरिक आयोगबाट मावि शिक्षक भए । मावि शिक्षक भएको एक महिना रघुनाथ उच्च मावि तिलौरीमा पढाए पनि त्यस यता घरपायक तलारा सरुवा मिलाएका हुन् उनले ।

आफू सात कक्षा सम्म पढेको र आफ्नै पिताजीले लामो समय नेतृत्व दिएको विद्यालयमा शिक्षकका रुपमा २ बर्ष विताएका सिंहलाई अभिभावक र शिक्षकले हेडमाष्टरनै बन्न प्रस्ताव गरे । त्यही बेला हो सिंहलाई विद्यालयले बोकी आएको  मूल्य मान्यता र शैक्षिक विरासतलाई धान्न सकुँला की नाईँ भन्ने चिन्ताले छोपेको ।

शायद यही चिन्ताले होला, भगवती माविले केही भिन्न विशेषता निर्माण गर्न सफल भएको छ । र यही विशेषताले क्षेत्रकै उत्कृष्ट बन्ने बाटो तय गराएको छ ।

सुदुर पश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायलबाट पाँच घण्टाको पैदल यात्रा पछि पुगिने भगवती माविले गत बर्षको प्रवेशिका परीक्षामा सहभागि गराएका ४९ जना मध्ये एक जना ए प्लस र बाँकी कसैले पनि सी ग्रेड भन्दा तल्लो ग्रेड हासिल गर्नु परेन ।

शिक्षकहरु विच निरन्तर विद्यालयको शैक्षिक सफलताबारे छलफल गर्ने, अनुभवहरु साटासाट गर्ने, अभिभावक र शिक्षकको समन्वयात्मक सम्बन्ध विकास विद्यालयले शुरु गरेका नौला अभ्यास हुन् । हरेक दिन विद्यालय समाप्ति पछी शिक्षकहरु सो दिनको उपलब्धि र भोलीको योजनाबारे छलफल गर्छन् । धेरै विद्यार्थी अनुतिर्ण हुने विषयका शिक्षकलाइ थप पारिश्रमिक मात्रै हैन अन्य शिक्षकहरुले सघाउने चलन पनि विद्यालयमा विकास गरिएको छ । हेडसर सहित छात्रावासमै बस्ने १२ जना शिक्षकले विद्यालय समय भन्दा अन्य समयमा पनि पठन पाठन र अतिरिक्त कृयाकलाप गराउँदा विद्यार्थीको सिकाई उपलब्धि झन् विस्तार भएको छ । पढाउने तरिका, मूल्यांकन सिप र प्रश्नपत्र निर्माण अनि उत्तर पुस्तिका परिक्षणमा पनि सम्बन्धित शिक्षकहरुसंग अनुभब आदान प्रदान हुन्छ । विद्यालयमा भईरहेका फरक कृयाकलापबाट भएको सुधारले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पनि हौसिएका छन् ।

शिक्षक ले पढाउने मात्र भन्दा पनि विद्यार्थीको मनोभावना बुझेर सहजकर्ताको भूमिकामा प्रस्तुत हुदाँ जस्तो सुकै शैक्षिक प्रगति पनि सम्भब रहेछ भन्ने निचोडमा पुगेको हेडसरका कुराले व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर सिंह दंग छन् ।

‘सबै शिक्षकलाई मिलाएर अघि बढ्न सक्ने हेडसर भएमा जस्तो सुकै शैक्षिक सफलता पनि असम्भव छैन भन्ने कुरा हाम्रो विद्यालयमा प्रमाणित भएको छ’ उनले भने, ‘विद्यालय राम्रो बनाउन व्यवस्थापन समितिका पदाधिकारीको पनि शिक्षक जत्तिकै भूमिका हुँदो रहेछ ।’ शैक्षिक सुधारको बिषयमा प्रत्येक हप्ता विद्यालयमा हुने अन्तरक्रियामा सहभागि हुन थालेपछि उनले यो कुरा बुझेका हुन् ।

दश बर्ष निजी श्रोतमा अध्यापन गराई आयोगमा सफल भएर डोटीकै सिलगढी स्थित पप मा.वि. मा अध्यापन गराई रहेका केशबराज ओझा भगवती मा.वि.मै सिकेको पढाउने तरिकाले अहिले सजिलो भएको बताउँछन् । भगवती माविबाट एस.एल सी .उत्तीर्ण विद्यार्थी आफ्नो कलेजमा उत्कृष्ट हुने गरेको सुदूरपश्चिमांचल क्याम्पस धनगढीका अध्यक्ष योगेन्द्र बहादुर शाही बताउँछन् । ईमान्दार प्रअको नेतृत्वमा पेशागत मर्यादामा रहने शिक्षकहरुको सहयोग भैदिनाले नै भगवती माविले ठुलो फड्को मारेको उनको निष्कर्ष छ ।

भगवती माविको अभ्यास अन्य विद्यालय र शिक्षकहरुले पनि अनुसरण गर्ने हो भने सामुदायिक शिक्षाको गुणस्तर उकास्न गाह्रो नहुने निष्कर्ष छ भर्खरै जिल्ला शिक्षा अधिकारि भएर आएका अनन्तकुमार पौड्यालको । धनगढी स्थित एक निजी विद्यालयका उत्कृष्ट विद्यार्थी नवीन बोहोरा भगवती माविकै कारण उच्च शिक्षामा चाहेको नतिजा ल्याउन सफल भएको बताउँछन् ।

 हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं ।

०१२ सालमा स्थापना भएको भगवती माविमा अहिले सुदुर पश्चिमाञ्चल क्षेत्रका ९ वटै जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थी मध्ये टाढाका विद्यार्थीका लागि विद्यालयले छात्राबासको ब्यवस्था गरेको छ । २५ जना छात्रा सहित १ सय ८० विद्यार्थी त छात्रावासमै बसेर पठन पाठन गर्छन् । उनीहरु मध्ये प्रावि तहका बाट महिनाको २५ सय, निमाविकाबाट २६ सय र माविकाबाट २७ सय रुपैंया शुल्क लिईन्छ । घरबाटै खाना खाएर आउने तर छात्रावासमा बस्ने विद्यार्थीको संख्या पनि ३५ छ ।

श्रोत जुटाउन सकियो भने भौगोलिकरुपमा विकट भए पनि सामुदायिक विद्यालय सुधारमा अरु केही खाँचो नपर्ने उदाहरण हो यो विद्यालय ।

‘विद्यालयको गुणस्तर वृद्धि गर्न आर्थिक पाटो बलियो हुनै पर्दो रहेछ, आर्थिक रुपमा सम्पन्न भईयो भने योग्य शिक्षक राख्न सकिदोँ रहेछ, यसले सुधार हुँदो रेहछ’ हेडसरको निष्कर्ष छ, ‘दरबन्दी कम छ भनेर बस्नु पनि भएन अनी निजी श्रोतमा राखेका शिक्षकहरुलाई तलब कम दिनु पनि भएन ।’

विद्यालयमा माविमा ३, निमाविमा २ र प्राविमा ४ दरबन्दी छ । एक जना कम्प्युटर शिक्षक सहित विज्ञान, गणित र अँग्रेजीका २–२ जना शिक्षकलाई निजी श्रोतमा राखिएको छ ।

उनीहरुको तलब छात्रावासमा बस्ने विद्यार्थीको शुल्कबाट बचेको रकम, १–८ का लागि एक र माविका लागि प्राप्त अर्को एक प्रति विद्यार्थी शिक्षक कोटाको रकम र स्थानीय सामुदायिक वन, जिविस र गाविसको अनुदान सहयोगले धान्दै आएको सिंह बताउँछन् ।

गत बर्ष मात्रै जिविसको २४ लाख रुपैंया सहयोगमा ६ कोठे विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । उक्त प्रयोगशाला निर्माण गर्दा आवश्यक सामग्री ढुवानी गर्न बाटो समेत निर्माण गरिएको छ ।

‘विद्यालय भन्ने कुरा समाज विकासको आधार पनि हुँदो रहेछ’ हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं ।’

उक्त बाटो निर्माणका लागि सांसद विरबहादुर वलायरले १४ लाख रुपैंया सांसद कोषबाट उपलब्ध गराएको उनले बताए ।

विकास निर्माण र सामाजिक जनचेतना अभिवृद्धिले विद्यालय र समाज विचको अन्नोन्याश्रीत सम्बन्धलाई पुष्टि गरिरहेको ठान्छन् टेकबहादुर सिंह ।

‘गाउँमा जुवा तास खेलिरहेका छन् भने पनि हामी शिक्षकहरु जाँदा हत्तपत्त लुकाउँछन्, यसको मतलव हामीलाई समाजले सम्मान गर्छ त्यो सम्मानलाई हामी कसरी कायम राख्ने भन्ने पनि मुख्य कुरा हो’ उनी भन्छन्, ‘पढाउनु त छँदै छ, शिक्षकको काम भनेको आफू र आफ्नो समाजलाई सुव्यवस्थित राख्नु पनि त हो ।’

पठन पाठनको नियमित कामको अलावा आउँदो बर्ष भौतिक रुपमा पनि विद्यालयलाई सक्षम बनाउने योजना बुनिरहेका छन् हेडसर ।

‘३ सय विद्यार्थी अटाउने छात्रावास निर्माण गर्ने योजना छ’ उनले भने, ‘तलाराको सर हुँ भन्दा जुन गौरव हुन्छ त्यसलाई कायम राख्न बुवाले गर्नु भएको ७५ प्रतिशत काममा मैले २५ प्रतिशत मात्रै थपेको हुँ, यसलाई कायम राख्नु नै मेरो चुनौती हो, थप विस्तार गर्न सकेँ भने त झन् राम्रो ।’

आलेख र तस्वीर एजुखबर अनलाईन (edukhabar)बाट साभार गरिएको 

कसरी बाँचीन यी बृद्दा ६० वर्षसम्म चिया र पानीको भरमा…!

