भुसाल भन्छन्: बहुमत-अल्पमतकाे शुरुआत गर्ने ओली नै हुन- माधव विदेश गएकाे बेला गरेका थिए निर्णय

बैठकमा दुई अध्यक्षको सहमतिमा प्रस्ताव ल्याउने भनेको एउटा विशिष्ट अवस्थाको लागि हामीले तय गरेको विधि हो । तर, गत साल मंसिरको स्थायी कमिटीको बैठकमा पनि अध्यक्ष प्रचण्डले एक्लै लेखेर प्रतिवेदन पेस गर्नुभएको थियो । त्यसकारण एउटा अध्यक्षले पेस गर्न सक्दैन भन्ने छैन, होइन । त्यतिबेला अर्को अध्यक्षसँग सामान्य परामर्शमात्रै गरेर प्रतिवेदन लेख्नु भएको थियो । प्रतिवेदनको अलि–अलि विरोध पनि भएको थियो । तर, दुई अध्यक्षबीच त्यसबेला अहिलेजस्तो ठूलो भिन्नता थिएन ।

पार्टी कामको मूख्य जिम्मेवार बनाइएको अध्यक्षले पार्टीमा देखापरेका समस्याबारे लिखित आफ्नो धारणा पेस गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठ्यो । सरकारको कामको प्रतिवेदन प्रधानमन्त्रीले दिने हो । पार्टी कामको मुख्य जिम्मा दिइएको अध्यक्षले लिखित प्रस्ताव ल्याउन पाउँछ कि पाउँदैन ? प्रश्न उठ्यो । यद्यपि विधानमा किटान गरेर प्रस्ताव ल्याउन पाउने वा नपाउने भन्ने छैन ।

                    वेदुराम भुसाल

तर जिम्मेवारीको हिसाबले जसको जे जिम्मेवारी हो त्यो जिम्मेवारी भएका मान्छेले आफ्नो प्रस्ताव ल्याउन पाउनु पर्‍यो नि भन्ने तर्क छ । तर, त्यसरी ल्याउँदा एउटा पक्षबाट नकारात्मक ढंगले हेरियो । त्यसले समस्या उत्पन्न गर्‍यो । प्रचण्डको प्रस्तावको काउन्टरमा अर्को ल्याउँछु भन्दा त्यसमै अर्को प्रश्न उठ्यो । दुई अध्यक्षमध्ये जुन क्षेत्रको कामको जिम्मा दिइएको हो उसले ल्याएको प्रस्तावमा अर्को अध्यक्षले छुट्टै प्रस्ताव ल्याउने हो भने अर्को जिम्मेवारी लिएको अध्यक्षले प्रस्ताव ल्याउन पाउने कि नपाउने त ? यो जटिल प्रश्न छ

सामान्य हिसाबले तर्क गर्ने हो भने पार्टी कामको जिम्मा लिएको अध्यक्षले पेस गर्नु भएको प्रस्तावमा अब भाषा मिल्यो कि मिलेन, त्यसमा तर्क–वितर्क गर्न सकिन्छ । यो भाषा मिलेन, तपाईंले यसरी ल्याउन हुन्थेन भन्न सकिएला । आलोचनात्मक टिप्पणी गर्न सकिएला । त्यसमा सुधार गर्न सकिएला ।

तर, ल्याउनै हुन्थेन, ल्याएर अपराध गरे भन्ने खालको तर्क एउटा पक्षबाट भएको छ, त्यो गलत हो । त्यसो हो भने बैठक माग गरेबापत आरोप लगाएर जसरी पत्र लेखियो त्यहाँबाट सुरुवात भयो आरोप लगाउने काम । जुन प्रस्ताव बैठकमा ल्याइयो त्यो बाहिर पो लैजान भएन त ।

त्यस्ता प्रस्ताव जसले पनि ल्याउन सक्छ । त्यहाँ प्रचण्डले दुई अध्यक्षको तर्फबाट भन्नु भएको छैन । आफ्नो तर्फबाट ल्याउनु भएको छ । कुनै पनि मान्छेले कुनै पनि लिखित प्रस्ताव राख्न पाउने अधिकार छ, पार्टी बैठकमा । त्यसरी आएको प्रस्तावमा ‘काउन्टर’ प्रस्ताव लेखेर ल्याउने भन्दा त्यहीं आएकोमा छलफल गरेर त्यसलाई परिमार्जन गर्नेतर्फ जानुपर्दथ्यो ।

यदि दुई अध्यक्षको तर्फबाट दुई प्रस्ताव आए भने र भोलि छलफलमा एउटाको प्रस्ताव पास हुने अर्कोको फेल हुने भयो भने के हुन्छ ? त्यतिबेला स्थिति गम्भीर हुन्छ नै ।

पार्टी विधानमा निर्णय प्रक्रियामा जाँदा सकेसम्म सहमतिबाट गरिने छ, सहमति नभएमा बहुमतबाट निर्णय हुनेछ र, बहुमतको निर्णय पार्टी निर्णय हुने भन्ने छ । एकतापछि नै पार्टीमा थुप्रै निर्णय बहुमतबाट भएका छन् । माधव नेपालले तीन पटक लिखित रुपमा फरक मत लेख्दा पनि निर्णय भएको छ । सचिवालयमा एक सदस्य असहमत हुँदा पनि त सर्वसम्मतिको निर्णय भएन । त्यो भनेको बहुमतकै निर्णय हो । सचिवालयका कुनै सदस्य असहमत हुँदा बहुमतको निर्णय नहुने र कुनै व्यक्ति हुँदा भएका निर्णय बहुमतका निर्णय भन्ने त हुन्न । यो गलत तर्क हुन्छ ।

त्यसकारण बहुमतको निर्णय प्रक्रियामा त हामी गइसक्यौं । सुरुमा प्रदेश कमिटीको पदाधिकारी तोक्दा बहुमतको निर्णय प्रक्रियाबाट जाँदा विवाद सिर्जना भएको हो । माधव नेपाल विदेशमा भएको बेला निर्णय भयो, जबकि जानुभन्दा अगाडि तपाईं आएपछि निर्णय गरौंला भनिएको थियो । तर उहाँ नभएको बेला बैठक बस्यो, निर्णय भयो । त्यो निर्णयमा माधव नेपालले फरक मत राख्नुभयो । त्यति बेलादेखि नै पार्टी बहुमतको निर्णयमा गइसकेको हो । यसको प्रारम्भ स्वयं प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सुरु गर्नु भएको हो । उहाँकै प्रस्तावमा ती निर्णय भएका थिए । पछि अरु निर्णय पनि भए ।

त्यसैले बहुमतको निर्णय पार्टी निर्णय हुन्छ । पार्टी निर्णय मानेर बस्नुपर्ने हरेक नेता–सदस्यको कर्तव्य हुन्छ । यदि मानिएन भने पार्टी निर्णय उल्लङ्घन गरेको ठहर्छ । नमानेर वा पार्टी विभाजन नै गरेर गयो भने अलग्गै कुरा हो । तर, यो हदमा जाने स्थिति नबन्ला ।

विधि भनेको सहमति या बहुमतको निर्णय हो । अहिले जे जस्ता पत्र–प्रस्ताव आए यसमा छलफल गरेर अर्को सहमतिबाट जाउँ भन्ने बाटो पनि छ । सहमतिमा जाने भएन, सकिएन र आ–आफ्ना अडानमा रहिरह्यो भने स्वत बहुमत–अल्पमतमा जान्छ । फेरि बहुमतले निर्णय गर्ने र अल्पमतले नमान्ने स्थिति पनि उत्पन्न हुन सक्छ । त्यो भयो भने जटिलतातर्फ जान्छ । कान्तिपुर दैनिकबाट साभार

सांसदको कोरोना परीक्षण (तस्बिरसहित)

काठमाडौंः संघीय संसदका सदस्यको कोरोना भाइरस परीक्षण थालिएको छ । संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पीसीआरबाट कोरोना परीक्षण भइरहेको छ । संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ । तस्बिरः रासस        

के कोरोना महामारी पूँजिवादअन्त्यको पूर्व सङ्केत हो?

