कसरी बाँचीन यी बृद्दा ६० वर्षसम्म चिया र पानीको भरमा…!

काल नआउँदासम्म कस्को के लाग्छ र ? खान पाएपनि नपाएपनि ! सुन्दा भाग्यवादी लागेपनि भारतको इन्दौरकी एक बृद्दाको जीवन भने यो भनाई जस्तै छ ।

मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन ।

मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन । 

सुन्दा अचम्म लागेपनि उनको बानीको असर भने उनको दैनिक जीवनमा परेको छैन । आम मानिसजस्तो खेती किसानीमा जीवन बिताउँछिन् उनी । अहिले पनि उत्तिकै सक्रिय । झन अचम्मको कुरा त के छ भने पेटमा अन्नको एक दाना नगएपनि पाँच बच्चा नौ महिनासम्म पेटमा हुर्काएर स्वस्थ्य बचाउन सफल भइन उनी । अहिले पाँचै सन्तान आफ्नो उद्यम गरेर जीवन चलाइरहेका छन् ।

सरस्वती बाईको सानै उमेरमा बिहे भयो । त्यो बेलाको भारत, सानै छँदा बिहे बन्धनमा बाँधिइन उनी । त्यही भएर होला, पहिलोपटक गर्भवती हुँदा नै उनी बिरामी परिन् । टाइफाइडले थलिएपछि उनलाई खानाको रुचि नै जागेन । खानामा अरुची बढेपछि उनको आन्द्रा र कलेजो नै सुकेछ ।

उनले ओखतीमुलो नगरेकी होइनन्, तर जति औषधी गर्दापनि खानामा मन गएन । “खाना सझ्यो कि उल्टी आउने थाल्यो । पछि बिरामी त सन्चो भयो तर खानासँग वितृष्णा नै भयो मेरो । खाना देख्नवित्तिकै मुखमा, पेटमा चिलाएजस्तो हुन्थ्यो ।” उनी भन्छिन् ।

दोश्रो, तेश्रोपल्ट सुत्केरी हुँदासमेत उनलाई खाना खान मन नलाग्ने भएपछि परिवारलाई चिन्ता लाग्यो । उनका श्रीमानले त्यतिखेरका नाम चलेका डाक्टरकोमा लगे । चार जना डाक्टरले निकै समय दिएर सबैथोक परीक्षण गरे । तर शायद उनको नियती नै खाना नखानु थियो होला, जति कोशिश गर्दापनि खानाप्रति उनको रुचि जागेन । पछि औषधी नै खान छोडिन उनले । भन्छिन, “खानुपर्छ भन्ने लाग्थ्यो, कोशिस पनि गरेँ, डाक्टरले दिएको औषधी भने अनुसार खाएँ पनि । तर जति कोशिस गर्दा पनि भित्र छिर्न सकेन । त्यसपछि पानी र साझ बिहान चिया मात्रै मेरो खाना बन्यो ।”

खाना नरुचेपनि आम जीवनका क्रियाकलापमा भने कहिल्यै पनि अरुचि नलागेको सरस्वती बताउँछिन् । उनले अरुजस्तै हाँसिन, खेलिन, दुखसुख झेलिन । ‘अब मेरो बानी पर्यो, यतिका वर्ष भयो । भोज भतेर या जहाँ गएपनि खानामा मनै जान्न । मेरो जिन्दगी पानी हो, चियो हो ।’ उनी भन्छिन् ।

यतिखेर भने उनको परिवार, आफन्त तथा छरछिमेकीलाई यो कुरा सामान्य लाग्छ । धेरै कोशिश गर्दापनि खानामा मन नगएपछि परिवारले पनि अस्पताल लैजान छोड्यो । सरस्वतीको शरिरमा काम गर्ने जागर अहिले पनि कम भएको छैन् । शरिरमा फूर्ति उस्तै छ । केही समयअघिसम्म खेतमा काम गर्ने, गाई गोठालो जाने, मेलापात जाने गर्थिन् भने अहिले घरमै श्रीमानको सेवा गरिरहेकि छिन् । (नयाँ पत्रिकाबाट साभार गरिएकाे । )

वाईसीएल नेपालको दोश्रो राष्ट्रिय सम्मेलन शुरू, प्रचण्डद्वारा उद्घाटन (फाेटाे फिचर)

काठमाँडौ, भदाै २ । योंग कम्युनिष्ट लीग (वाईसीएल) नेपालको एकताको दोश्रो सम्मेलन शुरू भएको छ । माओवादी केन्द्र निकट युवाहरूको संगठन वाईसीएलको एकताको दोश्रो राष्ट्रीय सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । सम्मेलनमा देशभरिबाट ५ सय सत्तरी प्रतिनिधि उपस्थित छन । उदघाटन कार्यक्रममा माओवादीका नेताहरूको समेत बाक्लो उपस्थिति छ । काठमाँडौको कोटेश्वर नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्मेलनको उदघाटन शत्र चलिरहेको छ । उदघाटन सत्रपछि बंद सत्र सुरु हुने र राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने छ । माओवादी आन्दोलनमा निक़ै महत्वका साथ हेरिने वाईसीलको यो सम्मेलनले १ सय ५१ जनाको कार्यसमिति चयन गर्ने छ ।  

महिलाहरुको दरको रुपमा विशेषगरी के खान हुन्छ, के खान हुँदैन ?

साउन २८ । हिन्दू महिलाहरुको महान् चाड हरितालिका (तीज) नजिकिँदै गएको छ । महिलाहरु रातो सारी र विभिन्न गरगहनाहरुमा सजिसजाउ भएर तीजको दर खान साथी संगिनी मिली पार्टी प्यालेसहरुमा चहलपहल बढिरहेको छ । पहिले पहिले दर खाने एक दिनमात्र त्यो पनि १२ बजेसम्ममा खाइसक्नुपर्छ भन्ने मान्यता रहेको थियो भने अहिले समयकाल परिवर्तन सँगसँगै एक महिनाअघि देखि दर खाने चलन भित्रिसकेको छ । हरितालिका (तीज) मा हिन्दू महिलाहरु व्रत बसी पूजाआजा गर्ने र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन् । दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ। धेरै नखाने ? नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाव दिन्छन् । स्वच्छ खाने ? मौसम वर्षातको छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ । भारी नखाने दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ चापागाइँ बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने उनी बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् । पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ। व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ ।  त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

खोटाङ, २४ साउन । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका–२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन् । २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ । रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको छ । जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ । महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो । घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन् । गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो । “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहा¥यौँ, तर बचाउन सकिएन ।” उहाँले भन्नुभयो, “छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो ।” आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन् । “आफूसँग फुटेको कौडी छैन ।” आँखाभरि आँसु पार्दै आमा मीनाले भन्नुभयो, “आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु !” शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन् । थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट ‘सरोज थापा बचाउ अभियान’ सञ्चालन भइरहेको छ । फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताउनुभयो । एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन् । सरोजलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस

खुला भयो संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल

जेनेभा । स्वीट्जरल्याण्डमा निर्मित संसारको सबैभन्दा लामो झोलुङ्गे पुल पैदल यात्रुका लागि खुला भएको छ । स्वीट्जरल्याण्डमा रहेको निर्माण भएको यो पुल दुई सय मिटर अग्लो र १६ सय २१ फिट लामो रहेको छ । चाल्र्स क्युनेन सस्पेन्सन ब्रिज नाम गरिएको यो पुल संसारकै लामो पुल भएको जेमत टुरिज्मले जनाएको छ । यो पुलबाट म्याटरहर्न, वेसहर्न र बर्निज एल्प्सको सुन्दर दृश्य देख्न सकिन्छ । गत जुलाई २९ मा पुलको उद्घाटन गरिएको थियो । यसअघि उक्त स्थानमा रहेको पुल चट्टान खसेका कारण भत्किएको थियो । यो पुलले जेरम्याट र ग्रेचेन उपत्यकालाई जोड्ने गर्दछ । पुल नहुँदा ३, ४ घण्टा लाग्ने दूरी अहिले १० मिनेटमा पुरा हुने बताइन्छ ।

भरतपुर १९ का मतदाता छाता ओढेर मतदानका लागि लार्इनमा (फोटो फिचर)

राजेन्द्र आचार्य/ चितवन, २० साउन । निकै चासो र चर्चामा रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्न मतदाता छाता ओढेर मतदानका लागि लार्इनमा छन् । बर्षाको बाबजुत मतदाताहरु बिहान ६ बजेदेखि नै लाईनमा वसेर मतदान गर्न आतुर देखिएका थिए । लगातारको वर्षा भएपनि मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । वर्षाले पुनः मतदानलाई निकै नै प्रभावित पारिरहको छ । चितवनमा निरन्तरको वर्षातका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरि मतदान गराईएका सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए । वर्षातका कारण मुग्लिन नारायणगढ सडकखण्डको पहिरोका कारण कतिपय मतदाता समेत बीच बाटामै अलपत्रमा समेत रहेका छन् । मतदानका लागि उपसचिव स्तरका ६ जनालाई मतदान अधिकृतमा खटाइएको मतदान केन्द्रमा मतदान अधिकृतसहित ३६ कर्मचारीले मतदान गराईरहका छन् । उनले पुनः मतदानमा निर्धक्क भएर मतदान गरिरहेको समेत दावी गरे । भरतपुर १९ मा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । तस्वीर : सुरेश बास्तोला

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरू ?