काल नआउँदासम्म कस्को के लाग्छ र ? खान पाएपनि नपाएपनि ! सुन्दा भाग्यवादी लागेपनि भारतको इन्दौरकी एक बृद्दाको जीवन भने यो भनाई जस्तै छ । मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन । मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन ।  सुन्दा अचम्म लागेपनि उनको बानीको असर भने उनको दैनिक जीवनमा परेको छैन । आम मानिसजस्तो खेती किसानीमा जीवन बिताउँछिन् उनी । अहिले पनि उत्तिकै सक्रिय । झन अचम्मको कुरा त के छ भने पेटमा अन्नको एक दाना नगएपनि पाँच बच्चा नौ महिनासम्म पेटमा हुर्काएर स्वस्थ्य बचाउन सफल भइन उनी । अहिले पाँचै सन्तान आफ्नो उद्यम गरेर जीवन चलाइरहेका छन् । सरस्वती बाईको सानै उमेरमा बिहे भयो । त्यो बेलाको भारत, सानै छँदा बिहे बन्धनमा बाँधिइन उनी । त्यही भएर होला, पहिलोपटक गर्भवती हुँदा नै उनी बिरामी परिन् । टाइफाइडले थलिएपछि उनलाई खानाको रुचि नै जागेन । खानामा अरुची बढेपछि उनको आन्द्रा र कलेजो नै सुकेछ । उनले ओखतीमुलो नगरेकी होइनन्, तर जति औषधी गर्दापनि खानामा मन गएन । “खाना सझ्यो कि उल्टी आउने थाल्यो । पछि बिरामी त सन्चो भयो तर खानासँग वितृष्णा नै भयो मेरो । खाना देख्नवित्तिकै मुखमा, पेटमा चिलाएजस्तो हुन्थ्यो ।” उनी भन्छिन् । दोश्रो, तेश्रोपल्ट सुत्केरी हुँदासमेत उनलाई खाना खान मन नलाग्ने भएपछि परिवारलाई चिन्ता लाग्यो । उनका श्रीमानले त्यतिखेरका नाम चलेका डाक्टरकोमा लगे । चार जना डाक्टरले निकै समय दिएर सबैथोक परीक्षण गरे । तर शायद उनको नियती नै खाना नखानु थियो होला, जति कोशिश गर्दापनि खानाप्रति उनको रुचि जागेन । पछि औषधी नै खान छोडिन उनले । भन्छिन, “खानुपर्छ भन्ने लाग्थ्यो, कोशिस पनि गरेँ, डाक्टरले दिएको औषधी भने अनुसार खाएँ पनि । तर जति कोशिस गर्दा पनि भित्र छिर्न सकेन । त्यसपछि पानी र साझ बिहान चिया मात्रै मेरो खाना बन्यो ।” खाना नरुचेपनि आम जीवनका क्रियाकलापमा भने कहिल्यै पनि अरुचि नलागेको सरस्वती बताउँछिन् । उनले अरुजस्तै हाँसिन, खेलिन, दुखसुख झेलिन । ‘अब मेरो बानी पर्यो, यतिका वर्ष भयो । भोज भतेर या जहाँ गएपनि खानामा मनै जान्न । मेरो जिन्दगी पानी हो, चियो हो ।’ उनी भन्छिन् । यतिखेर भने उनको परिवार, आफन्त तथा छरछिमेकीलाई यो कुरा सामान्य लाग्छ । धेरै कोशिश गर्दापनि खानामा मन नगएपछि परिवारले पनि अस्पताल लैजान छोड्यो । सरस्वतीको शरिरमा काम गर्ने जागर अहिले पनि कम भएको छैन् । शरिरमा फूर्ति उस्तै छ । केही समयअघिसम्म खेतमा काम गर्ने, गाई गोठालो जाने, मेलापात जाने गर्थिन् भने अहिले घरमै श्रीमानको सेवा गरिरहेकि छिन् । (नयाँ पत्रिकाबाट साभार गरिएकाे । )

पत्रकार महासंघका पदाधिकारीहरुलाई अर्ध भूमिगत नेता मोहनबिक्रम सिंहको स्वागत

काठमाडौं । अर्धभूमिगत वामपन्थी नेता मोहनबिक्रम सिंहले स्वागतका लागि आमन्त्रण गर्दा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरु छक्क पर्नु स्वभाविकै थियो । तर, मोहनबिक्रम सिंहले साँच्चिकै नव निर्वाचित महासंघका पदाधिकारीहरुलाई स्वागत गर्न आमन्त्रण गरेका थिए । मोहनबिक्रम सिंह, नेपालको कम्युनिष्ट आन्दोलनमा बेग्लै पहिचान राख्छन् । जीवनको लामो कालखण्ड भूमिगत र अर्ध भूमिगत बनेका सिंह अहिले भने सार्वजनिक कार्यक्रममा देखिन्छन् । अध्ययन र लेखनलाई औधी माया गर्ने सिंहले नेपाल पत्रकार महासंघका पदाधिकारीलाई टीका लगाएर स्वागत गरे । साथमा थिए नेता चित्र बहादुर केसी । यसअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेका थिए । महासंघका नव निर्वाचित पदाधिकारीहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेपछि भने कुनै राजनीतिक दलको पार्टी कार्यालयमा स्वागत ग्रहण गर्न नजाने बताएका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन:नारा नयाँ, एजेन्डा पुरानै सुरु

काठमाडौं, भदौ ८ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन  सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बुधबार उद्घाटन गरेको सम्मेलनले संगठनको नयाँ कार्यक्रम, योजना र नेतृत्व चयन गर्ने नेताहरूले बताएका छन्। क्रान्तिकारीले यसपटक पनि मूलतः जनवादी शिक्षा लागू गर्ने, निजी शिक्षा अन्त्य गर्नेदेखि आफ्नै नेताका छोराछोरीसमेत सामुदायिक तथा सरकारी विद्यालयमा पढाउनुपर्नेजस्ता ‘आकर्षक’ मुद्दा अगाडि सारेको छ । नेतृत्व सिर्जनशील नहुँदा विद्यार्थी संगठनले पुरानै एजेन्डा बोकिरहेको क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् । लामो समयदेखि जनवादी शिक्षाको नारा लगाउँदै आएको क्रान्तिकारीले यसपटक नाम परिवर्तन गरी समाजवादी शिक्षा भनेको छ। ‘शिक्षा प्रणालीमै मूल समस्या छ,’ न्यौपानेले नारा फेरिए पनि एजेन्डागत कार्यभार पूरा नभएको तर्फ इंगित गर्दै अन्नपूर्णसँग भने, ‘शिक्षा प्रणालीका सन्दर्भमा व्यावसायिक, वैज्ञानिक, जनवादी, समाजवादी जे–जस्ता नारा दिए पनि कार्यभार टुंगिएको छैन । पार्टीसँग विद्यार्थी आन्दोलनको नारा मिलाउन खोज्दा त्यस्तो देखिएको हो ।’ नारा जे बनाए पनि शिक्षामा ‘दलालीकरण’ झनै बढेको न्यौपाने बताउँछन्। माओवादीको ०६३ सालमा सम्पन्न पाँचौं विस्तारित बैठकमा पार्टी नेतादेखि विद्यार्थी संगठनका नेतासम्मले छोराछोरीलाई निजी विद्यालयमा नपढाउने विषयले प्रवेश पाएको थियो । तर, यसको व्यावहारिक प्रयोग हुन सकेको छैन। माओवादी नेता झनै ‘स्टार स्कुल’ मा छोराछोरी पढाउन थालेका छन्। क्रान्तिकारीका उपाध्यक्ष उत्तम अधिकारी अहिले पार्टीका नेताहरू नै निजी विद्यालय खोल्न हानथाप गर्न थालेको र निजीकरण मौलाउँदै गएको स्विकार्छन् । ‘सार्वजनिक÷सरकारी विद्यालय सुक्दै जान थालेका छन् । नेता आफैँ निजी विद्यालय खोल्न लागिपरेका छन्, यसो हुनुमा उदारीकरण, पुँजीवादको प्रभाव बढी देखिएको छ’, उनले अन्नपूर्णसँग भने। विद्यार्थी संगठनलाई सशक्त प्रतिपक्षी भनेर परिभाषित गरे पनि व्यवहारमा सत्तापक्षजस्तो देखिएको नेता न्यौपानेले बताए । ‘आफ्नो पार्टी सरकारमा छ भने त्यसैको बचाउ गर्ने र सिंहदरबारमा केन्द्रित हुने प्रवृत्तिले एजेन्डा कार्यान्वयनमा आउन सकेन’, उनले भने । जारी सम्मेलनले केही नयाँ नारा अगाडि सारे पनि कार्यान्वयनमा चुनौती रहेको उनी बताउँछन्।

