माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो

प्रेम सुनार

गुल्मी, असार–२० । म यति वेला गुल्मीको धुर्कोट गाउँपालिमा विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयले आयोजन गरेको सपथ ग्रहण तथा ओहदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम स्थलमा छु । म २०६४ र २०७० सालको संविधान सभा निर्वाचनको रिर्पोर्टिङ्ग गर्न धेरै पटक आएको थिए ।

त्यति वेला कांग्रेस, एमाले र माओवादी विच चुनाव प्रचारका क्रमा एकले अर्कोलाई देख्यो कि आक्रमक हुन्थे । ठाउँ ठाउँमा झडप पनि भएको थियो । तर यति वेला तिनै हिजोका मुसा र विराला जस्ता युवाहरुको हित प्रेम यति नजिकिएको देखियो कि यत्तिको त भर्खर विवाह भएका वेहुला वेहुली वा भर्खर माया प्रेम वसेका प्रेमी प्रेमीका विच पनि हुँदैन होला ।

एउटा युवाले छातिमा चारतारे झण्डा अंकित टिर्शर्ट लगाएका छन् अर्कोले हँसिया हतौंडा अंकित टिशर्ट लगाएका छन् । एकले अर्कोको हात सङ्गलो पारेर वाजा तालमा झुमेका छन् । गीतको वोल यस्तो छ–‘कांग्रेस माओवादी जोडियो, एमालेलाई छोडियो … वाघको शालिका, एमाले किल्लामा धुर्कोट पालिका, …धुर्कोट पालिका,… धुर्कोटपालिका एमाले किल्लामा हाम्रो पालिका………..यस्तो गीत गाई सकेपछि चर्को हुटिङ्ग चल्छ र घन्किन्छ वाजा झुम्न थाल्छन युवाहरु । .’

फेरी नारा सुरु हुन्छ , माओवादी कांग्रेस जोडियो , एमाले किल्ला तोडियो …यहि नारा झण्डै एक महिना देखि घन्कियो धुर्कोट गाउँपालिका भित्र । सायद यहि नारा र कांग्रेस एमाले विचका सहमति पालनमा पुर्ण ईमान्दारिता भएर होला माओवादी केन्द्रका एक मात्र गाउँ प्रमुखमा भुपाल पोखरेल विजयी भएका छन् ।
यस जिल्लामा मात्र पहिलो र एक मात्र माओवादी केन्द्रको विजयी उमेदवार होईनन पोखरेल , यो रिर्पोट तयार पार्ने वेला सम्म लुम्विनी अञ्चलकै पहिलो विजयी उमेदवार हुन उनि । उनका लागि यो गाउँपालिका जित्न फलामको चिउँरा चपाउनु सरह थियो ।
तर एमालेको एक छापे गाविस भनेर चिनिने साविकको वाग्ला गाविस र हालको वडा नम्वर ७ ले नै माओवादी केन्द्रका पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका शिवबहादुर खत्रीलाई अन्य वडामा भन्दा बढि मत दिएर विजयी बनाए । चुनावी ईतिहाँसमा कांग्रेस , माओवादी दुवैका लागि यो ऐतिहाँसिक जित हो ।

उनिहरु सहित विजेता सवैलाई धुर्कोटका निर्वाचन अधिकृत लोकनाथ भुसाले सपथ खुवाउँदै ओहदाको प्रमाण पत्र प्रदान गरे । धुर्कोट गाउँपालिकाका कार्यकारी अधिकृत होमनाथ काफ्ले १०३ जनाले उमेदवारी दिएकोमा ३७ जना निर्वाचित भएका छन् ।

वाग्लाका कांग्रेसजनको गुनासो र खुशी

सपथ ग्रहण कार्यक्रम सकेर धुर्कोट गाउँपालिकाको वडा नम्वर ७ , साविकको वाग्ला गाविसमा पुगियो । त्यहाँका कांग्रेसजनले माओवादी , कांग्रेस गठबन्धनले जितेकोमा अलि सास आएको बताए । यो जितलाई उनिहरुले ऐतिहाँसिक जितका रुपमा लिएको बताउँदै वाजातालमा एक साथ नाचेर खुशीयाली बनाए ।
त्यहाँका कांग्रेसजनको आरोप यस्तो छ

– हामी वाग्लावासी कांग्रेस र माओवादी एमालेको राणशासनमा बाँचेका थियौं । अव मुक्त हुन्छौं कि भन्ने आशा पलाएको छ ।

– –दल फेर्न पाउने अधिकार सवैलाई छ कि छैन ? यहाँ एमालेबाट कांग्रेसमा प्रवेश गरे पछि सरकारी सेवा सुविधाबाट बञ्चित गरिन्छ । पछिल्लो उदाहरण ग्रामिण महिला स्वास्थ्य स्वयम सेविक एमालेबाट कांग्रेसमा प्रवेश गरेपछि उनको जागिर खाई दिए ।

– चुनाव भरी त्रासामा बाँच्यौं । लुकेर हिड्नु प¥यो । कांग्रेसजनका ढोका हानियो, हाम्रा कार्यकर्ता अनिल बिकलाई घरको खाँवामा बाँधेर निर्घात कुटेर आफ्ना कार्यकर्ताले बोकेको खुकुरी उसलाई समात्न लगाएर तस्वीर खिचियो ।

– त्यहाँका कांग्रेस सचिव तिर्थराज घिमिरेले हामी माथीको एमाले ज्यादती जस्ताको त्यस्तै मिडियामा पुराई दिन आग्रह गरे

– पार्टी सभापति मधुराम पन्थी लगायतका कांग्रेजनले रुकम रोल्पा र वाग्लाको तुलना गरे

वाग्लाका कांग्रेस सभापति मधुराम पन्थी

केहि दिन अघि एमालेको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका एमाले अध्यक्ष कोपी शर्मा ओलीले भनेका थिए कि रुकुम , रोल्पामा गणतन्त्र आउनु त परै जाओस वहुदल पनि आएका छैन भनेर । उनले माओवादी दवदवा र चुनावमा माओवादीलाई वाहेक अरु दललाई भोट हाल्न त्यहाँका जनतालाई स्वतन्त्र छैन भनेर भन्न खोजेका हुन् ।
पन्थीले भने रुकुम रोल्पामका जनतालाई वहुदल पनि आएको छैन भने झन हामी त यहाँ एमालेको राणा शासनमा दविएर , अत्यचार सहेर बसेका छौं । रुकुम रोल्पामा वरु विकास भएको छ । त्यहाँ जताततै बत्ति पनि बलेको छ तर वाग्लामा वत्तिको हालात यस्तो छ । सडकको हविगत देख्नु नै भयो । विद्युतका पोल रुखहरुमा लत्रेका छन् । तल पुल त बनेको छ तर पुलमा जाने बाटो बनेको छैन् । खै लगतार एमालेले २०÷२५ वर्ष वाग्लामा शासन गरेर के भयो ? रुकुम रोल्पा संग विकासमा वाग्ला दाँजे भई हाल्यो नि ।

एमालेबाट वाग्लामा विजयी वडाध्यक्ष भिमप्रसाद पन्थी

–कांग्रेसजनको सवै आरोप चुनावी हत्काण्ड हुन्

–ति अनिल बिकलाई शुनियोजित रुपमा पठाईएको छ , बिकले खुकरी बोकेको भन्ने सुनेको छु । उनलाई नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको भन्ने सुनेको छु

–आफुहरु स्वयंम भएर बसेका थियौ, जिस्काउन पठाउने उहाँहरु नै हो

–एमालेले जागिर खाई दियो भन्ने आरोप झुटो हो , वडाले गर्ने निर्णय हो , मलाई त त्यो कुरा पनि थाह छैन्

–भुकम्प पिडित भुपाल बिक किन परेनन् पिडिछमा हामीलाई थाह छैन, परे राम्रो हुने हो

– जे जति आरोपहरु एमालेलाई लगाईएको छ , त्यो सव गलत हो । फोटो फिचरः धुर्कोट गाउँपालिकाको शपथ ग्रहण समारोहको

