चीनले बनायो ९८ फुटबल मैदान बराबरको विशाल विमानस्थल (तस्बिर सहित)

चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल विमानस्थल सञ्चालनमा आएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे।

उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ।
तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ।


नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ। ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्।


यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्।

सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।

 

 

धामीले खोस्याे प्रमाको मुस्कान

बझाङ । प्रमा बोहरा । वर्ष २४ । घर साइपाल गाउँपालिका २, धलौन । हेर्दै फरासिली । मिलनसार । रहरैरहर अनि सपनाले घेरिएकी । तर बाध्यताले थिचिएकी । पिटिएकी । क्रूर काला रातसंँग संघर्ष गरेर धन्न बाँचेकी उनी दुवै कान सुन्दिनन् । उनीसँगैका दौंतरी महिला अधिकांशले घरजम गरिसके । छोराछोरी हुर्काइसके । यो देख्दा प्रमालाई पनि विवाह गर्ने अनि केटाकेटी खेलाउने रहर जाग्छ । साथीले देउडा खेलेको, फोनमा कुरा गरेको देख्दा त्यसै गर्न रहर लाग्छ । रहरहरू मन मै जन्मिन्छन । मनमै मर्छन् । भन्छिन्, ‘भावीले यस्तै लेखेको रैछ भनेर मन बुझाउँछु ।’ देउडाका टुक्का मिलाउन खप्पिस प्रमा मनमा उकुसमुकस गितबाटै पोख्छिन् । जिन्दगीका रहरहरू देउडाबाटै बताउँछिन् । गीतबाटै चित्त बुझाउँछिन् । यसैगरी जिन्दगी गुजारेको पनि १२ वर्ष भैसकेछ । उनले भेटमा सुनाइन् । १२ वर्षअघि के भयो उनलाई ? एकदिन गाईबस्तु चराउन घर नजिकैको जंगलमा गइन् । अचानक पेट दुख्न थाल्यो । लगातार वान्ता हुन थाल्यो । सँगै गएका अरु साथीले घरसम्म बोकेर ल्याए । प्रमा अचानक बिरामी भएपछि बाआमाले घरमा धामी बोलाए । घर बाहिरैबाट काँप्दै आएका धामीले उनलाई भूत लागेको भन्दै झारफुक (मन्त्र लाउन) सुरु गरे । भूत भगाउने बहानामा कुटपिट सुरु भयो । निर्घात कुटे । बिरामीलाई कुटेर थाकेका धामीले भूत सहजै नभाग्ने भन्दै उनका परिवारलाई अर्को पटक फेरि आफ्नो दियो बाल्नु (फेरि धामी बसाल्नु) भनेर निस्किए । प्रमा कुटाइले झन थिलथिलो भइन् । अवस्था गम्भीर र चिन्ताजनक बन्दै गयो । यो देखेर आत्तिएका उनका बुवाले लगतै अर्को धामी बोलाए । अर्को धामीले पनि मरणसान्न हुने गरी पिटे । तर उनलाई सन्चो भएन । कुटाइ रातभर चल्यो । धामीहरू फेरिदै गए । उपचारका नाउमा रातभर खाएको पिटाइ र पीडा सम्झदा अहिले पनि प्रमा तर्सिन्छिन । ‘नथाकुन्जेल कुट्थे, थाकेपछि भुत बलियो रैछ एकै पटकले गएन, अर्को पटक फेरी दियो बाल्नु भन्थे’ प्रमाले त्यो कालो रातको सम्झना गर्दै भनिन, ‘१०/१२ जना धामीले पालैपालो कुटे, चिथोरे, टोके, कोहीले पन्यु रातो हुने गरी तताएर पिट्थे।’ होस हुँदासम्म कुटेको उनलाई याद छ । धेरै कुटाई खाएपछि बेहोस भइन् । त्यसपछि के गरे थाहा पाइनन् । भोलीपल्ट होस फर्कदा उनका दुबै कानले सुन्न छोडिसकेका थिए । ठुलो खोला सुसाए जस्तो लगातार आवाज आईरहेको थियो । संयोगवश उनको पेट दुख्न भने रोकिएको थियो । वान्ता रोकिएको थियो । बलिया धामीको बेहिसाब कुटाईले उनका दुबै कान फुटिसकेका रहेछन् । अघिल्लो दिन सम्म उनले कल्पना पनि गरेकी थिइनन । त्यो कालो रातले जीवन सधैका लागि अन्धकार बनाइ दिन्छ भनेर । कान सुन्न छोडेपछि उनी माथीको यातना झन चरम हुँदै गयो । दिनहुँ जसो घरमा धामी बोलाइन्थ्यो । लाटो भुत लागेको भन्दै सबै धामीले विभिन्न खाले यातना दिन्थे । झण्डै छ महिनासम्म यो क्रम चल्यो । तर उनले कान सुनिनन् । धामीबाट उपचार सम्भव नभएपछि उनका बुवा गोपाल बोहराले डाक्टरकहाँ देखाउन सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उनको उपचार भएन । सुविधा सम्पन्न अस्पताल पुर्‍याउन चिकित्सकले सल्लाह दिए । उनको आर्थिक अवस्थाले त्यो सम्भव थिएन । ‘यसको भाग्यमा यस्तै लेखेको रैछ भनेर चित्त बुझाएँ, घर फर्काएर आएँ’ प्रमाका बुवाले भने ‘अहिले यसको भविश्य सम्झेर चिन्ता लाग्छ ।’ भाग्यमाथि भरोसा उनको भाग्यमा के लेखिएको थियो ? तर धामीको यातनाले सबै मेटिदियो । उनको भागमा बाँकी रह्यो मात्र पीडा र निरासाको जीवन । उनी भाग्यलाई सराप्न थालिन् । देउडा भनेपछि हुरुक्कै हुने प्रमा गाउन पनि जान्दछिन् । आफ्नो भाग्यलाई देउडा मार्फत यसरी व्यक्त गरिन् । ‘नरोउँ भन्या मन मान्दैन, रोयाले (रोएर) पुग्दैन, भाविले बान्याको (बाँधेको) गाँठो केइ गरे फुक्दैन ।’ उनकी भाउजु नाता पर्ने विमला बोहरा भन्छिन्, ‘कान मात्र नसुन्ने हुन्, यति फरासिली र मिलनसार केटी गाउँमा कमै छन, विचरीका रहर त कति छन कति, तर के गर्नु दैवले नै ठगे पछि ? ।’ गाउँमा आफुले कोरीबाटी गरेरहिंड्दा पनि गाउँलेले गिज्याउलान भन्ने डर लाग्छ प्रमालाई । यो कुरा देउडा मै सुनाईन् । ‘उइ दिन आउँदा उई दिन झाँदा मु कसरी काटुँ, दुई बाट्याकी खिस्याउदा (गिज्याउदा) छन एकै चुल्ठो बाटु ।’ कुराकानीका क्रममा प्रमा बेलाबेला भावुक भइन् । आफ्नो भाग्य प्रति निकैनै विरक्त देखिने उनले गितबाटै भनिन ‘म छोरी अभागी जन्म्याँ दोष लाउनु कै (को) सित, भाग्यले दिनु दुःख दियो को बुझाउला चित्त ?’ भगवानले पाप गरेपनि सरकारले धर्म गर्छ र आफूलाई फेरी कान सुन्ने बनाईदिन्छ भन्ने झिनो आशा पनि उनले गितबाटै व्यक्त गरिन् । ‘पाप अर्न्या भगवान बैरी धर्म अर्न्या सर्कार, मेरा दुख बुझौलाकी पड्याको दर्कार ।’ त्यही बेलाको कुटाइका कारण अहिले पनि जीउ दुख्ने हुन्छ । भन्छिन ‘खासै सन्चो पनि हुदैन । विरामी भएर जिन्दगी जाने भयो ।’ सबैको आशा धामीमै अन्धविश्वासका कारण जीवन अन्धकारमा धकेलिएकी प्रमा साइपाल गाउँपालिकाकी एक जिवित उदाहरण मात्र हुन । सदरमुकाम चैनपुरबाट ३ देखी ५ दिनसम्मको पैदल दुरीमा रहेको जिल्लाकै विकट यस गाउँपालिकाको स्वास्थ्य सेवा र चेतनाको अवस्था अझै पनि फेरिएको छैन । स्वास्थ्य चौकीहरू छन । औषधी छैन । उपचार दिने दक्ष जनशक्ती छैन । कार्यालय सहयोगीहरूका भरमा महिनौसम्म चल्छन स्वास्थ्य संस्थाहरू । अनि जस्तोसुकै विमारको उपचारको लागि पनि धामीकै भर पर्छन यहाँका जनता । ‘धामीको भर पर्दा कति जनाको मृत्यू भैसक्यो होला । कति महिलाको धामीको कुटाईबाट गर्भपतन समेत भएको छ’ धलौनका बसन्त बोहरा भन्छन, ‘सदरमुकाममा गएर उपचार गर्न सक्ने हैसियत सबैसँग हुदैन । आपतकालिन विरामीलाई ३/४ दिन लगाएर बोकेर लैजान पनि सकिन्न । धामी नै यहाँका डाक्टर हुन ।’ यहाँका स्थानियहरू आफूलाई लागाँ देवताका सन्तानको रुपमा मान्ने गरेका छन् । त्यसैले विरामी पर्दा लाँगा कै भर गर्छन । बोहरा भन्छन, ‘देउताको भर नगरौ भने अरु विकल्प पनि त छैन ।’ साइपाल खबरबाट

