भाँडा नमाझेको भन्दै दलितलाई निर्घात कुट्ने प्रहरी खोरमा 

प्रेम  सुनार

गुल्मी, असार २९ । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

आईतवार दिउँसो करिव साढे ११ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपिन गरेका भाँडाहरु नमाझेको भन्दै कार्कीले स्थानिय ४२ वर्षिय कर्णबहादुर साकीलाई हल्का हातपात गरेर पठाएकी थिईन । तर पछि उनका छोरा कृष्ण कार्की खोज्दै गएर अर्काको घरमा सुतेका सार्कीलाई लाठीले निर्घात कुटेको पिडितले बताए ।

सार्की कुर्घात कुटेर बेहोस भए पछि दलित समुदाय आक्रोषित भएका थिए । त्यस अवस्थामा पिडक पक्षले पिडित सार्की पसल भित्र पिशाव फेरेको र जथाभावी बोलेर सामन्य कुटेका जिकिर गरेका थिए । कुटपिट गरेको प्रत्यक्ष देख्न र बढि नकुट भनेर सम्झाउने त्यसै घरका व्यक्ति ओमबहादुर सिंह हुँदाहुँदै कृष्ण कार्कीले आफुले धकेलेको मात्रै हो , उ आफै लडेर घाईते भएको हो भनेर सञ्चार माध्यमलाई प्रतिकृया दिएका थिए ।

अहिले प्रहरी हिरासतमा रहेका कार्की विरुद्ध छुवाछुत विभेद् र कुटपिटको मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । पिडित सार्की जिल्ला अस्पतालबाट डिस्चार्ज भए पनि हिडडुल गर्न सकेका छैनन् । औषधी उपचार खर्च र श्रीमाति सहित खानपिनको खर्च अभाव भए पछि उनलाई मुद्धा दर्ता लगायतको कामको अवधी सम्म तम्घासमा बस्न समस्या भएको छ । तर पनि तम्घासमा विभिन्न व्यवसाय गरेर वसेका उनका छिमेकी र दलित अधिकारकर्मीहरुले सयोग गर्ने दलित अधिकारकर्मी धर्म बिश्वकर्माले बताए ।

दैनिक भारी वोक्ने लगायतको मजदुरी गरेर जिविका चलाउँदै आएका सार्की त्यस दिन घरमा आराम गरेर थकाई मेट्ने घर सल्लाह अनुसार कार्कीको पसलमा चामल किन्न गएका थिए र घरमा मासुको व्यवस्था समेत गरेर वसेका थिए । तर भाँडा माझ्न जाने क्रममा चिप्लोमा लडेर पानीको भाँडो पोखिए पछि पिसाफ फेरको आरोप सहँदै उनले निर्घात कुटपिटबाट आरोपको साटो उल्टै कुटाई र दुखाई पाए ।

मैले खाएका भाँडा माझ्ने क्रममा अन्य भाँडा पनि छोईस भन्दै सुरुमा साहुनी शोभा कार्कीबाट कुटाई खाएको उनले बताए ।

थप पिटाई खाने डरले स्थानिय ओमबहादुर सिंहको घरमा श्रीमतिले सुरिक्षत गरिरेको बेला उनका छोरा कृष्ण गएर पशु तुल्य कुटपिट गरेको प्रत्यक्षदशीै घर मालिक ८१ वर्षिय ओमबहादुर सिंहले बताए । ‘ कृष्णेको कुटाईबाट कर्णे मर्नै लागेको थियो । मैले जम्ले हात गरेंर ए न पिट मर्न लाग्यो जाक्लिास भनेर सम्झाएँ । कृष्णेले मानेन , कहिले लौरै लौराले हान्ने , कति वेला लात्ति मुड्कीले हान्दै र कति वेला तल झादैं हानेको हानै ग¥यो । उसले पनि ए मलाई बाँच्न दिनुस भनेर जम्ले हात गरेको थियो बेहोस नहुने बेला सम्म’– सिंहले भने–म एकासी वर्षको बुढो हुँ मैले ढाँट्दीन अहि आउनुस देख्ने मेरा अरु परिवारले समेत यहि सत्य कुरा वोल्ने छन् । ’

उनि तत्काल वेहोस भएर नढलेको भए थप पिटाई खाने र उनको ज्यानै जाने थियो भन्छन् प्रत्यक्षदर्शी । त्यसरी मराणाशन्य अवस्थामा रहेका सार्कीलाई रातको समयमा स्टेचरमा राखेर उपचार गर्न लैजान खोज्दा कृष्ण कार्की पक्षका दर्जनौं युवाहरु आएर घाईते हिडाल्नबाट रोक लगाएको अडियो हामी संग सुरक्षित रहेको छ । यस्तो सत्य तथ्यलाई बङ्गाउने हो र पिडकलाई सामन्य कार्वाही मात्र हुने हो भने भोलीका दिनमा तमाव गरिव विपन्नहरुको कुकुरको मराई सरह हुने देखिन्छ ।

यति ठुलो घटनालाई सामन्य ठान्ने , उल्टै दलितहरु आफै सुध्रिुनु पर्छ भन्ने वडाध्यक्ष ओमबहादुर केसी जस्ता केहि मान्छेले औषधी उपचार खर्च व्यहोर्ने र सामन्य माफी समेत मगाएर मिलाउँ भन्दै सदरमुकाममा खुरी खेलेका थिए । तर दलित अधिकारकर्मी धर्म बिश्वकर्मा , झविन्द्र बिक, कमला बराल लगायतले उनिहरुको त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर मुद्धा दायर गराएका हुन् ।

कस्तो कार्वाहीको व्यवस्था छ त ?

जातिय भेदभाव तथा छुवाछुत कसुर सजाएँ २०६८ को दफा–७ , महल– १ क वमोजिम ३ महिना देपख ३ वर्ष सम्म कैद सजाएँ । वा १ हजार देखि २५ हजार सम्म जरीवाना वा दुवै सजाएँ पनि हुन सक्ने व्यवस्था छ । त्यस्ते सोही महलको जातिय विभेद गर्न उक्साउने वा प्ररित गर्ने व्यक्तिलाई समेत त्यसको आधा सजाएँ हुने उल्लेख छ । क्षतिपुर्ति सम्वन्धि दफा– क मा भने कसुर ठहरिए अदालतले २५ हजार देखि १ लाख सम्म कसुरदारबाट पिडित पक्षलाई क्षतिपुर्ति दिलाई दिन सक्ने छ । यि मध्ये कार्कीको कसुर ठहरिएमा अदालतले कस्तो सजाएँको फैसाला गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।

वडाध्यक्ष केसीको सर्वत्र विरोध

यसै विच यस घटनाका विषयमा सञ्चार माध्य संग प्रतिकृया दिने क्रममा त्यस वडाका नव निर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले दिएको अभिव्यक्ति प्रति सामाजिक सञ्चालन मार्फत चर्को विरोध आएको छ । केसी आफैले देखे जस्तो गरेर ति दलितलाई आफै लडेर घाईते भएको र दलितहरु सुध्रिन नसकेर त्यस्तो भएको अभिव्यक्ति दिएका थिए । मराणाशन्य ति दलितलाई त्यसो नगर्न पर्ने हो भनेर उनले दुख व्यक्त गर्नुको साटो उल्टै सिङ्गो दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएका छन् ।

पटक पटक दलितहरु सुध्रिनु पर्दछ भनेका उनले कार्की जस्ता मानिसलाई गोरु चुटे झैं चुटने जस्ता हेपाहरुको गल्ती छ भनेर पटक्कै भन्न रुचाएनन् । उनिहरुले आरोप लगाए जस्तै उनले पिशाव फेरेकै भए पनि त्यसरी मराणाशन्य कुट्न पाईन्छ रु तम्घासका होटल व्यवसायीहरु भन्छन् आर्फैले जाँड बेचे पछि कहिले काँही दिशा पिसा र वान्ता सोर्नु पनि परेको छ तर हामी त्यो जाँड खाएको मान्छेलाई सुरक्षित साथ कि घर पठाउँछौ कित सुताउँ छौं । तर मुसिकोटमा एक त किराना पसलमा एक त अवैध घरेलु मदिरा बेच्ने र त्यही बसेर खान पनि दिने अनि केहि कुरामा रिस उठ्यो भनेर मान्छेलाई त्यसरी पिट्ने रु यस्तो प्रति प्रश्न गरिएको छ । यो युगमा यहि हो न्याय रु सवैका साझा जनप्रतिनिधीको यहि हो अभिव्यक्ति रु भन्दै सामाजिक सञ्चालमा वडाध्यक्ष केसीको चर्को विरोध भई रहेको कुरा आफै हेर्न सक्नु हुनेछ ।

माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो

प्रेम सुनार गुल्मी, असार–२० । म यति वेला गुल्मीको धुर्कोट गाउँपालिमा विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयले आयोजन गरेको सपथ ग्रहण तथा ओहदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम स्थलमा छु । म २०६४ र २०७० सालको संविधान सभा निर्वाचनको रिर्पोर्टिङ्ग गर्न धेरै पटक आएको थिए । त्यति वेला कांग्रेस, एमाले र माओवादी विच चुनाव प्रचारका क्रमा एकले अर्कोलाई देख्यो कि आक्रमक हुन्थे । ठाउँ ठाउँमा झडप पनि भएको थियो । तर यति वेला तिनै हिजोका मुसा र विराला जस्ता युवाहरुको हित प्रेम यति नजिकिएको देखियो कि यत्तिको त भर्खर विवाह भएका वेहुला वेहुली वा भर्खर माया प्रेम वसेका प्रेमी प्रेमीका विच पनि हुँदैन होला । एउटा युवाले छातिमा चारतारे झण्डा अंकित टिर्शर्ट लगाएका छन् अर्कोले हँसिया हतौंडा अंकित टिशर्ट लगाएका छन् । एकले अर्कोको हात सङ्गलो पारेर वाजा तालमा झुमेका छन् । गीतको वोल यस्तो छ–‘कांग्रेस माओवादी जोडियो, एमालेलाई छोडियो … वाघको शालिका, एमाले किल्लामा धुर्कोट पालिका, …धुर्कोट पालिका,… धुर्कोटपालिका एमाले किल्लामा हाम्रो पालिका………..यस्तो गीत गाई सकेपछि चर्को हुटिङ्ग चल्छ र घन्किन्छ वाजा झुम्न थाल्छन युवाहरु । .’ फेरी नारा सुरु हुन्छ , माओवादी कांग्रेस जोडियो , एमाले किल्ला तोडियो …यहि नारा झण्डै एक महिना देखि घन्कियो धुर्कोट गाउँपालिका भित्र । सायद यहि नारा र कांग्रेस एमाले विचका सहमति पालनमा पुर्ण ईमान्दारिता भएर होला माओवादी केन्द्रका एक मात्र गाउँ प्रमुखमा भुपाल पोखरेल विजयी भएका छन् । यस जिल्लामा मात्र पहिलो र एक मात्र माओवादी केन्द्रको विजयी उमेदवार होईनन पोखरेल , यो रिर्पोट तयार पार्ने वेला सम्म लुम्विनी अञ्चलकै पहिलो विजयी उमेदवार हुन उनि । उनका लागि यो गाउँपालिका जित्न फलामको चिउँरा चपाउनु सरह थियो । तर एमालेको एक छापे गाविस भनेर चिनिने साविकको वाग्ला गाविस र हालको वडा नम्वर ७ ले नै माओवादी केन्द्रका पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका शिवबहादुर खत्रीलाई अन्य वडामा भन्दा बढि मत दिएर विजयी बनाए । चुनावी ईतिहाँसमा कांग्रेस , माओवादी दुवैका लागि यो ऐतिहाँसिक जित हो । उनिहरु सहित विजेता सवैलाई धुर्कोटका निर्वाचन अधिकृत लोकनाथ भुसाले सपथ खुवाउँदै ओहदाको प्रमाण पत्र प्रदान गरे । धुर्कोट गाउँपालिकाका कार्यकारी अधिकृत होमनाथ काफ्ले १०३ जनाले उमेदवारी दिएकोमा ३७ जना निर्वाचित भएका छन् । वाग्लाका कांग्रेसजनको गुनासो र खुशी सपथ ग्रहण कार्यक्रम सकेर धुर्कोट गाउँपालिकाको वडा नम्वर ७ , साविकको वाग्ला गाविसमा पुगियो । त्यहाँका कांग्रेसजनले माओवादी , कांग्रेस गठबन्धनले जितेकोमा अलि सास आएको बताए । यो जितलाई उनिहरुले ऐतिहाँसिक जितका रुपमा लिएको बताउँदै वाजातालमा एक साथ नाचेर खुशीयाली बनाए । त्यहाँका कांग्रेसजनको आरोप यस्तो छ – हामी वाग्लावासी कांग्रेस र माओवादी एमालेको राणशासनमा बाँचेका थियौं । अव मुक्त हुन्छौं कि भन्ने आशा पलाएको छ । – –दल फेर्न पाउने अधिकार सवैलाई छ कि छैन ? यहाँ एमालेबाट कांग्रेसमा प्रवेश गरे पछि सरकारी सेवा सुविधाबाट बञ्चित गरिन्छ । पछिल्लो उदाहरण ग्रामिण महिला स्वास्थ्य स्वयम सेविक एमालेबाट कांग्रेसमा प्रवेश गरेपछि उनको जागिर खाई दिए । – चुनाव भरी त्रासामा बाँच्यौं । लुकेर हिड्नु प¥यो । कांग्रेसजनका ढोका हानियो, हाम्रा कार्यकर्ता अनिल बिकलाई घरको खाँवामा बाँधेर निर्घात कुटेर आफ्ना कार्यकर्ताले बोकेको खुकुरी उसलाई समात्न लगाएर तस्वीर खिचियो । – त्यहाँका कांग्रेस सचिव तिर्थराज घिमिरेले हामी माथीको एमाले ज्यादती जस्ताको त्यस्तै मिडियामा पुराई दिन आग्रह गरे – पार्टी सभापति मधुराम पन्थी लगायतका कांग्रेजनले रुकम रोल्पा र वाग्लाको तुलना गरे वाग्लाका कांग्रेस सभापति मधुराम पन्थी केहि दिन अघि एमालेको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका एमाले अध्यक्ष कोपी शर्मा ओलीले भनेका थिए कि रुकुम , रोल्पामा गणतन्त्र आउनु त परै जाओस वहुदल पनि आएका छैन भनेर । उनले माओवादी दवदवा र चुनावमा माओवादीलाई वाहेक अरु दललाई भोट हाल्न त्यहाँका जनतालाई स्वतन्त्र छैन भनेर भन्न खोजेका हुन् । पन्थीले भने रुकुम रोल्पामका जनतालाई वहुदल पनि आएको छैन भने झन हामी त यहाँ एमालेको राणा शासनमा दविएर , अत्यचार सहेर बसेका छौं । रुकुम रोल्पामा वरु विकास भएको छ । त्यहाँ जताततै बत्ति पनि बलेको छ तर वाग्लामा वत्तिको हालात यस्तो छ । सडकको हविगत देख्नु नै भयो । विद्युतका पोल रुखहरुमा लत्रेका छन् । तल पुल त बनेको छ तर पुलमा जाने बाटो बनेको छैन् । खै लगतार एमालेले २०÷२५ वर्ष वाग्लामा शासन गरेर के भयो ? रुकुम रोल्पा संग विकासमा वाग्ला दाँजे भई हाल्यो नि । एमालेबाट वाग्लामा विजयी वडाध्यक्ष भिमप्रसाद पन्थी –कांग्रेसजनको सवै आरोप चुनावी हत्काण्ड हुन् –ति अनिल बिकलाई शुनियोजित रुपमा पठाईएको छ , बिकले खुकरी बोकेको भन्ने सुनेको छु । उनलाई नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको भन्ने सुनेको छु –आफुहरु स्वयंम भएर बसेका थियौ, जिस्काउन पठाउने उहाँहरु नै हो –एमालेले जागिर खाई दियो भन्ने आरोप झुटो हो , वडाले गर्ने निर्णय हो , मलाई त त्यो कुरा पनि थाह छैन् –भुकम्प पिडित भुपाल बिक किन परेनन् पिडिछमा हामीलाई थाह छैन, परे राम्रो हुने हो – जे जति आरोपहरु एमालेलाई लगाईएको छ , त्यो सव गलत हो । फोटो फिचरः धुर्कोट गाउँपालिकाको शपथ ग्रहण समारोहको

के छ सभामुखको मुस्कानको रहस्य ?

चुनावको उत्साहले सभामुखलाई पनि छोडेन । रोल्पाको माडिचौर जन्कोट बाल उदय मावि केन्द्रमा लाइनमा बसेको बेला उनले माओवादी नेता तथा आफ्ना श्रीमान वर्षमान पुन ‘अनन्त’लाई हेरेको बेला लिइएको तस्वीर सभामुखको मुहारमा व्यवस्थापिका संसदमा बस्दाखेरिको गम्भिरता छैन । बरु एउटा मधुर चञ्चलता देखिन्छ । मानौं भन्दैछिन्– तपाई नि आउनु न लाइनमा, सँगै भोट हालौं । कुनै बेला यो जोडी बन्दूक बोकेर मुक्ति र क्रान्तिको नारा लगाउँदै सँगसँगै रोल्पा रुकुमका बस्ती छिचोल्न पुग्थे । सन्तोष दंगालको फेसबुकबाट

हेलिकप्टरका कारण होटेल व्यवसायी चिन्तामा

म्याग्दी, २ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआउनुभएका बोमबहादुर पुन हिजोआज निराश हुनुहुन्छ । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उहाँ निराश हुनुभएको हो । पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहँुदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर रोजेका हुन् । पदमार्गअन्तर्गत बेनीहुँदै ताकम पुगेका पर्यटक अधिकांशले आधारशिविरसम्म पुग्नका लागि विभिन्न ट्रेकिङ एजेन्जीसँगको समन्वयमा हेलिकप्टर चढ्ने गरेका छन् । पदमार्गलाई लक्षित गरी सञ्चालन गरिएका होटल व्यवसायी समस्यामा परेका छन् । “पदमार्गलाई व्यवस्थित तथा सञ्चारको सुविधा उपलब्ध गराउन नसके हाम्रो व्यवसाय धरापमा पर्छ,” उहाँले भन्नुभयो । धौलागिरि पदमार्ग भएर असोजदेखि मङ्सिरसम्म तथा फागुनदेखि जेठसम्म पर्यटकको बढी आवतजावत हुन्छ । तर वर्षौँदेखि दुर्गममा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दैनिकी चलाउन नसक्ने अवस्थामा पुगेका पुन बताउनुहुन्छ । धौलागिरि पदमार्गभएर बर्सेनि एक हजार ५०० भन्दा बढी पर्यटक आउने जाने गरेका छन् । पछिल्लो समय हेलिकप्टरको प्रयोग हुन थालेपछि यहाँका होटल व्यवसायी चिन्तित बनेका छन् । धौलागिरी पदमार्गअन्तर्गत इटाली आधार शिविरमा २७ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका हरि तिलिजा पर्यटकको सङ्ख्या घट्दै गएपछि आफूहरु समस्यामा परेको बताउनुहुन्छ । हिमाल आरोहणमा जाने पर्यटकले पदयात्रा गरेर आधारशिविरसम्म पुग्न करिब ६ दिन लाग्छ । पर्यटकसँग सामान धेरै भएका कारण भरियाको अभावमा उनीहरुले हेलिकप्टर चार्टर गर्दैआएका छन् । पदमार्गअन्तर्गत सल्लाघारी, तलित्रेखोला, नौलोवन, म्याग्दी नदीको मुहानलगायत खोलामा झोलुङ्गे पुल छैन । “भिर पहिरोमा साँघुरो बाटोमा पर्यटकले जोखिम मोलेर हिँड््न चाहँदैनन्,” तिलिजाले भन्नुभयो । स्थानीय बासिन्दाले काठको अस्थाई साँघु बनाएर आवतजावत गर्ने गरेका छन् । धौलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएकी थमसरा पुन धौलागिरि पदमार्गको विकासका लागि गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पदमार्ग र सञ्चार क्षेत्रको विकास र पहुँच विस्तार गरिने उहाँको भनाइ छ । रासस