मर्यो भनिएका व्याक्ति गुल्मीमा दलितबाट पहिलो मेयर उमेदवार

प्रेम सुनार गुल्मी, असार १ । दलित समुदायबाट गुल्मी जिल्लाको पहिलो र एक मात्र मेयर पदका उमेदवार धर्म बिश्वकर्माको जिवनचक्रः ‘ कुनै समय गुल्मीको सदरमुकाम तम्घासमा मैले डेरा सम्म पाउन सकेको थिएन तर अहिले यसै ठाउँमा र तिनै घरहरुमा भोट माग्न हिडेको छु ’– गुल्मीमा दलित समुदायबाट पहिलो र एक मात्र नगर प्रमुख पदका उमेदवार धर्म बिश्वकर्माले भने–‘हिजो छुवाछुद विभेदकै कारण मैले डेरा पाउन सकेको थिईन आज तिनै घरको भित्र सोफामा वस्न स–सम्मान बोलाईन्छ र चिया पिउँदै आफ्ना कुरा राख्न पाएको छु ।’ बढि मात्रमा सदरमुकाम तम्घास कट्टर वाम्हण समुदाय बस्ने स्थान हो , माओवादी केन्द्रको तर्फबाट मेयर पदका उमेदवार बिश्वकर्र्मा यति वेलाको चुनावी प्रचारमा हिडि रहँदा हिजोका तिनै कट्टर व्राम्हण समुदाय नै अहिले छृुवाछुद अन्त्यको अगुवाई गरिरहेको बताउँछन् । ‘दलित समुदाय भित्रै वरु मैले विभेद पाएँ ’–विश्वकर्माले भने –‘जसले हिजो विभेद गर्दथ्यो उसैमा अहिले कत्ति पनि जातिय विभेदको मानसिकता नभएको देखे ।’ अहिले सदरमुकाम तम्घासका प्रतिष्ठीत व्यवसायीहरुको सुचिमा पर्ने मेयर पदका उमेदवार बिश्वकर्माको विगल भने निकै जातिय विभेद सह्यो र आर्थिक अवस्था पनि निकै कहालि लाग्दो थियो । ३० वर्ष अघि देखि कम्युनिष्ट आन्दोलमा सक्रिय हुँदै आएका विश्वकर्मा जन्मभुमी अर्घाखाँचीको धारापानी–२ बाट कम्युनिष्ट आन्दोलनको कार्य क्षेत्र तम्घामा खटिएर २७ वर्ष अघि तम्घास आएका थिए । त्यति वेला नेकपा मसालले खटाएर पार्टीका पत्रपत्रिका विक्रि वितरण गर्ने, संगठन विस्तारमा जुट्ने गरेका बिश्वकर्मालाई छाक टार्न मुस्कीले पर्ने देखेर केहि उपाय निकाले । त्यो उपाय थियो कुनै न कुनै पसल । उनले तम्घासको पुतली वजारमा एउटा टहरा बनाउने जग्गा भाडामा खोजेर त्यसैमा तरकारी बेच्ने त्यसैमा खाने बस्ने र त्यसैमा पार्टी कार्यालय चलाउन थाले । उनि त्यो कहालि लाग्दो विगतलाई स्मरण गर्दै भन्छन् त्यो जमनामा पञ्चहरु र कांग्रेसको दवदवा रहेको तम्घासमा कम्युनिष्ट भएर टिक्न निकै कठिन थियो तर पनि संघर्ष गरियो , टिकियो , यहि समाजमा भिजियो र आज मेयर पद सम्मको भोट माग्ने अवस्र पनि पाईयो । ’ गुल्मीका २ नगर पालिका र १० गाउँपालिका मध्ये उप प्रमुख पदमा समेत कुनै पनि राजनैतिक दलले कुनै पनि पालिकामा उमेदवार नदिई रहेको अवस्थामा बिश्वकर्मालाई माओवादी केन्द्रले हारुन् वा जितुन मेयर पदको उमेदवार बनाएर ईतिहाँस कोर्ने एउटा अवसर भने दिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई वाल्यपन देखि नै राजनीतिमा लागेका उनि २०४५ सालमा अखिल छैठौंको अर्घाखाँची जिल्ला सचिव बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा गुल्मीको जिल्ला सदस्य र एकता केन्द्र मसालको पार्टी सदस्यता लिएका बिश्वकर्मा २०५२ साल देखि माओवादी जनयुद्धमा आवद्ध हुन पुगेका थिए । आफन्तले लास कुरेका व्यक्तिको सास नै आयो त्यस क्रममा २०५८ सालमा तत्कालिन शाही सेनाबाट पक्राउ परी तम्घासको ब्यारेकमा कठोर याताना भोगेका उनलाई परिवार र आफन्तजनले जिवित फर्केर आउलन भनेर कल्पना गर्न नसकी रुवावासी गर्ने गर्दथे । कैयौं दिन सम्म परिवारजन संग अत्तो न पत्तो भएका उनलाई जिवित छैनन भनेर परिवारजनले शव सम्म पाए पनि धन्य हुन्थ्यो । भन्ने कामना गर्न विवस भएका थिए । फेरी दैविक आक्रमणका शिकार मारे होलान् भनिएका व्यक्ति जे होस बाँचेर त आए । तर फेरी उनि माथी दैविक आक्रमण सुरु भयो । परिवारका सदस्य कहिले दुर्घटनामा परे , कहिले आकस्मीक विमारबाट एक मात्र छोराको मृत्यु लगायतका दैविक आक्रमणले उनलाई आर्थिक रुपमा बेस्सरी थला पार्यो । तर पनि उनले हरेस खाएनन् । तरकारी बेच्ने छाप्राबाट आलिसान महलको मालिक उनले ऋण काढेर सुन चाँदीका गहनाहरुको फुल बुट्टा काट्ने डाई कटिङ्ग व्यवसाय यस जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याए । सदरमुकाम तम्घास देखि जिल्ला भर र छिमिकी जिल्लाअरुवाट समेत सुन चाँदी व्यवसायीहरु ओईरिन थाले पछि उनले नसोचेकै सपना त्यस व्यवसायले दियो । अहिले उनि यसै सदरमुकाम तम्घासमा सिसै सिसाले सजाईएको तिन तले महलका मालिक बनेका छन । मित्रजन भन्छन उनि पौरखका धनी हुन् उनको ति कहालि लाग्दा दिन देखिका नजिकका मित्र तथा सुन चाँदी व्यवसायी संंघ गुल्मीका अध्यक्ष वालकृष्ण बराल भन्छन–‘ धर्म जि भाग्यका होईन पौरखका धनी , संघर्षका सतिसालव्यक्ति हुन । उनले कुनै दिन तरकारीको भारी बोक्थे त्यसैको परिणती हो हो यो ।’ उनको जित्ने आधार गुल्मीका अन्य गाउँ र नगरपालिकाको तुलनामा रेसुङ्गा नगरपालिकामा माओवादी केन्द्रको संगठन कहि कम्जोर रहेको स्वीकार गरे पनि मेयर पदका उमेदवार पार्टीकै आंकलनले हार्ने कुरा स्वीकार गर्दैनन् । हो म मान्छु–‘ हाम्रो संगठन थोरै कम्जोर यो नगरपालिकामा छ तर यहाँका पुरानो पुस्ताबाट सन्तुष्ट छैनन यहाँका सचेत जनता , उनिहरुले युवा पुस्ता खोजेका छन यस अर्थमा पनि पार्टी भन्दा मलाई रोज्नु हुने कुरामा म विश्वस्त छु । ’ देवकुमार नेपाली कै जस्तो हुन सक्ने उनले अर्को आधार हिजो दलित भने पछि मुस्कीलले वडा सदस्य दिने र प्रमुख जिम्मेवारी दिए दलितले गर्न सक्दैन र हामीलाई टेर्दैन पनि भन्ने हिजोको मानसिकता तोड्न पनि यहाँको दलित र अन्य उत्पीडित समुदायले भोट दिने छन् र जित्ने छु भन्ने रहेको छ । उनि रेसुङ्गा वहुमुखी क्याम्सका सञ्चालक समिति कोषाध्यक्ष, रेसुङ्गा अस्पतालका सञ्चालक हुँदै विभिन्न संघ–संस्थामा आवद्ध छन् । विपक्षी राजनैतिक दलका समकक्षी नेताहरु विचमा समेत विकासमा सहकाय गर्नु पर्छ भन्ने मान्यता राख्ने युवा नेताका रुपमा चर्चा पाउने गरेका बिश्वकमौ विकास प्रेमी मानिन्छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र दलित मुक्तिमोर्चा गुल्मीका अध्यक्ष रहेका विश्वकर्मालाई ढोरपाटका मेयर देवकुमार नेपाली संग दाँजेर चर्चा गर्न थालिएको छ । दलित समुदायबाट मेयर पदमा ढोरपाटन नगरपालिकामा उमेदवार घोषणा गर्दा देखि र मत परिणाम नआउञ्जेल सम्म प्र्रतिष्पर्धी नेपाली कांग्रेसले  उनले जित्ने कुरा गर्दा गिज्याउँथ्यो नै उनकै पार्टी एमालेले समेत उनले जित्लान भन्ने आँकलन समेत गरेको थिएन । त्यस्तै अनपेक्षित मत परिणाम दलित समुदायबट गुल्मीका यि पहिलो र एक मात्र मेयर पदका उमेदवार बिश्वकर्मालाई पनि आउन के वेर ? भन्ने चर्चा यति वेला चलिरहेको छ । अन्यत्र दको अवस्था निरासजनक जिल्लाका ९३ वडा मध्ये यो प्रत्ति तयार गर्ने वेला सम्म जम्मा ६ वटा वडामा एमालले दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छ , माओवादी केन्द्रले ७ ( वढ्न सक्ने ) र नेपाली कांग्रेसले एक जना पनि दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छैन ।

समस्या बुझ्ने उम्मेद्वारलाई धनगढीका मतदाताकाे भोट

कैलाली, जेठ २ । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको फूलबारी क्षेत्रका स्थानीयले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरुले दिने मतको कदर हुनु पर्नेमा जोड दिएका छन् । विकासको अपेक्षाका साथ निर्वाचनको ब्यग्र प्रतिक्षा गरिरहेको उल्लेख गर्दै उनीहरुले भोटको सट्टामा विकासको आशा गरेको बताएका छन् । जनताको समस्यासंग घुलमिल भएका र समाधानको सामाथ्र्य राख्ने उम्मेदवारलाई भोट दिएर जिताउने उनीहरुको भनाइ छ । क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने फूलबारीलाई गतवर्ष धनगढी उपमहानगरपालिकामा गाभिएको थियो । धनगढी उपमहानगरपालिकामा गाभिएपछि स्थानीय तहको निर्वाचनमा फूलबारीको महत्व अझै बढेको छ । विगतको निर्वाचनमा फूलबारीको भोट पाएका नेताहरुले विकास निर्माणप्रति चासो नदेखाएकाले यसपालिको निर्वाचनमा मतदाताको सतर्कता र अपेक्षा बढी देखिएको छ । उनीहरुले उम्मेदवारको पृष्ठभूमि अध्ययन गरेर मात्रै आफ्नो अमूल्य मत दिएर जिताउने जिकिर गरेका छन् । ‘हामी उपमहानगरवासी भए पनि गाउँ ठाउँको विकास भएको छैन’, स्थानीय कृष्ण धमलाले भने–‘तल्लो स्तरबाट विकास गर्ने जनप्रतिनिधिको खाँचो छ । यस प्रकारको क्षमता भएका प्रतिनिधिलाई नै आउँदो स्थानीय तहको निर्वाचनमा भोट दिन्छौं ।’ फूलबारी क्षेत्रमा सडक पूर्वाधार, शुद्ध खानेपानी लगायतको समस्या रहेको छ । पछिल्लो पटक धनगढी–फूलबारी–हसुलिया खण्ड हुलाकी मार्ग सञ्चालन भएपछि सडक छेउछाउमा विकासको गति देख्न सकिन्छ । तर, हुलाकी मार्ग भन्दा भित्रि ठाउँको ग्रामीण सडक भने अझै कच्ची छन् । शुद्ध खानेपानीको व्यवस्था हुन नसक्दा नल्काको पानी खान बाध्य रहेको स्थानीय शेरबहादुर भण्डारीले बताए । उनले भने–‘खानेपानीको समस्या यहाँको सबै गाउँमा छ । ग्रामीण सडक पनि बिग्रिएको छ । हामीलाई गाउँ ठाउँको विकास गर्ने प्रतिनिधि चाहिएकोले विकासप्रेमीलाई भोट दिन्छौं ।’ विभिन्न सपना देखाएर भोट माग्ने तर चुनाव जितेपछि फर्केर नेताहरुले नहेरेको प्रायः सबैतिर गुनासो सुनिन्छ । फूलबारीवासीको गुनासो पनि अन्यत्रको भन्दा फरक छैन । नेताहरुले भोटका लागि चिल्ला कुरा गर्ने तर जितेपछि फर्केर नहेर्ने परिपाटी पनि रहेको उनीहरुको भनाइ छ । झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले पनि स्थानीयले विकासको अपेक्षा गर्नु स्वभाविक रहेको कतिपयको तर्क छ । ‘स्थानीय निकाय लामो समयसम्म कर्मचारीतन्त्रको भरमा चल्दा जनताको अपेक्षाकृत काम नभएकाले स्थानीय तहको निर्वाचनका क्रममा विकासको अपेक्षा बढी हुनु स्वभाविक हो’, स्थानीय अमरबहादुर चन्दले भने–‘जनताको प्रतिनिधि आएपछि स्थानीयस्तरमा विकासले गति लिने विश्वास गरेका छौं ।’ विगतको निर्वाचनका क्रममा विकासकै सपना देखाएर नेताहरुले भोट बटुले पनि काम नगरेको चन्दले गुनासो गरे । ‘यसपालिको निर्वाचनमा हाम्रा समस्या बुझ्नेलाई भोट दिएर जिताउँछौं’, उनले अगाडि थपे–‘हामीलाई सपना देखाउने हैन । विकासप्रेमी जनप्रतिनिधि चाहिएको छ ।’ स्थानीय तहको चुनावमा भोट पाएर जित्ने व्यक्तिले ग्रामीण क्षेत्रलाई बिर्सिने हुन की भन्ने स्थानीयमा शङ्का पनि रहेको छ । विगतमा नेताहरुले चुनाव जितेपछि फर्केर समस्या बुझ्न समेत नआएकाले यसपालि सतर्क रहेको कतिपयको भनाइ छ । चुनाव जित्ने उम्मेदवारलाई स्थानीयका मतको कदर गर्न र देखिने विकास गर्न आवश्यक रहेको स्थानीय विष्णु अधिकारीले बताए । निर्वाचन जित्ने उम्मेदवारले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मतदाताको मन जित्न आवश्यक रहेको उनको भनाइ छ । ‘नेताहरुले दलबाट प्रतिनिधित्व गर्ने भएका कारण उनीहरु जितेपछि जनताको अभिमतको कदर भन्दा कार्यकर्ता मोहमा ध्यान दिन्छन्’, अधिकारी भन्छन्–‘हामीलाई जनता तथा विकासप्रेमी प्रतिनिधिको आवश्यकता छ । नेताहरुले स्थानीयस्तरमा विकासलाई बढी प्राथमिकता दिइनु पर्दछ ।’ सरकारले प्रदेश नम्बर ७ मा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचनको चहलपहल बढ्दै गएको बेला स्थानीयहरु आ–आफ्ना गाउँ ठाउँमा रहेका समस्याको फेहरिस्त सुनाउन थालेका छन् । स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिले ग्रामीण क्षेत्रको समस्या समाधानमा ध्यान दिने उनीहरुको अपेक्षा छ । ‘स्थानीय तहमा आउने जनप्रतिनिधिले गाउँ ठाउँको विकासमा ध्यान दिइनु पर्दछ’, कृष्ण धमला भन्छन्–‘हामी सबै स्थानीयवासी विकास कुरिरहेका छौं । झूटो आश्वसन हैन ।’ कैलालीको फूलबारीमा एमाले, काङ्ग्रेसको पकड बलियो मानिन्छ । तर, स्थानीय तहको चुनावमा पार्टी भन्दा पनि विकास निर्माणममा तत्परता देखाउने व्यक्तिलाई भोट दिने स्थानीयहरुको भनाइ छ । उनीहरुले विगतमा पार्टीहरुलाई हेर्दा धोका पाएका बताएका छन् ।

निर्वाचनको एक दिन !