काठमाडौं नजिकै घुम्ने जाने सोचमा हुनुहन्छ? जानुहोस् बौडेश्वर झरना (फोटोफिचर)

काठमाडौंः तपाईं काठमाडौं नजिकै घुम्न जाने सोचमा हुनुहन्छ ? यदि त्यसो हो भने बौडेश्वर झरना उपयुक्त गन्तव्य हुनसक्छ । भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण झरना उत्कृष्ट पर्यटकीय गन्तव्य हो, बौडेश्वर झरना । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । काठमाडौंको टोखा नगरपालिका–१ झोरमा रहेको बौडेश्वर झरना गएर तपाईंले छोटो समय र थोरै पैसामा धेरै मनोरञ्जन लिन सक्नुहुन्छ । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर झरना सामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँसम्म नै बस सञ्चालनमा छ । पहाडको माथिबाट झरना निरन्तर झरिहन्छ र त्यहाँ पुगेकाहरु त्यसैमा रमाइरहेका हुन्छन् । दैनिक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरु झरना हेर्नका लागि पुग्ने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । त्यहाँ रहेको भगवान महादेवको शक्ति पिठले पनि पर्यटकलाई थप आकर्षित गर्दै गइरहेको छ । झरना नजिकै रहेको अलौकिक गुफा छिरेर भगवान महादेवको पुजा गरेमा मागेको बर पाइने धार्मिक विश्वास रहेको छ । बौडेश्वर झरनालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा चिनाउनका लागि टोखा नगरपालिकाले २४ करोड रुपैयाँमा गुरुयोजना बनाएको जनाएको छ । मनोरञ्जनपार्क, मन्दिर, रक क्लाइम्बिङ, पिक्निक स्पोट्स र फुटवल ग्राउण्डलगायत निर्माण गर्ने नगरपालिकाले तयार पारेको गुरुयोजनामा उल्लेख छ । पूर्वाधार बिना पर्यटकको चहलपहल बढेको झरनाको गुरुयोजना कार्यान्वयन भएमा त्यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने नगरप्रमुख प्रकाश अधिकारीले बताए । नगरपालिकाले झरना नजिकै रहेको झोरमा बालमैत्री पार्क निर्माण कार्य पनि सुरु गरेको छ ।

यी हुन् ऋषभ पन्तकी सुन्दर गर्लफ्रेण्ड (फोटो फिचर)

काठमाडौं, भारतीय क्रिकेट टीमका निकै चर्चित युवा खेलाडी हुन ऋषभ पन्त । ब्याटिङमा एकनासको लय नभएपनि उनले कैयन उत्कृष्ट खेल खेलेका छन् । आज पनि ऋषभ पन्त (यो समाचार तपाई एभरेष्ट दैनिक डटकममा पढ्दै हुनुहुन्छ) दक्षिण अफ्रिकाविरुद्दको टी–२० खेल खेलिरहेका छन् । ऋषभ पन्त अहिले २२ वर्ष पुगे । उनी भारतको उत्तराखण्ड निवासी हुन । यही बीचमा ऋषभ पन्तको चर्चा उनकी प्रेमिकाका कारण पनि भएको छ । गत जनवरीमा उनले पहिलोपटक आफ्नो प्रेमलाई सार्वजनिक गरेका थिए । को हुन त ऋषभकी प्रेमिका ? ऋषभ पन्तकी सुन्दर प्रेमिका अहिले १९ वर्षकी भइन । उनको नाम इशा नेगी हो । उनी पनि ऋषभ जस्तै उत्तराखण्ड निवासी नै हुन । ऋषभ पन्त ब्राम्हण परिवारका हुन भने इशाा भने क्षत्रि परिवारबाट हुन । इशाको हाइट ५ फिट ३ इन्च रहेको छ । उनको तौल अनुमानित ५० किलो छ । उनको आँखा ब्राउन रहेको छ भने कपाल पुरै कालो देखिन्छ । कमर भने जम्मा २६ इन्च छ । पढाईमा निकै अब्बल रहेकी इशाले इन्टेरियर डिजाइनिङमा काम गर्छिन । उनले देहरादुधनको जेसस एण्ड मेरी स्कूलबाट हाइस्कूल गरेकी हुन । यसैगरी उनले दिल्लीको एमिटी कलेजबाट अंग्रेजीमा बिए गरेकी छिन् । कलेजन पढ्दै गर्दा उनले इन्टेरियर डेकोरेसन गर्न थालेकी हुन । अहिले उनी परिवारकै साथमा व्यापारमा सघाए गरिरहेकी छिन् । देहरादूनमा फेब एक्स इन्जिनियरिङ नाम गरेको व्यवसाय रहेको छ । इशाका बारेमा थप कुरा मन पर्ने कलाकारः अमिर खान, वरुण धवन नायिकाः कट्रिना कैफ फिल्मः क्वीन, धूम ३, २ स्टेट्स, हाइवे, ट्विलाइट, द ह्याङओभर, द प्रिन्सेज डायरी गायकः अर्जित सिंह, टेलर स्विफ्ट, माइकल ज्याक्सन, जष्टिन बाइबर र केट पेरी पुस्तकः भेम्पाईर, मेन बिहाइन्ड द मिरर अचम्म त के छ भने ऋषभलाई माया गर्ने इशाको मनपर्ने क्रिकेटर भने बिराट कोहली हुन ।  

१४१ दिनपछि शनिको चाल परिवर्तन, साढेसातीलाई राहत, यी राशिको भाग्य चम्किने

एभरेष्ट डेस्क: ज्योतिषशास्त्रमा शनि ग्रहको विशेष महत्व छ । राशिमा शनिको उपस्थितिले राम्रो र नराम्रो दुबै फल दिने गर्दछ भनेर विश्वास गरिएको छ । आजका दिनदेखि शनिले आफ्नो चाल परिवर्तन गर्दैछन् । आजदेखि उनी बक्रीबाट सिधामार्गी हुनेछन् । मार्गी हुँदा शनिको साढेसाती, अढैया र शनिबाट पीडित व्यक्तिहरुले राहत पाउने छन् । १४१ दिनपछि आज दिउँसो दुई बजेर ३३ मिनेटमा शनि सिधा बाटोमा हिँडनेछन् । शनि आगामी २४ जनवरी २०२० सम्म यसरी नै मार्गी रहनेछन् । ध्रमग्रन्थमा शनिलाई क्रूरका साथै न्यायको देवता मानिन्छ । शनिदेवले मनुष्यको कर्मका आधारमा उसलाई फल प्रदान गर्दछन् । अहिले शनि धनु राशिमा गोचर गरिहेका छन् तर आजदेदि उनी धनु राशिमा नै बक्रिबाट मार्गी हुनेछन् । यसपछि उनी मकर राशीमा प्रवेश गर्नेछन् । धनु राशिको स्वामि भने गुरु बृहष्पति हुन । धनु राशिमा शनिसँगै केतु पनि रहनेछन् । शनि मकर र कुम्भ राशिका स्वामि हुन भने तुला राशिमा उच्च र मेष राशिमा नीच हुने गर्दछन् । शनिको यो चाल परिवर्तनले के फाइदा होला त ? मेष शनि तपाईको राशिको नवौं भावमा मार्गी भइरहेका छन् । यसबाट मेष राशिलाई विशेष आर्थिक लाभ हुनेछ । वृष यो राशिको जातकका लागि शनि आठौं भावमा मार्गी हुनेछन् । यो अवस्थाले कष्टहरुबाट छुटकारा पाइनेछ । मिथुन यो राशिका जातकको सातौ भावमा शनि मार्गी हुने भएकोले सहयोगीसँको सम्बन्ध राम्रो रहनेछन् । कर्क शनि छैठौं भावमा मार्गी हुने हुँदा कोर्ट कचहरीमा लाभ पाइनेछ । विदेश जाने योग बन्ने छ । सिंह शनि पाँचौ भागमा मार्गी हुने हुँदा सन्तान सुख पाइनेछ । जागिर परिवर्तन हुने योग बन्न सक्छ । कन्या शनि चौथो भावमा मार्गी हुँदा भूमि, भवन, बाहन मिल्ने योग बन्ने छ । तुला शनि तेश्रो भावमा मार्गी हुँदा साहसमा बृद्धि र यात्राको योग बन्ने छ । वृश्चिक वृश्चिक राशिका जातकमा साढेसातीको प्रभाव छ । यो राशीमा शनि दोश्रो भावमा रहने छन् । यसबाट पैत्रिक सम्पत्तिमा लाभ हुने छ । धनुः धनु राशिका जातकमा पनि साढे सातीको प्रभावि छ । शनिदेव धनु राशिका जातकको लग्नमा रहने छन् जसबाट स्वास्थ्य लाभ राम्रो रहनेछ । मकरः शनि १२ औं भावमा मार्गी रहनेछन् । मकर राशिका जातकमा पनि साढे सातीको प्रभाव छ । विदेश जाने योग बन्न सक्छ । कुम्भ शनि ११ औं भावमा हुँदा लाभको योगका साथै नयाँ अवसर पाइनेछन् । मीन शनि या राशिको १० औं भावमा रहनेछन् । जसबाट कार्यक्षेत्रमा ख्याती पाइन सक्छ ।