काठमाडौं,साउन २० । एक्लै जित्न नसक्ने ठाउँमा तालमेल गर्दै कांग्रेस स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो । ‘एक्लै जित्न सक्ने ठाउँमा हामी एक्लै लड्छौँ, एक्लै जित्न नसक्ने ठाउँमा सत्तारुढ दल माओवादी र राजपासँग चुनावी तालमेल गर्छौँ,’ कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने, ‘यसका लागि आठवटै जिल्लालाई निर्देशन दिइसकेका छौँ ।’ भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि पूर्व–पश्चिम राजमार्गका झन्डै २० तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ । राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग चुनावी तालमेलको तयारी गरेको हो । प्रदेश नम्बर २ मा केन्द्रित कांग्रेस सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक आक्रमक रूपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको निर्वाचनलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन पनि छिटै तय गर्ने आश्वासन दिइसकेका छन् । प्रदेश नम्बर २ मा बलियो बन्नैका लागि कांग्रेसले यसपटक सरकारमा तराईबाटै तीनजनालाई मन्त्री चयन गरेको छ । फरमुल्लाह मन्सुर बारा, धनुषाका रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ । नेता रामचन्द्र पौडेल पक्षबाट रामकृष्ण परेपछि सरकार विस्तारमा महेन्द्रलाई अन्तिम अवस्थामा मन्त्री बनाइएको थियो । तराईकै नेतालाई मन्त्री बनाउँदा निर्वाचनमा कांग्रेसप्रति सकारात्मक सन्देश जाने बुझाइका कारण नेता निधिकै दबाबमा यादवलाई मन्त्री बनाइएको कांग्रेस स्रोत बताउँछ । केही दिनअघि प्रचारप्रसार समितिको छलफलपछि कांग्रेसले १९ साउनमा जनकपुरमा भेला गर्दै छ । भेलामा कांग्रेसका शीर्ष नेताहरूसमेत सहभागी हुनेछन् । भेलाको तयारी गरी कांग्रेस नेता रामचन्द्र पौडेल काठमाडौं फर्किएका छन् । तालमेल हुँदा ‘डिस्टिङसन’को आशा तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ तहमा हुने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ । कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ । ‘१२७ पूर्णांकमा हामीले सय तहसम्म जित्न सक्ने टार्गेट बनाएका छौँ,’ नेता विमलेन्द्र निधिले भने, ‘कमजोर ठाउँमा कांग्रेसलाई अझै बलियो बनाउन तालमेल जरुरी छ । जसरी भए पनि हामीले प्रदेश नम्बर २ मा डिस्टिङसनको टार्गेट बनाएका छौँ ।’ जनकपुरबाटै पार्टी परिचालनको व्यवस्था कांग्रेसले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्दै छ । केन्द्रबाट कर्मचारी पठाएर जनकपुरबाट पार्टी परिचालनको व्यवस्थापन गरिएको छ । १२७ वटै तहमा केन्द्रीय नेताहरू खटिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रदेश नम्बर २ लाई पार्टीले हेडक्वार्टर नै बनाइरहेको छ, अब १२७ वटै तहमा केन्द्रीय प्रतिनिधि खटिनुहुन्छ,’ उनले भने । आठवटै जिल्लामा शीर्ष नेताको उपस्थितिमा सभा गरिँदै छ । उम्मेदवार टुंगिएपछि भदौको पहिलो साताभित्रै सभा गर्ने तयारी कांग्रेसकोे छ । कांग्रेसबाहेकसँग तालमेलका लागि एमाले तयार मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी कम्तीमा ६० सिट जित्ने आँकलन एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो । ‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौँ,’ एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने, ‘राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ ।’ मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी  कांग्रेसबाहेकका दलसँग तालमेलको नीति खुलै राखे पनि आफूविरुद्ध कांग्रेससहित सबै दलले घेराबन्दी गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको एमालेको विश्लेषण छ । त्यस्तो अवस्थामा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एमालेले सोहीअनुसार चुनावी तयारीलाई तीव्रता दिइरहेको छ । ‘हामीविरुद्ध सबैले घेराबन्दी गर्ने गरी तालमेल गर्न सक्ने सम्भावना पनि छ, त्यसैले हामीले तयारी पनि त्यहीअनुसार गरिरहेका छौँ,’ मण्डलले भने, ‘जतिसुकै घेराबन्दी भए पनि तोड्दै एक सिट भए पनि बढी जितेर प्रदेश नम्बर २ मा पहिलो दल बन्नेछौँ ।’ कम्तीमा ६० सिट जित्ने आँकलन  एमालेले प्रदेश नम्बर २ मा न्यूनतम ६० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने एमालेको ठम्याइ छ । तर, पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ । ‘अधिकांशमा कांग्रेससँग प्रतिस्पर्धा भए पनि कतिपयमा मधेसकेन्द्रित दलसँगै हाम्रो प्रतिस्पर्धा हुन्छ, दोस्रो र तेस्रो स्थानमा देखिएका केही ठाउँमा पोजिसन सुधार्दै छौँ,’ मण्डलले भने । एमाले नेताहरू जिल्ला दौडाहमा को कहाँ खटिए ? ईश्वर पोखरेल : बारा, धनुषा  विष्णु पौडेल : पर्सा घनश्याम भुसाल : रौतहट प्रदीप ज्ञवाली : सिरहा, सर्लाही योगेश भट्टराई : धनुषा पृथ्वी सुब्बा गुरुङ : महोत्तरी  गोकर्ण विष्ट : सिरहा  भीम आचार्य : सप्तरी भीमबहादुर रावल र सुरेन्द्र पाण्डे : चितवन आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावी तयारीका लागि एमाले महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारी जिल्लामा खटिएका छन् । उनीहरू एक सातादेखि प्रदेश नम्बर २ का आठ जिल्लाका बैठक, भेलालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । नेताहरूले जितका लागि सूक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछन् । त्यसका आधारमा एमालेले चुनावी रणनीति तय गर्नेछ । मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजनामा माओवादी केन्द्र प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । सो प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअनुसार तालमेल गर्ने योजना यसको छ । ‘हामी जित्न सक्ने तहमा एक्लै प्रतिस्पर्धा गर्छौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी कमजोर भएका तहमा अरू दलसँग तालमेल गरेर निर्वाचनमा जान्छौँ ।’ राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमलगायतका दलसँग तालमेल हुन सक्ने भुसालले बताइन् । तालमेलका विषयमा स्थानीय पार्टी कमिटीको सुझाब पनि समेटिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीको केही दिनअघि बसेको केन्द्रीय सचिवालय बैठकले पनि दोस्रो जनआन्दोलनकारी शक्तिसँग मात्र तालमेल हुने निर्णय गरेको थियो । माओवादीले मधेसमा पहिलो वा दोस्रो शक्तिका रूपमा उदाउने योजना बनाएको छ । मधेसका १ सय २७ तहमध्ये माओवादीले ४४ तह जित्ने अपेक्षा राखेको छ । छिटै उम्मेदवार टुंगो लगाइने केही दिनभित्र सबै तहका उम्मेदवारको टुंगो लगाउने प्रदेश नम्बर २ का संयोजक साहले बताए । ‘अधिकांश तहमा सहमतिमा उम्मेदवार टुंगो लागिसकेको छ,’ उनले भने, ‘टुंगो लगाउनुपर्ने उम्मेदवारको पार्टी हेडक्वार्टरले लगाउँछ ।’ मधेसमै माओवादी केन्द्रीय कार्यालय माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजनासहित रणनीति बनाएको छ । सो रणनीतिअनुसार निर्वाचन अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय उसले गरेको छ । पार्टी अध्यक्ष प्रचण्डदेखि सबै शीर्ष नेता मधेसमा परिचालित गर्ने माओवादीको तयारी छ । नेताहरू परिचालित हुने जिल्ला तोकिएका छन् । प्रवक्ता पम्फा भुुसालका अनुसार ८० प्रतिशत उम्मेदवार पनि सर्वसम्मत चयन गरिएका छन् । राप्रपा अध्यक्षसहितका नेता मधेसमै राप्रपाले पनि प्रदेश नम्बर २ लाई आफ्नो भोट बैंक भएको दाबी गरेको छ । शीर्ष नेताहरू मधेसमै सक्रिय भएका छन् । १५ साउनबाट प्रदेश नम्बर २ को भ्रमण सुरु गरेका अध्यक्ष कमल थापा बिहीबारसम्म उतै छन् । अध्यक्ष थापाले १५ साउनमा बर्दिबास, १६ गते राजविराज, १७ गते लहान, १८ गते जनकपुर र १९ गते हेटौँडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् । राप्रपाले केन्द्रीयस्तरबाट कसैसँग तालमेल नगर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीयस्तरबाट तालमेल गर्ने योजना बनाएको छैन । स्थानीयस्तरमै पार्टीलाई फाइदा हुने किसिमले उपयुक्त निर्णय लिने जिम्मेवारी सम्बन्धित तहको पार्टी कमिटीलाई दिइने महामन्त्री जयन्त चन्दले बताए । ‘केन्द्रबाट प्रदेश नम्बर २ को निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने योजना छैन,’ उनले भने, ‘अन्य दलले पार्टीलाई फाइदा हुने किसिमबाट तालमेलको प्रस्ताव ल्याएमा निर्णय लिने अधिकार सम्बन्धित तहको पार्टी कमिटीलाई दिने योजना छ ।’,नयाँ पत्रिकामा खबर छ ।

दलाललाई कारवाही गर्न किन डराए सरकार र मन्त्रीहरू ?