विश्वकै तिब्र गतिमा गुड्ने चीनको बुलेट ट्रेन (फाेटाेफिचर)

भदौ ६ । चीनको हाइस्पीड ट्रेन अब विश्वकै सबैभन्दा तिब्र गतिमा गुड्ने रेल हुने भएको छ । यो रेल ३५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नेछ । सन् २०११ मा दुर्घटनाका कारण तीन सय जनाको ज्यान गएपछि चीनमा बुलेट ट्रेनको गति ३०० किलोमिटर प्रतिघण्टामा घटाइएको थियो । अब बेइजिङ  र सांघाईबिचको यात्रामा एक घण्टा बचत हुनेछ । २१ सेप्टेम्बरबाट चीनमा बुलेट ट्रेनले ३५० किलोकिटर प्रतिघण्टाको गतिमा गुड्ने अनुमति पाउनेछन् । यो पल्ट चीन सरबकारले रेलको नाम परिवर्तन गरेर ‘फक्सिङ’ राखेको छ, जसको चिनियाँ भाषामा अर्थ हुनेछ पुनर्जीवन । सबै रेलमा उच्चस्तरीय प्रविधि प्रयोग गरिएको छ । रेलमा जडान गरिएको ‘मनिटरिङ सिस्टम’ ले आपतकालिन अवस्थामा रेललाई रोक्नेछ । चीनले रेल्वेका अधिकांश लिक पनि परिवर्तन गर्न लागेको छ । ४०० किलोमिटर प्रतिघण्टा गुड्ने क्षमताको रेल्वे लिक चीनले बनाउँदैछ ।

वाईसीएल नेपालको दोश्रो राष्ट्रिय सम्मेलन शुरू, प्रचण्डद्वारा उद्घाटन (फाेटाे फिचर)

काठमाँडौ, भदाै २ । योंग कम्युनिष्ट लीग (वाईसीएल) नेपालको एकताको दोश्रो सम्मेलन शुरू भएको छ । माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसीएलको एकताको दोश्रो राष्ट्रीय सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । सम्मेलनमा देशभरिबाट ५ सय सत्तरी प्रतिनिधि उपस्थित छन । उदघाटन कार्यक्रममा माओवादीका नेताहरूको समेत बाक्लो उपस्थिति छ । काठमाँडौको कोटेश्वर नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्मेलनको उदघाटन शत्र चलिरहेको छ । उदघाटन सत्रपछि बंद सत्र सुरु हुने र राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ । माओवादी आन्दोलनमा निक़ै महत्वका साथ हेरिने वाईसीलको यो सम्मेलनले १ सय ५१ जनाको कार्यसमिति चयन गर्ने छ ।  

महिलाहरुको दरको रुपमा विशेषगरी के खान हुन्छ, के खान हुँदैन ?

साउन २८ । हिन्दू महिलाहरुको महान् चाड हरितालिका (तीज) नजिकिँदै गएको छ । महिलाहरु रातो सारी र विभिन्न गरगहनाहरुमा सजिसजाउ भएर तीजको दर खान साथी संगिनी मिली पार्टी प्यालेसहरुमा चहलपहल बढिरहेको छ । पहिले पहिले दर खाने एक दिनमात्र त्यो पनि १२ बजेसम्ममा खाइसक्नुपर्छ भन्ने मान्यता रहेको थियो भने अहिले समयकाल परिवर्तन सँगसँगै एक महिनाअघि देखि दर खाने चलन भित्रिसकेको छ । हरितालिका (तीज) मा हिन्दू महिलाहरु व्रत बसी पूजाआजा गर्ने र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन् । दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ। धेरै नखाने ? नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाव दिन्छन् । स्वच्छ खाने ? मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ । भारी नखाने दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ चापागाइँ बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने उनी बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् । पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ। व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।  त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

खोटाङ, २४ साउन । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका–२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन् । २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ । रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको छ । जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ । महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो । घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन् । गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो । “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहा¥यौँ, तर बचाउन सकिएन ।” उहाँले भन्नुभयो, “छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो ।” आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन् । “आफूसँग फुटेको कौडी छैन ।” आँखाभरि आँसु पार्दै आमा मीनाले भन्नुभयो, “आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु !” शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन् । थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट ‘सरोज थापा बचाउ अभियान’ सञ्चालन भइरहेको छ । फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताउनुभयो । एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन् । सरोजलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस

खुला भयो संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल

जेनेभा । स्वीट्जरल्याण्डमा निर्मित संसारको सबैभन्दा लामो झोलुङ्गे पुल पैदल यात्रुका लागि खुला भएको छ । स्वीट्जरल्याण्डमा रहेको निर्माण भएको यो पुल दुई सय मिटर अग्लो र १६ सय २१ फिट लामो रहेको छ । चाल्र्स क्युनेन सस्पेन्सन ब्रिज नाम गरिएको यो पुल संसारकै लामो पुल भएको जेमत टुरिज्मले जनाएको छ । यो पुलबाट म्याटरहर्न, वेसहर्न र बर्निज एल्प्सको सुन्दर दृश्य देख्न सकिन्छ । गत जुलाई २९ मा पुलको उद्घाटन गरिएको थियो । यसअघि उक्त स्थानमा रहेको पुल चट्टान खसेका कारण भत्किएको थियो । यो पुलले जेरम्याट र ग्रेचेन उपत्यकालाई जोड्ने गर्दछ । पुल नहुँदा ३, ४ घण्टा लाग्ने दूरी अहिले १० मिनेटमा पुरा हुने बताइन्छ ।

भरतपुर १९ का मतदाता छाता ओढेर मतदानका लागि लार्इनमा (फोटो फिचर)

राजेन्द्र आचार्य/ चितवन, २० साउन । निकै चासो र चर्चामा रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्न मतदाता छाता ओढेर मतदानका लागि लार्इनमा छन् । बर्षाको बाबजुत मतदाताहरु बिहान ६ बजेदेखि नै लाईनमा वसेर मतदान गर्न आतुर देखिएका थिए । लगातारको वर्षा भएपनि मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । वर्षाले पुनः मतदानलाई निकै नै प्रभावित पारिरहको छ । चितवनमा निरन्तरको वर्षातका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरि मतदान गराईएका सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए । वर्षातका कारण मुग्लिन नारायणगढ सडकखण्डको पहिरोका कारण कतिपय मतदाता समेत बीच बाटामै अलपत्रमा समेत रहेका छन् । मतदानका लागि उपसचिव स्तरका ६ जनालाई मतदान अधिकृतमा खटाइएको मतदान केन्द्रमा मतदान अधिकृतसहित ३६ कर्मचारीले मतदान गराईरहका छन् । उनले पुनः मतदानमा निर्धक्क भएर मतदान गरिरहेको समेत दावी गरे । भरतपुर १९ मा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । तस्वीर : सुरेश बास्तोला

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरू ?

