सिंह राशि छोडेर जाँदैछन् यी दुई ग्रह, अबका ७ दिन कसका लागि कस्तो ?
आज सोमबारदेखि अर्को सोमबारसम्म बुध र शुक्र दुई राशीको अवस्थामा परिवर्तन हुन गइरहेको छ । दुबै ग्रह सिंह राशिबाट निस्केर कन्या राशीमा जाँदैछन् । यसबाट सिंह राशिमा चलिरहेका चार ग्रहको संयोग समाप्त हुने छ ।
ग्रहको यो परिवर्तनले तपाईको राशीमा के प्रभाव पर्छ त ? भारतका प्रख्यात ज्योतिषी गुजन वाष्णेयकै शब्दमा
मेष राशि
कामको प्रशंसा हुने ।
आर्थिक लाभका लागि कुनै नयाँ कार्य गर्न चाहनुहुन्छ भने यो हप्ता तपाईलाई एकदमै राम्रो छ । यो सप्ताहमा कार्य व्यवसायमा सफलताको योग बनिरहेको छ । अर्को आइतबारसम्म धन लाभ तथा कार्यमा सफलता देखिन्छ । करियरमा प्रगति र लाभका दृष्टिले राम्रो छ । तपाईको कामको प्रशंसा हुनेछ । सम्मान पाइन सक्छ ।
वृष राशिः विवाद हुनसक्छ
सोमबार, मंगलबारका दिन कोहीसँग अनावश्यक विवाद हुन सक्छ । कुनै अप्रिय घटनाका कारण कष्ट पुग्न सक्छ । सोचेर बुझेर मात्रै कार्य व्यवहार गर्नुहोला । बुधबारदेखि भने प्रतिकूलतामा कमी आउला । कतै जागिर खोज्नैपर्ने आवश्यकता महसुस हुने छ । यो समयमा तपाई केही नयाँ गर्ने कोशिसमा हुनुहुन्छ । अर्को हप्ताको शुरुआतसम्म तपाईका लागि समय अनुकुल हुने छ ।
मिथुनः शनिबारपछि सुखद समय
आज र भोली कुनै प्रिय व्यक्तिसँग वार्तालाप या भेट हुन सक्छ । जीवनसाथीबाट पूरा सहयोग पाइने छ । तपाईले कोहीसँग केही वाचा गर्नुभएको थियो भने यो हप्ता त्यो पुरा गर्दा उत्तम हुन्छ । बुधबारदेखि केही कठिनाई आउन सक्ला । यात्रा गर्दा सावधानी अपनाउनु होला । स्वास्थ्यमा ध्यान दिनु जरुरी । मौसमी बिरामी लाग्न सक्छ । शनिबार र आइबार भने सुख समृद्धिको साधन बढने देखिन्छ । मान प्रतिष्ठामा पनि बृद्दि होला ।
कर्क राशि ः लगानीका लागि राम्रो
बिरोधीहरुको प्रभाव कम हुने छ । धन लाभको संकेट देखिन्छ । अपरिचित व्यक्तिको सहयोग पाईला । शेयर बजारमा लाभ र धनको लगानीका लागि राम्रो समय छ । शनिबार र आइतबार लामो यात्रा नगरेकी बेस । जोखिम र लापरवाहीबाट जोगिनुस । चोटपटकको सम्भावना देखिन्छ । होशियार रहनु राम्रो । दान गर्नुहोला ।
सिंह राशिः बिग्रेका काम बन्ने
महिलाहरुका लागि खासगरी छात्राका लागि राम्रो समय छ । व्यापारीलाई भने कडा परिश्रम नै गर्नुपर्ला । पारिवारिक हिसाबले यो सात दिन राम्रो छ । बिग्रेका काम बन्लान । शत्रु निर्बल रहनेछन् । कुनै बृद्धबृद्धालाई सहयोग गर्नुहोला ।
कन्या राशिः जागिरमा लाभ
सोमबार मंगलबार सामान्य मनमुटाव हुनसक्छ । पारिवारिक सम्बन्धमा अलि होश पुर्याउनु होला । काममा बिलम्ब हुन सक्छ । संयम र धैर्य नै तपाईका लागि अहिलेको मुख्य उपचार हो । बुधबारपछि भने समय ठीक छ । परिश्रम अनुसार सफलता पाइने र रोकिएका काम बन्ने छन् । व्यापार र जागिरमा लाभको योग छ । समय अनुकुल हुँदा त्यसको लाभ धैर्यतासाथ लिनुहोला ।
तुला राशिः लेनदेनमा सतर्कता आवश्यक
यो हप्ता तपाई सक्रिय मुडमा देखिनुहुनेछ । जोश उत्साह र कार्यकुशलताले काम बन्न सक्छ । बुधबार र बिहिबार भने कुनै कुराले तपाईलाई तनाव दिन सक्छ । परिवारमा यही कारण तपाईले कठोर वचन नबोल्नुहोला । अचानक कसैबाट धोका पाइन सक्छ । अर्को कुरा लेनदेनमा सतर्कता आवश्यक छ । आइतबारदेखि समय ठीक छ ।
वृश्चिक राशिः सिनियरसँग राम्रो गर्नुहोला
सोमबारदेखि बिहिबारसम्म अनुकल देखिन्छ । कतैबाट लाभ पाइन सक्छ । मान प्रतिष्ठाको पनि योग छ । तर शुक्रबारपछि भने केही समस्या देखिन्छ । शुक्रबार र आइतबारका दिन आफूभन्दा माथिका सिनियरसँग विवाद नगर्नुहोला । यो बेला आफ्नो कामसँग मात्र मतलब गरेर दायाँ बायाँ त्यति ध्यान नदिनु होला । कुनै मन्दिरमा फल दान गर्नुहोला ।
धनु राशि ः कोशिस भन्दा बढी सफलता
यो समय राम्रो छ । तपाईको आत्मविश्वास बनि रहनेछ । आनन्दित हुनुहुनेछ । नयाँ कामको शुरुआत हुन सक्छ । आर्थिक पक्ष राम्रो होला । कारोबारमा पनि ठीकै देखिन्छ । लाभदायक योजनासँग जोडिनुहुनेछ । कमाएको धनको केही रकम सामाजिक क्षेत्रमा दान गर्दा त्यो झनै राम्रो हुने छ । परिवारमा बच्चालाई समय दिनु जरुरी देखिन्छ । कुनै पुरानो कुराले मन अशान्त बन्न सक्छ, त्यसका लागि सामाजिक क्षेत्रमा समय बिताउँदा राम्रो ।
मकरः अनावश्यक खर्चको योग
अनावश्यक खर्च हुने देखिन्छ । खर्चमा नियन्त्रण गर्नुहोला । सही दिशा हुँदाहुँदै पनि कार्यमा बिलम्ब हुन सक्छ । काम बनेपनि कठिनाईका सामना गर्नुपर्र्ला । हप्ताको अन्त्यमा राम्रो छ । धन लाभ हुने देखिन्छ । श्रीमतीलाई कतै घुमाउन लग्दा राम्रो । पारिवारिक उलझन हटनेछ ।
कुम्भः यो हप्ता राम्रो देखिन्छ । मित्रहरुको सहयोग पाइनेछ । योजनाहरुलाई पुरा गर्न शुरुमै कस्सिनुपर्लाै । बुधबारदेखि भने केही विशेष सावधानी अपनाउनु जरुरी छ । न चाहँदा नचाहँदै पनि प्रतिकुल परिस्थिति आउन सक्छ । तर जस्तो परिस्थिति आएपनि त्यसको प्रतिकार गर्नुहोला । शनिबारदेखि फेरी समय राम्रो छ ।
मीन राशिः लेन देनमा सतर्कता
यो हप्ता राम्रो छ । तपाईकै समय छ, त्यसैले यसको भरपूर फाइदा उठाउनुस । तपाईका सोझो मनको केहीले फाइदा उठाउन सक्लान त्यसैले सबै कुरा आफ्नै सोचेर नभन्नुहोला । अरु राम्रो छ । लेनदेनमा केही सतर्कता जरुरी देखिन्छ । स्वास्थ्यमा केही सतर्ककता आवश्यक छ । घर परिवारमा राम्रो होला । तपाईको परिवारमा कोही बृद्द छन् भने उनको मनोकांक्षा पुरा गर्नुहोला ।
भाेलिदेखि बुधले गाेचर परिवर्तन गर्दै, के प्रभाव पर्छ तपाइकाे राशिमा?
काठमाडौं । ज्याेतिषशास्त्रमा ग्रहहरुकाे गति र स्थान परिवर्तनले विशेष महत्त्व राख्दछ। भाेली भदाै ९ गते बुध आफ्नाे मित्र सिंह राशीमा प्रवेश गर्दैछन् । बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवि दिईएकाे छ । वर्तमानमा अवस्थामा सुर्य सिंह राशिमा अवस्थित छन् । बुध गाेचरकाे कारण सिंह राशिमा बुधातिद्य याेग काे निर्माण हुनेछ । के प्रभाव पर्छ त ? १. मेष राशि मेष राशिका मानिसलाई बुध गाेचरका अनुसार मानसिक तनावकाे कारण कष्ट हुन सक्छ । काममा असफलता पाउन सक्छ । जीवनसाथी र सन्तानसँग विवादकाे याेग छ । प्रेम सम्बन्ध पनि असफल हुने देखिन्छ । याे हटाउन बिहान बिहान आफ्ना पितृलाई स्मरण गरि गरिबलाई बस्तु दान गर्नु फलदायी हुनसक्ला । २. वृष वृष राशि भएका जातकलाई बुध गाेचरका अनुसार आमालाई सुख पाउने देखिन्छ । धन लाभ हुने छ । वाहन सुख प्राप्त हुने देखिन्छ । सम्पत्ति लाभ हुने र पारिवारिक सुख प्राप्त हाेला । सहयाेग पाईनेछ । ३. मिथुन: मिथुन राशिवाला जातकलाई याे याेगका कारण साहस पराक्रममा कमी महसुस हुनेछ । धन हानी हुने याेग छ । बन्धु बान्धवसंग विवाद हुनेछ । विद्यार्थी वर्गलाई परिश्रम अधिक गर्नुपर्ने छ । बिहान बिहान उँ काे उच्चारणसहित ध्यान गर्नुहाेला । ४. कर्क याे राशिका लागि गाेचरका कारण धन लाभ हुने देखिन्छ । वाणी बाेलिमा आधारित काममा विशेष लाभ हुनेछ । विद्यार्थी वर्गलाइ सफलता प्राप्त हुने देखिन्छ । सम्बन्धिहरुबाट लाभ हुने देखिन्छ । ५. सिंह सिंह राशिमा बुधकाे आगमनले धनहानिकाे याेग छ, कटु शब्दका कारण विवाद हुनेछ । नाता सम्बन्धिहरुलाई हानी पुग्नेछ । बन्धनकाे भय हुने छ । बृद्धबृद्धालाई खाना खुवाउनुस ६. कन्या कन्या राशिका लागि पनि त्यति राम्राे देखिन्न । सुखमा कमी हुन्, धन हानी हुने याेग छ । असफलता देखिन्छ । नातेदारसँग विवाद हाेला । शत्रु सक्रिय हुनेछन् । विद्यार्थीका लागि त्यति उत्तम देखिन्न । कुनै विद्यालय या सामाजिक क्षेत्रमा दान गर्नुस । ७. तुला तुला राशिका लागि उत्तम समय छ । बुध गाेचरका अनुसार शुभ कार्यमा रुचि बढनेछ । धन लाभ हुने छ । स्वास्थ्य उत्तम रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । विद्यार्थी वर्गलाई विशेष लाभ छ। ८.वृश्चिक याे राशिका जातकलाई नयाँ पद प्राप्त हुने देखिन्छ । शत्रुमा विजय प्राप्त हुनेछ । व्यवसायमा लाभ पाईनेछ । मानसिक शान्त र सुख पाईनेछ । ९. धनु याे राशिका मानिसलाई न्हुध गाेचरका अनुसार काममा विघ्न आउने देखिन्छ । यात्रामा कष्ट रहनेछ । नातेदारसँग विवाद वैमनष्य देखिन्छ । धार्मिक काममा अरुचि हाेला । मन्दिर गएर फुल चढाई ध्यान गर्नुस १०.मकर मकर राशिलाई बुध गाेचर अनुसार धन लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । मन प्रसन्न रहनेछ । पारिवारिक सुखकाे प्राप्ति हुनेछ । स्वजनहरुबाट लाभ पाईनेछ । शिक्षामा सफलता र प्रतियोगितामा पनि सफलताकाे याेग छ। ११. याे राशिका जातकलाई बुध गाेचरका अनुसार, जीवनसाथिसंग विवाद हुने देखिन्छ । मित्र र नातागाेतासँग सम्बन्धमा कटुता हुनेछ । व्यवसायमा धनहानीकाे याेग छ । मानसिक चिन्ता रहनेछ । कुनै विधवा महिलालाई सहयाेग गर्नुस् । यसले दाेष काट्न सक्छ । १२. मीन मीन राशिका लागि राम्रो छ । धर्मशास्त्रमा रुचि बढनेछ । आर्थिक लाभ हुने छ । शत्रुहरुमाथि विजय पाईनेछ । मानसिक सुख मिल्ने याेग देखिन्छ ।
वैज्ञानिक भविन्द्र कुँवरलाई भौतिकशास्त्रमा सफलता
गलेश्वर । भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन् । काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट ती भौतिक शास्त्रीय परिमाणले सुक्ष्मदेखि स्थूल तहका सबै समयखण्डहरुमा एक्युरेट रिजल्ट दिन सक्ने थाहा हुन गएको हो । यसबाट भौतिक विज्ञानमा वर्षौँदेखि समाधान हुन नसकेर रहेको जटिल समस्या समाधान भएको छ । भौतिक विज्ञानमा समयको सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइदेखि योट्टा सेकेण्ड वा सोभन्दा ठूला तहमा हुने परिवर्तनलाई समेत पहिल्याउन सुव्रत समीकरणहरु सक्षम भएको देखिएको हो । हालसम्मका वैज्ञानिक अध्ययनले बढ्दो गतिमा भएका त्यति साना परिवर्तनहरुको वास्तविक मापन गर्न सकेको थिएन । आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानबाट भौतिकीले यति धेरै मसिना परिवर्तनहरुको वास्तविक मापन गर्ने बलियो आधार प्राप्त गर्न भ्याएको थिएन, विगत दुई दशकदेखि निरन्तर अनुसन्धान गरिरहेका वैज्ञानिक कुँवरले भने । कुँवरका अनुसार दुर्यान्तर र प्रदुर्यान्तरको अन्तर्निहित भूमिकाका कारण सबै तहमा हुने परिवर्तनको मापन गर्न सुव्रत समीकरणहरु सक्षम भएका हुन् । ती समीकरणहरुले पिण्डका अत्यन्तै साना खण्डका गतिविधि र परिवर्तनलाई सहीरूपमा मापन सक्छन् कि सक्दैनन् भन्ने कुराको खोजी गर्दै जाँदा सो तथ्यबारे थाहा हुन गएको हो, कुँवरले पछिल्लो अनुसन्धानको पृष्ठभूमिबारे स्पष्ट पार्दै भने । एकनासले बढ्दो गतिमा रहेको वस्तुले पार गरेको वास्तविक दूरीलाई सोही वस्तुकै गति वा वेगका आधारमा सही मापन गर्न सक्ने सूत्रहरु यसअघि नबनेको खोजकर्ता कुँवरले बताए । बढ्दो वा घट्दो गतिमा रहेको पिण्डले पार गरेको दूरीका आधारमा सुक्ष्म परिवर्तन थाहा पाउने वास्तविक उपाय फेला पार्न सकिएको थिएन, कुँवरले भने, “योट्टा सेकेण्डमा र सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइमात्र नभई तीभन्दा ठूला वा साना खण्डमा हुने परिवर्तनको अध्ययन गर्न पहिलेका सूत्रहरु सक्षम थिएनन् ।” भौतिक विज्ञानमा सानोदेखि ठूलो समयान्तरालका चालसम्बन्धी समस्याका लागि सुव्रत समीकरणहरुको प्रयोग गरिँदै आएको देखिन्छ भने डिफ्रेन्सियल क्याल्कुलस र इन्टिग्रल क्याल्कुलसको प्रयोगबाट समेत त्यस्ता प्रयासहरु गरिएको देखिन्छ । तर सही समाधान निकाल्न नसकेका कारण ती सबै प्रयासहरु पाठ्यक्रममा रहे पनि अन्ततः प्रयासकै रुपमा प्रचलनमा आएको कुँवर बताउछन् । रासस
किसानको साथी ‘गाइने किरा’ किन पर्दैछ संकटमा?
