“शहर र फोहोर”

बजारभरि छरिएका भुसिया कुकुर एकत्रित हुँदै फोहोर खोतल्न शुरु गर्छन् । फोहोरमा पाएको खानेकुराको लागि कुकुरबीच कहिलेकाही झगडा पनि हुन्छ । सक्नेले खोसेर खान्छन्, नसक्ने कुकुरले पुच्छर टाङमुनि लुकाउँछन् । भगेंराबीच पनि फोहोरमा पाएको खानेकुराका लागि खुब झगडा हुन्छ । झगडा भएको पत्तो लगाउन उनीहरुको चिरचिराहट बढी हुनुपर्छ। यस्तो दृष्य सजिलै देख्न पाइने ठाउँ धनगढीमा प्रशस्त छन् ।

एल.बुङ्ली

कार्तिक २१ । सडक छेउमा फोहोरको डंगुर छ । त्यो डंगुरमा घरबाट निस्केका काम नलाग्ने सामग्री छन् । तर, कुकुर र भगेंराको लागि भने काम लागिरहेका छन् । फोहोर फालेको ठाउँ डम्पिङ साइड होइन । तर, झट्ट हेर्दा डम्पिङ साइड नै पो कि भन्ने महसुस हुन्छ ।

हरेक बिहान फोहोर जम्मा गरेको ठाउँमा कुकुर र भँगेरा आहारा खोज्छन् । बजारभरि छरिएका भुसिया कुकुर एकत्रित हुँदै फोहोर खोतल्न शुरु गर्छन् । फोहोरमा पाएको खानेकुराको लागि कुकुरबीच कहिलेकाही झगडा पनि हुन्छ । सक्नेले खोसेर खान्छन्, नसक्ने कुकुरले पुच्छर टाङमुनि लुकाउँछन् । भगेंराबीच पनि फोहोरमा पाएको खानेकुराका लागि खुब झगडा हुन्छ । झगडा भएको पत्तो लगाउन उनीहरुको चिरचिराहट बढी हुनुपर्छ । यस्तो दृष्य सजिलै देख्न पाइने ठाउँ धनगढीमा प्रशस्त छन् ।

धनगढी प्रदेश नं.७ को एकमात्रै उपमहानगरपालिका हो । यतिमात्रै होइन, जनसंख्या बढी । तर, फोहोर फाल्ने डम्पिङ साइड नभएको स्थानीय तह पनि हो । जनसंख्या दिनहुँ थपिदैछ । बसाइसराइ तिव्र भइरहेको छ । अस्पताल, स्वास्थ्यचौकी खुल्ने क्रम बढेको छ । तर, अहिलेसम्म फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड बन्न सकेको छैन । डम्पिङ साइड नहुँदा महामारीको खतरा बढेको छ । अस्पताल, स्वास्थ्य चौकीबाट निस्कीने जोखिमपूर्ण फोहोर समयमै व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा त्यस आसपासको वातावरणमा प्रतिकूल असर पुगेको छ । धनगढीका चोक–चोकमा जथाभावी फालिएको फोहोर सजिलै देख्न पाइन्छ । निकै दुर्गन्धित फोहोर जथाभावी हुँदा नाकमुख थुनेर आवागमन गर्नुपर्ने बाध्यता छ ।

अस्पताल लाइनमा विहान बेलुका हिँडडुल गर्दा अब सावधानी नअपनाई सुखै छैन । क्लिनिक तथा अस्पतालले मनोमानी फालेका फोहोरले हिँडडुल गर्ने व्यक्तिले मास्क प्रयोग गर्नुपर्ने स्थिति सिर्जना गराएको छ । तर, त्यही ठाउँमा होटेल खुल्ने होडबाजी तीव्र छ । दुर्गन्धित होटेलमा खाना खाँदा बिरामी झनै पीडित छन् । तर यसतर्फ न अस्पतालको ध्यान पुगेको छ न त अन्यको नै । बिरामी तथा उनका आफन्तले होटेल अगाडीको फोहोर हेर्दै खाना खानुपर्ने स्थिति छ । दश महिना अघिपनि स्थिती उही थियो । अहिले पनि उस्तै छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भयो । जनप्रतिनिधि चुनेर आए । तर, अवस्था परिर्वतन छैन । स्थानीय व्यक्ति नै परिर्वतन गर्ने ठाउँमा पुग्दा पनि त्यस्तो महसुस पाएका छैनन् नगरबासीले । फोहोरमैला व्यवस्थापनका लागि बजेट पनि छुट्याइएको छ । कामको गति बन्द छ ।

स्मार्ट सिटीको परिकल्पना गरिएको छ । तर, जनप्रतिनिधिको छाँटकाट त्यस्तो छैन । निकायभन्दा स्थानीय तहमा पुग्दा जनताले सरल तरिकाले सेवा पाउँछन् भन्ने उम्मेदवारले खूब हल्ला चलाए । तर, वास्तविता त्यस्तो छैन । ‘जति जोगी आएपनि कानै चिरेका’ नेपाली आह्वानसंग मिल्दोचुल्दो छ, अहिलेका जनप्रतिनिधिको कार्यगति ।

क्लिनिक तथा अस्पतालले मनोमानी फालेका फोहोरले हिँडडुल गर्ने व्यक्तिले मास्क प्रयोग गर्नुपर्ने स्थिति सिर्जना गराएको छ । तर, त्यही ठाउँमा होटेल खुल्ने होडबाजी तीव्र छ । दुर्गन्धित होटेलमा खाना खाँदा बिरामी झनै पीडित छन् ।

फोहोर व्यवस्थापनका लागि केही प्रगति भए जस्तो देखिए पनि ठोस काम हुन सकेको छैन । धनगढीलाई मनमोहक बनाउन कल्पना गर्ने धेरै जन्मिएपनि गरी देखाउने छैनन् । धनगढीमा आमसभा हुँदा कसैले सुनको टुक्रा त कसैले केही बनाउँछु भन्दै भाषण ठोक्छन् । तर, जित्छन् बिर्सन्छन् । समस्या जहिका त्यहि छन् ।

प्रशंग फोहोरमै अडिएको छ । धनगढीमा फोहोर बिसर्जन गर्ने गतिलो ठाउँ नहुँदा समस्या भइरहेको भन्दै सम्बन्धीत निकाय मुर्मुराउछ । प्रदेश नं.७ को एक मात्रै रेफरल धनगढीस्थित सेती अञ्चल अस्पतालको दुर्दशा हेरौं भने त निकै टिठलाग्दो छ । अस्पताल परिसर दुर्गन्धित छ । जहीं–त्यहीं फोहोर छ । अस्पताल प्रशासन लाचार बनेर टुलुटुल हेरि बसेको छ । हातखुट्टा बाधेँर बसेजस्तै देखिन्छ ।

अस्पतालको शव गृह अगाडिको फोहोर यो वर्षको बैशाख यता उठाइएको छैन । जसले गर्दा वातावरण नै प्रदुषित बन्दै गएको छ । फोहोर वर्गीकरण गरेर राख्ने कार्य अलपत्र छ । जलाउन मिल्ने फोहोर जलाउनु पर्ने भए पनि त्यहि छन् । जलाएको भएपनि इन्सिलेटरमा होइन, इन्सिलेटर बाहिर नै जलाइएको छ ।

नयाँ निर्माण गर्ने भन्दा हालको इन्सीलेटर प्रयोग विहीन बनेको छ । शव गृहभित्रको अवस्था अस्तव्यस्त छ । लासहरु छरिएर रहेका छन् । कोही कुहेर गन्हाइरहेका छन् भने, कोही कुहिने तयारीमा छन् । शव गृहमा लासलाई सड्नबाट जोगाउने सामग्रीसम्म राख्न सकिएको छैन ।

शव गृह अगाडि–पछाडि स्वास्थ्यकर्मीका बस्ने क्वाटर बनाइएका छन् । क्वाटरमा बस्ने स्वास्थ्यकर्मीका परिवारले पनि काम नलाग्ने सामग्री शवगृह अगाडीको फोहोरमा नै फाल्छन् । तर, सात महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोर समयमै नउठाउँदा छाडा चौपाया देखि मानसिक सन्तुलन गुमेका मान्छेले खेल्ने ठाउँ भएको छ ।

नयाँ निर्माण गर्ने भन्दा हालको इन्सीलेटर प्रयोग विहीन बनेको छ । शव गृहभित्रको अवस्था अस्तव्यस्त छ । लासहरु छरिएर रहेका छन् । कोही कुहेर गन्हाइरहेका छन् भने, कोही कुहिने तयारीमा छन् । शव गृहमा लासलाई सड्नबाट जोगाउने सामग्रीसम्म राख्न सकिएको छैन ।

समग्र धनगढीको फोहोर व्यवस्थापन गर्न स्थानीय तह जागरुक हुनु पर्ने भए पनि खासै ध्यान दिन सकेकोे छैन । उचित फोहोर फाल्ने ठाउँ नहुँदा पनि नगरबासी जथाभावी फाल्न बाध्य छन् । जसले गर्दा पूरै नगर क्षेत्रको सुन्दरता ह्रास हुँदै गएको छ ।

 

हिउँ खेल्ने, हिमाल छुने रहरसँगै भित्रिए पर्यटक

पोखरा, कार्तिक १३ । पर्यटनको खास सिजन सुरु भइसकेको छ। यतिबेला नेपालका हिमाली सौन्दर्यको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकहरु ती सुन्दर गन्तव्य चहारिरहेका छन्। अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको दृश्यपान गर्न पर्यटकहरुको लर्को लागेको छ। पोखरादेखि सिदिङ हुँदै, मर्दी हिमाल लो क्याम्प तथा बादलडाँडा हुँदै मर्दी हिमाल हाइक्याम्प भरपर्दो रुट हो। त्यहाँबाट ४५०० मिटर उचाइको मर्दी हिमाल बेसक्याप पुग्न सकिन्छ। यो रुटबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकैबाट हेर्न सकिन्छ। यो रुटको फाइदा हिउँसँग खेल्दै हिमाल छुन खोज्नु पनि हो । हाइक्याम्पबाट बेसक्याम्प जान बिहान ४ बजे नै हिँड्नुपर्छ नत्र दिउँसो बादल र हावाले यात्रालाई असहज बनाउन सक्छ। पोखराबाट यो ट्रेकिङ रुटको दुरी जम्माजम्मी चार दिन हो। सो अवधिमा पोखरा नै फर्कन सकिन्छ।

