खानेपानी मन्त्रीको निर्देशनपछि बाढी प्रभावित भक्तपुरमा निशुल्क सफा पानी वितरण

भक्तपुर, खानेपानी मन्त्री बीना मगरले भक्तपुरका बाढी पीडित जनतालाई निशुल्क पानी वितरण गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

लगातारको वर्षाले भक्तपुरका अधिकांश क्षेत्र डुबानमा परेपछि सम्भावित महामारी र अन्य जोखिम नियन्त्रण गर्न खानेपानी मन्त्रीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिँदै बाढी प्रभावित क्षेत्रमा निशुल्क पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।

खानेपानी मन्त्रीको सचिवालयका रमेश भट्टले दिएको जानकारी अनुसार, बाढी प्रभावित क्षेत्रका जनतालाई प्रत्यक्ष राहत पुर्याउन मन्त्री मगरले केयुकेएलले वितरण गर्दै आएको टं्यांकरको पानी स्थिति सहज नहुँदा सम्म प्रभावित क्षेत्रमा वितरण गर्न र सरसफाईका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको हो ।

मन्त्री मगरको निर्देशन लगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भक्तपुरमा बाढी प्रभावित जनतालाई ट्यांकरबाट निशुल्क खानेपानी वितरणको कार्य शुरु गरेको छ ।

सचिवालयले दिएको जानकारी अनुसार, निशुल्क खानेपानीसँगै खानेपानी मन्त्रालयको उच्चस्तरीय टोली खानेपानी प्रशोधनलगायतका अन्य सामग्री वितरण गर्न प्रभावित क्षेत्र पुगेको छ । मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले बाढीका कारण सम्भावित स्वास्थ्य जोखिम नियन्त्रण गर्न खानेपानी प्रशोधनका लागि प्रयोग हुने क्लोरिनलगायतका सामग्री बोकेर प्रभावित क्षेत्र पुगेको हो ।

बाढीको प्रकोप जारी रहँदासम्म निरन्तर जनताको सेवामा खटिन निर्देशन अनुसार टोलीले प्रभावित जनतालाई निशुल्क पानी वितरण र अन्य सामग्री वितरण गरिरहेको टोलीमा सहभागी कर्मचारीले जनाएका छन् ।

लगातारको वर्षाले भक्तपुरको राजमार्ग वरिपरिका क्षेत्र, चाँगुनारायणलगायतमा ठूलो असर पारेको छ । कतिपयका घर डुबानमा परेका छन् भने बाटो अवरुद्द भएका कारण स्थानीय वासिन्दाले ठूलो समस्या झेल्नु परेको छ । विगत दुई दिनयता नियमित झरीका कारण पानीको निकास नहुँदा अधिकांश स्थानीय वासिन्दाका घर डुबेका छन् भने खाद्यान्न लगायतका बस्तुको समस्या भएको छ ।

खानेपानीको समुचित व्यवस्था नहुँदा फोहोर पानीको सम्पर्कका कारण रोग र महामारी फैलिन सक्ने अवस्थालाई मध्य नजर गर्दै मन्त्री मगरले आज बिहान मातहतका सबै निकायलाई मन्त्रालयका तर्फबाट हुनसक्ने सहयोगमा कुनै कमी आउन नदिन निर्देशन दिएकी थिइन । सोही निर्देशनका आधारमा अवस्था नियन्त्रणमा नआउँदासम्म सबै क्षेत्रमा ट्यांकरबाट पानी वितरण र पियुस लगायतका सामग्री वितरण गर्न मन्त्रालय र मातहतको निकायका कर्मचारीहरु प्रभावित क्षेत्रमा पुगेका हुन ।

स्मृतिमा प्रकाश दाहालकाे ३७ औं जन्मदिन, लाेकले बुझ्न नसकेकाे व्यक्तित्व

प्रचण्डका हरेक समस्याको बोझ आफै बोक्न उनी उत्साहित हुन्थे, अनि माओवादी आन्दोलनको उचाई देख्नु उनको एक मात्र लक्ष्य हुन्थ्यो । प्रचण्ड र माओवादीविरुद्ध हुने हरेक गतिविधिको उनी डटेर सामना गर्थे, पछिल्लो समय यसले उनलाई सफल युवा नेताका रुपमा स्थापित गराएको थियो । प्रकाश बाबूको भविष्यका लागि मर्न तयार हुने बिरलै छोरामध्येका एक थिए । आज असार १७ अर्थात् प्रकाश दाहालको जन्मदिन । हरेक वर्ष उल्लास र उत्प्रेरणा बनेर आउने आजको दिन यसपटक भने स्मृतिमै बित्नेछ । गत मंसीर ३ गते आकस्मिक हृदयघातबाट प्रकाशको निधन भएपछि अब असार १७ सधैं स्मृतिमा मात्र सीमित हुनेछ । को थिए प्रकाश दाहाल ? उनको बाहिर र भित्री व्यक्तित्व एउटै थियो वा फरक ? यसबारे आजको दिनमा थोरै भए पनि चर्चा गर्न आवश्यक ठानेका छौं । प्रकाश दाहाल नेपालीका लागि परिचय दिइरहनुपर्ने नाम होइन । कतिले उनका प्राविधिक त्रुटीबाटै उनको परिचय दिने कोशिस गरे । तर, ती प्रकाश दाहाल थिएनन्, जसरी प्रचार गरियो वा जस्तो बनाइयो । उनी पर्दामा देखिदा जस्ता प्रचारित थिए, यथार्थ जीवनमा त्यसको ठीक बिपरित थिए । पछिल्लोसमय चोटहरुले उनी स्पात मात्र बनेका थिएनन्, केही गरिछाड्ने संकल्पमा पनि थिए । ती प्रकाश दाहाल थिएनन्, जसरी प्रचार गरियो वा जस्तो बनाइयो । उनी पर्दामा देखिदा जस्ता प्रचारित थिए, यथार्थ जीवनमा त्यसको ठीक बिपरित थिए । पछिल्लो समय चोटहरुले उनी स्पात मात्र बनेका थिएनन्, केही गरिछाड्ने संकल्पमा पनि थिए । प्रकाश दाहाल अर्थात् नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डका एक मात्र सुपुत्र । उनको परिचय यतिमै सीमित छैन । शुभेच्छुकहरुका लागि आत्मीय र अभिभावक, देशको भविष्यका लागि चिन्तनशील, बुवाको सफलताको स्वप्नाद्रष्टा, सादा जीवनशैलीका पारखी, कुशल व्यवस्थापनका नायक, वचनका पक्का, उर्जाका खानी, यी सबै प्रकाश दाहालको परिचयका आयाम थिए । प्रसिद्ध भारतीय साहित्यकार प्रेमचन्द भन्थे,‘मान्छेको आयु वर्षमा होइन, कर्ममा नाप्नुपर्छ ।’ २०३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहाल जम्माजम्मी ३६ वर्ष बाँचे । तर, उनको ३६ वर्ष जीवन भोगाइका सम्पूर्ण अनुभवले भरिएको छ । अनगिन्ती आरोह-अवरोहले भरिपूर्ण उनको जीवनको अन्त्यमा लाखौं शुभेच्छुकहरु खडा भए । उनी जति बाँचे, त्यो जीवन संयोग र वियोगले भरिएको थियो । केही प्राविधिक त्रुटीलाई विरोधीहरुले राजनीतिक हतियार बनाए । यसको एक मात्रै उद्देश्य थियो, ‘प्रकाशलाई निशाना बनाएर प्रचण्डमाथि प्रहार गर्नु ।’ यही मिसनले उनी व्यक्तिगत जीवनमा पटकपटक अन्यायको शिकार बने । आजकै दिन जन्मिएर ३६ वर्ष बाँचेका प्रकाश दाहाल आफ्नो जीवनकालमा प्रशंसा र आलोचनाको केन्द्रमा रहे । जीवनकालमा प्रकाशले सम्झनयोग्य दर्जनौं काम गरे, उनकै अथक प्रयासले प्रचण्ड सफल प्रधानमन्त्री मात्र भएनन्, देशमा राजनीतिक एवं आर्थिक क्षेत्रमा मानक नै स्थापित भयो । उनका केही प्राविधिक त्रुटीलाई विरोधीहरुले राजनीतिक हतियार बनाए । यसको एक मात्रै उद्देश्य थियो, ‘प्रकाशलाई निशाना बनाएर प्रचण्डमाथि प्रहार गर्नु ।’ यही मिसनले उनी व्यक्तिगत जीवनमा पटकपटक अन्यायको शिकार बने । बाबु प्रचण्ड भूमिगत भएपछि प्रकाश दाहालको बाल्यकाल पनि अन्यौलका बीच बित्यो । उनी सामाजिक असुरक्षाका बीच नै हुर्किए । किशोर अवस्था नहुँदै उनी मुक्ति वा मृत्युको सपथ खाँदै जनयुद्धको संग्राममा होमिए । युद्धका कठोर मोर्चाहरुमा उनको प्रत्यक्ष सहभागिता रह्यो । देशको प्रधानमन्त्रीका छोरा भए पनि प्रकाशसँग जिन्दगीका सबै पलहरुको ताजा अनुभव थियो । उनी सामान्य जीवन मन पराउँथे । ठेलाको चटपट, चिया र पानीपुरीका पारखी नै थिए । उनको रोजाइँमा सडकपेटीहरु नै पर्थे । उनको जीवनशैली अत्यन्तै सामान्यथियो । शुभेच्छुकहरुका लागि उनी सबैभन्दा प्रिय थिए । अनि, वचनका पक्का पनि । उनी मीठो बोल्दैनथे । तर, जे बोल्थे, त्यो सत्यको नजिक हुन्थ्यो । नसक्ने कुरामा झुटो आश्वासन दिन प्रकाश आवश्यक ठान्दैनथे । जब प्रकाश हुन्छ भनेर आश्वासन दिन्थे, त्यो काम पूरा भएरै छोड्थ्यो । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाश स्वकीय सचिवमा नियुक्त भए । धेरैले लेखे, ‘प्रचण्डको पुत्रमोह, अलोकप्रिय निर्णय ।’ तर, जब प्रचण्डले स्वेच्छाले राजीनामा दिए, त्यसबेला बल्ल मान्छेहरुले बुझे, ‘पर्दाभित्रका खेलाडी प्रकाश दाहाल थिए ।’ उनले स्वकीय सचिवको आफ्नो जिम्मेवारीलाई एक सेकेण्ड पनि दुरुपयोग गरेनन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाश स्वकीय सचिवमा नियुक्त भए । धेरैले लेखे, ‘प्रचण्डको पुत्रमोह, अलोकप्रिय निर्णय ।’ तर, जब प्रचण्डले स्वेच्छाले राजीनामा दिए, त्यसबेला बल्ल मान्छेहरुले बुझे, ‘पर्दाभित्रका खेलाडी प्रकाश दाहाल थिए ।’ उनले स्वकीय सचिवको आफ्नो जिम्मेवारीलाई एक सेकेण्ड पनि दुरुपयोग गरेनन् । जति गरे, त्यो सबै देशको समृद्धि र विकासका लागि गरे । त्यसकै प्रतिफल प्रचण्ड सफल प्रधानमन्त्रीमा दर्ज भए । प्रचण्डको दोस्रो कार्यकालले नयाँ रेकर्ड बनायो । ०।८ बाट ७।५५ आर्थिक बृद्धिदर, संघीय संरचनाको निर्माण र अभ्यास, स्थानीय तहको निर्वाचन, संविधानविरोधी दलहरुलाई राष्ट्रिय मुलधारमा समाहित, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति, वैदेशिक रोजगारीको व्यवस्थापन र उद्दार, सन्तुलित छिमेक सम्बन्ध, लोडसेडिङको अन्त्यजस्ता जति पनि उपलब्धि भए, ती सबै प्रकाश दाहालको कुशल व्यवस्थापनमार्फत् प्रचण्डले हासिल गरेका थिए । प्रचण्डको स्वकीय सचिवका हैसियतले उनले सम्पूर्ण व्यक्तिगत स्वार्थ त्यागे र परिणामका लागि अग्रसर भए । यी कुरा सामान्य पक्कै पनि थिएनन् । युवाहरुको भविष्यबारे प्रकाश धेरै नै चिन्तित थिए । साउदी अरब, दुवई, कतार, मलेसियाका नेपाली युवाहरुको प्रकाशसँग निकै घनिष्ट सम्बन्ध थियो । उनीहरुलाई कुनै समस्या पथ्र्यो, प्रकाश दाहाल त्यसको समाधानमा अहोरात्र घट्थे । युवाहरुको भविष्यबारे प्रकाश धेरै नै चिन्तित थिए । साउदी अरब, दुवई, कतार, मलेसियाका नेपाली युवाहरुको प्रकाशसँग निकै घनिष्ट सम्बन्ध थियो । उनीहरुलाई कुनै समस्या पथ्र्यो, प्रकाश दाहाल त्यसको समाधानमा अहोरात्र घट्थे । पछिल्लोपटक उनले आफ्नै व्यक्तिगत पहलमा खाडीमा फसेका हजारौं युवाहरुलाई नेपाल ल्याएका थिए । यति मात्र होइन, वैदेशिक रोजगारीका बेथितिहरुको नीतिगत समाधान खोज्न उनले अथक प्रयास गरेका थिए । राजनीतिक दुराग्रह राख्नेबाहेक सबैका लागि उनी प्रिय थिए । प्रकाशको एक मात्र संकल्प थियो, ‘बाबूलाई सफल पार्नु ।’ प्रचण्डको सफलतामा उनले आफ्नो जीवन देख्थे । प्रचण्डका हरेक समस्याको बोझ आफै बोक्न उनी उत्साहित हुन्थे, अनि माओवादी आन्दोलनको उचाई देख्नु उनको एक मात्र लक्ष्य हुन्थ्यो । प्रचण्ड र माओवादीविरुद्ध हुने हरेक गतिविधिको उनी डटेर सामना गर्थे, पछिल्लो समय यसले उनलाई सफल युवा नेताका रुपमा स्थापित गराएको थियो । प्रकाश बाबूको भविष्यका लागि मर्न तयार हुने बिरलै छोरामध्येका एक थिए । प्रचण्डको सफलतामा उनले आफ्नो जीवन देख्थे । प्रचण्डका हरेक समस्याको बोझ आफै बोक्न उनी उत्साहित हुन्थे, अनि माओवादी आन्दोलनको उचाई देख्नु उनको एक मात्र लक्ष्य हुन्थ्यो । उनी कुशल प्रशासक र व्यवस्थापक थिए । कुटनीति जान्दैनथे । तर, हर समस्याको समाधान निकाल्ने खुबी प्रकाशमा थियो । सबैसँग सहज सम्वाद गर्न सक्ने, काम लिन र दिन सक्ने, जटिल समस्याको सरल समाधान खोज्न सक्ने र साथीभाइका लागि ज्यान दिन तयार हुने उनको खुबी र शैलीले पछिल्लो समय उनले लाखौं शुभेच्छुक जन्माएका थिए । प्रकाश दाहाल को थिए रु उनी प्रचण्डका छोरा मात्र थिए कि निकै ठूलो सम्भावना बोकेका नेता ? उनीसँग सहकार्य गर्नेहरुले मात्रै विषयको अन्तर्य बुझ्न सक्थे । मंसीरको ३ गते बिहान अकस्मात प्रकाशको निधन भयो । हामीले पत्याउन सक्ने कुरै थिएन । त्यसमाथि अहिलेका सामाजिक सञ्जाल प्रयोगकर्ताका गतिविधिले पत्याउन सक्ने कुरा पनि थिएन । तर, अन्ततः सत्यसामू हाम्रो आकांक्षाको केही चल्दैनथ्यो । बज्रपातका रुपमा हामीले त्यो अकल्पनीय वियोगको सामना गर्यौं । ‘खोलो तरेर लौरो बिर्सने’ संस्कार हामी मान्दैनौं भने प्रकाशले हजारौंलाई ‘गुन’ लगाएका छन् । त्यो ‘गुन’ सत्कर्ममार्फत् नै तिर्नुछ । उनले एकैसाथ धेरै सन्देश छोडेर गएका छन् । प्रकाश दाहाल अब हामीसामू छैनन् । तर, उनले छोडेर गएका हजारौं स्मरण र सन्देश हामीसँग छन् । देशका लागि उनले गरेको योगदान इतिहासले चाहेर पनि बिर्सन सक्ने छैन र बिर्सनु हुँदैन । ‘खोलो तरेर लौरो बिर्सने’ संस्कार हामी मान्दैनौं भने प्रकाशले हजारौंलाई ‘गुन’ लगाएका छन् । त्यो ‘गुन’ सत्कर्ममार्फत् नै तिर्नुछ । उनले एकैसाथ धेरै सन्देश छोडेर गएका छन् । ‘सत्य वचन, कर्मप्रतिको निष्ठा, सामाजिक जिम्मेवारीबोध, कुशल प्रशासन र व्यवस्थापन, पिताको सफलतामा आफ्नो भविष्य देख्ने आकांक्षा, शुभेच्छुक र साथीभाइका लागि ज्यान दिनसक्ने समर्पण आदि गुण हाम्रा लागि प्रेरणा बनिरहनेछन् । प्रकाश दाहाल वर्षले ३६ वर्ष बाँचे । तर, कर्मले उनको आयु निकै लामो छ । उनले छोडेर गएका स्मरणहरु युगौंयुग जीवित रहने प्रकृतिका छन् । प्रचण्डका छोरा नभएको भए मात्रै उनको वास्तविक परिचय बाहिर आउँथ्यो । आज प्रचण्डले झेलिरहेका समस्याबाटै प्रष्ट हुन्छ, ‘प्रकाश दाहाल बादलले ढाकिएका शिखर थिए ।’ तिनै प्रकाशका सपना र सन्देशको सार्थकताका लागि समर्पित होऔं। प्रकाश दाहालप्रति हार्दिक श्रद्धासुमन ।  – मनहरि तिमिल्सिना, उज्यालो नेपालबाट साभार

पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

अमेरिका स्थित मेरिल्याण्डमा एक बन्दुकधारीले स्थानीय पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् । मेरिल्याण्डको एनापोपिलसमा रहेको क्यापिटल गज्याट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण भएका बेला कार्यालयमा धेरै मानिस थिए । पत्रिकाका संवाददाता फिल डेविसका अनुसार अवस्था निकै डरलाग्दो थियो । उनले भने, ‘धेरै मानिसलाई गोली लागेको र आफू आफ्नो डेस्कमुनि बसेको तथा आक्रमणकारीले रिलोड गरेको सुन्नु जतिको डरलाग्दो केही हुने रहेनछ ।’ पक्राउ परेका आक्रमणकारीसँग घटनाका बारेमा सोधपुछ भइरहेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले प्रहरीलाई अनुसन्धानमा सहयोग नगरेको र उसले आफ्नो औँठा छाप पनि बिगारेको प्रहरी अधिकारीले सिबिएस न्युजसँग भनेका छन् । आक्रमणकारी २० वर्षको हाराहारीको रहेको र प्रहरी समक्ष आफै आत्मसमर्पण गरेको खबरमा उल्लेख गरिएको छ । घटनास्थलबाट १७० जना भन्दा धेरै मानिस सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका थिए । -एजेन्सी

मदन भण्डारीको जन्मोत्सवमा चितवनमा यस्तो पनि

चितवन १४ असार । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेरे मदन भण्डारी फाउण्डेशन चितवनले फलफूलको बगैंचा बनाएको छ । कालिका नगरपालिका वडा नं. २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेशनले बगैंचा बनाएको हो । फाउण्डेशन चितवन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा बिहीबार सामुदायिक वनमा आयोजित फलफूल वृक्षारोपण कार्यक्रममा दुई सय सुन कागती र २० वटा एबोगार्डाेको विरुवा रोपिएको छ । करिब दुई विगाहा क्षेत्रफलमा ती विरुवा रोपिएको फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो । फाउण्डेशनले क्रमशः पाँच विगाहा क्षेत्रफलमा फलफूलका विरुवा रोप्ने उहाँले जानकारी दिनुभयो । सामुदायिक वनको जग्गामा रोपिएका ती विरुवाको गोडमेल, मल, आवश्यक औषधोउपचार र संरक्षण जस्ता कार्य फाउण्डेशन र उपभोक्ता समूहले संयुक्त रुपमा गर्नेछन् । बगैंचाबाट आउने प्रतिफल भने सामुदायिक वनको नै हुने गरी बगैंचा बनाईएको अध्यक्ष भट्टराईले बताउनुभयो । उक्त बगैंचाको डिजाईन र आवश्यक प्राविधिक तयारी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक विशाल श्रेष्ठ र सरोज सापकोटाको नेतृत्वमा प्राविधिक सचेत सुवेदी र सरस मरासिनीले गर्नुभएको थियो । दीर्घकालिन रुपमा समुदायले प्रतिफल पाउने गरी बगैचाको विस्तार, प्रबद्र्धन र संरक्षण गर्दै लगिने फाउण्डेशनका उपाध्यक्ष शम्भुप्रसाद सुवेदीले बताउनुभयो । सो अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले प्रदेश सरकारले सामुदायिक वनहरुलाई उत्पादनसँग जोडेर फलफूल र जडिबुटी खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । कतिपय नीतिले सामुदायिक वनहरुमा उत्पादनमूलक कार्य गर्न रोक लगाएको बताउँदै उहाँले त्यसलाई परिवर्तन गरी सामुदायिक वनहरुलाई उत्पादनमूल बनाईने बताउनुभयो । उहाँले भन्नुभयो “सालको रुख तयार गरेर प्रतिफल लिन एक सय वर्ष भन्दा बढी समय लाग्छ, फलफूलका विरुवा रोपेमा दुई चार वर्षमा प्रतिफल पाईन्छ, वातावरण पनि जोगिने र फलफूलका बोट बुढो भएपछि काठ पनि प्रयोग गर्न पाईन्छ ।” अबको लडाई समृद्धिको भएको भन्दै उहाँले सबैलाई उत्पादनमूलक क्षेत्रमा लाग्ने आग्रह गर्नुभयो । फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, प्रदेश सांसद घनश्याम दाहाल, थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयलाल कँडेल, फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद सुवेदी, सचिव श्याम बिष्टलगायतले विरुवा रोप्नु भन्दा पनि यसको संरक्षण गर्नु र प्रतिफल लिनु महत्वपूर्ण कार्य भएको बताउनुभयो । जननेता मदन भण्डारीको जन्म २००९ साल आषाढ १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो । –राजेन्द्र आचार्यको रिपोर्ट