काठमाडौंः पानीका स्रोत र मुहान प्रदूषित हुँदा दुर्लभ गाइने किरा सङ्कटमा परेको छ । विशेषगरी काठमाडौँ उपत्यकाको उत्तरी भेग र नेपालको पूर्वी भेगमा पाइने ‘रिलिक्ट हिमालयन ड्र्यागनफ्लार्ई’ नामक गाइने किरा सङ्कटमा परेको हो। “कालो शरीरमा पहेँला थोप्ला र सुनौला पखेटा भएको यो दुर्लभ किरा हो तर पानी दूषित हुँदै जाँदा सङ्कटमा परेको छ,” अध्ययनकर्ता भैया खनालले भने, “यो किरा प्रदूषणको सिकार भएको हो।” शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अमूल्य सम्पत्ति भए पनि यसको संरक्षण र अध्ययनमा त्यति ध्यान नगएको उनले बताए। स्वच्छ पानीमा हुर्कने यस जीवको अस्तित्वमा मानव उत्पादित फोहोरले असर पारेको खनालको भनाई छ। “नदीमा सीधै फ्याँकिने मानवनिर्मित ढल र फोहोरका कारण नदी प्रदूषित भएसँगै मुहानसमेत प्रदूषित हुन थालेकाले यसको प्रजननसँगै हुर्काइमा सीधा असर परेको छ,” खनालले भने। पानी प्रदूषित भएकै कारण किरा सफा पानीको खोजी गर्दै अन्यत्र पलायन हुन्छ । यतिमात्र होइन, बढ्दो मानव जनसङ्ख्याको चाप, वन अतिक्रमण, माटोको गुणस्तरमा ह्रास, सहरीकरण, धुलो र धुवाँले यसको बासस्थानमा असर गर्दै गएकाले संरक्षणका लागि थप अध्ययन र सचेतना जरुरी रहेको खनालको भनाइ छ। वातावरणविद्का अनुसार पोथी ड्र्यागनफ्लाईले पानी नजिकका बिरुवामा फुल पार्छ र फुलबाट बच्चा निस्केपछि सोझै पानीमा झरेपछि थप विकास हुन्छ । करिब छ वर्षको हुर्काइमा झन्डै चार–पाँच वर्ष यसले पानीमा बिताउँछ । हुर्किएको लार्भा बिरुवाको पातमा बस्छ र केही समयमा ड्र्यागनफ्लाई बनेर उड्छ । “हुकाईको समय लामो भए पनि वयष्क भएपछि भने यो जम्मा दुई महिना बाँच्छ, अहिलेको समय वयष्क ड्र्यागनफ्लाई देखिने समय हो,” खनालले भने। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय
डोटीः कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिएर संसारभर प्रचार गरेका थिए । डोटी जिल्लाको खप्तडमा ५० वर्ष बिताएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिनुहुन्छ । सन् १८८० मा भारतको काश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विसं १९८६ मा नेपाल आएका थिए । सन्न्याश लिनु पूर्व उनी प्रतिभावान् डाक्टर पनि थिए । उनले कलकत्तास्थित ट्रपिकल मेडिकल कलेजबाट एम बी बी एस र बेलायतबाट सर्जनको अध्ययन पूरा गरेका थिए । त्यस्तै, काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पछि गहन साधनाका लागि उहाँले नेपालको खप्तड लेक रोजेका थिए । उनका धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । प्रकाशनमा आउन बाँकी उहाँकै हस्तलिखित अरु थुपै कृतिहरू पनि विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन् । खप्तडबाबाको विसं २०५३ जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको थियो । खप्तड बाबाले भने झै खप्तड भू–स्वर्ग भन्दा कम नभएको यहाँका स्थानियबासीको दाबी छ । खप्तड क्षेत्रमा पर्यटकहरु भित्र्याउन अहिले सुदूरपश्चिमेलीहरु रातदिन खटिरहेका छन् । गलैँचा बिच्छाए झै विशाल हरिया फाँटहरु, मनै लोभ्याउने रंगीचंगी फूल, आश्चर्य लाग्ने यहा“को मौसम शायदै पृथ्वीका कुनै कुनामा होलान् । बाइस पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड क्षेत्र । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य पनि भएको स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए । उनले भने, “सुदूरपश्चिम आउने पर्यटकहरुका लागि खप्तड नपुगी नहुने ठाउँ हो । खप्तड पुग्दा मनका अशान्ति सबै हराउने छन् ।” चार रैथानेसहित १३५ प्रजातिका फूल खप्तडमा नियाल्न सकिन्छ । यहाँ २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी भेटिन्छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहीँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १५० मिटर लामो र ५० मिटर चौडा रहेको दह पनि रहेको छ । सहस्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन् । प्रकृतिले त खप्तड धनी छ नै । धार्मिक रुपले पनि खप्तड क्षेत्र त्यतिकै प्रसिद्ध रहेको पूर्वीचौकी गाउँपालिकाका काँग्रेस नेता रामप्रसाद उपाध्यायले बताए । उनले भने – “खप्तड क्षेत्र जति प्राकृतिक रुपमा धनी छ, त्यत्ति नै धार्मिक रुपमा पनि धनी छ । खप्तड पुगे घर फिर्ता हुन मन लाग्दैन ।” खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गंगा दशहराका दिन पुजिने त्रिवेणी मन्दिरमा दर्शनार्थीहरुको ओइरो लाग्ने गर्छ । त्यो सँगै खप्तड बाबाको कुटीको पनि विशेष महत्व छ । समुद्री सतहदेखि करीब दुई हजार ७०० देखि ३ हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रंगीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषयवस्तु पनि भएको डोटीका नेकपाका नेता तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले बताए । गंगा दशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्छ । पर्यटकीय दृष्टिले खप्तड अत्यन्त उर्बर क्षेत्र भएको स्थानियवासीको दाबी छ । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सिमाना जोडिएका बझाङ्ग, अछाम, बाजुरा र डोटी जिल्लाको आर्थिक गतिविधि बढ्ने खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका पूर्व अध्यक्ष लालबहादुर खड्काले बताए । उनले भने, “खप्तड क्षेत्रमा पर्यटक मात्रै भित्र्याउन सके यहाँका चार पहाडी जिल्लाको विकास उल्लेख्य मात्रामा हुने देखिन्छ । अरु भन्दा खप्तडको विकास गर्न सके राम्रो ।” खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटक सँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने खप्तड पर्यटन विकास समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, “खप्तडमा पर्यटन प्रवद्र्धन गर्न सकिए अर्बौ रुपैयाँको कारोबार हुनेछ ।” पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति पनि अरु आयस्रोत हुन् । जङ्गली विषदेखि संजीवनी बुटीसम्म खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको खप्तड क्षेत्रमा आएका अनुसन्धानकर्ता नारायण रुपाखेती बताए । खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत काम गरिसक्नु भएका रुपाखेतीले खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो सुदूरपश्चिम धान्न सक्ने आर्थिक लाभ हुने दाबी गरे । खप्तडको प्रचारप्रसार र पर्यटन विकासका लागि वि.सं २०६३ सालमा खप्तड पर्यटन विकास समितिको गठन भयो । त्यसयता झण्डै २२ करोड रुपैयाँ विकास समितिमा आइसकेको छ तर, अहिलेसम्म पर्यटकलाई खाने बस्ने समेत खासै व्यवस्था खप्तडमा हुन सकेको छैन । खप्तडको बिचपानी र पाटनमा दुई वटा पाहुना घर बनाइएको भए पनि ती बस्न लायक नभएको हालै खप्तड पुगेर फर्किनु भएका सञ्चारकर्मी मोहन शाहीले बताए । हरेक समिति र त्यहाँका कर्मचारी वर्षेनी आर्थिक अनियमितताको आरोपमा मुछिँदै आएका छन् । खप्तड मध्यवर्ती क्षेत्र वि.सं २०६१ सालमा गठन भएको हो । यस अन्तर्गत ४ जिल्लाका २१ गाविस रहेका थिए । त्यसका तत्कालीन संस्थापक अध्यक्ष लालबहादुर बोगटीले खप्तडका कारण यस क्षेत्रको विकासमा भन्दा समस्यामा बढी अल्झिनुपरेको दुःखेसो गरे । त्यस्तै निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नु पर्ने प्रावधान छ तर, निकुञ्जको आम्दानी पुग्दो छैन । निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले भने, “पर्यटकबाट केही आम्दानी हुन्थ्यो, त्यो पटक्कै छैन । अरु आयस्रोत अहिले निकुञ्जसँग छैन ।” निकुञ्जबाट आएका वन्यजन्तुले अन्नपात खाइदिने, मान्छेमाथि आक्रमण गर्ने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा बढी निरास छन् । निकुञ्ज भएकाले आफ्ना वस्तुभाउको चरिचरन गर्न पनि समस्या भएको स्थानियवासी बताउँछन् । रासस
प्रचण्डविरुद्धको स्टाटसपछि चुलियो विवाद, “हुट्टिट्यॉऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड !”