झोल चाउमिन र भौजी

ग्राहकः भौजी एक हाफ झोल चाउमिन बनाइ डिना ? साउनीः ठिक बा ! एक घच्ची बैठिना । ग्राहकः ठिक बा भौजी ! भौजी.. चाउमिन त बहुत मजा बनाइलबटी । यो संवाद हरेक दिन सुन्न पाइने ठाउँ हो कर्भड हल अगाडी । झोल चाउमिन धेरैको रोजाई । अमिलो, अजिना, बन्दा, हरियो खुर्सानी, मसला इत्यादि मिश्रण झोल चाउमिन । तयार भयो माग गरेको एक हाफ झोल चाउमिन । हरेक दिउँसो भीड नै लाग्छ भौजीको ठेलामा । झोल चाउमिनका पारखी धेरै छन् । भौजीका चाउमिनका नियमित ग्राहकको संख्या थपिदै छ । ठेला राख्नु अघि भौजीले एक सहकारीबाट २० हजार ऋण काढ्नुभयो । अनि खरिद गर्नुभयो एउटा ठेला, ग्यास र अन्य आवश्यक सामान । एल. बुङ्ली गत वैशाख २ गते देखि भौजीले ठेला व्यवसाय सुरु गर्नुभयो । शुरुको दिनमा पाच जना ग्राहकले मात्रै झोल चाउमिन खानुभयो । पाक्न त अरु नि पाछ । तर, ग्राहकको अरुमा रुचि जान्न । भौजीले ठेला राखेको दिन एक हाफ झोल चाउमिनको १५ रुपैया लिनुहुन्थ्यो । अरुले २० । तर, भौजीको ठेलाको झोल चाउमिन खान कमै ग्राहक आउथे । विस्तारै भौजीको ठेलामा नि ग्राहक आउन थाले । अहिले त उहाको ठेलामा थेगि नसक्नु भीड हुन्छ । प्रायः झोल छाउमिनमा रुचि राख्ने महिला आउछन् । भौजी अगाडी थप्छीन्– अझ भनौं सबैभन्दा बढि तपाई जस्तै युवा युवती आउछन् । भौजीको पृष्ठभूमि टिठ लाग्दो छ । ११ वर्षसम्म उहा कमैया बस्नुभयो । भौजीको विवाह पनि मालिकले नै गरिदिएका । विवाह हुदा उहाको उमेर १७ वर्षको थियो । विहे भएको पछिल्लो वर्ष छोरा पाउनुभयो । अहिले भौजीको छोरा पाच कक्षामा पढ्नुहुन्छ । भौजी विगतका क्षण निकै तिता छन् । उहाले ११ वर्षसम्म बन्दी जस्तै जीवन विताउनुभयो । कयौं चोटि मालिकको हिंसा खेप्नुभयो । अनि खेप्नुभयो पारिवारीक हण्डर र ठक्कर । तर, पनि भौजीले अचानो जस्तै सहनुभयो । यी कुरा गर्दै विगत सम्झीनुभयो । बाबु एक चोटी त सहनै नसक्ने गरि पीडा पाए । त्यो, बेला त झुण्डीएर मरौं भन्ने सोच पलायो । तर, मन दह्रो बनाए र सोचे मैले मेरा साना नानीहरुको लागि भए पनि बाच्नु पर्छ । अहिले त्यो विगत सम्झीए भने कथा जस्तै लाग्छ भौजीलाई । उहा भन्नुहुन्छ– मैले जति दुःख पाए अहिले ति सबै हराएर त्यति नै खुसी पाएको छु । अहिले ठेलाबाट पनि रामै्र आम्दानी भइरहेको छ । दिनमा त्यहि चानचुन ६ सयसम्म बचत हुन्छ । त्यहि रुपैयाबाट दुइ जना छोरा–छोरीलाई स्कूल पढाएको छु । पहिले जस्तो घर व्यवहार चलाउन मुस्कील छैन । बरु १५ हजार एक जनालाई व्याजमा ऋण दिएकी छु । श्रीमान् रक्सी बढि खान्छन् । बुढाले पनि अलिकति बचत गर्नुहुन्थ्यो भने राम्रै कमाई हुन्थ्यो । तर, के गर्ने श्रीमान मदिरा प्रेमी हुनुभयो । हरेक साझ कचकच हुन्छ रक्सीकै कारण । रक्सी खाए पनि अरुले देख्ने गरि झगडा चाहि भएको छैन । भौजीले सुनाउनुभयो– विहान ७ बजे ठेला लगाउछु । पानी ल्याउछु । चट्नी बनाउछु । चाउमिन उमाल्छु इत्यादि काम सबै सकाउछु । अनि सुरु हुन्छ बिक्री गर्ने कार्य । साझ ७ बजे मात्रै घर पुगिन्छ । अनि गनिन्छ दिनभर कमाएको पैशा । केहिले २ हजार हुन्छ । कहिले १ हजार । जेहोस् खर्च कटाएर मेहनत गरे अनुसार बचत हुन्छ । त्यहिमा सन्तुष्ट छु । यो सबै सन्तुष्ट केवल झोल चाउमिनकै कारण मिलेको छ । उहा खिस्स हास्नुभयो ।

सर्वोच्चको आदेशले चुनावलाई केही फरक पार्दैन : कानूनविद्

काठमाडौं, कात्तिक ९ । सर्वोच्च अदालतको पछिल्लो आदेशले चुनाबमा कुनै असर नपर्ने कानूनी विदहरुले बताएका छन । सर्वोच्चले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्नैपर्ने आसयको आदेश दिएको छ । सोबारे तीन दिनभित्र प्रगति विवरण पेश गर्न सर्वोच्चले बुधबार निर्वाचन आयोगलाई आदेश दिएको हो । सर्वोच्चले निर्वाचनका सम्बन्धमा भएका कामको विवरण मागेको हो । अरु धेरै कुरा केही होइन त्यसलाई त्यही अनुसार बुझ्न जरुरी भएको भट्टराईले बताए । निर्वाचन आयोगले एउटै मतपत्र छाप्ने निर्णय गरेकै दिन सर्वोच्चले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्नु बाध्यात्मक व्यवस्था भएको बताएको छ। तर बरिष्ठ अधिबक्ता टीकाराम भट्टराईले एभरेष्टदैनिकसँग कुरा गर्दै भने, ‘सर्वोच्चको आदेशमा मतपत्र नछाप्नु पनि भनेको छैन । निर्वाचन नगर्नु पनि भनेको छैन ।’ सर्वोच्चले निर्वाचनका सम्बन्धमा भएका कामको विवरण मागेको हो । अरु धेरै कुरा केही होइन त्यसलाई त्यही अनुसार बुझ्न जरुरी भएको भट्टराईले बताए । ‘अदालतले कामको विवरण मागेको हो ।’, वरिष्ठ अधिबक्ता भट्टराईले भने, ‘निर्वाचन आयोगले आफ्नो कामको विवरण अदालतलाई दिने र निर्वाचनका गतिविधि अगाडि बढाउने हो ।’ अदालतको बुधबारको आदेश बाध्यकारी भएको तर आदेशमा मतपत्र नछाप्नु र निर्वाचन नगर्नु भनेको छैन । त्यसैले आदलतको आदेशले आयोगलाई निर्वाचनसँग सम्बन्धी काम कारबाही अगाडि बढाउन रोकेको छ । आयोगले आफ्ना चुनाबी गतिविधि विना अवरोध अगाडि बढाउन सक्ने भट्टराईले बताए । सर्वोच्चको अर्को आदेश भएमा भन्न सकिदैन ।अहिलेको आदेशले निर्वाचनलाई कुनै असर गर्दैन । त्यस्तै, अर्का अधिबक्ता रामनारायण विडारीले पनि सर्वोच्चको बुधबारको आदेशमा आयोगले निर्वाचनसँग सम्बन्धी के कति काम गर्यो त्यसको विवरण मागेको बताए । साथै अदालतले मतपत्रका सम्बन्धमा ध्यानाकर्षण गराएको उनको बुझार्इ छ । ‘सर्वोच्चको अर्को आदेश भएमा भन्न सकिदैन ।’, एभरेष्टदैनिकसँग विडारीलेभने, ‘अहिलेको आदेशले निर्वाचनलाई कुनै असर गर्दैन ।’ सर्वोच्चको बुधबारको आदेशले अहिलेका निर्वाचनका लागि मात्रै नभएर यसपछिका निर्वाचनका लागि आयोगलाई सचेत गराएको पनि विडारीले बताए । विडारीका अनुसार अदालतको आदेश निर्वाचनलाई प्रभावित गर्ने नभई ध्यानाकर्षण गराउने मनसायको भएको बताए । त्यसैगरी, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त दोलखबहादुर गुरुङले सर्वोच्चको आदेशले आगामी मंसिर १० र २१ गतेको चुनाबलाई कुनै असर नगर्ने दावी गरे । ‘अदालतले आयोगसँग कामको विवरण मागेको हो । आयोगले निर्वाचनका लागि अहिलेसम्म भएका कामको विवरण अदालतलाई दिने हो ।’ पूर्व प्रमुख आयुक्त गुरुङले भने, ‘ र आफ्ना काम अगाडि बढाउने हो । यसले निर्वाचनमा कुनै प्रकारको अवराेध सृजना गर्दैन । संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न भए मात्रै संविधानको पूर्ण कार्यान्वयन हुने छ । संविधानको पूर्ण कार्यान्वयनका लागि कुनैपनि बहानामा निर्वाचन सार्न मिल्दैन । गुरुङका अनुसार प्रदेश र प्रतिनिधिसभाको एउटै मतपत्र बनाउनु पर्ने कारण स्पष्ट रुपमा अदालतलाई दिने र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने हो । उनले भने, ‘तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । निर्वाचन गर्दा हदै भए अपहेलनाको मुद्दा पर्ला तर निर्वाचन गर्नै पर्छ ।’ संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न भए मात्रै संविधानको पूर्ण कार्यान्वयन हुने छ । संविधानको पूर्ण कार्यान्वयनका लागि कुनैपनि बहानामा निर्वाचन सार्न मिल्दैन । बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगसँग निर्वाचनसँग सम्बन्धीत कामको विवरण माग्द,ै प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्नु बाध्यात्मक व्यवस्था भएको स्मरण गराएको थियो । सर्वोच्चको आदेशसँग नेपाली राजनीति फेरि एकपटक तरङगीत भएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव नगराउने बहाना गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

११ वर्षको बच्चाको तौल १९१ किलो, खाना खुवाउँदा नै टाँट पल्टिए बा–आमा

समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असामान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका विभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ । कार्तिक ९ । आवश्यकता भन्दा बढी खाएमा बिरामी भइन्छ भन्ने धेरैलाई थाहा छ । तर बिरामी नै खाना खानु पर्ने भएपछि परेन त फसाद ? अहिले ११ वर्षीय आयराका बा आमालाई यही भएको छ । संसारकै मोटो बच्चा भनिरे चिनिने सोमान्त्री बस्ने आयराका बुवाआमा छोरालाई खाना खुवाउँदैमा गरीब भएका छन् । सोमान्त्री इण्डोनेशियाका हुन । अहिले उनको उमेर ११ वर्ष पुगेका छ । तर, उनको तौल भने १९१ किलो पुगेको छ । यो भनेको कल्पना पनि गर्न नसकिने तौल हो । तौलकै कारण न उनी स्कूल जान सक्छन्, न साथीभाईसँग खेल्न नै । पाँच जनाको खाना एक्लै इण्डोनेशियन मिडियामा प्रकाशित समाचार अनुसार, उनलाई अब भने बस्न समेत अप्ठ्यारो परेको छ । उनको हेरचाहका लागि मात्रै दुई जना को ड्यूटी लागेको हुन्छ । उनका बुवाका अनुसार, सोमान्त्राले पाँच जनाले खाने बराबरको खाना एक्लै खाने गर्छन् । खाना ढिला भयो या पाइएन भने रुने कराउने उनको बानीले झनै हैरान छन् परिवारका सदस्यहरु । राति पनि खानुपर्ने अचम्म त के छ भने सोमान्त्रालाई दिउँसो खाएर मात्रै पुग्दैन । उनको खानामा माछामासु, तरकारी, चामल, दूध र कोल्ड ड्रिङ्क्स आदि हुने गर्दछ । सोमान्त्राका बाब आमाले उनको तौल बढ्न थालेपछि डाक्टरहरुसँग समेत सल्लाह गरे । त्इसपछि उनको डाइटमा कमी गरिएको छ । साथै उनलाई दैनिक कसरत पनि गर्न लगाइएको छ । दुई सय किलो बढी तौल पुगिसकेका उनी अहिले भने १९१ किलोमा झरेका हुन । कपडा नै भेटिन्नन बजारमा अर्को समस्या उनले लगाउने लुगाको छ । सामान्यतः ११ वर्षका बच्चाका लुगा त उनको हात खुट्टामा समेत अट्दैनन् । यस्तोमा उनको साइजका कपडा त पाउने कुरा नै भएन । अहिले दुई तीन जनालाई पुग्ने कपडा किनेर उनको घरमा नै कपडा सिलाउने काम गरिएको बताइन्छ । खाना किन्दैमा हैरान पाँच जनाको खाना एक्लैले खाने आयराको परिवारलाई अब उनलाई खाना खुवाउने सबैभन्दा ठूलो चिन्ता लाग्ने गरेको छ । हरेक पटक हेरचाहका लागि मानिस चाहिने र खाना चाहिने भएपछि छाक टार्नसमेत उनीहरु गारो पर्ने अवस्थमा पुगेका छन् । न त उनीहरु काममा नै जान पाउँछन् । चिकित्सकहरुले भने यसरी मोटापा बढ्दै गएपछि आयराको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने बताइरहेका छन् । खानाकै कारण उनको मृत्यु समेत हुन सक्ने चेतावनी केही चिकित्सकले दिएका छन् । समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असमान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका बिभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अाजदेखि तिहार सुरु, सबैको घरमा रौनक: पहिलो दिन कागतिहार