पुष्पा महरा स्थानीय तहको निर्वाचन २०७४ मा मतदाताहरु निकै उत्साहित तरिकाले मतदान गरिरहेका थिए । आज विहान ७ बजेदेखि सुरु भएको मतदान समय साँझ ५ बजेसम्म संचालन भयो । प्रदेश नं. ३, ४ र ६ मा मात्रै निर्वाचन भएको मतदानमा दोलखा, मकवानपुर, नुवाकोट, रुकमलगायत केही जिल्लाहरुमा सामान्य घटनाहरु भए पनि समग्रमा शान्तिमय र सौहाद्रपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भोट हाल्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो नै गृहजिल्ला चितवन गई आज भोट खसाले । त्यसतै अन्य दल तथा नेताहरुदेखि कलाकारहरुले समेत आ–आफ्नो मतदाता नामावली भएको स्थानबाट भोट खसालेका छन् । सर्वसाधारणहरुले पनि झण्डै २० वर्षपछि भइरहेको स्थानीय तहको चुनावमा निकै उत्साहपूर्वक उपस्थिति देखाएका थिए । सुनसान सडक, सार्वजनिक सवारी अावगमनमा अाज राेक लगाइएकाे  थियाे । पसलहरू पनि अाज बन्द थिए । धेरै जसा स्थानमा सर्वसाधारणहरु निर्धारित समयभन्दा अगाडि नै भोट खसाल्नका लागि मतदान केन्द्रमा उपस्थित भएको केन्द्राध्यक्षहरुले बताएका छन् । म्याद प्रहरी, नेपाल पुलिसलगायतको कडा सुरक्ष घेराबीच स्थानीय निर्वाचन सम्पन्न भएको छ । अब जनता मतपरिणाम कहिले आउला र कसले जित्ला, ‘मेरो मत खेर जाला कि नजाला ?’ भन्ने कौतुहलता पालि बसेका छन् । अझ काठमाडौ महानगरपालिकामा बाजी कसले मार्रा भन्ने विषय निकै ठूलो मानिएको छ । तस्वीर ः इभा राजवाहक

खोटाङका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

खोटाङ,  वैशाख १७। सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो । चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ । एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् । पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भने  – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।” पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ । दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ । सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो । हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ । पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ ।

पेट्रोल पम्पमा भीषण आगलागी, वाणिज्य बैङकको कार्यालय पनि जल्यो

डोटी, चैत २० । सदरमुकाम दिपायलमा रहेको जेबी आयल स्टोरमा आगलागी भएको छ । व्यस्त बजारमा रहेको पम्पमा आगो लागेको आगलागीका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् । आइतबार दिउँसो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीबाट पम्प नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय जलेको छ । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । तर कति रकम जल्यो भन्ने बारेमा केही बताइएको छैन । व्यस्त बजारमा लागेको आगो दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरे पनि अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । पम्पबाट सुरु भएको आगो नजिकैका घरमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । आागलागिको कारण कारण खुलेको छैन ।

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

बेनी (म्याग्दी), चैत २० । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली वैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले ४३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल हुनुभएको हो । कुँवरले यस विषयमा केही वर्षदेखि निरन्तर रूपमा खोज गरिरहनुभएको थियो । उहाँले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आए पनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो । सन् १५६४ मा इटालीमा जन्मिनुभएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिकशास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थाल्नुभएको थियो । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन । इटालीमा आफ्नो अध्ययन पूरा गरी हाल काठमाडौँका विभिन्न अनुसन्धान संस्थामा सम्बद्ध रही अनुसन्धान गरिरहनुभएका वैज्ञानिक कुँवरले भन्नुभयो, “यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाऊ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आउनुभएको थियो ।” विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलापछि कुँवरले सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गर्नुभएको थियो । ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरू’ शीर्षकका ती दुई अनुसन्धानपत्र भौतिक विज्ञानका लागि चाबी सिद्ध हुने खोजकर्ता कुँवरले बताउनुभयो । समस्यासँग सम्बन्धित सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाण पनि अनुसन्धानपत्रमा संलग्न गरिएको छ । “विश्वमा हाम्राभन्दा धेरै सुविधासम्पन्न प्रयोगशाला छन् । लगानीको अभाव पनि छैन तर आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन ? म आश्चर्यमा छु,” कुँवरले आश्चर्य प्रकट गर्नुभयो । “अनुसन्धानपत्र र सम्बन्धित समाधान पढेपछि यस विषयले हामीलाई मात्र होइन, संसारका सबै भौतिकशास्त्रीलाई आश्चर्यमा पार्नेछ,” कुँवरले भन्नुभयो । भौतिकशास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमुक परिणाम निस्क्यो भनेर जानकारी गराउने प्रवृत्तिभन्दा आफू निकै टाढा रहेको बताउँदै कुँवरले भन्नुभयोे, “भौतिक शास्त्रीय परिणाम निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजा परीक्षणबाट स्पष्ट रूपले देखाउन पनि सक्नुपर्छ ।” भौतिकशास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ । उहाँले अनुसन्धानपत्र सबैले अध्ययन गर्न पाउने गरी प्रकाशित गर्नुभएको छ । यसखाले अनुसन्धानपत्र अध्ययन गर्न अन्य देशमा भने चर्को मूल्य तिर्नुपर्ने हुन्छ । ग्यालिलियोको योगदान के थियो ? खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दसकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ हुनुहुन्थ्यो । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गर्नुभएको थियो । ‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दसकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गर्नुभएको थियो । उहाँले गरेको उक्त परीक्षणलाई भौतिकशास्त्रीले विशेष महìवका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्स अन्तर्गत राखी अध्ययन अध्यापन गराइन्छ । ग्यालिलियोको सूत्र अनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिण्डको सन्दर्भ नउठाइए पनि उहाँको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराउनुभएको र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए । कुँवरले भन्नुभयो, “उक्त सूत्रको प्रयास पूर्ण नभएका कारण उक्त सूत्रले दिने विस्थापनको नतिजा वास्तविक विस्थापनभन्दा धेरै नै कम हुन पुग्दछ । भौतिकशास्त्रका लागि ग्यालिलियोले दिएको यो महान् योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्स्टाइनले पनि गम्भीरताका साथ अध्ययन र प्रयोग गर्नुपर्दथ्यो । त्यसो नगरेका कारण भौतिकशास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुग्यो ।” भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तक प्रकाशन गरेका वैज्ञानिकले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको छ । भौतिकशास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भन्नुभयो, “उनीहरूले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन । समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुग्नुभएको छ । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ । के छुटेको थियो ? खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गर्नुभएको छ । उहाँको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ–पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरिक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ? यस सबालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चार सय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिनुभएको छ । मिलिमिटरभन्दा साना खण्डको पनि सत्यतथ्य खोज्ने नयाँ पुस्ताले अर्बौं मिटर फरक हुने नतिजा पनि थाहै नपाईकन एकदम सही छ भन्दै पढ्ने÷पढाउने गर्दै आउनुभएको छ । “यो विडम्बना हो, यसले कसैलाई पनि हित गर्दैन,” कुँवरले गणितीय प्रमाणसहित स्पष्ट पार्नुभयो । कुँवरले थप्नुभयो, “सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकले सर्वप्रथम यस्ता जाँच गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।” परीक्षणहरू कहाँ र कहिले गरिएको थियो ? पछिल्लो अनुसन्धानपत्र प्रकाशन गर्नुभन्दा केही वर्षपूर्व खोजकर्ता कुँवरले सम्बन्धित विषयलाई काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको प्रयोगशालामा पटकपटक दोहो¥याएर परीक्षण सम्पन्न गर्नुभएको थियो । आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मात्र बाह्य परीक्षणका शृङ्खला थालिएको थियो । काठमाडौँ र ललितपुरका विभिन्न शिक्षण संस्थामा सम्बन्धित परीक्षण तथा प्रवचन सम्पन्न गरिएको थियो । कुँवरले काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स, गोङ्गबुमा विसं २०६९ मङ्सिरदेखि पुसका बीचमा पछिल्लो आखिरी आन्तरिक परीक्षण सम्पन्न गर्नुभएको थियो । यस परीक्षणपूर्व विसं २०६७ को चैतमा सम्बन्धित प्रवचन त्रिभुवन विश्वविद्यालयमा दिइएको थियो । भौतिकशास्त्र पुनःनिर्माण अभियानका सदस्य तथा अन्य सहयोगीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विसं २०६९ को पुुसमा युनाइटेड स्कलर्स एकेडेमी काठमाडौँमा पहिलोचोटि बाह्य रूपमा परीक्षण सम्पन्न गरिएको थियो । ठाडो सतहका लागि गरिएको उक्त परीक्षणले ७ घन्टाको समय लिएको थियो । परीक्षण कार्यक्रममा विभिन्न भौतिकशास्त्री, शिक्षक तथा विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । विसं २०६९ को माघमा दिव्यकान्ति बोर्डिङ स्कुलको चौरमा समतल सतहका लागि पूर्वपरीक्षण सम्पन्न भएपछि अरनिको इन्टरनेसनल एकेडेमी, ललितपुरमा सम्बन्धित परीक्षण सम्पन्न गरिएको थियो । समतल सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले ५ घन्टाको समय लिएको थियो । भौतिकशास्त्र पुनःनिर्माण अभियानको सहयोगमा परीक्षण सम्पन्न भएको थियो । पछिल्लोचोटिको परीक्षण कुँवरले विसं २०७३ को माघमा गर्नुभएको थियो । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको चितवन शाखामा उक्त परीक्षण गरिएको थियो । ठाडो सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले झन्डै दुई हप्तासम्मको समय लिएको थियो । परीक्षणपछि कुँवरले दिएको समाधान के हो ? भौतिकशास्त्रमा ‘सुवात’का पाँचवटा सूत्रको पठनपाठन विश्वभरि हुन्छ । अङ्ग्रेजी वर्णहरू एस, यू, भी, ए र टीबाट ‘सुवात’ शब्द बनेको हो । यी वर्णको अर्थ क्रमशः विस्थापन, सुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । स्कुल र कलेजका पाठ्यपुस्तकमा ‘सुवात’का पाँचवटा समीकरण रहेको छ । ‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक परिणाम दिएको थाहा पाएपछि कुँवरले ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण आविष्कार गर्नुभएको थियो । अङ्ग्रेजी एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । उहाँले आविष्कार गरेका पाँचवटै समीकरण ‘सुवात’का पाँचवटै समीकरणभन्दा फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणले विस्थापन र अन्य परिमाणको मात्रा जति हुनुपर्ने हो, ठ्याक्कै त्यति दिन्छन् । पत्ता लागेका नयाँ समीकरण सामान्य क्याल्कुलेटरको सहाराले सबैले सधैँभरि जाँच्न सकिने कुँवरले बताउनुभयो । क्याल्कुलेटरै नभए पनि सजिलै जाँच्न सकिन्छ– खोजकर्ता कुँवरले भन्नुभयो । विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाऊ मान निकाल्ने गरिएको थियो तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दूरीका पदसङ्ख्या, दूरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् । वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्ने÷पढाउने गरिन्छ– कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पर्नुभयो । विस्थापनको सूत्रको प्रयास थालिएको ४३२ वर्ष बितिसक्दा पनि भौतिकशास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा आठ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन– कुँवरले बताउनुभयो । अझै पनि १० लाई आठ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाऊ अध्ययन अध्यापनको इतिहास अझ लम्बिनेछ । मानवजातिले गर्न सक्ने आविष्कार र खोजका सम्भावना थप कटौती हुनेछन्– अनुसन्धानकर्ता कुँवरले चिन्ता व्यक्त गर्नुभयो । अनुसन्धानपत्रमा कुँवरले प्रस्तुत गर्नुभएको गणितीय प्रमाणमध्ये एउटा उदाहरणमा हुनुपर्ने विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटर कम हुने उदाहरण पनि समेटिएको छ । यसतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुखद पक्ष हो । भौतिकशास्त्रको विश्वसनीयता ठूलो सङ्कटमा छ ।” भौतिक विज्ञानजस्तो सत्यको बढी नजिक मानिने विज्ञानले मानवपुस्तालाई कस्तो मार्गदर्शन गरेको छ ? सबैले विचार गर्नुपर्ने भएको छ– कुँवरले बुद्धिजीवी र सञ्चारकर्मीले मानवजातिको हितका लागि आ–आफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यो समस्यामा कुँवरको ध्यान किन गयो ? विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उहाँ हैरान हुनुभएको थियो । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इञ्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थल्नुभयो । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको २०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ । जम्माजम्मी ७१८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उहाँले एकाइ समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गर्नुभएको छ । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उहाँले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाउनुभएको थियो । भौतिकशास्त्रका सयौँ सूत्रमा समस्या भएको थाहा पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उहाँका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । समयक्रमसँगै वास्तविक समाधान समेटिएका अनुसन्धानपत्र पनि सम्पन्न गर्न उहाँ सफल हुनुभएको थियो । सरल र अकाट्य समाधानको निष्कर्षमा पुगी त्यसलाई परीक्षण गर्नुभयो । “तर जोकोहीले अध्ययन गर्न मिल्ने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाहा नहुने भयो । त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरू’ शीर्षकका दुईवटा अनुसन्धानपत्र प्रकाशित गरँे,” कुँवरले बताउनुभयो । खोजकर्ता कुँवर भन्नुहुन्छ, “कुनै तथ्य परीक्षणबाट सिद्ध भइसकेपछि यस विषयबारे सबैलाई जानकारी गराउनतिर नलागी व्यक्तिगत र पारिवारिक सुखमा समय दिनतिर मन लागेन, कसैले पनि यसो गर्नु हुँदैन । त्यसो गरियो भने सम्पूर्ण मानवजाति र मानवपुस्ताका लागि गरिएको अक्षम्य अपराध हुनजान्छ ।” महान् वैज्ञानिक आर्किमिडिजको प्रसङ्ग उल्लेख गर्दै कुँवरले भन्नुभयो, “आर्किमिडिजको व्यवहारले हामीलाई सत्य भेटियो भने अरूलाई बताउन नबिर्स बरु कपडा लगाउन बिर्से पनि केही हुँदैन भन्ने सिकाएको छ । आर्किमिडिजले नयाँ कुरा पत्ता लगाएपछि अरूलाई त्यसबारे बताउनका लागि कपडा नलगाई नाङ्गै दौडिनुभएको थियो ।”   गाेर्खापत्र दैनिकबाट

