आज – ११ कार्तिक २०७६ सोमवारको राशिफल

मेष– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ ।

वृष– (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

कर्कट– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या– (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला– (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।

वृश्चिक– (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

धनु– (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर– (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ– (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मीन– (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । –ज्यो.प. नारायणप्रसाद दुलाल

पारसको नजरमा अबको कप्तान को?

काठमाडौंः कप्तान र आदर्श कप्तान बन्नु फरक कुरा हो । कुनै पनि कप्तानलाई पछिसम्म सम्झिरहनुपर्छ भन्ने जरुरत छैन । तर आदर्श कप्तानलाई पछिसम्म सम्झिरहने हुन्छ । पारस खड्का नेपाली क्रिकेटमा सोही आदर्श कप्तानको छवि बनाएको क्रिकेटर हुन् । यद्यपि अब पारससँग मङ्गलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तानको ‘ट्याग’ झुन्डिएको हुनेछ । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्काले सोमबार आफ्नाे पदबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमाथि करीब तीन वर्षदेखि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरेको भोलिपल्ट पारसले कप्तानी छोड्ने स्तब्धकारी निर्णय गरेका हुन् । पारसले यो निर्णय एक्कासि नभई कप्तान पद छोड्न आइसीसीले निलम्बन फुकुवा गर्ने दिन कुरिररहेको थिएँ, उनले भने । मेरो लागि यो कठिन निर्णय होइन । म आफ्नाे कुरामा पहिले नै स्पष्ट हुने गर्दछु । हो धेरैलाई थाहा थिएन । त्यसैले झट्का लागेको हुनुपर्छ । तर कुनै न कुनै दिन मैले निर्णय गर्नुनै पर्ने थियो र अहिले एक कप्तान र खेलाडीको रुपमा स्थिति अनुकुल भएको बेला नै कप्तानी छोड्ने निर्णय लिएँ– उनको भनाई छ । पारसले सञ्चारमाध्यमको सामना गर्नुअघि मङ्गलबार बिहान प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत् आफू अब केही नयाँ सुरुवात गर्न चाहेको उल्लेख गरेका थिए, ‘नेपाली क्रिकेट टिममाथिको प्रतिबन्ध हटाइएको थाहा पाउँदा ठूलो खुशीको अनुभव भइरहेको छ । नेपाली क्रिकेट, खेलाडी र क्रिकेटसँग सरोकारवाला सबैको विकासका लागि काम गर्न नयाँ कमितिलाई शुभकामना दिन चाहन्छु । अब नयाँ सुरुवात र सबैजना संलग्न हुनसक्ने प्रतिवद्धता र दुरदर्शीताको महसुस गर्दै मैले नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु । यस अवसरमा म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्ड्सम्यान, साथीभाई, परिवारलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो असाधारण यात्रामा सहयोग गरेका छन् ।’ पारसले एक खेलाडीको भूमिकामा भने आफू निरन्तर रहने बताए । कप्तानको रुपमा पारस अग्लो कद, आकर्षक अनुहार, स्टाइलिस र सबैको प्रिय क्रिकेटर मध्यम तेज गतिमा बलिङ गर्ने शीर्ष क्रमका भरपर्दा ब्याट्सम्यान पारस २२ वर्षको उमेरमा पुग्दा सिनियर राष्ट्रिय टिमका कप्तान बनिसक्नुभएको थियो । पारसले विनोद दासलाई स्थानापन्न गर्दै सन् २००९ मा संयुक्त अब इमिरेट्समा भएको एसिसी टि२० क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली सिनियर क्रिकेट टिमको नेतृत्व गर्नुभएको हो । त्यसपछि उहाँले आफ्नाे कप्तानीमा नेपाललाई थुप्रै उपलब्धि दिलाउनुभएको छ । विश्वकप टि२० क्रिकेटमा सहभागिता र पहिलो सहभागितामै तीनमध्ये दुई खेलमा दुर्लभ जित । अन्तर्राष्ट्रिय टि–ट्वान्टीको मान्यता र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पारसकै कप्तानीमा नेपालले प्राप्त भएको हो । नेपालले पारसको कप्तानीमा सन् २०१४ मा बङ्गलादेशमा भएको आइसीसी विश्वकप टि२० प्रतियोगिता खेलेको हो । पारसले नेतृत्व लिँदा नेपाल आइसीसीले टेस्ट नखेल्ने राष्ट्रका लागि तयार पारिएको विश्व क्रिकेट लिगको डिभिजन पाँचमा थियो । पारसकै नेतृत्वमै नेपाल त्यहाँबाट एकदिवसीय मान्यताप्राप्त राष्ट्रको असाधारण यात्रा तय गरेको छ । यसैगरी, पारसको नेतृत्वमा नै विगतमा टेस्ट नखेने राष्टबीच नेपाल शीर्ष स्थानमा पनि रहेको टिम हो । सन् २००६ मा युवख विश्वकपमा प्लेट च्याम्पियन पनि पारसको कप्तानीमा ठूलो उपलब्धि हो । यसैगरी, पारसको नेतृत्वमा आइसीसी डिभिजन फाइभ, डिभिजन फोर, एसीसी ट्रफीको उपाधि पनि नेपालको सफलताका कथा हुन् । यी उपलब्धिले प्रष्ट हुन्छ, पारस नेपाली क्रिकेटका सबभन्दा सफल कप्तान हुनुहुन्छ । पारसको क्रिकेट यात्रा काठमाडौँस्थित बुद्धनगरमा पारसको क्रिकेट जीवन साउथ प्वाइन्ट स्कुललाई उपाधि दिलाएपछि सुरु भएको हो । सोही प्रतियोगिताले पारस काठमाडौँको यु–१५ क्रिकेट टिममा पर्नुभएको थियो । त्यसपछि प्रशिक्षक रोय डायसको रेखदेखमा उनको क्रिकेट जीवन झाँगिदै गयो । १६ वर्षकै उमेरमा उनी राष्ट्रिय यु–१९ टिममा पर्नुभयो । यु–१९ खेलिसकेपछि उहाँ पाकिस्तान जाने यु–१७ टिममा सामेल हुनुभयो । जुन टिममा उहाँलाई नाइके बनाइएको थियो । त्यसपछि लगातार शानदार प्रदर्शनले राष्ट्रिय सिनियर टिममा छनोट हुन पनि उनलाई धेरै समय लागेन । सन् २००४ मा एसीसी इन्टरकन्टिनेन्टल तीन दिवसीय प्रतियोगितामा मलेसियाविरुद्ध खेलेर उहाँले राष्ट्रिय सिनियर टिमबाट पनि पदार्पण गर्नुभयो । सन् २००९ मा आइपुग्दा उहाँ राष्ट्रिय टिमका कप्तान पनि घोषित हुनुभयो । यसबीच उहाँले तीन पटक विश्वकप यु–१९ प्रतियोगिता खेलिसक्नुभएको थियो । पारसले उमेर समूहको क्रिकेट खेल्दा नेपालले टेष्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा अजय टिमको छवि बनाएको थियो । यसैले पारसले नेपालको जर्सीमा उमेर समूहका धेरै उपाधि जित्नुभयो । यसै क्रममा पारस आइसीसीबाट उदयीमान खेलाडी पनि घोषित हुनुभयो । यस्तो सम्मान हासिल गर्ने उहा त्यसबेला नेपालका एकमात्र पुरुष खेलाडी हुनुहुन्थ्यो । एक खेलाडीको रुपमा पनि पारसको नाममा थुप्रै कीर्तिमान रहेका छन् । उहाँ अन्तर्राष्ट्रिय एकदिवसीय र टि२० मा शतक प्रहार गर्ने नेपालका एकमात्र ब्याटसम्यान हुनुहुन्छ । नेपाललाई पहिलो पटक एकदिवसीय र टि२० शृङ्खला जिताउने कप्तान पनि पारस नै हुनुहुन्छ । पारसले कप्तानको रुपमा चार प्रशिक्षक रोय डायस, पुबुदु दसनायके, जगत टमाटा र उमेश पटवालसँग सहकार्य गर्नुभएको छ । यी सबै प्रशिक्षकसँग पारसले नेपाली क्रिकेटका लागि राम्रो नतिजा निकाल्नुभएको छ । को होला नयाँ कप्तान? नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको यही हप्ता बस्ने बैठकले नयाँ कप्तानको निर्णय गर्ने सम्भावना बढी छ । पारस भने नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भावी कप्तानको रुपमा हेर्नुभएको छ । मलाई लाग्छ, कम्तीमा एक वर्ष ज्ञानेन्द्रलाई मौका दिनुपर्छ, उहाँ टिमको सबभन्दा सिनियर खोलडी हुनुहुन्छ भने सबै खेलाडीको सम्मान पनि उहाँलाई प्राप्त छ– पारसले भन्नुभयो । यद्यपि नयाँ कप्तानमा दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई पनि बेवास्ता गर्न मिल्दैन । ज्ञानेन्द्रको अनुपस्थितिमा दिपेन्द्रले नेपाली क्रिकेट टिमको उपकप्तानको भूमिका निर्वाह गसिक्नुभएको छ । रेडियाे नेपालबाट

