दिने वामदेव, लिने भरतमोहन र युवराज (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका नेता भरतमोहन अधिकारी र उनकी धर्म पत्नी सविता अधिकारी, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी धर्मपत्नी तथा नेपाली कांग्रेसका नेता जगतजङ थापा र उनकी धर्मपत्नी सरस्वती थापालार्इ भद्रकुमारी घले र सत्यदेवी खड्का आदर्श दम्पति सम्मानित गरिएको छ ।

एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सम्मान प्रदान गर्नुभएको छ ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, शान्ता मानवी, निर्मल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

यो कस्तो विडम्बना ? एउटै घरका पाँचै सदस्य अपाङ्ग

महोत्तरी । गौशाला ११ की ५५ वर्षीया कुश्मीदेवीकी बाटो छेउमै एउटा सानो झुप्री छ । जसमा पाँच जनाको परिवार बसोबास गर्छन् । घरका हरेक सदस्य कुनै न कुनै रुपमा शारीरिक रुपले अपाङ्ग छन् । वर्षौदेखि सोही स्थानमा रहेको ऐलानी (सुकुम्वासी) जग्गामा बसोवास गर्दैआउनु भएकी कुश्मीदेवीलाई घरपरिवार चलाउनका लागि आर्थिक रुपमा कठिनाइ भएको छ । उनका ६१ वर्षीय श्रीमान् रामनन्दन महराको बायाँ खुट्टा छैन् भने २५ वर्षीय छोरा भिखारीराम मानसिक रुपमा सन्तुलन गुमाएका छन् । त्यस्तै उनकी २३ वषर्र््ीया बुहारी तेतरीदेवी महरा पनि खुट्टाको कारण अपाङ्ग नै छिन् । यता सात वर्षीय नाती पनि मानसिक सन्तुलन गुमाउँदा उनको परिवारमा कमाउने भन्दा बिरामीको संख्या बढी छन् । जसकारण घरजम चलाउन धौधौ परेको छ । “एक त महँगीको समय, त्यसमा पनि आर्थिक अवस्था कमजोर र अझै सपरिवार नै अपाङ्गताका कारण कामकाज गर्न नसक्दा घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ ।” भकानिदै कुश्मीले सुनाउनुभयो । “उमेर ढल्किसकेपछि अशक्त हुँदा आफूलाई कामकाज गर्न समस्या हुने भएकोले अरुको घरमा मालिस, बनिबुतो र सानातिना कामकाज गरेर संकलित भएको रकमले नै परिवार पाल्दै आएकी छु । ” उनले बताइन् । घरको सबै परिवार अपाङ्ग भए तापनि हालसम्म कसैको पनि अपाङ्गता परिचयपत्र छैन, कुश्मीले भनिन्, “मैले अपाङ्गताको परिचयपत्र बनाउनका लागि तत्कालीन भरतपुर गाविसमा गएको तर त्यहाँ कार्यरत कर्मचारीले हामी जस्ता गरिबलाई के वास्ता गर्नु हजुर, बारम्बार गरेको प्रयास बालुवामा पानी खन्याएको जस्तो भयो ।” लालगढ अस्पतालको निर्माणमा मजदुरी गर्दैगर्दा श्रीमान् रामनन्दनको बायाँ खुट्टामा किला गाडिएपछि उपचारको क्रममा खुट्टा नै काट्नुप¥यो, त्यसपछि घरमा दुःखको सट्टा सुखको खबर कहिल्यै पाउन नसकेको उनले बताईन् । घाउ निको भएपछि २०५० देखि सोही अस्पतालमा जुत्ता सिलाएर परिवार पाल्दै आएका रामनन्दनलाई गत वैशाखदेखि अस्पतालले काम दिन छाडेपछि पछिल्लो समयमा आएर आर्थिक अवस्था खस्किँदा पनि सम्बन्धित सरोकारवाला निकाय फर्केर नआएको दुखेसो उहाँले सुनाउनुभयो ।रासस

भक्तपुरमा शुरु भएको बिस्केट जात्रा (भिडियोसहित)

भक्तपुरमा चैत २७ गते मंगलबारदेखि नौ दिन ८ रातसम्म मनाइने बिस्केट जात्रा सुरु भएको छ । हेर्नुहोस् यो केही झलकहरु- फेसबुकबाट साभार

सिंहदरबारमा चीनको सहयोगमा निर्मित सौर्य प्रणालीकाे उद्घाटन, फोटोफिचर

काठमाडौं, चैत्र २७ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चीन सरकारको सहयोगमा जडित एक मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीको मंगलबारबाट शुरु भएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले सार्यै उर्जा प्रणालीको संयुक्त रुपमा उद्घाटन गरे ।       तस्वीर:  नवीन पौडेल, रासस

हुँदैछ उथल पुथल, बदलिन सक्छ विश्वको नक्सा, अफ्रिकाका कयौं देशको अस्तीत्व संकटमा

पृथ्वीमा भौगर्भिक परिवर्तनहरू आम हुन्। पृथ्वीको सतह मुनि रहेका प्लेथारूको गतिशीलताको असर लामो कालखण्डपछि सतहमा समेत देखा पर्दछ। भनिन्छ हाल नेपाल रहेको स्थानमा करोडौं वर्ष पानीले एउटा साग थियो रे। पछि भारतीय प्लेटको उत्तर सराई र तिब्बतीय प्लेटको स्थिर बसाइका कारण अहिलेको हिमाल, नेपाल र उत्तर भारतको कतिपय भाग बनेको भनेर वैज्ञानिकहरू मान्दछन्। भूगर्भशास्त्रीहरूका अनुसार एउटै भूखण्डका रूपमा रहेका दक्षिण अमेरिका र अफ्रिका प्लेटहरूकै गतिशीलताका कारण अलग अलग महादेश हुन पुगेका थिए एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। त्यस्तै भूगर्भशास्त्रीहरू भन्छन् लगभग १३ करोड ८० लाख वर्ष पहिले एउटै भूखण्डका रूपमा रहेका अफ्रिका र दक्षिण अमेरिका अलग भएका थिए। त्यसबेला धर्तीमा  धाँजा फाटेर परेका चिराहरू कालान्तरमा फैलिँदै गई नया समुद्र या महासागर बने र दुई महादेश अलग भएको मानिन्छ। फेरि लामो कालखण्डपछि त्यस्तै भौगर्भिक परिघट्नाको संकेत देखिएको छ। भूगर्भशास्त्रीहरूले आउँदो एक करोड वर्षसम्म अफ्रिका महादेश दुई टुक्रामा विभाजित भइसक्ने र त्यसको बिचमा एउटा महासागर नै बन्ने भविष्यवाणी गरेका छन्। ज्वालामुखीय चट्टानमाथि रहेको रिफ्ट भ्याली निरन्तर फैलिरहेको छ। नयाँ महासागर बन्ने यस प्रक्रियाको सुरुवात समेत भइसकेको छ। दक्षिण पश्चिम केन्यामा सयौं किलोमिटर लामो र चौडा धाँजा परेको छ। यसको आकार निरन्तर बढ्दै गएको बुझिएको छ। यस चिराले केन्याकोको न्यारोबी- न्यारोक राजमार्ग पूर्णरूपमा तहसनहस भइसकेको छ। र यहाँ निरन्तर भूकम्पका झड्का महसुस गरिँदै छन्। यसो हुनुको कारणबारे फल्ट डाइनामिक्स रिसर्च ग्रुप लण्डन रोयल होलोवेका अनुसन्धाता लुसिया पेरेज डियाजले केही प्रकाश परेका छन्। डियाजका अनुसार पृथ्वीको लिथोस्फेयर अर्थात् क्रस्ट र मेन्टलको माथिको भाग अनेकौं टेक्टोनिक प्लेटहरूले बनेको हुन्छ जुन निरन्तर चलायमान हुन्छन्। यिनीहरू फरक फरक गतिले एक-अर्कातिर बढिरहेका हुन्छन्। लिथोस्फेयरको मुन्तिर एस्थेनोस्फेयर भन्ने बढी चलायमान अर्को पत्र हुन्छ। वास्तवमा एस्थेनोस्फेयरकै गतिशीलताका कारण टेक्टोनिक प्लेटहरू गतिमान रहने हुन्। एस्थेनोस्फेयरको गतिशीलताले प्लेटहरूलाई गतिमान गर्ने मात्र हैन तिनमा चिरा पारिदिने या फुटाउने पनि गर्दछ। यसो हुँदा नयाँ प्लेटहरू बन्दछन् र त्यसको प्रभाव स्वरूप भूकम्प आउने र धर्तिको सतहमा चिरा पर्ने हुन्छ। एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। पूर्वी अफ्रिकामा रहेको रिफ्ट भ्याली उत्तरमा यमन र सोमालियाबिच रहेको अडानको खाडीदेखि दक्षिणमा जिम्बाब्वेसम्म ३ हजार किलोमिटर क्षेत्रमा फैलिएको छ। यसले अफ्रिकी टेक्टोनिक प्लेटलाई दुई भागमा बाँड्दछ। यसको पूर्वी भागमा अर्थात् इथियोपिया, केन्या, तान्जानियामा तीव्र भौगर्भिक हलचल भइरहन्छ। फलस्वरूप दक्षिण पश्चिम केन्यामा जमिनमा सयौं किलोमिटर लामो चिरा परेको छ, जुन निरन्तर फैलिँदैछ। यो चिरा अफ्रिकाको रिफ्त भ्याली हो जुन  ज्वालामुखीय चट्टानहरूले बनेको छ। जसले गर्दा यहाँको लिथोस्फेयर साह्रै पातलो रहेको छ। र यो अझै  टुक्रिने सम्भावना प्रबल छ। यस्तो भएको खण्डमा खाली स्थानमा म्याग्मा जमेर नयाँ महासागर बन्ने प्रक्रिया सुरु हुने वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूका अनुसार यस्तो धाँजा परेर गहिरिएको जमीन समुद्र सतहभन्दा होचो हुने भएकाले वैश्विक तापमान वृद्धिजस्ता कारणले समुद्री सतह बढेर यस स्थानलाई पुरिदिनेछ र यहाँ नयाँ महासागरको निर्माण हुनेछ। यसले अफ्रिकाको क्षेत्रफल समेत संकुचित हुने अनुमान गरिएको छ। साथै यसले हाल भूपरिवेष्टित रहेको इथियोपियालाई एउटा समुद्री दीपमा परिणत गरिदिने छ। वैज्ञानिकहरूका अनुसार पूर्वी अफ्रिकी प्लेट निरन्तर टुक्रिने क्रममा छ। यसको पूर्वी भागमा ५ हजार किलोमिटर लामो विशालकाय टेक्टोनिक प्लेट रहेको छ। अफ्रिकाको पूर्वमा सोमालियन प्लेट छ जुन इन्डियन प्लेटसँग जोडिएको छ भने यसको पश्चिममा नुबियन प्लेट रहको छ। यी दुवै प्लेथारूले एक अर्कालाई घचेट्दै छन्। जसले गर्दा प्रति वर्ष केही मिलिमिटरका दरले यहाँ धाँजा फाट्दै छ। यसले गर्दा केही करोड वर्ष भित्रमा नै यहाँ एउटा नयाँ महासागर बनेर सम्पूर्ण विश्वको मानचित्र नै बदलिदिने छ।