सन् २००८ को आर्थिक सङ्कटमा अर्थ व्यवस्था ‘छानो’जस्तै थियो, वित्तीय व्यवस्थाको  मुख्य संरचना नै क्षतिग्रस्त भयो – हालांकि  यो पूरै ढलेको थिएन त्यसैले हामीले यस ‘छानो’लाई फेरी मर्मत गर्न भ्यायौँ । पउल मेसन एउटा महामारी  एसियाबाट सुरु हुन्छ,  युरोपका राजधानी सहरहरूमा पुग्छ र कमसे कम एक तिहाई जनसंख्या सखाप पारिदिन्छ।  जब यो सिद्धिन्छ, त्यसपछि सुरु हुन्छ विद्रोह, पोषित संस्थाहरू ढल्न पुग्छन् र सम्पूर्ण अर्थव्यवस्थालाई पुनर्संगठित गर्नुपर्ने हुन्छ। यो नै ‘ब्याक्टेरियम येर्निसिया पेस्टिस’ नामक  कीटाणुबाट हुने ‘कालो मृत्यु’को  नामले कुख्यात ‘ब्युबोनिक प्लेग’ महामारीको  इतिहास हो।  मङ्गोलियाबाट सुरु भएको यो महामारी  १३४०  ताका युरोप पुगेको थियो। त्यसबेलाको अर्थतन्त्र  स्थानीय कृषिकर्म एवं  सीपमा आधारित थियो, त्यसैले त्यसबेला जनजीवन सापेक्षिक रूपमा चाँडो सामान्य अवस्थामा फर्किन सक्यो। तर यस  घट्नाले युरोपभरी  श्रमिकहरूको संख्यामा उल्लेख्य कमी ल्याइदियो र बाँचेकाहरूलार्इ आफ्नो  श्रमको मूल्य बढाउने अवसर प्रदान गर्यो र  निकट भविष्यमैं यसले गर्दा नै मध्यकालीन शहरी जनसंख्यामा स्वतन्त्रताको नयाँ संकल्पना निर्माणको आधारशिला तयार हुनपुग्यो। यस परिवर्तनले  आर्थिक रुपान्तरणको नयाँ प्रक्रिया सुरु भयो र परिणामस्वरूप सामन्तवादको अन्त्य भयो र धेरैले भन्ने गरे झैँ पूँजीवादको उदय भयो। पूँजीवादको प्लेग दुःस्वप्न आज पूँजीवादले आफ्नै  प्रकारको प्लेग दुःस्वप्न झेलिरहेको छ।  हुन त कोभिड-१९ भाइरसले संक्रमितमध्ये १ देखि ४  प्रतिशतको ज्यान लिने देखिन्छ, तर यसले विशेष गरेर निकै नाजुक भूराजनैतिक अवस्था र जलवायु परिवर्तनजस्ता गम्भीर जटिलताहरूको भविष्यवाणीले आक्रान्त वर्तमान विश्वको अर्थतन्त्रमा पर्ने प्रभाव भने  चौधौँ शताब्दीको अर्थतन्त्रले झेल्नु परेको भन्दा निकै गम्भीर रहेको छ। यस  महामारीले समग्र विश्वव्यवस्थामा बलपूर्वक केही  परिवर्तनहरू ल्याइदिएको छ। पहिलो त भारत, चीन, युरोपका धेरै स्थान र अमेरिकाका धेरै जसो राज्यहरूमा आंशिक काम बन्दी या ‘शट डाउन’ले जनजीवनमा अभूतपूर्व प्रभाव पारेको छ । सन् २००८ को पछिल्लो वैश्विक आर्थिक मन्दीपछि फेरी उनीहरू सरकारी ऋणपत्र खरिद गर्ने छन्- तर यसपाली यो क्रमिक रूपमा हुन गइरहेको छैन या यो सुरक्षित सरकारी बोन्ड्स खरिदमा केन्द्रित हुने छैन। दोस्रो, यसले ती सरकारहरू र राजनैतिक सम्भ्रान्तहरूको प्रतिष्ठामा उल्लेख्य हानि पुर्याएको छ जसले बेलैमा यस सङ्कटको गम्भीरतालाई आकलन गर्न सकेनन् या जो प्रारम्भिक अवस्थामा आफ्नो स्वास्थ्यसेवा प्रदायक निकाय या संस्थाहरूलाई परिचालित गर्न असक्षम रहे । तेस्रो, विश्वका अर्थतन्त्रहरूमा उपभोक्ताको खर्च गर्ने क्षमतामा आएको तात्कालिक ह्रास, जसले जीवित स्मृतिमा गम्भीर आर्थिक मन्दीलाई उक्साउने देखिन्छ र सेयरहरूको मूल्य धराशायी भएको छ र यसले विशेष गरेर आफ्नो पेन्सन कोष सेयरमा लगानी गर्ने मध्यमवर्गलाई आहत तुल्याएको छ । यसका साथै एयरलाइन्स, एयरपोर्ट र होटेल चेनहरूको करदान क्षमता समेत शंकाको घेरामा आएको छ । यसको प्रतिक्रियास्वरूप राज्यहरूले आर्थिक राहत प्रदान गर्न यति धेरै प्याकेजहरू घोषणा गरे कि अधिकांश व्यक्तिहरूले अझै पनि ती प्याकेजहरुको प्रभावको बारेमा अझै राम्ररी बुझ्न  सकिरहेका छैनन्। संयुक्त राज्य अमेरिकाको सरकारले अर्ध-मूर्छित अवस्थामा रहेको अर्थतन्त्रलाई ब्युँताउन अर्थव्यवस्थामा नागरिकलाई गरिने सोझो भुक्तानी र व्यापारिक प्रतिष्ठानहरूलाई ऋणको रूपमा २० खर्ब डलरको संचरण गर्ने घोषणा गरेको छ।  यो रकम उसले वर्षभरिमा करका रूपमा उठाउने रकमको आधाभन्दा बढी हो। ठीक यसै बेला केन्द्रिय बैंकहरूले आक्रामक रूपमा गुणात्मक सहजीकरणका घोषणा गर्न थालेका छन्।  सन् २००८ को पछिल्लो वैश्विक आर्थिक मन्दीपछि फेरी उनीहरू सरकारी ऋणपत्र खरिद गर्ने छन्- तर यसपाली यो क्रमिक रूपमा हुन गइरहेको छैन या यो सुरक्षित सरकारी बोन्ड्स खरिदमा केन्द्रित हुने छैन। सन् २००८ मा अत्यासलाग्दो संकटको उपायको रूपमा प्रस्तुत गरिएको यो परिमाणात्मक सहजता दशकौंसम्म हामीसंग उदाहरणको रूपमा हुन सक्ने जस्तो देखिन्छ। राजनीतिज्ञहरू आफ्ना मतदाताहरूलाई सम्भाव्य ‘महा-मन्दी’बाट तत्काल नै सामान्य अवस्थामा फर्किन सकिनेबारे बुझाउनमै व्यस्त छन्। ध्वस्त हुँदै आधारहरू तर यो अति-आत्मविश्वासी प्रयास हो भन्ने कुरा बुझ्न हामी एउटा “घरको कथा”को सहायता लिन सक्छौँ । सन् २००८ को आर्थिक सङ्कटमा अर्थ व्यवस्था ‘छानो’जस्तै थियो, वित्तीय व्यवस्थाको  मुख्य संरचना नै क्षतिग्रस्त भयो – हालांकि  यो पूरै ढलेको थिएन त्यसैले हामीले यस ‘छानो’लाई फेरी मर्मत गर्न भ्यायौँ । तर यस पटक भने त्यसको ठीक विपरीत व्यवस्थाको त्यस ‘घर’को आधारशिला नै ढल्ने अवस्थामा छ किन भने पूँजीवादी व्यवस्थामा आर्थिक जीवन मानिसहरूलाई काममा जान र त्यहाँबाट आफ्नो गर्न बाध्य गर्ने गर्दछ जबकि यसपाली हामी उनीहरुलार्इ काममा नजान र बडो मेहनतले कमाएको तलबबापत आएको पैसा खर्च गर्न मिल्ने कुनै पनि ठाउँमा  नजान बाध्य परिरहेका छौँ, यस अवस्थामा त्यो ‘घर’ आफैंमा जतिसुकै बलियो हुनुले पनि कुनै अर्थ राख्दैन। विद्यमान वित्तीय प्रणालीमा संचरित कतिपय सम्पत्तिहरू २००८ को सङ्कट सुरु हुनु ठीक अगाडि जस्तै छन्। वास्तवमा, यो ‘घर’ त्यति सशक्त  पनि छैन।  पछिल्लो आर्थिक सङ्कट यताका १२ वर्षहरूमा हामीले अनुभूत गरेको विकास केन्द्रिय बैंकहरूले गरेको कागजी मुद्रा छपाई, सरकारहरूद्वारा बैङ्किङ प्रणालीलाई उकास्न जमानत बस्ने र ऋण मोचन गर्ने जस्ता क्रार्यक्रमहरूको जगमा उभिएको हो। यस दौरान ऋण तिर्नुको साटो हामीले यसलाई बढाउँदै लगभग ७२० खर्ब डलरसम्म पुर्यायौँ।  ब्युबोनिक प्लेगको समयको ठीक विपरीत २१ औं शताब्दीका व्यापारिक र वित्तीय प्रणालीहरू जटिल रहेका छन् र २००८ को अनुभवले पनि के भन्छ भने ती निकै नाजुक पनि छन्। विद्यमान वित्तीय प्रणालीमा संचरित कतिपय सम्पत्तिहरू २००८ को सङ्कट सुरु हुनु ठीक अगाडि जस्तै छन्। जसमा बैंकहरू,  वीमा कम्पनी र  वित्तीय  कम्पनीहरूद्वारा  जारी गरिएका जटिल जमानीपत्रहरू  रहेका छन्। तिनीहरूको मूल्य धारकले भविष्यमा हुने कमाईमा दाबी गर्न पाउने अधिकारमा निहित हुने गर्दछ । हाम्रो यस वर्षको होस् कि अर्को वर्ष या यो भन्दा पनि पछाडिको जिम सदस्यता, शैक्षिक ऋणको किस्ता भुक्तानी, घर भाडा, कारको किस्ता भुक्तानीलाई विद्यमान वित्तीय व्यवस्थामा’भुक्तानी भइसकेको दायित्त्व’को रूपमा गणना गरिन्छ । र, मानिसहरूले  कुन बढी मूल्यवान छ भन्ने शीर्षकमा परिष्कृत दाऊ लगाउने गर्छन् । राज्यहरू नै व्यक्ति र कम्पनीहरूलाई जमानतमुक्त गर्न ऋण प्रदान गर्दैछन्।   ट्रम्पले गरेको २० खर्ब डलरको सहयोगको घोषणा यसकै एउटा उदाहरण हो, तर यदि हामी जिम गएनौँ भने या हामीले नयाँ कार किनेनौँ भने के हुन्छ त? त्यस्तो अवस्थामा धेरैजसो त्यस्ता जमानीपत्रहरू काम नलाग्ने हुन्छन् र त्यस्तो अवस्थामा आर्थिक प्रणालीका निम्ति राज्यले जमानी बस्नु पर्ने अवस्था आउँछ। अकल्पनीय परिघट्नाहरु आम सर्वसाधारणले यो अवस्था कति खतरनाक हुनसक्छ भन्ने राम्ररी बुझेका हुँदैनन्, जबकि सत्ताधारीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ ।  त्यसैले उनीहरूले केन्द्रिय बैंकहरूलाई ‘ऋणपत्र बजार’लाई राष्ट्रियकरण गर्न मनाइरहेका छन्। यसको अर्थ के हो भने राज्यहरू नै व्यक्ति र कम्पनीहरूलाई जमानतमुक्त गर्न ऋण प्रदान गर्दैछन्।   ट्रम्पले गरेको २० खर्ब डलरको सहयोगको घोषणा यसकै एउटा उदाहरण हो, यी सबै ऋणहरू राज्यको अर्को निकाय, केन्द्रिय बैंकद्वारा निर्मलीकृत गरिँदै छन्। म लगायतका वामपक्षीय अर्थशास्त्रीहरूले सुरुदेखि नै स्थिर वृद्धि र उच्च ऋणले दीर्घकालमा निम्न तीन वटा नीति अँगाल्न बाध्य पार्न सक्नेबारे चेतावनी दिँदै आइरहेका छौँ: जस्तो कि अर्थव्यवस्थामा आएको स्वचालनले राम्रो आम्दानी हुने नौकरीहरू अनिश्चित र दुर्लभ भएका बेला राज्यहरूले आफ्ना नागरिकहरूलाई न्युनतम आम्दानी भुक्तानी गरिराख्नु पर्ने, केन्द्रिय बैंकहरूले राज्य संचालनका लागि प्रत्यक्ष ऋण प्रदान गर्नु पर्ने र प्रमुख व्यापारिक निगमहरूद्वारा सञ्चालित ठुलो लगानीका प्रतिष्ठानरूलाई मुनाफा कमाउन नसकिने अति महत्त्वपूर्ण सेवाहरू संचालन गर्नु पर्ने अवस्था आउन सक्छ । दुर्लभ अवसरहरूमा मात्रै विगतमा लगानीकर्ताहरूलाई यस्ता सुझावहरू दिइएको पाइन्छ र त्यसको प्रतिक्रिया कतै एउटा विनम्र स्वीकृतिको रूपमा पाइन्थ्यो भने विशेष गरेर सोभियत संघको विघटनको साक्षी रहेकाहरूमा आक्रोशको रूपमा देखिने गरेको थियो । उनीहरू भन्ने गर्थे, “यसले पूँजीवादलाई सिध्याइदिनेछ।” तर अकल्पनीय समय भने अब आएको छ- नागरिकहरूलाई राज्यद्वारा निश्चित रकमको भुक्तानी, राज्यद्वारा जमानत मुक्त गरिनु र केन्द्रिय बैंकहरूद्वारा राष्ट्र ऋणको भुक्तानी जस्ता नीतिहरू यति हतारमा अँगाल्न थालिएको छ कि यसले यी सामान्यतया नीतिहरूको वकालत गर्नेहरूलाई समेत अचम्ममा पारिदिएको छ। यस्तो बेला एउटा प्रश्न सहजै उठ्ने गर्छ, के हामी यी कदमहरू साँच्चै उत्साहपूर्वक र अर्को तर्फको समाजबारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ चालिरहेका छौँ या अनिच्छावश नै ध्वस्त भैसकेको व्यवस्थालाई पुनर्जीवित पार्ने भित्री  मनसायका साथ यसो गरिरहेका छौँ ? अब अर्थशास्त्रीहरू किन सङ्कटका यी उपायहरूप्रति आक्रामक देखिएका छन् भन्ने बुझौँ। ब्रिटिश कन्जरभेटिभ राजनीतिज्ञ इयान डंकनले यस्ता न्युनतम आय भुक्तानीहरूले मानिसहरूलाई काम गर्न निरुत्साहित गर्न सक्ने बताएका छन्। जब कुरा राज्यको स्वामित्वको र उत्पादन योजनाका प्रयासहरूको आउँछ (उदाहरणकालागि भेन्टिलेटरका लागि हालको सङ्घर्ष ), खुला बजारवादका समर्थक  अर्थशास्त्रीहरू मानवीय नियन्त्रणमा रहेका यस्ता प्रयासहरू बजारको बाटोमा अवरोध सिर्जना गर्छन् भन्ने कुरामा विश्वास गर्छन्।  