राजनैतिक प्रतिशोधको शिकार बन्दै सैनिक जवान

प्रेम सुनार गुल्मी । गुल्मी दरवार गाउँपालिकामा भएको कांग्रेस एमाले विचको प्रतिशोध पुर्ण भनिएको कुटपिट घटनाको शिकार सैनिक जवान समेत भएको खुलेको छ । त्यस गाउँपालिका–४ को विरवासमा दुई जना एमाले कार्यकर्ता कांग्रेस कार्यकर्ताबाट निर्घात कुटिएको भनिए पनि एक जना कुनै राजनैतिक दलको कार्यकर्ता नभई विदामा घर आएका नेपाली सेनाका जवान भएको आज जिल्ला प्रहरी कार्यालयमा भएको छलफलका क्रममा खुलेको हो । प्रत्यक्षदर्शीका अनुसार बुधवार साँझ करिव साढे ८ वजेको समयमा विदेश जाने तयारीका क्रममा स्थानिय एक युवाले साथी भाई विच विरवासको एक होटलमा भोजको आयोजना गरेका थिए । नाचगान, हुटिङ्ग चलि रहेकै वेला वाहिरबाट वोलाउन आएका केहि युवाहरुको समुहले भोजमा सहभागी त्यसै विरवास घर भई नेपाली सेना सल्यान व्यारेकमा कार्यरत २४ वर्षिय सुर्यबहादुर पल्ली र सोही उमेरका स्थानिय ओमबहादुर रजालीलाई टाउँकोमा रड प्रहार गरी मरणसन्न हुने गरी ढलाएका थिए । यस घटनालाई त्यहाँको कांग्रेस एमाले दुवैले एकले अर्कोलाई दोषि देखाउँदै राजनैतिक प्रतिशोध भने पनि निर्घात कुटाई खाने मध्येका पल्ली राजनीति संग चासो राख्नै नमिल्ने संस्था नेपाली सेनाका जवान भएको स्थानियवासीले बताएका छन् । उनिहरुलाई कुटपित गर्ने चार जना युवाहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ । कुटपीटको आरोपमा सोहि स्थानका ३६ बर्षिय बिशाल सोमरे, २२ बर्षिय प्रेम सोमरे, ३४ बर्षिय पदम पल्ली र २७ बर्षिय ज्ञानु रेश्मीलाई प्रहरीले गिरफतार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अहिले छलफल चलिरहेकोले कुनै प्रतिकृया नदिने त्यस कार्यालयका प्रवत्ता महेन्द्र नेपालले बताए । ‘पदम पल्लीले होटल बाहिर बोलाएपछि म बाहिर आएँ, जिल्ला अस्पताल तम्घासको शैयामा उपचार भई रहेका सैनिक जवान पल्लीले भने वाहिर निस्कीन साथ एक्कासी रड प्रहार गरे पछि म वेहोस भएर ढले त्यस पछि केहि थाह पाईन । अर्का घाईते रजाली पनि अक्कासी टाउँको रड प्रहार गरे पछि केहि होस नपाएको बताउँछन् । कुटपीट गर्ने युवाहरु कांग्रेस र कुटिने युवाहरु मध्येका एक जना रजाली एमाले समर्थक कार्यकर्ता भएको प्रहरीले जनाएको छ । यो घटनालाई जिल्ला तथा स्थानीय एमाले नेताहरुले नियोजित आक्रमण भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी दरवार गाउँपालिका ४ विरवासका वडाध्याक्ष खुम बहादुर पल्लीले दिउँसो कांग्रेसकको टिसर्ट लगाउँदै र चुनावी गीत घन्काउँदै मोटरबाटमो डोजर चलाउँदै गरिएको बेला आफ्ना कार्यकर्ताहरुले सम्झाएको रिस साँधेर सँझ नियोजित रुपमा कांग्रेसजनले आक्रमण गरेको र गाउँ त्रसित पारेको आरोप लगाए । उता नेपाली कांग्रेसका नेताहरुले पनि एमालेहरुले आफुहरुलाई गाउँमा त्रसित पारेको आरोप लगाउँछन् । नेपाली कांग्रेस त्यहाँका वडा सभापति केशवराज कँडेलले पहिला उनिहरुले घच्चाएको र घुचडा घुचड गर्ने क्रममा उनिहरु नै बढि आक्रोषित भई घर घरमा ढोका हान्ने काम भएको र आफुलाई समेत कुटपिट गरेको बताए । निर्वाचनको प्रचार प्रचारका क्रममा केहि दिन यता त्यस गुल्मी दरवार गाउँपालिकाका विभिन्न स्थानमा कांग्रेस र एमालेका कार्यकर्ताहरु विच झडप हुँदै आईरहको छ । तिन दिन अघि कांग्रेसले त्यसको छिमेकी गाउँ उपल्लो भंगेरीमा पाईप बाँड्यो रे भन्ने आरोप लगाउँदै निगरानी गर्न पुगेका एमालेका केहि कार्यताहरुलाई त्यसै गाउँपालिकाका कांग्रेस कार्यकर्ताहरुको ठुलो समुह जुटेर झण्डै चार घण्टा सम्म घेराउँ गर्दै लछार पछार समेत गरेका थिए । उक्त गाउँपालिकामा कांग्रेस , एमाले विच कडा चुनावी टक्कर छ । उक्त गाउँपालिका सदरमुकामको रेसुङ्गा नगरपालिका संग जोडिएको गाउँपालिका हो ।

मर्यो भनिएका व्याक्ति गुल्मीमा दलितबाट पहिलो मेयर उमेदवार

प्रेम सुनार गुल्मी, असार १ । दलित समुदायबाट गुल्मी जिल्लाको पहिलो र एक मात्र मेयर पदका उमेदवार धर्म बिश्वकर्माको जिवनचक्रः ‘ कुनै समय गुल्मीको सदरमुकाम तम्घासमा मैले डेरा सम्म पाउन सकेको थिएन तर अहिले यसै ठाउँमा र तिनै घरहरुमा भोट माग्न हिडेको छु ’– गुल्मीमा दलित समुदायबाट पहिलो र एक मात्र नगर प्रमुख पदका उमेदवार धर्म बिश्वकर्माले भने–‘हिजो छुवाछुद विभेदकै कारण मैले डेरा पाउन सकेको थिईन आज तिनै घरको भित्र सोफामा वस्न स–सम्मान बोलाईन्छ र चिया पिउँदै आफ्ना कुरा राख्न पाएको छु ।’ बढि मात्रमा सदरमुकाम तम्घास कट्टर वाम्हण समुदाय बस्ने स्थान हो , माओवादी केन्द्रको तर्फबाट मेयर पदका उमेदवार बिश्वकर्र्मा यति वेलाको चुनावी प्रचारमा हिडि रहँदा हिजोका तिनै कट्टर व्राम्हण समुदाय नै अहिले छृुवाछुद अन्त्यको अगुवाई गरिरहेको बताउँछन् । ‘दलित समुदाय भित्रै वरु मैले विभेद पाएँ ’–विश्वकर्माले भने –‘जसले हिजो विभेद गर्दथ्यो उसैमा अहिले कत्ति पनि जातिय विभेदको मानसिकता नभएको देखे ।’ अहिले सदरमुकाम तम्घासका प्रतिष्ठीत व्यवसायीहरुको सुचिमा पर्ने मेयर पदका उमेदवार बिश्वकर्माको विगल भने निकै जातिय विभेद सह्यो र आर्थिक अवस्था पनि निकै कहालि लाग्दो थियो । ३० वर्ष अघि देखि कम्युनिष्ट आन्दोलमा सक्रिय हुँदै आएका विश्वकर्मा जन्मभुमी अर्घाखाँचीको धारापानी–२ बाट कम्युनिष्ट आन्दोलनको कार्य क्षेत्र तम्घामा खटिएर २७ वर्ष अघि तम्घास आएका थिए । त्यति वेला नेकपा मसालले खटाएर पार्टीका पत्रपत्रिका विक्रि वितरण गर्ने, संगठन विस्तारमा जुट्ने गरेका बिश्वकर्मालाई छाक टार्न मुस्कीले पर्ने देखेर केहि उपाय निकाले । त्यो उपाय थियो कुनै न कुनै पसल । उनले तम्घासको पुतली वजारमा एउटा टहरा बनाउने जग्गा भाडामा खोजेर त्यसैमा तरकारी बेच्ने त्यसैमा खाने बस्ने र त्यसैमा पार्टी कार्यालय चलाउन थाले । उनि त्यो कहालि लाग्दो विगतलाई स्मरण गर्दै भन्छन् त्यो जमनामा पञ्चहरु र कांग्रेसको दवदवा रहेको तम्घासमा कम्युनिष्ट भएर टिक्न निकै कठिन थियो तर पनि संघर्ष गरियो , टिकियो , यहि समाजमा भिजियो र आज मेयर पद सम्मको भोट माग्ने अवस्र पनि पाईयो । ’ गुल्मीका २ नगर पालिका र १० गाउँपालिका मध्ये उप प्रमुख पदमा समेत कुनै पनि राजनैतिक दलले कुनै पनि पालिकामा उमेदवार नदिई रहेको अवस्थामा बिश्वकर्मालाई माओवादी केन्द्रले हारुन् वा जितुन मेयर पदको उमेदवार बनाएर ईतिहाँस कोर्ने एउटा अवसर भने दिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई वाल्यपन देखि नै राजनीतिमा लागेका उनि २०४५ सालमा अखिल छैठौंको अर्घाखाँची जिल्ला सचिव बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा गुल्मीको जिल्ला सदस्य र एकता केन्द्र मसालको पार्टी सदस्यता लिएका बिश्वकर्मा २०५२ साल देखि माओवादी जनयुद्धमा आवद्ध हुन पुगेका थिए । आफन्तले लास कुरेका व्यक्तिको सास नै आयो त्यस क्रममा २०५८ सालमा तत्कालिन शाही सेनाबाट पक्राउ परी तम्घासको ब्यारेकमा कठोर याताना भोगेका उनलाई परिवार र आफन्तजनले जिवित फर्केर आउलन भनेर कल्पना गर्न नसकी रुवावासी गर्ने गर्दथे । कैयौं दिन सम्म परिवारजन संग अत्तो न पत्तो भएका उनलाई जिवित छैनन भनेर परिवारजनले शव सम्म पाए पनि धन्य हुन्थ्यो । भन्ने कामना गर्न विवस भएका थिए । फेरी दैविक आक्रमणका शिकार मारे होलान् भनिएका व्यक्ति जे होस बाँचेर त आए । तर फेरी उनि माथी दैविक आक्रमण सुरु भयो । परिवारका सदस्य कहिले दुर्घटनामा परे , कहिले आकस्मीक विमारबाट एक मात्र छोराको मृत्यु लगायतका दैविक आक्रमणले उनलाई आर्थिक रुपमा बेस्सरी थला पार्यो । तर पनि उनले हरेस खाएनन् । तरकारी बेच्ने छाप्राबाट आलिसान महलको मालिक उनले ऋण काढेर सुन चाँदीका गहनाहरुको फुल बुट्टा काट्ने डाई कटिङ्ग व्यवसाय यस जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याए । सदरमुकाम तम्घास देखि जिल्ला भर र छिमिकी जिल्लाअरुवाट समेत सुन चाँदी व्यवसायीहरु ओईरिन थाले पछि उनले नसोचेकै सपना त्यस व्यवसायले दियो । अहिले उनि यसै सदरमुकाम तम्घासमा सिसै सिसाले सजाईएको तिन तले महलका मालिक बनेका छन । मित्रजन भन्छन उनि पौरखका धनी हुन् उनको ति कहालि लाग्दा दिन देखिका नजिकका मित्र तथा सुन चाँदी व्यवसायी संंघ गुल्मीका अध्यक्ष वालकृष्ण बराल भन्छन–‘ धर्म जि भाग्यका होईन पौरखका धनी , संघर्षका सतिसालव्यक्ति हुन । उनले कुनै दिन तरकारीको भारी बोक्थे त्यसैको परिणती हो हो यो ।’ उनको जित्ने आधार गुल्मीका अन्य गाउँ र नगरपालिकाको तुलनामा रेसुङ्गा नगरपालिकामा माओवादी केन्द्रको संगठन कहि कम्जोर रहेको स्वीकार गरे पनि मेयर पदका उमेदवार पार्टीकै आंकलनले हार्ने कुरा स्वीकार गर्दैनन् । हो म मान्छु–‘ हाम्रो संगठन थोरै कम्जोर यो नगरपालिकामा छ तर यहाँका पुरानो पुस्ताबाट सन्तुष्ट छैनन यहाँका सचेत जनता , उनिहरुले युवा पुस्ता खोजेका छन यस अर्थमा पनि पार्टी भन्दा मलाई रोज्नु हुने कुरामा म विश्वस्त छु । ’ देवकुमार नेपाली कै जस्तो हुन सक्ने उनले अर्को आधार हिजो दलित भने पछि मुस्कीलले वडा सदस्य दिने र प्रमुख जिम्मेवारी दिए दलितले गर्न सक्दैन र हामीलाई टेर्दैन पनि भन्ने हिजोको मानसिकता तोड्न पनि यहाँको दलित र अन्य उत्पीडित समुदायले भोट दिने छन् र जित्ने छु भन्ने रहेको छ । उनि रेसुङ्गा वहुमुखी क्याम्सका सञ्चालक समिति कोषाध्यक्ष, रेसुङ्गा अस्पतालका सञ्चालक हुँदै विभिन्न संघ–संस्थामा आवद्ध छन् । विपक्षी राजनैतिक दलका समकक्षी नेताहरु विचमा समेत विकासमा सहकाय गर्नु पर्छ भन्ने मान्यता राख्ने युवा नेताका रुपमा चर्चा पाउने गरेका बिश्वकमौ विकास प्रेमी मानिन्छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र दलित मुक्तिमोर्चा गुल्मीका अध्यक्ष रहेका विश्वकर्मालाई ढोरपाटका मेयर देवकुमार नेपाली संग दाँजेर चर्चा गर्न थालिएको छ । दलित समुदायबाट मेयर पदमा ढोरपाटन नगरपालिकामा उमेदवार घोषणा गर्दा देखि र मत परिणाम नआउञ्जेल सम्म प्र्रतिष्पर्धी नेपाली कांग्रेसले  उनले जित्ने कुरा गर्दा गिज्याउँथ्यो नै उनकै पार्टी एमालेले समेत उनले जित्लान भन्ने आँकलन समेत गरेको थिएन । त्यस्तै अनपेक्षित मत परिणाम दलित समुदायबट गुल्मीका यि पहिलो र एक मात्र मेयर पदका उमेदवार बिश्वकर्मालाई पनि आउन के वेर ? भन्ने चर्चा यति वेला चलिरहेको छ । अन्यत्र दको अवस्था निरासजनक जिल्लाका ९३ वडा मध्ये यो प्रत्ति तयार गर्ने वेला सम्म जम्मा ६ वटा वडामा एमालले दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छ , माओवादी केन्द्रले ७ ( वढ्न सक्ने ) र नेपाली कांग्रेसले एक जना पनि दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छैन ।