मानिसको यौन जीवन बर्बाद पार्दैछ स्मार्ट फोन

श्रीमान-श्रीमती बीच अन्तरङ्ग क्षणहरूमा एकाकार भएका छन्। दुवै प्रेमको पराकाष्ठामा पुगेको बेला अचानक फोनमा नोटिफिकेसन टोन बज्छ। श्रीमान र श्रीमती दुवै आआफ्नो फोन तिर हेर्छन्। श्रीमानको फोन रहेछ। उनी एक छिन् अलग्गिन्छन् र फोन समातेर चेक गर्छन्। “लौ यो पो गजब आयो!” उनी आफ्नो एक जना विद्युतीय साथीले भर्खरै सामाजिक संजालमा साझा गरेको उट्पट्याङ भिडियो श्रीमती तिर देखाउँदै भन्छन्, “काँ- काँबाट ल्याउँछ यो?” श्रीमती जुरुक्क उठ्छिन् र हतार हतार कपडा लगाएर आफ्नो फोनतिर लाग्छिन्। ….. कुनै कथा, उपन्यास या चलचित्रको अंश झैँ लाग्ने यो परिघट्ना धेरै परिवारहरूको साझा कहानी झैँ भएको छ। हाम्रो जीवनमा स्मार्टफोन, सामाजिक संजाल, ग्याजेट, च्याट, शेयर आदिले यसरी घुसपैठ गरेका छन् कि जीवनका कतिपय प्राथमिकताहरू ओझेल पर्दैछन् र हाम्रो जीवनको महत्वपूर्ण समय स्मार्ट फोन र सामाजिक संजालमा खर्च भइरहेको छ। मोबाइल फोन र सामाजिक संजालले हामीलाई आफ्ना वास्तविक र भौतिक साथी संगातीहरूबाट टाढा र अवास्तविक र टाढाका साथीहरूको नजिक धकेलिदिएको छ। कण्डम निर्माता कम्पनी ड्युरेक्सले ब्रिटेनमा गराएको एउटा सर्वेक्षणमा अचेलका पुरुषहरूले श्रीमतीभन्दा बढी आफ्नो स्मार्ट फोन तथा ग्याजेटको चिन्ता गर्न थालेको निष्कर्ष निकालेको थियो। यस सर्वेक्षण अनुसार ४० प्रतिशत श्रीमतीहरूले पतिहरूले अधिकांश समय मोबाइलमा खर्च गर्ने भएकाले प्रेमपूर्ण कुराकानीका लागि खासै समय नबच्ने गुनासो गरेका थिए। त्यस्तै ३० प्रतिशत दम्पत्तिहरूले अक्सर प्रेम गरिराखेको बेला मोबाइल फोन बाधा बन्न जाने तथ्य स्वीकारेका थिए।  शोधमा भाग लिएका ३० प्रतिशत श्रीमतीहरूले यौन सम्बन्ध राख्दा पनि उनका पतिहरूको एकाग्रता यस तर्फ नरहने र फोन र श्रीमती मध्ये कुनै एकलाई छान्नु पर्ने अवस्थामा रहेका बेला उनका श्रीमानहरूले फोनको छनौट गर्ने गुनासो व्यक्त गरेका थिए। साथै यस सर्वेक्षणले के पनि देखेको छ भने लगभग २५ प्रतिशत जोडीहरू आफ्ना यौन क्रियाकलापहरूको भिडियो बनाउन ग्याजेटहरूको प्रयोग गर्ने गर्दछन्, जबकि ४० प्रतिशत मानिस तस्बिर लिने गर्दछन्। यस सर्वेक्षणले शयन कक्षमा ग्याजेटहरू नलैजान स्पष्टसँग सुझाब दिएको छ। यसले परस्पर अनावश्यक विवाद खडा हुने सम्भावना त हुन्छ नै यसरी ग्याजेटहरूमा अन्तरङ्ग पलहरूका भिडियो खिंचिनाले त्यसलाई सुरक्षित राख्ने अर्को चुनौती समेत सामुन्ने आउँछ। कुनै ह्याकरले ग्याजेट ह्याक गरेर यस्ता सामग्री चोरेको खण्डमा अनावश्यक दुःख पाइने सम्भावना रहन्छ। ३० प्रतिशत श्रीमतीहरूले यौन सम्बन्ध राख्दा पनि उनका पतिहरूको एकाग्रता यस तर्फ नरहने र फोन र श्रीमती मध्ये कुनै एकलाई छान्नु पर्ने अवस्थामा रहेका बेला उनका श्रीमानहरूले फोनको छनौट गर्ने गुनासो व्यक्त गरेका थिए। भन्नै परेन स्मार्ट फोनले मानिसलाई परिवार, समाजबाट टाढा बस्ने एकलकाँटे मात्रै बनेको हैन उसको यौन जीवनलाई समेत तहस नहस पारिदिएको छ। साथमा यौन साथी र मोबाइल फोन सँगै हुँदा ध्यान बाँडिनु स्वाभाविक नै हो। मोबाइल फोन र सामाजिक संजालले हामीलाई आफ्ना वास्तविक र भौतिक साथी संगातीहरूबाट टाढा र अवास्तविक र टाढाका साथीहरूको नजिक धकेलिदिएको छ। यसको प्रत्यक्ष प्रभाव मानिसको यौन जीवनमा समेत परेको छ। मानिसहरू सँगै बस्ने व्यक्तिभन्दा पनि कोषौं टाढा रहेको व्यक्तिसँग आफूलाई बढी नजिक महसुस गर्दैछन्। र यसले मानिसको यौन प्रतिको रुचिमा समेत उल्लेखनीय परिवर्तन आएको छ। केही वर्ष यता खुबी चलन चल्तीमा रहेको साइबर सेक्सले युवाहरूको ध्यान तानेको छ। यसले मानसिक रूपमा विकृति त पैदा गरेको नै छ साथै यसले अवसाद, निराशा जस्ता चरम मानसिक समस्याहरू समेत निम्त्याएको छ। हाम्रो जीवनमा स्मार्टफोन, सामाजिक संजाल, ग्याजेट, च्याट, शेयर आदिले यसरी घुसपैठ गरेका छन् कि जीवनका कतिपय प्राथमिकताहरू ओझेल पर्दैछन् र हाम्रो जीवनको महत्वपूर्ण समय स्मार्ट फोन र सामाजिक संजालमा खर्च भइरहेको छ। टाइम म्यागेजिनले २०१६ मा सार्वजनिक गरेको एउटा अध्ययनमा रोमान्टिक सम्बन्धमा स्मार्टफोनको प्रयोगले बाधा पुऱ्याएको तथ्य सावजनिक गरेको थियो। यस्तो प्रकारको बाधाले कालान्तरमा समबन्धमा नै समस्या देखिने र परिवारहरू टुट्ने खतरा रहेको मनोवैज्ञानिकहरू बताउँछन्। स्मार्ट फोन होस् या सामान्य फोन त्यसको प्रमुख काम भनेको सञ्चार हो। तर यसले श्रीमान श्रीमतीबीचको आपसी सञ्चारमा र सम्बन्धमा मै हस्तक्षेप गर्ने अवस्था आएको परिप्रेक्षमा दम्पत्तिहरूले यौन र स्मार्टफोनमा कसलाई प्राथमिकतामा राख्ने भन्ने बारे सोच्नु जरूरी देखिन्छ।