यस्तो थियो मदन र विद्या भण्डारीको प्रेम कथा

काठमाडौं, सादा जीवन र सिर्जनात्मक सोंचका लागि चिनिन्छन् जननेता मदन भण्डारी । दासढुङ्गा दुर्घटनामा उनको मृत्यु भयो । उनको मृत्यु आजसम्म पनि रहस्यको घेरामा नै छ । बिडम्बना भनौं, उनको मृत्युपछाडिको यथार्थ पत्ता लगाउन आजसम्म कुनै पनि सरकारले पहल गरेको छैन । मदन पत्नी विद्या अहिले देशको सर्वोच्च पद राष्ट्रपतिमा आसीन छिन् । उनकै सहयात्रीहरुले दुई तिहाई बहुमतको सत्ता चलाएका छन् । तर भण्डारीको हत्यामाथि थुप्रिएका पर्दाहरु उघार्न भने कसैले आँट गरेका छैनन् । मदन भण्डारी र विद्यादेवी भण्डारीबीच प्रेम विवाह भएको थियो । कस्तो थियो त मदनको बाल्यकाल र कसरी बस्यो उनीहरुबीच प्रेम ? बिभिन्न मिडियामा यस अघि नै प्रकाशित सामग्रीको सम्पादन अंश यहाँ प्रस्तुत गरिएको छ । मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो । बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । जन्म ५ असार ०१८ मा भाजपुरको मानेभञ्ज्याङ गाविस २ स्थित अम्बोटे भन्ने स्थानमा भएको थियो । बाल्यकालमै उनको बाबु रामबहादुर पाण्डेको निधन भयो । गाउँकै विद्योदय हाईस्कुलबाट विद्याले एसएलसी गरेकी थिइन् । झापा आन्दोलनमा उनका काका खगेन्द्रको समलग्नता थियो । उनकै प्रभावमा परेर उनी वामपन्थी राजनीतिमा लागेकी थिइन् । ०३३ तिर पूर्वमा क्रियाशिल पूर्वको रातो झण्डा समूहसँग उनको सम्पर्क भएदेखि नै उनी कम्युनिस्ट बनिन् । क्याम्पस पढ्दै गर्दा मुलुुकमा नेकपा मालेको स्थापना भयो । त्यतिबेला बनेको मालेको पर्चा बाढ्ने काममा विद्या क्रियाशिल थिइन् । औपचारिक शिक्षा विद्याले त्यतिबेला गाउँमै ७ कक्षासम्म पढ्न पाइन् । उनका बाजे गाउँकै प्रधानपञ्च थिए । सोही कारण विद्याका बाल्यकाल राजनीतिमय थियो । तत्कालीन परिवेशमा उनको परिवार कांग्रेसको राजनीतिमा सक्रिय थियो । उनका काका खगेन्द्रलेमात्रै वामपन्थी राजनीति गरेका थिए । अन्य काकाहरु कांग्रेसकै राजनीतिमा सक्रिय थिए । जोगिन्द्र पाण्डे नाम गरेका उनका काका त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पीए नै थिए । यसरी भएको दियो मदनसँग भेट २०३६ राजनीतिक यात्राकैक्रममा मदन भण्डारीसँग उनको पहिलो भेट भएको थियो । त्यतिबेला मदन भण्डारीले पार्टी भित्रको उपनाम ‘कमरेड सागर’ राखेका थिए । विद्यालाई सागर नै मदन हुन् भन्ने थाहा थिएन । सागरको नामले मदन भण्डारी भोजपुर पुगेका थिए । त्यतिबेलै उनीहरुबीच भेट भएको थियो । त्यतिबेलादेखि नै भेटघाट बाक्लियो । करिब २ पटकसम्म विद्यासँग भोजपुरमै मदनको भेट भयो । तेस्रो भेट विराटनगरमा भएको थियो । विद्या र मदनको प्रेम झाँगिनुमा केही वर्षअघि एमाले छोडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण छ । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे । राईकै भूमिकाबाट उनीहरुको विवाह भएको थियो । नेपाली समाज पितृसत्तात्मक हो । त्यतिबेला महिला राजनीतिमा लाग्नुलाई राम्रो मानिदैन थियो । राजनीतिमा लागेको थाहा नहुँदासम्म छोरीलाई परिवारले राम्रै रुपमा हेर्थे तर उनी अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएपछि घरका सबैले गाली गरे । काका खगेन्द्र त खोज्नका लागि भोजपुरबाट धरानसम्म आए । कलेजबाट प्रतिनिधित्व गरेर काठमाडौं आएकी उनलाई परिवारले विहे गर्न दबाब दियो । तर विद्याले मानिन् । पार्टीले समेत मदन भण्डारीसँग विवाह गर्न प्रस्ताव गरे, तर उनी तत्काल विहे नगर्ने सोचमा थिइन् । केहीसमय मदनसँग प्रेम चल्यो । दुई वर्षपछि पार्टीमा विहेको लागि निवेदन दिइन् । पार्टीले औपचारिक रुपमा सहमति दिएपछि ०६९ साउन २४ गते पार्टीकै लगानीमा उनको मदन भण्डारीसँग विवाह भयो । एकल निर्णयमा विवाह गरेकी विद्याको विवाहमा माइतीपक्षबाट कोहीपनि आएका थिएनन् । विवाहपछि विद्या पढ्नको लागि मोरङ क्याम्पसमा भर्ना भईन् । सोही वर्ष विद्या स्ववियुको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । विवाहको केही समयपछि उनी काठ्माडौं आईन् । करिब ३ वर्षको काठमाडौं बसाईं स्थापित नहुँदै ०५० जेठमा चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि विद्यालाई घरपरिवार चलाउन निकै कठिन भयो । २०५० जेठमा भएको जिप दुर्घटनामा, मदन भण्डारीको मृत्यु भएपछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा चुलिएको थियो । मदनभण्डारी बारे विद्या  ‘मदन भण्डारीसँग मेरो चिनजान हाम्रो विवाहभन्दा अघिदेखि नै भएको थियो। राजनीतिक पार्टी, विचार र सिद्धान्त एउटै भएको कारणले गर्दा यसरी भेटघाट हुनु स्वाभाविक थियो । मैले मदनलाई सबभन्दा पहिले २०३६ सालमा भोजपरमा पार्टी बैठकमा जाँदा देखेकी हुँ। त्यसपछि ०३७ साल फागुन २१ गते पार्टी स्थापना दिवसको अवसरमा र तेस्रो पटक ०३८ सालको फागुनतिरै भेटेकी हुँ। यी भेटघाट भनेको पार्टीगत कामले नै हुने गर्दथे । तर, हामी औपचारिक रुपमा पार्टी बैठकमा भोला हुने र संगठनका बारेमा छलफल गर्ने गथ्र्यौं। यही राजनीतिक र बैचारिक सम्बन्धले गर्दा पार्टीकै प्रस्तावमा हाम्रो सम्बन्ध ०३९ साल साउन २४ गते विवाहमा परिणत भयो हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेता भएका कारणले हाम्रो विवाह पार्टीगत ढंगले नै आयोजित भयो । मदन भण्डारीसँग तत्कालनी नेकपा मालेको नेता भएकोले उहाँको सम्पुर्ण समय पार्टीको काममा बित्थ्यो। उहाँले आफ्नो जीवनको सम्पुर्ण समय कम्युनिष्ट पार्टीको काममा लगाउन चाहनुहुन्थ्यो। पारिवारिक सम्बन्धले उहाँलाई कहिल्यै बाँध्न सकेन। साथीभाइहरुसँगपनि पार्टी बैठकहरुमा औपचारिक कुरा गर्ने, अरु बेलामा पार्टी काममा व्यस्त रहने र कम बोल्ने गर्नुहुन्थ्यो । मदन कुनै देश, ठाउँ वा व्यक्तिबाट प्रभावित नभइकन आफ्नै सोचका आधारमा परम्पदावादी वामआन्दोलनलाई परिस्थितिजन्य ढंगले अगाडि बढाउन चाहनुहुन्थ्यो। उहाँको भनाइ नै थियो पार्टी पार्टीको लागि होइन, जनताका लागि हुनुपर्छ र कम्युनिष्ट पार्टीको नाममा कुनै किसिमको निरंकुशतालाई लाद्न दिनु हुँदैन । उहाँको दैनिक जीवन साह्रै व्यस्त थियो । विहान ५ बजे उठ्ने र राति १ बजे सुत्ने गर्नुहुन्थ्यो। काम साँच्ने बानी थिएन। सम्पुर्ण समय अध्ययन, टिपोट लेखनमा नै बित्थ्यो। फुर्सदको समय कहिल्यै भएन। उहाँ लगाउने र खाने कुरामा सोखिन हुनुहुन्नथ्यो । भान्सामा जे उपलब्ध छ त्यही खानुहुन्थ्यो। ज्यादै मन पनेै खाने कुरामा हरियो सागपात र दही हो। तर यसको कहिल्यै माग गर्नु भएन। उहाँलाई मन पर्ने रङ कलेजी हो । प्रचलन अनुसारको सर्टपेन्ट लगाउनुहुन्थ्यो।’   श्रोतः बिभिन्न मिडियामा प्रकाशित सामग्री

चीनले निर्माण गर्यो ३१ फुटबल मैदान बराबरको स्टील छत !

चीनले पहिलो पटक एयरपोर्टको टर्मिनलमा स्टीलको छत बनाएको छ । उसले सेन्जाङ प्रान्तको किङ्जाओ शहर स्थित एअरपोर्टको टर्मिनलमा स्टीलको छत बनाएको हो । छत बनाउनका लागि लागत हेर्ने हो भने निकै अचम्मीत हुने किसिमको छ । टर्मिनलको छत निर्माण गर्नका लागि ६ बिलियन डलर अथात् ४१ करोड रुपैयाँ खर्च भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । निर्माण भएको छतको क्षेत्रफल २ लाख २० हजार वर्गमिटर छ । यो क्षेत्रफल फुटबलका ३१ मैदान बराबर हुन आउँछ । तटीय क्षेत्रमा रहेका एअरपोर्टमा मौसमबाट हुन सक्ने क्षती रोक्न स्टीलको छत निर्माण गरेको हो । छत निर्माण भएको किङ्जाओ एक तटिय शहर हो । ०.५ मिटी बाक्लो चाँदरबाट बनेको यो छतले तेज हावा, वर्षा र समुन्द्र किनारबाट हुनसक्ने क्षती रोक्न सक्ने चिनीयाँ सञ्चारमाध्यमले लेखेका छन् । यो छतले ६० मिटर प्रति सेकेण्ड तेजमा आउने हावालाई पनि सजिलै छेक्न सक्ने जिआआदोङ अन्तर्राष्ट्रिय विमानस्थलका प्रोजेक्ट म्यानेजर काइ वाङले बताए । छतलाई ४० लाख बढि स्कू्रले कसेको उनले बताए । छत आल्मुनियम, म्याग्निसियम र म्याग्निजको मिश्रण धाँतुबाट बनाएको प्राजेक्ट म्यानेजर वाङले जानकारी दिए । यो छत आउँदो वर्षदेखि चालू गर्ने बताइएको छ । यहाँबाट सन् २०२५सम्म ३ करोड ५० लाख यात्रु र ५ लाख टन कार्गो आउने सम्भावना छ । -एजेन्सी 

बच्चालाई मोबाइल लत; हुनसक्छ यस्तो समस्या !

