मनोज पुन गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

राजेश भण्डारी/

काठमाडौं–मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् ।

असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु !’ भनेर फोन गरे । धम्की दिए ।

२०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए ।
यसैमा बुधवार बिहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको समाचार आयो । रातोपाटी अनलाइनले समाचार सबैभन्दा पहिला प्रकाशित गर्यो ।

प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

प्रहरी इन्काउन्टरमा मारिएका मनोजले शरद गौचन र बुटवलका बसन्त पौडेलमाथि गोली प्रहार भएपछि बुटवल र पोखराका ब्यापारीहरुलाई फोन गरेर धम्क्याईरहन्थे, जसका कारण उनी करोडौं उठाउन सफल भएका थिए । यद्यपी गौचनको हत्यामा मनोजको संलग्नता खुल्न सकेको छैन् ।

मनोज पुन रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीको सामान्य परिवारमा जन्मिएका थिए । स्कुलमा खासै नपढ्ने, धेरैजसो कक्षा नछिर्ने पुन बच्चादेखी नै सुरो स्वभाका थिए । ‘मगरको छोरो सुरो छ’ भन्ने बाल्यकालको सामान्य परिचय अहिले फेरिएका छ । उनी भैरहवाबाट उदाएर राजधानी शहर काठमाडौंमा धावा बोल्ने ‘गुण्डा नाईके’ भएका थिए ।

भैरहवामा युवासंघका अध्यक्षमाथि गोली प्रहार हुनासाथ रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र धानुकले तत्कालीन डीआईजी बमबहादुर भण्डारीलाई फोन गरेर भनेका थिए, ‘मनोज पुन भन्ने केटो खतरनाक भएर निस्केको छ, यसलाई खोरमा हाल्न नसके हामीले पछिसम्म दुःख पाउँछौं ।’

पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाईकोे बनेका गुण्डा नाईक मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बावुआमा बस्छन् ।
खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिगेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । पढाईमा खासै रुची नभएका मनोज शालिकराम चौलागाईको संगतले गुण्डागर्दीमा लागेको उनीसँगै पढेका एक क्लासमेटले बताए ।

शालिकराम वुटवल र भैहरवा क्षेत्रमा प्लटिङ गर्नेहरुसँग पैसा उठाउँथे, पुनले उनलाई साथ दिए । प्लटिङ गर्नेहरुले पैसा नदिएमा चौलागाईं र पुन मिलेर प्लटिङ क्षेत्रका बिजुलीको पोल उखेलेर फाल्थे ।

नेपाल–भारत सीमानाको धकधइ धन्ने ठाउँमा बंगलादेश पठाउने गोरुको कारोवार हुन्छ । मनोज र शालिकरामको समूहले त्यहाँबाट हरेक हप्ता कमिसन लिन्थे । करिब पाँच बर्ष मनोजले शालिकरामलाई साथ दिए । पछि शालिक हतियार काण्डमा जेल परे । त्यसपछि शालिकको धन्दा मनोजले सम्हाल्न थालेका हुन् । यसरी खैरेनी–सुनवलबाट शुरु भएको गुण्डागर्दी बुटवल बजारभरी फैलियो ।

उमेरले करिब २८ पुगेका पुन युवासंघ रुपेन्देही क्षेत्र नम्बर–१ को कोषाध्यक्ष भएर काम गरे । युवासंघको आवरणमा गुण्डागर्दी गरेर असुली धन्दा चलाएपछि दुर्गा तिवारीले उनलाई कारबाही गरेका थिए । त्यहि रिसीवी साँध्न उनले पहिलो पटक २०७३ असोजमा तिवारीमाथि गोली प्रहार गरेका थिए ।

‘त्यतिवेला उनका सहयोगीले चलाएको हतियार पड्किएन्’ दुर्गा तिवारी हत्याकाण्डलाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि पुलिस आक्रामक भएर लाग्यो, उसका समूहका सदस्यहरु भटाभट समातिन थालेपछि मनोजले रुपन्देही छाड्यो ।’

प्रहरी स्रोतका अनुसार २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गालाई मार्नुभन्दा करिब ९ महिनादेखी मनोज भारतमा बस्न थालेका थिए ।

दुर्गाको हत्या गरेपछि उनले आफु मलेशियामा बसेको दावी गर्दै भैरहवा र बुटवलतिर धम्क्याएर असुल्ने काम तीब्र रुपमा शुरु गरेका थिए ।

काडमाडौंलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याएपनि २०७३ चैत २९ गते अर्का गुण्डा नाईके दावा लामालाई काठमाडौंको गौरिघाटमा गोली हानेर उनले काठमाडौंको गुण्डाराजमाथि धावा बोलेका थिए ।

२०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताईएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।

सिन्धुपाल्चोक स्थायी घर भएका लोप्साङ लामा मनोज पुनको दायाँ हाते ब्याट्म्यान थिए, जसले २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिवेला रुपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको थियो । उनीहरु दुवैजना भारतमा लुकेर बसिहरेका थिए ।

दुर्गा तिवारी पछि काठमाडौंको गौरिघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशिलाई फोन गरेर भने, ‘दावालाई गोली हान्ने मै हुँ ।’
लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङ्गको सदस्य थिए । ‘अहिले लोप्साङ मनोजको ग्याङ्गमा छकी छैन भन्नेबारे बुझिरहेका छौं ?’ पछिल्ला तीनओटा हत्याकाण्डलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘आकांक्षा बढेपछि लोप्साङले मनोजको समूह छाडेर अर्कै समूह निर्माण गरिसकेको हुनसक्छ ।’

दावामाथि गोली हान्नुको अन्तर्य

मनोज पुनले गुण्डा नाईके दावा लामामाथि गोली हानेर काठमाडौंमा अरुको दिन सकिएको संकेत दिएका थिए । ‘दावालाई मार्ने नियतले नै हानिएको थियो’ महानगरीय अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘तर संयोगले उनी बाँचे ।’