काठमाडौँ, असोज ३० । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ । यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । काग तिहार यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । कागलाई खानेकुरा चढाउने (बली दिने) शास्त्रीय मान्यता भएपनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उहाँले भन्नुभयो । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ । बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ: वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ । विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताउनुभयो । यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा “हामी त्यसै आएनौँ बलि राजाले पठाए” भनी भट्याउने गर्छन् । लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुआतदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ । तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ । यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् । तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ । यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि सो साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो । धन्वन्तरि जयन्ती वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिविको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ । धनतरेस कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

यी १० बानी जसले बनाउन सक्छ नपुंसक, धेरै गुटखा सेवनदेखि पोर्नोसम्म

यौन उत्तेजनामा कमी पछिल्लो समयमा पढ्दै गएको समस्या हो । मनमा सेक्स गर्न मन लाग्ने तर साँच्चिकै यौनसम्पर्क गर्दा पर्याप्त उत्तेजना नहुने, शीघ्र स्खलन हुने जस्ता समस्या बढ्दै गरेको केही अनुसन्धानले देखाएका हुन्छन् । यौन उत्तेजनामा कमी आउने कुरामा कतिपय तत्वहरुले प्रभाव पारेका हुन्छन् । हाम्रो दैनिक जीवनमा खानपीनदेखि आनीबानीसम्मले यौन जीवनमा असर पार्ने कुरा बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । हामीलाई कतिपय बानी सामान्य लाग्छन्, तर तिनै बानीहरुले गम्भीर असर पारेको कुरा सोचेका समेत हुँदैनौं । यौन उत्तेजनामा कमी पछिल्लो समयमा पढ्दै गएको समस्या हो । मनमा सेक्स गर्न मन लाग्ने तर साँच्चिकै यौनसम्पर्क गर्दा पर्याप्त उत्तेजना नहुने, शीघ्र स्खलन हुने जस्ता समस्या बढ्दै गरेको केही अनुसन्धानले देखाएका हुन्छन् । यस्तोमा कतिपय व्यक्तिहरु ठग्ने विज्ञापनको भर पर्ने गर्छन् जसबाट उनीहरु झनै समस्यामा पर्छन् । के के हुन त यस्ता बानीहरु ? १। मद्यपान र धूम्रपानः रक्सी सेवनपछि लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ भन्ने गलत धारणा हामीकहाँ रहेको पाइन्छ । जबकि यो गलत हो । रक्सी र चुरोटको सेवनको कारण नपुंसकताको समस्या जन्मिन सक्छ । खासगरी पुरुषमा यसले लिंगमा शिथिलता हुने र पछि गएर शीघ्र स्खलनको समस्या देखिन सक्छ । यसको अत्याधिक प्रयोगले महिलाको गर्भाशयमा अण्डा बन्न पनि बन्द हुन्छ र महिलाको आमा बन्ने समस्या कम हुन्छ । त्यस्तै पुरुषहरुले पनि यसको सेवन गर्दा शुक्रकिटको मात्रामा कमि आउने गर्दछ र नपुंसकताको शिकार हुन सक्छ । २. धेरै  साइकल चलाउनु साइकल चलाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर घण्टौंसम्म लामो दूरीमा साइकल चलाउनेहरुमा यो समस्या देखिन सक्छ । धेरै समय साइकल चलाउँदा यौन अङ्गको भाग ज्यादा मात्रा तात्तिने र अण्डकोसमा दबाब पर्ने गर्दछ, जसले गर्दा इरेक्टाइल डिस्फेक्सन अर्थात लिंगमा कडापन हुँदैन । यसले मानिसलाई नपुंसक पनि बनाउन सक्छ । ३. केही औषधीहरुका कारणः एस्टेरायड्सको सेवन अधिक मात्रामा गर्दा नपुंकसकताको शिकार बन्न सकिन्छ । प्राकृतिकरुपमा शरीरको विकास भएको हुन्छ तर कतिपय मानिस जिम गएपछि चाहेको जस्तो शरीर बनाउनको लागि आफ्नो इच्छालाई दबाएर एस्टेरायड्सको सेवन गर्ने गर्दछन् । यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस् । किनकि यस्तो चीजको प्रयोगले तपाईलाई नपुंसक बनाउन सक्छ । ४. माइक्रोवेवमा बनाएको पपकर्न खानाले यो विषयमा अझै अनुसन्धान हुन बाँकी छ । तर कतिपयले माइक्रोवेवमा बनाएको पपकर्नमा प्रिजवेटिक्स, सोडियम र सोया प्रोटिन हुने हुँदा यसले यौन क्षमतामा असर गर्ने बताइन्छ । ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, माइक्रोवेवमा बनेको पपकर्नको अधिक सेवन गर्नाले नपुंसकता हुने खतरा ६० प्रतिशतले बढ्छ । ५. ज्यादा मात्रामा कफी र चियाको सेवनः कफीमा निकोटिन हुने कुरा सबैलाई थाहा छ । कतिपय मान्छे चिया र कफिका शौखिन हुने गर्दछन् र दिनमा कैयन्पटक पनि खान तयार हुन्छन् । तरयसको ज्यादा सेवनले शुक्रकिट उत्पादन क्षमतामा ह्रास आउँछ जसको कारण नपुंसकता हुन सक्छ । ६. पौष्टिक तत्वको कमिका कारणः शरीरले ठीक प्रकारले काम गर्नका लागि उचित पौष्टिक तत्वको आवश्यकता पर्छ । यदि तपाई सही प्रकारले पौष्टिक मात्राको उपयोग गर्नु हुँदैन भने तपाईको शरीरमा हानी हुने गर्दछ । ७. गुट्खा सेवनको कारणः गुटखामा चुन, सुपारीजस्ता अरु नशादार पदार्थको प्रयोग गरिएको हुन्छ । जसले हाम्रो शरीरको एंजाइममा नराम्रो असर र्पुयाउँदछ । यसले दीर्घकालमा लिंग शिथिल हुने र शीघ्र स्खलनजस्ता समस्या ल्याउन सक्छ । ८. अत्यधिक हस्तमैथुनः सामान्यतः हस्तमैथुनले शरीरलाई कुनै हानी पुर्याउँदैन । तर अत्यधिक मात्रामा हस्तमैथुन गर्दा लिंग र यो सँग जोडिएका नसाहरुमा असर पर्छ । यसको कारण लिंगमा हुने तनाव विस्तारै कम हुन्छ । तपाई यो जानकारी एभरेष्टदैनिकडटकमा पढ्दै हुनुहुन्छ । यसले यौनकार्यको बेला शिथिलता र पछि गएर यौनसम्पर्क गर्दा समेत कडापना नहुने अवस्था देखिन सक्छ । दैनिकरुपमा अत्यधिक हस्तमैथुनले स्वस्थ्य शुक्रकीटको संख्यामा समेत कमी आउँछ । Man with erectile dysfunction during sex ९.पोर्न हेर्ने लतः पछिल्लो समयमा इन्टरनेटको विकाससँगै अश्लील तस्वीर र भिडियो हेर्ने लत बढेर गएको छ । शुरुका दिनमा कौतुहलतावश हेरिने यस्ता सामग्रीमा लत बसे यसले पनि नपुंकशकता निम्त्याउन सक्छ । पोर्नोग्राफीका बारेमा गरिएका कतिपय अध्ययनहरुले यसको लत लागेमा बिस्तारै लिंगमा समस्या देखिने र हस्तमैथुनतर्फ मानिस बढी आकर्षित हुने, जतिबेला पनि कामवासना दिमागमा भरिने र यसले नपुंकसकतातर्फ लैजाने तथ्य सार्वजनिक गरेका छन् । यसका साथै यसले वैवाहिक जीवन र पार्टनरसँगको यौनसम्बन्ध पनि रुचिकर नहुने अनुसन्धानले दावी गरेका छन् । १०. धेरैजनासँग अनियन्त्रित सेक्सः सेक्सको लत लागेका मानिसहरुले धेरैजनासँग यौनसम्पर्क गर्ने गर्छन् । यसो गर्दा एकातिर यौन संक्रामक रोग लाग्न सक्छ भने अर्कोतर्फ यसले गम्भीर मानसिक समस्या निम्तिन सक्छ । पछि गएर यसबाट यौनसम्पर्कमा नै रुचि नलाग्ने र लागेपनि लिंगमा शिथिलता हुने या नपुंकसकता हुने खतरा हुन्छ ।