कुरा केहि दिन अघिको हो । सधै झै त्यस दिन पनि म उठेर जव आफ्नो फेसबुक खोले मसंग चिनजान नभएकि रूपा लामाको नामबाट एउटा म्यासेज म्यासेन्जरमा आएको रहेछ मेरो आँखा त्यतै गयो । म्यासेजमा लेखिएको थियो एनआरएनए मध्य पुर्बी एसिया संयोजक डिबि छेत्री दाईले तपाईसँग सम्पर्क जोडाइ दिनु भएकाले हजुरसँग कुरा गर्न खोजेको हु । विशेष त कुवेतमा बन्धक भई यातना पाएकी नुवाकोट स्थायी ठेगाना भयकी सीता तामाङ्गको उद्दार गर्न आवश्यक पहल गरिदिन तपाईको साथ र सहयोग चाहियो भनि गर्नु भएको रहेछ । के कुरा रहेछ भनी रूपा लामासँग मैले पनि केहि बेर कुरा गरे । उता ओमनमा बन्धक बनाइएकि एक जना बहिनीलाइ हाम्रै पहलमा नेपाल ल्याएका थियौ त्यसदिन दिउँसो उनको मुद्दामा पीडित पक्षबाट बयान मैले पनि दिनु पर्ने भएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि) र प्रहरी केन्द्रीय कार्यलय चक्रपथमा जानु थियो । ११ बजे भेटौ भनी रूपालाइ सम्पर्क नम्बर दिएर त्यही भेटमा वास्तबिक कुरा बुझ्ने भनी म पनि चक्रपथ पुगे । म थोरै ढिला पुगेकाले रूपा लामा, होमबहादुर तामाङ अगाडि आएर बसी रहनु भएको रहेछ । ओमनमा बन्धक बनाई नेपाल ल्याएको बहिनीको बारेमा केहि बयान दिनु पर्ने भएकाले उहाँहरुलाई एक छिन पर्खन अनुरोध गरे र म मेरो काम सकिएपछि रूपा लामा सहित उहाँहरुसँग बास्तबिक कुरा बुझ्नलार्इ छलफल गर्न लागे । त्यति बेलासम्म नेपाली जन प्रगतिशील मन्च कुबेतका पूर्व अधक्ष्य दावा छिरिंग तामाङ थोकरलार्इ पनि त्यही बोलाई सकेका थियौ र सँगै सबै कुराहरु गर्यौ चिना परिचय पनि गर्यौ एक अर्कामा । कुरा गर्दै जादा रूपा लामा कलकारिता, मोडलिङ क्षेत्रमा निरन्तर लागेकी र हाल मिस हेरिटेज अडिसनमा प्रतिस्पर्धामा समेत रहेछिन ।उनको साथमा होमबहादुर तामाङ्ग पनि (पीड़ित सीता तामाङ्गको छोरा) । एनआरएनए मध्य एसिया संयोजक डीबि दाईसँग के गर्न सकिन्छ उहाँहरुको उद्दार पहल गर्दिन भन्नु भएको रहेछ रूपाले डीबि दाई पनि दूतावास अनि दलाललार्इ सम्पर्क गरी उद्दार गर्न निरन्तर पहलमा लाग्नू भएको र लामो समयदेखि सहयोग गर्दै आउनु भएको र मलाई भेट्न भन्नु भएको कुरा बताउन । जब रूपा लामाले प्रसंग उठाइन बिगत १ बर्षदेखि नुवाकोट घर भएकी ४८ वर्षीय सीता तामाङ्ग लार्इ कुबेतमा मानव तस्कर र दलालहरुले ललाई फुकाई उतै लगेको र र कम्पनीमा डुब्लीकेट कम्पनीको नामबाट नेपाल सरकार श्रम मन्त्रालय, श्रम बिभागबाट श्रम स्वीकृत गरेको (सरकारबाटै गलत कम्पनी श्रम स्वीकृत दिएको गलत प्रमाण सहित) पीडितलाई कम्पनीमा भनेको तर घरेलु कामदारको रूपमा काम लगाएको, आजसम्म तलब नदिई घरमालिकले चरम यातना, मानसिक तथा शरिरिक शोषण, कुटपिट गरी घरको छतबाट लडाएर हात खुट्टा भाचिएको दर्दनाक पीडा भाबुक हुदै रूपाले भन्दै गर्दा त्यहाँ उपस्थित सबैको आखाभरी आँसु भयो । दूतावासमा उद्दारका लागि पहल गर्दिन राजदूत र त्यहाका कर्मचारीलाइ पटक–पटक फोन सम्पर्क गरे, बिन्ती गरे कुरा गरे तर दूतावासले टारि रह्यो, झुलाई रह्यो धेरै पटक भने तर उद्दार हुन सकेन रूपाले आसु खसाल्दै भनिन । रूपा पनि तिनै पीडित को उद्दारमा सक्रीय भएर निरन्तर लागेकि रहेछिन जब खुट्ट भाचि अस्पताल ल्याएको रहेछ तब पीडित सीता तामाङ्गलाई नेपाल फर्काइदीन भनी दलाल कहाँ सम्पर्क गर्दा फेरी हस्पिटलबाटै उनीलाई दलालले बेचेछन । गहभरी आशु पार्दै, हाम्री आमालाई तत्काल नेपाल झिकाउन पहल गर्दिनु तपाईको साथ र सहयोग आशा गरेका छौ । घरमालिकले छतबाट लडाएर खुट्टा भाचेको र हाल खुट्टामा रड लगाएकले आमाको अबस्था नाजुक छ, छोरा होमबहादुर थप्नु भयो । म र दावा सर पनि उहाँहरुको पीडा र दाईका कुरा सुनेर भाबुक भएका थियौ । तुरुन्तै के गर्न सकिन्छ त भनेर सोच्दै छलफल गर्दै थियौ । पीडादायी जीबन भोगी रहेकी सीता तामाङ्गलार्इ जसरी पनि छिटो बन्धी जीवनबाट मुक्त गराइ उद्दार गरी नेपाल झिकाउन हामी लाग्नू पर्छ ढिला गर्न हुन्न भनी हामी यहाँबाट निस्कियौ । मैले तत्कलै परराष्ट्र मन्त्री र गृह मन्त्रीलार्इ निबेदन लियर भेट्न जाउ भनी सल्लाह गरे । त्यति बेला पराराष्ट्र मन्त्रालयमा युबराज चौलगाई दाईलाई फोनमा सबै जानकारी दिएको थिए । तुरुन्तै हामी तपाई कहा आउछौ भने । उहाँले पनि छिटो आउन भनी पासको ब्यबस्था मिलाई दिनु भयो । मन्त्रालय जाने त भनियो तर निबेदन तयार थिएन । हामी होमबहादुर, रूपा लामा, दावा र म सिविआइको कार्यालयबाट निस्कियो । निबेदन लेख्न बहानामा नजिकैको चिया पसलमा छिरिउ । म निबेदन लेख्न तिर कस्सीए । मन्त्रालय पुग्न ढिला होला भनेर हतार हतार त्यहाँबाट सिंहदरबार तिर लागिउँ । बाटोमा सोच्दै थिए युबराज दाई लार्इ हामी छिटो आउदै छौ भनेको थिए (निबेदन लेख्दा थोरै ढ़ीला हुन गएको थियो) कतै हामीलाई मन्त्रालय बोलएर युबराज दाई निस्किनु त भएन ? हामीलाई बोलएर उहाँ कतै बैठक तिर त लाग्नू भएन ? यावत प्रश्नहरु मनमा खेली रहेको थियो तर हामी पुग्ना साथ उहाँलाइ भेटिउ र निबेदन सहित सबै कुराहरु राखेउ । उहाँले पनि यो कार्य तत्काल उद्दार गर्न पहल गर्न हामी तत्काल लाग्नू पर्छ भनी राजदुतलार्इ तुरुन्तै हाम्रै अगाडि फोन गरी सीता तामाङ्गलाइ तिरुन्तै नेपाल झिकाउन निर्देशन दिनु भयो । कुवेतमा रहेको दूतावासलाई यो भन्दा अगाडि पीडितका आफन्तहरुले पटक–पटक फोन गर्दा दूतावास कुरै सुन्न चाहदैन थियो राजदुत र त्यहाँका कर्मचारी दलालको घेरामा फसेर हो वा डर, त्रासले हो कुन्नि ? त्यों उहाँहरुलाई नै थाह होला तर उद्दार मा चासो नै नदिने खालका थिए । त्यहि दिन साँझ पख खबर आयो सिता तामाङ्गलाई बन्धक मुक्त गराई दूतावास ल्यायिएको छ अब केहि दिनमा नेपाल पठाउँछौ । हामी खुसी भयौ पीडितको छोराले जसरी पनि तापाईहरु आउनु है एअरपोर्ट भनिरहनु भएको थियो । आज तिनै पीडित सीता तामाङ्गलार्इ जब एअरपोर्टमा लिन जाँदै गर्दा छोरा होमबहादुलाई आमाले देखिन रुदाँरुदा आशु सकिएको आँखाबाट भक्कानिएर छोरालाई झमटिदै रोइरहनु भयो । त्यो भाबबिहोल अबस्था देखेर हामी (रूपा, म दावा र अर्को साथी)हरुको मन दुःखी रहेको थियो । यसो उहाँसँग कुरा गर्दा उहाँ बोल्न सकिरहनु भएको थिएन । एकातिर पीडा र अर्कोतिर खुसीले होला सायद । जब हामी अलि अलि अगाडि आयौ उहाँ छतबाट हुत्याएर लडाइएको भाचिएर रड लगाएको खुट्टा अझै सुनिएको रैछ खोच्यौदै हिडंनु भयो हामी सबैलाई झन पीडा बोध भयो । छोरा होमबहादुर भन्दै हुनुहुन्थ्यो आमालाई नेपाल ल्याउन तपाईहरु लाग्नू भएकाले कुन शब्दले धन्यवाद दिऊ । अब सीता तामाङ्ग त नेपाल ल्याउन सफल भयौ तर सीता तामाङ्ग जस्ता अरु हजारौ बेचिएका र बन्धक बनायिएक दीदीबहिनीहरुलाई कहिले नेपाल झिकाउन सकियाला ? प्रश्न मन भरी खेली रहेको छ । त्यों भन्दा पनि हाम्रा दीदीबहिनी बेच्ने मानब तस्कारलार्इ किन कारबाही गर्न सक्दैन सरकारले ? अबैध तस्कर गर्ने दलाललाई जबसम्म सरकारले कारबाहीको दाहेरामा ल्याउन सकिदैन तबसम्म अरु दीदी बहिनी दाजुभाईहरु यसरी नै बेचिने छन । यसो त केहि दिन अघि मात्रै युएईबाट त्यहाँ कार्यरत पत्रकार साथीहरूको पहलमा अलपत्र परेका १५ जनालाई उद्दार गरि नेपाल पठाएका थियौं । तर खै आजसम्म नेपाल आएका पीडितले किन न्याय पायनन ? किन गरिएन छानबिन ? कस्ले रोक्यो सरकारलाई मानव तस्कर गर्ने दलाल र ट्राभल्सलाई कारबाही गर्न ? दलाललाई नेपाल डिपोट गर्न नसक्ने युएइका राजदुतलाई नैतिक सरम लाग्नुपर्छ कि पर्दैन ? प्रमाणसहित आएका कुरामा किन प्रशासनले चासो दिएन ? कहाँबाट टासिंएको थियो सेटिङमा नक्कली स्टिकर ? के न्याय पाइदैन त अब नेपाल मा दुखी गरिबले ? रेमिटान्सले धानेको देशमा र यहाँ राज गर्न गणतन्त्रका बादसाहहरुको मनमा किन दया नपलाएको होला ? बिदेसमा अलपत्र परेका बिचल्ली परेका आफ्ना नागरिकलार्इ सकुशल स्वदेश फिर्ता गरि उचित छानबिन र न्याय दिलाउन सक्दैनौ भने बिन्ती छ जनताले रगत पसिना बेचेर तिरेको करको दुरुपयोग नगर । कसलाई मन हुन्न होला जहानसंग बस्ने। ढुङगाको मन कस्को होला मुग्लान पस्ने।। स्वदेशमा काम पाइएन विदेश धाऊनु पर्ने। दुखीयाले मात्रै सबै दुःख पाउनु पर्ने ।।