पछिल्लो समय काठमाडौंमा चम्किएका गुण्डा हुन् दावा । दावाको हत्या गरेर काठमाडौं आफ्नो ग्रिपमा लिने पुनको योजना रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

गुणगर्दीको दुनियाँलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृतका अनुसार दावालाई गोली प्रहार गरेपछि अर्का गुण्डा नाईके मिलन चक्रेलाई मनोजले धम्क्याएका थिए । मनोजको धम्कीपछि चक्रे उनलाई पैसा बुझाउन नेपाल–भारत सीमानामा पुगेको बताईएको छ । त्यसपछि उनी केही महिना मलेशियामा लुकेर बसेका थिए ।

‘गौचन हत्यापछि मिलन चक्रेमाथि थ्रेट बढेको थियो’ लामो समय अपराध अनुसन्धानमा काम गरेका एक डिआईजी भन्छन्, ‘पैसा दिँदा पनि मनोजले शुट गर्नसक्ने डरले उनी भागेको हुनसक्छ ।’

भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरुसँग राम्रो सम्वन्ध बनाईसकेका थिए । छोटा राजन वा दाउद ईब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पछिल्लो समय ‘एक नम्बर गुण्डा’को रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सुचिमा रहेका पुन इन्काउन्टरमा मारिएसँगै ब्यक्ति हत्याको एउटा श्रृंखलाको अन्त्य भएको छ ।

धेरै सेल्फी लिनु पनि मानसिक रोग

सामाजिक सञ्जाल र मोबाइलको बढ्दो प्रयोगसँगै सेल्फी पनि दैनिक जीवनको अभिन्न पाटोजस्तै बनेको छ । तर, पछिल्लो समय सेल्फीकै कारण धेरैको मृत्यु हुने गरेको छ । केही दिन पहिले आन्द्र प्रदेशमा रेलको लिकमा गएर सेल्फी खिच्दा एक युवक घाइते भए । २५ वर्षीय टी. शिवाले खिचेको २१ सेकेन्डको भिडियो फेसबुकमा भाइरल भयो । उनको नजिक उभिएका एक युवकले बारम्बार चेतावनी दिए पनि उनले वास्तै गरेनन् । पिटसबर्गको कार्नेज मेलन विश्वविद्यालयमा विद्यावारिधीका विद्यार्थी हेमंक लाम्बाको टोलीले सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित मृत्युको अध्ययन गरेको छ । उनका अनुसार यो तिब्र गतिमा गुडिरहेको रेलको अगाडी गएर सेल्फी खिच्ने तथा भिडियो बनाउने प्रवृति भारतमा बढ्दै गएको छ । त्यस्तै दिल्लीको इन्द्रप्रस्थ इन्स्टिच्यूट अफ इन्फरमेसनले संसारभरी सेल्फीका क्रममा भएका १२७ वटा मृत्यु घटनाको अध्ययन गरेको छ । जसमा ७६ वटा घटना भारतमै भएको पाइएको छ । सेल्फीकै मृत्यु तथा दुर्घटनाका घटना बढ्दै गएको अध्ययनहरुले देखाएको छ । हैदराबादका मनोचिकित्सक सी.वीरेदर यसलाई मानसिक रोगको संज्ञा दिन्छन् । यो मानसिक समस्याको एउटा प्रकार भएको उनी बताउँछन् । उनका अनुसार यसलाई अटेन्सन डेफिसिट हाइपर एक्टिभ डिसअर्डर (एडीएचडी) भनिन्छ । यसबाट बच्न धेरै सेल्फी नलिनु पर्ने चिकित्सकहरु बताउँछन् । उनीहरु अनुसार यसलाई कम गर्दै लग्नुपर्छ । नत्र यो बढ्दै जादा ज्यान जाने ठाउँमा पनि सेल्फी लिने लत बस्छ । (ऐजन्सीहरुको सहयोगमा)

मृत्युको भविष्यवाणी गर्ने प्रणाली बनाएको अनुसन्धानकर्ताको दावी

यदि तपाईलाई कहिले मर्छु भन्ने थाहा भो भने के गर्नुहुन्छ ? मृत्युका बारेमा थाहा पाएपछि कोही आफन्तसँग समय विताउन खोज्ला भने कोही मनले चाहेका कामकुरा पुरा गर्नतिर लाग्ला । तर, मृत्युका विषयमा जान्न गाह्रो छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्टेनफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मृत्युको भविष्यवाणीसम्बन्धी केही सहज गरेका छन् । उनीहरुले नयाँ प्रविधिको विकास गरेका छन् । त्यसले मृत्यु कहिले हुन्छ भन्ने कुरा ९० प्रतिशतसम्म आंकलन गर्नसक्ने अनुसन्धानकर्ताहरुको दावी छ । यस्तो कुरा अनौठो लाग्छ । तर, उनीहरुले विकास गरेको ‘आर्टिफिसिअल इन्टेलिजेन्स (एआई)’ प्रणालीले कुनै पनि विरामीको अन्तिम समयका विषयमा बताउन सक्नेछ । हालै प्रकाशित अध्ययनसम्बन्धी रिपोर्टमा बिरामीले अन्तिम समयतिर जस्तो किसिमको जिन्दगी बाँच्न चाहन्छ, त्यस्तो नहुने गरेको उल्लेख छ । रिपोर्टका अनुसार, ८० प्रतिशत अमेरिकी नागरिक अन्तिम समय आफ्नो परिवारसँग विताउन चाहन्छन । तर, ६० प्रतिशत अस्पतालमै ज्यान गुमाउने गरेका छन् । अनुसन्धानमा संलग्न स्टेनफर्ड विश्वविद्यालयको एआईकी विद्यावारिधीकी विद्यार्थी आनन्द अवतीले स्टेनफर्ड अस्पताल र लूसिल पेकार्ड चिल्ड्रन अस्पतालबाट करिब २० लाख विरामीको इलेक्ट्रोनिक हेल्थ रिकर्ड अध्ययन गरेको बताइन् । जसमा बालबालिकादेखि बृद्धबृद्धासम्म थिए । उनीहरुले तथ्याङ्कबाटै डीप नेचुरल नेटवर्क तयार गरेका थिए । त्यसबाट एआईले कुन विरामीको ३ देखि १२ महीनामा मृत्यु हुनसक्छ भन्ने अनुमान गरेको थियो । यो नेटवर्कबाट कुनै पनि किसिमको मृत्युको कारण पत्ता लगाउन सकिने प्रणालीको विकास गरिएको अनुसन्धानकर्ताहरुको दावी छ । साथै कुनै पनि विरामीको मृत्यु हुनु भन्दा अगाडी कसरी रेखदेख गर्ने भन्ने विषयमा पनि यसले सहयोग पु¥याउने छ । तर, यसले विरामी कम गर्न कस्तो उपचार गर्ने भन्ने विषयमा भने केही बताउन नसक्ने जनाएको छ । अहिले त्यसमै अनुसन्धान भइरहेको अवतीले बताइन् । (एजेन्सीहरुको सहयोगमा ।)