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षित गरि सामाजिक सञ्जालमा केही पोष्टहरु सार्वजनिक भएपछि पूर्व माओवादी कार्यकर्ताहरु प्रतिवादमा उत्रिएका छन् । अध्यक्ष प्रचण्डले राजालाई उचाल्दै यथास्थितिवादीहरुले बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजेको कुरा बताएपछि उनीलक्षित आलोचना चुलिएको थियो । यही क्रममा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले आफ्नो फेसबुकमा आलोचना गर्दै स्टाटस लेखेपछि त्यसको बिरुद्ध माओवादी नेता तथा कार्यकर्ता खनिएका छन् । थापाको टिप्पणी पार्टीको सामान्य अनुशासन र पद्धतीविपरित भन्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशीखा’ले थापालाई पार्टी छाड्न सुझाएका छन् । उनले पार्टी अनुशासन नमान्ने र नेतृत्वलाई पार्टी पद्धतिभन्दा बाहिर रहेर विरोध गर्ने शैलीले पार्टीभित्र काम गर्न नमिल्ने भन्दै पार्टी त्याग गर्न सुझाएका हुन् । ‘पार्टी केन्द्रिय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन् ।’ सामाजिक सञ्जाल फेसबुकमा दिपशीखाले भनेका छन्, ‘पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने भए आफुले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’ युवाका अध्यक्ष दिपशीखाले गाली फस्टाउँछ भन्ने लागेको भए पेशा नै बनाउन थापालाई सुझाएका छन् । यसैगरी नेकपा प्रदेश नं. १ सदस्य जीवन आचार्यले समेत थापाको टिप्पणी सामान्य राजनीतिक मर्यादाविपरित भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै आचार्यले भनेका छन् “बोल्न पाईयो भन्दैमा प्याच्च नबोल्नु, बस्न पाईयो भन्दैमा थ्याच्च नबस्नु” भन्ने बुढापाका को भनाई छ। बोल्नै परे मुटुमा चिस्सो पस्ने गरि बोल्न हामीलाई पनि नआउने होईन, तर हामी गैर जिम्मेवार बन्न सक्दैनौं किनकि यहॉ बामपन्थीहरु एक हुने र तिनको भविष्यको सवाल छ, पार्टी अनि आन्दोलनको कुरा छ र संयमता अपनाईएको हो। हुट्टिट्यॉऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड ! मेरो ब्यक्तिगत विचारस् अब एत्ति बिधि अनुशासन देखाईसकेपछि हामी जस्ता नेकपा का सिपॉही ले यि९सूर्य थापा० भन्ने ब्यक्तिलाई पनि नेता, कार्यकर्ता मान्न पर्दैन होला नि११ कि के होरु वामएकता जिन्दावाद् !!! फुटमा रमाउनेहरु मुर्दावाद्!!! युवा संघकै नेता सुमन देवकोटाले समेत थापाको आलोचना गर्दै कडा शब्दमा प्रचण्डमाथिको प्रहारको बिरोध गरेका छन् । देवकोटा लेख्छन् यो सुर्य थापा नामको कुलंघाररसंगारेलाई अनुशासन र मर्यादा कमान्डर दिपशिखाले किन सिकाउन पर्यो रु राजनीति गरेर आएको सबैलाई थाहा छ कि यो कुलंगार वैचारिक बहसबाट स्खलित भएर पार्टी एकता भांड्ने नियतले व्यक्तिगत टिकाटिप्पणीमा लागेको छ। याद राख संगारे ूलातको भुत बातले मान्दैनू भन्ने सबैलाई थाहा छ । पार्टी एकताका विरोधी अभिजातहरुलाई युवाले नै तह लगाउनेछन । रामचन्द्र अधिकारी लेख्छन् सूर्य थापा लगायतका केही ने क पा का नेताले आफू केपि, ईश्वर पोख्रेलको नजिक देखाउँदै प्रचण्डलाई एकोहोरो खेद्ने, बदनाम गरेर पूर्ब माओवादी पनि केपिलाई गालि गरुन् र नेता ,कार्यकर्ताको बिचमा बिबाद, द्वेष ,अबिश्वास खडा गरेर फाइदा लुट्न पाईयोस् भन्ने ध्याय राखेको पाईन्छ , सचेत बनाँै १ यिनका उदेश्य पूरा हुन दिनुहुँदैन । यी सामन्तवाद , अस्थिरताबादी, अबसरबादीका भाईरसलाई समयमै उपचार गरौं १ सबैको भलो हुन्छ यसअघि नेकपा नेता सुर्य थापाले अध्यक्ष प्रचण्डको अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमार्फत कडा व्यंग गरेका थिए । उनले महान भनिने जनयुद्धको नेतृत्व गर्ने सुप्रिम कमाण्डर शान्तिको पक्षधर कसरी हुन्छ भनी व्यंग्यात्मक प्रश्न गरेका छन् । थापाले लेखेका छन्, ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ । हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ?’ थापाले यसअघि पनि अध्यक्ष प्रचण्डविरुद्ध कडारुपमा लेख्दै आएका छन् । पार्टीको जिम्मेवार व्यक्ति भएर अनुशासनहीनरुपमा यसरी बयानबाजी गरेकोमा पूर्व माओवादी नेता तथा कार्यकर्ता अहिले उनीविरुद्ध लेख्न थालेका हुन । कतिपयले थापाले राजीनामा दिनुपर्ने बताएका छन् । उता थापाले भने आफूविरुद्ध आइरहेका आलोचनाको प्रत्यालोचना गर्दै युवासंघ अध्यक्ष दीपशिखालाई राजनीति नसिकाउन भन्दै पुनः पोष्ट गरेका छन् । अहिले देखिएको यो विवादले पार्टी एकतामा असर नपर्ने भएपनि यसले पूर्व माओवादी समूह र पूर्व एमालेभित्र थापाले समर्थन गर्ने समूहबीच दूरी बढने स्पष्ट संकेत भने देखिएको छ ।
भोलिदेखि गुरु बृहष्पतिले दिशा परिवर्तन गर्दै, केही राशिलाई नोक्सान, धेरैलाई फाइदा
काठमाडौं । साउन २६ गतेदेखि ग्रहहरुमा पुजनीय गुरु बृहष्पतिले आफ्नो दिशा परिवर्तन गर्दैछन् । भारतका विख्यात पण्डित बद्री शर्माका अनुसार, गुरु बृहष्पति १३ महिनापछि आफ्नो दिशा परिवर्तन गर्न गइरहेका हुन । ज्योतिषशास्त्रमा ग्रहहरुको दिशा या स्थान परिवर्तनले निकै ठूलो अर्थ राख्छ । यो बृहष्पतिको परिवर्तनले समेत कैयन राशीलाई लाभ र केहीलाई हानी पुग्ने देखिन्छ । गाजियाबाद चौधरी मोड मन्दिरका पुजारी बद्री शर्माका अनुसार, ११ अगस्तका दिन गुरु बृहष्पति बृश्चिक राशीमा मार्गी हुनेछन् । यसको अर्थ अब बृहष्पति सिधा र सही दिशा चाल बढाउनेछन् । यसको असर व्यक्तिको ज्ञान र धनमा पर्ने छ । कुन राशीलाई कस्तो प्रभाव? मेष यो राशीका जातकका लागि यो शुभ रहनेछ । साउन २६ देखि बृहष्पति वृश्चिक राशीमा मार्गी हुने हुँदा यो राशी भएकाहरुको केही नयाँ काम शुरु हुन सक्छ । साथै यिनलाई धन लाभ पनि पाइने छ । वृष यो राशीका मानिसलाई पनि फाइदा नै हुने छ । उनीहरुलाई व्यवसायमा राम्रो लाभ हुने योग छ । साथै जागिरमा पनि पदोन्नतीको सम्भावना छ । मिथनु । मिथुन राशीका मानिसलाई भने त्यति राम्रो छैन । विवाद बढने र धन नोक्सान हुन सक्ने अवस्था छ । यो बीचमा दुश्मनसँग भने सावधान बस्नु पर्नेछ । विगतको समिक्षा गरी सतर्ककतापूर्वक अगाडि बढदा वेश हुन्छ । कर्क यो राशीका मानिसलाई फाइदा देखिन्छ । यसबाट मानसम्मान र प्रसिद्दी पाउने संयोग बनेको छ । सिंह सिंह राशीका लागि मध्यम छ । उनीहरुको कठिनाई अझै बढने देखिन्छ । स्वास्थ्यमा समेत समस्या आउन सक्छ । यदि तपाई लगानी गर्ने सोच्दै हुनुहुन्छ भने धेरै सोच विचार गरेर सल्लाह लिएर गर्दा राम्रो हुन्छ । परिवारका सदस्यलाई विश्वासमा लिनुपर्ने देखिन्छ । कन्या कन्या राशी भएका जातकहरुको रोकिएको धन पाउने सम्भावना देखिन्छ । तुला यो राशी भएकाहरुको सम्पत्तिमा बृद्धि हुने योग छ । धनलाभ पनि हुन सक्छ । जागिरमा गरिएका प्रयास सफल हुनेछन । मनमा एकाग्रता आवश्यक देखिन्छ । वृश्चिकः वृश्चिकमा नै बृहष्पति मार्गी हुने हुँदा यिनीहरुलाई फाइदा छ । आर्थिक अवस्थामा सुधार आउने छ । धनु-धनुको परिवर्तित अवस्थाले नोक्सानी दिन सक्छ । खासगरी धन नोक्सानी हुने र खर्च बढ्ने योग छ । संयमता अपनाउनु जरुरी देखिन्छ । मकर-यो राशी भएकाहरुको विवाद बढने र धनको नोक्सानीको सम्भावना छ । मन र मष्तिष्क दुबैमा उठने विचारमा राम्रोसँग सोचविचार गरी काम गर्दा राम्रो हुने छ । कुम्भ-यो राशीका जातकहरुको राम्रो देखिन्छ । धन लाभका कैयन अवसर पाउने सम्भावना छ । स्वास्थ्य पनि राम्रो रहनेछ । विद्वानहरुको संगत मिल्न सक्छ । मीन-मीनका लागि पनि यो परिवर्तन राम्रो छ । गुरुको परिवर्तनले विदेश यात्राको योग देखिन्छ । अमर उजालाबाट अनुदित
हत्केलामा त्रिकोणको चिन्ह त छैन, थाहा पाउनुस् के हुन्छ यसो भए ?
हाम्रो हातमा कैयन किसिमका चिन्हहरु हुन्छन् । यीमध्ये त्रिकोण या त्रिभुजको चिन्हको विशेष अर्थ हन्छ । हस्तरेखा शास्त्रमा त्रिकोणका बारेमा बिभिन्न मतहरु छन् । तर भनिन्छ– जसको हातमा जति ठूलो त्रिकोण चिन्ह हुन्छ, त्यो मान्छे त्यति नै बढी दयालु हुन्छ रे । एकचोटी आफ्नो हत्केलामा हेर्नुै त ? त्यहाँ कुन स्थानमा कस्तो खालको त्रिभुज बनेको छ ? अनि तल लेखिएको हेर्नुस् र थाहा पाउनुस त्यसको रहस्य १. समुन्द्र शास्त्रका अनुसार, हातमा जति ठूलो त्रिकोण हुन्छ मानिस त्यति नै बढी भाग्यमानी हुन्छ । बढीजसो यस्तो त्रिकोण हत्केलाको बीचमा भागमा हुन्छ । २. जसको हत्केलाका बीचमा त्रिभुज हुन्छ, उनीहरु शान्त र मधुर स्वभाका हुन्छन् । यस्ता जातकलाई समाजमा राम्रो मानसम्मान पाइन्छ । ३. टुटेको या लहर जस्तो बनाएको त्रिकोण भए त्यसले व्यक्तिको चरित्रमा सन्देह पैदा गर्दछ । ४. हातमा कुनै ठूलो त्रिभुज र त्यसभित्र सानो त्रिभुज बनेको भए त्यो मानिसले उच्च पद प्राप्त गर्दछ । ५. यदि कुनै मानिसको हातमा शुक्र पर्वतमा त्रिभुज देखिएमा त्यो मानिस मनमोहक र मधुर वाणीको मालिक हुन्छ । ६. यदि मंगल पर्वतमा त्रिभुज हुन्छ भने त्यो व्यत्तिः साहसी हुन्छ । यस्तो व्यक्ति सैनिक बन्न चाहन्छ । ७. गुरु पर्वतमा त्रिभुजले व्यक्तिलाई स्वार्थी बनाउँछ । यस्ता मानिस आफ्नो बारेमा मात्रै सोच्ने गर्दछन् । ८. बुध पर्वतमा त्रिशुल जातकलाई विज्ञानको क्षेत्रमा अग्रणी बनाउँछ । ९. सूर्य पर्वतमा त्रिभुजले जातकलाई यश दिन्छ । यदि त्रिकोण टुटेको भए अपयस को सामना गर्नुपर्छ । कुन भागमा कुन पर्वत पर्छ त ? हेर्नुस यो तस्वीरमा
चिन्तन: जीवन एक विकल्प