घर गएको बेला महिनावारी भएको ढाँटेर खाना पकाऊँदा…

अनुराधा पौडेल मेरो माइत र घर दुवै तिर महिनावारी बार्ने चलन थियो । माइतमा मैले अक्सर आमालाई पेल्थेँ । बारे पनि न बारे बराबर बनाउँथे । तर घर गएपछि समस्या पर्यो र म दोधारमा परेँ । काठमान्डू डेरामा हुँदा नबार्ने भएकोले घर पुगेपछि पनि सकेसम्म लुकाउने गर्थेँ । तर मेरी सासु आमालाई यो कुरा चित्त बुझेको थिएन । सिधै मुखले भन्नु हुन्थेन तर मलाइ हरेक पटक घर गयो कि कान्छी नानी देखाएर “लु है कोइ पन्छेका आइमाइ छौ भने कसैलाई नछोओ । भान्सा चोखो राखो । यतातिर माथितिर (चुलो) नआओ तिमेरका त कत्ती भर छैन । छोइछारो भयो भने बा लगलग लगलग काम्नुहुन्छ । बाका शरिराँ देउता चढ्छन् ।” आमाले यसो भनेपछि कान्छी नानी र म मरीमरी हास्थ्यौँ । शायद मेरी कान्छि नन्दले पनि बेला–बेलामा नछुने हुँदा आमालाई पेल्नुहुँदो हो । जसले जे भनेपनि महिनावारीको बिषय अति नै ब्यक्तिगत कुरो हो अरुलाई भन्न जरुरी नै हुन्न । यो महिलाको आत्म सम्मानको बिषय पनि हो । नेपाली समाजमा महिलाको आफ्नो आत्म सम्मान गुमाउन बाध्य पारिन्छ । अर्को अर्थमा बुझौँ न मेरो गुप्ताँगबाट रक्तश्राब भइरहेको छ यतिबेला भनेर परिवारका सदस्यलाई सुनाउनु, गाउँघरलाई सुनाउनु कम्ती लाजको बिषय हो त ? नछुने भएँ या पर सरेँ या पन्छिएँ या महिनावारी भएँ या रजश्वला भएँ भन्नु त महिला हुनुको रहस्य नै गुम्नु हो । म जस्ता कति महिला छन यहाँ, जसलाई यो कुरा अरुलाई सुनाउन बिलकुल मन पर्दैन । उनीहरुलाई यो कुरा गर्नु भनेको उनीहरुको आत्म सम्मानमा ठेस पुग्नु जस्तो हुन्छ । यो कुरा बुझ्दैनन् घरका मानिसहरु । उनीहरुलाई त जान्नै प¥र्यो पर्यो महिला सदस्यको शारिरीक बिकासको चरण । कुन दिन कति स्तन बढे, कुन दिन काखी मुनी रौँ पलाए, कुन दिन देखि नछुने भइ भनि किन जान्नु पर्ने यो समाजलाई ? झन महिला भएर महिलालांई नै । नीजी मामिला मानेरै मैले अक्सर घर पुगेर महिनावारी भो भने ढाँट्थेँ । तर कहिले काँही चाँही अलि ढाँट्न मिल्थेन । एक महिना बढी घर बसियो भने । माइतमा म बारेजस्तो गरेपनि भित्र पसेर स्वाट्टै दुध, दहि खाइदिन्थेँ । आमाले कहिल्यै रोक्नुपनि भएन । मैले छोइदिएँ भनेर हाम्रो घरका भैसीहरु रुख पनि चढ्दैनथे र पागल पनि हूँदैनथे । तर घरमा भने सासु आमाले घरको भैँसी या गाइको दुध खान दिनुहुन्थेन किनभने तिनिहरु कि त रुख चढ्छन कि त पागल हुन्छन भन्नुहुन्थ्यो । कुल देउता रिसाउँछन भन्नुहुन्थ्यो । यस्ता कुराले मलाइ कम्ता रिस त उठ्दैनथ्यो । चित्त नबुझेपछि एकदिन मैले यो कुरा जेठो जेठाजुलाई पनि भनेँ । उहाँले घरको चलनै यस्तै छ त मैले के गरा त ? तिम्रा दिदीहरुले पनि खान पाउँदैनन । जे छ त्यहि सँग खाना खाउ भन्नुभयो । घरमा जेठो दाजुको सम्मान बुबा सरहकै भएकोले मेरा श्रीमानलाई गनगन गरेर केहि फाइदा हुँदैनथ्यो । त्यसैले आमाले दुध दिन छाडेपछि घरमा कहि?यै पनि महिनावारीको खबर नदिने निधोँ गरेँ । एकपटक चाँही केहि दिनलाई घर गएको थिएँ महिनावारी भएकै बेला । मैले कसैलाई केहि नभनिकनै खुसीले खाना बनाएँ । सगोलको घर सगोलको खाना भान्सामा पस्दा रमाइलो हुन्थ्यो । सबैले खाना खाइयो । बुबा काम्नुहुन्छ कि हुन्न भनेर खुब बिचार गरेँ त्यो दिन । तर बुबा त सदाबहार । बुबालाई त केहि हुँदै भएन । कति मिठो मानेर खाना खानुभयो । आमालाई पनि केहि भएन । नयाँ बुहारीको नयाँ स्वाद । अरुहरु काम्ने नकाम्ने केहि हेरिन खाली आमाले बुबालाई भनेकोले बुबा माथि ध्यान गयो । त्यो दिन मेरी सासु आमाको कुरा सोहै आना गलत भएको आफ्नै आँखाले देखेँ । म भित्रभित्रै कसैलाई भन्न नहुने गरी उल्कै खुसी भएँ त्यो दिन । “बुढीमाउ तपाँइको ढोँगी चलन आजबाट सकियो । तँपाइको घरको दुध अब मजाले बुहारीले खाने भएँ” भन्थेँ मन मन । तैपनि मुखले भनेर बिद्रोह गर्ने हिम्मत आएन किनभने जेठो दाजुले घरको चलन भनिसक्नु भएको थियो । कान्छी नानीको बिहे नहुन्जेल आमाले घर पुगेपिच्छे नानीलाई देखाएर मलाई पन्छेका आइमाइले नछोओ भन्न छोड्नुभएन मैले पनि खाना बनाएर खुवाउन कहिल्यै छोडिन । सबै कुरा गुपचुप भइराख्यो किनभने मलाइ घरमा बस्नुपर्थेन । काठमान्डू डेराको बास थियो मेरो । आक्कल झुक्कल घर पुग्दा त्यहाँ गएर बिद्रोहको रडाको मच्चाउन उचित ठानिन् । पछि ससुरा बुबा र सासु आमा दुवैले हाम्रो काठमान्डूको साँघुरो डेराको बसोबास देख्नुभयो । राती राती पानी थाप्न धारामा लाइन बस्न पर्ने देख्नुभयो । त्यो देखेपछि किन मैले महिनावारीलाई वास्ता गर्दिन रहेछु भन्ने कुरा बुझ्नुभयो कि के हो आमाले त्यसपछिका दिनमा कहिल्यै पन्छेका आइमाइ भन्नुभएन । अब त जमाना परिवर्तन भएको पनि उहाँहरुलाई थाह छ र अब पालो बुहारीहरुकै आएको छ भन्ने पनि उहाँहरुलाई थाह छ । बरु एउटा टड्कारो परिवर्तन देखेकी छु घर पुगेका बखत मैले मनग्य दुध खान पाउँछु र बुबा र आमा दुवैलाई मैले धेरे दुध खाइदिएकोमा असाध्यै खुसी लाग्छ । उहाँहरु मलाइ दुधको किरा भन्नुहुन्छ । युरोप तिर महिनावारी हुदा छोइछिटो गर्ने चलन देख्दिन । तर बेलाबखत नेपालमा छाउपडी हुन्छ रे लौ न यो भनेको के हो भनेर मलाइ सोध्छन खैरेहरुले । मलाइ एकदम शर्म लाग्छ यो भन्नलाई । खैरेहरुले छाउपडी घरका तस्विर ल्याउँछन । स्तन नछोपिकन फोहरी हातले कँकाल जस्ता बच्चालाई चुसाइरहेका लोत्रेका लाम्टाका तस्विर ल्याउँछन । छाउ घरमा फोहरी कम्वल ओढेका र भैसी गोठको मुखमा पराल माथि सुतेका महिलाहरुका तस्विर ल्याउँछन् । कम्ती शर्म त लाग्दैन मलाइ यस्तो देख्दा । हामीले स्तन छोपेर मात्र स्तनपान गराउँ भनेर सिकाउन पाए कति राम्रो हुन्थ्यो होला । काला हातले स्तन नछेउ बच्चांँलाई दुध चुसांउँदा भन्न पाए । महिनावारी धुनधानले मान्ने महिलाहरु हेर्नुस त कुरा काट्ने अक्सर तिनै हुन । अर्काको निन्दो चर्चो गर्ने तिनै हुन्छन । शर्म लाग्ने अर्को बिषय पनि छ धामी या झाँक्री बस्दाको । झाँक्री बस्दा झाँक्रीहरु मज्जाले रक्सी पिउने रैछन । रक्सीले लंठ परेपछि उनीहरु बोल्दा रहेछन् । धामीका कथा पनि त्यस्तै । बुद्दको देश, हिमालको देश भनेर खोक्यो उता जनजीवन यस्तो देख्दा बढो नैराश्यता आउँछ । यतातिर महिनावारी भएका दिन मेरो पेट दुखेको छ भन्यो भने त्यो दिन अरु दिन भन्दा कमै काम गरे पुग्ने रैछ किनभने यो लाज र शर्मको बिषयमा पर्दो रहनेछ र महिनावारी हूँदा पेट दुख्ने कुरा स्वास्थ्यको समस्यामा पर्दोरहेछ । यो कुरा मेरा अंफिसका अरु साथिहरुको देखेर मैले चाल पाएकी छु । मलाइ लागेको चाँही हाम्रो नेपाली समाजमा यो महिनावारीको बिषय पुरुषलाई बुझाउन सजिलो होला तर महिलालाई बुझाउने उल्कै गाह्रो छ । देवीहरुहरुले रजश्वला बारेको थाह छ तपाँहरुलाई ? उनी पन्छेको भएर पुजा नभएको पनि त हामीले सुनेका छैनौँ नि होइन र ? महिनावारी धुनधानले मान्ने महिलाहरु हेर्नुस त कुरा काट्ने अक्सर तिनै हुन । अर्काको निन्दो चर्चो गर्ने तिनै हुन्छन । पुजा पाठ तिनै बढी गर्छन । बर्त सर्त तिनै बढी बस्छन । पन्चमीका दिन नछुने भएको पाप पखाल्छन् र १०८ वटा तिलका दाना सहित के के हो के के दान गर्छन । १०८ पटक गुप्ताँगमा “चोखो” माटो दलेर पखाल्छन् । १०८ वटा दतिवन टोक्छन । हे भगवान चेतनाको ढ्ंयाग्रो ठोक्न तिनकै कानमा पर्छ जसले यो बदलिँदो परिस्थितिमा पनि थोत्रो थाँग्ने बोकेर कुना पस्छन र छुइ हूँदा पाप गरेको भनेर पुजा गर्छन । तर अरुका कुरा काट्न र परिआए घरै भाँड्न अनि मन्चमा उभिएर महिला स्वतन्त्रताका नारा लाउन पछि पर्दैनन । अन्तको कुरा के गर्नु शहरमा र शहर उन्मुख गाउँबाट मात्रै बार्ने चलन रोक्ने हो भने कति राम्रो हुन्थ्यो । त्यो चेतवानाको हावाले दुर दराजलाई पनि हल्लाउँथ्यो । किनभने अचेल धेरै गाउँको सम्पर्क शहरसँग छ । कुरो कति सजिलो छ बुझ्न भने हाम्रा देवीहरु पनि महिला हुन । माहाकाली, सरस्वती , महालक्ष्मी,पार्वती, गौरी, महेश्वरा, रोहिंणी, अम्बिका सबै देवीहरु हुन । देवीहरुहरुले रजश्वला बारेको थाह छ तपाँहरुलाई ? उनी पन्छेको भएर पुजा नभएको पनि त हामीले सुनेका छैनौँ नि होइन र ? अनि हामी देवी जस्तै महिला किन यस्ता उल्टा ? माल्भिका सुब्बाले महिनावारीको बिषयमा बोलेपछि मलाइ पनि शेयर गर्न मन लाग्यो । किनभने यो बिषयमा बहस हुन जरुरी छ । पत्रकार अनुराधा पौडेलको फेसबुक पेजबाट लिइएको ।

कति पढेका छन् हाम्रा नेता र मन्त्रीले ?

एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । यही सन्दर्भमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलिएकाे छ । पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित ५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् । डबल डिग्री गरेका दुईजना मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट प्रधानमन्त्री एमए पास प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् । भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् । भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् । तस्विर: नयाँ पत्रिकाबाट अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् । युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् । स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिए गरेका मन्त्रीहरु उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् । भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् । ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् । उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । आइए पढेका मन्त्रीहरु आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् । पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् । एसएलसी मात्र गरेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् । कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ । सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् । अन्डर एसएलसीवाला/स्वअध्ययनवाला गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।   यी हुन् विदेश पढेका नेता शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् । डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए । डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए । महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् । डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे । रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ । पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् । डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए । डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् । डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् । भारतमा पढ्ने धेरै नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् । डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् । के भन्छन् कम पढेका मन्त्री ? अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु । मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो । पढाइ नै निर्णायक होइन नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ । विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् । तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ -नयाँ पत्रिकाबाट

केसी सर ब्लडमनिको हिशाब खोई ?