अडिसन नहुने भएपछि सुदूरपश्चिमका कलाकार आक्रोशित, बहिष्कार गर्ने चेतावनी

काठमाडौंः नेपाल आइडल सिजन–३ को अडिसन सुदूरपश्चिममा नराखेको भन्दै त्यहाँका कलाकार तथा सङ्गीतप्रमी आक्रोशित भएका छन् । उनीहरुले नेपाल आइडल बहिष्कार गर्नेसमेत चेतावनी दिएका छन् । कसले के भने ? नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले यो सिजनमा सुदूरपश्चिममा अडिसन नहुनु दुःखत रहेको बताए । उनले सुदूरपश्चिममा अडिसन गर्न भन्दै पटक–पटक आयोजकसँग आग्रह गरेको बताए । उनले भने, ‘सुरुमा महेन्द्रनगरमा अडिसन हुने कुरा सुनेको थिँए । पछि नहुने कुरा सुनेपछि आफैं गएर आयोजकसँग पटक–पटक कुरा राखेको छु ।’ अडिसनका लागि तयारी गरेकाहरुलाई नेपालगञ्जमा आएर भए पनि अडिसनमा सहभागी हुन ओडले आग्रह गरे । त्यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् । लोक देउडा गायक पवन भण्डारीले नेपाल आइडलले सुदूरपश्चिमलाई बहिष्कार गरेकाले सुदूरपश्चिमवासीले पनि आइडललाई बहिष्कार गर्ने बताए । ‘नेपाल आइडलले सुदूरपश्चिमलाई बहिष्कार गर्छ भने हामीले पनि नेपाल आइडललाई बहिष्कार गछौं,’ उनले भने । ‘नेपाल आइडलले पहिलेदेखि नै सुदूरपश्चिमलाई हेपेको छ । पहिलो सिजनमा पनि हेप्यो, अहिले पनि हेप्यो,’ आक्रोशित हुँदै भण्डारीले भने, ‘यहाँ पनि अन्य ठाउँ जस्तै कलाकार छन् । अडिसन नहुनु हलाकार, नवप्रतिभा लगायत सुदूरपश्चिमका लागि दुःखत हो ।’ धनगढीका स्थानीय शंकर भट्टले सुदूरपश्चिममा अडिसन नभएपछि आइडलको विरोध गर्ने बताए । उनले भने, ‘यहाँ अडिसन नहुँदा धेरै प्रतिभाहरुले प्रतिभा देखाउने अवसर पाएनन् । हामी नेपाल आइडलको विरोध गर्दै बहिष्कार गर्छौं ।’ नेपाल आइडल सिजन–३ को अडिसन मंगलबार देखि सुरु हुँदैछ । आयोजकका अनुसार यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन हुनेछ । तर, गत वर्ष नेपाल आइडल सिजन–२ को विजेता शहर धनगढीमा भने यसपटक अडिसन नहुने आयोजकले जनाएको छ । नेपाल आइडलको पहिलो सिजनमा पनि सुदूरपश्चिममा अडिसन भएको थिएन । तर, काठमाडौंबाटै अडिसन दिएर सुदूरपश्चिमकी सध्या जोशी टप–९ सम्म पुगेकी थिइन् । अन्य थुप्रै नवप्रतिभाहरूले काठमाडौंलगायत अन्य ठाउँबाट अडिसन दिनुपर्ने बाध्यता थियो । दोस्रो सिजनमा पहिलो पटक धनगढीमा अडिसन हुँदा धनगढीबाट सहभागी कञ्चनपुरका रवि वड विजेता बनेका थिए । रविसँगै धनगढीबाट रवि शर्मा, रमेश अर्याललगायत नवप्रतिभाले सहभागी जनाएका थिए । यसपटक सुदूरपश्चिममा अडिसन नहुने भएपछि धेरै नयाँ प्रतिभा अडिसन दिनबाट बञ्चित हुने भएका छन् । यो पनि पढ्नुस्: सुदूरपश्चिमममा नेपाल आइडल–३ को अडिसन नहुने, चौतर्फी आलोचना

सावधान ! गुगलमा बिर्सेर पनि नखोज्नुस् यी १० कुरा

काठमाडौं, पछिल्लो समयमा हरेक कुराको जानकारीका लागि इन्टरनेट साइट गुगलको प्रयोग गर्ने कुरा सामान्य बनेको छ । कतिपय अति सवेदनशील विषयदेखि आवश्यक पर्ने साना साना कुरा समेत चाहिएमा गुगलमा टाइप गर्ने गरिन्छ । तर गुगलमा पाइने सबै जानकारी हाम्रा लागि सही प्रामाणिक नै हुन्छन् भन्ने हुँदैन । गुगल त खासगरी एउटा माध्यम मात्रै हो । यसले हामीले चाहेको सूचना अनुसार सम्बन्धित साइटसम्म प्रयोगकर्तालाई पुर्याउने काम मात्रै गर्दछ । त्यसैले गुगलमा खोज्ने कुरामा विशेष सावधानी अपनाउनुपर्ने र साँच्चिकै आधिकारिक जानकारी हो कि होइन भन्ने कुरा बुझ्नु जरुरी छ । एउटै विषयमा हजारौं साइटमा सूचना हुनसक्छन् । त्यसैले यहाँ केही १० वटा कुरा दिइएका छन् । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविद्हरुले सुझाव दिएका छन् । १. अनलाईन बैंकिङ वेवसाइट यदि तपाई आफ्नो बैंकको वेवसाईट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइएको छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु)ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छ । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइप गर्छन् र धोकाधडीको शिकार बन्ने गर्दछन् । http://www.everestdainik.com २. कष्टमर केयर नम्बर फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कष्टमर केयर नम्बर र वेभसाईट देखाउने गर्दछन । कतिपय घटनमा गुगलमा कष्टमर केयर नम्बर सर्च गेपछि फोनमा युर्जर्सलाई यस्ता ठगहरुले ठगेका छन् । कुनै पनि कम्पनीको कष्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेभ पेजमा या फोनबाट कष्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ । ३. मोबाइल एप्स र सफ्टवेयर यदि तपाई आफ्नो स्मार्टफोनका लागि एप्स सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुस । सधैं गुगल प्ले स्टोर या ऐप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुस । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर हुन सक्छन् । ४. औषधि र रोगको लक्षण सामान्य स्वास्थ्य जानकारीका लागि गुगलमा खोज्नु राम्रै भएपनि कुनै बिरामीका लक्षणहरुका आधारमा के भएको भनेर खोज्ने काम गर्नु हुँदैन । लक्षणका आधारमा औषधि खोज्ने काम पनि गर्नु हुँदैन । कहिले पनि रोगको लक्षण र औषधीका लागि गुगलमा भर नपर्नुहाला । कुनै पनि यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । रोगको तत्काल देखिएको लक्षणका आधारमा गुगलमा भेटिने औषधी सेवन गर्नु प्राणघातक पनि हुन सक्छ । ५. स्टक मार्केट या लगानीसँग जोडिएका सल्लाह स्टक मार्केट या लगानीमा सही सूचना पाइएन भने यसले दीर्घकालिन घाटा हुनसक्छ । त्यसैले यसबारेमा जानकारी लिन गुगल भन्दा विश्वसनीय साइटमा नै जानु राम्रो हुन्छ । गुगलमा आउने सूचनाका आधारमा कुनै कम्पनीका बारेमा राय बनाउनु राम्रो हुँदैन । लगानीका बारेमा एक्सपर्टको सल्लाह लिनु राम्रो हुन्छ । तर गुगलमा आउने सूचनाका आधारमा लगानी गर्दा जोखिमपूर्ण हुनसक्छ । ६. केही सरकारी वेभसाइटको जानकारी बैंकिङ वेभसाइट जस्तै कर तिने या ग्यास बुक गर्ने या यस्तै प्रकृतिका केही सरकारी साइट भने अट्याकर्सको निशानामा हुन्छन् । नेपालमा अहिले यस्तो समस्या नदेएिपनि समयक्रमसँगै ह्याकरहरुले यस्तो नगर्लान भन्न सकिन्न । सोझै ठेगाना टाइप गरेर आधिकारिक साइटमा जानु राम्रो हुन्छ । ७. सामाजिक सञ्जालका साइट सोसल मिडियामा लग इन गर्नु छ भने सोझै त्यो साइट नै खोलेर लगइन गर्नुस् । कहिलेपनि गुगलमा सर्च गरेर त्यो साइटमा गएर लगइन गर्नुस् । गुगलमा लगइन डिटेल्स राख्नु फिसिङ अट्याकमा पर्ने सम्भावना बढाउँछ । तपाईको पासवर्ड र अरु डिटेल्स ह्याकर या स्क्यामरकहाँ पुग्न सक्छ । ८ इकमर्श वेभसाइट गुगलमा शपिङका लागि इ कमर्स वेभसाइट पनि सर्च गर्नु हुँदैन । कतिपय नक्कली डिस्काउण्ट अफर देखाउने दर्जनौं वेभसाइट रहेका छन् । यिनीहरुको उद्देश्य तपाईलाई ठग्नु हुन्छ । त्यसैले विश्वसनीय इकमर्श साइटमा मात्रै किनमेल गर्नु राम्रो हुन्छ । कतिपय बेला सस्तो अफर देखाएर ठगिएका उदाहरण रहेका छन् । ९. फ्रि एन्टिभाइरस या सफ्टवेयर इन्टरनेटका केही साइटहरुले आधिकारिक र सही प्रकारका यस्ता सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएका हुन्छन् । तर गुगलमा खोजेर कुनै पनि नचिनेको एन्टिभाइरस या सफ््टवेयर इन्स्टाल नगर्नुहोला । कतिपय यस्ता सफ्टवेयर आफैमा भाइरस हुन सक्छन् । कतिपयले सिष्टमलाई ध्वस्त पार्न सक्छन् । ओरिजिनल र नक्कली सफ्टवेयरमा फरक गर्नुपनि कठीन काम हो । त्यसैले सतर्क रहनुहोला । जे समस्या हल गर्न सफ्टवेयर खोजिएको हो, त्यही समस्या बढाउने सफ्टवेयर कतिपयले राखेको देखिन्छ । १०. डिस्काउण्ट कुपन कोड यदि सपिङ साइट या ऐपमा तपाईलाई डिस्काउण्ट कुपन कोड पाइरहेको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौं नक्कली साइटहरुमा तपाईलाई यस्ता नक्कली कुपन कोड्स पाइन सक्छन् । अनि यसबाट तपाईको बैंक डिटेल्स पनि स्क्यामरसँग पुग्न सक्छ ।            