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं, पुस २५ । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।   सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

शाली नदीमा ब्रतालु महिला – भिडियाे

काठमाडौं, पुस २३ । अहिले हरेक दिन शालीनदीमा स्वास्थानी ब्रत लिने महिलाको भिड देखिन्छ । शाली नदीमा नुहाएर मन्दिरमा पूजा गर्ने र कठोर ब्रत बस्ने गर्छन् । माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वास रहेको छ ।  

आहा ! कति रमाइलो इलाम (फाेटाेफिचर)

इलाम, पुस २० । मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन बाक्लिएको छ । जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो । पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई कसरी सुविधा दिने भन्ने चिन्ता थपिएको हो । सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथी भरालगायतमा यतिबेला पर्यटकको चाप बढ्न थालेको छ ।   मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडा सन्दकपुर मा अहिले दिनहुँ दुईसय भन्दा बढी पर्यटक आउँदा स्थानीय होटलले थाम्न सकेका छैनन् । भारतीय सीमावर्ती सन्दकपुरमा एउटा अलि ठूलो र अन्य दुई साना होटल छन् । दार्जिलिङको हड्तालका कारण गत वर्षको तुलनामा पर्यटकहरूको संख्यामा केही कमी भए पनि दैनिक रूपमा पर्यट्क आउने क्रम जारी छ । पर्यटकीय सिजन भएकाले देश विदेशबाट आउने पर्यटकको चापका कारण होटलहरु पनि भरिभराउ छन् । सन्दकपुरमा भारतपट्टि दर्जनभन्दा बढी होटल छन् । सन्दकपुर आउने नेपाली पर्यटक वासका लागि होटल नपाउँदा महँगा भारतीय होटलमा बस्नुपरेको गुनासो गर्छन् । ‘होटल पाइन्छ होला भनेर आइहालियो । कतै नेपाली होटल नपाएर महँगो भारतीय होटलमा बस्नुपर्‍यो’, सन्दकपुरमै भेटिएका पर्यटकहरुको गुनासो रहेको थियो । नेपालतिर होटलहरू भए सस्तो मा बस्न पाईने थियो की भन्ने उनीहरु को भनाई थियो । यहाँ आएका प्रायः नेपाली पर्यटक होटलमा वास नपाएर निकै तलका चौँरी र भेडीगोठतिर बासका लागि झर्ने गरेका छन् । सन्दकपुरबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमचुचुरा १८० डिग्रीमा हेर्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न पनि पर्यटकको भीड लाग्छ। सूर्योदयका लागि प्रख्यात अन्तु डाँडामा पनि यतिबेला पर्यटक खचाखच छन् । मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले गत वर्ष नयाँ भ्यू टावर बनाइदिएपछि सूर्योदयको दृश्य हेर्न अन्तु आउने पर्यटकको संख्या बढ्दो छ । अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवम् होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए । जिल्लामा लामो समयदेखि होमस्टे व्यवस्थापन गरिएको अन्तुमा व्यवस्थित होमस्टेचाहिँ करिब तीन दर्जन घरमा मात्रै छ। गाउँभर पर्यटक खचाखच छन । यहाँ आउने पर्यटक कन्याममा रहेको कन्याम इनलगायत फिक्कल, हर्कटे र सदरमुकामका होटल पुगेर वास बस्छन् । चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अग्र्यानिक उत्पादनको स्वाद चाख्न कन्याममा पर्यटक आउने गरेका छन् ।   कन्याम का स्थानीय ‘कन्याम इन’ होटलका सञ्चालक टीका ओडारीले कन्याम अहिले पर्यटकले भरिएको बताए । ‘कतिपय पर्यटक यतै बस्छन्, कतिपयचाहिँ वासका लागि सदरमुकामसम्म पुग्छन्’, उनले भने । अहिले मौसम अत्यन्त सुन्दर हुने बेला भएकाले पर्यटक एकै पटक निकै आएको उनको भनाइ छ । जिल्लाकै माइपोखरी, टोड्के झरना, छिन्टापुलगायत पर्यटकीयस्थलमा पर्यटक आउने क्रम सुरु भएको छ ।