न्यायको खोजीमा सेनाद्वारा सामूहिक बलात्कारमा परेकी पीड़ित

गरिब परिवारमा जन्मिकी उनलाई तत्कालीन विद्रोही समूहले सजिलै माओवादी आन्दोलनमा भिँडाए । सानैदेखि नाचगानमा रुचि राख्ने एक किशोरीलाई माओवादी आन्दोलनताका सांस्कृतिक कार्यक्रममा नाच्ने जिम्मेवारी दिए । हतियार बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम पनि गर्थिन् । कांतिपुर दैनिकमा फ़ातिमा बनु को फ़ीचर लेखमा अगाडि उल्लेख छ- एक रात सेनाले उनलाई सुतकै अवस्थामा लछारपछार पारेर खेतको आलीमा लगे । माओवादीमा किन लागिस् भन्दै कुटे । उनी भन्छिन्, ‘कुकुर लगाएर मलाई सेनाहरूले सामूहिक बलात्कार गरे, बन्धक बनाएर सेनाकै ब्यारेकमा थुने ।’ सेनाको बन्धकबाट २८ दिनपछि फुत्किएकी उनी अहिले पनि ब्यारेक देख्नेबित्तिकै तर्सन्छिन् । सामान्य जीवनयानपन गर्न उनलाई अप्ठेरो छ, आफैं पकाएरसमेत खान सक्दिनन् । उनी भन्छिन्, ‘मलाई बलात्कार गर्नेमाथि राज्यले कहिले कारबाही गर्छ ? सेनाले दिएका शारीरिक र मानसिक घाउको उपचार खर्च मैले कहिले पाउने ?’ सशस्त्र द्वन्द्वका बेला भएका यौन हिंसाका घटनाले अहिले पनि धेरै महिलालाई शारीरिक र मानसिक रूपमा पिरोलिरहेको छ । सामाजिक लाञ्छना लाग्ने डरका कारण त्यस्ता घटनाबारे उनीहरू खुुल्न पनि सकेका छैनन् । द्वन्द्वकालमा बलात्कार भएकै कारण एक महिला घरबाट निकालिएकी छन् । बजारबाट घर आउँदा बाटामा उनलाई तत्कालीन विद्रोही समूहले बन्धक बनाएर लगे । एउटै कोठामा थुनेर दैनिक बलात्कार गर्ने गरेको उनले सुनाइन् ।‘ रगताम्य हुने गरी मेरो शरीर लुछ्थे, म कहिले होसमा कहिले बेहोसमा,’ उनले भनिन् । द्वन्द्वकालपश्चात उनको बिहे भयो । छोटो समयमै श्रीमान्ले विगतबारे थाहा पाए । बलात्कार भएकै कारण दुई महिनाकी सुत्केरी छँदा उनलाई घरनिकाला गरियो । परिवारको हेलाकै कारण उनले आत्महत्या प्रयाससमेत गरेको बताइन् । ‘बलात्कार हुनुमा मेरो के दोष ? म आत्मसम्मानसहित बाँच्न चाहन्छु,’ उनी भन्छिन्, ‘बलात्कार भएकै कारण मलाई कसैले स्विकार्दैन, राज्यले दोषी खोजेर कारबाही गरेको दिन मलाई शान्ति मिल्छ ।’ द्वन्द्वका बेला महिला र बालिकामाथि भएका यौनहिंसा, बलात्कार र यातनाका घटनालाई सरकारले सम्बोधन गर्न सकेको छैन । कति पीडितसँग त बलात्कार र यौनहिंसाको प्रमाण पनि छैन, पीडितको बोली मात्रलाई राज्यले प्रमाण मानेको छैन । बलात्कारबाट जन्मिएका बालबालिका नागरिकताविहीन छन् । नागरिकता नभएकै कारण उनीहरू शिक्षा र रोजागारबाट वञ्चित भएका छन, समाजबाट घृणा र अपहेलना सहन बाध्य छन् । त्यति बेलाका यौनहिंसाका घटनाहरू तथ्यांकमा पनि आउन सकेका छैनन् । न त पीडितले उजुरी र छानबिनपश्चात् गोपनीयताको सुनिश्चितता हुने व्यवस्था बन्न सकेको छ । गोपनीयतामा ढुक्क हुन नसक्दा पीडित उजुरी गर्न डराउँछन् । औपचारिक द्वन्द्व सकिए पनि पीडितहरू आफ्नै घरसमाज र थप लाञ्छना र हिंसा खेप्न बाध्य छन्, घटना हुनुमा उनीहरूलाई नै दोषी मान्ने सामाजिक प्रवृत्ति छ । बलात्कारमा परेकालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने, विभेद गर्ने भइरहेको छ । विभेदकै कारण उनीहरू थाकथलोबाट विस्तापित हुन बाध्य छन् । कतिपय पीडितहरू कुटाइ र मानसिक यातनाको कुरा गरिरहँदा यौनहिंसाबारे बोल्न चाहँदैनन्, यसबारे बोल्दा समाजले दुव्र्यवहार गर्ने डर जो छ । लामो सयसम्म न्यायको अनुभूति गर्न नपाउँदा उनीहरूमा बारम्बार आत्महत्याको प्रयास गर्ने, घटना सम्झेर बेहोस हुने, हिनताबोध गर्नेजस्ता पीडा खेपिरहेका छन् । बोल्नुको साटो आर्थिक अभाव, स्वास्थ्य र मानसिक समस्या भोगेर बसिरहेका छन् । उनीहरूलाई तत्काल उपचार, परामर्श र रोजगारीको आवश्यकता छ । बेपत्ता तथा छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक भन्छन्, ‘द्वन्द्व सकिए पनि उनीहरूको पीडा अझै बाँकी छ, यसले देशमा दिगो शान्ति स्थापित हुन दिँदैन ।’ द्वन्द्वका यौनहिंसा सम्बोधन गर्ने खालको कानुन नबन्दा पिडकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनले बताए । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ भन्छन्, ‘यौनहिंसा पीडितको पहिचान खुल्दैन, पहिचानबिना अनुसन्धान गर्न अप्ठेरो छ ।’ आयोगमा द्वन्द्वसम्बन्धी ६५ हजार उजुरी परेका छन् । त्यसमध्ये यौनजन्य अपराधका ५ सय उजुरी छन् । देशका सातै प्रदेशमा विज्ञ खटाएर यससम्बन्धी अनुसन्धान गरिने गुरुङले बताए । राष्ट्रिय मानवअधिकार आयोगबाट वार्षिक चार सयको हाराहारीमा द्वन्द्वसम्बन्धी घटनाका उजुरी मेलमिलाप आयोगमा कारबाहीका लागि सिफारिस हुन्छन् । आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, ‘कुनै घटनाको छानबिन भएको छैन ।’ समाजमा यौनहिंसालाई महिलाको पवित्रता र शुद्धतासँग जोड्ने सांस्कृतिक सोच रहेसम्म पीडितहरू खुलेर आउन नसक्ने अन्सारी बताउँछिन् । द्वन्द्वपीडितबारे यकिन तथ्यांक संकलन हुन सकेको छैन । शान्ति मन्त्रालयको तथ्यांकअनुसार भने २ हजार ३ सय द्वन्द्वपीडित छन् ।