काठमाडौं,साउन २० । एक्लै जित्न नसक्ने ठाउँमा तालमेल गर्दै कांग्रेस स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो । ‘एक्लै जित्न सक्ने ठाउँमा हामी एक्लै लड्छौँ, एक्लै जित्न नसक्ने ठाउँमा सत्तारुढ दल माओवादी र राजपासँग चुनावी तालमेल गर्छौँ,’ कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने, ‘यसका लागि आठवटै जिल्लालाई निर्देशन दिइसकेका छौँ ।’ भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि पूर्व–पश्चिम राजमार्गका झन्डै २० तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ । राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग चुनावी तालमेलको तयारी गरेको हो । प्रदेश नम्बर २ मा केन्द्रित कांग्रेस सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक आक्रमक रूपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको निर्वाचनलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन पनि छिटै तय गर्ने आश्वासन दिइसकेका छन् । प्रदेश नम्बर २ मा बलियो बन्नैका लागि कांग्रेसले यसपटक सरकारमा तराईबाटै तीनजनालाई मन्त्री चयन गरेको छ । फरमुल्लाह मन्सुर बारा, धनुषाका रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ । नेता रामचन्द्र पौडेल पक्षबाट रामकृष्ण परेपछि सरकार विस्तारमा महेन्द्रलाई अन्तिम अवस्थामा मन्त्री बनाइएको थियो । तराईकै नेतालाई मन्त्री बनाउँदा निर्वाचनमा कांग्रेसप्रति सकारात्मक सन्देश जाने बुझाइका कारण नेता निधिकै दबाबमा यादवलाई मन्त्री बनाइएको कांग्रेस स्रोत बताउँछ । केही दिनअघि प्रचारप्रसार समितिको छलफलपछि कांग्रेसले १९ साउनमा जनकपुरमा भेला गर्दै छ । भेलामा कांग्रेसका शीर्ष नेताहरूसमेत सहभागी हुनेछन् । भेलाको तयारी गरी कांग्रेस नेता रामचन्द्र पौडेल काठमाडौं फर्किएका छन् । तालमेल हुँदा ‘डिस्टिङसन’को आशा तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ तहमा हुने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ । कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ । ‘१२७ पूर्णांकमा हामीले सय तहसम्म जित्न सक्ने टार्गेट बनाएका छौँ,’ नेता विमलेन्द्र निधिले भने, ‘कमजोर ठाउँमा कांग्रेसलाई अझै बलियो बनाउन तालमेल जरुरी छ । जसरी भए पनि हामीले प्रदेश नम्बर २ मा डिस्टिङसनको टार्गेट बनाएका छौँ ।’ जनकपुरबाटै पार्टी परिचालनको व्यवस्था कांग्रेसले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्दै छ । केन्द्रबाट कर्मचारी पठाएर जनकपुरबाट पार्टी परिचालनको व्यवस्थापन गरिएको छ । १२७ वटै तहमा केन्द्रीय नेताहरू खटिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रदेश नम्बर २ लाई पार्टीले हेडक्वार्टर नै बनाइरहेको छ, अब १२७ वटै तहमा केन्द्रीय प्रतिनिधि खटिनुहुन्छ,’ उनले भने । आठवटै जिल्लामा शीर्ष नेताको उपस्थितिमा सभा गरिँदै छ । उम्मेदवार टुंगिएपछि भदौको पहिलो साताभित्रै सभा गर्ने तयारी कांग्रेसकोे छ । कांग्रेसबाहेकसँग तालमेलका लागि एमाले तयार मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी कम्तीमा ६० सिट जित्ने आँकलन एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो । ‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौँ,’ एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने, ‘राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ ।’ मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी  कांग्रेसबाहेकका दलसँग तालमेलको नीति खुलै राखे पनि आफूविरुद्ध कांग्रेससहित सबै दलले घेराबन्दी गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको एमालेको विश्लेषण छ । त्यस्तो अवस्थामा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एमालेले सोहीअनुसार चुनावी तयारीलाई तीव्रता दिइरहेको छ । ‘हामीविरुद्ध सबैले घेराबन्दी गर्ने गरी तालमेल गर्न सक्ने सम्भावना पनि छ, त्यसैले हामीले तयारी पनि त्यहीअनुसार गरिरहेका छौँ,’ मण्डलले भने, ‘जतिसुकै घेराबन्दी भए पनि तोड्दै एक सिट भए पनि बढी जितेर प्रदेश नम्बर २ मा पहिलो दल बन्नेछौँ ।’ कम्तीमा ६० सिट जित्ने आँकलन  एमालेले प्रदेश नम्बर २ मा न्यूनतम ६० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने एमालेको ठम्याइ छ । तर, पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ । ‘अधिकांशमा कांग्रेससँग प्रतिस्पर्धा भए पनि कतिपयमा मधेसकेन्द्रित दलसँगै हाम्रो प्रतिस्पर्धा हुन्छ, दोस्रो र तेस्रो स्थानमा देखिएका केही ठाउँमा पोजिसन सुधार्दै छौँ,’ मण्डलले भने । एमाले नेताहरू जिल्ला दौडाहमा को कहाँ खटिए ? ईश्वर पोखरेल : बारा, धनुषा  विष्णु पौडेल : पर्सा घनश्याम भुसाल : रौतहट प्रदीप ज्ञवाली : सिरहा, सर्लाही योगेश भट्टराई : धनुषा पृथ्वी सुब्बा गुरुङ : महोत्तरी  गोकर्ण विष्ट : सिरहा  भीम आचार्य : सप्तरी भीमबहादुर रावल र सुरेन्द्र पाण्डे : चितवन आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावी तयारीका लागि एमाले महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारी जिल्लामा खटिएका छन् । उनीहरू एक सातादेखि प्रदेश नम्बर २ का आठ जिल्लाका बैठक, भेलालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । नेताहरूले जितका लागि सूक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछन् । त्यसका आधारमा एमालेले चुनावी रणनीति तय गर्नेछ । मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजनामा माओवादी केन्द्र प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । सो प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअनुसार तालमेल गर्ने योजना यसको छ । ‘हामी जित्न सक्ने तहमा एक्लै प्रतिस्पर्धा गर्छौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी कमजोर भएका तहमा अरू दलसँग तालमेल गरेर निर्वाचनमा जान्छौँ ।’ राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमलगायतका दलसँग तालमेल हुन सक्ने भुसालले बताइन् । तालमेलका विषयमा स्थानीय पार्टी कमिटीको सुझाब पनि समेटिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीको केही दिनअघि बसेको केन्द्रीय सचिवालय बैठकले पनि दोस्रो जनआन्दोलनकारी शक्तिसँग मात्र तालमेल हुने निर्णय गरेको थियो । माओवादीले मधेसमा पहिलो वा दोस्रो शक्तिका रूपमा उदाउने योजना बनाएको छ । मधेसका १ सय २७ तहमध्ये माओवादीले ४४ तह जित्ने अपेक्षा राखेको छ । छिटै उम्मेदवार टुंगो लगाइने केही दिनभित्र सबै तहका उम्मेदवारको टुंगो लगाउने प्रदेश नम्बर २ का संयोजक साहले बताए । ‘अधिकांश तहमा सहमतिमा उम्मेदवार टुंगो लागिसकेको छ,’ उनले भने, ‘टुंगो लगाउनुपर्ने उम्मेदवारको पार्टी हेडक्वार्टरले लगाउँछ ।’ मधेसमै माओवादी केन्द्रीय कार्यालय माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजनासहित रणनीति बनाएको छ । सो रणनीतिअनुसार निर्वाचन अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय उसले गरेको छ । पार्टी अध्यक्ष प्रचण्डदेखि सबै शीर्ष नेता मधेसमा परिचालित गर्ने माओवादीको तयारी छ । नेताहरू परिचालित हुने जिल्ला तोकिएका छन् । प्रवक्ता पम्फा भुुसालका अनुसार ८० प्रतिशत उम्मेदवार पनि सर्वसम्मत चयन गरिएका छन् । राप्रपा अध्यक्षसहितका नेता मधेसमै राप्रपाले पनि प्रदेश नम्बर २ लाई आफ्नो भोट बैंक भएको दाबी गरेको छ । शीर्ष नेताहरू मधेसमै सक्रिय भएका छन् । १५ साउनबाट प्रदेश नम्बर २ को भ्रमण सुरु गरेका अध्यक्ष कमल थापा बिहीबारसम्म उतै छन् । अध्यक्ष थापाले १५ साउनमा बर्दिबास, १६ गते राजविराज, १७ गते लहान, १८ गते जनकपुर र १९ गते हेटौँडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् । राप्रपाले केन्द्रीयस्तरबाट कसैसँग तालमेल नगर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीयस्तरबाट तालमेल गर्ने योजना बनाएको छैन । स्थानीयस्तरमै पार्टीलाई फाइदा हुने किसिमले उपयुक्त निर्णय लिने जिम्मेवारी सम्बन्धित तहको पार्टी कमिटीलाई दिइने महामन्त्री जयन्त चन्दले बताए । ‘केन्द्रबाट प्रदेश नम्बर २ को निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने योजना छैन,’ उनले भने, ‘अन्य दलले पार्टीलाई फाइदा हुने किसिमबाट तालमेलको प्रस्ताव ल्याएमा निर्णय लिने अधिकार सम्बन्धित तहको पार्टी कमिटीलाई दिने योजना छ ।’,नयाँ पत्रिकामा खबर छ ।

दलाललाई कारवाही गर्न किन डराए सरकार र मन्त्रीहरू ?