दुःखबाट पार पाउन चाहनुहुन्छ? छोड्नुस् यी स्वभाव

काठमाडौं । चाणक्य नीतिको १३ औँ अध्याय को पन्ध्रौ श्लोकमा मानिसको त्यो स्वभावको बारेमा बताइएको छ जसको कारण काम बिग्रन्छ । चाणक्य नीतिको यस श्लोकमा मानिसले आफ्नो मन माथि नियन्त्रण रख्नुपर्ने बताइएको छ । यसो नगरे कयौ प्रकारका कठिनता बढ्दै जान्छ र कामकाजमा पनि मन लाग्दैन । अनवस्थितकायस्य न जने न वने सुखम्। जनो दहति संसर्गाद् वनं संगविवर्जनात।।१५।। आचार्य चाणक्य चंचलताबाट दुःखको चर्चा गर्दै भन्छन्, ‘जसको चित्त स्थिर हुदैन, सो व्यक्तिलाई न त मानिसहरु बिच सुख मिल्छ न त वनमा नै । मानिसहरुबीचमा रहदा उसभित्र जलन हुन्छ तथा वनमा एकलोपनले जलाउछ।’ यसको आशय यो हो कि कुनै पनि काम गर्दाको समय मन स्थिर रख्नुपर्छ । मन चंचल भए व्यक्ति न त कुनै काम ठीकसँग गर्न नै सक्छ, न उसलाई कहि पनि सुख मिल्न सक्छ । यस्तो व्यक्ति समाजमा रहेर पनि आफ्नो अयोग्यता र अर्का मानिसको सफलता देखेर त्यसलाई सहन सक्दैन । यदि उ वनमा गए पनि निर्जनताले उसलाई छोड्दैन। यस प्रकार उ कहिले पनि सुखी रहन सक्दैन । चित्तको चंचलता दु:खको प्रमुख कारण हो ।

गाँजा सेवन र बिक्रीमा राख्यो भारतले रेकर्ड

काठमाडौंः मुम्बई, भारतको प्रख्यात शहर । ऐतिहासिक माया नगरीका रुपमा परिचित शहर । तर अहिले भने यो शहरले बदनामीको नयाँ रेकर्ड राखेको छ । भारतले विश्वका कतिपय राम्रा कीर्तिमान आफ्ना नाम गरेको छ । तर अहिले भने एउटा नचाहेको क्षेत्रमा उसले रेकर्ड राखेको हो । यो रेकर्ड हो लागु पदार्थ दुव्र्यसनको । संसारमा गाँजा सेवन गर्ने टप १० शहरमा मुम्बई परेको छ । यो शहरले संसारमा सबैभन्दा बढी गाँजा मात्रै सेवन गर्दैन बरु सस्तो गाँजा पाउने शहरमा समेत मुम्बईका नाम समाविष्ट भएको छ । जर्मनीको मार्केट रिसर्च संस्था एबिसिडीद्वारा वर्ष २०१८ का उपलब्ध तथ्यहरुका आधारमा संसारमा कहाँ कसरी गाँजाको प्रयोग भइरहेका छ भन्ने कुरा सार्वजनिक गरेको छ । यो सूचिमा भारतका अतिरिक्त अमेरिका, बेलायत र रुसका ठूला सहर समेत समावेश छन् । सबभन्दा बढी गाँजा खपत गर्ने शहर सबभन्दा कम गाँजा खपत गर्ने शहर सबैभन्दा महंगो गाँजा खपत गर्ने शहर          