उनीहरूको विचारमा बजारले कुनै  बुद्धिमान यन्त्रजस्तै काम गर्ने गर्छ र यसले विश्वव्यवस्थालाई व्यवस्थित तवरले आकार प्रदान गर्ने गर्दछ जसरी विश्वका कुनै पनि योजना निकाय या सरकारहरूले गर्न  सकेका हुँदैनन्। केन्द्रिय बैंकहरूद्वारा राष्ट्रिय ऋणका लागि गरिएको वित्त पोषणलाई पूँजीवादको नैतिक पराजयको रुपमा हेरिँदै आइरहेको छ।  किनभने यस व्यवस्थाले बैङ्क अफ इङ्ल्याण्ड या फेडेरल रिजर्भले कागजी मुद्रा छाप्नु र त्यस मुद्रालाई राज्यकोषहरूलाई उधारोको रूपमा प्रदान गर्नुलाई नभई निजी उद्यम र बजार प्रतिस्पर्धाहरूलाई विकासको चालक शक्तिको रूपमा हेरेको हुन्छ  । त्यसकारण यी राजकीय संयन्त्रहरूमा स्थायी रूपमा भरपर्ने पूँजीवाद परम्परागत अर्थशास्त्रीहरूको कल्पनाभन्दा परको कुरा हो । छोटिँदै गएको बाटो मेरो विचारमा, हालका संकटकालीन उपायहरूका बारेमा सधैँ विचार गरिनु पर्थ्यो । सन् २०१५ यता मैले ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्न आवश्यक आर्थिक लागतले नभए पनि जलवायु परिवर्तनको खतराले हामीलाई  पूँजीवादको एउटा नयाँ र एकदमै भिन्न मोडेल अँगाल्न बाध्य पार्ने कुरामा जोड दिँदै आइरहेको छु। तर कोभिड-१९ संकटले यी सबै कुराहरूलाई निकै छोटो बाटोबाट हामीसामु ल्याइदिएको छ। सन् २०२० को दशकको मध्यतिरबाट उदाउने यस किसिमको पूँजीवादले आधारभूत आय भुक्तानीमा अर्बौं  खर्च गरिसकेको हुनेछ, यसले हवाई सेवाहरू र होटेल चेनहरूको राष्ट्रियकरण देखिसकेको हुनेछ र उन्नत अर्थतन्त्रको राष्ट्रिय ऋण,  जुन  अहिले नै औसतमा तिनीहरूको  कुल गार्हस्थ उत्पादनको १०३ प्रतिशत रहेको छ, निरन्तर माथि जानेछ। यो कति माथिसम्म जानेछ भन्नेबारे हामी अनभिज्ञ नै छौँ किन भने ठुला आर्थिक शक्तिहरूको कुल गार्हस्थ उत्पादन कहाँसम्म ओरालो लाग्न सक्छ भन्ने भन्न सकिने अवस्था छैन। यदि हामी साँच्चै दुर्भाग्यले घेऱ्यो भने खराब ऋणहरूको शृंखला र केही कमजोर राज्यहरूको असफलताले बहुपक्षीय विश्व व्यवस्थालाई गम्भीर रूपले क्षति पुर्याउने देखिन्छ। सुरक्षा योजनाकारहरूलाई भेनेजुएला, उत्तर कोरिया या युक्रेन जस्ता देशहरूमा अराजकता फैलियो भने संयुक्त राज्य अमेरिका, चीन या रुसजस्ता तिनका शक्तिशाली छिमेकीहरू “उद्वार”को नाममा त्यहाँ आफनो सेना पठाउन सक्ने अवस्था आउन सक्ने डरले सताइरहेको छ। यो खुला बजारको तर्क हो तर अब धेरैले यसलाई पागलपनको संज्ञा दिनेछन्। हामीले १९३० को  दशकमा हामीले वैश्वीकरणको ह्रास देखिसकेका छौँ। यो बैङ्किङ् संकटबाट सुरु भयो र  अन्तर्राष्ट्रिय मुद्रा  व्यवस्थापनलाई ध्वस्त पार्दै  सम्झौताहरू भङ्ग हुने र बलात् राज्य-हरण हुने स्थितिमा आएर टुङ्गियो । हालांकि  आजको सङ्कट अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघजस्ता  निकै बलिया संस्थाहरूसँग गाँसिएको छ तर पनि हामीले झेल्नु परेको आधारभूत समस्या भनेको त्यस्तै हो जस्तो १९३० को दशकमा झेल्नु परिराखेको थियो, त्यो हो नेतृत्त्व लिन तत्पर एकमात्र त्यस्तो शक्तिशाली देशको अनुपस्थिति  जसले व्यवसायिक व्यवहारहरूका मानक स्थापित गरोस र अन्तिम ऋणदाताको रूपमा काम गर्न सकोस्। यदि हामीले अहिले परम्परागत आर्थिक खेलका पुस्तकहरुका पाना पल्टाउने हो भने, सन् २००८ मा झैँ यो संकट समाप्त हुनासाथ राजनैतिक सम्भ्रान्तहरू सरकारी खर्च कम गर्न र ऋणको चाङ घटाउन अझै कठोर कदम चाल्नुपर्ने कुरा गर्नेछन् जसमा जनसाधारणका निम्ति स्वास्थ्य सेवामा कटौती, ज्यालामा कटौती र कर वृद्धि जस्ता उपाहरू रहने छन्। यो खुला बजारको तर्क हो तर अब धेरैले यसलाई पागलपनको संज्ञा दिनेछन्। चौधौँ शताब्दीमा प्लेगका कारण सामूहिक मृत्युको चरण एकपटक पार भइसकेपछि सम्भ्रान्त सामन्तहरूले अकल्पनीय र आघातपूर्ण परिघट्नाबाट बल्ल तल्ल बाँचेको जमातमा आफ्ना पुराना सुविधा सम्बन्धी व्यवस्थाहरू, परम्पराहरू र आर्थिक तर्कहरू पुनः थोपर्ने  प्रयास गरे । यसले तत्काल इङल्याण्डको किसान विद्रोह र फ्रेञ्च भाषामा ‘बुर्जुआ’ भनिने मध्यमवर्गीय किसान र शिल्पकारहरूले सम्भ्रान्तहरू विरुद्ध विद्रोह गरे र गेन्ट, प्यारिस र फ्लोरेन्सजस्ता सहरहरू कब्जामा लिनेगरी फ्रान्समा भएको कथित ‘ज्याकरी’ जस्ता रक्तपातपूर्ण विद्रोहहरू जन्माइदियो । इतिहासकार स्यामुएल क्लाइन कोह्नका अनुसार उत्तर-प्लेग कालीन विद्रोहहरू असफल रहेपनि तिनले आमजनमानसमा स्वतन्त्रताको भोक स्थायी रूपमा जगाइदियो।  कोह्न लेख्छन् यसले उनीहरूलाई “चरम निराशादेखी आफ्नो सामाजिक एवं राजनैतिक अवस्थामा आधारभूत परिवर्तन ल्याएर संसार बदल्न सकिन्छ भन्ने नयाँ आत्मविश्वाससम्म” ल्याइपुऱ्यायो। र यसैले अन्ततोगत्त्वा बुर्जुआ क्रान्तिको निम्ति बाटो फराकिलो पारिदियो र पूँजीवादको उदय भयो। वैश्विक पूँजीवाद आज  हामीले गर्नु पर्ने के हो भनेर बुझ्न, हामीलाई धेरैजसो राजनीतिज्ञहरूको मस्तिष्कमा रहेकोभन्दा फराकिलो ढाँचाको आवश्यकता रहेको छ । उनीहरूका लागि त कोभिड-१९ र जलवायु सङ्कट भनेका कुनै ग्रहमा ठोक्किन आइपुगेका उल्कापिण्ड हुन्, जसका निम्ति अस्थायी र उल्ट्याउन मिल्ने प्रतिक्रिया  भए पुग्छ। वास्तवमा तिनीहरू या त “वैश्विक पूँजीवाद” आफैँले  या जुन रूपमा हामीले यसलाई ग्रहण गऱ्यौं त्यसले उब्जाएका सङ्कटहरू हुन्। पूँजीवाद दीर्घकालसम्म टिक्न नसक्ने र अल्पकालमा यसले “उत्तर-पूँजीवाद”का गुणधर्म अँगालेर मात्र अस्तीत्त्वमा रहनसक्ने तर्क अगाडि सार्ने गरेको छु। हाम्रो औद्योगिक अभ्यास र संस्कृति पूर्ण रूपमा जैविक इन्धनमा आधारित भएकोले कार्बन उत्सर्जन बिनाको पूँजीवादको अनुहार कस्तो हुन्छ भन्नेबारे हामी अनभिज्ञ छौँ। त्यसरी नै  सुकुम्बासी बस्तीहरूमा बस्ने अर्बौं मानिसबिना,  वनविनाशबिना, जीवित जनावरहरूको व्यापारबिना र विकसित विश्वमा गरिबीरूपी व्यापक रोगबिना विश्वव्यापीकरण कस्तो देखिन्छ भन्नेबारे पनि हामी अनभिज्ञ नै छौँ। किन भने यी सबै आज हामीले देख्ने पूँजीवादका आधारभूत गुणधर्म बनिसकेका छन्। यही कारण हो कि मैले पूँजीवाद दीर्घकालसम्म टिक्न नसक्ने र अल्पकालमा यसले “उत्तर-पूँजीवाद”का गुणधर्म अँगालेर मात्र अस्तीत्त्वमा रहनसक्ने तर्क अगाडि सार्ने गरेको छु। जबसम्म कोरोना भाइरसको सङ्कट सुरु भएको थिएन, यी तर्कहरू अरण्यरोदन जस्तै लाग्थे।  यहाँसम्म कि केही संयुक्त अधिराज्यका लेबर पार्टीका नेता जेरेमी कोर्बिन या डेमोक्रेटिक राष्ट्रपतीय उम्मेदवार बर्नी स्याण्डर्स जस्ता मृदु-वाम राजनीतिज्ञहरूले अगाडि सारेका राज्य-हस्तक्षेपको प्रस्तावना सम्मिलित सामान्य कार्यक्रमहरूलाई मतदाताहरूले ठाडै अस्वीकार गरिदिएका थिए। त्यसैले संसारकै ठुलो पूँजीवादी प्रतिष्ठान मध्येको एक म्याकरी वेल्थका एक जना प्रमुख विश्लेषकले आफ्ना लगानीकर्ताहरूलाई “पारम्परिक पूँजीवाद मरिरहेको अथवा कमसे कम साम्यवादको कुनै प्रारूप निकट रुपान्तरित भइरहेको छ” भनेर भनिरहँदा म अवाक् थिएँ। म्याकरीका विश्लेषकले राम्र्रारी बुझेका  छन् कि हामीलाई अचानक नै राज्य हस्तक्षेप चाहिएको होइन बरु आम जनसाधारणका प्राथमिकताहरूले बजारको छनौटलाई न्याय र कल्याणकारितातिर मोडिदिएका छन्। यदि १४ औँ शताब्दीको महान् प्लेगले उत्तर-सामन्तवादी परिकल्पनाका लागि आधारभूमि तयार गरेको थियो भने, सम्भव छ र अपेक्षित पनि कि वर्तमान सङ्कटले उत्तर-पूँजीवादी परिकल्पनाका लागि आधारभूमि तयार गरोस्।  र, यथाशीघ्र। Paul Mason is an award-winning journalist, writer and filmmaker based in London. His latest book, Clear Bright Future: A radical defence of the human being, (2019) is published by Allen Lane. (पउल मेसन लण्डनस्थित प्रसिद्ध पत्रकार, लेखक एवं फिल्ममेकर हुन्। उनी २०१९ मा प्रकाशित पुस्तक ‘क्लियर ब्राइट फ्युचर: ए ऱ्याडिकल डिफेन्स अफ दि ह्युमन बिइङ’का लेखक हुन्।) अलजजिरामा प्रकाशित यो आलेख एभरेष्टदैनिकका लागि भुवन निस्तेजले अनुवाद गर्नुभएको हो ।