कुरा केहि दिन अघिको हो । सधै झै त्यस दिन पनि म उठेर जव आफ्नो फेसबुक खोले मसंग चिनजान नभएकि रूपा लामाको नामबाट एउटा म्यासेज म्यासेन्जरमा आएको रहेछ मेरो आँखा त्यतै गयो । म्यासेजमा लेखिएको थियो एनआरएनए मध्य पुर्बी एसिया संयोजक डिबि छेत्री दाईले तपाईसँग सम्पर्क जोडाइ दिनु भएकाले हजुरसँग कुरा गर्न खोजेको हु । विशेष त कुवेतमा बन्धक भई यातना पाएकी नुवाकोट स्थायी ठेगाना भयकी सीता तामाङ्गको उद्दार गर्न आवश्यक पहल गरिदिन तपाईको साथ र सहयोग चाहियो भनि गर्नु भएको रहेछ । के कुरा रहेछ भनी रूपा लामासँग मैले पनि केहि बेर कुरा गरे । उता ओमनमा बन्धक बनाइएकि एक जना बहिनीलाइ हाम्रै पहलमा नेपाल ल्याएका थियौ त्यसदिन दिउँसो उनको मुद्दामा पीडित पक्षबाट बयान मैले पनि दिनु पर्ने भएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) र प्रहरी केन्द्रीय कार्यलय चक्रपथमा जानु थियो । ११ बजे भेटौ भनी रूपालाइ सम्पर्क नम्बर दिएर त्यही भेटमा वास्तबिक कुरा बुझ्ने भनी म पनि चक्रपथ पुगे । म थोरै ढिला पुगेकाले रूपा लामा, होमबहादुर तामाङ अगाडि आएर बसी रहनु भएको रहेछ । ओमनमा बन्धक बनाई नेपाल ल्याएको बहिनीको बारेमा केहि बयान दिनु पर्ने भएकाले उहाँहरुलाई एक छिन पर्खन अनुरोध गरे र म मेरो काम सकिएपछि रूपा लामा सहित उहाँहरुसँग बास्तबिक कुरा बुझ्नलार्इ छलफल गर्न लागे । त्यति बेलासम्म नेपाली जन प्रगतिशील मन्च कुबेतका पूर्व अधक्ष्य दावा छिरिंग तामाङ थोकरलार्इ पनि त्यही बोलाई सकेका थियौ र सँगै सबै कुराहरु गर्यौ चिना परिचय पनि गर्यौ एक अर्कामा । कुरा गर्दै जादा रूपा लामा कलकारिता, मोडलिङ क्षेत्रमा निरन्तर लागेकी र हाल मिस हेरिटेज अडिसनमा प्रतिस्पर्धामा समेत रहेछिन ।उनको साथमा होमबहादुर तामाङ्ग पनि (पीड़ित सीता तामाङ्गको छोरा) । एनआरएनए मध्य एसिया संयोजक डीबि दाईसँग के गर्न सकिन्छ उहाँहरुको उद्दार पहल गर्दिन भन्नु भएको रहेछ रूपाले डीबि दाई पनि दूतावास अनि दलाललार्इ सम्पर्क गरी उद्दार गर्न निरन्तर पहलमा लाग्नू भएको र लामो समयदेखि सहयोग गर्दै आउनु भएको र मलाई भेट्न भन्नु भएको कुरा बताउन । जब रूपा लामाले प्रसंग उठाइन बिगत १ बर्षदेखि नुवाकोट घर भएकी ४८ वर्षीय सीता तामाङ्ग लार्इ कुबेतमा मानव तस्कर र दलालहरुले ललाई फुकाई उतै लगेको र र कम्पनीमा डुब्लीकेट कम्पनीको नामबाट नेपाल सरकार श्रम मन्त्रालय, श्रम बिभागबाट श्रम स्वीकृत गरेको (सरकारबाटै गलत कम्पनी श्रम स्वीकृत दिएको गलत प्रमाण सहित) पीडितलाई कम्पनीमा भनेको तर घरेलु कामदारको रूपमा काम लगाएको, आजसम्म तलब नदिई घरमालिकले चरम यातना, मानसिक तथा शरिरिक शोषण, कुटपिट गरी घरको छतबाट लडाएर हात खुट्टा भाचिएको दर्दनाक पीडा भाबुक हुदै रूपाले भन्दै गर्दा त्यहाँ उपस्थित सबैको आखाभरी आँसु भयो । दूतावासमा उद्दारका लागि पहल गर्दिन राजदूत र त्यहाका कर्मचारीलाइ पटक–पटक फोन सम्पर्क गरे, बिन्ती गरे कुरा गरे तर दूतावासले टारि रह्यो, झुलाई रह्यो धेरै पटक भने तर उद्दार हुन सकेन रूपाले आसु खसाल्दै भनिन । रूपा पनि तिनै पीडित को उद्दारमा सक्रीय भएर निरन्तर लागेकि रहेछिन जब खुट्ट भाचि अस्पताल ल्याएको रहेछ तब पीडित सीता तामाङ्गलाई नेपाल फर्काइदीन भनी दलाल कहाँ सम्पर्क गर्दा फेरी हस्पिटलबाटै उनीलाई दलालले बेचेछन । गहभरी आशु पार्दै, हाम्री आमालाई तत्काल नेपाल झिकाउन पहल गर्दिनु तपाईको साथ र सहयोग आशा गरेका छौ । घरमालिकले छतबाट लडाएर खुट्टा भाचेको र हाल खुट्टामा रड लगाएकले आमाको अबस्था नाजुक छ, छोरा होमबहादुर थप्नु भयो । म र दावा सर पनि उहाँहरुको पीडा र दाईका कुरा सुनेर भाबुक भएका थियौ । तुरुन्तै के गर्न सकिन्छ त भनेर सोच्दै छलफल गर्दै थियौ । पीडादायी जीबन भोगी रहेकी सीता तामाङ्गलार्इ जसरी पनि छिटो बन्धी जीवनबाट मुक्त गराइ उद्दार गरी नेपाल झिकाउन हामी लाग्नू पर्छ ढिला गर्न हुन्न भनी हामी यहाँबाट निस्कियौ । मैले तत्कलै परराष्ट्र मन्त्री र गृह मन्त्रीलार्इ निबेदन लियर भेट्न जाउ भनी सल्लाह गरे । त्यति बेला पराराष्ट्र मन्त्रालयमा युबराज चौलगाई दाईलाई फोनमा सबै जानकारी दिएको थिए । तुरुन्तै हामी तपाई कहा आउछौ भने । उहाँले पनि छिटो आउन भनी पासको ब्यबस्था मिलाई दिनु भयो । मन्त्रालय जाने त भनियो तर निबेदन तयार थिएन । हामी होमबहादुर, रूपा लामा, दावा र म सिविआइको कार्यालयबाट निस्कियो । निबेदन लेख्न बहानामा नजिकैको चिया पसलमा छिरिउ । म निबेदन लेख्न तिर कस्सीए । मन्त्रालय पुग्न ढिला होला भनेर हतार हतार त्यहाँबाट सिंहदरबार तिर लागिउँ । बाटोमा सोच्दै थिए युबराज दाई लार्इ हामी छिटो आउदै छौ भनेको थिए (निबेदन लेख्दा थोरै ढ़ीला हुन गएको थियो) कतै हामीलाई मन्त्रालय बोलएर युबराज दाई निस्किनु त भएन ? हामीलाई बोलएर उहाँ कतै बैठक तिर त लाग्नू भएन ? यावत प्रश्नहरु मनमा खेली रहेको थियो तर हामी पुग्ना साथ उहाँलाइ भेटिउ र निबेदन सहित सबै कुराहरु राखेउ । उहाँले पनि यो कार्य तत्काल उद्दार गर्न पहल गर्न हामी तत्काल लाग्नू पर्छ भनी राजदुतलार्इ तुरुन्तै हाम्रै अगाडि फोन गरी सीता तामाङ्गलाइ तिरुन्तै नेपाल झिकाउन निर्देशन दिनु भयो । कुवेतमा रहेको दूतावासलाई यो भन्दा अगाडि पीडितका आफन्तहरुले पटक–पटक फोन गर्दा दूतावास कुरै सुन्न चाहदैन थियो राजदुत र त्यहाँका कर्मचारी दलालको घेरामा फसेर हो वा डर, त्रासले हो कुन्नि ? त्यों उहाँहरुलाई नै थाह होला तर उद्दार मा चासो नै नदिने खालका थिए । त्यहि दिन साँझ पख खबर आयो सिता तामाङ्गलाई बन्धक मुक्त गराई दूतावास ल्यायिएको छ अब केहि दिनमा नेपाल पठाउँछौ । हामी खुसी भयौ पीडितको छोराले जसरी पनि तापाईहरु आउनु है एअरपोर्ट भनिरहनु भएको थियो । आज तिनै पीडित सीता तामाङ्गलार्इ जब एअरपोर्टमा लिन जाँदै गर्दा छोरा होमबहादुलाई आमाले देखिन रुदाँरुदा आशु सकिएको आँखाबाट भक्कानिएर छोरालाई झमटिदै रोइरहनु भयो । त्यो भाबबिहोल अबस्था देखेर हामी (रूपा, म दावा र अर्को साथी)हरुको मन दुःखी रहेको थियो । यसो उहाँसँग कुरा गर्दा उहाँ बोल्न सकिरहनु भएको थिएन । एकातिर पीडा र अर्कोतिर खुसीले होला सायद । जब हामी अलि अलि अगाडि आयौ उहाँ छतबाट हुत्याएर लडाइएको भाचिएर रड लगाएको खुट्टा अझै सुनिएको रैछ खोच्यौदै हिडंनु भयो हामी सबैलाई झन पीडा बोध भयो । छोरा होमबहादुर भन्दै हुनुहुन्थ्यो आमालाई नेपाल ल्याउन तपाईहरु लाग्नू भएकाले कुन शब्दले धन्यवाद दिऊ । अब सीता तामाङ्ग त नेपाल ल्याउन सफल भयौ तर सीता तामाङ्ग जस्ता अरु हजारौ बेचिएका र बन्धक बनायिएक दीदीबहिनीहरुलाई कहिले नेपाल झिकाउन सकियाला ? प्रश्न मन भरी खेली रहेको छ । त्यों भन्दा पनि हाम्रा दीदीबहिनी बेच्ने मानब तस्कारलार्इ किन कारबाही गर्न सक्दैन सरकारले ? अबैध तस्कर गर्ने दलाललाई जबसम्म सरकारले कारबाहीको दाहेरामा ल्याउन सकिदैन तबसम्म अरु दीदी बहिनी दाजुभाईहरु यसरी नै बेचिने छन । यसो त केहि दिन अघि मात्रै युएईबाट त्यहाँ कार्यरत पत्रकार साथीहरूको पहलमा अलपत्र परेका १५ जनालाई उद्दार गरि नेपाल पठाएका थियौं । तर खै आजसम्म नेपाल आएका पीडितले किन न्याय पायनन ? किन गरिएन छानबिन ? कस्ले रोक्यो सरकारलाई मानव तस्कर गर्ने दलाल र ट्राभल्सलाई कारबाही गर्न ? दलाललाई नेपाल डिपोट गर्न नसक्ने युएइका राजदुतलाई नैतिक सरम लाग्नुपर्छ कि पर्दैन ? प्रमाणसहित आएका कुरामा किन प्रशासनले चासो दिएन ? कहाँबाट टासिंएको थियो सेटिङमा नक्कली स्टिकर ? के न्याय पाइदैन त अब नेपाल मा दुखी गरिबले ? रेमिटान्सले धानेको देशमा र यहाँ राज गर्न गणतन्त्रका बादसाहहरुको मनमा किन दया नपलाएको होला ? बिदेसमा अलपत्र परेका बिचल्ली परेका आफ्ना नागरिकलार्इ सकुशल स्वदेश फिर्ता गरि उचित छानबिन र न्याय दिलाउन सक्दैनौ भने बिन्ती छ जनताले रगत पसिना बेचेर तिरेको करको दुरुपयोग नगर । कसलाई मन हुन्न होला जहानसंग बस्ने। ढुङगाको मन कस्को होला मुग्लान पस्ने।। स्वदेशमा काम पाइएन विदेश धाऊनु पर्ने। दुखीयाले मात्रै सबै दुःख पाउनु पर्ने ।।