कालापानी अनि धामीः एक फ्ल्यासब्याक

बेलाबखत चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन् । कालापानी त्यस्तैमध्येको एक हो । भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ । कालापानी जहिले–जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो, यो मुद्दालाई दुर्गम दार्चुलाबाट राष्ट्रिय बहसमा प्रवेश गराएको– संसद्मा बोलेर, पत्रिकामा लेखेर, सडकमा भाषण गरेर । २०५० को दशकको सुरुमा उनी एकोहोरो ढंगले लागि नपरेका भए बाँकी नेपाललाई कालापानीको संवेदनशीलता ग्रहण गर्न अझै समय लाग्थ्यो होला । अनि पत्रकारको ध्यान पनि सायद त्यता तानिने थिएन । त्यसै पनि समाजका थुप्रै ‘इस्यु’ हामी पत्रकारका नजरबाट छुटिरहेकै हुन्छन् । जिल्लाको राजनीतिबाट केन्द्रमा उक्लेर स्थापित हुन जो कोहीलाई सजिलो हुँदैन । धामी दार्चुलाबाट उठेर राष्ट्रिय जीवनमा प्रवेश पाएका विरलै नेतामध्येमा पर्थे । सदरमुकामलगायत दार्चुलाको दक्षिणी क्षेत्रमा खस–आर्य समुदायको बसोबास छ, उत्तरतर्फ अपि हिमालमाथिको व्यास क्षेत्रमा सौका जनजाति बस्छन् । त्यही व्यास क्षेत्रको ठूलो भूखण्ड भारतीय फौजको नियन्त्रणमा छ । धामी चाहिँ दक्षिणतर्फको हराभरा मल्लिकार्जुन गाउँका हुन् । उनी पञ्चायतकालमा शिक्षक थिए, त्यही बेला वामपन्थी राजनीतितर्फ तानिए । उनलाई तानेको अर्को विषय देशभक्तिले थियो । सीमापारि बाटो र विकास, वारिचाहिँ किन यस्तो अविकास ? पारि जानासाथ ‘डोट्याल’ भन्दै हेपिनुपर्ने नियति किन ? आदि प्रश्न गर्दै जाँदा आफ्नै जिल्लाको उत्तरी कुनो विदेशी नियन्त्रणमा रहेको धामीले थाहा पाए । अनि, त्यो कुरोलाई चर्को गरी राजधानीसम्म ल्याए । खासगरी २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि उनले कालापानी अतिक्रमणबारे संसद्मा कुरा राखेका थिए । धामीभन्दा पहिले पनि यो मुद्दा राज्यको जानकारीमा नरहेको होइन, तर सकभर लुकाउन खोजिन्थ्यो । धामीले यसलाई राष्ट्रिय बहसमा ल्याइदिए । बोले, लेखे र हामीजस्ता पत्रकारलाई बताइदिए । त्यसैताका भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । कालापानी अतिक्रमणका कारण महाकालीको उद्गम किटान हुन सकेको थिएन । त्यसलाई बेवास्ता गर्दै सन्धि गरिएपछि धामी झनै आक्रामक भए । दार्चुलामुन्तिर डँडेलधुराका शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बनेको बेला थियो । उनले धामीलाई बोलाएर ठाडै हप्काए– बेकारमा समस्या किन चर्काएको भन्दै । अरू पार्टीका भए पनि देउवाका निम्ति त्यस भेगका सबै ‘आफ्नै’ मान्छे थिए । अचेल मात्र हो, दलीय आधारमा राजनीतिक शिविरहरू बन्न थालेको, नत्र पहिले शक्ति संरचनामा उपल्लो हैसियत बनाएका व्यक्तित्व नै सम्बन्धित भेगमा सर्वमान्य मानिन्थे । सुदूरपश्चिममा पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द शक्तिकेन्द्र थिए, पछि देउवा । त्यसैले उनले धामीलाई सहजै हप्काउन खोजेका रहेछन् । धामीले त्यहाँ के जवाफ दिए थाहा भएन तर लगत्तै लेखे, ‘१९ हजार ६ सय हेक्टर जमीन कता हरायो प्रधानमन्त्रीज्यू ? ’ हक्की पनि थिए । लागेको कुरा लेख्न–बोल्न नडराउने । अस्ति भर्खर धामीका परममित्र हरि रोका र मैले त्यो प्रसंग सम्झियौं । त्यसैताका हुनुपर्छ, मैले अनौपचारिक गफगाफमा सोधें, ‘तपाईंलाई महाकाली र कालापानीको मुद्दाले यति धेरै किन छोएको ? ’ धामीको जवाफ अलि ठूलो स्वरमा निस्कियो, ‘तपार्इंहरूका निम्ति यो काठमाडौंबाट हेरिने एउटा मुद्दामात्र होला, तर हाम्रो निम्ति त आँखैअगाडि भइरहेको अन्याय हो– कसरी भुल्न सकिन्छ ? ’ यस्तो बुझाइ थियो उनको । एमालेबाट सांसद चुनिएपछि २०५१–५२ मा उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमत सरकारमा आवास तथा भौतिक योजनामन्त्री पनि बने । तर, हाम्रा निम्ति उनी नेता कम, लेखक बढी थिए । पत्रकार र लेखकको जस्तो सम्बन्ध हुन्छ, हाम्रो हिमचिम त्यसभन्दा अलि बढी नै थियो । संयोगले संगत भएको थियो उनीसँग । नारायण ढकाल, हरि रोका, घनश्याम भुसाल, किशोर श्रेष्ठ, रवीन्द्र अधिकारी, गुणराज लुइँटेल, विज्ञान शर्मा, विनोद ढुंगेल, टीकाराम राई, रविन सायमी, कल्याणबन्धु अर्याल आदि कसै न कसैसँग कहीँ न कहीँ धामी भेटिइरहन्थे । म उनको टिमको जुनियर सदस्य थिएँ । भारतसँग मात्र होइन, धामीहरू आफ्नै पार्टीभित्र पनि लडिरहेका थिए त्यसबखत । अहिलेका कतिपय राष्ट्रवादी नेताहरू उसबेला महाकाली सन्धिलाई ‘महान्’ मान्थे र बेकारमा ‘कालापानीको काउसो’ लगाएको ठान्थे । धामी ‘जनआस्था’ साप्ताहिकमा ‘नोट अफ डिसेन्ट’ स्तम्भमार्फत उनीहरूसित भिडिरहन्थे । लछुवा कोठारी उनको विम्ब थियो । महाकाली वारिपारि दुवैतिर सुनिने लोककथाका एक चर्चित पात्र हुन्– लछुवा कोठारी, जसका नौ छोरा र श्रीमतीसँग जोडिएका अनेक कथा–उपकथाहरू त्यस भेगमा सुनिन्छन् । धामी त्यसैलाई आधार बनाएर आफ्ना नेताहरूको आलोचना गर्थे । २०५३ सालमा लेखेको ‘लछुवाकी श्रीमती र पार्टीका नेताहरू’ शीर्षकको लेख अहिले पनि सम्झन्छु । धामीले लेख्दाबोल्दा लछुवा कोठारीको प्रसंग यति धेरै ल्याए कि पछिपछि नारायण ढकालले उनलाई नै ‘लछुवा कोठारी’ भनेर जिस्क्याउन थालेका थिए । ढकालले ‘शोकमग्न यात्री’ पुस्तकमा त्यसको उल्लेख पनि गरेका छन् । धामीले एकपटक ‘ब्वाँसा, सुँगुर र माछाको कथा’ शीर्षकमा प्रतीकात्मक टिप्पणी लेखे । कसप्रति लक्षित हो भनेर मैले सोधें । ‘आफैं बुझ्नोस् न,’ उनी फिस्स हाँसे । राजनीतिक लेखनमा साहित्यिक स्वाद मिसाउन खोज्ने खुबी धामीमा त्यत्तिकै आएको होइन रहेछ । उनी पहिला कथाहरू पनि लेख्दा रहेछन्, पछि थाहा भयो । उनी लेख्ने–बोल्नेमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि रमाइला र रसिक थिए । उसबेला आमिर खान र उर्मिला मातोन्डरको ‘रंगिला’ फिल्म हिट भएको थियो । काठमाडौंमा अहिलेजस्तो ‘मल्टिप्लेक्स’ आइसकेका थिएनन् । सिनेमा हलको भीडमा राम्रो फिल्मको टिकट हात पार्नु आफैंमा महाभारतजस्तो हुन्थ्यो । खोइ कताबाट हो, भनसुन गरेर जेनतेन टिकट किन्न पाइयो । अनि हामी जाने भयौं– जमलको विश्वज्योति हलमा । हरि रोका, किशोर श्रेष्ठ र अरू पनि केही थिए । हामीलाई त फरक पर्ने थिएन । प्रेमसिंह धामीलाई रंगिला हेर्न गएको कसैले देख्यो भने अनावश्यक ‘स्क्यान्डल’ बन्न सक्थ्यो । उनी नेता, भर्खरै मन्त्री पदबाट हटेका । त्यतिबेलाको समाज अहिले जति खुला भइसकेको थिएन । धामीकै पार्टीसमेत ‘कोकाकोला पिउँदा पनि कार्बाही गर्ने’ धङधङीबाट भर्खर बाहिर निस्कँदै थियो । रंगिला हेर्न गएको कुरा पार्टीभित्रै ‘इस्यु’ बन्ने खतरा थियो । धामी अग्लो मान्छे, परैबाट चिनिने । अन्तिममा उपाय निस्कियो । उनले अनुहार पूरै मफलरले बेरे, अनि अलि ठूलो टोपी लगाएर छिरे । कसैले ख्याल गरेन । रंगीन रंगिला हेरेरै छाडियो ! धामीसँग लामो संगत त हुन पाएन, तर छोटै अवधिका पनि अनेक किस्सा छन् । उनीसँग कुराकानी ग¥यो कि घुमिफिरी बीचमा कालापानी आइहाल्थ्यो । अन्ततः हामी उनका कुरा सुन्दासुन्दै कालापानीको रिपोर्टिङमा जाने भयौं । सिनासका ध्रुव कुमार सरले ‘नेपाल्स इन्डिया पोलिसी’ पुस्तकमा कालापानीमा भारतीय फौज रहेको सन्दर्भ उहिल्यै लेखिसकेको तथ्य केहीअघि पढेको थिएँ । म उनलाई भेट्न मण्डला बुक पोइन्ट पुगेँ, जो अहिले पनि बौद्धिक–प्राज्ञिक ‘जक्सन’का रूपमा परिचित छ । एक वर्षलाई हिरोसिमा युनिभर्सिटीतर्फ जान लागेका ध्रुव सरले मण्डलापछाडि चिया पिउँदै कालापानीको पृष्ठभूमिबारे थप व्याख्या गरिदिए । थाहा भयो– नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू २०२६ सालमा हटाइँदा राजा महेन्द्रले कालापानीको चौकी भने रहन दिएका रहेछन् । त्यसबारे जानकार पूर्वमन्त्री एवम् लेखक ऋषिकेश शाहलाई सोधें । राजा महेन्द्रले ‘भारत धेरै रिसाएको, थप नचिढ्याउने’ उद्देश्यले त्यसबेला कालापानीप्रति आँखा चिम्लेको उनको भनाइ थियो । महेन्द्रले चिम्लेको आँखा धामीले खोले । २०५३ असोज– दसैं आउन लागेको थियो; फोटोपत्रकार यात्रा थुलुङ, पत्रकार गणेश खत्री र म दार्चुलातर्फ लाग्यौं । महेन्द्रनगर पुगेर जिल्ला प्रशासन कार्यालयबाट भारतीय बाटो हिँड्न पाउने अनुमतिपत्र लियौं । पिथौरागढ पुगेर एक रात बस्यौं, अनि भोलिपल्ट जौलजीविमा पास देखाएर धार्चुला पुग्यौं, जहाँबाट झोलुंगे पुल तरेर दार्चुलातर्फ पस्यौं । नेपालतर्फबाट सडक पुगेको थिएन, मोटरमा दार्चुला पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो । सदरमुकामबाट हामी लाग्यौं– कालीको तीरैतीर उत्तरतिर । धामी हाम्रा अप्रत्यक्ष गाइड थिए । उनैले सुझाएको बाटो पहिल्याउँदै, खुइँय् गर्दै उकालो चढ्दै गयौं हामी । पारिपट्टि भारतीय सैन्य शिविरहरू देखिन्थे, वारि फाट्टफुट्ट बस्ती । प्रायः बास गोठमा भयो । अपिको छेउ भएर हिमालपारि पुगेपछि जोसले तान्यो । तीन दिनमा हामी पुग्यौं छाङ्रु– दार्चुलाको सबैभन्दा उत्तरी गाउँ, जहाँ अल्पसंख्यक सौका जाति बस्छन् । फैलिएर बसेको छाङ्रु गाउँ मलाई रमाइलो लाग्यो । तिब्बतको ताक्लाकोट व्यापार गर्न जाने रुटमा पर्दो रहेछ यो ठाउँ । यहाँका सौका जाति हिउँ परेपछि सदरमुकाम झर्ने, बाँकी समय त्यहीँ बस्ने गर्दा रहेछन् । पुरानो समृद्ध इतिहास रहेछ यो ठाउँ र यो जातिको । सौका समुदायकै गोपालसिंह बोहोरा उसबेला नेपाली सेनामा ब्रिगेडियर रहेछन्, जो पछि धामीकै पार्टीबाट सभासद् भए । र, ‘कालापानीः कथा र व्यथा’ किताब पनि लेखे । विजया दशमीको दिन अरूहरू घरमा टीका थाप्दै थिए होलान्, हामी भने कालापानीको खोजीमा निस्कियौं । झाडी पन्छाउँदै हिँड्दा केहीबेरमा पहिले घरहरू भएजस्तो खण्डहर देखियो । त्यहाँ वास्तवमा कुनै जमानामा नेपाली बस्ती रहेछ, जसलाई भारतीय सैन्यले उठ्न बाध्य पारेका रहेछन् । झन्डै तीन घन्टा हिँडेपछि हामी एउटा सानो डाँडामा उक्लियौं, जहाँबाट तल हेर्दा सैन्य शिविरहरू देखिए । मित्र यात्रा थुलुङले टेलिलेन्स लगाएर भटाभट फोटो खिच्न थाले । तलबाट बन्दुक बोकेका सिपाहीहरू कराउँदै आइहाले, ‘बन्द करो, बन्द करो ।’ अनि मंगोलियन अनुहारका यात्रालाई चिनियाँ भन्दै केरकार गर्न थालिहाले । हामीले परिचयपत्र आदि देखाएर आफ्नै भूमिमा आफूलाई नेपाली प्रमाणित गर्नुप¥यो । तिनले यात्राको क्यामेराबाट रिल पनि निकाल्न खोजे । धन्य, उनले पहिल्यै एउटा रिल निकालेर लुकाइसकेका रहेछन्, जसबाट धुलाइएको फोटो पछि कालापानीको ‘आइकोनिक फोटो’ बन्न पुग्यो । हामी पत्रकार हौं भन्ने कुरा बुझेपछि त्यहाँ रहेको ‘आईटीबीपी’ भनिने भारतीय अर्धसैन्य दस्ताका कमान्डर आए । उनले कुराकानीमा त्यो भारतीय भूमि नै रहेको दाबी गरे, तर उनीहरू सीमा अतिक्रमण गरेर बसिरहेको वस्तुस्थितिले नै देखाउँथ्यो । धामीले भन्दै आएको कुरो हो रहेछ । भारतीय सैन्य कालीवारि आएर गुम्बज आकारका दर्जन जति क्याम्पहरू बनाई बसेको आँखैले देखियो । सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो । उक्त सन्धिका आधारमा बनाइएका सुरुआती नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान मानिएको छ । पछिपछि लिम्पियाधुराभन्दा अलि पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणको कालापानीमा कृत्रिम खोल्सो बनाएर त्यसैलाई कालीको उद्गम दाबी गरिएको थियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी भू–भाग मिचेको देखिन्छ । कालापानी हुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जाने भारतीय तीर्थयात्रीका लागि सबैभन्दा नजिकको बाटो हो यो । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्व छ । र, सायद यसैकारण भारतले यो क्षेत्र नछाड्न मरेहत्ते गर्दै आएको छ । काठमाडौं फर्केर मैले ‘कालापानी, जहाँ नेपालभित्र भारतको राज छ’ शीर्षकमा लामो रिपोर्टिङ गरेँ । ‘मूल्यांकन’, ‘जनआस्था’ र ‘काठमाडौं टुडे’मा पनि समाचारहरू लेखेँ । नारायण वाग्ले र जोगेन्द्र घिमिरेले पनि त्यसैताका कालापानीको स्थलगत रिपोर्टिङ गरेर ‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा लगातार लेखिरहे । अरूहरूले पनि कलम चलाए । सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि जोसिए, जसका तथ्यपरक विश्लेषणले कालापानीको ‘डिस्कोर्स’लाई अगाडि बढाउन मद्दत पुर्यायो । अब धामी एक्लै रहेनन् । मिडियामा व्यापक कभरेजसँगै कालापानी राजनीतिक राडारमा चढ्यो । २०५४ सालमा महाकाली सन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने (अर्थात् कालापानीको विवाद टुंग्याउने) प्रतिबद्धता जनाइयो । तर, त्यसलाई कार्यान्वयन गर्ने अग्रसरता कहिल्यै कसैले लिएन । त्यसै वर्ष भारतका उदारवादी प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी द्विपक्षीय वार्ताको कार्यसूचीमा चढ्यो । नेपालको संसदीय टोली पनि कालापानी निरीक्षणमा पुग्यो । अखिलको विद्यार्थी टोलीले त त्यहाँ गएर खुकुरी नचाउँदै उग्र राष्ट्रवाद प्रदर्शन ग¥यो । त्यसैलाई बहाना बनाएर भारतीय पक्षले अझै वरसम्म तारजाली लगायो । तर, नाराबाजी जति गरियो, त्यसअनुरूप नेपालले कूटनीतिक प्रयास गर्न सकेन या चाहेन । धामीले उठाएको कालापानी मुद्दा पछि उनकै पार्टीका नेताहरूलाई समेत घाँडो हुन थालेको थियो । महाकाली सन्धि, कालापानीलगायतका विवाद बढ्दै गएर अन्ततः एमाले नै फुट्यो । त्यसबेला पार्टी फुटाएर माले बनाउने वामदेव गौतम त केही वर्षमा मातृ पार्टीमै फर्किए, तर कालापानीबाट भारतीय फौज फर्केन । त्यसभन्दा अगावै, २०५४ भदौ २७ गते अचानक एउटा दुःखद् खबर सुन्नुप¥यो । राष्ट्र बैंकमा कार्यरत कल्याणबन्धु अर्याल र म हतारहतार धामीको सानेपा डेरामा पुग्यौं । त्यहाँ पुग्दा उनी नुवाकोटको मदनपुरमा मोटर दुर्घटनामा परेको थाहा भयो । हामी मोटरसाइकलमा हानियौं त्यतातिर । पानी झमझम परिरहेको थियो । ककनी नपुग्दै भिजेर निथ्रुक्कै भइयो । घटनास्थल पुग्दा ४५ वर्षे धामी यो दुनियाँबाट टाढा पुगिसकेका रहेछन् । जसरी कालापानी विस्मृतिमा धकेलिँदै गयो, धामी पनि विस्तारै ओझेलमा पर्दै गए । गत संसदीय निर्वाचनका बेला दार्चुला सदरमुकाम पुग्दा एउटा कुनामा अचानक उनको थोत्रो सालिक देखेँ । आफ्नो गृह जिल्लामा उनलाई सम्झन त खोजिएको रहेछ, तर त्यसको राम्रोसँग रेखदेख नगरिँदा सम्मानभन्दा बढी बिजोग अवस्था देखियो । अचेल कालापानी पत्रिकाको पानामा सीमित भएको छ । राजनीतिक दलका नेताहरू त सकभर यो प्रकरणतर्फ फर्कनै चाहँदैनन् । द्विदेशीय वार्ताको कार्यसूचीबाट पनि यो हटे सरह छ । धामीको अभाव यहीँनेर खट्किन्छ । उनी पनि समयक्रममा अरूजस्तै बद्लिन्थे कि थाहा छैन, तर भौतिक रूपमा नभएको हुँदा विश्वास गरिरहन सकिँदो रहेछ । त्यसैले जहिले–जहिले कालापानीको प्रसंग आउँछ, म धामीलाई सम्झिहाल्छु; अनि उनको प्रिय पात्र लछुवा कोठारीलाई । अन्नपूर्ण पाेस्टबाट साभार