विश्वका चर्चित यौन बजार, जहाँ एक रातमा हजारौं युवतीहरुको हुन्छ लिलामी

काठमाडौैं । पूँजिवादमा सेक्स भन्ने कुरा सामान्य दिनचर्या बनेको छ । अर्कोतर्फ यो अर्थतन्त्रको मुख्य राजस्व श्रोत समेत बनेको छ । महिलाहरुको जीउ बेचेर धनी हुने देशहरु, महिलाको अस्मिता बेचेर महिला उत्थान र सशक्तिकरण गर्ने देशहरु विश्वमा बढ्दै गइरहेका छन । र, यी देशहरुमा बाध्यतावश कतिपय महिलाहरु यौनबजारमा प्रवेश गर्ने गरेका छन । छोटो समयमा बढी पैसा कमाउन सकिने लोभले यी महिलाहरु यी यौन बजारमा प्रवेश गर्छन् । शुरुमा रमाउँछन् र जोवन ढल्किँदै गएपछि मानसिक तनावमा बाँच्न पुग्छन । कुनै बेला यूरोपियनहरुले दोहन गरेको पूर्वी एशिया । दक्षिण पूर्वी एशियाका देशहरु थाइल्या(डदेखि फिलिपिन्ससम्म सेक्स बजार निकै फस्टाएको छ । तर यूरोप पनि यो मामिलामा कम्ती भने छैन । पढ्नुस विश्वका चर्चित यौन बजारको कथा व्यथा थाइल्याण्ड थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्युड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् । त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो । डोमेनिकन गणतन्त्र विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ । कम्बोडिया कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ । नेदरल्यान्ड्स नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् । केन्या अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ । ब्राजिल पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् फिलिपिन्स फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् । कोलम्बिया कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।   इन्डोनेसिया बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ । इन्डोनेसियामा यौन व्यवसाय कानुनी रूपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई त्यहाँ ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रूपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् । स्पेन स्पेनका म्याड्रिड, बार्सिलोनाजस्ता शहर यौन सन्तुष्टि खोज्नेका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाँको नाइट लाइफ ज्यादै भव्य छ । देहव्यापारलाई कानुनी मान्यता दिइएकाले युरोपभरिमै स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ । म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून् भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनिसभन्दा बढी दक्षिण अमेरिकी नागरिक सक्रिय छन् । त्यसमध्ये प्रायः सबै महिला छन् ।

सबैभन्दा बढी पिइने मदिराजन्य पेय बियरका यस्ता छन् फाइदा

गर्मीयाम सुरु हुँदै छ र यससँगै मदिराका पारखीहरूमा बियरको माग पनि बढ्दैछ। तथ्यांक हेर्ने हो भने मदिराजन्य पदार्थहरूमा बियर सबैभन्दा बढी उपभोग गरिने पेय हो। नेपालकै मदिरा उपभोगको कुरा गर्दा सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा देशमा कुल मदिरा उपभोगको ४७ दशमलव ३ प्रतिशत बियर बिक्री हुने गरेको छ। यसको तुलनामा यस्तै हलुका मदिराजन्य पदार्थको कोटिमा राखिएको वाइनको बिक्री भने मुश्किलले १ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य संगठनले मदिरा उपभोगको दृष्टिले नेपाललाई स्वास्थ्य जोखिमको तेस्रो श्रेणीमा राखेको छ । यस अर्थमा हलुका मदिराजन्य पेय मानिएको बियर या वाइन होस् या व्हिस्की या रम नै मदिरापान स्वास्थ्यका लागि कदापी राम्रो हैन तर अल्कोहोलको मात्र थोरै हुने र नशा पनि कम लाग्ने भएकाले अन्य मदिराजन्य पदार्थको तुलनामा बियर पिउनु कम जोखिमपूर्ण मात्र हैन फाइदाजनक पनि रहेको छ। बियरको निर्माण किन्वन प्रक्रियाद्वारा हुन्छ र यसमा विभिन्न प्रकारका अनाजको प्रयोग हुन्छ ।बियरको निर्माण जौ, गहुँ, मकै, चामल जस्ता अनाजलाई जैवरासायानिक प्रक्रियाद्वारा हुन्छ जसलाई किन्वन या फर्मेंटेसन प्रक्रिया भनिन्छ। यो प्रक्रिया अन्य मदिराजन्य पदार्थ तयार गर्न अपनाइने आसवन या डिस्टिलेसनभन्दा फरक हुन्छ। कुनै कुनै बियार्हरूमा त विभिन्न जडिबुटीहरू र सुगन्धित पदार्थहरू पनि मिसाइने गरेको पाइन्छ। नेपाली बजारमा पाइने बियर सामान्य प्रकारका नै हुने गर्दछन्। र अन्य मदिराजन्य पेयका मामिलामा यसका केही फाइदा पनि छन्। बियर पिउँदा हुने प्रमुख १५ फाइदा यस प्रकार छन् : बियरको सेवनले मुटु बलियो हुन्छ । मुटु बलियो हुने- थोरै थोरै मात्रामा बियरको सेवनले मुटु सम्बन्धी समस्याहरूबाट टाढा राख्दछ। यदि हप्ता-दुई हप्तामा एक या दुई पेग बियरको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोल अर्थात् एचडीएलको मात्रा बढाइदिन्छ। जसले मुटुका धमनीहरूमा रगत जम्ने जोखिम कम हुन्छ। मृगौलाको पत्थरी हुनबाट जोगाउँछ –बियर पिउने मानिसहरूमा मृगौलाको पत्थरीको समस्या अन्य मानिसको भन्दा ४० प्रतिशतले कम हुन्छ। पाचन शक्ति बढ्ने- बियरमा घुलनशील फाइबर पाइने भएकाले यसले पेट र आन्द्रा सफा गर्न मद्दत गर्दछ र यसले पाचनशक्ति बढ्ने हुन्छ। विभिन्न पोषक तत्‍वहरू पाइने- बियरमा म्याग्नेसियम, सेलेनियम र पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छन्। यसका अतिरिक्त यसमा क्रोमियम, भिटामिन बी र बायोटिन जस्ता तत्व पनि पाइन्छन् । भिटामिन-बीको स्तर बढाउने- प्रचूर मात्रामा भिटामिन-बी पाइने भएकाले पनि बियर फाइदाजनक मानिएको हो। यसमा भिटामिन-बी १, बी २, बी ६ र बी १२ पाइन्छ यसका साथै यसमा एन्टी एनिमिक( रगतको कमीबाट बचाउने तत्व) पनि पाइन्छ। हाडहरू बलियो हुने– बियरमा सिलिकन पाइने भएकाले यो हाडहरूका निम्ति फाइदाजनक हुन्छ। अनिद्राको बिमारीबाट राहत –  बियरमा ल्याक्टोफ्लेविन र निकोटिनिक एसिड पाइन्छ यी तत्वहरू अनिद्राको बिमारीमा फाइदा पुऱ्याउने हुन्छ। रगतमा डल्ला पर्नबाट रोक्ने- रगतमा डल्ला पर्न (ब्लड क्लोटिंग) रोक्ने भएकाले बियरले हृदयाघातको समस्याबाट बचाउने गर्छ। स्मरण शक्ति दुरुस्त राख्ने- बियर पिउनेहरूमा अल्जाइमर या डिमेंसिया जस्ता  स्मरण शक्ति सम्बन्धी रोगहरू लाग्ने सम्भावना कम रहन्छ। तनाव मुक्ति- बियर तनावको अवस्थामा पनि फाइदाजनक देखिएको छ। स्वस्थ र सुन्दर छालाका लागि– बियरले पिग्मेंटेसन दुरुस्त गर्ने र छालामा नयाँ कोशिकाहरू उत्पादन गरेर छाला स्वस्थ र चिल्लो बनाइराख्न समेत मद्दत गर्दछ। व्यवस्थित क्यालोरी – एउटा ६ सय ५० एमएलको सामान्य बियरको बोतलमा २ सय ८४ क्यालोरी, शून्य चिल्लो पदार्थ, २३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट, ३ ग्राम प्रोटिन र १ प्रतिशत क्याल्सियम पाइन्छ। एन्टीअक्सिडेंट- बियरमा पर्याप्त मात्रामा एंटीअक्‍सिडेंट पाइन्छ जसले शरीरका कोषहरूलाई मर्मत गर्ने गर्दछ। बियर जौबाट बन्ने भएको र जौ उत्कृष्ट एन्टीअक्‍सिडेंट हो। जौका कोषभित्ताहरूमा फेरोलिक एसिड पाइन्छ जुन एन्टीअक्‍सिडेंटको काम गर्दछ। औषधिको रूपमा बियर- एक बोतल बियरलाइ तताएर त्यसमा ४ चम्चा मह राखेर सेवन गर्दा रुघा-खोकीबाट राहत मिल्दछ। यसले रक्त संचार दुरुस्त गर्दछ र नाक बन्द भएको, जोर्नीहरू दुखेको समस्यामा पनि फाइदा पुऱ्याउँछ। कपालको लागि फाइदाजनक- महिलाहरू स्वस्थ र सुन्दर कपालका लागि पनि बियरको प्रयोग गर्ने गर्दछन्। यसका लागि उनीहरू बियरले कपाल धुने गर्दछन्। साथै छालालाई बियरले क्लिन्ज गरेमा यसले छालालाई युवा देखिन मद्दत गर्दछ। यस्ता प्रकारका फाइदाहरू देखिए पनि बियर आखिरमा रक्सि नै हो र यसले केही फाइदा पुग्ने जस्तो देखिए पनि शरीरलाई रोगहरूको घर बनाउने नै हो। साथै थोरै थोरै बियर सेवन गरेर फाइदा लिन्छु भन्दाभन्दै रक्सी पिउने बानी नै पर्ने डर पनि हुन्छ। एउटा स्वस्थ व्यक्तिले प्रतिदिन ३ सय ७५ एमएल भन्दा बढी बियर सेवन गर्नु खतरापूर्ण नै मानिन्छ।