माओवादी केन्द्रमा ‘पदीय’ विवाद, अन्य दलकाे हाल पनि उस्तै

काठमाडौं । गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा  मुख्य नेतापछि को भन्ने विषयले औपचारिक प्रवेश पायो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए । माओवादीमा प्रचण्डसँगै एकातिर थापा र अर्कोतिर श्रेष्ठ बस्दै आए पनि त्यसपछि को बस्ने भन्नेमा अस्वस्थ दौड चल्न थालेकाले थापाले त्यस्तो माग गरेका हुन् । यद्यपि, उनको त्यस्तो मागका विषयमा प्रचण्डले कुनै प्रतिक्रिया भने दिएका छैनन् । खासगरी नेता कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत मात्रै होइन, पार्टी हेडक्वार्टरका ३५ जना नेता तीन शीर्ष नेताको छेवैमा बस्न दौडने गर्छन् । माओवादी केन्द्रले हेटौंडा महाधिवेशनबाटै पदीय मर्यादा निर्धारण गर्न सकेको छैन । अझ ०७३ जेठमा विभाजित माओवादी पार्टीबीच एकतापछि त झन् उसले यस विषयलाई पन्छाउँदै आएको छ । पछिल्लो चरणमा नेताहरूको कार्यविभाजनलगायत विषय टुंगो लगाउन सचिवालय बैठकपछि लगातार तीनपटक हेडक्वार्टर बैठक बसे पनि निर्णय भएको छैन । बैठक १८ गतेसम्म स्थगन भएको छ । एकतापछि बहुपदीय संरचनामा जाने वा एकपदीय भन्ने विषयमा देखिएको विवादपछि उसले ‘हेडक्वार्टर’ बनाएर चलाउँदै आएको छ । कांग्रेसकाे हाल पनि उस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी कांग्रेसमा पनि पदीय विवाद यथावत छ । नेताहरू गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, डा. रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखकले वरीयतामा असन्तुष्टि जनाउँदै पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नै गरेका छैनन् । बैठकमा उपस्थित भए पनि उपस्थिति पुस्तिकामा यी नेताले हस्ताक्षर गरेका छैनन् । अहिले उपप्रधान तथा शिक्षामन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ वरीयतामा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई आफूभन्दा अगाडि राखिएकोमा असन्तुष्ट छन् । कुलबहादुर गुरुङले पनि निधि र सिटौलाभन्दा आफू वरिष्ठ भएको भन्दै असन्तुष्टि जनाएका छन् । केसी र महतले कुन नेतालाई आफ्नो वरीयताभन्दा अगाडि राखिएको नखुलाए पनि असन्तुष्टि भने पोखेका छन् । नेता लेखकको पनि त्यस्तै छ । नेताहरूले मर्यादाक्रममा विवाद उठाएपछि कांग्रेसले विवाद छिनोफानोका लागि ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य थिए । गत वर्ष कात्तिकमा गठन भएको समितिको यो बीचमा तीन-चारपटक बैठक बसे पनि प्रतिवेदन तयार हुन सकेको छैन । नयाँ शक्तिकाे अवस्था नयाँ शक्तिमा डा. बाबुराम भट्टराईपछिको नेता को हुने भन्नेमा विवाद छ । जसकारण उसले पनि एक वर्षको यो अवधिमा कुनै नेताको पनि वरीयता निर्धारण गरेन । अहिले स्थानीय तहको निर्वाचनपछि त झन् उसले केन्द्रीय समिति नै विघटन गरेर भट्टराईको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, केशव दाहाल, गंगानारायण श्रेष्ठलगायत नेताले भट्टराईपछिको वरीयताका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् । राजपा ग्रस्त मधेसकेन्द्रित ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टीमा पनि यो रोग कायमै छ । ६ वटै पार्टीका अध्यक्षले आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमण्डल बने पनि हृदयेश त्रिपाठीलगायत केही नेताले अध्यक्षमण्डलकै नेतालाई पनि स्वीकार्न सकिरहेका छैनन् । आफूभन्दा कनिष्ठ नेतालाई फरक पार्टीबाट एकतामा आएकै नाममा नेता मानेर जान नसकिने उनीहरूले सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । त्रिपाठीको आक्रोश राजेन्द्र महतोतिर देखिन्छ । एक समय एकै पार्टीमा रहँदा महतो आफूभन्दा कनिष्ठ रहेकाले अहिले वरिष्ठ मानेर जान त्रिपाठी तयार देखिएका छैनन् । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन, अन्नपूर्ण पोस्टमा खबर छ । किन निम्तन्छ विवाद ? विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको ‘पावर’ नहुनु प्रमुख कारण भएको उनले बताए । ‘एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,’ पोखरेलले अन्नपूर्णसँग भने, ‘अहिले पनि दलमा यही अवस्था देखिन्छ ।’