पोर्न स्टार सनी लियोनबारे थाहा नभएका यी ३३ कुरा

सनी लियोन ‘पोर्न इन्डस्ट्री’ को चासो राख्नेहरूले मन पराएको नाम हो । अश्लील चलचित्र हुदै उनले वलिउडमा समेत आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । सनीका केही रोचक तथ्यहरू १। सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो । २। १६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् । ३। सन्नीले जर्मन बेकरीमा पहलो काम गरेकी थिइन् । जतिबेला उनि १५ बर्षकी थिइन् ।   ४। सन् २००५ मा निर्देशक मोहित सूरीले उनलाई चलचित्र ‘कलयुग’ को लागि महत्वपूर्ण भुमिका अफर गरेका थिए तर सनीले यसको लागि एक मिलियन डलर मागिन् । त्यसपछि मोहितले यो रोल दीपललाई दिए । ५। डिसम्बर २००५ मा सन्नी लियोनको नाम वाट ‘सन्नी’ चलचित्र रिलीज भएको थियो । ६। प्लेब्वाइ एन्टरप्राइजको भाईस प्रेसीडेन्ट अफ मार्केटिंग मेट एरिकसन सँग सनीको प्रेम थियो । ७। सन् २०१० मा पुरुषहरुको म्यागजीन माक्सिमको १२ टप फीमेल पोर्न स्टारको सूचीमा सनी पनि रहेकी थिइन् । ८। फास्ट फूड र किवी फ्रूट सनी अति मन पराउछिन् । सनीलाई पार्टी गरेको मन पर्दैन । ९। सनी लियोन पोर्न फिल्ममा काम मात्र नगरेर निर्देशन पनि गर्छिन् । १०। डेनियल वेबर सँग सनीको तीन बर्ष अफेयर चले पछि बिवाह गरिन् दुवै सामान्य मित्रको रुपमा परिचित थिए । ११। सन्नी लियोनलाई आमिर खान धेरै मन पर्दछ । एक इन्टरभ्यूमा आमिर उनलाई केटाकेटि देखिनै मन परेको खुलासा गरेकी थिइन् । १२। चलचित्र ‘वाडाकरी’ वाट सन्नी तमिल फिल्मलमा एन्ट्री गर्न गइरहेकी छिन् । यस चलचित्रमा सन्नीको एउटा आइटम डान्स पनि रहनेछ । १३। सनीले पोर्न फिल्म ‘वर्चुअल विविड गर्ल सनी लियोन’ वाट एवीएम अवार्ड पनि जितेकी थिइन् । यस अवार्डलाई पोर्न फिल्म इन्डस्ट्रीको ओस्कर अवार्ड भनिन्छ । १४। सन्नी लियोनको आफ्नै एउटा स्टूडियो पनि छ । यसको नाम सन लस्टद पिक्चर्स हो । बिजनेसको लागि शुरू गरिएको यस स्टूडियोमा उनको पार्टनर पति डेनियल छन् । यो कम्पनी सन् २००८ मा सुरु गरिएको थियो । १५। जब सन्नीले पोर्न फिल्ममा काम गर्ने फैसला गरिन् तब उनले महिलाहरु सँग मात्र खेल्ने शर्त अघि सारिन् । १६। सन् २००४ मा चलचित्र ‘द गर्ल नेक्से डोर’मा उनले गेस्ट अपीयरेंस दिएकी थिइन् । १७। सन्नीले कैथलिक स्कूलबाट पढाई गरिन् किनभने उनको अभिभावकलाई उनि सिख भएको र पब्लिक स्कू्लमा जादा उनलाई खतरा हुने भन्दथे । १८। सन् २००५ मा सनीले पहिले पटक मुलधारका चलचित्रमा पाइला राखिन् ।   १९। उनि एमटीवी अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनेकी थिइन् । २०। सन्नी लियोनलई कुकुर धेरै मन पर्छ । २१। सन्नी लियोनलाई मन पर्ने पेय पदार्थ साविनन ब्लैंक हो । २२। सन्नी लियोनले ‘जिस्म’मा रोएको दृश्य दिनको लागि ग्लीनसरीनको प्रयोग गर्थिन् । २३। सन्नी लियोनलाई किरा देखि डर लाग्छ। २४। सन्नीले एक वेबसाइट दिएको अन्तरवार्ता अनुसार उनि आफ्नो सबै गर्भवती साथिहरुलाई आफ्नो हातले कंबल बनाएर भेट गर्छिन् । २५। बलीउडमा काम गर्नु भन्दा पहिले सनी चार पटक भारत घूमि सकेकी थिइन् । २६। सन्नी लियोनले पहिलो पटक ११ बर्षको उमेरमा किस गरेकी थिइन् । २७। एडल्ट इन्डस्ट्री छोडेर बलीउडमा आउनु भन्दा पहिले भारत आएर बस्नको लागि लियोन डराएकि थिइन् । २८। एडल्ट इन्डस्ट्रिमा आउनु भन्दा पहिला सन्नी लियोन नर्सिंङ पढिरहेकि थिइन् । उनि १९ बर्षको उमेरमा एडल्ट इन्डस्ट्रीमा देखा परिन् । २९। सनी लियोनलाई परौठा खान पन पर्छ साथै उनि इटालियन खानाको पनि प्रेमि हुन् । ३०। जून २००६ मा लियोनले अमेरिकाको नागरिकता पाइन् तर उन्ले क्यानाडाको नागरिकता पनि साथै राखिन् । ३१। लियोन डैनियलसँग पहिलो डेटमा जानेबूझेर ढिलो गइन् किनभने उनी डेनियलबाट खासै इंप्रेस थिइनन् तर डेनियलले उनलाई होटलमा २४ गुलाबको फूल पठाए, त्यस पछि सनीले डेनियलसँग दुई बर्ष पछि बिवाह गरिन् । ३२। सन्नी लियोनको मनपर्ने छुट्टी मनाउने ठाउँ ‘हवाई’ हो । ३३। सन्नीले ५२ एडल्ट फिल्ममा अभिनेत्रीको भुमिकामा काम गरिसकेकिछिन् र ५१ एडल्ट फिल्मको निर्देशन पनि गरिसकेकी छिन् ।

सुन्दरीहरु पनि बागमती सफाई अभियानमा (हेर्नुहोस् फोटोफिचर)

काठमाडौं, पुस १ । सिजन मिडियाद्धारा पहिलो पटक आयोजना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस ब्युटि क्विन नेपालमा सहभागी प्रतियोगीहरु २४० औं हप्ताको बागमती सरसफाई कार्यक्रममा सहभागी भएका छन् । उक्त प्रतियोगीहरुलाई सरसफाईमा सहभागी गराई एउटा सामाजिक उत्तरदायित्व तथा सरसफाई पहिला आफ्नै घरवाट सुरु गर्नुपर्छ भन्ने एउटा ज्ञानको विकासको लागि एसरी सामूहिक अभियानमा सहकार्यले सफलता हासिल गर्दछ भन्ने शिक्षा प्रदान गर्ने उद्देश्यले सहभागीहरुलाई बागमती सफाई कार्यक्रमा सहभागी गराएका हौँ । उक्त कार्यक्रमको अन्तिम प्रतिायोगीता यही पुस २० गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिने छ । हेर्नुहोस् केही तस्विरहरु-

