बैतडीको त्रिपुरासुन्दरी लगायतका शक्तिपीठमा यसरी मनाइयो दशैँ
बैतडी, कार्तिक ३ । आज विजया दशमीको दोस्रो दिन पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।
तर केही वर्ष अघिसम्म बैतडी लगायत सुदुरपश्चिममा सदरमुकाम बाहेकका ठाउँहरूमा दशैंका दिन कुलदेवताको मन्दिरबाट ल्याइएको जमरा र टीका ग्रहण गरेपश्चात् दशैँको चटारो सकिएर खर काट्ने काम सुरु हुनेगर्दथ्यो ।
बैतडीको दशरथचन्द नगरपालिका-५ स्थित त्रिपुरासुन्दरी मन्दिरमा दशैँकादिन टिका थाप्ने भक्तजनहरूको घुइंचो लागेको थियो ।
यसका अतिरिक्त निंगलाशैनी, डिलाशैनी, मेलौली लगायत जिल्लाका अन्य शक्तिपीठहरूमा समेत भव्य पूजा अर्चानाकासाथ दशैँ मनाइयो । यी शक्तिपीठहरूमा दशैँका दिन्न समेत बलि दिइने चलन रहेको छ ।
बैतडीका विभिन्न शक्तिपीठहरूमा लगभग १२ सय राँगा तथा बोकाहरूको बलि दिइएको छ जुन प्रदेशमै सबैभन्दा बढी रहेको छ ।

यहाँका अधिकांश ठाउँमा कोजाग्रत पूर्णिमाका दिन मन्दिर या देवस्थलमा बाँकी रहेका जमरा र टीका थाप्दै दशैँ विसर्जन हुने गरेको छ ।
तर समयसँगै र दशैँपछिका पाँचै दिन मान्यजनका हातबाट टीका थाप्ने चलन देशभरि चलेको छ ।
यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे ।
मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगउन जाने परम्परा छ ।
यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।
फेसबुकमा ५ करोड डाटा लिकको शिकारमा कतै तपाईं त पर्नुभएन ? यसरी चेक गर्नुस्
संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेवसाईटमध्ये एउटा हो फेसबुक । गत शुक्रबारका दिन फेसबुकका पाँच करोड उपभोक्ताको एकाउन्ट ह्याक भएको समाचार सार्वजनिक भयो । फेसबुकले यसको पुष्टि गरेपछि त्यसरी डाटा लिक क कसको भयो त भन्ने खुल्दुली सबैको मनमा परेको छ । विगत १४ वर्षको आफ्नो इतिहासमा फेसबुकमाथि यो सबैभन्दा ठूलो हमला हो । सबैभन्दा सुरक्षित मानिएको फेसबुक एकाउण्टबाट डाटा चोरी गर्नु त्यति सहज काम भने होइन । तर ह्याकरहरुले फेसबुक कोडको एउटा फिचरको फाइदा उठाउँदै युजरहरुको एकाउण्ट प्राप्त गरे । यसरी एकाउण्टमा नियन्त्रण गरेलगत्तै फेसबुकले ह््याक भएको कुरा स्वीकार गरेको हो । र, फेसबुकले आफ्नो प्रणाालीमा रहेको कमजोरी सच्च्याइसकेको बताएका छ । फेसबुकका तर्फबाट जुन एकाण्टहरुलाई ठीक गरिएको छ, तिनीहरु स्वतः लग आउट हुनेछन् । करिब नौ करोड युजरलाई आफ्नो फेसबुक एकाण्टमा लगिन गर्नुपर्ने छ । यदि तपाईको एकाण्ट पनि तपाईले साइन आउट नगरिकन स्वतः साइन आउट भएको थियो भने तपाईको डाटा पनि ह्याकरले प्राप्त गरेको मान्न सकिने देखिन्छ । कसरी गरे डाटा ह्याक ह्याकरहरुले फेसबुकमा रहेको भ्यू एज (View as) फिचरका माध्यमबाट फेसबुकको एक्सेज टोकनहरु चोरी गरेका थिए । यी टोकनहरुको प्रयोग पछि गएर फेसबुकका एकाउण्ट खोल्नमा गर्न सकिन्थ्यो । भ्यू एज (View as)फिचरका माध्यमबाट फेसबुक युजरहरुल्े अरु प्रयोगकर्ताले आफ्नो प्रोफाइल कस्तो देख्नेछन भनेर थाहा पाउन सक्थे । एकाउण्ट ह्याक भएको थाहा पाएपछि फेसबुकले सबै (View as) एक्सेस टोकन परिवर्तन गरेको छ । यतिमात्रै होइन सावधानी अपनाउन फेसबुकले गत वर्षभरि भ्यू एज विकल्पबाट हेरिएका अन्य चार करोड एकाउण्टको एक्सेस टोकन पनि रिसेट गरेको छ । नीजि डाटा लिक हुने कुरामा फेसबुक बारम्बार विवादमा आउँदै गरेको छ । गत वर्ष एउटा ब्रिटिश एनालाइटिक्स फर्मलाई ८.७ करोड प्रयोगकर्ताका नीजि डाटा दिएको खुलासा भएको थियो । चुनावमा गलत सूचना दिएर परिणाममा असर पर्न खोजेको पनि आरोप लागेको थियो ।
मन्त्री मगरको निर्देशनमा ७७ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन (तस्वीरसहित)
काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताल लगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ । खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा रहेको अनुगमन टोलीले काठमाडौं र ललितपुरका केही अस्पताल, अपार्टमेन्ट र संयुक्त आवासबाट निष्काशित ढल तथा खानेपानीको अवस्थाका बारे निरीक्षण गरेको हो भने देशै भरिका अन्य जिल्लामा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुले अनुगमन गरेको हो । मन्त्रालयले शुक्रबार बीर अस्पताल, ग्राण्डी हस्पिटल, महाराजगञ्ज शिक्षण अस्पताल, सेन्ट्रल बिजनेश पार्क, पाटन अस्पताल, हात्तिवनको नमुना बस्ती र भैसेपाटी स्थित वाई वाई चाउचाउ उद्योगबाट निष्काशित हुने ढलको अनुगमन गरेको हो । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको हुँदा मन्त्रालयले ढलको अनुगमनलाई तीव्रता दिएको छ । मन्त्री बिना मगरले ढललाई प्रारम्भिक प्रशोधन गरेर मात्र फाल्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ होटेल, अस्पताल, अपार्टमेन्ट र उद्योग कलकारखानाहरुले अब सिधै ढल फाल्न पाईदैन । अब देखि प्रारम्भिक प्रशोधन गरेर मात्र फाल्ने व्यवस्था गर्न लागेका छौं ।’ अस्पतालबाट तरल पदार्थ जन्य फोहोरहरु सिधै ढलमा फालिने र सो तरल पदार्थ जन्य फोहोरले वातावरण र मानव स्वास्थ्यमा सिधै असर पर्ने भएकाले त्यसलाई अन्त्य गर्न प्रारम्भिक प्रशोधन प्रणाली अनिवार्य लागु गर्न लागिएको मन्त्री मगरले बताउनुभयो । अनुगमनको क्रममा उहाँले डिप बोरिङ मार्फत प्रयोग भईरहेको पानीको मात्रा मापन गर्न स्वचालित प्रणाली (सेन्सर सिस्टम) अवलम्बन गर्न लागिएको पनि जानकारी दिनुभयो । यो प्रणालीले कति पानी खपत भयो भन्ने कुराको निर्धारण गर्दछ । उहाँले भन्नुभयो, ‘खानेपानीको शुल्क तिरेर सुविधा लिईरहेका आम जनताले ढलको सुविधा पनि लिएका छन्, जुन स्वभाविक हो तर खानेपानीको पाईप लाइन नजोडिएका र ढलको सुविधा लिईरहेका अस्पताल, उद्योग कलकारखाना, शिक्षण संस्था र अपार्टमेन्ट लगायतका व्यावसायिक क्षेत्रहरुलाई ढल प्रयोगको दायरा भित्र ल्याउने तयारी भईरहेको छ ।’ यसका लागि ढलको व्यवस्थापन गर्न र मापदण्ड तय गर्न खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको संयोजकत्वमा एक समिति गठन समेत गरिएको छ । उक्त समितिले खोलामा सिधै मिसाईने गरेको ढलको निश्चित मापदण्ड निर्धारण गरी लागु गर्ने छ ।
जनताकाे अाँगनमा पुगाेस् संविधान [फोटोफिचर]
देशैभरि उत्साहका साथ संविधान दिवसा मनाईंदैछ । नेपालको राजनीतिक इतिहासमा जनताका प्रतिनिधिहरुले निर्माण गरेको र जनताको संसदले अनुमोदन गरेको यो पहिलो संविधान हो । त्यसअर्थ पनि यो संविधानको विशेष महत्व रहेको छ । नेपालमा शदियौंदेखि अस्तित्वमा रहेको हिन्दू राजतन्त्रात्मक सामन्तवादी व्यवस्थाको स्थानमा संघीय गणतान्त्रिक नेपाललाई संस्थागत गरेको यो पहिलो संविधान हो । समाजका बिभिन्न तह र तप्काका अधिकारलाई समेत ग्यारेण्टी गर्ने गरि लिपिबद्ध भएको संविधानको कार्यान्वयन भने अझै जटिल विषय नै छ । जसरी संविधान निर्माण गर्न नेपाली जनताले लामो संघर्ष गर्नुपरेको थियो, त्यही किसिमले यसको कार्यान्वयनका लागि कठोर संघर्ष गर्नुपर्ने दायित्व हाम्रा अगाडि छ । नयाँ संविधान जारी भएको चौथो वार्षिक उत्सवका अवसरमा देशै भर विभिन्न कार्यक्रम गरिएको छ । राजधानीलगायत देशका धेरै भागमा नयाँ संविधान जारी भएपछि प्राप्त भएका उलब्धी र चुनौतीका बारेमा चर्चा गरिनु सकारात्मक पनि हो । यद्यपी संविधान जारी हुँदादेखि नै असन्तुष्ट रहेको प्रदेश २ मा भने यो वर्ष पनि संविधान दिवसलाई उत्सवका रुपमा मनाइएन् । बरु केही ठाउँमा प्रदेश सरकारका मन्त्रीहरुलाई संविधान जलाउन लगाएको भन्दै सर्बत्र विरोध भएको छ । प्रदेश नम्बर २ का जनताको असन्तचुष्टिलाई समेत सम्बोधन गर्ने गरी यसको कार्यान्वयनमा जान सके नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बन्नेमा दुईमत हुन सक्दैन । संविधान आफैमा केही एउटा कागजको टुक्राबाहेक केही होइन् तर, लामो संघर्ष र बलिदानीपूर्ण आन्दोलनबाट बनेको नयाँ संविधानले समाजको पूर्ण रुपान्तरणको मर्म बोकेको छ । समतामूलक समाजको निर्माण गर्ने संकल्प लिएको छ । समाजवादमा जाने मार्गचित्र प्रस्तुत गरेको छ । त्यसैले संविधानको मूल मर्म र भावना अनुरुप देशको नेतृत्व रुपान्तरण हुने हो भने, देशको जनप्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्ने हो र राजनीतिक पार्टीले दलगत स्वार्थ त्यागेर देश र जनताका लागि कदम उठाउने हो भने नेपाली जनताको विगतको संघर्षको उपलब्धि कार्यान्वयनमा जानेबाट कसैले रोक्न सक्दैन ।
दलित भन्छन्– उस्तै छ हाम्लाई पीरलो, उस्तै छ छूवाछूत शासनमा