के नेकपाले सीको सन्देशबाट शिक्षा लिनेछ ?

नेकपाले अपनाएको त्यसप्रकारको नीतिले सीको अमेरिका, भारत वा कुनै पनि साम्राज्यवादी वा नवउपनिवेशवादका “विरुद्ध अझै जुध्नुपर्ने आवश्यकता भएको” सोचाइसित मेल खान्न । नेकपाले सीमित रूपमा भए पनि सीले प्रकट गरेको त्यसप्रकारको विचारलाई अपनाउन सकेमा त्यसबाट नेकपाको सङ्गठन, राष्ट्रियता र देशको विकासका लागि पनि मद्दत पुग्न सक्ने थियो । सीको त्यसप्रकारको मन्तव्यपछि नेकपाले पुरानै प्रकारको नीति अपनाइरहने छ वा त्यसमा केही सुधार गर्ने छ ? -मोहनविक्रम सिंह पत्रपत्रिका (कान्तिपुर असोज २७ गते)मा प्रकाशित समाचारअनुसार चीनका राष्ट्रपति सीले नेकपाका नेताहरूसित भेट हुँदा यो कुरामा जोड दिएका थिए ः ‘जनताको मन जित्ने काम गरेर मात्र लामो समयसम्म सत्तामा रहन सकिन्छ…. चीनमा हामी समाजवाद निर्माणमा अघि बढेका छौँ, जुन जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै गएकाले सम्भव भएको हो, सत्ता कब्जाकै कारणले मात्र होइन ।’ त्यस सिलसिलामा चीनका राष्ट्रपतिले यो पनि बताएका थिए ः ‘पार्टी वैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले, दह्रो बनाएर मात्र हामीले चीनमा प्रगति गरेका हौँ ….. तपाइँहरूले पनि हाम्रा अनुभवलाई ध्यान दिन सक्नुहुन्छ ।’ सीले चीनमा समाजवादको निर्माण भइरहेको जुन विचार प्रकट गरेका छन्, त्यो सही छैन । किनभने त्यहाँ समाजवाद होइन, पुँजीवादको निर्माण भइरहेको छ र धनी र गरिबहरूका बीचको खाडल झन् बढ्दै गइरहेको छ । अब चीनको पुँजीवादले साम्राज्यवादको रूप लिइसकेको छ । त्यस्तो अवस्थामा चीनमा कायम भएको व्यवस्थाले त्यहाँका जनताको आकांक्षा र आवश्यकता पूरा गर्दछ भन्ने कुरा सही होइन । तर, यो लेखमा हामी त्यो विषयको सैद्धान्तिक छलफल गर्नपट्टि लाग्दैनौँ । हामीले यो लेखमा चीनका राष्ट्रपतिले नेपालका नेताहरूलाई दिइएको सन्देशबारे नै केही चर्चा गर्ने छौँ । उनको सन्देशका दुईवटा विषयहरू यसप्रकार छन् । प्रथम, सत्ता कब्जा गरेर मात्र होइन, जनताको मन जित्ने काम गरेपछि मात्र लामो समयसम्म सत्तामा रहन सकिन्छ । द्वितीय, पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले दह्रो बनाएर मात्र प्रगति गर्न सकिन्छ । त्यसप्रकारको सन्देश दिंदै सीले चीनको पार्टीका ती दुवै प्रकारका अनुभवहरूबाट शिक्षा लिन नेकपाका नेताहरूलाई आह्वान गरेका छन् । चीनको पार्टीका अनुभवहरू मुख्य रूपले दक्षिणपन्थी संशोधनवादी पार्टी र पुँजीवादी विकासका अनुभवहरू हुन् । त्यसकारण तिनीहरूलाई सम्पूर्ण रूपमा सही भन्न मिल्दैन । तैपनि उनले नेकपालाई दिएको सन्देशले नेकपा वा नेपालका लागि केही सकारात्मक महत्व पनि राख्दछ । त्यसकारण यहाँ हामीले त्यसबारे केही प्रकाश हाल्ने प्रयत्न गर्दै छौँ । सीले उक्त दुवै भनाइहरूलाई एउटा भाइचारा पार्टीको हैसियतले मैत्रीपूर्ण र कुटनीतिक प्रकारले प्रस्तुत गरेका छन् । कुनै बच्चाले पढाइमा राम्रो ध्यान दिएन भने, उसका बाबु आमा वा शिक्षकले उसलाई पढाउनका लागि दुई प्रकारले प्रयत्न गर्न सक्दछन् ः प्रथम, हप्काएर, गाली गरेर वा पिटेर पनि पढ्न लगाउने । द्वितीय, उसलाई ‘किन पढिनस्’ भनेर कुनै प्रश्न वा आलोचना नगरिकन सकारात्मक र स्नेहपूर्वक पढ्नको लागि प्रोत्साहित गर्ने । तर, ती दुवै जुन तरिका अपनाए पनि उनीहरूको ध्यान वा चिन्ता बच्चाले नपढेको कुराप्रति नै हुन्छ र उनीहरूको प्रयत्न उसलाई पढ्न प्रोत्साहन वा मार्ग प्रदर्शन गर्नेपट्टि नै हुन्छ । त्यही कुरा चीनका राष्ट्रपतिले नेकपाका नेताहरूलाई दिएको सन्देशका सन्दर्भमा पनि सत्य हो । उनीहरूको सङ्गठनमा अनुशासन वा व्यवस्थाको अत्यन्त कमी छ । सीले सङ्केत गरे झै, उनीहरूको सङ्गठन ‘बैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले’ अत्यन्त कमजोर छ । सीले नेकपाका नेताहरूलाई सिंधै र ठाडो प्रकारले आलोचना गरेर होइन, मैत्रीपूर्ण कुटनीतिक शैलीमा नै नेकपाका नेताहरूको कार्यशैली वा सङ्गठनात्मक प्रणालीमा भएको कमजोरीको आलोचना गरेका छन् । सीको भनाइबाट प्रष्ट हुन्छ, नेकपाको कार्यशैली वा उनीहरूको प्रशासकीय प्रणालीमा उनीहरूको (नेकपाका नेताहरूको) कति गम्भीर प्रकारको कमजोरी रहेको छ र त्यो कारणले उनीहरू सत्ताबाट हट्ने कति धेरै खतरा छ, त्यो कुरा उनले राम्ररी बुझेका छन् । उनले नेकपाका नेताहरूलाई जुन सन्देश दिएका छन्, त्यसबाट प्रष्ट हुन्छ कि उनको मुख्य ध्यान उनीहरूको (नेकपाका नेताहरूको) शासन प्रणाली र सङ्गठनात्मक प्रणाली सही नभएको कार्यप्रति आलोचना नै थियो । यो आम रूपमा थाहा भएको कुरा होकि उनीहरूले जनताको मन जित्ने गरेर काम गर्न सकेका छैनन, त्यसले गर्दा जनमत लगातार उनीहरूका विरुद्ध बन्दै गइरहेको छ । उनीहरूको कार्यशैली अत्यन्त असन्तोषजनक प्रकारको छ । उनीहरूको सङ्गठनात्मक प्रणाली पनि अत्यन्त असन्तोषजनक प्रकारको छ । उनीहरूको सङ्गठनमा अनुशासन