मोबाइल गेमिङको वार्षिक व्यापार लगभग १५ अर्ब नेपाली रुपैयाँ रहेको छ । त्यसैले कम्पनीहरू दिनानुदिन नयाँ प्रकारका गेमहरू ल्याइरहेका हुन्छन् । बच्चाहरू त मोबाइलमा गेम खेल्ने भनेपछि हुरुक्क नै हुन्छन । यसले उनीहरूमा रचनात्मकताको विकास हुने र यसले संज्ञानात्मक सीपको विकासमा मद्दत पुग्ने कतिपयको राय रहेको छ । तर खबरदार१ यदि तपाईंको पनि यस्तै विचार हो भने यस समाचारले तपाईंलाई निरास पर्न सक्छ । विश्व स्वास्थ्य संगठनले गर्ने अन्तर्राष्ट्रिय रोगहरूको वर्गीकरणले धेरै वर्षपछि आफ्नो हाते पुस्तिका अद्यावधिक गरेको छ । यसमा केही नयाँ स्वास्थ्य समस्याहरू थपिएका छन् र ती मध्ये एउटा समस्या हो ‘मोबाइल गेम एडिक्सन ।’ यसलाई विश्व स्वास्थ्य संगठनले विचलनको श्रेणीमा राखेको छ र यसको नाम दिएको छ ‘गेमिंग डिसअर्डर’ । मोबाइलमा गेम खेल्ने लत बच्चाहरूको मात्र समस्या होइन । हामीमध्ये नै क्यान्डीक्रस, एन्ग्री बर्ड, कोन्ट्रा जस्ता खेलका थुप्रै पारखीहरू भेटिन सक्छन् । मनोवैज्ञानिकहरूक अनुसार सुरुमा मानिसहरू समय बिताउन यस्ता गेम खेल्ने गर्दछन् तर यस्तो क्रियाकलाप थाहै नपाई हाम्रो बानी बनिसक्छ र जीवन कै महत्त्वपूर्ण भाग बन्दछ । के हो त गेमिङ डिस अर्डर ? विश्व स्वास्थ्य संगठनका अनुसार यस समस्याबाट ग्रस्त व्यक्तिमा मोबाइलमा गेम खेल्ने लत गहिरोसँग गाँजिएको हुन्छ । यस्ता गेमहरू भिडियो गेम या डिजिटल गेम दुवै प्रकारका हुन सक्दछन् । यस्ता व्यक्तिहरूले निजी जीवनमा परस्पर मानवीय सम्बन्धहरू भन्दा बढी महत्त्व गेम खेल्नुलाई दिने गर्दछन् । यसको प्रत्यक्ष असर त्यस्ता व्यक्तिको कामकाज देखि निजी जीवनमा समेत पर्दछ । यदि लत यो हदसम्म छ भने पनियास्लाई बिमारी बहें भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनका अनुसार यस समस्यालाई साँच्चिकै बिमारी नै हो भन्ने किओतान गर्नका लागि त्यस्ता व्यक्तिलको वर्षभरिको गेम खेल्ने शैलीको अवलोकन गर्नु पर्ने हुन्छ ।   यदि मोबाइल गेम खेल्ने बानी कै कारण त्यस्ता व्यक्तिको निजी जीवन साथै सामाजिक जीवन, पढाइ, जागिर आदिमा समेत नकारात्मक असर देखिइरहेको छ । भने यस्तो अवस्थामा त्यस्तो व्यक्तिलाई ‘गेमिङ एडिक्ट’ या ‘गेमिङ डिसअर्डर’ पीडित मान्नु पर्ने हुन्छ । यसलाई मनोवैज्ञानिक समस्या अन्तर्गत ‘व्यवहारिक विचलन’को श्रेणीमा राख्ने गरिएको छ । प्रतिदिन कति समय मोबाइलमा गेम खेल्दा हुन्छ बेफाइदा ? विश्व स्वास्थ्य संगठनका अनुसार मोबाइल या भिडियो गेम खेल्ने थोरै मानिसमा मात्र यसले गम्भीर समस्याको रुप लिने गर्दछ । तर यसका लागि कुनै व्यक्ति प्रतिदिन कति घण्टा मोबाइलमा बिताइरहेको छ भन्ने कुरा महत्त्व राख्दछ । यदि हामी आफ्ना दैनिक कामहरू सिध्याएर पनि गेम खेल्न समय निकालिराखेका छौँ भने यो कदापी बिमारी होइन । मनोचिकित्सकहरूका अनुसार दिन्नमा कति घण्टा गेम खेल्ने मानिसमा यस समस्याले बिमारीको रुप लिइसकेको र कुन व्यक्ति अझै स्वास्थ्य रहेको भन्ने छुट्याउने कुनै प्रमाणित सुत्र भने छैन । कतिपय अवस्थामा दैनिक ४ घण्टा गेम खेल्ने व्यक्सी समस्या ग्रस्त र १२ घण्टा खेल्ने मानिस सामान्य पनि हुनसक्छ । तर पनि २४ घण्टामा ४ घण्टा गेम खीर बिताउनु बढी होइन । तर बच्चाहरूको हकमा यसले समस्या ल्याउने कारण केहो भने उनीहरू दैनिक ७ घण्टा त विद्यालयमा बिताउँछन्, त्यसपछि गृहकार्य, ट्युसन आदि । यस पछिको बाकि समय उनीहरू परिवारसंग बस्न छाडेर मात्र मोबाइलसँग बिताउँछन् भने त्यसले निश्चित रूपमा समस्या ल्याउन सक्छ । त्यसको ठीक विपरित यदि कुनै व्यक्तिले गेम बनाउने काम गर्दछ र उसले दैनिक १२१ घण्टा नै यसमा बिताउँछ भने पनि त्यो सामान्य नै हो । के हो त यसको उपचार ? यदि यो समस्याले साँच्चै बिमारीको रूपो लिने हो भने यसको उपचारको लागि मनोवैज्ञानिक र मनोचिकित्सक दुवैको परामर्श लिनु पर्ने हुन सक्छ। कतिपयका अनुसार यस्तो अवस्थामा उपचार जति चाँडो सुरु गरियो त्याति चांडो फाइदा पुग्न सक्छ। मनोवैज्ञानिकहरूले यसमा साइको थेरापीलाई महत्त्व दिएका छन् । यस्तो अवस्थामा संज्ञानात्मक उपचार (कग्निटिभ थेरापी) को प्रयोग गरिन सकिन्छ । र बच्चाहरूमा खेल विधिबाट उपचार गर्न SAKI9NCHH जसलाई प्ले थेरापी भन्ने गरिन्छ । के भन्छन् विश्व स्वास्थ्य संगठनका तथ्यांकहरू ? – यस्तो समस्या देखिएका १० मध्ये एउटा बिरामीलाई अस्पतालमै भर्ना भएर उपचार गराउनु पर्ने हुन सक्छ । – समन्यतायास् ६ देखि ८ हप्तामा यस्तो लत छुटाउन सकिन्छ । – तर सबैभन्दा राम्रो उपाय भनेको यस्तो लत लाग्न नदिनु नै हो । कुन कुन एप छन् सबैभन्दा लोकप्रिय ? १. पोकेमोन गो सर्वाधिक लोकप्रिय यस मोबाइल गेमको लोकप्रियता आकलन गर्न एउटा प्रसंग नै पर्याप्त छस् एक पटक यस गेमको सर्भर क्र्यास भएको थियो, कारण थियो एकै पटक ४६ लाख प्रयोगकर्ताहरूले यो गेम खेल्नु । हाल प्रयोगकर्ताहरूले प्रतिदिन औसतमा ४४ मिनेट यो गेम खेल्ने गरेको पाइएको छ । २. प्रिज्मा एप आइफोन प्रयोगकर्ताहरूले सामान्य फोटोलाई प्रिज्मा एप्को माध्यमले पेंटिंग जस्तै बनाउन सक्छन् । यसले सामान्य तस्बिरलाई भान गोग, पिकासो, लेभिटन जस्ता ख्यातिप्राप्त कलाकारको कलाकृति जस्तै बानिदीन सक्छ । ३. क्यान्डी क्रस सागा चलचित्र ‘पशुपति प्रसाद’को ‘भस्मे डन’ भन्ने चरित्र धेरैको सम्झनामा अझै छ । त्यसले हरेकपल्ट मोबाइलमा क्यान्डी क्रस खेलिराख्छ । यो पुरानो एप भए पनि यसको लोकप्रियतामा अझै कमी आएको छैन । २०१२ मा सार्वजनिक भए यता यो सबैभन्दा बढी खेलिने मोबाइल गेमको रूपमा रहेको छ । ४. टिंडर टिंडर छेउछाउ रहेका नयाँ मानिसहरूसँग जोडिने गज्जबको तरिका हो । यो एउटा अनलाइन डेटिंग एप हो । यसमा उपस्थित अपरिचिप व्यक्तिहरूलाई मन पराउने या नपराउने अप्सन राखिएको हुन्छ ।

आज तपाइको दिन कस्तो छ ? राशिफलमा यस्तो लेखिएको छ

वि.सं २०७५ साल असार ९ गते, शनिबार। इश्वी सन् २०१८ जुन २३ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि- दशमी, ६ः१५ बजेउप्रान्त एकादशी। मेष –रमाइलो यात्रा, घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बृष –रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। मिथुन – शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।   कर्कट – आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। सिंह – विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। कन्या – बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।   तुला – मिहिनेतले जिम्मेवारी दिलाउनेछ भने सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुन सक्छ। बृश्चिक – छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धनु – मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ।   मकर – मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। कुम्भ – तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। मीन – आम्दानी रोकिए पनि खर्च भइरहने समय छ। पेस्की वा सापटी लिएर पनि खर्च गर्नुपर्ने हुन सक्छ। शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले समस्या बढ्नेछ। तापनि, शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम सम्पादन हुनेछ। -नेपाली पात्रो

राशिफलः आज तपाइको दिन यस्तो छ

वि.सं. २०७५ साल असार ८ गते, शुक्रबार। इश्वी सन् २०१८ जुन २२ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, तिथि– नवमी, ७:०३ बजेउप्रान्त दशमी। मेष- स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। बृष – श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिथुन – फन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट – छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सिंह –अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला । कन्या – महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट पनि हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। नजिकिएको विवादास्पद व्यक्तिले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश विवादास्पद काममा अग्रसर हुनुपर्नेछ। तुला –अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बृश्चिक- परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। धनु- मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मकर – शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कुम्भ – समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। मीन – घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। -नेपाली पात्रो

ज्ञानु र प्रकाश बृहत निशुल्क स्वास्थ्य शिविर,३०० जनाकाे स्वास्थ्य परीक्षण

काठमाडौं, ५ जेठ । दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले निशूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको छ । मंगलबार भरतपुरको शिवनगरमा एक कार्यक्रमको आयोजना गरी औषधि बितरण गरिएको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो । शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो । बिरामीहरुलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वास्थ्य शिबिरले बिपन्न नागरिकहरुका लागि राहत मिल्ने बताइन् । मेयर दाहालले भनिन्, ‘मेरी दिदी क्यान्सरबाट बित्नुभयो, क्यान्सरबाट कोही पनि मानिस मर्नु नपरोस्, त्यही भावनाका साथ यो कार्यक्रम आयोजना गरिएको छ, यसले थोरै भए पनि राहत मिल्ने विश्वास लिएका छौं ।’ आफ्नी आमा र मामाजस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक सृष्टि दाहालले बताइन् । उनले भनिन्, ‘मेरो आमा क्यान्सरले बित्नुभयो, त्यसले परिवारमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा हामीले भोगेका छौं । कसैले पनि त्यस्तो पीडा भोग्न नपरोस् । त्यसैले थोरै भए पनि क्यान्सरपीडितलाई राहत दिउँ भनेर नै यो शिबिर आयोजना गरेका हौं । कार्यक्रमले मलाई उर्जा मिलेको छ ।’

आजको दिन तपाईको कस्तो छ ? राशिफलमा यस्तो लेखिएको छ

वि.सं २०७५ साल असार ५ गते, मंगलबार। इश्वी सन् २०१८ जुन १९ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष। तिथि– षष्ठी, ११ः५१ बजेउप्रान्त सप्तमी। मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले चिताएका काममा पनि बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्ती व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु  प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। -नेपालीपात्रो

सिद्धिएकै हो त भारतमा माओवादी आन्दोलन ?