सन्तोष शर्मा बनियानी, झापा, २ असोज । लामो सङ्घर्षपछि कार्यान्वयनमा आएको संविधानका प्रावधान कार्यान्वयन नहुँदा उत्पीडित दलित समुदाय निराश भएका छन् । संविधान जारी हुँदा उत्साहित भएका ती समुदायले तीन वर्षपछि पनि आफूहरुसँग सम्बन्धित विषय कार्यान्वयन नभएको गुनासो गरेका हुन् । मुक्ति समाज नेपाल, केन्द्रीय अनुशासन कमिटी सदस्य सोमनाथ पोर्तेलले दलीतमैत्री संविधान निर्माण भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधानमा दलीतका लागि निःशुल्क आवास, शिक्षा, स्वास्थ्य, जमीनलगायतको व्यवस्था भएको उहाँले बताउनुभयो । “मौलिक हकको धारा १६ देखि धारा ४७ सम्म ३७ वटा धारामा दलीत समुदायका लागि गरिएको व्यवस्था अत्यन्तै राम्रो छ” जिल्ला समन्वय समिति झापाका प्रमुख समेत रहनु भएका उहाँले भन्नुभयो, “संविधान उत्कृष्ट र जनपक्षीय छ ।” पोर्तेलले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्दै थप अधिकार सम्पन्न बनाउने तिर लाग्नुपर्नेमा जोड दिनुभयो । उत्पीडित विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रांतीले नयाँ संविधान सान्दर्भिक भएको बताउनुभयो । “नेपालको नयाँ संविधान उत्कृष्ट छ,” उहाँले भन्नुभयो, “तर, संविधानले दिन खोजेको परिवर्तनको अनुभूति पाउन भने चुनौती देखिएको छ ।” संविधानले दलीत, उत्पीडित, महिलाका लागि गरेको व्यवस्था राम्रो भए पनि सोही अनुरुपको कानून बनाउने र व्यवहारमा उतार्ने कार्य नभएको उहाँको गुनासो छ । “प्रगतिशील संविधान बनेको छ” मेचीनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “तर, व्यवहारमा प्रतिगामी भयो भने असन्तुष्टि पैदा हुन्छ ।” संविधानले प्रदान गरेको अधिकार नेतृत्वले कार्यान्वयनका लागि के गर्छ भन्ने पर्खाइमा दलीत समुदाय रहेको उहाँले बताउनुभयो । लामो समयदेखि विभेद सहँदै आएका दलीत तथा उत्पीडित समुदायले नयाँ संविधान जारी भएपछि ठूलो आशा र भरोसा पाएको मुक्ति समाज प्रदेश नं। १ कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभयो । “तर, अपेक्षाकृत हुन सकेको छैन” उहाँले भन्नुभयो, “जातीय छुवाछूत ऐन २०६४ पारित गर्न छलफल भइरहेको छ, कार्यान्वयन हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन ।” पहाडमा रहेका कामी, दमाई र सार्कीलाई सरकारले खसआर्यमा नराखेकामा उहाँले गुनासो गर्नुभयो । “ब्राह्मण क्षेत्री जस्तै उनीहरु पनि हिन्दू धर्म मान्छन्”, उहाँँले भन्नुभयो, “एउटै धर्म मान्ने, एउटै भाषा र एउटै संस्कार मान्नेलाई खसआर्यमा नराखेर सरकारले विभेद गरेको छ ।” जातीय छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्ने भनिए पनि प्रक्रिया झन्झटिलो हुँदा पीडितले न्याय पाउन नसकेको उहाँले बताउनुभयो । “संविधानले अधिकार दिएको छ, कार्यान्वयन छैन, दलीत र उत्पीडितले परिवर्तनको अनुभूति गर्न पाएका छैनन” उहाँले भन्नुभयो, संविधान कार्यान्वयन हुनुपर्छ । दलीत समुदायलाई संविधानले सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा पर्याप्त अधिकार र सुविधा उपलब्ध गराए पनि कार्यान्वयनको पक्ष ज्यादै फितलो भएको दलीत अधिकारकर्मी हर्कमाया विश्वकर्माले बताउनुभयो । “नयाँ संविधान–२०७२ ले दलीतको हक अधिकारलाई धेरै सुनिश्चित गरेको छ” उहाँले भन्नुभयो, “तर, संविधान कार्यान्वयनको पक्ष त्यति चित्त बुझ्दो छैन ।” स्थानीय तह, प्रदेश र सङ्घमा जनसङ्ख्याका आधारमा १३ प्रतिशत सहभागिताको माग गरे पनि पूरा नभएको उहाँले गुनासो गर्नुभयो । मुलुकी ऐन र संहितामा पनि दलीतको अधिकार कटौती गरिएको उहाँको दाबी छ । “मुलुकी संहिताको ७, ७०, १५७, १६० लगायतका धारामा गरिएको व्यवस्थाले घुमाउरो तरिकाले जातीय विभेदलाई प्रश्रय दिएको छ” उहाँले भन्नुभयो, “ती धारामा भएका व्यवस्थालाई सच्याइनु पर्छ ।” राससको समाचार (शीर्षक परिवर्तन गरिएको)
बाह्य दबाब र आन्तरिक किचलोसँगै गम्भीर संकटमा विप्लव ‘माओवादी’
एभरेष्ट टिप्पणी । माओवादी आन्दोलनको एउटा हिस्सा बन्न खोजेको नेत्र बिक्रम चन्द नेतृत्वको ’कम्युनिष्ट पार्टी’ गम्भीर संकटमा देखिएको छ । पार्टी संकटमा पर्नुका पछाडि राज्य या बाह्य शक्तिबाट परेको दबाब मात्रै देखिन्न । बरु आन्तरिक अन्तर्संघर्ष पार्टी समस्यामा पर्नुको मुख्य कारण बनेको घटनाक्रमहरुले देखाएका छन् । कम्युनिष्ट पार्टीको जीवनमा उतारचढाव आउनु स्वभाविकै हो । त्यसमा पनि मित्रतापूर्ण अन्तरविरोधकै बलमा पार्टीको जीवन हुर्किन्छ पनि । तर अहिले पछिल्ला केही घटनाहरु हेर्दा विप्लव माओवादीभित्रको संघर्ष मित्रतापूर्ण देखिँदैन । पार्टीमा लामो समयदेखि सक्रिय रहेकाहरुको समेत निश्काषन गर्नुपर्ने अवस्था आउनुबाट पार्टीभित्र ‘गञ्जागोल’को अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ । केही समयअघि सरकारले विप्लव नेतृत्वको पार्टीको केही जिम्मेवार र उपल्लो तहका नेताहरुलाई पक्राऊ गऱ्यो । यिनीहरुमा सबैभन्दा बढी चर्चामा प्रवक्ता प्रकाण्ड रहे । प्रकाण्डलाई चन्दा असुलीको अभियोग लगाएर प्रहरीले मुद्दा चलाएपछि अदालतले रिहाईको आदेश दियो । तर अदालत परिसरबाटै फेरी प्रकाण्डलाई थुनियो । यो क्रमले निरन्तरता पायो । उनी कहिले