तस्वीरमा हेर्नुस् प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीचको भेट

बेइजिङ, चैत १४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ । सोमबार अपरान्ह वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्धानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्ड र राष्ट्रपति सि जिनपिङबीच दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण कुराकानी भएको छ । प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गरेका छन् । चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । prachanda-xi jing 5 prachanda-xi ping prachanda-xi jing 4 prachanda-xi jing-2 prachanda-xi jing ping-1 उनका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्रीका एक जना स्वकीय सचिव रहेका छन् । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए । चीनको हेनानमा भएको बोअाअो फोरममा विशेष बक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री चैत १० गते चीन गएका हुन् । तस्वीरहरु:एभरेष्टदैनिक/ कपीराइट

ग्रेटवालमा प्रचण्ड (फोटो फिचर)

बेइजिङ, चैत १३ । प्रधानमन्त्री प्रचण्डले संसारको सबैभन्दा ठूलो पर्खाल ग्रेटवालका भ्रमण गरेका छन् । चीन भ्रमणको अवसरमा हेनानमा आयोजित बोआओ सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार बेइजिङ फर्केका प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ग्रेटवाल पुगेका हुन । प्रचण्डसँग परराष्ट्रमन्त्री प्रकाश शरण महत, नेपाली दूतावासका पदाधिकारीलगायत रहेका थिए । हेर्नुस् तस्वीरमा तस्वीर– एभरेष्टदैनिकडटकम (कपीराइट)