दलकारिता र चरम व्यवसायिकता

रघुनाथ बजगाँई सोझो तरिकाले खुरु खुरु काम गर्ने पेशा होईन रहेछ पत्रकारिता । आफ्नो १० महिने कार्यकालको उपलब्धिबारे जानकारी गराउन गत जेठ २२ गते तत्कालिन सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मन्त्रालयमा सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरे । सम्बोधनकै क्रममा उनले भने, ‘अब पत्रकारिताको बारेमा हाम्रो स्थिति कस्तो छ भने कसैले झुटो समाचार लेख्यो भने उसले पत्रकातिा गर्न नपाउने भन्ने नियम यदि बनाइयो भने नेपालमा पत्रकारहरुको पनि याेगदान गर्नुपर्छ । दलगत राजनीतिले हामी यत्ति बढि अभिप्रेरित छौँ’ सञ्चारमन्त्रीको कथनले नेपाली पत्रकारिताभित्र डरलाग्दो ढंगले विकास भइरहेको पूर्वाग्रही चिन्तन र चरम राजनीतिकरणलाई इंगित गर्न खोजेको थियो । यद्यपी उनको कार्यकालमा निश्पक्ष पत्रकारिताका लागि प्रोत्साहन गर्न के–कस्ता प्रयास भए ? न उनले उल्लेख गरे न कसैले सोध्न जरुरी ठान्यो । मिडियामा दलकारिता मन्त्री कार्कीले यसो भनिरहेकी एक दिनअघि एउटा पत्रिकाले मन्त्रीकै शैलिमा समाचार सम्पे्रषण गरेको थियो । समाचारको शीर्षक थियो– धमला कसको पक्षमा ? । व्यक्तिगतरुपमा पत्रकारको आफ्नो राजनीतिक आस्था हुनु स्वभाविक भएपनि पेशागत हिसाबले कुनै चर्चित पत्रकारले अन्य सेलिब्रेटी जस्तो जनमत निर्माण गर्ने किसिमले पार्टीगत प्रचार गर्न नहुने सामान्य नैतिकता विपरित उक्त समाचारमा भने धमलालाई कुनै अमुक राजनीतिक पार्टीको प्रचारका लागि विज्ञापन गरिएको स्पष्ट देखिन्थ्यो । “देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो पनि अभियान हो, यसका लागि भारत र अन्य छिमेकी देशसंग पनि समन्वय गरेको छु’ समाचारमा धमलाको भनाई यस्तो थियो, मानौं पत्रकारको भूमिका समाचार भन्दा पर शक्तिकेन्द्रहरुसँग “डिलिङ” गरेर सरकार निर्माण गर्ने या ढलाउने पनि हो र हुनुपर्छ । धमलाले अझ अगाडि भनेका छन्, “कांग्रेस–माओवादीको गठबन्धन कायम गर्नुपर्छ भन्ने लाइन हो ।” माथिको समाचार एउटा उदाहरण हो । हिजोका दिनमा चलचित्र क्षेत्रका कतिपय हस्तीहरुलाई राजनीतिक दलहरुले आफ्नो प्रचारको यन्त्र नबनाएका होइनन । रेखा थापा यसको पछिल्लो उदाहरण हुन । तर चलचित्रका कलाकार या अन्य पेशागत सेलिब्रेटि भन्दा पत्रकारको भूमिका नितान्त भिन्न हुनुपर्ने हो । तर यहाँ त्यो देखिएन । बरु कुनै अमुक पार्टीका लागि पत्रकारहरुले आफ्नो व्यवसायिकता खर्च गरेको देखियो । उक्त समाचारमा स्पष्टरुपमा नै एक जना चर्चित पत्रकारको उदाहरण दिइएपनि उपमा नदिइकन पनि नेपालका अधिकांश मिडियाले कुनै न कुनै राजनीतिक विचार या दलको समर्थनमा पार्टी पत्रकारितालाई नै प्रश्रय दिएको स्पष्ट देखिन्छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताको जतिसुकै नारा उछाले पनि नेपालको पत्रकारिताको पछिल्लो अवस्था पूर्णतः पार्टीकारिता भएकोमा शंका गर्नु नपर्ने अवस्था देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि यो झनै स्पष्टरुपमा देखियो । नेपाली मिडियामा तीनथरी प्रवृत्ति देखियो । एकथरिले प्रचण्डका कामलाई अन्धानुधन्धरुपमा समर्थन गर्ने र जसरी पनि उनलाई चोख्याउनेतर्फ आफ्नो भूमिका निर्वाह गरे । अर्कोथरी ठूला मिडियाहरुले प्रचण्डका हरेक कामहरुलाई आलोचनाको विषय बनाए । तथ्यहरुलाई तोडमोड गरेर समेत उनीहरुले सरकारलाई विवादमा ल्याउने काम गरे । दैनिक पत्रिकादेखि टेलिभिजन र अनलाईनहरुले सस्तो लोकप्रियता र पूर्वाग्रहको आडमा कैयन् यस्ता समाचारलाई प्रश्रय दिए । तेश्रो आकारमा सानो भएपनि कतिपय सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार अगाडि सारे । प्रचण्ड सरकारका राम्रा कामलाई राम्रो र नराम्रोको आलोचना गरे । प्रचण्ड सरकारको अवसानसम्म आइपुग्दा नेपाली मिडियामा देखिएको यो प्रवृत्तिले हिजोका दिनमा अधिकांश साप्ताहिक पत्रकारिताले गर्ने पार्टी पत्रकारितालाई नै स्मरण गराएको छ । पत्रकार आचारसंहिताम संसोधन २०७३ को दफा ५ को २ मा राजनीतिक आस्थाका आधारमा कसैमाथी पनि भेदभाव हुने वा घृणा उत्पन्न हुने गरी सामाग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन भनेको छ । तर यहाँ पत्रकार स्वमं कुनै दलको मामुली कार्यक्रताका रुपमा देखिए । यतिमात्रै होइन, कतिपय पत्रकारले चुनावमा उम्मेदवारी दिए । जितेकाहरु पालिकामा निर्वाचित भए, हारेकाहरु फेरी सूचना विभागको रातो कार्ड देखाएर “निष्पक्ष” र “व्यवसायिकक पत्रकारिता” को नारा दिएर फेरी पत्रकारितमा फर्किएका छन् । जितेकाहरु पालिकामा निर्वाचित भए, हारेकाहरु फेरी सूचना विभागको रातो कार्ड देखाएर “निष्पक्ष” र “व्यवसायिकक पत्रकारिता” को नारा दिएर फेरी पत्रकारितमा फर्किएका छन् । पत्रकारितामा चरम राजनीतिकरण र पत्रकारका व्यवसायिक संस्थाहरुभित्र समेत राजनीतिक गन्धले बेहास नै बनाउने अवस्था देखेर होला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले नयाँ प्रस्ताव राखेका छन् । उनले पत्रकार महासंघको विधान नै संशोधन गरेर राजनीतिक दलका उम्मेदवारका रुपमा चुनाव लडेकाहरुलाई पत्रकारको सदस्यता दिन नहुने बहस अगाडि सारेका छन् । यो त्यति सजिलो काम भने होइन तर यो बहसले सार्थकता पाएको खण्डमा कम्तीमा पत्रकारिता पत्रकारिता रहन्थ्यो होला, यो दलकारितामा परिवर्तन नहुन्थ्यो होला । अचम्म त के छ भने घोषित पत्रकार र हकहितका पक्षपातीहरुसमेत मिडिया मालिक र दलका एजेण्टको दोहोरो भुमीकामा देखिन्छन् । उनीहरुबाटै श्रमजिवि पत्रकारले चार महिनासम्म तलब नपाएको समाचार नौलो होईन । न्युनतम पारिश्रमिकमा काम गरिहँदा राजधानी काठमाण्डौँको हकमा दुई छाक गुर्जान मुस्किल हुने स्थितिमा चार महिनाको एक महिना पनि भएन भनेर काम गरिरहेको संस्था छाड्नुपर्ने बाध्यताका श्रमजिवि पत्रकारहरु कसरी आफ्नो पेशामा टिकिरहन सक्छन ? यही अवस्थालाई पुष्टि गर्दै जेठ दोस्रो हप्ता एउटा शाप्ताहिकले समाचार प्रकाशित गर्यो एबीसी टिभीलाई पत्रकारको बाईबाई शिर्षकमा । समाचारमा उक्त टेलिभिजनभित्रको राजनीतिकरणले गर्दा पत्रकारहरुलाई परेको समस्याका बारेमा कुरा उठाइएको थियो । समाचार गलत भएको अवस्थामा त्यसको खण्डन हुनुपर्ने भएपनि अर्को अंकमा यसको खण्डन देखिएन । यो समाचार नयाँ र पहिलो पटक वा सञ्चार संस्था नौलो थिएन । पत्रकार हकहितका लागि दलैपिछ्य खुलेका भातृ संगठन, स्वतन्त्रको हवला दिने र साझा संस्था पत्रकार महासंघ के गरिरहेको छ ? समाचारले नै जवाफ दिइरहेको थियो “आफुलाई श्रमजीवीको पक्षपाती भएको बताएर कहिल्यै नथाक्ने मिडिया मालिकले चार महिनासम्म तलब नदिँदा पत्रकारले बिदा लिएका हुन् । ” व्यवसायी कि पत्रकार ? एकातिर दलगत राजनीतिको प्रभावले मिडियामा प्रभाव पारिरहेको बेला चरम व्यवसायिकरणले समेत स्वतन्त्र पत्रकारिताको घाँटी निमोठिरहेको अवस्था विकास भएको छ । पछिल्लो चरणमा सम्पादक र प्रबन्धक एउटै रुप रंगमा देखिनु, पत्रकार नै मालिकको भूमिका देखिनुले श्रमजीवि पत्रकारहरुलाई सबैभन्दा ठूलो समस्या परेको छ । एबिसी टेलिभिजनसँगै अर्को समाचार यही बीचमा प्रकाशित भयो । शीर्षक थियो: गुणराजको हैकमले शुक्रबारको टिमै बाहिरियो । नेपाल रिपव्लिक मिडियाले प्रकाशन गर्दै आएको नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेलको हर्कतका कारण मनोरञ्जनात्मक साप्ताहिक ‘शुक्रबार’का सम्पादकसहितका पत्रकारले एकैदिन राजिनामा दिएका छन् । कुनै सल्लाहविना मालिकलाई दवाव दिएर लुइटेलले मनोरञ्जनात्मक साप्ताहिकका विषयमा कुनै दख्खल नभएका अधिवक्ता व्याकराउण्ड भएका आफ्ना भाईलाई सम्पादक बनाउन खोजेपछि पत्रकारले राजीनामा दिएको भनेर पत्रिकाले लेख्यो । यहाँ मिडिया मालिक र मजदुर बिचको बुझाईमा फरक देखियो । यसलाई विज्ञहरुले स्वभाविक भनिदिन्छन् तर काम गर्ने सवालमा आफुले उचित र योग्य नठानेका ब्यक्तिको निर्देशनमा कसरी संगै काम गर्ने ? रघुनाथ बजगाँई यी प्रतिनिधिमुलक देखिएका उदाहरण मात्रै हुन् । यथार्थ अझ धेरै गहिराईमा मात्र भेट्न सकिन्छ । पुर्व–सञ्चारमन्त्री सुरेन्द्र कार्कीले झुक्किएर पाखे कि झैँ लाग्छ । दलका टिका नलागेका पत्रकार खोज्न देश बाहिरै जानुपर्ने हाम्रो अवस्था ! उसो त मासिक ८-१० हजारमै काम गर्ने पत्रकारहरु राजधानीमा प्रसस्तै भेटिन्छन् । उनीहरुकै जिवनशैली उच्च र तडकभडक देखिन्छ । कहाँबाट कमाउँछन कुन्नी ! यसको पनि सोधीखाजी भएको छैन वा गरिएन । एक दशक सम्म पत्रकारिता गरेर मलेसिया पुगेका रामेछापका बद्री कार्कीको अनुभव छ सोझो तरिकाले खुरु खुरु काम गर्ने पेशा होईन रहेछ पत्रकारिता । रेडियोमा काम गरुञ्जेल ओहो तपाँईको कार्यक्रम भन्थे । जब पारिवारिक जिम्मेवारी थपिँदै गयो । त्यसपछि आफैँ खाडी आउनुपरेको छ । पुर्व पत्रकार कार्की अहिले पोष्टकारी बनाउने कारखानामा काम गर्छन । कार्कीका अनुसार अतिरिक्त काम सहित मासिक ४० हजार सम्म कमाई हुन्छ । कार्की जस्ता पत्रकारले पत्रकातारिको अभ्यास सहि तरिकाले गरेनन कि त्यो वातावरण नेपालमा छैन् ! मिडियालाई माध्यम बनाएर अन्यत्रैबाट आम्दानी गरि जिविकोपार्जन गर्नेहरुको संख्या पनि उत्तिकै छ । माथिका केहि उदाहरण अनुसार अझ बढि छ राजनितिक छत्रछायाँमा रहेर अवैध कमाउ धन्दा । अनुगमन र नियमन कसले गर्ने ? मिडियामा चरम दलकारिता र व्यवसायिक स्वार्थको मारमा आम पत्रकारहरु परेका छन् । यसले समाचारको स्वतन्त्रता र निष्पक्षतामा ठूलो असर परेको छ । स्थानीय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा मिडियाको यही दलकारिताको ठूलो आलोचना समेत भेटियो । एउटै तथ्यलाई समेत हरेक मिडियाले फरक ढंगले आस्थाका आधारमा प्रस्तुत गर्दा पाठकहरुमा भ्रम छरिनु स्वभाविकै थियो । यसको सबैभन्दा ठूलो उदाहरण भरतपुरको मतगणनाको थियो । जहाँ हरेक मिडियाले आफ्नो दलगत स्वार्थका आधारमा मतपत्र च्यातिएको घटनालाई प्रस्तुत गरे । यो अवस्थाले नेपाली मिडियालाई गम्भीररुपमा सफाई गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । प्रेस काउन्सिलले कम्तीमा मिडियालाई चुनावमा निष्पक्ष रिपोर्ट गर्न आग्रह गरेको छ । तर यो पर्याप्त होइन । मिडियाको नियमन र अनुगमन गर्ने प्रभावकारी निकाय नहुनु, मिडियाकर्मीहरुको साझा संस्था पत्रकार महासंघ आफैमा राजनीतिक गुटबन्दीको थलो बन्न पुग्नुले जसले जे जसरी लेखेपनि हुने अवस्था सिर्जना भएको छ । यसका लागि मिडियाको साँच्चिकै निष्पक्षता चाहनेहरुले विशेष चासो र आवाज उठाउनै पर्ने अवस्था सिर्जना भएको छ । प्रेस काउन्सिलको भूमिका सकारात्मक रहेपनि यसले अझै निर्मम ढंगले नेपाली मिडियाको नियमनका पक्षमा भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक आवश्यकता सिर्जना भएको छ । – प्रेस काउन्सिलको त्रैमासिक प्रकाशन, संहिता असार, २०७४ बाट साभार