नुवाकोट, कहिले दाङ, कहिले काठमाडौं ल्याइए । प्रकाण्डसँगै अन्य नेताहरु पनि पक्राउ परे । प्रकाण्डको गिरफ्तारीपछि पूर्व माओवादी वृत्तबाट सरकारको आलोचना पनि भयो । तर यही बीचमा पार्टीले मिडिया संगठनका केही पदाधिकारीलाई सूचना चुहाएको र संगठनको हितविपरित कार्य गरेको भन्दै कार्वाही गरेको विज्ञप्ती सार्वजनि गऱ्यो । संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको भन्ने विज्ञप्ती पार्टीले जारी गरेपछि पार्टीभित्रका कैयन पक्षहरुसतहमा देखिन शुरु भएका हुन । एकातिर प्रकाण्ड लगायतका नेताहरु पक्राऊ पर्नु र अर्कोतर्फ आफ्नै भित्रका जिम्मेवार नेताहरुलाई कार्वाही गरिनुबीच कतै न कतै तादाम्यता त छैन भन्ने प्रश्न जन्मिनु स्वभाविकै हो । मिडियामा प्रकाशित भएका समाचारहरु हेर्दा यसका दुईवटा पक्ष देखिन्छन् । पहिलो, यो बीचमा विप्लव र प्रकाण्डबीचको अन्तरविरोधका कारण प्रकाण्ड पक्राउ परेको भन्ने अपुष्ट गरिएको समाचार सार्वजनिक भयो । विगतमा बाबुरामका कारण मोहन वैद्य र सिपी गजुरेल पक्राऊ परेको भनिएजस्तै यसपटक विप्लव समर्थकहरुका कारण प्रकाण्ड पक्राउ परेका हुन भन्ने समाचारको आशय थियो । यदि यो समाचार साँचो हो भने अहिले निष्काशन गरिएका सञ्चारकर्मी नेताहरु कतै न कतै प्रकाण्डको गिरफ्तारीसँग जोडिएर कार्वाही गरिएको हुनुपर्छ । यद्यपी जुन नामहरु निष्काशित भएका छन, तिनीहरुलाई खासमा कुन कुरामा असहमति भएर कार्वाही गरिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । न त उनीहरुले नै केही बताएका छन् । ‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ । अर्को कुरा, पार्टीभित्र गम्भीर अन्तरविरोध प्रकाण्डसँग मात्रै सीमित छैन भन्ने पनि पछिल्ला घटनाक्रमले देखाउँछन् । विप्लव माओवादीभित्र आर्थिक अनुशासन र संगठनात्मक अराजकता समस्या हो भन्ने कुरा टिप्पणी हुने गर्दछ । कतिपय स्थानमा पार्टीभित्र आर्थिक अराजकताले ठूलै समस्या भएको दुई तीन वर्ष अघि नै सार्वजनिक भएको कुरा हो । अर्कोतर्फ विप्लवलाई परित्याग गरेर पूर्व माओवादी केन्द्रमा प्रवेश गर्नेहरुले समेत पार्टीभित्र वैचारिक र सैद्धान्तिक पक्ष समाप्त हुँदै गएको र अराजकता मौलाउँदै गएकोले पार्टी छोडनु परेको अभिव्यक्ति दिँदै आएका छन् । यो स्थिति साँच्चिकै अहिले पनि निरन्तरता पाएको छ भने यसले विप्लवको नेतृत्वलाई नै संकटमा पार्न सक्छ । खासगरी प्रकाण्डको गिरफ्तारी र ओली(सुदर्शन)लगायतका नेताहरुको सक्रियतासँगै पार्टीभित्रै नयाँ समीकरणले जन्म लिने स्थिति सामान्य नै हो । विगतमा माओवादी जनयुद्ध पालामा समेत करिब करिब यस्तै प्रकृतिका अवस्थाहरू देखिँदै आएका हुन । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अष्पष्ट कार्यदिशा नै हो । उनीहरुले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन । ‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ । विप्लवका लागि अहिलेको राज्यसत्ता प्रधान अन्तरविरोधी छ । यसको अर्थ उनीहरुकै भाषामा सत्तासँग लड्नका लागि आत्मगत परिस्थिति मजबूत हुनुपर्छ । तर उनीहरूभित्र चुलिएको अन्तरविरोधले उनीहरुको आत्मगत पक्ष कमजोर हुनु र सत्ताले बढी पेल्दै जाने अवस्था झनै बढ्न सक्छ । सरकारका पछिल्ला गतिविधि हेर्दा विप्लवमाथि बढी कडाई गरेको देखिन्छ । र, भविष्यमा एकपछि अर्को गर्दै पेल्दै जाने अवस्था र संगठितरुपमा त्यसको प्रतिरोध गर्नुपर्ने क्षणमा आफूभित्रकै अन्तरविरोधले थिचिनुपर्दा विप्लव नेतृत्वको पार्टी संकटमा पर्ने देखिएको हो । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अस्पष्ट कार्यदिशा नै हो । उनीहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन । विप्लव छोडेर अन्य पार्टीमा गएकाहरुले समेत यो कुरा स्पष्टरुपमा भन्न सक्दैनन् । उनीहरुले कतिपय अवस्थामा जनसरोकारका तत्कालीन मुद्दामा संघर्ष गरेपनि संघर्षको चरित्र के ? एकीकृत क्रान्तिको संगठनात्मक र संघर्षका चरणहरु के कस्ता भन्ने कुरा बुझ्न गारो नै पर्ने अवस्था छ । यसले माओवादप्रति प्रतिबद्ध पूर्व माओवादी कित्ताबाहेक नयाँ तप्कामा विप्लवले पूर्ववत माओवादीले जस्तो संगठन विस्तार गर्ने सम्भावना समेत कम देखिन्छ । एकातिर सत्ताले पेल्दै जानु, अर्कोतर्फ विप्लवले कार्यक्रम दिन नसक्नु र आन्तरिकरुपमा अन्तरविरोध चुलिएर क्षयीकरण हुँदै जाने अवस्था पार्टीका सामु देखिन्छ । पछिल्लो समयमा पार्टीमा लामो समयदेखि क्रियाशील नेताहरुलाई कार्वाहीपछि विप्लव पार्टीभित्रको यो अन्तरविरोध कसरी चुलिएर जान्छ, त्यो हेर्न भने बाँकी नै छ ।