वा व्यवस्थाको अत्यन्त कमी छ । सीले सङ्केत गरे झै, उनीहरूको सङ्गठन ‘बैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले’ अत्यन्त कमजोर छ । उनीहरूले संसदमा तीन चौथाई बहुमत भएको आधारमा आफू शक्तिशाली भएको अनुभूति गरेको देखिन्छ । तर, सीले ठीकै भनेका छन्, ‘सत्ता कब्जाकै कारण’ कोही लामो समयसम्म सत्तामा रहन सक्दैन । त्यसका लागि एकातिर, जनताप्रति अपनाइने नीति र कार्यशैली सही हुनुपर्दछ, अर्कातिर, सङ्गठनात्मक प्रणाली सही र बलियो हुनुपर्दछ । तर, उक्त दुवै प्रश्नहरूमा नेकपामा गम्भीर प्रकारका कमजोरीहरू छन् । खास गरेर आज नेकपाको सरकार मात्र होइन, गणतन्त्रलाई उखेलेर फाल्नको लागि कैयौँ देशी र विदेशी शक्तिहरू सक्रिय भएको अवस्थामा आफ्नो कार्यशैली र सङ्गठनात्मक प्रणाली दुवैमा सुधार नगरेमा बर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने कुरा प्रष्ट छ । सामान्यतः नेकपाको सरकार टिक्छ वा टिक्दैन ? त्यो हाम्रो सरोकारको विषय होइन । तैपनि देशको अहिलेको अवस्थामाथि समग्ररूपले विचार गर्दा त्यो हामीसित वा सम्पूर्ण देशसित सम्बन्धित कुरा पनि हुन जान्छ । किनभने अहिलेको सरकारको पतन भयो भने देश प्रतिगमनको दिशामा जाने नै सम्भावना छ । त्यस्तो भयो भने त्यसबाट खाली नेकपालाई मात्र होइन, देशलाई नै गम्भीर क्षति पुग्ने छ । त्यसप्रकारको दुर्घटनाले नेपालको इतिहासलाई पनि लामो समयसम्म प्रभावित गर्नेछ । त्यस्तो हुन नदिनका लागि हाम्रो यो चिन्ता रहेको छ कि, प्रतिगामी शक्तिहरूको हमलाबाट वर्तमान सरकार नढलोस् र देशमा राजनीतिक अस्थिरता पैदा नहोस् र देश प्रतिगमनको दिशामा नजाओस् । हाम्रो, एकातिर, त्यो क्षेत्रमा भएको उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन र, अर्कातिर, नेकपाको सङ्गठनात्मक प्रणालीमा भएको हद दर्जाको अव्यवस्था र अनुशासनविहीनताको पृष्ठभूमिमा नै हामीले नेकपालाई चीनको पार्टीबाट त्यसबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ चीनको कम्युनिष्ट पार्टी अब कम्युनिष्ट पार्टी रहेको छैन र त्यो दक्षिणपन्थी संशोधनवादी पार्टी बनेको छ । तैपनि हामीलाई जानकारी भएसम्म त्यसको सङ्गठनात्मक प्रणाली वा अनुशासनको पक्ष धेरै नै बलियो छ । त्यसैले नेकपा र चीनको कम्युनिष्ट पार्टीको सहकार्यमा काठमाडौँमा सञ्चालित प्रशिक्षण कार्यक्रमका बेलामा २०७६ असोज ७ गते ‘सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम’ शीर्षकले प्रकाशित मेरो लेखमा मैले नेकपाले चीनको पार्टीबाट अनुशासनबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएको थिएँ । हामीले कतिपय प्रतिक्रियावादी वा बुर्जुवा शक्तिहरूबाट पनि शिक्षा लिनुपर्ने आवश्यकता हुन्छ । लेनिनले पुँजीपतिवर्गबाट विजीनेश र क्रिस्चियन धर्मबाट आफ्नो आस्थाअनुसार समर्पित भएर काम गर्ने स्प्रिटबाट शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएका थिए । भारतको राष्ट्रिय स्वयंसेवक सङ्घमा पनि अत्यन्त उच्च प्रकारको अनुशासन प्रणाली छ । त्यो कट्टरपन्थी हिन्दूवादी सङ्गठन हो । त्यसबाट पनि सिक्नुपर्ने आवश्यकतामा हामीले बारम्बार जोड दिने गरेका छौँ । त्यही प्रकारले चीनका राष्ट्रपतिले भ्रमणका सिलसिलामा जारी मेरो वक्तव्यमा पनि मैले चीनको पार्टीबाट नेकपाले शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएको थिए । त्यस विषयमा जोड दिने हामीले विशेष हैसियत पनि राख्दछौँ । किनभने, हामीले यो दावा गर्न सक्दछौँ, नेपालका सबै राजनीतिक पार्टी वा सङ्गठनहरू मध्ये हाम्रो पार्टीमा नै सबैभन्दा उच्च प्रकारको अनुशासन छ र त्यसलाई माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार सुदृढ पार्नका लागि हामीले लामो समयदेखि कडा सङ्घर्ष गर्दै आएका छौँ र अहिले पनि त्यसप्रति हाम्रो पूरा ध्यान छ । हाम्रो पार्टीको अन्य सबै राजनीतिक पार्टी वा सङ्गठनभन्दा उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन भएको हाम्रो दावीलाई के कसैले तथ्यका आधारमा आलोचना गर्‍यो भने हामीले त्यसप्रकारको आलोचनालाई स्वागत गर्ने छौँ । हाम्रो, एकातिर, त्यो क्षेत्रमा भएको उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन र, अर्कातिर, नेकपाको सङ्गठनात्मक प्रणालीमा भएको हद दर्जाको अव्यवस्था र अनुशासनविहीनताको पृष्ठभूमिमा नै हामीले नेकपालाई चीनको पार्टीबाट त्यसबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ र त्यसप्रकारको जोड दिने हाम्रो पार्टीले हैसियत पनि राख्दछ । तर, हामीले भन्न सक्दैनौँ, सीको शिक्षालाई नेकपाले कति गम्भीर रूपमा लिनेछ वा कार्यान्वयन गर्न सक्नेछ ? तैपनि यो खुसीको कुरा हो कि प्रचण्डले चीनको पार्टीबाट अनुशासनसम्बन्धी विषयमा शिक्षा लिने आवश्यकतामा जोड दिएर विचार प्रकट गरेका छन् । यस सन्दर्भममा हामीले एउटा अर्को कुराको चर्चा गर्नु पनि सायद अप्रासाङ्गिक