एभरेष्टदैनिक रिपोर्ट यो हप्ता भारतीय मीडियामा सबैभन्दा बढ़ी चर्चाको बिषय थियो । भारतीय सुरक्षाकर्मीले दुई दर्जन बढ़ी माओवादी मारेको घटना ! सन् २०१० मा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले माओवादी आन्दोलनलाई देशको अन्तरिक सुरक्षामा सबैभन्दा ठुलो चुनौती भनेका थिए ।   हाल सत्तामा रहेको नरेन्द्र मोदी नेतृत्वको सरकारले पनि सैन्य दमनलाई नै यस समस्याको प्रमुख समाधान देखिरहेको छ । मीडियाले मध्यप्रदेश राज्यको गढचिरौली जिल्लामा तैनाथ सी-६० कमाण्डो फोर्सले ३७ जना माओवादी लडाकुहरू मारिदिएको घटनालाइ आकर्षक चटपटे शीर्षकमा लेखे । कतिपयले त यो क्षतिलाई नक्सलवादको अन्तिम चरण समेत भने । दन्तेवाडामा माओवादी विद्रोहीहरू तर के साँच्चै भारतको माओवादी आन्दोलन समाप्तिको अन्तिम चरणमा नै हो त ? लगभग ५० वर्ष अगाडि पश्चिम बङ्गाल राज्य अन्तर्गत दार्जीलिङ्ग जिल्ला भित्र पर्ने नक्सलबारी भन्ने ठाउँमा चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालको नेतृत्वमा भएको भूमिपतिहरू विरुद्धको आन्दोलनमा सरकारले दमन थालेपछि सुरु भएको नक्सलवादी अन्दोलन भारतका ७८ बढी जिल्लाहरूमा फैलिएको छ र त्यस विरुद्ध केन्द्रिय रिजर्भ प्रहरी बलका ८० हजार जवान तैनाथ छन् । संघीय गणतन्त्र भारतका आधा जसो राज्यहरूमा प्रभाव फैलाइसकेको माओवादी आन्दोलनको समाधान सैन्य दमन मात्रै हो या यसको राजनैतिक समाधान पनि सम्भव छ भन्ने कुरामा भारतीय बुद्धिजीवीवृत्त बहसमा छ ।  तर त्यहाँको मिडियाले यस्ता समाचारहरू या त प्रसारित नै गर्दैन या साह्रै कम प्राथमिकताका साथ त्यसको चर्चा गर्ने गर्दछ । भारतीय संस्थापनको रवैय्या  भारतीय संस्थापन सुरुदेखि नै यस आन्दोलनप्रति कठोर रहेको छ । यसको एउटा प्रमुख कारण उसले माओवादी आन्दोलनलाई चीन समर्थक आन्दोलन भनेर बुझ्नु समेत हो । सन् २०१० मा तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले माओवादी आन्दोलनलाई देशको अन्तरिक सुरक्षामा सबैभन्दा ठुलो चुनौती भनेका थिए ।   हाल सत्तामा रहेको नरेन्द्र मोदी नेतृत्वको सरकारले पनि सैन्य दमनलाई नै यस समस्याको प्रमुख समाधान देखिरहेको छ । सन २००६ मा माओवादी प्रवक्ता आज़ाद र अर्का नेता हेम पाण्डेको हत्या भएको थियो । यो हत्या ग़ैरन्यायिक भनेर अदालतमा मुद्दा दर्ता भएपछि भारतको सर्वोच्च अदालतले “हामीलाई आफ्ना सन्तानको हत्या गर्ने छूट छैन” भनेर नक्सलवादी आन्दोलन विशुद्ध रूपमा राजनीतिक प्रकृतिको रहेको स्पष्ट पारेको थियो । भर्खरै मात्र भारतको केन्द्रीय गृह मन्त्रालयले एउटा तथ्यांक प्रस्तुत गर्दै देशका ११ राज्यहरूमा नक्सलवादी विद्रोही प्रभावित क्षेत्रको सङ्ख्या १२६ बाट घटेर ९० भएको बताएको थियो । त्यस्तै पोहोर साल मात्रै भारतीय प्रधानमन्त्री मोदीले मओवादी ताजा हमलामा मारिएका देशका २५ जवानहरूको सहादत खेर जान नदिने उद्घोष गरेका थिए । गत हप्ता मात्रै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले सन् २०२० भित्र देशबाट माओवादी विद्रोह समाप्त भइसक्ने बताएका छन् । अब प्रश्न उठ्छ के साँच्चै यस्तै भइ रहेको छ त? ५० वर्ष देखिको संघर्ष सन् १९६७ मा एउटा गाउँबाट सुरु भएको विद्रोह ५० वर्षसम्म भारतीय संस्थापनको टाउको दुःखाइको कारण बनिरहँदासम्म के आजसम्मका सत्तासीनहरूले यसको समाधान थाहा पाएनन् त?   साँच्चै वस्तुगत स्थिति हेर्ने हो भने माओवादी आन्दोलनको दमनबाटै समाधान सम्भव देखिंदैन ।  यदि यो आन्दोलनको उठान हेर्ने हो भने यसका पछाडि भारतीय समाजमा रहेको चरम शोषण, असमानता र गरिबी रहेको छ । सामाजिक कार्यकर्ता बेला भाटिया माओवादी प्रभावित छत्तिसगढ राज्यको बस्तर जिल्लामा कार्यरत सामाजिक कार्यकर्ता बेला भाटिया भन्छिन्, “सुरक्षाबलहरूले आदिवासीहरूलाई प्रताडित गर्ने गरेको र संवैधानिक बाटोबाटै काम गरिरहेका अधिकारकर्मीहरूलाई पनि विभिन्न बहानामा सताउने गरेका छन् ।” लगभग ५० वर्ष अगाडि पश्चिम बङ्गाल राज्य अन्तर्गत दार्जीलिङ्ग जिल्ला भित्र पर्ने नक्सलबारी भन्ने ठाउँमा चारु मजुमदार, कानु सन्याल र जंगल सन्थालको नेतृत्वमा भएको भूमिपतिहरू विरुद्धको आन्दोलनमा सरकारले दमन थालेपछि सुरु भएको नक्सलवादी अन्दोलन भारतका ७८ बढी जिल्लाहरूमा फैलिएको छ र त्यस विरुद्ध केन्द्रिय रिजर्भ प्रहरी बलका ८० हजार जवान तैनाथ छन् । बेला भाटियालाई पछिल्लो पटक छत्तिसगढ सरकारले बस्तर जिल्ला छोड्न भनेको थियो ।  उनलाई धम्काउन सरकार संरक्षित स्थानीय गुण्डाहरूको प्रयोग भएको उनले आरोप लगाएकी थिइन् । बेला भन्छिन् अहिले बस्तरमा आदिवासीहरूको अवस्था उपनिवेशकालभन्दा खराब रहेको उनी बताउँछिन् । सरकार संरक्षित समुहहरू भारतमा माओवादी आन्दोलनको प्रतिरोध गर्न कैयन यस्ता समुहहरू पनि सक्रिय रहेका छन् जसलाई या त सरकारको समर्थन प्राप्त छ या उनीहरू जमिन्दार र धनाढ्यहरूद्वारा समर्थित या संचालित छन् । छत्तीसगढमा सरकार समर्थित सलवा जुडुमका कार्यकर्ता यस्ता संगठनहरूमा बिहारमा सक्रिय रणवीर सेना र छत्तीसगढमा सक्रिय सालवा जुडुम प्रमुख छन् ।  यी दुवै संगठन हतियारबन्द छन् र तिनीहरूसँग रहेका अधिकांश अत्याधुनिक हतियारहरू अवैध छन् । यसका अतिरिक्त ती क्षेत्रहरूमा शक्ति, अग्नि, नारी शक्ति या सामाजिक एकता मंच जस्ता कतिपय संगठन छन् जो रातारात उत्पन्न हुन्छन् र तिनलाई सरकारको समर्थन रहन्छ । यस आन्दोलनको प्रमुख चरित्र क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी सामाजिक कार्यकर्ता बेला भाटिया भन्छिन्,”यस क्षेत्रमा आदिवासीहरू फर्जी मुठभेडमा मारिनु या तिनका महिलाहरू बलात्कृत हुनु आम घटना हो ।” सन २००६ मा माओवादी प्रवक्ता आज़ाद र अर्का नेता हेम पाण्डेको हत्या भएको थियो । यो हत्या ग़ैरन्यायिक भनेर अदालतमा मुद्दा दर्ता भएपछि भारतको सर्वोच्च अदालतले “हामीलाई आफ्ना सन्तानको हत्या गर्ने छूट छैन” भनेर नक्सलवादी आन्दोलन विशुद्ध रूपमा राजनीतिक प्रकृतिको रहेको स्पष्ट पारेको थियो । सामाजिक कार्यकर्ता बेला भाटिया भन्छिन्, “सुरक्षाबलहरूले आदिवासीहरूलाई प्रताडित गर्ने गरेको र संवैधानिक बाटोबाटै काम गरिरहेका अधिकारकर्मीहरूलाई पनि विभिन्न बहानामा सताउने गरेका छन् ।” विगत केही समय यता भारतीय सुरक्षाबलहरूलाई तुलनात्मक सफलता मिलेको देखिन्छ । मिडियाहरूमा दिनदिनै माओवादी विद्रोहीहेरूले आत्मसमर्पण गरेका समाचार आइरहेका छन् । सरकारले आदिवासी बहुल क्षेत्रमा फराकिला राजमार्ग बनाउँदै छ र  जंगल बिस्तारै सिद्धिँदै छ। तर यसले मात्रै माओवादी गतिविधीहरू नियन्त्रणमा आउलान्  जस्तो भने देखिन्न । सरकारले फरक विचारलाई सुन्न सकेको छैन, उसले मानिसहरूलाई विचार त्याग्न लगाउने कोशिस गर्दैछ जुन सम्भव देखिंदैन। यसका लागि भारतीय समाजको मूल चरित्र फेरिनु आवश्यक छ । भारतीय व्यवस्थामा विद्यमान भ्रष्टाचार निर्मूल हुनु आवश्यक छ । र आवश्यक छ भारतीय समाजमा विद्यमान शोषणको अन्त्य हुनु र भारतीय सत्ताको द्वैध चरित्र फेरिनु ।

छोरीज्वाइँको खुसीका लागि दुलाहलाई हेलिकप्टर चार्टर

नवलपरासी, सामान्य आर्थिक अवस्था र समाजमा शिक्षित भनेर चिनिने यहाँको एक परिवारले छोरीज्वाइँको खुसीका लागि दुलाहलाई हेलिकप्टर चार्टर गरेर घर पठाएका छन् । नवलपरासी, रुपन्देही र कपिलवस्तुमा प्रेमचन्द्र गुप्ता भनेपछि धेरैले चिन्ने नाम हो। उनी आफैं किसान आन्दोलनका सामाजिक अभियन्ता पनि हुन्। त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका गुप्ताका ४ वटा छोरी र २ वटा छोरा छन्। स्नातकोत्तर दोस्रो वर्षमा अध्ययरत प्रेमचन्द्रकी साहिली छोरी कान्तिको विवाहले यहाँ निकै चर्चा पाएको छ। आफ्नी साहिली छोरी कान्तिको बिहे शुक्रबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका चन्द्रकेश गुप्तासँग गराइदिएका छन्। तराइमा सामान्यत दुलाहले केटी पक्षको मर्का पर्ने गरी दाइजो माग्ने चलन कायमै छ। तर, दाइजोविहीन भनिएको ती दुइ गुप्ता परिवारको विवाहले यो क्षेत्रमा हलचल नै ल्याइदिएको छ। चन्द्रकेश गुप्ता बेहुलीको घरमा कारमा आए र दुलही लिएर फर्किने बेलामा श्री एयरलाइन्सको हेलीकप्टरमा फर्किए। दुलाहको घरबाट २ सय जन्तीसहित दुलहीको घरमा आएका चन्द्रकेशका तिनै शिक्षित ससुरा प्रेमचन्द्रले छोरीज्वाइँलाई ुसरप्राइजु दिन भन्दै फर्किने बेलामा हेलिकप्टरमा पठाइदिए। “उहाँहरुको केही पनि माग थिएन, दुबैजना खुसी रहुन् भनेर हेलिकप्टर चार्टर गरेर पठाइदिएु प्रेमचन्द्रले भने, ुबिहेमा धेरै दहेज माग्ने चलन छ मेरा ज्वाइँले त्यस्तो कुनै माग नराखेकाले सरप्राइज दिन हेलिकप्टरमा पठाएँ।” दुलाहका मामा कृष्ण चन्द्रले हेलीकप्टर चढ्ने दुलाहाको कुनै माग नभए पनि ससुरालबाट त्यस्तो व्यवस्था गरिएको थाहा पाएर आफू आश्चर्यमा परेको सुनाए। पाँच सिटे हेलीकप्टरमा दुलाह, दुलही र लोकन्ते बसेर दुलाहाको घरमा गएका थिए। दुलाह पक्षबाट १५ वटा गाडीमा जन्ती आएका थिए। प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन उच्च मावि बेलाटारीको चौरमा हेलिकप्टर अवतरण हुँदा स्थानीयहरुको भीड लागेको थियो। दुलही पक्षले हेलिकप्टर चार्टर गरेबापत ३ लाख ४० हजार अग्रिम बुझाएको थियो। गाउँमा हार्डबेयर पसल सञ्चालन गरेका चन्द्रकेशले बिहाका लागि आफूले एक महिनाअघि नै कार किनेको र आफ्नो त्यस्तो कुनै माग नभएको दाबी गरे। “मेरो कुनै पनि माग थिएन हेलीकप्टर ल्याइसकेपछि जान्न भन्न भएन हाँस्दै उनले भने यो पनि मेरा लागि नयाँ अनुभव हुने भयो। जन्तीको लस्करसहित दुलहीको घरमा आएका दुलाहलाई त्यही विद्यालयबाट हात्तीमा चढाएर बिहेको जग्गेसम्म लगिएको थियो। जन्तीलाई सामान्य खानाको व्यवस्था गरिएको थियो।