सात युवकको ५ दिनेदेखि रुखमै ‘क्वारेन्टाइन’

कोरोना संक्रमणको रोकथामका लागि ७ जना युवकलाई विगत पाँच दिनदेखि रुखमा ‘क्वारेन्टाइन’ मा राखिएको छ । भारतकाे पश्चिम बंगालको पुरुलिया जिल्लामा उनीहरुलाई रुखमा ‘क्वारेन्टाइन’ राखिएको हो । उनीहरुलाई रुखमा नै बास बस्ने व्यवस्था गरिएको छ । साथै प्लाष्टिकले माथिबाट ढाकिएको र लामखुट्टेबाट जोगिन झूलको समेत व्यवस्था गरिएको इण्डियन एक्सप्रेसले जनाएको छ । गाउँलेहरुले उनीहरुलाई मास्क समेत दिएका छन् । उनीहरुलाई केही समयका लागि मात्रै कपडा फेर्न र दिनमा तीन पटक खाना खान मात्रै तल ओर्लिन दिइएको छ । यी सात जना युवक भारतमा कोरोनाको संक्रमणले तीब्ररुप लिएको बेला चेन्नईबाट फर्केका हुन् । घर फर्केपछि चिकित्सकले उनीहरुलाई ‘क्वारेन्टाइन’ मा बस्न भनेपछि गाउँलेहरुले रुखमा नै बासको व्यवस्था गरेका हुन् । ‘हाम्रो अधिकांश समय रुखमा नै बित्छ, हामी दिशा गर्न, कपडा धुन र खाना खान मात्रै तल ओर्लिन्छौं ।’ उनीमध्येका एक विजयले भने, ‘हामी पूर्णरुपमा एक्लो बसेका छौं ताकि गाउँवासीलाई कुनै खतरा नहोस् ।’ उनीहरु सबै चेन्नईको एउटा अटो पार्टमा काम गर्ने गरेका थिए । त्यसपछि गत आइतबार उनीहरु खडकपुरसम्म रेलमा आएपछि पुरुलियासम्म बस र अनि गाउँमा अर्को गाडीमा फर्केका थिए । उनीहरु सबै २० देखि २४ वर्ष उमेरका हुन् । कोरोनाबारे थाहा पाएका उनीहरु सोझै घर जानु अघि प्रहरी चौकी गएर आफूहरु फर्केको जानकारी गराएका थिए । ‘शुरुमा हामी बलरामपुर पुलिस स्टेशन गयौं, उनीहरुले हाम्रो कुरा सुनेपछि हामीलाई स्थानीय अस्पताल लगेर गए । डाक्टरले हाम्रो नाम र नम्बर लेखे । त्यसपछि हामीलाई १४ दिनसम्म एक्लिएर बस्न भने ।’ बिमलले भने । ‘हामी गाउँ पुग्दा गाउँलेहरुले हामीलाई रोके, उनीहरुले खतराको कुनै रिस्क लिनु ठिक नभएकोले आँपको रुखमा हाम्रा लागि बास बनाइएको बताए ।’ उनीहरुलाई लुगा धुन समेत अलग्गै स्थान बनाइएको छ । गाउँमा स-साना घर हुने भएकाले त्यहाँ पूर्ण ‘आइसोलेसन’ सम्भव नभएको बताए । त्यसैले हामीले रुखमा गरिएको व्यवस्था नै राम्रो लागेर यहाँ बसेका हौं । ‘हामीले उनीहरुका लागि सबै व्यवस्था गरेका छन् । कपडादेखि खानासम्म पुर्याइएको छ ।’ दिनबन्धु सरदार नाम गरेका एक गाउँवासीले भने ।

‘लकडाउन’काे चौथो दिन पनि सुनसान काठमाडौं (फोटो फिचर)

काठमाडौंः महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ काे चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान बन्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले ‘लकडाउन’ को अवज्ञा गर्दै हिँड्नेलाई नियन्त्रणमा लिएका देखिन्थे । अत्यावश्यकीय सामग्री बोकेका गाडीहरु भने छिटफुटरुपमा आज पनि चले । तस्बिरः गोरखापत्र अनलाइन

को थिए कोभिड–१९ को पहिलो विरामी?

पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कसमा देखिएको थियो र कहिले देखिएको थियो? यो जिज्ञासाको उत्तर पनि कम्ता खोजिएको छैन । चीनको वुहानमा देखिएको थियो भन्ने धेरैलाई थाहा छ । तर यसबाट संक्रमित हुने पहिलो को? स्पष्ट जवाफ छैन । भर्खरै मात्र चिनियाँ सञ्चारमाध्यम ‘द पेपर’सँगको कुराकानीमा वुहानमा स्रिम्प (समून्द्री प्रजाती) बेच्ने एक महिलाले ११ डिसेम्बरमै आफू बिरामी परेको बताएकी छिन् । उनको नाम ‘वि’ हो र उनी वुहानस्थित खाद्य बजारबाट ५ सय मिटर पर भाडाको फ्ल्याटमा बस्छिन् । सुरुमा उनले यसलाई सिजनल फ्लु सोचेकी थिइन्, उनी एउटा सानो र भीडयुक्त क्लिनिकमा जचाउन पनि गएकी थिइन् । उनलाई त्यहाँ इन्जेक्सन दिइएको थियो, तर ज्वरो ठीक भएन । द पेपरले विको पूर्ण पहिचान सार्वजनिक गरेको छैन । तर अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलका अनुसार उनी ५७ वर्षकी भइन् र उनको पूरा नाम वि गायसियन हो । ‘वि’ ठीक भइसकेकी छिन्, उनी आफ्नो प्रारम्भिक लक्षणबारे भन्छिन्, ‘म थकित महसुस गरिरहेको थिएँ, तर विगत वर्षहरुजस्तो थकित होइन । हरेक जाडोमा म फ्लुबाट पीडित हुन्छु, त्यसैले मैले सोचे यो फ्लु नै हो ।’ जनवरीमा चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हुनान सीफुड होलसेल बजारमा बेच्न राखिएको पशुपन्छीको मासुबाट मानिसमा कोरोना भाइरस सरेको जनाएको थियो । वि त्यही बजारमा स्रिम्प बेच्थिंन् । व्यापारीहरुका अनुसार बिरामी भएका बेला उनी उनले यही बजारमा सीफूड बेच्ने काम निरन्तर गरिरहेकी थिइन् । उनी ज्वरोले च्याप्दै गएपछि मात्रै ऊहानको ठूलो अस्पताल ‘द इलेभेन्थ’ मा पुगेकी थिइन् । ‘यस अस्पतालका चिकित्सकले पनि मलाई के भयो भन्ने थाहा पाएनन् र उनले केही पिल्स दिए,’ उनले भनिन् ।’ उनले औषधि त सेवन गरिन्, तर ठीक हुन सकिनन् । त्यसपछि नजिकैको सानो क्लिनिकमा फेरि गइन् र धेरै इन्जेक्सन मागिन् । जब उनले थप इजेक्सन लगाइन् त्यसपछि थप खराब र बेचैन महसुस गर्न थालिन् । शरीरको ताकत घट्दै गयो । अन्ततः डिसेम्बर १६ मा उनी देशकै सबैभन्दा ठूलोमध्येको एक वुहान युनियन अस्पताल पुगिन् । त्यहाँ डाक्टरले उनको ज्वरो कडा रहेको र यस्तै लक्षण बोकेर हुनानबाट धेरै व्यक्ति उपचारका लागि आएको जानकारी दिए । ‘त्यहाँ (अस्पताल) धेरै मानिस थिए,’ उनले भनिन् । वुहान स्वास्थ्य नियोगले ३१ डिसेम्बरमा जारी गरेको विज्ञप्तीमा उल्लेख भएअनुसार कोभिड–१९ को संक्रमण भेटिएका प्रारम्भिक २७ बिरामीमध्ये वि एक हुन् । अधिकारीहरुका अनुसार यतिबेलासम्म मानिसबाट मानिसमा यो भाइरस सर्छ भन्ने पुष्टि भइसकेको थिएन । यी बिरामीमध्ये २४ जनाको हुनानसँग सिधा सम्पर्क छ । तर, पहिलो बिरामी अर्थात् पेसेन्ट जिरो’ को हुन् भन्ने विषय चीनमा अझै रहस्यमै छ । हुनान बजारमा सामान बेच्नेमध्ये कोरोनाको संक्रमण पुष्टि भएकी वि पहिलो व्यक्ति हुन्, तर कोरोना भाइरसको पहिलो बिरामी ७० वर्षमाथिका अवकाशप्राप्त वृद्ध रहेको चिनियाँ चिकित्सक बताउँछन् । चिकित्सकले बीबीसीसँग बताएअनुसार ती वृद्धमा १ डिसेम्बरमै लक्षण देखिएको थियो र त्यसअघि उनी हुनान सीफूड बजारमा गएका पनि थिएनन् । कोभीड–१९ बाट प्रताडित हुने पहिलो व्यक्तिको नाम खोज्न, १७ नोभेम्बरमा फर्कनुपर्छ । जुन, चिनियाँ अधिकारीहरुले नयाँ भाइरस पहिचान भएको घोषणा गर्नुभन्दा ७ हप्ताअघिको कुरा हो । अप्रकाशित डाटाअनुसार चिनियाँ अधिकारीहरुले कम्तिमा त्यस्ता २ सय ६६ व्यक्तिको पहिचान ३१ डिसेम्बरअघि नै गरेका थिए । ३१ डिसेम्बर त्यही दिन हो, जब ऊहानका अधिकारीले नयाँ भाइरसका संक्रमित भेटिएको स्वीकारे । तर, सार्सजस्तै प्रकृतिको नयाँ रोगबारे जनतालाई सचेत गराउन खोज्ने डाक्टरको समूहलाई कारबाही गरे । कोरोना उद्गमथलो ऊहान हो भन्ने आम बुझाइलाई अहिले बेइजिङले अस्वीकार गर्न थालेको छ किनकी यो विश्वव्यापी महामारी चीनमा नियन्त्रित र युरोपमा फैलदो अवस्थामा छ । स्वास्थ्य समस्यासँग जुध्नका लागि चीनले नियुक्त गरेको विज्ञ समूहका नेता डाक्टर झोङ नान्सानले गत साता यो भाइरस उहानबाट सुरु भएको अस्विकार गरेका थिए, उनले यस्ता टिप्पणीलाई ‘गैरजिम्मेवार’ समेत भने । ‘नोबेल कोरोना भाइरस चीनमा देखियो, पक्कै पनि ऊहानमा । तर यसको अर्थ यसको स्रोत उहान हो भन्ने होइन,’ पत्रकार सम्मेलनमा झोङले भने । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोनाभाइरसलाई ‘ऊहान भाइरस’ भन्ने गरेकाले चीनले यसमा कडा आपत्ति जनाउँदै आएको छ, विदेश मन्त्रालयका प्रवक्ता गेन्ग सुआङले बिहीबार चीनलाई निरुत्साहित गर्ने र रोकथामका लागि चीनले गरेका प्रयासबाट मानिसको ध्यान मोड्ने गरी यस्ता टिप्पणी आइरहेको बताए । ‘उनी पापबाट प्रेरित छन्,’ पोम्पेओबारे उनले भने । चीनमाथि सुरुवाती समय सूचना लुकाएको आरोप लाग्दै आएको छ, केही चिनियाँ कुटनीतिज्ञहरुले अमेरिकी सेनाले चीनमा भाइरस भित्र्याएको आरोपसमेत लगाइरहेका छन् । यस भाइरसलाई ‘ऊहान भाइरस’ भन्नुपर्ने पोम्पेओको तर्कमा इटली, फ्रान्स, जर्मनीलगायत अन्य ६ जी–७ राष्ट्र सहमत हुन नसक्दा बिहीबार संयुक्त विज्ञप्ती निस्कन पाएन । विश्व स्वास्थ्य संगठन र अन्य संघसंस्थाले पनि भाइरस विश्वव्यापी फैलने भएकाले यसलाई कुनै भूगोलका आधारमा नामाकरण गर्न नहुने जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘चाइन भाइरस’ भन्थे । आलोचकहरुले एशिया र एशियाली मुलका व्यक्तिमाथि विभेद गरेको आरोप लगाउन थालेपछि उनी लचिलो बनेका छन् । उनले अमेरिकाको चिनियाँ समुदायलाई आपत्ति भएमा आफुले यस्तो नबोल्ने बताएका छन् । ‘कुनै समुदायलाई अप्ठेरो पर्छ भने म यस्तो भन्ने छैन,’ उनले भने, ‘तर भाइसरलाई कुनै ठाउँको नाम दिँदैमा त्यस ठाउँको बद्नाम हुन्छ भन्ने होइन ।’ डेली मेलबाट अनुवाद गरेको यो सामग्री रातोपाटी डटकमबाट साभार गरिएको हो । (फाइल तस्बिर)

जर्मनीबाट फर्केका संक्रमित शर्माले अस्पतालको बेडबाट गरे भावुक अपीलः प्लिज आइसोलेसनमा बस्नुस

जबलपुर । कोरोना भाइरसको संक्रमणमा परेका एकजना युवकले प्रवासबाट फर्किनेहरुलाई निकै भावुक अपील गरेका छन् । भारतको मध्यप्रदेश जबलपुर निवासी उपनिषद शर्माले आफ्नो कथा व्यथा बताउँदै भावुक अपील गरेका हुन । जर्मनीबाट फर्केपछि रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेका शर्मामा जाँच गर्दा कोरोना भाइरस देखिएको थियो । उनले आफैलाई तीनदिनसम्म आइसोलेटमा राखे भने बुद्धमानी देखाउँदै कैयन मानिसलाई संक्रमित हुनबाट समेत जोगए । अस्पतालमा भर्ना भएको उपनिषदले एउटा भिडियो सन्देश जारी गर्दै यो खतरनाक भाइरसबाट जोगिन सबैमा अपील गरेका छन् । उपनिषदको सन्देशः म मार्च १६ तारिखका दिन जर्मनीबाट दिल्ली फर्किएँ । त्यसपछि जबलपुर आएँ । सरकारको निर्देशन मान्दै मैले आफूलाई तीन दिनसम्म आइसोलेसनमा राखे । त्यसपटि मलाई ज्वरो आए । मैले तत्कालै डाक्टरसँग सम्पर्क गरे । डाक्टरले घर आएर मलाई चेकजाँच गरेपछि भिक्टोरिया अस्पताल लगेर गए । त्यहाँ जाँच गर्दा २० मार्चका दिन मलाई कोरोना पोजिटिभ देखियो । त्यसपछि म जबलपुरको मेडिकल कलेजमा उपचार गराउँदै छु । म निकै कष्ट सहिरहेको छु । तपाई सुरक्षित र स्वस्थ्य रहनुहोला भनेर यो बिमारीको बारेमा मैले तपाईलाई जागरुक गरिरहेको छु । यो बिमारीबाट डराउनु पर्ने कुनै आवश्यकता छैन । धेरैजसो मानिस निको हुन्छन् । तपाईलाई ज्वरो र रुघाखोकी मात्रै हुनेछ । तर ठीक भइहाल्नुहुन्छ । तर तपाईसँग कुरा गर्दा पनि अहिले मलाई श्वास फेर्न गारो भने भइरहेको छ । म तपाईलाई भन्न चाहन्ुछ, यदि तपाई विदेशबाट आउनु भएको छ भने परिवारका मानिसबाट दूरी बनाएर बस्नुस । आफ्नो हात बारम्बार धुने गर्नुस् । मुख ढाकेर राख्नुस र राम्रो खाना खानुस । निकै आराम गर्नुस । यदि बढी रुघाखोकी छ भने बाहिर निस्किनुस् । मेरो तपाई सबैलाई अपील छ, म जस्ता मानिसहरुको ज्यान जोगाउने डाक्टर र मेडिकल स्टाफलाई पुरै सम्मान दिनुस र उनीहरुलाई पीडा नदिनुस् । यहाँ यो अस्पतालमा म जस्ता अरु पनि कैयन बिरामी छन् जसको उनीहरुले रातदिन सेवा गरिरहेका छन् ।