हुने छैन । राष्ट्रियताका विषयमा त्यसले ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाइरहेको छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसप्रकारको सम्झौतापरस्त प्रवृत्ति भएपनि त्यो सिधै साम्राज्यवादी शक्तिहरूको पूरै दलाल भएको छैन । हाम्रो पार्टीको आठौँ महाधिवेशनले नेकपालाई देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति तथा मित्रशक्तिको रूपमा विश्लेषण गरेको छ । त्योसित हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक मतभेदहरू छन् र त्यसअनुसार हामीले लगातार सङ्घर्ष गर्दै आएका छौँ र गर्नु पनि पर्नेछ । तैपनि त्यो सङ्गठनलाई हामीले नेका, राप्रपा वा मधेशवादीहरू जस्तो प्रतिक्रियावादी र दुश्मन शक्ति मान्दैनौँ । अर्कातिर, त्यसका नीति र कार्यशैलीप्रति हाम्रा गम्भीर प्रकारका मतभेद भएपनि र त्यसकारण, आवश्यकतानुसार त्यसका विरुद्ध हामीले लगातार सङ्घर्ष गर्नुपर्ने आवश्यकता भएपनि गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा त्यसको स्पष्ट अडान छ भन्ने हाम्रो सोचाइ छ । त्यही कारणले सबै राजावादी वा प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई अपदस्थ गर्नका लागि लगातार अभियान चलाइरहेका छन् । राष्ट्रियताका विषयमा त्यसले ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाइरहेको छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसप्रकारको सम्झौतापरस्त प्रवृत्ति भएपनि त्यो सिधै साम्राज्यवादी शक्तिहरूको पूरै दलाल भएको छैन । त्यसैले साम्राज्यवादीहरूले त्यसलाई पूरै समर्थन गर्दैनन् र एक वा अर्को प्रकारले त्यसलाई कमजोर पार्ने वा अपदस्थ गर्ने षडयन्त्र गरिरहेका छन् । हामीहरूको स्पष्ट मत छ कि अहिलेको स्थितिमा नेकपाको सरकार ढल्यो भने त्यसबाट देशी वा विदेशी प्रतिक्रियावादीहरूलाई नै मद्दत पुग्ने छ । तर, सामान्यतः देशी वा विदेशी शक्तिहरूको प्रभावशाली प्रकारले सामना गर्नका लागि र विशेषतः गणतन्त्रको रक्षाका लागि, अर्काशब्दमा, देशलाई प्रतिगमनमा जानबाट बचाउनका लागि सङ्गठनात्मक रूपले पनि त्यो अनुशासित र बलियो हुनुपर्दछ भन्ने हाम्रो सोचाइ रहेको छ । त्यसैले हामीले सीको सङ्गठनात्मक प्रणाली वा अनुशासनबारे चीनको पार्टीबाट शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएका छौँ । निश्चय नै, यो हाम्रो मैत्रीपूर्ण सल्लाह हो । नेकपाले सीमित रूपमा भए पनि सीले प्रकट गरेको त्यसप्रकारको विचारलाई अपनाउन सकेमा त्यसबाट नेकपाको सङ्गठन, राष्ट्रियता र देशको विकासका लागि पनि मद्दत पुग्न सक्ने थियो । चीनले पुँजीवादको बाटो समातेको भएपनि त्यसले जुन विकास गरिरहेको छ, त्यो उल्लेखनीय छ । सीको भ्रमणको सिलसिलामा जारी गरिएको हाम्रो पार्टीको वक्तव्यमा चीनले कसरी त्यसप्रकारको विकास गरिरहेको छ ? त्यसबाट नेकपाले सिक्नुपर्ने आवश्यकता जोड दिएको थियो । वास्तविकता यो हो कि अहिले नेकपाको सरकारको नेतृत्वमा जुन विकास कार्यहरू भइरहेका छन्, ती अत्यन्त असन्तोषजनक प्रकारका छन् । प्रथमतः, विकासको ठूलो रकम खर्च नै हुँदैन । द्वितीय, त्यसमा पनि ठूलो भ्रष्टाचार हुन्छ । त्यसले गर्दा देशको विकास लगातार अबरुद्ध हुने गरेको छ । त्यसप्रकारको पृष्ठभूमिमा चीनको विकाससम्बन्धी अनुभवबाट शिक्षा लिएर नेकपाको सरकारले विकास कार्यमा ध्यान दिन सक्यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ । तर, आज देशमा विभिन्न माफिया ग्रूप, भ्रष्ट प्रशासनतन्त्र, देशी विदेशी वा दलाल पुँजीपतिहरूको जुन व्यापक सञ्जाल छ, के त्यसबाट सरकार बाहिर निस्कन सक्नेछ ? देशको विकासका लागि त्यो निर्णयात्मक महत्वको कुरा हो । सीले आफ्नो संदेशमा “प्रभूत्ववाद, नवउपनिवेशवाद र एकत्ववाद विरुद्ध …. अझै जुध्नुपर्ने अवस्था रहेको” बताएका छन् । नेकपाले सीको यो विचार प्रति पनि ध्यान दिनुपर्ने आवश्यकता छ । उनीहरूले, साम्राज्यवाद, नवउपनिवेशवाद, प्रभूत्ववाद प्रति सम्झौतापरस्त नीति अपनाउने गरेका छन् र उनीहरूप्रतिको विरोध वा सङ्घर्षको नीतिलाई पूरै जस्तो तिलाञ्जली दिएका छन् वा एक वा अर्को प्रकारले सम्झौतापरस्त नीति अपनाएका छन् । नेकपाले अपनाएको त्यसप्रकारको नीतिले सीको अमेरिका, भारत वा कुनै पनि साम्राज्यवादी वा नवउपनिवेशवादका “विरुद्ध अझै जुध्नुपर्ने आवश्यकता भएको” सोचाइसित मेल खान्न । नेकपाले सीमित रूपमा भए पनि सीले प्रकट गरेको त्यसप्रकारको विचारलाई अपनाउन सकेमा त्यसबाट नेकपाको सङ्गठन, राष्ट्रियता र देशको विकासका लागि पनि मद्दत पुग्न सक्ने थियो । सीको त्यसप्रकारको मन्तव्यपछि नेकपाले पुरानै प्रकारको नीति अपनाइरहने छ वा त्यसमा केही सुधार गर्ने छ ? हामीले आशा गर्दछौँ, नेकपाले सीका सकारात्मक विचारहरूलाई आफ्नो सङ्गठन र देशको विकासका सन्दर्भमा पनि अपनाउने प्रयत्न गर्नेछ । .२०७६ असोज २८ गते फिचर तस्वीरः न्यूयोर्क टाइम्सबाट

राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान

नारायण ढुङ्गानाः राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो । आज स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनको बिदाइ स्वरुप आयोजना गरिएको मौलिक नृत्यमा उनी केही बेर टक्क अडिए । नृत्य अवलोकनका समय उनको मुहारमा मन्द मुस्कान झल्किएको थियो । उनका सामु कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउरे, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरेका थिए । त्यसो त नेपाली मौलिक पोशाकमा सजिएर उनको बिदाइमा लामबद्ध विद्यार्थी र बालबालिकासँग औधी रमाउँदै उहाँले केही बेर भलाकुसारीसमेत गरे । बालबालिकाले चिनियाँ भाषाको प्रयोग गरेर नेपाल भ्रमण गर्नुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद भन्दै भेट्न पाएकोमा खुसी व्यक्त गर्दा र बिदाइको हात हल्लाउँदा चिनियाँ भाषामै उेनले बालबालिकालाई धन्यवाद फर्काएका थिए । विमानस्थलको विशिष्ट कक्षमा बालबालिका र विद्यार्थीले नेपाली र चिनियाँ झण्डा फहराएर शनिबार उनको स्वागत र आइतबार बिदाइ गरेका थिए । स्वागतका क्रममा बालबालिकासँग निक्कै खुसी देखिएका राष्ट्रपति सी बिदाइका क्रममा नेपालको सातै प्रदेशको पहिचान झल्कने मौलिक पोशाक लगाएर कलाकारले प्रस्तुत गरेको नृत्यमा भरपुर मनोरञ्जन लिए । एक जना बालिका भिन्तुना श्रेष्ठ चीनका राष्ट्रपति सीलाई नजिकबाट देख्न र आफ्नो मौलिक पहिचान देखाउन पाउँदा निक्कै खुसी लागेको प्रतिक्रिया दिए । सीको शारीरिक हाउभाउले नै नेपालीको न्यानो स्वागत र मौलिक नृत्यबाट प्रभावित भएको प्रष्टिन्थ्यो । त्यसो त शनिबारको रात्रीभोजका क्रममा उनले नेपालीको सामाजिक सद्भाव देख्दा हर्षित भएको प्रतिक्रिया दिए । त्यसो त दुईदिने भ्रमणका क्रममा आउँदा र जाँदा नै विमानस्थलदेखि राष्ट्रपति भवन र निवास होटल सोल्टीको सडकसम्मै सजाइएको दृष्यले उनलाई प्रफुल्लित बनाएको विश्वास गर्न सकिन्छ । राष्ट्रपति सीले विमानस्थलमा प्रवेश गर्नुअघि विशिष्ट कक्षको अन्तिम द्वारमा पुगेपछि पुनः फर्किएर हात हल्लाउँदै सबैलाई अभिभावदन गर्दा विशिष्ट कक्ष बिदाइका स्वरले गुञ्जिएको थियो । सो क्रममा कलाकार र बालबालिकाले पुष्पगुच्छा र दुवै देशको झण्डा फहराएर बाईबाई गरेका थिए । आज राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर बिदाइ गरेकी थिइन् । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलेले बिदाइ गरेका थिए । चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारी र सरकारी अधिकारीको उपस्थिति थियो । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी तथा सम्मान गारत प्रदान गरेको थियो । भ्रमणका क्रममा सर्वसाधारण, सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुले उहाँलाई सडकमै बसेर स्वागत गरेका थिए । उनको स्वागत तथा सम्मानका लागि काठमाडौँका विभिन्न क्षेत्र चिटिक्क पारिएको थियो । शनिबार अपराह्न ४ः४५ बजे विमानस्थल टेक्नुभएका सीले झण्डै २२ घण्टा नेपालमा रही आज अपराह्न २४४ मा स्वदेश फर्किए । उनको बिदाइ र स्वागतमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो । कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उहाँको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो । ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’, लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । चिनियाँ विशिष्ट पाहुनाको स्वागतमा राष्ट्रपति भण्डारीले शनिबार आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुँदै सीले दुई देशको मित्रता अझै प्रगाढ बनेर जाने प्रतिबद्धता जनाए । राष्ट्रपति भण्डारीले पनि दुई देशको सम्बन्ध सगरमाथा जस्तै उच्च र सागर जस्तै गहिरो रहेको भन्दै भ्रमणले सम्बन्धमा अझै उचाइमा थपेको उल्लेख गरेकी थिइन् । भ्रमणका क्रममा आज सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरसमेत भएको छ । यसअघि उनले बिहान नेपाल कम्युष्निट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । यस्तै अन्य नेताहरुसँग भेटघाट गरी दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न आग्रह गरेका थिए । शनिबार साँझ उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । रासस

कांग्रेस चियापान समारोहः राष्ट्रिय एकता र मेलमिलापको कडी

सानेपा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले आयोजना गरेको ‘चियापान’ समारोह राष्ट्रिय एकता, राजनीतिक सहमति तथा मेल मिलापको कडी बनेको बताएका छन् । प्रतिपक्ष दल तथा काँग्रेस पार्टीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ तथा ल्होसार पर्वको अवसरमा आइतवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जननायक वीपी कोइराला ३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा काँग्रेस पार्टीले २०३५ सालदेखि प्रत्येक वर्ष दशैं कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान गर्दै आएको छ । यस किसिमको चियापान कार्यक्रमले शान्ति, संविधान र लोकतन्त्रको सहयात्रामा सबैलाई एउटै मार्गमा हिडाउन सहयोग पुर्याएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले हाम्रा चाडपर्व, धर्म र संस्कृतिले टाढिएका मनलाई नजिक र आपसी सु–सम्वन्ध विस्तार गर्न सहयोग पुर्याएको बताए । पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँगको आफ्नो सम्वन्ध ४५ वर्ष पुरानो रहेको स्मरण गराउर्दै उहाँले यस किसिमको धार्मिक तथा साँस्कृतिक परम्पराले राजनीतिक मतभेद र अविश्वास हटेर जानुका साथै राष्ट्र निर्माणको अभियानमा सबैलाई एकैस्थानमा ल्याउन सहयोग पुग्ने धारणा राखे । चाडपर्व मनाउने नाममा फजुल खर्च, जुवातास लगायतका गलत क्रियाकलापबाट टाढै रहन शुभकामना दिँदै उनले नराम्रो कामको पछि नलाग्न र राम्रो कामको सबैले अनुशरण गर्न सुझाव दिए । सत्यको विजय असत्यको हार धार्मिक मूल्यमान्यता नै रहेको भनाई उनको थियो । त्यस्तैं, पार्टी सभापति शेरबहादुर देउवाले जननायक वीपीले राष्ट्रिय एकता, अखण्डता र आपसी मेलमिलापलाई मजवुत तुल्याउन शुरु गर्नु भएको चियापान समारोह राष्ट्रिय राजनीति सन्तुलन, विकास र मिलापका लागि मियो बन्दै गएको बताए । यस किसिमको चियापानले विभिन्न राजनीति पार्टीहरूबीचको आपसी मतभेदलाई हटाउनका अतिरिक्त सहमतिको वातावरण निर्माण गरी ठूलठूला राजनीतिक समस्या समाधान गर्न सहयोग पुर्याएको स्मरण पनि उनले गराए । छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक भेटवार्ता एतिहासिक भएको स्मरण गराउर्दै सभापति देउवाले राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल–चीनबीचको घनिष्ट सम्वन्धलाई थप उचाईमा पुर्याएको बताए । राष्ट्रपति सीले चीनको औपचारिक भ्रमणका लागि गर्नु भएको आमन्त्रणलाई आफूले स्वीकार गरेको जानकारी उनले दिए । हामी एकचीन नीतिप्रति हामी प्रतिवद्ध छौं उनले थपे– चीनले गरेको उपलब्धिबाट हामीले धेरै कुरा सिक्न जरुरी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले काँग्रेसले आयोजना गर्ने चियापान साँस्कृति चाडपर्वसंगमात्र नभइ राष्ट्रिय राजनीतिमा सहमति–सहकार्य गर्ने अक्षुण सम्वन्ध बनेको बताए । वर्तमान परिवर्तनको सहयात्राको साक्षी पनि यस्तैँ सहमति र सहकार्य नै भएको उल्लेख गर्दै उनले भने–राजनीतिमा असम्भव केही छैन, फेरी पनि राजनीतिले कोल्टे फेर्न सक्छ । उनले तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको सहमति परिवर्तनको मुख्य आधार भएको स्मरण गराए । चियापान समारोह दिउँसो दुईवजेबाट शुरु भए पनि सहभागीको संख्या साँझसम्म रहेको थियो । काँग्रेस पार्टी प्रवक्ता विश्वराज शर्माले एकलाख भन्दा बढीको सहभागीता रहने अनुमान गरिएको बताए । यस पटकको चियापान कार्यक्रम भब्य र सभ्य रहेको थियो । चियापानमा सहभागी नेताहरूको संक्षिप्त प्रतिक्रिया– झलनाथ खनाल– (पूर्वप्रधानमन्त्री) नेपाली काँग्रेसले शुरु गरेको यही एतिहासिक सम्वन्धका कारण मुलुकमा आमूल परिवर्तन आएको छ । यसलाई संस्थागत गर्न अझै सहमतिबाट नै अगाडि बढ्न आवश्यक छ । दशै, तिहार, नेपाल सम्वत, छठ, उधौली–उभौली जस्ता चाडपर्वहरूले राजनीति विचारलाई मात्र नभइ सम्पूर्ण नेपालीलाई एकशुत्रमा बाँधेको छ । माधवकुमार नेपाल– (पूर्वप्रधानमन्त्री) नेपालीहरुले मनाउने चाडपर्व, धर्म संस्कृतिहरू एउटा परिवारमा मात्र सीमित नभएर सबैले (एकले अर्काको चाडपर्व तथा संस्कृति ) मनाउने गरेका छन् । यो नै नेपाली समाजको विविधतामा एकता हो । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण एतिहासिक र उपलब्ध मूलुक बनेकोमा गर्व गर्नुपर्छ । डा. बाबुराम भट्टराई– (पूर्वप्रधानमन्त्री) नेपाली काँग्रेस देशकै जेठो पार्टी हो । यसले बसालेको परम्परा जीवन्त इतिहास हुने गरेको छ । संघीय लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न काँग्रेसले नै अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्छ । यो दिनले सबैमा सुख, शान्ति र समृद्धि ल्याउनेमा कामना गर्दछु । महन्थ ठाकुर–नेता (राजपा), काँग्रेसको चियापान राष्ट्रिय एकता र मेलमिलापको प्रति हो । यो हामी नेपालीहरूले मनाउने चाडपर्व र संस्कृतिसंग मात्र सम्वन्धित छैन । राष्ट्रिय राजनीतिलाई एउटै स्थानमा समेट्न सफल छ । नारायाणकाजी श्रेष्ठ–प्रवक्ता (नेपाल कम्युनिष्ट पार्नी (नेकपा)– आपसी सहयोग, सद्भाव र सहकार्य गर्न तथा सबै नेपालीमा एकताको भावना जागृत गर्न यस दिनले विशेष अर्थ राख्छ । चियापानलाई चियापानको रुपमा मात्र नभइ आर्थिक सृमद्धि र जनताको जीवन परिवर्तनमा देख्नु पर्ने वेला आएको छ । रेडियाे नेपालबाट