समस्या बुझ्ने उम्मेद्वारलाई धनगढीका मतदाताकाे भोट

कैलाली, जेठ २ । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको फूलबारी क्षेत्रका स्थानीयले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरुले दिने मतको कदर हुनु पर्नेमा जोड दिएका छन् । विकासको अपेक्षाका साथ निर्वाचनको ब्यग्र प्रतिक्षा गरिरहेको उल्लेख गर्दै उनीहरुले भोटको सट्टामा विकासको आशा गरेको बताएका छन् । जनताको समस्यासंग घुलमिल भएका र समाधानको सामाथ्र्य राख्ने उम्मेदवारलाई भोट दिएर जिताउने उनीहरुको भनाइ छ । क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने फूलबारीलाई गतवर्ष धनगढी उपमहानगरपालिकामा गाभिएको थियो । धनगढी उपमहानगरपालिकामा गाभिएपछि स्थानीय तहको निर्वाचनमा फूलबारीको महत्व अझै बढेको छ । विगतको निर्वाचनमा फूलबारीको भोट पाएका नेताहरुले विकास निर्माणप्रति चासो नदेखाएकाले यसपालिको निर्वाचनमा मतदाताको सतर्कता र अपेक्षा बढी देखिएको छ । उनीहरुले उम्मेदवारको पृष्ठभूमि अध्ययन गरेर मात्रै आफ्नो अमूल्य मत दिएर जिताउने जिकिर गरेका छन् । ‘हामी उपमहानगरवासी भए पनि गाउँ ठाउँको विकास भएको छैन’, स्थानीय कृष्ण धमलाले भने–‘तल्लो स्तरबाट विकास गर्ने जनप्रतिनिधिको खाँचो छ । यस प्रकारको क्षमता भएका प्रतिनिधिलाई नै आउँदो स्थानीय तहको निर्वाचनमा भोट दिन्छौं ।’ फूलबारी क्षेत्रमा सडक पूर्वाधार, शुद्ध खानेपानी लगायतको समस्या रहेको छ । पछिल्लो पटक धनगढी–फूलबारी–हसुलिया खण्ड हुलाकी मार्ग सञ्चालन भएपछि सडक छेउछाउमा विकासको गति देख्न सकिन्छ । तर, हुलाकी मार्ग भन्दा भित्रि ठाउँको ग्रामीण सडक भने अझै कच्ची छन् । शुद्ध खानेपानीको व्यवस्था हुन नसक्दा नल्काको पानी खान बाध्य रहेको स्थानीय शेरबहादुर भण्डारीले बताए । उनले भने–‘खानेपानीको समस्या यहाँको सबै गाउँमा छ । ग्रामीण सडक पनि बिग्रिएको छ । हामीलाई गाउँ ठाउँको विकास गर्ने प्रतिनिधि चाहिएकोले विकासप्रेमीलाई भोट दिन्छौं ।’ विभिन्न सपना देखाएर भोट माग्ने तर चुनाव जितेपछि फर्केर नेताहरुले नहेरेको प्रायः सबैतिर गुनासो सुनिन्छ । फूलबारीवासीको गुनासो पनि अन्यत्रको भन्दा फरक छैन । नेताहरुले भोटका लागि चिल्ला कुरा गर्ने तर जितेपछि फर्केर नहेर्ने परिपाटी पनि रहेको उनीहरुको भनाइ छ । झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले पनि स्थानीयले विकासको अपेक्षा गर्नु स्वभाविक रहेको कतिपयको तर्क छ । ‘स्थानीय निकाय लामो समयसम्म कर्मचारीतन्त्रको भरमा चल्दा जनताको अपेक्षाकृत काम नभएकाले स्थानीय तहको निर्वाचनका क्रममा विकासको अपेक्षा बढी हुनु स्वभाविक हो’, स्थानीय अमरबहादुर चन्दले भने–‘जनताको प्रतिनिधि आएपछि स्थानीयस्तरमा विकासले गति लिने विश्वास गरेका छौं ।’ विगतको निर्वाचनका क्रममा विकासकै सपना देखाएर नेताहरुले भोट बटुले पनि काम नगरेको चन्दले गुनासो गरे । ‘यसपालिको निर्वाचनमा हाम्रा समस्या बुझ्नेलाई भोट दिएर जिताउँछौं’, उनले अगाडि थपे–‘हामीलाई सपना देखाउने हैन । विकासप्रेमी जनप्रतिनिधि चाहिएको छ ।’ स्थानीय तहको चुनावमा भोट पाएर जित्ने व्यक्तिले ग्रामीण क्षेत्रलाई बिर्सिने हुन की भन्ने स्थानीयमा शङ्का पनि रहेको छ । विगतमा नेताहरुले चुनाव जितेपछि फर्केर समस्या बुझ्न समेत नआएकाले यसपालि सतर्क रहेको कतिपयको भनाइ छ । चुनाव जित्ने उम्मेदवारलाई स्थानीयका मतको कदर गर्न र देखिने विकास गर्न आवश्यक रहेको स्थानीय विष्णु अधिकारीले बताए । निर्वाचन जित्ने उम्मेदवारले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मतदाताको मन जित्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेताहरुले दलबाट प्रतिनिधित्व गर्ने भएका कारण उनीहरु जितेपछि जनताको अभिमतको कदर भन्दा कार्यकर्ता मोहमा ध्यान दिन्छन्’, अधिकारी भन्छन्–‘हामीलाई जनता तथा विकासप्रेमी प्रतिनिधिको आवश्यकता छ । नेताहरुले स्थानीयस्तरमा विकासलाई बढी प्राथमिकता दिइनु पर्दछ ।’ सरकारले प्रदेश नम्बर ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचनको चहलपहल बढ्दै गएको बेला स्थानीयहरु आ–आफ्ना गाउँ ठाउँमा रहेका समस्याको फेहरिस्त सुनाउन थालेका छन् । स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले ग्रामीण क्षेत्रको समस्या समाधानमा ध्यान दिने उनीहरुको अपेक्षा छ । ‘स्थानीय तहमा आउने जनप्रतिनिधिले गाउँ ठाउँको विकासमा ध्यान दिइनु पर्दछ’, कृष्ण धमला भन्छन्–‘हामी सबै स्थानीयवासी विकास कुरिरहेका छौं । झूटो आश्वसन हैन ।’ कैलालीको फूलबारीमा एमाले, काङ्ग्रेसको पकड बलियो मानिन्छ । तर, स्थानीय तहको चुनावमा पार्टी भन्दा पनि विकास निर्माणममा तत्परता देखाउने व्यक्तिलाई भोट दिने स्थानीयहरुको भनाइ छ । उनीहरुले विगतमा पार्टीहरुलाई हेर्दा धोका पाएका बताएका छन् ।

निर्वाचनको एक दिन !