फर्केर हेर्दा : दशवर्षे जनयुद्धमा महिला

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए । लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन । अपमान र उत्पीडन नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए÷छन् । ग्रामीण भेग र तराईमा त महिलाको स्थिति कहाली लाग्दो थियो र अभै पनि छ । नेपाली समाजमा महिलालाई अबला भनिन्थ्यो÷भनिंदैछ र धेरै नेपाली नारीको आफ्नो पहिचान नै थिएन÷छैन । उनीहरु सुरुमा बाबुको नामबाट, त्यसपछि श्रीमानको नामबाट र जीवनको उत्तरार्धमा छोराका नामबाट चिनिन बाध्य थिए÷छन् । विश्वका धेरै महिलाहरुजस्तै नेपालका महिलाहरु पनि अरु धेरै उत्पीडनका अलावा पितृसत्तात्मक समाजको उत्पीडन सहन बाध्य थिए÷छन् । ती अभाव, अपमान र आत्मसम्मानहीन जीवन बाँचिरहेका थिए । ती बोले पोथी बासेको भनिन्थ्यो, तिनले पढे पोइल जान्छन् भनिन्थ्यो, ती हाँसे बेश्या हुन्छन् भनिन्थ्यो नेपालमा महिला खासगरी ‘बुहारी’ बन्ने महिलालाई होच्याउने, खिज्याउने गरी बनाइएका कैयौं उखान छन् । छोरो नजन्मिए महिलालाई दोषी ठह¥याइन्छ जबकि त्यसमा पुरुष जिम्मेवार हुन्छ । त्यसका अलावा बाल, बहु र अनमेल विवाहबाट पनि पीडित हुने महिलाहरु नै हुन् । दाइजो, देउकी, झुमा, कुमारी, छाउपडी, वादी प्रथाहरुले नेपालमा महिलामा झन् उत्पीडन थपिदिएको थियो । नेपालका हजारौं युवतीहरुलाई बेश्यावृत्तिमा लगाउनका लागि दलालहरुले भारतका विभिन्न शहरमा रहेका बेश्याकोठीमा लगेर बेचिदिन्थे÷बेचिदिन्छन् । शहरीकरण बढ्दै जाँदा शहरहरु र सडक मार्गवरिपरि बेश्यावृत्ति गर्न धेरै यृवतीलाई बाध्य बनाइएको थियो÷छ । त्यसका अलावा विभिन्न सुन्दरी प्रतियोगिता, फेसन सो, मसाज केन्द्र, क्याविन रेष्टुरेन्टका आधुनिक आवरणमा महिलाहरु नै पीडित बनेका थिए÷छन् । त्यसो त नेपालका कैयन राष्ट्रवादी युद्ध एवम् राज्यसत्ताविरोधी विद्रोहमा महिलाहरुले आफ्नो साहसको प्रदर्शन गरेका छन् । अङ्ग्रेजविरुद्ध लडिएको नालापानीको मोर्चामा पुरुषसँगै महिला र केटाकेटीले पनि योगदान गरेका थिए । वि.सं. १९९८÷९९ तिर योगमायाले महिला विद्रोह उठान गर्न खोजेकी थिइन । २०३६को विद्रोह होस् वा २०४६को जनआन्दोलन महिलाहरु ठीक समयमा अगाडि आएका छन् । महिलामा समस्या र अधिकारको सही दृष्टिकोण विश्व इतिहासमा महिलामाथिको उत्पीडन र त्यसबाट मुक्तिका बारेमा गम्भीर र वैज्ञानिक विश्लेषण साम्यवादका प्रवर्तक कार्ल माक्र्सले गरेका थिए । माक्र्स स्वयम्ले मजदुरहरुको अन्तर्राष्ट्रिय संघको गठन पहल गरेर सन् १८६४मा महिलाका समस्याहरु किटान गर्दै उनीहरुको अधिकारका लागि उद्घोष गरे । साम्यवादी घोषणापत्र लेखनमा माक्र्सका सहकर्मी फ्रेडरिक एंगेल्सले मातृसत्ताको पतन महिलाहरुको ऐतिहासिक पराजय भएको बताएका थिए । उनले त्यसपछि महिलालाई मनोरञ्जनको साधन, बच्चा जन्माउने मेसिन र पुरुषको दासको स्तरमा अवमूल्यन गरिएको विश्लेषण गरे । त्यसपछिका सबैजसो कम्युनिष्ट क्रािन्त एवम् तिनको नेतृत्वले महिला अधिकारको पक्षमा महत्वपूर्ण कदमहरु चालेका छन् । सन् १९१७मा रुसमा क्राति हुनेवित्तिकै महिलाहरुलाई पुरुष सरह अधिकार दिइएको थियो । भियतनामका कम्युनिष्ट नेता हो चि मिन्हले महिलालाई युद्धको ‘पावरहाउस’को रुपमा व्याख्या गरेका छन् । विश्वका सबै समाजवादी क्रान्तिहरुमा महिलाको सहभागिता उल्लेखनीय छ । हरेक वर्ष मार्च ८ मा मनाइने श्रमिक महिला दिवस समाजवादी महिला नेतृहरुको संघर्षको प्रतिफल हो । जनयुद्ध संघर्ष कम्युनिष्ट पार्टीहरुले वि.सं ३०को दशकदेखि महिलाहरुलाई संगठित रुपमा सक्रिय गराउने हेतु भिन्नै मोर्चा बनाएर सक्रिए गराए । २०४६को परिवर्तनपछि महिलाहरुले आफ्नो अधिकारको संघर्षलाई थप व्यापक बनाए । त्यसका अरु धेरै मागहरुका अतिरिक्त पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार हुनपर्ने एउटा प्रमुख माग थियो । २०५२ पाmगुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन राज्यपक्षलाई नेकपा(माओवादी)ले बुझाएको मागपत्रको महिलासम्बन्धी बुँदामा यस्तो थियो – ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।’ जनयुद्धको तयारीको क्रममा भएका देशब्यापी आसमभा, विभिन्न जागरण अभियानहरु र साँस्कृतिक कार्यक्रमहरुमा हज्जारौं महिलाहरु परिचालित भए । नेकपा (माओवादी)ले योजनावद्ध रुपमा महिलाहरुलाई आन्दोलनमा र युद्धमा परिचालन गर्ने योजना बनायो । २०५१ सालमा सो पार्टीको वैधानिक मोर्चा (संयुक्त जनमोर्चा)का अध्यक्ष पदमा महिला, पम्फा भुसाललाई मनोनित गरेर माओवादीले महिलाहरु पार्टी नै हाँक्न सक्षम भएको देखाइदियो । भुसाल सम्भवतः नेपालका कुनै राजनीतिक पार्टी (निर्वाचन आयोगमा संयुक्त जनमोर्चाका रुपमा दर्ता थियो)को प्रमुख बन्ने पहिलो महिला हुनुहुन्थ्यो । जनयुद्ध शुरु गर्नुअघि माओवादीले ‘महिलाहरुमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृृसत्तात्मक थिचोमिचो र भेदभाव एवं अन्धविश्वासका विरुद्ध समान अधिकार निमित्त संघर्षका नाराहरु तय गर्न दस्तावेजमै उल्लेख गरेको थियो । जनयुद्धको तयारीका लागि ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ गर्न थालेपछि महिलाहरुले त्यसमा आफ्नो उपस्थिति देखाउन थालेका थिए । मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा महिलाहरुले सैन्य तालिमहरुमा उत्साहपूर्वक भाग लिए र बन्दुक पड्काउने अभ्यास गरे । मध्यपूर्वकोे एउटा जिल्ला सिन्धुपाल्चोकको कुविण्डेमा एक जना शिक्षकलाई पक्रन गएका प्रहरीहरुलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे । उक्त घटनापछि सो गाउँमा भएको व्यापक प्रहरी दमनमा महिला र केटाकेटीले सास्ती भोगे । दर्जनौं महिला महिनौं जेल परे तर एकजना पनि प्रहरी प्रशासनको अगाडि झुकेनन् । कुविण्डेमा महिलाको साहस र विभिन्न रुढीवादी संस्कारमा समेत परिवर्तन गर्न उनीहरुले देखाएको तत्परताका बारेमा एकजना कवि पुष्पकिरणले ‘कुविण्डे र महिला’ भन्ने शिर्षकमा लेखेको कविता यस्तो थियो – सुनको सिक्री नपाएर अचेल रुँदैनन् महिलाहरु अव सहनशीलताको प्रतिमूर्तिहरु हैनन् महिलाहरु अब आँशु होइनन् महिलाहरु मासु, मुस्कान र चुरापोते होइनन् महिलाहरु महिला त क्रान्ति हुन, रणचण्डी र आगोका लप्का हुन् स्वाधीन बन्ने चाहना अब संग्राम हुन महिलाहरु मैले जुगल हिमाललाई सोधें – को हुन महिलाहरु जुगल मुस्कुराएर भन्छ – प्यारा कमरेड हुन महिलाहरु हेरन उ ‘सिन्धुपाल्चोक कुविण्डे ! ’ जनयुद्धमा सहभागिता २०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एक जना केन्द्रीय सदस्य महिला थिइन् र पूर्णकालीन भएका करिव एक सयजना अगुवा कार्यकर्ताहरुमा एक दर्जनजति महिला थिए । जनयुद्ध घोषणा गर्नै आयोजित विभिन्न प्रहरी चौकीहरुमा कारवाहीको क्रममै महिला सहभागिता भएको थियो । जनयुद्ध अघि बढ्दै जाँदा सरकारी दमन र माओवादीको योजना अनुसार महिलाहरु दिन प्रतिदिन जनयुद्धमा लामबद्ध हुँदै गए । खासगरी महिला र विद्यार्थी संगठनमा काम गरेका युवती पार्टीको योजनामा पूर्णकालीन हुन्थे । अन्य खासगरी पारिवारिक शोषणमा परेकाहरु थिए । कैयौं महिलाहरुले तिनका श्रीमान र परिवारविरुद्ध विद्रोह गरे र जनयुद्धको प्रक्रियामा हेलिए । प्रहरी वा सेनावाट हत्या गरिएका पुरुषका श्रीमति, अभिभावक वा दाजुभाइ गुमाएका महिला पनि आफ्ना मान्छेकाको हत्याको बदला लिन जनयुद्धमा सहभागी भए । यो अभियानमा राजनीतिक रुपमा सचेत महिलाहरु मात्र होइन सबैभन्दा उत्पीडित क्षेत्रका जस्तै थारु तथा मधेसी, दलित एवं जनजाति समुदायबाट पनि उल्लेख्य उत्साह र सहभागिता थियो । माओवादी जनयुद्ध यति व्यापक विस्तार हुन र महिलाहरुको सहभागिता सुनिश्चित हुनका लागि माओवादीको महिलाहरुप्रतिको वैज्ञानिक दृष्टिकोण, नीति र व्यवहार नै जिम्मेवार थियो । पुँजीवादीहरु जस्तो कम्युनिष्टहरु महिलालाई वस्तु र मनोरञ्जनको साधनका रुपमा व्यवहार गर्दैनन् बरु उनीहरुलाइै जीवनका सबै आयामहरुमा समान हिस्सेदार ठान्छन् । माओवादीको यस्तै नीति मन पराएर शिक्षा, सम्पत्ति र अवसरको मौका छोडेर ‘उत्पीडित जनताको मुक्ति’को उद्देश्य बोकी सयौं ‘हुनेखाने’ परिवार र वर्गका युवती पनि जनयुद्धमा होमिए । माओवादी जनयुद्धमा संलग्न भएका महिलाहरुमा अधिकांश किशोरीहरु तथा युवती थिए । यसो हुन किन पनि स्वभाविक थियो भने युवा नै बढी विद्रोही र परिवर्तनमुखी हुन्छन् । त्यसैगरी बिहेवारी गरेर ‘घर बसाइसकेका’ महिलालाई परिवार सन्तान छाडेर हिंड्न त्यति सजिलो कुरा हुँदैन जति अविवाहित युवती वा किशोरीहरुलाई हुन्छ । जनयुद्धमा सहादत प्राप्त गरेका महिलाहरुको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले २०६२ चैत्रमा प्रकाशित गरेको ‘महिला सहिद गाथा’ नामक पुस्तक हेर्दा अधिकांश महिलाहरु वि.