माओवादी केन्द्रमा ‘पदीय’ विवाद, अन्य दलकाे हाल पनि उस्तै

काठमाडौं । गत शुक्रबार माओवादी केन्द्रको कार्यालय बैठकमा  मुख्य नेतापछि को भन्ने विषयले औपचारिक प्रवेश पायो । माओवादीका एक उच्च नेताका अनुसार कार्यालय सदस्य मणि थापाले माओवादी बैठकमा यो विषयलाई प्रवेश गराएका हुन् । मुख्य तीन नेता अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापापछि उनीहरूसँगै बस्ने नेताको पनि टुंगो लगाउन थापाले माग गरेका थिए । माओवादीमा प्रचण्डसँगै एकातिर थापा र अर्कोतिर श्रेष्ठ बस्दै आए पनि त्यसपछि को बस्ने भन्नेमा अस्वस्थ दौड चल्न थालेकाले थापाले त्यस्तो माग गरेका हुन् । यद्यपि, उनको त्यस्तो मागका विषयमा प्रचण्डले कुनै प्रतिक्रिया भने दिएका छैनन् । खासगरी नेता कृष्णबहादुर महरा, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटालगायत मात्रै होइन, पार्टी हेडक्वार्टरका ३५ जना नेता तीन शीर्ष नेताको छेवैमा बस्न दौडने गर्छन् । माओवादी केन्द्रले हेटौंडा महाधिवेशनबाटै पदीय मर्यादा निर्धारण गर्न सकेको छैन । अझ ०७३ जेठमा विभाजित माओवादी पार्टीबीच एकतापछि त झन् उसले यस विषयलाई पन्छाउँदै आएको छ । पछिल्लो चरणमा नेताहरूको कार्यविभाजनलगायत विषय टुंगो लगाउन सचिवालय बैठकपछि लगातार तीनपटक हेडक्वार्टर बैठक बसे पनि निर्णय भएको छैन । बैठक १८ गतेसम्म स्थगन भएको छ । एकतापछि बहुपदीय संरचनामा जाने वा एकपदीय भन्ने विषयमा देखिएको विवादपछि उसले ‘हेडक्वार्टर’ बनाएर चलाउँदै आएको छ । कांग्रेसकाे हाल पनि उस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी कांग्रेसमा पनि पदीय विवाद यथावत छ । नेताहरू गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, डा. रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखकले वरीयतामा असन्तुष्टि जनाउँदै पार्टी बैठकको माइन्युटमा हस्ताक्षर नै गरेका छैनन् । बैठकमा उपस्थित भए पनि उपस्थिति पुस्तिकामा यी नेताले हस्ताक्षर गरेका छैनन् । अहिले उपप्रधान तथा शिक्षामन्त्रीसमेत रहेका गोपालमान श्रेष्ठ वरीयतामा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई आफूभन्दा अगाडि राखिएकोमा असन्तुष्ट छन् । कुलबहादुर गुरुङले पनि निधि र सिटौलाभन्दा आफू वरिष्ठ भएको भन्दै असन्तुष्टि जनाएका छन् । केसी र महतले कुन नेतालाई आफ्नो वरीयताभन्दा अगाडि राखिएको नखुलाए पनि असन्तुष्टि भने पोखेका छन् । नेता लेखकको पनि त्यस्तै छ । नेताहरूले मर्यादाक्रममा विवाद उठाएपछि कांग्रेसले विवाद छिनोफानोका लागि ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा आनन्दप्रसाद ढुंगाना र फरमुल्लाह मन्सुर सदस्य थिए । गत वर्ष कात्तिकमा गठन भएको समितिको यो बीचमा तीन-चारपटक बैठक बसे पनि प्रतिवेदन तयार हुन सकेको छैन । नयाँ शक्तिकाे अवस्था नयाँ शक्तिमा डा. बाबुराम भट्टराईपछिको नेता को हुने भन्नेमा विवाद छ । जसकारण उसले पनि एक वर्षको यो अवधिमा कुनै नेताको पनि वरीयता निर्धारण गरेन । अहिले स्थानीय तहको निर्वाचनपछि त झन् उसले केन्द्रीय समिति नै विघटन गरेर भट्टराईको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । रामचन्द्र झा, दुर्गा सोव, देवेन्द्र पौडेल, केशव दाहाल, गंगानारायण श्रेष्ठलगायत नेताले भट्टराईपछिको वरीयताका लागि आफूलाई प्रस्तुत गरिरहेका छन् । राजपा ग्रस्त मधेसकेन्द्रित ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टीमा पनि यो रोग कायमै छ । ६ वटै पार्टीका अध्यक्षले आलोपालो नेतृत्व गर्ने गरी अध्यक्षमण्डल बने पनि हृदयेश त्रिपाठीलगायत केही नेताले अध्यक्षमण्डलकै नेतालाई पनि स्वीकार्न सकिरहेका छैनन् । आफूभन्दा कनिष्ठ नेतालाई फरक पार्टीबाट एकतामा आएकै नाममा नेता मानेर जान नसकिने उनीहरूले सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । त्रिपाठीको आक्रोश राजेन्द्र महतोतिर देखिन्छ । एक समय एकै पार्टीमा रहँदा महतो आफूभन्दा कनिष्ठ रहेकाले अहिले वरिष्ठ मानेर जान त्रिपाठी तयार देखिएका छैनन् । एमालेले भने यो विषय पदीय हैसियतअनुसार नै टुंगो लगाएका कारण विवाद त्यति सुन्नमा आएको छैन, अन्नपूर्ण पोस्टमा खबर छ । किन निम्तन्छ विवाद ? विचार, राजनीति र कार्यदिशा समान भए पनि दलभित्रै नेताबीच द्वन्द्व, प्रतिस्पर्धा र सहकार्य भइरहेका हुन्छन् । खास सन्दर्भमा अन्य पार्टीसँग प्रतिस्पर्धाका बेला आन्तरिक पार्टी एकढिक्का भएको देखिए पनि अन्य बेला भने द्वन्द्व बढ्ने राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन् । नेपालका सन्दर्भमा राजनीतिक दलभित्र मुख्य नेतापछि को बन्ने भन्नेमा अलिक बढी नै आन्तरिक विवाद रहेको पोखरेलको बुझाइ छ । त्यस्तो अवस्था आउनुमा भने पार्टी अध्यक्षलाई चुनौती दिन सक्ने गरी अन्य नेताको ‘पावर’ नहुनु प्रमुख कारण भएको उनले बताए । ‘एकै पार्टीका नेतामा पनि द्वन्द्व हुन्छ, यो जहाँ पनि देखिन्छ । पार्टीभित्रै नेताबीच प्रतिस्पर्धा हुने, जति माथिल्लो तहमा पुग्छन्, त्यति नै अवसर साँघुरिँदै जाने र त्यस्तो साँघुरिने अवसरमा आफ्नो पावर कायम राखिरहन दलभित्रै नेताबीच विवाद, प्रतिस्पर्धा हुन्छन्,’ पोखरेलले अन्नपूर्णसँग भने, ‘अहिले पनि दलमा यही अवस्था देखिन्छ ।’