गर्भपतन गराउने अधिकांश २० वर्षमुनिका किशोरी

काठमाडौँ, सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्। सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएकोे छ। अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरू छन्। जनस्वास्थ्य कार्यालय काठमाडौँको आव २०७३र७४ को तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या तीन हजारभन्दा बढी छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा अचला वैद्यले किशोरकिशोरीलाई यौन शिक्षा विद्यालय तहबाटै दिनुपर्ने खाँचो औँल्याउँछन्। विपरीत लिङगी साथी बनाउने र शारिरीक सम्बन्धलाई मनोरजञ्जको रुपमा लिने गलत प्रवृतिका कारण गर्भपतनले डरलाग्दो रुप लिइरहेको उनी बताउँछन्। जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले विद्यालय महाविद्यालयका किशोरकिशोरीले शारिरीक सम्बन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको बताउँछन्। उनले भने– “बिहे गर्न बीस वर्ष उमेर तोकिएकाले त्यस अघि शारिरीक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धेरै अघि बढिसकेको छ। अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन् क्षमतामा ह्रास आउने खतरा बढेको छ।” भर्खरै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो। सो सर्वेक्षणले नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदै आएको तथ्याँकले देखाएको छ। अघिल्लो वर्षपनि गर्भपतन गराएकामध्ये २५ प्रतिशतभन्दा बढी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउने गरेको पाइएको थियो। कानुनी रुपमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्ने प्रावधान छ । विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने सरकारले बाटो खुला गरेको छ। काठमाडौँमा गर्भपतन गराउने महिलाको संख्या वार्षिक १५ हजार भन्दा बढी रहेको जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्याँक छ। जनस्वास्थ्य कार्यालयमा २०७१र७२ मा काठमाडौँमा १३ हजार ६०९ जनाले गर्भपतन गराएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याँक अधिकृत पुष्कर बिजुक्छेले दिनुभएको जानकारी अनुसार आव २०७२र७३ मा १५ हजार ५०३ जनाले गर्भपतन गराएको तथ्याँक छ। त्यसमा करिब २४ प्रतिशत २० वर्षमुनि छन्। चिकित्सकको बुझाइमा काठमाडौँमा बीस वर्षमुनिका किशोरीहरुमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु हो। गर्भपतन गराउन आउने अधिकांश किशोरीले औषधि सेवनको विधि रोज्ने गरेका छन् । काठमाडौँमा औषधि खाएर गर्भपतन गराउने किशोरीको संख्या पनि कूल गर्भपतनको आधाआधी हुने अनुमान गरिएको छ । दश साता नाघेको गर्भपतन गराउन औषधि सेवन भरपर्दो नहुने भएकाले आधाजसो किशोरीले चिकित्सकको सल्लाहमा शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन्। डा वैद्यले भने – “गर्भपतन सामान्य र स्वाभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । गर्भपतनले महिलाको स्वास्थ्यमा तात्कालिक र दीर्घकालीन असर पु¥याउने भएकाले यसलाई अस्थायी साधनको रुपमा लिनुहुन्न।” उनको भनाइमा पटकपटक गर्भपतन गराउँदा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने, पाठेघर काम नलाग्ने हुने र प्रजनन स्वास्थ्यमा असर पार्ने हुन्छ। त्यस्तै, गर्भपतनका लागि खाने औषधिले महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पाठेघरमा घाउ हुने र सोही घाउ बढेर क्यान्सर समेत हुनसक्ने भएकाले महिलाले पहिलो बच्चा जन्माउनुअघि गर्भपतन गराउन नहुने सल्लाह उनको छ। कल्पना पौडेल,रासस

हेर्नुहोस् फोटोफिचरः फोटोग्राफरले बाथरुममै क्लिक गरेका केही झलकहरु

प्रत्येक मानिसहरुको घरमा बाथरुम यस्तो ठाउँमा रहेको हुन्छ, जहाँबाट निक्लेर आउँदा मानिसहरु फ्रेश भएको महसुस गर्दछन् । आजको समयमा उनीहरु व्यस्त जीवनको लागि आफ्नो मान्छेसँग अलग रहेको हुन्छ । यस्तैबाट टोकियो एक फोटोग्राफर हैलले संसारमा देखाउन चाहन्छन् कि घरको बाथरुमभित्र यदि एक बाथटबमा मानिसलाई छोडिदियो भने उनीहरुको सम्बन्धमा कतिसम्म नजिक हुने गर्दछ भन्ने कुरालाई लिएर यी फोटो तस्वीरहरु क्लिक गरिएको छ । हैलको अनुसार, पुरै घरमा बाथरुम एक यस्तो ठाउँ हुन्छ कि जाँ मानिस सबैभन्दा बढी सहज महसुस गर्दछन् । हैलका मोडल, स्ट्रिपर्स र डान्सर्सको सहारा लिएर प्राइभेट र इन्टिमेट मोमेन्ट देखाउने कोसिस गरेका छन् । उनका अनुसार, फोटोसुटको बेला मानिस जुन तरिकाले लजाउने गरेको छ । उसको काममा थोरै भएपनि एक्साइटमेन्ट आएको देखिएको छ । यो फोटोसुटमा दुई जना व्यक्ति सानो बाथटबमा तस्विर खिच्नुपर्ने थियो । यी व्यक्तिहरुले अलग–अलग पोज र स्टाइलमा फोटोसुट गरेका छन् । हेर्नुहोस् बाथरुममा लिएको केही तस्विरहरु   

‘भौगोलिक सुन्दरतामा सामाजिक सेवाको श्रृंगारले सजिएको हाम्रो गुल्मी’ नेपाल भित्रको एउटा सानो स्वर्गको टुक्रा गुल्मी (फिचर)

कार्तिक २८ । हाम्रो शब्दकोषमा सुन्दर र श्रृंगार आफैमा परिपुरक छन र मानिस आफैंमा एक महत्वकाँक्षी र प्रगतिशील हुनु प्राकृतिक गुण हो । यी सबै कुराहरुलाई जीवन गुजारा गर्दै जाँदा मौन विकास भइरहेको उसले महसुस तत्काल नगरेपनि जीवनको एउटा विन्दुमा महसुस हुन आउने गर्बका कुरा हुन् । चाहे त्यो आर्थिक होस, सामाजिक होस् अथवा पारिवारिक होस् परन्तु कुनै यस्ता कुराहरु नि हुन्छन ताकी केही गुमाउँदा नि सारमा गर्ब महसुस गरिरहेको पाइन्छ । यी सबैमा भन्दाबढि मानब जिवनकै दृढ बिस्वास सहितको भयानक रुपले गरिने गर्ब खासमा जननि र जन्म भुमि बिषेस अर्थ पूर्ण हुने गर्छ्र यसै सुन्दर्भमा म आज यो क्षितिज पारिबाट मेरो जन्म भुमि नेपाल भित्रको सानो स्वर्गको नेपाल एउटा सानो टुक्रा अथवा मेरो आफ्नो तन, मन र जिवनको सर्बश्व गुल्मीको कुरा गर्न चाहान्छु । जन्मभुमि आफुलाई राम्रो लाग्नु प्राकृतिक हुनु एउटा छुट्टै पाटो हो तर बिशेष किसिमका बिश्लेषण सहितका तर्क पूर्ण कुराहरु बाट यसको औचित्य पुष्टि गर्नु उत्तिकै गाह्रो कुरा हो । प्राकृतिक सुन्दरताका बयानहरू गर्दा मनमा धेरै चित्रण आउने गर्छन तर मेरो गुल्मीको प्रकृति सुन्दरता त्यत्ति मन मा आउने चित्रणलाई मात्र आधार मान्नु आफैंमा अन्याय पुर्ण कुरा हुने छ। धेरै जसो भूभाग पहाडले ओगटेको अनि ति पहाडका कोसैको काखमा सुन्दर बस्ती अनि कोसैको काखमा उर्बरभूमिमा हनुमानले भगवानको प्राण बचाउन बोकेका जडिबुटीका सुन्दर बगैचाहरु अनि शिरमा कतै मन्दिरका गजुर जस्तो प्राकृतिक मनोरम त कतै भगवान शिवको शिरमा पार्वतीको मुखबाट झर्ने झरना जस्तै कल कल गर्दै बग्ने खोला नालाहरु जसले हेर्दाको सुन्दरता मात्र होइन उपयोगिताको सुन्दरतामा अझ लोभ लाग्दछ ्र कतै सिचाइ, कतै खाने पानी त कतै साना जल विद्युत बनेका छन आहा त्यो मेरो जन्म ठाउँ सिरानमा जडिबुटीको सुमेरु पर्वत बिचमा मानब बस्तीको उपत्यका अनि काखमा उर्बरभूमि अनि कोखमा कैलास पर्बतबाट खान र सिंचाई गर्न र प्रकृतिलाई लोभ्याउन बग्ने ति नदीहरु छन् । गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ । यि त जन्मिदै पाएका सुन्दर जन्म भूमिका उपहार भयो र यो सुन्दर ठाउँ अथवा सानो नेपाल बाट जन्मिनेहरुले पनि भलै आफ्नु ठाउँ लाई गरे नगरे पनि सिङगो देश लाई गरेका कामहरुले यसको सुन्दरतामा अझ निखार आएको हामी महसुस गर्ने गरेका छौ । गुल्मी प्राकृतिक स्रोतहरू साथै पर्यटन अनुग्रह भनेर स्वाभाविक सुन्दर दृश्यहरुमा धनी छ । राजनीतिक होस या प्रसासनकी रुपमा होस् गुल्मीमा जन्मिएर बिभिन्न ठाउँ लाई कर्म भुमि बनाएता पनि स्थाई सरकार मानिने सरकारी कर्मचारीको नेतृत्व गर्ने मुख्य सचिब श्री लिलामणि पौड्याल भनौ वा संयुत्त रास्ट्र संघको भुपु उपमहासचिव श्री कुलचन्द्र गौतम भनौ अथवा बिभिन्न प्रमुख राजनीतिक पार्टीका उच्च तहको नेत्रित्व नै किन नहोस अनि देशमा बितेका बिभिन्न राजनीतिक आन्दोलनमा स्थानीय जनसहभागितामात्रै होइन बलिदानीको श्रृंङखला पनि २०३६ सालमा हालको मु.न.पा.५, आपचौर, इन्द्रेगौडाका स्वर्गीय श्री मित्र बन्धु केसीबाट सुरु भएको सिलसिला पछिल्लो समय माओवादीको जनयुद्ध सम्म आउदा स्वर्गीय श्री बिष्णु खरेल (क) विशाल लगायत धेरै सपुत हरुले जन्म लिएको जन्मभुमि गुल्मि को प्राकृतिक सुन्दरता तथा कृषीको उबर्भर भुमि गुल्मी नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला हो भन्ने कुरामा स्वर्गीय राजा श्री ५ बिरेन्द्रले गरेको विभिन्न समयको भ्रमण बाटै पुस्टयाउछ्र अतः संसारको जुनसुकै ठाउमा जे जसरी जे जस्तो आबस्था मा भएपनि गुल्मीको बिकासको लागि तन मन धनले सहयोग गर्दै एउटा पूर्ण गुल्मी बनाउन भाबी दिनमा पनि लागि रहनु पर्ने हुन्छ र बिषेश भुमिका खेलेको सबै को महसुस पनि हो र गुल्मेली हुँ भनेर सधै गर्वका साथ भन्न पाउ, यहि मेरो शुभ कामना ! “जननी जन्म भुमिस्च स्वर्गदपि गरियसी” राधा खरेल हाल बेलायत  