खानेपानी मन्त्री बीना मगरको मेलम्चीमा भव्य स्वागत, तत्काल काम सक्न निर्देशन (फोटोफिचर)

काठमाडौं । खानेपानी मन्त्री बीना मगरको सिन्धुपाल्चोकको मेलम्चीमा भव्य स्वागत भएको छ । खानेपानी मन्त्रीमा नियुक्त भएपछि मगर पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि त्यहाँ पुग्नुभएको हो । मन्त्रालयका सचिवसहितका बहुप्रतिक्षित खानेपानी आयोजना स्थल पुग्नुभएकी मन्त्री मगरले आयोजनाका उच्च अधिकारीलाई तत्काल निर्माण कार्य सक्ने गरी कार्य गर्न निर्देशन दिनुभयो । साथै मन्त्रालय आवश्यक सबै सहयोग गर्न तयार रहेको भन्दै काममा दिलाई नगर्न समेत निर्देशन दिनुभएको छ । श्रमिकका समस्या पनि रहेका छन । हिजो जे-जे भयो, जे जसरी ढिलासुस्ती भएपनि अब २५ दिनमा सुरङ्गको बाँकी सम्पन्न गर्न कम्पनीलाई भनेका छौं । असारको पहिलो सातासम्म सुन्दरीजलको पानी पूर्याउन सकिने कम्पनीले प्रतिबद्धता गरेको छ । मन्त्री मगरले भन्नुभयो, ‘अब ढिलासुस्ती सह्य छैन । कम्पनीका प्राविधिक केही समस्या भए सरकारले त्यो गर्न तयार छ, तर यो वा त्यो बहानामा ढिलासुस्ती गर्न पाइन्न ।’ मन्त्री मगरको स्वागतका लागि बाटामा स्थानीय बासीको बाक्लो उपस्थिति रकको थियो । हेर्नुहोस् केही तस्वीर    

तस्बिरमा पासाङको फिल्मी जीवनी (कमाण्डरदेखि उपराष्ट्रपतिको दोश्रो कार्यकाल)

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । । शुक्रबार उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको हो। उपराष्ट्रपति पुनलाई निर्वाचन आयोगले आइतबार औपचारिक रुपमा पुनः उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको पत्र दिएको छ । पुनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए भने जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ थिए । १० वर्षे माओवादी जनयुद्धमा सैनिक कमाण्डरको महत्वपूर्ण भूमिका निर्वाह गरेका पासाङको जीवन एउटै चलचित्र जस्तै लाग्छ । उपराष्ट्रपति पुनको जन्म २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्वर्गीय मनसरा पुन र बुबा रामसुर पुनको कोखबाट भएको हो । पुनका दुई छोरा जितेन्द्र पुन र दीपेश पुनसमेत बाल्यकालमा बुबासँगै जनयुद्धमा होमिएका थिए । तस्बिरमा हेर्नुहोस् पासाङको फिल्मी जीवनी -सबै तस्बिर उपराष्ट्रपतिको निजी सचिवालय

सरकार गुहार्दै पुष्पाको पीडा : बसौँ भने घरबार छैन साथमा लोग्ने नाई

शूरबहादुर सिंह/रासस सुर्खेत, ४ चैत (रासस) ः बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखुचेको सेतो भातसँग सेतो नून मिसाएर चित्त बुझाउन हम्मे हम्मे थियो उहाँलाई । चार वर्षअघि कुनै गैरसरकारी संस्थाले दिएको उहाँको त्रिपालको अवस्था जीर्ण अवस्थामा पुगेको छ । उहाँलगायत पीडित एकल महिला तथा बाढीपीडितको जीवन त्रिपालको बासमा कष्टकर रुपमा व्यतित भइरहेको छ । सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–१० (साबिकको तातोपानी–६ गल्फगाउँ)मा ३० वर्षीया पुष्पा नेपाली जस्तै आधा दर्जन एकल महिला र पाँच दर्जनभन्दा बढी बाढीपीडित परिवार बस्दै आएका छन् । विसं २०७१ साउन २९ गते राति २ बजे भेरी नदीमा आएको बाढीले उनीहरुलाई घरबारविहीन बनाएको थियो । बाढीबाट २९ जनाको मानवीय क्षति समेत भयो । त्यस्तै, अर्बको धनमाल र करोडौँको पशुवस्तुमा पनि क्षति पुग्यो । बाढीबाट पीडित र अर्धपीडित गरेर ६०० घरपरिवार विस्थापित भए । उक्त विपत्तिबाट ११ जना विद्यार्थीको पनि ज्यान गएको थियो । बाढीको पीडा भुल्न नपाउँदै २०७२ सालमा पुष्पाका श्रीमान् मन नेपाली कुलोमा काम गर्दै गर्दा माटोको ढिस्कोले च्यापिएर बित्नुभयो । घरबारविहीन बनेको पुष्पाको परिवारबाट दैवले श्रीमान्लाई खोसेर लगेपछि त्यस दिनदेखि उहाँको जीवनमा दुःखको बाढी शुरु भयो । त्यही सन्दर्भलाई जोडेर उहाँले दुःख पोख्दै एउटा विरहको गीत भन्नुभयो, बसौँ भने घरबार छैन साथमा लोग्ने नाई, टुहुरा बालबच्चा रुन्छन् खान लाउन नपाई । पुष्पाको साथमा अहिले सात जना बालबच्चा छन् । बालबच्चलाई शिक्षादीक्षा दिलाउनु उहाँका लागि धेरै परको कुरा हो, तिनीहरुलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्दछ, उहाँलाई । आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उहाँको दिनचर्या बनेको छ, आजभोलि । “बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो । जीवनमा आँसु र पीडाबाहेक केही छैन,” भावविह्वल भएर उहाँले रासससँग भन्नुभयो । उहाँ भन्नुहुन्छ, “सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन् । मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ ।” “लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु,” उहाँले भन्नुभयो । त्रिपालको ओत लिएर जमीनको बास हुँदा कतै सुतेको बेला बच्चाबच्चालाई सर्पले टोक्ने वा रूख ढलेर मरिने पो हो कि भन्ने डरले सताउने गरेको उहाँले बताउनुभयो । पुष्पा जस्तै ३२ वर्षीय गंगा विकको समस्या पनि फरक छैन । पाँच बच्चाकी आमा गंगाको पति कृष्ण विकको काम सिलसिलामा मृत्यु भयो । आफू बालबच्चाका लागि बाँच्नु परेको प्रतिक्रिया उहाँले दिनुभयो । “हामी गरीवमाथि नै कालको आँखा लाग्दोरहेछ । यस्ता विपत्मा परेकामाथि भने सरकार समेतको नजर पुग्दो रहेनछ,” उहाँले भन्नुभयो । उहाँले पनि गीतबाटै दुःख पोख्नुभयो, घरबार बाढीले लैगो श्रीमान् दैवले, यस्तालाई नदेख्दो रैछ, राज्य सरकारले । बाढीपीडित ३० वर्षीय तुल्सी विकको जीवनकथा झनै कहालिलाग्दो छ । घरबारविहीन भइसकेपछि उहाँका पति प्रताप विकको उच्च रक्तचापको बिरामीले मृत्यु भयो । पति वियोग छँदै थियो, कामका क्रममा खुट्टा भाँचिदा उहाँ सधैँका लागि अपांग हुनुप¥यो । घरबारविहीन बनेका उहाँले सहाराविहीन हुँदा जीवनका सारा खुशी सकिएको पीडा व्यक्त गर्नुभयो । दैवप्रति गुनासो गर्दै उहाँले भन्नुभयो, बाढीले बगर पा¥यो घरबार सबै बगाई, रातदिनै रोएर बाँच्नु दैव ऋण के लगाई ? “च्यातिएको त्रिपालमा बास छ, तीन बालबच्चा छन्, काम गर्ने कोही छैन, दैवले खुशी लुटेको जिन्दगीमा प्राणबाहेक अरू केही छैन,” उहाँले भन्नुभयो । त्यति मात्र होइन, पीडा हुँदा आँखाबाट खस्ने आँसु पनि सकिएको रहेछ, उहाँको । उहाँ बेलाबेलामा भक्कानिनु हुन्छ र भन्नुहुन्छ, “को होला हाम्रो पीडा बुझ्ने ? पीडा सुनाउने ठाउँ कहाँ होला ? कहिलेसम्म पीडैपीडाको जीवन बिताउने होला ?” उहाँले बालबच्चाले गर्दा मर्न नसकिएको आशय व्यक्त गर्नुभयो । “म रहिन भने यी नानीहरु कहाँ जालान् के खालान् भन्ने लाग्छ, यिनैका लागि भए पनि बाँच्ने प्रयत्न गरिरहेकी छु,” उहाँले भन्नुभयो । बाढीपीडित पुष्पा, गंगा र तुल्सी मात्र प्रतिनिधि पात्र हुन् । बाढीका कारण पञ्चपुरी नगरपालिका सुर्खेतका विभिन्न वनजंगल र खोँचमा विस्थापित जीवन जिउन बाध्य नागरिकलाई राज्य सरकार छ जस्तो लागेको छैन । चार वर्षसम्म विस्थापित बाढीपीडितको समस्या कुनै सरकारले नबुझेको उनीहरुको गुनासो छ । प्राकृतिक विपत्तिले घरबारविहीन बनाएको घटना घाम जस्तै छर्लङ्ग हुँदा पनि सरकार बेखबर रहेको पञ्चपुरी नगरपालिकास्थित जनसृजना माविका प्रधानाध्यापक हरि ढकालको आरोप छ । ढकालका अनुसार सरकारले बाढीपीडितलाई यो देशको नागरिक हुँ भन्ने प्रत्याभूति दिलाउन केन्द्र, प्रदेशभन्दा पनि स्थानीय सरकारले पहिलो कदम चाल्नु पर्दछ । यता, प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले यही फागुन २६ गते बाढीपीडित बस्तीको वास्तविकता बुझेर फर्केको छ । उनीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले प्याकेजको कार्यक्रम बनाउनाका साथै केन्द्र र स्थानीय सरकारको पुलको काम गर्ने मन्त्री भण्डारीले बताउनुभयो । बाढीपीडितको पुनर्वासको व्यवस्था कतैबाट नहुँदा तीन वर्षदेखि उनीहरुको असुरक्षित त्रिपालको बास कायमै रहेको छ जहाँका नागरिकले नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकको कुनै प्रत्याभूति गर्न पाएका छैनन् । शूरबहादुर सिंह/रासस Photo: Symbolic Only (Credit: APF)

दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य ?

रोल्पा । कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती छ, समस्या छ । रोल्पामा एकै घरका दुई दाजुभाइ तथा एकै घरका दुई दिदीबहिनी दृष्टिविहीन छन् । उनीहरु चारैजनाका लागि बाहिरी संसार रातदिन अँध्यारो छ तर उनीहरु ज्ञानको आँखाले संसार उजिल्याउन चाहन्छन् । बालकल्याण नमूना उच्च माध्यमिक विद्यालय, लिबाङमा अध्ययनरत यी बालबालिकाले भविष्यको लक्ष्य निर्धारण गरेर अघि बढिरहेका छन् । तर यिनीहरुको आर्थिक अवस्था एकदमै न्यून छ जसका कारण शिक्षाको उज्यालोबाट संसार हेर्न निकै संघर्षका साथ अघि बढिरहनु परेको छ यिनीहरुलाई । माडी गाउँपालिका–३ तालाबाङ रोल्पाका १९ वर्षीय शिशिर डाँगी र १६ वर्षीय लोकेश डाँगी सहोदर दाजुभाइ हुन् । यी दुवै दाजुभाइ जन्मजात दृष्टिविहीन छन् । यिनीहरुका लागि के दिन के रात ? सधैँ संसार अँध्यारो छ । शिशिर र लोकेश कक्षा ९ मा अध्ययनरत छन् । उनीहरु अन्य सहपाठीसरह पढ्न लेख्न सक्दैनन् । ब्रेल लिपीको माध्यमबाट संसार चिहाउने प्रयत्नमा लागेका यी दाजुभाइलाई अन्य बालबालिकाले भन्दा बढी संघर्ष गरिरहनु परेको छ । घरको आर्थिक अवस्था एकदमै न्यून भएका कारण उनीहरुको पठनपाठनमा थप चुनौती छन् । तर पनि आँट र साहसका साथ यिनीहरुको जीवनयात्रा अघि बढिराखेको छ । यिनीहरु दुवै दाजुभाइ हातले छामेर भित्रबाहिर गर्छन् । अलि टाढाको यात्रामा साथीहरुको सहयोग चाहिए पनि नियमित गतिविधिमा भने आफैँले छामेर र वा घुँडा टेकेर गुजारा गर्ने गरेका छन् । विद्यालयका गुरुगुरुआमा, सहपाठी साथी तथा छात्रवासका आयाको साथ पाएका कारण उनीहरु उच्च मनोबलका साथ अघि बढिरहेको बताए । सामान्य चोटपटक दिनहुँजसो लागिरहे पनि यी दुवैले ठूलो दुर्घटना पार गरेर नयाँ जीवन पाएका छन् । शिशिर सानोछँदा घरको बार्दलीबाट भुइँतलामा बजारिएर उनको टाउको फुट्यो, उनी बेहोस भए । त्यस्तै, लोकेश पनि सानो छँदा बेसरी भुइँमा बजारिँदा लडेर हात भाँचिएको थियो । जीवनमा आउने अनेकन समस्या तथा चुनौतीबाट अविचलित रुपमा अघि बढेका शिशिर पढेर कुशल राजनीतिज्ञ बन्न चाहन्छन् । नीति निर्माण तहमा पुगेर दृष्टिविहीनका लागि नयाँ नीति निर्माण गरी कार्यान्वयन गर्ने यिनको धोको छ । त्यस्तै, लोकेश पढेर दृष्टिविहीनकै कुशल शिक्षक बनेर ज्ञानको उज्यालो बाँड्न चाहन्छन् । उनलाई संगीत क्षेत्रमा पनि उत्तिकै लगाव छ । उनी हार्माेनियम, मादल, बाँसुरी ब्यान्डबाजा बजाउन सिपालु छन् जस्का कारण विद्यालयले हरेक दिनजसो प्रार्थनाका समयमा उनलाई नै अघि सार्दै आएको छ । तल्ला कक्षाहरुमा प्रथम द्धितीय स्थान हासिल गर्न सफल भए पनि माथिल्ला कक्षामा भने ब्रेललिपीको माध्यमबाट पढ्दा यी दाजुभाइलाई समस्या हुने गरेको छ । उनीहरुका अनुसार ब्रेललिपीको माध्यमबाट पढ्दा अंग्रेजी, गणितको ज्यामिती, सामाजिक तथा भूगोलमा नक्सा बनाउन असहज हुन्छ । उनीहरुका जेठा दाजु आर्थिक अभावका कारण रोजीरोटीका लागि एसएलसी उत्तीर्ण गरेर खाडीमुलुक पुगेका छन् । आफूहरुको पनि गरिबीका कारण उच्च शिक्षामा अवरोध हुन्छ कि भन्ने चिन्ताले उनीहरुलाई थप चिन्तित बनाउन थालेको छ । यस्तै, विमला विक र लक्ष्मी विक एउटै आमाका सन्तान हुन् । उनीहरु पनि जन्मजात दृष्टिविहीन छन् । दलित समुदायका यी चेली हरेक कुरामा पछाडि पारिएका छन् । त्यसमा पनि दृष्टिविहीन भएर जीवन जीउनु पर्दा यिनीहरुलाई थप संघर्ष गर्नुपरेको छ । उनीहरुका लागि पनि रातदिन बराबार अँध्यारो छ । २० वर्षीया विमला कक्षा १२ मा अध्ययनरत छिन् । उनी नौ महिनाकी हुँदा विमलाकी आमाले बाध्यतावस दोस्रो बिहे गरिन् जसका कारण विमलाले जन्म दिएका बाबुको माया पाउन सकिनन् । तर पनि सौतेलो बुबाले उनको संसार हेर्ने सपनामा साथ दिँदै आएका छन् । विमला राम्रो गायक तथा कुशल कार्यक्रम प्रस्तोता बन्न चाहन्छिन् । दृष्टिविहीनका आवाज कसैले नसुन्ने भएका कारण आरजे बनेर दृष्टिविहीनका आवाज बाहिर ल्याउने उनको धोको छ । यस्तै, उनकी ११ वर्षीया बहिनी लक्ष्मी हाल कक्षा ४ मा अध्ययनरत छिन् । उनलाई आँखा पाएको भए बाहिरी संसार पनि देख्नेथिएँ जस्तो लाग्छ । दृष्टिविहीनको सेवामा संलग्न आयाका अनुसार उहाँले हेर्दैआएको छात्रावासमा १२ जना दृष्टिविहीन विद्यार्थी बसेर अध्ययन गर्दै आएका छन् । उनीहरुको स्याहारसुसार गर्न पाउँदा उहाँलाई निकै खुशी लाग्छ । काम गर्दै जाँदा यी बालबालिका आफ्नै छोराछोरीसरह लाग्न थालेको उहाँको भनाइ छ । विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलका अनुसार तारा मावि, बामरुक, रोल्पाको व्यवस्थापन समितिले विशेष कक्षा आफ्नो विद्यालयमा आवश्यकता नभएको भनेर स्रोत कक्षा सञ्चालन नगर्ने निर्णय गरेपछि यी अलपत्र विद्यार्थीलाई करिब दुई वर्ष पहिलेदेखि बालकल्याण उमाविमा ल्याइएको हो जसका कारण सम्पूर्णरुपमा भौतिक संरचना अपांगमैत्री बन्न सकिरहेका छैनन् । यिनीहरुका लागि शैक्षिक सामग्री विद्यालय तथा संघसंस्थाले उपलब्ध गराउँदै आएको भए पनि पर्याप्त हुन सकिरहेको छैन । हाल १२ कक्षामा तीनजना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । १२ उत्तीर्ण हुने विद्यार्थीलाई जिल्ला बाहिरका सुविधासम्पन्न विद्यालयमा पठाउन सके उनीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने उहाँको भनाइ छ । रासस