दसैंमा कसरी बनाउने मासुका परिकार? जान्नुहोस् तरिका

काठमाडौंः  स्वादिलो खाना खान मन मात्र भएर पनि हुँदैन। खानालाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। मासु त भान्सामा छुट्दै छुट्दैन। दसैंको मुख्य परिकारनै मासु हो भन्दा फरक पर्दैन। अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै उत्साह थपिदिन्छ। अन्य समय भन्दा दशैंको बेला मासुको परिकार धेरै बनाउन सकिन्छ। जस्तै पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु। हामीले केही परिकार बनाउने तरिकाबारे यहाँ चर्चा गर्दैछौं। १ पकवा कवाव हड्डी नभएको खसीको मासुमा थोरै जिरा र धनियाको धुलो, प्याज, लसुन, अदुवा, खुसार्नी, बेसारको धुलो, थोरै खाने तेल तथा शुद्ध घ्यू, स्वाद अनुसारको नुन र दही, तेजपत्ता मिसाएर मोल्ने। त्यसपछि कुकरमा सानो आगोमा पकाउने। यसरी पकाउँदा मिसाएका मसलाहरु मासु सँगै पाकिरहन्छ र यसमा घ्यू राखेका कारण यसलाई २र४ दिनसम्म पनि राखेर खान सकिन्छ। २ मासुको रस हड्डी भएको मासुलाई छुट्टाउने। थोरै तेलमा प्याजलाई भुट्ने, त्यसपछि मासु, बेसार हालेर सानो आगोमा पकाउने। अलि पाके जस्तो भएपछि जिरा, धनिया, ल्वाङ सुक्मेल र खुर्सानीको धुलो राखेर चलाउने, स्वाद अनुसारको गोलभेडा सानो काटेर राख्ने र चाहिने जती पानी हालेर सिठ्ठी लगाउने। ४ देखि ५ सिट्टी लगाउने। र मासु पाकिसकेपछि लसुन, अदुवाको पेष्टलाई मासुमा हाल्ने। हरियो धनियालाई काटेर मासुमा मिसाउने र ५ मिनेटसम्म छोपिदिने। अब मासुको मिठो रस खान सकिन्छ। ३ ग्रेभी मासु हड्डी र मासु भएको मासु छान्ने। थोरै तेलमा प्याज, बेसार भुट्ने, मासु हाल्ने र पकाउने। गोलभेडा र दहि राखेर चलाउने स्वाद अनुसारको नुन र खुर्सानीको धुलो, अदुवा, लसुनको पेष्ट हाल्ने र चाहिए जती पानी राखेर बढिमा २ सिठ्ठी लगाउने। यसरी मासुको मिठो ग्रेभी पकाएर खान सकिन्छ। ४ भुटनररक्ती शुरुमा खसीको आन्द्रा भुडीलाई तातो पानीमा उमाल्ने त्यसमा थोरै टिमुर, अदुवाको २,३ टुक्रा काटेर राख्ने। आन्द्रा भुडीको फोहोर र गन्ध गएपछि सफा पानीले पखाल्ने। त्यसपछि आन्द्रा भुडीलाई सानो सानो पिस बनाएर काट्ने। अनि थोरै खाने तेल राखेर राम्रोसँग भुट्ने। भुटिसकेपछि त्यसमा टिमुर, नुन, खुर्सानीको धुलो राखेर सानो आगोमा पकाउने। अनि यो तयार हुन्छ। भुटनको मसला भनेको नै टिमुर हो । टिमुर हालेपछि अरु मरमसला स्वाद अनुसार हाल्न सकिन्छ। त्यस्तै, रक्ती पकाउँदा शुरुमा तेल तताउने र ज्वानो, बेसार र रक्ती हालेर भुट्ने। स्वाद अनुसारको नुन राख्ने। रक्तीको मसला ज्वानो हो। ज्वानो हाले पछि अन्य मरमसला हालिरहन पर्दैन। ५ चिकेन पोलेको कुखुराको हाड नभएको मासुमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धुलो, हरियो खुर्सानी पिसेको, नेपाली मसला, बेसार, तोरीको तेल, नुन स्वाद अनुसार राखेर मोल्ने। भाँडोमा तेल तताएर मेथी अनि मोलेको चिकेनमा झानिदिने। झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने। फ्रिज छैन भने यत्तिकै राख्न पनि सकिन्छ। यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ। यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ। ६ छोयला दसैंमा पकाइने मासुको परिकार अन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। जुनसुकै मासु भए पनि छोयला बनाउने विधि भने एउटै रहेको हुन्छ। मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ। ७ साधेको कुखुराको मासु कुखुराको मासुका पिस पानीमा उमाल्ने। करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ। पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने। उमालेको पानी निकाल्नुपर्छ। मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने। केही बेर यत्तिकै राख्ने। अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने। तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने। तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने। फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने। केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ। ८ खसीको खुट्टाको सुप खसीको खुट्टको सुप बनाउदा शुरुमा तेलमा प्याज भुट्ने। त्यसपछि खसीको खुट्टामा हरियो मुङको दाल, अदुवा, लसुन र मसला राख्ने र मज्जाले भुट्ने। भुटीसकेपछि पानी राखेर खुट्टाको हड्डी नगलुन्जेलसम्म सिठ्ठी लगाइ रहने। हड्डी नरम भएपछि सुप खान सकिन्छ। मासुका यी परिकारहरु तयार पार्ने विधि शारदा ज्ञवालीको सहयोगमा तयार पारिएको हो। उनी डेभलेप्मेनट कन्सल्टेन्ट हुन् तर उनको रुची विभिन्न परिकार बनाउनु पनि हो। ज्ञवाली ट्रेडिसनल फुडको प्रमोटर पनि हुन्। उनले हालै ‘नेपाली होम कुकिङ अफ हेल्दी लिभिङ’ नामक किताब पनि लेखेकी छन्। जसमा विभिन्न नेपाली खानाका परिकारहरु बारे उल्लेख गरिएको छ। नागरिक दैनिकबाट