सं. ३०को दशकको उत्तरार्ध र ४०को पूर्वार्धमा जन्मिएका थिए जो १८ देखि २५ वर्षभित्रका थिए । जनसेना महिला माओवादी जनयुद्धमा महिलाको सहभागिताको प्रभाव त्यसको सैन्य संगठनमा पनि पर्नु स्वभाविकै थियो । नेपालको पुरानै राज्यव्यवस्थाको सैन्य संरचनामा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी बाहेक लड्ने मोर्चामा महिलालाई भर्ती लिइन्नथ्यो । त्यसकारण औपचारिक रुपमा महिलालाई सैन्य संरचनामा समावेश गर्ने नीति नेपालमा माओवादीले लियो । माथि उल्लेख गरिएजस्तै जनयुद्धअघिदेखि नै प्रतिरोध र सैन्य कारवाहीमा महिला सहभागी भए । पछि लडाकू दल र छापामार दलहरुमा महिला सदस्य तथा नेता हुँदै गए । माओवादी जनयुद्धभरि सैन्य क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका जनसेनाका कमाण्डर नन्द किशोर पुन ‘पासाङ’द्वारा लिखित ‘इतिहासका रक्तिम पाइला’ पुस्तकमा केही प्रतिनिधिमूलक कारवाहीमा कति महिला सहभागी थिए भन्ने उल्लेख गरिएको छ । पासाङका अनुसार २०५६ को वैसाखमा रोल्पाको जेलवाङ गाविसमा रहेको दङ्गा प्रहरीको बेस क्याम्पमा आक्रमण गर्दा छ जना महिला एसल्टमा थिए भने रुकुमको तकसेरामा सोही सालको चैत्रमा कारवाही गर्दा २१ जना थिए । उता जाजरकोटको पाँचकटियमा आक्रमण गर्दा २५ जना महिला सहभागी थिए । २०५८ मंसिरमा दाङको सदरमुकाम घोराहीमा आक्रमण गर्दा ६८ जना महिला एसल्टमा खटिएका थिए । २०५८ कार्तिकमा माओवादीले देशभरिका छापामार प्रतिनिधिहरुको केन्द्रीय भेलाले आयोजना ग¥यो र औपचारिक रुपमा जनमुक्ति सेना, नेपाल गठन ग¥यो । सो केन्द्रीय भेलामा २० प्रतिशत जति महिला थिए । भेलापछि औपचारिक रुप्मा बनेको सैन्य संरचनामा केही महिलाहरुले प्लाटुन कमाण्डर र कमिसारको जिम्मेवारी पाए । विस्तारै महिलाहरु माथिल्लो ओहदामा पुग्दै गए । २०६२को उत्तरार्धतिर महिलाहरु बिग्रेड कमिसार र बिग्रेड भाइस कमाण्डरसम्म बन्न सफल भएका थिए । २०६३ मंसिर ५ मा काठमाडौंमा शान्ति सम्झौता हुँदै गर्दा देशभरिका जनसेना अस्थायी शिविरमा जम्मा भए । केही महिना पछि तिनको दर्ता हुँदा करिब ३० प्रतिशत महिला थिए । २०५८ पछि जनसेनामा महिलाहरुको अनुपात ३०–३५ प्रतिशतका बीचमा रहिरह्यो । २०६३ बैशाखमा शान्ति प्रक्रियामा आएपछि धेरै महिलाहरुको जनसेनाको जिम्मेवारीबाट राजनीतिक जिम्मेवारी लिए । साहस र कीर्तिमान सामान्यतया महिलालाई कोमलता र अबलाका रुपमा लिने गरिन्छ । तर, माओवादी जनयुद्धमा यो सही होइन भन्ने पुष्टि भयो । जनयुद्धमा महिलाहरुको उल्लेखनीय सहभागिता नै आफैमा साहस थियो र कीर्तिमान पनि । अबला भनिएका महिलाहरु संघर्षको् मैदानमा जुटे, सैन्य कारवाहीहरुको अग्रमोर्चामा रहेर लडेर बलिदान दिए । जनयुद्धअघि सिन्धुपाल्चोकको कुविण्डेमा महिलाहरुले दखाएको साहसको जगमा जनयुद्ध अवधिभर कीर्तिमान थपिंदै गयो । जनयुद्धमा सबैभन्दा पहिलो माओवादीले कब्जा गर्न सफल बेथान प्रहरी चौकी आक्रमणका क्रममा मारिएका तीनजना माओवादी मध्ये एकजना महिला (दिलमाया तामाङ) थिइन । जनयुद्धको अवधिमा महिलाहरुले पुरुषभन्दा कम कायरता देखाए र हातमा गन्न मिल्नेले मात्र आत्मसमर्पण गरे । ग्रामीण भेगमा महिलाहरुले त अद्भुत साहस देखाए । ती झुक्दै झुकेनन् । तिनीहरुले बलात्कार सहे, यौन दुव्र्यवहार पचाउ र त्यसको बदला लिन युद्धमा हाम फाले वा युद्धलाई सघाए । २०५४ को चैत्रमा कालिकोटको मालकोट गाउँमा अपरेशनका लागि गएको प्रहरीको टोलीले महिलालाई दुव्र्यवहार गर्न थालेपछि महिलाहरुले त्यसको प्रतिकार गरे र प्रहरीलाई खेदे । महिलाको खेदाइमा केही प्रहरी भीरबाट लडेर मरे । महिलाले तिनका राइफल कब्जा गरे र माओवादीलाई बुझाइदिए । तर दुर्गम कालिकोटको उक्त अद्वितीय घटनाले त्यति राम्रो प्रचारप्रसार भने पाएन । त त्यो घटना नेपालका ग्रामीण भेग र दुर्गम क्षेत्रका महिलाहरुको साहसको परिचय थियो । माथि चर्चा गरिएजस्तै जनसेनामा लाबद्ध भएर २० हजारभन्दा बढी महिलाले युद्ध लडे । लडाईमा पनि अग्रमोर्चामा पुगेर तिनले प्रहरी र सेनालाई पराजित गरिदिए । यो आफैमा कीर्तिमान थियो । युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी नै हुन्छन् । यो सार्वभौम यथार्थ हो । नेपालको जनयुद्ध त्यसको अपवाद हुन सक्दैन्थ्यो । जनयुद्धको क्रममा झण्डै चार हजार विधवा भए । हजारौं गिरफ्तार भए र सयौं अझै बेपत्ता छन् । जनयुद्धमा ज्यान गुमाउनेमध्ये नौजना माओवादीको भगिनी मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय पदमा बहाल रहेकै अवस्थामा मारिएका थिए । जनयुद्ध अवधिभरमा झण्डै २५सय महिलाले आफ्नो जीवन गुमाए । महिलाका साहसका कथा यतिमै सकिंदैनन् । जनयुद्धको अवधिमा महिलाहरु संगठित रुपमा जेल तोडेर बाहिर निस्कन सफल भए । २०५७ सालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए । सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना हो यो । यसले जनयुद्धको अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेल्यो । जेल तोडेर निस्किएकामध्ये दुई जना मिना मरहठ्ठा र एञ्जिला विक पछि जनयुद्धको क्रममा सरकारी फौजबाट मारिए । १० वर्षपछिको परिवर्तन राजनीतिक आन्दोलन र क्रान्तिमा महिलाको उत्साहजनक सहभागिता आफैमा एउटा उपलब्धि हो । महिलाहरुले देखाएको रणकौशल, लगनशीलता, साहस बलिदान पनि एक उपलब्धि हो । महिलाहरुले उनीहरुमाथि लाग्दै आएको अबला र कायरको आरोपलार्ई असत्य सावित गरिदिए र महिलाको छुट्टै पहिचान बनाए । हुन त यो समयको पनि प्रभाव थियो, तर जनयुद्धमा महिलाको सहभागिताले कैयन अन्धविश्वासपूर्ण परम्पराको अन्त्य भयो । महिलाहरुको लवाइ खुवाइ, भेषभूषा, चुार, पोते एवम् अन्य अवैज्ञानिक परम्पराको परिवर्तन भयो । यसले खासगरी ग्रामीण भेगमा तीव्र उथलपुथल ल्याइदियो । उदाहरणका लागि ग्रामिण भेगका महिलाको भेषभूषाकै कुरा गर्दा पनि लुङ्गी, चोलो, फरियाजस्ता अप्ठ्यारा पहिरनहरुको सट्टा कुर्ता सलवार, सर्ट पाइण्ट नै लगाउन थाले जो सजिला र सुरक्षित थिए । साथसाथै उनीहरुको आत्मविश्वासमा पनि बढोत्तरी भयो । गाउँका महिलामा देखिएको आत्मविश्वास, राजनीतिक चेतना र साहस देखेर शहर एवम विदेशबाट गएका संचारकर्मी तथा बुद्धिजीविहरु दंग पर्थे । त्यसैगरी विभिन्न संस्कारहरुमा पनि परिवर्तन हुृँदै गइरहेको थियो । ग्रामीण भेगमा श्रीमान मारिएपछि जिन्दगीभर सेतो वस्त्र लगाएर बस्ने महिलाविरोधी परम्पराको अन्त्य हुँदै थियो । अमेरिकी पत्रकार ली अनेष्टोले २०५६ सालमा नेपालका माओवादी प्रभावित क्षेत्रहरुमा भ्रमण गर्दा देखेका महिलाको स्थितिलाई आफ्नो पुस्तक ‘डिस्प्याचेज फ्रम द पिपल्स वार इन नेपाल’मा यस्ताृे उल्लेख गरेकी छिन – क्रान्तिले महिलाहरुमाथि उत्पीडन गर्ने थुपै्र परम्पराहरुलाई हाँक दिइरहेको छ । उदाहरणका लागि छोराहरुलाई अति महत्व दिने, महिनावारी हुँदा छुन नहुने जस्ता व्यवहार गरिने, विधुवाहरुले बाँक्ी जीवन पुरै शोकमा विताउनु पर्ने परम्परामाथि चुनौती दिँदैछ । मैले लोग्नेहरु जनयुद्धमा मारिएका धेरै महिलाहरुले रातो लुगा, चुार र पोते लगाएको देखेकी छु, जुन वस्तु लगाएर श्रृंगार गर्नु विधुवा महिलाहरुलाई समाजमा प्रतिबन्ध छ । क्रान्तिले कतिपय परम्परागत चाडर्वलाई पनि फेर्न कोशिस गर्दैछ । जनयुद्धको क्रममा महिलाहरुले छोरासरह छोरीले अधिकार पाउने प्रावधानलाई सुनिश्चित गराए । २०६० सालमा तत्कालीन माओवादी सत्ताअन्तर्गत सार्वजनिक कानुनी संग्रह–२०६०ले महिलालाई पुरुषसरह सम्पत्तिमाथि अधिकार सुनिश्चित गराइदियो । यसलाई महिला संगठनले व्यवहारमा लागू गर्न संघर्ष गरे । २०६१ मा माओवादीको स्थानीय सत्ता चलेका ठाउँहरुमा कयौं अभिभावकले आफ्ना छोरीहरुलाई छोरा सरह अंश दिने निर्णय गरे । त्यसको निरन्तरतामा शान्ति सम्झौता हुनुअघि २०६३ कार्तिक २२ गते भएको उच्चस्तरीय राजनीतिक सहमतिमा महिलाहरुले पुरुषसरह पैतृक सम्पत्तिमा अधिकार पाए जसको दुई महिनापछि अन्तरिम संविधानमा ग्यारेण्टी भयो । जनयुद्धका क्रममा जनसेनामा महिला जनसहभागिता भएपछि तत्कालीन शाही सेनाले २०६१ पछि महिलाहरुलाई पनि लड्न फौजका रुपमा भर्ती गर्न थाल्यो । कुनै दुविधाविना भन्न सकिन्छ, यो माओवादी जनयुद्धको नै देन थियो । तर यति लामो र तीव्र उथलपुथलकारी क्रान्तिमा नेतृत्व तहमा महिलाहरुको पहुँच असाध्यै न्यून हुन गयो । जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन र शान्ति सम्झौता हुँदा झण्डै ११ वर्ष पछि माओवादी केन्द्रीय समितिमा एक जना थपिएर केवल दुई जना मात्र महिला भए । जनयुद्धमा महिलाको सहभागिताको अनुपातमा नेतृत्व विकास हुन नसक्नु सम्भवतः जनयुद्धको ठुलो कमजोरी हो । नेपालमा महिलाले बन्दुक छोएमा त्यो बन्दुक पड्किंदैन भन्ने अन्धविश्वास थियो । तर झण्डै ११ वर्ष लामो जनयुद्धको क्रममा महिलाहरुले बन्दुक पड्काए र उक्त अन्धविश्वासलाई च्यातच्युत पारिदिए । निःसन्देह नालापानी युद्धपछि लडाकूका रुपमा महिलाको उल्लेखनीय सहभागिता भएको माओवादी जनयुद्ध नै हो । यसरी महिलाले गरिव देशका नारीहरु राजनीतिक रुपमा सचेत हुन सक्छन् भनेर विश्वलाई प्नि देखाइदिए । उनीहरुले कीर्तिमान खडा गरे र इतिहास रचे । -दिपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तकबाट