दलकारिता र चरम व्यवसायिकता

रघुनाथ बजगाँई सोझो तरिकाले खुरु खुरु काम गर्ने पेशा होईन रहेछ पत्रकारिता । आफ्नो १० महिने कार्यकालको उपलब्धिबारे जानकारी गराउन गत जेठ २२ गते तत्कालिन सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मन्त्रालयमा सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरे । सम्बोधनकै क्रममा उनले भने, ‘अब पत्रकारिताको बारेमा हाम्रो स्थिति कस्तो छ भने कसैले झुटो समाचार लेख्यो भने उसले पत्रकातिा गर्न नपाउने भन्ने नियम यदि बनाइयो भने नेपालमा पत्रकारहरुको पनि याेगदान गर्नुपर्छ । दलगत राजनीतिले हामी यत्ति बढि अभिप्रेरित छौँ’ सञ्चारमन्त्रीको कथनले नेपाली पत्रकारिताभित्र डरलाग्दो ढंगले विकास भइरहेको पूर्वाग्रही चिन्तन र चरम राजनीतिकरणलाई इंगित गर्न खोजेको थियो । यद्यपी उनको कार्यकालमा निश्पक्ष पत्रकारिताका लागि प्रोत्साहन गर्न के–कस्ता प्रयास भए ? न उनले उल्लेख गरे न कसैले सोध्न जरुरी ठान्यो । मिडियामा दलकारिता मन्त्री कार्कीले यसो भनिरहेकी एक दिनअघि एउटा पत्रिकाले मन्त्रीकै शैलिमा समाचार सम्पे्रषण गरेको थियो । समाचारको शीर्षक थियो– धमला कसको पक्षमा ? । व्यक्तिगतरुपमा पत्रकारको आफ्नो राजनीतिक आस्था हुनु स्वभाविक भएपनि पेशागत हिसाबले कुनै चर्चित पत्रकारले अन्य सेलिब्रेटी जस्तो जनमत निर्माण गर्ने किसिमले पार्टीगत प्रचार गर्न नहुने सामान्य नैतिकता विपरित उक्त समाचारमा भने धमलालाई कुनै अमुक राजनीतिक पार्टीको प्रचारका लागि विज्ञापन गरिएको स्पष्ट देखिन्थ्यो । “देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो पनि अभियान हो, यसका लागि भारत र अन्य छिमेकी देशसंग पनि समन्वय गरेको छु’ समाचारमा धमलाको भनाई यस्तो थियो, मानौं पत्रकारको भूमिका समाचार भन्दा पर शक्तिकेन्द्रहरुसँग “डिलिङ” गरेर सरकार निर्माण गर्ने या ढलाउने पनि हो र हुनुपर्छ । धमलाले अझ अगाडि भनेका छन्, “कांग्रेस–माओवादीको गठबन्धन कायम गर्नुपर्छ भन्ने लाइन हो ।” माथिको समाचार एउटा उदाहरण हो । हिजोका दिनमा चलचित्र क्षेत्रका कतिपय हस्तीहरुलाई राजनीतिक दलहरुले आफ्नो प्रचारको यन्त्र नबनाएका होइनन । रेखा थापा यसको पछिल्लो उदाहरण हुन । तर चलचित्रका कलाकार या अन्य पेशागत सेलिब्रेटि भन्दा पत्रकारको भूमिका नितान्त भिन्न हुनुपर्ने हो । तर यहाँ त्यो देखिएन । बरु कुनै अमुक पार्टीका लागि पत्रकारहरुले आफ्नो व्यवसायिकता खर्च गरेको देखियो । उक्त समाचारमा स्पष्टरुपमा नै एक जना चर्चित पत्रकारको उदाहरण दिइएपनि उपमा नदिइकन पनि नेपालका अधिकांश मिडियाले कुनै न कुनै राजनीतिक विचार या दलको समर्थनमा पार्टी पत्रकारितालाई नै प्रश्रय दिएको स्पष्ट देखिन्छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताको जतिसुकै नारा उछाले पनि नेपालको पत्रकारिताको पछिल्लो अवस्था पूर्णतः पार्टीकारिता भएकोमा शंका गर्नु नपर्ने अवस्था देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि यो झनै स्पष्टरुपमा देखियो । नेपाली मिडियामा तीनथरी प्रवृत्ति देखियो । एकथरिले प्रचण्डका कामलाई अन्धानुधन्धरुपमा समर्थन गर्ने र जसरी पनि उनलाई चोख्याउनेतर्फ आफ्नो भूमिका निर्वाह गरे । अर्कोथरी ठूला मिडियाहरुले प्रचण्डका हरेक कामहरुलाई आलोचनाको विषय बनाए । तथ्यहरुलाई तोडमोड गरेर समेत उनीहरुले सरकारलाई विवादमा ल्याउने काम गरे । दैनिक पत्रिकादेखि टेलिभिजन र अनलाईनहरुले सस्तो लोकप्रियता र पूर्वाग्रहको आडमा कैयन् यस्ता समाचारलाई प्रश्रय दिए । तेश्रो आकारमा सानो भएपनि कतिपय सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार अगाडि सारे । प्रचण्ड सरकारका राम्रा कामलाई राम्रो र नराम्रोको आलोचना गरे । प्रचण्ड सरकारको अवसानसम्म आइपुग्दा नेपाली मिडियामा देखिएको यो प्रवृत्तिले हिजोका दिनमा अधिकांश साप्ताहिक पत्रकारिताले गर्ने पार्टी पत्रकारितालाई नै स्मरण गराएको छ । पत्रकार आचारसंहिताम संसोधन २०७३ को दफा ५ को २ मा राजनीतिक आस्थाका आधारमा कसैमाथी पनि भेदभाव हुने वा घृणा उत्पन्न हुने गरी सामाग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन भनेको छ । तर यहाँ पत्रकार स्वमं कुनै दलको मामुली कार्यक्रताका रुपमा देखिए । यतिमात्रै होइन, कतिपय पत्रकारले चुनावमा उम्मेदवारी दिए । जितेकाहरु पालिकामा निर्वाचित भए, हारेकाहरु फेरी सूचना विभागको रातो कार्ड देखाएर “निष्पक्ष” र “व्यवसायिकक पत्रकारिता” को नारा दिएर फेरी पत्रकारितमा फर्किएका छन् । जितेकाहरु पालिकामा निर्वाचित भए, हारेकाहरु फेरी सूचना विभागको रातो कार्ड देखाएर “निष्पक्ष” र “व्यवसायिकक पत्रकारिता” को नारा दिएर फेरी पत्रकारितमा फर्किएका छन् । पत्रकारितामा चरम राजनीतिकरण र पत्रकारका व्यवसायिक संस्थाहरुभित्र समेत राजनीतिक गन्धले बेहास नै बनाउने अवस्था देखेर होला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले नयाँ प्रस्ताव राखेका छन् । उनले पत्रकार महासंघको विधान नै संशोधन गरेर राजनीतिक दलका उम्मेदवारका रुपमा चुनाव लडेकाहरुलाई पत्रकारको सदस्यता दिन नहुने बहस अगाडि सारेका छन् । यो त्यति सजिलो काम भने होइन तर यो बहसले सार्थकता पाएको खण्डमा कम्तीमा पत्रकारिता पत्रकारिता रहन्थ्यो होला, यो दलकारितामा परिवर्तन नहुन्थ्यो होला । अचम्म त के छ भने घोषित पत्रकार