दृष्टिविहीन दम्पतीका दुःख : ‘न सन्तति, न त सहारा’

भीमदत्तनगर । कल्पना गर्नुहोस्, एउटा दृष्टिविहीन दम्पतीको दिनचर्या कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ, कष्टकर, अभाव र अँध्यारो संसारमा संघर्षरत । सहयात्राको अढाइ दशकदेखि यस्तै अभाव र संघर्षसित जुध्दै आउनुभएका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका दृष्टिविहीन दम्पती ५२ वर्षीय रामा राना र ५० वर्षीया सुदामा राना गाउँले र छिमेकीको सहयोगले दिन काटिरहेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका दृष्टिविहीन रामा रानाले २०५२ सालमा पुनर्वास नगरपालिकाकी सुदामासित मागी विवाह गरेका थिए । “दुवै दृष्टिविहीन छौँ,” रामा रानाले भन्नुभयो, “जिन्दगीमा न सन्तति भए, न त सहारानै मिल्यो ।” सहोदर चार दाजुभाइ भए पनि अलग अलग भइसकेको उहाँले बताउनुभयो । आँखा नदेखे पनि सुदामाको काम भने कुनै सपाङ्गको भन्दा कम छैन । पचास वर्षीया सुदामाकै सक्रियताले दिन धकेलिरहेको उहाँको भनाइ छ । “दृष्टिविहीन सुदामा (श्रीमती) घरमा खाना पकाउनेदेखि सरसफाइसम्मको सबै काम गर्न सक्छिन्,” रामाले भन्नुभयो, “मेरो हरेक पाइलामा श्रीमतीको साथ छ ।” आफूसित भएको छ धुर जमिनमा घर बनाएर बसेका दृष्टिविहीन दम्पतीलाई छिमेकीले भने राम्रै सहयोग गर्ने गरेका छन् । “घरमा सरसामान सकिँदा पनि छिमेकीले ल्याइदिन्छन्,” सुदामाले भन्नुभयो, “अपाङ्ग भत्ताले सामान्य खर्च टरेको छ ।” “आँखा नदेखे पनि घरको सबैतिर के कहाँ छ भनेर छामेरै थाहा पाइरहेका हुन्छौँ,” उहाँले भन्नुभयो, “आगन्तुकहरु बोलाउन प्रायः टेलिफोनसमेत गर्छन् ।” मोबाइल समेत चलाइरहनुभएकी सुदामाले मोबाइलकै नम्बर थिचेर समय थाहा पाउने गरेको बताउनुभयो । “मोबाइलमा फोन आउँदा पनि उठाउँछु,” नोकियाको मोबाइल सेट देखाउँदै सुदामाले भन्नुभयो, “अहिले बुढा सुगरको बिरामी परेकाले समस्या बल्झिएको छ ।” थारु समुदायमा झण्डै चार दशकदेखि वैद्यको काम गर्दै आएका रामा रानाले समुदायको भलमन्साले तोकेको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । “भलमन्साले मलाई तीन वटा गाउँको वैद्यको काम दिएका छन्,” रामाले भन्नुभयो, “सोही काम गरेवापत प्रतिपरिवार साढे ३७ किलो धान वर्षेनी पाउने गरेको छु ।” आफूले गर्दै आएको सामान्य झारफुकले निको हुने गरेको भन्दै समुदायका नागरिक आफूकहाँ लामो समयदेखि आइरहेको उहाँको भनाइ छ । पछिल्लो समय कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको चवन्नी गाउँ, कृष्णपुर नगरपालिकाको बण्ड र वाणी गाउँमा रहेको थारु बस्तीको जिम्मेवारी आफूलाई रहेको रानाको भनाइ छ । केही वर्षयता वैद्यभन्दा पनि औषधि उपचारमा जानुलाई उहाँ सकारात्मक रुपमा लिनुहुन्छ । “धामीझाँक्री भन्दै अनावश्यक कुरामा जान्ने हुनु राम्रो हुँदैन,” उहाँले भन्नुभयो, “भूतप्रेत निको पार्ने काम भए ठिकै हो ।” कैलाली–कञ्चनपुरका विभिन्न राना थारु बस्ती पुगिसकेका दृष्टिविहीन राना दम्पतीले सरकारसित अपाङ्ग भत्ता वृद्धिसँगै रासन कार्ड हुनुपर्ने माग गर्नुभयो । “रासन कार्ड भए हामीलाई खाद्यान्नको समस्या हल हुन्थ्यो कि,” रामाले भन्नुभयो, “सरकारले दिएको भत्ता पनि थोरै भयो ।” छडीको सहारामा टाढा–टाढासम्म पुग्ने गरेका राना दम्पती गाउँमा हिँडडुल भने सहजै गर्छन् । मुलुकमै कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायमा पछिल्लो समय परम्परागत विभिन्नखाले धार्मिक मान्यता लोप हुँदै गइरहेको रानाको भनाइ छ । केही समययता झलारी बजारलगायतका स्थानीय शहरमा समेत मागेर जीविकोपार्जन गरिरहेको बताउँदै रानाले शुक्लाफाँटा नगरपालिका कार्यालयबाट पनि रु एक हजार सहयोग प्राप्त भएको बताउनुभयो । “मेयर सा’पसित मेरो पुरानै चिनजान हो,” रानाले भन्नुभयो, “सहयोग मागे मेयर सा’प खाली हात फर्काउनुहुन्न ।” रासस

‘डोनाल्ड ट्रम्प’का आमा-बुवालाई यस्तो सास्ती !