११ हजार कुमारीकाे हत्या र ‘भर्जिन’ काे उत्पत्ति

अंग्रेजी शब्द ‘भर्जिन’लाई कौमर्यताको अर्थमा बुझ्ने गरिन्छ। तर कहिलेदेखि यौन सम्पर्क नगरेकालाई ‘भर्जिन’ भनिन थालियो भन्ने बारेमा रोचक प्रसंग रहेको छ। ‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शत-पतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो ।  क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ । त्यसमा एउटा वाक्य भेटिन्छ ‘martirs and confessors and uirgines maked faier bode inne to women.’ यही urigenes शब्द पछि गएर virgin भएको हो । यसका अतिरिक्त ‘भर्जिन’ शब्दको प्रयोग अधिकतर इसाई धर्मसँग जोडिएको पाइन्छ । चर्चका पादरीहरूको लेखनमा यस शब्दको भरपुर प्रयोग भएको भेटिन्छ । उहिले ‘भर्जिन’ शब्दको सम्बन्ध कुनै केटीको धार्मिक मान्यतासँग जोडिने योग्यताको रूपमा पनि हेर्ने गरिन्थ्यो । अर्थात् कुनै केटी चर्चसँग जोडिएको खण्डमा उसका लागि यो शब्दको प्रयोग हुने गर्दथ्यो । अंग्रेजी भाषाका प्रचलित शब्दकोशहरूमा ‘भर्जिन’ स्शाब्द्का लामा लामा परिभाषाहरू भेटिन्छन् । अक्सफोर्ड डिक्सनरीमा मात्रै ‘भर्जिन’ शब्दका १८ वटा परिभाषा रहेका छन् । ११ हजार ‘भर्जिन’हरूको नरसंहार चौथो-पाँचौं शताब्दीतिरको एउटा घट्ना छ जसलाई भर्जिन शब्दसँग जोडेर हेरिन्छ । ब्रिटेनको दक्षिण-पश्चिम क्षेत्रका एक राजाकी अर्सुला नाम गरेकी छोरी थिइन् । उनी आफ्ना पिताको आग्रहमा एक जना मुर्तिपूजक गभर्नर कोन्यान मेरिओडोकसँग विवाह गर्न राजी भइन् । उनी ११ हजार कुमारीहरूसँग पानी जहाजमा आफ्ना हुनेवाला पतिलाई भेट्न गैरहेकी थिइन् । यात्राको बिचमा समुद्री आँधी आएपछि उनले पहिले रोम गएर पोपलाई भेट्ने निश्चय गरिन् । तर उनको यात्राको बीचमै उनको समूहमाथि हंस नाम गरेका घुमन्ते जतिको आक्रमण भयो र अर्सुला लगायत सबै ११ हजार कुमारीहरू मारिए । पछि अर्सुलालाई सन्त घोषणा गरियो । भर्जिन आइल्यान्ड्स आइल्याण्डस्   क्रिस्टोफर कोलंबसले सन्त अर्सुलाकै सम्मानमा एउटा समुद्री द्वीप समूहको नाम नै भर्जिन आइल्यान्ड्स राखे । एटलान्टिक महासागर र क्यारेबियन सागरबीचको यस द्वीप समूहलाई ब्रिटेनमा ‘भर्जिन आइल्याण्ड’ भनिन्छ भने अमेरिकामा ‘भर्जिन आइल्यान्ड्स अफ् युनाइटेड स्टेट्स भन्ने गरिन्छ ।  

कत्तै तपाई गलत ‘ब्रा’ त किन्दै हुनुहुन्न ? ‘ब्रा’बारे जान्नै पर्ने यी कुरा

काठमाडौं । विश्वभरका महिलामा जव कपडाको कुरा हुन्छ निसन्देह त्यहाँ सबैभन्दा पहिला ब्राको बारेमा चर्चा हुने गर्छ । महिला पिच्छे रोजाइ फरक हुनु नौलो कुरा भएन । तर अधिकांश महिलाले ब्रा किन्दा सधै एकै किसिमकाे गलती गर्ने गर्छन । यसै सन्दर्भमा हामी ब्रासँग जोडिएका केही गल्तीबार यहाँ जानकारी गराउदै छौं । जानुहोस् कत्तै तपाई पनि त्यस्तै गल्ती त गर्दै हुनुहुन्न्ः कमसल ब्रा खरिद यदि अनलाइन सेलमार्फत ब्रा किन्दै हुनुहुन्छ भने तपाई पक्का कमसल ब्रामा पैसा फाल्दै हुनहुन्छ । तर एउटा राम्रो र कमसल ब्रामा आकाश जमीनको फरक हुन्छ । कमसल ब्राका तुलनामा राम्रा ब्राले तपाईलाई सहज र आरामदायी महशुश हुन्छ र नियमित धुँदा पनि त्यसको गुणस्तरमा गिरावट आउदैन । तर कमसल ब्रा २/४ पटक धोएपछि आफ्नो रुपै बदलिन्छ । गलत साइजको ब्रा महिलाहरु यो एउटा गलती अक्सर गर्ने गर्छन । यदि तपाईले किनेर ब्राको साइज फिटिङ गराउनु भएको छैन भने तपाईले पक्कै गलत साइजको ब्रा लगाइरहनु भएको छ । तौल बढ्ने, तौल घटने, गर्भवती हुन वा हार्मोनहरुमा परिवर्तनका कारण महिलाहरुको शरीरमा परिवर्तन आइरहेको हुन्छ । जसका कारणले समय–समयमा ब्राको फिटिंङमा पनि परिवर्तन भई रहेको हुन्छ । त्यसैले केही समयको अन्तरमा ब्रा को फिटिंङ चेक गर्नु पर्छ । दुइ दिन एउटै ब्रा लगाउनु एउटै ब्रा दुई दिनसम्म वा सो भन्दा धेरै दिन लगायो भने ब्रा धेरै दिनसम्म चल्छ भने महिलाहरुको सोचाइ हुन्छ । तर यो सोचाई पूरै गलत छ । र कुनै सत्यता छैन । तपाईको ब्रामा पहिलेकै आकार (सेप) मा आउन पनि समय चाहिन्छ । एक दिन भन्दा बढी लगाएमा तपाईको ब्राको इलाष्टिक नै लुज हुन्छ । यसको साथै एउटै अण्डरगार्मेन्ट (भित्री कपडा) एक दिनभन्दा धेरै लगाउनु अनहाइजीनिक मानिन्छ । ब्रालाई वशिङ मसिनमा धुनु यदि तपाई आफ्नो ब्रालाई वासिङ मेसिनमा धुनुहुन्छ भने त्यो बानीलाई आजै सुध्रानुस् । किनकी ब्रा एकदमै कमजोर फैब्रिकले बनेको हुन्छ । वासिङ मेसिनमा धुनाले ब्राको कपडा विग्रिन सक्ने सम्भावना धेरै हुन्छ । त्यसै त ब्रा हातले धुनु राम्रा मानिन्छ । तर आजभोलि धेरै मानिसले सजिलोका लागि कपडा धुन वासिङ मेसिनको प्रयोग गर्छन । सम्भव भएसम्म ब्रा हातैले धोनुस् भएन भने लान्जरी ब्यागमा राखेर वासिङ मेसिनमा धुदा राम्रो । ब्राण्ड अनुसार फरक साइज यदि तपाई अलग–अलग ब्राण्डमा पनि एउटै साइजको ब्रा किन्नु हुन्छ भने त्यो गलत गरिरहनु भएको छ । ब्राको बैड र कप साइज ब्राण्ड अनुसार फरक–फरक हुने गर्छन् । तर जे भएपनि कुनै पनि ब्राण्डको ब्रा किन्दा लगाएर मात्रै किन्नुस् । ब्राको पनि एक्सपायर डेट यदि तपाई आफूलाई मन परेकोे ब्रा लामो समयदेखि लगाइरहनु भएको छ भने अब त्यो परिवर्तन गर्ने समय आयो । तपाई अचम्भित हुनु हुला एउटा ब्राका आयु ६ देखि ९ महिनासम्म मात्रै हुन्छ भन्ने सुन्दा । यदि तपाईले एउटा ब्रा त्यो भन्दा लामो समयसम्म लगाउनु भयो भने त्यसको हुक झर्न थाल्दछ र स्तनले पनि बाहिर हेर्न थाल्दछन् । यस्ता संकेत देखिन थालेपछि तपाईले बुझ्नुपर्छकी पूरानो ब्रा फ्याकेर नयाँ किन्ने बेला भयो भनेर । राम्रोसँग राख्नुस् जसरी तपाई आफ्ना कपडालाई जतन गरेर दराजमा राख्नुहुन्छ त्यसरी नै ब्रालाई पनि राम्रोसँग राखुनु होस् । किनकी हरेक ब्राको आफ्नो युनिक सेप हुन्छ यदि तपाईले सोही अनुसार राख्नु भएन भने त्यसको आकार (सेप) विग्रिन्छ ।