र हकहितका पक्षपातीहरुसमेत मिडिया मालिक र दलका एजेण्टको दोहोरो भुमीकामा देखिन्छन् । उनीहरुबाटै श्रमजिवि पत्रकारले चार महिनासम्म तलब नपाएको समाचार नौलो होईन । न्युनतम पारिश्रमिकमा काम गरिहँदा राजधानी काठमाण्डौँको हकमा दुई छाक गुर्जान मुस्किल हुने स्थितिमा चार महिनाको एक महिना पनि भएन भनेर काम गरिरहेको संस्था छाड्नुपर्ने बाध्यताका श्रमजिवि पत्रकारहरु कसरी आफ्नो पेशामा टिकिरहन सक्छन ? यही अवस्थालाई पुष्टि गर्दै जेठ दोस्रो हप्ता एउटा शाप्ताहिकले समाचार प्रकाशित गर्यो एबीसी टिभीलाई पत्रकारको बाईबाई शिर्षकमा । समाचारमा उक्त टेलिभिजनभित्रको राजनीतिकरणले गर्दा पत्रकारहरुलाई परेको समस्याका बारेमा कुरा उठाइएको थियो । समाचार गलत भएको अवस्थामा त्यसको खण्डन हुनुपर्ने भएपनि अर्को अंकमा यसको खण्डन देखिएन । यो समाचार नयाँ र पहिलो पटक वा सञ्चार संस्था नौलो थिएन । पत्रकार हकहितका लागि दलैपिछ्य खुलेका भातृ संगठन, स्वतन्त्रको हवला दिने र साझा संस्था पत्रकार महासंघ के गरिरहेको छ ? समाचारले नै जवाफ दिइरहेको थियो “आफुलाई श्रमजीवीको पक्षपाती भएको बताएर कहिल्यै नथाक्ने मिडिया मालिकले चार महिनासम्म तलब नदिँदा पत्रकारले बिदा लिएका हुन् । ” व्यवसायी कि पत्रकार ? एकातिर दलगत राजनीतिको प्रभावले मिडियामा प्रभाव पारिरहेको बेला चरम व्यवसायिकरणले समेत स्वतन्त्र पत्रकारिताको घाँटी निमोठिरहेको अवस्था विकास भएको छ । पछिल्लो चरणमा सम्पादक र प्रबन्धक एउटै रुप रंगमा देखिनु, पत्रकार नै मालिकको भूमिका देखिनुले श्रमजीवि पत्रकारहरुलाई सबैभन्दा ठूलो समस्या परेको छ । एबिसी टेलिभिजनसँगै अर्को समाचार यही बीचमा प्रकाशित भयो । शीर्षक थियो: गुणराजको हैकमले शुक्रबारको टिमै बाहिरियो । नेपाल रिपव्लिक मिडियाले प्रकाशन गर्दै आएको नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेलको हर्कतका कारण मनोरञ्जनात्मक साप्ताहिक ‘शुक्रबार’का सम्पादकसहितका पत्रकारले एकैदिन राजिनामा दिएका छन् । कुनै सल्लाहविना मालिकलाई दवाव दिएर लुइटेलले मनोरञ्जनात्मक साप्ताहिकका विषयमा कुनै दख्खल नभएका अधिवक्ता व्याकराउण्ड भएका आफ्ना भाईलाई सम्पादक बनाउन खोजेपछि पत्रकारले राजीनामा दिएको भनेर पत्रिकाले लेख्यो । यहाँ मिडिया मालिक र मजदुर बिचको बुझाईमा फरक देखियो । यसलाई विज्ञहरुले स्वभाविक भनिदिन्छन् तर काम गर्ने सवालमा आफुले उचित र योग्य नठानेका ब्यक्तिको निर्देशनमा कसरी संगै काम गर्ने ? रघुनाथ बजगाँई यी प्रतिनिधिमुलक देखिएका उदाहरण मात्रै हुन् । यथार्थ अझ धेरै गहिराईमा मात्र भेट्न सकिन्छ । पुर्व–सञ्चारमन्त्री सुरेन्द्र कार्कीले झुक्किएर पाखे कि झैँ लाग्छ । दलका टिका नलागेका पत्रकार खोज्न देश बाहिरै जानुपर्ने हाम्रो अवस्था ! उसो त मासिक ८-१० हजारमै काम गर्ने पत्रकारहरु राजधानीमा प्रसस्तै भेटिन्छन् । उनीहरुकै जिवनशैली उच्च र तडकभडक देखिन्छ । कहाँबाट कमाउँछन कुन्नी ! यसको पनि सोधीखाजी भएको छैन वा गरिएन । एक दशक सम्म पत्रकारिता गरेर मलेसिया पुगेका रामेछापका बद्री कार्कीको अनुभव छ सोझो तरिकाले खुरु खुरु काम गर्ने पेशा होईन रहेछ पत्रकारिता । रेडियोमा काम गरुञ्जेल ओहो तपाँईको कार्यक्रम भन्थे । जब पारिवारिक जिम्मेवारी थपिँदै गयो । त्यसपछि आफैँ खाडी आउनुपरेको छ । पुर्व पत्रकार कार्की अहिले पोष्टकारी बनाउने कारखानामा काम गर्छन । कार्कीका अनुसार अतिरिक्त काम सहित मासिक ४० हजार सम्म कमाई हुन्छ । कार्की जस्ता पत्रकारले पत्रकातारिको अभ्यास सहि तरिकाले गरेनन कि त्यो वातावरण नेपालमा छैन् ! मिडियालाई माध्यम बनाएर अन्यत्रैबाट आम्दानी गरि जिविकोपार्जन गर्नेहरुको संख्या पनि उत्तिकै छ । माथिका केहि उदाहरण अनुसार अझ बढि छ राजनितिक छत्रछायाँमा रहेर अवैध कमाउ धन्दा । अनुगमन र नियमन कसले गर्ने ? मिडियामा चरम दलकारिता र व्यवसायिक स्वार्थको मारमा आम पत्रकारहरु परेका छन् । यसले समाचारको स्वतन्त्रता र निष्पक्षतामा ठूलो असर परेको छ । स्थानीय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा मिडियाको यही दलकारिताको ठूलो आलोचना समेत भेटियो । एउटै तथ्यलाई समेत हरेक मिडियाले फरक ढंगले आस्थाका आधारमा प्रस्तुत गर्दा पाठकहरुमा भ्रम छरिनु स्वभाविकै थियो । यसको सबैभन्दा ठूलो उदाहरण भरतपुरको मतगणनाको थियो । जहाँ हरेक मिडियाले आफ्नो दलगत स्वार्थका आधारमा मतपत्र च्यातिएको घटनालाई प्रस्तुत गरे । यो अवस्थाले नेपाली मिडियालाई गम्भीररुपमा सफाई गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । प्रेस काउन्सिलले कम्तीमा मिडियालाई चुनावमा निष्पक्ष रिपोर्ट गर्न आग्रह गरेको छ । तर यो पर्याप्त होइन । मिडियाको नियमन र अनुगमन गर्ने प्रभावकारी निकाय नहुनु, मिडियाकर्मीहरुको साझा संस्था पत्रकार महासंघ आफैमा राजनीतिक गुटबन्दीको थलो बन्न पुग्नुले जसले जे जसरी लेखेपनि हुने अवस्था सिर्जना भएको छ । यसका लागि मिडियाको साँच्चिकै निष्पक्षता चाहनेहरुले विशेष चासो र आवाज उठाउनै पर्ने अवस्था सिर्जना भएको छ । प्रेस काउन्सिलको भूमिका सकारात्मक रहेपनि यसले अझै निर्मम ढंगले नेपाली मिडियाको नियमनका पक्षमा भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक आवश्यकता सिर्जना भएको छ । – प्रेस काउन्सिलको त्रैमासिक प्रकाशन, संहिता असार, २०७४ बाट साभार