बच्चा पढाउन ११ वर्षदेखि नदी तरेर जान्छिन् यी शिक्षिका

उडिसा । शिक्षक हुन त्यति सजिलो छैन । र, त्यति सामान्य छैनन् शिक्षकका दुख पनि । अरुलाई शिक्षा दिने यही अति कठीन काममा अझ स्कूल जाने बाटो समेत नभए के होला ? यस्तै कथा छ उडिसाकी एकजना महिला शिक्षकको । उनी ११ वर्षदेखि बच्चाहरु पढाउन नदी तरेर जाने गरेकी छिन् । ढेंकनाल जिल्लाको राठियापाल प्राथमिक विद्यालयमा पढाउने ४९ वर्षीय बिनोदिनीलाई बर्षायाममा नदी तैरिनु बाहेक अरु कुनै विकल्प छैन । सापुआ नदीमा पानी भरिएपछि कि स्कूल जान बन्द गर्नुपर्छ कि पुरै लुगा भिजाएर उनी स्कूल पुग्नैपर्छ । तर उनले हिम्मत हार्दिनन् । बरु सारीमैं नदीमा उत्रिन्छिन्, झोला माथि उठाउँछिन र ज्यान जोखिममा राखेर नदी पार गर्छिन् । कतिपय बेला उनलाई चिसोले समात्छ । स्वास्थ्य बिग्रिन्छ । तर पनि उनले स्कूल नियमित जाने गरेको समाचारमा उल्लेख छ । यो विद्यालयमा ५३ जना बच्चा पढने गर्छन । उनी २००८ सालदेखि गणशिक्षकका रुपमा काम गरिरहेकी छिन् । गणशिक्षिकको भर्ती उडिसा सरकारले वर्ष २००० देखि शुरु गरेको हो । बिनोदिनीको घर जरियापालदेखि राठियापाल प्राइमरी स्कूलको दूरी तीन किलोमिटर रहेको छ । उनले महिनाको ७ हजार भारु. तलब पाउने गर्छिन । शुरुमा भने उनको तलब १७ सय मात्र थियो । बिनोदिनी भन्छिन्, “मेरा लागि अरु सबैभन्दा ठूलो कुरा काम हो । घर बसेर के गर्नु र ?” सरकारले केही वर्ष अघि नदीमा ४० मीटर लामो पुल बनाउने योजना बनाएपनि अहिलेसम्म यसको कार्यान्वयन हुन सकेको छैन ।

युवराज बुध कन्यामा प्रवेश, यी राशिले विशेष सतर्कता अपनाउनुपर्ने

काठमाडौं । बुधबार बिहान ५ बजेर १५ मिनेटमा बुध ग्रहले आफ्नाे उच्च राशि कन्यामा प्रवेश गरेका छन् । कन्या राशिमा बुध स्वराशीका साथै उच्च पनि हुन्छन्।। बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवी दिईएकाे छ । याे परिवर्तनले के फरक पर्छ त राशिहरुमा ? १. मेष मेष।राशिका जातकलाई बुधकाे गाेचर अनुसार धर्मशास्त्रमा रुचि बढनेछ । आर्थिक लाभ हुनेछ । शत्रुहरुमाथि विजय प्राप्त हुनेछ । मानसिक सुख पाईनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । उत्ताउलाे व्यवहार नगर्नुस, खानपीनमा सजक रहनुहाेला । कुनै बृद्धालाई मनग्ये सहयाेग गर्नुस । २.वृष वृष राशिका जातकलाई बुध गाेचर अनुसार मानसिक तनावले कष्ट हुने देखिन्छ । काममा असफलता हुने सम्भावना छ । जीवनसाथी र सन्तानसँग विवाद हुनेछ । आर्थिक हानी हुनुका साथै प्रेम सम्बन्धमा पनि केही समस्या देखिनेछ । प्रातकाल छिटाे उठेर लामाे श्वास लिनुस। पितृका नाममा दान गर्नु।राम्राे हुनेछ ।   ३. मिथुन मिथुन राशिवाला जातकलाई बुध गाेचर अनुसमर मातापिताकाे सुख पाईने छ । धन लाभ हाेला । वाहन सुखका साथै सम्पत्ति लाभ हुने याेग छ । पारिवारिक सुखका साथै बाहिर पनि सहयाेग पाईनेछ । बालबालिकालाई केही मीठाे कुरा खुवाउनुस । ४. कर्क कर्क राशिवाला जातकलाई बुधकाे स्थान परिव,्तनले साहस पराक्रममा कमि जस्ताे लाग्नेछ । धन हानी हुनुका साथै अाफन्तसँग विवाद हुने देखिन्छ । मन अशान्त हुने देखिन्छ । ध्यान गर्ने बानी बसाल्नुस । समय परिवर्तन हुन्छ, धैर्य गर्नुस । ५. सिंह सिंह राशिका जातकलाई धन फाभ हुने देखिन्छ । वाणीमा अाधारित काममा विशेष लाभ हाेला । विद्ध्यामा सफलता छ । अाफन्तबाट लाभ हाेला । गाईलाई केही खुवाउनुस र घरमा समय दिनुस । ६. कन्या कन्या राशिफाई धनहानीकाे याेग छ । कटु शब्दका कारण विवाद हुन सक्नेछ । नातेदारलाई हानी पुग्न सक्ला । बन्धनकाे भयका साथै मानसिक कष्ट हुने छ । बाेलीमा नियन्त्रण अावश्यक छ । गलतफसंगत र भाेजनबाट टाढा रहनुस । १३ दिनसम्म सात्विक भाेजन मात्र ग्रहण गरे लाभ मिल्नेछ । ७. तुला बुध गाेचर।अनुसार मनमा नानाथरि कुरा खेलेर।अशान्त हुनसक्छ । नचाहेर पनि धन हानी हुने।र।सुखमा कमी देखिन्छ । शुत्रु सक्रिय रहलान । विवाद हुन सक्छ । म मात्रै सहि हाे भन्ने भावनाले साथिभाईसँग दुरिफबढन सक्छ । प्रातःकाल मन्दिर गएर दान गर्नुस । परिवारमा कसैकाे स्वास्थका कारण चिन्ता हाेला । दान गर्नुस । ८. वृश्चिक राम्राे समय छ । तर न मात्तिनुहाेला । शुभ कार्यमा रुचि बढने छ । परिवारमा सुख र प्रेमका लागि राम्राे छ । स्वास्थ राम्राे छ । सन्तान सुख पाईने याेग छ । पुरुष जातकलाई स्त्रि सुख देखिन्छ । शिक्षामा केही दान दातव्य गरे उत्तम रहने छ । ९. धनु: धनु राशिका जातकलाई बुध गाेचर अनुसार नयाँ पद पाईने देखिन्छ । शत्रुहरुमा विजय पाईनेछ । व्यवसायमा फाभ हुने छ । काममा सफलचा छ । सन्तान पक्षकाे काम बन्ने देखिन्छ । कुनै पुराना साथी भेट हुन सक्छन् । पितृदान गर्नु वेश हाेला । सामाजिक काममा समय बढी खर्च गर्नुहाेला । १०. मकर मकर राशिका वातकलाई केही समस्या देखिन्छ । काममा विघ्नवाधा अाउने । यात्रामा कष्ट देखिनेछ । सम्बन्धिहरुसँग विवाख बढन सक्छ । हाेशियार रहनुहाेला । तपाईकाे राम्राे समय अाउँदैछ, धैर्य गर्नुहाेला । स्त्रि जातिसँग मित्रतापुर्ण व्यवहार गर्नुहाेला । ११. कुम्भ: बुध गाेचर अनुसमर धन लाभ हुन सक्छ । शत्रु परास्त हुनेछन् । मन प्रसन्न रहला । प्रतियाेगि परिक्षामा सफलताकाे याेग छ । सामुहिक काममा समय व्यतित गर्नुहाेला । मनमा धेरै समयदेखि राेकिएकाे काम शुरु गर्ने राम्राे समय छ । १२. मीन समय मध्यम छ । काममा सफलता पाईएला । मनमा भने नानाथरिकाे चिन्ता हुन सक्छ । सन्तान पक्षका बारेमा बढी चिन्ता नलिनु वेश हुनेछ । धार्मिक र सामाजिक काममा मन लगाउनुहाेला । अाकस्मिक धन लाभ हुन सक्छ । यात्रामा सावधानी अावश्यक देखिन्छ ।

यी २ गल्ती गर्ने पुरुषको छिट्टै हुन्छ अन्त्य

चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन गल्ती गरे कुनै पनि मानिसको जीवन पूर्णरुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, ‘हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । जो मानिस बिना सोच, विचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।’ अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः। आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।। चाणक्य नीतिको यस श्लोकमा भनिएको छ– सधै सोच, विचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोच, विचार खर्च गर्ने अनाथ बन्छ, अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिँदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ । दोस्रो गल्तीको बारेमा चाणक्य नीतिमा भनिएको छ– झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोही पनि आफ्नो छैन, जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।

फेरिँदै मानवबेचविखनको तरिकाः गर्भकै शिशुको मोलमोलाई !