मोबाइलमै गर्न सकिन्छ कोरोना भाइरसको परीक्षण

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व त्रासपूर्ण वातावरणमा छ । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले मंगलबारदेखि १८ चैतसम्मका लागि देशभर ‘लकडाउन’ गरेको छ । यस्तो समयमा कतिपयमा कोरोना भाइरसको लक्षण वा आशंका पैदा हुन सक्छ । अस्पताल जाँदा झन भाइरस संक्रमणको जोखिम । त्यस्तै किसिमको समस्यामा सघाउन भारतको एपोलो अस्पतालले मोबाइलमै कोरोना परीक्षण गर्नसकिने गरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित सुविधा दिन सुरु गरेको छ । एपोलो अस्पतालको उक्त सेवा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । लिङ्क खुलिसकेपछि तपाईंलाई तपाईंको उमेर, लिङ्ग, शरीरको तापक्रम, लक्षण (सुख्खा खोकी, हाछ्युँ, घाँटी दुख्ने, कमजोरी महसुस हुने) तथा अन्य लक्षण, यात्रा तथा अन्य व्यक्तिसँगको सम्पर्क, कुनै रोग लागेरनलागेको जस्ता विवरण सोधेअनुसार भर्दै जानुहोस् । सबै प्रश्नको विवरण भरिसकेपछि सिस्टमले तपाईंको अवस्थाको निश्कर्ष निकाल्छ । जसमा तपाईंको जोखिमको स्तर देखि अपनाउनुपर्ने सावधानी तथा उपायहरुको विषयमा तत्कालै सुझाउँछ । टेकपानाबाट साभार

कोरोना त्रासः ‘लकडाउन’पछिको अवस्था (फोटो फिचर)

काठमाडौंः विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले ‘लकडाउन’ गरेसँगै देश सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

कोरोना भाइरसविरुद्ध सयौं जनमुक्ति सेना परिचालन (फोटो फिचर)

बेइजिङ: कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको बेला चिनियाँ सरकारले जनमुक्ति सेनालाई रोकथाम र उपचारका लागि खटाएको छ । जनमुक्ति सेनाको चिकित्सा विभागले आफ्नासैन्य स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा जान निर्देशन दिएपछि हजारौं सेनाहरु जनसेवामा जुटेका हुन । गत शुक्रबारको रात चिनियाँ सैनिकहरुका लागि विशेष मानिन्छ । नयाँ लुनार वर्षको उपलक्ष्यमा यो दिनलाई सैनिकहरुले परिवारसँग पुर्नमिलन हुने दिनका रुपमा लिन्छन् । तर देशमा संकट आउँदा भने उनीहरुले परिवारसँग खुसी साट्न सकेनन् । बरु आफन्तका तस्वीर मोबाइलमा हेर्दै प्रभावित क्षेत्रमा लागे । चाइनामिलका अनुसार, सैनिक चिकित्सा विश्वविद्याय तथा त्यस अन्तर्गतका अस्पतालमा रहेका जनमुक्ति सेनाहरु वुहानका प्रभावित क्षेत्रमा परिचालित भएका हुन । चाइनमिलका अनुसार, चोङचिङमा रहेको सैन्य चिकित्सा विश्वविद्यालयबाट मात्रै १३५ जना स्वास्थयकर्मी वुहानतर्फ लागेका छन् । उनीहरुलाई सामान्य अवस्था र जटिल अवस्था रहेको प्रकोप क्षेत्रमा दुईवटा टीममा खटाइएको छ । यसैगरी सांघाईमा रहेको दोश्रो सैनिक चिकित्सा विश्वविद्यालयबाट १ सय ५० सैन्य स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । तस्वीरमा देखाइ अनुसार, उनीहरु घना वर्षा भइरहेको बेला आफ्ना सामान बोकेर विमानस्थलतर्फ गएको देखिन्छ । सान्सी प्रान्तको एयरफोर्स चिकित्सा विश्वविद्यालयबाट ९५ जना डाक्टर र नर्स वुहानतर्फ लागेका छन् । जनमुक्ति सेनाले चीनको झण्डा बोकेको देखिन्छ । झण्डामा क्रिटिकल कन्डिसन ट्रिटमेन्ट टीम अर्थात जटिल अवस्थाको उपचार गर्ने टीम भनेर लेखिएको देखिन्छ । यसअघि केन्द्रीय कमाण्डले ४० जना चिकित्सलाई वुहान पठाइसकेको थियो । यस अतिरिक्त साउथर्न मेडिकल युनिभर्सिटीबाट समेत २४ जना मेडिकल टोली वुहान पठाइएको छ । राष्ट्रपति शीले पार्टी, सरकार र सुरक्षा निकायका सबै तहलाई कोरोना भाइरसविरुद्ध एकीकृत मोर्चाबन्दी गर्न र उपचारमा सहयोग गर्न शनिवार नै निर्देशन दिइसकेका छन् । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट २८ सय जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ । ग्लोबल टाइम्सले जनाए अनुसार, ५४ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म १३ वटा देशमा यो भाइरस देखा परेको छ । Photo: Chinamil.com

मकर राशीमा शनिको महाप्रस्थान, साढे साती शुरु, तपाईको राशीमा कस्तो पर्छ असर ?