५० शैयाको जिल्ला अस्पतालमा विरामी भुईमा उपचार गराउन बाध्य

प्रेम सुनार गुल्मी, साउन ३ । गुल्मी जिल्ला अस्पताललाई सरकारले स्तर बृद्धि गर ५० शैयाको बनाउने घोषणा गरेको तीन वर्ष भयो । तर त्यो अहिलेसम्म घोषणा मै सिमित रहेको छ । तीन वर्ष अघि सरकारले देशभर रहेका मध्ये २२ वटा अस्पताललाई स्तरबृद्धि गर्ने निर्णय गरेको थियो जसमध्ये गुल्मी जिल्ला अस्पताल पनि परेको थियो । सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नभएपछि विरामीको बढ्दो चाँपका कारण अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट सकीनसकी ३० शैयाको बनाएको छ । ३० शैयाले पनि नपुगेर यति वेला विरामी बरण्डा र कोलियामा सुतेर उपचार गराई रहेका छन् । गुल्मी जिल्लावासी मात्र नभई छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका नागरिकले पनि यो अस्पतालबाट उपचार सेवा लिदै आएका छन् । अस्पतालमा विगतको तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । दैनिक दुई सय जनासम्म विरामीको स्वास्थ्य परीक्षण रउपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडावान्ताका विरामीहरुको चाँप बढेको छ । १६ जना चिकित्सकको दरवन्दी रहेको अस्पतालमा पाँच जना कार्यरत छन तर एक जना पनि विशेषज्ञ छैनन । त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन् । यहाँ सम्मकी एक जना विशेषज्ञ डाक्टर समेत सरकारले पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन पठाएको छ । लामो सयमदेखि निक साईमन इन्सिच्युट काठमाडौंले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर, मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा , स्टाफ नर्स दुर्गा पातली र अनेसपोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव कार्यरत छन । तिनै पाँच जना डाक्टरको भरमा अस्पताल चलेको छ । ५० शैयाको अस्पताल घोषणा भए पनि त्यस अनुसारको औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए । गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पुराईएको डाक्टर चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा झण्डै २ सय जनाले प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा साढे पाँच सय जतिले प्रसुती सेवा लिएकामा गत आर्थिक वर्षमा ७ सय ८० जना महिला त्यस अस्पतालमा सुत्केरी भएका छन् । टाढा टाढाबाट पनि यस अस्पतालमा महिलाहरु सुत्केरी गराउन आउने गरेको पाइएको छ । तीन वर्ष अघि ५० शैयाको घोषणा भएको् अस्पतालमा आवश्यक जनशक्ति, पुर्वधार र रकम विनियोजनमा सरकारको ध्यान जानु पर्नेमा डाक्टर चौधरीको जोड छ ।

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

प्युठान, असार ३० ।स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरे। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उत्र्तीण भए । धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परेनन । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउछन् । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू÷ससुरा रहेको उनले बताए  । ३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो । कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उनले सहजै स्वीकारे । टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भए । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भए । एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भए । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुट्ने प्रहरी खोरमा 

प्रेम  सुनार गुल्मी, असार २९ । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । आईतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षिय कर्णबहादुर साकीलाई हल्का हातपात गरेर पठाएकी थिईन । तर पछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितले बताए । सार्की कुर्घात कुटेर बेहोस भए पछि दलित समुदाय आक्रोषित भएका थिए । त्यस अवस्थामा पिडक पक्षले पिडित सार्की पसल भित्र पिशाव फेरेको र जथाभावी बोलेर सामन्य कुटेका जिकिर गरेका थिए । कुटपिट गरेको प्रत्यक्ष देख्न र बढि नकुट भनेर सम्झाउने त्यसै घरका व्यक्ति ओमबहादुर सिंह हुँदाहुँदै कृष्ण कार्कीले आफुले धकेलेको मात्रै हो , उ आफै लडेर घाईते भएको हो भनेर सञ्चार माध्यमलाई प्रतिकृया दिएका थिए । अहिले प्रहरी हिरासतमा रहेका कार्की विरुद्ध छुवाछुत विभेद् र कुटपिटको मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । पिडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिडडुल गर्न सकेका छैनन् । औषधी उपचार खर्च र श्रीमाति सहित खानपिनको खर्च अभाव भए पछि उनलाई मुद्धा दर्ता लगायतको कामको अवधी सम्म तम्घासमा बस्न समस्या भएको छ । तर पनि तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी र दलित अधिकारकर्मीहरुले सयोग गर्ने दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए । दैनिक भारी वोक्ने लगायतको मजदुरी गरेर जिविका चलाउँदै आएका सार्की त्यस दिन घरमा आराम गरेर थकाई मेट्ने घर सल्लाह अनुसार कार्कीको पसलमा चामल किन्न गएका थिए र घरमा मासुको व्यवस्था समेत गरेर वसेका थिए । तर भाँडा माझ्न जाने क्रममा चिप्लोमा लडेर पानीको भाँडो पोखिए पछि पिसाफ फेरको आरोप सहँदै उनले निर्घात कुटपिटबाट आरोपको साटो उल्टै कुटाई र दुखाई पाए । मैले खाएका भाँडा माझ्ने क्रममा अन्य भाँडा पनि छोईस भन्दै सुरुमा साहुनी शोभा कार्कीबाट कुटाई खाएको उनले बताए । थप पिटाई खाने डरले स्थानिय ओमबहादुर सिंहको घरमा श्रीमतिले सुरिक्षत गरिरेको बेला उनका छोरा कृष्ण गएर पशु तुल्य कुटपिट गरेको प्रत्यक्षदशीै घर मालिक ८१ वर्षिय ओमबहादुर सिंहले बताए । ‘ कृष्णेको कुटाईबाट कर्णे मर्नै लागेको थियो । मैले जम्ले हात गरेंर ए न पिट मर्न लाग्यो जाक्लिास भनेर सम्झाएँ । कृष्णेले मानेन , कहिले लौरै लौराले हान्ने , कति वेला लात्ति मुड्कीले हान्दै र कति वेला तल झादैं हानेको हानै ग¥यो । उसले पनि ए मलाई बाँच्न दिनुस भनेर जम्ले हात गरेको थियो बेहोस नहुने बेला सम्म’– सिंहले भने–म एकासी वर्षको बुढो हुँ मैले ढाँट्दीन अहि आउनुस देख्ने मेरा अरु परिवारले समेत यहि सत्य कुरा वोल्ने छन् । ’ उनि तत्काल वेहोस भएर नढलेको भए थप पिटाई खाने र उनको ज्यानै जाने थियो भन्छन् प्रत्यक्षदर्शी । त्यसरी मराणाशन्य अवस्थामा रहेका सार्कीलाई रातको समयमा स्टेचरमा राखेर उपचार गर्न लैजान खोज्दा कृष्ण कार्की पक्षका दर्जनौं युवाहरु आएर घाईते हिडाल्नबाट रोक लगाएको अडियो हामी संग सुरक्षित रहेको छ । यस्तो सत्य तथ्यलाई बङ्गाउने हो र पिडकलाई सामन्य कार्वाही मात्र हुने हो भने भोलीका दिनमा तमाव गरिव विपन्नहरुको कुकुरको मराई सरह हुने देखिन्छ । यति ठुलो घटनालाई सामन्य ठान्ने , उल्टै दलितहरु आफै सुध्रिुनु पर्छ भन्ने वडाध्यक्ष ओमबहादुर केसी जस्ता केहि मान्छेले औषधी उपचार खर्च व्यहोर्ने र सामन्य माफी समेत मगाएर मिलाउँ भन्दै सदरमुकाममा खुरी खेलेका थिए । तर दलित अधिकारकर्मी धर्म बिश्वकर्मा , झविन्द्र बिक, कमला बराल लगायतले उनिहरुको त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर मुद्धा दायर गराएका हुन् । कस्तो कार्वाहीको व्यवस्था छ त ? जातिय भेदभाव तथा छुवाछुत कसुर सजाएँ २०६८ को दफा–७ , महल– १ क वमोजिम ३ महिना देपख ३ वर्ष सम्म कैद सजाएँ । वा १ हजार देखि २५ हजार सम्म जरीवाना वा दुवै सजाएँ पनि हुन सक्ने व्यवस्था छ । त्यस्ते सोही महलको जातिय विभेद गर्न उक्साउने वा प्ररित गर्ने व्यक्तिलाई समेत त्यसको आधा सजाएँ हुने उल्लेख छ । क्षतिपुर्ति सम्वन्धि दफा– क मा भने कसुर ठहरिए अदालतले २५ हजार देखि १ लाख सम्म कसुरदारबाट पिडित पक्षलाई क्षतिपुर्ति दिलाई दिन सक्ने छ । यि मध्ये कार्कीको कसुर ठहरिएमा अदालतले कस्तो सजाएँको फैसाला गर्ने हो, त्यो भने हेर्न बाँकी छ । वडाध्यक्ष केसीको सर्वत्र विरोध यसै विच यस घटनाका विषयमा सञ्चार माध्य संग प्रतिकृया दिने क्रममा त्यस वडाका नव निर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले दिएको अभिव्यक्ति प्रति सामाजिक सञ्चालन मार्फत चर्को विरोध आएको छ । केसी आफैले देखे जस्तो गरेर ति दलितलाई आफै लडेर घाईते भएको र दलितहरु सुध्रिन नसकेर त्यस्तो भएको अभिव्यक्ति दिएका थिए । मराणाशन्य ति दलितलाई त्यसो नगर्न पर्ने हो भनेर उनले दुख व्यक्त गर्नुको साटो उल्टै सिङ्गो दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएका छन् । पटक पटक दलितहरु सुध्रिनु पर्दछ भनेका उनले कार्की जस्ता मानिसलाई गोरु चुटे झैं चुटने जस्ता हेपाहरुको गल्ती छ भनेर पटक्कै भन्न रुचाएनन् । उनिहरुले आरोप लगाए जस्तै उनले पिशाव फेरेकै भए पनि त्यसरी मराणाशन्य कुट्न पाईन्छ रु तम्घासका होटल व्यवसायीहरु भन्छन् आर्फैले जाँड बेचे पछि कहिले काँही दिशा पिसा र वान्ता सोर्नु पनि परेको छ तर हामी त्यो जाँड खाएको मान्छेलाई सुरक्षित साथ कि घर पठाउँछौ कित सुताउँ छौं । तर मुसिकोटमा एक त किराना पसलमा एक त अवैध घरेलु मदिरा बेच्ने र त्यही बसेर खान पनि दिने अनि केहि कुरामा रिस उठ्यो भनेर मान्छेलाई त्यसरी पिट्ने रु यस्तो प्रति प्रश्न गरिएको छ । यो युगमा यहि हो न्याय रु सवैका साझा जनप्रतिनिधीको यहि हो अभिव्यक्ति रु भन्दै सामाजिक सञ्चालमा वडाध्यक्ष केसीको चर्को विरोध भई रहेको कुरा आफै हेर्न सक्नु हुनेछ ।