कस्तो छ आज तपाइको भाग्य? यस्तो भन्छ राशिफल

वि.सं.२०७६ साल असोज २० गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर ०७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि नवमी,२२ घडी ४६ पला,दिउसो ०३ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र उत्तरषाढा,३६ घडी ४४ पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त श्रवण । योग सुकर्मा,५४ घडी ३९ पला,रातको ०३ बजेर ५१ मिनेट उप्रान्त कृति । करण कौलव,दिउसो ०३ बजेर ०६ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा मृत्यु योग । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)– व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कामको खाेजिमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रसन्न रहनेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)– समाजमा तारिफ योग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)– समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)– लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथीसँग आत्मीयताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)– व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समाधान हुने योग रहेको छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हँसिला होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)– समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ । वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)– विवादित विषयहरू तपाईँकै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धात्मक पछि पार्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पढाई लेखाइमा मन जाने छैन भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)– सन्तानबाट सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यसरी सिंगारिँदै छ काठमाडौं (फोटोफिचर)

काठमाडौंः चीनका राष्ट्रपति सी चिनफिङको यही असोज अन्तिम साता गर्ने राजकीय भ्रमणको लागि राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाइएको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ। फोटोः रासस        

फिल्मी शैलीमा पल्सर २२० चोरी !

काठमाडाैं– टेस्ट ड्राइभ गर्ने बहानामा बजाज कम्पनीको पल्सर २२० सीसी इन्जिन क्षमताको मोटरसाइकल चोरी भएको छ । फिल्मी शैलीमा मोटरसाइकल चोरी भएको हो । एकजना अपरिचित युवाले सेकेण्ड ह्याण्ड बाइक चाहिएको भन्दै चाबहिलस्थित गंगाहिटीका एक व्यापारीलाई भनेपछि उनले आफ्नो भाइको मोटरसाइकल वेचिदिने चाजोपाजो मिलाए । मोटरसाइकल नहेरीकनै चोरले बाइकको मूल्य तोकिदियो २ लाख २५ हजार । बा९८प ६४३२ नम्बरको मोटरसाइकल वेच्ने तयारी भएपछि दैलोज क्याफे चाबहिलमा एकछिन बसेर छलफल जस्तो भयो । त्यसपछि चोरले बाइक टेस्ट ड्राइभ गर्छु भनेर हुइँक्यायो । ए भाई पर्ख न म पनि जान्छु भन्दा उ टाप कस्यो । बाइक चोरी भयो । यस्तो थियो घटनाक्रमः बाइक चोर ४/५ दिनदेखि त्यो क्षेत्रमा आउने बस्ने चिया चुरोट खाने गर्थ्यो । उ सधै बिहान ७ बजे नै आउथ्यो र साझँ ८ बजे फर्किन्थ्यो । किराना पसल चलाउदै आएका राजेश खड्का (राजेन्द्र) पसलमा व्यस्त हुन्थ्ये । तर, त्यो चोर बेलाबेलामा आएर दाई मलाई एउटा पल्सर २२० चाहियो, छ भने कतै हेरिदिनुस न है भनेर भन्न थाल्यो । उनले त्यसैमा भाईको बाइक वेच्ने निर्णय गर्न पुगे । उनले चाबहिलको गंगाहिटीमा पसल चलाउन थालेकै ९ वर्ष भइसकेको छ । त्यो क्षेत्रका व्यापारी उनले उसको नाम नी सोधेनन् । ठेगाना सम्म सोधेनन् । तर उसले एउटा फोन नम्बर दिएको थियो । त्यो नम्बर अर्कैको परेछ । २०१७ मोडलको मोटरसाइकल झण्डै १६ हजार हाराहारीमा गुडेको हुँदो हो । 3EY3HCF65173 च्यासिस नम्बर र DLC4CHF54780 इन्जिन नम्बर भएको २२० पल्सर यसरी एकाएक चोरी होला त्यो पनि किन्छु भन्ने मान्छेबाट राजेन्द्रलाई शंका नै लागेन । उसको कुरा सुनेपछि राजेन्द्रले आफ्नै भाइको कालो रातो रंगको २२० पल्सर मोटरसाइकल वेच्ने निर्णय गरे । चोरले मोटरसाइकल नहेरीकन नै मूल्य तोकिदियो २ लाख २५ हजार । उनी भनेको भन्दा केहि राम्रो दाम आउने देकेपछि मख्ख परे । चोरलाई आफ्नै मोटरसाइकलमा बोकेर पुगे, दैलोज क्याफे अगाडी । उसले त्यहाँ आफ्ना केहि साथीहरु समेत तयार पारेर राखेको रहेछ । तर, उनलाई यसबारे कुनै जानकारी नै भएन् । क्याफेमा चोरका साथीहरु समेत रहेछन् । त्यसको समेत वास्ता भएन् । मोटरसाइकल वेच्ने हतारो न थियो । चोरले मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दा बाइकको चाबी दिएका राजेन्द्रले ए भाई नभन्दै उसले बाइक स्टार्ट गरेर हिडिसकेको थियो । एकछिन त पछाडी पछाडी कुदे । तर, उनको केहि सीप चलेन । बाइक चोरी भयो । प्रहरीलाई उनले फपोन गरेर जानकारी गराए तर, बाइक भने पत्तो लागेन् । उनी बाइक चोरीको पीडाले रनथनिएर ट्राफिक कार्यालय बग्गीखाना पुगे । त्यहाँ उनले देखे त्यहि चोरको फोटो । त्यो पनि बाइक चोरको लिस्टमा । फेरी दैलोज क्याफेमा पुगेर सीसी टिभि फुटेज हेरे । त्यहाँ बाइक चोरीको सबै घटना रेकर्ड भएको रहेछ । उनी अवाक बने । चोरले कसरी झुक्यायो भन्नेबारे उनी आजसम्म अचम्मित बन्छन् । उनी मोटरसाइकल प्रहरीले फेला पारिदिन्छ की भनेर आशा भने मारेका छैनन् । उनले उजुरी सम्बन्धित निकायमा दिएका छन् । तर, मोटरसाइकल भेटिएला नै भनेर भने ढुक्क छैनन् । लुम्बिनी डट.कमबाट साभार