-भागवत खनाल मोहनदास करमचन्द्र गान्धी दक्षिण अफ्रिका पुगेको एक हप्ता मात्र भएको थियो । उनी रेल चढेर प्रिटोरिया जाँदै थिए । रातको समय थियो, उनी एउटा किताव पढ्दै थिए । एकजना काला अफ्रिकी निम्नस्तरीय रेल्वे कर्मचारी केही काम गर्दै थिए । यस्तैमा मोहनदासले ती कर्मचारीलाई सोधे के तपाईं नर्कमा विश्वास गर्नुहुन्छ ? कालाले तुरुन्त निसंकोच उत्तर दिए ” गर्दिन । ” मोहनदासले भने म पनि गर्दिन । तर हेर्नुस न यो कितावको क्रिश्चियन लेखक भन्छ उनीहरुलाई नर्कको अस्तित्व मान्ने आदेश छ रे । मोहनदास अरु के के भन्दै थिए रेलको त्यस कक्षमा गोराहरु पसे । एकजना गोराले मोहनदासलाई भन्यो तिमी किन गोराहरु मात्र बस्न पाउने कक्षमा बसेको ? मोहनदास बडो आनन्दले उत्तर दिन्छन, मसंग प्रथम श्रेणीको टिकट छ, यो कक्ष प्रथम श्रेणीको टिकट किन्नेको लागि हो । तर गोराले उनलाई चेतावनी दिन्छ, उनी अव आउने स्टेसनमा यो कक्ष छाडेर तृतीय श्रेणीको डिब्बामा सरुन, अन्यथा धक्का दिएर बाहिर फ्याँकिने छ । मोहनदास त्यहीं बसिरहे । गोराले उनलाई ट्रेनबाट बाहिर फ्याँकिदियो । ट्रेन सिट्ठी फुक्दै अगाडि बढ्यो । बिरानो देशको त्यो भयानक रातमा एउटा सज्जन व्यक्ति भूमिमा पछारिएको छ । झोलाका सामान र कागजपत्र असरल्ल छन् । अव कहाँ जाने कसलाई भन्ने ? न्याय पाउने कुनै सम्भावना थिएन । मोहनदास उठेर टुक्रुक्क बस्छन , विवस लाचार ! त्यसबेला उनीसंग तीनओटा विकल्प थिए । पहिलो, जे हुनु भयो चुपचाप आफ्नो काममा लाग्ने र यो घटनालाई एउटा नराम्रो सपना जस्तो मानेर बिर्सने । ट्रेनबाट फाल्ने गोरासंग फेरि भेट हुने हैन, अरु कसैले देखेको पनि छैन । दोस्रो, यस्तो अपमान सहेर बस्नुभन्दा यताको काम छोडछाड गरेर आफ्नो मातृभूमि भारत फर्कने र तेस्रो, यो अन्याय विरुद्ध लड्ने । चुपचाप यथावत बस्न मोहनदासको स्वाभिमानलाई स्वीकार थिएन । आफ्नो मातृभूमि फर्कन सकिन्थ्यो, तर त्यहाँ पनि यिनै गोराहरुको शासन थियो । जीवनको यस मोडमा उनले जुन विकल्प छाने, त्यसले संसार बदल्नेवाला थियो । त्यो कालो मध्यरातमा एउटा आविष्कार भयो अनायास, अप्रत्यासित रुपमा ! उनले तेस्रो विकल्प छाने तर त्यो अभूतपूर्व थियो । उनले अन्यायको विरुद्ध लड्न सबिनय नागरिक अवज्ञा र असहयोग आन्दोलनको माध्यमलाई छाने । समस्त संसारमा अत्याचारमा परेका न्यायकामी जनताको लागी हतियार र हिंशाबिना क्रान्ति गर्ने नया माध्यमको प्रादुर्भाव भयो त्यसै रातमा । भारत फर्केपछि उनी स्वतनत्रता आन्दोलनको प्रतीक बने । एउटा कमजोर र रोगी वृद्ध, उत्तेजक भाषण गर्न नजान्ने, भौतिक व्यक्तित्वमा समेत कुनै तेज नभएको र पोशाकको नाममा भोटो र कछाड मात्र लगाई लौरोको भरमा हिड्ने व्यक्तिको पछि पछि लागे लाखौँ जनता । यो सानो आश्चर्यको कुरा थिएन । जीवनको कठिन घडीमा सही निर्णय गर्दा गुमनाम जीवन विताउंदै आएको एउटा मामुली गुजराती मोहनदास वैश्य महात्मामा रुपान्तर भयो । संसारले युगान्तकारी उपहार पायो । प्रायः मानिसहरु आफ्नो बारेमा अरुले के सोच्दै होलान भन्ने चिन्तामा जीवन व्यतित गर्दछन । आफ्नो तर्फबाट कसैलाई कुवचन नभनियोस, कसैको चित्त दुख्ने शव्द वा कर्म नहोस, कसैको सम्पत्तिलाई नोक्सानी पुर्याउने काम नहोस र आफ्नो कारणले अरु कसैको आँशु नबगोस भन्ने कुरामा सर्वदा ध्यान पुर्याउनु पर्दछ । तर अरुले आफूलाई नराम्रो व्यक्ति भन्ला कि, कसैले कुरा काट्ला कि या कसैले आफ्नो बारेमा केही कुरा लैजाला कि या कसैको नराम्रो बनिएला कि भनेर चिन्तित हुनु भनेको आफैलाई अरुको धारणाको बन्दी बनाउनु हो । प्रतिष्ठा गुम्दछ कि भन्ने डर र चिन्ताकै कारण प्रतिष्ठा गुम्न सक्दछ । जसले आफ्नो बारेमा अरुले बनाएको धारणा सम्बन्धमा धेरै सूचना र जानकारी राख्न खोज्दछ, उसलाई दुखी हुनबाट कसैले बचाउन सक्दैन । जति धेरै सूचना, त्यति धेरै तनाव, जति थोरै सूचना त्यति नै थोरै तनाव ! धेरै सूचनाको खोजी नै शंका, झगडा र दुखको कारण हो । सवैलाई खुसी पार्न खोज्नु जस्तो मूर्खता अर्को छैन । सुप्रशिद्ध दार्शनिक लाओत्सु भन्छन राम्रो बटुवा इमान्दारीसाथ हिडीरहन्छ, कसले के भन्ला चिन्ता हुँदैन उसलाई । उसलाई गन्तव्यमा पुगिन्न कि भन्ने भय हुँदैन । जसले बुझेका छन् ती मौन छन्, जो बुझेका छैनन् तिनै हुन कराउन माहिर । मानिस भएर जन्मेपछि गुनी हुनुपर्छ, त्यागी हुनुपर्छ, सज्जन हुनुपर्छ, नैतिकवान हुनुपर्छ भनेर घरमा सिकाइन्छ, स्कूलमा सिकाइन्छ र साधुसन्त पनि यही उपदेश दिन्छन । हुनु पर्ने पनि त्यही हो । तर आफ्नो भित्री चाहनाबाट नभई जवर्जस्ती र उपदेश पालना गर्न गरिएको त्याग त्याग नभई एउटा ढोंग मात्र हो । यस्तो अवस्थाको त्यागी व्यक्ति जुन कुराको त्याग गरेको छ जीवनभर त्यही कुरासंग भयभित र त्रसित हुन्छ । त्यो तथाकथित त्यागीले पत्नी त्यागेको रहेछ भने स्त्री जातिसंग, पति त्याग गरेको भए पुरुषसंग, धन त्याग गरेको भए धनसंग र घर त्यागेको भए गृहस्थसंग तर्सिन्छ । अख्तियारले समात्ला भन्ने डरले मात्र अनियमित काम नगर्ने व्यक्ति अनियमित काम नगर्दा नगर्दै पनि अख्तियारसंग तर्सिन्छ । नियम कानूनको डरले गर्दा अनैतिक कर्म नगर्ने व्यक्तिलाई कानूनको असल पालनकर्ता भन्न सकिएला तर नैतिकवान भन्न सकिँदैन । यस्ता व्यक्ति नै हुन जसले ज्यादा नैतिकताको कुरा गर्दै हिड्छन । भयको कारण वासना र चाहनालाई जवर्जस्ती दबाएर बसेको मानिस डरपोक हुन्छ । जो नैतिक छ, ऊ स्वतः नैतिक हुन्छ । जो बिना भय र त्रास जीवन मार्गमा डटेर अगाडि बढ्छ, जो ज्ञानी र इमान्दार भएर पनि आत्मप्रशंसा गर्दैन, जो अनावश्यक अर्ति उपदेश दिंदैन र यस्तो गरियो उस्तो गरियो भन्दैन ऊ नै सच्चा जीवन जिउँछ । जो सच्चा जीवन बाँच्दछ , उसलाई न कोही समर्थक र अनुयायीको दरकार पर्दछ, न त प्रशंसा र स्तुतिको । जो आफ्नो कर्मममा अविचलित रुपमा लागिरहन्छ, जसलाई पुरस्कारको लोभ, प्रशंसाको आशा र निन्दाको डर छैन, जसलाई समाज वा राज्यको तर्फबाट केही पाइन्छ भन्ने सरोकार छैन, जसको कुनै आकांक्षा छैन उसैले जितेको छ सारा जगत । सच्चा राजनेताले काम गर्न नसक्नुको दोष अरुलाई लगाउँदैन । ऊ आफ्नै कमजोरी स्वीकार गर्दछ । भनिन्छ, जुन देशमा महत्वाकांक्षा धेरै भएका, तर काम गर्ने ढंग नभएका नेता हुन्छन त्यो देश अगाडि बढ्न सक्दैन । यस्ता खालका नेताहरु आफ्नो कमजोरी अरुको थाप्लोमा भिराएर उम्किन माहिर हुन्छन, यी अत्यन्त छट्टु र गफाडी हुन्छन । यस्ताको पिध हुँदैन, जरो हुँदैन, जग हुँदैन र आत्मवल कमजोर हुन्छ । श्री ३ महाराज चन्द्र शमशेरलाई गरीव नेपाली जनताको बेहाल सम्बन्धी जानकारी पठाए वापत कृष्ण प्रसाद कोइरालाको परिवार भारतमा निर्वासनमा थियो । बीपी कोइरालाले लेख्नु भएको छ – हाम्रो घरमा भोकभोकै बस्नु पर्थ्यो, खाना थिएन । परिवारका कोही कहाँ कोही कहाँ थिए । अखवार बेच्थे हाम्रा मान्छेहरु । अखवार बेचेर बचेको पैसाबाट कुँडो बनाउँथे, धेरै पानीमा पिठो तरकारी सवैथोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरिहर, ऊ हैजाले मर्यो । उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियो । घरमा आमा मात्रै हुनुहुन्छ, पिताजी बाहिरै हुनुहुन्थ्यो । मैले पनि अखवार बेचेको छु । सुशीलको पिता बोधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखवार बेच्न जानुहुन्थ्यो । त्यो अवस्था थियो हाम्रो । पिताजीलाई लागेछ, अव सहन सकिँदैन । अव लेख्छु चन्द्र शमशेरलाई भनेर एउटा चिट्ठी लेख्नु भयो – अव त धेरै भयो, म आउन पाउँ भनेर । त्यो हुलाकमा खसाउन जाँदा उहाँको मन फिर्यो, चिट्ठी नखसाएरै फर्कनु भयो । जीवनको त्यस्तो विभत्स समयमा कसको मन न आत्तिएला ? सम्पन्न र इज्जतदार परिवार परदेशमा एक छाक खानाको अभावमा भौंतारिदै हिड्नु परेको छ । यो सारा दारुण अवस्था आफ्नै कारणले उत्पन्न भएको वुझ्ने घरमुली कृष्ण प्रसाद कोइरालाको मनस्थितिको अनुमान सहजै गर्न सकिन्छ । तर त्यो डगमगाइ र अत्यास धेरैबेर टिकेन, लेखिएको पत्र पत्रमंजुषाभित्र नछिर्दै चमत्कार भयो । अन्तस्करणले सम्मानपूर्ण विकल्प रोज्यो । जीवनको त्यस कठिन घडीमा पनि उहाँको विचलन थोरै समयमै समाप्त भयो, दुख दर्द र कारुणिक अवस्थामा पनि स्वाभिमान झुकेन । नियती बदलियो । नदी जस्तो सलल बग्दैन जीवन । जीवन त खहरे हो जहाँ प्रेम घृणा, सुख दुख, उत्थान पतन, आरोह अवरोह सवै अभिन्न अंग भएर आउँछन् । विरोधाभाषी तत्वहरुको संगम हो जीवन । जीवनमा यस्तो समयको पनि सामना गर्नुपर्ने हुन्छ, जहाँ अनपेक्षित निन्दा र भर्त्सनाको सामना गर्नु परोस । दोष लाग्न सधै दोषी नै हुनु पर्दैन, संयोग र नियतीले कस कसलाई बोलाएर सामना गराउँछ पूर्वानुमान गर्न गाह्रो छ । यिनै त हुन जीवनका परीक्षाहरु, यिनै अन्तरविरोध वीचमा जीवनलाई दृढ र अटल भएर बाच्न जो सक्यो उही परीक्षामा उत्तीर्ण भयो । प्राप्त परिस्थितिलाई सामना गर्दै त्यसलाई सहज रुपमा स्वीकार गरी कर्तव्य पथमा अगाडि बढ्न सक्नु नै सफलता हो । सधैभरि सुन्दर, सफल, सुखी र उपयोगी बन्नु सम्भव छैन । जसरी अरु भौतिक र सांसारिक वस्तुहरुको उपयोगिता समाप्त हुन्छ, त्यसैगरी व्यक्तिको पनि कुनै दिन उपयोगिता समाप्त हुन सक्दछ । यो जीवनको परम सत्य हो, यसको पूर्वाभाष समयमै हुनु आवश्यक छ, ताकि यस्तो परिस्थिति उत्पन्न हुँदा यसलाई सहजतापूर्वक सहन र स्वीकार गर्न सकियोस । जीवनमा सधैभरि अरुको लागि उपयोगी बनिरहने आकांक्षा पनि ठीक होइन । सदा सरल र उपयोगी हुन खोज्ने र अरुबाट सहजै प्रयोग हुने व्यक्ति वनको सोझो, सर्लक्क परेको र निरोगी सुकाठको रुख जस्तै काटिनु पर्दछ । आफै भई बाच्न, कसैको आँखा नलाग्न र एकान्तमा आफ्नो प्रकारको जीवन जिउनको लागि यदाकदा वनको त्यस्तो कुकाठ बन्न तयार हुनु पर्दछ जो बाङ्गो, गाँठागुठी परेको, र बेवास्ताको वस्तु बनोस । सुन्दर फूलको वरिपरी काँढा हुन्छन । मीठो फल भिर पाखा, कन्दरा र अग्लो वृक्षमा फल्दछ । सुन्दर ठाउँमा पुग्न धेरै जंघार पार गर्नु पर्दछ । हिमाल सुन्दर छ, तर त्यो जो कोहीको पहुँचभन्दा बाहिर छ । हिमालको सुन्दरतालाई हिमालमै गएर हेर्छु भन्यो भने त्यो मूर्खता हुन्छ । सुन्दरता टाढैबाट देखिने वस्तु हो । त्यसैले त भनिन्छ – सुन्दरता हेर्नको लागि हो, छुनको लागि हैन । मानव जीवन पनि सुन्दर छ, तर जति नजिक नजिक गयो त्यति असुन्दर हुँदै जान्छ यो । मानव जीवनमा पनि काँढा छन् । जति जति सामुन्नेमा पुग्यो तिनले घोच्ने सम्भावना बढी हुँदै जान्छ । जीवनलाई जति धेरै नजिक गएर गिजोल्न खोज्यो त्यत्ति नै त्यो सुन्दरता कुरूप र विभत्स