१८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार ! जो झिनो मतान्तरले हारे

काठमाडौं,  असार २१ । स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ । पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ । झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी भए । अहिलेसम्म गाउँ/नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो । कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी भएकी हुन् । अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । २० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ । त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ । कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ । त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

‘नक्कली नागरिकताबाट सिमकार्ड बाँड्दा अपराध बढ्यो’: प्रहरी

काठमाडौं, असार २१ ।  सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए  । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ,’ दाङका एसपी धीरजप्रताप सिंह भन्छन्, ‘सीमकार्ड वितरण व्यवस्थित नहुुँदा अनुसन्धानमा निकै समस्या भयो ।’ तुलसीपुरका टीकाराम घर्तीले आफ्नै २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गरी हत्या गरेका थिए । अपहरणकै उद्देश्यले उनीहरूले नचिनेका व्यक्तिहरूको नागरिकताको फोटोकपी प्रयोग गरेको प्रहरीले जनाएको छ । गत २६ जेठमा श्रेष्ठको अपहरण भएकोमा ११ असारमा मात्र अपहरणकारी पक्राउ परेका थिए । अपहरणका मुख्य योजनाकार अझै फरार छन् । पेसेवर आपराधिक समूहबाट हुने धेरैजसो योजनाबद्ध अपराध यसैगरी अन्य व्यक्तिको नाममा सीमकार्ड निकाल्ने गरिएको छ । सीम वितरणमा अपनाइएको सहज प्रक्रियाका कारण दुरुपयोग बढेको हो । यसले अपराध नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् ।, नयाँ पत्रिकामा खबर छ । शुक्रे लामाको समूहसँग दुई दर्जन सिमकार्ड ‘हनी ट्र्यापिङ’ अर्थात् सुन्दर युवती प्रयोग गरी अपहरण गरी पैसा असुल्दै आएको शुक्रे लामाको समूहले अन्य व्यक्तिको नाममा दुई दर्जन सिमकार्ड निकालेको थियो । त्यही सिमकार्डबाट व्यापारीलाई फोन गर्दै नजिकिएर अपहरण गर्दै आएका थिए । अनुसन्धानका क्रममा रसुवाको एक गाउँमा कार्यरत महिलाको नागरिकताबाट उनीहरूले सिम निकालेको खुल्यो । जसकारण अपहरणका गिरोहसम्म पुग्न प्रहरीलाई निकै समस्या भयो । घटनाको ६ महिनापछि सिआइबीले गिरोहका ६ जनालाई पक्राउ गरेको थियो । ‘जभाभावी सिम वितरणले सुरक्षामा ठूलै समस्या निम्त्याएको छ,’ सिआइबीका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेत भन्छन्, ‘यस्तै हो भने अपराध प्रहरी नियन्त्रणबाहिर जान्छ ।’ सिम वितरणलाई व्यवस्थित गर्न आफूहरूले लामो समयदेखि पहल गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको उनी बताउँछन् । सिम बिक्री गर्दा सम्बन्धित व्यक्तिको विस्तृत विवरणसहित अर्काे एक सम्बन्धित व्यक्तिको विवरणसमेत राख्नुपर्ने उनी बताउँछन् । पछिल्लो केही समययता पसल–पसलबाट सिमकार्ड बिक्री हुँदै आएको छ । नागरिकताको फोटोकपीकै आधारमा सजिलै सिमकार्ड किन्न पाइन्छ । कतिसम्म भने नागरिकता सक्कली हो कि नक्कली भन्नेसमेत कुनै ‘क्रसचेक’ हुँदैन । अरूको भेट्टाएको नागरिकताबाट पनि सजिलै सिमकार्ड निकाल्न सकिन्छ । एउटा नागरिकताको फोटोकपीका आधारमा जति पनि सिमकार्ड निकाल्न सकिन्छ । सिमकार्ड दर्ता र वितरण प्रणाली खुकुलो हुँदा अपराधीलाई सहज भएको छ भने अपराध नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ । खासगरी अपहरण, धम्की, ठगीजस्ता अपराधमा नक्कली नागरिकताबाट निकालिएका सिमकार्ड प्रयोग हुन थालेको प्रहरीले जनाएको छ । कल बाइपासका लागि समेत यसरी एउटै नागरिकताबाट सयौँ सिमकार्ड निकालिएका उदाहरण छन् । धेरैजसो एनसेलका सिमकार्ड अपराधमा दुरुपयोग हुने गरेका छन् । निर्देशिकाको तयारी नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल सिमकार्ड दर्ता र वितरणलाई थप कडाइ र व्यवस्थित बनाउने प्रयास भइरहेको बताउँछन् । ‘सिमकार्ड रजिस्ट्रेसन र वितरणसम्बन्धी निर्देशिका बनाउने तयारीमा छौँ,’ उनले भने, ‘त्यसका लागि प्राधिकरणले कार्यदल गठन गरिसकेको छ ।’ राष्ट्रिय परिचयपत्रपछि रोकिनेछ समस्या गृह मन्त्रालयले सुरु गर्न लागेको राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि नक्कली नागरिकता र सिमको दुरुपयोग रोकिनेछ । राष्ट्रिय परिचयपत्र औँठाछापसहितको डिजिटल हुने भएकाले अरूको नागरिकता दुरुपयोगको सम्भावना कम हुन्छ ।

टीकापुरमा किन हार्‍यो फोरम ?, यस्ताे छ कहानी ..

धनगढी, असार २१ ।  फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मारे । माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जिते । रावलले ५९५९ मत ल्याए भने थापाले ५६१० मत । उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याए। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याए भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याए ।, अन्नपूर्ण पोस्टमा खबर छ । ०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी भएका थिए। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो। फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बन्नुभएका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिनुहुन्छ। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भने। टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउँछन्। पत्रकार एकिन्द्र तिमिल्सिना भने टीकापुर नगरपालिकामा फोरमको संगठन बलियो नभएको तर्क गर्छन। ०५१ सालको मध्यावधि निर्वाचनमा टीकापुर क्षेत्रबाट एमालेका हिमाञ्चलराज भट्टराई, ०५४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै रत्नप्रसाद सञ्ज्यालले मेयर जितेका थिए। ०५६ सालमा त्यो क्षेत्र कांग्रेसले जितेको थियो भने ०६४ सालमा माओवादीकी रुपासोसी चौधरीले जितेका थिए । टीकापुरको चुनावमा यसपालि सद्भावको नमुना पनि देखियो। लौटन चौधरी आफू पराजित भए पनि विजयी मेयर र उपमेयरलाई फूलमाला लगाएर बधाई दिनुभएको छ। ‘मैले दुवैजनालाई फूलमाला लगाइदिएर बधाई दिएँ’, लौटनले भने।