साउदी अरब । मध्यपूर्व एसियाका विशेष गरेर खाडी मुलुकमा काम गर्न आउने नेपालीहरुको आफूलाई मसिहा ठान्ने धरम केसीले रामचन्द्र तिमिल्सिना बचाऊ अभियानमा संकलित रकम समेत खाएको खुलासा भएको छ । पत्रकार महेश श्रेष्ठले गरेको अनुसंधान अनुसार गैर आवासीय नेपाली संघको तर्फबाट अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक बनेका केसीले रामचन्द्र तिमिल्सिना बचाऊ अभियानका लागि रियाद बैंकको खाता नं। ३०९०३४२१८९९४० मा जम्मा गरिएको रकमको कुनै हिशाब नदेखाई खाएको खुलासा भएको हो । सो कुराको पुष्टि त्यसबेला रियादमा भएको बैठकमा उनले हिशाब सार्वजनिक नगरेबाट भएको हो । अगस्त १९, २०१६ मा नेपाली राजदुतावास रियादमा तत्कालिन कार्यबाहक राजदुत आनन्द शर्माको रोहबरमा संकलित रकम सार्वजनिक गर्दा नारायण पासवानले २० हजार, रमेश भण्डारीले १६ हजार आठ सय ६३, डमर कुमार यादवले १६ चार सय सात र उमेश भट्टराईले १७ हजार सहित कुल जम्मा ७० हजार दुई सय ७० साउदी रियाल मात्रैको हिशाब देखाईएको थियो । सो बैठकमा रामचन््द्र तिमिल्सिना बचाऊ अभियानका अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक एवं अन्तर्राष्ट्रिय गैर आवासीय संघका वैदेशिक रोजगार तथा कामदार कल्याण समितिका संयोजकको हैसियतबाट उपस्थित केसीकै संयोजकत्वमा उद्धार कोष स्थापना र संचालन गर्ने निर्णय गरिएको थियो । रामचन्द्र तिमिल्सिनाका लागि ब्लडमनी परिवारले परराष्ट्र मन्त्रालयमा जम्मा गरिदिईसकेको सूचना कार्यबाहक राजदुत शर्माले स्पष्ट पारेपछि त्यसबेला कोष स्थापना गर्ने निर्णय भएको थियो । अन्तर्राष्ट्रिय सहजकर्ता संयोजकको हैसियतमा उनले सार्वजनिक गरेको बैंक खातामा के कति रकम जम्मा भएको थियो कसैले पत्तो पनि पाएनन् । जबकी रियादमा बैठक बस्न ८ दिनअघि नै कतारको गोरखा सेवा समाजले मात्रै एक हजार तीन सय ९७ कतारी रियाल संयोजक केसीको बैंक खातामा पठाएको थियो । समाजका ३९ जनाबाट रकम संकलन गरेर सुदर्शन भट्टले कतारको अल जजिरा एक्सचेन्ज मार्फत केसीको बै‌ंक खातामा ११ अगस्त २०१६ को विहान ९ः४९ मा पठाइदिएको रेफ न‍ं ००२११०८१६००१६९ को भौचरबाट प्रष्ट हुन्छ । गोरखा सेवा समाज कतारले पठाए जसरी अन्य कतिले पठाए विस्तारै खुल्ने क्रममा छन् । अन्तर्राष्ट्रिय गैर आवासिय नेपाली संघको आव्हानमा विशेष गरेर खाडी मुलुकमा ब्लडमनीका लागि सहयोग रकम संकलन गरिएको थियो । त्यसबेला ईजरायल, युएई, कुवैत, कतार, ओमन लगायत मुलुकले विशेष अभियान नै संचालन गरेका थिए । तिमिल्सिनाले चलाएको गाडीबाट सडक दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको र सो वापत ब्लडमनी नतिरे मृत्युदण्ड हुने अदालतले घोषणा गरेकोमा तिमिल्सिनाको परिवारले ज्यान बचाई दिन सबैसंग गुहार मागेका थिए । त्यसैक्रममा रामचन्द्र तिमिल्सिना बचाऊ अभियान समिति अन्तर्गत त्यसबेला उठेको रकम चाहिनेभन्दा कयौ गुणा धेरै भएपछि परिवारले नियत बिगारेका थिए । त्यसरी नियत बिगार्नेहरुमा तिमिल्सिनाको परिवार मात्रै नभएर अन्तर्राष्ट्रिय सहजकर्ता संयोजक धरम केसी समेत रहेछन् १३ महिनापछि पत्रकार श्रेष्ठले खुलासा गरेबाट पुष्टि भएको छ ।