उथलपुथल जिन्दगी माइला लामाको

किशोरवयमा राजनीतिको रंग ७ फागुन ०२९ मा कठमाडौंको भीमढुंगामा जन्मिएको हुँ । बुबा त्यसवेला गृह मन्त्रालयमा काम गर्नुहुन्थ्यो । हामीलाई घर व्यवहार चलाउन त्यति ठूलो समस्या थिएन, यद्यपि हामी त्यत्ति धेरै सम्पन्न थिएनौँ । बुबाको जागिर, खेतिपातीले सामान्य रूपमा हाम्रो परिवारको जीवन चल्थ्यो । सिंहदरबारबाट मेरो घरको दूरी नाप्ने हो भने त्यस्तै पाँच–सात किलोमिटर होला । काठमाडौंको रिङरोडनजिकै जन्मिएर पनि हामीले सहरको अनुभूति गर्न पाएका थिएनौँ, राज्य हामीसँगै छ भन्ने अनुभूति गर्न पाएका थिएनौँ । राज्यसँग कार्यक्रम नभएकाले हो वा समुदायका हिसाबले हामी जनजाति बस्तीका कारण हो । त्यसवेला लाग्थ्यो, जिन्दगी सिक्दै–सिकाउँदै अगाडि बढ्ने यात्रा हो । जिन्दगी निरन्तर चलिरहने चुनौती र सम्भावनाको यात्रा पनि हो । सार्थक जिन्दगी कसरी बिताउने भन्ने प्रश्न हो । सार्थक जिन्दगीले चुनौती पनि बोकेर आएको हुन्छ । त्यसो भयो भने जिन्दगीको अर्थ खोज्न सकिन्छ । यस हिसाबले हेर्दा मेरो बाल्यकाल धेरै कष्टपूर्ण पनि रहेन, सुखद त हुनै सकेन । स्कुल पढ्दै गर्दा म वाम राजनीतितर्फ आकर्षित भएँ । हामीलाई टोपबहादुर रायमाझी, भोला कुँवर (अहिले बेलायतमा) लगायतले राजनीतिमा लाग्न उत्प्रेरित गरे । त्यसवेला पञ्चायतविरुद्ध सीधा राजनीतिभन्दा पनि गीत–संगीतका माध्यमबाट हामी राजनीतिक प्रचारको काम गथ्र्याैं । ०४६ सालको जनआन्दोलनको तयारीको प्रभाव मेरो जीवनमा पनि पर्यो। त्यहाँबाट सुरु भएको मेरो राजनीतिक जीवन उथलपुथलपूर्ण रहि नै रह्यो । ०४६ साल सेरोफेरोमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति भन्ने संरचना बनेको थियो । बाबुराम भट्टराईलगायत नेता त्यसमा हुनुहुन्थ्यो । राजा–वाम र कांग्रेस गठबन्धन धोका हो, बहुदल सम्पूर्ण रूपमा प्राप्ति होइन भनेर त्यसले नारा अगाडि सारेको थियो । म त्यही नाराभित्र गोलबद्ध थिएँ । मैले त्यति धेरै बुझेको थिइनँ, तर राजा, वाम र कांग्रेस गठबन्धन गलत छ भन्ने मेरो मनमा थियो । बहुदलले सबैलाई न्याय र समानता दिन सक्दैन भन्ने छाप परेको थियो मेरो मस्तिष्कमा । यस हिसाबले हेर्दा जिन्दगी भोगाइको प्रतिबिम्ब पनि हो भन्ने मलाई लाग्छ । पढाउँदै राजनीति गर्दै १७–१८ वर्षको भएपछि मैले सपना देख्न थालेको थिएँ, समाजलाई आदर्शपूर्ण बनाउन सकिन्छ भन्ने । युवा अवस्थामा त्यस्तो कल्पना गर्नु नाजायज थिएन । म काठमाडौंभित्रै जन्मे–हुर्केको मान्छे, राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि ग्रामीण, दूरदराजका बस्ती बुझ्ने–जान्ने मौका पाएँ । त्यसवेला लग्थ्यो, जिन्दगी दुखैदुःखको पोको हो । घन्टौँ मात्र होइन, दिनभरि हिँड्नुपर्ने अवस्था थियो । जनताको त्यो दुःखजिलो जीवन देख्दा क्रान्ति नभई नहुँदो रहेछ भन्ने लाग्थ्यो । जनताको अभावयुक्त जीवन देखेर छिटोभन्दा छिटो क्रान्तिलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्थ्यो । म एउटा सपनाका साथ आन्दोलनमा जोडिन पुगेको थिएँ । त्यसवेला सपनामा, आकांक्षामा रमाउन जान्नु पनि पर्ने रहेछ भन्ने आभास हुन्थ्यो । एउटा संयोग जुर्यो। ०४९ सालमा पार्टीले एउटा अभियान चलायो । अभिायनअन्तर्गत नुवाकोट जानुपर्ने अवस्था आयो । तुप्चे गाविस पुगेँ । माओवादी नेता पोष्टबहादुर बोगटीको गाउँ । पार्टीको प्रभाव राम्रै थियो । त्यहाँका जनताको आग्रह र आफ्नै आर्थिक आवश्यकताका कारण मैले स्कुल थालेँ । अन्य समय पार्टीको काममा खटिन्थेँ । यस अर्थमा, जिन्दगी एउटा सम्झौता पनि हो भन्ने लाग्छ । त्यहाँ रहँदा नुवाकोट र रसुवामा पार्टी संगठन निर्माणमा भूमिका खेलेँ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट जागरण अभियान चलायौँ । एकातिर शिक्षण पेसा अर्काेतिर राजनीति, दुवैलाई सँगसँगै अगाडि बढाउनु चानचुने थिएन । लाग्थ्यो जिन्दगी एउटा चुनौती हो । तर, जतिसुकै अप्ठ्यारा र जटिलता आए पनि सामना गरेर अगाडि बढँे । कहिले राति अबेरसम्म काम गथेँ । शुक्रबार प्रायः छुट्टी भएपछि सांस्कृतिक काममा लाग्थेँ । शनिबार दिनभरि पाट्र्टीको काम गरेर एकैचोटि आइतबार कक्षा लिन स्कुल पुग्थेँ । राजनीतिमा लागे पनि मेरो मान्यता आफ्ना विद्यार्थीलाई उकृष्ट बनाउनुपर्छ भन्ने भइरहन्थ्यो । दुवै कर्तव्यलाई इमानदारीसाथ पूरा गर्ने काममा म सक्रिय रहेँ । चुनौती धेरै नै थियो । तर, त्यो दुःख र चुनौतीले सन्तुष्टि पनि दिइनै रहेको थियो ।  ल्यान्डमाइनले जब हुत्यायो ०५२ मा जब जनयुद्धको तयारीका क्रममा पार्टीले मलाई पूर्वी क्षेत्रमा खटायो । म काभ्रे गएँ । सुरुवाती चरण जनमत सिर्जना गर्ने समय थियो । हामी किन लड्दै छौँ, लडेर हामी के गर्दै छौँ भन्ने जनतालाई बुझाउनु थियो । त्यो वेला हाम्रो पार्टी सानो थियो, कार्यक्रम गर्न जाँदा कांग्रेस, एमालेले लखेट्थे पनि । हाम्रो कार्यक्रममा आएर होहल्ला गर्ने, गोदगाद पनि गर्थे । भीषण युद्धको यात्राभित्र पनि हामीले उज्यालो सपना देखेका थियौँ, जनतामा देखिएको अभावबाट मुक्ति । जनताको जीवनले सधँैभरि हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको थियो । दिनहरू अन्यन्त भयावह थिए । कति वेला मरिन्छ, कति वेला छेउमै बम पड्किन्छ, कति वेला घेरामा परिन्छ कुनै ठेगान हुँदैनथ्यो । कति वेला हामी आफैं योजना बनाएर लडाइँमा जान्थ्यौँ, कति वेला अकस्मात आइलाग्थ्यो । विजयी हुने ठानिएको क्षेत्रमा हारियो र हार्ने ठानिएको क्षेत्रमा विजय पनि भइयो । हामीले पलपल मृत्युसँग पौँठेजोरी खेल्यौँ । कति वेला नयाँ जीवन पाइयो । जनयुद्धका १० वर्षको अवधि सम्झँदा एक खालको गर्वको अनुभूति हुन्छ । त्यस वेलाका कतिपय क्षण असाध्यै कहालीलाग्दा पनि छन्, सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ । तथापि, जुन लक्ष्यका साथ अगाडि बढ्न खोजेका थियौँ, त्यो पूरा हुन सकेन । त्यसमा पीडा छ, चिन्ता पनि । पार्टीले ०५४ सालमा देशभरका अगुवा फाइटरलाई ट्रेनिङको व्यवस्था गरेको थियो । पिपुल्स वार गुप्रका विनोदजीले तालिम दिनुभएको थियो । उहाँ पिपुल्स वारको केन्द्रीय समितिमा हुनुहुँदो रहेछ । पछि उहाँ युद्धमा मारिनुभयो भारतमै । त्यो तालिमले हाम्रो मनोबललाई धेरै माथि उठायो । त्यसपछि हामीले लडाइँका मोर्चा जित्दै पनि गयौँ । पछिका दिनमा आफैँले पनि आफ्नो क्षेत्रमा थप तालिम सञ्चालन गरेँ । ०५४ फागुनको एक दिन ठूलो दुर्घटनाले मलाई चपेटमा लियो । ‘ल्यान्डमाइन’मा आएको प्राविधिक गडबडीका कारण म भयानक दुर्घटनामा परेँ । त्यो साँच्चै भयावह थियो । मान्छे मर्नलाई साँच्चै कति गाह्रो हुँदो रहेछ भन्ने मलाई त्यसवेला अनुभूति भयो । धेरै समयसम्म आकाशतिर उडेको जस्तो भयो । सास फेर्न अधिक कठिन भयो । उकुसमुकुस, एकदमै छट्पटी । मेरो रेखदेखमा रहेका साथीका अनुसार म नौ दिनपछि मात्र होसमा आएको थिए । होसमा आउँदा मेरो दृष्टि थिएन । पूर्णतः कान नसुन्ने भएको थिएँ । होसमा आएको दिन पहिलोपटक डाक्टरले हातमा कोरेको याद छ, सायद उनले डटपेनले कोरेका थिए । उनले ‘तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । मैले ‘ठीक छु’ भनेर बताएँ । तर, जब मैले आँखा खोल्ने कोसिस गरेँ, केही पनि देखिनँ । रुसी योद्धा निकोलाई आत्रोभस्कीको उपन्यास ‘अग्निदीक्षा’ पढेको थिएँ । रुसी क्रान्तिपछि चलेको गृहयुद्धमा आधारित उक्त उपन्यासको ‘प्रोटागोनिस्ट’ पावेल कोर्चागिनको असाध्यै याद आयो । लाग्यो म ऊजस्तै भएँ । अनेक प्रश्नले एकसाथ झम्टे । म बन्दुकलाई प्रेम गर्ने मान्छे, गीत–संगीतमा खेल्ने मान्छे । आँखा नदेखेपछि म बन्दुक कसरी चलाउँला ? म कसरी युद्धमा जाउँला ? धेरै साथी सहिद भइसकेका छन्, मैले बदला लिनु थियो । जनता विजयीको पर्खाइमा थिए । अटेसमटेस आए प्रश्न । साहै्र पीडा भयो । सँगसँगै ‘पावेल’ ले मलाई सान्त्वना दिएको थियो । अडिग हुन पेरित गरेको थियो । मैले सोचेँ, ‘बन्दुक चलाउन नसकुँला, तर कलम त चलाउन सक्नेछु । गीत–संगीतबाट योगदान गर्न मेरो आँखाले मलाई रोक्नेछैन ।’ आफैँलाई सम्हालेँ । यस हिसावले हेर्दा जिन्दगी परिवेशले निम्ताउने छट्पटाहट हो, संयमतता पनि हो । मेरो उपचारमा संलग्न डा. सरोज धिताललगायत डाक्टरले अथाह मिहिनेत गर्नुभयो । उहाँहरूको पे्रमपूर्ण उपचारले भयावह अवस्थालाई क्रस गर्न सक्यौँ । बिस्तारै आँखाको ज्योति र्फिर्कंदै गयो, सुन्ने क्षमता पनि खुल्दै गयो । ती दिन सम्झँदा अहिले पनि अचम्म लाग्छ । चमत्कारझैँ पो भयो । अहिले पनि डा. धितालसँग दाजुभाइको नाता छ । गर्व पनि लाग्छ । हामी प्रत्यक्ष युद्धमा सामेल भयौँ, तर उहाँहरूले अप्रत्यक्ष भए पनि कुनै न कुनै रूपमा सहयोग गरेर योगदान दिनुभयो । अनेक घुम्ती आए जिन्दगीमा जिन्दगीमा अनेक ‘टर्निङ प्वाइन्ट’ आए । कलेज जीवनमा शिव श्रेष्ठले मलाई सांस्कृतिक क्षेत्रमा लाग्न असाध्यै उत्प्रेरित गर्नुभयो । उहाँ गाउनुहुन्थ्यो । मणि थापा, धुव्र ज्ञावालीलगायतको सहयोगले कलाकारितामा अगाडि बढ्न प्रेरित गर्यो । कमरेड विप्लवसँगको भेट पनि अविस्मरणीय छ । उहाँसँग ०४७–०४८ सालदेखि सहकार्य छ । कार्यकर्ता अप्ठ्यारोमा पर्दा पनि त्यसको सहज निकास खोज्न सक्ने व्यावहारिक सहकार्यले मलाई प्रेरित गर्यो । ०५१ मा काभ्रे गएपछि कमरेड आलोकसँग सहकार्य गर्ने मौका मिल्यो । त्यो सहकार्यले मलाई असाध्यै ऊर्जा प्रदान गर्यो । उहाँबारे पछि प्रश्नहरू पनि उठे । तर, उहाँ पूर्वमा भएका माओवादी केन्द्रीय नेतामा आँटिलो, मिहिनेती र राम्रो योजनाकार हुनुहुन्थ्यो । उहाँसँगको सहकार्यले मलाई परिपक्व बनायो । राजनीतिमा अघि बढ्न कमरेड प्रचण्डको पनि उत्तिकै योगदान छ । उहाँसँग ०४९ मा भेट भएको हो । त्यसवेला सरस्वती क्याम्पसमा सातदिने जनविद्यालय सञ्चालन गरिएको थियो । त्यसवेला उहाँले एउटा अपिल गर्नुभयो, ‘तपाईंहरूको काँधमा यो देशको भविष्य छ । तपाईंहरूको हातमा कापी–कलम मात्र होइन, गोलाबारुद्ध पनि जरुरी छ । बन्दुक पनि तपाईंहरूले सम्हाल्नुपर्छ ।’ त्यसले मलाई उद्वेलित गर्यो । त्यो भेटघाटमा प्रचण्डले मेरो आत्मविश्वास भर्ने काम गर्नुभएको थियो ।  आफैँभित्र पनि संघर्ष हो जीवन ०६३ सालमा हाम्रो पार्टी शान्ति प्रक्रियामा आएको थियो । सोही वर्षको पुस महिनामा देशभरका नेता–कार्यकर्ताको एउटा केन्द्रीकरण थियो चितवनमा । माओवादीभित्र बिस्तारै नेता तथा कमान्डरहरूमा अलिक भोगबिलासी, सुखसयल चाहने, कार्यकर्तालाई अलिक डोमिनेसन गर्न खोज्ने, आफूलाई सर्वेसर्वा ठान्न खोज्ने, जनतालाई नगन्ने, महँगा सामानको प्रयोग तथा सुविधाप्रति आसक्ति देखाउने प्रवृत्ति विकास हुन थालेको थियो । तिनै प्रवृत्तिलाई इंगित गरेर मैले त्यहाँ एउटा नाटक प्रस्तुत गरेको थिएँ । त्यसको सन्देश थियो, मान्छेका कमजोरी हुन्छन्, कमजोरी सुधारेर अगाडि बढ्ने होे । कमजोरीबाट मान्छेलाई सिध्याउने होइन । नेताहरूले सनकका भरमा मनपरी गर्न पाइन्न । आफ्नो सनक संगठन, जनता र कार्यकर्तामा लाद्न पाइँदैन भन्ने नाटकको सन्देश थियो । तर, प्रचण्ड असाध्यै रिसाउनुभयो । उहाँले ‘गलत गर्नुभयो’ भन्नुभयो । उहाँसँग मेरो विवाद पनि भयो । वास्तवमा मैले त्यो प्रचण्डलाई नै भन्न खोजेको थिइनँ । तर, बहसका क्रममा मैले भने, ‘चोरको खुट्टो थुत भन्दा तपाईंले त उचालेजस्तो गर्नुभयो नि दाइ ।’ ०६५ मा खरिपाटीमा भएको राष्ट्रिय भेलामा मैले एउटा गीत बनाएको थिएँ । त्यो गीत प्रस्तुत गरेपछि प्रचण्ड–बाबुराम एकदमै अनपेक्षित ढंगले प्रस्तुत हुनुभयो । त्यसवेला सामना सांस्कृतिक परिवारको नेतृत्व गर्थें म । नेतृत्वको अनिच्छाका बाबजुद हामीले देशव्यापी अभियान बनायौँ । त्यसवेला मैले केही नेता कति पाखण्डी र ढोगी हुँदा रहेछन् भन्ने देखेँ । बाहिर जनवादको कुरा गर्ने तर आफूले गरेको खराबीका बारेमा कसैले प्रश्न उठायो भने उसलाई निर्मम दमन गर्ने, आफ्नै पार्टीभित्र भएको खराबीका बारेमा सहयोद्धाले प्रश्न उठाउन पाउँदैन भन्ने नेता देखेँ । तर, त्यसबाट मलाई जिन्दगी अन्तरसंघर्ष हो भन्ने बुझ्न मद्दत पुग्यो ।  गोलचक्करजस्तो जिन्दगी समग्र आन्दोलनको पाटोबाट हेर्दा जिन्दगी एउटा गोलचक्करजस्तो पनि देखिन्छ । सुरुमा जे सोचिएको थियो, त्यसअनुसारको वातावरण अहिले छैन । आकाश–पातालको फरक छ । सपना थियो, एउटा यस्तो समाज हुनेछ, जहाँ विभेद हुँदैन, अभाव हुँदैन । तेरो र मेरो भन्ने हुँदैन । ठूलो र सानो हुँदैन । धनी र गरिब हुँदैन । कुनै प्रकारको अन्याय हुँदैन । त्यस्तो आदर्श समाजको परिकल्पना थियो हामीसँग । तर, त्यसको ठीक उल्टो भइदियो । बाहिर समाजको कुरा त छोडौँ, पार्टीभित्रै अन्याय, अत्याचारजस्तो देखिएपछि हामीले विद्रोह ग-यौँ । यस हिसाबले हेर्दा जिन्दगी एउटा संघर्ष पनि हो भन्ने लाग्छ । केहीले हाम्रो सपनालाई धुलिसात पारेका कारण अहिले राजनीतिप्रति वितृष्णा छ । त्यसलाई बदल्नु हाम्रा लागि चुनौतीपूर्ण छ । केही नेताले विकृत बनाए । तर, हामीले कम्तीमा आफ्नो जीवनलाई गलत दिशामा जान दिएका छैनौँ । हामी निरन्तर विद्रोहको पक्षमा छौँ । आशावाद पनि हो जिन्दगी । त्यो सम्भव छ । सिंगो संसारलाई त्यो दिशामा लैजान सकिन्छ । कतिपय समाजवाद परिकल्पना मात्र हो भन्छन् । तर, त्यसलाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ भन्ने आशा पनि अझै जीवित छ हामीमा । किनकि, आशावाद पनि हो जिन्दगी । प्रस्तुति : रामकृष्ण अधिकारी तस्बिर : कृष्ण पौड्याल नयाँ पत्रिकाबाट

तस्वीरमा हेर्नुस-बोआओ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड

हेनान,चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोआओ सम्मेलनलाई शनिबार विहान सम्बोधन गरेकान छन् । उक्त सम्मेलनलाई सम्बोधन गर्न विहिबार राती चीन पुगेका प्रधानमन्त्रीले आइतबार र सोमबार महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अन्तरराष्ट्रिय लगानीकर्तारुलाई नेपालमा लगानी बढाउन आग्रह गरे । नेपालमा जलविद्युत, पूर्वाधार विकास एवं पर्यटन लगायत विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसर पर्याप्त रहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा बढिरहेको स्वदेशी बजार एवं एशियाको सबैभन्दा ठूलो अर्थ व्यवस्थामा नेपाल व्यापारिक केन्द्रका रुपमा स्थापित हुन सक्ने सम्भावना छ । bowawo boaawo bowaa prachand boawa प्रधानमन्त्रीले मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान गएका हुन् । बोआओमा रहँदा प्रधानमन्त्रीले शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गरेका थिए । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध स् समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।