काठमाडौं । मानव बेचविखनको स्वरुपमा पछिल्लो समय निकै बदलाव देखिँदै छ । विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो । तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ । रोहिणी डेढ महिनाकी अवोध बालिकालाई के थाहा उनी बेचिएकी थिइन् भनेर । त्यो पनि गर्भमै । १४ वर्षको उमेरमै कसैसँग प्रेममा परेपछि एक किशोरीले उनलाई जन्माएकी हुन् । तर, उनी प्रेमको निशानी बन्न सकिनन् । किनकि, जुन सम्बन्धपछि उनी जन्मदै थिइन्, त्यो सामाजिकरुपले वैध थिएन । प्रेम गरेको अभिनय गर्ने युवकले गर्भवती बनाएर फरार भएपछि किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन् । बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षितरुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि, पुर्‍याए काठमाडौं, कलंकीको सन्जीवनी बर्थ सेन्टरमा । त्यहीँ गत साउन १२ गते रोहिणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहिणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए । स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघनकक्षमा भर्ना गरेको थियो । २३ दिनसम्म कान्तिमै राखिएपछि रोहिणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रकोे जिम्मा लगाइयो । अहिले उनलाई ललितपुरको धोवीघाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए । बाल उत्थान समाजमै उनको न्वारन गरेर रोहिणी नाम राखिएको हो । नवजात शिशु भएको र स्याहार गर्ने व्यक्तिको पनि अभाव भएकाले सुरुमा त बालगृहले राख्न आनाकानी गरेको थियो । बालगृहकी सन्चालिका सावित्री पोखेरेलले आफूले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जानकारी दिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बालिकाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ । बालिका बेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् । इमेजखबरबाट

…यसरी घर फर्किन सफल भइन् इन्डोनेशियामा बन्धक नेपाली युवती यसरी

काठमाडौंः अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन् । यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन् ? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले बीबीसीका संवाददाता सुरेन्द्र फुयाललाई आफ्नो कथा–व्यथा सुनाएकी छन् । पढ्नुहोस् सम्पादित अंशः म नेपाल फर्किएको केही दिन भइसकेको छ । तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ । मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर । मेरो जीउ अझै थरथर काँप्छ । म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु । मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो । नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो । १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो । मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो । म घरकी जेठी छोरी । अहिले २३ वर्षकी भएँ । घरमा आमा, बुवा र दुई भाइ छन् । घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ । काठमाडौंमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए । ‘अस्ट्रेलिया यात्रा प्रारम्भ’ उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए । मेरो बुबा–आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ । उहाँहरूसँग त्यति धेरै पैसा थिएन । जसोतसो ऋण खोज्ने कुरा भयो । हामीले घरजग्गा धितो राखेर एउटा ब्याङ्कबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ । सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ । उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए । २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेशिया उड्यौँ । त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता र्पुयाइयो । त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए । हामीलाई एउटा होटलमा लगेर राखियो । त्यसपछि हाम्रो दुःख सुरु भयो । अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ’सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाब दिन थालियो । हामीले थप पैसा मगायौँ र बुझायौँ । तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन । जाकार्ता र बालीमा बन्धक जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले । हामी १३–१४ जना भयौँ । सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन । हामी छटपटाउँन थाल्यौँ । खाने र पिउने बन्दोबस्त पनि भएन । कोठामा थुनेर राखियो । हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो । त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ । मैँले पटक पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ । तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन । त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो । दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ । त्यहाँ पनि एउटा होटलमा राखियो । जहाँ खान पकाउन मिल्ने सुविधा थियो । तर हामीलाई राम्ररी खान पनि दिइएन । म रोएर बस्थे । नेपाली दाइहरुले नै खाना खोजेर ल्याइदिन्थे । (बालीमा संसारभरिबाट मानिसहरु घुम्न जान्छन् ।) हामीलाई कतै घुम्न जान पनि दिइएन । त्यहाँ पनि दिन बित्दै गयो। तर केही भएन । दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ । तर केही भएन । बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो । त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ । हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्यौं । तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो । उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो । यौन शोषण गर्ने प्रयास हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो । पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्यो । तर नेपाली दाइहरूले मलाई बचाउनु भयो । त्यसपछि म साह्रै विक्षिप्त र दुस्खी भएँ । रोएर दिन र रात बिताउन थाले । कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ । तर नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो । दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए । ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ । पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ । मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ । एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ । उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो । त्यसपछि म केही आशावादी भएँ । नेपालबाट सहयोगी हात भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो । रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो । उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु र्पयो र धेरै खर्च गर्नु भयो । भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ । उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो । (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन्।) अहिले म न्यायको पर्खाइमा छु । मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु । युवायुवतीलाई सन्देश म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ । मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुस्ख पाउन सक्थे । तर म आज बाँचेकी छु । नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छः तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस् । इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस्। सबै कागजपत्र र बिल भर्पाई लिनुहोस् । अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्ता जाल वा पासोमा नपर्नुहोस् । (बीबीसी नेपालीबाट)

सुदूरपश्चिमममा नेपाल आइडल–३ को अडिसन नहुने, चौतर्फी आलोचना

काठमाडौंः  नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेदेखि सुरु हुँदैछ । तर, गत वर्ष नेपाल आइडल सिजन–२ को विजेता शहर धनगढीमा भने यसपटक अडिसन नहुने आयोजकले जनाएको छ । आयोजकका अनुसार यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन हुनेछ । नेपाल आइडलको पहिलो सिजनमा पनि सुदूरपश्चिममा अडिसन भएको थिएन । तर, काठमाडौंबाटै अडिसन दिएर सुदूरपश्चिमकी सध्या जोशी टप–९ सम्म पुगेकी थिइन् । अन्य थुप्रै नवप्रतिभाहरूले काठमाडौंलगायत अन्य ठाउँबाट अडिसन दिनुपर्ने बाध्यता थियो । दोस्रो सिजनमा पहिलो पटक धनगढीमा अडिसन हुँदा धनगढीबाट सहभागी कञ्चनपुरका रवि वड विजेता बनेका थिए । रविसँगै धनगढीबाट रवि शर्मा, रमेश अर्याललगायत नवप्रतिभाले सहभागी जनाएका थिए । यसपटक सुदूरपश्चिममा अडिसन नहुने भएपछि धेरै नयाँ प्रतिभा अडिसन दिनबाट बञ्चित हुने भएका छन् । चर्को आलोचना गत वर्षको सिजन विजेता धनगढीमा नै अडिसन नहुने भएपछि त्यसको सामाजिक सञ्जलमा चर्को आलोचना भइरहेको छ । नेपाल आइडलको आधिकारिक फेसवुक पेजमा भदौ ३१ गतेदेखि तेस्रो सिजनका लागि अडिसन हुने भनेर स्थानसहितको भिडियो हालिएको छ । धनगढी अडिसन नराखेको भन्दै उक्त भिडियोमा अधिकांशले नेपाल आइडलको आलोचना गरेका छन् । गत वर्षको विजेता स्थानमा नै अडिसन नराखेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आइडलको आलोचना गरिरहेका छन् । नेपाल आइडलले फेसबूकमामा राखेको भिडियोमा भीम बोहराले सुदूरपश्चिममा अडिसन नराखेको भन्दै व्यङ्ग्य गरेका छन्, ‘यो नेपाल आइडलमा सुदूरपश्चिम प्रदेशलाई समावेश नगर्ने हो र?  सुदूरपश्चिमबाहेक सबै प्रदेशमा रहेछ किन यस्तो मतभेद ?’ कमेन्टमै थोमस तेजु बोहराले नेपाल आइडललाई प्रश्न गर्दै आक्रोश पोखेका छन्, ‘हेल्लो नेपाल आइडलका वरिष्ठे…पूर्ब बिजेताको शहरमा अडिसन खोइ? हेप्ने? पोहाेर तर्सिए जस्तो छ नि?’ किन राखिएन ? पहिलो सिजनमा धनगढी अडिसन नराखेको नेपाल आइडलले चर्को दबावपछि दोस्रो सिजनमा राखेको थियो । तर, तेस्रो सिजनमा फेरि अडिसन हटाएपछि आलोचनाको शिकार बन्नुपरेको छ । नेपाल आइडलले सुदूरपश्चिमलाई महत्व नदिएको भनेर धेरैले आलोचना गरेका छन् । तर, नेपाल आइडलले भने नियमअनुसार नै धनगढीमा अडिसन नराखिएको दाबी गरेको छ । ‘यसमा कुनै पक्षपात, कसैलाई महत्व दिएको÷नदिएको भन्ने छैन,’ एभेरेष्ट दैनिकसँग नेपाल आइडलका एक कर्मचारीले भने, ‘हामीले तयारीको भिडियो पठाउन भनेका थियौं । जहाँबाट हामीलाई बढी भिडियो मेलमार्फत प्राप्त भयो, त्यही स्थानलाई छनौट गरेर अडिसन गर्न लागेका हौं ।’ सुदूरपश्चिमका ९ मध्ये ७ जिल्ला पहाडी छन् । त्यहाँ इमेल, इन्टरनेट त के विजुलीसमेत अझैं सबै जिल्लामा पुग्न सकेको छैन । तर, ‘संगीतको शिखर’ भन्ने नारासहित सुरु हुन लागेको नेपाल आइडलले सुदूरपश्चिमको अवस्था र त्यहाँका नवप्रतिभाको भावनालाई बुझ्न सकेन । आइडलले सुदूरपश्चिमलाई मात्रै उपेक्षा गरेन, सम्पूर्ण नवप्रतिभालाई नै उपेक्षा गरेको छ । आफूमा भएको कला प्रस्फुटन गर्ने अवसरबाट बञ्चित गराएको छ । जसले नेपाल आइडल टिम सुदूरपश्चिमम देउडा गीत मात्रै गाइन्छ भन्ने मानसिकताबाट गुज्रेको देखिन्छ । त्यसकारण त्यो मानसिकताबाट आइडल टिमले माथि उड्न जरुरी छ ।