तीनवर्ष पछि बल्ल खुल्यो पाटनको कृष्णमन्दिर (तस्वीरहरु)
ललितपुर । आज बिहानैदेखि पाटनको कृष्णमन्दिरमा भक्तजनहरुको निकै घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा पाटन कृष्णमन्दिर लगायत अन्य स–साना कृष्णमन्दिरमा समेत दर्शनार्थीहरुको निकै भीड देखिन्छन् । वि.सं २०७२ को भूकम्पपछि यो वर्षमात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, ‘हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’ कृष्णाजन्माष्टमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो २ः३० बजे यहाँ आउने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। बिहान २–३ बजेदेखि नै पाटन कृष्णमन्दिरमा भक्तजनहरु आइपुगेका छन् । नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए । जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् । मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ । हेर्नुहोस् कृष्णाष्टमीको अवसरमा पाटन कृष्णमन्दिर परिसरका केही झलकहरु-
आजका ४ कार्टुन हेर्नुस्
काठमाडौं, भदौ १५ । राजधानीबाट प्रकाशित हुने पत्रिकाले आज पनि विभिन्न विषयमा कार्टुन छापेका छन् । आज (शुक्रबार) नयाँ पत्रिका, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट र राजधानी दैनिकबाट कार्टुन लिएका छौं । यी कार्टुन रवि मिश्र, युवक, बासु क्षितिज र उत्तम नेपालले बनाएका हुन् ।
राशिफल अनुसार आज तपाइँको भाग्य कस्तो ? हेर्नुस्
वि.सं. २०७५ साल भदौ २ गते, शनिबार। इश्वी सन् २०१८ अगस्ट १८ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि-अष्टमी, २९ः१४ बजेउप्रान्त नवमी। मेष- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। बृष- स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। मिथुन- श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। कर्कट- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। सिंह- छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कन्या- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। तुला- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। बृश्चिक- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। धनु- परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सोखले फजुल खर्च गराउन सक्छ। मकर- तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् । कुम्भ- काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। मीन- समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। -नेपाली पात्रो
भदौ १ तपाइँका लागि कस्तो ? हेर्नुस् राशिफल
वि.सं. २०७५ साल भदौ १ गते शुक्रबार। इश्वी सन् २०१८ अगस्ट १७ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि-सप्तमी, २९ः०६ बजेउप्रान्त अष्टमी। मेष- दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष- पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्गे लाभ हुनेछ। मिथुन- भोग-विलासमा खर्च बढे पनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। कर्कट- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। सिंह- लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कन्या- विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। ज्ञान तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। तुला- आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। बृश्चिक- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। धनु- सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत रोकिन सक्छ। आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा पनि खर्चनुपर्ला। आम्दानीका स्रोत सबल देखिए पनि श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। मकर- विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। रोकिएका काम दोहोर्याउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ। कुम्भ- आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। मीन- न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। -नेपाली पात्रो
भुल्नै नसकिने दोरम्बा ‘हत्याकाण्ड’ [फाेटाेफिचर]