चार सय कर्मचारी छन्, छैनन् बालश्रमिक

पुष्पा महरा भक्तपुर । इट्टा भट्टाहरुमा बालश्रमिकको प्रयोग बढी नै भइरहन्छ भन्ने समाचारहरु बारम्बार आइरहँदा एउटा यस्तो उद्योग फेला पर्यो, जहाँ एकजना पनि बालश्रमिक छैनन् । त्यतिमात्रै होइन उक्त इट्टा उद्योगमा काम गर्ने मजदुरहरुले आफ्नो सुरक्षादेखि उद्योगमा काम गर्ने अवधिमा के कस्ता काम गर्न हुने र के कस्ता गतिविधिहरु गर्न नहुने भन्ने किसिमका समेत तालिम लिएर सचेत बनेको पाइयो । यो धेरै टाढाको उद्योग होइन । भक्तपुर जिल्लामा रहेको भक्तपुर इट्टा तथा टायल कारखाना हो । केही दिन अघि बेटर ब्रिक नेपालको सहयोगमा भक्तपुरको जगातेस्थित भक्तपुर इट्टा तथा टायल कारखानाको अवस्था के कस्तो छ ? त्यहाँ मजदुरहरुले के कसरी काम गरिरहेका छन् भन्नेबारेमा जानकारी लिने अवसर मिल्यो । बेटर ब्रिक नेपालको संयोजनमा उक्त उद्योग भ्रमण गर्ने अवसर प्राप्त गर्दा त्यहाँ बालश्रम प्रयोग नभएको पाइयो । गत वर्ष मात्रै उक्त उद्योगमा बेटर ब्रिक नेपालले सहकार्य प्रारम्भ गरेको हो । सहकार्य गर्ने क्रममा नै बालश्रम मान्य नहुने उल्लेख छ । विभिन्न इट्टा भट्टामा बालश्रम प्रयोग भइरहेको भन्ने समाचार बारम्बार आइरहँदा यहाँ बालश्रम प्रयोग नहुनु सुखद् पक्ष नै मान्नुपर्छ । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै मजदुरका बालबच्चाको पठनपाठनको समस्या समाधान गर्ने, उद्योगमा कार्यरत मजदुरहरुको काम, उनीहरुको सुरक्षालगायतका विषयहरुमा सो संस्थाले तालिम दिएसँगै उद्योग र बेटर ब्रिक नेपालसँगको सहकार्यले आफूहरुलाई पनि फाइदा पुगेको मल्लले बताए । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै आफ्नो उद्योगमा कार्यरत मजदुरहरुले विभिन्न किसिमका तालिम प्राप्त गरेको र त्यसले मजदुरहरुलाई मात्रै होइन, उद्योगलाई समेत सहयोग पुगेको भक्तपुर इट्टा तथा टायल कारखानाका प्रवन्ध निर्देशक दुर्गाप्रसाल मल्लले बताए । बेटर ब्रिक नेपालसँग सहकार्य भएदेखि नै मजदुरका बालबच्चाको पठनपाठनको समस्या समाधान गर्ने, उद्योगमा कार्यरत मजदुरहरुको काम, उनीहरुको सुरक्षालगायतका विषयहरुमा सो संस्थाले तालिम दिएसँगै उद्योग र बेटर ब्रिक नेपालसँगको सहकार्यले आफूहरुलाई पनि फाइदा पुगेको मल्लले बताए । अबलोकनमा सुर्योदय समाज सेवाका कार्यकारी निर्देशक तारा बहादुर ग्यापक, ग्लोवल फेयरनेश इनिसियेटिभका क्षेत्रीय कार्यक्रम अधिकृत चिरञ्जीवी न्यौपाने, बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक मनिषा मोक्तान, वल्र्ड एजुकेशनलका संयोजक लक्ष्मीप्रसाद घिमिरे तथा सञ्चार माध्यमका केही प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चारैतिर ठूल–ठूला घरहरु निर्माण भइसकेको अवस्थामा पनि यति ठूलो अनि फराकिलो ठाउँमा ईटा निर्माणकार्य भइरहेका थिए । उमेरले ३०/३५ वर्ष माथिका पाका महिला तथा पुरुषहरु मात्रै काम खटिएका देखिन्थे । चारैतिर ठूल–ठूला घरहरु निर्माण भइसकेको अवस्थामा पनि यति ठूलो अनि फराकिलो ठाउँमा ईटा निर्माणकार्य भइरहेका थिए । उमेरले ३०/३५ वर्ष माथिका पाका महिला तथा पुरुषहरु मात्रै काम खटिएका देखिन्थे । टाढैबाट देखिने अग्लो तथा धुँवा नदेखिने चिम्नी आधुनिक थियो । २०७२ साल वैशाख १२ को भुकम्पले उद्योगको चिम्नीमा क्षति पु¥याएपनि सरकारले कुनै सहयोग गरेन । उद्योग धरासायी हुने भएपछि झण्डै साढे चार करोडको लगानीमा कम्पनीले नै आधुनिक किसिमको भूकम्पप्रतिरोधी र वातावरण प्रदुषणरहित हफमाइन सिस्टमको चिम्नि तयार पारेको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा सञ्चालन भएको उद्योग २०६० पौषदेखि निजिकरण भएको थियो । पुराना अवकास प्राप्त कर्मचारीहरुलाई पनि पुनः उद्योगमा बोलाई काम दिइएको र उनीहरुको अनुभवबाट उद्योग राम्रोसँग संचालन गरिएको छ । हाल दैनिक डेढ लाख इट्टा तथा ८० हजारसम्म पातलो टायल उत्पादन हुने गर्दछ । स्थायी र अस्थायी गरी उद्योगमा झण्डै ४६० कामदारहरु रहेपनि आफूहरुले कुनै पनि बालबालिकालाई काममा नलगाएको व्यवस्थापक मल्लले बताए । उनले पुराना अवकास प्राप्त कर्मचारीहरुलाई पनि पुनः उद्योगमा बोलाई काम दिइएको र उनीहरुको अनुभवबाट उद्योग राम्रोसँग संचालन गरिएको जानकारी गराए । ‘अभिभावकहरु यहाँ काम गर्छन्, तिनका बालबालिकाहरुलाई के गर्नुहुन्छ त ? भन्ने प्रश्नको जवाफमा ‘बेटर ब्रिक नेपाल जस्ता संस्थाहरुसँगको सहकार्यमा साना बालबालिकालाई उचित शिक्षा तथा अलि ठूला बालबालिकालाई केही तालिम लिन चाहेमा त्यस्ता तालिम प्रदान गरिने उनले बताए । जग्गा, भवन नेपाल सरकारसँग भाडामा लिएर सञ्चालन गरिएको यस उद्योगमा यहाँबाट उत्पादित इट्टा सामान्य इट्टाको साइजभन्दा केही ठूलो र स्टान्डर मेसिनको प्रयोगबाट निर्मित हुन्छ । 7 malla batter brik nepal 11 6 8 यो विशेषतः सरकारी कामकाजका भवनहरु, ठूला प्रोजेक्ट निर्माणका लागि प्रयोग हुन्छ । यहाँबाट उत्पादित ईट्टाहरु सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा जाने उनले बताए । त्यसपछि इन्जिनियर बाबुराजा रञ्जितकारको सहयोगमा उक्त ईट्टा भट्टाको पूर्ण अवलोकन गरिएको थियो । बेटर ब्रिक नेपालले बाल श्रम अन्त्य गर्नुपर्ने लक्ष्य लिएको छ । त्यसैले त उक्त संस्थाले त्यस्ता बालबालिकाहरुलाई शैक्षिक सामाग्रीलगायतका सहयोग गर्दै आइरहेको छ । संस्थाको अभियानप्रति कारखानामा कार्यरत मजदुरहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

कतारका नेपालीमा चुनावको उत्साह, फर्किन नसक्नेलाई विदेशबाटै भोट दिन पाउनुपर्ने माग