पुष्पा महरा स्थानीय तहको निर्वाचन २०७४ मा मतदाताहरु निकै उत्साहित तरिकाले मतदान गरिरहेका थिए । आज विहान ७ बजेदेखि सुरु भएको मतदान समय साँझ ५ बजेसम्म संचालन भयो । प्रदेश नं. ३, ४ र ६ मा मात्रै निर्वाचन भएको मतदानमा दोलखा, मकवानपुर, नुवाकोट, रुकमलगायत केही जिल्लाहरुमा सामान्य घटनाहरु भए पनि समग्रमा शान्तिमय र सौहाद्रपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भोट हाल्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो नै गृहजिल्ला चितवन गई आज भोट खसाले । त्यसतै अन्य दल तथा नेताहरुदेखि कलाकारहरुले समेत आ–आफ्नो मतदाता नामावली भएको स्थानबाट भोट खसालेका छन् । सर्वसाधारणहरुले पनि झण्डै २० वर्षपछि भइरहेको स्थानीय तहको चुनावमा निकै उत्साहपूर्वक उपस्थिति देखाएका थिए । सुनसान सडक, सार्वजनिक सवारी अावगमनमा अाज राेक लगाइएकाे  थियाे । पसलहरू पनि अाज बन्द थिए । धेरै जसा स्थानमा सर्वसाधारणहरु निर्धारित समयभन्दा अगाडि नै भोट खसाल्नका लागि मतदान केन्द्रमा उपस्थित भएको केन्द्राध्यक्षहरुले बताएका छन् । म्याद प्रहरी, नेपाल पुलिसलगायतको कडा सुरक्ष घेराबीच स्थानीय निर्वाचन सम्पन्न भएको छ । अब जनता मतपरिणाम कहिले आउला र कसले जित्ला, ‘मेरो मत खेर जाला कि नजाला ?’ भन्ने कौतुहलता पालि बसेका छन् । अझ काठमाडौ महानगरपालिकामा बाजी कसले मार्रा भन्ने विषय निकै ठूलो मानिएको छ । तस्वीर ः इभा राजवाहक

खोटाङका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

खोटाङ,  वैशाख १७। सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो । चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ । एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् । पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भने  – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।” पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ । दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ । सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो । हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ । पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ ।

पेट्रोल पम्पमा भीषण आगलागी, वाणिज्य बैङकको कार्यालय पनि जल्यो

डोटी, चैत २० । सदरमुकाम दिपायलमा रहेको जेबी आयल स्टोरमा आगलागी भएको छ । व्यस्त बजारमा रहेको पम्पमा आगो लागेको आगलागीका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । आइतबार दिउँसो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीबाट पम्प नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । तर कति रकम जल्यो भन्ने बारेमा केही बताइएको छैन । व्यस्त बजारमा लागेको आगो दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरे पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । पम्पबाट सुरु भएको आगो नजिकैका घरमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आागलागिको कारण कारण खुलेको छैन ।

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

बेनी (म्याग्दी), चैत २० । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली वैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले ४३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल हुनुभएको हो । कुँवरले यस विषयमा केही वर्षदेखि निरन्तर रूपमा खोज गरिरहनुभएको थियो । उहाँले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आए पनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो । सन् १५६४ मा इटालीमा जन्मिनुभएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिकशास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थाल्नुभएको थियो । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन । इटालीमा आफ्नो अध्ययन पूरा गरी हाल काठमाडौँका विभिन्न अनुसन्धान संस्थामा सम्बद्ध रही अनुसन्धान गरिरहनुभएका वैज्ञानिक कुँवरले भन्नुभयो, “यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाऊ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आउनुभएको थियो ।” विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलापछि कुँवरले सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गर्नुभएको थियो । ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरू’ शीर्षकका ती दुई अनुसन्धानपत्र भौतिक विज्ञानका लागि चाबी सिद्ध हुने खोजकर्ता कुँवरले बताउनुभयो । समस्यासँग सम्बन्धित सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाण पनि अनुसन्धानपत्रमा संलग्न गरिएको छ । “विश्वमा हाम्राभन्दा धेरै सुविधासम्पन्न प्रयोगशाला छन् । लगानीको अभाव पनि छैन तर आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन ? म आश्चर्यमा छु,” कुँवरले आश्चर्य प्रकट गर्नुभयो । “अनुसन्धानपत्र र सम्बन्धित समाधान पढेपछि यस विषयले हामीलाई मात्र होइन, संसारका सबै भौतिकशास्त्रीलाई आश्चर्यमा पार्नेछ,” कुँवरले भन्नुभयो । भौतिकशास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमुक परिणाम निस्क्यो भनेर जानकारी गराउने प्रवृत्तिभन्दा आफू निकै टाढा रहेको बताउँदै कुँवरले भन्नुभयोे, “भौतिक शास्त्रीय परिणाम निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजा परीक्षणबाट स्पष्ट रूपले देखाउन पनि सक्नुपर्छ ।” भौतिकशास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ । उहाँले अनुसन्धानपत्र सबैले अध्ययन गर्न पाउने गरी प्रकाशित गर्नुभएको छ । यसखाले अनुसन्धानपत्र अध्ययन गर्न अन्य देशमा भने चर्को मूल्य तिर्नुपर्ने हुन्छ । ग्यालिलियोको योगदान के थियो ? खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दसकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ हुनुहुन्थ्यो । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गर्नुभएको थियो । ‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दसकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गर्नुभएको थियो । उहाँले गरेको उक्त परीक्षणलाई भौतिकशास्त्रीले विशेष महìवका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्स अन्तर्गत राखी अध्ययन अध्यापन गराइन्छ । ग्यालिलियोको सूत्र अनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिण्डको सन्दर्भ नउठाइए पनि उहाँको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराउनुभएको र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए । कुँवरले भन्नुभयो, “उक्त सूत्रको प्रयास पूर्ण नभएका कारण उक्त सूत्रले दिने विस्थापनको नतिजा वास्तविक विस्थापनभन्दा धेरै नै कम हुन पुग्दछ । भौतिकशास्त्रका लागि ग्यालिलियोले दिएको यो महान् योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्स्टाइनले पनि गम्भीरताका साथ अध्ययन र प्रयोग गर्नुपर्दथ्यो । त्यसो नगरेका कारण भौतिकशास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुग्यो ।” भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तक प्रकाशन गरेका वैज्ञानिकले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको छ । भौतिकशास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भन्नुभयो, “उनीहरूले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन । समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुग्नुभएको छ । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ । के छुटेको थियो ? खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गर्नुभएको छ । उहाँको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ–पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरिक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ? यस सबालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चार सय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिनुभएको छ । मिलिमिटरभन्दा साना खण्डको पनि सत्यतथ्य खोज्ने नयाँ पुस्ताले अर्बौं मिटर फरक हुने नतिजा पनि थाहै नपाईकन एकदम सही छ भन्दै पढ्ने÷पढाउने गर्दै आउनुभएको छ । “यो विडम्बना हो, यसले कसैलाई पनि हित गर्दैन,” कुँवरले गणितीय प्रमाणसहित स्पष्ट पार्नुभयो । कुँवरले थप्नुभयो, “सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकले सर्वप्रथम यस्ता जाँच गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।” परीक्षणहरू कहाँ र कहिले गरिएको थियो ? पछिल्लो अनुसन्धानपत्र प्रकाशन गर्नुभन्दा केही वर्षपूर्व खोजकर्ता कुँवरले सम्बन्धित विषयलाई काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको प्रयोगशालामा पटकपटक दोहो¥याएर परीक्षण सम्पन्न गर्नुभएको थियो । आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मात्र बाह्य परीक्षणका शृङ्खला थालिएको थियो । काठमाडौँ र ललितपुरका विभिन्न शिक्षण संस्थामा सम्बन्धित परीक्षण तथा प्रवचन सम्पन्न गरिएको थियो । कुँवरले काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स, गोङ्गबुमा विसं २०६९ मङ्सिरदेखि पुसका बीचमा पछिल्लो आखिरी आन्तरिक परीक्षण सम्पन्न गर्नुभएको थियो । यस परीक्षणपूर्व विसं २०६७ को चैतमा सम्बन्धित प्रवचन त्रिभुवन विश्वविद्यालयमा दिइएको थियो । भौतिकशास्त्र पुनःनिर्माण अभियानका सदस्य तथा अन्य सहयोगीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विसं २०६९ को पुुसमा युनाइटेड स्कलर्स एकेडेमी काठमाडौँमा पहिलोचोटि बाह्य रूपमा परीक्षण सम्पन्न गरिएको थियो । ठाडो सतहका लागि गरिएको उक्त परीक्षणले ७ घन्टाको समय लिएको थियो । परीक्षण कार्यक्रममा विभिन्न भौतिकशास्त्री, शिक्षक तथा विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । विसं २०६९ को माघमा दिव्यकान्ति बोर्डिङ स्कुलको चौरमा समतल सतहका लागि पूर्वपरीक्षण सम्पन्न भएपछि अरनिको इन्टरनेसनल एकेडेमी, ललितपुरमा सम्बन्धित परीक्षण सम्पन्न गरिएको थियो । समतल सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले ५ घन्टाको समय लिएको थियो । भौतिकशास्त्र पुनःनिर्माण अभियानको सहयोगमा परीक्षण सम्पन्न भएको थियो । पछिल्लोचोटिको परीक्षण कुँवरले विसं २०७३ को माघमा गर्नुभएको थियो । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको चितवन शाखामा उक्त परीक्षण गरिएको थियो । ठाडो सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले झन्डै दुई हप्तासम्मको समय लिएको थियो । परीक्षणपछि कुँवरले दिएको समाधान के हो ? भौतिकशास्त्रमा ‘सुवात’का पाँचवटा सूत्रको पठनपाठन विश्वभरि हुन्छ । अङ्ग्रेजी वर्णहरू एस, यू, भी, ए र टीबाट ‘सुवात’ शब्द बनेको हो । यी वर्णको अर्थ क्रमशः विस्थापन, सुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । स्कुल र कलेजका पाठ्यपुस्तकमा ‘सुवात’का पाँचवटा समीकरण रहेको छ । ‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक परिणाम दिएको थाहा पाएपछि कुँवरले ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण आविष्कार गर्नुभएको थियो । अङ्ग्रेजी एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । उहाँले आविष्कार गरेका पाँचवटै समीकरण ‘सुवात’का पाँचवटै समीकरणभन्दा फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणले विस्थापन र अन्य परिमाणको मात्रा जति हुनुपर्ने हो, ठ्याक्कै त्यति दिन्छन् । पत्ता लागेका नयाँ समीकरण सामान्य क्याल्कुलेटरको सहाराले सबैले सधैँभरि जाँच्न सकिने कुँवरले बताउनुभयो । क्याल्कुलेटरै नभए पनि सजिलै जाँच्न सकिन्छ– खोजकर्ता कुँवरले भन्नुभयो । विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाऊ मान निकाल्ने गरिएको थियो तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दूरीका पदसङ्ख्या, दूरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् । वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्ने÷पढाउने गरिन्छ– कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पर्नुभयो । विस्थापनको सूत्रको प्रयास थालिएको ४३२ वर्ष बितिसक्दा पनि भौतिकशास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा आठ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन– कुँवरले बताउनुभयो । अझै पनि १० लाई आठ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाऊ अध्ययन अध्यापनको इतिहास अझ लम्बिनेछ । मानवजातिले गर्न सक्ने आविष्कार र खोजका सम्भावना थप कटौती हुनेछन्– अनुसन्धानकर्ता कुँवरले चिन्ता व्यक्त गर्नुभयो । अनुसन्धानपत्रमा कुँवरले प्रस्तुत गर्नुभएको गणितीय प्रमाणमध्ये एउटा उदाहरणमा हुनुपर्ने विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटर कम हुने उदाहरण पनि समेटिएको छ । यसतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुखद पक्ष हो । भौतिकशास्त्रको विश्वसनीयता ठूलो सङ्कटमा छ ।” भौतिक विज्ञानजस्तो सत्यको बढी नजिक मानिने विज्ञानले मानवपुस्तालाई कस्तो मार्गदर्शन गरेको छ ? सबैले विचार गर्नुपर्ने भएको छ– कुँवरले बुद्धिजीवी र सञ्चारकर्मीले मानवजातिको हितका लागि आ–आफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यो समस्यामा कुँवरको ध्यान किन गयो ? विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उहाँ हैरान हुनुभएको थियो । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इञ्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थल्नुभयो । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको २०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ । जम्माजम्मी ७१८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उहाँले एकाइ समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गर्नुभएको छ । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उहाँले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाउनुभएको थियो । भौतिकशास्त्रका सयौँ सूत्रमा समस्या भएको थाहा पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उहाँका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । समयक्रमसँगै वास्तविक समाधान समेटिएका अनुसन्धानपत्र पनि सम्पन्न गर्न उहाँ सफल हुनुभएको थियो । सरल र अकाट्य समाधानको निष्कर्षमा पुगी त्यसलाई परीक्षण गर्नुभयो । “तर जोकोहीले अध्ययन गर्न मिल्ने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाहा नहुने भयो । त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरू’ शीर्षकका दुईवटा अनुसन्धानपत्र प्रकाशित गरँे,” कुँवरले बताउनुभयो । खोजकर्ता कुँवर भन्नुहुन्छ, “कुनै तथ्य परीक्षणबाट सिद्ध भइसकेपछि यस विषयबारे सबैलाई जानकारी गराउनतिर नलागी व्यक्तिगत र पारिवारिक सुखमा समय दिनतिर मन लागेन, कसैले पनि यसो गर्नु हुँदैन । त्यसो गरियो भने सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुनजान्छ ।” महान् वैज्ञानिक आर्किमिडिजको प्रसङ्ग उल्लेख गर्दै कुँवरले भन्नुभयो, “आर्किमिडिजको व्यवहारले हामीलाई सत्य भेटियो भने अरूलाई बताउन नबिर्स बरु कपडा लगाउन बिर्से पनि केही हुँदैन भन्ने सिकाएको छ । आर्किमिडिजले नयाँ कुरा पत्ता लगाएपछि अरूलाई त्यसबारे बताउनका लागि कपडा नलगाई नाङ्गै दौडिनुभएको थियो ।”   गाेर्खापत्र दैनिकबाट