‘ट्राउट’ माछापालनबाट वार्षिक ३० लाख आम्दानी

मेलम्ची– हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । वि.सं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुपर्यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो । विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् । माछापालनबाट रु ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनका लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । “यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछापालनबारे सिक्न आउने गर्छन्’ उत्तममणि भण्डारीले भने, “बजारयोग्य माछाका लागि दुई वर्षको समय कुर्नुपर्ने हुन्छ ।” पाँच रोपनी जग्गा पोखरी बनाएर गरिएको माछापालनमा वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताए । “गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो”, उत्तममणिले भने । शुरु गर्दा भालेपोथी छनोट, अण्डा निर्चोने, ‘स्पोन’ सङ्कलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताए । “माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो”, उनले भने । त्यसैले प्लान फिल्टर राखेर माछालाई स्वथ्यकर राखिन्छ । ‘एका’, ‘एभिलेन्स,’ ‘फिङ्गरलेन्स’ हँुदै एउटा अण्डारुपी माछालाई प्वाँखले फिट्ने गरिन्छ । दुई, हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । ‘आइडेग’ र ढुसीलाई पन्छाएर तीन हप्तापिच्छै जाँच गरेर बल्ल १२÷१८ महीनाको कुराइपछि माछाले भुराको रुप लिन्छ । “प्रत्येक कात्तिक महीनामा सूचि बनाएर काम गर्ने गर्छौं”, किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछापालन गरिरहेकी माया तामाङले भने । परिपक्व भएका माछा र अन्यलाई गणनात्मकरुपमा अलग छुट्याइने गरिएको उनले भने, “यहाँ उत्पादित माछा यहीका रिसोर्ट, होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ ।” माछाबाट वार्षिक रु ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ थियो । माछालाई स्वस्थ्य राख्नका लागि नूनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ । ट्राउट माछाको माग बजारमा सधैँ बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बुभर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ । जिल्लाको भोटेकोशी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगरक्षेत्रमा व्यावसायिकरुपमा ‘रेन्बो ट्राउट’ माछापालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फार्म रहेको र त्यसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्याङ्क छ । रासस

कस्तो छ आज तपाइको भाग्य? हेर्नुस् राशिफल

मेष– आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । वृष– नाता-कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । मिथुन– आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । कर्कट– वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । सिंह– आज उपहार पाईने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । कन्या– धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । तुला– कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । आफन्त रमाईलो भेटघाटपनि हुनेछ । वृश्चिक– आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनु– तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । मकर– मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला । कुम्भ– धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मीन– व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । आज हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि हो । ज्यो.प. नारायणप्रसाद दुलाल

आज शुक्रबार, कस्तो छ तपाइको राशिफल?

वि.सं.२०७६ साल असोज १७ गते । शुक्रबार । ईश्वी सन् २०१९ अक्टोबर ०४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि षष्ठि, २१ घडी ०८ पला, दिउँसो ०२ बजेर २५ मिनेट उप्रान्त सप्तमी । मेष– सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाइनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । वृष– व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । मिथुन– मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरू तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङ्ग शरीरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । कर्कट– बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सिंह– कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । कन्या– प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ । तुला– काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । वृश्चिक– परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । धनु– पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रज सँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । मकर– शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाँफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । कुम्भ– गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । मीन– अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एका अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । ज्योतिषी गणेश काफ्ले ।

चीनले बनायो ९८ फुटबल मैदान बराबरको विशाल विमानस्थल (तस्बिर सहित)

चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल विमानस्थल सञ्चालनमा आएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे। उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ। तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ। नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ। ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।    

आज सोमबार, कस्तो छ तपाइको राशिफल?

मेष– पाचन प्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृष– बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मिथुन– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कर्कट– रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सिंह– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । धनु– विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कन्या– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । तुला– प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । वृश्चिक– अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । धनु– साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला । कुम्भ– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कुम्भ– शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । मीन– पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

यी हुन् शरीरका प्रत्येक अङ्ग दान गर्ने अभिनेता

शरीरका अङ्ग दान गर्ने कैयन व्यक्तिको सूचिमा थपिएका छन् राहुल बोस । फरक किसिमका चलचित्रमा आफ्नो उत्कृष्ट अभिनयका कारण चर्चित राहुल बोसले हालै मात्र आफ्नो अंग दान गर्ने घोषणा गरेका हुन । तर उनले आँखा या किड्नी य कुनै एक अंग मात्र दान गर्ने कुरा गरेका होइनन् । बरु उनले आफ्नो शरीरका सबै अंग दान गर्ने बताएका छन् । एउटा अन्तर्वाताको क्रममा राहुलले हाड, टिश्युज, आँखाको कर्नियादेखि शरीरका हरेक अंग दान गर्ने बताएका छन् । “म यो निर्णयले औधी खुसी भएको छु ।” उनले भनेका छन् । राहुलले २४ सेप्टेम्बरका दिन सिआईआई इण्डियन वुमेन नेटवर्क र योंग इण्डियन्स दिल्ली च्याप्टरद्वारा सञ्चालित एउटा छलफल कार्यक्रममा पेनालिष्टका रुपमा सहभागी हुने र सोही अवसरमा अंगदानको आधिकारिक घोषणमा पनि हस्ताक्षर गर्ने छन् । “म २४ सालदेखि यस्ता कैयन् अभियानमा सहभागी छु ।” उनले भनेका छन्, “मलाई यस्ता कुरा गर्न मन पर्छ, जसबाट मानिसहरुले राम्रो जीवन बाँच्न सकून ।”

यो हो घरमा पनि बिजुली दिने कार

काठमाडौं, प्रसिद्ध अटोमोबाईल कम्पनी निसान र इडिएफले बेलायत, फ्रान्स, बेल्जियम र इटालीमा इलेक्ट्रिक मोबिलिटीको वितरणमा तीब्रता ल्याउन साझेदारी गरेका छन् । दुबै कम्पनीको यो साझेदारी खासगरी स्मार्ट चार्जिङ सोलुसन अर्थात भेहिकल टु ग्रिड चार्जरको विकासमा केन्द्रीत हुने छ । यसले इलेक्ट्रिक बाहनको चार्जिङ या डिस्चार्जिलाई अप्टिमाईज गर्न मद्दत पुर्याउने छ । रोचक कुरा के छ भने कारमा संग्रहित उर्जालाई ग्रिडमा फेरी आपूर्ति गर्न सकिने छ । अनि यसको उपयोग घरमा बिजुली दिन प्रयोग गर्न सकिन्छ । यसमा निसानले भिटुजी अर्थात भेहिकल टु ग्रीड इभिएसको विकास र बिक्री गर्नेछ र इडिएफ समूहले भिटुजीलाई चार्जिङ समाधान प्रदान गर्ने छ । निसानका अनुसार, यो प्रविधिले बिजुली ग्रीडलाई महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै व्यवसाया नयाँ वित्तिय अवसर समेत प्रदान गर्ने छ । साझेदारीका बारेमा कुरा गर्दै यूरोपमा निशान इनर्जीका प्रबन्ध निर्देशक फ्रान्सिस्को कारन्जाले भने, “चार प्रमुख यूरोपियन बजारमा एडिएफसँग यो नयाँ साझेदारीले इलेक्ट्रि सिष्टमतर्फ हाम्रो ध्यान झन बढिरहेको दर्शाउँछ ”