काठमाडौं, चैत ८ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि देश विदेश बस्ने नेपालीमा उत्साह पैदा गरेको छ । नेपालमा त चुनावका लागि को उठाउने बहस सुरु भइसकेको छ । सरकारले २० वर्ष पछि स्थानीय तहको चुनाव मिति आगामी बैशाख ३१ मा गर्ने गरी घोषणा गरेपछि प्रवासी नेपालीहरुले पनि नेपाल फर्केर चुनावमा भोट हाल्ने तयारी गरेको बताएका छन् । हाम्रा कतार संवाददाता  गणेश प्रसाद बञ्जाडेले कतार रहेका नेपालीलाई भेटेर जनमत लिएका छन्, नेपालमा चुनाव हुने भयो भोट खसाल्न जाने तयारी छ कि छैन ? सरकारले बनाएको नयाँ ७४४ स्थानीय तहले तपाईको गाउँ ठाउँलाइ कत्तिको समृद्ध बनाउला भन्ने लागेको छ ? चुनावमा कस्तो व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने विषयमा कुराकानी गरेका छन् । पढ्नुस एभरेष्टदैनिक डटकमको कतारबाट स्थलगत रिपोर्ट । आमिना खान, हेटौंडा सरकार ले स्थानीय निर्वाचन गराउने घोषणा गरेको छ २० वर्ष पछिको यो स्थानीय चुनावमा आफू नेपाल जान नपाउँदा खल्लो महसुस भएको छ । र, अहिले सरकारले जुन स्थानीय चुनाव गराउदै छ त्यो अति आवश्यक छ । सरकारले तोकिएको समयमा निर्वाचन गराउनु पर्छ । विभिन्न बाधा अवरोधहरु आए पनि त्यसलाई चिर्दै चुनाव गर्नुपर्छ । हामीले आशा गरेका छाै‌ं कि यो स्थानीय चुनावले हाम्रो गाउँ ठाँउ विकसित हुन्छ ।  चुनाव भए पछी सबै भन्दा पहिला गाउँ गाउँ को कुना कप्चामा शिक्षाको व्यवस्था पुग्छ ।  हाम्रो देश कृषिप्रधान देश भएकाले गाउँ का हरेक वासिन्दा लाई कृषि सम्बन्धी उच्च तालीम र आत्मनिर्भर बनाउनपर्ने सीप मुलक तालीम दिई गाउँमै रोजगारीको व्यवस्था हुनेछ । सबै ठाउँमा यातायात, उद्योग कलकारखाना खुल्नेछ जसले गर्दा नेपाली विदेश जान नपरोस् । सुदर्शन भट्ट, गोर्खा सर्व प्रथम त २० वर्षमा स्थानीय निकायको चुनाव हुन लाग्दा निकै खुशी बनाएको छ । देशले अव केही गति लिन्छ, म जस्ता विदेशमा काम गरेर परिवार चलाउने नेपालीहरूले यो आशा गर्न सकिन्छ कि अब मेरै देशमा केही हुन्छ र देशले काँचुली फेर्छ । समय,परिस्थिति र काममा व्यस्तताको कारण म चाँही चुनावमा गएर सहभागी हुन नसकेपनि ,राम्रो काम गर्न सक्ने मान्छे प्रतिनिधी छनोट गर्नु पर्छ भनेर मेरो परिवारलाई जानकारी गराइसकेको छु । जो व्यक्ति देश र समाजको लागी निरन्तर लागेर देश/समाजलाई परिवर्तन गर्न सक्छ उसलाई मतदान गर्नु होला भनि मत खसाल्न अनुरोध गरेको छु । मैले चिनेका व्यक्तिहरुलाई पनि त्यही कुरा भन्नेछु । म लामों समयदेखि विदेशमा रहेको कारण कस्तो पूनर्संरचनाले के कस्तो प्रभाव पार्दछ भन्न सक्तिन । तर, समयले देखाउने नै छ । बीस वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावलाइ मैले सकरात्मक रुपमा लिएको छु । सरकारको यो घोषणालाई सम्मान पनि गर्न चाहन्छु । म मेरा        व्यक्तिगत समस्याका कारण तुल बहादुर परियार कास्की पोखरा महानगरपालिका ११ नेपाल गएर भोट खसाल्न सक्तिन । सरकारलाइ म के आग्रह गर्न चाहन्छु भने सरकारले प्रवासमा रहेका नियोग मार्फत प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चितता गरोस् र म सम्पुर्ण नेपाली जनतालाइ आग्रह गर्न चाहन्छु- हाम्रोलाइ भन्दा राम्रोलाइ भोट गर्नुहोस् र चुनावको सफलताको कामना गर्दछु । मलाई लाग्छ स्थानीय तहको पूनर्संरचना गर्दैमा देशमा कायापलट होला जस्तो लाग्दैन ।देश विकास नभएको पूनर्संरचना नभएर होइन । राम्रो भिजेनेवल नेता नहुँदा देश विकास नभएको हो । अब हुने चुनावले योग्य मानिसले जितेभने नेपालको विकास सम्भव छ ।   देबिका के सि गुरुङ्ग अमरभुमी ७, बाग्लुङ   आवधिक निर्वाचन लोकतन्त्रको मुटु हो । नेता जनता र जनाताले नेता छान्ने यो प्रक्रिया निरन्तर भइ नै रहनु पर्दछ । २० वर्षपछि भएपनि चुनाव हुन लागेको मा खुशी लाग्यो । म पनि सम्भव भए सम्म  चुनावमा भोट खसाल्न नेपाल जाने तयारीमा छु ।  ४ महिना भयो नेपालबाट आएको संभव भए सम्म जाने कोशिस गरीरहेको छु । बिदा नमील्नेहरुका लागि पनि यहीँबाट भोट दिन मिल्ने बनाउनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ । अबु अलि, पुतलीबजार, स्याङ्जा धन्यवाद यहाँको जिज्ञासाको लागि । बास्तवमा भन्नू पर्दा यो हामी सम्पूर्ण नेपालीको लागि अवसर हो यति लामो समय पछि देशमा स्थानीय तहको निर्वाचन हुँदैछ हामी युवाहरुको व्यापक सहभागिता हुनुपर्छ यो समाज गाउँ जिल्ला र समग्र देश निर्माण गर्ने आउँदो बाटो हो बिदेशमा बसेर चुनावमा प्रत्यक्ष सहभागिता जनाउन नसकिने भएकोले म चुनावमा भोट खसाल्नकै लागि नेपाल जाँदैछु । हाम्रो भन्दा राम्रो प्रतिनिधि चुनेर पठाउन सकियो भने पक्कै नि देश समृद्ध बन्छ ।   मुलकका स्थानीय निकायहरु दुई दशक स्थानिय निकाय प्रतिनिधि बिहिन बन्नु भनेको जिर्ण अबस्थामा रहेको घरले मालिकको पुनरागमन पाउनु सरह हो मतलब के अमृत शाही धनगढी उपमहानगरपालिका ६ हो भने मालिक लामो समय पछि घरमा जसरी घर को सरसफाइ,रंग रोगन गरेर चम्काइन्छ अब त्यो हुन्छ भन्ने आमनागरिकले व्यग्र प्रतीक्षा गरेका छ्न । स्थानीय तहको नयाँ पुनर्संरचना बनाइको छ एकदम राम्रो छ । कसरी भने तहबाट विकासको सुरुवात जसको गाउँ जसको शहर उसैले निर्माण गरोस् किन कि आफ्नो घर गाउँ कसरी बनाउनु पर्छ त्यो बस्ती त्यो घर भित्र बस्नेलाई थाहा हुन्छ । अहिले को संरचना ले त्यो अवसर दिएको छ । आफ्नो घर आफैले बनाउँदा आफू बस्ने भएकोले पक्कै पनि राम्रो बन्छ पुर्ण आशावादी छु, रहनु पर्छ। लामो अन्तराल पछि स्थानीय तहको चुनाव हुँदैछ । आफू जाने सहभागी हुने,राम्रा प्रतिनिधि चुन्ने र हामीले विदेशमा देखेको नीति नियम पालना, विकासको पद्धति र विदेशीले गरेको मिहनेतलाई नेपालमा प्रयोग गर्ने अवसर पाइएको छ एकदम उत्साहित छु । मेरा सहकर्मी र बाध्यताबस विदेसिएर केही सिकेका जानेका बुझेका दाजुभाइ दिदीबहिनीलाई नेपाल फर्केर चुनावमा प्रत्यक्ष सहभागि हुन अनुरोध गर्दछु । म पनि नेपाल मतदान गर्न जाने कोसिस गरिरहेको छु। सरकारले ल्याएको  स्थानीय निकायको नयाँ संरचनाले देशमा केही नयाँ आयाम दिने संकेत दिएको छ । सबैले सकारात्मक रहेर सहयोग गर्नुपर्छ । सरकार ले बीस वर्षपछि गर्न लागेको स्थानीय तहको निर्वाचन बास्तबमा भन्ने हो भन्ने यो आफै मा अति आवश्यक र महत्त्वपूर्ण रहेको छ । म भन्छु सबै नेपालीले चुनाव मा भाग लिनु पर्छ यो हाम्रो अधिकार भित्रको कुरा हो । तर, म आफैँ भने यो चुनावमा भाग लिन सक्दिन किन कि प्रवास को भूमिमा छु । सबैले भन्ने बित्तिकै घर जान कहाँ पाउँछन् र ? डिल्लीराम भट्टराई देबदह नगरपालिका ७, रुपन्देही यदि नेपाल सरकारले आफ्नो देशमा नै रोजगार को अवसर सिर्जना गरिदिने भए म जस्ता लाखौ युवाले पनि आफ्नो अमूल्य भोट को प्रयोग गरि असल ब्यक्ति चुन्ने अवसर मिल्ने थियो र चुनावमा सामेल हुने वातावरण पनि बन्ने थियो । नयाँ स्थानीय तहको पुनर्संचना गर्दैमा विकास अोइरिने होइन, त्यसका लागि योग्य व्यक्ति छनौट हुनुपर्छ । हाम्रो गाउँ-ठाउँको विकासका लागि राम्रो नेतृत्व गर्ने मानिसलाई जिताउनुपर्छ । हामीले राम्रो नेतृत्व चयन नै गर्न सकेनौ भने विकास पनि हुँदैन । मलाई अाशा छ धेरै नेपालीले यसपाली आफ्नो विवेकको प्रयोग गर्नेछन् । मेरो भनेर होइन राम्रो मान्छे भनेर समर्थन र मतदान गर्नुपर्छ जस्तो मलाई लाग्छ।     अहिले सरकारले स्थानीय तहको पुनर्संरचना गरि स्थानिय तहको निर्वाचन मिति बैशाख ३१ गते गर्ने घोषणा गरेको छ । यो नेपाली जनताकोलागी खुशीको कुरा हो । २० वर्ष मीनराज पुन त्रिपुर न पा १ दाङ सम्म हामी नेपाली जनताहरु जनप्रतिनीधि बिहीन बन्न पुग्यौं । २० वर्ष पछि बल्ल नेपाली जनताले आफ्नो प्रतिनीधि आफैँचुन्ने अवसर पाएकाछौं यसलाई सहि सदुपयोग गर्न सक्नुपर्दछ । । त्यसैले संविधान कार्यान्वयनको लागि भएपनि स्थानीय तहको चुनावको आवश्यकता छ । नेपालबाट आफ्नो घर खर्च चलाउनको लागी विभिन्न देशमा पुगेका हामी नेपालीहरु मतदानबाट बन्चीत भएका छौं । दुर्भाय नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाइदिनुपर्छ । तर सरकारको ध्यान त्यसतर्फ जान सकेन र हामीलाइ त्यो अवसरबाट बन्चित गराइयो । विदेशमा रहेका ५० लाख भन्दाबढी नेपाली युवाले कमाएर पठाएको रेमिटयान्सले देशको अर्थतन्त्र चलेको कुरा सर्वविदितैछ । त्यसैले अहिलेको चुनावमा घरमा जान सकिएन हामी अहिले प्रविधिको युगमा भएको कारणले नेटको माध्यमबाट चुनावको प्रचार-प्रसार गर्ने गरेको छु । घरमा रहेका मेरापरिवारलाइ चुनावमा भाग लिन अनुरोध गरेको छु । मलाइ लाग्छ यो चुनाव भएपछि विकासले गति लिनेछ तर संविधान कार्यान्वयनको लागि भने धेरै जटिल देखिन्छ । हाम्रो जस्तो देशमा बहुभाषिक बहुजाती, बहुसांस्कृतिक र अर्थतन्त्रको हिसाबले पनि कमजोर भएको देशमा संघीयतालाई खारेज गरेर २५० वर्ष पुरानो सामन्ती केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गराई  स्थानीय स्वशासनसहितको विकेन्द्रीकरणमा  आधारित एकात्मक शासन प्रणालीको व्यवस्था कायम गरियो भनेमात्र नेपाली जनताले शान्ति र सुखको सास फेर्न पाउने छन । बिगत २० वर्ष देखि हुन नसकेको स्थानीय चुनाव आगामी बैसाखमा गराउने सरकारी घोषणाले स्वदेशदेखि परदेशमा रहने आम नेपाली जनतामा खुशी छाएको छ । बिष्णु खत्री अङ्किता गुल्मी, नेटा  २, हाल दोहा, कतार यद्यपि बेरोजगारी को कारण जन्मभुमि छोडेर परदेशलाई कर्मभूमि मान्न विवस हामीजस्ता आम युवालाई चुनावमा सहभागी हुन साह्रै कठिन  अवश्य हुनेछ, संयोगवस मेरो स्वदेश फर्कने समय नजिकिदै आएकोले यस चुनाबी मैदानमा आफु पनि मतदानको लागि सहभागी हुने लक्ष्य राखेकी छु । यसैगरि नयाँ स्थानीय तहको पुनरसंरचना विकास गर्नको एउटा अाधार हो ।  हाम्रो भविष्य हाम्रै हातमा छ, अन्तरआत्माले चुनिएको व्यक्तिको साथमा छ भन्ने भनाईलाई मनन गरेर सम्पूर्ण मतदाताले हाम्रो र आफ्नो नभएर राम्रो व्यक्ति चयन गर्न सक्ने हो भने मलाई लाग्छ स्थानीय तहदेखि सम्पूर्ण देशले काँचुली फेर्ने छ ।  वर्तमान तथा भविष्यको लागि सम्पूर्ण नेपालीले सही,योग्य उम्मेदवारको छनोट गरि मतदान गरौं । धन्यबाद !   लोकतन्त्रमा विश्वाश गर्ने हामी सबैको लागि २० वर्षपछि  नयाँ संरचना अन्तर्गत हुन लागेको स्थानीय निकायको चुनाव स्वागतयोग्य विषय हो र जनताले आफ्नो गाउँको र नगरको विकाशको भिजन सहित कार्यन्वयन गर्न सक्ने प्रतिनिधि चुन्ने अवसर प्राप्त हुदैछ, यसमा म अहिले प्रवाशमा रहेको भएपनि मेरो गाउँ र नगरभित्र बिकाशबादी,भिजनरी नेतृत्व चुनेर आफ्नो क्षेत्रलाइ बिकशित र सम्बृद्ध बनाउने योगेन कार्की, इटहरी उपमहानगरपालिका-२२ योजनालाई साकार पार्न प्रयाश गर्ने जमर्को गरेको छु, बैदेशिक रोजगारीमा रहेको कारण यसपटक यो चुनावमा म आफै चाही भौतिकरुपमा उपस्थित हुन सक्ने अवस्था छैन र नया संरचना अन्तर्गत मेरो गा.बि.स. इटहरी उपमहानगरपालिकामा मर्ज भएको छ, म आशाबादी छु नया स्थानीय तहको संरचनाको माध्यमबाट मेरो गाउले बिकाशका थप मार्गहरु पहिल्याउने छ ।     नेपाली जनताले पुरै २० वर्ष पछि स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अवसर पाउनु साह्रै खुशीको कुरा हो । मेरो जानकारी अनुसार प्रत्येक पाँच वर्षमा चुनाव हुन्थ्यो तर लामो सयमदेखि चुनाव हुन सकेन । शान्ति स्थापना पछि स्थानीय चुनाव भइदिएको भए सायद  गिता निश्चल तुल्सिपुर, दाङ्ग   आज हाम्रो देश विकासले धेरै अघि फड्को मार्ने अवस्थामा पुगेको हुन्थ्यो । स्थानीय तहमा आएको बजेट चुहावट हुदैन थियो होला तर ढिलै भएपनी सरकारको आँखा खुलेको देखेर गर्व पनि लागेको छ । अब देश मा केही हुन्छ कि भन्ने आशाको जगाएको छ । जसरी स्थानीय तहको चुनावलाइ सरकारले सफल पार्न तीव्र तयारी पारेको छ, त्यसै गरि जनताले पनि साथ दिनुपर्छ । जहाँ सम्म प्रवासबाट स्थानीय चुनावमा जाने तयारीको कुरा छ, सम्भव  भए सम्म चुनाव मा जानू पर्छ किन भने हाम्रो एक भोटको निकै महत्व हुन्छ । गाउँपालिका/ नगरपालिका चुनावमा भिजिनेवल र विकासशील मानिसलाई जिताउनुपर्छ । म प्रवासमा रहेपनि चुनावमा भोट खसाल्न जाने बिचारमा छु । तर, यहाँ आफुले सोचे जस्तो हुदैन कम्पनिले छुट्टी दिन्छ दिदैँन । हाम्रो माग भने काम विशेषले नेपाल फर्कन नपाउनेहरुलाई सरकारले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइदिए हामी सबै प्रवासी नेपाली हरुलाइ सहज हुने थियो ।    बिष्णुलाल श्रेष्ठ बेसिशहर नगरपालिका- २, लमजुङ  अत्यन्तै समय सापेक्ष प्रश्न र जनचासोको विषय, हामी प्रवास लागेकाहरु २० वर्ष बाट मात्र होइन कयौं वर्ष यता आफ्नो मतदान गर्ने हक अधिकार बाट बन्चित छौं । यो सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति नभएको सर्वबिधितै छ । यद्यपि गलत राजनीतिको मार भोग्ने तपाईं हामी जनताले नै हो । यो अर्थमा हाल हुन लागेको स्थानीय तहको पुनर्संरचना स्वागत योग्य ठानेको छु । स्थानीय स्तरको चुनावमा जाने तयारी भन्दै गर्दा  मैले दुई तरिकाबाट बुझे  प्रवासी हरु मतदान दिनैका लागि नेपाल जाने वा नेपाल सरकार बाट प्रवास मा रहेकाहरुको मतलाई पनि मुल्यांकन गर्ने भन्ने कुरा आउँछ । तसर्थ एक प्रवासी को हैसियत ले प्रवास मा बसेर नै मतदान गर्ने सुविधाको वा प्रवासमा रहेकाहरुको मत को सम्बोधन गरिनु पर्छ भन्ने मेरो माग रहेको छ । म भौतिक रुपमा भन्दा बौद्धिक रुप मा स्थानिय स्तर को चुनावका लागि पुर्ण तयारी मा छु । अर्को बिषय रह्यो विकास का कुरा , हामी नेपालीहरू आफ्नो आवश्यकता परिपुर्ती लाई नै विकास भन्ने भ्रम पालिरहेका छौँ । जस्ले जनतामा सुख भोगी बनाउछ तर वास्तविक रुप मा रास्ट्र ले विकास को गति मारेको भने हुँदैन । त्यसैको फल स्वरुप आज नेपाल अविकसित रास्ट्र,गरिव देश भनेर चिनिदै छ । विकास भन्ने कुरा प्रविधि को विकास संगै जोडिएको हुन्छ अनि आफ्नै प्राकृतिक सम्पतीहरुको अधिकतम प्रयोग संग जोडिएको हुन्छ । विकासका लागि नितिगत रुपमा र भौतिक रुप मा फेरवदल गरिन जरुरी छ। नेपालको नया संविधानले स्थानिय स्तरको क्षेत्र फराकिलो बनाइएको छ पक्कै पनि हामी संग थुप्रै अमूल्य स्रोत साधनहरु छन र त्यसलाई स्थानिय स्तर बाट नै अधिकतम रुपमा प्रयोगमा ल्याउन सके विकास अवस्य पनि हुनेछ र समुन्नत नेपाल हाम्रो पालामा देखन पाईने छ।