तस्वीरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेट

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । सोमबार अपरान्ह वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्धानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । prachanda-xi jing 5 prachanda-xi ping prachanda-xi jing 4 prachanda-xi jing-2 prachanda-xi jing ping-1 उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । चीनको हेनानमा भएको बोअाअो फोरममा विशेष बक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री चैत १० गते चीन गएका हुन् । तस्वीरहरु:एभरेष्टदैनिक/ कपीराइट

ग्रेटवालमा प्रचण्ड (फोटो फिचर)

बेइजिङ, चैत १३ । प्रधानमन्त्री प्रचण्डले संसारको सबैभन्दा ठूलो पर्खाल ग्रेटवालका भ्रमण गरेका छन् । चीन भ्रमणको अवसरमा हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ग्रेटवाल पुगेका हुन । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । हेर्नुस् तस्वीरमा तस्वीर– एभरेष्टदैनिकडटकम (कपीराइट)

उथलपुथल जिन्दगी माइला लामाको

किशोरवयमा राजनीतिको रंग ७ फागुन ०२९ मा कठमाडौंको भीमढुंगामा जन्मिएको हुँ । बुबा त्यसवेला गृह मन्त्रालयमा काम गर्नुहुन्थ्यो । हामीलाई घर व्यवहार चलाउन त्यति ठूलो समस्या थिएन, यद्यपि हामी त्यत्ति धेरै सम्पन्न थिएनौँ । बुबाको जागिर, खेतिपातीले सामान्य रूपमा हाम्रो परिवारको जीवन चल्थ्यो । सिंहदरबारबाट मेरो घरको दूरी नाप्ने हो भने त्यस्तै पाँच–सात किलोमिटर होला । काठमाडौंको रिङरोडनजिकै जन्मिएर पनि हामीले सहरको अनुभूति गर्न पाएका थिएनौँ, राज्य हामीसँगै छ भन्ने अनुभूति गर्न पाएका थिएनौँ । राज्यसँग कार्यक्रम नभएकाले हो वा समुदायका हिसाबले हामी जनजाति बस्तीका कारण हो । त्यसवेला लाग्थ्यो, जिन्दगी सिक्दै–सिकाउँदै अगाडि बढ्ने यात्रा हो । जिन्दगी निरन्तर चलिरहने चुनौती र सम्भावनाको यात्रा पनि हो । सार्थक जिन्दगी कसरी बिताउने भन्ने प्रश्न हो । सार्थक जिन्दगीले चुनौती पनि बोकेर आएको हुन्छ । त्यसो भयो भने जिन्दगीको अर्थ खोज्न सकिन्छ । यस हिसाबले हेर्दा मेरो बाल्यकाल धेरै कष्टपूर्ण पनि रहेन, सुखद त हुनै सकेन । स्कुल पढ्दै गर्दा म वाम राजनीतितर्फ आकर्षित भएँ । हामीलाई टोपबहादुर रायमाझी, भोला कुँवर (अहिले बेलायतमा) लगायतले राजनीतिमा लाग्न उत्प्रेरित गरे । त्यसवेला पञ्चायतविरुद्ध सीधा राजनीतिभन्दा पनि गीत–संगीतका माध्यमबाट हामी राजनीतिक प्रचारको काम गथ्र्याैं । ०४६ सालको जनआन्दोलनको तयारीको प्रभाव मेरो जीवनमा पनि पर्यो। त्यहाँबाट सुरु भएको मेरो राजनीतिक जीवन उथलपुथलपूर्ण रहि नै रह्यो । ०४६ साल सेरोफेरोमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति भन्ने संरचना बनेको थियो । बाबुराम भट्टराईलगायत नेता त्यसमा हुनुहुन्थ्यो । राजा–वाम र कांग्रेस गठबन्धन धोका हो, बहुदल सम्पूर्ण रूपमा प्राप्ति होइन भनेर त्यसले नारा अगाडि सारेको थियो । म त्यही नाराभित्र गोलबद्ध थिएँ । मैले त्यति धेरै बुझेको थिइनँ, तर राजा, वाम र कांग्रेस गठबन्धन गलत छ भन्ने मेरो मनमा थियो । बहुदलले सबैलाई न्याय र समानता दिन सक्दैन भन्ने छाप परेको थियो मेरो मस्तिष्कमा । यस हिसाबले हेर्दा जिन्दगी भोगाइको प्रतिबिम्ब पनि हो भन्ने मलाई लाग्छ । पढाउँदै राजनीति गर्दै १७–१८ वर्षको भएपछि मैले सपना देख्न थालेको थिएँ, समाजलाई आदर्शपूर्ण बनाउन सकिन्छ भन्ने । युवा अवस्थामा त्यस्तो कल्पना गर्नु नाजायज थिएन । म काठमाडौंभित्रै जन्मे–हुर्केको मान्छे, राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि ग्रामीण, दूरदराजका बस्ती बुझ्ने–जान्ने मौका पाएँ । त्यसवेला लग्थ्यो, जिन्दगी दुखैदुःखको पोको हो । घन्टौँ मात्र होइन, दिनभरि हिँड्नुपर्ने अवस्था थियो । जनताको त्यो दुःखजिलो जीवन देख्दा क्रान्ति नभई नहुँदो रहेछ भन्ने लाग्थ्यो । जनताको अभावयुक्त जीवन देखेर छिटोभन्दा छिटो क्रान्तिलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्थ्यो । म एउटा सपनाका साथ आन्दोलनमा जोडिन पुगेको थिएँ । त्यसवेला सपनामा, आकांक्षामा रमाउन जान्नु पनि पर्ने रहेछ भन्ने आभास हुन्थ्यो । एउटा संयोग जुर्यो। ०४९ सालमा पार्टीले एउटा अभियान चलायो । अभिायनअन्तर्गत नुवाकोट जानुपर्ने अवस्था आयो । तुप्चे गाविस पुगेँ । माओवादी नेता पोष्टबहादुर बोगटीको गाउँ । पार्टीको प्रभाव राम्रै थियो । त्यहाँका जनताको आग्रह र आफ्नै आर्थिक आवश्यकताका कारण मैले स्कुल थालेँ । अन्य समय पार्टीको काममा खटिन्थेँ । यस अर्थमा, जिन्दगी एउटा सम्झौता पनि हो भन्ने लाग्छ । त्यहाँ रहँदा नुवाकोट र रसुवामा पार्टी संगठन निर्माणमा भूमिका खेलेँ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट जागरण अभियान चलायौँ । एकातिर शिक्षण पेसा अर्काेतिर राजनीति, दुवैलाई सँगसँगै अगाडि बढाउनु चानचुने थिएन । लाग्थ्यो जिन्दगी एउटा चुनौती हो । तर, जतिसुकै अप्ठ्यारा र जटिलता आए पनि सामना गरेर अगाडि बढँे । कहिले राति अबेरसम्म काम गथेँ । शुक्रबार प्रायः छुट्टी भएपछि सांस्कृतिक काममा लाग्थेँ । शनिबार दिनभरि पाट्र्टीको काम गरेर एकैचोटि आइतबार कक्षा लिन स्कुल पुग्थेँ । राजनीतिमा लागे पनि मेरो मान्यता आफ्ना विद्यार्थीलाई उकृष्ट बनाउनुपर्छ भन्ने भइरहन्थ्यो । दुवै कर्तव्यलाई इमानदारीसाथ पूरा गर्ने काममा म सक्रिय रहेँ । चुनौती धेरै नै थियो । तर, त्यो दुःख र चुनौतीले सन्तुष्टि पनि दिइनै रहेको थियो ।  ल्यान्डमाइनले जब हुत्यायो ०५२ मा जब जनयुद्धको तयारीका क्रममा पार्टीले मलाई पूर्वी क्षेत्रमा खटायो । म काभ्रे गएँ । सुरुवाती चरण जनमत सिर्जना गर्ने समय थियो । हामी किन लड्दै छौँ, लडेर हामी के गर्दै छौँ भन्ने जनतालाई बुझाउनु थियो । त्यो वेला हाम्रो पार्टी सानो थियो, कार्यक्रम गर्न जाँदा कांग्रेस, एमालेले लखेट्थे पनि । हाम्रो कार्यक्रममा आएर होहल्ला गर्ने, गोदगाद पनि गर्थे । भीषण युद्धको यात्राभित्र पनि हामीले उज्यालो सपना देखेका थियौँ, जनतामा देखिएको अभावबाट मुक्ति । जनताको जीवनले सधँैभरि हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको थियो । दिनहरू अन्यन्त भयावह थिए । कति वेला मरिन्छ, कति वेला छेउमै बम पड्किन्छ, कति वेला घेरामा परिन्छ कुनै ठेगान हुँदैनथ्यो । कति वेला हामी आफैं योजना बनाएर लडाइँमा जान्थ्यौँ, कति वेला अकस्मात आइलाग्थ्यो । विजयी हुने ठानिएको क्षेत्रमा हारियो र हार्ने ठानिएको क्षेत्रमा विजय पनि भइयो । हामीले पलपल मृत्युसँग पौँठेजोरी खेल्यौँ । कति वेला नयाँ जीवन पाइयो । जनयुद्धका १० वर्षको अवधि सम्झँदा एक खालको गर्वको अनुभूति हुन्छ । त्यस वेलाका कतिपय क्षण असाध्यै कहालीलाग्दा पनि छन्, सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ । तथापि, जुन लक्ष्यका साथ अगाडि बढ्न खोजेका थियौँ, त्यो पूरा हुन सकेन । त्यसमा पीडा छ, चिन्ता पनि । पार्टीले ०५४ सालमा देशभरका अगुवा फाइटरलाई ट्रेनिङको व्यवस्था गरेको थियो । पिपुल्स वार गुप्रका विनोदजीले तालिम दिनुभएको थियो । उहाँ पिपुल्स वारको केन्द्रीय समितिमा हुनुहुँदो रहेछ । पछि उहाँ युद्धमा मारिनुभयो भारतमै । त्यो तालिमले हाम्रो मनोबललाई धेरै माथि उठायो । त्यसपछि हामीले लडाइँका मोर्चा जित्दै पनि गयौँ । पछिका दिनमा आफैँले पनि आफ्नो क्षेत्रमा थप तालिम सञ्चालन गरेँ । ०५४ फागुनको एक दिन ठूलो दुर्घटनाले मलाई चपेटमा लियो । ‘ल्यान्डमाइन’मा आएको प्राविधिक गडबडीका कारण म भयानक दुर्घटनामा परेँ । त्यो साँच्चै भयावह थियो । मान्छे मर्नलाई साँच्चै कति गाह्रो हुँदो रहेछ भन्ने मलाई त्यसवेला अनुभूति भयो । धेरै समयसम्म आकाशतिर उडेको जस्तो भयो । सास फेर्न अधिक कठिन भयो । उकुसमुकुस, एकदमै छट्पटी । मेरो रेखदेखमा रहेका साथीका अनुसार म नौ दिनपछि मात्र होसमा आएको थिए । होसमा आउँदा मेरो दृष्टि थिएन । पूर्णतः कान नसुन्ने भएको थिएँ । होसमा आएको दिन पहिलोपटक डाक्टरले हातमा कोरेको याद छ, सायद उनले डटपेनले कोरेका थिए । उनले ‘तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । मैले ‘ठीक छु’ भनेर बताएँ । तर, जब मैले आँखा खोल्ने कोसिस गरेँ, केही पनि देखिनँ । रुसी योद्धा निकोलाई आत्रोभस्कीको उपन्यास ‘अग्निदीक्षा’ पढेको थिएँ । रुसी क्रान्तिपछि चलेको गृहयुद्धमा आधारित उक्त उपन्यासको ‘प्रोटागोनिस्ट’ पावेल कोर्चागिनको असाध्यै याद आयो । लाग्यो म ऊजस्तै भएँ । अनेक प्रश्नले एकसाथ झम्टे । म बन्दुकलाई प्रेम गर्ने मान्छे, गीत–संगीतमा खेल्ने मान्छे । आँखा नदेखेपछि म बन्दुक कसरी चलाउँला ? म कसरी युद्धमा जाउँला ? धेरै साथी सहिद भइसकेका छन्, मैले बदला लिनु थियो । जनता विजयीको पर्खाइमा थिए । अटेसमटेस आए प्रश्न । साहै्र पीडा भयो । सँगसँगै ‘पावेल’ ले मलाई सान्त्वना दिएको थियो । अडिग हुन पेरित गरेको थियो । मैले सोचेँ, ‘बन्दुक चलाउन नसकुँला, तर कलम त चलाउन सक्नेछु । गीत–संगीतबाट योगदान गर्न मेरो आँखाले मलाई रोक्नेछैन ।’ आफैँलाई सम्हालेँ । यस हिसावले हेर्दा जिन्दगी परिवेशले निम्ताउने छट्पटाहट हो, संयमतता पनि हो । मेरो उपचारमा संलग्न डा. सरोज धिताललगायत डाक्टरले अथाह मिहिनेत गर्नुभयो । उहाँहरूको पे्रमपूर्ण उपचारले भयावह अवस्थालाई क्रस गर्न सक्यौँ । बिस्तारै आँखाको ज्योति र्फिर्कंदै गयो, सुन्ने क्षमता पनि खुल्दै गयो । ती दिन सम्झँदा अहिले पनि अचम्म लाग्छ । चमत्कारझैँ पो भयो । अहिले पनि डा. धितालसँग दाजुभाइको नाता छ । गर्व पनि लाग्छ । हामी प्रत्यक्ष युद्धमा सामेल भयौँ, तर उहाँहरूले अप्रत्यक्ष भए पनि कुनै न कुनै रूपमा सहयोग गरेर योगदान दिनुभयो । अनेक घुम्ती आए जिन्दगीमा जिन्दगीमा अनेक ‘टर्निङ प्वाइन्ट’ आए । कलेज जीवनमा शिव श्रेष्ठले मलाई सांस्कृतिक क्षेत्रमा लाग्न असाध्यै उत्प्रेरित गर्नुभयो । उहाँ गाउनुहुन्थ्यो । मणि थापा, धुव्र ज्ञावालीलगायतको सहयोगले कलाकारितामा अगाडि बढ्न प्रेरित गर्यो । कमरेड विप्लवसँगको भेट पनि अविस्मरणीय छ । उहाँसँग ०४७–०४८ सालदेखि सहकार्य छ । कार्यकर्ता अप्ठ्यारोमा पर्दा पनि त्यसको सहज निकास खोज्न सक्ने व्यावहारिक सहकार्यले मलाई प्रेरित गर्यो । ०५१ मा काभ्रे गएपछि कमरेड आलोकसँग सहकार्य गर्ने मौका मिल्यो । त्यो सहकार्यले मलाई असाध्यै ऊर्जा प्रदान गर्यो । उहाँबारे पछि प्रश्नहरू पनि उठे । तर, उहाँ पूर्वमा भएका माओवादी केन्द्रीय नेतामा आँटिलो, मिहिनेती र राम्रो योजनाकार हुनुहुन्थ्यो । उहाँसँगको सहकार्यले मलाई परिपक्व बनायो । राजनीतिमा अघि बढ्न कमरेड प्रचण्डको पनि उत्तिकै योगदान छ । उहाँसँग ०४९ मा भेट भएको हो । त्यसवेला सरस्वती क्याम्पसमा सातदिने जनविद्यालय सञ्चालन गरिएको थियो । त्यसवेला उहाँले एउटा अपिल गर्नुभयो, ‘तपाईंहरूको काँधमा यो देशको भविष्य छ । तपाईंहरूको हातमा कापी–कलम मात्र होइन, गोलाबारुद्ध पनि जरुरी छ । बन्दुक पनि तपाईंहरूले सम्हाल्नुपर्छ ।’ त्यसले मलाई उद्वेलित गर्यो । त्यो भेटघाटमा प्रचण्डले मेरो आत्मविश्वास भर्ने काम गर्नुभएको थियो ।  आफैँभित्र पनि संघर्ष हो जीवन ०६३ सालमा हाम्रो पार्टी शान्ति प्रक्रियामा आएको थियो । सोही वर्षको पुस महिनामा देशभरका नेता–कार्यकर्ताको एउटा केन्द्रीकरण थियो चितवनमा । माओवादीभित्र बिस्तारै नेता तथा कमान्डरहरूमा अलिक भोगबिलासी, सुखसयल चाहने, कार्यकर्तालाई अलिक डोमिनेसन गर्न खोज्ने, आफूलाई सर्वेसर्वा ठान्न खोज्ने, जनतालाई नगन्ने, महँगा सामानको प्रयोग तथा सुविधाप्रति आसक्ति देखाउने प्रवृत्ति विकास हुन थालेको थियो । तिनै प्रवृत्तिलाई इंगित गरेर मैले त्यहाँ एउटा नाटक प्रस्तुत गरेको थिएँ । त्यसको सन्देश थियो, मान्छेका कमजोरी हुन्छन्, कमजोरी सुधारेर अगाडि बढ्ने होे । कमजोरीबाट मान्छेलाई सिध्याउने होइन । नेताहरूले सनकका भरमा मनपरी गर्न पाइन्न । आफ्नो सनक संगठन, जनता र कार्यकर्तामा लाद्न पाइँदैन भन्ने नाटकको सन्देश थियो । तर, प्रचण्ड असाध्यै रिसाउनुभयो । उहाँले ‘गलत गर्नुभयो’ भन्नुभयो । उहाँसँग मेरो विवाद पनि भयो । वास्तवमा मैले त्यो प्रचण्डलाई नै भन्न खोजेको थिइनँ । तर, बहसका क्रममा मैले भने, ‘चोरको खुट्टो थुत भन्दा तपाईंले त उचालेजस्तो गर्नुभयो नि दाइ ।’ ०६५ मा खरिपाटीमा भएको राष्ट्रिय भेलामा मैले एउटा गीत बनाएको थिएँ । त्यो गीत प्रस्तुत गरेपछि प्रचण्ड–बाबुराम एकदमै अनपेक्षित ढंगले प्रस्तुत हुनुभयो । त्यसवेला सामना सांस्कृतिक परिवारको नेतृत्व गर्थें म । नेतृत्वको अनिच्छाका बाबजुद हामीले देशव्यापी अभियान बनायौँ । त्यसवेला मैले केही नेता कति पाखण्डी र ढोगी हुँदा रहेछन् भन्ने देखेँ । बाहिर जनवादको कुरा गर्ने तर आफूले गरेको खराबीका बारेमा कसैले प्रश्न उठायो भने उसलाई निर्मम दमन गर्ने, आफ्नै पार्टीभित्र भएको खराबीका बारेमा सहयोद्धाले प्रश्न उठाउन पाउँदैन भन्ने नेता देखेँ । तर, त्यसबाट मलाई जिन्दगी अन्तरसंघर्ष हो भन्ने बुझ्न मद्दत पुग्यो ।  गोलचक्करजस्तो जिन्दगी समग्र आन्दोलनको पाटोबाट हेर्दा जिन्दगी एउटा गोलचक्करजस्तो पनि देखिन्छ । सुरुमा जे सोचिएको थियो, त्यसअनुसारको वातावरण अहिले छैन । आकाश–पातालको फरक छ । सपना थियो, एउटा यस्तो समाज हुनेछ, जहाँ विभेद हुँदैन, अभाव हुँदैन । तेरो र मेरो भन्ने हुँदैन । ठूलो र सानो हुँदैन । धनी र गरिब हुँदैन । कुनै प्रकारको अन्याय हुँदैन । त्यस्तो आदर्श समाजको परिकल्पना थियो हामीसँग । तर, त्यसको ठीक उल्टो भइदियो । बाहिर समाजको कुरा त छोडौँ, पार्टीभित्रै अन्याय, अत्याचारजस्तो देखिएपछि हामीले विद्रोह ग-यौँ । यस हिसाबले हेर्दा जिन्दगी एउटा संघर्ष पनि हो भन्ने लाग्छ । केहीले हाम्रो सपनालाई धुलिसात पारेका कारण अहिले राजनीतिप्रति वितृष्णा छ । त्यसलाई बदल्नु हाम्रा लागि चुनौतीपूर्ण छ । केही नेताले विकृत बनाए । तर, हामीले कम्तीमा आफ्नो जीवनलाई गलत दिशामा जान दिएका छैनौँ । हामी निरन्तर विद्रोहको पक्षमा छौँ । आशावाद पनि हो जिन्दगी । त्यो सम्भव छ । सिंगो संसारलाई त्यो दिशामा लैजान सकिन्छ । कतिपय समाजवाद परिकल्पना मात्र हो भन्छन् । तर, त्यसलाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ भन्ने आशा पनि अझै जीवित छ हामीमा । किनकि, आशावाद पनि हो जिन्दगी । प्रस्तुति : रामकृष्ण अधिकारी तस्बिर : कृष्ण पौड्याल नयाँ पत्रिकाबाट