रुपमा प्रकट हुने सम्भावना बढ्दछ । मुल्ला नसरुद्दीन एकदिन उज्यालो ठाउँमा केही खोज्दै थिए । कसैले सोध्यो, मुल्लाजी के गर्दै हुनुहुन्छ ? मुल्लाले जवाफ दिए, म मेरो हराएको औंठी खोज्दै छु । फेरी उनलाई सोधियो, औंठी कहाँ हारायो ? मुल्लाको उत्तर थियो ए हजुर हराएको त घरबाट हो । उनलाई पुनः सोधियो हराएको ठाउँमा पो खोज्नु नि, किन यता खोजिरहेको ? मुल्लाले भने घरमा अँध्यारो छ, कसरी खोज्नु ? यता उज्यालो रहेछ यहीं खोज्दै छु । मानव जीवन आफ्नो विकल्प पहिचान गर्न नसकेर यसैगरी भौंतारिई रहेको छ । जीवन त्यही दिशातिर फाल हालेर दौडिरहेको छ, जतातिर चमक र होहल्ला छ । मानिसलाई कोलाहल मन पर्छ, हराएको के हो, सत्य के हो, पाउनु पर्ने के हो, के गर्दा दिगो र खपाउ हुन्छ मतलव छैन । मानिस आफूलाई खोज्न अर्काकोमा जान्छ । मानिस आफ्नै बारेमा अर्कोलाई सोध्छ म कस्तो छु ? जव ऊ तपाईं असल मान्छे हो, तर तपाईंका मान्छे भने असल छैनन् भन्ने उत्तर पाउँछ, आफूलाई खोज्दैन ऊ, उसलाई आफ्ना मान्छेसंग रिस उठ्न थाल्छ । जीवनले सवैभन्दा कम खोजेको विषय नै ” आफू ” हो । सवै जीवनहरु अरुलाई खोजेरै बिते, बित्दैछन, आफूलाई खोज्ने चेत कसैलाई छैन । त्यसैले त जीवनहरु झुठा मानिस र झुठा कुराबाट प्रभावित हुन्छन । जो बोल्नमा माहिर छ, जो फरेवी छ, जो गफाडी छ उसैको जादु चल्छ । जीवनले यही विकल्पको पहिचान गर्न नसक्दा पिठो मजाले बिकिरहेछ, चामल कुनामा गुम्सिएर मक्किइरहेछ। शंकराचार्य काशीमा गङ्गास्नान गर्न जाँदै थिए । मणिकर्णिका घाट नजिक साँघुरो बाटोमा कथित अछुत व्यक्ति विपरित दिशाबाट आउंदै रहेछन । शंकरले उनलाई बाटो छोड्न भने, तर अछुतले शंकरलाई भने तिमी त ब्रह्म सत्य जगन्मिथ्या भन्छौ । तिम्रो र मेरो शरीर एकै तत्वले बनेको छ । यदि म अपवित्र छु भने तिमी कसरी पवित्र छौ ? यदि तिमी सच्चा छौ भने म कसरी झुठा ? म चान्डाल हुँ भने मलाई स्वीकार छ, तर तिमीले पनि आफूलाई चाण्डाल स्वीकार गर । शंकर तत्काल ती महामानवको पाउमा परे । सनातन धर्मले जातिपातिको आधारमा विभेद स्वीकार गर्दैन । तैपनि जीवन यो सत्यलाई स्वीकार गर्न अझै पनि हिचकिचाइरहेछ । विकल्पको यही दोबाटोमा नराम्रोसंग चुकेको कुरालाई मनन गरी यो कलङ्कलाई समूल पुछेमा मात्र घुसपैठ गर्नेहरुलाई जवाफ दिन सजिलो हुनेछ । अव त बुझ्नु आवश्यक छ, यी तथाकथित भेदभावहरु नमेटिदा नै फाइदा छ घुस्नेहरुलाई, बडो ठूलो निहु भएको छ यो उनीहरुलाई । शंकरको अद्वैत यस्तो दर्शन हो, जसले सवैलाई एकै ठाउमा विलय गर्दछ । जव सवै द्वैतहरुको एकै ठाउँमा मिलन हुन्छ त्यहीं अद्वैतको उदय हुन्छ । जहाँ सुख दुख, शोक हर्ष, विनय अहंकार केही रहदैन, समस्त सजीव र निर्जीव एकाकार हुन्छ्न त्यही नै हो ब्रह्म, ईश्वर या उर्जा जे भने पनि । जीवनले यो कुरा मात्र बुझ्न सके पनि सारा अहंकार र भेवाभाव सखाप हुनेछन् । सन्त कवीरको लगभग सारा जीवन काशीमा बित्यो । प्राचीन कालदेखि नै काशीमा मरियो भने सुगति प्राप्त हुन्छ, तरिन्छ भन्ने विश्वास थियो समाजमा । यतिसम्म त उचितै थियो । तर अर्को अत्यन्त अनुचित र अनैतिक भनाइको पनि प्रचार भएको थियो भारतमा, त्यो थियो मगहर भन्ने ठाउँमा मृत्यु हुने व्यक्ति कि नरकमा जान्छ कि गधा भएर जन्मन्छ । कतिसम्म अनैतिक र अनुचित हल्ला गर्न सक्छन जीवनहरु ! सोझा साझा जनता काशीमै आएर मरुन र आफ्नो कमाइ भइरहोस भन्ने मनसायले कुनै स्वार्थी पोंगा पण्डितले चलाएको हल्ला हुनुपर्छ यो । जव सन्त कवीरलाई यो कुरा थाहा भयो उनी साह्रै दुखी भए । भनिन्छ जव उनको अन्त्य अवस्था भयो उनले आफ्ना चेला र अनुयायीहरुलाई भने जसरी पनि म मगहरमै मर्न चाहन्छु । यदि मगहरमै मरेको कारण गधाको योनीमा जन्म लिनु पर्छ या नरकमा परिन्छ भने पनि मलाई स्वीकार छ । उनी मगहरमै मरे । यो ठाउँ नेपालको रुपन्देही र कपिलवस्तुको नजिकै भारतको गोरखपुरको पश्चिम दिशामा पर्दछ । यो इलाकालाई सन्त कवीर नगर जिल्ला नै कायम गरिएको छ । एउटा सन्तले मिथ्या अन्धविश्वासलाई मेटाउन जीवनका अन्तिम दिनमा जुन विकल्प रोज्यो त्यसले अन्य जीवित जीवनहरुलाई भयरहित बनाउन सहयोग गर्यो, एउटा सचेत सन्तको जीवन समाप्त हुँदा त्यो ठाउँ पवित्र भयो । प्रख्यात युनानी सन्त सुक्रातलाई सरकारको तर्फबाट तीनवटा आरोप लागेका थिए । ती थिए देवनिन्दा गरेको, नास्तिक बनेको र युवाहरुलाई भड्काएको । सुकरात भन्थे जुन व्यक्ति आज उसंग जे छ त्यसबाट सन्तुष्ट छैन ऊ भविष्यमा प्राप्त हुने वस्तुवाट पनि सन्तुष्ट हुने छैन । सुकरात धेरै जान्दथे, जति जान्दै गयो त्यति नै अरु जान्नुपर्ने कुरा थपिंदै जाने र जिज्ञासा झन् प्रवल हुँदै गएपछि उनले भनेका थिए, म एउटै कुरा जान्दछु त्यो हो म केही पनि जान्दिन । आफूमाथि लगाइएका आरोप बारे उनी भन्ने गर्थे मेरो नजरमा मैले कुनै गल्ती गरेको छैन, तर विद्यमान कानूनको नजरमा मैले गल्ती गरेको छु । उनलाई अदालतमा उपस्थित गराइयो र भनियो कि गल्ती स्वीकार गरी क्षमा माग या मृत्युदण्ड रोज । उनले माफी मागेनन किनभने उनको ब्रह्मले गल्ती गरेको कुरा स्वीकार गर्दैनथ्यो । तर राज्यको कानून उल्लङ्घन गरेको कुरामा उनी सावित थिए । उनले विषको प्याला उठाए र आफ्नै हातले विष पिएर मरे । जीवनको त्यो मोडमा उनीसंग दुई विकल्प थिए एउटा गल्ती स्वीकार गर्ने र अर्को मृत्युदण्ड स्वीकार गर्ने । उनले मृत्यु स्वीकार गरे तर गल्ती स्वीकार गरेनन । यसरी एउटा जीवन समाप्त भयो, अनि अमर भयो । उनी जहर पिएर मृत्यु वरण गरेको हुँदा अमर भए, माफी मागेर ज्यान जोगाएको भए गुमनाम मर्थे । कोही भन्छन यो जगतका आधार ईश्वर हुन, सारा चराचर जगतका नियन्ता उनै हुन, यो जीवन ईश्वरप्रदत्त जीवन हो । कोही भन्छन हैन हैन, ईश्वर भन्ने हुँदैन । हामी जुन कुरा प्रत्यक्ष रुपमा देख्न, भोग्न र अनुभव गर्न सक्दैनौं, त्यसको कुनै अस्तित्व या सत्ता छैन । धर्म भनेको सामाजिक नियम बाहेक केही होइन । यो मानव जीवन बडो जटिल छ । जतिसुकै भौतिकवादी होस्, मानव जीवनमा सुख र दुख, हर्ष र शोक, हाँसो र रोदन, आरोह र अवरोह र उत्थान र पतनको अवस्था आउनु अवश्यम्भावी छ । सत्य के हो थाहा छैन, तर आस्थाले जीवनलाई जीवन्तता दिन्छ । धार्मिक आस्था बिनाको जीवन त्यो सुक्खा मरुभूमि जस्तै हो जो दिनभरि तप्त हुन्छ र रातभरि ठण्डीको मारले पीडित । नास्तिकले पाउने र आस्तिकले पाउने सांसारिक माया एउटै हो, तर नास्तिकसंग सास्वत र अविनाशी सहाराको अभाव हुन्छ । जव एक्लै छट्पटाउने बखत आउँछ उसले पुकार्ने त्यो अज्ञात तर विश्वासिलो सहारा हुँदैन, यो अभाव ठूलो नोक्सानी हो उसको लागि । तर मानिसहरु आआफ्नो तरिकाले जेलाई धर्म मान्दछन, त्यो नै धर्म हैन । धर्मको नाममा गरिने दिक्क लाग्दा अनुष्ठानहरू र एउटै धर्मभित्रका पनि अनगिन्ती जिद्धी र अभिमानी स्वभावका सम्प्रदायहरूले जीवनलाई विकल्पको सात दोबाटोमा ल्याएर खडा गर्दछन । उराठ लाग्दा कट्टर औपचारिकता, जातीय भेदभाव र विभेद, अझै पनि अस्तित्वमा रहेको छुवाछुत आदि जस्ता कुराले धर्मलाई नै दूषित पारिरहेका छन् । आफ्नै पूजन , स्मरण र भजनका लागि मानिसले बनाएका कतिपय छुद्र नियम देखेर ईश्वर पनि पीडित होलान ! वुद्ध भन्छन पूजा गर्दैमा, भजन गर्दैमा वा फकाउँदैमा ईश्वर खुसी हुन्छन र सो नगर्दैमा रिसाउँछन् भन्ने धारणा नै गलत हो । उनी न रिसाउँछन न सस्ता कुराले प्रफुल्ल हुन्छन । ईश्वरलाई डरलाग्दो रुपमा देखाउनु ठूलो गल्ती हो, ईश्वर किमार्थ डरलाग्दा छैनन् । उनी त अवश्य पनि मनोहर, रमणीय र आनन्ददायक छन्, कोमल छन्, क्षेमाशील छन् । उनी कट्टर नियमका जन्जीरभन्दा बाहिर स्वतन्त्र छन् । सायद उनी मिजासिला, सज्जन, परोपकारी र दयालुको नजिक रहन्छन । धेरै बाठो बन्ने र चलाख बन्ने कुरा ईश्वरको दुनियामा के चल्ला र ! सायद उनी चलाखी र बठ्याइंभन्दा अलि पर स्वच्छता, शालीनता, कोमलता, परोपकार र अझ निर्दोष अज्ञानताको निकटमा छन् । त्यसैले त भनिएको छ – अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्, परोपकार पुण्याय पापाय परपीडनम् । जीवन कहाँ जीवन्त छ ? समाज र परिवारमा सुखी छ कि एकान्तमा ? महावीरले वुद्धले एकान्तमा भन्लान, सन्त कवीर र नानकले परिवार र समाजमा भन्लान, श्रीकृष्णले आनन्द , संगीत , प्रेम र रसमय वृन्दावनमा भन्लान । जसले जे भने पनि मानव सामाजिक प्राणी हो, विकल्पको कठिन मोडमा उसले पलायन भन्दा परिवार नै रोज्दछ । घरवाट भागेर हिड्दैमा सवै वुद्ध बन्न कहाँ सक्छन ? सक्दैनन । एउटा वुद्ध जन्मिन पाच हजार वर्ष लाग्छ । घर समाज छाडेर वुद्ध पछुताएनन, महावीर पछुताएनन . गान्धीले सत्याग्रह र सबिनय अवज्ञाको हतियार कहिलै बिसाएनन । तर युवराज देवब्रत वीचवीचमा धर्मराए, विकल्पको संबेदनशील घडीमा आफैले गरेको भीष्म प्रतिज्ञा सम्झेर बेलाबेला पछुताए, छट्पटाए । मानिस समाज र परिवारमा बस्छ, समाज र परिवार मानिसमा बस्दैन । त्यसैले मानिसले समाज र परिवारको नियम र मर्यादा पालना गर्नु श्रेयस्कर हुन्छ । ईर्ष्या, रिस र घृणाको कारण समाज वा परिवारको नियमबाट टाढा जाने व्यक्ति जति टाढा पुगे पनि ती ईर्ष्या, घृणा र रिसलाई समेत संगै लिएर जान्छ, उसले जीवनलाई अझै असहज र दुखी बनाउंछ । सम्झौता र धैर्य बिनाको जीवन दुखको सागरबाट पार हुन सक्दैन, पूर्वाग्रह र आफ्ना हठ एवं जिद्धीलाई बोकिरहने व्यक्तिले सही विकल्प रोज्न सक्दैन । यदि कुनै व्यक्ति प्राप्त परिवेशबाट अत्यन्तै खिन्न छ भने समयमै त्यसलाई त्याग गरेर छुट्टी लिनु पर्दछ । त्यसलाई त्याग गर्न नसक्ने हो भने आफ्ना पूर्वाग्रह त्याग्नु पर्दछ । दुवै कुरालाई संगै लैजान खोज्नु भनेको लामो दुखमय जीवनको रोजाइ हो । दुई डुंगामा खुट्टा राख्न खोज्ने जीवन डुब्छ । मयुरको शरीरमा एउटा खुट्टा हाँसको र अर्को खुट्टा कुखुराको राखेर मयुरलाई हिडाउन सकिन्न । सदृश्य डट कमबाट
सशस्त्र प्रहरीद्वारा डुबानमा फसेका सयौं व्यक्तिको उद्धार (फोटो फिचर)
काठमाडौं, असार २८ । सशस्त्र प्रहरीले लगातारको वर्षाका कारण ढुबान,बाढी तथा पहिरोमा परेका सयौं व्यक्तिको उद्धार गरेको छ । बाढीका कारण राजधानी उपत्यका लगायत तराई र पहाडका जिल्लामा आएको ठूलो प्राकृतिक विपदमा सशस्त्र प्रहरीलाई खटिन महानिरिक्षक शैलेन्द्र खनालले निर्देशन दिएसँगै सशस्त्रले आक्रामक उद्दार कार्य गरिरहेको हो । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, हालसम्म निकै जटिल अवस्थामा समेत सशस्त्र प्रहरीका जवानहरुले जनताको उद्दार गरेका छन् । हिजोमात्रै सयबढी जनतालाई सकुशल उद्धार गरेको सशस्त्रले आज समेत सयौंलाई सुरक्षित स्थानमा पुर्याएका छन् । महानिरिक्षक खनालले विपदको सामना गर्न, त्यसको चपेटामा परेका जनतालाई उद्धार गर्न र मानवीय सहायता पुर्याउन निर्देशन दिएका थिए । प्राप्त जानकारी अनुसार, सशस्त्र प्रहरी बलले चितवन जिल्लाको राप्ती नपा ६ झुम्रे पुल नजिकै शम्शेर चेपाङको घर बर्षा कारण डुवानमा परेको हुँदा निजको परिवारलाई उद्धारको लागि सप्रबल नेपाल मुख्यालय नम्बर ३ बाहिनीबाट सप्रनि मनिष थापाको कमाण्डमा डिएम टोली परिचालन गरेका थियो । टोलीले निजको श्रीमती र ३ जना बच्चालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ । साथै निज शम्शेर चेपाङ सोही स्थानमा रहेकोले उद्धार कार्य गरिरहेको छ। यसैगरी प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनगर नपा २ बत्राही भन्ने स्थानमा कमला खोलाको वीच भागमा टहरा घरहरुबनाई बसेका सर्लाही कल्यानपुर नपा ५ बस्ने बुकदेव दास, कंचन मण्डल, रसिद दास, सुनाही महत र नाम वतन नखुलेको १ जना ब्यक्तिलाई सप्रबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सप्रनि प्रकाशचन्द्र भट्टको कमाण्डको टोलीले सकुशल उद्धार गरेका छन्। रौतहटको राजपुर नपा १ र २ मा बर्षाका कारण फसेका १ जना महिला र २ जना पुरुष ब्यक्तिहरुलाई सप्रबल नेपाल सुरक्षा बेश फतुवाबाट खटिएको सप्रनि तुला बहादुर चौधरीको कमाण्डको टोलीले सकुशल उद्धार गरेको सशस्त्रले जनाएको छ । यस्तै रौतहट नपा ९, सिरसिया गाँउमा फुसको घर भित्र फसेका ९ जना परिवारलाई सप्रबल नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको सप्रनाउ डिल्ली कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको छ । यता पर्सा जिल्ला छपरमाई गापा ३ सानोजय मंगलापुरमा १ वटा घरमा पानी पसि ऐ बस्ने ब्यक्तिहरुका घर भित्रबाट ३ जनालाई सप्रबल नेपाल बिओपि भिष्वाबाट खटिएको सप्रनानि नरहरी दाहालको कमाण्डको टोलीले सकुशल उद्धार गरेको छ । मोरङ जिल्लामा ४५ घर परिवार, झापामा ४२ घर परिवारलाई सुरक्षित स्थानमा सारेको साथै धुनुषाको कमला नदिको बगरमा फसेका ५ जनालाई सप्रबल नेपालको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको सशस्त्रले जनाएको छ । कर्णालीमा समेत सशस्त्रले उद्द्दार कार्य तीब्र बनाएको छ । असार २७ गते १२ बजे कालिकोटको खाडाचक्र नपा–१ पेट्रोल पम्म नजिकै र ऐ नपा ७ पिलीमा अत्याधिक बर्षाको कारण पहिरो गई कर्णाली हाईवे पूर्णरुपमा अवरुद्ध भएको थियाे । उक्त स्थानमा सप्रबल नेपाल आश्रित गुल्म कालिकोटबाट सप्रसनि शंकर देव शर्माको कमाण्डको टोली खटिगई डोजरको सहायताले सामान्य पहिरो हटाई १ बजे एकतर्फ बाटो सुचारु गराएको सशस्त्रले जनाएको छ । यस्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा विपद उद्वार काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौंको ढुङ्गेअड्डाबाट एक सय ७७ जनालाई उद्वार गरेको छ। काठमाडौं महानगरपालिका १४ कलंकीबाट एपीएफ टोलीद्वारा २४ जनाको उद्वार गरेको थियो छ । डुवानका कारण घरभित्र रहेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण हेक्वा निलबाराहीबाट सशस्त्र प्रहरी निरीक्षक बालकृष्ण महर्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उद्वार गरेको थियो । यसअघि काठमाडौंको ढुंगेअड्डामा नं. २० गणबाट सप्रनि पुरुषोतम भण्डारीको कमाण्डमा खटिएको टोलीले १७७ जना, नं. २१ गणबाट सप्रनि अमृत थापाको कमाण्डको टोलीले ललितपुरको नख्खु खोला ईलाकाबाट ८ जना र नं. १८ गणबाट सप्रनि बालकृष्ण महर्जनको टोलीले कलंकीको मालपोत कार्यालय ईलाकाबाट २४ जना गरि जम्मा २०९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको जनाएको छ । यसैगरी ललितपुरको सुनकोशी स्थित नक्खु खोलामा बाढीको बीचमा परेका आठ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ । ती व्यक्तिहरु बाढी आएको सो खोलाको बीचामा परेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण हेक्वा दक्षिणकालीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । यसैगरी काठमाडौंको बागेश्वरी मनोहरा नगरपालिका–६ स्थित एक घरको पर्खाल भत्किएर पुरिएका तीन जनाको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण हेक्वा गुहेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक यूकेश उप्रेतीको कमाण्डमा खटिएको एपीएफ टोलीले झिकेको छ । उनीहरु पुरिएको जानकारी पाउनासाथै खटिएको एपीएफ टोलीले अपरान्ह करीव ४ बजे उक्त शल झिकेको हो ।
आज दुई ग्रहको राशि परिवर्तन हुँदै, मेष, कर्कटको सबैभन्दा राम्रो, थाहा पाउनुस् अन्य राशीमा प्रभाव
राशीफल र ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुका लागि आज हुने ग्रहहरुको परिवर्तनले विशेष प्रभाव राख्ने देखिन्छ । पढनुस तपाईको राशीमा के कस्तो परिवर्तन हुँदैछ । आज साँझ चन्दं्रमा शुक्रको राशी वृषमा आउँदैछ । जबकि शुक्र बृष राशीबाट मिथुनमा पुगिसकेका छन् । ग्रहहरुको यो परिवर्तनबाट तपाईको जीवनमा के असर पर्छ त ? मेष मेश राशीले आज धन निवेश गर्न सक्नुहुन्छ । आर्थिक योजनाका लागि पनि शुभ दिन छ । निर्धारित कार्य पुरा हुनेछन् । परिवारमा सुख शान्तिको वातावरण बन्ने छ । यात्रा लाभप्रद रहनेछ । तपाईको पराक्रममा बृद्धि हुने योग छ । आज गरिएका कार्यहरु सफल हुने योग छन् । आशा अनुरुप लाभ पनि हुनेछ । कार्यक्षेत्रमा अधिकारी वर्गको सहयोग पाइनेछ । बिरोधी निर्बल रहनेछन् । भाग्य ९२ प्रतिशत सम्म साथ दिने छ । बृषभः प्रिय बस्तु प्राप्ति र धनको लाभ हुनेछ । मानसम्मान बढेगा । पारिवारिक वातावरणमा सुधार हुनेछ । व्यवहारिक कार्यमा पुरा गर्नका लागि आजको दिन शुभ हुनेछ । लामो समयदेखि जुन काममा तपाई लाग्नु भएको थियो । आज तपाईको प्रयासले सफलता पाउने संयोग जुटेको छ । नयाँ अवसर पनि पाइन सक्छ । परिवार सहित मित्रजनको सहयोग मिल्नेछ । आज भाग्य ८० प्रतिशत साथ दिने छ । मिथुन मनको एकाग्रता कम हुँदा बेचैनी हुन सक्छ । शारीरिकरुपमा शिथिलताको अनुभूति हुने सम्भावना छ । धन निवेश सोच विचार गरी गर्नुहोला । अत्यधिक खर्चबाट जोगिनुस । आज मन अशान्त रहन सक्छ । मानसिक उल्झनका कारण किसी काममा मन लाग्दैनथे । तनावका कारण मन खराब हुन सक्छ । योग गरेर तनावमा केही कमी ल्याउन सक्नुहुन्छ । बाहन सावधानीपूर्वक चलाए । स्वास्थ्य प्रति सावधानी अपनाउनुस । भाग्य ५८ प्रतिशत साथ दिने छ । कर्कट माता लक्ष्मीको कृपादृष्टि तपाईमाथि हुनेछ । उच्च अधिकारीहरुको शुभ दृष्टि पनि तपाईको कार्यक्षेत्रमा बन्ने छ । व्यवसायमा कार्य सफलता तथा मित्रहरुबाट लाभ प्राप्त हुने छ । रोकिएको धन पाइने छ । प्रयास गर्दा सबै काम सफल हुनेछन् । धन लाभ हुँदा यश मान सम्मानमा बृद्धिको योग बनेको छ । आज तपाई प्रसन्नताको अनुभूति गर्नुहुनेछ । प्रेम सम्बन्धमा मधुरता आउने छ । कुनै रोमान्टिक स्थानमा जाँदा राम्रो । भाग्य सत प्रतिशत साथ दिने छ । सिंह मनमा प्रसन्नता र शरीरमा स्फूर्तिको अनुभूति हुने छ । मान प्रतिष्ठा र उच्च पदको प्राप्ति सम्भव छ । काममा दिनभर व्यस्ता हुनुपर्नेछ । तर काम बन्ने भएकोले खुशी पाइनेछ । तपाईले बनाएका नयाँ सम्पर्कले लाभ दिनेछन् । जोखिमपूर्ण काममा रुचि बढने र महिला वर्गको सहयोगबाट लाभ हुने देखिन्छ । स्वास्थ्यको भने विचार गर्नुहोला । कुनै मांगलिक कार्यमा जान सक्नुहुन्छ । भाग्य ८७ प्रशित साथ दिने छ । कन्या सबै काममा तपाई आफ्नो भाग्यको सहयोग प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा रुचि बढला । यात्रा सुखद रहनेछ । उन्नतीको समाचार मिलेगा । पुरस्कार अथवा भेट पाउँदा हर्षको अनुभूति हुने छ। पारिवारिक वातावरण सामान्य रहला । बुवासँग सम्बन्ध राम्रो होला । परिवारमा स्त्री वर्गलाई विशेष सम्मान गर्नुहोला । लाभ पाइन सक्छ । आज भाग्य ८५ प्रतिशत साथ दिनेछ । तुला दिनको प्रारम्भव मानसिक तनावबाट हुनसक्छ । मनलाई शान्त राख्दा नै फाइदा होला । वाहन सावधानीपूर्वक चलाउनुहोस् । स्वास्थ्यप्रति विशेष सावधानी आवश्यक छ । कार्यमा बाधाको योग बनेको देखिन्छ । मनोबल कमजोर हुनसक्छ । तर यो अवस्था सधैं रहन्न । धैयबाट काम लिनुस र आउने कठिनाईसँग उच्च मनोबलले लडने साहस बनाउनुस । भाग्य ५५ प्रतिशत साथ दिने छ । वृश्चिक जीवनसाथीसँगको व्यवहार निकै मधुरतापूर्ण रहनेछ । मित्रहरुसँग यात्रामा जाँदा यादगार समय रहनेछ । भाई र स्नेहजनसँग राम्रो सम्बन्ध होला । जिम्मेवारी बढने दृेखिन्छ । खर्च बढने तर सुख समृद्धि पाइने योग छ । गुप्त शत्रुले दुख दिने सम्भावना भएकोले सावधान रहने आवश्यकता छ । खर्चमा नियन्त्रण गर्नुहोला । भाग्य ६८ प्रतिशत साथ दि ने छ । धनु मान सम्मानमा बृद्धि हुनेछ । प्रतिष्पर्धिमाथि विजय प्राप्त होला । अचानक कुनै शुभ समाचार पाइन सक्छ । धन लाभ हुने योग छ । अल्प प्रयासबाट यश पाइने र कुनै प्रियजनसँग भेट हुन सक्छ । सन्तान हुनेले सन्तानसँग समय बिताउँदा राम्रो । भाग्यले ९२ प्रतिशत साथ दिने छ । मकर मन सिर्जनात्मक प्रवृत्तितर्फ आकर्षित हुने छ। स्वभावमा प्रेम भावको बृद्धि हुने छ । विद्यार्थीका लागि आजको दिन शुभ छ । बिरोधी परास्त हुने छ। व्यवहार कुशल र शान्त रहेर गर्दाै अवसरको लाभ उठाउनु सक्नुहुन्छ । उन्नतीको मौका छ । आज शान्तपूर्वक बस्नुस र गरिबलाई केही बस्त्र दान गर्नुस । भाग्य ७७ प्रतिशत तपाईको साथमा छ । कुम्भ कुनै वादविवादमा नपर्नुस् । घरमा आमा या कुनै बयोबृद्द महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ला । साझेदारीमा लाभ नपाईने संकेत देखिन्छ । आफ्नै पनि पराई जस्तो व्यवहार गर्न सक्छन् । शारीरिक अस्वस्थता सम्भव छ । विवादबाट जोगिनुस । वाणीमा संयम राख्नुस् । भाग्य ४५ प्रतिशत साथ दिनेछ । मीन पराक्रममा बृद्धिको योग छ । उत्साहमा पनि बृद्धि होला । बुजुर्ग र मित्रहरुबाट लाभको अपेक्षा राख्न सकिएला । साझेदारीको व्यापार या मित्रबाट लाभको योग छ । अन्जान व्यक्तिबाट सहयोग पाइन सक्छ । जीवनसाथीसँगको मनमुटाव कम हुने योग छ । भाग्य ८५ प्रतिशत साथ दिने छ । –ज्योतिषाचार्य आशुतोष वार्ष्णेयले दैनिक भाष्करमा लेख्नुभएको भविष्यफल एभरेष्टदैनिकका लागि अनुवाद गरि साभार गरिएको हो ।