साना बच्चालाई घरमा छाड्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नैपर्छ

कार्तिक २६ । उपभोग्य वस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतीय सामग्री आदिको कारण घरायसी व्ययभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ । यस्तो अवस्थामा एक जनाको कमाईमात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्ने हुन्छ । उनीहरु बिहान घरबाट निस्किन्छन् र बेलुकीमात्र फर्किन्छन् । यस्तोमा उनीहरुका छोराछोरी स्कुलबाट आएपछि घरमा एक्लै बस्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि बाबुआमाले दिनभरी नै छोराछोरीलाई एक्लै घरमा छोड्नुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्याउनुपर्छ । मोबाइल आवश्यक बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्‍यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्‍यो भने तत्कालै फोन गर्न सकिन्छ । यसबाट छोराछोरीहरुसँग लगातार सम्पर्कमा बस्न सक्नुहुन्छ र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ । कोठामा बन्द नगरौं कोही आमाबाबु यस्ता पनि हुन्छन् कि बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । तर यसो गर्नु घातक हुन सक्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नुहुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरुभित्रै थुनिन्छन् । चुकुल खोल्न सिकाउनुपर्छ बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । आमाबाबु घरमा नभएको बेला त यो झन् आवश्यक छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् । खाने-पिउने सामानको व्यवस्था घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । उनीहरु किचनमा जानु ठिक हुँदैन । त्यसैले लिभिङ रुममा नै खानेकुराहरु राखिदिनुपर्छ । गेम दिने यदि आफूहरु घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुका लागि कुनै गेम वा होमवर्क दिएर जाने गरौं, ताकि उनीहरु त्यसैमा व्यस्त रहुन् र घरबाहिर निस्किएर नबरालिउन् ।

नताशाका योगा : घरको छटदेखि सार्वजनिक स्थलसम्म

मुम्बई, कार्तिक २५ । झारखण्ड राँचीका बस्ने राफिया नाज केही समयअघि नै उनी निकै चर्चामा छाइरहेकी छिन् । उनी योग गर्ने र यसको ट्रेनिङ्ग पनि दिने गर्छिन् । शुक्रबार उनको घरमा हमला गरेका छन् । यस सम्बन्धमा झारखण्ड सरकारले उनको सुरक्षामा कडा गरेका छन् । दैनिकभाष्कर डट कमका अनुसार, तपाईंलाई मुम्बई मा नताशा नोएलको बारेमा बताइरहेका छन् किन जसको योगाप्रति प्रशंसकलाई लिएर हजारौं व्यक्तिहरु प्रेरित हुने गरेका छन् । सार्वजनिक जुनसुकै ठाउँमा पनि नताशा योग गर्नका लागि जाने गर्दछिन् । नताशाको इष्टाग्राम लाखौं फलोवर्स – इष्ट्राग्राममा नताशाको १ लाख १२ हजारभन्दा बढी फलोवर्सहरु रहेका छन्, जबकी फेसबुकमा उनलाई फलो गर्नेहरुको संख्यामा हजारौं छन् । – नताशाको खास खास कुरा के हो भने उनी कम ठाउँमा पनि योगा गर्न सक्छिन् । उनी चाहे झ्यालमा होस् वा ड्रोइङ्ग रुममा होस् वा सोफा, बसमा होस् वा तरकारी बजार, भर्याङमा हो वा टेम्पोको छटमा होस्, हवाईजहाजको यात्रामा, डिपार्टमेन्ट स्टोर। जुनसुकै पनि ठाउँम पनि उनी योग गर्न सक्छिन् । – नताशाको भनाई अनुसार– ‘उनको इच्छा लागेअनुसार योगा गर्नका लागि गर्न थाल्छिन् । रेलवे ट्रयाक, बस स्टप, सडक, ट्रेन, पहाड, मेट्रो ट्रेन, सार्वजनिक स्थलमा उनी योगा गर्न थाल्छिन् । – उनले जुन तरिकाले जहाँ चाहेअनुसार योगा गर्न सक्छिन्, त्यस्तो कार्य आमजनताहरुले सजिलै गर्न सक्दैनन् । उनले गर्ने गरेको योगा पोजका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

संकटामा भक्तजनको घुइँचो

इभा राजवाहक काठमाडौं, कार्तिक २५ । न्यूरोड गेटमा रहेको संकटा मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेका छन् । कार्तिक महिनाको मंसिर कृष्ण अष्टमी भएकोले अाफ्नो सुख–शान्ति, ग्रह शान्ति, शनि, राहु, केतुको पुजा, होम पूजा गराउन अत्यन्त शुभ रहेकाले भक्तजनहरुको घुइँचो लागेको हो । अाज शनिबार कार्तिक महिनाको अन्तिम शनिबारको दिन सङ्कटामा भक्तजनको भीडमा साना साना बालबालिकाहरु अाफ्नो दिनभरिको गुजारा चलाउनका लागि बिहानको चिसोमा चामल तथा पैसा स‌ङ्कलन गरिरहेका छन् ।    

प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु (फाेटाेफिचर)

चितवन, कात्तिक २४ ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे भरतपुर-९ मा घर दैलो अभियान सुरु भएकाे छ । प्रचण्ड र प्रदेशतर्फ ३ क का एमाले उम्मेदवार कृष्ण भुर्तेलसहित समानुपाटिक उम्मेदवारहरु घर दैलो अभियानमा छन् । मतदाता तथा नागिरकहरुले चौक चौकमा स्वागत गरिरहेका छन् ।  फाेटाेमा हेराैँ प्रचण्डकाे स्वागत यसरी गरे भरतपुरका जनताले       

आधा खर्चमा आकर्षक तथा भूकम्प प्रतिरोधी घर बनाउन सकिने (हेरौं फोटोफिचर)