प्रदेश नम्बर २ मा चुनाव : बिहान–बेलुका माअाेवादी केन्द्रकाे प्रचार आक्रामक

काठमाडौं, भदौ २४ । प्रमुख दलका शीर्ष नेतादेखि कार्यकर्तासम्म सभा–जुलुस र घरदैलो अभियानमा केन्द्रित मतदाताको घरकेन्द्रित कांग्रेसको प्रचार अभियान कांग्रेसले धनुषाको जनकपुरलाई केन्द्र मानेर चुनाव प्रचार अभियान अघि बढाएको छ । यसअघि निर्वाचन आचारसंहिता नलाग्दै आठवटै जिल्लामा ठूला सभा गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर, निर्वाचन आउन १० दिन मात्रै रहँदा कांग्रेसले प्रचार शैली फेरेको छ । उसले ठूला सभाभन्दा मतदाताको घरलाई नै केन्द्रित गरेर चुनावी अभियान थालेको छ । उम्मेदवारसहित घरदैलो गर्ने काम प्राथमिकतामा राखेर प्रचारप्रसार भइरहेको प्रचार समितिका संयोजक रमेश लेखकले बताए । प्रदेश नम्बर २ का १३६ वटै तहमा प्रचारप्रसारको काम प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य, नेविसंघ, महिला संघसहितका भ्रातृ संस्थाका नेताहरू जिल्लामा खटिएका छन् । बाढीपीडितलाई राहत बाँड्न तराई मधेस पुगेका नेता–कार्यकर्ता पनि चुनावी प्रचारमा लागेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । एजेन्डा बुझाउँदै प्रचार गर्दै निर्वाचनको प्रचारका लागि कांग्रेसले नेता रमेश लेखकलाई संयोजक तोकेको छ । चुनावी प्रचारको रणनीति बनाउन लेखक तीन दिनदेखि जनकपुरमा छन् । कांग्रेसले स्थानीय तहको निर्वाचनअघि नै २१ सदस्यीय प्रचारप्रसार समिति बनाएको थियो । ‘हाम्रा उम्मेदवारहरू मतदाताको घरघर गएर चुनावी प्रचार गरिरहेका छन् । हामीले संविधानको स्वीकार्यता बढाउनेदेखि तराईमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखेका छौँ,’ लेखकले भने, ‘घरघर गएर एजेन्डालाई प्रचार गरिरहेका छौँ ।’ ठूला सभा हुने टुंगो नभए पनि साना स्वरूपका चुनावी सभा भने स्थानीय तहसम्मै हुने उनले बताए । ‘हामीले पहिले ठूला सभा गर्ने भनेका थियौँ, तर अब समय पनि धेरै नभएकाले घरदैलोसहित साना सभा गर्छौँ,’ संयोजक लेखकले भने । मेची–काली जोड्ने, तराई र पहाडीबीच सद्भाव खल्बलिन नदिने विषयलाई कांग्रेसले पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् । सभापतिबाहेकका शीर्ष नेता पनि तराई पुग्ने निर्वाचनको आचारसंहिता कारण प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रचारमा जाने कार्यक्रम छैन । तर, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका शीर्ष नेताहरू प्रदेश नं. २ मा चुनावी प्रचारमा जाने तयारीमा छन् । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला वीरगन्ज महानगरपालिकामा चुनावी प्रचारमा खटिएका छन् । तीन–चार दिनदेखि उनी चुनावी प्रचारअन्तर्गत घरदैलोसहितका कार्यक्रममा सहभागी हुँदै आएका छन् । युवा नेताहरू प्रचारमा युवा नेता विश्वप्रकाश शर्माले महोत्तरी, सर्लाही र सिरहाका विभिन्न ठाउँमा घरदैलोदेखि सभाका कार्यक्रम गरिसकेका छन् । बिपी कोइरालाको १०४औँ जन्मजयन्तीको कार्यक्रम शनिबार मनाएर आइतबारदेखि उनी धनुषामा केन्द्रित हुने तयारीमा छन् । युवा नेताहरू गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल पनि बाढीपीडितलाई राहत वितरणसँगै चुनावी प्रचारमा सक्रिय हुँदै छन् । यस्ता छन् कांग्रेसको चुनावी एजेन्डा कांग्रेसले राष्ट्रिय भावनालाई समेट्ने र तराईको विकास गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएको छ । ‘तराई मधेसका भावनालाई समेटेर संविधानको सर्वस्वीकार्यता बढाउने एजेन्डा हाम्रो प्रमुख हो । हामी निर्वाचनबाट संविधान सबैको हो भन्ने विषयलाई स्थापित गर्छौँ,’ प्रचारप्रसार संयोजक लेखकले भने, ‘तराई मधेसको विकास गर्ने विषयलाई हामीले अर्को प्रमुख एजेन्डा बनाएका छौँ ।’ कांग्रेसले प्रदेश नं. २ का १३६ तहमध्ये १०२ मा जित्ने आन्तरिक हिसाब निकालेको छ । तर, माओवादीसँग अपेक्षित तालमेल हुन नसकेपछि कांग्रेसले दाबी गर्दै आएको नतिजा हात पार्न सहज भने देखिएको छैन । यसअघि पूर्व–पश्चिम राजमार्ग क्षेत्रवरपर एमालेको प्रभाव भएका तहमा माओवादीसँग चुनावी तालमेल गर्ने कांग्रेसले बताएको थियो । केन्द्रीय सदस्य छानेरै जिल्ला जान पाउने कांग्रेसले केही समयअघि आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन हुने आठ जिल्लामा जान निर्देशन दिएको थियो । अब केन्द्रीय सदस्यहरूले रोजेको जिल्ला जान पाउने भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्री भएकाबाहेकका सबै केन्द्रीय सदस्यलाई निर्वाचनमा खटिन निर्देशन दिएका हुन् । तर, जिल्ला भने तोकेका छैनन् । ‘यसअघि केन्द्रीय कार्यालयले जिल्ला तोकेरै केन्द्रीय प्रतिनिधि प्रदेश नं. २ मा खटाउने तयारी गरेको थियो, तर अहिले सभापतिले मन्त्रीबाहेकका सबै केन्द्रीय सदस्यलाई चुनावी प्रचारका लागि खटिन निर्देशन दिनुभएको छ,’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘जिल्ला सभापतिसँगको समन्वयपछि सदस्यहरूले आफूले रोजेको जिल्लामा जान पाउनुहुनेछ ।’  प्रदेश नं. २ मा एमालेको आक्रामक चुनावी प्रचार एमालेले उम्मेदवारी दर्तालगत्तै प्रदेश नं. २ मा आक्रामक चुनावी प्रचार सुरु गरेको छ । केन्द्रीय प्रचार विभागको आयोजनामा एमालेले बिहीबार र शुक्रबार तीन ठाउँमा प्रदेशस्तरीय प्रचार भेला गरेको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख सूर्य थापाले मुख्य प्रतिस्पर्धी कांग्रेसका कमजोरी उजागर हुने गरी प्रचार केन्द्रित गर्न निर्देशन दिएका छन् । सिरहा र सप्तरीको लहान, धनुषा, महोत्तरी र सर्लाहीको बर्दिबास तथा बारा, पर्सा र रौतहटको सिमरामा एमालेले संयुक्त प्रचार भेला सम्पन्न गरेको छ । ‘मुख्य रूपमा कांग्रेसको उद्दण्डतालाई लक्षित गरेर चुनावी प्रचारमार्फत प्रहार केन्द्रित गर्न तथा भण्डाफोर गर्न निर्देशन दिएका छौँ,’ उपप्रमुख थापाले भने । कांग्रेस नेतृत्वको सरकारले उदारवादका नाममा मधेसका २२ भन्दा बढी राष्ट्रिय उद्योग बन्द गराएर हजारौँलाई बेरोजगार बनाएको, कोसी उच्च बाँध, टनकपुर सन्धि, खुर्दलोटन बाँधका विषयमा भारतसँग सम्झौता गरेको विषयलाई व्यापक प्रचार गर्ने एमालेले रणनीति बनाएको छ । स्थानीय चार भाषामा प्रचार एमालेले पार्टीका प्रतिबद्धतापत्र, अपिल र पर्चाहरू प्रदेश नं. २ मा बोलिने मैथिली, भोजपुरी, अवधी र थारू भाषामा प्रकाशित गरेर प्रचार थालेको छ । त्यस्तै, उम्मेदवारका सकारात्मक पक्ष र जित्ने आधारलाई बलियो बनाउने गरी सूचना प्रविधि, सामाजिक सञ्जाल, सबै मिडियाको भरपुर उपयोग गरेर मतदातामाझ पु¥याउन, केन्द्रसँग पनि एकाकार गर्न प्रचार भेलामार्फत निर्देशन दिएको छ । जिल्लामा पार्टी र जनसंगठनको प्रचारसम्बद्ध नेता तथा कार्यकर्तासहित एमालेको प्रचार भेलामा करिब दुई सय सहभागी थिए । नौ विषयमा थरीथरीका प्रचार एमालेले मूलतः नौ विषयमा केन्द्रित रहेर प्रचार गर्न निर्देशन दिइएको उपप्रमुख थापाले बताए । तराईमा मधेसकेन्द्रित दल नजन्मिँदै मुरिवहा, विष्णुपुरकट्टी, कालापानीलगायत दर्जन स्थानमा एमालेले भूमिगतकालमा सेल्टर लिएर मधेसका जनताको हितका पक्षमा गरेका आन्दोलन र संघर्ष, सरकारको नेतृत्वमा रहँदा मधेसको नागरिकता समस्या समाधान, राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग निर्माण, फास्ट ट्र्याक निर्माणको पहल, भारत जोड्ने दक्षिणी सडक निर्माणमा लिएको अग्रसरता, जिल्ला सदरमुकामको आधुनिक विकासका लागि छुट्याएको ५० करोड बजेटलगायत मधेसको हितमा केन्द्रित रहेर गरेका कामको प्रचार गर्न एमालेले निर्देशन दिएको छ । त्यस्तै, एमालेले लिइरहेको राष्ट्रिय हितको एजेन्डाकै विजयले राजपा, दुवै फोरमले मधेस शब्दावली हटाएर अस्तित्व रक्षाका लागि राष्ट्रिय दलमा रूपान्तरित हुने गरी गरिरहेको प्रयासलाई पनि प्रचारको विषय बनाएको छ । ‘मधेसको हितका पक्षमा निरन्तर क्रियाशील एमाले मधेसका नाममा कसैको शिखण्डी बनेर देशविरुद्ध लाग्नेहरूसँग वैरभाव राखे पनि मधेसका जनता र सच्चा धर्तीपुत्रको पक्षमा रहेको कुरा स्पष्ट पार्न भनेका छौँ,’ थापाले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्रविरुद्ध एमाले मैथिली र भोजपुरी भाषालाई स्थापित गर्न लागेको कुरा पनि चुनावमा प्रचार गरिनेछ ।’ तीन स्थानबाट शीर्ष नेताले कमान्ड सम्हाल्दै एमालेले प्रदेश नं. २ मा तीन ठाउँबाट समग्र चुनावी परिचालन गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितको नेतृत्वमा २ असोजअघिसम्म चुनावी परिचालन हुने प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए । पर्सा, बारा र रौतहटका लागि सिमरा, निजगढ, सर्लाही, महोत्तरी र धनुषाका लागि बर्दिबास तथा सिरहा र सप्तरीका लागि लहानबाट चुनाव परिचालनका लागि समानान्तर केन्द्रीय सचिवालय चलाउने एमालेको तयारी छ । कमान्ड सम्हाल्न आइतबारसम्म शीर्ष नेताहरू मधेस झर्ने चौधरीले बताए । वरिष्ठ नेता नेपाल र महासचिव पोखरेल चुनावअघिसम्म मधेसमै रहनेछन् भने अध्यक्ष केपी ओली, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । घरदैलो अभियान माओवादीको प्राथमिकतामा माओवादी केन्द्रले प्रत्यक्ष रूपमा मतदाता भेटेर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । तुल, ब्यानर, पोस्टरलगायतका बाहिरी प्रचारले मात्र नपुग्ने उसको निष्कर्ष छ । मधेसमा पार्टीको संगठन कमजोर भएकाले उम्मेदवारलाई नै प्रत्यक्ष रूपमा मतदातालाई भेटाउने अभियान थालिएको माओवादी प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले बताए । बिहान–बेलुका प्रचार आक्रामक माओवादीले हरेक दिन बिहान ७ बजेदेखि नै घरदैलो कार्यक्रम गर्ने गरेको इन्चार्ज यादवले बताए । ‘दिउँसो घाम धेरै लाग्ने भएकाले खाना खाएपछि केही समय आराम गरी अपराहन् २ बजेबाट पुनः प्रचारप्रसारमा लाग्ने गरेका छौँ । सुगम ठाउँमा गाडी र दुर्गममा पैदल घरदैलो भइरहेको छ,’ उनले भने । माओवादीले आफ्ना एजेन्डाबारे मतदातालाई अधिकतम बुझाउने प्रयास गर्ने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीले जनयुद्धदेखि शान्तिप्रक्रियामा आएपछि सरकारमा हुँदा गरेका राम्रा कामबारे जनतालाई बुझाएर चुनावमा प्रसारप्रसार गर्ने उनको भनाइ छ । ‘सरकारमा हुँदा विकास निर्माणलगायत मधेसको मुद्दा समाधान गर्न पहल गरेकाले मधेसी जनता माओवादीप्रति सकारात्मक भएका छन्,’ साहले भने । कर्मचारी सेटिङ गर्नेलाई सूक्ष्म रूपमा निगरानी गर्छौँ माओवादीले निर्वाचनका वेला अन्य दलले प्रशासन र कर्मचारीको सेटिङ गर्ने भएको भन्दै निगरानी राख्ने इन्चार्ज यादवले बताए । ‘हाम्रो पार्टीनिकट प्रहरी र कर्मचारी निकै कम छन्,’ उनले भने, ‘हामी निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीको सूक्ष्म रूपमा निगरानी गर्छौँ ।’ स्थानीय तहमै घोषणापत्र तयार माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा घोषणापत्र सार्वजनिक गरेको थियो । सोही घोषणापत्रअनुसार सम्बन्धित स्थानीय तहले घोषणापत्र तयार गरेको नेता गोपाल ठाकुरले बताए । ‘सबै स्थानीय तहमा आफ्नै खालका प्राकृतिक स्रोतसाधन छन्,’ उनले भने, ‘हरेक स्थानीय तहमा फरक खालको स्रोतसाधन भएकाले सोहीअनुसार घोषणापत्र तयार गरी सार्वजनिक गरेका छन् ।’ प्रचण्डसहित शीर्ष नेता चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता प्रदेश नम्बर २ मा चुनावी प्रचारप्रसारमा लागेका छन् । पार्टी नेता नारायणकाजी श्रेष्ठ, मणि थापा, उर्मिला अर्याललगायत सबै चुनावी प्रचारप्रसारमा खटिएको इन्चार्ज मातृका यादवले बताए । प्रचण्डसहितका शीर्ष नेता शुक्रबार बाराको कलैयालगायतका विभिन्न क्षेत्रमा आयोजित चुनावी सभामा सहभागी भए । प्रचण्ड मंगलबारसम्म तराईका विभिन्न जिल्लामा खटिई २७ भदौमा काठमाडौं फर्किने भएका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर २ का आठ जिल्लामा आवश्यकताअनुसार नेता खटाउने निर्णय गरेको छ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा जहाँ जुन नेता आवश्यकता हुन्छ, सोहीअनुसार खटाउने योजना बनाएको यादवले बताए । यसअघि माओवादीले अध्यक्ष प्रचण्ड, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहितका नेता जरुरी कामबाहेक निर्वाचनभर मधेसमै बस्ने निर्णय गरेको थियो । राजपा अध्यक्षमण्डलका सबै सदस्य प्रचार अभियानमा राजपाले निर्वाचन प्रचार अभियान तीव्र पारेको छ । शुक्रबार दुईवटा टाटा मोबाइल भ्यानमा प्रचार सामग्री मधेसमा पठाएको छ । दोस्रो तहका नेताहरू हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, बद्रीप्रसाद मण्डल, मनीष सुमन, केशव झालगायत शनिबार मधेस झर्दै छन् । नेता सुमनका अनुसार राजविराज र लहान, धनुषा र महोत्तरी, सर्लाही, रौतहट तथा बारा र पर्सामा गरी पाँच दिन अध्यक्षमण्डलका ६ सदस्य प्रचारप्रसारमा सहभागी हुनेछन् । राजपा ठूला आमसभा गर्ने तयारीमा छ । घरदैलो अभियानमा संघीय समाजवादी फोरम संघीय समाजवादी फोरमले प्रचारका लागि सामाजिक सञ्जाललाई प्रशस्त प्रयोग गर्ने रणनीति लिएको छ । स्थानीय पत्रकार, मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवालाई पार्टीको मुद्दामा आश्वस्त गराई सकारात्मक सन्देश प्रवाहित गराउने उसको योजना छ । शीर्ष नेताहरू प्रचारमा आफैँ सहभागी हुने र साना–ठूला आमसभा गर्ने तयारी गरेको छ । त्यही क्रममा फोरम अध्यक्ष उपेन्द्र यादव बिहीबार वीरगन्ज महानगरको प्रचारमा सहभागी भएका थिए । शुक्रबार सप्तरीमा आयोजित सभामा भाग लिए । फोरमले घरदैलो अभियानलाई प्राथमिकतामा राखेको छ । -नयाँ पत्रिकाबाट

यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता

काठमाडौं, भदौ २२ । पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ। दलहरु बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ताका लागि निस्किएका थिए। वीरगञ्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समिति परिसरमा मनोनयन दर्ता भएको थियो। वीरगञ्ज महानगरपालिकाकामा मेयरका लागि १४ जनाले र उपमेयरमा १८ जनाले उम्मेदवारी दिएका छन्। के भन्छन् मेयरका उम्मेदवारहरु? २० वर्षको विकास पाँच वर्षमा गर्छु : अजय द्विवेदी, नेपाली कांग्रेस नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका कांग्रेस पर्सा सभापति अजय द्विवेदीले वीरगञ्जको सर्वाङ्गीण विकासको लागि मेयरमा उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवार दर्ता गराउन मुख्य निर्वाचनको कार्यालय जिल्ला समन्वय समितिमा पुगेका द्विवेदीले वीरगञ्जको सडक, नाला, ट्राफिक, अव्यवस्थित बस्ती ,शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा चौतर्फी विकास गरी २० वर्षको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता गरे। प्रदेश नं २ को राजधानीको विषयमा जनकपुर नै राजधानी बनाउने कुरामा नेपाली कांग्रेसले कुनै सहमति वा निर्णय गरेको अवस्था नभएको बताउँदै उनले प्रदेश सभाले त्यसको छिनोफानो गर्ने जानकारी गराए। समृद्ध वीरगञ्जको डिपिआर तयार छ : बसरुद्दीन अन्सारी, एमाले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद बसरुद्दीन अन्सारीले वीरगञ्जको विकासको अहिले नै डिपिआर तयार भइसकेको बताएका छन्। जनताले चाहेर उम्मेदवारी दिएको भन्दै उनले जनताले विकास विकास र विकास भनिरहेको बताए। महानगरपालिकाको ९ करोड रुपैयाँ कर नतिरेको आरोप छ नि भन्ने प्रश्नमा उनले चुनावमा हारबाट डराएर अतिरञ्जित किसिमले अन्य विरोधी पार्टीले सञ्चार माध्ययममा गलत समाचार लेख्न लगाएको दावी गरे । ५० वर्षको विकास ५ वर्षमै गर्ने : विजयकुमार सरावगी, संघीय समाजवादी फोरम संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको मेयरमा उम्मेदवारी दर्ता गराएका विजयकुमार सरावगीले ५० वर्षको विकास ५ वर्षमै गर्ने दावी गरे। २०४६ सालदेखि नेताहरुले इमान्दार भई विकास नगरेकोले मजबुर भई आफू व्यवसायी मान्छे राजनीतिमा आएको चर्चा गर्दै मेयर जिते वीरगञ्जको जनजीवन पूरै परिवर्तन गर्ने उनले बताए। शून्य प्रतिशत भ्रष्टाचारको वातावारणमा वीरगञ्जलाई समृद्ध सहरको पहिचान दिलाउने उनको प्रतिवद्धता थियो। युवालाई रोजगार दिन्छु :  राजेशमान सिंह, राजपा नेपाल राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वीरगञ्जको मेयमरमा उम्मेदवार राजेशमान सिंहले आफूलाई युवाको निकै साथ रहेको बताए। युवामाझ लोकप्रिय भएकोले आफूले उम्मेदवारी दर्ता गराएको र युवासँग मिलेर सम्पूर्ण वीरगञ्जका युवाको रोजगारीको विषयमा वीरगञ्जमा कार्यक्रम ल्याउने उनले बताए। ‘वीरगञ्जलाई हराभरा, स्वच्छ वातावरणको शहर बनाउँछु’ ,उनले भने । वास्तविक सुविधा सम्पन्न शहर बनाउँछु :  रहबर अन्सारी, माओवादी केन्द्र नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका रहबर अन्सारीले विगतको समयमा विकास नगर्ने नेताहरुलाई युवा पिढी मिली हराउने बताएका छन्। आफू चुनाव जित्न मात्र आएको नभई वीरगञ्जलाई जिताउन समेत आएको चर्चा गर्दै उनले पहिले विकास अवरोध गर्ने खेलाडीहरुले चुनाव लडथे भने हाल विकास गर्ने खेलाडीहरुले चुनावमा भाग लिएपछि उनीहरु त्रसित बनेको बताए। युवा पिढीलाई लिएर वीरगञ्जलाई वास्तविक सुविधा सम्पन्न शहर बनाउने उनले सपना देखेको बताए। वीरगञ्जको विकास गर्न पुनः मेयर :  विमल श्रीवास्तव, फोरम लोकतान्त्रिक     हिजै राजपा परित्याग गरी विजयकुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा प्रवेश गरेका विमल श्रीवास्तवले वीरगञ्जको मेयरमा उम्मेदवारी दर्ता गराए। स्थानीय रुपमा विकास गर्न वीरगञ्जको मेयरमा यसपाली पनि उम्मेदवारी दिएको उनले बताए। तीन पटकसम्म वीरगञ्जको मेयरमा विजयी भई वीरगञ्जलाई सबैभन्दा बढी विकास गर्ने नेताको रुपमा चिनिने उनले आफूले बाहेक अन्यले वीरगञ्जको लागि केही पनि नगरेको बताए। हिन्दू राज्य कायम गराउन लड्छु : अर्जुन सिंह ठकुरी, राप्रपा   कमल थापा नेतृत्वको राप्रपाबाट वीरगञ्जको मेयरमा उम्मेदवारी दिएका अर्जुनसिंह ठकुरीले वीरगञ्जलाई सफा, स्वच्छ र विकसित सहर बनाउनुको साथै आगामी दिनमा हिन्दू राज्य कायम होस् भन्ने विषयमा अभियान चलाई अघि बढ्ने बताए। -पहिलाेपाेष्टबाट

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी – ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । ‘बावु राजा भएकोले छोरो पनि राजै’ हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्रै हेक्का थियो । मोहन बहादुर सिंहले धानेको विद्यालयको मूल्य मान्यता र शैक्षिक विरासतलाई सके फड्को मार्ने नसके आँच आउन नदिनु नै ८ बर्ष अघि त्यो कुर्चिमा बस्दै गरेका टेकबहादुरले मुख्य काम ठानेका थिए । २०६५ सालमा आफ्ना बुवा ३० बर्ष सम्म बसेको हेडमाष्टरको कुर्चिमा बस्दै गर्दा खरो उत्रन सकुँला की नसकुँला भन्ने टेकबहादुरको त्यो चुनौती गत भदौ २३ गते यता भने केही कम ठानेका छन् । गत भदौ २३, सेप्टेम्बर ८ अर्थात् ३७ सौं शिक्षा दिवस । सुदुरपश्चिमाञ्चल क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा शिक्षा मन्त्रालयबाट पुरस्कृत हुँदै गर्दा ‘केही राम्रै गर्न सकेछु की जस्तो लागेको’ उनले बताए । काठमाडौंको राष्ट्रिय सभागृहमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा राष्ट्रिय झण्डा सहित रु १ लाख हातमा लिदैं गर्दा उनले आफ्ना सहकर्मी, अभिभावक र विद्यार्थीलाई सम्झेको बताए । शिक्षा मन्त्रालयले त ‘कर्मकाण्डि पारामै’ सही कुनै न कुनै विद्यालयलाई त्यो दिन पुरस्कृत गर्नै पर्छ । त्यहि शिलशिला अन्र्तगत ‘सौभाग्यबस’ सुदुरपश्चिमबाट यस बर्ष भगवती मावि परेको हो । भलै मन्त्रालयले विभिन्न मापदण्डका आधारमा छनौट गरेको बताउँछ । सुदुरपश्चिमाञ्चल क्षेत्र भरी रहेका अन्य विद्यालयको त कुरै छाडौं, डोटीमै रहेका ३ सय ४० विद्यालय त्यसमा पनि ८४ वटा माध्यमिक विद्यालय मध्ये भगवती नै किन उत्कृष्ट त ? टेकबहादुर हेडसरसंग पनि यसको ठ्याक्कै उत्तर चाँही छैन । ‘विद्यालयका सबै शिक्षक काम र जिम्मेवारीका हिसाबमा हेडसर जस्तै छन्, म पनि अरु शिक्षक जस्तै छु, हाम्रो काम विद्यार्थीलाई सिकाउने हो, त्यो काममा हामी को ठूलो को सानो भन्दैनौं’ आफ्नो विद्यालय उत्कृष्ट हुनाको अड्कल काट्दै हेडसर भन्छन्, ‘विद्यालय राम्रो हुन हेडमाष्टर मात्रै वा कुनै एक शिक्षक मात्रै राम्रो भएर हुँदैन यो त टिम वर्क हो, हेडसर खराव छ, कुरा मात्रै गर्छ काम गर्दैन भन्ने गरी गुनासो गर्ने मौका नै दिएको छैन ।’ प्रभात उच्च मावि देहमाण्डुबाट २०५७ सालमा निमावि शिक्षकका रुपमा शिक्षण पेशामा छिरेका सिंह २०६३ सालको आन्तरिक आयोगबाट मावि शिक्षक भए । मावि शिक्षक भएको एक महिना रघुनाथ उच्च मावि तिलौरीमा पढाए पनि त्यस यता घरपायक तलारा सरुवा मिलाएका हुन् उनले । आफू सात कक्षा सम्म पढेको र आफ्नै पिताजीले लामो समय नेतृत्व दिएको विद्यालयमा शिक्षकका रुपमा २ बर्ष विताएका सिंहलाई अभिभावक र शिक्षकले हेडमाष्टरनै बन्न प्रस्ताव गरे । त्यही बेला हो सिंहलाई विद्यालयले बोकी आएको  मूल्य मान्यता र शैक्षिक विरासतलाई धान्न सकुँला की नाईँ भन्ने चिन्ताले छोपेको । शायद यही चिन्ताले होला, भगवती माविले केही भिन्न विशेषता निर्माण गर्न सफल भएको छ । र यही विशेषताले क्षेत्रकै उत्कृष्ट बन्ने बाटो तय गराएको छ । सुदुर पश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम दिपायलबाट पाँच घण्टाको पैदल यात्रा पछि पुगिने भगवती माविले गत बर्षको प्रवेशिका परीक्षामा सहभागि गराएका ४९ जना मध्ये एक जना ए प्लस र बाँकी कसैले पनि सी ग्रेड भन्दा तल्लो ग्रेड हासिल गर्नु परेन । शिक्षकहरु विच निरन्तर विद्यालयको शैक्षिक सफलताबारे छलफल गर्ने, अनुभवहरु साटासाट गर्ने, अभिभावक र शिक्षकको समन्वयात्मक सम्बन्ध विकास विद्यालयले शुरु गरेका नौला अभ्यास हुन् । हरेक दिन विद्यालय समाप्ति पछी शिक्षकहरु सो दिनको उपलब्धि र भोलीको योजनाबारे छलफल गर्छन् । धेरै विद्यार्थी अनुतिर्ण हुने विषयका शिक्षकलाइ थप पारिश्रमिक मात्रै हैन अन्य शिक्षकहरुले सघाउने चलन पनि विद्यालयमा विकास गरिएको छ । हेडसर सहित छात्रावासमै बस्ने १२ जना शिक्षकले विद्यालय समय भन्दा अन्य समयमा पनि पठन पाठन र अतिरिक्त कृयाकलाप गराउँदा विद्यार्थीको सिकाई उपलब्धि झन् विस्तार भएको छ । पढाउने तरिका, मूल्यांकन सिप र प्रश्नपत्र निर्माण अनि उत्तर पुस्तिका परिक्षणमा पनि सम्बन्धित शिक्षकहरुसंग अनुभब आदान प्रदान हुन्छ । विद्यालयमा भईरहेका फरक कृयाकलापबाट भएको सुधारले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पनि हौसिएका छन् । शिक्षक ले पढाउने मात्र भन्दा पनि विद्यार्थीको मनोभावना बुझेर सहजकर्ताको भूमिकामा प्रस्तुत हुदाँ जस्तो सुकै शैक्षिक प्रगति पनि सम्भब रहेछ भन्ने निचोडमा पुगेको हेडसरका कुराले व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर सिंह दंग छन् । ‘सबै शिक्षकलाई मिलाएर अघि बढ्न सक्ने हेडसर भएमा जस्तो सुकै शैक्षिक सफलता पनि असम्भव छैन भन्ने कुरा हाम्रो विद्यालयमा प्रमाणित भएको छ’ उनले भने, ‘विद्यालय राम्रो बनाउन व्यवस्थापन समितिका पदाधिकारीको पनि शिक्षक जत्तिकै भूमिका हुँदो रहेछ ।’ शैक्षिक सुधारको बिषयमा प्रत्येक हप्ता विद्यालयमा हुने अन्तरक्रियामा सहभागि हुन थालेपछि उनले यो कुरा बुझेका हुन् । दश बर्ष निजी श्रोतमा अध्यापन गराई आयोगमा सफल भएर डोटीकै सिलगढी स्थित पप मा.वि. मा अध्यापन गराई रहेका केशबराज ओझा भगवती मा.वि.मै सिकेको पढाउने तरिकाले अहिले सजिलो भएको बताउँछन् । भगवती माविबाट एस.एल सी .उत्तीर्ण विद्यार्थी आफ्नो कलेजमा उत्कृष्ट हुने गरेको सुदूरपश्चिमांचल क्याम्पस धनगढीका अध्यक्ष योगेन्द्र बहादुर शाही बताउँछन् । ईमान्दार प्रअको नेतृत्वमा पेशागत मर्यादामा रहने शिक्षकहरुको सहयोग भैदिनाले नै भगवती माविले ठुलो फड्को मारेको उनको निष्कर्ष छ । भगवती माविको अभ्यास अन्य विद्यालय र शिक्षकहरुले पनि अनुसरण गर्ने हो भने सामुदायिक शिक्षाको गुणस्तर उकास्न गाह्रो नहुने निष्कर्ष छ भर्खरै जिल्ला शिक्षा अधिकारि भएर आएका अनन्तकुमार पौड्यालको । धनगढी स्थित एक निजी विद्यालयका उत्कृष्ट विद्यार्थी नवीन बोहोरा भगवती माविकै कारण उच्च शिक्षामा चाहेको नतिजा ल्याउन सफल भएको बताउँछन् ।  हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं । ०१२ सालमा स्थापना भएको भगवती माविमा अहिले सुदुर पश्चिमाञ्चल क्षेत्रका ९ वटै जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थी मध्ये टाढाका विद्यार्थीका लागि विद्यालयले छात्राबासको ब्यवस्था गरेको छ । २५ जना छात्रा सहित १ सय ८० विद्यार्थी त छात्रावासमै बसेर पठन पाठन गर्छन् । उनीहरु मध्ये प्रावि तहका बाट महिनाको २५ सय, निमाविकाबाट २६ सय र माविकाबाट २७ सय रुपैंया शुल्क लिईन्छ । घरबाटै खाना खाएर आउने तर छात्रावासमा बस्ने विद्यार्थीको संख्या पनि ३५ छ । श्रोत जुटाउन सकियो भने भौगोलिकरुपमा विकट भए पनि सामुदायिक विद्यालय सुधारमा अरु केही खाँचो नपर्ने उदाहरण हो यो विद्यालय । ‘विद्यालयको गुणस्तर वृद्धि गर्न आर्थिक पाटो बलियो हुनै पर्दो रहेछ, आर्थिक रुपमा सम्पन्न भईयो भने योग्य शिक्षक राख्न सकिदोँ रहेछ, यसले सुधार हुँदो रेहछ’ हेडसरको निष्कर्ष छ, ‘दरबन्दी कम छ भनेर बस्नु पनि भएन अनी निजी श्रोतमा राखेका शिक्षकहरुलाई तलब कम दिनु पनि भएन ।’ विद्यालयमा माविमा ३, निमाविमा २ र प्राविमा ४ दरबन्दी छ । एक जना कम्प्युटर शिक्षक सहित विज्ञान, गणित र अँग्रेजीका २–२ जना शिक्षकलाई निजी श्रोतमा राखिएको छ । उनीहरुको तलब छात्रावासमा बस्ने विद्यार्थीको शुल्कबाट बचेको रकम, १–८ का लागि एक र माविका लागि प्राप्त अर्को एक प्रति विद्यार्थी शिक्षक कोटाको रकम र स्थानीय सामुदायिक वन, जिविस र गाविसको अनुदान सहयोगले धान्दै आएको सिंह बताउँछन् । गत बर्ष मात्रै जिविसको २४ लाख रुपैंया सहयोगमा ६ कोठे विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । उक्त प्रयोगशाला निर्माण गर्दा आवश्यक सामग्री ढुवानी गर्न बाटो समेत निर्माण गरिएको छ । ‘विद्यालय भन्ने कुरा समाज विकासको आधार पनि हुँदो रहेछ’ हेडसर भन्छन्, ‘विद्यालय भवन बनाउन गिटी, बालुवा, ढुङ्गा मान्छेबाट बोकाउँदा धेरै खर्चिलो हुने भयो, त्यसैले बरु बटो खनौं भनेर हामीले ८ किलोमिटर बाटो नै बनायौं ।’ उक्त बाटो निर्माणका लागि सांसद विरबहादुर वलायरले १४ लाख रुपैंया सांसद कोषबाट उपलब्ध गराएको उनले बताए । विकास निर्माण र सामाजिक जनचेतना अभिवृद्धिले विद्यालय र समाज विचको अन्नोन्याश्रीत सम्बन्धलाई पुष्टि गरिरहेको ठान्छन् टेकबहादुर सिंह । ‘गाउँमा जुवा तास खेलिरहेका छन् भने पनि हामी शिक्षकहरु जाँदा हत्तपत्त लुकाउँछन्, यसको मतलव हामीलाई समाजले सम्मान गर्छ त्यो सम्मानलाई हामी कसरी कायम राख्ने भन्ने पनि मुख्य कुरा हो’ उनी भन्छन्, ‘पढाउनु त छँदै छ, शिक्षकको काम भनेको आफू र आफ्नो समाजलाई सुव्यवस्थित राख्नु पनि त हो ।’ पठन पाठनको नियमित कामको अलावा आउँदो बर्ष भौतिक रुपमा पनि विद्यालयलाई सक्षम बनाउने योजना बुनिरहेका छन् हेडसर । ‘३ सय विद्यार्थी अटाउने छात्रावास निर्माण गर्ने योजना छ’ उनले भने, ‘तलाराको सर हुँ भन्दा जुन गौरव हुन्छ त्यसलाई कायम राख्न बुवाले गर्नु भएको ७५ प्रतिशत काममा मैले २५ प्रतिशत मात्रै थपेको हुँ, यसलाई कायम राख्नु नै मेरो चुनौती हो, थप विस्तार गर्न सकेँ भने त झन् राम्रो ।’ आलेख र तस्वीर एजुखबर अनलाईन (edukhabar)बाट साभार गरिएको 