उपराष्ट्रपति पुनद्वारा देवघाटको अवलोकन (फोटो फिचर)
चितवन, असार ६ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले धार्मिक पर्यटकीय स्थल देवघाट क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । चितवन तर्फबाट झोलुङ्गे तरेर देवघाट क्षेत्र पुगेर करिब दुई घण्टा बिताएका उपराष्ट्रपति पुनले त्यहाँका विभिन्न आश्रम तथा धार्मिक क्षेत्रको भ्रमण गरेका हुन् । हेर्नुस् तस्विर
अन्तर्राष्ट्रिय योग दिवसः उपराष्ट्रपति पुन योगासनमा (फोटो फिचर)
चितवन, असार ६ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति, चितवनले आयोजना गरेको योग दिवस’ मा सहभागी भएका छन् । उपराष्ट्रपति पुनले सयौँ योग अनुरागीसँगै करिब एक घण्टा योग अभ्याससमेत गरेका छन् । हेर्नुस् उपराष्ट्रपतिको योगासन सम्बन्धी तस्वीर
पढ्नैपर्नेः बिना प्रेसर खेल्दाखेल्दै यसरी सिकाउनुस् बच्चालाई (उदाहरणसहित)
एभरेष्ट शिक्षा । शहरी जीवनको व्यस्तता । बालबालिकालाई समय दिनु सबै अभिभावकका लागि सम्भव हुँदैन । अर्कोतर्फ कतिपय अभिभावकले राम्रो या महंगा स्कूलमा भर्ना गरेको छु भनेर पनि बच्चालाई त्यति पढाईमा ध्यान दिएको पाईंदैन । केहीले भने परम्परागत तरिकाले बच्चालाई रटाऊ तरिकाले या जबर्जस्ती यसरी लेख या त्यसरी लेख भनेर भन्ने गर्दछन् । तर अहिलेका बच्चाहरु एउटा रुटिनमा बाँच्न चाहँदैन । मोबाईल, टेलिभिजनदेखि कतिपय अन्य कारक तत्वहरुले उनीहरु निकै बढी चलायमान भएका छन् । यो स्थितिमा बालबालिकालाई पढाउने या सिकाउने कुरा पनि फरक र कलात्मक अर्थात् सिर्जनात्मक ढंगले गर्नु जरुरी हुन्छ । अहिले अधिकांश विद्यालयले पुस्तकका पाठ भन्दा पनि अतिरिक्त क्रियाकलापका माध्यमबाट सिर्जनात्मक तरिकाले सिकाइरहेका हुन्छन् । घरमा पनि यही सिर्जनात्मक तरिकाले सिकाई गर्न सके त्यसबाट बिना कुनै दबाब बच्चाले छिटो सिक्ने गर्दछन् । के गर्ने त ? तपाई बच्चासँग जति समय बिताउनुहुन्छ, ती हरेक समयमा बच्चालाई सिकाउने कुरा गर्नुहोस् । त्यसको अर्थ रटाएर पढाउने भनेको होइन । जस्तोः तपाई बच्चासँग घुम्न जानु भएको छ । घरबाट बाहिर निस्केदेखि फर्किंदासम्म तपाईले कलात्मक तरिकाले बच्चालाई उसको कक्षामा पढाई हुने कैयन कुरा पढाउन सक्नुहुन्छ । जस्तो सडकमा जानु भयो भने त्यहाँ गाडी हुन्छन । सँगै घुम्दा तपाईले बच्चासँग साथीजस्तै कुरा गर्दै भन्न सक्नुहुन्छ– मलाई त हरिया गाडी मन पर्यो, ऊ हेर त त्यो हरियो गाडी हो । अनि रातो गाडी आए यो रातो गाडी मन पर्यो भनेर सोध्नुस् । बच्चाले तीनचार चोटी यसरी घुम्दा सबै रंग थाहा पाउन सक्छ । ट्राफिक, अस्पताल, पैदल हिँडने फुटपाथ, कैयन पसलहरुलगायतका कुराहरु यसरी नै सिकाउन सकिन्छ । यसैगरी बाटोमा घर, रुख, पात, गाडीलगायत कैयन कुरा हुन्छन् । यी कुराहरुमा हामीले सजिव र निर्जिव कुराहरु, त्रिकोण, आयात, वर्गजस्ता आकृतिहरु, किरा र जनावरहरु, घरपालुवा र जंगली जनावर लगायतका कतिपय सामाजिक विज्ञानका कुरा सिकाउन सक्छौं । कक्षा युकेजी र एकमा जनावर, तिनका बासस्थान, तिनका बच्चाको नाम, र उनीहरुले निकाल्ने ध्वनी सिकाउन पनि बाटोमा या छेउछाउमा देखिने जनावरको उदाहरण दिएर खेल खेल्दै सिकाउन सकिन्छ । जस्तो कुखुरा देखे भने ‘ल म पनि कुखुरा भएँ, म पनि क्लक क्लक गर्छु या कुखुरी काँ गर्छु” तिमी कुखुरा बन्ने कि कुकुर बन्ने भनेर सोध्यौं भने बच्चाले म त कुकुर या कुखुरा बन्छु, म पनि यसरी आवाज निकाल्छु भनेर रमाउँदै त्यो आवाज सिकिसकेको हुन्छ । यो आलेख तपाई एभरेष्ट दैनिक डट.कममा पढ्दै हुनुहुन्छ साँझ बिहान सँगै पैदल घुम्नुस र सिकाउनुस्साँझ र बिहानको समयमा बच्चालाई सिकाउने उत्तम समय हो । बाटोमा हिँडदा तपाईले ‘ल, ऊ त्यहाँसम्म हामी कतिवटा पाईलामा पुग्न सकौंला ?’ भनेर सोधेर ल एक, दुई तीन भन्न लगाउँदै पाईला गन्दै हिँडन सक्नुहुन्छ । बच्चाले यसो गर्दा पढाईरहेको पत्तै पाउँदैन । तर उसले एक दुई, वान टु सिकिरहेको हुन्छ । अझ एक दुई वान टु सिकिसकेको अवस्थामा तिनीहरुको स्पेलिङसहित खेल्न सकिन्छ । यस्तैगरी आईतबार सोमबारको पनि अभ्यास गर्न सकिन्छ । बच्चामा निकै बढी जिज्ञासा हुन्छ, उनीहरुले नबोलेपनि हरेक कुराको उनीहरुले मन्थन गरिरहेका हुन्छन । हामीले एकआपसमा बोल्ने कुराकानी पनि उनीहरुले अर्थ नलगाएपनि त्यसभित्रका कतिपय कुराहरु उनीहरुले टिपी रहेका हुन्छन् । त्यसैले उनीहरुको यो जिज्ञासालाई अझै उकास्नुपर्छ । उनीहरुलाई कथात्मक शैलीले कतिपय कुरा भन्नुहुन्छ । जस्तो खानेकुराको बारेमा सिकाउँदा ‘हामी सानो छँदा नास्ता या खाजामा के खान्थ्यौं होला, थाहा छ ?” भनेर सोध्नुस त ? बच्चा कति चाख मानेर तपाईको विगत सुन्न आतुर हुन्छ । बच्चाले मम, चाउमिन, पिजा, आदि इत्यादी भन्न सक्ला । तर तपाईले त्यतिखेर पहिलेका खाना र अहिलेका खान तुलना गर्न सजिलै सिकाउनु हुन्छ । यसबाट बच्चालाई खानेकुराको नाम थाहा हुन्छ । जस्तो तपाईको बच्चाले एबिसिडी, कख या १ दुई लेख्न सिकिरहेको छ भने बाटोमा हिँडदा तपाईले बच्चाको हात समातेर ए को आकारमा उसलाई घुमाउन सक्नुहुन्छ या आफै ल म बी बन्छु है भनेर बाटोमा बी जस्तै हिँडन सक्नुहुन्छ । अनि बच्चाले म सी बन्छु भनेर आधार सर्कल हिँडन चाहन सक्छ । यसरी अभ्यास गर्दा कापीमा लेख्नुभन्दा निकै कम समयमा उसले सबै अक्षर लेख्न सक्छ । यी केही सामान्य उदाहरण हुन । मुख्य कुरा बच्चालाई लेख्न या पढनका लागि दबाब नदिनुस । बरु आफै लेखन र पढने कुरामा सहयोगी बन्नुस । बच्चाले एकलरुपमा भन्दा पनि तपाई सँगै बसेर पढे या लेखे या सँगै रमाए हुन्थ्यो भन्ने चाहन्छ । त्यसैले होमवर्क गराउँदा या अन्य बेला तपाई बच्चासँग त्यो विषयका बारेमा कुनै कथा या प्रसंग बुनेर उसलाई याद आउने किसिमले व्यवहार गर्दा राम्रो हुन्छ । पाठ मात्रै हैन, अन्य कुरा पनि खोज्नुस्प्रायः कक्षा युकेजी या एकमा पुगिसकेपछि बच्चाले पाठ पढन शुरु गर्छन । पहिला पहिला पाठ पढेर त्यसमा दिइएका प्रश्नको उत्तर लेख्न जाने त्यो नै सबैभन्दा राम्रो मानिन्थ्यो । तर कुनै पाठको उद्देश्य त्यसमा उल्लेख भएको विषयका बारेमा मात्रै जान्नु कदापी हुँदैन । बरु त्यो पाठभित्र कैयन विषय हुन्छन । जस्तो खरायो र कछुवाको कथा बच्चाले चाख मानेर पढछन् । तर त्यो कथाभित्र हामीले ह््स्व, दीर्घदेखि हलन्त, विष्मयवोधक चिन्ह, समय, विभक्तीलगायतका कुरा सिकाउन सकिन्छ । जस्तो खरायो रुखमुनि सुत्यो भन्ने वाक्य पढ्दा एकछिन रोकेर ‘रुखमा चढेर सुतेको भए के लेखिन्थ्यो’ भनेर सोध्यौं भने बच्चाले रुखमा या रुखमाथि भन्न सक्छ । यसबाट मुनि, माथि, वारि, पारी जस्ता शब्दहरु नेपाली र अंग्रेजी दुबैमा सजिलै सिकाउन सकिन्छ । यो कुरा गरेपछि पुनः पाठ अगाडि बढन भन्न सकिन्छ । तुलना नगर्नुस्साना नानीहरुलाई कहिले पनि तुलना गर्नु हुँदैन । तुलना गर्दा उनीहरुभित्र एकप्रकारको हीनताबोधले जन्म लिन्छ । तत्कालमा यसको असर नदेखिएपनि पछि गएर यसले बच्चाभित्र नराम्रो मानसिकताको विकास गर्न सक्छ । ऊ राम्रो, तिमी नराम्रो, उसको अक्षर राम्रो तिम्रो नराम्रो नभन्नुस् । बरु बच्चालाई अझ राम्रो बन्न सिकाउनुस् । कति राम्रो अक्षर हो तिम्रो तर यो कुरा यसरी लेख झन कति राम्रो हुन्थ्यो, मैले त सानो छँदा यस्तो लेख्थे आदि इत्यादी किसिमले कुरा गरेर उसलाई अझ राम्रो बन्न उत्प्रेरित गर्न सकिन्छ । यसबाट बच्चामा म झन राम्रो बन्छु भन्ने कुरा विकास हुन्छ । बच्चालाई नराम्रो भए या नजानेमा निराश या दुखी हुनुहुन्न, बरु कोशीस गर्दै गर्दा राम्रो गर्न सकिन्छ भनेर सिकाउनुस् । साथी बन्नुस, बस साथी मात्रबच्चासँग जहिले पनि साथी बन्नुस् । बच्चालाई सकेसम्म बढीभन्दा बढी समय दिनुस् । तर यो समयमा तपाई मोबाइलमा या आफ्नो काममा झुण्डिएर होइन बरु उसँगै अन्तक्र्रियात्मक तरिकाले बोलेर, हाँसेर खेलेर बिताउनुस् । बाटोमा हिंडदा होस कि बस्दा होस कि खाना होस् अधिकांश कुरामा नजानिदो तरिकाले पढाई घुसाउनुस् । जस्तो खाना खुवाउँदा आज जोर मात्रै खाने या बिजोर मात्रै खाने भनेर भन्नुस् अनि बच्चालाई एउटा चम्मच खुवाउनुस उसले जोर मात्रै खाने भन्दा २ भन्छ या २ भन्न सिकाउनुस अनि दोश्रो चम्मचमा उसले ४ भन्छ । यी उदाहरण मात्र हुन । यसो गर्दा बच्चाले खाना पनि राम्रो सँग खाने र यसरी खेलाउँदै जाने र पढाउँदै पनि जाने हो भने बिस्तारै बच्चाले आफैले आज यस्तो सोध्नु न आज उस्तो सोध्नु न भनेर पढाइकै कुरामा खेल्न खोज्छन् । यहाँ दिईएका कुरा सामान्य उदाहरण हुन । सिकाईका त्यस्ता कुनै नियम हुँदैनन । आफ्नो परिस्थिति, घर र समाजको वातावरण, समय आदिमा यो निर्भर हुन्छ । मुख्य कुरा बच्चामा आत्मविश्वास जगाउनुस, राम्रो बानीका लागि उत्प्रेरित गर्नुस् । यु क्यान डु भन्ने मन्त्र आफ्नो मनमा राखेर उसलाई पनि यसका लागि अभिप्रेरित गर्नुस् । सबैभन्दा ठूलो कुरा गुणात्मक समय दिनुस् । बाँकी अर्को अध्यायमा ।
बालबालिका चकचके हुनुमा गल्ति कसको?