काठमाडाैं, साउन ३१ । दोरम्बा हत्याकाण्डकाे आज १५अौं स्मृति सभा अायाेजना गरिएकाे छ । सभामा नेपाल कम्युिनष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यलार्इ सम्मान गरे । अध्यक्ष प्रचण्डले तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे । सभालार्इ सम्बाेधन गर्दै अध्यक्ष तथा तत्कालिन नेकपा माअाेवादी जनयुद्दका सुप्रिम कमाण्डर प्रचण्डले फेरि एक पटक जनयुद्ध र सहिदका परिवारलाई सम्झिए । उनले सहिदकाे सपना खेर जान नदिने प्रतिवद्धता र न्यायका लागि पहल गर्ने आश्वसन दिए । अध्यक्ष प्रचण्डले काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । साथै उनले सहिद परिवारका बालबच्चाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरण पोषण सरकारले गर्नु पर्ने बताए । पीडितले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन् । दुई चरणमा घटनाको अनुसन्धान गरिए पनि घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । दोरम्बा घटना २०६० साल साउन ३२ मा तत्कालिन सरकार र बिद्रोही पक्षबीच भएको युद्ध बिरामका समयमा राज्य पक्षबाट घटाइएको क्रुर हत्याकाण्ड हाे । यस घटनामा २२ जनाको हत्या भएकाे थियाे । तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारी पक्षबीच युद्धविराम गर्ने सहमति अनुसार दाङको हापुरेमा सरकारी पक्ष र विद्रोहीबीच वार्ता चलिरहेको थियो। दोरम्बामा तत्कालिन बिद्रोही नेकपा माओवादीको इलाका बैठक बसिरहेको थियो । बैठकमा ३३ जनाको सहभागिता थिए । वार्ता चलिरहेका बेला बिना कुनै डर बैठकमा बसेका बेला रामेछाप सदरमुकाम मन्थलीबाट २५ कोस टाढा २ दिन पैदल हिडेर बैठक स्थल पुगेको सेनाले नियन्त्रणमा लिएर २२ जनाकाे हत्या गरेकाे थियो । दाेरम्बा हत्याकाण्डपछि सरकार र बिद्रोही पक्षबीच वार्ता भाँडिएको थियो ।
आज तपाइको दिन कस्तो ? हेर्नुस् राशिफल
वि.सं. २०७५ साल साउन २६ गते, शनिबार, इश्वी सन् २०१८ अगस्ट ११ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि-औंसी, १५ः४७ बजेउप्रान्त प्रतिपदा। मेष- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। बृष- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। मिथुन- अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। कर्कट- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। सिंह- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। कन्या- व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। तुला- अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बृश्चिक- काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धनु- आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मकर- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। कुम्भ- परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काम दोहोर्याउनुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दुस्ख पाइनेछ। मीन- समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। -नेपाली पात्रो
आज तपाइको राशिफल कस्तो ? हेर्नुस्
वि.सं. २०७५ साल साउन ८ गते, मंगलबार। इश्वी सन् २०१८ जुलाई २४ तारिख, नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि-द्वादशी, १९ः१८ बजेउप्रान्त त्रयोदशी। मेष- चिताएको काम बिग्रनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। बृष- प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। मिथुन- पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। कर्कट- परिवेश उत्साहवर्द्धक रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अध्ययनमा धेरै समय दिन नसकिएला। भेटघाट तथा लोकाचारका लागि अधिक समय बित्न सक्छ। कामका लागि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सिंह- हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्ला। कन्या- दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। तुला- नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। बृश्चिक- काममा राम्रो सुरुवात हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। धनु- समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। मकर- काम बन्नाले राम्रै लाभांश लिने अवसर प्राप्त हुनेछ। तर काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ। कुम्भ- चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। मीन- काममा केही उल्झन देखिए पनि आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। सामाजिक काममा रुचि बढ्नेछ। चुनौतीहरू बिस्तारै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। -नेपाली पात्रो
विश्वकपमा ‘हट’ सुन्दरीको फोटो नखिच्न फिफाको चेतावनी !