काठमाडौं: ज्योतिष शास्त्रमा विश्वास राख्नेहरुलाई आज विशेष दिन रहेको छ । आज ग्रहहरुको चालमा हुने परिवर्तन ऐतिहासिक रहेको छ । ज्योतिष शास्त्र अनुसार, आज शनि राशी आफ्नै मकर राशिमा प्रवेश गर्न गइरहेको छ । मकर राशिमा शनि बिराजमान हुँदा त्यसको तृतीय दृष्टि मीनमा, सप्तम दृष्टि कर्क मा र दशम् दृष्टि तुलामा रहनेछ । योसँगै आज देखि २९ सेप्टेम्बरसम्म शनी बक्री चालको अवस्थामा रहनेछन् । अस्त र बक्रीको अवस्थामा फलमा कमी आउँछ र काममा ढिलाई हुन्छ । नेपाल, भारतलगायतका देशका लागि बक्रीको स्थिति त्यति शुभ मानिएको छैन । उथलपुथल हुनसक्ने र राजनीतिमा पनि उतार चढाव हुने देखिन्छ । देशको व्यवसायिक र आर्थिक अवस्थामा अस्थिरता देखिन सक्छ । शनिको स्थान परिवर्तन कुन राशीका लागि कस्तो त ? मेष मेश राशी र लग्न भएका व्यक्तिहरुलाई शनि दशम भावबाट भ्रमण गर्ने भएकोले व्यापार व्यवसायमा उन्नती हुनेछ । जागिर भएकाहरुलाई लाभ देखिनेछ । नवीन कार्ययोजना बन्नेछन् । बेरोजगारलाई रोजगार पाउने सम्भावना बलियो छ । पारिवारिक र दाम्पत्य जीवनमा पनि अनुकूल अवस्था देखिनेछ । बाहिरी मामिलाहरुमा केही सावधानी अपनाउनु पर्ला । विवाहको योजना भएकालाई विवाह हुने योग छ । वृषभ वृषभ राशि र लग्न भएकाहरुका लागि शनि नवौं भावबाट मकरको शनि गोचर भ्रमण गर्नेछ । भाग्यमा बृद्धि हुनुका साथए पिताको सहयोग पनि पाइनेछ । व्यवस्थायमा प्रगति र जागिरमा सुखद अवस्था रहने देखिन्छ । शत्रु परास्त हुने र ार्थिक लाभको अवस्था पनि छ । स्वास्थ्य राम्रै रहनेछ । मिथुन मिथुन राशी र लग्न भएकाहरुका लागि शनिको गोचर आठौं अष्टम भावबाट हुने भएकोले प्रारम्भबाट नै करिब सवा वर्षसम्म निकै कठिनाईको सामना गर्नुपर्ने देखिन्छ । काममा ढिलाई हुने देखिन्छ । ढैया पनौती शुरु भएको छ । तनाव हुनसक्ला । तर नातासम्बन्धीबाट सहयोग पाउँदा धनसम्बन्धी विषयमा भने केही राहत पाइनेछ । सन्तान पक्षबाट सहयोग मिल्नेछ । स्वास्थ्य भने ठीकै रहनेछ । विद्यार्थी वर्गका लागि समय सुखद देखिन्छ । कर्क कर्क राशि र लग्न भएकाहरुका लागि दाम्पत्य जीवनमा अनुकुलता रहनेछ । दैनिक व्यवसाय पनि उत्तम रहने देखिन्छ । स्वास्थ्यको दृष्टिबाट उत्तम र समय तपाईको पक्षमा रहने छ । पारिवारिक कुरामा सहयोगसँगै प्रसन्नता रहनेछ । घर र जग्गासम्बन्धी विषयमा राम्रो देखिन्छ । जीवनसाथीसँग महत्वपूर्ण सहयोग पाइने देखिन्छ । बाहिरी सम्बन्ध र धन खर्च गर्दा पनि विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सिंह सिंह राशि र लग्न भएकाहरुका लागि मकरको शनि षष्ट भावबाट गोचर भ्रमण गर्दैछ । शत्रुहरुको नाश हुने र कर्जाबाट मुक्ति पाइने देखिन्छ । यात्राको योग देखिन्छ । बाहिर पढन जानेहरुका लागि सफलता देखिन्छ । पराक्रममा बृद्धि हुने देखिन्छ । कतिपय अवस्थामा मनमा द्विविधा आउन सक्ने हुँदा कुनै पनि नयाँ काम गर्दा सबै पक्ष विचार गरेर अगाडि बढ्नु राम्रो हुनेछ । साझेदारीको काममा लाभ देखिन्छ । कन्या कन्या राशिका लागि शनीको गोचरीय भ्रमण पाँचौ भावमा रहेको छ । ढैया पनौती समाप्त हुँदा धन र पुरस्कार पाइने सम्भावना बढी छ । सन्तान पक्षबाट सहयोग देखिन्छ । लामो समयदेखि चलिरहेको तनावबाट मुक्ति पाउने देखिन्छ । श्रीमतीसँग सामान्य मनमुटाव भएपनि सुखद अवस्था सिर्जना हुनेछ । विद्यार्थी वर्गका लागि राम्रो हुनुका साथै आयको अवस्था पनि ठीकै छ । तपाईको बोली नै तपाईको मुख्य सम्पत्ति भएको हुँदा बोलीमा नियन्त्रण राखेर अगाडि बढनु भयो भने शनिको यो अवस्था तपाईका लागि निकै लाभदायी हुनेछ । महत्वपूर्ण काममा सफलता पाइनेछ । तुला राशि यो राशि र लग्न भएकाहरुका लागि मकरको शनि चौथो स्थानमा गोचर गर्ने छ । पारिवारिक समस्याको समाधान हुने । घरको आशा पुरा हुने देखिन्छ । प्भावमा बृद्धि हुने देखिन्छ । पनौती (ढैया) प्रारम्भ भएकोले कुनै पुरानो रोग फेरी बल्झिन सक्छ, त्यसैले सावधानी आवश्यक छ । धन हानी तर यश पढने देखिन्छ । वृश्चिक यो राशिका लागि पराक्रममा यथेष्ट वृद्दि हुने देखिन्छ । अहिले शनि तृतीय भावमा छन् । यसबाट भाग्यमा अनुकूल स्थिति सिर्जना हुन सक्छ । यात्राको योग देखिन्छ । धन प्राप्ती तथा सन्तानको सुख पाउने सम्भावना बलियो छ । स्वास्थ्य राम्रो हुनेछ । परिवारलाई बढी समय दिनुपर्ने र बाहिरी सम्बन्धहरुबाट टाढा रहनु वेश हुनेछ । धनु मकरको शनि दोश्रो भावमा भएको हुँदा भाईहरुको सहयोग पाइने देखिन्छ । आमाको स्वास्थ्यमा पनि अनुकूलता रहनेछ । धनुमा यसअघि नै साढेसाती शुरु भएको हुँदा अब डेढ वर्ष बाँकी रहेकोले पारिवारिक कलह र मतभेद हुनसक्छ । तर उत्तरार्ध या पछिको समय निकै राम्रो छ । मकर मकर राशिमा नै शनि आएको कारण दाम्पत्य जीवनमा सुखद वातावरणका साथै धनको बचत हुने देखिन्छ । स्वराशिमा भएको कारण शनिले कष्ट दिने छैन । तर मानसिक तनाव भने हुन सक्छ । पदोन्नतीको योग हुनुका साथै सन्तान पक्षबाट सुखद समाचार पाइन सक्छ । मनलाई नियन्त्रणमा राखेर व्यवहार गर्नुभयो भने तपाइका लागि समय शुभ छ । कुम्भ कुम्भका लागि शनि १२ औं भावमा रहने छ । आजदेखि नै यो राशीमा साढे साती शुरु हुने भएको छ । साढे साती भएपनि केही आलस्य बढने तर आर्थिक लाभ देखिन्छ । मध्यम दूरीको यात्रा बारम्बार हुने देखिन्छ । ऋणको अवस्थाबाट मुक्ति पाइने, रोकिएका काममा सफलता पाइने देखिन्छ । जागिरमा पदोन्नती या स्थानान्तरण सम्भव देखिन्छ । मीन मीनका लागि शनिका आय भाव एकादशमा भ्रमण गर्ने भएकोले आर्थिक स्थितिमा सुधारमा अर्थलाभ पाइनेछ । विद्यार्थीका समय उत्तम छ । सन्तान पक्षसँग सहयोग मिल्ने भएकोले राहत पाइनेछ । स्वास्थ्यको दृष्टिबाट समय ठीक नै भन्न सकिन्छ । यश बढने देखिन्छ ।

जाडोमा किन इन्जिन स्टार्ट ढिला? कारण यी हुन्

जाडोमा बिहानको समय अधिकांश बाइक वा गाडी स्टार्ट हुन गाह्रो हुन्छ । खासगरी, बाहिरै पार्किङ गर्नुपर्ने गाडी स्टार्ट हुन समय लाग्छ । इन्जिन, ब्याट्रीका कारण पनि गाडी स्टार्ट नहुन सक्छ । इन्जिनको तापक्रमले पनि यसमा असर गर्छ । चिसो मौसममा इन्जिन स्टार्ट नहुनुका चार कारण छन् : ब्याट्री डेड हुनु तापक्रम कम हुँदा गाडीको ब्याट्रीमा रासायनिक प्रतिक्रिया सुस्त हुँदै जान्छ, जसले गर्दा ब्याट्रीले काम गर्न छोड्छ । खासगरी पुराना गाडीका ब्याट्री छिटो डेड हुन्छन् । सामान्यतया गाडीको ब्याट्री हरेक तीन वर्षमा परिवर्तन गर्नुपर्ने हुन्छ । अत्यधिक चिसो भएको अवस्थामा नयाँ ब्याट्रीको पावरसमेत छोटो समयमै कम हुन्छ । मोबिल जम्नु मोबिल वा इन्जिन आयल जमेर पनि चिसोमा इन्जिन स्टार्ट हुँदैन । गाडीले थेग्न सक्ने तापक्रमको प्रेसरभन्दा बाहिरको तापक्रम कम हुँदा मोबिल जम्ने गर्दछ । जसले गर्दा पर्याप्त रूपमा इन्जिन प्रवाह हुँदैन । ब्याट्रीको पावरसमेत कम भएको अवस्थामा इन्जिन ब्लकका माध्यमबाट पम्प गर्न अझ गाह्रो हुने गर्दछ । पहिलेदेखि ब्याट्री कम भएका गाडी स्टार्ट हुने सम्भावना घटेर जान्छ । इन्धन लाइनमा पानी जम्नु जाडोमा इन्जिन स्टार्ट नहुनुको अर्को कारण इन्धन लाइनमा पानी जम्नु हो । सामान्यतया इन्धन लाइनमा पानी हुनुहुँदैन । तापक्रम कम हुँदा ग्यास लाइन र इन्धन ट्यांकीमा पानी जान सक्छ, तर यस्तो समस्या विरलै आउँछ । यस अवस्थामा इन्धन लाइनहरू पूर्ण रूपमा फेर्नुपर्ने हुन सक्छ । कार्बोरेटर भएका गाडी कार्बाेरेटरजडित अधिकांश गाडीको मुख्य समस्या चिसोमा स्टार्ट नहुनु वा बन्द हुनु हो । यस्ता गाडीको इन्जिनमा साना नोजलहरू हुन्छन्, जाडोमा चिसो बाफलाई वाष्पीकरण गर्न नसक्दा ती नोजल ब्लक हुन्छन् । कसरी स्टार्ट गर्ने ? चिसोमा इन्जिन फ्रिज भएर मात्र नभई अन्य समस्याका कारण पनि स्टार्ट नहुन सक्छ । चिसोले इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । चोकले इन्जिनमा जाने हावा बन्द गरेर इन्धन खन्याउँछ, जसले इन्जिनलाई वार्मअप गर्न सजिलो हुन्छ । एफआई सिस्टम भएका बाइकमा अटो चोक सिस्टम हुन्छ, जसले आफैँ काम गर्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि दुईदेखि तीन मिनेट न्युट्रलमा छोडिदिनुपर्छ । जसले इन्जिनलाई सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ । सबै गाडीमा चिसोका कारण समस्या आउँदैन । यस्ता समस्याबाट बच्न बाइक तथा गाडीलाई समय–समयमा अनिवार्य सर्भिसिङ गर्नुपर्छ । –नयाँ पत्रिका दैनिकबाट