बालबालिकाले चकचक गर्नुलाई असामान्य मानिंदैन । तर कतिपय अवस्थामा यस्तो चकचकले समस्याकै रुप लिने गर्दछ । यसरी समस्याको रुप लिने गरेर गरिने चकचके व्यवहारलाई पहिचान गरेर त्यसको उपचार गरेमा त्यो ठीक भएर जाने विज्ञहरू बताउँछन् । बीबीसी नेपाली सेवाले यस विषयमाथि एउटा आलेख प्रकाशित गरेको छ । प्रस्तुत छ बीबीसी नेपाली सेवामा प्रकाशित विनिता दाहालले तयार परेको यो सामग्री: हालसालै एउटा विद्यालयले एकजना बालकलाई धेरै चकचके भएको भन्दै आफ्नो विद्यालयमा पढाउन नसक्ने बताएको थियो। अभिभावक महासङ्घ, अभिभावक र विद्यालय प्रशासनले उक्त विषय सल्टाए पनि बालबालिकाको चकचकेपनाले धेरै अभिभावकलाई चिन्तित बनाएको देखिन्छ। बालबालिकासम्बन्धी डाक्टर र मनोविश्लेषकहरू भन्छन्, यो समस्या बालबालिकाको होइन। अभिभावक र शिक्षकको हो। तर बालबालिका चकचके वा जिद्दी भए भन्दैमा त्यसको उपचार नै नखोजी विद्यालयबाट निकाल्नु गैरजिम्मेवार हुनु हो भन्ने धारणा बालमनोविज्ञ डाक्टर गङ्गा पाठकको छ । समस्याको समाधान के? उनका अनुसार यसरी विद्यालयले विद्यार्थी निष्कासित नै गरेको समाचार पहिलो पटक सुनिए पनि बालबालिकामा चकचकेपनाको समस्या भने धेरै हुने गरेको उनले बताइन्। “चकचकपनाको ‘डिग्री अफ डिफिकल्टी’ हेरेर कति स्वाभाविक हो वा अस्वभाविक हो भन्ने थाहा हुन्छ,” उनले भनिन्, “सामान्य चकचक हो भने त्यसलाई बालबालिकाको बालापन सम्झनुपर्छ। उ जिज्ञाशु छ भन्ने सोच्नुपर्छ। यो स्वाभाविक हो।” तर कुनैकुनै बालिकाबालिका एकदमै धेरै अस्थिर हुने, कसैले भनेको नटेर्ने, अरूको ध्यान आकर्षित गर्न खोजिरहने खालको भए त्यसलाई अस्वाभाविक मान्नुपर्ने उनी बताउँछिन्। अस्वाभाविक चकचकेपनको समाधान कसरी गर्ने? डाक्टर पाठक भन्छिन्, “त्यो अस्वाभाविक चकचकेपनलाई हामी ‘अटेन्शन डिफिसिट हाइपर्एक्टिभ डिस्अर्डर’ भन्छौँ। त्यो एक किसिमको रोग हो जुन उपचारबाट निको हुन्छ।” बालबालिकाले शिक्षकले भनेको नमानेको, पढाइमा ध्यान नदिएको, हल्ला गरेको भन्ने जस्ता गुनासो विद्यालय र अभिभावकबाट आएपछि त्यस्ता बालबालिकालाई तीनदेखि छ महिनासम्म उपचार गराएर पुरानै विद्यालयमा पठाएको अनुभव उनले सुनाइन्। बालबालिकासम्बन्धी विशेषज्ञ डाक्टर मन्दिरा श्रेष्ठ पनि बालबालिका अस्वाभाविक रूपमा चकचके भएको वा एकदमै कम सक्रिय भएको ख्याल गरेर त्यस्ता बालबालिकालाई समस्या छ कि भनेर “विद्यालय वा घरमा अडिन गाह्रो हुने खालका बालबालिका छन् भने उनीहरूमा केही रोग पो छ कि भनेर विचार पुर्याउनुपर्छ,” डाक्टर श्रेष्ठले भनिन्, “जस्तै कतिपय बालबालिकालाई अटिजम भएको हुनसक्छ। अथवा कतिपय बालबालिकालाई अभिभावकले जे भन्यो त्यही पुर्याइदिँदा पनि उनीहरू जिद्दी हुने, अरूले भनेको नमान्ने खालको समस्या उत्पन्न भएको हुनसक्छ।” त्यसैले बालबालिकामा कतिपय कुरा अभिभावकले विद्यालय नजाँदै सिकाउनुपर्ने मनोचिकित्सकहरू बताउँछन्। अभिभावकले बालबालिकाको कस्ता विषयमा ध्यान दिने? डाक्टर पाठक भन्छिन्, “उनीहरूले खाने जङ्क फुडदेखि फोन, ट्याबहरूमा खेल्ने भिडिओ गेमसम्मको असर बालबालिकाको मनोविज्ञानमा परेको हुन्छ।” बालबालिकालाई पहिला जस्तो शारीरिक रूपमा सक्रिय हुने खेलमा प्रोत्साहन नगर्नु, प्रकृतिसँग निकट बनाउन नखोज्नु र मानिसहरूसँग घुलमिल हुन नसिकाउनुले पनि समस्या उत्पन्न गर्ने उनले बताइन्।”अनि आजकाल अभिभावकहरू बालबालिकालाई उनीहरूले मागेका जस्ता कुराहरू पनि पुर्याइदिन्छन्। त्यो ठिक होइन,” उनले भनिन्, “अत्यावश्यकीय कुरामा उनीहरूलाई अभावमा राख्नुहुँदैन, तर उनीहरूले मागेको नदिए रुन्छन् भन्दैमा सबै कुरा दिनु पनि हुँदैन।” आजकल चकचके बच्चालाई मात्रै नभई उनीहरूका अभिभावकलाई पनि त्यसबारे परामर्श दिनुपर्ने भएको उनले बताइन्। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक गर्ने पाठकले आफ्नो कार्यालयमा दैनिक दुई तीनजना अभिभावक आफ्नो सन्तान चकचके भयो भन्ने गुनासा लिएर आउने गरेको बताउँछिन्। गत चैत्र महिनामा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि पनि थुप्रै त्यस्ता अभिभावक आफ्नो बालबालिका चकचके भएको भन्दै कतिपय विद्यालयले भर्ना नलिएको गुनासो आफूकहाँ आएको उनले बताइन्। त्यसैले उनको सुझाव छ – अभिभावक र विद्यालयका शिक्षकले बालबालिका धेरै चकचके भए उनीहरूलाई पिट्ने वा विद्यालयबाट निकाल्ने होइन उनीहरूको त्यो रोग पो हो कि भन्नेमा ध्यान पुर्याउनुपर्छ। बीबीसी
सेक्सका निम्ति ज्यान दिने गर्छन् यी प्राणीहरू
मानिसले जस्तै जनावरहरूले पनि वंश अगाडि बढाउन यौन सम्बन्ध राख्ने गर्दछन् । सामान्यतया सबै जसो प्राणीहरूमा यो प्रक्रिया सामान्य रूपमै चलिराख्छ तर यस संसारमा यस्ता प्राणीहरू समेत रहेका छन् जसका पोथीहरू यौनक्रिया समाप्त हुने बित्तिकै भालेलाई मारिदिने गर्दछन् । तीमध्ये एउटा यस्तो प्राणी पनि रहेको छ जसको भाले यौनक्रिया समाप्त हुनसाथ आफैं मर्ने गर्दछ । यस जीवमा गर्भधारण गरिसकेपछि सृष्टि अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी पोथीमा रहने गर्दछ । त्यसैले प्रकृतिले त्यस्ता पोथीहरूलाई विशेष किसिमका विशेषताहरूले सुसज्जित गरेको हुन्छ । हो, यसरी वंश अगाडि बढाउन पोथीसँग संसर्ग गर्ने बित्तिकै ज्यान गुमाउने जीव हो भाले माहुरी । माहुरीको घारमा रानु मौरी र भाले मौरी बाहेक ज्यामी मौरी समेत रहेका हुन्छन् । ज्यामी मौरीहरू हुन त पोथी नै हुन्छन् तर तिनमा प्रजनन क्षमता हुँदैन । एउटा घारमा एउटा मात्र रानु मौरी हुने गर्दछ । मौरीको फुलबाट रानु मौरी बन्ने प्रक्रिया पनि व्यवस्थित खालको छ । यदि कुनै लार्भालाई रानु बनाउनु छ भने ज्यामी मौरीहरूले त्यस्ता लार्भाहरूलाई विशेष प्रकारको खाद्य पदार्थ ‘रोयल जेली’ खुवाएर हुर्काउने गर्दछन् । यदि कथंकदाचित ज्यामी मौरीहरूले अन्य रानु बनाए भने ती घारबाट छुट्टिएर जाने गर्दछन् अन्यथा तिनीहरूलाई रानुले मारिदिन्छ । एउटा रानु मौरीले प्रजननको याममा हजारौं भाले मौरीहरूसँग सम्बन्ध स्थापित गर्न सक्छ । यसले उसलाई त केही हुन्न तर भालेले यौनक्रिया समाप्त हुनासाथ ज्यान गुमाउने गर्दछ । मौरीमा देखिने यस्तो परिघट्ना आरम्भदेखि नै मानिसको लागि जिज्ञासाको विषय रहँदै आएको छ र विज्ञानले यस्तो हुनुको कारण पत्ता लगाइसकेको छ । विज्ञानको अनुसार रानु मौरीसँग संसर्ग गर्ने बित्तिकै भाले मौरीको लिङ्ग रानुको योनीभित्रै चुँडिएर छुट्छ, जसको पीडा सहन नसकी उसको मृत्यु हुने गर्छ । वैज्ञानिकहरूका अनुसार भाले मौरीलाई सम्भोग गर्नुअघि नै त्यसपछि आफ्नो मृत्यु हुने कुरा थाहा हुने गर्छ । यसरी एकै दिनमा थुप्रै भालेहरूसंग संसर्ग गरेपछि ती सबै भालेहरूको मृत्यु हुन्छ । उता त्यसपछि रानुको शरीरभित्र यदि धेरै वीर्य जम्मा हुन्छ जसले १५ सय फूलहरू निशेचित गर्नसक्छ । माहुरीको घारमा कुनै माहुरी रानु बन्ने बित्तिकै त्घार्भारिका भाले महुरीहरू उसको सेवामा लाग्ने गर्छन् । घारमा ज्यामी मौरीहरूले मह थुपार्ने गर्छन् भने भालेहरूको काम खाने र रानु मौरीको प्रजनन समय आउँदा ऊसँग संसर्ग गर्ने मात्र हुने गर्दछ । आकारमा लगभग भालेभन्दा दुई गुणा ठुलो हुने भएकाले पनि रानुलाई भालेहरूमाथि शासन गर्न सजिलो हुने गर्छ । वास्तवमा भाले मौरीहरूको जन्म नै रानुसंग संसर्ग गर्न भएको हुन्छ । उनीहरूको न त मह निर्माण प्रक्रियामा कुनै योगदान हुन्छ न घरको सुरक्षामा नै । घारमाथि कुनै बाह्य आक्रमण भएको खण्डमा आक्रमणकारीलाई टोकेर घार्को सुरक्षा गर्ने पनि ज्यामी मौरी नै हुन्छन्, जो पोथी हुन्छन् ।