राजपाका तीन केन्द्रीय सदस्य सहित पाँच हजार माओवादी केन्द्रमा प्रवेश

सिमरा, भदौ १९। राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव र रामेश्वर राय यादवले स्वागत गर्नुभएको थियो । आइतबार नै बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बारा जिल्लाको कोल्हबीमा २७० र जितपुर सिमरा उपमहानगरमा १५० जना गरी ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आइतबार नै पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’ सभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा अतिवादीहरु मौलाएको भन्दै पहाडी र मधेशी अतिवादको विरोध गर्न अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं ।’ ‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’ मधेशी दलले राजनीतिको ब्यापार गरे, ‘प्रवेशी नेताहरु’ माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दल र राजपाले राजनीतिको ब्यापार गरेको बताए । सभामा बोल्दै राजपा नेता चेतनारायण महतोले भन्नुभयो, ‘मधेश आन्दोलनमा त्यत्रो बलिदान भयो । तर, मधेशी नेताहरुले जनताको हित सोचेनन्, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेनन् । देशको एक मात्र क्रान्तिकारी र विकासको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएकाले मैले राजपा छोडें । अब मधेशमा राजपाको राजनीतिक औचित्य पनि छैन ।’ कार्यक्रममा बोल्दै नेता रामेश्वर राय यादवले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको बताउँदै माओवादीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताउनु भयो ।  

रामानन्द चोकः दुई पूर्व प्रधानमन्त्री, एउटालाई कुचो, अर्कोसँग सेल्फी

काठमाडौं, भदौ १४ । मंगलबार दिउँसो जनकपुरमा दुईवटा दृश्यले आम मानिस तरङ्गिगत भए । बिहान जनकपुरको मा प्रचण्डलाई स्थानीय चिया पसलमा देख्दा जनतामा कौतहुलता जाग्नु स्वभाविकै थियो । एकपछि अर्को गर्दै मधेसका सर्वसाधारण भेला भए । उनीहरुका लागि प्रचण्डको आगमन कता कता आफ्ना दुखेसो पोख्ने ठाउँ थियो । प्रचण्डले चियाको सर्को तान्दै सर्वसाधारणसँग भलाकुसारी गरे । राष्ट्रिय राजनीतिका जटिलता भन्दा पनि स्थानीय समस्याका बारेमा कुरा गरे । मधेस, मधेसी जनताको भावनालगायतका कुरा गरे । दोश्रो दृश्य अलि पीडादायी थियो । त्यहाँ आक्रोश थियो, पीडा थियो । हात हातमा कुचो बोकेका महिलाहरु थिए । ढुंगा बोकेका पुरुषहरु थिए । उनीहरुको निशाना थिए पूर्व प्रधानमन्त्री माधव नेपाल । पीडादायी यसअर्थमा कि माधव नेपाल त्यही मधेसको रौतहटबाट सांसद भए । प्रधानमन्त्री भए । तर उनी र उनको दलले त्यही मधेसको भावनालाई समेटेर तयार भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्यो । यसबाट मधेसका जनता आक्रोशित हुनु स्वभाविकै थियो । फलस्वरुप रामानन्द चौक आन्दोलनमयी बन्यो । एमालेको अगुवा कार्यकर्ता भेलाको कार्यक्रम बिथोलियो । नेता नेपालमाथि ढुंगामुढा प्रहार भयो । बुधबार भने रामानन्द चोक फेरी आफ्नै पूर्व स्वरुप मा फर्केको छ । त्यही रामानन्द चोकमा प्रचण्डसँग सेल्फी खिच्नेको लर्को देखियो । प्रचण्डसँग चिया खाँदै राजनीतिका कुरा गर्ने सर्वसाधारण देखिए ।  मानौं, प्रचण्ड उनीहरुको आफ्नै नेता हुन । वीसौं वर्ष मधेसकै राजनीति गरेका, मधेसमा नै घर भएका माधव नेपाल लखेटिएको चोकमा प्रचण्डको भने भव्य स्वागत देखियो आज बिहान । लाग्छ, रामानन्द चोकले परिवर्तन खोजेको छ । सिंगो मधेसमा परिवर्तन । र, लाग्छ यो चोकले माओवादीलाई मात्रै यो परिवर्तनको भरपर्दो संवाहक मानेको छ ।

सप्तरीको दलित बस्तीमा डा. गोविन्द केसी

हातमा केनुला लगाएकै अवस्थामा प्रा डा गोविन्द केसी यहाँको दलित बस्तीका बाढीपीडितलाई शुक्रबार स्वास्थ्य उपचार सेवा दिइरहेका छ्न् । अनुहार र शरीर पसिनाले भरे पनि केसीको अनुहारमा एउटा अनौठो मायालाग्दो भाव देखिन्छ । उनले ११ औं पटकको अनशन २३ औं दिनमा स्थगन गरेपछि ९ दिन मात्र आराम गरेर स्थानीयको उपचारको लागि पुगेका हुन् । कांतिपुर आनलाइन मा अतुल मिश्रले केसीका बारेमा समाचार प्रकाशित गरेको छ । समाचारमा अगाड़ि भनिएको छ: यहाँको स्थानीय पौडा, वान्द्रा खोलाको पानी बस्तीको हरेक घरमा पसेको थियो । हाल स्थिति सामान्यतर्फ फर्कन लागे पनि स्थानीय बाढीको भोगाईले थलिएका छन् । डा केसी बिहीबार यहाँ आएका हुन् । आउनुअघि उनलाई पेट दुखाईको समस्या देखिएपछि केही घन्टाको उपचार विश्रामपछि उनी दिउँसो गन्तव्यतिर लागेका हुन् । समाचारमा राखीएको तसबीरमा ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति देखिंच । बिहीबार राति कञ्चनरूपको बसाईस्थलमा उनलाई पानि चढ़ाइएपछि शुक्रबार बिहानदेखि स्वास्थ्य उपचारमा लागिपरेका छ्न् । डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्यता रहेको यो बस्तीको जनसंख्या करिब साढे ४ हजार छ । स्थानीय ७४ वर्षीय भोला चौधरी बाढीको समय लडेर खुट्टामा आएको चोट पटकको उपचार गराएर औषधि समेत लिएर फर्के । उनले आफू डा. केसीको नाम पहिलेदेखि नै सुनेको र आज भेट्न पाएको बताए । हाल स्वास्थ्य शिविरमा करिब ५०० जनाको भीड छ । डा केसीले उपचारपछि दलित समुदायका महिला, बालबालिका, बूढापाकाहरूलाई घोती, सारी, लुगाफाटा चकलेट समेत दिने गरेका थिए ।