काठमाडौं, असार ३० । रसियामा भइरहेको विश्वकपमा एकतर्फ कमजोर टोलीका खेलाडीले सबैलाई आश्चर्यचकित बनाए । त्यही स्टेडियममा रहेका सुन्दरी महिलाहरुलेपनि दर्शकको ध्यान आफूतिर तानेका छन् । खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेको छ । फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरुलाई चेतावनी समेत दिएको छ । फिफाले बतायो कि खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता प्mयान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन । फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो । -एजेन्सी
सरकारी निकायकै संलग्नतामा यसरी लुटियो गरीब नेपालीको ५ अर्ब !
‘फ्रि–भिसा फ्रि टिकट’ काे नाम लादिएका नयाँ-नयाँ नियमले गरीब नेपाली युवा कसरी ठगिएका छन् ? लूटकाे जालाे कहाँ कसरी फैलिएकाे छ ? यसमा जिम्मेवार पदमा पुगेकाे व्यक्तिले कसरी लूट मच्चाइरहेका छन् ? मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा गरीब नेपाली कसरी लुटिएका छन् ? नेपाल र मलेशियाका सरकारी निकायको आश्चर्यजनक संलग्नताको सनसनीपूर्ण खुलासा गरेकाे छ खाेज पत्रकारिता केन्द्रले । यस्ताे छ लूटकाे जालाे … राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
भारतीय नक्सलवादीसँग मिलेर घनिभूत सशस्त्र संघर्षको तयारीमा विप्लव माओवादी
काठमाडौं । त्यसो त नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसअघि पार्टीको नाम पछाडि राखेको माओवादी शब्द हटाएर नेपाल कम्युनिष्ट पार्टी मात्रै राखेको छ । तर विशेष सूत्रका अनुसार, विप्लव माओवादीले यतिखेर भने सशस्त्र संघर्षको घनिभूत तयारी गरिरहेको छ । र, उसको प्रत्यक्ष सम्बन्ध भारतमा सशस्त्र संघर्षको नेतृत्व गरिरहेको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) पिप्ल्स वारसँग रहेको छ । भारतमा सशस्त्र संघर्ष चलाईरहेको यो पार्टी सन् २००४ मा भाकपा (माओवादी केन्द्र)सँग एकतापछि अहिले बलियो अवस्थामा रहेको छ । नेपालमा प्रचण्ड नेतृत्वको नेकपा माओवादीले सशस्त्र संघर्ष चलाएको बेला भाइचार संगठनका रुपमा पिपुल्स वार ग्रुपले नेपालमा चलेको जनयुद्दलाई प्रत्यक्ष सहयोग गरेको थियो । पछि नेकपा माओवादी सेना समायोजनसँगै शान्ति प्रक्रियामा आएपछि भने नक्सलवादीका रुपमा समेत परिचित भाकपा (पिपुल्स वार समूह) र नेकपा माओवादीबीच चर्को सैद्धान्तिक संघर्ष चलेको थियो । सोही बेला सन् २००६ मा उक्त पार्टीका महासचिव तथा प्रवक्ता आजादले नेपालको माओवादी आन्दोलनले संसदीय बाटो समातेको र वर्ग संघर्षलाई बिर्सेको भन्दै लामो अन्तर्वार्ता मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि भने नेकपा (माओवाद)), माओवादी केन्द्र र मुपल्ला गणपत राव (क. गणपति) नेतृत्वको भारतको माओवादी आन्दोलनबीच सम्बन्ध विच्छेद भएको थियो । नेपालमा प्रचण्ड नेतृत्वसँग असहमति राख्दै विप्लव समूह अलग भएपछि भने विप्लव समूहले भारतमा रहेको आफ्नो संगठनमार्फ नक्सलवादीहरुसँग सम्बन्ध बढाएपछि नक्सलवादी र विप्लव समूहबीच भारतीय विस्तारवाद र नेपाली सत्ताविरुद्ध संघर्ष गर्ने कार्यगत समझदारी बनेको सूत्रले बतायो । यद्यपी विप्लव समूहलाई बिभिन्न बेला भारतीय सत्ताले प्रयोग गरिरहेको आरोप भने नलागेको होइन । त्यसो त यस्तै प्रकृतिको आरोप माओवादीले जनयुद्द सञ्चालन गर्दा समेत लागेको थियो । विशेष श्रोतले