यी ‘डोनाल्ड ट्रम्प’ आमाको पेटमै असाधारण रूपले संवेदनशील थिए । कुनै रात उनकी आमा उदास भइन् भने उनी आमाको गर्भमै बेचैन हुन्थे, चल्मलाउने र गोडा चलाउने गर्दथे । एउटा झरी परिरहेको शरद ऋतुको दिउँसो माटोको गारोले बनेका दुई सय जति घरहरू भएको एउटा गाऊँमा उनी जन्मिए । त्यहाँ कुनै नर्स या सुँडेनी उपलब्ध थिएनन् त्यसैले छिमेकी महिलाहरू उनको आमालाई मद्दत गर्न आए । नवजात शिशु शांत थियो । उसका कपाल सुनौलो रंगका थिए र उसका हातगोडा सामान्य थिए । नाम ‘डोनाल्ड ट्रम्प’ भएका यी शिशु हाल अमेरिका राष्ट्रपति रहेका ‘डोनाल्ड जे. ट्रम्प’ भने होइनन् । यी त मध्य अफगानिस्तानको दायकुण्डी प्रान्तको सहरिस्तान जिल्लामा जमिला र सैयद अस्सदुलाहको तेस्रो संतानका रूपमा जन्मेका ‘डोनाल्ड ट्रम्प’ हुन् । २०१६ को सेप्टेम्बर ३ तारेखमा उनी जन्मिएका बेला उनकै जस्तो नाम भएका ‘डोनाल्ड जे. ट्रम्प’ रिपब्लिकन पार्टीबाट नामांकन जितिसकेपछि पहिलो राष्ट्रपतीय बहसको तयारी गर्दै थिए । बालक ‘डोनाल्ड ट्रम्प’का सुपर फ्यान बुवाले अमेरिकी अरबपतिको नामबाट छोराको नाम राखेका थिए । गरिब किसान परिवारमा जन्मिएका अस्सदुलाहको गाउँमा बदाम(अल्मंड्स)को  खेती हुने गर्दथ्यो र यसकै उब्जनीको भरमा वर्षभरि खान पाइने या भोकमरीको सिकार हुने भन्ने निर्धारण हुने गर्दथ्यो । यति हुँदाहुँदै पनि उनले कलेजको डिग्री हासिल गरे । उनले  डोनाल्ड ट्रम्पका बारेमा पढे, दातृसंस्थाहरूको अनुदानमा प्राप्त सोलार पाताबाट निकालिएको बिजुलीबाट चल्ने टेलिभिजनमा उनका कुरा सुने र उनका प्रशंसक बने । उनलाई के लाग्यो भने विश्वविख्यात रियल एस्टेट व्यापारी र टेलिभिजन स्टारका नामबाट छोराको नाम राखेमा उसको भाग्य सप्रिने छ । तर त्यो शिशुकोका कारण परिवारको भाग्योदय हुनु त् कहाँ हो नामकै कारण उनीहरूले पैत्रिक थलो छाडेर राजधानी काबुलमा एउटा भाडाको घरमा गुजारा गर्नुपर्ने भएको छ । खासमा नवजात शिशुको गैर मुस्लिम नाम राखेकोमा अस्सदुलाहका छिमेकी र नातेदारहरू क्रुद्ध मात्रै बनेका छैनन् उनीहरूले असदुल्लाह र तिनको परिवारलाई गाउँ छाडेर जान बाध्य पारेका छन् । “मैले ट्रम्पका पुस्तकहरू पढेको छु, ” सैयद अस्स्दुलाहले काबुलमा एउटा अन्तर्वाताको क्रममा यसो भनिरहँदा साना डोनाल्ड ट्रम्प आफ्नो बुवाको काखमा बसेर साना-साना औंलाहरूले फोनसँग खेलिरहेका थिए, “मैले उनको ‘हाउ टु गेट रिच’ भन्ने पुस्तक पढें । त्यसपछि मैले उनको पृष्ठभूमिबारे पनि पढें । उनले कसरी ट्रम्प टावरको निर्माण गरे र कसरी उनी पार्टीनेता बन्न सफल भए  भन्नेबारे । मैएल के बुझे भने उनी असाध्यै परिश्रमी व्यक्ति हुन् र मलाई लग्यो यस्तो व्यक्तित्वको झैँ नाम भए त्यसको केही न केही प्रभाव मेरो छोराको व्यवहारमा पनि पर्नेछ ।” अस्सदुलाहको भनाइमा छोराको शारीरिक बनावटले पनि उनको विश्वास अझै गहिरिएको थियो । उनले भने, ” मेरो छोरो जन्मिँदा उसको कपाल ट्रम्पको झैँ सुनौलो थियो । उसको कपाल देखेर नै मलाई उसको नाम डोनाल्ड ट्रम्प राख्नु पर्दछ भन्ने लाग्यो ।” बच्चा जन्मेको १० दिनसम्म पनि उनले कुनै नाम सोच्न सकेका थिएनन् । अफगानी परम्परा अनुसार सबैभन्दा पहिले हजुर बुवा-हजुर आमाले बच्चाको नाम भन्ने गर्दछन् । त्यसपछि आमा-बुवाले पनि त्यसै नाममा समर्थन जनाउनु पर्ने हुन्छ । तर उनी यो परम्परा मान्न चाहन्नथे । तर परम्परा तोड्ने उनको यो कदम अफगानी समाजको लागि यति ठुलो थियो कि उनले यो कुरा आफ्ना आमा-बुवालाई बताउन सकेनन् । अन्त्यमा उनकी श्रीमती जमिलाले सहमति जनाए पछि बच्चाको नाम राखियो । बच्चाको नाम डोनाल्ड ट्रम्प राखेको कुरालाई पहिले त उनको परिवारले हाँसोमा उडायो तर केही समय पछि यो हाँसो क्रोधमा परिणत हुन पुग्यो । “मैले छोराको नाम डोनाल्ड ट्रम्प राखेको कुरामा उनीहरू खुसी थिएनन् ।” सैयद अस्सदुलाहले अगाडि भने, “उनीहरूले मलाई छोराको नाम एउटा ‘विधर्मी’को नामबाट राखेको भन्दै मेरो उछितो काढे ।” “त्यसपछि परिवारसँग मेरो  खासै सम्बन्ध छैन, ” उनले भने, ” मेरो बुवा साह्रै रिसालु स्वभावको हुनुहुन्छ । वहाँले मलाई भन्नु भएको छ कि वहाँ मैले छोरालाई ‘डोनाल्ड ट्रम्प’ भनेर बोलाएको सहन सक्नु हुन्न । त्यसबेला देखि म आफ्नो परिवार सहित एभरेष्टदैनिककका लागि अनुवादित काबुलमा बस्दै आइरहेको छु ।” अब लगभग  अठार महिनाका भैसकेका डोनाल्ड ट्रम्पको कथालाई  परिवारले काबुल सरेको लामो समयसम्मपनि गोप्य नै राखेको थियो । तर हालका दिनहरूमा भने बालकको राष्ट्रिय परिचय पत्रको तस्विर सामाजिक संजालमा चासोको विषय बनिरहेको छ । अस्सदुलाहका अनुसार जनसंख्या पंजीकरण विभागका कर्मचारीहरूले उनको अनुमति बिना नै यो तस्बिर लिएका थिए । अन्य प्रान्तबाट आएका नागरिकहरूको परिचयपत्र सत्यापन गर्ने जिम्मेवारी पाएका काबुलस्थित सरकारी कार्यालयका कर्मचारीहरूले बच्चाको नामकै कारण आफूसँग दुर्व्यवहार गरेको आरोप समेत उनले लगाएका छन् । उनका अनुसार कर्मचारीहरूले उनलाई धम्क्याएको र छोराको नाम डोनाल्ड ट्रम्प राखेकोमा उनलाई सोधपुछका लागि अफगानी खुफिया विभागमा पठाइने धम्की समेत दिएका थिए । “मैले विभागमा गएर छोराको नाम भन्ने बित्तिकै त्यहाँका कर्मचारीहरू अचम्म परे, उनीहरूले मलाई हेर्दै भने-‘डोनाल्ड ट्रम्प रे! के हो यो ?’ उनीहरू गिल्ला गर्दै भने- ‘हेर, यसले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राखेको छ- कस्ता संस्कार विहीन मान्छे ।’  त्यसपछि मैले उनीहरुको काम परिचयपत्र सत्यापन गर्नु मात्र रहेको भन्नु पऱ्यो ।” आलोचकहरूका भनाइमा अस्सदुलाहले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राख्नुका पछाडि मान्छेहरूको ध्यान आफूतिर आकृष्ट गरेर विदेशमा शरण खोज्नु हो । तर उनी यो कुरालाई नकार्दै आफूले कहिल्यै पनि बच्चाको परिचय यसरी सार्वजनिक होस् भन्ने नचाहेको बताउँछन् । फुच्चे डोनाल्ड ट्रम्पको समाचार सार्वजनिक भएपछि एउटा अर्को परिवारको मामिला सार्वजनिक भएको छ । सहरिस्तान जिल्लाकै निवासी गुलाम अली पैमानले आफ्ना दुई वर्ष अघि जन्मेका जुम्ल्याहा छोराहरू मध्ये एकको नाम ‘भ्लादिमिर पुटिन’ र अर्कोको नाम ‘बाराक हुसेन ओबामा’ राखेको बताएका छन् । उनकी श्रीमती भने दोस्रो बच्चाको नाम ‘डोनाल्ड ट्रम्प’ राख्ने इच्छा व्यक्त गरेकी थिइन् । मुजिब मशाल र फहीम आबेद न्यूयोर्क टाइम्सबाट साभार र अनुवाद गरिएको  

संसद भवनमा राष्ट्रपति निर्वाचन, फोटोफिचर

काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ । ???????????????????????????????????? मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुभएको थियो । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ । निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।