तस्वीरमा हेर्नुस-बोआओ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड

हेनान,चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोआओ सम्मेलनलाई शनिबार विहान सम्बोधन गरेकान छन् । उक्त सम्मेलनलाई सम्बोधन गर्न विहिबार राती चीन पुगेका प्रधानमन्त्रीले आइतबार र सोमबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरे । नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर पर्याप्त रहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना छ । bowawo boaawo bowaa prachand boawa प्रधानमन्त्रीले मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान गएका हुन् । बोआओमा रहँदा प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गरेका थिए । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

चार सय कर्मचारी छन्, छैनन् बालश्रमिक

पुष्पा महरा भक्तपुर । इट्टा भट्टाहरुमा बालश्रमिकको प्रयोग बढी नै भइरहन्छ भन्ने समाचारहरु बारम्बार आइरहँदा एउटा यस्तो उद्योग फेला पर्यो, जहाँ एकजना पनि बालश्रमिक छैनन् । त्यतिमात्रै होइन उक्त इट्टा उद्योगमा काम गर्ने मजदुरहरुले आफ्नो सुरक्षादेखि उद्योगमा काम गर्ने अवधिमा के कस्ता काम गर्न हुने र के कस्ता गतिविधिहरु गर्न नहुने भन्ने किसिमका समेत तालिम लिएर सचेत बनेको पाइयो । यो धेरै टाढाको उद्योग होइन । भक्तपुर जिल्लामा रहेको भक्तपुर इट्टा तथा टायल कारखाना हो । केही दिन अघि बेटर ब्रिक नेपालको सहयोगमा भक्तपुरको जगातेस्थित भक्तपुर इट्टा तथा टायल कारखानाको अवस्था के कस्तो छ ? त्यहाँ मजदुरहरुले के कसरी काम गरिरहेका छन् भन्नेबारेमा जानकारी लिने अवसर मिल्यो । बेटर ब्रिक नेपालको संयोजनमा उक्त उद्योग भ्रमण गर्ने अवसर प्राप्त गर्दा त्यहाँ बालश्रम प्रयोग नभएको पाइयो । गत वर्ष मात्रै उक्त उद्योगमा बेटर ब्रिक नेपालले सहकार्य प्रारम्भ गरेको हो । सहकार्य गर्ने क्रममा नै बालश्रम मान्य नहुने उल्लेख छ । विभिन्न इट्टा भट्टामा बालश्रम प्रयोग भइरहेको भन्ने समाचार बारम्बार आइरहँदा यहाँ बालश्रम प्रयोग नहुनु सुखद् पक्ष नै मान्नुपर्छ । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै मजदुरका बालबच्चाको पठनपाठनको समस्या समाधान गर्ने, उद्योगमा कार्यरत मजदुरहरुको काम, उनीहरुको सुरक्षालगायतका विषयहरुमा सो संस्थाले तालिम दिएसँगै उद्योग र बेटर ब्रिक नेपालसँगको सहकार्यले आफूहरुलाई पनि फाइदा पुगेको मल्लले बताए । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै आफ्नो उद्योगमा कार्यरत मजदुरहरुले विभिन्न किसिमका तालिम प्राप्त गरेको र त्यसले मजदुरहरुलाई मात्रै होइन, उद्योगलाई समेत सहयोग पुगेको भक्तपुर इट्टा तथा टायल कारखानाका प्रवन्ध निर्देशक दुर्गाप्रसाल मल्लले बताए । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै मजदुरका बालबच्चाको पठनपाठनको समस्या समाधान गर्ने, उद्योगमा कार्यरत मजदुरहरुको काम, उनीहरुको सुरक्षालगायतका विषयहरुमा सो संस्थाले तालिम दिएसँगै उद्योग र बेटर ब्रिक नेपालसँगको सहकार्यले आफूहरुलाई पनि फाइदा पुगेको मल्लले बताए । अबलोकनमा सुर्योदय समाज सेवाका कार्यकारी निर्देशक तारा बहादुर ग्यापक, ग्लोवल फेयरनेश इनिसियेटिभका क्षेत्रीय कार्यक्रम अधिकृत चिरञ्जीवी न्यौपाने, बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक मनिषा मोक्तान, वल्र्ड एजुकेशनलका संयोजक लक्ष्मीप्रसाद घिमिरे तथा सञ्चार माध्यमका केही प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चारैतिर ठूल–ठूला घरहरु निर्माण भइसकेको अवस्थामा पनि यति ठूलो अनि फराकिलो ठाउँमा ईटा निर्माणकार्य भइरहेका थिए । उमेरले ३०/३५ वर्ष माथिका पाका महिला तथा पुरुषहरु मात्रै काम खटिएका देखिन्थे । चारैतिर ठूल–ठूला घरहरु निर्माण भइसकेको अवस्थामा पनि यति ठूलो अनि फराकिलो ठाउँमा ईटा निर्माणकार्य भइरहेका थिए । उमेरले ३०/३५ वर्ष माथिका पाका महिला तथा पुरुषहरु मात्रै काम खटिएका देखिन्थे । टाढैबाट देखिने अग्लो तथा धुँवा नदेखिने चिम्नी आधुनिक थियो । २०७२ साल वैशाख १२ को भुकम्पले उद्योगको चिम्नीमा क्षति पु¥याएपनि सरकारले कुनै सहयोग गरेन । उद्योग धरासायी हुने भएपछि झण्डै साढे चार करोडको लगानीमा कम्पनीले नै आधुनिक किसिमको भूकम्पप्रतिरोधी र वातावरण प्रदुषणरहित हफमाइन सिस्टमको चिम्नि तयार पारेको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा सञ्चालन भएको उद्योग २०६० पौषदेखि निजिकरण भएको थियो । पुराना अवकास प्राप्त कर्मचारीहरुलाई पनि पुनः उद्योगमा बोलाई काम दिइएको र उनीहरुको अनुभवबाट उद्योग राम्रोसँग संचालन गरिएको छ । हाल दैनिक डेढ लाख इट्टा तथा ८० हजारसम्म पातलो टायल उत्पादन हुने गर्दछ । स्थायी र अस्थायी गरी उद्योगमा झण्डै ४६० कामदारहरु रहेपनि आफूहरुले कुनै पनि बालबालिकालाई काममा नलगाएको व्यवस्थापक मल्लले बताए । उनले पुराना अवकास प्राप्त कर्मचारीहरुलाई पनि पुनः उद्योगमा बोलाई काम दिइएको र उनीहरुको अनुभवबाट उद्योग राम्रोसँग संचालन गरिएको जानकारी गराए । ‘अभिभावकहरु यहाँ काम गर्छन्, तिनका बालबालिकाहरुलाई के गर्नुहुन्छ त ? भन्ने प्रश्नको जवाफमा ‘बेटर ब्रिक नेपाल जस्ता संस्थाहरुसँगको सहकार्यमा साना बालबालिकालाई उचित शिक्षा तथा अलि ठूला बालबालिकालाई केही तालिम लिन चाहेमा त्यस्ता तालिम प्रदान गरिने उनले बताए । जग्गा, भवन नेपाल सरकारसँग भाडामा लिएर सञ्चालन गरिएको यस उद्योगमा यहाँबाट उत्पादित इट्टा सामान्य इट्टाको साइजभन्दा केही ठूलो र स्टान्डर मेसिनको प्रयोगबाट निर्मित हुन्छ । 7 malla batter brik nepal 11 6 8 यो विशेषतः सरकारी कामकाजका भवनहरु, ठूला प्रोजेक्ट निर्माणका लागि प्रयोग हुन्छ । यहाँबाट उत्पादित ईट्टाहरु सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा जाने उनले बताए । त्यसपछि इन्जिनियर बाबुराजा रञ्जितकारको सहयोगमा उक्त ईट्टा भट्टाको पूर्ण अवलोकन गरिएको थियो । बेटर ब्रिक नेपालले बाल श्रम अन्त्य गर्नुपर्ने लक्ष्य लिएको छ । त्यसैले त उक्त संस्थाले त्यस्ता बालबालिकाहरुलाई शैक्षिक सामाग्रीलगायतका सहयोग गर्दै आइरहेको छ । संस्थाको अभियानप्रति कारखानामा कार्यरत मजदुरहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।