चाणक्य नीति भन्छः यस्ता महिलासँग विवाह गर्दा हुन्छ हानी

मानव जीवनमा सुधार ल्याउने उदेश्यले आचार्य चाणक्यले चाणक्य नीति र चाणक्यनीतिशास्त्र ग्रन्थको रचना गरेका थिए । यी ग्रन्थमा भएका सुत्र र नियमको सही रुपमा पालना गरेमा मानव जीवनमा प्रगति र समृद्धि प्राप्त हुने धारणा छ । चाणक्य नीतिमा पुरुष, महिला, बच्चा, बृद्ध लगायत सबैको बारेमा जानकारी मिल्दछ । ग्रन्थमा मित्र, शत्रु र मानवीय सम्बन्धका बारेमा गहिरो अध्ययन पाइन्छ । आचार्य चाणक्यको यस ग्रन्थमा धेरै नीति, सुत्रको व्याख्या पाइन्छ । महिलाहरुको बिषयमा आचार्य चाणक्यले बताएका कुराहरु निकै महत्वपूर्ण रहेका छन् ।महिलाहरुको स्वभाव,उनीहरुको सोच, ब्यवहारका बारेमा आचार्यले गहिरो अध्ययन गरेका छन् । महिलामाथि चाँडो विश्वास गर्नु हुँदैन भनेका छन् चाणक्यले । उनको यस कुरामा धेरैको विमति पनि हुनसक्छ । तर चाणक्यले दिएको तर्कले उनको कुराप्रति विश्वस्त हुन सकिन्छ । चाणक्यका अनुसार महिलाको स्वभावमा यस्तो लक्षण पाइन्छ जुन विश्वास गर्न गाह्रो हुने गर्छ । महिलाले कुनै पनि कुरा लामोसमयसम्म मनमा राख्न नसक्ने चाणक्यको तर्क छ । चाणक्यले निम्न प्रकारका महिलामाथि विश्वास र विवाह गर्न नसकिने बताएका छन् । आचार्य चाणक्यले भनेका छन्– ‘वरयेत् कुलजां प्राज्ञो विरुपामपि कन्यकाम् । रुपशीलां न नीचस्य विवाहः सदशे कुले ।’ यस श्लोकका माध्यमबाट आचार्य चाणक्यले कुन स्त्रीसँग विवाह गर्न हुने र कुन स्त्रीसँग विवाह गर्न नहुने भनि प्रष्ट पारेका छन् । स्त्रीको सुन्दरता आचार्य चाणक्यले स्त्रीको सुन्दरतालाई गौण मानेका छन् । यदि कोही पुरुष स्त्रीको सुन्दरता देखेर विवाह गरेमा पुरुषको गल्ती हुने बताएका छन् । र, त्यस्ता पुरुषलाई मूर्खको संज्ञा दिएका छन् । स्त्रीको संस्कार विवाहको लागि स्त्रीको संस्कार, स्वभाव, लक्षण र गुण– अवगुणको बारेमा जानकारी लिनु पर्ने ग्रन्थमा उल्लेख पाइन्छ । यी सबै कुरामा ध्यान दिन सकेमात्रै स्त्रीको विवाहको बारेमा निर्णय गर्नुपर्ने आचार्यले उल्लेख गरेका थिए । अन्यथा सुन्दरताका नाममा गलत स्त्रीको छनौटबाट परिवारमा दुःख आउन सक्ने उनको तर्क छ । आचार्य चाणक्यले ग्रन्थमा स्त्रीको संस्कारलाई विशेष महत्व दिएका छन् । राम्रो संस्कार भएको स्त्रीको कारण घर स्वर्ग जस्तै हुने र पूरै परिवारको रेखदेख हुने चाणक्यले ग्रन्थमा उल्लेख गरेका छन् । नराम्रो संस्कार भएका महिलाको कारण घर बिग्रन सक्ने खतरा समेत हुने सक्ने उनको धारणा छ । स्त्री सुन्दर नभएपनि राम्रो संस्कारको स्त्री भएमा परिवारको भविष्य सुन्दर हुन्छ । धर्ममा विश्वास नगर्ने महिलाले परिवार सम्बन्धमा पनि अविश्वास गर्ने सम्भावना रहन्छ । त्यस्ता स्वभाव भएका स्त्रीबाट परिवार बिग्रने खतरा रहने आचार्यले ग्रन्थमा उल्लेख गरेका छन् ।

किन उठ्छ रिस? यसरी राख्नुस् नियन्त्रणमा

काठमाडौंः कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ? वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ । कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ । रिस उठेका बेला हर्मोनको प्रभावले हाम्रो दिमाग शून्य हुन्छ । यसको असर हाम्रो सोच्ने क्षमतामा पर्छ । त्यसैले, हामी कसैलाई नराम्रो व्यवहार गर्न पुग्छौँ । अनि पछि पछुतो हुन्छ । रिस कम गर्ने / नियन्त्रणमा राख्ने उपाय सादा खाना : शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा (तेल, मसला, पिरो कम भएको) खाना खानुपर्छ । व्यायाम : घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ । पूरा निद्रा : रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ । आफन्तसँग कुरा गर्ने : यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ । मनोचिकित्सकसँग परामर्श : सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ । नसालु पदार्थ सेवन नगर्ने : नसालु पदार्थले मस्तिष्कलाई उत्तेजित बनाउँछ, र ज्यादा रिस उठाउँछ । त्यसैले, रिस कम गर्न नसालु पदार्थबाट टाढै रहनुपर्छ । लामो, गहिरो सास लिने : रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ । संगीत सुन्ने : रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ ।

यस्तो थियो २०१७ पुष १ गतेको शाही घोषणा (पूर्णपाठसहित)

काठमाडौंः २०१७ पुस १ गते राजा महेन्द्रले सेनाको आडमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको १८ महिने सरकारलाई अपदस्थ गरी दलहरूमा प्रतिबन्ध लगाए र निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । थापाथली हाइटको फराकिलो चौरमा तरुण दलको सभा हुँदै गर्दा बीपी, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरेर एकदलीय व्यवस्थाको आरम्भ गरिएको थियो ।  त्यसयता ३० वर्षसम्म दरबारले निरंकुश शासन चलाएको थियो । यस्तो थियो घोषणाको पूर्ण पाठ: आगे प्यारा प्रजा, गैह्रके यथोचित, जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरवण पैदा गर्छन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ। फलस्वरूप काङ्ग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई संविधानअनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेदारी हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै कुरा भएको थियो। त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समयसमयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ। प्रजातान्त्रिक पद्धतिअनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारका बीचमा भएको भ्रमात्मका वातावरण राम्रोसित सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर त्यसको ठीक उल्टो प्रजातान्त्रिक पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थ पूर्ति गर्न अधिकार प्रयोग गरियो। ऐन/कानुनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशका प्रशासनयन्त्र निस्क्रीय र आधारहीन बनाउने चेष्टामा लाग्यो। अधिकार दुरूपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनेकन भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तत्वहरूले धैरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्‍याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको कार्यान्वयनबिना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरणमात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रका निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नहुने भएकाले देशको एकता, राष्ट्रियता र सार्वभौम बचाउन, देशमा अमनचयन कायम राख्न र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमा भएकाले उपर्युक्त वातावरण हटाई शान्तिसुरक्षा कायम राख्न र देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष अवस्थाको जरुरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद दुवै सदनसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं। कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं। हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौं – भाग २ का सबै धारा, भाग ३ का सबै धारा, भाग ४को धारा ११ बाहेक अरू सबै धारा, भाग ५को धारा ५५ बाहेकका सबै धारा, भाग ९को परिच्छेद ३ तथा धारा ७३ बाहेक र भाग १० का सबै धारा । यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, कामकर्तव्यबाट विचलित हुनु वा अल्मलिनुपर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ। परराष्ट्र विषयमा हामीले दृढतापूर्वका आफ्नो तटस्थता अपनाई सबै मित्र राष्ट्रसँग मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं। श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् जय नेपाल ।

१०२ वर्षे कम्युनिस्ट नेताको गुनासोः ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन’

प्यूठानः जिल्लाकाे  गौमुखी–७ नारीकोट रामखोला गाउँको ठूलाबेंसी सडकबाट करिब १० मिनेट उकालोपछि एउटा घरमा पुगिन्छ । जंगल बीचको त्यो घरमा बस्छन् कम्युनिस्ट नेता खगुलाल गुरुङ । गत भदौ २५ देखि १०२ वर्ष लागेका उनी राजनीतिमा सक्रिय छैनन् । तर चासो राखिरहन्छन् । अलि ठूलो सोरले बोले मात्रै सुन्छन् । उकालीओराली गरिरहने भएकाले फूर्तिला छन् । अहिलेको राजनीतिक व्यवस्थाप्रति उनी असन्तुष्ट छन् । भन्छन्, ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन ।’ गुरुङ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बुबा खिमविक्रमको संगत र प्रेरणाले राजनीतिमा लागेका हुन् । बागलुङमा जन्मिएका उनी बसाइँ सरेर प्यूठानको नारीकोट आए । कम्युनिस्ट राजनीतिमा लागेका कारण गाउँका केही अगुवाले जग्गा भोगचलन गर्न नदिएपछि उनी खिमविक्रमकहाँ सहारा माग्न पुगेका थिए । पछि उनले नै मोहनविक्रमलाई काठमाडौंस्थित दरबार हाईस्कुलमा पढाउन पुर्‍याए । ‘म खिमविक्रमकै प्रेरणाले राजनीतिमा लागेको हुँ,’ गुरुङ भन्छन्, ‘म त्यो बेलाकै राजनीतिक बाटोमै छु ।’ पछि समय यस्तो आयो, मोहनविक्रम र खगुलालले खिमविक्रमलाई ‘महासामन्त’ घोषणा गरे र उनीविरुद्ध दुवैले विद्रोह गरे । त्यसबेला खिमविक्रमविरुद्ध वर्गीय र नैतिक आचरणको विषयलाई लिएर राजनीतिक चर्चा चुल्याइएको थियो । कम्युनिस्ट राजनीतिमा लागेकाले ‘हुनेखाने’ वर्गविरुद्ध आन्दोलन उनीहरूले नै सुरु गरेका थिए । नेकपालाई प्यूठानमा विस्तारित गर्ने मुख्य श्रेय मोहनविक्रम र गुरुङमाथि जान्छ । ‘हाम्रै नेतृत्वमा २००९ सालमा प्यूठानको रातामाटामा पहिलो कार्यकर्ता प्रशिक्षण गरिएको थियो,’ उनले सुनाए । उनीहरूले त्यतिबेला तीनमहिने शिविर चलाएका थिए । शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित शिविरमा सामेल भएकाहरूबाट जिल्लाभर कम्युनिस्ट पार्टी फैलिएको उनले बताए । शिविर चलाउन तत्कालीन बडाहाकिम प्रतिमानचन्द्र बोहराले साथ दिएका थिए । केही समयपछि कम्युनिस्टलाई साथ दिएको भनेर तत्कालीन सरकारले बडाहाकिमको सरुवा गरेको थियो । त्यसैबेला पाण्डेडाँडामा सात जनाको कमिटी बनाइएको थियो । संस्थापकमध्ये मोहनविक्रम र गुरुङ मात्र जीवित छन् । यो समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट लिइएको हो ।