उपत्यकामा बढेको प्रदूषणबाट जोगिन युवाहरुले चलाए मास्क अभियान ! (फोटोफिचर)

काठमाडौं, चैत ६ । उनीहरुले शालिकलाई पनि मास्क लगाइदिए । हातमा मास्क बोकेका युवाहरु अाइतबार विहानै सिंहदरबारअगाडी रहेको पृथ्वीनारायण शाहको शालिक देखि शहीद पार्कमा रहेको चारजना शहीदको शालिकलाई पनि मास्क लगाइदिए । उनीहरुले राजधानी उपत्यकामा बढदै गएको प्रदुर्षणबाट जोगिन सांकेतिक मास्क अभियान चलाएका छन् । हो उनीहरु हुन्- राजधानीको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीहरु । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्चारग्रामस्थीत त्रिमूर्ति निकेतन, सहिदगेटका चारसहिदका शालिक, त्रिपुरेश्वरस्थीत त्रिभूवन, पासाङल्हामु, राजाहरुको शालिकमा उनीहरुले सरसफाई गरी मास्क पहिराउने काम गरेका हुन् ।   student-mask 2 student-mask 5 student-mask 4 student-mask 6 student-mask 7 student-mask1

जापानमा भयावह हुँदै ‘सेक्स संकट’, एकजना पनि नरहने चेतावनी

काठमाडौं, जापानमा यौनसम्बन्ध राख्ने कुरामा अरुची बढ्दै गएपछि यसले ठूलो संकट निम्त्याउने आँकलन गरिएको छ । यही स्थिति रहेमा एकदिन जापानमा एकजना मानिस पनि बाँकी नरहने चिन्ता शोधकर्ताहरुले बताएका छन् । तोहाकु विश्वविद्यालयका शोधकर्ताहरुले डुम्स डे (प्रलयको आँकलन) क्लक नै बनाएका छन् । एजेन्सी । जापानीहरु निकै मिहेनती र कामप्रति निकै गम्भीर हुन्छन भनेर चिनिने गरिन्छ । अहिले भने जापानमा बढ्दो भर्जिन संख्याले चर्चा बटुलिरेहेको छ । खासमा यो देशको धेरै जनसंख्या यौनप्रति कम चासो राख्न थालेका छन् । जसले जापानी सरकार समेत यसमा गम्भिर भएको छ । अहिलेको अवस्था नै हेर्ने हो भने वर्तमान ‘सेक्स संकटु’कायमै रहेमा १६ अगस्त ३७६६ मा जापानमा एकजना मात्रै जीवित रहने छ । यो अनुमान देशको घटदो प्रजनन दर र बुढाहरुको आबादीमा आधारित छ । ब्रिटेनमा पनि सन् १९२० दशकको पीढिको तुलनामा लाखौ मानिसहरुको सेक्स इच्छामा रुचि घटेको छ । अहिले जापानमा अविवाहितको संख्या बढ्दो देखिएको छ । जापानमा बृद्धहरुको जनसंख्या विश्वमै धेरै छ । युवा पुस्ता विवाह गर्न रुची देखाएका छैनन जसले बच्चा जन्मिन कम भएको छ । सरकारले विवाह गर्न र बच्चा पाउन पैशा पनि दिइरहेको छ । तर जापानीहरु काममा यति व्यस्त छन् की उनीहरुलाई घरजम गरेर बस्न फुर्सद नै छैन । जापान फैमिली प्लानिंग एशोसिएसनको सर्भेका अनुसार, १६ देखि २४ गर्षका ४५ प्रतिशत जापनी महिलाहरुमा यौका बारेमा कुनै रुचि नै छैन । एक अर्को सर्वेक्षणमा १८ देखि ३४ वर्षको ७० प्रतिशत अविवाहित पुरुष र ६० प्रतिशत अविवाहित महिलाहरुमा यौन सम्वन्धमा रुची छैन । यसमा पनि ४२ प्रतिशत पुरुष र ४४।२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन बताएका छन् । यो सर्वे जापानको न्याशनल इन्टिट्युट अफ पपुलेशन एण्ड सोसल सिक्युरीटी रिर्सचले गरेको थियो । यो सर्वे हरेक ५ वर्षमा गर्ने गरिन्छ । संगठनले १९८७ मा जब सेक्स र सम्बन्धको मुद्धामा सर्वे गरेको थियो । त्यतिबेला ४८।६ पुरुष र ३९।५ प्रतिशत महिला अविवाहित थिए ।सन् २०१० मा गरिएको सर्वेमा ३६।२ प्रतिशत पुरुष र ३८।७ प्रतिशत महिलाले आफु भर्जिन भएको स्वीकार गरेका थिए । यो पटक गरिएको सर्वेमा भने विवाह भइसकेका थियो उनीहरुको बच्चा पनि निकै कम संख्यामा देखिएको छ । किन घट्दो छ सेक्समा रुचि ? जापानीहरु कामका लागि बढी समय खर्च गर्ने गर्छन् । काममा यति थाक्छन् कि उनीहरुका लागि सेक्स प्राथमिक विषय बन्दैन । एभरेष्दैनिकडटकममा पढ्दै हुनुहुन्छ । औसतरुपमा जापानी पुरुष हप्तामा ८० घण्टा काम गर्ने गर्दछन् । अधिकांश जापानी महिलाहरुले क्यारिअर गृहस्थी जीवनबीच एउटा चुन्नुपर्ने अवस्थामा आफूलाई पाउँछन् स यो अवस्थामा कतिपयले परिवार भन्दा पनि आफ्नो क्यारिअरलाई महत्वप दिने गर्छन् ।

नारी दिवसले छोएन महिलालाई

राेल्पा । आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस, देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर ग्रामिण क्षेत्रका महिलाले भने यस बारे अझै थाहा नभएको बताउँछन् । उनीहरुका लागि नारी दिवस “कागलाई बेल पाक्यो हर्ष नबिस्मात” भने जस्तै भएको छ । रोल्पाको ग्रामिण भेगका महिलाहरु पनि महिला दिवस बारे थाहै छैन । सदरमुकाममै पनि उता टुडिखेलमा भब्य कार्यक्रम भइरहेको छ तर त्यसकै नजिक महिलाहरु असिन पसिन भई मजदुरी गरीरहेका देखिन्छन् । उनीहरुलाई महिला दिवस भन्नेबारे थाहै छैन । उनिहरुलाई साँझ बिहानको छाक टार्न मै हतारो छ । उत्तरी रोल्पाको मिरुल निवासी जुनकुमारी बुढा केही बर्षदेखि सदरमुकाम लिबाङ बजारमा ध्यारी मजदुरी गर्दै आइराख्नु भएको छ । दैनिक जसो बिहानदेखि साझसम्म मजदुरी गर्न मै तल्लीन जुनकुमारी महिला दिवसबारे थाहा नभएको बताउनु हुन्छ । यस बारेमा अरुले कुरा गरेको सुनेपनि आफैभने अहिलेसम्म सहभागी नभएको बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको स्थानीय महिलाले तितो यथार्थ सुनाउनुभयो । महिला सम्बन्धी थुप्रै कार्यक्रम भएपनि त्यो कार्यक्रमले उनीहरुलाई अझै छुन सकेको छैन । महिला अधिकारको बारेमा कुरा भएपनि आफुहरुलाई त्यसबारे केहि पनि जानकारी नभएको जुनकुमारी बुढा बताउनु हुन्छ । महिला दिवसमा सहभागी हुँदा आफ्नो रोजिरोटी रोकिने भएकोले पनि सहभागि हुन नसकेको बुढाले तितो यथार्थ सुनाउनुभयो । महिलाकै शीर्षकमा दर्जनौं संघ संस्था छन, ती संस्थाले नारी दिवसकै अवसरमा अझ भव्य कार्यक्रम गर्ने गर्दछन् । तर, कार्यक्रम भव्य गर्दैमा समग्र नारीको उत्थान सम्भव हुन्न भन्नेमा सरोकारवाला निकायले बताउदै आएका छन् । ‘नारी दिवस’ शीर्षकमा सभ्य, भव्य र रचनात्मक कार्यक्रम गर्नेहरूले ठाउँअनुसार नारीहरूको क्षमता वृद्धिका समेत कार्यक्रम गर्ने हो भने नारी दिवसको सार्थकता झल्किने बताउ छिन् । जुनकुमारी जस्तै धबाङ गाबिस निवासी चगी वलीलाई पनि नारी दिवसबारे त्यति थाहा छैन । आज नारी दिवस होरे भन्ने कसैले भनेको सुने पनि यसबारे त्यति राम्रोसँग थाहा नभएको वली बताउनु हुन्छ । वर्षे पिच्छे महिला दिवसको कार्यक्रम हुने गरेको र एकपटक पनि आफू सहभागी नभएको उहाँको अनुभव छ । महिला दिवस भएपनि मजदुरी गर्ने मान्छेलाई नछुने वलीले बताउनु भयो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । वि.स. २०५२ सालको १० वर्षे जनयुद्धले महिला जागरुकताको पाटोलाई केही माथि उठाइदियो । महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य पनि बनायो । तर जुनखालको जागरुकता ल्याएको थियो त्यसले स्थायित्व पाउन नसक्दा ग्रामिण क्षेत्रका महिलाहरुको जीवन स्तर बदलिन सकेको छैन । हाम्रो समाजमा शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, समाजिक हिंसा, परम्परागत साँस्कृतिक हिंसा, राज्यद्वारा गरिने हिंसा जस्ता हिंसाहरु विद्यमान छन । अन्तराष्टिय रुपमा शुरुवात भएको यो दिवस नेपालमा पनि मनाइरहंदा अवस्था हिजोको भन्दा अझ जटिल बन्दै गएको हो कि भन्ने कुरापनि उठिरहेको छ । महिला दिवस मनाईरहदा ग्रामिण क्षेत्रका महिलालाई पनि सचेतिकरणका कार्यक्रमले छुन सक्नु पर्छ अनि मात्र महिला दिवसको अर्थ सार्थकतामा बदलिन सक्छ ।