५० शैयाको जिल्ला अस्पतालमा विरामी भुईमा उपचार गराउन बाध्य

प्रेम सुनार गुल्मी, साउन ३ । गुल्मी जिल्ला अस्पताललाई सरकारले स्तर बृद्धि गर ५० शैयाको बनाउने घोषणा गरेको तीन वर्ष भयो । तर त्यो अहिलेसम्म घोषणा मै सिमित रहेको छ । तीन वर्ष अघि सरकारले देशभर रहेका मध्ये २२ वटा अस्पताललाई स्तरबृद्धि गर्ने निर्णय गरेको थियो जसमध्ये गुल्मी जिल्ला अस्पताल पनि परेको थियो । सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नभएपछि विरामीको बढ्दो चाँपका कारण अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट सकीनसकी ३० शैयाको बनाएको छ । ३० शैयाले पनि नपुगेर यति वेला विरामी बरण्डा र कोलियामा सुतेर उपचार गराई रहेका छन् । गुल्मी जिल्लावासी मात्र नभई छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका नागरिकले पनि यो अस्पतालबाट उपचार सेवा लिदै आएका छन् । अस्पतालमा विगतको तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । दैनिक दुई सय जनासम्म विरामीको स्वास्थ्य परीक्षण रउपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडावान्ताका विरामीहरुको चाँप बढेको छ । १६ जना चिकित्सकको दरवन्दी रहेको अस्पतालमा पाँच जना कार्यरत छन तर एक जना पनि विशेषज्ञ छैनन । त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन् । यहाँ सम्मकी एक जना विशेषज्ञ डाक्टर समेत सरकारले पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन पठाएको छ । लामो सयमदेखि निक साईमन इन्सिच्युट काठमाडौंले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर, मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा , स्टाफ नर्स दुर्गा पातली र अनेसपोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव कार्यरत छन । तिनै पाँच जना डाक्टरको भरमा अस्पताल चलेको छ । ५० शैयाको अस्पताल घोषणा भए पनि त्यस अनुसारको औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए । गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पुराईएको डाक्टर चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा झण्डै २ सय जनाले प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा साढे पाँच सय जतिले प्रसुती सेवा लिएकामा गत आर्थिक वर्षमा ७ सय ८० जना महिला त्यस अस्पतालमा सुत्केरी भएका छन् । टाढा टाढाबाट पनि यस अस्पतालमा महिलाहरु सुत्केरी गराउन आउने गरेको पाइएको छ । तीन वर्ष अघि ५० शैयाको घोषणा भएको् अस्पतालमा आवश्यक जनशक्ति, पुर्वधार र रकम विनियोजनमा सरकारको ध्यान जानु पर्नेमा डाक्टर चौधरीको जोड छ ।

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

प्युठान, असार ३० ।स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरे। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उत्र्तीण भए । धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परेनन । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउछन् । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू÷ससुरा रहेको उनले बताए  । ३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो । कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उनले सहजै स्वीकारे । टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भए । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भए । एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भए । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।