कात्तिक २१ । प्रिफ्याबको घर भूकम्प प्रतिरोधीमात्रै होइन, हेर्दा उत्तिकै आकर्षक र कम लागतमा तयार हुन्छ। यस्तो घर फायर प्रुफ, वाटर प्रुफ, साउन्ड प्रुफ हुनुको साथै तापक्रम समेत सन्तुलन गर्छ। त्यसैगरी यो घरलाई अर्को ठाउँमा सार्नु परेको खण्डमा ९० प्रतिशत सामाग्री पुनः प्रयोग गर्न सकिने भएकाले उपयोगी भएको व्यवसायीहरु बताउँछन्। यसको लोकप्रियता बढ्दै जाँदा नेपालमा अहिले एक दर्जन भन्दा धेरै प्रिफ्याब कम्पनीहरु खुलेका छन् । प्रिफ्याब प्रविधिको घर भूकम्पपछि मात्रै बन्न थालेको भने होइन। पहिले पहिले नेपालका पहाडी भूभागमा विभिन्न संघ संस्था तथा आयोजनाले क्याम्प, विद्यालय, स्वास्थ्य चौकी बनाउन प्रिफ्याब नै प्रयोग गर्ने गरेको सुत्र कन्स्ट्रक्सन प्रालिका डाइरेक्टर तथा इन्जिनियर लक्ष्मण थापाले जानकारी दिए। सुत्र कन्स्ट्रक्सन लामो समयदेखि प्रिफ्याबको काममा सक्रिय छ। प्रिफ्याबको घर हालका दिनमा धेरै नै बन्ने गरे पनि विदेशमा जस्तो सबैको विश्वास जितिसकेको छैन । ‘यहाँ गिट्टी तथा सिमेन्टको घर बनाउन थालेको धेरै भयो त्यही भएर त्यसप्रति धेरैको विश्वास छ तर प्रिफ्यावको घर बनाउन थालेको ५–६ वर्ष मात्र भयो’ उनले भने– ‘अबको २०–२५ वर्षपछि प्रिफ्यावप्रति विश्वास बढ्ने मात्रै होइन, घरहरु पनि धेरै देखिने छन् ।’ प्रिफ्यावको घर कमजोर हुने र सामान्य बल पर्दा भत्किन्छ भन्ने भ्रम फैलिँदा यसप्रति केही नकारात्मक सोच बढेको उनको अनुभव छ। ‘घरको संरचनाका लागि फलामको प्रयोग हुने भएकाले नै हल्लाउँदा हल्लिन्छ, हल्लिनु भनेकै सुरक्षित हुनु हो’ इन्जिनियर थापाले भने– ‘त्यसैगरी भूकम्पले हल्लाउँदा पनि घरलाई असर गर्दैन, १० केजीको घनले हान्दा पनि यो फूट्दैन ।’ उनका अनुसार प्रिफ्यावको घर अस्थायी र स्थायी दुवै माध्यममा बनाउन सकिन्छन्। यस्तो घर स्टिलमा मात्र नभई कंक्रिट संरचनामा पनि बनाउन सकिन्छ। पहाडी भूभागमा स्टिल संरचनामा बनाउनेको संख्या अधिक रहेको थापा बताउँछन् । काठमाडौं र तराई क्षेत्रमा भने तला थप्नको लागि प्रिफ्यावको प्रयोग बढेको उनले बताए । माथिल्लो तलामा प्रिफ्याब प्रयोग गर्दा तल्लो भागलाई भार कम पर्ने र भूकम्पले नभत्किने भएकाले हालका दिनमा तला थप्न पनि यसको प्रयोग ज्यादा हुने गरेको व्यवसायी बताउँछन् । प्रिफ्याव घर बनाउने क्रम बढेपनि यसको लागि चाहिने उपकरणहरु पर्याप्त भित्रिन नसकेको उनीहरुको गुनासो छ। ‘जस कारण विदेशमा १ दिनमा भुइँतलाको घर बनाउन सकिन्छ भने नेपालमा त्यही काम १ महिना लाग्ने गरेको छ’ थापाले भने ।   नेपालमा प्रयोग हुने प्रिफ्याबको स्ल्याब भारत र चीनबाट धेरै आउँछ । रुफिङ अर्थात छानाको मेट्रियल चीनबाट र खाडी मुलुकबाट बढी आउँछ। पछिल्लो समय स्वदेशमै पनि स्ल्याब बन्न थालेको उनले बताए । सामान्यतया प्रिफ्याबको घर बनाउँदा अरु घरको तुलनामा ५० प्रतिशत कम खर्च लाग्ने सम्वद्ध व्यवसायीहरुको दावी छ। किचन, ट्वाइलेट, विद्युतीय सामान तथा रङ्गमा भने उत्तिकै खर्च लाग्छ। यस्तो घरमा काठको झ्याल प्रयोग गरिँदैन। आल्मुनियम र युपिभिसिको झ्याल प्रयोग गर्ने गरिन्छ। त्यस्तै यसको बोर्ड ८ फुट, ९ फुट र १० फुटमा आउँछ। नेपालमा प्रिफ्याबको उपयोगिता बुझाउन गाह्रो भइरहेको ब्यवसायीहरुको अनुभव छ । उनीहरुका अनुसार इन्टरनेट प्रयोग कर्ता र विदेश गएर फर्किएकाहरुले भने निर्धक्क सँग बनाइरहेका छन् । कति लाग्छ त खर्च ? सामान्यतया नेपालमा स्टिल संरचनामा ४ कोठाको प्रिफ्याब घर बनाउने प्रचलन छ। जसमा ट्वाइलेट बाथरुम र बरण्डा पनि समावेस हुन्छ। कति क्षेत्रमा कतिवटा कोठा बनाउने त्यो अनुसार खर्च लाग्ने थापाले बताए। ६०० स्क्वाएर फुटको ४ कोठा भएको, एट्याच बाथरुम ट्वाइलेट भएको घर तयार गर्दा १३ देखि १५ लाखमा हुने इन्जिनियर थापाले बताए। यसमा रङगरोगन समेत समावेश हुनेछ। त्यस्तै धेरै फिनिसिङ नचाहिने, डेकोरेसन नगर्ने हो भने १० लाखैमै पनि बन्ने उनले बताए। सेतोपाटीबाट साभार