दिएको जानकारी अनुनसार, नेपालमा माओवादी केन्द्र र एमालेबीच एकता भएपछिको परिस्थितिमा माओवादी आन्दोलनलाई अघि बढाउन भारतीय कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपले विशेष चासो लिएको छ । नेपालमा माओवादी आन्दोलन कमजोर पर्दा त्यसको सोझो असर भारतमा चलेको माओवादी सशस्त्र आन्दोलनमा पर्ने भएकोले विप्लव समूहसँग सहकार्य बढाएर नेपालमा रहेका अन्य माओवादी स्कूलिंगका पार्टीहरुलाई एकता गर्ने र एक अर्कालाई सहयोग गरेर सशस्त्र संघर्ष चर्काउने रणनीति भारतीय माओवादीहरुको छ । अपुष्ट जानकारी अनुसार, नेपालमा सशस्त्र संघर्षको पुनः थालनी, दक्षिण एशियामा नै हिजोका दिनमा प्रचण्डले अघि सारेको कम्पोसाको अवधारणालाई पुनः उठान गर्न र अन्तर्राष्ट्रिय माओवादी आन्दोलनलाई पुनर्जीवित गर्न विप्लव, भारतीय माओवादी र केही अन्य देशका माओवादी पार्टी नेतृत्वबीच औपचारिक तहमा नै छलफल भएको छ । गत साता मात्रै मोहन वैद्यले आफूहरु सशस्त्र संघर्षको तयारीमा रहेको खुलासा समेत गरेका थिए । विप्लप, मोहन वैद्य र मोहनबिक्रम नेतृत्वको कम्युनिष्ट पार्टीबीच एकताको समेत यसअघि चर्चा चलेको थियो । मोहन बिक्रमले भने कार्यगत एकताको तहमा मात्रै कुराकानी भएको र पार्टी एकताबाट भने आफूहरु टाढा रहेको स्पष्ट पारिसकेको छन् । मोहन वैद्य र नेत्र बिक्रम चन्दबीच भने पार्टी एकताकै लागि तयारी शुरु भएको बिभिन्न समयमा दुबै पार्टीका नेताले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । भारतीय माओवादी पक्षले भने यी दुबैको एकताका लागि विेशष जोड दिएको श्रोतले जनायो । खासगरी पेरुमा गोन्जालोको आन्दोलनले धक्का खाएपछि सेलाएको माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन रिमलाई पुर्नजिवित गर्न समेत भारत र नेपालका माओवादीबीच यो बीचमा छलफल भएको छ । सम्भवतः छिट्टै नै संसारभरिका माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको कार्यदिशा र माओवादी आन्दोलनका बारेमा एकल कार्यदिशा र दृष्टिकोण निर्माणको तयारी समेत भइरहेको छ । श्रोतका अनुसार, यो आधारमा तत्काल नै हतियार नै उठाएर या २०५२ सालमा माओवादीले घोषणा गरेजस्तो जनयुद्दको शंघघोष नगरेपनि तयारीको चरण पुरा भएपछि स्थानीय प्रतिरोधको तहमा विप्लव माओवादीले केही गतिविधि गर्ने देखिन्छ । यसका लागि विप्लव माओवादीले सशस्त्र संघर्षका लागि आन्तरिक तयारीलाई तीब्र पारेको र कार्यगत एकताका लागि मोहन वैद्यलगायतका समूहसँग समते छलफल तीब्र पारेको छ। विप्लव समूहले हतियारबद्ध संघर्ष सुरु गर्ने औपचारिक घोषणा गरेको अवस्थामा वर्तमान सरकारका पूर्व माओवादी मन्त्रीहरुलाई समेत नैतिक संकट पर्ने, संसदीय सत्ताको चरित्रका आधारमा दमनमा उत्रिनैपर्ने र यसो गरिएमा एमालेसँग एकताका कारण रुष्ट भएका कार्यकर्ता र पूर्व जनमुक्ति सेनाको साथ पाइने आँकलन विप्लव समूहले गरेको छ । भारतीय माओवादीहरुसँगको सहकार्य र निरन्तरको छलफलका आधारमा वस्तुगत परिस्थिति तयार हुने बित्तिकै विप्लव समूहले संघर्षको घोषणा गर्ने गरी अहिले युद्दको तयारीका लागि दुबै देशका कम्युनिष्ट पार्टीबीचको सहकार्य झन बलियो भएको समेत श्रोतले बतायो । यद्यपी वामपन्थी सरकार देशमा विद्यमान रहेको अवस्थमा विप्लवल शुरु गर्ने भनिएको सशस्त्र संघर्षले उचाई लिने या नलिने भन्ने कुरामा भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।

